Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वाक फर नेपाल- नेपालका लागि पदयात्रा गर्ने होइन त?

Posted on August 27, 2013September 2, 2013 by उत्तम बाबु श्रेष्ठ

अपडेट: पछिल्ला सहयोगीहरु स्याटेलाइट $१०१, शुशिल जोशी $५०, तिर्थ घले $३०, बसन्त गिरी $२०, भोला शर्मा $१५, सारा श्रेष्ठ $१५, अजय ढकाल $२५, लक्ष्मण गुरुङ्ग $२०,भाष्कर अधिकारी $२०, शशि पैाडेल $३०, नाम खुलाउन नचाहने $२५, मनि श्रेष्ठ $६५, इच्छा,आकांक्षा न्यैापाने $३०, किशेार जेाशी $५०, स्वरूपा ढकाल $२५, सागर प्रसांइ $२५, विष्णु परियार $१०, सुबेाध अधिकारी $२५, कृष्ण भट्टराई $२०, मीन केसी $५१

यस पटक माइस‌ंसार फाउन्डेसनमार्फत् नेपालमा पुस्तकालय खोल्न आर्याना श्रेष्ठले पदयात्रा गर्दैछिन्।
यस पटक माइस‌ंसार फाउन्डेसनमार्फत् नेपालमा पुस्तकालय खोल्न आर्याना श्रेष्ठले पदयात्रा गर्दैछिन्।
वाक फर नेपाल नेपालको सामाजिक क्षेत्रमा भइरहेका कामहरुलाई सहयोग गर्ने उदेश्य बोकेको नागरिक साझा मन्च हो। यसले नेपालका विभिन्न संस्थाहरुले गरेको वा गर्न लागेको कामहरुलाई प्रत्यक्ष आर्थिक सहयोग जुटाउन सहयोग गर्दछ, प्रत्येक वर्ष विश्वका विभिन्न ठाँउमा हुने यस्ता पदयात्राहरुको माध्यमबाट। सन् २०११ मा बोष्टनबाट शुरु भएको यो पदयात्रा अभियान अमेरिकाको न्युयोर्क, डलास र वासिंगटन डिसीदेखि बेलायतको लण्डनसम्म फैलिसकेको छ। यस पदयात्रालाई नेपालको युवा नामक संस्थाले विभिन्न भागिनी संस्थाहरुसंग मिलेर संचालन गरिरहेको छ। अहिले संसारभर प्रचलित क्राउड फन्डिङको नेपाली संस्करण हो भन्न सकिन्छ जसमा इन्टरनेटमार्फत‌् सहयोगको आह्वान गरिन्छ र सहयोग जुटाइन्छ।

यसले आर्थिक सहयोग कसरी जुटाउँछ ?
सबैभन्दा पहिले पदयात्राको निश्चित मिति, समय र स्थान तोकिन्छ र उक्त पदयात्रामा सहयोग जुटाउन चाहने सामाजिक संस्थाहरुको छनौट गरिन्छ । त्यसमा पदयात्रा गर्ने पदयात्री (वाकर) हरुले पहिले नै निश्चित दर्ता शुल्क तिरेर (बोष्टनमा १५ डलर राखिएको छ) वाकफर नेपालको साइटमा आफ्नो नाम दर्ता गर्दछन् । र आफुले तिरेको दर्ता शुल्क र स्पोन्सरसिपबाट उठाएको रकम निश्चित सामाजिक संस्थालाई दिन छनौट गर्दछन् । पदयात्रीहरुले धेरै रकम उठाउनको लागि आफ्नो लागि स्पोन्सर खोज्न सक्छन् । स्पोन्सर व्यक्ति वा संस्था जो पनि हुनसक्छ । त्यसकारण जो मान्छेहरु पदयात्रा कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन सक्दैनन् उनीहरुले पदयात्रीलाई स्पोन्सर गरेर सहयोग गर्न सक्छन् । पदयात्रीहरुले पनि स्पोन्सरकर्ताको प्रचार सामाग्री लिएर उनीहरुको प्रचारप्रसार गर्न पनि सक्छन् । सम्पूर्ण प्रकृयाहरु विस्तृत रुपमा जान्नको लागि वाक फर नेपालको वेबसाइटमा क्लिक गर्नुहोस् ।

बोष्टन अमेरिकाको पदयात्रा
यसपालिको अर्थात् सन् २०१३ को बोष्टन अमेरिकाको पदयात्रा सेप्टेम्बर २२, आइतवार रिभेरको समुद्री तटमा हुनेछ । यस पदयात्रा कार्यक्रममा १७ वटा विभिन्न सामाजिक संस्थाहरुको लागि आर्थिक सहयोग जुटाइने छ । ती सामाजिक संस्थाहरुमा बृद्धबृद्धाको लागि काम गरिरहेको आमाको घरदेखि चेलिवेटी वेचविखनको लागि काम गरिरहेको माइती नेपालसम्म, दलितको पक्षमा काम गर्ने इडोनदेखि स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थसम्म हेल्प नेपाल नेटवर्कदेखि माइसंसार ब्लगको सामाजिक संस्था माइसंसार फाउडेण्सनसम्म र अमेरिका कै बोष्टन स्ट्रङजस्ता विभिन्न क्षेत्रमा काम गरिरहेका सामाजिक संस्थाहरु सहभागी छन् । आमा फाउण्डेसन, बालसारथी एकेडेमी, फाउण्डेसन फर एडुकेसनल चेन्ज, ग्लोवल इन्क्लुसिभ एडभेन्चर अर्गनाइजेसन, हेरालो प्रतिष्ठान, हिमालयन लाइन्स क्लव न्युइंगल्याण्ड च्याप्टर, माया युर्निभस एकेडेमी, नेपालको युवा, नेप्लिज चिल्डेन्स् एडुकेसन फण्ड, नेपाली उमन्स ग्लोवल नेटवर्क जस्ता संस्थाहरु सहभागी छन् । सबै संस्थाहरुको कामको बारेमा यहाँ हेर्नुहोस्।

माइसंसार फाउण्डेसनको लागि मेरो पदयात्रा

Aryana
मेरो नाम आर्याना श्रेष्ठ हो। हाल म बोष्टन अमेरिकामा बस्छु। आजदेखि म ३६५ दिनको अर्थात एक बर्षकी भएँ। म यही सेप्टेम्बर २२ मा बोष्टन, अमेरिकामा हुने नेपालको लागि पदयात्रा (वाक फर नेपाल) मा पदयात्रीको रुपमा भाग लिँदैछु। यसको उदेश्य हुनेछ, नेपालको सामाजिक क्षेत्र विशेष गरी शैक्षिक क्षेत्रको लागि केही आर्थिक संकलन गर्ने। जसको लागि मैले अहिलेसम्म ३६५ डलर संकलन गरिसकेको छु। यो रकम मेरो लागि बुबा उत्तमबाबु श्रेष्ठ र आमा सुजाता श्रेष्ठले म जन्मेपछि दैनिक एक डलरको दरले जम्मा गरिदिनु भएको रकम हो। यसपाली मैले माइसंसार फाउण्डेसनको लागि मेरो आमाबुबासँग पदयात्रा गर्दैछु। उचित लागे तपाईँ पनि यसमा सहभागी हुन सक्नुहुनेछ।

माइसंसार फाउण्डेसन नेपाल सरकारमा विधिवत दर्ता गरिएको माइसंसार ब्लगको संचालक, सहयोगी र शुभचिन्तकहरुको पहलमा खोलिएको सामाजिक संस्था हो। यसमा बिबिसी साझा सवालका संचालक र यस ब्लगमा कहिलेकांही लेख्ने नारायण श्रेष्ठ, अभिनेत्री झरना बज्राचार्य, पर्वतको नमूनाका रुपमा रहेको मोती पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, बालबालिकाका पुस्तकहरु प्रकाशन गर्ने कथालय प्रकाशनका राजीवधर जोशी, कोरियामा बस्नु हुने यस ब्लगका शुभचिन्तक रूद्रप्रसाद शर्मा र रुम टु रिडमा काम गरेका यस ब्लगका शुभचिन्तक इन्द्रबहादुर भुजेल, माइसंसार ब्लगका संचालक उमेश श्रेष्ठ, उनको अनुपस्थितिमा ब्लग धान्ने नागरिकन्युजका कृष्ण ढुंगाना, ब्लगर स्याटेलाइटलगायत आवद्ध छन्।

माइसंसारले हालसम्म शिख उच्च मावि, म्याग्दी, वागेश्वर उच्च मावि खाँदवारी संखुवासभा, ज्ञानमार्ग उच्च मावि घ्याल्चोक, गोरखा र पशुपति उच्च मावि राम्जाठाँटी, पर्वतमा पुस्तकालय स्थापना गरिसकेको छ । जुली परियारको उच्च शिक्षाको सम्पुर्ण खर्चदेखि कोशी बाढी पिडितलाई राहत जुटाउन यसका पाठकहरुको सहकार्य र विश्वासमा काम गरेको कुरा तपाईहरुलाई थाह नै छ । कतिपय पाठकहरुलाई अझैपनि सम्झना होला सहयोगको आव्हान गरिएको स्याटेलाइटको ब्लग (बाघवीरलाई पुस्तक दिने हो ?) देखि सहयोग उठाउनको लागि गरिएको बोष्टनको फरक डिनरसम्म । माइसंसार फाउण्डेसनले विद्यालयको अनौपचारिक शिक्षा लगायत ग्रामीण भेगका विद्यालयहरुमा पढ्ने सामाग्री वितरण र पुस्तकालय स्थापना गर्ने लक्ष्य बोकेको छ।

माइसंसारको यसअघिका सामाजिक कामबारे

डोकोमा ज्ञानको पोको, पूरा भयो पुस्तकालयको धोको
आफ्नै शैलिको नयाँ वर्ष  -रवीन्द्र मिश्र (कान्तिपुर दैनिक)
नयाँ वर्षमा पुस्तक उपहार
ज्ञानमार्गमा बाटो देखाउनु भो तपाईँहरुले
तपाइँको सहयोगमा संखुवासभामा पुस्तकालय

अहिले जुट्ने रकम त्यस्ता कार्यको लागि खर्च हुनेछ। सन् २०११ को जुनमा दुई पुस्तकालय स्थापना भएपछि माइसंसारको पहलमा अर्को पुस्तकालय स्थापना गर्न सकिएको छैन। यो पदयात्रापछि हामी फेरि सक्रिय भएर वर्षमा कम्तिमा एउटा पुस्तकालय स्थापना गर्न जुट्दैछौँ। वाक फर नेपालमा हामीमार्फत् सहयोग गर्ने सम्पुर्ण दाताको नाम सहयोग रकम र खर्चको हिसाबकिताव यसै ब्लगमार्फत् सार्वजनिक हुनेछन्। यस ब्लगका पाठकहरु नै यस्ता सामाजिक कार्य गर्नको लागि सहयोग गर्ने कडी हुन्, बास्तविक कर्ता हुन् । ब्लग त यसको केबल माध्यम मात्र हो। ब्लग नेपाल र नेपाल बाहिर बस्ने नेपालीहरु बीच निकै चर्चित भएकोले त्यसलाई सामाजिक क्षेत्रमा पनि केही योगदान दिने माध्यम बनाउने यस फाउण्डेशनको उदेश्य हो। क्राउड फन्डिङबाट विगतमा पनि सामाजिक क्षेत्रमा धेरै काम गरिसकेको अनुभव र वाक फर नेपालले पनि त्यस्तै प्रकृतिले आर्थिक सहयोग जुटाउने मन्च भएकोले माइसंसार फाउण्डेसन यसपटक नेपालको लागि पदयात्रा कार्यक्रमको सहयोगी भएको छ।

सहयोग कसरी गर्ने ?
यो पदयात्रामार्फत् सहयोग गर्ने इच्छा भए तपाईँहरु जति पनि रकम सहयोग गर्न सक्नुहुनेछ। आर्यानाको पदयात्रालाई वा माइसंसार फाउण्डेसनलाई वा वाकफर नेपालमा सहभागी संस्थाहरुलाई सहयोग गर्नुस्, धन हुनेले धनबाट, मन हुनेले मनबाट । मैले यसै ब्लगमा कतै लेखेको थिए, संसारमा केही दिएर आउने आनन्द सबैभन्दा ठुलो आनन्द हो।

माइसंसार फाउन्डेसनमार्फत् नेपालमा पुस्तकालय खोल्न सहयोग गर्न वाक फर नेपालको स्पोन्सर लिंक क्लिक गरिसकेपछि आउने फर्ममा गएर वाकरको नाममा Shrestha Aryana छान्नुहोस्। केही समस्या परेमा वाक फर नेपाल ([email protected]) वा उत्तमबाबु श्रेष्ठ ([email protected]) लाई सम्पर्क गर्नसक्नु हुनेछ।

walk

11 thoughts on “वाक फर नेपाल- नेपालका लागि पदयात्रा गर्ने होइन त?”

  1. मदनमणि says:
    August 27, 2013 at 9:21 pm

    साह्रै राम्रो कामको थालनी भएछ। उमेश, उत्तमबाबु, सुजाता अनि सानी नानी आर्यानाको यसखालको कदम स्तुत्य छ।

    Reply
  2. bibek dhakal says:
    August 27, 2013 at 11:18 am

    खै अचम्म लाग्यो नेगटिभ भोट हरु को बाढी देख्दा खेरि….त्यो पनि यस्तो गैरराजनैतिक र पक्ष विपक्ष नहुने सामाजिक “कज” मा .! सायद धेरै पाठक हरुलाई कुनै कुरामा चित्त नबुझेको पो हो कि? – बरु यसरि कमेन्ट डिसेबल गर्नु भन्दा बरु इनेबल गरे अरु मित्र हरुले के मा चित्त नाबुझाको हो थाहा हुन्थ्यो कि? अथवा सल्लाह सुझाव पनि पाइन्थ्यो कि? तेसैले निम्नस्तरको वा गालीगलौज युक्त कमेन्ट बाहेक अरुलाई फिल्टर नगरियोस!

    Reply
    1. Uttam Babu Shrestha says:
      August 27, 2013 at 11:53 am

      कमेन्ट डिसेबल गरिएको छैन विवेक जी । केही internet troll हरु एउटै आइपीमा विभिन्न छद्म नाममा आधारहीन र तथ्यहीन कुराहरु लेखेकाले त्यस्ता कमेन्ट नछापिएका मात्र हुन् । यहाँ हेर्न सक्नु हुन्छ नछापिएका कमेन्टहरु

      http://i.imgur.com/ka1GxMV.jpg

      हामी इन्टरनेटको सदुपयोग गरी सत्कार्यमा लाग्न खोज्दैछौँ । ती मनमा कुण्ठा बोकेकाले दुरुपयोग गर्दैछन् भने उनीहरुलाई ठाउँ दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई ?

      उनीहरुको फर्की फर्की रातो थिचाइले सत्कार्यमा लाग्नेहरुलाई कुनै असर परेको छैन, हामीलाई सहयोग गरिरहेका छन् र हामी त्यसको अपडेट माथि निरन्तर गरिरहेका छौँ ।

      Reply
  3. harihar sharma says:
    August 27, 2013 at 5:01 am

    यी राता कमेन्ट (thumb down ) देखेरै थाहा भो, गर्न खोज्दा नि गर्न दिन्न / यस्ता ले आफै गर्ला भनेर के खाएर आस गर्नु /
    यो ब्लगमा अनाबश्यक कमेन्ट डिस्प्ले रोकेको ले रातो (dislike ) ले चित्त बुझाउन बाध्य छन् / नत्र जात्र गरिसक्थे /

    Reply
  4. Tulsi Paudel says:
    August 26, 2013 at 6:09 pm

    गजब छ बा / माथि साथीहरुको कमेन्ट मा “सहयोग गरिसकेको छु” भन्दा पनि रातो नै बढी छ त / के हो येस्तो /

    Reply
    1. Rabindra Basnet says:
      August 26, 2013 at 6:59 pm

      छन् नि बाँदरहरु, आफू पनि गर्न नसक्ने, अरुले गरेको पनि देखिनसहने
      खाली बस्यो, गाली गर्‍यो, कुरा काट्यो, नकारात्मक कुरा गर्‍यो
      त्यस्ताहरुलाई कहाँ यस्तो कुरा पच्छ, अनि आफ्नो भडास रातो थिच्दै मेटाउँछन् मनोरोगीहरु, नपत्याए यही कमेन्टमुनि नै हेर्नुस् त्यस्ताको संख्या कति छ थाहा भइहाल्छ 🙂

      Reply
      1. aasish swiss says:
        August 27, 2013 at 5:20 am

        हाहा त्यै त भन्या रबिन्द्र बस्नेत जी,होइन मलाई पनि अचम्म लाग्यो त हो,कुन तेस्तो समूह रहेछ जो माइ संसार लाइ र एसको परोपकारी काम लाइ मन नपराउने ???कतै त्यै लन्डन निबासी डन(त्यै क्या त नक्कली कागज बनाइदे नत्र सिध्याउचु भन्ने)को समूह त हैन ???
        आसिश स्विस

        Reply
        1. इश्वर चन्द्र आर. says:
          August 27, 2013 at 1:42 pm

          नेपाली नेपाली बीच को भाडभैलो जस्तो लाग्यो यो रातो देख्दा त ! उत्तम बाबु ले गर्न लागेको काम लाइ मन नपराउने हरु ले उनकै जस्तो अझ राम्रो कार्यक्रम गरे भैहाल्यो नि ! उत्तम ले हजार डलर सहयोग गरे मैले १० हजार डलर सहयोग गर्छु भनुम न @ खुम्बु जी ! अरु लाइ खत्तम भन्ने व्यक्ति पहिला आफै खत्तम भाको हुन्छ !

          Reply
  5. Shailendra Dhakal (म्याउ ) says:
    August 26, 2013 at 4:03 pm

    पक्का सहयोग गर्ने छु, तर यहाँ कमेन्टमा रातो धेरै किन हो? बुझ्न सकिन 🙁

    Reply
  6. Salim Miya says:
    August 26, 2013 at 10:58 am

    मेरो तर्फबाट $20 । PayPal बाट Submit गरिसकेको छु ।

    Reply
  7. Binita Paudel says:
    August 26, 2013 at 8:52 am

    सार्है सर्हाननिय काम !! आमा सुजाता श्रेष्ठ र बुबा उत्तमबाबु श्रेष्ठ लाई पनि धेरै धेरै धन्यवाद | जन्म दिनको धेरै धेरै शुभकामना आर्याना श्रेष्ठ !! जहाँ इच्छा त्यहाँ उपाय ….. तिम्रो उदेश्य अबस्य सफल हुनेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme