Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशी ग्रिनकार्ड लिने धोकेबाज सरकारी कर्मचारी सावधान, अब कडा कारबाही हुँदैछ

Posted on August 21, 2013August 21, 2013 by Salokya

PR गएको जनवरीमा बेलायती प्रहरीले नेपाली सेनाका उच्च अधिकारी कर्णेल कुमार लामालाई गिरफ्तार गरेपछि त्यहाँको वकीलले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको थियो- अभियुक्तसँग बेलायती नागरिकता छ। पछि त्यसलाई सच्याएर नागरिकता त हैन, आइएलआर अर्थात् त्यहाँको ग्रिनकार्ड जस्तै पाएको बताइयो। देशको रक्षा गर्ने जिम्मा बोकेको सेनाको उच्च पदाधिकारी विदेशी ग्रिनकार्डधारी हुन पाइन्छ कि पाइँदैन, यो विषयमा बहसै चलेन।

सुरक्षा निकाय जस्तो संवेदनशील ठाउँमा त यस्तो छ भने अरु ठाउँ अछुतो होला? के हुन्थ्यो ! देश र सरकारप्रति वफादार हुने शपथ खाएर सरकारी कर्मचारी बनेकाहरुमध्ये दुई सयभन्दा बढीले विदेशी ग्रिनकार्ड, आइएलआर वा पीआर लिएको खुलासा भएको छ। अन्नपूर्णमा आज छापिएको समाचार अनुसार त्यस्ता कर्मचारीलाई अब कडा कारबाही गर्न छानबिन सुरु भइसकेको छ।

shapath
सरकारी कर्मचारीले सेवा सुरु गर्नुअघि देश र सरकारप्रति वफादार हुने भनी यस्तो शपथ लिएका हुन्छन्।

सरकारी कर्मचारीले विदेशको नागरिक बन्नलाई अनेक तिकडम रचेका हुन्छन्। तीमध्ये एउटा आफ्नी स्वास्नी वा लोग्नेलाई ग्रिनकार्ड वा पीआर लिन लगाउनु हो। जीवन साथीले त्यो पाएपछि त्यसका आधारमा आफूले पनि पाउने प्रक्रिया सुरु हुन्छ। यो पाउनु भनेको विदेशको नागरिक हुने प्रक्रिया सुरु गर्नु हो।

देशभक्ति त मर्दैन चुत्थै देश भए पनि भन्ने कवितालाई पोशाक भत्ताका रुपमा पाएको लुगाको गोजीमा कोच्दै उनीहरु आफूले लिएको शपथ बिर्सँदै देश र सरकारप्रति गद्दारी गर्दैछन्।

नागरिक त ल भैगो, सुविधा र अवसर खोजेर विदेशमा नागरिक बन्न गए होलान्। उनीहरु आफैले मातृभूमि सम्झिएर देशका लागि केही गरे त्यही ठूलो हुन्छ। उनीहरुलाई रोक्न सकिँदैन र रोक्न मिल्दैन पनि। तर यी सरकारी कर्मचारीहरु देशमा गरिब जनताको करले बनेको कोषबाट तलबभत्ता खाएर पेन्सन पकाएर यता नेपालको पेन्सन पनि खाने अनि उता अर्कै देशको नागरिक बन्ने प्रक्रियामा हुन्छन्।

‘कि विदेश रोज्नुपर्‍यो, कि मुलुकको सरकारी सेवा रोज्नुपर्‍यो, दोहोरो चरित्रमा बसेर मुलुकलाई धोखा दिन पाइँदैन,’ मुख्य सचिव लिलामणि पौडेलले अन्नपूर्णलाई भनेका छन्। समाचार अनुसार हरेक मन्त्रालयका कर्मचारी विदेशी पीआर लिएर पेन्सन कुरेर बसेका छन्। एउटा मन्त्रालयमा कम्तीमा सातदेखि बढीमा २३ कर्मचारीसम्मले पीआर लिएका छन्।

देशैलाई लात हान्न सक्ने यस्ता कर्मचारीले सरकारी सेवामा देशलाई फाइदा हुने के काम गरे होला त ? आफ्नै निजी फाइदा हुने धेरै काम गरे होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ।

मन्त्रालयका अधिकारीदेखि न्यायाधीशसम्म उस्तै
समाचारमा एउटा रोचक तर घोचक प्रसङ्ग पनि जोडिएको छ। अलि अगाडि शान्ति तथा पुननिर्माण मन्त्रालयका कर्मचारीहरु अमेरिका भ्रमणमा जाँदै थिए। एक वरिष्ठ अधिकारीलाई अमेरिकी दूतावासले भिसा दिएनछ। ‘हैन यिनलाई चाहिँ किन भिसा नदिएको हो’ भनेर ताकेता गर्दा अमेरिकी दूतावासले जवाफ दिएछ- हाम्रै नागरिकलाई किन भिसा दिने ? लौ भएन त फसाद। हाम्रो देशको ठूलो सरकारी कर्मचारी त उनीहरुको देशको पो नागरिक रे।

अस्ति भर्खरै मात्र न्यायाधीश बन्नेहरुको हुलमा अमेरिकी ग्रीनकार्ड होल्डर भैसकेका श्रीकृष्ण भट्टराई पनि रहेको खुलासा अनलाइनखबरले गरिसकेको छ। उनकी पत्नी अमेरिकामा रहिछिन्। अनि उनी कहिले अमेरिका, कहिले नेपाल बस्ने रहेछन्। सरकारी वकीलको जागिर यथावत। अहिले त न्यायाधीश।

दिवाकर पन्तको कथा पनि रोचक छ। सहसचिव छँदा अध्ययन विदा भन्दै अमेरिका गएर उतै काम गरेर बसी ग्रिनकार्ड बोकेर फर्केर सचिव भए। सचिवबाट पेन्सन पकाएर उनी अहिले फेरि उतै गइसके। परराष्ट्र सचिवपछि राष्ट्रस‍ंघको स्थायी प्रतिनिधि र बेलायतका राजदूतसमेत भएका मुरारीराज शर्मा अहिले बेलायतमा राजनीतिक शरणार्थी भएर बसेको अन्नपूर्णले लेखेको छ। समाचार अनुसार झण्डै चार वर्षदेखि शरणार्थी जीवन बिताएका उनले नेपालबट पूर्व सचिवको सुविधा पनि लिन गरिरहेका छन्‌।

सहसचिव चण्डी दाहाल, किरण शर्मा लगायत २० भन्दा बढी उच्चपदस्थ कर्मचारीका परिवार डीभी परेर अमेरिका पुगेका रहेछन्। अनि अरु कतिपय कर्मचारीको परिवार भने पीआर लिएर क्यानाडा पुगेका रहेछन्।

के कारबाही हुन्छ त ?
कारबाही बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविज्ञसँग परामर्श लिँदैछ। उनीहरुलाई कडा कारबाही हुन्छ भनिएको छ। मुख्य सचिव पौडेलले यसको कानुनी र व्यवहारिक पक्षबारे गहन गृहकार्य भइरहेको बताएका छन्।

त्यस्तालाई सेवामा कायम रहेको भए बर्खास्त गर्ने र पेन्सन सुविधा समेत खारेज गर्ने विषयमा छलफल भइरहेको खबरमा छ।

तपाईँलाई के लाग्छ, यस्ता कर्मचारीलाई कस्तो कारबाही गर्नुपर्ला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस्।

79 thoughts on “विदेशी ग्रिनकार्ड लिने धोकेबाज सरकारी कर्मचारी सावधान, अब कडा कारबाही हुँदैछ”

  1. madan bajracharya says:
    August 24, 2013 at 1:10 am

    हो नेपालमा करोडौं अरवौ को घोटाला गरेर देस घाती काम समेत गरेर नेपालीको हत्या समेत गरेर बिदेशमा स्थाई बसोबास गर्न जान सक्ने ब्यबस्था र अबस्थामा नियन्त्रण त् गर्ने पर्छ तर के गर्न देलान ठुला पदमा बसेका नेता र कर्मचारीहरुले?

    ठुलो सार्वजनिक तथा सरकारी पदमा नरहेका आम नेपाली नागरिकहरु बिदेसमा जान बा बिदेशी बस्न रोक लगाउन सकिंदैन/ किन भने नेपाल कट्टर कम्युनिस्ट ब्यबस्था अंगालेको देस होइन/ तर लोकतान्त्रिक ब्यबस्था अंगालेको नेपालमा नेपालको रास्ट्रिय सुरछ्या र हितको निमित् सार्वजनिक र सरकारी सेवा लगायत सदनको कुर्सि ओगट्ने माथि उनीहरु बिदेशमा जान सरकारको स्वीकृति लिनु पर्ने र उनीहरु पदमा रहुन्जेल उनीहरुको पासपोर्ट सरकारमा डिपोजिट राख्नु पर्ने कानुन बनाउन सक्छ/ तर न त् यस्तो कानुन उनीहरुले बनाउन दिन्छ न यस्तो कानुन बनि हाले पनि उनीहरुलाई केहि फरक नै पर्छ/ किनभने आज सम्म नेपालमा कानुनि कार्यवाही हुने काम गरेको सार्वजनिक पदमा बसेको ठुलो नेता र कर्मचारीमा मात्र यक जना डाक्टर कुँवरजितसिंह मात्रै पासपोर्ट चाहिने देस चीन मा निर्वासित भयको थियो/ बाकी सबै त् भारतमा गयको छ/

    सन् १९५०को सन्धि आफैमा सबै नेपाली नागरिकहरुको निमित “स्थाई आवास भिसा मात्रै होइन भारतको नागरिकता” समेत हो/ सन् १९५०को सन्धि अन्तर्गत सबै नेपालीले भारतमा भारतीय नागरिक सरहको अधिकार सहित भारतमा घर जग्गाको मालिक बनेर स्थाई आवास गर्न पाउँछ र उनीहरुले नेपालमा रहंदा कुनै जघंन्य अपराध गरेकै भय पनि उनीहरुलाई भारत बात फर्काउन सकिने “सपुर्दगी सन्धि” समेत नेपालमा कुर्सि पाउन कुनै पनि अपराध गर्ने र कुर्सि नपाय सुत्तुक्क भारत प्रवासमा जाने नियत बोकेका नेताहरुको सरकारले गर्न चाहेको छैन/ सन् १९५०को सन्धिको नेपाली भारतमा पुगे भारतीय सरह बन्ने यो प्रावधान नै नेपालमा हुँदै आयको सबै सामाजिक आर्थिक र राजनैतिक अपराधको कारण हो/ नेपाली भारतमा भारतीय नागरिक सरह हुने ब्यबस्था नेपाल र नेपालीको निमित सम्मान होइन अपमान हो/ के कुर्सि नपाय भारत प्रवासमा जाने नेताहरुको सरकारले यो ब्यबस्था खारेज गर्न तयार होला?

    यदि बिदेशमा स्थाई बसोबास गर्न सक्ने भयकाले सार्वजनिक पदमा रहन नपाउने हो भने भारत नेपालको निमित बिदेस होइन भन्नु पर्ने हुन्छ/ यसो भन्नु पर्ने अबस्था आयमा कुन चाहि नेता तयार होला?

    अब रह्यो तेश्रो मुलुकको स्थाई आवास भिसाको बारेमा/ तेस्रो मुलुकले दिने स्थाई भिसा म्यादी हुने; तेहिको नागरिक सरह सुबिधा नपाउने सरकारी नोकरी नपाउने र अनेकौं अरु बन्देज लाग्ने हुने हुन्छ र त्यहाको सरकारले चाहे कुनै पनि समय त्यो भिसा रद्द गरेर फर्काउन सकिने हुन्छ र नेपालले चाहे पनि तिनीहरुलाई कुनै पनि समयमा फर्काउन सकिने हुन्छ/

    सरकारले मात्रै होइन कसैले पनि चाहेमा तेस्तो व्यक्ति कुन सहर कुन कुन घर मा बस्छन उसको टेलिफोन नम्बर के हो आदि मात्रै होइन उसको अरु निजि र पारिबारिक विवरण समेत मात्र दुइ तिन डलर तिरेमा केहि मिनेट भित्रै उपलब्ध गराउने साइतहरु इन्टरनेटमा थुप्रै छन्/ यो बाहेक पनि अचेल अमेरिका युरोपको स्टेट र सहरहरुमा नेपालको पार्टीहरुको भात्री सगथान र एजेन्टहरु थुप्रै छन्/ उनीहरु बात पनि नेपालमा अपराध गरेर उतै बसोबास गर्नेको बारेमा जानकारी गर्न सक्छ/ तर केहि गर्दैन र तेस्ता अपराधीको बारेमा जानकारी नपायको ठेगाना पत्ता नलागेको ढोंग रचेर रचेर बस्नुको अर्थ के हो?

    मैले केहि समय अघि नेपालको बैंकको सीइओ पदमा ७ अरव २३ करोड रकम ठगेर अमेरिकामा बसेको र तेस्को अरु विवरण थाह नभयर कार्यवाही अघि बढाउन नसकेको भन्ने हस्यस्पस्द कुरा पढेको थिय/ के त्यो व्यक्तिको विवरण जान्नै नसकिने हो? अमेरिकामा बस्ने कुनैको कुनै पनि व्यक्तिगत पारिबारिक विवरण लगायत उसको घर ठेगाना उसको सेल फोन र होम फोन नम्बर जान्न मात्र दुइ तिन केहि डलर तिरे विवरण उपलब्ध गर्ने एजेन्ट को बारेमा नेपालको सरकारलाइ थाह नभयको हो बा केहि अशुलेर चुप बसेको हो?

    करिव यक बर्ष अघि अमेरिकामा ग्यास स्टेसनमा कम गर्ने यौटा नेपालीले अर्काको चिठ्ठाको रकम कुम्ल्यायर नेपाल भागे/ अमेरिकामा ठगि गरेर नेपाल फर्केको नेपालीलाई अमेरिकी सरकारको अनुरोधमा नेपालको सरकारले पकड्न सक्छ भने नेपालमा ठगेर अमेरिका पुगेको नेपालीलाई पनि नेपालको सरकारको अनुरोधमा अमेरिकी सरकार बा इन्टर पोलको सहयोगमा पकडेर नेपाल मा कार्यवाही गराउन सकिन्छ; केहि नघिच्चेको भय!!

    यदि नेपालको सरकारले नेपालमा अपराध गरेर बिदेस पुगेको कसैलाई कारवाही गरेर नेपाल फर्कायर कानुनि कार्यवाही गरेको उदाहरण देखाउन सकेको भय कसले कुन मुलुकको तेश्रो मुलुकको ग्रिन कार्ड लियको छ भनेर टाउको दुखाउनु पर्ने अब्स्थानै आउने थियन/

    नेपाल कम्युनिस्ट मुलुक होइन लोकतान्त्रिक मुलुक हो/ नेपालले कम्युनिस्ट ब्यबस्ता अंगालेको भय सायद नेपाली माथि विदेश जान बस्न प्रतिबन्ध लगाउन सकिन्थ्यो होला/ तर लोकतान्त्रिक नेपालको संविधानले नेपालको नागरिकलाई बिदेशमा जान बा बस्नमा प्रतिबन्ध लगायको छैन/ हो सरकारले चाहेमा सार्वजनिक पदमा रहेको बिशेष गरेर रास्ट्रिय सुरछ्या र ठुलो आर्थिक कारोबार हुने सरकारी कार्यालय र बैंक हरुमा कार्यरत कर्मचारीहरु ले विदेशको स्थाई आवास लियमा पद वाट राजिनामा गर्नु पर्ने नियम बनाउन सक्छ/ तर उसको परिबारले विदेशको स्थाई भिसा लिनमा बन्देज लगाउन संविधानले नै दिंदैन/ अनि उसको परिबारले विदेशको स्थाई भिसा पायको छ भने सो भिसा अन्तर्गत उसले पनि विदेशको स्थाई भिसा पाउनेनै हुन्छ/ त् कसरी कार्यवाही गर्न सकिन्छ? त् उपाय यौटै छ नेपालमा अपराध गरेर विदेश पुगेकालाई नेपाल फर्काउन सकिने कानुन कडा सिट पालना गराउने/ नेपालमा अपराध गरेर बिदेस पुगेकालाई बिदेस बात नेपाल फर्काउने जिम्मेवारी पुरा नगर्नेलाई “लोकमान” को जिम्मा लगाउने/

    Reply
  2. Bishwash says:
    August 23, 2013 at 10:53 pm

    मलाई तथांका सुन्दा अचम्म लग्यो . म Canada जादा तेहाको एउटा university मा रहेका १७ परिवारमा ४ सरकारी कर्मचारी परिवार सहित Nepal को जब होल्ड गरेर बसेका थिए . साथीहरुको कुरा सुन्दा DSP, SP, Under & Joint सेक्रेटरी, Lecturer त कति कति . अनि सरकारी आंकडामा जम्मा २०० छनकि अरे . म दावाका साथ भन्न सक्छु ३००० भन्दा बढी सरकारी स्थाई कर्मचारी विभिन्न कार्ड लियर बसेका छन्. फेरी पनि भन्छु केहि हुदैन तिनीहरुलाई . जब सम्म देशले “कर्मचारी तन्त्रको पोलिटिक्स मा दिक्क मानेर विदेश पढ्न जाने doctor , Engineer , Pilot , Accountant वा प्राबिधिक हरुलाई आउँ आउँ देश कहिँ बिग्रेको छ भने बनाउने भयर आउँ…भन्ने आग्रहको साथै तेस्तालाई उपयुक्त कम गर्ने ठाउँ दिदैन तबसम्म आध्यान को नाममा बिएश जाने धेरै जसो कर्मचारीले उतैको बसोबासको जोहो गर्दै यो देशलाई गाली गर्ने र धिक्कार्ने बाहेक कसैको केहि हुने छैन .

    Reply
  3. sanjay says:
    August 23, 2013 at 11:05 am

    सरकारी स्कलरसिपमा गएर उतै कार्ड लिएर बस्नेलाइ चाहि कोर्रा हान्दै नेपाल फिर्ता ल्याउनु पर्छ । खैरेले नेपाली गरिबलाइ स्कलरसिप दिने दया हुदा पनि फर्केर नेपाल आएर सेवा गर्नु पर्छ भन्ने चेत नभाका अचेत हरूलाइ ल्याएर यहाँको डाडाँमा हलो जोताउनु पर्छ ।

    Reply
    1. AngSherpa says:
      August 25, 2013 at 12:36 am

      कसले हाल्छ जेल,ढाडु पनिउ सब उनीहरुकै हातमा छ/हाँसो लाग्ने कुरा नगरौं न हो/

      Reply
    2. AngSherpa says:
      August 25, 2013 at 12:39 am

      चोर्न जान्नु पर्छ करोडौं गाडी र घर जोडे पछि ठालु भै हालिन्छ नि कसले चोर भन्न सक्छ र ?

      Reply
  4. Pakrisa says:
    August 23, 2013 at 1:16 am

    मुख्य सचिब जिउले मुखले त भनिहाल्नुभयो कारबाही गर्छु भनेर तर यो कारबाही उहालाइ नै भारी पर्ने देखिन्छ किनकि सबै ठुलाबडा वा ठुलाबडाका छोराछोरी छन्. भगवानले उहालाई यस्ता कर्मचारीलाई कारबाही गर्न सक्ने शक्ती देओस यही मेरो कामना छ.

    Reply
  5. Sisir says:
    August 22, 2013 at 1:30 pm

    बिदेशी नागरिक भएर नेपाल सरकारको नोकरी , यो त सरासर गैर कानुनी र रस्त्रद्रोह हो ..
    एस्ता कर्मचारीलाई बर्खास्त गरि तु जेल हाल्नु पर्छ ..

    Reply
  6. lekhnath says:
    August 22, 2013 at 1:06 pm

    PR , Green कार्ड आदि लिने लाइ सख्त कारबाही हुनु पर्छ/
    बिदेशी नागरिकता लियर नेपाली नागरिकता त्याग्ने हरु लाइ नेपाल भित्रिन नै नदियको धेरै राम्रो/
    तिनी हरु देश घाटक, अनि देश घातक हुन्.
    अझै भन्ने हो भने विदेश मा जाने सबै लाइ कारबाही हुनु पर्छ /
    आफ्नै देश मा काम नगर्ने, बरु विदेश मा मजदुरी गर्ने लाइ पनि कारबाही हुनु पर्छ.
    नाम लिनु पर्दा दुवै, कतार , मलेशिया , भारत, uk (लाहुरे ) अमेरिका , अस्ट्रेलिया जता जता नेपाली गयका छन् सबै देश घातक हुन्,
    सबै लाइ नेपाल मा पाइला टेक्ने बित्तिकै कारबाही होस् /

    Reply
  7. suman p says:
    August 22, 2013 at 9:29 am

    एस्तो नाऊ कहाँ दिने होला ? म संग टन्नै छ . हाम्रो रगत पसिना गरि तिरेको करको दुरुपयोग हुनु हुदैन.

    Reply
  8. jharana says:
    August 22, 2013 at 8:09 am

    यो चै ठिक होला जस्तो छ है यदि कडाइका साथ लागु भयो भने | नेपालको कृषि अनुसन्धानमा (नार्क) काम गर्ने र रामपुर क्याम्पसका पढाउने हरु यता अमेरिका क्यानाडा तिर ग्रीनकार्ड अनि नागरिकता लिएर बस्ने टन्नै छन्| नेपाल को जागिर पनि छोडेका हुन्नन्, तलब र पेन्सन पनि लिंचन| कडाइ गर्ने कुरू आयो भने तीनहात उफ्रेर सरकार को बिरिध गर्छन र नेपालको वातावरणको बिरोध गर्छन| कमसे कम नेपाल को जागिर छोडे त नेपाल मै भएका बेरोजगार हरुले काम पाउचन नि\ आफु पनि जाने होइन पद र पैसा मात्रै ओगटेर बस्छन|

    Reply
  9. sunil says:
    August 22, 2013 at 5:49 am

    साथीहो कमेन्ट भन्दा पनि आफुले चिने जानेको नाऊ पोस्ट गरि हालु/

    Reply
  10. शशांक लामा says:
    August 22, 2013 at 5:17 am

    एघारै औंला घिउमा डुबाएर दुइदेशको हण्डि खान त मिलेन नि ! अब कारबाहीको लागि नियम खोजि रहनु पर्छ र ? सिधै लाटो हिसाबबाट जाउँ न ! विदेशीले नेपाल सरकारको जागीर खान पाउछ र ?

    Reply
  11. Parixit says:
    August 22, 2013 at 3:42 am

    जस्ले सरकारी सुिवधा िलएकाे छैन उनीहरुलाई त सरकार ले पनि कारवाही गर्छु भनेकाे छैन, तपाई यसरी िकन झस्कनु भएकाे नी महाेदय, कतै तपाई पनि दाेहाेराे सुिवधा िलने मध्यमा एक त पर्नु भएन ? भन्छन नी अगुल्टाे ले हानेकाे कुन्नी के जाती हाे िवजुली देख्दा तर्सन्छ भनेर ।

    Reply
  12. sandesh says:
    August 22, 2013 at 3:41 am

    देश खोक्रो पार्ने यो अर्को काइदा हो । पढाईको नाममा होस् वा अन्य बहानामा होस् नेपालका कर्मचारीहरू बिदेशमा स्थायी र अस्थायी रुपमा बस्दै आएका छन् । देशमा बसिखान नभएपछी बिदेसिनुलाई बाध्यता नै मानेपनी देशको धुकुटीमा रजाइ गर्ने कर्मचारी अनेक बहनामा बिदेसिनु र नेपालमा खाइपाइ आएको तलब वा भत्ता निरन्तर लीइरहनु कानुनी रुपमा अक्ष्यम्य त हुँदै हो नैतीक रुपमा पनि त्यस्को बचाउ गर्ने कुनै आधार छैन । जागिर खानुस् वा छोड्नुस् तपाईंको खुशी तर देशको सेवा गर्ने कसम खाएर बसेपछी त्यो सपथ अनुसार काम नगर्ने हो भने कार्बाहिको भागिदार हुन तयार हुनुस् । कतिपय त सरकारी पैसामा पढेर येतै मुन्टिएका पनि छन्, तीनको पनि हिसाब किताब गर्नु पर्छ । जस्ले बर्सौ सम्म अनेक बहानमा बिदेश बसेका छन् र कहीले काहि हाजिर हुन नेपाल जाने गर्छन् तीनको पनि अब हिसाब किताब गर्नु पर्छ । यो काम पहिल्यै हुनु पर्ने हो तर ढिलै भए पनि काम सुरु भएको छ । आशा गरौ यो येत्तिकै बिलाउने छैन् र त्यस्ता कर्मचारीलाई दुइमा एक रोज्नै पार्ने बाध्यता श्रीजना हुनेछ । की नेपाल फर्केर नेपालको सेवा गर्ने की त बिदेशमा बस्ने, दुइटै वोगटेर बस्न पाइदैन । त्यो पोस्ट्मा अर्को बेरोज्गार नेपालीले काम पाउछ । तिमिलै बसिबसी दिने तलब काम गर्ने अर्को कर्मचारीले पाउछ । यस्बारेमा माइसन्सार ले फलो अप जारी राख्नु पर्छ र कमेन्ट मा लेखिएका नामहरू सम्बन्धित निकायमा रिपोर्ट गर्ने र त्यस्ता ब्यक्तिको सूचना पठाउने गोप्य ईमेल पनि सम्प्रेसित गर्नु पर्छ ताकि लुकेर बसेका त्यस्ता समाजका भाइरसलाई सफाइ गर्न सकियोस । संसार भर छरिएका नेपालीले यस काममा सहयोग पुर्याउने नै छन् । कृपया माइसन्सार यस्को फलो अप गरिरहनु होला । यो एक्दमै ठुलो इस्यु हो । अरु धेरै इस्यु जस्तै यो पनि हात्ती आयो हात्ती आयो फुस्सा नहोस् ।

    Reply
  13. Suman bhote says:
    August 22, 2013 at 3:10 am

    केहि हुनेवाला छैन…. ठुला ठुला मान्छे सग ग्रीन कार्ड छ….. यो यसै सेलाएर जान्छ… १००० औ छन् तेस्त मान्छे जो माथिलो पोस्ट मा काम गरि राख्या छन्…. के थाहा अहिले का मन्त्रि पनि छन्? नेता सग पनि हुन सक्छ…..
    के हि हुने बाल छैन…… यसै सेलाएर जान्छ……

    Reply
  14. Khambu Rae says:
    August 22, 2013 at 2:09 am

    Nepal government should make policy those crooks should not allows to enter into Nepal ever including his or her family members. If they do somehow via India then Nepal police should put them in prison at least 10 years and fine them 10 times more than what they owe to country of Nepal.

    Reply
  15. babu says:
    August 22, 2013 at 1:43 am

    येस्ताहरुलाई सेवामा रहिरहेकालाई सरकारी सुबिधा केहि पनि नपाउने गरि बर्खास्त अनि कानुन बमोजिम कडा भन्दा कडा जेल सजाए सेवा अविधिमा येस्ता अनेक नामका बिदेशी कार्ड लिई देशलाई धोका दिएर विदेश बसेका तर पेन्सन सुबिधा लिएकाहरुलाई सम्पूर्ण पेन्सन सुबिधा कटौती गरि नेपाल आउन आजिबन बन्देज गरिदिनुपर्छ साथै नेपाल आएको खण्डमा पक्राउ गरि जति पनि उसले लिएको पेन्सन रास्ट्रको ढुकुटीमा नै फिर्ता गरि जेल सजाए सहितको कारबाही गर्नु पर्छ येस्ता ताक परे तिवारे नत्र गोतामे हरुलाई

    Reply
  16. Pakrisa says:
    August 22, 2013 at 1:10 am

    थाहा पाई सके पछि पनि मुख्य सचिबले कारबाही गरेनन भने उनिलै नै कारबाही गर्नु पर्छ / कारबाही गरे भने सूचना उपलब्ध गरायर हामीले मद्दत गर्नु पर्छ/

    Reply
  17. Rupak says:
    August 22, 2013 at 12:24 am

    यस्ता दानाब हरुलाई त PR / ग्रीन कार्ड लियको मिति देखि को कारबाही लागू हुने दिन सम्म को रकम हिसाब गरेर फिर्ता लिई तेतिनै रकम जरिवाना असुल गरी सेवामा रहेको वर्ष जतिनै कैदी बनाउनु पर्छ देश द्रोही को अभियोग ठोकेर ….
    बाकी यहाँ हरुको न्याय …

    Reply
    1. Siyan says:
      August 22, 2013 at 12:08 pm

      मुलुक विरुद्ध जासुसी गरेको पनि त अभियोग लगाउन सकिन्छ नि हैन र???

      Reply
  18. dipak says:
    August 21, 2013 at 11:25 pm

    सरकारी सेवामै रहदा रहदै विदेशको ग्रीनकार्ड वा नागरिकता लीने अनि गरीब जनता ले तिरेको कर बाट तलब भता खाने हरु १ न को मुलुक लुटाहा भनेमा फरक नपर्ला ।एस्त बहालवाला कर्मचारी हरुको व्यापक खोजि गरी कारबाही प्रक्रिया अगाडी लाने साथै अबकास प्राप्त भै सकेपछि पौने सबै सुबिधा बाट बन्चित गराउनु पर्दछ ।

    Reply
  19. Biswash says:
    August 21, 2013 at 11:16 pm

    दुई तिरैको सुबिधा उपभोग गरेको पाइएमा सेवा बाट बर्खास्त गर्दै हाल सम्म खाए पाएको सुबिधाको कम्तिमा दश गुणा बिगो बराबर को असुल उपर गर्नु पर्छ |

    Reply
  20. Lalit Narayan says:
    August 21, 2013 at 11:04 pm

    चिची पनि पापा पनि चाहिने मा…सरकारी कर्मचारी l कहिले पेन्सन पाक्छ र विदेशमा जाउँला भनेर दिन गन्ने हरुले कसरि जनताको सेवा गर्छन ? त्यस्तालाइ तुरुन्त बर्खास्त गरिनु पर्छ l

    Reply
  21. yukta says:
    August 21, 2013 at 9:53 pm

    पंचायत काल देखि बहुदलीय सरकार सम्म को सरकार ले देश को ढुकुटी खर्च गरि गरि छात्रबिद्धि मा पढ्न पठाएका कतिपय कर्मचारी हरु आज अमेरिका , क्यानाडा , युरोप लगायत अन्य देश मा पढाई सिद्धिए पछि उतै भास्सिए उनि हरु माथि छानबिन गरेर कारवाही गर्ने कहिले नि ? सरकार ले उनि हरु माथि गरेको खर्च ब्याज सहित उनि हरु बाट वोकाल्ने कहिले ?

    Reply
    1. Bidnod Marasini says:
      August 21, 2013 at 11:20 pm

      होइन अरु पढेर यतै बसे भनेर रिस देखाउनु भन्दा पनि, लौन नेपाल सरकार ले मलाई जागिर दियोस बतावरद दियोस तुरुन्त नेपाल आउछु with my PhD डिग्री.

      Reply
      1. Lalit Narayan says:
        August 22, 2013 at 1:18 am

        PhD डिग्री होल्डर sir, आफ्नो खर्चमा पढेर बिदेशमै बस्ने बिद्यार्थीलाइ हैन सरकारी खर्चमा/छात्रबिद्धि मा पढ्न पठाएका कतिपय कर्मचारी हरुलाइ पो छानबिन गरेर कारबाही गर्ने भनेको l तपाई किन आतिनु भाको? कि तपाई पनि सरकारले छात्रबिद्धि मा पढ्न पठाएका पर्नु भयो? 🙂

        Reply
      2. abhi says:
        August 22, 2013 at 3:25 am

        बिनोद जी उतै बसी बसी आइज बाबु राम्रो १ लाख पर्ने जागिर खाउ भनेर हजुर लै कसैले भन्दैन/ जसले मह कट्छा उसले हात चाट्चा भने जस्तै तपाईं नेपाल न आइकन उतै बसेर फलाकेर मात्र हुन्न/

        Reply
      3. suzee says:
        August 22, 2013 at 4:03 am

        के को बाताबरण दिओस भनेर बहाना बनौउने, युरोप मा छत्रब्रिदि लिदा आफ्नो देशमा फर्केर काम गर्छु भनेर लिने अनि पछि तेतई भासिने हरु १०० मा १०० नै छन्,
        SELFFINANCE मा PH D गरेको भए भन्नु केहि छैन , आराम ले विदेश मा बसे हुन्छ . NO COMPLAIN AT ALL , तर सरकारी धन वा युरोप को SCHOLARSHIP मा गरेको भए , बाताबरण भए या नभए नेपाल तिर लागे भो , मरासिनी जी
        भन्न खोज्य तेही हो .
        अनि झन् सरकारी कर्मचारी भए त झन् घोक्रे ठ्याक लगाए भो.

        Reply
      4. Raj Sharma says:
        August 22, 2013 at 4:07 am

        होइन sir तपाई लाई कसले विदेश मा नबश भनेको छ र ..उतै मज्जा ले गरि खाए हुन्छ नि कोसैले रीस गरे छैन …तर उता अध्यन बीदा लिएर जाने अनि यता को नि सुबिधा लिएर बस्ने तेस्तो दुइ चरित्रे लाई पो भने को..अनि नेपाल मा नि सरकारी कर्मचारी भएर नेपाल को सेवा लिने अनि सेवा आवधि मै बिदेश को P R ग्रीनकार्ड वोकेर देश लाई घात गर्ने लाई भने को…कतै sir नि दुइ चरित्रे त होइन ….नत्र किन tension त ?

        Reply
      5. Hillman Myagdi says:
        August 22, 2013 at 5:09 am

        नेपालको सरकारी अहोदामा नभएको र आफ्नो खर्चमा पढेको भए ठिकै हो| तर कर्मचारीको हैसियतले सरकारी खर्चमा पढेको हो भने त् जनताको कर फिर्ता गर्नु पारो मित्र|

        Reply
      6. dipesh says:
        August 22, 2013 at 3:52 pm

        PhD गरेका मान्छे त सरकारले लौ जागिर दिएर त देखावस भन्छन भने देशमै भएका अरुले के गरुन। आफ्नो डिग्रि र बुध्दिमा भरोसा छ भने जागिर ले भनेर हैन म जागिर दिन सक्छू भनेर देखाउनुस न हो डाक्टर साब।

        Reply
      7. Binod says:
        August 24, 2013 at 2:31 am

        नेपाल मा गएर लोक सेवा पास गर्ने हिम्मत राख्नुहोस ,,, विदेशमा बसेर नेपालले job दिएन भनेर complain नगरौ …. नाच्न नजान्ने आगन टेढो …

        Reply
    2. Dipendra Maharjan says:
      August 22, 2013 at 3:03 am

      यो रातो मा कमेन्ट गर्ने पनि छत्र बिर्ती लिएर पढ्न गई उतै भासिएका PHD वालाहरु नै हुनु पर्छ

      Reply
  22. नरेन्द्र says:
    August 21, 2013 at 9:39 pm

    राम्रो कामको सुरुवात यो संगै नेपालका सरकारी र अर्धसरकारी जागिरे जो अहिले पढ्ने नाममा विदेश बसेका छन तिनीहरुलाई पनि कारबाही गरे हुने। उताको तलब भत्ता नि पचाउने, पद ओगटेर बसी रने, नयाले अवसर नपाउने, यता पढेर सके पछि उनीहरु नेपाल नफर्किने। त्यस्तालाइ राज्यले पढ्ने बेला तलब सुबिधा देर गरिब जनताको करबाट किन पाल्नु? दियको तलब सुबिधा पनि असुल उपर गर्ने व्यवस्था लागु पर्नु पर्छ जस्तो देखिन्छ। यो सम्बन्धि पनि अलि कडा कानुन बनोस, देश र जनताको पैसामा पढे पछि त सकेर सेवा गर्न फर्कनु पर्यो नि देशमा, हरेक तिकडम गरेर विदेश मै बस्ने र अझ सके जागिर पनि बचाई राख्ने हरुलाई खोजि खोजि कारबाही गरियोस।

    Reply
  23. praveen says:
    August 21, 2013 at 9:34 pm

    सिधै नेपाली नागरिकता जफत गर्दिने बैंक खाता freeze गर्ने र नेपाल को सम्पति राष्ट्रियकरण गर्ने नि, नेपाली नागरिकता नै नभए पछि नेपाल मा कर्म चरी पद मा बस्न नि पैदैना pension को नि कुरै भएन

    Reply
  24. Ragupati says:
    August 21, 2013 at 8:55 pm

    राम्रो कामको सुरुवात भयो. देस त्यसै बिग्रेको हैन रहेछ.

    Reply
  25. Nabin Adhikari says:
    August 21, 2013 at 8:55 pm

    जुन थालमा खाने तेही थालमा दुलो पर्ने येस्ता कर्मचारीहरु पक्रेर झ्यालखाना हाल्नु पर्छ अनि आइले सम्म पाएको तलब, भत्ता असुल गर्छु पर्छ |
    लाचार, नीकम्मा सरकारको फाइदा उठाए जस्तो छ ||

    Reply
  26. Naba says:
    August 21, 2013 at 8:24 pm

    यो चाही अर्को राम्रो कामको सुरुवात हो खिलराज सरकारको . यदी विदेश जानु छ भने नेपाल सरकारको २/४ पैसामा पनि के आँखा लगाईरहेका होलान हुत्तिहारा बनेर. एकातिर कामको घाटा, अर्को तिर ठाउँ भने ओगटेको ओगतेई. कम्तिमा अरु केहिलेत जागिर नपाएर बिदेशिनु पर्ने थिएन ..

    Reply
  27. Milan says:
    August 21, 2013 at 8:18 pm

    यस्तो कार्य मा कारबाही हुनै पर्छ, हुनै पर्छ !
    यसले गर्दा बिदेशमा बसेर नेपाल को राजनीति गर्नेहरु को संख्या पनि घट्छ कि ? किनभने मैले धेरै मान्छे हरु देखेको छु, नेपालमा आफु सुहाउदो बाताबरण बन्यो भने पदमा बस्न पाइन्छ भनेर मरिहत्ते गरेर नेपाली जनसम्पर्क समिति भन्दै राजनीति गरिरहेका हरु.

    Reply
  28. ujjal says:
    August 21, 2013 at 8:14 pm

    अर्का निजामती कर्मचारी हुन् तुलसीराम शर्मा …………उनि बन मन्त्रलाये अन्तर्गत काम गर्छन क्यारे………..उप-सचिब …………एस्त कति छन् कति….

    Reply
  29. साक्ष्यात सुशिल says:
    August 21, 2013 at 7:56 pm

    बर्खास्त त हुने नै भए साथै पेन्सन रोक्का गरेको पैसाको केही अंश यस्ता मानिसलाई सामाजिक बहिष्कारको नीम्ति प्रचार प्रसारमा खर्चिनुपर्छ । जहाँ भेटिए पनि छि छि र दूर् दूर् भएपछि बिस्तारै यो प्रब्रितीमा कमी आउनेछ ।

    Reply
  30. Yodan Bahing says:
    August 21, 2013 at 7:34 pm

    एउटा जिमेवार निजामती कर्मचारी भएर शपथ आ-आफनो ओहोदा अनुसार को खाएका छन् अब कुरा रहयो बिदेशी नागरिकता वा पी.आर. यस्तो Status भएको व्यक्तिलाई जानु नपाउने हैन उसले नोकरी गर्दा सम्मको सबै तलब सुबिधा र भत्ता सबै फिर्ता गराउने अनि जनताको सामु खुलामंचमा लगेर मिडियाको आगाडी माफी माग्नु लगाएर पठाउने !

    Reply
  31. sandesh says:
    August 21, 2013 at 7:16 pm

    सेवामा छदै बिदेशी ग्रीन कार्ड /नागरिकता लिने एउटा कुरो भयो , तर सेवा अबधि पुरा काम गरेर कुनै मान्छे अमेरिका, युरोप, अफ्रीका, वा चन्द्रमा वा कतै गएर बस्छु भन्यो भने पनि उसको व्यक्तिगत अधिकारको कुरो हो, येति सानो कुरो त लिलामणि जी ले बुझेको हुने पर्ने हो | यी बाजे पनि कहिले कहिँ अल्लि उग्र कुरा गर्छन |

    Reply
    1. sandesh says:
      August 21, 2013 at 8:47 pm

      मेरो भनाइ नेपालमा सेवा अबधि पुरा गरेर पेन्सन लिएर जहाँ बस्छु भने पनि उसको अधिकारको कुरो हो |

      Reply
  32. krish says:
    August 21, 2013 at 7:13 pm

    अझ उनीहरु खाँट्टी देशभक्त , राष्ट्रवादी , भएको स्वांग पर्दै पूर्व पन्चहरुको गुण गाउँदै राजतन्त्र फर्काउने वकालत गर्दै पत्र पत्रिकामा लेख लेख्ने र कमेन्ट गर्ने गर्छन र दुनियालाई हसाउछन /

    Reply
  33. Binod says:
    August 21, 2013 at 7:06 pm

    जागिर राखेर ग्रीन कार्ड वा पीआर लिनु एकदम नराम्रो हो र सरकारी नियम को बिपरित हो यसमा कारवाही हुनु पर्छ तर कसैले डीवी परेर जागिर छाडेर डीवी कार्ड मा विदेश जान्छन भने त्यसमा कसैले टाउको दुखाउनु पर्दैन त्यो उसको निजी निर्णय हो र त्यसमा उ २० वर्ष जागिर खाएर पेन्सन लिन्छ भने पनि उसलाई केहि भन्न मिल्दैन. धेरै मनिष को कमेन्ट हेर्दा सबैलाई एकै आखाले हेरेको अनुभव हुन्छ येसो गर्नु उचित हुदैन.

    Reply
  34. Pramesh says:
    August 21, 2013 at 7:04 pm

    पी आर लिदैमा त देश द्रोह नहोला किनभने बिदेशी पी आर होल्डर नेपालीहरु नेपालकै नागरिक हुन्छन| अर्को मुलुकले उनीहरुलाई त्यहाँ सधैको लागि बस्ने अनुमति मात्र दिएको हो| यो लिन पाउने अधिकार सायद सबै नेपाली नागरिकमा छ होला| तर यसको अर्क पाटो के भने पी आर लिएको मान्छे निश्चित समयसम्म देश बाहिर बस्यो भने उस्क पी आर स्वत: खारेज हुन्छ| अमेरिकाको केशमा एकैचोटी ६ महिना भन्दा बढी अमेरिका बाहिर बसेमा उसको पी आर खारेज हुन्छ, अन्य देशको बारेमा थाहा भएन| प्रश्न आउछ, बर्समा ६ महिना भन्दा बढी नेपाल बस्न नपाउनेले कसरि नेपालको जागिर खादैछ? यहाँ व्यक्तिको गल्ति भन्दा पनि हाम्रो कानुनमा भएका कमि कमजोरीलाई चाही ध्यान दिनुपर्ला| किनभने निश्चित समयभन्दा बढी बिदामा बसेमा जागिर स्वत: खारेज हुने व्यवस्था गर्नुपर्यो| बिदेशमा अध्ययन गर्न जाने कर्मचाह्रिलाई बेतलबी वा तलबी बिदा दिनुभएन (यसले देशलाई केहि फाइदा नगर्ने त थाहा भैहाल्यो)| कानुन कडा नबनाएपछि र कानुनले बर्जित नगरेपछि त विभिन्न लुप-होल प्रयोग गरेर बिदेशमा बसी बसी नेपाली तलब पकैरहनछन|

    अब स्वदेशमा आफ्नो कार्यकाल भरि “देशको सेवा” गरेर बिदेशमा बसेर पेन्सन थप्ने को चाही रिस नगरौ, त्यो चाही उनीहरुको इच्छा र अधिकारको कुरा हो|

    Reply
  35. बसन्त says:
    August 21, 2013 at 6:50 pm

    मैले त शिक्षक, विभिन्न कलेज तथा त्रिविका प्राध्यापक समेत भेटेको छुँ | उता टन्न विदा लिंदै, यता ‘यो मोरो अमेरिका’ भनेर सराप्दै ग्रीनकार्ड च्याप्दै बसेका छन् | यस्ता दोहोरो चरित्रका थुप्रै छन् | पाएसम्म सबै आफ्नै थाप्लो र हातमा परोस् भन्ने प्रवृत्ति छ के रे | क्यार्नु |

    Reply
    1. बसन्त says:
      August 22, 2013 at 10:43 pm

      यो डिसलाइक गर्ने को हो मलाई थाहा छ | उही दोहोरो चरित्रका मान्छे या उनका आसेपासे भरौटेहरु हुन् | विचराको सार्है चित्त दुखेछ केरे | डिसलाइक गरेर ममाथि रीस पोख्दैछ | 🙂

      Reply
  36. Basanta Thapa,Maryland,USA says:
    August 21, 2013 at 6:48 pm

    उच्चपदस्त सरकारी कर्मचारीहरुले बहालवाला रहदै कुनै पनि गैर रास्ट्रको नागरिकता र ग्रिनकार्ड लिनु भनेको आफ्नो पद ,दायित्व र देश प्रति गद्दारी गर्नु हो \ यसरी जिम्मेबार ठाउमा रहेका व्यक्तिले यसो गर्दा कुनै पनि देशको हित र प्रगति हुदैन \ यी सजायका भागिदार छन् \ सभासद ,नेता पनि यस्तो कार्यमा सहभागी छन् भने १००% दोषी र सजाय पाउने मा पर्छन \हेरौ गद्दारहरु कहा कस्तो पोजिसनमा भेटिन्छन \ आखिर देश सम्हाल्ने र बनाउने हरु यस्ता भए पछि देशको दुर्दशा हुनु स्वाभाविक छ \ जुन भैरहेको छ \

    Reply
  37. Raju Lamichhane says:
    August 21, 2013 at 6:45 pm

    कठै, मेरा ५०औ मित्रहरुको माया पो लाग्न थाल्यो, अनेकौं तिक्डम गरेर सरकारी जगिरमा छिरे, सेवाकालमा पनि, सेवाको बदला जसरी आफुलाई फाईदा हुन्छ त्यसै गरे,जागिरको आडमा बिदेश छिरे,बिदेशमा शरण लिन नेपाल तथा नेपालीकै बेइजत हुनेगरि तथानाम फर्जी बिवरण बनाए,यसरि बिदेशमा बसेर नेपाल र नेपाललाई गाली गर्नेहरु फेरि नेपालको जागिर भने छाडेका हुँदैनन, सरकारकै तलबी बिदा र पेन्सन लिन छाडेका छैनन ।
    नेपाल सरकारले राम्रो बिषयमा आखाँ खोलेछ । अब सबैले सरकारको यो जायज कदममा सहयोग पुर्याउनु पर्छ ।

    Reply
  38. Manav karki says:
    August 21, 2013 at 6:44 pm

    पेन्सन भनेको आफुले निश्चित समयाबधि सम्म सेवा गरे बापतको पाइने आर्थिक सहुलियत हो त्यो कसैले कुनैपनि अवस्थामा हर्न सकिदैन र हर्न पनि हुदैन ….कतिपय बिदेसी हरु पनि आफ्नो देशको पेन्सन खाएर नेपालमा बसेका पनि छन् त्यसैले कुनै पनि अवकाश प्राप्त व्यक्ति आफ्नो आवकश जीवन चाहे स्वदेश मा वा बिदेशमा बीतावोस त्यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरो हो जस्तो छ …यदि सरकारी सेवामा बहालनै छ भने चाही त्यस्तो लाइ तु बर्खास्त गरि कानुनी कारबाही गर्नु पर्छ ..अनि पी आर अथवा ग्रीन कार्ड लिनु भनेको त्यो देशको नागरिक हुनु हैन यो पनि बुझ्न जरुरि छ ..ग्रीन कार्ड अथवा पी आर स्टाटस मा नै रहेर नेपालीनै रहन पनि सक्छ नेपालको सेवा गर्न पनि सक्छ किनकि उसले बिदेशी नागरिकता अङ्गीकार नगरेसम्म उ नेपालि हो it does not matter if he/she.holds green kard or whatever P.R .. ……..त्यो एउटा आवत जावतको सजिलो र नागरिक पनि बन्न( यदि उसले चाहेमा ) सक्न को लागि दीएको ग्रीन सिग्नल मात्र हो …किनकी आफ्नो नातेदार हरु बिदेशमा भएपछी भेटघाट गर्नलाइ आवत जावत गर्न सजिलोको लागि पनि ग्रीन कार्ड अथवा पी आर त लिने पर्यो नि हैन र ……

    Reply
    1. Democrats says:
      August 21, 2013 at 8:32 pm

      That’s called ‘Conflict of Interest’, and one working on decision making should declare it. In USA, we have to declare the conflict of interest every year..

      Reply
  39. Abhi, Belgium says:
    August 21, 2013 at 6:43 pm

    पेन्सन भनेको कसैको दया माया ले दिने होइन; गरेको काम बापत पछि दिने हो चाहे त्यो मान्छे नेपाल बसोस अमेरिका वा चन्द्रमा मा गयर बसोस;

    सबै नेपाल का मान्छे लै नै चिन्ता छ; युरोप मा जो जुन देश मा गयर बस्ने काम गर्ने सुबिधा छ , कति देसमा २ देशको नागरिकता लिएर समेत प्रधानमन्त्री समेत बन्न पाईन्छ उदाहरण क्यानाडा;

    खुबी भाको मान्छे संसार मा जहाँ गयर नि काम गरेर खान पाउन पर्छ; किन ठिक नियम बनौदैन्नन र लागु गर्दैनन् नेपाल मा ; मान्छे पच्छे नियम कानुन बनेपछी येस्तै हुन्छ;

    जागिर खान लै जति गारो छ, छोड्न पनि तेती नै गारो बनायाका छन् नेपाल मा ;
    जे भए नि विदेश बस्ने भय पछि जागिर चाही छोड्नु पर्छ , नया ले चान्स पाउछ , त्यसले नि ग्रीन कार्ड लिए जागिर छोड्ने अनि अर्को ले पाउछ ;

    Reply
    1. shristi shah says:
      August 21, 2013 at 7:07 pm

      पेन्सन भनेको कसैकोदया मायाले दिने हैन ठिक हो त्यो निस्वार्थ देश र जनताको सेवा गरेपछि पाउनु पर्छ तर अर्को देशको नागरिक बन्नलाई कति पापड बेल्नु पर्छ त्यो मलाई नि राम्रो संग अनुभव छ/येसरी जनताको सेवागर्छु भनेर पदमा बस्ने र सिर्फ आफ्नो स्वार्थको लागि पापड बेलने र सरकारी जागिर खादै आफ्नो स्वार्थ पुरा गर्नु भनेको देश र जनतालाई घात गर्नु हो/यिनीहरुलाई त दुइटी स्वास्नीको पोइ कुना पसी रोइ बनाउनु नै पर्छ/ डबल डिग्री गर्ने चाही साउदीमा बाटो खन्ने आफ्नो स्वार्थ पुरागर्ने लाइ पेन्सन????

      Reply
  40. raj says:
    August 21, 2013 at 6:42 pm

    नैतिकता नभएको देश मा कानुन राम्रो हुनुपर्छ र उक्त कानुन को कार्यन्वयन हुनुपर्छ | दुवै नभए पछि येस्तै हुने त हो नि | तेसै ले उपुक्त कानुन बनोस र तेस को कार्यन्वयन होस् | अन्यथा यो क्रम जारी नै रहन्छ |

    Reply
  41. kumar Gotame says:
    August 21, 2013 at 5:55 pm

    There are thousands graduate peoples everyday flying to gulf countries or other countries to work as labor for just 12 to 14 thousand rupees because of lack of possible opportunities in mother country. These people though the government has already provided them with permanent jobs and pension they are cheating the government as well as they country. The very first action the government has to take is remove these culprits from the job and provide suitable jobs for the youngster’s so that these criminals will know the value of the job, and second is that government needs to sieze the passport of these culprits and banned them from flying out of the country. Let them suffer at home without job and pension then only they will realize why people are flying to other countries for earning12 to 14000 rupees.

    Reply
  42. Jeevan Lal Shrestha says:
    August 21, 2013 at 4:51 pm

    यस्ता देशद्रोही कर्मचारीहरुलाई बिदेशी ग्रिन कार्ड पाएको दिन देखि बर्खास्त गरि के कती तलब/पेन्सन र सरकारी सुबिधाहरु लिएको हो त्यो हिसाबगरी त्यस्को ब्याज सहित फिर्ता गर्ने कारवाही गर्ने र यि देशद्रोहीहरुलाई नेपाल आऊने भिसा कहिले पनि नदिने ।

    Reply
  43. devasis says:
    August 21, 2013 at 4:04 pm

    तेसरी तलब भत्ता खाने अनि विदेश मा बसेर मोज गर्ने त धेरै सरकारी कर्मचारी छन् / अनि विदेश मा ग्रीन कार्ड अथवा आइ ल र लिएर नेपाल को pension खाने र सक्दो भ्रस्टाचार गरेर विदेश मा घर किन्ने त धेरै कर्मचारी छन् / येदि सरकार ले कडा नियम बनाएर कारबाई गर्छ भने तेस्को पर्दाफास गर्न हामी विदेश मा बस्ने हरु तयार छौ/

    Reply
    1. Abhi, Belgium says:
      August 21, 2013 at 6:48 pm

      ब्रिटिश आर्मी वा इन्डियन आर्मी मा जागिर खायर नेपाल मा पेन्सन खाने लै के भन्नु हुन्छा नि;

      उमेर र सक्ने बेला सम्म अर्का को देशमा (कोरिया , अरब , मलेसिया ) मा पाखुरा बजायो ; अहिले आएर हाम्ले बचायर र जोगायर राखेको नेपाल मा किन फर्केको भने भने उत्तर के छ नि ;

      Reply
      1. Naba says:
        August 21, 2013 at 8:28 pm

        ब्रो पनि सरकारी हो कि कसो ! कस्तो नचाहिने तर्क देको हो!

        Reply
      2. Hillman Myagdi says:
        August 22, 2013 at 5:35 am

        ब्रो, आफ्नो बेल्जियमको बसाईमा समस्या परोकी के हो| होइन भने कुतर्क किन? ब्रिटिश गोर्खा, इन्डियन गोर्खामा भर्ति, कोरिया, मलेसिया, खाडी वा अरु कुनै मुलुकमा सरकारी सहमतीमा रोजगारमा जानु र सरकारी जागिर र सरकारी खर्चमा विदेश जाने अनि उतै पी आर लिनेहरुमा आकाश जमिनको फरक छ| फरक छुट्ट्याउन सकिदैन भने लाज पचाएर प्रतिक्रिया न लेखौं कि?

        Reply
      3. s-raj says:
        August 22, 2013 at 12:37 pm

        अभि जी, तपाई ले नेपाली कम बुज्नु हुन्छ जस्तो लाग्यो!! समाचार को TOPIC पढ्नुस त एक पालि फेरी! विदेशी ग्रिनकार्ड लिने धोकेबाज सरकारी कर्मचारी? कहा बाट आयो ब्रिटिश आर्मी वा इन्डियन आर्मी बीच मा प्वाक्क फेरी. मेरा बाउ INDIAN ARMY ३६ वर्ष धुलो उडायारा पसिना बगायारा खटिया खै अहिले सम्म दुइ तले घर बनौन सक्या हैन, अहिले सम्म भट-भटे किन्न सक्या होइन अब ४ खुट्टी कोरोल्ली को त कुरै छोडौ. अहिले को सरकारी अधिकारी लै हेर्नोस. तलब सुबिधा हाम्रा बाउको पनि बराबर नै थ्यो तेती बेला तर त्यो सबै किन सम्भब भयन?? हाम्रो देश का शेवक हरु शोषक भाचन. इनिहरु लाई र दानब हरुलाई न्याय को तुल मा जोख्यो भने बेसी होला तर कम पक्कै हुदैन l कर्मचारी, राजनीति, सरकार तिन कुरा इमान्दार र रास्ट्रबादी नभैदे मुलुक उबो होइन उदो लाग्छा को ज्वलन्त उदारहण हो ‘नेपाल’.

        Reply
  44. Jeevan Lal Shrestha says:
    August 21, 2013 at 3:41 pm

    मलाई पनि एक जना ग्रिन कार्ड होल्डर हाकिमले गर्दा मेरो प्रथम श्रेनीको प्रमोशन दश बर्ष पछि मात्र भयो । किनभने ऊ ग्रिन कार्ड होल्डर थियो र शोर्श लगाएर दुई बर्ष बेतलबी बिदा र हुन सक्ने सम्मको बिदाहरु लिएर छुट्टीमा बसेर पद मात्र ओगटेर बस़्यो र मेरो प्रमोशन दश बर्ष पछि मात्र भयो । ऊ अहिले पनि पेन्सन खाएर अमेरिका बसि राखेको छ। अब छानबीन भयो भने ऊस्को नाम पनि दिनु पर्ला ।

    Reply
  45. Nagraj says:
    August 21, 2013 at 2:47 pm

    नेपाल राष्ट्र बैंक को डेपुटी गवर्नर लगायात धेरै हाकिमहरुको ग्रीन कार्ड छ . धेरै नेता हरुको पनि छ.

    Reply
  46. कमल शर्मा यु ए इ says:
    August 21, 2013 at 2:46 pm

    के गर्नु नि फुलमाला अविर लगाएर नगर परिक्रमा गर्ने होलानी ! नेपालमा सबै भ्रस्टचारी,चोर, डाँका, फटाहा,कालोबजारी.अपहरणकारीलाइ नै समाजसेवी भनिन्छ| यिनकै सामाजिक प्रतिष्ठा छ| नत्र २०००० को सरकारी जागिर खाएर कसरि ५००००० को घर बन्छ ? यिनका छोरा छोरीको बिहेमा लाखौ खर्च गर्ने पैसो कहाँबाट आउछ? छोरा छोरी लाखौ खर्चेर विदेश कसरि पढ्दछ्न ? यी सबै गर्ने लाइ के कारवाही भएको छ र अरुलाई कारवाही होला भनेर आस गर्ने?

    Reply
  47. Dambar says:
    August 21, 2013 at 2:44 pm

    त्यस्ता कर्मचारीहरुको सके तीन पुस्ते सम्म सर्कारी नोकरी गर्न नपाउने , र आजिबन कैद , सम्पूर्ण सम्पति विवरण लिएर सम्पति जफत गर्ने

    Reply
    1. karbir says:
      August 22, 2013 at 4:32 pm

      मेरो लाटो सोचाई, यो रातो टिक लाउनेहरु को होलान ? घुसपैठ त दरो छ जस्तो छ हाम्रो नेपालमा |

      Reply
  48. Dibakar says:
    August 21, 2013 at 2:10 pm

    येस्तै मैले थाहा पाएका अर्का उप सचिब प्रदिप देव पौडेलले पनि क्यानाडाको पिआर लिएका छन् परिवार सबै उतै छन् येदा कदा उनि नेपाल आउने हाजिर गर्ने अनि pension खाने दु गर्दै छन्./ उनको पहिले उद्योग मन्त्रालय अनि रच्छ्या मन्त्रालयमा दरबन्दी थियो/ येस्ता थुप्रै कर्मचारी छन् जसलाई कानुनी कठघरामा ल्याउने पर्छ/ कि देश रोज कि विदेश – सरकारी नुनपानी खाएर झुटको धन्दा नगर/

    Reply
  49. vim limbu says:
    August 21, 2013 at 2:10 pm

    म एक्दमै छोटोमा भन्छु,,, त्यस्ता कर्मचारीहरुको पेन्सन भात्ता त रोक्नै पर्‍यो,यस्मा दुइमत भएन साथै त्यस्ता कर्मचारीहरुको सके तीन पुस्ते सम्म सर्कारी नोकरी गर्न नपाउने गरी निर्णय गरे कसो होला ।
    जदौ

    Reply
    1. Suraj Regmi says:
      August 21, 2013 at 7:24 pm

      विदेश को नागरिकता पाइसकेको भनेपछि उसका छोरा नाती नेपाल मा सरकारी जागिर खान किन आउथे होलान र ?

      Reply
    2. Rajendra Adhikari says:
      August 22, 2013 at 9:05 am

      हजुरबाउको गल्तीको लागि नातिलाई सजाय ?

      Reply
  50. s-raj says:
    August 21, 2013 at 2:04 pm

    मेरो विचार मा धोकेबाज हरुलाई सेवामा कायम रहेको भए पेन्सन सुविधा समेत खारेज हुनेगरि बर्खास्त गर्ने र उसकै बचत खाता बाट भुटान AIR -LINES को टिकेट काटेर REFUGEE क्याम्प मा रमाना गर्नु सरकार को निर्णय नै उत्क्रिस्ट ठहरिने छ. हेर्दा निर्दोष देखिय पनि एनी हरु को क्रियाकलाप जुका र किर्ना को भन्दा कम छैन जो गरिब को रगत र आशु चुस्नमै लिप्त हुन्छ.

    Reply
  51. tulasi bindu says:
    August 21, 2013 at 1:48 pm

    खाने थालमा कुल्चनु खोज्नेलाई तुरुन्त बर्खास्त गर्नु पर्छ /

    Reply
  52. sanu says:
    August 21, 2013 at 1:40 pm

    अब चिट्ठा पनि तिनलाई नै पर्ने रहेछ – भाग्यमानी को भूत नै कमारो …….

    Reply
  53. बशन्त राज says:
    August 21, 2013 at 1:25 pm

    एक राम्रो कदम हो / हामी नेपाली नेपालमा कामनभएर गल्फमा मारी मारी काम गर्ने / सरकारी कर्मचारी चाही श्रीमतीको नाममा बिदेसी पासपोर्ट लिन खोज्ने अनि पाएसम्म विदेश पलायन हुने / नेपाली जनताकोकरले सरकारी कर्मचारी ले तलब पाउचन / तिनै नेपाललाई धोका दीने / अझ यी नै कर्मचरी नेपालले के दीयको छ र हामिलाई भन्दै उल्टो नेपाल बारे नकारात्मक कुरा गर्छन ? देश मा भ्रस्टचार छ भन्दै उल्टो भ्रस्ट काम गर्छन /

    Reply
    1. Abhi, Belgium says:
      August 21, 2013 at 8:56 pm

      गल्फ पनि हाम्रो देस होइन क्यारे ; नेपालमै मरी मरी कम गर्या भय पो ठुलो मान्नु ; गल्फ मलेसिया कोरिया यूरोप अम्रिका जहाँ गरे नि नेपाल मा केहि हुन्न भय तिम्रै परिवार लै होला मेरै परिवार लै होला , धेरै गल्फ गल्फ भनेर फुर्ति नलागौ सोल्टी

      Reply
  54. Narendra Basnet says:
    August 21, 2013 at 1:24 pm

    Former Secretary Dr Trilocahn Upreti has defamed the image of Nepali in the UK. He had PR while he was secretary in Nepal. His wife and son live in the UK for more than 15 years.

    Dr Upreti came to study MSc and PHD with scholarship. He finished study but his wife and son stayed in UK. But he admited in College.
    He was a college student in Reading, UK when he was secretary in Nepal. He came to UK to extedn his visa in government kharcha and return to nepal after extending visa for himself, wife and son. He got PR in 10 years.

    His frends sircle said a college student is our secretary. laj nabhaye pacchi je pani hunchh. he is seen in uk time and again but none likes him he did beijjat of nepal,. he wrote a book which was like a primary school bidhyarthi so people think, if he can be secretary then what will happen in nepal.

    dr upreti lai ke karbahi hun6 ta?

    Reply
  55. kranti says:
    August 21, 2013 at 1:15 pm

    यिनीहरूलाई देश द्रोहको अभियोगमा मुद्दा चलाएर आजन्म कैदको व्यवस्था गर्नुपर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme