Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्कूलमै छात्रा असुरक्षित, भाइस प्रिन्सिपल प्रहरी हिरासतमा

Posted on August 22, 2013August 23, 2013 by Salokya

i-can-t-stop-it-stop-child-abuse-31299494-500-440 ज्ञान बाँड्ने पवित्र जिम्मेवारी बोकेका गुरुले स्कूलमै आफ्नै चेलीसँग अनुचित काम गर्न थाल्यो भने अभिभावकको हालत के होला ?

यो कलियुगमा विश्वास भन्ने चिज अब कसलाई गर्ने होला ? यस्तै भएको छ सामाखुशीको फ्लुरोसेन्ट एकेडेमीमा।

१० कक्षा पढ्ने एक छात्रा आफ्नै स्कूलकी भाइस प्रिन्सिपलबाट यौन दुर्व्यवहार पीडित भइन्। आफ्नै एक नजिकको साथीलाई चिट्ठी लेखेर सबै कुरा खोलेपछि मात्रै यो कुरा सार्वजनिक हुन पुगेको हो। अहिले भाइस प्रिन्सिपल रमेश पनेरु प्रहरी हिरासतमा छन् र प्रहरीले घटनाको छानबिन गर्दैछ। यस्तो थियो छात्राले लेखेको चिट्ठी-


letter

मंगलबार ती छात्राले यसरी आफ्नो पीडालाई कपिमा पोखेर साथीलाई दिएपछि यो घटना सार्वजनिक भएको हो। साथीले आफ्नो परिवारलाई यसबारे बताउँदासम्म पीडित छात्राले भने आफ्नो परिवारमा योबारे केही बताइसकेकी थिइनन्। साथीको परिवारमार्फत् घटनाबारे थाहा पाएपछि केरकार गर्दा छात्राको ओठै नीलो भएको भेटियो। बुधबार सबै अभिभावकहरु मिलेर स्कूलमा बुझ्न गएका थिए। उनीहरुले केही मिडियालाई पनि खबर गरेका थिए। तर राजनीतिक खबरका पछाडि कुदिहिँड्ने मिडियाकर्मीहरुलाई यो घटनामा चासो भएन। “हामीले एभिन्युजलाई समेत फोन गरेर बोलाएका थियौँ”, एक अभिभावकले भने, “तर आइदिएन।”

विद्यार्थीहरुले शुक्रबार स्कूल परिसरमा न्यायको माग गर्दै टाँसेका पोस्टर
विद्यार्थीहरुले शुक्रबार स्कूल परिसरमा न्यायको माग गर्दै टाँसेका पोस्टर

केरकार गरेपछि उनीहरुले पनेरुलाई प्रहरीसमक्ष बुझाइदिएका थिए। महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले पनेरुलाई राति आठ बजे पक्रेर हिरासतमा राखेको थियो। पनेरु विवाहित र एक साना सन्तानका पिता पनि हुन्।

फ्लुरोसेन्ट त्यस क्षेत्रमा नाम चलेको स्कूल थियो। तर पहिलेका सञ्चालकहरुले यो स्कूललाई एक वर्षअघि बेचेपछि पनेरु भाइस प्रिन्सिपल भएका थिए।

यसै क्रममा बाल यौन दुर्व्यवहार बारे डा. अनुपम पोखरेलको यो लेख यहाँ उपयोगी हुनसक्छ-

बाल यौन दुर्व्यबहारको मनोबैज्ञानिक असर

बालबालिकामा हुने बलात्कार केही दिन विराएर छापामा पढिने विषय हो । बलात्कार यौन दुव्र्यवहारको चरम रुप हो । यसवाहेक अन्य धेरै प्रकारका यौन दुर्व्यबहार हुन्छन्, जुन वास्तवमा चर्चामै आउदैनन् । लाग्छ– समाजले बलात्कार बाहेकको यौन दुव्र्यवहारलाई पचाइसकेको छ । बलात्कारको समाचारमा बेलाबेलामा अपराधी पक्राउ परेको त सुनिन्छ, तर बलात्कृत बालबालिकालाई त्यो दुर्घटनाको असर के कस्तो प्रकारले पर्ला, फेरि त्यो बलात्कारीलाई भेट्दा उसमा कस्तो मानसिक असर पर्ला, उसको व्यक्तित्व विकास र मानसिक संरचनामा कस्तो आघात पर्ला भन्नेबारेमा कम नै चर्चा हुन्छ । यसबारेमा हाम्रो समाजमा खुला वहश हुन जरुरी छ– कारण, हरेक ५ मध्ये १ बालिका र हरेक १० मध्ये १ बालकमा कुनै न कुनै यौन दुव्र्यवहार भएको विश्वभरिका तथ्याङ्कले देखाएका छन् ।

यौन दुर्व्यबहारको तत्कालिक असरहरू

१. डर : यौन दुर्व्यबहार गर्ने व्यक्तिले उक्त बालक वा बालिकालाई विभिन्न प्रकारले लोभ, डर र ग्लानीको माध्यमले वशमा पार्न खोज्छ – ‘भनेमा यसो गरिदिन्छु’, ‘भनेनौ भने म तिमीलाई फलानो कुरा किन्दिन्छु’, इत्यादी जस्ता कुरा भनेको धेरै उदाहरणहरू पाइन्छ । यस अवस्थामा उक्त बच्चा– मैले भने भने उल्टै गालि गर्ने पो हुन कि भनि सोच्न पुग्दछ । दुर्भाग्यवश– आमाले आफ्ना सन्तानलाई, ‘यो कुरा कसैलाई नभन्नु’, भनी लोकलाजको कारणले भनेको पनि बेलामौकामा सुनिन्छ । यसले गर्दा उक्त बच्चामा फेरि यो कुरा बाहिर ल्याउने आट आउदैन ।

२. असहाय अनुभूति : जब बालकले मेरो कुरा कसैले पत्याउदैन भन्ने सोच्छ या उल्टै मैले नै गालि खानुपर्छ भनेर सोच्छ । प्रष्ट छ यस्तो अवपस्थामा उसले असहाय अनुभव गर्छ ।

३. ग्लानि र लाजः यौन दुव्र्यवहार पश्चात कतिपय बाल/बालिका आफैंलाई दोष दिन पुग्दछन् । उनीहरू आफैंले गर्दा वयस्क मानिस ऊ तिर आकर्षित भएर आएको भन्ने पनि सोच्न पुग्दछन् । जब आमाबाबु या अन्य ठूला मानिसले ‘तँ त्यहा किन गएको थिइस ?’ भन्ने गालियुक्त प्रश्न गर्छन, त्यतिबेला उसले आफूमाथि परेको दुव्र्यवहार भन्नु भन्दा चूप लागेर आशु झार्दै– ‘मैले भनेको कसले पो सुन्छ र, मेरै गल्ती होला’ भनी सोच्न थाल्छ ।

४. एक्लोपनाः यस्ता बाल/बालिका अन्य बालबालिका भन्दा आफूलाई फरक ठान्दछन् । त्यस्तै आफूमाथि परेको कुरा लुकाउनुपर्ने मानसिक दबाबले अन्य साथीसंगीबाट विस्तारै एक्लिन सक्छन् । आफ्नो कुरा नसुने जस्तो लागेमा या कुरा गर्ने मौका नपाएको जस्तो लागेमा त्यस्ता बाल/बालिका आफ्नो बाबुआमाबाट पनि विस्तारै टाढिन्छ ।

५. रिस : आफूमाथि दुव्र्यहार गर्नेप्रति रिस उठ्नु स्वभाविक हो । तर, यस्तो व्यक्ति निकै शक्तिशाली हुने हुँदा दुव्र्यहार भएको बाल/बालिकाको रिस थुप्रैतिर मोडिन सक्छ– आफ्ना बाबुआमा, दाजु/दिदी, भाइ/वहिनी या आफैप्रति पनि यस्ता बालकहरू रिसाउने हुन्छन् ।

६. उदासीपनाः यस्ता बालकहरूको अनुहारमा खुशी कम देखिन्छ, विशेषगरी यदि दुव्र्यवहार गर्ने मानिस बालकको आफन्त या परिवारको विश्वासिलो मानिस भएको अवस्थामा । यसको साथै उनीहरूमा भावनात्मक उथलपुथल (Mood Swings) पनि देखिन्छ । कति बालकहरू त आत्महत्याको कुरा पनि गर्न थाल्दछन् ।

६. डरलाग्दो सपनाहरुः यस्ता बाल/बालिका निद्रामा एक्कासी डराएर उठ्ने, कहाली लाग्दो सपना देख्ने र कहिलेकाही त यौन दुव्र्यहार त्यही बेला नै भएजस्तो गरी एकदमै आत्तिने हुन सक्दछन् ।

यौन दुर्व्यबहारका दुरगामी असरहरू

यौन दुव्र्यहारबाट पिडित बाल/बालिकालाई उपयुक्त काउन्सिलिंग (परामर्श) नभएमा बिभिन्न दुरगामी असरहरू उत्पन्न हुन सक्दछन् । यी असरहरू कहिलेकाहिं त महिनौ मात्र होइन, बर्षौं पछि पनि उत्पन्न हुन्छन् । परिवारको विश्वासप्राप्त या हाडनाताको व्यक्तिबाट भएको यौन दुव्र्यहारले झन बढि मानसिक असर गर्दछ ।

यौन दुव्र्यहारले गर्दा हुनसक्ने दुरगामी असरहरू निम्नाअनुसार छन् –

१. डिप्रेसन, आत्तिने रोग र निद्राका समस्याहरू

२. आत्मविश्वासमा कमी

३. आत्मग्लानी

४. अरुप्रति विश्वास गर्न नसक्नु ।

५. तनावको बेलामा आफूलाई हानी गर्ने कुरा गर्नु, अत्यधिक रक्सी खानु, बढि मात्रामा औषधी खानु, ब्लेड या चक्कुले आफ्नो हातखुट्टा काट्नु, आत्महत्याको प्रयास गर्नु ।

६. आफू राम्रो बाबु/आमा हुन्छु भन्नेमा विश्वास नगर्नु, आफूले पनि आफ्ना सन्तानलाई हानी गर्ने हुँ कि भनि चिन्तित हुनु ।

७. एक्कासी पहिलेको दुव्र्यवहार झल्यास्स मानसपटलमा आउनु । यौन दुव्र्यवहार तथा ठूलो मानसिक पीडाले एक विशेष प्रकारको मानसिक रोग उत्पन्न गर्न सक्दछ्– जसलाई PTSD (Post Traumatic Stress Disorder) भनिन्छ ।

अभिभावकहरूलाई सल्लाह

१. माथिका लक्षणहरू तपाईंको बच्चामा देखियो भन्दैमा यौन दुर्व्यबहार नै भएछ भनि चिन्ता गरिहाल्नु पर्दैन । धेरै प्रकारका तनावले यी लक्षणहरू देखिन सक्दछन् । तर एक्कासी बानी परिवर्तन भएको देखिएमा या माथिको लक्षणहरू देखापरेमा के भएको हो भनेर सोधखोज गर्नुहोस ।

२. कुनैपनि हालतमा आफ्नो बच्चालाई दोष नदिनुहोस । जस्तै ‘त“ त्यहा किन गएको थिइस त ?” भनि तपाईंको मुखमा प्रश्न आउन सक्छ । यस्तो प्रश्न कुनै अरु दिनको लागि राख्नुहोला । तत्कालै यस्तो प्रश्न गरेर तपाईंको रीस र जिज्ञासा मात्र शान्त होला, तर दुव्र्यवहारको शिकार बाल/बालिकाकालाई यस्तो प्रश्नले घाउमा नुन छर्के झैं हुन्छ ।

३. एकपटक सोध्दैमा डराएको बच्चाले आफूमा भएको घटना नभन्न सक्छ । उसलाई तपाईंसग खुल्ने वातावरण बनाउनुहोस । उसलाई विश्वास दिलाउनुहोस कि उसको भलाइ तपाईको प्राथमिकता हो ।

४. जहिले पनि आफ्नो सन्तानको मानसिक स्वास्थ्य र भविष्यलाई परिवारको इज्जत या अरू कसैस“गको नाता सम्बन्ध भन्दा अगाडि राख्नुहोस् ।

५. आफ्नो सन्तानलाई सान्त्वना मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि दिनुहोस ।

६. यदि तपाईंको नजिकको र विश्वास गरेको मानिसले दुव्र्यवहार गरेको रहेछ भने ‘मैले गलत मानिस लाई विश्वास गरेछु’ भनेर आफ्नो सन्तानलाई भन्नुहोस् । यसले तपाईंलाई आफ्नो सन्तानको विश्वास पुन प्राप्त गर्न मद्दत मिल्छ ।

७. यौन दुर्व्यबहारको तत्कालिक तथा दुरगामी असरहरूमा मनोविज्ञ (Psychologist) को सल्लाह धेरै उपयोगि हुन्छ । यदि लक्षणहरू कडा भएमा (जस्तै – डिप्रेसन, आत्तिने रोग, खाना नखाने, मर्न खोज्ने भएमा) मानसिक रोग विज्ञ चिकित्सक (Psychiatrist) को सल्लाह जरूरी हुन्छ ।

लेखक: डा अनुपम पोखरेल, मेलबर्न, अष्ट्रेलिया पिपलबोट अस्ट्रेलियामा ८ जुलाई २०१३ मा प्रकाशित

37 thoughts on “स्कूलमै छात्रा असुरक्षित, भाइस प्रिन्सिपल प्रहरी हिरासतमा”

  1. dhan says:
    August 25, 2013 at 12:10 pm

    यो त अति नै भो | तर हामी स्कुल पढ्दा पनि यौन दुर्ब्यबहार सिछकबाट महिला बिद्धर्थिमा देखे सुनेकै हो | केटिहरुलाइ सान्त्वना दिएजस्तो गरि छुने सुम्सुम्याउने पछाडी पिठीउमा हातले रगड़ने अनि धेरै नजिक गएर टासिएर कुरा गर्ने जस्ता कुराहरु सिछकहरुले गरेको कति देखियो र केटीहरुले त्यो फलानो मास्टर त कस्तो र……. छ भनेर कुरा गरेको पनि सुनिन्थ्यो | तर सिछकलाइ भगवान जस्तै मान्नु पर्छ भन्ने हाम्रो संस्कारले एस्त कुकृत्य बिरुद्ध उभिने हिम्मत कसैलाई थिएन | जे होस् यो घटना पर्दाफाश भएसी एस्त घटनाहरु अरु पनि बाहिर आउनलाई प्रेरित गर्न सक्छ | मुख्य कुरो घटनाको उचित छानबिन र कारबाही हो | साथै सबैले आफ्नो बच्चाहरुलाई महँगो स्कुलमा पढाउने मात्रै होइन स्कुलको बातावरण अनि सिछकहरुको बारेमा राम्रो जानकारी राख्न सके येस्ता घटना दोहोरिने सम्भावना कम हुने थियो |

    Reply
  2. aparichit says:
    August 24, 2013 at 2:59 pm

    I wonder how many children is going through child sexual abuse(various form) in Nepal in any given time, i bet if someone conclude the research then the finding will be such that no one wanna hear about it,

    In developed countries inspite of having tough law and implementation of it, there is always plenty of news almost everyday on those cases, so its not hard to imagine on country like ours what is the situation,

    We all can write all day long regarding this issues but only writing doesn’t solve these kind of problems, (and many other uncounted problem Nepal is going through now on all aspects of our social life)

    This may be not a right place or right time to talk about this kind of stuff but I believe we are far way behind on everything compare to other countries on almost everything, By saying this i am talking about group of people not only few person,

    I know there are people who are doing good on their social and personal life, giving whatever they can to improve our country and society, but we can count them on numbers so this is not going to change our country, never

    We need to work as a group, there need to be thought of WE and OURS rather than I am MY, then only we can move further to better future

    In the present situation of Nepal, i am never surprise and will not be surprise if any news come through like this kind and others which we consider to be very surprising and event of crime or stuff which we never imagine to happen, Its very sad those things is happening all around us,
    its just matter of time weather it comes out or not

    Can we imagine how many girls might be in this situation right now in nepal with similar abuse??? what is going to happen to them? Doesn’t they deserve to have justice? There might be girl facing similar issues on very rural school of Nepal? what about her??

    In this case as well, ok they arrested the culprit, they goes through the process and if found guilty may goes to jail ( very unlikely coz u know how nepal works on law and order, what kinds of things happen on backroom on such cases and stuff so), after that what next to the victim??

    Do we think she will be as normal as normal girl of her age the next day convict goes to jail??
    What we have on place to make her life beautiful again?

    I know this doesn’t affect anyone rather than her family and her, but think, is this only what we can give to her?? just write whatever we can write, drag some like on our comment and there will be another news of similar incident on mysansar again after a while then we just keep repeating the same stuff??

    IN, general what i wanna say is, we need to change Our-self very quickly on what we do, think and act to run our daily life( how it will affect others, please think about others people when you do your stuff), if we want our future generation to live a life which we all are imagine to live right now,( or which we can only imagine right now),

    (I am not saying by doing this we will have life of satyayug but it will be far better than now)

    We People of Nepal know everything that need to be done on each and every case and incident, what is the right way to do it and how its need to be done, but sadly we don’t do it once we have to do it, we will do what others are doing, so we need to change our-self, ( for example, if someone said to you, the prepare some document in some government office on Nepal by bribing the staff, and we will immediately says why you did that, you should not have done that, thats not good thing to do, you should have call or inform the police, bla bla bla ,but next day if we need to make that document then most of we( almost everyone) do what that poor person did, bribe

    so how this is going to change Nepal,

    we talk too much but we never do anything once it comes in-front of us so

    otherwise this cycle will continue and we will always be third-world until the universe collapse

    Reply
  3. mukti says:
    August 24, 2013 at 3:23 am

    आफ्ना बिद्यार्थीलाइ छोराछोरी जस्तै ब्यहबार गर्नु पर्छ | उनीहरु गलत बाटोमा नजाउन भनेर सचेत गराउनु पर्छ | कतिपयेले येह छात्रालाइ दोष दिएको देखियो | छात्रा सचेत हुनु पर्छ | तर सचेत हुन सिकाउने पनि गुरुले नै हो नि ! गुरु नै गरु भएपछि त के कुरा रामो होला र ? तेसैले यहा सम्पूर्ण दोष teacher लै नै जान्छ |

    Reply
  4. Surendra says:
    August 23, 2013 at 9:17 pm

    The school management should take full responsibility. It is question on their culture, practice and relation. They should also be punished.

    Reply
  5. kedar says:
    August 23, 2013 at 4:44 pm

    हामी आफ्ना छोरा छोरीहरुलाई distinction distinction भनेर रात दिन घोकाउँछौं तर असुरक्षित बन्दै गएको यो संसारमा teenager छोरा छोरीको लागि, अझ छोरीहरुका लागि अत्यन्त आबस्यक:
    १. डिफेन्स सिस्टम र यौन शिक्षाको राम्रो ज्ञान दिने (भनो कि धत् तेस्तो पनि सिकाउने हो भन्छौं )
    २. अप्ठ्यारो परेको बेलामा बच्नका लागी कस्तो कस्तो समयमा के के गर्नु पर्छ भन्ने ज्ञान दिनु अत्यन्त जरुरि छ /
    ३.छोरा छोरीहरुले आफ्ना समस्याहरु बाबु आमा समक्ष निर्धक्क संग राख्न सक्ने बाताबरणको निर्माण /
    ४. छोरा छोरीले कुनै गुनासो पोख्दैछन भने ध्यान दिएर सुन्ने र आबस्यकता अनुसार सहयोग दिने तथा एक्सन लिने /
    ४.समस्यामा परिसकेका छोरीहरुका लागि परिवार र घर साथमा हुनेछ भन्ने सुरक्षित भावनाको बिकास /
    ५.छोरा छोरीका हरेक क्रियाकलापमा हस्तक्षेप होइन निरन्तर सुक्ष्म निरीक्षण गरिराख्ने ताकि गलत हुन लागेको देखिएमा तुरुन्त हस्तक्षेप गर्न सकियोस /

    येति मात्र गर्न सकियो भने पनी आफ्ना छोरा छोरीहरुलाई यौन पिपासुहरुबाट ८५% सम्म मुक्त गर्न सकिन्छ /

    Reply
  6. अभागी कान्छा "गाउले" says:
    August 23, 2013 at 4:09 pm

    पिडितले न्याय पाउनै पर्छ ! अपराधीलाई हदै सम्मको कारबाही होस ! जस्तो कि एयरपोर्ट बाट लुटिएकी चेलीको जस्तो हाल न होस् ! अपराधी उम्कन नपाओस ! शिक्षाको ज्योतिको भेषमा टायर बाट निस्केको धुवा रैछ त्यो शिक्षक भनाउदो ! त्यसले घास खानु पर्ने हो ! खाना होइन! एउटा जोत्ने गोरु पनि बफादार हुन्छ ! त्यसले परालै खाए पनि राम्रो गुण बोकेको हुन्छ ! तर यो सृष्टिमा सर्बश्रेस्ट प्राणि मानिस भनिए पनि आखिर, “सुगुरलाई स्वर्ग जन्छस भन्दा गु खान पाइन्छ ” भन्थ्यो रे,,,,,,,,,,. तेस्तै यदि मेरो इजलासमा फैसला हुने भए यो शिक्षक रुपी दानबको म लिंग नै छेदन गर्ने आदेश दिने थिए !

    शिक्षा पनि असुरक्षित, भार हुदै छ किन बा ?
    फेसबुके स्टाटस र समाचार, हुदै छ किन बा ??

    के सजाय दिउ उस्लाई, तपाई नै भन्नुहोस् न
    गुरुबाटै चेली याँ बलत्कार हुदै छ किन बा ??

    अपराधी खुलम खुल्ला, दण्ड हिन बचाउमा
    सेना प्रहरी उसैको, मतियार हुदै छ किन बा ??

    बत्ती कहिले बल्या छैन, गाउ-गाउ बस्ती बस्ती
    बिना करेन्ट बिजुलीको , तार हुदै छ किन बा ??

    बिश्वास अब गरु कस्को, आफ्नाले नै धावा बोल्दा
    नेपाल अनि नेपाली बिच, हार हुदै छ किन बा ??

    अभागी कान्छा “गाउँले”
    तोपगाछी, झापा
    २३/०८/२०१३

    Reply
  7. Harke says:
    August 23, 2013 at 2:44 pm

    येस्ता गुरु-नरहरुको, न-पुंसकत्व बनाउने सल्यक्रिया गरिहाल्नु पर्छ !

    Reply
  8. Raju Rana - Mahendra says:
    August 23, 2013 at 11:50 am

    च्याउ उम्रेको जस्तो उम्रेका अहिले का अव्यवस्थित बिद्यालय हरु र यस मा आबद हुने सम्पूर्ण लाई कडा निगरानी मा राखेर ब्यस्वथित गराउन अति जरुरि छ साथ मा हरेक बिधयालय मा अभिबवक हरु को पनि अहम भूमिका निर्बाह गर्नु पर्छ
    जुन यो घटना घट्यो यसमा अति कडा कारबाही को दायरामा ल्यायर सबै सामु उभ्याउनु पर्छ जुन कि भोलि को दिन मा यस्तो घटना नघटोस

    Reply
  9. Ashish says:
    August 23, 2013 at 11:18 am

    अब नेपाल मा नि फाशी को बेबस्था हुन पर्ने भो!

    Reply
  10. kumar shrestha says:
    August 23, 2013 at 11:03 am

    एस्तो समाजको दानव लाई फासी हुनु पर्छ……

    Reply
  11. achut says:
    August 23, 2013 at 10:46 am

    उफ्फ़ कस्तो ………..(मन लाग्ने गाली राख्नुस ).येस्ता को लिङ्ग क्षदन गर्नु पर्छ ता- कि कुनै यौन पिपासु मास्टर को दुस्साहस नहोस.अनि अभिभाबक ले पनि सचेत हुनु पर्यो …चितवन मा तेस्तै गर्ने गुरु लाई कालो मोसो दलेर टुपी काटेर डाडा कटाको तर अहिले नाम चलेको टि. भी.मा प्रबचन दिन्छ त्यो काइते ले
    ५. रिस : आफूमाथि दुव्र्यहार गर्नेप्रति रिस उठ्नु स्वभाविक हो । तर, यस्तो व्यक्ति निकै शक्तिशाली हुने हुँदा दुव्र्यहार भएको बाल/बालिकाको रिस थुप्रैतिर मोडिन सक्छ– आफ्ना बाबुआमा, दाजु/दिदी, भाइ/वहिनी या आफैप्रति पनि यस्ता बालकहरू रिसाउने हुन्छन् ।

    अहिले ति बालिका पनि ठुली भैसकिन होला उनले आफ्ना घर को मान्छे ले त्यो प्रबचन हेरे भने उनलाई कति पिडा हुन्छ होला…पिडित अनि हाम्रो समाज …

    Reply
  12. Suraj Regmi says:
    August 23, 2013 at 10:28 am

    पत्र हेर्दा खेरि केटि ले पनि consent रहेको जस्तो लाग्यो ! sex भाको रैनछ ! केटा ले tongue-kiss गर्दा पनि प्रतिबाद नगर्नु, पहिलो पिरेड मा तेस्तो गर्दा फेरी अर्को चोटी बोलाउदा पनि फेरी जानुले केटि लाई पनि मज्जा आएको देखिन्छ ! झ्याल बाट देखिन्छ भनेर तोइलेट आऊ भन्दा संगै जानुले पनि केटि ले पनि मानेको देखाउछ ! फेरी केहि नबुझ्ने बच्ची पनि त् होइन नि, १० क्लास मा पढ्ने हरु आजकल आ गर्दा अलंकार बुझ्ने खालका छन् !

    Reply
    1. Kumar Thapa says:
      August 23, 2013 at 11:13 am

      थुक्क मोरा अपराधी !
      यो मान्छे पनि यस्तै बाल यौन दुराचारमा सं‍लग्न जस्तो देखिन्छ । यस्ताको आइपी प्रहरीलाई बुझाउनु पर्ने । १६ वर्षमुनिकालाई सहमति मै यौन कार्य गरे पनि अपराध हुन्छ भन्ने यो कपुत अपराधी मनोवृत्तिको मान्छेलाई के थाहा ? यसका अनुसार त स्कूलमा भाइस प्रिन्सिपलले बोलाउँदै सहमतिमा जे गरे पनि हुने रहेछ हैन ? यस्ता अपराधी मनोवृत्तिका मान्छे छन् र त नेपालमा चार वर्षकी बालिका पनि बलात्कृत हुन्छिन् ।

      Reply
    2. Paru says:
      August 23, 2013 at 2:59 pm

      Himrights once conducted a research on experiences of sexual harassment in school settings and they found that schools going girls are actually prone to harassment by male teachers. Some teachers’ Association in Banke even contested this research findings, saying such things don’t happen, female students exaggerate stuffs etc…..

      Example quoted by students (boys and girls) were:

      17 years girl from Dang shared that she was not promoted to grade nine because she denied spending time with the school teacher

      “In the name of checking the homework, the teachers touch sensitive body parts of girls and sit close to them. If complained, the teachers and school management committees do not listen to them.”

      “They only do it to the girls, not the boys. They call the girls to the blackboard, hold their hands and teach them. They touch the girls.”

      “A 14 years girl from Banke, along with her seven friends and a boy were made to stand and take off their skirts/pant when they failed to answer a question asked by the teacher.”

      Reply
    3. Niraj Gurung says:
      August 23, 2013 at 3:58 pm

      यही रेग्मीकी छोरी वा बहिनीलाई उसले पढ्ने स्कूलको शिक्षकले यस्तो गरोस् त अनि हेरौँला सहमतिमा भएको भनेर बोलेको। सहमति होस् नहोस् यो यौन दुराचार हो भन्ने पनि बुद्धि नभाकाहरुले हरियो थिेचेको देखेर थाहा हुन्छ किन नेपालमा बाल यौन दुराचार हुन्छ

      Reply
      1. Suraj Regmi says:
        August 23, 2013 at 4:21 pm

        भनेपछि सहमति मै भए पनि केटा लाइ जेल हाल्नु पर्छ ? तेसोभए तपाई ले पनि तपैकी श्रीमती संग सहमति मा गर्नु भाको होला ! जानुस प्रहरी चौकी मा रेप गरे भनेर आत्मसमर्पण गर्न !

        Reply
        1. Niraj Gurung says:
          August 23, 2013 at 6:11 pm

          कुविचारको पनि हद हुन्छ नि रेग्मी बाजे । के स्कूल भनेको सहमतिमा यौन कार्य गर्ने ठाउँ हो ? सहमतिमा तिम्री नाबालिग छोरीसँग स्कूलमै टिचरले किस खाने जिउ चलाउने गर्‍यो भने तिमी चुप लागेर बस्छौ ? सहमति रे । यत्राको सहमति । नाबालिगलाई आफ्नो शिक्षक पदको गरिमा ख्याल नगरी जथाभावी गर्ने अनि सहमतिको नाम दिने ? त्यस्ता यौन दुराचारीलाई बचाउने पक्षमा यो बजिया लागेको देख्दा हो न हो यो पनि यस्ता कुकृत्यमा सहभागी देखिन्छ। भगवानले यसकी छोरी वा बहिनीमाथि यस्तो घटना नगरोस् । किनभने यो बजियाको आपराधिक मनोवृत्तिको पो दोष, बिचरी यसकी छोरी वा बहिनीको के दोष ! मैले थुकेँ तिम्रो मुखमा तिम्रो विचारलाई सम्झिएर थुक्क …!

          Reply
          1. Paru says:
            August 23, 2013 at 7:51 pm

            निरज जी, हाम्रो रेग्मी बाजे नि SLC fail १३,००० तलब पकाउने उस्तै परे आफ्नै चेली/शिष्या फसाउने माड्साब होलान नि त. भरे आफ्नो पालो औला भनेर पनेरु को side ल्या होला के त् !

            Reply
          2. Hari says:
            August 24, 2013 at 12:35 am

            कुतर्क राखेर भए पनि जित्न खोज्ने कसो मनुवा हो हँ! मैले नि थुके बाजेको बिचारलाई, आई मीन कुबिचारलाई| थुक्क!

            Reply
    4. kalewakids says:
      August 23, 2013 at 10:41 pm

      अचम्म पो लाग्यो त हो हजुरको कुरा सुन्दा….boarding school मा कसरी राखेको हुन्छ बच्चाहरुलाई थाहा छ नि? तर एक्कासी त्यस्तो घटना हुन्छ, बच्चा नर्भस हुँदैन ? आफ्नी छोरीलाई गएर सोध्नु त…टिचरले यस्तो गर्दा तँलाई मज्जा आउँछ हो नानी भनेर। सक्नुहुन्छ ? संस‌कार कस्तो छ कुन्नि तपाईँको….

      Reply
    5. suzee says:
      August 24, 2013 at 3:15 am

      रेग्मी भन्दैमा वकालत गर्दै हिड्ने , के हो तपाई पनि येस्तै कार्य मा सम्लाघ्न हुनुहुन्छ कि कसो , येस्ता हरुले( रेग्मी बाजे जस्ता मान्छे हरु ) गरेर नै , दण्डहीनता को उत्पत्ति हुने हो,

      कहाँ हुनुहुन्छ हो कुन्नि , तपाईलै चाही होमो केटो पछि लगैइदिएयेर , येस्तै क्रियाकलाप को पिडित बनाइदिनु पर्ने अनि थाहा होला , psychological and physical abuse hunu ko experience, being man doesnt mean u will never be abused, its seems a bit pevert from myside but bitter but truth, u and all those positive comment ma MAN NAPARE RATO MA TIK MARNE deserve a kind of abuse from homo -man then u ppl will know…..

      P:S this comment goes to all those men who support and does sexual abuse, मेरो मतलब सब यौन -नरपिचास लै ,

      अब जथाभाबी लेख्नु भएन फेरि सालोक्य जी ले प्रकासित नगरिदेला भन्ने डर ! लु तेही पनि येति चै लेखेनै पर्यो भनेर ठोकिदिए मैले पनि , एस्तो संबेदनसिल कुरामा पनि हल्का ले लिएर अनि रातो टिक मार्ने हरु देखेर टिठ लागेर आयो हो

      Reply
  13. बिजय says:
    August 23, 2013 at 8:33 am

    समाज का यस्ता नरपीचास हरु लाई कडा भन्दा कडा सजाय दिनु पर्छ यदी यस्तै हो भने हाम्रा भाई बहिनी हरु लाई कसरी school पठाउने ? Thank you for mysansr to bringing such a incident news you are doing such a excellent job much appreciated. we hope she will get fair justice.

    Reply
  14. Deepak Bashyal says:
    August 23, 2013 at 8:07 am

    Well done mysansar. Such type of horrific news are always hidden by all concerns in our society. Child abuse needs to be treated specially as it consists feelings of a child. The child is in fear all the time during all the periods of abuse & then after for a long period if proper counselling is not provided.

    Reply
  15. अनुपम पोखरेल says:
    August 23, 2013 at 7:35 am

    यस्ता अपराधीले सजाय पाउनै पर्छ । तर वास्तवमा यिनीहरूलाई सजाय हुन्छ की हुदैन या कुनै प्रकारले मिलापत्र हुन्छ धेरै जस्तो अवस्थामा बाहिर आउँदैन । अझ पीडित कमजोर सामाजिक र आर्थिक अवस्था को भएमा शुरुमा पिडक लाई कारवाही भएको जस्तो देखिएपनी पिडकहरू खुलेआम रहि पीडित र परिवार लाई धम्क्याएको उदाहरण धेरै छन् । NGO हरु शुरुमा आवाज त उठाउंछन् । तर फलोअप गर्छन कि गर्दैनन् थाहा भएन । यस्ता घट्नाहरु फलोअप भएमा मात्र प्रहरी प्रसासनलाई सहि काम गर्ने दवाव भइरहन्छ । फेरि पनि सालोक्यजी लाई अनुरोध – बिगतमा भएका बलात्कारका अपराधिहरु अहिले कहां के गर्दैछन र उनिहरुले सजाय पाए की पाएनन भनेर पत्ता लगाउन ।

    Reply
  16. Jeevan Thapa says:
    August 23, 2013 at 6:52 am

    मेरो बिचारमा यस्ता घटनाहरु धेरै पहिले देखि हुँदै आएका छन् नेपालमा… पहिला पहिला घटनाहरु बाहिर आउदैन्थे आजकल बाहिर आउछन् …
    यस्ता मास्टर साहेब हरुलाई कडा सजाय हुनु जरुरि छ !

    अर्को कुरा अभिभाबक ले आफ्ना बाल बच्चा हरुलाई साथी जस्तो बेबहार गर्नु जरुरि छ ताकि बच्चा हरु निर्धक्क आफुलाई परेको अफ्ट्यारो, सोषण इत्यादी अभिभाबक संग सेयर गर्न सकुन !!!

    Reply
  17. harihar sharma says:
    August 23, 2013 at 4:49 am

    स्कुलमा यस्ता कुरा धेरै कमन छ /
    मैले २००१ मा एउटा स्कुलमा अध्यापन गर्दा, एउटा केटाले एक जना सरको क्रियाकला teachers’ room मा आयर भन्यो /
    छात्राहरुको गोजीमा के छ भन्दै कमिजको गोजीमा हात पठायर अनुचित् कार्य गर्छ भनेर /
    उहिले मेडिया मा कम आउंथ्यो, अहिले अलि बढी आयो / सबैले थाहा पायो / Thats it.

    Reply
    1. Kumar Thapa says:
      August 23, 2013 at 11:17 am

      यो हरिहरे पनि यस्तै काममा संलग्न छ जस्तो छ । त्यसैले यो कुरा कमन हो भने नजर अन्दाज गर्न खोज्दैछ । भात खाएको मान्छे हो भने यस्ता अत्याचार विरुद्ध बोल्ने कि यो त कमन हो thats it भन्दै घटनालाई सामान्यीकरण गर्दै बस्ने ?

      Reply
    2. Hari says:
      August 24, 2013 at 12:44 am

      ल हेर यो बाजेको ताल! तपाई शिक्षक हो कि पाषाण हृदयी माडसाब?
      आफ्नो छोरी बैनी भएको भए पनि कमन भनेर छोडीदिनु हुन्थ्यो? एक छिन
      खेलाउँदा के हुन्छ कमन हो र मेडिया पनि आउने होइन भनेर घर गएर आनन्दले
      सुत्नुहुन्थ्यो? नियत संशयी लाग्यो| अहिले कतै मास्टरको जागिर खाईरहेको
      छ भने खतरा को शंका हुनपर्छ| कर्ताले मात्र होइन थाहा पाएर पनि शिक्षक जस्तो
      पवित्र पेशाको मर्यादा नराखेर सहकर्मीको कर्तुतमा मौन रहेर कमन भन्नु र मेडियामा रिपोर्ट हुँदैन रे?

      Reply
  18. Biswash says:
    August 23, 2013 at 3:46 am

    My salute goes to the close friend of the victim. She is really appreciable for her great thought and intelligence. We need more and more brave kids like you to fight against sexual abuse in the society.

    Reply
  19. Sam says:
    August 23, 2013 at 3:19 am

    दोषीलाई आजीवन काराबास वा मृतुदंद्को सजाय हुनुपर्छ
    जसले यस्ता घटनालाई निरुत्साहित पार्न सक्छ

    श्याम गिरी
    USA

    Reply
  20. लोकेन्द्र खापुङ says:
    August 23, 2013 at 2:04 am

    बालयौन-दुर्व्यवहार जघन्य अपराध हो जसविरुध्द फरक कानूनी व्यवस्था हुनु आवश्यक छ। उदाहरणका लागि वयस्कलाई बलात्कार गरे दुई वर्ष जेल, तर नाबालकलाई गरेको भए १० वर्ष जेल। नेपालमा त्यस्तो कानून बनेको छ कि छैन, मलाई जानकारी छैन।

    तर कानूनमात्रै कडा भएर अपराध कम हुन्न। फाँसीदेखि सयौं वर्षसम्म जेल सजाय दिने मुलुक सं.रा. अमेरिकामा सबै युरोपेली मुलुकको भन्दा बढी संख्यामा अपराध हुने गर्छ। सं.रा. अमेरिकामा स्कूल वा कलेजमा बन्दुकधारीहरूले आमहत्या सालिन्दा गर्नेगर्छन्। यस्ता घटना युरोपमा बिरलै सुन्न पाइन्छन्। समाज सुधारका लागि नागरिकहरूको आर्थिक सबलाता र नैतिक शिक्षाको आवश्यक हुन्छ भन्ने मलाई लाग्छ। नेता र कर्मचाीहरू दिनहुँ मोटाउँदै जाने तर जनता दुब्लाउँदै जाने नेपालमा नैतिकता दिनहुँ पाताल भासिंदै गइरहेको छ, जसको जगमा अपराध मौलाइरहेको छ। रमेश पनेरु त्यसैको ज्वलन्त उदाहरण हो।

    Reply
  21. द्रोण says:
    August 23, 2013 at 1:03 am

    सबै भन्दा राम्रो सजाय यो रेप गर्ने हरु को जन्नेंद्रिय नै काटिदिने ? बेहोस बनाउने र न दुख्ने सुइ दिएर काटी दिने , समतल नै बनाइदिने |
    त्यो पनि पुरा भेरिफाइ गरेपछि मात्र |
    मारी नै हाल्नु चै हुन्न कि ?
    तेस्तै स्त्री ले कुनै पुरुस को बलात्कार गरिन भने पनि उपाय छ |
    इन्डिया मा त् त्यो थामेर थामी नसक्नु मान्छे भएर छुस केहि भो कि फासी मै जोड दिन्छन |येन जी वो खोलेर बसेका नारि अधिकार कर्मिको चै कामै उफ्रने हो , र पुरुस लाइ च्यालेन्ज गर्ने हो |

    Reply
  22. Jenish says:
    August 23, 2013 at 12:22 am

    Well done MySansar for bringing this horrific incident to the media. You are are doing an excellent job to the society, keep it up!

    Regarding this incident – I hope he rot in hell, a disgusting creature who attack on vulnerable girls. I hope this news will give vulnerable girls and boys like her a chance and confidence to speak to their friends and family.

    Please do speak out, don’t let these ugly bastards ruin your life! There are still some good people, who will listen to you and give you support.

    Jen

    Reply
  23. Sandesh says:
    August 23, 2013 at 12:20 am

    यस्तो बलात्कार पहिला-पहिला पनि हुन्थ्यो कि अहिले मात्र एस्तो सुन्न परेको हो त्यो यकिन गरेर भन्न मुस्किल भयो, तर यस्तै हो भने समाजमा बिकृति सिमा नाघ्छ, समयमै समाधान गर्नु आबस्यक छ. अहिले चुनाव, पार्टी, शक्ति आदि इत्यादिको होडबाजी चलेको बेलामा समाजका कुकृतिहरुले मिडियामा ठाउ नपाउनु कुनै अस्चार्यजनक कुरा चाहि होइन. जसरि हुन्छ सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउनु पर्यो.
    बलात्कार गर्ने, सामान्य दुर्घटनामा पिडितलाइ गाडीले किचेर मार्ने, रिसको झोकमा यात्रुबाहक बस खसाई दिएर द्राइवर भाग्ने, खुकुरी प्रहार गरेर घाइते बनाउने जस्ता अपराधको सजाय के छ र कुन लेभलसम्म लान सकिन्छ भने कुराको छिनोफानो हुनु अति जरुरी देखिन्छ. सम्बन्धित निकाय लाई अनुरोध!

    Reply
  24. Ram bdr says:
    August 22, 2013 at 11:11 pm

    I was also teacher there for few month and know that Ramesh Paneru. School administration had given unlimited power to him so he was out of control and of misbehaving nature. He used to hire n fire teacher as his wish. So that school dont have nice teacher now-a-days(beside few old teacher). He used to talk dirty about female staff and even parents. He used to misbehave old teacher and had made team of other rascal to demoralize the qualified teacher. Sad to know he victimize an innocent girl but glad to know his crime is revealed and he is behind bar.

    Reply
  25. Seeyaa Rai, Nakhipot, Lalitpur says:
    August 22, 2013 at 9:29 pm

    बलात्कारीलाई फाँसी नदिइएसम्म वा भारतकी पूर्व रास्ट्रपति प्रतिभा पाटिलले माग गरेझैँ नपुंसक नबनाएसम्म यस्तो घृणित कार्य गर्ने मनोप्रवृत्ति रोकिँदैन । चिठीको आशयले त्यसले कलिलो मुनालाई लुछेछ । मुनालाई लुछ्नु भनेको फुल्न नदिनु हो । यो ठूलो अपराध हो । उहिले नेपाली समाजमा यस्ता बलात्कारी वा अर्काको .श्रीमती भगाउनेलाई समाजको अगाडि निश्चित दुरीको अन्तरालमा उभ्याई पीडित (वा त्यो पक्षकाले) ५० फुट लखेटेर गर्धन छिनाउन पाउने सामाजिक कानुन थियो । ५० फुट लखेट्दा पनि उम्क्यो भने त्यसको डण्ड मिनाहा हुन्थ्यो । यस्तालाई छाला चैँ दर्फरिने गरी सार्वजानिक रूपमा सिस्नोपानी हाल्न पाउने सामाजिक कानुन मात्रै भएको भए पनि यस्तो कुकर्म बारम्बार हुन्नथ्यो होला । देशको कानुनु बलियो भाको भए त यस्तो नभइरहुनु पर्ने नि !
    प्रतिक्रिया जनाउँदा एउटा विषय बाहिरको कुरा भन्नै मन लाग्यो, त्यो के भने अहिलेका केटाकेटीहरू नेपाली र अंग्रेजी (नेपाङ्‌लिस) कसरी मिसाएर अभिव्यक्त गर्छन् भन्ने विषयमा कसैले अनुसन्धानपत्र तयार गर्नु पर्यो भने यो चिठि काफी हुन्छ । दण्डहीनता आफैमा अपराध हो । जय होस् ।

    Reply
  26. BikashDai says:
    August 22, 2013 at 8:57 pm

    धन्यबाद माइसंसार यस्तो खबर र संगसंगै जानकारीमुलक लेख प्रकाशन गर्नु भएकोमा. यो समस्या हामीले सोचेको भन्दा निकै ठूलो रहेछ. बाहिरी नरपशु त छदैछन, घर, परिवार वा नातागोताबाट हुने यस्तो दुर्व्यबाहर धेरै जसो थाहा नै हुदैन. भारतमा यसको अवस्थाबारे हेर्नुभएको छैन भने केहि थाहा पाइराख्नुपर्ने गहन तथ्य एबम जानकारीहरूको लागि हेर्नु होला.
    http://youtu.be/hY8CyTeegrM

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme