Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारमा ब्लग किन लेखिस् भन्दै हातपात

Posted on August 20, 2013August 20, 2013 by mysansar

Untitled-1 सन्तोष न्यौपाने नेपालको उज्यालो ९० नेटवर्क रेडियोका लागि बेल्जियमबाट रिपोर्टिङ गर्छन्। केही दिनअघि उनले आफ्नै देशका कलाकारलाई आयोजक र त्यहाँका नेपालीले बेवास्ता गरेको बारे माइसंसारमा एउटा ब्लग लेखेका थिए। त्यही ब्लग किन लेखिस् भन्दै न्यौपानेलाई तथानाम गाली गर्दै जीवन शर्मा नामका एक स्थानीयले हातपात गरेका छन्। दाहिने आँखामा ड्याम कि ड्याम हान्दै घाँटी अँठ्याएर कुटेका थिए उनले।

बेल्जियमको ब्रुजमा तिनै कलाकारहरुलाई बोलाएर दोस्रो पटक एभरेस्ट नेपाली समाजले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। त्यसैको रेडियो रिपोर्टका लागि कार्यक्रम स्थल पुगेका न्यौपानेले आयोजक मध्येका एक राधाकृष्ण अधिकारीको आवाज रेकर्ड गर्दै गर्दा समाजका सल्लाहकार शर्माले हातपात गरेका हुन्। कार्यक्रम स्थलमै त्यसरी आक्रमण गर्दा पनि आयोजक एभरेस्ट नेपाली समाज भने ट्वाल्ल परेर हेरेर बसेको थियो।

माइसंसारको ब्लगमा भने शर्माको नाम जोडिएको थिएन।

सुन्नुस्, यसरी भएको थियो आक्रमण-

पत्रकार सन्तोष न्यौपानेमाथि भएको आक्रमणको भर्त्सना

प्रकासित समाचारका विषयलाई लिएर १९ अगष्ट २०१३ मा वेल्जियमको वुज्रमा हुदै गरेको कार्यक्रमको रिपोटिङ्गको लागि पुगेका पत्रकार संन्तोष न्यौपाने माथि दुरव्यवहार गर्दै भौतिक आक्रमण गरेको घटना प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो । यस किसिमको अशोभनीय कार्य हुनु आफैंमा निन्दनीय छ । केही समय यता युरोपमा रहनुभएका नेपाली पत्रकार साथीहरु माथि समाचार प्रकासनको विषयलाई लिएर दुरव्यवहार हुदै गर्दा भौतिक आक्रमण समेतमा आएको अवस्थामा पत्रकार साथीहरुको सुरक्षा र आगामी दिनमा यस्तो कार्य रोक्न यस्ता कार्यको घोर निन्दा गर्दै युरोपमा कार्यरत नेपाली पत्रकारहरु एक जुट भै यो तथा यस्ता कार्य गर्ने र गराउने उपर अन्तरराष्टिय पत्रकार महासंघको सहयोगमा सम्वन्धी देशको कानुन अनुसार कानुनी कारवाही अगाडी वढाउन कुनै पनि कसर वाकी नराख्ने जानकारी गराउदछौ ।

महेश थापा
अध्यक्ष

प्रकाश ढकाल
महासचिव

नेपाल पत्रकार महासंघ युरोप शाखा

44 thoughts on “माइसंसारमा ब्लग किन लेखिस् भन्दै हातपात”

  1. Pralhad says:
    August 23, 2013 at 9:10 am

    जिबन शर्मा मानब नभएर दानव हो,
    मानब सभ्यता त्यो कुकुर लाई सिकाउनको लागि तेस्लाई बेल्जियेम जेल को चिसो सिडीमा जाकेर ठोक्नु पर्छ
    ,

    Reply
  2. Biswash says:
    August 21, 2013 at 11:42 pm

    बेल्जियम सम्म पुगेर के गर्नु ,
    समाजको सल्लाहकार भएर के गर्नु ,
    दिमाग त कुहिएको परेछ साथीको ,
    निक्रिस्ट ब्यबहार देखाएर मरेको,
    पत्रकार को त के कुरा भो र
    जसलाई पनि हात पात गर्ने मान्छेको
    मानसिक स्थिथि प्रति हार्दिक समबेदना !

    Reply
  3. Hari Prasad Lamichhane-Saudi says:
    August 21, 2013 at 11:35 pm

    कानुनि कारबाही हुँदै गर्छ आफ्नो ठाउमै छ यिनलाई हल्का मर्मत त गर्नु पर्ने नै देखियो के रे ?

    Reply
  4. min dahal says:
    August 21, 2013 at 1:26 pm

    बुद्दिमान मान्छे ले बिबेकको पर्‍योग गर्नु पर्छ हातको होइन जहाँ पनि खाने र खुवाउने को चर्चा परिचर्चा गर्नै पर्ने

    Reply
  5. Krishna says:
    August 21, 2013 at 1:08 pm

    कसैले यो email मा क्लिक गरौं!
    [email protected]

    Reply
  6. देवेन्द्र कार्की says:
    August 21, 2013 at 10:19 am

    अब पत्रकारमित्रहरुले पत्रकारिता संगै आफ्नो सुरक्षाको लागि मार्शल आर्टको पनि तालिम लिनु पर्ने पर्ने भो| यदि होइन भने, मित्रहरु पिटाइ खादै जाने पत्रकार महासंघ बिज्ञप्ति निकाल्दै जाने श्रीन्खला निरन्तर चलि रहने भो|

    Reply
  7. Uttam says:
    August 21, 2013 at 7:36 am

    जीवन शर्मा भन्ने मान्छेलार्इ सभ्यताको पाठ कसले पढाइदेला ? सन्तोष्ा न्यौपाने र माइसंसार डट कमसँगको डर कुटेर हट्‍ला र ?

    Reply
  8. Sara says:
    August 21, 2013 at 6:06 am

    पत्रकार महासंघ पनि दुइ आखे छ जस्तो लाग्यो मलाई त !अस्ति तेत्रो कुटपिट गरेर जुत्ताको माला लागैदिदा त भर्त्सना गरेजस्तो त लाग्दैन ,आहिले त audio सुनेरै भानि भर्त्सना गरेछ त!

    Reply
  9. Surya says:
    August 21, 2013 at 5:47 am

    अहिले यो जीवन शर्माको दिमागी हालत कस्तो होला. 🙂 यो ब्लग र कमेन्टहरु पढ्दै मुर्मुरिदै होला. यसलाई त तुरुन्तै पुलिसमा गएर रिपोर्ट गरिदिनु पर्छ र वकिल एउटा समातेर मुद्धा ठोक्नु पर्छ. सभ्य तरिकाले यस्तालाई तह लाउने उपाय यहि हो. सन्तोषजीले अब डराउन पर्दैन. यो शर्माले अब केहि गर्न सक्दैन.

    Reply
  10. Badal, California says:
    August 21, 2013 at 5:39 am

    पारो तातेर आउछ, यो गोरुको बोलि र व्यवहार सुन्द / त्यस्तालाई जेल को गन्ध मा सडमा दिनु पर्यो / अनि न्यौपाने साथीले पनि किक फर्करुने पर्ने नि / लु सहयोग चाहिन्छा भन्ने भन्नु, यसलाई ठिक नगरिकन भयन/

    Reply
  11. sandhya says:
    August 21, 2013 at 1:38 am

    एक नेपालीले अर्को नेपालीलाइ थप्पडले स्वागत गर्ने चलन राम्रै संग चल्न थाल्यो बेल्जियममा, अडियोमा सुनेको सब्दले त यो शर्मालाइ खोरमै जाक्नु पर्ने खालको पो रहेछ, आफु कुन हालतले लिगल भएको हो बिर्स्यो ?????? भन्न र लेख्न त मैले पनि जानेको थिए तर के गर्नु धैर्य रहनु नै उपयुक्त ठाने

    Reply
  12. द्रोण says:
    August 20, 2013 at 9:14 pm

    ब्लग को जबाब ब्लग बाटै दिनुपर्ने जिबन शर्मा जी ले | चित्त न बुझे दह्रो खण्डन येसैब्लोग वाट दिएको भयेहुने |

    पिटेर जबाब दिने कुनै समाधान हैन | तपाइँ बचा हुनुहुदोरहेछ , पहिला नलेज बढाउँन कुनै कलेज ज्वाइन गर्नुस , कसरि जबाब दिने भन्नको लागि तल को मुभी हेर्न रिकामेंड गरिन्छ
    जबाम हम देंगे , मुह तोड जबाब , जबाब , खुन का बदला खुन , बदलेकी आग र राजेस हमालको दर्जन जति फिलिम |

    Reply
    1. Aakar Bhushan Nepali says:
      August 21, 2013 at 3:24 am

      ब्लगमा जबाब लेख्नलाई त अलिकति लेखपढ हुनु पर्यो नि !
      अडियोमा उहाँको भाषा र शैली सुन्दा सिङ्गै बाल्यकाल गुच्चामा बिते जस्तो छ |

      Reply
  13. रबिन लामा says:
    August 20, 2013 at 9:05 pm

    कानुनी कारवाही गर्न जति ढिलाइ गर्यो उति गल्ती गर्ने जीवनको मनोवल बढ्दै जान्छ । नत्र फेरी भेट्दा ठोक्न बेर लाग्दैन । सकेसम्म छिटो पुलिसमा सप्रमाण जाहेरी दिएर कारवाही अगाडि बढाउनु वेस होला ।

    Reply
  14. Prakash says:
    August 20, 2013 at 6:48 pm

    निकै लाजलाग्दो व्यवहार गरेका रहेछन ती जीवन भन्ने व्यक्ति ले , नेपाली को नाम बद्नाम
    गर्ने त्यस्ता लाई त सजाय हुनै पर्छ, बिदेस मा पनि यस्तो हातपात गर्ने त्यो देश मा कानून छैन र

    Reply
  15. raj says:
    August 20, 2013 at 6:32 pm

    सन्तोष न्यौपाने जी कानुनी रुप मा तेह हुनु हुन्छ भने उहाले येति बेर पर्खनु पर्ने किन ? खुरुक्क पुलिस रिपोर्ट गरे भैहाल्यो नि | नेपाल जस्तो होइन क्यारे | अब अरु नै समस्या छन् वा नेपाली भएका ले पुलिस को मा नजाने भए मैले भन्नु केहि छैन |

    Reply
    1. Sandesh says:
      August 21, 2013 at 2:22 am

      गैरकानुनी रुपले बसेको भएपनि आफ्नो सुरक्षाको लागि प्रहरीमा उजुर दिन अत्याबस्यक छ! कसैलाई त्यसरी हातै हाल्न त पाइन्दैन! ती जिबन भन्ने मान्छे ठिक लागेन, मलाइ ! उनलाई कानुनी कारबाही हुनु जरुरी छ .

      Reply
  16. Tulsi Paudel says:
    August 20, 2013 at 6:11 pm

    ब्लग लेखेकै आधार मा कसैलाई कुट पिट गर्नु अपराध नै हो / पत्रकार लिगल होस् कि नहोस त्यो मतलब हुदैन / कसैलाई पनि हातपात गर्न कानुनत पैदैना / त्यो कुट पिट गर्ने लाई पुलिस को हावा खुबौनु नै उचित हुञ्छ /

    Reply
  17. Sachin says:
    August 20, 2013 at 6:06 pm

    सन्तोष जी, तेत्रो challenge गर्ने मान्छे लाई बोलाई दिनुस त police. Evidence छदै छ. बरु जेलमा खाना लिएर भेट्न जानु होला है, तेत्रो खाना खुवाउने मान्छे लाई.

    Reply
  18. ashok says:
    August 20, 2013 at 6:04 pm

    नेपाली एन.आर.एन.हरु बीचको घम्साघम्सी परेको अडियो सुनेर पहिला त हाँस उठ्यो, दोहोराएर सुन्दा फेरी दु:ख पनि लाग्यो: जाबो भात खुवाएको, खाएको कुरा उठाएर किन आफु ठुलो हुने? दोस्रो, ब्लगमा लेख्नु गल्ति थियो जस्तो त लाग्दैन !

    Reply
    1. Krishna says:
      August 21, 2013 at 12:56 pm

      अशोक जी ! एउटा कुरा भन्न मन लाग्यो ! तेस्ता भात ख्वाएर ठुला हुने मान्छे जहा कहिँ हुदा रछन! एता तिर त झन् पार्टी का जिल्ला देखि केन्द्र सम्म का भरौटे हरु ले दिक्क बनाका छन् ! तेस्तै भरौटे हरु NRN का प्रतिनिधि रे ! छा’का छन भरौटेहरु !

      Reply
  19. Shivaji says:
    August 20, 2013 at 5:45 pm

    जिबन नै सरम लाग्दो होला है जिबन शर्मा जी एस्तो चालले !

    Reply
  20. suzee says:
    August 20, 2013 at 5:19 pm

    हैन ब्लग मा लेख्न पनि लिगल हुनुपर्ने , यो जी.श. भन्ने मान्छे हेर्दै चो…..जस्तो रहेछ, येस्ता हरु कै भेला छ रे बेल्जियम मा,
    पुलिस बोला भनेर , लिगल , इलिगल भनेर तर्सौना खोज्य जस्तो देखिन्छ,
    अब सन्तोष जी ले केस लगईदिये हुन्छ, सबूत प्रमाण छदैछ!

    हरे येस्ता जी . श . ……जस्ता धेरै छन् , यिनीहरुको बुद्धि कहिले आऒने होला,
    SD card ma save garera buddhi haldina paye ni hunthyo, yiniharu ko geedi ma!!!!!!!!
    माफ पाम सालोक्य जी , मैले कमेन्ट लेख्दा यो भन्दा SUITABLE सभ्य सब्द भेटिन ,
    जय होस् !!!!!

    Reply
  21. DB Shrestha says:
    August 20, 2013 at 4:52 pm

    ब्लग लेख्न लीगल पत्रकार बन्नु जरुरि छ जस्तो लाग्दैन. यो जिबन शर्मा त पखे नै रहेछ. मा पनि ब्लग लेख्छु मा लिगल पत्रकार हैन के मैले नि कुटाइ खाने भए त? आजै केहि सोच्नु पर्यो साथीहरु भोलि तपाईको पालो नआउला भन्न सकिन्न. विदेशमा नेपाली माथि गुण्डाराज गर्न खोज्नेलाइ बेलैमा ठिक पार्नु पर्छ.

    Reply
  22. Bikash Tamang says:
    August 20, 2013 at 4:44 pm

    बेल्जियम,यसरी एक कानुनी राज्यमा कुनै ब्यक्तिलाई सार्बजनिकरुपमा हातपात गर्नु,गाली बेईज्त गर्नु दन्डनिय छ ।जिवन शर्मा भन्ने ब्यक्तिलाई पुिलसमा रिपोर्ट हाल्नु पर्छ ।उनले न्यौपाने जीलाई “खुबी छ भने पुलीस बोला “भनेका छन् । यो चुनौति पनि हो ।गल्ती गरेर कानुनलाई चुनौती दिने ?यो सहिऐ छैन् ।अन्तमा ऊज्यालो ९० नेटवर्कले आफ्नो प्रष्ट्र बिज्ञप्ती दिनु पर्छ ।न्यौपाने जी बेल्जीएमको लागी लिगेल पत्रकार हो वा हैन ?यसरी आफ्ना पत्रकारमाथी कुटपिट हुदा समाचारमात्र लेखेर नभई कानुनी बाटो पनि निर्देश गर्न सक्नु पर्छ ।पत्रकारमाथिको हमला नेपालको प्रेश काऊन्सिलको पनि बेजत हो ।यदी यो घट्नाले कानुनी बाटो उपचार पाएन भने भोली अरुले पनि यो गल्ती दोहोर्याउने छन् ।

    Reply
  23. परशु, says:
    August 20, 2013 at 4:32 pm

    हरिबिजोग भएको बारे त स्वयम् कलाकारकै आवाज सुनिएको थियो, यही ब्लगमा । मेरो विचारमा पत्रकारजी सहनसील होइनन्, अलि सिकुटि पनि छन् होला । त्यसैले हेप्यो, मलाई चाहिँ त्यसरी हान्नेलाई चाहिँ तपाईँ भनेर बस्दिनँ यार । त्यसले पत्रकार हिर्काएँ भनेर कति गफ हाँक्दैछ होला । सन्तोषजीले नि टुटुल्को उठ्ने गरि एक चैँ किन नदेको ?

    Reply
  24. Bimal says:
    August 20, 2013 at 4:21 pm

    यही हैन त्यो मान्छे ? http://www.euronepalinfo.com/about.htm

    Reply
    1. Jeevan Thapa says:
      August 21, 2013 at 6:41 am

      यही हो …. … मान्छे हेर्दै …. रहेछ नि अनि त … हाम्रो तिर आएर दादागिरी देखाउनु नि हो …. अनि पो बल्ल थाहा हुने थियो …

      Reply
  25. राम चन्द्र says:
    August 20, 2013 at 4:17 pm

    सन्तोष जि एस्लाई बेल्जियम को खोर मा जाक्नु को लागि पुलिस लाई रिपोर्ट गर्दाहुने राहेछ नाम जीवन अनी जीवन भर सडेर मरोस खोर मा ।

    Reply
  26. thakash says:
    August 20, 2013 at 4:06 pm

    थुक्क नेपाली तेरो बुद्दि जहाँ गएपनि हात हाल्ने झगडा गर्ने | यो जिबन शर्मा भन्ने मान्छे गुण्डा गर्दी गर्दै हिड्ने जस्तो छ | एस्तो मान्छे यूरोप मा किन आइरहेको होला | नेपाल मा नै दादा गिरि गरेर बसे भै हाल्थ्यो होला नि |

    युरोप मा सितीमिति मान्छे ले हात हालेको मैले देखेको छैन | एस्त असभ्य लाइ त युरोप बाट लखेतिदिए सबै भन्दा पहिले ताली बजाउने म हुन्थे | थुक्क “जिबन शर्मा” तँ त २१ सताब्दी को मान्छे रुपी १६ सताब्दी को दास जस्तो लाग्यो मलाई त

    Reply
  27. Bishwo says:
    August 20, 2013 at 3:23 pm

    नाम = जीवन शर्मा
    काम = सुन्दै सरम लाउने
    पद = सल्लाहकार (जी )
    जिम्मेबारी = चित्त नबुजे ड्याम कि ड्याम
    पो रैछ त

    Reply
    1. rajesh says:
      August 20, 2013 at 4:37 pm

      एस्लाई बाघे झाप्पु नपुगेको यो कारेक्रम कतार मा भाको भए गधालाई मैले फलाम खेलाएर ठेला उठेको हातले एक दिंदैमा भुचुक्कै बनाउथें l यस्ता दादा गिरि हामीलाई देखाउनुनि!! अनि अब सस्ता प्रचारमा आउने हाम्रा देशका बासि कलाकार हरुलाई साबधान!! काम गरेर खाओ नाङ्गो शरीर एता आएर देखौंदै पैसा बटुल्ने सपना नबोके हुन्छ, नत्र हामि पनि देखाउनै नहुने कुरो देखाएर खेद्न नपरोस!!

      Reply
      1. Tenzing Gaba says:
        August 21, 2013 at 6:33 am

        ए हजुर!!!
        फलाम भन्दा दह्रो कलमले यस्तो कडा प्रहार गरिसके पछि किन फेरी हानि राख्नु पर्यो र पर्यो फलाम खेलाएर ठेला उठेको हातले पनि ?

        Reply
  28. Bastina says:
    August 20, 2013 at 2:59 pm

    घरको बाघ बनको स्याल!!

    आफ्नै दाजु- भाइ लाइ के कुट्नु! सके नेपालको दुर्नाम गरेर लेख्ने बिदेसीलाई कुट्नु नि/ नक्कली माओबादी पिदित बनेर बिदेस पसेको मान्छे जस्तो छ यो त/

    Reply
  29. naba (Tokyo) says:
    August 20, 2013 at 2:56 pm

    होईन, यो नानी देखि लागेको बानी भन्थे बुढापाकाले, हो रहेछ। साँच्चिकै बेल्जियम को पुलिस को हावा चखाउनुनै पर्ने जस्तो छ, त्यो जिवने सुकुलगुन्डालाई। बरु प्रमाणहरु जुटाएर रिपोर्ट लेखाइहाल्ने हो कि सन्तोष जि, हामीले याँहा कमेन्ट लेखेर त के नै हुन्छ र?

    Reply
  30. kiran says:
    August 20, 2013 at 2:52 pm

    यो बेल्जियममा गुन्डागर्दी लाइ Freedom छ कि के हो, अब बेल्जियममा बस्ने नेपाली तथा NRN सस्थाले यो गुन्डा जीवन शर्मालाइ पाता फर्काउनु पर्यो , यस्को फोटो पनि सार्वजनिक गरे हुन्छ , यस्लाइ जहा भेटियो त्यही समातेर प्रहरीको जिम्मा लाउनु पर्यो । यहि अडियोलाइ प्रमाण राखी जेल हाल्नु पर्यो ।

    Reply
  31. Dil says:
    August 20, 2013 at 2:40 pm

    नालायक जीवन शर्मा कुकुर , नेपाली नागरिक को नाम मा कलङ्क गोरु, होनत बेल्जियम का धेरै जसो नेपालीहरु जीवन जस्ता छन् ! युरोप मा गर्नु ब्यजेत गरेका छन्! बेल्जियम का प्राय नेपाली हरुले !

    Reply
  32. arun says:
    August 20, 2013 at 2:15 pm

    बिचार यी जिबन शर्मा मानिसको स्वोरुप भएका जनावर रहेछन| बेल्जियम बासीले दयापुर्बक यिनलाई पुलिसकोमा रिपोर्ट गरिदिनु होला | नत्र अर्को जिबन पटमुर्ख निस्केर यिनलाई २-४ लात लगौनेछन |

    Reply
  33. pratik says:
    August 20, 2013 at 2:05 pm

    साचिकै पुलिस बोलएरा थुन्नु पर्ने यो जीवन भन्ने लाई/ विदेश मा पनि कस्ता पाखे हरु पुगेका होलान / नेपाल जस्तै जसलाई पायो तेश्लाई हातपात गर्ने/ म भएको भए बाउ को बिहे देखई दिन्थे तेस्त लाई/ थुक्क, येस्तै कुलंगार हरु ले गर्दा देश बिग्रेको हो /

    Reply
    1. suzee says:
      August 20, 2013 at 5:22 pm

      देश बिगारेर विदेश पसेका हुन्, विदेश मा भाको नभाको नेपालीको अलि अलि इज्ज़त पनि बिगार्न उदेस्य ले ,

      Reply
  34. Jeevan Thapa says:
    August 20, 2013 at 1:37 pm

    यो शर्मा लाइ अलिकति सरम पनि नलाग्ने रहेछ! त्यहाको डन नै बन्न खोजे जस्तो छ नि?

    Reply
    1. suzee says:
      August 21, 2013 at 11:30 am

      उल्टो उल्टो गर्ने बनि होला नि , सरम- आ भन्या ठाउ मा /न -सरम-आ/ भन्ने बुझे होलान नि त !

      Reply
  35. Kumar says:
    August 20, 2013 at 1:32 pm

    ठोकेछ त यार !

    Reply
  36. jiten says:
    August 20, 2013 at 1:17 pm

    हातपात तथा अश्लिल सब्ध isn’t acceptable.punished should be given……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme