Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ बेस्कन हल्लाएको महसूस भयो

Posted on August 31, 2013August 31, 2013 by Salokya

मध्यरात हुनै लाग्दा भूकम्पले काठमाडौँ बेस्कन हल्लाइदियो। भूकम्पका कारण धेरै ठाउँमा मानिसहरु घरबाहिर निस्केर सुरक्षित ठाउँमा बसेका थिए। ठूलो भूकम्प आएको केही समयपछि हल्का केही भूकम्पका धक्का महसूस भए। अहिलेसम्म भूकम्पबाट क्षति भए/नभएको बारे केही थाहा हुन सकेको छैन। शक्तिशाली कम्पन ११ बजेर ३४ मिनेटतिर भएको थियो। भूकम्पले घरहरु मात्र हैन सोसल मिडियासमेत हल्लाएको थियो। भूकम्प लगत्तै ट्विटर र फेसबुकमा कम्पन सुरु भएको थियो।

यसैबीच, एसोसिएट प्रोफेसर रन्जनकुमार दाहालले आफ्नो फेसबुकमा यसरी सचेत गराएका छन्-
996569_10151893134156617_1273846812_n
युएसजिएसले भूकम्पको केन्द्रबिन्दू भनेर तोकेको चीनको क्षेत्रबाट तीन किलोमिटर टाढा हिमताल रहेको छ। आशा गरौँ त्यो सुरक्षित छ। त्यो हिमताल भूकम्पका कारण फुट्न गए भोटेकोशीमा हिमालयन सुनामी आउन सक्छ।

dahal
अपडेटः दाहालले शनिबार फेसबुकमा नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको तथ्याङ्क र अमेरिकी संस्थाको तथ्याङ्कसँगै राखेर यस्तो लेखेका छन्-
अमेरिकी संस्था युएसजीएस को र हाम्रो भूकम्प मापन सेन्टरको epicenter को फरक दुरी ३०.५ किमी उत्तरमा रहेछ! जे भए पनि भोटेकोशी र अरुण नदीहरु मा हिमतालहरुको फुटन सक्ने समस्या हुन सक्ने थियो, तर त्यति ठुलो भूकम्प नभएकोले हिमताल हरु सुरक्षित नै होलान भन्ने आशा गरौ !

केही ट्विटहरु-

Earthquake #kathmandu

— salokya (@salokya) August 30, 2013

आम्मै नि क्या हल्लायो #earthquake #kathmandu

— salokya (@salokya) August 30, 2013

@salokya unexpected !!! All people outside of home here. #samakhushi

— Kiran Neopane (@highway_unit5) August 30, 2013

@salokya ५ sec kya hallaidiyo…yeta thik 6. pic.twitter.com/aZNIejG5yF

— Kanchan Adhikari (@ksadhikari) August 30, 2013

ज्यानै प्यारो सबैलाई।अन्डरवेयर लगार कुदेको नि देखियो#earthquake

— Kanchan Adhikari (@ksadhikari) August 30, 2013

Please spread message that other major or minor tremors can follow with in short time so be care everyone @salokya #earthquake #Nepal

— Earthquake&structure (@seismoblogs) August 30, 2013

बेसरी हल्लियोऽऽऽ ज्यान प्यारो रैच । चिच्चाउँदै उठेँ । कति रेक्टर स्केलको रैछ कुन्नी ! निन्द्रै भँग गराउने ! #भुँईचालो #earthquake #kathmandu

— ©बाबाजी™ (@baabajee) August 30, 2013

#earthquake #kathmandu साह्रै हल्लियो । नन्द्राबाट बिउझियो। हल्लिएको कारण ।

— Mani Dahal (@maninagarik) August 30, 2013

@salokya I felt it in Lakeside #Pokhara! 🙂

— JawKnockRaazaa (@Jaw_Knock) August 30, 2013

फेरि #earthquake हल्का

— salokya (@salokya) August 30, 2013

स्वयम्भू एरियामा एम्वुलेन्सको साइरन बज्यो त! #Earthquake Effect??

— Abhishek (@abhikhanal7) August 30, 2013

#earthquake M 5.0 – WESTERN XIZANG http://t.co/G62uwIpjeg big jolt felt here in kathmandu. We are safe !

— salokya (@salokya) August 30, 2013

“@anantabrt: Oh sad news #Kathmandu #Earthquake RT @yogenzz: one injured in kadaghari ; jumping off the window #quake”

— salokya (@salokya) August 30, 2013

“@QuakesToday: 4.9 magnitude #earthquake. 75 km from Banepa, , Nepal.http://t.co/0b3BYfsUJf”

— salokya (@salokya) August 30, 2013

ह्याँ एक जना छिमेकी ट्वाइल्ट जानै डराइराछ, भुइँचालो आएर किचेर मरो भने मेरो बेइज्जत हुँदैन भन्दैछ #earthquake #kathmandu

— salokya (@salokya) August 30, 2013

That was a major shake. #earthquake #kathmandu

— Kashish Das Shrestha (@kashishds) August 30, 2013

My heart was almost out 🙁 🙁 #Earthquake

— Chandan Goopta (@chandangoopta) August 30, 2013

OMG just felt d tremors of #Earthquake…. Was it real????

— Shristi Kafle (@KafleShristi) August 30, 2013

#earthquake in #kathmandu.

— Saroj Koirala ♫ (@saroose) August 30, 2013

#Earthquake woke me up. What was that nudge for? The quirks of #Nature shall never be understood. It shall only be felt just like this one.

— Raj Ballav Koirala (@rajballav) August 30, 2013

Did you feel aftershocks? I just did. #Earthquake #kathmandu

— .:HimanshuKaishuvam (@keshuvko) August 30, 2013

Friends in Narayanthan, Saankhu say strong tremors…Besisahar too…epicenter sud b somewhere in that direction #earthquake

— Anurag Acharya (@Anurag_Acharya) August 30, 2013

Correction: the epicentre of #Earthquake that rocked Nepal is abt 330km north of Kathmandu, in Western Xizang of China

— .:HimanshuKaishuvam (@keshuvko) August 30, 2013

Aftereffect of #earthquake? pic.twitter.com/JeYOTyRKCD

— Aadish Shrestha (@kancha) August 30, 2013

सँगै सुतेका साथी नै छैनन् । कता गएछन् भनेर बाहिर हेरेको त सडकमा बसिरहेका रैछन् । किन भनेको त भुईचालो गयो रे #earthquake #Kathmandu

— Shuphal Kafle (@kshuphal) August 30, 2013

एउटालाई फोनगरेर के छ खबर भनि सोधेको, fb चेक गर #Earthquake वाला फस्ट पोस्ट मैलेनै गर्याहूँ भन्यो । ज्यानको भन्दा fb को चिन्ता धेरै छ !!

— कान्छा 🙂 (@GhimireSunil) August 30, 2013

माइस‍ंसारको फेसबुक पेजबाट पाठकका केही जानकारी-
Ravi Mitra It’s fine at Buddhanagar. Bottle fell down on table. Everything shaking. All the neighbour came out.
Sabin Shrestha यता वनस्थलीमा पनि त्यही हाल भयो तर सबै जना सुरक्षित छौँ। भूँइचालो जानुअघि कुकुरहरु कराएको थियो। अहिले सुनसान छ।
Nishesh Acharya पढ्न बसेको बेला मज्जाले हल्लायो! बाहिर जाने कि नजाने सोच्दा सोच्दै सकियो भुकम्प!
Tulsi Jung Basnet 11:30 तिर just सुत्न लागेको थिएँ पुरै हल्लायो। त्यसैले भागियो। newcolony सुकेधारामा त्यस्तो नराम्रो केही खबर छैन।
Ishwor Gurung Shanti Nagar मा निद्राबाट भर्खर ब्युँझिएको मान्छेले तीन तल्लामाथिबाट हाम्फाल्दा ठूलो चोट लागेको छ। अस्पतालको अपडेट आउन बाँकी

अन्त्यमा फेरि ट्विट-

लु त शुभरात्री..नमरी बाँचे दैबले साँचे भोली बिहान भेटौला।:)) #Earthquake

— Adh Rabin (@a_rabin) August 30, 2013

[तपाईँले पनि भूकम्प अनुभव गर्नुभयो ? तपाईँले खिचेका केही फोटो, भिडियो छन् कि ? अनुभव तल कमेन्टमा र फोटो भए यहाँ क्लिक गरी पठाउनु्स्]

15 thoughts on “काठमाडौँ बेस्कन हल्लाएको महसूस भयो”

  1. दिलिप, भक्तपुर says:
    August 31, 2013 at 11:36 am

    साँचै आज पनि फेरि हिजकै समयमा, ठिक डबल रेक्टल स्केलको भुईचालो आए नेपालको जेल भित्र परेकाहरुको हालत के होला है ?

    Reply
  2. rabindra says:
    August 31, 2013 at 9:53 am

    पहिला पहिला भुकम्प जादा कहाँ के छ्यति भयो भनेर हेर्न मन लाग्थ्यो आजकल त facebook र twitter मा के के लेखे भनेर हेर्न मन लग्छ :p

    Reply
  3. kishor says:
    August 31, 2013 at 6:59 am

    बच्चा हुँदा आमाले झोलुङ्गा मा राखेर टुई टुई हल्लाऊर्दा आन्नदले सुतिन्थे रे म तर आज आफु सुत्ने खाटनै झोलुङ्गा सरह टुई टुई हल्लदा के को सुत्न सक्नु उल्टो टाउको दुःखेर, रिङटा लागेर, हैरान भाछ ” सायद उमेर संगै स्वाद पनी फरक हुदै जान्छ भनेको यहि होला #भुकम्प त्रासं :ञी

    Reply
  4. Manab says:
    August 31, 2013 at 2:55 am

    नेपाल भुकम्प जाने छेत्रमा त पर्दछ तर येसबाट फाइदा खोज्ने हरु पनि छन् है | आजकल भुकम्प कहिले जान्छ भनेर prediction गर्न सकिने technology छैन भन्नेमा scientist हरु एकमत छन् | नेपालका बैज्ञानिक भनौदा हरु भने झन् जान्ने बनेर त्रास मच्चाउदै dollar खेति गर्छन|

    Reply
    1. Vijay says:
      August 31, 2013 at 10:48 am

      एउटा वेबसाइट थियो, nextearthquake.com हो क्यारे सायद ! उसले भनेको थियो कि यति यति समय भित्र इन्डियन टेक्टोनिक प्लेट वरिपरि भूइंचालो जाने सम्भावना छ ! र, गुजरात मा गएछ पनि, ठुलो त थिएन रहेछ तर, गएछ ! यहि २०११ तिरको कुरा हो क्यारे ! अहिले त्यो वेबसाइट बन्द रहेछ, किन रहेछ, कुन्नि ? तर मैले यस बारेमा केहि खोजेथे अनलाइनमा ! पृथ्वीको सतह मा भैरहेको सानो सानो हलचल हरुलाई मापन गरेर, गणना गरेर भुकम्पको भविश्यबाणि गर्न सकिन्छ रे केहि हद सम्म ! तर, किन यो प्रबिधि लाइ कार्यन्वयन मा आउन दियिरहेको छैन, कसको शक्तिले रोक लागिरहेको छ…..खोजबिन हुनै पर्ने बिषय हो !
      धेरै जनजीबन को क्षति हुनबाट जोगिने थियो यदि त्यो प्रबिधि हुने हो भने !

      Reply
  5. harihar sharma says:
    August 31, 2013 at 2:35 am

    भुकम्पले जमिन जति हल्लायो नि त्यो भन्दा निकै जोर ले Facebook , twitter मा कम्पन पैदा गर्यो, यहाँ विदेश समेत थर्किने गरि सामाजिक संजाल हरु थर्किए /
    के जमाना आयो /

    Reply
  6. saurav says:
    August 31, 2013 at 2:16 am

    खास्सा बाट आको भए त नक्कली हुनुपर्ने. कस्तो सक्कली भुइचालो आएछ गाठे

    Reply
  7. Nabin says:
    August 31, 2013 at 1:57 am

    भूकम्प पछिका फेसुबुक अपडेट

    Ananta Koirala
    विप्लव हिजो चाइना ग’का आज यता भुईंचालो आयो। अब फर्केर आ’र विप्लवले भन्छन्, ‘चुनाव फिर्ता लेऊ नत्र चाइनाले ठूलोवाला भूकम्प पठाउँछ रे।’ गुहार ! गुहार !!
    Rajesh KC
    भूकम्प चीनमा गएकोले भोलि हाम्रा कम्रेडले जिम्मा लिन बेर छैन ।
    Suman Gaire
    चाईनिज भुकम्प रे ! धेरै बेर नटिक्ने भविष्यवाणी । भविष्यवाणी पनि बेला बेला फेल खाने भएकाले ३ वटा सिरक ओढी टाउकोमा हेलमेट लगाएर सुतिन्छ । गर्मी भएकाले पंखा भने फुल स्पिडमा चल्ने छ ।
    Umesh Ghimire
    Mero bhatij Pravesh bhuichalo aunaa saath bhagya re kattu nai ulto layera bhagecha re.. Eh moraa ke laayera sutya thyau huh?
    ई॰ शा॰ न॰
    सञ्जोग – चलचित्र ‘भाग् मिल्खा भाग्’ हेर्दै थिएँ । भूईँचालो आयो…भाग् ईशान भाग् !
    KhilBahadur Bhandari
    भुकम्प आउँदा धेरै चाही फेसबुक चलाउनेहरु बाच्ने रहेछन् । अनुसन्धानले त्यही बतायो ।
    सन्तोष न्यौपाने
    बेमौसमी भूकम्पले नि गन्रु गर्यो भन्या ,कमसेकम एन आर एन एको विश्वसम्मेलन ताका गयको भय टुटफुट हुन् लागेका यिनीहरु फेरी जुट्ने थिय कि ?अर्कोतर्फ भारतीय भूकम्प भन्दा चाइनिज भूकम्प नै सक्तिशाली लाग्यो………….
    Ranjit Acharya
    चीनले नेपाल हल्लायो, यो छिमेकीको निर्वाचन बिथोल्ने षडयन्त्र हो भन्ने हामीलाई लागिरहेको अवस्था हो … हाम्रा नेताको भोलिको बोलि
    बसन्त क्षितिज
    सधैं दिल्लीको बेमौसमी भुइचालोले हल्लाउथ्यो यस पटक तिब्बती केन्द्रबिन्दुको भुइचालोले सातो लियो ।
    फरक कोण
    भूकम्प हैन त्यो मायाको तरंग थियो
    छोडेर जाने निष्ठुरीलाई अन्तिम पटक सम्झना दिने पाँच रेक्टर स्केलको झट्का थियो ।
    स्वागत नेपाल
    भुकम्प पनि उपचारै रहेछ…
    आज एकदमै दिक्क लागेर सुत्न मनै थिएन वा दिउँसै निदाउन मन थियो तर पनि ढल्कन खोज्दै थिएँ , यसरी हललायो भुकम्पले कि सबै तनावहरु हराए । सारा तनावहरु साना लागे । सानो तनावका लागि झन् ठूलो आकस्मिक तनाव त उपचारै रहेछ ।

    Reply
  8. द्रोण says:
    August 31, 2013 at 1:07 am

    राजेश हमाल ओछ्यान बाट लडेका हुन् कि ?

    राजेह हमाल को बारे अरु कहाबत हरु

    १) राजेश हमाल सानै मा बा सग स्टिव वोंडर को म्युजिकल सो हेर्न गएछन , आखा जुधेछ , तेसैले स्टिव वुन्दर आज पनि अन्धा छन् |

    २) चोक नोरिस ६ चोटी मिस्टर युनिभर्स भयो , किनकि राजेश हमाल नेपाल बाहिर जान चाहेनन |

    ३) राज्निकांत र राजेश हमाल भेट भएछ , राज्निकांत ले सिगरेट हावा मा फाल्यो , खल्ती बाट पेस्तोल निकाल्यो , गोलि चलायो सिगरेट सल्केर राज्निकांत को मुख मा खस्यो , राजेश हमाल ले खुकुरी चुरोट निकाल्यो , चुरोट लाइ राज्निकांत को कालो तालुमा घोट्यो सिगरेट सल्क्यो र राजेश ले मुख मा च्याप्यो |

    Reply
    1. rajesh says:
      August 31, 2013 at 2:17 am

      हो!!! नेपाली लोकल समय अनुसार तेस्तै ११:३४-११:३५ तिर गएको हो l बिहानै मात्रै जमल को दुखद आगलागी को समाचार सुनेर आर्तनाद भएको यो मन फेरी यो अर्को विपत्तिले झन्डै ज्यान लिएको l जे होस् मन-मनै कामना चाहि गरेँ- हे इश्वोर भोलि कुनै पनि नेपाली अनाहक मा मर्यो भन्ने खबर चाहि न-आओस………..समाचारै सुन्न परे सबै नभए कुनै ५०-१०० जना नेता हरु मरे भन्ने खबर आओस l पशुपति नाथ ले सम्पूर्ण नेपालीलाई यस्ता दैबी बिपत्ति बात टाढै राखून…………सबै नेता बाहेक…………शाति,,,,,,,,,,,,,,,,आमीन

      Reply
    2. jungey says:
      August 31, 2013 at 2:02 pm

      एक पटक राजेश हमाल देउसी भैलो मा मादल बजाउदै रहेछन , माथि आकाश बाट बिस्तारै उदंतास्तरी धर्ति मा आएछ, र एउटा एलिएन फुत्त बाहिर निस्केर हात जोड्दै भनेछ, दाइ अलि बिस्तारै बजाउनु न , मेरो भोलि देखि बोर्ड एक्जाम सुरु छ क्या … 🙂

      Reply
      1. द्रोण says:
        August 31, 2013 at 10:30 pm

        २०११ मा पाकिस्तान मा ७.२ रेक्टर स्केल को भुकम्प जादा काठमान्डू मा पनि गएको रहेछ , कुरा के भने साझको बेला राजेश हमाल सुतेको रहेनछन एक हात ले धरहार र आर्को हात ले काठमान्डू समायेछन, काठमांडू बासि लाइ पत्तै भएँन |

        Reply
  9. Aashish says:
    August 31, 2013 at 12:43 am

    Magnitude M 5.0 Region WESTERN XIZANG Date time 2013-08-30 17:49:23.2 UTC Location 30.95 N ; 83.12 E Depth 10 km Distances 418 km NW of Kathmandu, Nepal / pop: 1,442,271 297 km NE of Birendranagar, Nepal / pop: 31,381 206 km NE of Jumlā, Nepal / po

    Reply
    1. Mahesh S says:
      August 31, 2013 at 9:46 am

      यो जानकारी गलत छ. usgs.gov or http://www.seismonepal.gov.np/
      website hernu hola .

      Reply
  10. Bimal says:
    August 31, 2013 at 12:34 am

    २ बर्ष(2068 असोज १ गते) पहिले भारतिय बिस्तारबादको कारण नेपालमा भूकम्प आएको थियो । यो बर्ष चिनियाँ भूमिबाट नेपालमा भुकम्प आएछ । सायद यो भुकम्पमा स्वतन्त्र तिब्बत समर्थितको चलखेल हूनुपर्दछ । यो भुकम्प चिनियाँ सामान झैँ एक पटक भन्दा धेरै नटिकोस भन्ने कामना!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme