कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा लगाएर कानुनी रुपमै अमेरिका छिर्छन्, नसक्नेहरुलाई लाखौँलाख रुपियाँ लिएर मानव तस्करहरुको समूहले विभिन्न देशको जोखिमपूर्ण यात्रा गर्दै अमेरिका छिराउने वाचा गर्छन्। त्यही अवैध बाटोबाट अमेरिका छिर्ने सञ्जालको बाटोमा पर्छ कोस्टा रिका। माथिको फोटो आठ जना नेपालीको हो। केही हप्ताअगाडि त्यहाँको पब्लिक सेक्युरिटी मिनिस्ट्रीले सार्वजनिक गरेको हो यो फोटो। कोस्टा रिकाबाट निकारागुआ पुर्याउन लागेका बेला त्यहाँको पुलिसले उनीहरुलाई लैजाने दुई आफ्नै देशका मानव तस्करसहित नियन्त्रणमा लिएको थियो। ती नेपालीहरु को हुन्, कहाँका हुन्, अहिले उनीहरुको अवस्था के छ ? कोस्टा रिकामै छन् कि नेपाल फर्किए ? केही हप्ताअघिदेखि उनीहरुको स्थिति बुझ्न खोजे पनि प्रयास सफल हुन सकेन।
एउटा कुरा भने प्रष्ट छ- उनीहरु ऋण गरी वा घरखेत धितोमा राखी २५/३० लाख रुपियाँसम्म दलाललाई बुझाई डलर कमाउने मिठो सप