स्थानीय एक विश्वविद्यालयको निमन्त्रणामा गएका चार नेपालीले पूरै कोस्टा रिका हल्लाइदिएका छन्। उनीहरु एकाएक बेपत्ता भएपछि उनीहरुलाई बोलाउने युनिभर्सिटी अफ कोस्टा रिकाका रेक्टर मिडियालाई जवाफ दिँदै हैरान भइरहेका छन् भने प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ। झण्डै ४६ लाख मात्रै जनसंख्या भएको देशमा यसरी आप्रवासी हराएपछि निकै गम्भीर रुपमा लिइने रहेछ। त्यसैले कोस्टा रिकाको सर्वोच्च अदालतको एक इकाईका रुपमा रहेको न्यायिक छानबिन एजेन्सीले यो विषयमा छानबिन गर्दैछ। सोही एजेन्सीले माथिका फोटो सार्वजनिक गर्दै कसैले देखे खबर गर्न सबैलाई अनुरोध गरेको हो।
कोस्टा रिकाको दैनिक La Nacion का अनुसार ती नेपाली विद्यार्थी नेपालको National Institute of Natural Sciences बाट आएको कागजमा देखिएको थियो। खासमा उनीहरु दुई संस्थाबीच आपसी सहयोगको संभावना खोज्न आएका थिए रे। केको हुन्थ्यो, अवैध रुपमा अमेरिका छिर्ने महामार्गमा पर्ने ठाउँ हो कोस्टा रिका। त्यसैले मानव तस्कर दलालले ठूलै सेटिङ मिलाएर पठाएका होलान् नि। त्यसैले त पत्रिकाका अनुसार उनीहरुलाई न अङ्ग्रेजी आउँथ्यो न त्यहाँ बोलिने भाषा स्पेनिस नै। परेन त अप्ठेरो। कुराकानी गर्नै समस्या भएछ। पहिलो भेटमा यस्तो समस्या भएपछि जुलाई १५ मा फेरि भेट्ने भनेछन्। जुलाई १५ मा युनिभर्सिटीका अधिकारीहरु होटलमा जाँदा त उनीहरु कुलेलम ठोकिसकेका। जुलाई १३ मा अन्तिम पटक उनीहरु त्यहाँ देखिएको खबर आएछ।
खासमा पाँच जना आउने भनेका रहेछन्। युनिभर्सिटीले भिसाका लागि सबै कागजात नेपालमा कोस्टा रिकाको दूतावास नभएकोले भारतको दिल्लीमा पठाएको रहेछ। तर आउन चाहिँ चार जना मात्रै आएछन्।
बेपत्ता भएपछि युनिभर्सिटीले तुरुन्त अध्यागमनलाई खबर गरिहाल्यो। अनि त्यहाँको Judicial Investigation Organization (OIJ) ले ती चार जना नेपालीको फोटोसहित विज्ञप्ति जारी गरेर देवेन्द्र (सूचनामा Devendra K ALISE CHAMLAGAI DEVI PRASAD लेखिएको छ) (३९ वर्ष), फिरोज चौहान (३३ वर्ष), नरेन्द्रकुमार डाँगी (३१ वर्ष र सुभास कार्की (३० वर्ष) लाई कसैले देखे 800-8000-645 मा फोन गर्न वा [email protected] मा इमेल गर्न समेत सबैलाई अपील गर्यो। OIJ त्यहाँको सर्वोच्च अदालतको मातहत रहेको न्यायिक छानबिन इकाई हो।
पत्रिकामा ठूल्ठूलो फोटो पनि छापियो उनीहरुको
युनिभर्सिटीलाई आपत्
आफूले निमन्त्रणा गरेका चार जना यसरी गैरकानुनी रुपमा बेपत्ता भएपछि युनिभर्सिटी अफ कोस्टा रिकालाई ठूलै आपत परेको छ। मिडियाले प्रश्न उठाउन थालेपछि युनिभर्सिटीका रेक्टरले स्वीकारेका छन्- हो, हामीलाई नेपालीहरुले धोका दिए, ‘युज’ गरे। ला नेसियोँ पत्रिकासित रेक्टर हेनिङ जेन्सन् भन्छन्- “म र मेरा सहकर्मीहरुको निश्कर्ष यही रह्यो।”
हैन हौ, अनि तिमेरुले भेरिफाइ गर्न पर्छ कि पर्दैन तिनीहरु जुन संस्थाबाट आएका हुन् त्योबारे भनी सोधिएको प्रश्नमा उनले भनेछन्- “हाम्रो विश्वविद्यालयले धेरै देशका धेरै संस्थासँग एकेडेमिक रिलेसनसिप राख्छ। ३०० संस्थासँग हाम्रो सम्बन्ध छ। यो हाम्रो वैज्ञानिक कामको महत्त्वपूर्ण भाग हो। त्यसैले यस्ता काम विश्वासको आधारमा हुन्छ।”
उनले अगाडि भनेका छन्- “यदि कुनै व्यक्तिले म पाकिस्तानको नेसनल एकेडेमी अफ साइन्सको सदस्य हुँ भनेर भन्यो भने कहाँ शंका गरिराख्ने?” त्यसमाथि पहिलो पटक कुनै नेपाली संस्थाले प्रस्ताव गरेको।
ला नेसियोँका अनुसार युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा बाह्य सहयोग कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरु आएको भनेको संस्था छ कि छैन भन्नेमा नै शंका उठ्ने प्रमाण भेटिएको तर सुरुमा भने कुनै शंका नभएको बताएको छ।
उताको युनिभर्सिटीले त्यस्तो भने पनि नेपालमा National Institute of Natural Sciences भन्ने संस्था रहेको छ। यसको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्। यसको कार्यालय डिल्ली बजारको घट्टेकुलोमा रहेको छ। स्वर्गीय “उही” गोविन्दबहादुर गुरुङद्वारा सन् १९५६ मा स्थापित यो संस्थाले अनुसन्धान गर्ने उद्देश्य राख्छ।
अर्को स्पेनिस अनलाइन पत्रिका crhoy का अनुसार नेपालमा NINS का प्रमुखसँग सम्पर्क राख्दा पनि उनले बेपत्ता भएकाहरुबारे खासै चासो राखेनछन्। अब National Institute of Natural Sciences लाई सोध्नु पर्छ, तिमीहरुले के आधारमा ती चार जनालाई कोस्टा रिका पठाएका हौ ? पैसाको कारोबार भएको थियो ? थियो भने कसले गर्यो ? मैले फोन गर्दा सम्पर्क हुनसकेन। साइटमा फोन नम्बर र इमेल पनि रहेको छ। तपाईँ पनि सोध्ने कि http://www.nins.edu.np/contact_us साइट पनि Copyright © 2013 लेखिएको र तल कमेन्टमा भनिए जस्तै कुनै पब्लिकेसन नभएको, फ्याकुल्टीमा पनि डमी टेक्स्ट lorem ipsum राखिएको ले यही वर्ष बनाएको हुनुपर्छ।
पाँचौँ नेपालीको भिसा रद्द
उताको अध्यागमन निर्देशनालयले ती नेपालीहरु जुलाई १० मा युनिभर्सिटी अफ कोस्टारिकाको निमन्त्रणा देखाएर जुलाई १० मा आएको बताएको छ।
जसले निमन्त्रणा गरेको हो त्यो कार्यालयले भने ती नेपालीहरुका लागि आफूहरुले भिसाको व्यवस्था गर्न मात्र सघाएको, टिकट लगायतका सबै खर्च उनीहरु आफैले व्यहोरेको बताएको छ। भन्नु पनि पर्यो नि। आफूहरुकै खर्चमा बोलाएको भए त मिडियाले झन् नछाड्ने भए।
सँगै भिसा जारी गर्न अनुरोधसहितको प्रोसेस अगाडि बढाएको तर ती चार जनासँग नआएको पाँचौँ नेपाली पुण्यप्रसाद दङ्गालको भने भिसा रद्द गर्न अनुरोध गरिसकेको युनिभर्सिटीले जनाएको छ। हामीले अहिलेसम्म विश्वासको आधारमा यस्ता सम्बन्ध विस्तारका काम गरिआएका थियौँ। “यो अनुभवले अब त्यसरी आउन चाहने सबैलाई भेरिफाइ गर्नुपर्ने पाठ सिकेका छौँ,” युनिभर्सिटीले भनेको छ।
चुरो कुरो
मेक्सिकोबाट अवैध रुपमा अमेरिका छिर्ने स्थल बाटोमा पर्छ कोस्टा रिका। दलालहरुले सडक मार्गबाटै बिना भिसा अवैध रुपमा कोस्टा रिका छिराएर निकारागुवा पुर्याइदिन्छन्। उनीहरुको दलाल अलि बाठो भएकोले भ्यालिड भिसाबाटै कोस्टा रिका पुर्याएको हुनुपर्छ। तर त्यहाँबाट बेपत्ता हुने बित्तिकै उनीहरु अवैध भइसके। अझै पनि निकारागुवाबाट होन्डुरस अनि त्यहाँबाट पनि ग्वाटेमाला पुग्नुपर्छ अवैध रुपमा। दलालहरुले लुकाइछिपाइ लान्छन् उनीहरुलाई। ग्वाटेमालाको दलालले अमेरिका छेवैमा रहेको मेक्सिकोसम्म पुर्याइदिन्छ। मेक्सिको पुगेपछि उनीहरु कसैगरी अमेरिका छिर्ने दाउमा हुन्छन्। आतंकवादी थ्रेटका कारण कडा सुरक्षा व्यवस्था भएको अमेरिकी भूमिमा मेक्सिकोबाट अवैध रुपमा छिर्नु चानचुने कुरा हैन। तर ज्यानै जोखिममा पार्दै उनीहरु त्यहाँ जान्छन्। यी चार जना अझै पनि अमेरिका पुगे कि पुगेनन् होला। यी चार जनाले दलाललाई कति लाख तिरेका होलान् ? सामान्यतया २५ देखि ३० लाख रुपियाँ लाग्ने अनुमान छ। दलाल हेरी अलि बढी पनि लाग्न सक्छ। अमेरिका बसेका, बसेर आएकाहरुले के के न जस्तो गरेर नेपाल बसेकाहरुलाई गफ दिएकोले उनीहरु जस्ता कयौँ अमेरिकामा डलरै फल्ने जस्तो गरी अमेरिका छिर्न मात्रै पाए लाखौँ रुपियाँ दलाललाई बुझाउन मरिहत्ते गर्छन्। कतिको घरखेत बन्धकी होला, कतिको चर्को ब्याजको ऋण होला !
अध्यागमनको कुरा
यत्रो देशविदेशमा सञ्जाल भएको मानव तस्कर दलालहरुको नेटवर्क हाम्रो देशको विमानस्थलमा नहुने कुरै भएन। सेटिङ मिलाएरै उनीहरु गएको हुनसक्छ। फेरि कोस्टा रिकाको भ्यालिड भिसा नै भएकोले रोक्ने कुरा पनि भएन। तर एकछिन मानौँ उनीहरुलाई नेपालको अध्यागमनले त्यो नेपाली संस्थाको तिमीहरु सदस्य हौ कि होइनौ भनेर अलि केरकार गरेको भए हामी नै उफ्रन्थ्यौँ होला, त्यो काम तिमीहरुको हो? दूतावासले भिसा दिइसकेपछि किन बढी जान्ने हुने? अङ्ग्रेजी र स्पेनिसै बोल्न नसक्ने, संस्थाका सदस्यै नभएका ती नेपालीलाई अध्यागमन मै रोक्न सकेको भए दलाललाई जति पैसा बुझाए-बुझाए, ती नेपालीहरुको ज्यान जोखिममा पर्दैन थियो होला, थप पैसा खर्च हुँदैन थियो होला। सरकार र सरकारी निकायको कर्तव्य पनि हो आफ्नो नागरिकको सुरक्षा गर्ने।
यता नेपाल भन्ने देशकै पनि बेइज्जत भयो कोस्टा रिकामा। सुरुमा कति युरोपेली देशमा जान नेपालीलाई अग्रिम भिसा नै लिनु पर्दैन थियो, विमानस्थलमै भिसा पाउँथे। तस्करहरुका कारण अहिले सबै जसो मुलुकमा पहिले नै भिसा लिनुपर्छ। नेपाली पासपोर्टवाहकहरुले विदेशमा कस्तो व्यवहार सहनु पर्छ, त्यो त भुक्तभोगीहरुलाई थाहै होला। त्यसैले यस्ता कामहरु व्यक्तिगत रुपमा गरिए पनि त्यसले तपाईँ हामी सबै नेपालीलाई कालान्तरमा असर पारिराखेको हुन्छ।
गफ दिएर शान नदेखाऔँ
एउटा कुरा चाहिँ साथीहरुले अलि ख्याल गरिदिनु पर्यो- अमेरिका वा विदेशमा बसेका नेपालीहरुले शान देखाउन आफू बसेको ठाउँ स्वर्गै जस्तो हो भनी बढाइचढाइ गफ दिनु भएन। तपाईँका त्यस्ता कुराले अन्तर्राष्ट्रिय मानव तस्करहरुको सञ्जालको संगठित अपराधलाई अप्रत्यक्ष रुपमा बढावा दिन्छ। डलर रुखमा फल्दैन- मेहनत अनि मेहनत, कडा मेहनत गर्नुपर्छ भन्ने बुझाउनु पर्यो आफ्ना नेपालमा रहेका साथीहरुलाई। २५/३० लाख रुपियाँ चर्को ब्याजमा लिएर ज्यानै जोखिममा पारी अवैध बाटोबाट अमेरिका आएर त्यो सबै तिर्न अझ कति घोटिनु पर्दो रहेछ भन्ने बुझाउन सक्नुपर्यो। हेर्नुस्, यस्ता काम नेताले गर्दैनन्। उनीहरु हाम्रै टाउकोमा टेकी हामीलाई शासन मात्रै गर्छन्। तपाईँ हामी जस्ता अलि जान्ने सुन्ने भइखाएकाहरुले यस्तो कुरामा अग्रसरता नलिए अझै हजारौँ नेपालीले दुःख पाइरहनेछन्, त्यसरी अमेरिका छिर्न चाहनेहरु कति बाटोमै गुमनाम मृत्यु मरेका छन्, उनीहरुको आत्माले शान्ति पाउनेछ हामीले यो मानव तस्करहरुको सञ्जाललाई आफ्नै चेतनाले अलि कमजोर बनाउन मात्रै सक्यौँ भने पनि।
[साथीहरु, के तपाईँ वा तपाईँका कुनै परिचित पनि यस्तै चोर बाटोबाट अमेरिका पुग्नुभएको छ? तपाईँ पुग्नुभएको भए तपाईँ कसरी पुग्नुभयो, बाटोमा कस्तो दुःख भयो, त्यसको अनुभव वा तपाईँका कोही साथी, परिचित पुगेको भए उनीहरुले सुनाएको अनुभव तल कमेन्टमा बाँड्न सक्नुहुन्छ। आफ्नो नाम, इमेल सार्वजनिक नगरी सब कुरा सुनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी वा [email protected] मा इमेल गरी आफ्नो कुरा राख्न सक्नुहुन्छ। तपाईँको अनुभवले एक जना मात्र मान्छेको लाखौँ रुपियाँ र जीवनको अमूल्य समय बच्यो भने पनि त्यसको ठूलो पुण्य तपाईँले पाउनु हुनेछ।]
कहानिरा पुलिसले पक्रेर ठोक्छा अनि एम्बसी र दुनिया सस्थालाइ गुहार्नु थाल्छा अनि भन्छ कि कसैले हेरेन, नेपाल सरकारले केहि गरेन…..
“गफ दिएर शान नदेखाऔँ”
यो सारै राम्रो कुरा हो/ मैले पनि नेपाल का मान्छे लाई सत्य कुरा गरेको थिए/ तर उल्टो, ठ्याकै उल्टो सम्झ्यो/ आफु चाहि गएर मस्ती गर्ने अनि अरु आउला भनेर यस्तो कुरा गर्यो भनेर हैरान/ उल्टो US मा गए पछि के के सुबिधा पाउँछ , tax छल्न के गर्नु पर्छ, सबै मलाई बिझाउन थाल्यो/ नेपाल का मान्छे हरु लाई झन् बढी थाहा हुने रहेछ खुराफाती काइता हरु/ के गर्ने बिडम्बना/ अनि त मानब तस्कर हरुले दिमाग लगाउने/ यिनीहरुले नेपाल को ठुलै बेइज्झ गर्ने भयो/ यस्तो समाचार धेरै आए पछि सबै नेपाली (चाहे साचै बैज्ञानिक ) लाई पनि त्यसरी नै हेर्छ/
यी मान्छे नेपाल को इज्जत फाल्ने काम मात्रै गरिरछन. भोलि यिनै U S पुगे पछि येही फोरम मा देस मा यो भएन उ भएन भनेर कमेन्ट लेख्ने हुन्छन . आज एउटा साथी को facebook मा पोस्ट देखेथे पोस्ट एस्तो थियो. ” म नेपाल मा जुन काम पैसा लिएर गर्थे त्यो काम अहिले volunteer गर्दै छु .” त्यो पढेर मलाई कस्तो लग्यो भने नेपाल मा हुदा यो देश मा काम छैन भन्ने मान्छे ले विदेश मा गएर volunteer काम गर्दा गर्व महसुस गर्ने ले के देश मै बसेर देश मै volunteer गर्न सकिदैन ?
साथी हो सबै भन्दा जड कुरा सिप हो / या सिपमुलक ज्ञान / पश्चिमी मुलुकमा सबैथोक भए तिनीहरु किन खाडीमा काम गर्न आउथे होलान / १३-१४ पडी रहनु पर्दैन साथि बिदेस नै नगई नहुने मित्रले एउटा सिप राम्ररी सिक्नु होस् खाडीनै काफी छ / अमेरिका जान सजिलै सक्ने तर नजाने मन भाका नेपाली साथी यहि खाडीमै छन / महिनामा ३ लाख सम्म कमाउने नेपाली मैलेनै केहि भेटेको छु / १ लाख कमाउने त असंख्य छन / अमेरिकामा खाएर घर manage गरेर normal ११-१२ पढेर जानेहरुको कति बचत हुन्छ होला अनि झन् २५-३० लाख खर्च गरेर गएका अरे भनेर समाचार हेर्दा साचै भन्नु पर्दा मेरो दिमागले केहि बिस्लेसन नै गर्न सक्दैन /
तपाइँ को आसय ठिक छ तर कुरा अलि मिलेन कि ? मलाई पनि तेती सार्हो थाहा छैन तर खाडी मा १ लाख को काम पाउन त् धेरै experience हुनुपर्छ होला ! झन्डै ९-१० वर्ष कै !
यो मुलुक त्यो मुलुक भन्नु बेरथ हो ….. नेपाल मै राम्रो काम र दाम छ भए तेही राम्रो … तर के गर्नु कस्तो जमाना आयो विदेश नजाने लै दुइ पैसा को गन्दैनन ….बरोजगार (काम गर्न नखोज्ने), कम पढेलेखेका, घुमन्ते जीवन मनपराउने पचिमेहरु हेरन खाडी पुग्नु पर्दैन , नेपाल को ठमेल मै भेटिन्छन … तेसैले कुरो यो देश त्यो देश होइन सिप अनुसार को काम र दाम संगै संतुस्थी र सोत्रन्ताता को हो
२५-३० लाख खर्च गरि, घर परिवारलाई ऋणमा डुबाएर अमेरिका जानु भन्दा ६०-७० हजार खर्च गरि अलिक राम्रो काममा गल्फ आएर महिनामा १ लाखको हाराहारीमा कमाउनु ठिक होइन र ?, गल्फमा खर्च नि तेति धेरै हुदैन, घर परिवारमा केहि भएमा आजको भोलि घर जान नि सकिन्छ, आफ्नु र देशको इज्जत नि फाल्न पर्दैन /
नेपालीहरुमा अमेरिकामा पैसा फल्छ तर गल्फमा बेल्चाको मात्र काम पाउछ भने मानसिकता ले काम गरेको छ, / बेलैमा अलि बुद्दि पुर्याउने हो कि ?
हाल दोहा
हुन त हो साथी तर ४ मध्येका एकजना त गल्फमा नै १० वर्ष काम गरेक रहेछन| उनले चाही किन बुझ्न सकेनछन त गल्फ को महत्व?
अमेरिका जाने मान्छे पनि किन कोस्टा रिका जाने नि सिधै मेक्सिकोको भिसा लगाउनु नि .. हुन त मेक्सिकोको भिसा नपाएर पनि होला है !! तर भन्छन नि धन खर्चने ले बुद्दि खर्चन सक्दैन भनेर शायद तेस्तै भा को होला है , दले लाइ पैसा तिर्नु तिर्नु बरु मेक्सिकोको दले लाइ तिर्नु नि !! म यु यस ए जादा साथीकोमा एउटा मेक्सिकन बस्थ्यो उसको काम नै मेक्सिको बाट बिदेशी अमेरिका छिराउने ,,, मलाइ पनि दले काम गरौ भन्थ्यो तर गरिन शायद गरेको भए आज छुट्टै शान हुने थियो , र मैले नेपाल बाट ५ ,७ जनाको मेक्सिकोको भिसाको लागि तेत्ति मरिहत्ते गर्नु पर्ने थिएन .. जे होस् विदेश छिर्न नेपालीले पाएको दुख बाट म पनि मर्माहित छु !! नेताहरुले देश बनाउन् र नेपालीहरु सुरक्षित भविस्यको लागि दिन रात गेस्ट हाउसमा बसेर दले को बाटो कुर्न नपरोस् .. अग्रिम शुभकामना !!!!
यो व्यथा नेपालीको मात्र होइन बिभिन्न देशका नागरिकका पनि हुन् / Chinese, Burmese, Filipino, Indians का कथाहरु पनि दुख लाग्दा छन् / हिजो मात्र सुनेको हाम्रै एक चेली Texas आइ पुग्दा दुई जीव कि भईछन् / यहाँ सम्म आइपुग्दा कति पल्ट बलात्कार भइन उ आफैलाई थाहा छैन रे / यति हुदा पनि US आउन हिम्मत हार्दैनन मानिसहरु – किन?
केहि दिन अधि एक केटाले ब्रिटेनमा खुकुरी नाचौदा “यी जनजातीहरुले देशको साथै आफ्नो पनि इज्जत गयो” भनेर हो-हल्ला गर्नेहरु “अध्यागन, बिधुत प्राधिकरण आदि बाट भ्रस्टहरु हुल/बथान समातेको तथा माथि ४ जना उच्च कोटीको जातिले कोस्टारिकामा गरेको करामत” पछि आफुहरु पनि चोखो नरहेको चेत आयो होला नि ?
भन्दा खेरि कोहि अछुतो रहेन छ देसको इज्जत फाल्न, अझ तैले भन्दा मैले नराम्रो संग देसको इज्जत फाल्न सक्छु भने जस्तो भयो यो त|
नेताहरुले देस बिगार्यो भन्थ्यो अहिले त सर्वसाधारण पनि त्यहि पन्तिमा…
हरेक कुरा मा जातियता नमिसाउनुस् न मित्र । जुन जाती का भए पनि असल मान्छे असल नै हुन, खराब मान्छे खराब नै हुन । कम्तिमा तपाईं हामी जस्तो मान्छे ले एस्तो कुरा गर्न सुहाउदैन ।मेरो सुझाब : के जाती ले टोक्यो भन्दै मा तेस्लाई टोक्न जान जस्तो कुरा नगरनुस् ।
जातपात नमिसाउ भनेर के गर्ने? जातपात कै कारणले यो सब हुन् गएको हो|
किन अरु जातिलाई, छुटफुट अपवादका रुपमा बाहेक, अध्यागमनमा जागिर दिईदैन?
त्यसको मतलब देशमा प्रजातन्त्र आएको २० बर्ष बढी भैसक्दा पनि र गणतन्त्र आएको छ बर्ष नाघ्दा पनि जनजातिमा पढेलेखेका र योग्य छैनन् भन्ने हो त?
हामी नेपालीको जे मा पनि जातपातको दुर्गन्ध आउँछ| पुर्ख्यौली देश भारत बाटै यो लिएर आएको हो|
जसले जात पातको आधारमा एक क्षत्र राज गरेका र गरि रहन चाहन्छन उनीहरु जात पात नमिसाऊ भन्छन| जो उपेक्षित र सीमान्तकृत भएका छन्, किन एक दुई जातको मात्र राज हो भनेर कराउछन| यो चाडै सकिने झगडा होइन जब सम्म खाईपाई आएकाले बुझ्दैनन्|
लोक सेवा मा नाम निकालौ अनि जागिर खाउ / मैले किन पाइन भनेर उफ्रन पर्दैन/ खोइ त उमा कान्ता झा मधेसी हुन् सचिब भाकै हुन् राम कुमार श्रेष्ठ नेवार हुन् सचिब भाकै हुन् , अरु पनि थुप्रै छन् / पढ्ने बेला गुच्चा खेल्न बल गर्ने अनि अहिले येसो र उसो भन्ने ?
लोर्के
अघिल्लो ब्लगमा (बेलायत मा खुकुरी नचायो….) भद्दा कमेन्ट गर्नेहरुलाई सचेत गरको मात्रै हो नि तपाईले त चित्त दुखाउनु भए छ| किन??
कमेन्ट पढ्दा पनि कुनैत जोक जस्तो लग्छ , नेताहरुले गर्दा निरिह नेपालीले बिदेशिनु परेको रे, ज्यान माया मारेर ,अनि २०, २५ लाख पनि नेताहरुले नै दिएर होला, तेत्रो लगानी गरेर आफ्नै देशमा गरिखाने बुद्धी क्षमता र जाँगर नभएर भनन , १-२ लाख तिरेर श्रमगर्न जानेहरुको चाहिं गरिबी र बाध्यता भन्न मिल्छ
क्रिस जी गज्जब भन्नु भयो …
मलाई पनि मेरा साथी हरु ले नेपालमा केहि गर्न सकिन्न केहि छैन भन्दा सार्हो रिस उठ्छ …. हैन नेपालमा केहि गर्न नै नसकिने हो त? २ करोड नेपाली हरु केहि गर्न नै सकिन्न भनेर केहि नगरी बसेका छन् त? खाने मुखलाई जुंगाले छेक्दैन मेहनेत गर्ने हो भने पनि नेपालमा राम्रै संग जीविकोपार्जन गर्न सकिन्छ !!!
यो हामी नेपाली को मजबुरी हो , देस मा गतिलो नेता नहुनु अनि देस मा बेरोजगार हुनु अनि परिवार को आबसेयकता बढ्नु ……………..
हर कमेन्ट मन नपराउने मित्र हरु पक्कै पनि तेसै गरि USA पुगेको हुनुपर्छ.
अमेरिका जादै मा american life मा बस्न सकिन्छ? मैले त्यहाँनागरिक र ग्रीनकार्ड holder भैसकेका हरुको अवस्था पनि देखेको छु/ वहा भनि झोपडी जस्तो मा बस्चन नेपाल जादा भने धुलिखेल को mountain रिसोर्ट मा गएर beer पिउदै अरु लै स्वाँग दिन्चन/ तेस्तै कारण ले सब नेपाल क मान्छे लै अमेरिका जाने बित्तिकै स्वर्ग जस्तो जिन्दगी हुन्छ भन्ने परेको छ/ यो illegally जाने हरु को त झन् के गति हुन्छ सोच्न पनि सक्दिन म त/ झन् अस्ट्रेलिया का नेपाली त कस्ट तिमुर्केका रहेछन/ वहा पनि FOB जस्ता देखिन्चन फेरी अर्को आपरिचित नेपाली ले बोल्न गयो भने जवाब नि दिदैनन/ सब फेरी नेपाली संग मात्र हिडेका हुन्छन/ कत्ति न कुहिरे भा भे पनि हो भन्नु/
अम्रिका जाने भुत चढेको नेपालमा बस्ने गोर्खे र अमेरिका भासिएर दुख पाको मित्रहरु अम्रिकाने र गोर्खेको गफ:
गोर्खे: हैन हौ मलाइ येसो visa पठाई दे न हौ म पनी तेतै आउनु परो, यो नेपाल बसेर त केहि होला जस्तो छैन / तैंले त आफ्नो भबिस्य बनाई हालिस, हामीलाई पनि येसो हेर / (खाडी रास्ट्र तिर बाट पठाउने visa जसरी पठाई दे न भन्छ गोर्खे)
अम्रिकाने: हैन हौ गोर्खे न हामि संग कुनै ब्यबसाहिक शिप रहेछ न आउंदै ग्रीन कार्ड अनि त् काम पाउनै गारो / तै पनि रात दिन भनसुन खोज खाज गर्दा बल्ल बल्ल हामि जस्ता इलिगलले पाउने इलिगल काममा न पैसा राम्रो हुन्छ तेसमाथि १२/१३ घण्टा काम गर्नु पर्दो रछ / येसरी कमाको पैसाले त खान बस्न पनी पुग्दो रैनछ हौ याहाँ त् / येसरी त आको ऋण कसरि कहिले तिरी सक्नु र कहिले पैसा कमाउनु यार / बरु एता आउनका लागि लाग्ने खर्च र एता घोटिने मेहनतले त परिवारकै छेउ छाउ बसेर तेतै केहि हुन्छ / मैले त गरि हालें गल्ति तिमेरु नगर /
गोर्खे: हैन हौ आएर तेरो भाग खोस्दैनौं त हौ / आफै पाखुरी बजाउँछौं / तँ त्याहाँ छस र पो भनेको / त्यहाँ पुग्ने उपाए मात्रै गर्देन / तँ संग पो गुहार गरेको त /
अम्रिकाने: हैन मैले तेसो भन्न खोजेको हैन, हामीले भोगेको को भनेको / रिफुजी केस पनि तेती चल्न छोडी सके / ग्रीन कार्ड कहिले बनिन्छ टुंगो छैन / ग्रीन कार्ड नबनिउञ्जेल येत्तिकै घोटिनु पर्ने होला / घरको याद आइ रहन्छ, कहिले आइपुगीने हो नेपाल त्यो पनी था छैन /
गोर्खे: अलिक दिमाग लगाउनु पर्छ ग्रीन कार्ड बनाई हालिन्छ नि / तँ येहीं जस्तो सोझो होलास अनि के बनिन्थ्यो नि ग्रीन कार्ड / अलिक सिक्वेन्स लगा सिक्वेन्स /
अम्रिकाने: अम्रिका भनेको पनी तेरै नेपल जस्तो हो नि ? सिक्वेन्स, सोर्स फोर्स लगाएर काम हुने / यहाँ सिस्टम छ भाइ सिस्टम / सबै कुरा सिस्टम भित्र हुन्छ /
गोर्खे: अरु कुरा छोड येसो युनिभर्सिटी, आइ एन जी ओ को कनेक्सन मिलाएर मलाइ स्पोन्सर सिस्पोसर, भिसा सिसा मिलाउन सक्छस कि सक्दैनस त्यो चैं भन न / म आए पछि दुइ भाइ मिलेर धुवाँ उडाई हालिन्छ नि /
अम्रिकाने: आफैं त तेत्रो पैसा दलाललाइ खुवाएर, ७ वोटा देश पार गरेर, हत्केलामा ज्यान राखेर पर्खाल नागेर याहाँ आइ पुगेको छु, अब मैले कहाँबाट भिसा र स्पोन्सर मिलाउँ, सक्ने भए मेरै लागि गर्दिन थिएँ होला ? (मन मनै: आफुलाई भाँडा माझेर फुर्सद छैन, चिन्नु न जान्नुको ठाउँमा कताको युनिभर्सिटी र आइ एन जी ओ खोज्न जानु नि यसका लागि)
गोर्खे: भने पछि तैंले नगर्ने पारा ल्याइस / अम्रिकामा भाको येसो आशा लाग्दो तैं थिस, तैंले पनी केहि नगर्ने भए पछि अब आफैं केहि उपाए गर्नु पर्ला / (भोलि पल्ट बाट २०/३० लाख खाएर कोस्टारिका हुँदै मेक्सिकोबाट पर्खाल नघाएर अम्रिका पुर्याउने दलाल खोज्न थाल्छ)
मैले झन्डै एक वर्ष अगाडी लेखेको लेखको लिंक:
http://www.mysansar.com/2012/09/1454/
सबैको चेत खुले हुन्थ्यो | न देशको बेइज्जत हुन्थ्यो, न आफुले गोता खानु पर्थ्यो न परिवार चिन्ता, संशय र शोकमा डुब्नु पर्थ्यो |
नेपाली जनताको दिमाग भुट्नसक्ने, देशको ढुकुटी लुट्नसक्नेहरु फ्री बोर्डर भएपनि लुकिछिपी भारत छिर्छन. धनहुने पढाई लेखाइ अनि चलाखी हुनेहरु (बुद्दि भए नभए पनि) लुकिछिपी भएपनि जापान अमेरिका छिर्छन. धन अनि पढाईलेखाइ नहुनेहरु र सोझासाझा चाँही मरुभूमिमा भ्याई नभ्याई छ. नेपाली जनता नयाँ नेपालमा रम्ने दिन यसरि पो रहेछ.
कुनै पनि किसिमले विकसित देशको भ्रमणमा जानुहुने व्यक्तिलाइ सम्बन्धित व्यक्तिको परिवार र आफन्तजजनले ल अब तपाईं नफर्किनु, के गरेर हुन्छ त्यतै बस्नु भनेर प्रोत्साहित गर्नु हुदैन.
यो कुरा ठिक हो, म ३ महिना को लागि USA आयको, अहिले ४५ दिन जति छ /
घर तिर फोन गर्ने बेलामा बाहिर मान्छे ले त उतै लुक्नु छ रे दाई, बाबु भनेर भन्छन /
यस्तो नो नि कुरा गर्ने हो भनेर भन्छु /
बसे नाक फुलार नेपाली हो भनेर बस्छु, नभए लुकेर भागेर बस्दिन / भिसा सकिनु अगाडी फर्किने हो भनेर सम्झाउन्छु /
म त कसैलाई aaau भन्दिन! २५ लाख भए नेपालमा बाख्रा पाले नि पैसा कमाउन सकिन्छा! यहाँ धोति को गुलामी गर्नु पर्दैन! बिद्यार्थी भएर आए अथवा दि वि परेर आए, औता कुरा! नत्र अबैद न आउदा राम्रो हुन्छा अमेरिकामा dollar फल्दैन!!
व्यक्तिगत सुखको खोजिमा आफु त हल्लिए हल्लिए, नेपाल र नेपालीको इज्यत सबै हल्लाएर गर्नु गरेछन नि हउ !!
No one can find good job in USA without valid Visa and Social Security Number and illegal people can not have these things. So, life becomes terrible when you plan to live in USA illegally. Of course, its a good place to live in, but things are not as easy as people think from outside.
कुरो त ठिकै हो, तर यसो गर्न अमेरिकाकै कमजोरीले पनि नेपालिहरुलाई उक्साइरहेको छ | अमेरिकालाई भिसा दिन गार्हो हो, refugee स्टाटस दिन गार्हो छैन जस्तो छ | बर्षौ यहाँ लिगल्ली छिरेका बिद्यार्थीलाइ ग्रीन कार्ड बनाउन गार्हो छ | ९९ % नेपाली जो असाइलम हालेर बस्छन, सब नक्कली कागजपत्रको आधारमा पाएका छन्, यो कुरा सबैलाई थाह छ | अमेरिकालाइ यी यति हजार मान्छे आफ्नो देशमा ज्यानको खतरा भएका या लखेटिएकालाइ हामीले शरण दियोउ भनेर तथ्यांक देखाउन हुन्छ | त्यसैले अमेरिका यो कुरामा लचिलो भएको होला | नत्र साथी-भाइ सग सर-सापट गरेर बिद्यार्थीले परिवार बोलाउदा भिसा फ़्रड को आरोप लगाउछ, पुरै नक्कली कागज पेश गरेर घरजम गर्नेलाई गरिबी र बेरोजगार भत्ता दिएर राख्छ |
कम से कम प्राज्ञीक क्षेत्रमा यसरि बिश्वबिद्यालयले बोलाउदा मान्छे हराउने चलन थिएन अब धेरै ठाउमा conference जान पनि भिसा पाउन गारो हुन्छ यस्तै बदमासहरुको कारणले | अहिले कुन जंगलमा राँगा बोक्ने ट्रकमा जस्तै खदिएर आफुले पनि दुख पाउदै छन्, भोलि आउने पुस्ता समेतलाइ हानि पुग्ने गरि नेपालिको बेइज्जत पनि गरेर गए |
यो खबर पढे पछि त मैले त अस्तिको खबर “यु के मा गोर्खाली केटा ले गरेको बदमासी को खबरमा आफ्नै देशका गोर्खाली दाजु भाइ दिदि बहिनि लाइ हेपेर कमेन्ट लेख्नुहुने रमा जी लाइ सम्झे | यु के मा “गोर्खालीहरु ले हामी नेपाली हरु को नै बेइज्जत गरे त्यसिले हामी यु के मा गोर्खाली होइन नेपाली भनेर चिनाउन चाहन्छौ भन्ने उहाको संकुचित विचार लाइ यो कोस्टारिका को समाचारले दरो जवाफ दिएछ |
अब चाही रमा जी ले यु के मा गोराहरुको बीच आफु लाइ के भनेर चिनाउनु हुनेछ कुन्नि |
नविनजी, रमाजीको कमेन्ट र तपाइंको कमेन्टमा धेरै भिन्नता छ | रमाजीले जे देख्नु भयो, भोग्नु भयो, त्यो फ्याक्ट होला र सान्दर्भिक छ; कोस्टारिका जस्तो कैयन मुलुकमा नेपाली मात्रै होइन सयौं देशका मान्छेहरु हराउने गर्छन र त्यो उनीहरुको अमेरिका पस्ने अभियानको एउटा अंश होला; तर यु.के.मा पसी सकेपछिको स्थितिको कुरा हो रमाजीको | रमाजीले यु केमा दुइ चार बर्ष बसीसके पछि हुनु पर्ने, देखिनु पर्ने परिवर्तनको कुरा उठाउनु भएको हो; र अझै पनि स्तिथि नासुध्रियेकोमा गुनासो गर्नु भएको हो र सुझाव पनि दिनु भएको हो; तर तपाइंको कमेन्टमा त्यस्तो केहि नया छैन; यु के भित्रको आन्तरिक समस्या जसले देखेको छ रमाजीको कमेन्टमा २२० जना भन्दा धेरै ले समर्थन दिएकाले पनि तपाइंको काउन्टर कमेन्टको कुनै भ्यालु छैन; आफ्नो आफ्नो देशको आफ्नै ब्यथा र कथा हुन्छ |
ए लौ अब रमाजी र रुद्रजी दुवै ले कोस्टारिकाको घटना पछि हामी नेपाली भनेर गर्बले छाती फ़ुलाउन पाउनु हुने भो | रमाजी लाइ त यु के को पार्कमा नाक कान कोट्याएर बस्ने गोर्खाली दाजुभाइ दिदिबहिनि देखेर लाज भयो रे अब उहाको साथ् साथै रुद्रजी लाइ पनि कोस्टारिका ति चार नेपालीहरुको काम गराईले चाही उहाहरुको राष्ट्रियतामा केहि नराम्रो असर पारेन कि? किन भने नेपाल र नेपालीको नाक काट्ने t(बस्न खान नजान्ने गोर्खाली होइनन नि उनि हरु|
तेत्रो दुख गरेर पनि अमेरिका आई पुगेको भए ठिकै छ | दुख को अर्को अध्याय सुरु हुन्छ |नत्र अंग बेच्ने तस्कर को हात परे किड्नी , आखा ,फोक्सो, मुटु , कलेजो को बिक्रि गर्देला !!
इन्डिया तिर को तस्कर ले भेटे हात ,खुट्टा काटेर बा आखा फुटाएर सडक मा माग्न राख्दिन्छ |
ल है होस् गरम |
प्रिय साथीहरु हो! सरल, शु:खी, र सम्मानजनक समाजमा बच्ने मन कसलाई हुदैन? क्षमता अनुसार आफ्नै देशमा केहि गरौ भन्ने मन सबैको छ, शंका नगरौ ! तर, आफ्नो क्षमता अनुसारको गरीखाने ठाउँ पनि हुनु पर्यो ! नेपालमै नोकरी गरौ, खान पुग्दैन; आफ्नै गाउठाउमा बसौ देशमै युवाशक्तीको खडेरी छ; बाँकी रहेकाहरु सबै मै हुँ भन्ने नेताहरु मात्र छन्; श्वादेशमै उद्योग-धन्दा गरौ, आफ्नै सुरक्ष छैन, आफ्नै मजदुरको हातबाट पिटाई खाइने डर ! यतिसम्म की देश चलाउन म्यान्डेट पाएका सभासदहरु नै आफ्नो पासपोर्ट बिक्री गरेर कालो धन्दा गर्छन ! त्यसैले, यी फोटोमा देखिएका निर्दोष र निराही अनुहारहरुलाई देशको प्रतिष्ठासंग जोडेर तर्क नगरौ, पाप लाग्छ ! नेताहरुले जस्तो यिनीहरुले देश बेचेर जनतालाई धोका दिएका छैनन्, नदि बेचेर राष्ट्रघात गरेका छैनन् ! आफ्नो ज्यानलाई जोखिममा राखेर येत्रो आँट गर्नु भनेको उनीहरुको बाध्यता हो, रहर होइन ! आफू र आफ्नो परिवारको दवित्व बोकेको बेसहाराले आफ्नो उमेर, जोश, जाँगर भएको बेला येतिको आँट पनि नगरे के ६० बर्ष नाघेपछी गर्ने ?
अब त निकै पाको भईएछ, नेपाल र नेपालीलाहरुलाई सम्झदा निराश लगेर आउछ, चारैतिर फटाहहरु मात्र छन् ! ०४६ संगै जन्मिएको मेरो एउटा आफ्नै किसिमको रहर थियो- सबै नेपालीहरुको अनुहारमा गर्बको फोहोरा देख्ने, पुरा नगरी मरिने भइयो !
मान्छेमा चरम असन्तोष को परिणाम हो यो | हामीलाई चाहिन्छ काठमाडौँ मा घर , गाडी, मोटरसाइकल, आइफ़ोन र कोर i 7 कम्पुटर | नेपालमा जागिर गतिलो छैन तर भन्ने बेलामा ये, आइफ़ोन ४ पनि कसले लीइ राख्छ, ५ चाहियो या galaxy ४ चाहियो | पैसाको त मतलबै छैन |
मन हुने हो भने गर्न कति सकिन्छ कति | सधै नेतालाइ मात्र दोष दिने हामीहरु चाही तास खेलेर मात्र बसेर होला जस्तो लाग्दैन | अस्ति मात्रै पढेको नागरिकमा — Teach for Nepal को बारेमा | त्यस्तै गरे कसो होला पढे-लेखेकाले ?
विदेश जाने भने पछि मरिहत्ते गर्ने हामी धेरै नेपालीहरु छौ | कारण देशको दुर्गति र बेरोजगारी नै हो | नेपालमा काम नभएर विदेश गएर अलि अलि पैसा कमाएर आफ्नो र परिवारको भविष्य बनाउनु नराम्रो कुरा होइन तर साम दाम दण्ड भेध लगाएर देशकै बेइज्जत हुनेगरी र भविष्यमा अरुलाई समेत अफ्ठ्यारो पर्नेगरी विदेश जानु चाही राम्रो कुरा होइन | २०, २५ लाख भए नेपालमा नै ब्यबसाय गरेर केही गर्न सकिन्छ | अमेरिका गएपनि नेपालमा बसेपनि खाने त्यहि दाल भात तरकारी हो | अमेरिकामा महिनाको २५ सय डलर कमाई भयो भने १५ सय डलर खान बस्न खर्च हुन्छ | १००० डलर बचत गरे पनि ३० लाख जोगाउन ३० महिना लाग्छ त्यो पनि खैरेले खाको जुठो भाडा माझेर, खैरेको लुगा धोएर, खैरेको घर, शौचालय, बाटो सफा गरेर अनि त्यस्तै परे हब्ब्सिको पिटाई खाएर लुटिएर पिल्सिएर , अनि लुटेराले चलाएको गोली खाएर आदि आदि |
त्यसैले प्लिज प्लिज विदेश जानु भन्दा अगाडी धेरै सोचेर मात्र जाऊ | आफ्नो देश आफ्नो घर बाबा आमा श्रीमतीको र छोरा छोरीको अगाडी बसेर केही गर | यो जीवन एक पटकको लागि हो बारम्बार आउदैन त्यसैले अकालमा ज्यान फाल्न मरिहत्ते नगर |
यसै प्रसङ्ग कुरा हो म मेक्सिको भिसा लिएर घुम्न गएको थिए | सबै विदेशीलाई सजिलै स्टाम्प लगाएर खुरुख्रुरु इन्ट्री दियो र मलाई त नेपालको passport देख्ने बितिक्कै तिमिसंग अमेरिकाको भिसा छ भनेर पो सोध्न थाली | अनि एकछिन पख तिम्रो passport मा स्टाम्प
हान्ने कि नहान्ने भनेर भित्र सोध्न पो गइ बा | १४ घण्टा को दुरी पार गरेर त्यति टाढाको देशमा डलर खर्च गर्न गएको झन्नै फर्काइदिएको | धन्न भाग्य बलियो रहेछ र इन्ट्री दियो | त्यसैले हामीले एउटाले गर्दा अरु धेरैले सास्ती खेप्नु पर्छ त्यसो नगरिदिनु हुन सबैलाइ अनुरोध छ |
तेस्तो तालले अमेरिका आउनेले कुकुर ले नपाउने दुख पाउनछ
पढेर आँखा खुले न हो भन्नु | मोहले अन्धो भएकाहरुलाई अमेरिकाले सम्मोहित गरेको हुन्छ | जसले जे भने पनि पत्याउँदैनन् | भन्छन नि ‘नमरी स्वर्ग देखिन्न’ | तर मरेपछि क्यै गर्न सकिन्न | ढिलो भै सकेको हुन्छ |
तर पनि पोहोर यै माइ संसारमा निस्किएको लेख फेरी दोहोर्याउन चाहन्छु |
http://www.mysansar.com/2012/09/1454/
केटाहरुले कोस्टारिका हल्लाएको चाही हैन बरु कोस्टारिका ले चाही ई केटाहरुलाई नराम्ररी हल्लाईदियेछ
एक जना नेपाली छन् एतै टेक्सास को अस्टिन तिर बस्छन. उ पनि मानब तस्करको दलाल हो. आफु र आफ्नो परिवार पनि तेसै गरि ल्याटिन अमेरिका हुदै USA छिरेका हुन्.
यस्ता घटना ले “एउटा बिराउने, शाखा पिराउने” हुन्छ / साँच्चै अध्यन – अनुसन्धान का लागि जाने साथीहरुलाई पनि अप्ठेरो पार्छ यस्तो घटना ले / केहि दिन अगाडी एउटा पत्रिकामा पढेको थिएँ एक जना दाभोलकर भन्ने भारतीय समाजसुधारकर्मी कोहि पनि मानिसको कमाई भन्दा पनि काम के हो भनेर सोध्थे रे / हाम्रो समाजमा पनि हामीले कमाई लाई भन्दा काम लाई बढी सम्मान दिन थाल्यौं भने हाम्रा साथीहरुमा जसरि पनि पैसा कमाउने भन्दा पनि उत्कृष्ट कार्य गर्ने संस्कार बिकसित हुन सक्छ जसले यस्ता घटनाहरु नदोहोरिन मद्दत गर्न सक्छ /
पक्का हो भने अमेरिकी अध्यग्रमणलाइ खबर गर्दिनोस| यस्तालाई बाकि राख्न हुन्न| मानब तस्करी अमेरिकामा ठुलै अपराधमा पर्छ|
कामकुरो बिगरेउ केटा हो, अरु को बाटो बन्द भो मोरा हो
बिग्रेको देशको भत्केको चाल, जता हेर्यो प्वालै प्वाल । 🙁
अम्रिकामा कमाई मात्र डलरमा हैन खर्च पनि डलरमै त हुन्छ होला नी । जान्नेले यै देशमा ४-५ लाख लगानी गरेर राम्रै ब्यबसाय गरिराछन् । २५-३० लाख खर्च गरेर शरणार्थी बन्न के रहर लाग्या हो यिनेरलाई ।
ए राता मकै …यी ४ जनालाई त नेपालीले नै समातेर भाटे कारबाही गर्नु पर्छ …. यी ४ जनाले गर्दा बिदेशमा बस्ने नेपालीले भबिस्यमा धेरै दुक्ख पाउने छन् … जस्तो अहिले आएर hongkong को visa लिन कस्तो गार्हो पर्छ ….
यो जायज नै हो, अचाल नेपाली हरु विदेश जाने भने पछि जस्तो किसिम को कदम पनि चाल्न खोज्छन लाग्छ कि मानौ विदेश मा स्वर्ग नै हुन्छ. तर के खाएर हुन्थ्यो, कत्ति दुख गर्नु पर्छ हामीलाई नि थाहा छ. please जो कोइ पनि बाहिर जाने सोच बनाउनु भाको छ भने राम्रो संग बुजेर जानेर जानु होला . र आर्को कुरा विदेश मा अति अति अति अत्ति नै दुख छ त्यो कुरा चै ध्यान मा राख्न म अनुरोध गर्दछु
1956 मा established institute रे..no publication रे…अनि मान्यता चाहिँ कहाँको हो पत्तो नै छैन…के पढाउने/रिसर्च गर्ने रैछन् कुन्नि
Faculties मा त यस्तो रैछ 🙂
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since th….
अनि साथीहरुले http://www.nins.edu.np/biodiversity page चाहिँ यताबाट copy paste गरेछन्
http://actionbiodiversity.org/2013/03/economic-value-on-biodiversity/
ramailo cha jindagi …
बैदेशिक रोजगारका सिलसिलामा साल दुई सालमा खाडी मुलुक ओहोर-दोहोर गरिरहने नेपाली श्रमिकहरुको कागजातलाई नक्कली करारनामा दिने अध्यागमन विभागका घुस्या कर्मचारीहरुको कालो कर्तुतको परिणति बाहेक अरु केही होईन यो l मुलुकलाई बदनाम गराउने यस्ता तत्वहरुको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न जरुरी छ l अन्यथा, एक दिन हामी नेपालीहरुको गन्तब्य भारत र भुटानमै सीमित रहने छ l
अमेरीकामा पैसाको रुख हुन्छ भन्ने सुनेको थिएं । म अमेरीका जांदा यौटा पनि रुख देखेन पैसाको, उल्टै नेपाल भन्दा बढि खर्च पो हुंदो रहेछ । म त भागेर आएं त्यहांब्ााट । सबै नेपालीलाई आफ्नै देशमा केही गरौं भन्ने भावनाको बिकास भए राम्रो हुन्थ्यो ।
बहादुर गोर्खे ले देखायो करामत ! देश को इज्जत माटोमा मिलाएर ज्यान जोखिममा पारी डलर को झुटो सपना देख्न २५ औ लाख दाउमा लगाउनु भन्दा त नेपाल मै केहि गरि खानु उत्तम | पटमुर्खहरुलाई कसले उपदेश दिने !
अब त भन्नै पर्ने भयो “सबै नेपाली गोर्खे हैन”
गोर्खा मा बस्ने मानिसलाई गोर्खे भनिन्छ ! बेलायत को पैसा मा अरु लाई मार्न जाने भाडा को टट्टू हरु लाई गुर्खे भनिन्छ ! चेतना भया !
आफ्नो स्वार्थको निमित देशकै इज्जत बिगार्नेलाइ धिकार्ने सब्द पनि छैन/ यो घटनाले अब देखि विदेशको संघ संस्थाको निमन्त्रणा पायर नेपालको प्रतिनिधित्व गर्ने व्यक्ति बा संस्थाले नेपालको सरकारमा अग्रिम सुचना विवरण सहित दिनु पर्ने ब्यबस्था गरे यस्तो देसको इज्जत बिगार्ने प्रयत्न माथि केहि हद सम्म नियन्त्रण होलाकी/
हैन साच्ची कै अंग्रेजी बोल्न नजानेका होलान कि नजानेको जस्तो गरेका होलान मान्छे हेर्दा त अंग्रेजी बोल्नु पर्ने जस्ता देखिन्छन्।सायद दलाल ले नबोल्न सिकायको थियो होला। उनीहरुको मुख्य लक्ष्य नै अमेरिका छिर्ने जस्तो देखिन्छ। अब भिसा लगायारै आयका रहेछन कसैले रोक्ने कुरा पनि भयन तर देशको बेइजत चाही भो जुन दुखद कुरा हो। यो काण्ड पछि सायद अब आइन्दा अरु नेपालीले त्यो देशको बाटो हुदै अमेरिका जान चाही मुस्किल नै होला। हुन् त दलाल हरुले अर्को उपाय गरी हाल्लन नि फेरि। त्यसरी दुख गरि गरि देशको बेइजत गरि गरि लाखौ खर्च गरेर विदेश आउनु भन्दा आफ्नै देशमा केहि गरेर बस्नुस दाजुभाई हो सरकार ले पनि केहि रोजगार मुलक नीति अबिलम्ब गरि यी युवाशक्तिलाइ देश बिकाश र निर्माणमा उपयोग गरे हुने।
कसले नेपाल र नेपालीको बद्नाम गर्दै हिड्दो रहेछ त?!! बालुवामा मुन्टा गाडेर लुक्ने?? हाहाहा| यी अभियुक्तहरुलाई नेपालमा फर्काएर देशद्रोही मुद्दा ठोक्नु पर्छ| थुक्क पातकीहरु|
धिक्कार छ यस्ता नामर्दहरुलाई! गर्नेले त देशमै पौरख गरेर देखाई रहेका छन् नि, बिनासित्तिमा देशको बद्नाम गरेर आफु पनि दुख पाउने काम गर्ने यी पटमुर्खहरुलाई नेपालमा पनि सामाजिक बहिस्कार गर्नु पर्छ! यस्ता अनेक गलत तत्वहरुले देशको नाम बिकाएर, शरणार्थी बनेर र अबैधानिक काम गरेर नै आज विदेश जादा नेपाली पासपोर्टमा बढी चेक हुन् थालेको हो.
कुलंगारहरु,
पुरै academic career मा लाग्नेलाई अप्ठेरो पर्ने भो /
भोलि खोही NAST बाट नै जान्छु भने नि हम्मे हम्मे पर्ने भो /
भेटिय भने २ जुनी उहिको जेलमा हाल्नु /
नेपाली जनताको दिमाग भुट्नसक्ने, देशको ढुकुटी लुट्नसक्नेहरु फ्री बोर्डर भएपनि लुकिछिपी भारत छिर्छन. धनहुने पढाई लेखाइ अनि चलाखी हुनेहरु (बुद्दि भए नभए पनि) लुकिछिपी भएपनि जापान अमेरिका छिर्छन. धन अनि पढाईलेखाइ नहुनेहरु र सोझासाझा चाँही त्यहि टन्टलापुर मरुभूमिमा भ्याई नभ्याई छ. नयाँ नेपालको आधुनिक रितिथिति हो यो.