Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी दुःख दियो मलाई अध्यागमनले

Posted on August 27, 2013August 27, 2013 by mysansar

mika अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा धमाधम कर्मचारी पक्राउ गरिरहेको छ। यसै क्रममा धेरै कर्मचारीहरु अध्यागमन विभागका पनि रहेका छन्। नेपालको अध्यागमन यात्रुहरुलाई अनावश्यक झण्झट दिने गरेकोमा बदनाम छ। घुस खाने मात्र हैन, इज्जत लुट्ने काम पनि अध्यागमन कै कर्मचारीहरुबाट भएको जगजाहेर छ। अहिले जुन कर्मचारी अख्तियारको हिरासतमा छ, त्यही मध्येका एकबाट पीडित भएकी थिइन् बेल्जियम निवासी एक महिला। बेल्जियमबाट नेपाल ओर्लँदा र उताबाट नेपाल फर्कँदा उनले निकै दुःख पाए। कर्मचारीहरुले आफूसँगै गएका नाबालक छोराहरुको पासपोर्टलाई नक्कली भने, फर्कँदा छोराहरुलाई इल्लिगल भने। बेल्जियममा रहेका पत्रकार सन्तोष न्यौपानेले पीडितसँग कुरा गरेका छन्। थप विवरण पीडित कै शब्दमा-


मेरो नाम मिका राई हो। म बेल्जियमको ब्रुज शहरमा बस्छु। नेपाल जान नेपाली दूतावास ब्रसेल्सबाट मेरो र मेरा छोराहरु १० वर्षका रोशन घिमिरे र ८ वर्षका रोहन घिमिरेको अस्थायी पासपोर्ट बनाएको थिएँ। एमआरपीको लागि समय लाग्ने हुँदा फर्किएपछि मात्रै एमआरपीको आवेदन दिने सोच थियो। हामी ३ हप्ताको विदामा नेपाल जुलाई २९ तारिखका दिन पुग्यौँ। हामीलाई कुरेर आफन्तहरु बाहिर बसिरहनुभएको थियो। निस्कने क्रममा अध्यागमनमा पासपोर्टमा छाप हान्ने बेला मेरो बच्चाहरुको पासपोर्ट सुरुमा नक्कली भनेर आरोप लगाए। अनि त्यही विषयमा हामीलाई घण्टौँ भित्रै राखे।

त्यहाँ घुस खान खोजेको भन्ने प्रस्टै भयो। तर नखाएको विष लाग्दैन, घुस दिने कुरै भएन। पछि पासपोर्ट उनीहरुसँगै राखेर हामीलाई बल्ल बल्ल ३ घण्टापछि बाहिर निस्कन दिइयो। पछि पासपोर्ट लिन आउनको लागि अध्यागनम विभागको कार्यालय कालिकास्थान बोलाउँदै यस्तो चिट दिइयो।

विमानस्थल अध्यागमन कार्यालयले दिएको चिट। पासपोर्ट नम्बर र फोन नम्बर व्यक्तिगत जानकारी भएकोले सम्पादन गरिएको हो।
विमानस्थल अध्यागमन कार्यालयले दिएको चिट। पासपोर्ट नम्बर र फोन नम्बर व्यक्तिगत जानकारी भएकोले सम्पादन गरिएको हो।

पासपोर्ट ब्रसेल्स दूतावासबाट बनाएको हुँदा उनीहरुले तत्काल सोधपुछ गर्न सक्थे। तर ती कर्मचारीले त्यसो गरेनन्। बरु उल्टै केरकारको लागि भनेर पासपोर्ट नै जफत गरिदिए। अहिले ५ जना कर्मचारी अख्तियारमा जो रंगेहात पक्राउ परे, तिनै मध्यका हुन् हामीलार्इं सास्ति दिएर घुस खान खोज्ने।

३ घण्टा त्यसरी राख्दा मेरो समय बर्बाद त भयो-भयो, मलाई र बच्चाहरुलाई कम्ता मानसिक तनाव भएन। उता मेरो श्रीमान आत्तिरहनुभएको थियो, यता मलाई कुरेर बस्ने मेरा आफन्तहरु। अझै त्यसमा पनि बच्चाहरुको पासपोर्ट नै जफत गरिदिँदा कुन साइतमा बिदा मनाउन आएछु जस्तो भयो।

पासपोर्ट लिनको लागि अध्यागमन विभाग, कालिकास्थान आउनु भनेर कर्मचारीहरुले भने। तर भनेको समयमा पासपोर्ट कहाँ पाउनु ! मेरो श्रीमानले बेल्जियमदेखि अध्यागमन विभाग कालिकास्थानमा बारम्बार सम्पर्क गर्नुभयो। तर ती कर्मचारिले आफनो वास्तविक परिचयनै लुकाए। एक जना हरिनारायण श्रेष्ठ बताउने कर्मचारीले छोराहरुको पासपोर्ट सक्कली नक्कली बुझ्नको लागि ब्रसेल्स पठाउने भने। तर कर्मचारीले पासपोर्ट लिएको १२ दिनपछि मात्रै बुझ्नको लागि ब्रसेल्स पठाएछन्। नक्कली हैन भन्ने भएपछि पनि मैले उल्टो ३ सय ५५ रुपियाँ तिरेर पासपोर्ट फिर्ता लिनुपर्यो। त्यो रकममात्र हैन, मेरो कति धेरै समयको बर्बादी भयो। कति धेरै मानसिक तनाव मैले भोग्नुपर्यो।

सुरुमा कालिकास्थान जान भनियो। गएँ। तर त्यहाँका कर्मचारीले यहाँ छैन त्रिपुरेश्वरको कन्सुलर शाखा जान भने। फेरि अर्को दिन त्रिपुरेश्वर लागेँ। त्यहाँ पनि बच्चाहरुको पासपोर्ट रहेनछ। फेरि त्यहाँका कर्मचारीहरुले नारायणहिटी दरबार स‌ङ्ग्रहालय भवनमा रहेको राहदानी शाखामा जान भने। त्यहाँ बल्ल मैले पासपोर्ट पाएँ। त्यो पनि बिना कुनै दोष उल्टो रकम तिरेर आफनै खोसिएको पासपोर्ट लिनुपर्‍यो। बेल्जियम फर्कने समयभन्दा तीन दिन अगाडि २० अगस्टको दिन बल्ल पासपोर्ट हात पर्‍यो। उता ब्रसेल्स दुतावासबाट भने काम छिटो नै भयो, जति दुःख पाउने हो हामीले आफनै स्वदेशमा पायौँ।

हैरानी यत्तिमा सकिएन। अब फेरि बेल्जियम फर्कने बेलामा सास्ती पाउन बाँकी रहेछ। जाँदा पासपोर्ट नक्कली भनेर रोकेका थिए, फर्कन लाग्दा बच्चालाई इलिगल भनिदिए। मलाई एकातिर, मेरा नाबालक बच्चाहरुलाई अर्कोतिर लगियो। हेर्नु त आपत्, हामीले त्यतिखेरसम्म लगेज दिएर पनि बोर्डिङ पास लिइसकेका थियौँ। आफनै सन्तानलाई अवैधानिक भनिदिँदा अनि मलाई र छोराहरुलाई अलग-अलग बनाइदिदा मेरो मन कति रोयो?

आखिर उनीहरुले घुस खानकै लागि मलाई र बच्चाहरुलाई अलग-अलग बनाएका रहेछन्। पछि एकजना चिनेको भाइको कारण बल्ल सबै कुराहरुबाट मुक्ति मिल्यो। मैले बच्च्चाहरुको सबै विवरण जन्मदर्ता, नाता प्रमाणित लगायत चाहिने जति सबै कागजपत्र लगेको थिएँ। ती कर्मचारीहरुलाई देखाएको पनि थिएँ। तर ती कागजपत्र कतिखेर कुन बहानामा पैसा झारौँला भनेर बसिरहेका भ्रष्ट कर्मचारीको लागि कुनै तुक नै भएन।

२१ दिनको मेरो नेपाल बसाईमा मेरो दिनचर्या पासपोर्टको टेन्सनमा बित्यो। अनि फर्कने बेलामा थप सास्ती। यी सबै सम्झँदा फेरि स्वदेश फर्कन पनि के फर्कनु जस्तो भएको छ। के एयरपोर्टका कर्मचारीहरुलाई घुस नखाई खान पुग्दैन ? अहिले घुसखोरहरुलाई प्रमाणसहित पक्रँदा ‘मनोबल गिर्ने’ भन्दै कर्मचारी नेताहरुले आन्दोलन गर्ने चेतावनी दिएछन्। मजस्ता सयौँ नेपालीलाई यसरी अध्यागमनमा दुःख दिँदा हाम्रो मनोबल गिरेको हिसाबकिताब चाहिँ कसले राख्ने ? कसैले जवाफ दिनसक्छ ?

यो भिडियो हेरेर मैले मलाई दुःख दिने कर्मचारी पनि अख्तियारले समातेको थाहा पाएको हुँ-

[तपाईँले पनि अध्यागमनमा यस्तै समस्या भोग्नुभएको छ भने आफ्नो विवरण सक्नहुन्छ भने प्रमाणसहित नभए मिति, समय सबै खुलाएर यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]

57 thoughts on “यसरी दुःख दियो मलाई अध्यागमनले”

  1. rabi says:
    September 18, 2013 at 7:46 pm

    थुक्क छ ,

    TIA को कर्मचारीहरु , देसको इज्जत फाल्छ . मेरो त सुटकेस नै खाली गरिदियो नि .पुलिश पनि चोर नै रहेछ . उजुरी गरेको त . यस्तो कुरा त केहि पनि होइन रे .

    आफ्नै भाग्य बिग्रेको नेपाल मा
    जन्मेकोमा .

    Reply
  2. sunny says:
    August 30, 2013 at 11:03 am

    आज भर्खर बिहान म काम गरेको site अस्ट्रेलिया को ,medicare office को staff ले नेपाल मा बिदा मनाएर फर्कियो. उनीहरु फमिली होलिडे को लागि गको थियो . इन्डियन background को singaporian citizen हुन् . उनीहरु काठमाडौँ, पोखरा घुमेर आको थियो . ठमेल मा shopping गर्दा पसलमा laptop बिर्से छन् . पसले ले १०० मीटर पर सम्म running गर्दै फिर्ता गरेछ. she was very impressed and told me ” people are really nice and honest over there and her husband would like to do Everest base camp on his next visit. ” इम्मिग्रेशन का कर्मचारीहरुले नेपाली र बिदेशीहरुलाई राम्रो सेवा दिनेको भने हामी बिदेशमा बस्ने नेपाली हजु को पनि ईजत बढ्छ र बिदेशी मित्र हरुलाई पनि हमिरजु नेपाल घुम्ने recommendation आज विश्वास क साथ दिन सकिन्छ. इम्मिग्रेशन को कर्मचारी ले नेपाल को प्रतिनिधित्व गर्दै हुनु हुन्छ भने बिर्सनु हुदैन. हुनत केहि मान्छे ले सबै बिभाग र मन्त्रालय नै दुसित पार्चन . ईमान्दार तरिकाले नेपाल मा बसेर सरकारी जागिर खाने कर्मचारीहरु लाइ चाही धरै धरै धन्यवाद दिन्छु.

    Reply
  3. sandhya says:
    August 29, 2013 at 2:44 am

    एअरपोर्टमा जुन ठाउँमा घुस खान्छा तेही ठाउँमा नागरिक बडापत्र सहित सम्बन्धित निकायको फोन नम्बर ठुलो पारेर टाँस्नु पर्यो ( येदि घुस मागेमा तु फोनबाट जानकारी दिन पाइयोस)

    Reply
  4. dhan says:
    August 28, 2013 at 8:06 pm

    यहाँ सबैले नेपालको इम्मिग्रेशनको कुरा मात्रै गरे तर मेरो हरियो नेपाली passport कारण बिदेशी इमिग्रेशनमा खानु परेको सास्ती सुनौ है त.
    सन् २०११ dec को कुरा हो नेपाल जाने क्रममा सिंगापुर ट्रान्जिट परेकोले रोकिए र भित्र छिर्ने क्रममा इमिग्रेशन करिब खाली नै थियो केवल २ ओटा ढोकामा मात्रै केहि कर्मचारी हरु थिए | मलाई तेती बेला इम्मिग्रेशन भनेर हेक्का नै भएन | ढोका नजिक पुगेर उभिए तर त्यहाँ बसेकी इन्डियन मुलका तमिल जस्ती देखिने महिला पछाडी पट्टि फर्केर खै के पो गर्दै थियिन | अनि म रोकिदा समेत उसले केहि नभनेपछि म अगाडी बढे अनि बल्ल पो कराइन ति बुढी “where are you going? can you go any where you like?” अनि मैले पनि भने ” तिमि अगाडी फर्केर मलाई पस्स्पोर्ट माग्नु पर्ने मान्छे मलाई वास्ता गरेनौ अघि चै अहिले मलाई दोस लगौछौ ? तिमि duty राम्रो संग गर सुरुमा मलाई याद भएन इमिग्रेशन” भनेर म पनि झुकिन तेस्को अगाडी अनि तेस्पछि अर्को ढोकामा भएको आफ्ना सहकर्मीहरु कहाँ गएर मेरो पस्स्पोर्ट दियिन र मलाई पनि उतै पठाई | मैले उता पनि गएर तेही कुरा भने तर मेरो गरिब देशको हरियो पस्स्पोर्ट देखेर नै होला जस्तो लाग्यो उल्टो मलाई पो विभिन्न आछेप लगाउदै त्यहाँ भएकी मध्यकी एक जना काली मोटी जंगीन थाली | आफ्नो देशको स्थिति र हरियो passport लै धिक्कार्दै बेकारमा बिबादमा फस्न चाहिन र चुप लागें | छुटी सकेर फर्किने क्रममा एरपोर्ट हिडेको उही त हो हाम्रो देशको बाटो , ठुलो जाममा परियो र अलि ढिलो पुगे | airlines ले अब ढिला भयो हुदैन भन्दै थियो मैले request गरेसी लल bag सबै luggage म हल्नोस भन्यो | hand carry पनि तेही छोडेर हिडे इम्मिग्रेशन तिर | जहाज चडेसी बल्ल था भयो कि airlines को मान्छेले त मुम्बई सम्मको मात्रै boarding pass देको रैछ | खास सिंगापुर को पनि दिनु पर्ने | जहाजमा परिचारिका सित कुरा गरेसी एरपोर्टमा airlines को मान्छे सित कुरा गर्नोस भने | गएर एरपोर्ट मा फेरी सिन्गपोर्को लागि चेक इन गर्ने ठाउँ नजिकै गएर कुरा गरें बोर्डिंग पास छुटेको बारेमा | अनि मेरो जस्तै अर्को एक जना नेपाली दाई जो मेरो बिचारमा कुनै खाडी देशको लागि हिडेको हुनु पर्छ उसको पनि मेरो जस्तै समस्या रैछ | दुवै जनाको passport लगेर गयो एक जना कर्मचारी र आधा घण्टा जस्तो पछि फर्कियो र सोध्यो कता जना लागेको ? मैले उत्तर दिए सिंगापुर | सोध्यो सिन्गपोर्को visa खोइ ? जवाफ दिए we don’t need visa for singapore.फेरी सोधे final destination कहाँ हो ? मैले भने अस्ट्रेलिया अनि जन्गिना थाल्यो अगिनै सोध्ध किन नभनेको ? बास्तबमा त्यो उनीहरुको सरोकारको बिसय थिएन किनकि उनीहरुको airlines ले पुर्याउने भनेको सिंगापुर सम्म मात्रै थियो | तेस पछिको यात्रा अर्कै जहाजमा | छेउको नेपाली दाइलाई पनि कता जाने भनेर english म सोध्यो ? बिचरा दाइले बुझ्नु भएन अनि हिन्दीमा सोध्यो फेरी हपार्दै ” अबे किधर जा रहे हो ?” सम्भवत दाईको जवाफ कुनै खाडी राष्ट्र थियो अहिले ठ्याक्कै याद भएन | बिचरा ति दाइले पनि खानु पर्यो हप्की मैले जस्तै बिना कारण | उनीहरुको जहाज चढेर व्यापार गर्दिनु पनि छ अनि हप्की पनि खानु ! यो भन्दा निरिह कुरा के होला र ? त्यो घटना पछि निर्णय गरे अब देखि इंडियाको बाटो भएर यात्रा गर्ने भुल गर्दिन बेकारमा टेन्सन २-४ सय डलरको लोभले |
    यहाँ भन्न खोज्य कुरा के भने हामी गरिब देशका निरिह जनताले आफ्नो देशमा त दुख पाएका छौ नै बिदेशी भूमिमा पनि अरुको हप्की दप्की सहेर बस्नु पर्ने कस्तो भाग्य हाम्रो !!!!???
    नेपालीको सट्टा कुनै ब्रिटिश american अनि युरोप जापान को passport भए कत्रो सम्मान र इज्जत दिन्थे तर नेपालको हरियो पस्स्पोर्ट देख्ने बितिकै जता पनि हेर्ने दृष्टिकोण नै फरक !! थुक्क हाम्रो भाग्य !!

    Reply
  5. simit gauchan says:
    August 28, 2013 at 2:54 pm

    खै म अध्यागमन विभागमा ( एअरपोर्टमा ) ३ बर्ष बसे एक पैसा पनि घुस मागिएन , अझ आफ्नै साथि गृहराज्य मन्त्रि भाको बेला , खै के भा को कुन्नि अरु सरकारी कर्मचारिहरुलाई !!! घुस नै खा को भा आज म पनि त अख्तियारमा हुने थिए होला कसो !!! तर एउटा कुरा साथि हो , एअरपोर्ट कर्मचारीहरुको अगाडी आखामा आखा मिलाएर सत्य तथ्य कुरा गर्नु पर्छ अनि त तिनीहरुको खाने दाउ लुप्त हुन्छ ..जय देश जय नरेश !!!

    Reply
  6. Man says:
    August 28, 2013 at 10:37 am

    म पनि विदेशबाट इलिगल भै आउदा १लाख मागेको थियो राम प्रसाद कोइरालाले जो अहिले फरार छन् तर कांग्रेस को एकजना चिनेको साथी भएकोले समस्या भएन किनकि तेयाहाका कर्मचारी सबै कांग्रेसका रहेछन !

    Reply
  7. Mangal says:
    August 28, 2013 at 9:30 am

    हाम्रो देश मा यति धेरै बेरोजगार युवा हरु छन् ! भ्रस्टाचारको आरोप लागेका हरुलाई हटाएर नया पुस्तक सोच्छ छविका बेरोजगारहरुलाई जागिर दिनु पर्छ ! अस्ट्रेलिया बाट २०१२ फेबुरारी मा घर फर्किने बेला मैले आफुले प्रयोग गरेको कम्पुटरको फ्लेट स्क्रीन मनिटर लिएर आएको थिए ! टेलिभिजनको भए २००% ट्याक्स लाग्ने तर कम्प्युटर को मनिटर एउटा सित्तैमा ल्यायुना पाइने हो तर त्यही मोनिटर लाई पनि यो त् टिभी हो एस्लाई “चोखो” बनाएर लैजानुस अब २००% टेक्स तिरेर भनेर हैरान पारे ! बल्ल बल्ल धेरै कराए पछि र टिभी को “जैक” जोड्ने प्वाल नभेटे पछि मलाई लान दिईयो ! तर मेसिन ले स्क्यान गरी सके पछि पनि मेरो सब लगेज झिक्न लगाएर फेरी बिजोग ताल ले प्याक गर्न परेको सम्झिंदा सारै नरमाइलो लाग्छ ! सिसि टिवी राख्ने काम त अख्तियार ले जसरी भए पनि गर्ने पर्छ ! नत्र दुइ चार दिन मा फेरी हामीलाई येसरी नै दुक्ख दिन्छन !! अख्तियारको काम लाई सभी ले मिलेर साथ् दिनु जरुरी छ ! अनि अर्को कुरा जुन कार्यालय मा पनि आफ्नो मान्छे चिनेको भरमा लाइन नबसी छिटो काम गराउने प्रवृति हटाउनु जरुरी छ ! यो नराम्रो रोग हो !! लाइन बसेरै गर्ने गरौ !

    Reply
  8. DAWA SHERPA says:
    August 28, 2013 at 9:16 am

    कस्तो अचम्मा को देश , आफ्नो देश को समान विदेश लाँदा पनि किन लागेको लानु मिल्दैन बन्ने ,विदेश बाट देश मा लागे पनि किन लयको बन्ने दुख दिने ,अनि कहाँ बाट देश विकास हुन्छ र .चिन लै हेर न उसको देश को सामना १०० चैएयो बने हजार पथौन खोज्छ हजार बनेओ बने लाख पथौन खोज्छ किन बने आफ्नो देश को समान जति बढी विदेश मा पत्हुना सकेओ तयति पैसा आफ्नो देश मा औछ र आफ्नो देश को परचाr हुन्छ नेपाल को न आफु केहि गर्ने होइन अरुले गरेको मा पनि हेल्प होइन कि कसरि दुख देउ बन्ने सोच मात्र छ नेपाली को अनि कहाँ बाट देश बिकाश हुन्छ त मलाई नेपाली हरु को सोच देखेर अब त नेपाली पनि बन्न मान लाग्दैन जो हेरे चोर जता हेरे ठग दिक्क लगेर औछ मलाई पनि येस्तै दुख दिएको थियो मलाई तिबेतन बन ठानेर जांची सकेको समान पनि फेरि जच्नु पर्छ बनि मैले पनि २ ओतa मादल साथी को लागि लयको थियो त्यही जोला खोलेर देखाई दिए र पछि उनीहरु यो त नेपाली नै रहेछ बन्दै जानुस बनि पठाई दियो

    Reply
  9. samrat~ says:
    August 28, 2013 at 5:12 am

    ध्न्येबाद मिका जी, तपाइँ हरु जस्तो को सहयोग र सुनुवाई पाएर अख्तियार लाइ येस्ता ब्वासो हरु लाइ जेल कोच्न धेरै सहयोग हुने छ. अब संचार को माध्येम ले गर्दा एस्तो सरकारी कर्मचारी हरु को अपराध अवास्ये लुक्ने छैन. बल्ल भने लोके ले खोके जस्तो गरि देखाउदै छ तर अझै पनि जनता सन्तोष चाइ छैन. येदि साचै काम गरेर देखाउन खोजे को हो कि तल्लो तल्लो स्तर को काम गरेर ठुला बडा को अपराध लुकाउन खोजेको हो त्यो चाइ हेर्न बाकि नै छ. येदि लोके ले प्रचण्ड र हिसिला माथि पनि जुन दिन औला ठडौच अनि मात्र बिस्वाश लाग्छ. हेर्दै जाउ.

    Reply
  10. Asharam says:
    August 28, 2013 at 3:38 am

    बेइमान हरु संगठित भयर दादा गिरि गर्ने हाम्रो देश को संस्कृति/परम्परा रोक्ने येउटै उपाय जनता हरु येस्ता बेइमानि/अपराधीहरुका संगठन हरु का नाइके हरुलाई आफै ले कारबाही गर्न सके मात्र सम्भव छ | होइन हो किन हामि जनता नेताहरुले आफ्नो स्वार्थ को लागि उक्साय मात्र सडकमा र जंगल मा जान उक्सिन्छौँ नत्र एस्ता गम्भीर प्रकृतिका समस्या मा कुरा मात्र गरेर बस्छौं? हाम्रो आफ्नै बानि मा खोट छ ! यो देश ले दुख पायको सरकार, पार्टी, व्यबस्था, संगठन संस्था हरु मात्र नराम्रो भयर होइन तिनलाई हाक्ने व्यक्तिहरु कामचोर, स्वार्थी, अवसवारवादी, अदुरदर्शी भयर हो | ईति.. !

    Reply
  11. Milan Rai says:
    August 28, 2013 at 3:37 am

    मेरो पनि त्यस्तै अनुभब छ. उनिवेर्सिटी को प्रोग्राम मा आउदा मलाई नि 60 minute रोकेको थियो. उनिवेर्सिटी ले नै सबै खर्च बेहोरेको थियो. उशle स्टानफोर्ड उनिवेर्सिटी को नाम पनि सुने को रैनाचा. एङ्ग्लिश को लेत्टर पदन पनि आउदैन रच. रिस पनि उठो अनि दया पनि आयो. मा बाट पैसा झर्ने वाला छैन भन्ने बुझेर जना दियो. साले हरुले झन्डै Flight छुताको. अहिलेनी समझदा रिस उठेर आउच.

    Reply
  12. keshav khadka says:
    August 28, 2013 at 12:21 am

    रस्टचारीलाइ जेल होइन सिधै टुडिखेल मा जनता को सामु फासी दिनु पर्छ यस्ता कुकुर को कारण ले नै देश को हालत आज यहाँ सम्म बनेको हो चिनका रेल मंत्री लाइ दियको फासी झैँ नेपाल मा पनि यस्ता घुस्या लाइ फासी नै यौटा सही विकल्प हो लोकमान जस्ता अरु प्रशासक आबसेक छ !

    Reply
  13. avash rimal says:
    August 27, 2013 at 11:09 pm

    आध्यागमनका कर्मचारीको घैटोमा घाम लाग्छ भनेर नचिताए भए जस्तो छ .. कति सम्मका घुसिया रहेछन तिनीहरु त ..

    Reply
  14. Hari Bahadur डुकुलंथक says:
    August 27, 2013 at 10:51 pm

    यहाँ प्राय comment पढ्दा लाग्छ कि सबैजना अध्यागमन पिडित छन् र अध्यागमन घुस्याहारुको अखाडा हो, अनि केहिले अनाबश्यक घुस दिएर आफ्नो बाटो तताएको जस्तो देखियो/

    नेपाल आउँदा र नेपाल बाट जाँदा के के कुरा आबश्यक छ सपष्ट सबैले देख्ने ठाउँमा तास्नु जरुरि छ र अनाबश्यक रुप मा १ रुपैया पनि घुस दिने काम गर्नु हुन्न / अध्यागमनका कर्मचारी भनेका रगतको स्वाद पाइसकेका ब्वासो हुन् / आफ्नो अगाडी यिनले कसैलाई अनाबशय्क दुख दिएको देखिएमा यो समस्या त्यो पिडित को मात्र नभई आफ्नो पनि हो भन्ने सोचेर त्यसको पर्तिबाद गर्नु जरुरि छ / खाली आफ्नो दुनो सोज्यायो र हिड्यो मानसिकता बाट माथि नउठेसम्म अध्यागमनले यात्रुलाई चुस्दै गर्ने छन् /

    यो पिडा नेपालबाट बाहिर जाने र नेपाल फर्किने प्रत्यक व्यतिको हो / नेता र सरकारबाट यो घुसखोरीको समाधान होला भन्ने आश गर्नु त त्यस्तै हो / हाम्रा एन आर एन (NRN) संगठनबाट यो समस्या समाधान गर्न केहि दबाब दिन सकिन्छ कि ? यो प्रश्न चै हाम्रा NRN अध्यक्ष्य ज्युलाइ /

    If not CCTV, it does not cost anything to put a display board showing the list of requirements for arrival and departures stating that if someone asks for anything more, they should get a slap on their face. Can our NRN organizations do anything about it?

    Reply
  15. Jenish says:
    August 27, 2013 at 9:51 pm

    येस्ता मान्छे हरुले गरेर हो नेपाल फर्कनै दिक्क लाग्छ!

    Reply
  16. sandhya says:
    August 27, 2013 at 9:35 pm

    सालोक्य जी, सक्नु हुन्छा भने यो आर्टिकल र कमेन्ट को प्रिन्ट गरेर अध्यागमन बिभाग र एअरपोर्टका भ्रस्ट कर्मचारी अनि त्यो बाटो यात्रा गर्नेहरु सबैले पढ्न मिल्ने गरि टाँस्नु पर्यो, अलि चेत आउछ कि भ्रस्टहरुलाई

    Reply
  17. मदनमणि says:
    August 27, 2013 at 8:51 pm

    यस्ता साँढेहरुलाई तीनपुस्ता सम्म सरकारी जागिर र सुविधामा निषेध गर्ने सम्मको कारवाहीको व्यवस्था भए केही सुध्रन्थे कि। आखिर टेबुलमुनिबाट कमाउन खोज्ने पछिल्ला पुस्तालाई भनेरै त हो।

    Reply
  18. Chetan Nepali says:
    August 27, 2013 at 8:09 pm

    नेपाली लाइ मात्रै होइन यिनीहरुले त विदेशीलाई पनि यसरि नै थग्छ! European र जापानीजहरुलाई त खातामै पर्छ खातेहरुले, यदि उनिहरुसंग US डलर नभए देखिता, भिसा फि तिर्नलाई ! यिनीहरुको छुटै विनिमय दर हुन्छ ! यिनीहरुलाई त बिदेशी मुद्र अपचलन को पनि कानून लगाउनु पर्छ लोकमानले !!

    Reply
  19. Sushil says:
    August 27, 2013 at 7:30 pm

    बिचार एउटा आइमाई मान्छे, त्यो पनि नेपाली. सहयोग गर्नु त का हो का हो उल्टै बच्चाहरु संग अलग राखेर आत्यायेछन. जा*हरु, आत्याचारको पनि सिमा हुन्छ नि.

    Reply
  20. Tirtha Chhetri says:
    August 27, 2013 at 7:24 pm

    फेरि अर्को चटारो / जति सम्झियो उती दिमाग तात्ने / नेपाली कर्मचारी बन्दुहरु हो मारेर लानु केहि छैन / कमसेकम नेपाली कति ईमान्दार छन् भन्ने संदेश दिउन अन्तरास्ट्रिय जगतलाई / जनताले तिरेको करबाट मैले तनखा पाउछु र देश र जनताको भलाइको लागि कामगर्नु पर्छ भन्ने मानसिकता बनाउन / स्वर्गमा ठाउँ बनाउनुपर्छ भन्ने कुरालाई अलिकति पनि दिमागमा नराख्ने हो भने देश त बर्बाद त हुन्छ हुन्छ, यसले आफ्नै जिन्दगी पनि बर्बाद गराउछ / अरुल्लाई दुख दिएर अहिले सुख पाउने कल्पना त गर्नु भएको होला तर भोलि यसको पाप तपाईका छोरा छोरी, नाति नातिनाले पाउनेछन / कमसेकम पापको थुप्रो बनाउने काम नगरौ न नी

    भागवत गीताको यो भागलाइ मनन गरेर आत्मा साथ गर्नुहोस त
    :
    खालि हात आयौ र खालि हात नै जानेछौ । जे आज तिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैको हुनेछ । तिमि यसलाई आफ्नै सम्झेर मग्न र मख्ख भईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो ।

    परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही त जीवन हो । एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ । मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो र तिमी सबैका हौ ।

    न त यो शरीर तिम्रो हो न तिमि यो शरीरका हौ । यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमा मिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमि को हौ ?

    तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले यो सहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ ।

    तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ ।

    Reply
  21. avaya says:
    August 27, 2013 at 7:14 pm

    यो mysansar मा एक जना ओली जी जो आँफु लाई Airport Custom Officer भनेर चिनाउने गर्थे, कता लागेछन ? ऐले उनिको कुरा सुन्न पायको भय हुन्थ्यो!!!! कसरि defend गर्थे कुन्नि? कि अख्तियारको पाहुना भये ?

    Reply
  22. Amrit Tamang says:
    August 27, 2013 at 6:50 pm

    गत वर्षको कुरा, छुटी मनाएर पुन; विदेश फर्के जहाँ मेरो कर्म स्थाल.. आफ्नो लगाएत छिमेकीहरुले आफ्नो श्रीमान,छोरा,भाई, भतिजोहरुलाई भनेर थोरै भए पनि घरयासी खाने कुरा लागि लागि दिनुहोस भनेर कसैले सुकुटी,घ्यु,भटमास,कोदोको पिठो,गिन्द्रुक,सिन्की जस्ता पोकाहरु झोलामा थियो. सुरु देखिन अन्त्य जहाँ हामी जाहज को पर्खाइ मा बस्ने हल सम्म पुग्न एति धेरै कठिन/सास्थी खेप्नु परको थियो….. तराई बासी दाजु भाईहरु कति ले त अध्यगमन भित्रै भए भर को घरयासी पार्ट्साल हरु छोडेर आउनु परेको दृश्यहरु देखेको थिए…. तराई, पहाड, हिमाल हामी सबै चन्द्र सुर्यको प्रतिक एक नेपाली हौ…… अख्तियार जुर्मुर्याए, अब चहि केहि होला कि………

    Reply
  23. shiva says:
    August 27, 2013 at 6:34 pm

    खुरुक्क बाबुरामले एअरपोर्टको जिम्मा बिदेशी कम्पनीलाई लगाउन लाग्दा दिएको भए राम्रो हुन्थ्यो | कम्पनि इंडियाको भयो भन्दैमा हामि सबै राष्ट्रबादी टोपलिइ बाबुरामलाइ र को एजेन्ट भन्दियौ | बुद्धि नभएका हामि नेपाली गोरुलाई गतिलो गर्न लागे पनि खुट्टा तानछौ | यी साला चोर नेपालि कर्मचारी भन्दा सुचारु सुबिधा दिने बिदेशी कर्मचारी मान्य छ !

    Reply
  24. Kamal says:
    August 27, 2013 at 6:16 pm

    रगत उम्लेर आयो!

    Reply
  25. ashok says:
    August 27, 2013 at 6:13 pm

    अध्यागमनमा सरुवा पाएपछी कर्मचारीको सोचमा कती परिबर्तन हुदो रहेछ भन्ने कुरा आफुले ठीकठीकैको दुरीबाट चिनेको साथीको आचरणबाट मैले थाह पाए ! म नेपाल फर्किदा उ टि.आइ.ए. मा सरुवा भएको रहेछ ! उ काउन्टरमै थियो ! उसलाई देख्ने बितिकै म उसैको डेस्कमा पुग्ने लहरमा उभिए र आफ्नो पालो आएपछी हर्षविभोर हुदै ‘अरे डिल्ली जी , तपाई यहाँ?’ भने ! उ हासेन ! ‘तिमी अहिले कुन देशमा छौ?’ उसले एकैचोटी यसरी सोधेपछी मैले निकै अप्ठ्यारो महसुस गरे ! पासपोर्ट दिए, निकैबेर नियालेर उसले हेर्यो र एकै चोटी भन्यो- सुन ल्याएको छ कि छैन? छैन, मैले भने ! अरु के ल्याएको छ? मैले केहि छैन भने ! मेरो पासपोर्टमा छाप लगाएपछि फिर्ता दिदै उसले मलाई भन्यो- ‘इमिग्रेशन अफिसरलाई देख्दा नमस्कार, समस्कर गर्नु छैन, विदेशमा छु भन्दैमा ठुलो हुने? अब देखी भेट्दा नमस्कार गर्नु !’ मैले केहि बोलिन ! पशुपतिनाथको कसम, ढाटेको होइन !

    अर्को पटक, ब्यागेज लिने ठाउमा म र मेरो साथीलाई एक हुल कर्मचारीहरुले फेरी अल्मलाए- मिनीमुभीको इस्यु बनाएर ! यो व्यक्तिगत प्रयोजनको लागी हो भन्दा पनि उनीहरुले दिएनन ! ५/६ जनाको घेरा भित्र परेर हामीले श्वतन्त्र ढंगले केहि सोच्न सकिरहेका थिएनौ ! उनीहरु हाम्रो अन्योलताको फाइदा लिने दाउमा थिए ! हामीले नियम भन्दा बाहिर नजाने जिद्धि गर्यौ ! उनीहरु हामीलाइ अर्को तरिकाले मिलाइदिने आश्वासन दिईरहेका थिए ! उनीहरुलाई घुस दिनु भन्दा त सरकारलाई कर तिर्न उत्तम हो भनेर हामीले भन्सार महसुल तिर्ने मनसाय देखायौ ! तर उनीहरुले ७२ हजार रुपैया कर तिर्नु पर्ने बताए पछि हामी चुप लगेर, ६ हजार माग्दै थिए, ४,००० रुपिया उनीहरूको हातमा थमायौ ! ५० हजार रुपैयाको मुभी क्यामेरालाइ ७२ हजार कर तिरेर बिजोग हुनु थिएन हामीलाई ! बाहिर निस्केपछि थाह भयो, त्यो कर विदेशीलाई तोकिएको दर रे ! त्यो पनि बिक्रि गर्ने मनसायले ल्याएको हो भने !

    आफ्नो देशको अती माया लाग्छ, तर आजकलको हाम्रो चरित्र सम्झिदा देश फर्किन मनै लाग्दैन ! अधिकांस हामी ठग सोचले बिचलित छौ ! त्यो रोग बिदेशमा बस्ने नेपालीमा पनि ब्याप्त छ !

    Reply
  26. Jiwan Kunwar says:
    August 27, 2013 at 6:02 pm

    म थाइल्याण्ड आउदै थिए बाहिर गेट मा नै एक जना महिला पुलिस ले फोकट मा मलाई रोक्दै भन्नु भयो कि जांच गर्नु पर्छ रे अनि एक जना इन्स्पेक्टर ले जानुस भने अनि त्यो महिला पुलिस ले चिया पानि झर्छ कि भनेर पो भनेको भन्छ वा ! ल हेर्नुस त ?

    Reply
  27. charcheet dhungel says:
    August 27, 2013 at 5:59 pm

    म गत जुन ६ तारिक नेपाल एयरलाइन्सको उडानमा कतारबाट काठमांडू फर्किएको थिएँ. मसंग मेरो ह्याण्ड ब्याग, लगेज र कतारमा प्रकाशित हुने “कान्तिपुर प्रवास साप्ताहिक” पत्रिकाको करिब ५ केजी जत्तिको प्याक थियो. सामान चेक गरेर अगाडि आएपछि अन्तिममा बोडिंग पास चेक गर्ने बेलामा पत्रिकाको पोकोमा कतारमै टाँसेको स्टिकर कसैले थुतिदिएछ. त्यो देखेपछि दुइ साना कदका कर्मचारी “यो लान पाउनुहुन्न” भन्न थाले. मैले लान नपाउनुको कारण सोधें. उनीहरुले एकजना तालुखुइले कर्मचारीलाई बोलाए. उनलाई मैले पत्रिका ल्याएको बेलिबिस्तार लाएँ . तर उनी अनेक अर्घेलो लाउन लागे. कुनै गैरकानुनि दस्तावेज भएको जिकिर गर्न लागे. मैले स्पस्ट “कतारमा प्रकाशित हुने पत्रिका लिएर आएको र कान्तिपुर कार्यालयमा बुझाउन लगेको” भनें. रे पनि उनीहरु मान्न तयार भएनन्. अन्तमा केहि नलागेपछि मैले कान्तिपुरका पत्रकार बोलाउँछु भनें. त्यसपछि मात्रै उनीहरुले मलाई बाहिर आउन दिए.
    कर्मचारीले एउटा नागरिकलाई दिने सेवा यहि हो त ?
    सरकारलाई संदेश: कम्प्युटर जनशक्ति राख. म पनि काम गर्न आउंछु. म जस्ता लाखौँ नेपाली आउँछन् .

    Reply
  28. sudarshan says:
    August 27, 2013 at 5:50 pm

    लोक मानले लोक को कल्याण गरुन सुभकामना छ

    Reply
  29. Shyam says:
    August 27, 2013 at 5:25 pm

    नेपाल को एउतै मात्र आश लाग्दो र देश बिकाश को लागि बिदेशी पैसा आउने (from tourist ) ठाउँ को ढोकामा एस्ता पाजी हरु जुन्चाही न हेल्प्फुल्ल, न स्मार्ट उनिफोर्म खाली कहाँ निर र कसलाई अप्ठ्यारोमा पर्ने अनि पैसा झार्ने सोच भएको कर्मचारी हुदा सम्म नेपाली वा बिदेशी ले दुख पौने छन्. होइन नेपाल मा तेस्ता लै किक ओउत गरेर नया मान्छे पौदैना कि क्या हो. राम्रो कम गर्ने पनि छ होला नि.

    Reply
  30. kedar says:
    August 27, 2013 at 5:00 pm

    त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल अध्यागमनले दुख दिएको मेरो पनी येस्तै एउटा अनुभब छ:

    तारिख ठ्याक्कै याद भएन २००५ को जनवरी तिर म काठमान्डू – दिल्ली – फ्रैंकफर्ट – म्याड्रिड हुँदै फर्किंदै थिएँ / म संग काठमान्डू दिल्लीको एउटा र दिल्ली देखि म्याड्रिडको लागी अर्को गरेर छुट्टा छुट्टै २ वटा रिटर्न हवाई टिकेट थिए / स्पेनको Permanent Resident Parmit र स्पेनबाट नेपाल जाँदा प्रयोग गरेको तेही नेपाली राहादानी र हवाई टिकेट सहित पुगेको मलाइ त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल अध्यागमनमा कर्मचारीले सोधे कता जाने हजुर, मैले सोझो भाषामा भएका टिकेट र पासपोर्ट र मेरो स्पेनिस ID उनलाई दिएर स्पेन भनें / एकछिन पासपोर्ट पल्टाएर मलाई तिनले सोधे तपैले त स्पेन बाट आउँदा यहा अध्यागमनमा Entry छाप नै लाउनु भाको छैन त, यो त हुँदैन हेर्ने पर्छ तपाइलाई एकछिन उ पर्तिर सिटमा गएर बस्नुस भन्न पो थालो बा / मैले प्रतिबद गर्न खोजें: म दिल्ली देखि प्लेनमा आएर बाहिर निस्किन त येही अध्यागमन हुँदै त जानु पर्छ नि, तेतिखेर राति सबै हुरुरु बाहिर जाँदै थिए, कहिँ चेक जांच थिएन तेस्माथि एता उता हेरें पनी कतै चेक गराउनु पर्छकि भनेर तर त्यहाँ केहि अत्तो थिएन, बिमानस्थल मै काम गर्ने जस्ता देखिने एक जनालाई सोधें पनी दिल्लीबाट आको फ्लाइटबाट आउनेहरुलाई अध्यागमनले अरु फ्लाइट जस्तो चेक जांच गर्दैन भने पछि म Entry छाप लाउन नपाइ बाहिर गएको हुँ भनेको त् त्यो हामीलाई थाहा छैन तपैले जसरि पनी छाप लाउनु पर्थ्यो, अरु कुरा छोड्नुस पर गएर उ त्यो सिटमा बस्नुस हामी हेर्छौं भने पछि मेरो केहि लागेन र सिटमा गएर बसें /

    सिटमा बसेको एक मिनेट जतीमा एउटा अर्को हेर्दै चोर अनुहार परेको आयो र चिने जसरि के छ खबर भनेर कुरा सुरु गर्न थालो, तपाइको कुरा मैले थाहा पाएँ यो जान अन्जानमा भएको भए पनी यो ठुलो समस्या हो, तपाईंलाइ अब उड्न दिदैनन, एउटा सानो हेल्प गर्नुस म सबै मिलाउँछु भन्न थालो, के हेल्प हो भनेर मैले सोधे, ८० हजार जती दिनुस तपाई जान सक्नु हुन्छ भन्छ बा / मैले गोजीमा हात हाल्दै के को ८० हजार रुपैंया हुनु नि येतिखेर म संग भन्दै अलिक नर्बस र सा-सानो रिस देखाउंदै भनेको त त्यो मान्छे गोजीमा हात न हाल्नुस न हाल्नुस भनेर दबेको सासमा मलाई कराउन थालो / तेसो भए हाकिमले जे गर्छन तेही पर्खिनुस भन्दै त्यो हिंडो / तेसपछी येत्तिकै टेन्सन भएर २ मिनेट जती एक्लै तेही सिटमा बसी राखेको थिएँ एकजना अर्को अपरिचित मान्छे के छ केदार जी भन्दै आयो / म त अर्को दलाल आएछ भन्ठानेर केहि छैन के हुनु भन्ने खालको अपरिचितले दिने रुखो उत्तर दिएको त् तिनले मलाई चिन्नु भएन कि के हो भने, म अक्क न बक्क भए, उनले मैले साच्चै नै नचिनेको बुझेर मलाइ उनको परिचय दिए / ति अलिक अगाडी सम्म अपरिचित मान्छे त् १९९४/१९९५ तिर मैले कोटेश्वरमा पढाउने कम्प्युटर Institute का ३ पार्टनर मद्धेका एक पो रहेछन, ति अहिले मेरो facebook friend पनी छन्, साएद ९/१० बर्ष पछिको अन्तराल र समस्यामा परेर च्क्काराइरहेको भएर होला तेही एयरपोर्टमा कतै जागिर खाँदै गरेका उनलाई मैले चिन्न सकिन / तेस पछि तेही सिटमा बसेर उनि र म पहिलेका सम्झना सहित के गर्दै हुनुहुन्छ भन्ने खालका भलाकुसारी गर्दै जाँदा तिनले मेरो त्यहाँको समस्या पनी बुझे / अनि उनले भने तपाई किन दिल्ली मात्रै हिंडेको भन्न सक्नु हुन्न ? दिल्ली त् जान पाउनु हुन्छ नि, दिल्ली देखिको त्यो अर्को टिकेटमा आफ्नो गन्तब्य उडनुस भान्ने खालको सिकाएर उनि एकछिन है भन्दै अलप भए, तेस्पछि मैले कुरो पनी राम्ररी बुझें र अगि मेरो पासपोर्ट राखेको काउन्टरमा गएर दिल्ली बाट म कता लाग्छु भन्ने कुरा दिल्लीको अध्यागमनको सम्बन्धित बिषय हो अहिले मेरो काठमान्डू दिल्लीको अलग्गै टिकेट त् छ नि, दिल्ली त् जान पाउछु होला नि भनेको त् अगि नै तपैले स्पेन भनि सक्नु भो टिकेट सिकेटले केहि हुँदैन भन्न थालो / अब मैले बुझें यिनले मलाई ८० हजारको मुर्गा बनाउने नै अठोट गरिसकेछन भनेर / फेरी फर्किएर सिटमा बसी राखेको थिएँ ति मेरा मित्र अर्को एकजना हाकिम जस्ता र त्यो अलिक अगाडी ८० हजार माग्ने संग संगै गफ गर्दै मेरो छेउ तिर आए, ति रहेछन अध्यागमन अधिकृत, अनि ति अधिकृतले ८० हजार माग्नेलाई काउन्टरबाट मेरो पासपोर्ट र टिकेट लिएर आउ भने / तेस्पछि ति मेरा मित्र र म तर्क संगत तरिकाले ति हाकिम संग गफ गरेउं तेस्पछि तिनले वाहाँलाइ छोडिदिनुस भनेर त्यो पासपोर्ट र टिकेट काउन्टरमा लगेर दिए / काउन्टरमा छाप लगाउञ्जेल ति मेरा मित्र र त्यो ८० हजार माग्ने, अध्यागमनको खरदार रहेछ, तेही सिटमा बसेर भलाकुसारी गर्दा मेरा मित्रले मेरो परिचय तेस्लाई गराएर बिदा मागेर आफ्नो काम तिर फर्किए / तेसपछि त् मेरो पासपोर्ट र टिकेट फिर्ता नाउञ्जेल, हामीलाई पनी स्पेन बोलाउनुस न हौ, तपाई त स्पेनको स्थाई हुनुं हुँदो रछ, अगि त् मैले पनी कुरो बुझिन, आफ्नै मान्छे हुनुंहुँदो रछ भनेर त्यो ८० हजार माग्ने चोर जस्तो अनुहार परेको साखुल्ले हुने कोशिसमा लागो र इमेल अडान प्रदान गर्न थालो / तेत्तिकैमा मलाइ काउन्टरमा बोलाएर जाने अनुमति सहित पासपोर्ट र टिकेट दियो र अन्तिम यात्री भएर प्लेन चडें / ति मेरा पुराना मित्र लाइ धन्यबाद / सायद तिनी तेसदिन नभेटिएका भए कुन भुङ्ग्रोमा फस्ने थिएँ म / ///

    Reply
  31. Sisir says:
    August 27, 2013 at 4:25 pm

    नेपाली सरकारी कर्मचारीको बारेमा कमेन्ट गर्दा गर्दा कमेन्ट नै सकिने बेला भै सक्यो , सबका सब बैमान ..
    अध्यागमनमा पकेट नभा ड्रेस , CCTV राख्दा पनि केहि भएन , उल्टो CCTV नै बिगारेर पो राखेछन, कति सम्म बेइमान ..
    अध्यागमनका बिसेस्ता :
    * एस एस पी २ नम्बरी हुण्डी वालाको २-४ करोडको डलर बोकेर बिमान सम्म नै पुराउने
    * भिसा नै नभएका मन्त्रीलाई कुनै चेक जाच बिनै उड्न दिने (राष्ट्रिय बेजत )
    * कर्मचारी र प्रहरी विदेशबाट फर्केकी नारीलाई बन्धक बनाई बलात्कार सम्म गर्ने
    * कर्मचारी र प्रहरी खुल्लम खुल्ला घुस माग्ने , अनावासेक दुख दिने
    अध्यागमन , कर, मालपोत , भन्सार , राजस्वो , यातायातका कर्मचारीको कुरा गरि साध्य छैन .. येस्ता अड्डामा पुरुस भन्दा सिक्षित महिला कर्मचारीलाई प्राथमिकता दिने हो भने धेरै सास्ती कम हुनेथियो होला !!

    Reply
  32. Krishna Prasad Pant says:
    August 27, 2013 at 4:21 pm

    यी भ्रस्टचारी हरु ले मलाई पनि दुख दियका हुन्. पहिले मेरो पासपोर्ट को मिति सकियको भन्यो . मैले ठाडै प्रतिबद गरें . तेस पछि अर्को भ्रस्ट लाई बोलायो .उसले पस्स्पोर्ट त ठिकै छ विसा को म्याद सकियको भन्यो . मलाई पासपोर्ट र विसा को म्याद कण्ठस्थ नै थियो . मैले कडा रुपले प्रतिबाद गरेपछि ल ल जानुस भनेर छाप लगायो . मैले मनमनै खुब गाली गरें तर मुखले “धन्यवाद” भनेर हिनें .

    Reply
  33. अजय शर्मा says:
    August 27, 2013 at 4:16 pm

    नेपालमा इमान्दार मान्छेको साचै नै खरेडि पर्‍यो जस्तो छ । कर्मचारी भ्रस्ट, ब्यपारी कालो बजार गर्ने, ईन्जिनियर बेइमान्, डाक्टर पैसा को लागि मर्ने,पुलिस र कानुन ब्यबसायि सोझा लाई लुट्ने अपराधी लाई जोगाउने,शिक्छ्क र प्रोफेसर सरकारी स्कुल, युनिभर्सिटी डुबाउने बोर्डैङ स्कुल र प्राइवेट कालेज चलाउने, सरकारी उच्च पदस्थ कर्मचारीहरु दलालको पछि लाग्ने, राजनीतिक दल र नेताहरु देश र जनता लुट्ने कमिशनको पछाडि लाग्ने, किसान दुध मा ढल को पानी हाल्ने, खाने अन्न तरकारी मा बिख हालेर बेच्ने, जुनसुकै पेशा गर्न ले पनि अरुलाई लुट्ने, र आफु चै एकदम इमन्दार छु भनेर भन्ने । अब देश लाइ बनाउन सबैले आफ्नो गराइलाई अलिकति परिवर्तन गर्ने । इमान्दार भएर काम गर्ने । आज सम्म जे भयो भयो अब देश बनाउन पर्‍यो भनेर सोच्ने । देश आँफै बन्छ ।

    Reply
  34. Nabin Adhikari says:
    August 27, 2013 at 3:56 pm

    कही नभएको जात्र हडी गाऊ मा भने जस्तो कही नभयको नियम यही अध्यागमन हुन्छ, on arrival visa पाउने देस मा जादा visa देखाउनु पर्ने, travel cheque, US Dollar हुदा हुदै होटेल बुकिङ्ग चाइने येस्त करतुत हरु कति हुन् हुन् | सबै कागज पत्र हुदा हुदै पनि अब त नेपाल जना सोच्नै पर्ने भयो बाई.. चन्द्रमा मा जान सजिलो होला तर नेपाल बाट विदेश आउन त कति गारो हो कति |
    अब हामी सबै ले यी अध्यागमन का चोर हरु को कालो कर्तुत भन्डाफोर गरौ ||

    Reply
  35. shree basanta says:
    August 27, 2013 at 3:50 pm

    आफ्नो गर्ने पर्ने सरकारी काम गर्दा पनि हाम्रो पैसा खान खोज्ने निम्न स्तिरीय प्रबृत्तिलाइ त सबैले लात्ती हान्नु पर्छ र भंडाफोड गर्नु पर्छ | मिका बैनीलाई जस्तो दुखः दिने, बिनासित्ती संग ढिला गरिदिने, अनि दस तिर रिन्गाईदिने पनि अख्तियारका दायेरमा आउनु पर्छ | एरपोर्टमा अख्तियारको एउटा ब्रान्चनै चाहिने भैसक्यो | तर कता तिर मात्र हेर्ने अख्तियारले पनि ? चारैतिर आं गरेर बसेका छन पुग्ने बित्तिकै यो बाट कति झर्छ भन्ने हिसाब गर्छन होला | जनतालेनै समातेर बुझाउने आख्तियारी पायो भने अलि कम हुन्छ कि | अर्को कुरा घुस माग्नेको विवरण सहित खाएको रकम सबै एस्तो मेडियामा छरपस्ट पारिदिनु पर्छ | येस्मा मेडियाले ठुलो रोल खेल्न सक्छ |

    Reply
  36. Rabin says:
    August 27, 2013 at 3:49 pm

    तेसो भने यस्ता कर्मचारीलाई सिधै भित्र कोच्नु पर्चा अनि तिनीहरुलाई पनि हैहरुले पाएको भन्दा बढी मानशिक तनाव दिनुपर्छ

    Reply
  37. s-raj says:
    August 27, 2013 at 3:18 pm

    सन् २०१० तिर को कुरा हो, म दुबई आउने क्रम मा अध्यागमन विभागका कर्मचारी हरुले श्रम, बोर्डिंग पास, ऐरपोर्ट शुल्क तिरिसके पछि वैधानिक दस्तावेज़ हुदा हुदै रोक्यो. भिसा नक्कली हो भनेर दोष लगायो. यदि भिसा नक्कली थियो भने किन श्रम रजु गरियो? करिब आधा घण्टा पैतालिस मिनेट अध्यागमन अनुसन्धान कक्ष मा लगेर राखियो. गलत नगरेको मान्छे म किन डराउनु सोचेर त्यहाको बेवकुफ कर्मचारी बिरुद्ध कराय – विरोध गरे तर घुस खुवाउने तथा कुनै किसिम को सम्झौता गर्ने प्रस्ताव नगरे पछि तिनी हरुले पनि सहयोग गर्ने चाल गरेन. प्लेन उड्ने अन्तिम समय मा ऐर होस्टेजले मेरो नाम लियर ५ मिनेट भित्र मा रिपोर्ट गर भन्ने घोषणा सुनेपछि एक जना भद्र महानुभाब म तर्फ़ के भो भाई भन्दै आय. उनि संग गुनासो राखेपछि अध्यागमन चुर कर्मचारी ले बल्ल पासपोर्ट मा स्टाम्प हान्दै अघि बढ्ने इशारा गर्यो. भ्रस्टाचार को नाम मा हामि पुरुष हरु लाइ हद सम्मको यातना दिने यी पशु हरुले सोच्नुस इस्त्री हरुलाई कति सम्म को शोसण गर्छन होला?!

    २०११ देखि तत्काल सम्म इराक – अफगानिस्तान आउन्जेल even चाडवाड मनाई फर्कने क्रममा एजेन्ट होस् अथवा म्यानपावर कम्पनि एरपोर्ट सेटीङ्ग दस्तुर २५,००० देखि १,००,००० रु /- लिने क्रम जारि छ. झन् माओबादी को सरकार आयपछी त भ्रस्टाचार को कुरा नगरौ, देशले चरम सिमा नाग्यो भन्दा पनि हुन्छ.

    नेपाल-विदेशी सहयोग र रेमिट्यान्स ले धानेको हाम्रो सरकारले भने कसरि आफ्ना नागरिक हरुलाइ रोकेर श्रीजनशील बनाउने, रोजगार दिने, देशको बिकाश हुने कार्य मा प्रयोग गर्ने होइन उल्टै दु:ख दिने निन्दनीय कार्य लाइ नै प्रोत्साहन गरेको सुन्नु-देख्नु पर्दा मन मा असहाय पिडा जागेर आउछ. अनि हाम्रा बरिस्ठ कर्मचारी हरु आफुले खायको सपथ अनि कर्तब्य भुली निरन्तर लुट्न मै ब्यस्त रहन्छन. भैगो तिमिहरु लाई जे गरे पनि पुग्छ तर यो देशमा करोडौ जनता हरु गरिबी को रेखा मुनि नै बाच्न बाध्यछ.

    गास बास कपास को ठेगान नभाको नेपालि नागरिकले आफ्नै देश मा अपमानित हुनुपर्दा विदेश मा कसरि मान सम्मान पाउछ? यसरि बिना कारण शास्ती खेप्नु पर्दा उसको देश प्रति को सकारात्मक जिम्मेवारि यानी रास्त्रियता के हुन्छ? हाम्रो देशको प्रशासन, योजना, राजस्व, अध्यागमन, भन्सार, हवाई, ऊर्जा… बिभागहरु भूमिगत (Underground) हुनु को एउटै कारण हो तुच्छ कर्मचारी र यसको संचालक.

    Reply
  38. Jenish says:
    August 27, 2013 at 3:07 pm

    होइन बाबा कहीले पाउने हामीले मुक्ति येस्ता रगत चुस्ने डाकाहरु बाट?

    Reply
  39. Suprim says:
    August 27, 2013 at 3:06 pm

    मलाई पनि त्यस्तै प्रस्नहरु गरियो, आफु संग पैसा छ भने पनि विदेश घुम्न नपाउने कस्तो हो???? तपाई म संग आउनुस, उहाँ संग कुरा गर्नुस, फेरि उहाँ संग भेट्नुस गर्दा गर्दै आधा घण्टा झुलायो, दिक्क लागेको थियो अध्यागमन कर्मचारी संग, आखिर किन गरियो भनेर सोद्धा केहि नभन्ने अनि झुलाई मात्र राख्ने, पछि आफु बाहिर थाइलेडंमा बसेको ९ वर्ष भयो भनेर राम कहानी भन्दा मात्र जान दियो, अहिले सम्म पनि थाहा पाउन सकेन आखिर किन मलाई रोक्न खोज्यो भनेर.

    Reply
  40. durga subedi says:
    August 27, 2013 at 3:05 pm

    धन्य बाद सन्तॊस बाबु हाम्रो मिका बैनी र साना बाबु हरु आफ्नो देस Nepal पहिलो पाइला मानै दियको दुख र घुसिया डाकाहरुको पर्दाफास गर्नु भयको मा यस्ता कार्यमा तपाइको कलम निरन्तर अगाडी बढोस सुभ कामना

    Reply
  41. Mohan Subba says:
    August 27, 2013 at 2:41 pm

    भ्रस्टचारी,घुसखोरी र अपराधीहरुको धर्म,जात नहुदो रहेछ/त्रिभुवन बिमान स्थलको कार्गो गोदामको कहानी पनि त्येस्तै छ/सामान निकाल्नु जादा बिदेस बाट मजदुरी गरि घरयासी सामानहरु ल्याउदा गोरु मोलाई मा दाम गर्छन गोदामका कर्मचारीहरु,पाच हजार राजस्व तिर्नु लगाएर भौचर,बिलमा चाहि ५०० सय पनि चडौदैनन /भने पछि भ्रस्टाचारले नेपाल कति सारो रोगीएको होला?

    Reply
  42. Pawan Khanal says:
    August 27, 2013 at 2:08 pm

    नया नेपाल मा नया नियम गर्यो माओबादि ले बनायो नया नेपाल / मा त भन्छु सबै विदेश मा बसेका नेपाली ले ६ महिना नेपाल पैसा नपठाई दिनु / अनि रेमिटान्स को भर मा बाँचेका सोसक हरु को मुहार हेर्न लायक हुनेथियो चोर भ्रस्ट नालायक कर्मचारी /मैले पनि सास्ती पाको छु /confirm ticket थियो मेरो दोहा को लागि समय मा एरपोर्ट पुगेको थिए /१२ जना हामी लाई seat full भयो भन्यो अनि मैले media लाई बोलाए/ को गयो हामी १२ जना को seat ? मा media लाई भनि देउ भने पछि राति सुन्धारा को होटेल मा राखेर भोलि पल्ट qatar airways मा पठायो …सबै १२ जना हामो seat मा setting को मान्छे हालेको संका ले नै मैले media का साथी को सहयोग लिएको थिए / once again thanks ति पत्रकार साथी हरु लाई

    Reply
  43. ganesh [aus] says:
    August 27, 2013 at 12:49 pm

    २००९ मा म पनि Australia आउदा मेरो रिअल wife लाई यो dependent लान लाको यो नक्कली हो vanera पैसा खान pain6 कि vanera दुख दिन लाथ्यो तर तेह मैले हल्लाखल्ला ठुलो स्वोर गर्न लाको अनि एस्लाई रोक्यो वने एसले बाहिर वेटर बर्बाद गर्न सक६ vanni सोचे कि खै कुन्नि पछि त नमस्कार गर्दै हजुर ल flight safe होस् वन्दै पो जान din6an बा ……अब कोइ साथी हरुलाई पनि तेस्तै वायो वने तेस्तै तरी गर्नी कि एकपटक…

    Reply
  44. Bina says:
    August 27, 2013 at 12:34 pm

    मैले पनि मिका राई ले जसोरी नै धेरै दुख पाएको छु नेपाल एरपोर्ट मा ३ दिन सम्म पस्स्पोर्ट नदिएर के के हो केके भन्दै दुख दियो, यो अध्यागमन होइन भ्रस्थाचारी , बिबेक नभाका लुटेरा हरु हुन्, आफ़्नोइ देश आउनु लाई पनि १० पटक सोच्नु बाध्य छौ हामी नेपाली. एस्तो एस्तोई बेहविओउर ले गर्दा हो धेरै नेपाली बिदेशमै कमाउने बिदेशमै रमाउने अनि पलाएन हुने को मात्र बढ्दै गएको. तेत्ति मात्र कहाँ होरा नेपाल घुम्न आउने कति बिदेशी हरु ले एस्तो नराम्रो सब्द मा गालि गरेको सुनिन्छ तर के गर्नु आफ्नो देशको कहानी नै तेस्तो छ जो गाली सुनेर पनि नबुझे जस्तो हुनु पर्ने बाध्यता छ. हे भगवान यस्ता व्यक्ति हरुलाई सु-बुद्धि दिनुस जसले गर्दा उनीहरुले पनि आशिर्बाद पाउन अनि सबै पुब्लिक लाई पनि सहज बतरण होस्.

    Reply
  45. SURENDRA hongkong says:
    August 27, 2013 at 12:27 pm

    एरपोर्ट घुसिया कर्मचारी हरु को सुरक्क्षित थलो भन्दा अतियुक्ति न होला/ हामी नेपाली हरु लाई हैरानी दिदै चेक जाच को नाम मा पैसा असुलछन् तर विभिन्न खाले बिदेशी तस्कर गोरा,कला हफ्सी हरु लाई “सर हरु यता बाट सवारी होस्” भनि बिना चेक जाच छाडिनछ किन? किन कि बिदेशी लाई सास्ती दिदा दाम झर्दैन ,नेपाली मुर्गा हामी नै हौ यी घुसिया हरु को लागि/हाम्रो हैरानी अनि दुख चाही केहि होइन, कुर्सि मा बसेर घुष खाने हरु फटाहा हरु लाई अपराध सबुत समेत अक्तियार ले पक्रदा मनोबल गिर्ने रे? चोर को पनि मनोबल गिर्छ र?

    Reply
  46. prakash says:
    August 27, 2013 at 12:18 pm

    दशैं बिदामा नेपाल फर्कन पो डर लाग्न थाल्यो मलाई त
    दशैंको रमाइलो भन्दा इम्मिग्रेशनको डर पो धेरै हुने रहेछ
    दशैंमा त झन् मुख “आ” गरेर बसेका होलान

    Reply
  47. Rajesh Gurung says:
    August 27, 2013 at 12:18 pm

    नेपालको अध्यागमनमा दुख नपाको भनेको अध्यागम कर्मचारी को आफन्त बाहेक कोही छैन होला ! On arrival visa पाउने देश जादा, Visa letter, Invitation letter देखाउदा पनि दुख धेरै चोटी दुख पाइय्यो |

    Reply
  48. मानुका पौडेल says:
    August 27, 2013 at 12:13 pm

    थुक्क खाते हो । मर्ने बेलामा सास्ती होस ।

    Reply
  49. Laxmi says:
    August 27, 2013 at 12:13 pm

    नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भयर जाने ९०% मान्छेहरु लाई नेपालको इम्मिग्रेशन विभागले दु:ख दिन्छ यो कुरा सबै लाई जानकारी भयकै कुरा हो| म नेपाल बाट आउँदा पनि येस्तै दु:ख दिएका थिए| यिनीहरुको मनसाय भनेकै दु:ख दिएर घुष खानु हो|

    Reply
  50. prabin singh says:
    August 27, 2013 at 12:10 pm

    समान चोर्ने हरु को त झन् त्यहाँ राम्रै gang छ… मान्छे लाई मात्र दुक्ख दिने होर…त्यो समान चोर्ने हरु लाई पनि समात्नु पर्यो…luggage कतै र जीक्दय को छन् चोर हरु ले

    Reply
  51. Raj says:
    August 27, 2013 at 12:04 pm

    अरुको मन दुखाएर, दुख देअर कैले सम्म खुसि हुन्छन भास्ताचारीहरु एकदिन तै पैसाले भित्र भित्र पोल्छ ! दर्जनौ घर बनाएर, लाखौ बैंक बालांस राखेर के गर्छु आखिर मरे र लानु केही छैन ! सबै लाइ झुटो बोले पनि आफ्नो मनलाई कैले ढात्न सक्दैनौ … एकपटक अरुको बारेमा राम्रो सोच अनि काम गर भास्त्रचार गरेर लाखौ रकम जम्मा गरे को भन्दा आनन्द आउछ …

    Reply
  52. Biplav says:
    August 27, 2013 at 11:54 am

    यिनीहरुलाई केई खोजि खोजि ३०/३० दिनमा १५/१५ दिन चाही येसरिनै तेत्तिकै भानि बुझ्नुछ भन्दै लगेर कोच्नै पर्ने / १ प्रतिसत त चोखा नि होलान बाकी ९९ प्रतिसतको घर कसरि बनाइस भनेर जाच बुझ गर्नु भने सबै जकिञ्छन/ बर्सको डेढ लाख तलबले तेस्ता महल कसरि बन्छन / बरु छ मैना काम ठप्प होस् यिनीहरुलाई छोड्नु हुदैन / केई सोधो भने चस्मा येसो माथि सारेर पो घुर्छन त / त्यो घुस खाने मनोबल किन उठ्नु परो गिर्दै राम्रो नि / अब मालपोत तिर पनि ढिलो नगरी/ मालपोतमा त लेखनदास. पिउन , अनि बाकी सबै १०० प्रतिसत मिलिजुली खान्छन /पचहत्तरै जिल्ला मा पैले प्रमाण संकलन गरेर एकै चोटी झ्यापझुप पार्नू हो भने छ मैना काम रोकिन्छा होला त्यो समय भित्र नया भर्ना गरेर काम सुरु गर्नु पर्छ /

    Reply
    1. Krishna says:
      August 28, 2013 at 3:48 am

      त्यो घुस खाने मनोबल किन उठ्नु परो गिर्दै राम्रो नि 🙂

      Reply
  53. Chhavi Pandey says:
    August 27, 2013 at 11:53 am

    यदि नेपाल भित्र या नेपाल बाहिर कुनै पनि नेपाली नागरिक को पासपोर्ट बन्छ भने त्यो जानकारी अध्यागमन लाई किन छैन? जब सम्म एस प्रकार को Data Network को व्यवस्था हुदैन तब सम्म यी सबै हाम्रो टाउको माथि आउने नै छन्, यो बहाना मा भ्रष्ट हरु लाई खाने दुलो खुलै रहने छ अनि राम्रो काम नेपाल मा हुन पनि दिने छैनन् ……..

    Reply
    1. s-raj says:
      August 27, 2013 at 3:39 pm

      छबि सर, के कुरा गर्नु हुन्छ यार तपाई? अध्यागमन जस्तो संबेदनशील अंग लाइ नेपालि नागरिक को पासपोर्ट बाहिर बन्छ भन्ने कुरा थाहा अवस्य हुन्छ. र अर्को कुरा data network को प्रयोग नगरी करिब-करिब पुरै बिभाग corrupt network मा संलग्न भय पछि लोकमान को बाउ अख्तियार ले मात्रै केहि गर्न सक्छ. त्यसको लागि पनि प्रमाण चाहियो फेरी. ठिक त्यतिनै बेला मान्छे जोश मा आइ होस् गुमाई सकेको हुन्छ. छ सहमति यो मिलेन त्यो मिलेन भन्ने त घुस खाने नेपालि प्रशासनिक मति.

      Reply
  54. Raju Rana - Mahendra says:
    August 27, 2013 at 11:43 am

    मेरो नेपाली १०० रुपिया को कहानी : मा हरेक साल बिदा मा जाने गर्छु यस पाली पनि बिदामा गयर आउने क्रममा आफ्नै गाउ को २ ४ साथी हरु को सुकुटी मासु ४ पोका लियर आको थिय, विमानस्थल म भित्र चिर्ने क्रममा सुरु जहाँ नेर पोलिस र त्यहाँ का क्रमचारी ले चेक गर्ने बेलामा मेरो झोला को सुकुटी सबै निकालियो र मलाई दलाली को संज्ञा देइओ, कता कता रिस उठेको थियो, होइन यो संग बाझ्न पर्छ जस्तो नि लग्यो फेरी यता जागिर को माया लागेर आफुलाई सम्हालेर राखे, मलाई त्यसरी आरोप लगाउदा त्यहा को क्रमचारी र पोलिस हरु मात्र सुनेको नसुने झैँ गरेर बसेको थिय, र अन्तिम मा ल न हजुर मेरो त जहाज नै छुट्ने समय भो भने अनेक अनुनय गरेपछि अन्तिम समयमा एउटा पोलिस ले सिधै यसो नस्ट खर्च दिनुस र लियर जानुस भन्यो र मैले मा संग मात्र यहि नेपाली १०० छ हजुर भन्दा अलि झर्केर हात बाट निकाली मेरो समान प्याक गर्न भन्यो..यदि अझ मात्र ५ मिनेट ढिलो भयको भय मेरो जहाज छुट्ने पक्का थियो. आखिर यस्तो सास्ती हाम्रो नेपाल मात्र किन ????????? के हामी नेपाली ले सधै भरि यसरि नै सास्ती खेप्नु पर्ने हो ?????????? नेपाल मा सुधार कहिले आउला?????? बिदेस मा सबै भन्दा चाख हुने भने को नै हाम्रो गुन्द्रुक, भटमास, मक्कै, चिउरा, सुकुटी नै त होनी अरु त यहाँ नि उपलब्ध हुन्छ …यस्ता सास्ती दिने हरु को कहिले पनि भलो नहोस प्रभु

    Reply
    1. shiva says:
      August 27, 2013 at 6:43 pm

      सुकुटी धेरै देशहरु मा लान पाइदैन त | सुकुटी लान नपाइने भएर फालेको सम्म त ठिकै थियो, १०० रुपैया लिएर छोडेको चाही अति हो |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme