Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कमेन्ट देख्दा अचम्मै भइयो नि !

Posted on August 22, 2013August 22, 2013 by सुदर्शन

माइसंसारका कमेन्टहरु मोडरेट गर्न उमेश दाइले हामी केही मोडरेटरहरुको समूहलाई जिम्मा दिनुभएको छ। कमेन्ट मोडरेसन गर्दाको दुःख गर्नेलाई मात्र थाहा हुन्छ। कस्ता कस्ता अपराधी मनोवृत्ति र अश्लील कमेन्टहरुको हामीले सामना गरिरहनु परेको हुन्छ। कमेन्टहरु कस्तो हुनुपर्छ भन्नेबारे अन्तर्राष्ट्रिय अभ्याससहितको एउटा विस्तृत गाइडलाइन हामी चाँडै नै यहाँ राख्ने छौँ। आज भने केही कमेन्ट देख्दा म छक्कै परेँ। ती कमेन्टहरु तपाईँलाई पनि देखाउन चाहन्छु, भित्र आउनुस्। माइसंसारका नियमित पाठक हुनुहुन्छ भने तपाईँ पनि यी कमेन्ट देख्दा छक्क पर्नुपर्ने हो।


pushpa
madan
harke
luna
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.

गाईजात्राको शुभकामना !

गाईजात्रामा कति नेताहरुलाई मात्र व्यङ्ग्य गर्नु भनेर यस पटक मैले माइसंसारकै केही नियमित कमेन्ट गर्नेहरुलाई व्यङ्ग्य हान्ने जमर्को गरेको हुँ। कसैले नराम्रो/नरमाइलो नठान्दिनु होला। यो गाईजात्राको अवसरमा व्यङ्ग्य मात्रै गरिएको हो। लुनाको बाहेक सबै कमेन्ट नक्कली हुन्।

29 thoughts on “कमेन्ट देख्दा अचम्मै भइयो नि !”

  1. Prostyam Lyamsol says:
    August 24, 2013 at 1:23 am

    अब कृणाष्टमीसम्म गाउँघरमा सानोतिनो गाइजात्रा जारी रहन्छ क्यारे, त्यसैले त्यतिबेलासम्म सबैलाई आफूले चाहेको लेख्न छुट छ ।
    परेवालाई गिद्द देखे नि हुन्छ, बुद्धलाई अंगुलीमाल लेखे नि हुन्छ, साधुलाई चोर चोरलाई साधु भने नि हुन्छ । मन परेकालाई उछितो काड्न पनि पाइन्छ, मन नपरेकाको स्तुती गाउन पनि पाइन्छ ।

    Reply
  2. Biswash says:
    August 22, 2013 at 6:31 pm

    आज गाइजात्राको अबसरमा बल्ल सेन्सर नगरिएका कमेन्ट हेरी हालम न त कस्ता कस्ता छन् भनेको त अगस्त मै अप्रिल फुल मानियो ! जे होस् सबै जनालाई शुभ गाइजात्र !

    Reply
  3. suzee says:
    August 22, 2013 at 1:57 pm

    पुष्प जी को चाही कहिले के कहिले के लाग्छ, अलि फरक मत छ मेरो चै पुष्प जी को भन्दा , तर मदन र हर्के को कमेन्ट सधै THUMPS UP नै हुन्थ्यो , मैले त गाईसंसार कमेन्ट होला भनेर नसोची , SERIOUSLY दिमाग खियौना भ्याए, के नै गल्ति लेखेका छन् र भन्दै !!! पछि पो GAIJATRA सोचे !!!हत्तेरी !!!! JAY GAIJATRA . TO ALL GAISANSAR BLOGGERS

    Reply
  4. Nabin Adhikari says:
    August 22, 2013 at 1:44 pm

    पुष्पजी, मदनजी, हर्कजी र लुनाजी को कमेन्ट पढे र छक्क परे बाई.. कस्तो लचकदार जता पनि ढल्किन सक्ने.. पीद नभाको लोटा जस्तो !!

    Reply
    1. Luna says:
      August 22, 2013 at 5:59 pm

      नबिन जी
      उ बेला ( त्यै २००८ ) तिर हाम्रो उमेश जी ले बलि प्रथालाई लिएर निकै नै आर्टिकल
      देखाई रहनु हुन्थ्यो . बहा आफै पनि शाहाकारी मान्छे .
      दक्षिणकाली तिर हो कि कता पाडो ( रागोको सानो बच्चा ) लाई बलि दिएको फोटो हो कि
      बोकालाई बलि दिएको फोटो सहितको आर्टिकलमा हाम्रा राजाको सबारी र पूजाको
      फोटो थियो —-
      त्यस आर्टिकलमा लेखेको मेरो कमेन्ट सुदर्शन जी ले खोजि खोजि राख्नु भएछ !
      नबिन जी
      पिंध नभाको लोटा हैन सही कुरा गर्या मैले .
      पूजा गर्दा जनावरको बली दिने प्रथाको पक्ष्यमा छैन म र हुने छैन पनि .
      अर्को कुरा ,
      तपाईको कमेन्टको आशय बुझे मैले ——–
      नबिन जी
      उबेला म मात्रै हैन म जस्ता थुप्रै थुप्रै सर्बसाधारणहरु माओबादिले क्यै राम्रो गर्छ कि
      भन्ने आशमा ” एक पटक माओबादिलाई हेर्नै पर्छ ” भनेर सपोर्ट गर्थे —-
      राम्रै संग हेरियो छ्रलंग देख्ने गरि —————–
      अब फेरि दोहोर्याएर हेर्नु छैन कति पनि ————–
      धेरै कुरा किन भन्नु पर्यो र ! तपाईले पनि बुझिसक्नुभो आ गर्दा को अलंकार—-
      जय देश जय नरेश
      रा प्र पा नेपाल जिन्दाबाद .

      Reply
  5. madan bajracharya says:
    August 22, 2013 at 11:53 am

    गाईजात्रा मनायको हो/ अरु भन्नु छैन/

    Reply
  6. Jeevan Thapa says:
    August 22, 2013 at 10:44 am

    केके न राखेको होला भनेर हेरेको म बुर्बुरोलाई यो सुदर्शन जी ले थाङ्ग्नामै सुताइदियो…

    Reply
  7. Laxmi says:
    August 22, 2013 at 10:00 am

    खै के खै के भ्रूम भन्या जस्तै भयो नि….anyway happy gaijatra

    Reply
  8. Birodh says:
    August 22, 2013 at 9:55 am

    गौरवसाली पार्टी (उनकै भाषामा) को सदस्यता नै खारेज हुनेभो भनेर हाम्रो पुष्पजी फेन्ट होलान है विचार गर्नुस ! चुनाउ पनि आउदै छ क्यारा, बरु बहिस्कारबादी पो परे कि ????

    Reply
  9. Naresh says:
    August 22, 2013 at 9:19 am

    म त छक्कै परेको त्यो कमेन्ट हेर्दा त

    Reply
  10. Kumar says:
    August 22, 2013 at 9:15 am

    हामी जस्ता सोझा गाइ प्राणी लाइ गाइजात्रा कुखुरा बनाउने बर्ड फ्लु को महामारी भाको बेला मा !!!! माइसंसार हो कि गाइसंसार ?

    Reply
  11. purnap says:
    August 22, 2013 at 9:12 am

    हात्ती आयो हात्ती आयो फुस्स

    Reply
  12. Vishal says:
    August 22, 2013 at 8:28 am

    It would be interesting to see what these people have to say after they read this blog!

    Reply
  13. M Rana Magar says:
    August 22, 2013 at 8:27 am

    Ha Ha Ha. We do not know the commentators personally, but are able to gauge their inclination after reading their various comments regularly. Now they got offical ‘MARKA’, even though it was meant for joke. It made me really shocked to see comments before I knew the fact.

    Reply
  14. shyam says:
    August 22, 2013 at 8:18 am

    यसरी कमेन्ट को ब्याख्या गर्दा नाम लुकाईनु पर्ने हैन र? कि यो त्यो नियम भित्र पर्दैन… यसो भन्दैमा मैले नराम्रो कमेन्ट गर्नेहरुलाई चाही उत्साहित गर्न खोजेको चाही हैन कथम्कदाचित हैन…

    Reply
  15. sunil says:
    August 22, 2013 at 8:10 am

    कमेन्ट पढेर छक्क पर्ने मा तेस्त्तो केही देखदिन

    Reply
  16. Suman bhote says:
    August 22, 2013 at 8:04 am

    बुझ्नै गारो भयो…..U turn लिए साथि हरुले……

    Reply
  17. Basanta Thapa,Maryland,USA says:
    August 22, 2013 at 7:33 am

    नेताहरु र जनताहरु स्वतन्त्रता र लोकतन्त्र को नाम मा साडे भै बलको राजनीति गरेको ले समाजमा गुण्डागर्दी ,अपहरण ,चोरी,हत्या ,लुटपाटले आकाश छोएकोले अन्तरास्ट्रीय सक्ति केंन्द्रको सहयोगमा आर्मी र जनता मिलेर अराजनैतिक अवस्थाको अन्त्य गरेका छन् \ स्वतन्त्रा र लोकतन्त्रको आडमा काटामार गरि एकापसमा जनता मारिनु ,भ्रस्टाचार जातिय , धार्मिक राजनीति हाबी भै जनतामा सदभाब हराउनु ,यस्तो अबस्थामा कुनै तन्त्र भन्दा स्थायित्व ,शान्ति र जिबन ठुलो भएकोले बाद्य भएर यो कदम चालिएको बुझिएको छ \

    Reply
  18. cRIS says:
    August 22, 2013 at 7:25 am

    हाहा| धेरै सृजनात्मक!!!

    Reply
  19. पुष्प says:
    August 22, 2013 at 7:25 am

    माथि उल्लेखित प्रतिक्रिया मेरो हो भन्ने भ्रम नरहोस् भन्ने चाहन्छु र एउटा नियमित प्रतिक्रियाकारको हिसाबले इमेल हेरेरमात्र प्रतिक्रिया प्रकाशित अनुरोध गर्दछु ।

    Reply
    1. balakji says:
      August 22, 2013 at 1:12 pm

      यो ‘प्रतिक्रियाकार’ भन्ने सब्द पहिलो पटक देख्दै छु / ल बधाई नेपाली शब्द कोषमा नया सब्द थप्न सकिएकोमा

      Reply
      1. पुष्प says:
        August 22, 2013 at 7:29 pm

        प्रतिक्रिया जनाउनेलाई प्रतिक्रियाकार नभनी प्रतिक्रियावादी भन्नु त बालाजी ? 🙂

        Reply
    2. kiran says:
      August 22, 2013 at 1:18 pm

      त्यसो भए पुरा पढ्नु भएन हैन त, फेरी पढ्नुस त पुरै ब्लग ।

      Reply
    3. suzee says:
      August 22, 2013 at 2:01 pm

      हैन जोक पनि नबुझ्या हो कि क्या हो ब्रो !!!! SERIOUSLY लिनु भएनी नि हो

      Reply
      1. पुष्प says:
        August 22, 2013 at 7:23 pm

        ‘प्रेस वक्तव्य’ भनेर लेख्न बिर्स्या र छु क्या ! हामीले नि गाइजात्रा मनाउन नपाइ !

        Reply
        1. suzee says:
          August 22, 2013 at 8:25 pm

          लु भ्याई नभ्याई छ पुष्प जी, कमेन्ट माथि कमेन्ट !!!! रमाइलै हो !

          Reply
    4. Rajendra Adhikari says:
      August 22, 2013 at 4:12 pm

      प्रतिक्रियाकार को सट्टा प्रतिक्रियावादी भने हुन्न ? 😛

      Reply
      1. पुष्प says:
        August 22, 2013 at 7:27 pm

        आफ्नो अनुहार हेरेर भन्नुस् को के हो । 😉

        Reply
  20. harihar sharma says:
    August 22, 2013 at 7:09 am

    म त के के न लेखे का कमेन्ट राख्य होला भनेर हेरे को त /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme