Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी

Posted on August 26, 2013August 26, 2013 by Salokya

engineer अख्तियार जागेर विद्युत प्राधिकरण, अध्यागमन र वैदेशिक रोजगार विभागमा भ्रष्टाचारको छानबिन गर्न भकाभक मान्छे पक्रन थालेपछि अध्यागमन कर्मचारीहरु र इन्जिनियरहरु रिसाएर छुट्टी! अध्यागमनका कर्मचारीहरुले ‘अख्तियारको आदेश छैन’ भन्दै विदेश जान लागेका १७० जनालाई रोकेको खबर आज अन्नपूर्णमा छापिएको छ। बिचरा अख्तियारको रिस सोझासाझा विदेश जान लागेकाहरुमाथि पोखिएछ। त्यसैगरी ट्रान्सफर्मर भ्रष्टाचार कान्डमा इन्जिनियरहरुलाई पक्रेको विरोधमा इन्जिनियरहरुले यस्तै भए देश विकासमा गम्भीर असर पर्छ है भनी चेतावनी दिएका छन् पत्रिकाहरुमा विज्ञापनै छापेर।

हेर्नुस् यो ‘नागरिक’मा छापिएको विज्ञापन-
engineer

विज्ञापनमा अमानवीय, अवैज्ञानिक तवरले सामाजिक प्रतिष्ठामा आँच आउने गरी थुनामा राखी कारबाही अगाडि बढाउने प्रक्रियामा असहमति रहेको भनिएको रहेछ। वैज्ञानिक तवरले कसरी थुनामा राख्ने भनिएको हो त्यो खुलेको छैन। अख्तियारले अहिले थुनामा राखेर अनुसन्धान गरिरहेको बताएको छ। खुला छाड्दा प्रमाण नष्ट गर्ने स्थिति भएमा यसरी निश्चित अवधि थुनामा राख्न सकिन्छ। त्योभन्दा बढी थुनामा राख्नु परे विशेष अदालतको अनुमति लिनै पर्छ। कानुनविपरीत थुनामा कसैले पनि राख्न पाउँदैन। त्यसरी कानुन विपरीत थुनामा राखेर अख्तियार आफैले अख्तियार उल्लङ्घन गरेको भए पत्रिकामा पैसा खर्च गरी गरी विज्ञापन छाप्नुभन्दा अदालतमा मुद्दा हाले हुन्थ्यो नि।

छानबिनपछि आरोप पत्र तयार गरेर मुद्दा दायर भएपछि अदालत आफैले थुनामा राखेर कारबाही गर्नु पर्ने हो कि हैन आदेश दिइहाल्छ। आरोप प्रमाणित भए बल्ल भ्रष्टाचारी ठहर हुने हो। अझ विशेषको फैसलालाई सर्वोच्चमा पनि चुनौति दिन सकिन्छ। त्यहाँबाट अन्तिम फैसला भएपछि बल्ल सामाजिक प्रतिष्ठामा आँच आउनु पर्ने हो।

अध्यागमन र इन्जिनियरहरुले यसरी रिस पोखे पनि वैदेशिक रोजगार विभागकाले पनि केही गरेको थाहा पाइएको छैन। हुन पनि त्यहाँ हाकिमदेखि पिउनसम्म हिरासतमा परेका छन्, काम पो कसरी भइरहेको छ कुन्नि।

एयरपोर्टमा लगेज कलेक्सन काउन्टर बन्ने

यसैबीच अख्तियारले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज कलेक्सन काउन्टर स्थापना गर्न निर्देशन दिएको छ। विदेशबाट नेपाल फर्कनेहरुले आफूसँग ल्याउने बाहेक कार्गोबाट ल्याउने सामानहरु सजिलै बुझिलिने व्यवस्थाको लागि सबैले स्पष्ट देख्ने गरी यस्तो काउन्टर बनाउन निर्देशन दिइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, प्रहरी कार्यालय तथा सम्बन्धित एयरलाइन्स कम्पनीहरुले त्यस्तो काउन्टर एक हप्ताभित्र बनाउने वाचा गरेछन्।

त्यसैगरी विमानस्थलमा अफलोड गरेका सामानहरु हराउने, ढिला आउने, आए पछि पनि कसैबाट दावी नभई थुप्रिने अवस्था रहेको आम जन गुनासोको सन्दर्भमा सम्बन्धित निकाय तथा एयरलाइन्स कम्पनीहरुलाई विदेशबाट नेपाल फर्कने क्रममा व्यक्ति र अफलोड गरिने सामान सँगै आउने व्यवस्था गर्न निर्देशन दिइएको छ।

भविष्यमा पनि यस्ता समस्या दोहोरिएमा वा तोकिएको समयमा उक्त कार्य सम्पादन नभएमा सो को जानकारी आयोगलाई उपलब्ध गराउन पनि अख्तियारले आग्रह गरेको छ। जानकारी टोल फ्री नम्बर 1660-01-22233 वा फेसबुक पेजबाटै दिए पनि हुन्छ रे।

यो पनि हेर्नुस्-
भ्रष्टाचारको आरोप लागेकाहरुलाई विशेष अदालत ल्याउँदा कसरी उनीहरुले मुख लुकाए (इकान्तिपुरको फोटो फिचर)

85 thoughts on “अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी”

  1. cRIS says:
    August 28, 2013 at 8:46 am

    धमिलो पानीका यी भ्यात्लुंगहरु, आन्दोलन गरुन कि बिकास रोकुन, कारबाही अगाडी बढाउनु पर्छ| बिकास नभएकै कारण, यिनीहरु नै हुन्|

    Reply
  2. Sanjay,USA says:
    August 28, 2013 at 5:43 am

    मोरा घुस्याहा हरु को फुर्ति….हरे कस्तो देशमा जन्मेछन नेपालीहरु!

    Reply
  3. Birkhe says:
    August 27, 2013 at 4:03 pm

    नेपालका ईन्जिनियरहरुको बिकास निर्माण तपाईंहाम्रो घरछेउको सडक मात्र हैन अन्तरास्त्रिए बिमानस्थलको पिच हेरे पुग्छ।

    Reply
    1. AngSherpa says:
      August 28, 2013 at 12:51 am

      भ्रष्टलाई थुन्दा देश बिकासमा गम्भीर असर पर्ने होइन यस्ता पाताकिहरुलाई पाता कसेर सम्पत्ति लेखाजोखा गरेर बढी भएको जफत गरेर बिकास निर्माण कार्यमा लगाउनु पर्छ/देशको बिकास होइन बिनास गर्ने कुनै पनि व्यक्ति जो सुकै होस् झुन्ड्याई हाल्नु पर्छ/कालो जान्छ गोरो आउँछ/देशमा सच्चा इमान्दार देश भक्त कर्मचारीहरु नयाँ पिंडी बाट जन्माउनु पर्छ/ पुराना भ्रष्ट
      मनस्थिति बाट ग्रस्त भएका सडे गलेका गोब्रे कीराहरूलाई मेटासिड हालेर सिध्याउनु पर्छ/

      Reply
  4. बिजय says:
    August 27, 2013 at 10:01 am

    जो चोर उसैको ठुलो स्वर, विकास निर्माणका योजनाहरुमा हुने भ्रष्टचारमा सबैभन्दा बढी ईन्जिनियरहरुकै हाात हुन्छ, भ्रष्टचारी लाई शमर्थन गर्ने पनि भटचारी हुन छोड्नु हुदैन भोलि अर्को ले तसै गर्ला रे अनी सबै लाई छोड्नु …?

    Reply
  5. बेखालाल नेपाल says:
    August 27, 2013 at 8:43 am

    लौ हेर घुसियाहरुको पूर्ति! यिनीहरुलाई घुस नखाई खान पच्दैन रे भन्ने सुन्न आएको छ | घुस खाने मानसिक रोग लाग्या छ यिनीहरुलाई! प्रसासनमा येस्तै रोगिहरुको जगजगी छ अनि के को विकास हुनु ?

    Reply
  6. Chetan Nepali says:
    August 27, 2013 at 8:34 am

    काम राम्रो नगर्नेहरुलाई घोक्रे ठयाक लाउनु पर्छ!

    Reply
  7. Mk says:
    August 27, 2013 at 12:13 am

    भ्रस्टाचार निर्मुल पार्नु, आजको नया नेपालको आबासेकता एबम प्रथामिक्ता हो र छ येस्मा दुइ मत न होला/ तसर्थ सबै ले होस्टे मा हैसे गर्नु पर्छ; झन् तेस्माथी सम्बन्धित पेसेवर संगठन को त् झन् अहम भूमिका हुन्छ नै / पेशेवर संगठनहरु ले मदत को सट्टा उल्टो धम्कि दिनु उसको नासमझ हो, येसरी न त् संस्थाको गरिमा बढ्छ न त् देश विकास नै/

    Reply
  8. Pingback: इन्जिनियरपछि श्री ३ (एमाओवादी-कङ्ग्रेस-एमाले) कर्मचारी पनि अख्तियारको विरोधमा, आन्दोलनको धम्की
  9. Krishna says:
    August 26, 2013 at 8:02 pm

    पल्लागामका ज़मानाका ओभर-शेर अहीले इन्जीिनएर भा’का छन सम्पत्ति को त कुरो नगरम भो ! देखासीकी गर्या त होलान नी! खोलापारी का ओभरशेर ले त मार्बल ला’को चारतले घर ठडाका रचन्! आफ्नो गाऊँ, वडा, गाविस/नगरपालिका र जिल्लामा हेर्नु सबैले चिनेका कपुतहरुलाइ अनी तिनीहरुको बहीस्कार गर्नु ! ठुला पल्टेर हिडंछन भने समातेर झ्याँ’को झार्नुस ! भ्रष्टचारीहरु ले यो नेपाली समाजलाइ कीरा सरह खोक्रो पारीरहेका छन देश लाइ ! फीनाइल खन्याएर नीर्मुल पारौं! तब मात्र हामी सच्चा नेपाली हुनेछौं! राजनीतिक खोल ओढेर बसेका अर्का कुकुर हरु हुन यी ! म त भन्छु अब दीक्क भ’का स्वतन्त्र( पार्टीका भरौटेहरु बाहेक) र देशभक्त हरुकाे आन्दोलन हेर्न मन लाग्या छ! कती रचन त! इमेल ठेगाना मा एउटा इमेल बाट आफ्नो बिरोध को सुरुवात गरौं! [email protected] यो नेपाल सरकारको इन्जीिनएरींग काउन्सील अरे!

    Reply
  10. Krishnaman Dongol says:
    August 26, 2013 at 7:46 pm

    यो देश मा प्रमाणित भैसकेको कुरा हो, सबै भ्रस्टचारी हरु कै बोलवाला छ. बिदम्बना, सबै नेता हरु भनौदा हरु पनि ऎनिहरु कै प्रभाब मा छन्, किन भने उनीहरु लै पनि पैसा को जरुरत छ, पार्टी चलाउन मात्र होइन कि तेही बहाना मा आफ्नो घर पनि चलाउन. दुर्भाग्यनै भन्नु पर्छ जति धेरै पढेर आए, तेती नै नराम्रो कम गर्न थाले हाम्रा बुद्धिजिबी हरु, चाहे ति ईनजीनियर हुन् वा डाक्टर वा प्रोफेसर, तेसता कुनै व्यक्ति पनि यो देश मा चोखो होला भन्ने मलाई किञ्चित लाग्दैन. तसर्थ, अब ढिलो हुन हुन्न, अख्तियार जागेको छ, बिउझेको छ, उसलाई राम्रो संग कम गर्न दिनु नै तमाम देशभक्त नागरिक हरु को परम धर्म हो भन्ने मलाई लग्दछ, र सबैले आफ्नो तर्फा बाट सहयोग गर्न पर्छ भन्ने मलाई लाग्छ

    Reply
  11. R.P. ADHIKARI says:
    August 26, 2013 at 6:43 pm

    गरिब जनताले सकी नसकी तिरेको राजश्व बाट तलब भत्ता लिने सरकारी कर्मचारी ले तिनै जनतालाई आबश्यक पर्ने न्यूनतम सेवा दिन पनि आफ्नै बाउको सम्पति दिनु परे झैं गरी समयमा काम नगरी दिने अनि कता बाट हुन्छ जनताले पाउने सुविधालाई कटौती गरेर / कम गुणस्तरका सेवा दिएर रातारात मालामाल हुने कर्मचारी लाइ अख्तियार ले पक्राउ नगरेर के धूप दीप नैबेद चढाएर पूजा अर्चना गर्छ त ? पूजनीय हुन त जनताको पक्षमा काम गर्नु पर्यो नि | भ्रष्टाचारी लाइ कारबाही गर्दा अरु कर्मचारीहरुले आन्दोलन गर्ने रे, किन भन्दा भ्रष्टाचारी लाइ पक्राउ गर्न पाईदैन भनेर | कुरा सुन्दा पनि खोइ के खोइ के भएर आउँछ | भकारीको धान खाने मुसालाई पासोमा पार्नै पर्छ, सागमा लागेको “लाइ”, केरामा लागेको गबारो, धानमा लागेको पतेरो, काठमा लागेको धमिरो बेलैमा नियन्त्रण नगरे यसले सत्यनास पारेर छोड्छ | भ्रष्टाचारी को समर्थन गर्दै आन्दोलन गर्ने, राजीनामाको धम्की दिने कर्मचारीको राजिनामा स्वीकृत गरेर राज्यले वहाँ हरुको सम्मान गरोस भन्छु म त | किनकि जनताको पक्षमा काम गर्न सक्षम लाखौं शिक्षित युबाहरु देशमा अवसर नपाएर बिदेशी भूमिमा अरुको देश विकास गरेर बसेका छन् | १० जनाले राजिनामा दिए २० जना आउन तयार छन् | जय अख्तियार, यो गति नारोकियोस |

    Reply
  12. nischal says:
    August 26, 2013 at 6:21 pm

    यदी यिनिहरुको यस्तो फुस्रो धम्कीले गर्दा सरकारले यिनिहरुलाई पनि सुन ब्यवसायी, ग्याँस ब्यवसायी, पानि ब्यवसायी etc .. हरुलाई जस्तो छुट दिने हो भने हामीले यो कुरा मान्नै पर्ने हुन्छ कि नेपाल “सतीले सरापेको देश” हो……….

    Reply
  13. Rajesh says:
    August 26, 2013 at 5:24 pm

    लौ अब इंञ्जिनिएर्स एसोसिएसनको चुनाब को लागि गतिलो मुद्दा भेटाउने भए हाम्रा राजनीति गर्ने र नेताक चम्चे इञ्जिनिएरहरुले !!!

    Reply
    1. AngSherpa says:
      August 26, 2013 at 6:28 pm

      त्यो अध्यगमनको कर्मचारीलाई पनि पक्रेर तुरुंगमा झुन्ड्याएर कोर्रा लगाउनु पर्छ/

      Reply
  14. sanu maya says:
    August 26, 2013 at 4:36 pm

    विकास को पैसा यसरि बाडफाड गर्छन इञ्जिनिएर साहबहरु (मिनिमम-१०% प्रोजेक्ट बजेटको )- प्रोजेक्ट हाकिम – १.५ %, साइत इञ्जिनिएर २.५ %, ओवर्सिएर- १.५%, लेखापाल – १ % , बाँकि काठमाडौँ प्रस्थान – ३.५ %
    यस्तो व्यवस्था लाइ उनीहरु अलिखित संबिधान भन्छन/ ठेकेदारले काम लिंदा नै यो १०% जोडेको हुन्छ /यो दिएन भने त जति सुकै राम्रो काम गरे पनि पास गरि दिदैनन/ सबै उनीहरु कै हातमा छ/ बेकार को बिज्ञप्ति निकाल्ने पर्दैन/
    अझ फटाहा पर्यो भने त अझ % खोज्छ /

    Reply
    1. Sisir says:
      August 26, 2013 at 6:11 pm

      अहिले त यो बढेर ३०% जति पुगी सक्यो रे नि , लोकल गुन्डा र राजनीतिक पार्टीका आवरालई पनि दाम चडौनै पर्यो .. ठेकेदारले पनि अलिकति कमाउनै पर्यो .. बाकी ५०% जतिको मात्र हो काम हुने त .

      Reply
  15. Narayan Gurung says:
    August 26, 2013 at 4:13 pm

    नछोड अख्तियार देस द्रोहीहरुलाई फाँसी देउ यिनीहरू लै अति भै सक्यो नेपाल आमा रोएको ! स्वछ नेपाल बनौनमा तिम्रो हात ठुलो छ एस्लाई निरन्तरता देउ ३ करोड का ६ करोड अन्खाहरु हर्सले आँसु झर्ने छन्!! तिम्रो चिर गुनगान गाउने छन् !

    Reply
  16. devendra says:
    August 26, 2013 at 4:00 pm

    …जो चोर उसैको ठुलो स्वर?????

    Reply
  17. resham says:
    August 26, 2013 at 3:52 pm

    लौ घुस खान नपाएको झोंक र कर्मचारीहरुलाई समातेको झोंक र रिसचाहिं साधारण जनतामाथि पोख्छन् बा । होईन जनतामाथिचाहिं रिस नपोखौं न हौं यसरी । अनि एर्यापोर्ट त घरीघरी उप्कने अनि भत्कने भएर ठूला ठूला प्लेन पनि नल्याउनु पर्ने परिपत्र नै जारी गर्नु प¥यो भन्छन् । कस्ता खालका ईन्जियरले बनाएको हउ यस्तो टालेको दुई तीनमै भत्किने मैदान ?

    Reply
  18. Ujjwal says:
    August 26, 2013 at 3:37 pm

    Not all Engineers are corrupt. The corrupt ones shall be punished. Nepal Engineers Association should not show unnecessary courtesy at this moment. It’s defaming itself advocating sickening issues like protecting the rights of corrupt people.

    Reply
  19. Shiva says:
    August 26, 2013 at 3:06 pm

    प्रथमत: इन्जिनियर होइन “सरकारी इन्जिनियर” भन्नु पर्ला है साथीहरु ।
    बि इ पढेर पास गरेका सबै इन्जिनियर, सरकारी इन्जिनियर होइनन है ।
    र त्यसैले सबै इन्जिनियरलाई एउतै टोकरीमा नराखौं ।
    भ्रष्टचारिलाई कारबाई गर्ने पर्छ, चाहे त्यो जोकोहिहोस !
    देश बनाउनुको सुरुवात देश सुधार्नु हो !
    देश सुधार्न समाज सुधार्न पर्छ ।
    समाज सुधार्न मान्छे सुधार्नु पर्छ ।
    मेरो विचार मा त, सरकारी जागिर खाएको कम्तिमा १० बर्ष नपुग्दै कसैले घर जग्गा, गाडी जोडेको छ वा छोरा छोरी लाई महँगो बोर्डिंग पाठशाला वा महँगा बिदेशी विश्वोविध्यालयहरु मा पढाएको छ भने, त्यस्ता सबै लाई अख्तियार मा लाउनु पर्छ, जाक्नु पर्छ, र छानबिन गर्नु पर्छ ।

    Reply
  20. Jeevan Thapa says:
    August 26, 2013 at 1:48 pm

    लौ मैले त ठ्याम्मै कुरो बुझेन !!!
    (अनुसन्धान प्रक्रियाले इन्जिनियर तथा कर्मचारीको मनोबलमा ह्रास आइ कार्यसम्पादन मा गम्भीर नकारात्मक असर पर्ने ,सेवा ग्राहिले गुणस्तरीय सेवा नपाउने , देश बिकासमा गम्भीर असर पर्ने …)
    यो विज्ञप्तिले भन्न खोजेको के रहेछ … हामी घुस नखाई राम्रो सेवा दिन सक्दैनौ ..देश विकास गोलिमार कर्मचारी को २/४ पुस्तालाइ पुग्ने बिकाश हुनु जरुरि छ … हामीहरुले निर्धक्क संग जनता ठग्न पाउनु पर्छ , कारबाही गर्न मिल्दैन इत्यादी …
    कोहि कसैले बुझ्नु भाको छ भने please कमेन्ट गर्नु होला !!!

    Reply
  21. हरिओम तत्सत says:
    August 26, 2013 at 1:36 pm

    इन्जिनियर भएको आधा दशक हुन लाग्दा पनि ने.इ.ए.को सदस्यता नलिएकोमा यति विघ्न गर्व कहिल्यै महशुस भएको थिएन! 😀

    Reply
    1. राम राम says:
      August 26, 2013 at 3:10 pm

      ठिक भन्नु भो। ने.इ.ए को सदस्यता नलिने त इन्जिनियर पनि होईन र उसको सदस्यता बिना त बाच्न पनि सक्दैन भनेको जस्तो गर्छ यो ने.इ.ए । अति त अझ त्यो बेला लाग्छ जब ने.इ.ए ले प्रत्यक बर्ष अफिसमा चिठ्ठी पठाएर ने.इ.ए को सदस्यता नलिनेलाई काममा राख्नु गैर कानूनी हो भन्छ । कहासम्मको दादागिरी हो यो ।

      Reply
      1. Sisir says:
        August 27, 2013 at 5:44 pm

        I think it is Nepal Engineering Council (NEC) not Nepal Engineering Association (NEA) .Legally It is not necessary to be a member of NEA to work in Nepal or do any Engineering practice in Nepal but have to be an registered Engineer of NEC. NEA त केवल एउटा राजनीतिक अखडा मात्र हो .
        Correct me if I am wrong.

        Reply
  22. prakash gautam says:
    August 26, 2013 at 1:17 pm

    यस्ता घुसिया enginneer हरु लाई जेल हालेर कडा कडा कारबाइ गर्नु राम्रो हुन्छल यिनी हरु को सात पुस्ते सम्पति जफत गर्नु प्रचल नेपाल मा enginner हरु को कुनै कमि छैन येस्ता देसका उपिया हरु लाई फासी दिया पनि फरक प्रदैन….ऐले मुक छोप्ने है घुस खादा लाज नहुने ऐले लाज हुने है

    Reply
  23. jiraju says:
    August 26, 2013 at 1:15 pm

    आगोले पोलेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भनेझैं भा’को हो यो । पछि आपूmहरू पनि पर्दा कसैले सहानुभूति नराख्ला भनेर यस्तो काइदा गरेका हुन् यी भ्रष्टाचारका मतियारहरुले ।

    Reply
  24. Nilima says:
    August 26, 2013 at 12:49 pm

    बाबु आमा ले आफ्ना छोरा छोरी लाइ engineer बनाउन धेरै कोसिस गर्छन किनकि येस्मा धेरै घुस खान र भ्रस्टाचार गर्न पाइञ्छ अनि देश र जनता लाई लुट्न पाइञ्छ/
    अनि जुन engineer ले तेसरी धेरै पैसा लुटेर समाज मा शान सग बस्छ तेसै लाई समाज ले पनि धेरै मान सम्मान गर्छ/
    भ्रस्टाचार न गर्ने engineer लाई समाज ले पनि हेप्छ, आफन्त ले पनि हेप्छ/ “चिट चोरेर पास गरेको, certificate किनेको” भनेर कुरा गर्छन/

    भन्नु को मतलब हामी पनि उत्तिकै दोषी छौ/ हाम्रो सोचाई गरिब छ, निम्न स्तर को छ/ तेसैले सब भन्दा पहिले आफ्नो सोचाई लाई धनि बनाऊ, येस्ता भ्रस्टचारी लाई सामाजिक बहिस्कार गरौ/

    Reply
  25. suzee says:
    August 26, 2013 at 12:06 pm

    एकादेश मा २ एञ्जिनिएर/नि यता युरोप तिर यूरोपि खर्च मा आक थिए ,पढ्न कै लागि हो , क्याम्पस मा फोटोकोपी गर्ने मेशिन बाट पेपर निकालेर ब्याग मा राखेको बिदेसी ले देखेछ, भन्नाको मतलब चोरेका !!!!!
    अनि पछि आएर त्यो बिदेसी ले हाम्रो नेपाली चोर एनजी…..एर / नि को गुण गाको बेलामा , I FELT SO INSULTED .
    I HEARD THEY ARE NOW IN REPUTED POSITION , TETI BELA PANI REPUTED NAI THIYE KYARE !!!!!
    जय होस् !!!

    Reply
  26. दीपक says:
    August 26, 2013 at 11:58 am

    यस्ता चोर डाँका भस्टाचारी इन्जिनेयर हरु को बकुमफुसी धम्की बाट अख्तियार ले अब घुडा टेकनु हुदैन ! बरु चिरचिर कराउने बाँकी भस्टाचारी हरु लाई पनि जेल मा कोच्नु पर्छ ! नेपाल मा इन्जिनेयर को कमी छैन् ! बरु अहिले भएका चोर डाँका भस्टाचारी बुढा पाखा भन्दा दक्ष्य इमान्दार देशभक्त युवा इन्जिनेयर हरु धेरै छन ! काम नपाएर बिदेश जान बाध्य छन ! अब बुढा पाखा भस्टचारी हरु लाई जेल मा कोचेर युवा हरु लाई बिदेश जान बाट रोक्नु पर्छ !

    Reply
  27. Raj says:
    August 26, 2013 at 11:36 am

    सबै भास्थाचारी ईन्जिनियरहरु को लाईसेन खारेज गर्नु पर्चा भन्नि हामी युवाहरु को जोडदार माघ हो !

    Reply
  28. Milan Mainali says:
    August 26, 2013 at 10:55 am

    चाहिएन यस्ता भ्रस्ताकारी enginer बरु देश मा बिकाश नहोस.

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      August 26, 2013 at 12:21 pm

      यो बिज्ञप्ति निकाल्ने शिक्षित गुण्डाहरुको समुहलाई नै अनुसन्धानमा असर पार्ने नियतले विभिन्न नाटक गरेको आधारमा सिधै जेलमा कोच्नु पर्छ ! यी सरकारी जुका हुन् बिकाशमा यिनको योगदान भन्दा सयौं गुणा बढी स्वार्थ पुरा भएको यथार्थ हो ! यस्ता आफुलाई निक्कै बिकाशवादी भनाउन रुचाउने हरुले प्रतक्ष्य बहशमा आउन चाहेमा हामि पनि केहि बताउन सक्ने छौं कि महोदयहरुले ठेकेदार संग मिलेर कसरी देश दुबाएका छन् बात गरौंला !
      यस्ता दुष्ट जुकाहरुलाई घोंक्रे ठ्याक लगाएर बारीका पाटामा पुर्याइदिए हुन्छ, देशमा राम्रो मनले राज्य प्रति सेवा भावले काम गर्ने इन्जिनियरहरुको अब कमि छैन ! अहिलेको नयाँ इन्जिनियरहरुको पुस्ता देशको लागि केहि गर्न तयार छ मात्र अवसर चाहियो !

      Reply
  29. raj says:
    August 26, 2013 at 10:05 am

    देश बिकाशमा होइन, तिनी हरु को घर बिकासमा यस को असर पर्छ. घुष र bharastachar गर्न न पाएर . लाज न भएका हरु के नै गरौ र देश को लागि आज बनायो भोलि बिग्रन्छ, देश दुबाई सकौ अब क गर्न बाहिर राख्ने, भित्र सधाये हुन्छ चोर हरु लै.

    Reply
  30. yukta says:
    August 26, 2013 at 9:26 am

    देश बिकास मा असर पर्ने होइन कि अख्तियार ले यहाँ हरु को साथि भाइ हरु लाई कारवाई गरे पछि यहाँ हरुको जेव ( Pocket ) बिकास मा चाहिं आवश्य नै असर पर्ने भयो!

    Reply
  31. jirel 'G' says:
    August 26, 2013 at 9:21 am

    नेपाल नै शायद यस्तो प्रजातान्त्रिक मुलुक होला जहाँ भ्रष्टचारीले भ्रष्टचार गर्न पाउनु पर्छ, ठग हरुले ठगि गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्छन l उदाहरण त देखि रहेकै छौं – नेताहरुमाथि भ्रष्टचार बिरुद्ध कारवाही भए तिनका हुक्के, बैठके ले सिंह दरवार घेर्ने, यात्रु ठगि बिरुद्ध ट्याक्सी लाई कारवाही गरे सडकमा चक्का जाम गर्ने, यसरीनै ….कसैले नेटवोर्किंग बिजनेसको नाममा सर्वसाधारण ठग्न पाउनु पर्ने, कसैले खानेपानी संस्थान द्वारा पानी आपूर्ती गर्न नसके पनि महशुल बढाउने त कहिले सून चांदी व्यवसायीले बिना जानकारी छापा मार्न पाईंदैन भनेर, कहिले संस्था घाटामा भए पनि आयल निगमका कर्मचारीले बोनस बाँड्न पाउनुपर्छ भनेर, शैक्षिक संस्था हरुले बिद्यार्थी लाई चर्को शुल्क असुल्न पाउनु पर्छ भनेर, अस्पताल स्वास्थ्य संस्था हरुले बिरामीलाई ठग्न पाउनु पर्छ भनेर गरिएका आन्दोलन हरु छन् l जसले सामाजिक प्रतिष्ठा, व्यक्तिगत स्वतन्त्र र अधिकार मा आंच पुग्यो भनेर प्रेस बिज्ञप्ति जारी गरेको छ त्यसको पनि आसय फरक छैन l के यहि हो त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र को मर्म ? त्यसो हो भने सोझा, ईमान्दार व्यक्तिहरु सिधै मरे भै हाल्यो नि !

    Reply
  32. Dipak says:
    August 26, 2013 at 9:17 am

    कानून अमानबिय भए भ्रस्टाचार चाही मानबिय होला ति खाते भनाइ अनुसार !!!

    Reply
  33. chhabi says:
    August 26, 2013 at 9:15 am

    लुट्न को लागि अर्को उपाय

    Reply
  34. Sara says:
    August 26, 2013 at 9:03 am

    देश नै सबै भ्रस्टचारी ले भरिने आट्यो अब ,सुन पसलेले सुनमा ठग्न पाएन भनि बन्द गर्छ ,तेस्तै gas ,पानी हुदा हुदा भ्र्स्ताचारी लै समौना लाग्दा नि अबो भ्रस्टाचार माथि भ्रस्टाचार…कसरि हुने हो देश को बिकाश ! चोरको खुट्टा काट भन्दा खुट्टा तानेजस्तै….आफुहरु नि पर्ने भैयो भन्ने डर ले हो बिज्ञप्ति निकालेको…नत्र भ्रस्टाचार गरेको छैन भने किन रिसौनुपर्यो?

    Reply
  35. yukta says:
    August 26, 2013 at 8:45 am

    नेपाली उखान ” भालु को रिस खनियो माथि ” अनि हिन्दि उखान ” खिसियानी बिल्ली खम्बा नोचे ” आफ्ना घुस्याहा साथी हरु जति सबैलाई अख्तियार ले समात्यो अनि रिस जति बिचरा घर खेत बन्धकी राखेर चर्को ऋण मा विदेश मा आफ्नो सुनौलो भबिश्य को सपना बोकेर जाने सर्व साधरण नेपालि हरु माथि पोख्ने अनि दु;ख दिने ! अध्यागमन जस्तो एउटा जिम्मेबारी कार्यालय मा एउटा पनि अरबी भाषा interpreter छैन भन्नु पनि हास्यास्पद कुरा हो ! आज बिहान एउटी महिला जसलाई हिज यसरि नै फर्काईएका थिएँ टिभी मा भन्दै थिईन अध्यागमन को कर्मचारी ले यसो भनेछन तपाईं को विसा मा अरबी भाषा रहेछ यो नक्कली हो जानु पाउनु हुन्न अनि लाजै पचाएर यसो पनि भनेछन अलि अलि नजराना चढाए जानु पाउनु हुन्छ ! कुकुर को पुच्छर को उखान ठ्याक्कै यिनी हरु संग मिल्छ !

    Reply
  36. ram says:
    August 26, 2013 at 8:43 am

    चोर ले चोर्न पाउनु पर्यो भनेर बिज्ञप्ति निकाल्न बाकी छ अब !

    Reply
  37. aashishjii says:
    August 26, 2013 at 8:41 am

    हे भगवान…बाच्नु मात्र पर्छ के के देख्न पाइन्छ भनेको येही हो…नेपाल ईन्जिनियर एसोसिअसोनको मेम्बेर सिप रि-न्यु गर्ने बेला भएको थियो अब के गर्नु रि-न्यु…बेइज्जत मात्रै…

    Reply
  38. Bikesh says:
    August 26, 2013 at 8:05 am

    We do not need such demon engineer in Nepal. We need good engineer than the bad or successful one. We need to send them to Jail forever.

    Reply
  39. bibek dhakal says:
    August 26, 2013 at 7:11 am

    यस्ता घुसखोर , कमिसनभक्षी कर्मचारीहरुलाई जोगाउन खोज्ने अनि “नैतिकता” अगाडी “पेशागत कर्तव्य” लाइ महत्व दिने इन्जिनियर भनाउदा हरुले देश बिकासमा हात हाल्नुभन्दा बरु दस हात पर बसे देशको बिकास हुने थियो!

    Reply
  40. DB Shrestha says:
    August 26, 2013 at 7:11 am

    यो इन्जिनियर भनौदा ले कैले देश बनायो र बिग्रिने हो? यस्तो धम्कि आफ्नो बाउलाइ गएर सुनाउनु जसले इन्जिनियर बढायो. ऐले देश मा आबस्यक भन्दा ५०% धेरै इन्जिनियर उत्पादन भैसके भन्ने कुरा बिर्स्यो होला महासयले.

    Reply
  41. yogesh says:
    August 26, 2013 at 7:02 am

    तेरीमा चोर हो आज सम्म चाही देसको कति बिकाश गरयौ तिमिहरुले.?भ्रस्टचारी लाई समात्न खोज्दा येत्रो बिरोध …आख्तियार समात्यो भने देसको को चाही होइन आफ्नो परिवार को बिकाश हुन्न भन्ने चिन्ता हो यिनलाई..

    Reply
  42. Laxman says:
    August 26, 2013 at 6:54 am

    प्रमाणित भयो भष्ट्राचारले संस्थागत रुप लिएछ . पहिले पहिले व्यक्तिगत रुपमा defend हुन्थ्यो अहिले त हेर यो लाजमर्दो . थुक्क विद्वानहरु.

    Reply
  43. Kalika Thapa says:
    August 26, 2013 at 6:39 am

    इन्जिनियर साहेब हरुको बिज्ञप्ति अथवा बिज्ञापन भनौ हेर्दा एस्तो भयो भयो भने कार्यालयको कर्मचारीको मनोबल गिर्न गइ ग्राहक ले गुणस्तर सेवा नापौना सक्छन भनिएको छ तर गुणस्तर सेवा नभएर नै यो हबिगत भएको होइन र ?

    Reply
  44. rohit says:
    August 26, 2013 at 6:36 am

    अक्तियार सहि काम गरेर देखाऊ तिन करोड नेपाली तिम्रो पक्षमा छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  45. Jeevan Thapa says:
    August 26, 2013 at 6:32 am

    हाम्रा बाजेले नपत्याउने खोलाले बगाउछ भन्थे हो कि क्या हो ?
    यत्रो वर्ष विकास नभाको देश अझ २/४ महिना हुन्दैन भने नहोस … हामी सहन तयार छौ , बिजुली नभए अध्यारो मा बस्न तयार छौ तर यी घुषखोरी हरुलाई दनक त दिनु नै पर्यो, राम्रो काम गर्ने को सबैले कदर गर्नु पर्छ, अख्तियार को यो कदम प्रसंशनीय छ यसलाई यत्तिकै नछाडौ …. अख्तियार .keep it up !!!

    Reply
  46. shantdil says:
    August 26, 2013 at 6:04 am

    खुम बहादुर , चिरन्जिबी वाग्ले जस्ता भ्रस्ट ले भर्ना गरेका भ्रस्ट इन्जिनीर अथवा कुनै भ्रस्टाचार को मानसिकता भएका व्यक्तिले देश बन्द गर्ने दाबी गरे सबैलाई सके सम्म कनुनु कारबाही गरे हुन्छ . अशल र इमान्दार प्राबिधिक पनि यो देशमा कम छैनन्. काम गर्ने अवसर मात्र पाए पुग्छ.

    Reply
  47. shiva raj says:
    August 26, 2013 at 5:54 am

    अझै लाज सरम छैन बिकाशको काम ठप्प पार्नी भन्दै बिगेप्ति निकाल्नी जेगरेनी हुन्छ भने र ! यस्तालाई त् सर्बस्वो सहित १८ वर्षा जेला कोच्नु पर्छ अनिमात्र पछिको मान्छे सतर्क हुन्छ !! कडा कानुन बनाउनु आबस्यक छ नेपाल मा !!

    Reply
  48. Pramod Gurung says:
    August 26, 2013 at 5:47 am

    भ्रस्ट हरु जुन सुकै पेस को होस् समातेर कानुनी करबि गर्नु अति अबासेक छ. देस को कानुन ले सबै लै समान रुप मा हेर्नु पर्छ. कुनै पनि नागरिक जब सम्म अदालत ले दोषी ठहर गर्दैन, त्यो अपराधी/घुसिया हुदैन. छानबिन मा परेको कुनै पनि ब्योक्ति अपराधी होइन जब सम्म अदालत ले दोषी ठहर गर्दैन. छानबिन को लागि समातेको मानिस अपराधी होइन र प्रमाणित नभए सम्म मिडिया ले देखाउनु पनि मानिस को सामाजिक चरित्र हरण गर्ने अपराध हो. So in my opinion all the persons are gentleman unless and until proven guilty by the court. Until proven guilty, no one has right to call them a Criminal not to the media too.

    Reply
    1. Ladhuram Tamang says:
      August 26, 2013 at 6:24 pm

      I fully support pramod Gurung’s view. Unless and until proven guilty, no one even media has the right to present or treat them as criminals.Who denies, the guilty proved by the court should not be punished or prosecuted as demanded by the law of the land. I found the press release has also mentioned that those found guilty should be punished or prosecuted.

      Reply
  49. madan bajracharya says:
    August 26, 2013 at 5:04 am

    बिना कारण विदेश जान चाहिने सबै प्रक्रिया पुर्यायका यात्रुहरुलाई फर्कायाको पनि अख्तियारको दुरुपयोग हो; घुस खानु खानु मात्रै अख्तियारको दुरुपयोग होइन/ अध्यागमनको कार्यालयको राज्यलाई ब्लेकमेलिङ्ग समेत गर्ने यस्ता कर्मचारी हरु साँच्चै भन्ने हो भने घुस खाने कर्मचारी भन्दा धेरै धेरै ठुलो अपराधीहरु हुन्/ अब हेर्नु छ लोकमान सिंहले यस्ता नागरिकहरुको अधिकार अपहरण गर्दै राज्यलाई समेत ब्लेक मेलिङ्ग गर्ने कर्मचारीलाई कस्तो कार्यवाही गर्नेछ/

    Reply
  50. Tulashi Dahal says:
    August 26, 2013 at 4:54 am

    बेलाबेलै म हैरान हुन्छु/ पियनको छोराले डाक्टरी अध्ययन गर्न नाम निकाल्यो भनेर डाक्टरले हड्ताल गर्ने, भ्रस्ट इन्जिनियर थुनिए भनेर अरुले बिरोध गर्ने, नेताहरु भ्रस्ट प्रमाणित भएर जेल चलन हुदा कार्यकर्ताले बिरोध गर्ने, भ्रस्ट नेता जेल बाहिर आउदा फुल मालाले स्वागत गर्ने, पत्रकारहरुले पनि राम्रा मान्छे भन्दा डनहरुलाई बोलाएर अन्तरबार्ता लिने अनि फेरि भ्रस्ट मुक्त देशको कल्पना गर्ने / यो दुइ धारे नीतिले देश चल्दैन हो साथी हो /

    Reply
  51. Navin Niraula says:
    August 26, 2013 at 4:47 am

    “देश विकासमा गम्भीर असर पर्छ” अरे …बनाएका २ महिना मै भत्किने , सब घुस खाई कमसल सामान प्रयोग गर्ने , फेरि ‘अमानबिय’ पनि अरे , ‘अमानबिय’को परिभासा यिनीहरुलाइ इराकको अबु ग्रैब देखौने पर्ने , अनि थाहा हुथ्यो के हो सहि परिभासा तिनीहरुलाई | मेरो इंजिनीर पेशा प्रति कुनै गुनासो छैन , छ त यी घुस्याहरु हरु जसले घुसकाण्डमा आफ्नो पेशालाइ नै धमिलायो , यीनीहरुलाइ खोरमा नराखी के फुल माला लगाई महलमा राख्नु पर्ने अरे, अझ कुन मुखले इज्जतको कुरा गर्न सक्या हो ? गजब छ बा | येस्ताहरुले देश बिकाश होइन , बरु तहस नहस चाही पार्छ, क्या हसौछ बा |

    Reply
  52. सुमन says:
    August 26, 2013 at 4:44 am

    अध्यागमन एयरपोर्टमा विदेश जान लागेका र परिवार आफन्तबाट टाडा जाने र के हुने होला नौलो ठाउँमा भनेर चिन्तित मन भएका सुधा साधा आफ्नै देशवासी यात्रुहरु प्रति साँढे, हैकमी र घुसले र्याल चुहाएको व्यवहार गर्नेहरुले कस्तरी मुख छोप्न सकेका?
    त्यस्ताको एयरपोर्टको व्यवहार सम्झंदा हत्कडी लगाएर कोर्रा लगाउदै लगे पनि अमानवीय हुनेछैन जस्तो लाग्छ|
    के को अमानवीय र अबैज्ञानिक? हेर्दै जानुस|
    ठुला उद्योगहरु, सिनेमाहलहरु धेरै जसोमा बिद्युत प्राद्धिकरणका भ्रस्ट इन्जिनियरहरु र कर्मचारीको मिलेमतो छ| सिस्टम लस भएको एउटा ठुलो कारण यो हो|
    काठमान्डौमा भुकम्प गएर नोक्सानी भए त्यसका लागि बढीमा बढी सिभिल इन्जिनियरहरु जिम्मेवारी हुनेछन| अहिले नै भाग्ने वा जीउ जोगाउने प्लान बनाई राखे हुन्छ|
    माथि फोटोमा मुख छोप्नेमा एकजनाले मोबाईल बोकेको जस्तो देखिन्छ| मोबाईल सम्पर्क पनि सिधै परिवार लाई मात्र दिनपर्छ त्यही पनि रिकर्ड गरेर| नत्र प्रमाण नष्ट गर्न र नेतालाई अघि ल्याउन खप्पीस छन| घुस खान सम्म खाएर भोलि प्रमाणको अभाव भनेर छाड्न पर्ने हुन्छ|
    यात्रुलाई अमानवीय यातना दिंदा अमानवीय भएन र जे पायो त्यही कागज माग्ने गर्दा अबैज्ञानिक भएन अहिले आएर एसोसिएसनले अमानवीय र अबैज्ञानिक कुरो उठाउने?
    अलिक दिन चुप रहेर अदालतले के गर्छ त्यो सहेर बसे हुँदैनथ्यो? सबै चोर र भ्रष्ट कदापि छैनन् एसोसिएसनमा, छैनन् भने ल यो चुनौती, के उनीहरुले यो बिज्ञापनको ठाडो बिरोध गर्ने हिम्मत गर्ला? ल जा यो चै भ्रष्ट इन्जिनियरहरुको लागि अंग्रेजी मै
    Could they not wait till the preliminary investigation process is over? They should allow the law to take its own course. What do you mean by inhuman and unscientific? What makes you think that they are not being treated well? Are you party to those allegedly corrupt engineers?

    फेरी यो बिज्ञापनमा इलेक्ट्रिकल कनट्राक्टर एसोसिएसन पनि यसमा सलग्न हुनपर्ने किन? यो बिज्ञापनको बिल कसले तिरे? यस्ता प्रश्नहरु स्वत आउछन|

    अब एयरपोर्टमा यो पकडले दुई चार दिन केही सावधानी होला तर फेरी उही रीत शुरु भैहाल्छ|
    कम्प्लेन र नेगेटिभ कुरो मात्र कति हाल्नु, केही सुझाव पनि राखौ, सुनिहाल्ला कि:

    १. सबै कोणबाट छर्लंग खिचिन सक्ने क्यामेरा राख्न पर्छ र क्यामेरा बिगारी दिने र बन्द गरिदिने लाई सख्त सजाय हुनपर्छ| क्यामेरा निरन्तर चलेको हेर्ने जिम्मेवारी हाकिमलाई सुम्पिन पर्छ, सो लगातार न चले वा हेरफेर गरेको पाईए, वा क्यामेरालाई छलेर काम कारवाही गरेको पाईए, सजाय तोकिन पर्छ| त्यस भिडिओ फिल्म लाई सिलबन्दी गरेर रेकर्डमा राखिन्पर्छ|
    २. कुनै एनजीओ संस्था मार्फत एयरपोर्टमा श्रम सहायता बुथ खोलिन पर्छ| जसको काम
    श्रम अन्तर्गत बाहिर जानेलाई फर्म भर्न देखि अन्य कागजात हेरेर सम्झाउन बुझाउन हुन् पर्छ| त्यसै गरेर अध्यागमनले रिजेक्ट गरिदिएकालाई पनि कागजपत्र पुरा गरिदिने बारे बुझाउने हुनपर्छ| अध्यागमन र यस्ता बुथका कर्मचारीको सामजस्य राखे पनि मिलिभगत नहोस भनेर बिशेष ध्यान पुर्याईन पर्छ|

    Reply
  53. Bishwaraj says:
    August 26, 2013 at 3:38 am

    हजारौं अध्यागमन सम्बन्धी अनुभवी ज्ञान भएका इंजीनीयरहरु बेरोजगार भएका बेला येस्ता काट्टो खाने जातका इन्जीनीयरले घुट्की लाउन बेकार छ- अन्तत- संस्था चलेकै हुन्छ र देश चलेकै हुन्छ- लु जा-

    Reply
    1. Sameer says:
      August 26, 2013 at 4:55 am

      What do you mean by “काट्टो खाने जात”…? You racist ….!!

      Reply
    2. RAJKUMAR says:
      August 26, 2013 at 12:10 pm

      बिगत २/४ दिन देखि यो विश्वराज भन्नेको कमेन्ट हेर्दै छु म | यो हिनताबोध ले ग्रसित रेसिस्ट( RACIST ) लाइ “काट्टो खाने जात ” भन्दा पर सोच्ने फुर्सत छैन जस्तो छ | समाज को भाइरस हो यो चिनिरखौ |

      Reply
    3. AryaN says:
      August 26, 2013 at 9:30 pm

      हैन भ्रस्टाचार एकातिर छ , जात अर्कोतिर छ, तर जुन्कुरामा पनि जात नै घोल्नु पर्ने कस्तो बिबेक हो यो महानुभाब को ? mysansar को प्रतेक कमेन्ट मा जातियता बिथोल्ने कुरा गर्छन यी विश्वराज जी | |झन् सबैजना मिलेर भ्रस्ताचारिहरु माथि कारबाही गर्नुपर्नेमा | उमेशजी ले मिल्छ भने जातिय सद्भाव बिथोल्ने यस्ता कमेन्टहरु प्रकासित नगर्न बिनम्र अनुरोध गर्दछु |

      Reply
      1. KC says:
        August 27, 2013 at 9:53 am

        साथि, जातपातको कमेन्ट किन आउँछ भने हाम्रा नेपालमा धेरै समस्याहरुको जड नै जातपातको अन्तर्निहित पूर्वाग्रहले गर्दा हो| जसले जातपात अघि लाएर खाई पाई आएका छन् त्यही परम्परा कायम राख्न चाहन्छन| समय संगै व्यवस्था पनि चेन्ज भएको वास्तै गर्दैनन्| किन देशको सीडीओ मा एउटा मात्र जातका 80 प्रतिशत छन्? शाह होस् वा राणा शासन, वाहुनहरुको हातमा डाडु पन्यु छ जसोतसो, यो सबैलाई विदितै छ| तर पनि किन देशमा व्याप्त कुशासन छ र भ्रष्टचारको पराकाष्टा छ| राम्रो गरेरको भए राम्रै भन्ने थियौ तर वर्वाद छ अनि यो जातपातको दुर्गन्ध आउने नै भयो| रोकेर पनि रोकिने होइन|

        Reply
        1. Sameer says:
          August 27, 2013 at 4:59 pm

          I have seen many government officials all coming from so called different indigenous groups and castes. Corruption is rampant everywhere and is not limited to a certain caste or creed. Majority of the CDOs in our country come from the Brahmin/Chhetri group because families from these groups have a long history of being educated unlike others who were involved in other occupations that did not require one to be highly educated. As time changed these under-privileged groups are slowly being brought into the mainstream. I personally think that it is best if we express our views without writing words/terms that disturb the harmony among different group of individuals. Be responsible towards your society mate!

          Reply
  54. tulasi bindu says:
    August 26, 2013 at 3:35 am

    भ्रस्ट चारिको बुध्धी पनि कत्ति हौ ?

    Reply
  55. binod says:
    August 26, 2013 at 3:26 am

    भ्रस्ताचारिलाई कारबाही गर्न डराउनु पर्दैन कठघरमा ल्याएर कानुन बमोजिम , आधारयुक्त प्रमाणको आधारमा कारबाही गर्नोस हामी जनता साथ् दिन्छौ, साथ् दिन्छौ , साथ् दिन्छौ.देश बिकाशको लागि हामी जे पनि गर्न तयार हुन्छौ

    Reply
  56. shree basanta says:
    August 26, 2013 at 3:15 am

    असोसिएसनहरुले त झन् भ्रस्टाचार गरेको हो भने झन ती विरुद्ध खेद ब्यक्त गर्दै साँचो ठहरे सदस्यताबाट निकाला गर्छौ भन्नु पर्नेमा उल्टै एस्तो बिज्ञप्ति निकाल्नु हामि नेपालीको नकारात्मक कुरामा एक्यबद्धता कति हुन्छ भन्ने देखाउछ | सून ब्यापारीहरुको संगठनले लूट गरिरहेको कुरामा प्रहरीले नियमन गर्यो भनेर बन्द हड्ताल गर्ने अब कर्मचारीको संगठनहरुबाट पनि भ्रस्टाचारगर्न छुट हुनु पर्छ भनेर बिज्ञप्ति आउन बेर छैन | नेपालमा इन्जिनीर भएपछी नियमैले भ्रस्टाचार गर्न पाइन्छ भन्ने मान्यता पनि कता कता रहेको छ |

    Reply
  57. द्रोण says:
    August 26, 2013 at 2:24 am

    Guilty mind is always suspicious.

    कुनै बेला थियो , एउटा दुर को नातेदार महिना मा छ ,सात बार पाउना लाग्न आएर हैरान पार्थ्यो आमालाई सब परिबार ले खाएको भाडा माज्नु पर्ने तेस्माथि उ ”मान न मान म तेरो यजमान” मन मा जहिले पनि चसक्क पस्थ्यो |
    पछि उसले इञ्जिनियरिङ्ग सक्यो , राम्रो जागिर खायो अब उ हामिकाहा कहिले काही बिरलै आउथ्यो , एक दिन उ आयो , म लाइ धाढ़ मा मालिस गर्न भन्यो |
    टिनेजर उमेर ,मैले आनाकानी गरे उसले धम्कि दियेथ्यो मैले न माने उ हामिकाहा कहिले न आउने रे ? जस्तो कि उ आएर हामीलाई कृपा गर्दै थ्यो |
    आज फेरी पुरानो पात्र को याद आयो |

    Reply
  58. dlama says:
    August 26, 2013 at 1:59 am

    No currupt should be exempt from prosecution-be it engineers, doctors or politicians. What a shame that a professional organisation is blatently supporting such an act.

    Reply
  59. Hillman Myagdi says:
    August 26, 2013 at 1:37 am

    मेरो आफन्तले ललितपुरमा घर बनाउँदा नगरपालिकाका इन्जिनियर बाट नै नक्सा बनाएर नक्सा पास गरेर घर थाले| भर्खर एकतले ढलान भएको थियो भारतको गुजरातमा विधंश्कारी भुइचालो गयो| भोली पल्ट ईन्जिनियर साहब टुप्लुक्क आउनु भयेछ अनी २२ पिल्लर मा ४ वटा पिलर २६ पिल्लर हुन पर्छ भनेछ| अब भन्नु होस् एक टाईबिम सकेर ढलान भई सकेको घरमा पिल्लर कसरी थप्ने?

    यस्ता छन् नेपालको ईन्जिनियर साहब हरु| यस्ता ईन्जिनियर हरुले बनाएको नेपालको भौतिक संरचना हरु कस्ता होलान? यस बाहेक पाए र भ्याए सम्म सरकारी लगानीका अलकत्रा, सिमेन्ट, गिट्टी, बालुवा, छड आदी ईत्यादी जस्ता भौतिक संरचना निर्माणका सामाग्रीहरू पनी पचाउनै नसक्ने गरी हसुर्ने पनी यिनीहरु नै हुन| यसर्थ यिनीहरु नेपालको भौतिक विकाशमा यिनीहरु साधक नभई बाधक हुन्|

    यिनीहरुलाई अन्याय भएको भए न्यायपालिका छ| त्याहाँ उजुरी गर्नु सकिन्छ| सरकारको कर्मचारी र जनताको सेवक भएर अब सुधार गरौँ भन्नुको सट्टा “चोरको खुट्टा काट” भन्दा स्वाट्ट खुट्टा झिके जसरी विज्ञप्ती निकाल्नुको कुनै औचित्य छैन|

    Reply
  60. बलराम says:
    August 26, 2013 at 1:00 am

    इन्जिनियर समात्ने भन्या हो र? भ्रस्टाचारी लाइ पो समात्ने भनेको, चोर को खुट्टा काट भन्दा कति छिटो तर्सेको हँ?

    Reply
    1. Suman Gurung (UK) says:
      August 26, 2013 at 8:00 am

      यो तपाइको कमेन्ट लाइ dislike गर्ने वाला हरु पक्कै भ्रस्टाचारी engineer नै हुनुपर्छ .
      .

      Reply
  61. raj says:
    August 26, 2013 at 12:28 am

    भ्रश्टाचार को पहिलो खुद्किलो मै एस्तो बाधा….!.. भ्रस्टाचारी को दोशी भएको लाई कार्यवाही त गर्नु नै पर्छ साथ मा तिनी हरु लाई पनि त्यो पद बाट निलम्बित गर्नु पर्छ जो यस्तो प्रकृया लाई बाधा पुर्यौने कोशीस गर्छन्

    Reply
  62. Vishnu says:
    August 26, 2013 at 12:26 am

    अब त् म सुध्रिन्छु भन्नु त kata हो कता उल्टै चेतावनी पो दिन थालेछन, नसकिने भो बा . नेता त लम्पट नै हुन्, भो नाकुरोगरम, तर सिक्चित चेतनशील बौद्धिक बर्गमा गनिने भनिएका यी इन्जिनियर त ति भन्दा गयेगुज्रेकै पो हुँदा रान कि कयौ बाइ ??
    जे भए पनि अख्तियार लाइ सलाम छ.

    Reply
  63. indra says:
    August 26, 2013 at 12:10 am

    यस्ता भटचारी लाई शमर्थन गर्ने पनि भटचारी हुन तिनीहरु लाई पनिजेल हाल्नु पर्छ

    Reply
  64. sanjay says:
    August 26, 2013 at 12:01 am

    यति सारो किन जागेको होला यो अख्तियार दुनिया नै तर्साउने गरेर . अलि बिस्तारै गर्नु तर सधै भरि गर्नु नि . नया जोगी को उखान जस्तो भयो यो त यार.

    Reply
  65. Raju Rana - Mahendra says:
    August 25, 2013 at 11:57 pm

    होइन कस्तो देश हो हाम्रो – भर्ष्ट हरुले राज गर्ने अनि कानुनी कारबाही गर्न खोज्दा उल्टै धम्काउने , I इ सबैलाई खोर मा लगेर चिसो भुइँ मा जाक्न पर्छ

    Reply
  66. neerose says:
    August 25, 2013 at 11:52 pm

    हाहाहा!
    थुइक्क यस्ता त छन् हाम्रो देशको इन्जिनियर भनाउदाहरु!
    नेतालाई मात्र किन गालि गर्ने हो, नेता भन्दा दुइ हात माथि देखिय यी इन्जिनीयर!
    आफु इन्जिनियर नभयर ठिकै गरेछु!

    Reply
  67. Rajan Upriti says:
    August 25, 2013 at 11:39 pm

    यि सबै त्यै “काइते” एन.ई.सी. बाट लाइसेन्स प्राप्त इन्जिनियरहरु परे होलान | प्राधिकरणमा एउटा पनि दक्ष इन्जिनियर छैनन् | सब प्राबिधिक काम विदेशीले गरी दिन्छ, नाम मात्रका ति इन्जिनियरहरु बसेर कमिसन खाने मात्र हो | यो प्राधिकरणलाइ निजीकरण गर्नु पर्छ, यस्ता डिग्री मात्र बोकेका इन्जिनियरलाइ चा ‘ मा लात देर निकाल्नु पर्छ |

    Reply
  68. Pawan Khanal says:
    August 25, 2013 at 11:29 pm

    अख्तियारको यो कदमलाई हृदय देखिनै स्वागत छ

    Reply
  69. मदनमणि says:
    August 25, 2013 at 11:11 pm

    इन्जिनियर समातिँदा देश विकासमा गम्भिर प्रभाव पर्ने भनेपछि अर्बौं चप्काउने नेताहरु समातिए भने त शान्तिप्रकृया, संविधानसभा नै संकटाँ पर्ने रहेछ।

    Reply
    1. suzee says:
      August 25, 2013 at 11:40 pm

      ktm मा ढुंगा खसाल्यो भने इञ्जिनिएर को टाउको मा पर्छ भन्ने सुनेको थिए , जति समाते पनि फालाफाल छन् अरे !!!! देश बिकाश मा केहि असर पर्दैन हो ढुक्क भएर भ्रस्ट इन्जिनिएर लै समाते भो

      Reply
  70. kedar says:
    August 25, 2013 at 11:07 pm

    खोल्ने बेलामा बर्ग र पेशाको हक हितको लागि भनेर खोल्ने, काम चाई धाक धम्कि दिने र डर त्रास देखाउने येस्ता इन्जिनेर, डांउँडर र कर्मचारी का अपाकृतिक झुण्डलाई अबैध घोषणा गर्नु जायेज लागो हौ मलाई त् /

    Reply
  71. बिनोद तिमिल्सिना says:
    August 25, 2013 at 11:03 pm

    विकास निर्माणका योजनाहरुमा हुने भ्रष्टचारमा सबैभन्दा बढी ईन्जिनियरहरुकै हाात हुन्छ सबैले जानेकै कुरा हो,नगरपालिका देखि बिमानस्थल सम्म।२/३ महिनामा बगाउने बिकास हुनु भन्दा बिकास नभएकै जाति,चोर, भ्रष्टचारीहरु जति सबैलाईकोच्नै पर्छ चिसो छिडीमा,तर साना सँग सँगै ठुला माछा पनि अख्तियारको जालमा परेको पढ्न र सुन्न पाईयोस।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme