Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ न के सुन्नुपर्‍यो नि – बेलायतका लागि पूर्व राजदूत नै रेफ्युजी बनेर पो बसेका रैछन्

Posted on August 24, 2013August 24, 2013 by Salokya

sharma विदेशका विभिन्न देशमा नक्कली शरणार्थी बन्नेहरुलाई खुसीको खबर- तपाईँहरुको नेतृत्व अब उच्च पदस्थ कर्मचारीले गर्दैछन्। बेलायतका लागि नेपालका पूर्व राजदूत मुरारीराज शर्मा अहिले बेलायतमा राजनीतिक शरणार्थीको हैसियतमा छन्। त्यही उल्लेख भएको बेलायती पासपोर्टसमेत उनले लिइसकेको दि हिमालयन टाइम्सले खुलासा गरेको छ। एक्सक्लुसिभ न्युजमा टिएचटि लेख्छ– नेपाल फर्केपछि आफ्नो ज्यानमा खतरा हुन्छ भन्ने दावी गरेर उनले शरणार्थी बन्न निवेदन दिएका हुन्। विदेशमा अधिकांश नेपालीले पनि गर्ने त्यस्तै हो। पत्रिकाले शर्मालाई यसबारे सोध्दा यस्तो जवाफ दिएछन्- “म कुनै राजनीतिक वा सार्वजनिक पदमा छैन। त्यसैले म इल्लिगल्ली बसेँ कि रेफ्युजी भएर बसेँ, कसैलाई चासोको विषय हैन।”

आम्मै नि, के भन्या त्यस्तो! जुन देशको राजदूत भएको त्यही देशमा रेफ्युजी बन्दा किन चासो हुँदैन? हुन्छ नि पक्कै हुन्छ चासो।

हामीलाई देशको बदनाम गरी देशको बारेमा जथाभावी भनी देशको कृत्रिम दानवी अनुहार देखाई गलत रुपमा रेफ्युजी क्लेम गर्ने सर्वसाधारणको बारेमा त चासो हुन्छ भने त्यत्रो ठूलो पदमा बसिसकेका मानिसले गरेको कुरामा चासो हुन्न ? बेलायतजस्तो देशको राजदूतमात्र हैन संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधिसमेत भइसकेका व्यक्तिले नभएको दावी गरेर रेफ्युजी बन्दा सर्वसाधारणलाई किन चासो हुँदैन?

गिरिजाप्रसाद कोइरालाको सरकारले सन् २००८ को फेब्रुअरीमा राजदूत नियुक्त गरेका शर्मालाई कुटनीतिक मान्यता उल्लङ्घन गरेको आरोपमा तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले बर्खास्त गरेका थिए। यादवका अनुसार परराष्ट्र मन्त्रीमार्फत् गर्नुपर्ने कुरा उनले सीधै प्रधानमन्त्रीमार्फत् गर्थे। यसरी आफूलाई बर्खास्त गरिएपछि उनले आफू राजदूत बनेकै देशमा शरणार्थी बन्ने आवेदन दिए। त्यसका लागि उनले अरु नेपालीले जस्तो के कस्ता नक्कली कागजातहरु पेश गरे होलान् कुन्नि।

बेलायत पनि साह्रै उदार नि फेरि। विकिलिक्सका संस्थापक जुलियन असान्जजस्तो व्यक्तिलाई शरण दिने कुरा त गर्नै हुँदैन। त्यसैले असान्ज अहिले बेलायतमै रहेको इक्वेडरको दूतावासभित्र शरण लिएर बसेको एक वर्ष भइसक्यो। इक्वेडरले राजनीतिक शरण दिएको व्यक्तिलाई उसको देशसम्म जान नदिने मात्रै हैन, दूतावासबाहिर निस्कने बित्तिकै पक्रेर सुपुर्दगी गर्ने अमेरिकी इशारामा चलिरहेको छ बेलायत।

हाम्रो देशको पूर्व राजदूत नै रेफ्युजी बन्दा भने साँच्चै उनलाई स्वेदशमा ज्यानको खतरा छ कि छैन भन्ने छानबिन गर्नै पर्दैन रहेछ बेलायतलाई। क्या हाइसन्चो।

यसले विदेशमा रेफ्युजी बन्न निवेदन दिएर बसेकाहरुलाई भने फाइदै हुनेछ। जुन देशका पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका पूर्व स्थायी प्रतिनिधि त रेफ्युजी बन्नुपर्ने गरी असुरक्षित हुन्छन् भने सर्वसाधारणको अवस्था के होला ?

सम्बन्धित ब्लग
गृहयुद्ध औपचारिक रुपमा समाप्त भए पनि नेपाली शरणार्थी घटेका छैनन्, बरु बढेकोबढ्यै छन्

79 thoughts on “लौ न के सुन्नुपर्‍यो नि – बेलायतका लागि पूर्व राजदूत नै रेफ्युजी बनेर पो बसेका रैछन्”

  1. बिजय says:
    August 28, 2013 at 8:24 am

    नेपालि नागरिता त्यागेर ‘ग्रीनकार्ड’ र पि आर लियका हरू र लीन कोसिस गरी रहेकाहरु ले देशको चिन्ता गरेको देखाउन खोज्नु पाखण्ड हो। आफ्नो उर्जाशील समय र उमेर छउन्जेल बिदेश मा रंगिन जिबन बिताउने। देश को लागि सिन्को नभाच्ने । अनि बुडेसकाल मा मर्न र मलामि पाउन तथा मर्ने बेलामा विदेशीले चिहान नदिदा मात्रै नेपाल सम्झिएर नेपाल मा आाउन खोज्ने जति लाइ सबै नेपालि ले गतिलो बैचारिक प्रहार गर्नु पर्दछ।
    बिदेश मा गर्इ ज्ञान र सिप सिकेर फर्किने र केहि समय काम गरि नेपाल मा रेमिटेन्स भित्राउन को लागि परदेश मा दुख गरिरहनु भएका दाजुभाइ तथा दिदि बहिनि लाइ मेरो सलाम छ ।.

    Reply
  2. Prem Tamang says:
    August 28, 2013 at 2:03 am

    हाम्रो देश नेपाल एस्त ठुलो पदमा भएको मान्छे हरु देश पनि लूटने र त्यो लुटेको धन बोकेर सके सम्म युरोप तिर नसके इंडिया सम्म भएपनि सरनार्थी हुन्छन,तेसैले गर्दा नेपाल झन् झन् गरिब भएको हो.

    Reply
  3. gunjan says:
    August 27, 2013 at 12:52 am

    स्वदेश / बिदेशमा बुद्दिजिवि हरु मध्ये एक,
    देशकै राम्रो प्रतिनिधि भनेर कह्ल्याउने मध्य समेत एक
    मा गनिने / चिनिने ! उफ्फ़
    धिक्कार छ ! येस्ता नामर्द हरुले गर्दा आज प्राय: बिदेशी मुलुकमा हामी लाई हेर्ने त्यो सम्मान औ आदरको दृष्टिमा हरेक दिन ह्रास आई रहेको छ !
    एन आर एन लाई दोहोरो नागरिकता दिन हुन्न भन्ने पनि लाग्छ कैले कहिँ!
    अन्यथा तिनै झोले कुखुरा चोरहरुको हाली मुहाली हुन्छ !

    Reply
  4. M. Kayastha says:
    August 26, 2013 at 7:27 pm

    जे गरेपनि हुदो रहेछ यहाँ । नेपालमा यसरि अरु देशबाट रेफुजी भनेर आएका मानिशहरुको पनि कमि छैन । विशाको पैसा नलाग्ने र कुनै किसिमको छानबिन नहुने हुदा नेपालमा यसरि आउनेको संख्या बढी भएको हुन सक्छ । नेपालमै पनि मासिक पाँच हजार रुपिया, निसुल्क सिक्च्या र स्वास्थ्य परिक्चनको सुविधा भने प्रदान गरिदो रहेछ । बिकसित देशमा बसाई सरै र त्यहाँ पाइने सुविधा को प्रलोभनका कारण धेरै मानिशहरु आफ्नो देशमा बस्न असुरक्चित भएको र आफु माथि हमला भएको भन्दै कुनै नेपाल जस्तो तेस्रो मुलुकमा बस्नु बाध्य भएको भनेर गुनासो गर्दै बिकसित देशको विशाको अप्पेअल गर्दा रहेछन । आफ्नो देशमा हमलाको उजुरी दिएको हुनुपर्ने भए पनि हमलाको कुनै पनि ठोस प्रमाण भने चाहिदैन रहेछ ।
    यस्ता विभिन्न मनसाय र फार्जी कागजात बोकेर आएका मनिषहरुका कारण अपराधको संख्या भने चाही पक्कै बढ्ने छ । यसरि रेफुजीको पहिचान बोकेपछि उम्कन पौने भए पछि त झन् क्या मज्जा ।

    तर राजदूत जस्तो माननीय पध सम्हालिसकेका नेपालकै नागरिकले पनि यसरि देशको इज्जत बेचेर बेलायत हुइकेको सुन्दाचाही यो अब जो कोहिले पनि गर्ने र गर्न मिल्नेझैँ लग्यो । सर्व साधारणबाट एस्तो भएको भए पनि त्यति अचम्म लाग्दो हुने थिएन होला ।

    Reply
  5. bhanu dai says:
    August 26, 2013 at 3:19 pm

    Murrari Raj Sharma is a disgrace. The best way to embarrass him is to compile a well written story and send it to British tabloids like Daily Mail, the Sun, Daily Express etc and get them published. Send photos, documents and evidences, details of his public service career. British public are fed up of asylum seekers and dodgy Asylum seekers like Sharma, and the tabloids would make great stories out of his shameless refuge in the already congested island. Let everyone in the streets see Murari Sharma’s real face.

    Reply
  6. Jeevan Thapa says:
    August 26, 2013 at 10:46 am

    यति ठुलो पदको जिम्मेबारी सम्हाली सकेको मान्छे ले एस्तो काम गर्नु हुन्थेन … विदेश नै बस्न मन भए नि कहिले नेपाल कहिले विदेश बसेको भए भैहाल्थ्यो …. यिनलाई विदेश जानु भनेको सर्ब साधारण लाइ जस्तो गार्हो पनि त हुन्थेन….
    मान्छे को मति बिग्रे पछि दिमागले पनि विचार पुर्याएर सोच्न छाडिदिन्छ …

    Reply
  7. cRIS says:
    August 26, 2013 at 8:43 am

    मुलुकको गद्दार, देशद्रोहीहरु को हुन्?? भन्ने खुल्दुली थियो|
    यी यसरी, आफ्नो अनुहारहरु पुलुत्त-पुलुत्त निकाल्न थालेछन!

    गद्दार|

    (अब यी र यी जस्ता गद्दारहरुलाई सरकारले कसरी तह लगाउँदा रहेछन हेर्न बाँकी छ| गद्दार जोगाउने झन् माहा गद्दार दरिने छन| चेत भया)

    Reply
  8. shree basanta says:
    August 26, 2013 at 2:59 am

    गिरिजाकै पालामा सबै ठुला पदमा पुग्ने व्यक्ति हुन् उनि | गिरिजा पछि अरुले ओहो मुरारीजी तपाई जस्तो मान्छेलाई मर्का पर्यो भनेर फेरी राजदूत दिनु पर्ने त्यो पनि दिएनन् | गिरिजाको देश उनैलाई सुम्पेर आफु शरणार्थी बनेका होलान | तर कस्तो बेलायत छात्रवृत्तिमा गएकालाइ त फर्काउँछ येस्तालाई घोक्रे ठ्याक लाएर देश निकाला गर्नु पर्नेमा शरणार्थी विसा दिने ? राम्रै उदाहरण दिए मुरारिजीले नेपाली राजदूतको | बेलायेतमा भएका नेपालीले सामाजिक बहिस्कार गर्ने त छँदै छ अब सरकाले सजाय स्वरूप उनको नेपालको घर जग्गा सरकारीकरण गर्नु पर्ने होइन यदि बाँकी राखेका छन भने ?

    Reply
  9. सुमन says:
    August 25, 2013 at 7:35 pm

    यस्तालाई राजनैतिक मात्र होइन सामाजिक बहिष्कार गरिन पर्छ|
    लाज शरम पचाएर अहिले सम्म नेपाल सरकारको पेन्सन हसुरी रहेको भए बन्द गरिदिन कारण देखाऊ जारी गरिन पर्छ|
    उसलाई के को ज्यानको खतरा? बाबुरामले भत्काउन्दै गरेको घरहरुबाट ईंट उछिटिएर उनको गाडीमा लागेर ज्यान खतरा कि काठमान्डौको फोहोर मैलाले हैजा भएर ज्यान खतरा?
    आफ्नो व्यक्तिगत र पारिवारिक स्थिति जे सुकै होस्, राजदुत जस्तो गरिमामय पदमा भएको व्यक्तिले रेफ्युजी भएर जुन देशमा वहालवाला राजदुत भएको छ त्यही नै शरण माग्न पर्ने स्थिति थिएन| देशलाई सबै तिरबाट चुस्न सम्म चुस्यो अनि झिंगा जस्तो फालिदियो| संसार भर को कुइया कुँडो कसिंगर भ्रष्ट सबैले बेलायतमा आश्रय पाउने किन हो? त्यस्ता धेरैको गतिला बैंक एकाउन्ट बेलायत मै हुँदो हो वा नभए पनि कुनै सुचना उपलब्धि हुँदो हो? ब्यापार गर्ने बेलायतले के खाएर देखाउन मात्र पुरै क्यालकुलेसन नगरी शरण दिन्छन होला त्?
    हरे मुरारी! माइ रिपब्क्लिकामा ठुला ठुला कुरा लेख्नेको यस्तो चाल!!

    Reply
  10. Resham says:
    August 25, 2013 at 3:26 pm

    हामी नेपाली ले त यस्ता कुराहरु सुन्न केहि नौलो कुरो भयन कति ठुला बडा हरुनै बिदेशमा पी आर लियर नेपालमा ठुलै ओहदा मा जागिर रहेछन , अरु त अरु सेनाका कर्नेल जस्ता पनि बेलायत का पी आर वाला भयको सुनियो , पैसाको लागि जेपनि गर्नेभय यिनीहरुले.

    Reply
  11. Sisir says:
    August 25, 2013 at 11:58 am

    राष्ट्रिय कलंक,
    यिनले नेपाल सरकारको पेंसिन चाही लिदा रहेछन कि नलिदा रहेछन ? एस्तो मामलामा त नेपाल सरकारले पनि बेलायेत सरकारलाई सहि सूचना दिएर हस्तछेप गर्नु पर्छ .. राजदुत जस्तो मान्छेबाट यो त अलि अतिनै भयो.

    Reply
  12. Mohan Subba says:
    August 25, 2013 at 10:44 am

    बुद्धिमा धमिरा परेको यी राजदुत अर्को जन्ममा पनि बेलायतमै जन्मियोस,शुभकामना छ!पुन: नेपालमै जन्मियो भने त फेरि अर्को बितन्डा मचाउनु बेर छैन/

    Reply
  13. Bijaya says:
    August 25, 2013 at 10:42 am

    राजनैतिक नेतृत्वको सहारा लिएर ठुलो पदमा पुगेकाहरुबाट यो भन्दा बढी के आश गर्नु! यिनी त एउटा उदाहरण मात्र भए जताततै यस्तैको हालीमुहाली त छ नि नेपालमा!

    Reply
  14. Desh Bandhu Sharm says:
    August 25, 2013 at 8:58 am

    आफु जस्तै कुटनैतिक पदमा बहाली रहेको एउटा व्यक्ति एउटा अन्तर्राष्ट्रिय सस्थाको उच्च पदमा पुग्दा मुरारी राजले त्यसको खास कुनै योग्यता भएर पाएको होइन, त्यो त भाग्यले साथ दिएर पाएको हो, त्यो भन्दा बढी योग्य त मै थिएँ भन्ने आशयको लेख नेपालबाट प्रकाशित हुने एउटा राष्ट्रिय पत्रिकामा छापेको थियो | आज मुरारी राजलाई सोध्न मन लाग्छ जुन देशले तिमीलाई तेत्रो पदमा पुर्यायो , जुन देशको नून खाएउ त्यसै देशको बदनामी गरेर बिदेशमा झुटो शरणार्थी बनेर बस्न सक्ने तिम्रो के नै योग्यता रहेछ त ?

    Reply
  15. Ash dusty says:
    August 25, 2013 at 6:14 am

    एउटा छुट्टै द्रिष्टिकोण,
    नेपालको सबैभन्दा विद्वान र वरिष्ठमा पर्छन होला अमेरिका, वेलायत तथा अन्य युरोपीय मुलुकका राजदूतहरू । उनिहरुमा शायदै कुनै भ्रष्टाचार तथा देशद्रोहको अारोप थियो होला । ति देशका निधिहरुलाई एउटा रत्ति दूरदर्शिता नभएको, धुशखोर, राष्ट्रधाति र अशिक्षित नेताद्वारा पदच्युत गरिएका त्यो पनि कारण देशको हितको कुरा प्र.म. सँग गर्दा अाफुलाई कमिसन खाने चान्स कम देखि र आफ्नो खोक्रो आडम्बर प्रदर्शण का लागु । अनि रिस जम्मै शर्मामाथि, तर चोर नेताको करतुत र शर्मामाथिको गिरेको व्यवहार मा कसैको बिचार छैन । वाह मेरा नेपाली दाजुभाई ।

    Reply
    1. lorke says:
      August 25, 2013 at 9:19 am

      जागिर गयो भन्दै मा शरणार्थी बन्न पाइने अनि बेलायेती पासपोर्ट लिन पाइने भए ल म नि मेरो भएको जागिर छोड्ने भए / तर्क पनि मिल्ने पो गर्नु पर्छ/ कुतर्क नगरौना मित्र /

      लोर्के

      Reply
    2. Nara Sharma says:
      August 25, 2013 at 10:42 am

      बिपी कोइराला को जागिर गएपनि पासपोर्ट कहिले त्यागेनन, राजाले फाँसी लाउछ भन्दा पनि नेपाल गए. अहिले बीपीका अनुयायी यस्ता छन् ..

      Reply
    3. neerose says:
      August 25, 2013 at 3:06 pm

      तेस्तो थियो वा आफूमाथि अन्याय भयको थियो आफु सत्य र सहि थियो त नेपाल जनतामाझ जानु पर्ने नेताहरुको कर्तुत र भ्रमको पर्दा च्यातेर जनतालाई उनीहरुको असलियत देखाइदिनुपर्ने! आफ्नो सत्यताको लागि लड्नुपर्ने पो थियो होइन र?

      Reply
    4. Sandesh says:
      August 27, 2013 at 1:55 am

      म यो कुरामा आशजी को साथ दिन्छु! त्यो पदमा गएर हेर्नुस र सामाजिक मर्यादा, अनि कामको फल, काम गर्दा असिक्षित नेताकोऔंलामा नाच्नु पर्ने स्थिति, देश फर्केपछि अपराहरणको, ज्यान मार्ने धम्कि सुन्नु पर्ने, बाल बच्चाको बेहाल गराई दिने धम्कि सुन्नु पर्ने, अनि त्यो ओहोदामा बिगतमा जे भएर सेवा गरेको भए पनि राज्यले सुरक्षा दिन नसक्ने देखेर दुरदर्शी विद्वान व्यक्तिले त्यस्तो कदम छानेका हुन्, सजिलो त अबस्य भएन होला, तर त्यसले हाम्रो देशको सुरक्षा अनि नीति नियमको धज्जी उडाउछ अन्तररास्ट्रिय क्षेत्रमा!. यश खण्डन गर्न सक्ने मेरो क्षमता छैन, त्यसैले मेरो कुनै प्रतिक्रिया छैन!

      Reply
  16. madan bajracharya says:
    August 25, 2013 at 5:51 am

    देसको राजदुत जस्तो पदमा बसेको व्यक्ति सत्ताको प्रतिनिधिकै रुपमा रहन्छ बिदेशमा/ उसलाई पद मुक्त गरेको कारण कुनै राजनैतिक थियन मात्र उसले आफ्नो पदीय मर्यादा अनुरुप काम नगरेको भन्ने थियो/ उसलाई बेलाइत्को राजदुत नियुक्त गर्ने तत्कालिन सरकार ले ब्रिटिश सरकारको अनुमोदन पायको थियो र उसलाई राजदुत पद बात खारेज गर्ने सरकारले पनि ब्रिटिश सरकारको अनुमोदन पायाकै थियो र अहिलेको सरकारले पनि ब्रिटिश सरकारको अनुमोदन पायाकै छ/ शरणार्थी भिसा खोज्नेले आफुलाई आफ्नो देसको सरकारको बिरोधि भयको प्रमाणित गर्नु पर्छ/ के कस्तो आधार देखायर उसले आफुलाई बिस्व समुदायले अनुमोदन गरेको नेपालको सरकार र व्यबस्थाको बिरोधि भयको आधार पेस गरेको थियो तेसैको आधारमा उसलाई नेपाल फर्कायर दण्डित गर्नु पर्छ/ छोटोमा भन्ने हो भने यो व्यक्ति नेपालको निमित गद्दार भने केहि फरक हुँदैन/

    Reply
  17. ram says:
    August 25, 2013 at 4:54 am

    नेपालका तुच्छ या उच्च पद ओगट्ने ओगट्ने कर्मचारीहरुले देसमा मात्र नभएर बिदेसमा पनि नेपाल र नेपली को बदनाम गरे र येसरिनै बदनाम हुने क्रम रोकिने छैन, सायद अब कर्मचारीका नायक मुख्य सचिब ज्यु ले एक्सन लिने time आयोकी ? black list गर्ने अनि नेपाल छिर्ने बित्तिकै एरपोर्ट बाट सिधै हनुमानढोका मा लगेर कारबाही चलाउने र अन्य सेवारत लाई पनि निश्चित सिमा मा रहेर कम गर्ने नियम बसाउने कि कसो

    Reply
  18. Dipendra Maharjan says:
    August 25, 2013 at 3:23 am

    मान्छेहरुमा लाज सरम र नैतिकता भन्ने केहि पनि रहेन.

    Reply
  19. शशांक लामा says:
    August 25, 2013 at 3:19 am

    गरिब नेपालीले तिरेको करमाथि तर मारुन्जेल चाहिँ खुबै देशभक्ति देखाई टोपलेको थियो मुरारीले ! तर मार्न नपाउनासाथ नेपाल आमाले मलाइ अठ्याउन्छिन भनेर शरणार्थी बनेर गोराको पाउमा लम्पसार परे| नमकहरामीको यो पराकाष्ठ हो| सरकारी हण्डि बेस्मारी दन्काएका हुनाले उनको बिशेष चर्चा भएका हुन| देश र विदेश जताततै दुख पाएका अन्य नेपाली शरणार्थिहरु पनि बिदेशमा बग्रेल्ती छन् | तिनको कुरा चलायो भने आँखामा आँसु मात्र आउँछ |

    Reply
    1. Limbu HarataraH (Kent, England) says:
      August 28, 2013 at 5:09 pm

      मुरारिको छवि र हविगत कति रैछ ‘शशांक’ जी’ले भने झैँ देखाएछ/ दुनिया यहाँ दिनरात हातमुखको लडाईमा, उ भने रेफ्युजी बनेर बेलायत मै? त्यो व्यक्तिगत स्वार्थ र पदीय हैकमवादको फाइदा चकाब मात्रमा भनेको कामै गरेछ! हुन पनि कसरि लाटो हुन्थ्यो राजदुत भएर नि..! १,२ पछि एन आर एन, के संघ, के ग्रुप भन्दै लाटो देशमा गाड़ो तन्नेरी हुने भो.

      Reply
  20. Keshav Bhattarai says:
    August 25, 2013 at 2:55 am

    When this man was working as a Nepalese Ambassador to the UK and Ireland, we invited him to attend the Nepalese New Year Party in Dublin. But he talked very roughly on the phone (not like a diplomat) and flatly refused to attend the NY programme. It appears that he was prepared to applying as a refugee in the UK and not bothered to fulfil his duty as an Ambassador. Shame to such diplomat………!

    Reply
  21. Biswash says:
    August 25, 2013 at 2:17 am

    बाख्रा चराउने केटोलाई बाघले झम्टन आएको कथा जस्तो दुरुपयोग भयो भने सांचिकै पीडित ले पनि कुनै सहयोग र सुबिधा नपाउने हुन्छ भन्ने कुरा त बुझ्नु पर्यो नि शर्मा जी |

    Reply
  22. Hillman Myagdi says:
    August 25, 2013 at 1:24 am

    सरकारी अहोदा र राज्यको सम्पत्तिको दुरुपयोग गरेर बेलायत छिर्ने, अनि अनेकौं प्रपन्च रचेर नेपाल नफर्कनेमा प्राय नेपालको सरकारी कर्मचारी, सेना, प्रहरी, डक्टर, नर्स र विद्यार्थीहरु छन्| बेलायतमा नेपाल भू. पु. प्रहरी संघ, नेपाली डाक्टर संघ, नेपाली नर्स संघ जस्ता संगठनहरु खोलिनुले यही प्रमाणित गर्छ|

    कतिपय तालिम सके पछि नेपाल फर्कनु पर्ने भएतापनि नफ़र्कियेर बेलायतमै दक्ष कामदारका रुपमा काम गर्दा गर्दै आवाशीय अनुमती पाएर बसेका छन्| यिनीहरुले न त सरकारी अहोदा बाट राजीनामा नै गरेका छन् न त राज्यले यिनीहरुमाथी गरेको लगानी नै फिर्ता गरेका छन्| राज्य कानमा तेलहालेर बसेको छ|

    यी बाहेक अरु सबै या त राज्यलाई विपक्षी बनाएर वा माओबादीलाई देखाएर राजनैतिक शरणार्थी भएर बेलायती राहदानी लिएर बसेका छन्| कती सम्म भने सक्कली भुटानी नेपालको शरणार्थी शविरमा, तर भुटानीको नाउँमा नेपालीहरु बेलायतमा छ्याप्छयाप्ती छन्| तर वास्तविकता के हो भने अपवाद बाहेक सबै नेपालीहरु आर्थिक शरणार्थी हुन्| कमाउन आएका हुन्|

    सबै भन्दा दुख लाग्दो के भने शरणार्थी आवेदन दिने बेला हदै सम्म गिरेर राज्य वा विपक्षीलाई दोष दिएर आवेदन पेश गर्ने, अनी बेलायती राहदानी पाएपछि एन. आर.एन. भएर हामी नेपालको हित चाहन्छौं, हामीलाई दोहोरो नागरिकता चाहियो भनेर दोहोरो नागरिकताको वकालत गर्ने दोहोरो चरित्र भएकाहरु पनी प्रसस्त छन् बेलायतमा|

    यसर्थ मुरारी शर्मा लगायत जतीपनी राज्यसंग सरोकार भएका हरुलाई कारवाही गर्ने काम राज्यको हो| मुलुकको राजदूत जस्तो अहोदामा पुगेको व्यक्ति अर्को मुलुकमा शरणार्थी हुनु र राज्य बाट कुनै सोधखोज नहुनु भनेको अती लज्जासप्द कुरो हो|

    Reply
    1. rajan says:
      August 25, 2013 at 4:33 am

      बिश्वभरि नै नेपाली रेफुजी हरुले नेपालको बदनाम गर्ने भए अमेरिका क्यानाडा यूरोप अस्ट्रेलिया सबैतिर भिकारी र बदनामी रेफुजीले गर्दा बैधानिक रुपले पी आर पाएर जानेलाई पनि लाज लाग्दो हुने भो

      Reply
  23. sanu maya says:
    August 25, 2013 at 12:59 am

    होइन पछी यिनै मुरारी होइनन यु एन को साधारण सभाको लागि अध्यक्षमा प्रत्यासी भएका नेपालको तर्फ़ बाट ? के रेफ्युजी भै भै प्रत्यासी भएका थिए कि क्या हो ? पछि शायद नेपाल कतार संग हारेको हो क्यार सो पदमा ! क्या हो मुरारीजी यो त अति भो बा ! अहिले सिटिजनस बैंकको अध्यक्ष उहा नै होइन ?
    जान्ने बुझ्ने ले सच्याई दिनुस है ! हग्नेलाइ भन्दा देख्नेलाइ लाज भनेको यहि रहेछ !

    Reply
  24. Rosha P. says:
    August 25, 2013 at 12:53 am

    “नेपाल फर्केपछि आफ्नो ज्यानमा खतरा हुन्छ भन्ने दावी गरेर उनले शरणार्थी बन्न निवेदन दिएका हुन्।”

    भनेसी मुरारी बाजे नेपाल मा दशैं मा टिका टालो गर्न नि आउनु हुने भएन, हैन त?

    Reply
  25. Biraj Subedi, Fougeres, France. says:
    August 24, 2013 at 11:40 pm

    बाहिर बिदेशमा बस्नको लागि शरणार्थीनै बन्न पर्दैन, आफ्नै ब्यापार ब्येबसाय गरेर बस्न सकिन्छ/ होइन तेस्तो महामहिम जस्तो मान्छे को बुद्दि कस्तो ???? अझ “म कुनै राजनीतिक वा सार्वजनिक पदमा छैन। त्यसैले म इल्लिगल्ली बसेँ कि रेफ्युजी भएर बसेँ, कसैलाई चासोको विषय हैन।” भन्न कत्ति पनि लाज नभएको ………

    Reply
  26. Rosha P. says:
    August 24, 2013 at 11:23 pm

    मुरारी बाजे ले पण्डित्याइ गरेर रिपब्लिका मा आर्टिकल लेख्ने क्रम मा अर्को एउटा आर्टिकल पढ्न तयार हुनु होस्: “कसरि नेपाल सरकारको उच्च ओहोदामा पुग्ने अनि तेस्पछि नेपाल आमा लाइ कसरि लात हान्ने – लेखक मुरारी बाजे शर्मा”

    Reply
  27. Lalit Narayan says:
    August 24, 2013 at 11:15 pm

    पदमा हुँदा जनताको पसिनाको कमाइ लुट्नु लुट्यो, पदच्युत भयेसिन सरणार्थी बनेर देशकै इज्जत माथि दाग लगायो l थुइक्क कपुत l

    Reply
  28. गगने says:
    August 24, 2013 at 10:51 pm

    यो व्यक्तिलाई नेपाल प्रवेश गर्न, भ्रमण गर्न आजीवन पुर्ण प्रतिबन्ध लगाउनु पर्छ भन्छु मा त्!
    एउटा देशको राजदुत जस्तो उच्च ओहदामा रहेको व्यक्तिले त हाम्रो देशमा तेस्तो कुनै समस्या छैन भन्ने शान्तिको शन्देश प्रवाहित गर्नुपर्ने ठाउमा झन् जुन देशमा राजदुत भै आयको छ सोहि देशमा राजदुतबाट हट्न पाछैना शरणार्थी बन्नु (त्यो पनि सोह्रै आना झुठको सहारामा) त त्यो भंछानी हिन्दीमा “नामक हराम” र बन्गालादेशिले भन्ने “मादर चुत” त्यो भन्दापनि निंच र कमिना पन हो भन्छु म!
    यसले त त्यो देश र यो देश दुवै देशमा झुठ र भ्रम दियर अनैतिक अनि असामाजिक अनागरिक अक्षम्य अपराध गरेको छ!
    बरु बेलायत बस्ने मन भय राजदुत बाट हटेपछि देश फरिकियर पुन: हाइलि स्किल माइग्रेसन वा वोर्क परमिटमा आयको भय हुन्थ्यो! एउटा राजदुत जस्तो मान्छेले देशको अन्तरास्ट्रिय बेइज्जति गर्ने गरि झुठको सहारामा असाइलम गरि बस्नु भनेको अक्षम्य अपराध हो!
    यो बेलायति नागरिकता लियर नेपाल घुम्न आउला! यसलाई आजीवन नेपाल प्रवेश मा प्रतिबन्ध लगाउनु पर्दछ!

    Reply
  29. Manoj Sigdel says:
    August 24, 2013 at 10:34 pm

    अचम्म लाग्छ के मुरारीले मात्रै त्यस्तो गरेका छन् र , खोज्दै जाने हो भने हजारौं नेपाली भेटिनछन्/ यहाँ मैले कमेन्ट गर्ने refugee नै देख्दैछु जसले refuge लाई नै सरापी राखेको आफु होइन भन्ने देखाएर अनि आफु चाहिं बिदेशी सरकारले योग्य ठानी मनोनित गरेर नेपाल बाट झिकाए झैँ गरेर/

    के refugee को मात्रै कुरा गर्नु कति नेपाली साच्चै ने ग्रीन कार्ड अथवा PR पाएर आएका छन् बिदेशमा? त्यहि नाना भाँती नाटक गरेर आएका हैनन्? नक्कली बैंक क़ा कागज देखि नभएका सम्पति मुल्यांकन गरेर/ Illegal काम गरेर, नेपालमा जागिर हुँदाहुँदै सरकार ठगेर PR apply गरेर, पढ्ने नाटकमा आएर अनि सिधै काम गरेर, Social welfare खाएर, गरिब र बेरोजगारलाई दिने food बैंक बाट फूड ल्याएर खाएर, under the table काम गरि हुँदै नभएको कागज बनाई सरकार ठगेर skill training लिई भत्ता समेत कुम्ल्याएर, कतिपनि पढाई र अनुभब हुँदै नभएको मान्छे IT Specialist को रुपले नेपालमै काम गरिराखेको भनेर IT training क़ा नाममा नाटकी training लिई ग्रीन कार्ड लिएर बसेर, काला, काली र रुप नै नभएको केटा र केटि संग नक्कली बिहे गरेर कागज हात लगाएर, दलाल लगाएर pilot को training लाई भनेर under SLC र सो सरहका हैसिएत भएका आएर सिधै धोति को gas स्टेशन र भान्सामा काम गर्न पुगेकाका हरु ले अहिले धाक दिन सुहाउन्छ?

    Reply
    1. Raman Karki says:
      August 24, 2013 at 11:22 pm

      मनोज जी, तपाइंको कमेन्ट राम्रो लाग्यो, सत्य कुरा खुलस्त…..तर एउटा कुरा म पनि थपी दिउँ कि ! तपाइंले भने जस्तो ११ मिलियनले अमेरिकामा त्यस्तो गरेकाहरु रैछन, बेलायतमा झन् कति कति, इन्डियन, पाकिस्तानी, बंगलादेशी, ब्राजिलियन, फिलिपिनो, चाइनिज, इरानी, इराकी, अफगानी, तामिल, श्रीलंकाली, माल्दिवियन, गनेर साध्य छैन | सबैले गर्ने नै त्यहि हो, अनि नेपाली झन् के कम ? युरोप र अमेरिका अनि आस्ट्रेलिया जस्ता देशहरु हैरान भएका छन्…के गर्ने…जत्ति दुलो टाले पनि कुनै न कुनै दुलाबाट छिरी हाल्दा रैछन | यो विद्या र कला सिक्ने र सिकाउनेको कमी रैनछ हाम्रो नेपालमा पनि | राजदूत महोदयले त सिकिसक्नु भएको विद्या अरुले त किन नासिक्नु |

      Reply
    2. Him says:
      August 25, 2013 at 10:07 am

      यँहा राजदुतको कुरो छ मित्र जो राजनैतिक नेताको भर्याङ्ग टेकेर परराष्ट्र सचिव समेत भएका थिए र नेपालको युएन मा प्रतिनिधि समेत| खाइइन्जेल देश, खान नपाए पछि भांडमे जाए गर्नुहुन्छ? यस्ताले यु के संगको सम्बन्धमा आफ्नो स्वार्थ पुरा गर्न के कस्ता व्यवहार गरे र सुचना प्रवाह गरे वा अमर्यादाहीन काम गरे सो खोजी गरेर सजाय दिनपर्छ|
      बान कि मुन नेपाल आउने बेलामा आउँन हुँदैन बाबुराम सरकार भनेको माओवादी हो भनेर उनलाई नेपाल आउँन रोकनमा कुलचन्द्र गौतम र कनक दीक्षित सफल भए| खोइ आफ्नै देशको राजदुत जसले यु एन मा समेत प्रतिनिधि थिए र बेलायतमा राजदुत भएर पनि रेफ्युजी स्टेटस क्लेम गरेर बसे –उनका बारेमा बोलेको?

      Reply
  30. Anil says:
    August 24, 2013 at 10:32 pm

    Honesty is the precious gift. You can’t expect it from the cheap people.

    Reply
    1. Narendra Sharma says:
      August 25, 2013 at 12:29 am

      अनिल जी, आहा कति राम्रो कोट. तर तपाइँ ले ‘यो वारेन बफेट को कोटेसन हो’ भन्ने कुरो नलेखेर आफु मुरारी बाजे जस्तै dishonest र cheap भएको पनि सिद्ध गर्नु भयो.

      Reply
  31. मधेसी says:
    August 24, 2013 at 10:32 pm

    मुरारी राज शर्मा ले शर्म पचायेरा पहाड़िया को जात देखायो। लन्दन का हाल तो नीमन बा, भैया ? और भाबी, बल-बच्चा के पढाई तो ठीक चल रहा हैना। जय नेपाल

    Reply
    1. Bayan says:
      August 25, 2013 at 12:22 am

      फेरी पहाडिया र मधेसीको कुरा झिक्यो बाबै यो मधेशीले त्/ होइन जेमा पनि जातियता जोड्ने भन्या/ पायो भने पहाडिया होस् वा मधेसी अथवा जनजाती कुनैले पनि बाँकि राख्दैनन्/

      Reply
  32. rakesh says:
    August 24, 2013 at 10:18 pm

    हेल्लो बाजे ,
    आफुलाई धेरै नै नेपाल मा खतरा भएको भए पोर्तुगल आउनुस ,येहाँ uk मा जस्तो कमाई त होइन्न तर येहाँ को residency का लागि केहि criteria पुर्याएर form submit गर्दा भैहल्च्चा.! uk मा जस्तो देश को नाम बेचेर सरनार्थी बन्नु पर्दैन मुरारी बाजे !
    सम्पर्क ००३५१ २१६ २१छैन
    ऑल द बेस्ट
    जे गणेश
    rks
    लिस्बोन

    Reply
  33. Bishnu says:
    August 24, 2013 at 10:16 pm

    होइन देस को मर्यादा माथि येत्रो खेलबाड गर्न सक्ने लाई कुनै कारबाही गर्ने कानुन नै छैन त ,

    Reply
  34. Ashok khadka says:
    August 24, 2013 at 9:56 pm

    राम्रो काम चैं पक्कै गरया हैन राजदुत भैसक्या मान्छेले । तर केगर्नु सिङ्गो देश नै शरणार्थी बनाईसके नालायक कथित नेताहरुले । अरु सामान्य मान्छेहरुले बिदेशमा शरणार्थी बनें भनेर हल्ला गर्नु, गाली गर्नु बेकारै हुनें भो ! राजदूतको त यो अबस्था छ भने अन्य सर्बसाधरणको अबस्था के हेला सहजै अनुमान लगाउन सकिन्छ ।

    Reply
  35. Aayush says:
    August 24, 2013 at 9:54 pm

    मर्द का ७ वटी स्वास्नी ………………………..मस्ती भनेको गर्नु पर्छ , हामी नेपाली यसै सुकुम्बासी उसै सुकुम्बासी जति ठुलो भएपनि के को लाज.. हो त सुकुम्बासी ( देश त्यसै बदनाम भएको छ र यिनै मुरारी जस्ता फटाहा टपरे हरु ले गर्दा त हो नि )

    Reply
  36. राजु says:
    August 24, 2013 at 9:53 pm

    जयहोस !!!
    उहिले ने.बि.संघ मा उमेश जंग रायमाझी भन्ने जुझारु बिद्यार्थी नेता थिए (गगन का गुरु), पार्टीले ने बि संघ माथि गरेको कुनै हस्तक्षेप को बिषयमा (सभापति भट्टराई लाइ) चौचेस्कु शैली भन्दै गिरिजा लाइ (बिदेशीको इसारामा चल्ने अर्थमा ) युरोप अमेरिकाले PR दिने हो भने देशमा लाटा लंगडा र अनपढ मात्र रहने छन भनदिएथे(तेही काण्डले बूढाहरुको बक्र दृस्टी पर्दा उमेश थला पर्यो ) | त्यहि पो याद आयो |

    Reply
  37. राम चन्द्र says:
    August 24, 2013 at 9:14 pm

    तेसै होत बेलायत को दुताबास बेच्न लागेको यस्ता त छन नेपाल र नेपाली को भाग्य सुदार्ने राज दुत महोदय । मर्ने बेला मा पनि न यता न उता को भएर मर्ने भो ।

    Reply
  38. K.S. says:
    August 24, 2013 at 8:58 pm

    यो भन्दा निच र राष्ट्रघाती ब्यक्ति देश र नेपालीको लागि अरु केहि पनि हुन सक्दैन, अर्को कुरा यो राष्ट्र शेबकको नाममा कलङ्क पनि हो, जसले नेपाल र नेपाली जनता ले तिरेको करबाट रात दिन, तलब खाने, सचिब, पररास्ट्र सचिब, नेपाल देशको राजदुत हुँदै यु यान को स्थाई प्रतिनिधि बनेर देशको आर्थिक र भौतिक सारा सुबिधा लिने अनि अबकास हुने बेला देशको नाममा गालि गरेर सरनार्थी लिने लाइ नेपाल बेइजेत गर्ने चोर लाइ तुरुन्त कारवाही गर्नु पर्छ. नेपाल सरकारले कालो सुची मा राखेर सर सुबिधा पेन्सन जफत गरि तुरुन्त नेपाल झिकाएर जेल हाल्नु पर्छ, नत्र भोलि देखि यी चार पार्टी सिन्डिकेटले राजनीतक भाग बन्डामा देशको पररास्ट्र नीतिनै गुमाउने अवस्था आउछ

    त्यसैले छिटो भन्दा छिटो नेपाल सरकाले यस्ता काएर, राष्ट्रघाती, देश र जनताको रगत र पसिना बाट तिरेको कर बाट लिएको सारा सुबिधा कटौती गरि बेलाएत सरकार संग राष्ट्र घाती सरकारी कर्मचारी को सुची मा राखेर नेपाल ल्याई जेल हाल्ने काम गर्नु पर्छ.

    अन्यथा आउने दिनमा नेपाल र नेपाली को अस्तित्यो नै सरनार्थी को रुपमा बेल्जियम देखि अमेरिका सम्म सरकारी कर्मचारीको लामो लिस्ट को फेहेरिस्ता बन्नेछ,

    Reply
  39. manish says:
    August 24, 2013 at 8:25 pm

    ज्ञानेन्द्र शाह त छाती फुलाएर गाउ गाउ हिडेका छन् त्यो मुसा मुरारी लै चै ज्यान को पिर रे Nepal मा ..भास्ताचार टन्न गरेको होला अनि नेपाल बस्न डर भाको होला |

    Reply
  40. Anil Thapa says:
    August 24, 2013 at 8:20 pm

    Well Done मुरारी दाई, सक्नेले गर्ने त हो यी ब्लगे हरु कराउदैमा के होला र हाम्रो Canada मा पनि रिस गर्नेहरु छन् तर केहि हुन्न काग कराउदै गर्छ

    Reply
    1. Rosha P. says:
      August 24, 2013 at 10:33 pm

      एन.आर.एन. क्यानाडा को नया सभापति अनिल थापा? थुइक्क.

      थापा ले महामहिम श. (यानेकि शरणार्थी) मुरारी बाजे बेलायत मा रेफ्युजी बसेको मा गर्ब गरेको होला.

      थापाको सभापतित्वको सुरुवात भर्खरै कसरि भयो त क्यानाडा (बिशेष गरि वेंकुवर) बस्ने नेपाली हरु लाइ थाहा भै सकेको छ. बिरामी मान्छे (डा. हरि देउजा) अस्पताल मा हुँदा हुँदै बिति सक्यो भनेर समबेदना प्रकट गर्ने नालायक सभापति.

      थुइक्क मुराजी बजे, थुइक्क अनिल थापा.

      मुरारी राज बाजे शर्मा, बसी रन्छ बेलायती घरमा, भातै नखाई, नेपाल नफर्किने सुरमा.

      Reply
    2. गगने says:
      August 24, 2013 at 10:33 pm

      आफु पनि तेस्तै होलाक्यारे तिमरको क्यानेडा तिर अनि समर्थन त गर्ने पर्यो नि एकै गोत्रको भयासी! कि कसो?

      Reply
  41. बासु says:
    August 24, 2013 at 8:11 pm

    When asked why he had taken a step that would embarrass Nepal, he said, “I was kicked out in a humiliating manner. Had I been recalled respectfully, I would have reciprocated in a similar vein. It is my compulsion.” Interestingly, he said he would return to Nepal as soon as his wife’s heart surgery was over in a London hospital next month.-THT

    यो मान्छे कतिसम्मको नकच्चरो र नीच प्रवृत्तिको रहेछ भन्ने कुरा माथिको भनाइले पुष्टि गर्छ | जुन देशबाट खतरा छ भनेर शरणार्थी भयो, त्यै देशको बेइज्जती गर्यो, त्यै देशलाई घृणा पोख्यो त्यै देशमा स्वास्नीको अप्रेसनपछि आउंछु रे | छ्या, कस्तो बेलामा जन्माएछन यसलाई यसको बाउ आमाले |

    Reply
  42. Indra Dulal says:
    August 24, 2013 at 8:02 pm

    देश को नाम लाइ बदनाम बनायर यसले आफ़ोनो फाइदा लिने लाइ कडा सामाजिक बहेस्कार गर्नु पर्छ बेलायतमा बस्ने नेपाली हरुली यसलाई यकोलो बनाउनु पर्छ कुनै सामाजिक काम यसलाई सहवागी नगरौ यसलाई देखने बेतिके यक थुक थुकिरा हिडौ ल मेरो तफबाट यक थुक

    Reply
  43. RAJKUMAR says:
    August 24, 2013 at 7:30 pm

    नेपाल मा देश द्रोह को अभियोग र बेलायेतमा फर्जी कागजपत्र पेश गरेर शरणार्थी भई बसेको अभियोग लागएर एस्लाई खोर मा जक्नै पर्छ | यो देश को कलंक लै मेटौना सरकार ले यथासिघ्र प्रकिया थाल्नु पर्छ |

    Reply
  44. पारंगत राई says:
    August 24, 2013 at 7:26 pm

    खोजी गर्ने हो भने राष्ट्रसेवक भनिने नेपालका धेरै निजामती अधिकृतहरु विदेशी स्थायी बासिन्दा भेटिने छन्।

    Reply
  45. ashok says:
    August 24, 2013 at 6:21 pm

    हुन त हामी सबै स्वार्थी हुन्छन नै, तर मुरारीराज शर्मा जस्ता स्वार्थी ब्यक्ती चाही आजसम्म मैले देखेकै छैन- उनी एक नम्बरको घमन्डी, चाकडी गर्नमा खप्पिस, र आफ्नो स्वार्थको लागी जस्तो पनि रुप धारण गर्न सक्ने मान्छे हुन् ! ज्ञानेन्द्रको पालामा पछाडीको ढोकाबाट आते-जाते गर्नेहरु मध्ये यिनी एक नम्बरमा पर्थे ! बेलायतमा राजदुत हुदा कार्पेट काण्डमा कता नाम पढे जस्तो लाग्छ ! फेरी बेलायतमा उनी शरणार्थी बनेछन? शिक्षित बर्गको लहरमा कलंक !

    Reply
  46. Deepak G.C. says:
    August 24, 2013 at 6:03 pm

    मलाइ लग्छ यिनले बेलायती सरकार बाट भत्ता र नेपाल सरकार बाट पेन्सन खान्छन होला | अर्को देसको नागरिक वा शरणार्थी भएपछि नेपालको पेन्सन तुरुन्त बन्द गराउनु पर्छ | यस्तै पाजीहरुले बिदेशमा नेपालीको इज्जत धुलोमा मिलाएका छन् |

    Reply
  47. Rant Thapa Magar says:
    August 24, 2013 at 5:20 pm

    uk मा एकचोटी refugee मा दर्ता गरिसकेपछि तेस्लाई प्रक्रिया पुराइकन कारबाही हुंछा र येस्ता हजारौको संख्यामा छन्, सायेद शर्मा ज्यु को पालो आउदै छ होला, diplomat नै परे येथेस्ट कागज पेश गरे होलान, मानवाधिकार हकको जन्मदाता राष्ट्र पर्यो समय लाग्ला !!
    तरै पनि तेस्तो ओहोदामा पुगेका व्यक्तिले यसरि सत छोडन नहुने हो !!!

    Reply
  48. kedar says:
    August 24, 2013 at 4:53 pm

    यो बिकसित पश्चिमी रास्ट्रहरुको द्वैध नीति र द्वैध चरित्रको ज्वलन्त उदाहरण हो / मुरारीराज शर्मा ले देशले दिएको पद मान सम्मान र प्रतिष्ठा टुकुचामा बैतरणी गरेर भौतिक सुख सुविधाका लागी जात फाली नै हाले, तर येसो बिचार गरौँ त :

    नेपाल तेस्तो देश हो जसको पहिलो कुटनैतिक सम्बन्ध ब्रिटेन संगै भएको हो, केहि समय अघि सम्म नेपाललाइ सबै भन्दा बढी सहायोग गर्ने र हालसम्म पनि धेरै सहयोग गर्ने रास्ट्रहरुमा पर्छ ब्रिटेन, नेपालको हरेक राजनैतिक गतिविधिमा देखिने गरि नै निरन्तर चासो दिने रास्ट्र हो ब्रिटेन, अनि तेस्तो ब्रिटेनलाई नेपालको पुर्ब पररास्ट्र सचिब र उसकै देशमा राजदुत भएर गएको मान्छेको बारेमा केहि थाहा छैन होला र ? सरणार्थीको लागि प्रयाश गर्ने सर्ब साधारणको त् नाली बेली कोट्याएर निकाल्न सक्ने ब्रिटेनलाई घाम झैं छर्लंग मुरारीराज शर्माको नेपालमा के स्थिती छ, तेस्लाई साच्चिकै समस्या छ कि छैन, भौतिक सुविधाकै लागि सरणार्थी हुन् खोजेको हो कि ? थाहा हुँदैन होला र ? जति कुहिएका भए पनी Any how Educated लाइ भित्रयाउ नीति हो सबै पश्चिमी रास्ट्रहरु जस्तै ब्रिटेनको पनी /

    Reply
  49. chandra says:
    August 24, 2013 at 4:27 pm

    कस्तो एक रत्ति पनि इमान, इज्जित र प्रेस्टिज नभएको मान्छे रहेछ यो मुरारी राज शर्मा भन्ने जन्तु थुइक्क!!! कति स्वार्थी र बेइज्जति रहेछ? यो जन्तुले देस र समाजको घोर अपमान र बेइज्जति गर्यो ! बेलायतमा बस्ने नेपाली हरु please please यो स्वार्थी जन्तुलाई सामाजिक बहिस्कार गर्नु पर्यो!

    Reply
    1. Abhishek™ says:
      August 26, 2013 at 11:56 pm

      के बहिस्कार हान्नु यो पाजीलाई, कहाँ ‘डेक्ची’ हान्दैछ होला सोल्टी ले! 😀 😀

      Reply
  50. Nilima says:
    August 24, 2013 at 4:24 pm

    मलाई कुनै अचम्म लागेन / येस्ता मान्छे हरु नै हो नेपाल मा ठुलो पद मा पुग्ने/
    इनिहरु आफूभन्दा शक्तिसाली को चाकडी गर्छन, अनि निर्धो लाई हेप्छन/
    इनिहरु अत्यन्तै अवसर बादी हुन्छन / आफ्नो स्वार्थ नै इनिहरु को लागि सर्बोपरि हुन्छा/
    इनिहरु मा नैतिकता, मूल्य मान्यता र सरम भन्ने चिज केहि हुदैन/

    अनि हामी मुर्ख भेडा जनता इनिहरुलाई फुल माला लगाएर इनिहरु को जय जय कार गर्न सधै तत्पर रहन्छौ/ कुनै पार्टी वा कार्यक्रम मा इनिहरु जस्ता लाई उच्च सम्मान दिएर stage मा चीफ guest बनाउछौ/
    हामी जस्तो छौ हाम्रा नेता नेस्तई छन् , आखिर हामीहरुले नै त बनाएका हौ तिनीहरुलाई/

    Reply
  51. madan bajracharya says:
    August 24, 2013 at 4:04 pm

    नेपालको सरकारले चाहे कुटनैतिक पहल गरेर रास्ट्रको गद्दार मुरारी लाइ नेपालमा ल्यायर राम्रै सिट बजाउन सक्छ/ तेस्ले आफुलाई पद मुक्त गरे लगतै बेलायतको शरणार्थी भिसा पाउन नेपाल माथि के कस्तो आरोप लगायको थियो त्यो असत्य भयको नेपालको सरकारले प्रामाणित गरे उ माथि ब्रिटिश सरकारलाइ झुठो विवरण दियको आरोप पनि लाग्ने हुन्छ जसको निमित उ ब्रिटिश सरकारको निमित शरणार्थी भिसा पाउन नसक्ने अपराधि सावित हुन्छ/ अनि नेपालको इज्जत बिगारेको आरोपमा उसलाई नेपालमा पनि कारुवाही गर्न सकिने हुन्छ/

    Reply
  52. द्रोण says:
    August 24, 2013 at 3:50 pm

    बर्खास्त गरिनुलाई कारण बनाएर बसेका हुन् सक्छन , तेस्लाई अपमानजनक सम्झेर के फर्किनु भन्ने पो सोचेकी ?
    राजदुत कुनै बपौति पद त् होइन सधै आफ्नो हुने |

    Reply
  53. हर्क बहादुर says:
    August 24, 2013 at 3:40 pm

    मैले सुने सम्म त्यो बेल्जियमको lueven भन्ने ठाँउमा करिब ५ देखी १० हजार नेपाली छन रे ,त्यहाँ त्यति बिधार्थीहरु पढ्न गएको सुनिदैन र कुनै pr लिने ब्यबस्था भएको पनि सुनिदैन त्यतो मानिस त्यहाँ कसरी बसी रहेका छन आफै बुझन सकिन्छ। अमेरिकामा पनि भुटानी शरणार्थीलाई नेपाली नै भनिने गरेको पनि सुनेकै हो यसले नेपाली अनुहारलाई जहाँ गए पनि शरणार्थी भन ठान्ने अवस्था आउन सक्छ।

    Reply
  54. Roman says:
    August 24, 2013 at 3:38 pm

    पैसाको लागी केहि मानिसहरु आफ्नो इमान, देश र आमालाई बेच्न पछि पर्दैनन्। धिक्कार छ तिमीहरु जस्ता नालायकहरुलाई।

    Reply
  55. Raman Karki says:
    August 24, 2013 at 3:25 pm

    यूकेको Home Office का हाकिमहरुलाई शायद थाहा भएन कि उनि कुनै बेलाका डिप्लोम्याट (राजदूत) थिए भनेर किन कि उनीहरुले कागज मात्र हेर्ने हो | त्यो कर्नेल लामाजी लाइ फसाउने दिदी कता गैछन ? त्यसरी नै शर्माजीको भण्डाफोर गरेर अर्को मुद्दा बेलायती कोर्टमा हाले त उनको रिफ्युजी स्ट्याटस बदर गरेर उनलाई सयपत्रीको माला लगाएर नेपाल डिपोर्ट गरिदिन्थ्यो नि, यो दसैंमा शर्माजी कम से कम आफ्नो नेपालको घरमा बा आमाको हात को टिका त लगाउन पाउंथे | तर त्यो दिदी परिन मावोवादी पक्ष कि, शर्माजी परेछन कांग्रेसी | उपेन्द्र यादवजी, यहि मौका हो तपाइंले बेलायतलाइ भनिदिने मुरारीराजको हुन् र तपाइंले किन उनलाई स्याक गर्नु भो | खिलराज रेग्मी जी, तपाइंको पनि आफ्नो मान्छे मुररीजी होइनन भने बेलायती राजदूतलाई सिंहदरबारमा डाकेर भन्नु पर्यो नेपालमा कुनै रेफ्युजी हुने लायकका मान्छे नै छैनन् कसरि राजदूत जस्तो मान्छे लायकका भए ? गएको १५ वर्षमा नेपालमा कुनै किसिमको जनयुद्ध वा राजनैतिक खूनी संघर्ष भएकै छैन, कोहि पनि विस्थापित भएकै छैनन् | शर्माजिलाई लन्डनको राम्रै हावा लागेको रैछ, बार बी क्यु कसरि बिर्सनु, होइन त शरणार्थी बाजे !

    Reply
  56. Bishwaraj says:
    August 24, 2013 at 2:53 pm

    यी काट्टो खाने जातले देशको बेईजजत गरे र देश र जनताको यो हालत बनाउने पनी यी काट्टो खानेहरु नै हुन्- लु जा-

    Reply
    1. AryaN says:
      August 24, 2013 at 11:21 pm

      जातमा नै जानुपर्छ र विश्व जी ? कामलाई राम्रो र नराम्रो भन्न सिक्नुष, हामी सबै नेपाली हो भन्ने बुझ्नुस पहिले |

      Reply
    2. Suraj Pratap says:
      August 25, 2013 at 6:05 am

      सहि कुरो हो बिस्वो राज जी, यी बाजेहरूले आत्मालोचना गरुन आफैले अब, कर्मचारी तन्त्र राजनीति व्यापार आदि इत्यादी सबै क्षेत्र जहाँ यी बाजेहरुको हालीमुहाली छ, सब येस्तै धुर्त कर्म गरि धोस्त बनाई सके, नेपाल नै बेच्न सक्ने हरु हुन् यिनीहरु, बिस्लेशन गरुन घाम जस्तै सबै छर्लंग छ

      Reply
  57. रमण says:
    August 24, 2013 at 2:02 pm

    मुरारी बाजेले देशको बेइज्जत गरे| फिर्ता बोलाउँदा खुरुक्क आएको भए भैहाल्थ्यो| परराष्ट्र सचिव समेत भैसकेको व्यक्ति किन यस्तरी खुईलिएको? खालि व्यक्तिगत फायदा मात्र हेरेर यी बाजेहरुले देशलाई स्वाहा पारे|
    यस्तो हुन् पर्यो र त्यस्तो हुनपर्यो भनेर लेख मात्र लेखेर के गर्ने जब व्यक्तिगत रुपमा यति स्खलित भैसकेको छ| यस्ताले अरु के के गरिसकेको होला खोज्न जरुरी छ|

    Reply
  58. bibek says:
    August 24, 2013 at 2:00 pm

    काँग्रेस को पालामा राजदुत भएको बेक्तिलाई भू पु माओबादी नेता मन्त्रि भएको बेलामा बर्खास्त गरिनु नै भू पु राजदूत को लागि सुनौलो मौका हुन पुगो refugee visa lodge गर्नको लागि, येस्तै मौकाको सदुपयोग गर्न जान्ने भएकैले होला राजदूत जस्तो गरिमामय पद हुत्तौना सफल भएका, तर मुरारीराज जस्ता मक्खिचुस बेक्तिलाई के थाहा के हो देस्भाक्ति अनि के हो इज्जत भन्ने कुरा,

    Reply
  59. Chandra says:
    August 24, 2013 at 1:34 pm

    थुइक्क लाज पचेको नकचरो एस्त त छन् देशका कर्मचारी हरु अनि के हुदो हो बिकाश सबै जना आफ्नै स्वार्थमा मस्त आफ्नै

    Reply
  60. sandhya says:
    August 24, 2013 at 1:21 pm

    सरकारी सेवा गरि पदिय हैसियत बनाएका तेस्ता व्यक्तिहरुको पहिचान गरि नेपाल सरकारले सम्बन्धित देशहरुलाई पत्राचार गरि देश फिर्ताको लागि पहल गर्नु पर्छ ! यी पनि एक प्रकारको देश को धमिरा नै हुन्, राष्ट्रको बेइजत गर्नेहरुलाई नेपाल फिर्ता भए पछि कारवाही हुनु पर्छ

    Reply
  61. पुष्प says:
    August 24, 2013 at 12:57 pm

    देशमा भाँडभैलो थियो, त्यसका लागि जनताले युद्धमात्र व्यहोरेनन्, ज्यानसमेत गुमाए/गुमाउनुपर्यो । तर ती सबै दु:खलाई बिसाएर देशले दिशा लेला कि भनेर जनता अझै पनि भाँडभैलो सहेरै बसेका छन् । तर हुँदाखाँदाका मान्छेहरूसमेत व्यक्तिगत फाइदाका लागि देशको बिग्रिएको अनुहारमा कालो पोतेर कुरुप देखाउनुजस्तो दुर्भाग्य अरु के हुनसक्छ ?

    Reply
    1. Limbu HarataraH (Kent, England) says:
      August 28, 2013 at 5:16 pm

      भनेर साध्यै छैन, पदिय स्वार्थको लागि ठाउं-ठाउंमा ठिक्क बनाएको र चिनेको. त्यति मात्रै र हामी बाजेकै पालामा बेचिएको, मारिएको, दू:ख खेपियेकोले स्थायी बस्न सजिलो छैन ! उ भने दुनियाका समस्या मिलाउन छोडेर आफ्नो दुनो सोझ्याउने, चलाखको पनि चलाख, कतिसम्म गिरेर बस्न सकेको..!

      Reply
  62. vim limbu says:
    August 24, 2013 at 5:31 am

    लौ मैले के सुन्नु पर्‍यो भन्दा नि लौ न त्यो बेलायतको राज्दुत हुँदाखेरी स्कोट्ल्यान्ड आउँदा त्यो सँग खिचिको फोटो मैले कहाँ लुकाउने अब ? त्यस्ले त मलाई फसाधै पार्ने भो नि ।हैन नेपाल सर्कारले नि कस्तो कस्तो राज्दुत पठाउने गर्छ-कोही मरेको ब्याक्तिको बिमाको पैसानै झ्याप पार्दिने,कोही किताब चोरी दिने,त कोही यसरि सरणार्थी भएर बसिदिने,नेपाली भनेर बाच्न दिने भएन यी फटाहाहरुको जमातले ।

    Reply
    1. Aakar Bhushan Nepali says:
      August 27, 2013 at 9:35 am

      त्यो फोटोलाई केहि गर्नु पर्दैन vim जी, मज्जाले सजाएर राख्नु होला | उहाँ फेरि कि बेलायतको होइन भने नेपालकै तर्फबाट चाडै ठुलै पदभार सम्हालेर आएको देख्नु, सुन्नु पर्नेछ| पौरखी मान्छे हो, पौरख देखाउन धेरै लाग्दैन !!!!!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme