Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्वोच्चले एनसेललाई सोध्यो – २० रुपियाँ सापटी दिएर साढे दुई रुपियाँ ब्याज किन लिएको, कारण देखाऊ !

Posted on August 20, 2013August 20, 2013 by Salokya

ncell-saapati-ncell-loan नेपालकै लागि भन्दै एक करोड ग्राहक बनाएको प्रचार गर्ने मोबाइल कम्पनी एनसेल प्याजको भाउ बढिरहेको बेला ब्याज कान्डमा फँसेको छ। ब्याज कान्ड सर्वोच्च अदालत पुगेपछि अदालतले उसलाई कारण देखाऊ आदेश जारी गरेको छ।

एनसेलले आफ्ना प्रयोगकर्ता ग्राहकलाई २० रुपियाँ सापटी दिन्छ। तर रिचार्ज गर्ने बित्तिकै तुरुन्त ब्याज वा सेवा शुल्कभन्दै दुई रूपैयाँ ४८ पैसा असुल गर्छ। यही विरुद्ध परेको मुद्दामा कायम मुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले मोबाइल सेवा प्रदायक संस्था एनसेल तथा दूरसञ्चार प्राधिकरणका नाममा जारी गरेको सो आदेशमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पनि भनिएको छ।

एनसेलले एक वर्ष अघिदेखि एनसेल सापटी नामको योजना चलाइरहेको छ। त्यसमा मोबाइलमा ब्यालेन्स नभएको अवस्थामा रिचार्ज गर्दा कट्टा हुने गरी २० रुपियाँ सापटी लिन पाइन्छ। यसरी ऋण लिँदा ब्याजका रुपमा दुई रूपैयाँ ४८ पैसा असुल गर्ने कार्य गैरकानुनी भएको भन्दै अधिवक्ता मोहन शासङ्करले गएको साउन ३१ गते मुद्दा ठोकेका थिए।

वार्षिक १० प्रतिशतका दरले व्याज लिनुपर्नेमा एनसेलले दैनिक १० प्रतिशतका दरले ब्याज लिएको, बढी लिएको सो रकम ब्याज वा सेवा शुल्क भन्ने स्पष्ट नभएको र यस्तो वित्तीय कारोवार गर्ने आधिकारिक संस्था सो लिमिटेड नभएकाले तत्काल अन्तरिम आदेश जारी गर्न पनि अधिवक्ता मोहनले रिट निवेदनमा माग गरेका थिए।

[एक करोडमा एक म भनेर त्यत्रो विज्ञापन गर्दागर्दै पनि माथि करोड लेख्नुपर्ने ठाउँमा चिप्लिएर ‘लाख’ लेख्न पुगेकोमा गल्ती सच्याइएको छ।]

42 thoughts on “सर्वोच्चले एनसेललाई सोध्यो – २० रुपियाँ सापटी दिएर साढे दुई रुपियाँ ब्याज किन लिएको, कारण देखाऊ !”

  1. durga says:
    September 17, 2013 at 11:53 am

    क्या गजब ।।। यस्ता सार्वजनिक सरोकारका विषयहरुमा तीब्र वहस र छलफल हुनु राम्रो कुरा अझ न्यायालयमा पुग्नु त झनै राम्रो भयो । एनसेलले यसमा एक हातले दिएर चार हातले असुल्ने तरिका अपनाएकै हो ।

    Reply
  2. sabu says:
    August 24, 2013 at 1:12 pm

    ntc ले quality र quantity मा सुधार गरेमा हामी सबैले ncell को सिम छोड्छौ नै . अनि त्यो भन्दा ठुलो कारबाही के हुन् सक्छ? हामी उपभोक्ता पनि जागरुक र सचेत हुनु पर्यो, जसले जे भन्छ तेस्मा मात्र विश्वास गर्नु भएन , पहिलाको जस्तो जमाना अब रहेन , सजिलै ntc को सिम पाइन्छ नि , आज बाट नै ncell को सिम लाई bye bye छ मेरो तर्फ बाट

    धन्यवाद

    Reply
  3. Shekhar says:
    August 23, 2013 at 7:49 pm

    धेरै पहिले मैले लेखेको मुक्तक यस्तो थियो

    सापटीमा ब्याज लिने, कस्तो रैछ एनसेल (Ncell )
    झुक्याएर गरिवलाई, डस्तो रैछ एनसेल
    दुनियाँकै महंगो छ, यर्थाथमा साच्चै भन्दा,
    विज्ञापन सुन्यो भने, सस्तो रैछ एनसेल

    Reply
  4. KISHORE SHAKYA says:
    August 21, 2013 at 9:00 pm

    NCELL नेपाली जनतामार काले साहुनै हो/ २० रुपैयाँ ऋण दिएर, कालेसाहु भन्दा कैयों गुणा बढी ब्याज असुल्ने, नेपाली जनताका NCELL कालेसाहुलाइ, नेपालबाट डाँडा कटाउनु पर्छ/ पूर्णरुपले NCELL बहिस्कार गरौँ/

    Reply
  5. Bikash Sah says:
    August 21, 2013 at 7:56 pm

    एन सेल ले जनता ठगेको हो कि होइन त्यो मलाइ थाहा छैन..
    एनसेल ले सेवा देको छ र उक्त सेवा मा रिस्क पनि बोकेको छ
    उसले रु २.५ व्याज लेको होइन सेवा देको र रिस्क बोकेको बापत ग्राहक हरुलाई जानकारी गरेर मात्र पैसो लेको हो .
    ग्राहकलाई परेको बेला विश्वास को भरमा धितो बिना रु २० देको छ.
    तर रु. २.५ नै किन यसको जवाफ दिनु पर्छ. सेवा देको बापत पैसा चाहिन्छ तर मनमानी तरिका ले होइन.
    तर एक जना ले एउटा कुरो गर्छ अनि हामि केहि न बुझी हावा को भरमा तालि पड्काउने बानि हटाउनु पर्छ….

    धन्यवाद

    Reply
  6. Tshering Tamang says:
    August 21, 2013 at 1:07 pm

    अब एन्सेल ले के जवाफ दिनेरहेछ हेरौ!

    Reply
  7. Rujesh Basnet says:
    August 20, 2013 at 8:54 pm

    The focus point here to be consider is financial transaction doing by Ncell which didn’t have the authority of doing banking job.

    Reply
  8. keshab bc says:
    August 20, 2013 at 4:49 pm

    यति ढिलो भय पनि केहि त गर्दैछ सर्बोच्च अदालत ले, अनि त्यो ब्याज ग्राहक ले फिर्ता पौने कि नपाउने . यो प्रस्न अहिले सबैको सरोकार को बिसय भयको छ.

    Reply
  9. Barun Tamu says:
    August 20, 2013 at 4:43 pm

    यो त एउटा सानो उदाहरण मात्र हो / तपाई लाई थाहा छ ncell ले बर्ष मा नेपाल लाई कति राजस्वो तिर्छ ? जब कि आफु लाई नेपाल को सबै भन्दा ठुलो मोबाइल कम्पनि भन्छ / ल भन्नुश, NTC भन्दा ठुलो भने पछि NTC ले भन्दा धेरै त पक्कै होला ? ल मानौ, NTC भन्दा बढी छैन रे, कमसेकम NTC बराबर त होला ? तर बिदम्बदा, NCELL ले नेपाल सरकार लाई NTC भन्दा १२ गुना कम राजस्वो तिर्छ / अनि तपाई लाई विश्वास नलाग्न सग्छ कि कसरि येस्तो गर्न सग्छ ? तर बास्तबिकता येही नै हो /

    Reply
  10. hari says:
    August 20, 2013 at 4:31 pm

    यस्तो तोरी रिट खारेज भएन भने म कान कात्दिन्छु, कुनै सेवा प्रदायक ले सेवा प्रदान गरे बापत सेवा सुल्क लिन नपाउनु, अनि रीत पनि कसरि ड्राफ्ट गरेको छ, देख्दै हासो लाग्छ हो…आज बिपछी नेपाल telecom बिरुद्ध के मागेको हो कुन्नि, निवेदक लाइ नै थाहा छैन …यो रित खारेज नहुनु र गोरु ब्याउनु उस्तै उस्तै ho

    Reply
    1. rajesh says:
      August 20, 2013 at 5:06 pm

      हामि जनता भन्दा ठुलो अरुकुनै अड्डा-अदालत छैन l हामि यो ठग कम्पनीले दिएको नया-नया सुबिधा मा चाई वाह भन्ने अनि अहिले कुरा को चुरो बुझेपछि छ्या भन्ने परिपाटी कहिले हटला?? अब त कुरो बुझिसक्यौं यो ठग बाहिरया कम्पनि को सिम नचलाउने हैन सबैले चलाउने, पैसो सकियो भने फेरी सापटी लिने सकिन्छ अनि भाँचेर फेक्ने l यो तरिका हो सर्बोत्तम! हामि नेपाली लाई रिसैले ले नै हो खाएको l यो आइडिया लगाउँ त्यो ती-धो भाइसाहाब को कम्पनि लाग्छ लोटा बोक्दै बिहार तिर

      Reply
    2. sudharshannepal says:
      August 20, 2013 at 9:07 pm

      जे सुकै होस् मेरो २.५० गएपनि जाओस तर मित्र को कान चै काट्न नपरोस … खै के झोक मा हो फ्याट्टै कान काटिदिन्छु भन्नुभो.. अब रिट खारेज भएन भने तपाई को टाउको कस्तो हुनेहोला.. कान बिना को …

      Reply
  11. Ranjan Adhikari says:
    August 20, 2013 at 3:47 pm

    सेवा दिएपछि सेवाशुल्क लिन पाउने विश्वभरिको नियम हो । ‘पैसा सापटी’ त्यसले लिन्छ, जसलाई आवश्यकता हुन्छ । ठगिएको महसुस गर्नेले यो सेवा नै किन लिनुपर्यो ? फेरि एकदिनमा २ रुपैयाँ ब्याज लिने भनेको कुरा वाहियात हो । अर्को पटक रिचार्ज गर्दामात्र ‘ब्याज’ काटिने हो । हाम्रा जान्नेसुनेने अधिवक्ता मोहनजीको रिटअनुसार हिसाब गर्दा त २० दिनपछि रिचाज गर्ने हो भने ४५ रुपैयाँ तिर्नुपर्ने देखिन्छ । त्यस्तो त कहिल्यै कतै भएको जस्तो लाग्दैन । एक दिनमा तिरे पनि, एक महिनापछि तिरे पनि त्यही २ रुपैयाँ ४८ पैसा हो । कसैले उनलाई बुझाइदिए हुन्थ्यो ।

    Reply
    1. kumar says:
      August 20, 2013 at 8:27 pm

      sapati rupee = rs. 20
      charge = rs. 2.5
      suppose after 1 week mobile will be charged,
      so, for 1 week , interest rate = 2.5/20*100% = 12.5%
      in 1 year interest rate = 12.5%*52 (1 year = 52 week)
      hence actual interest rate = 650%

      but bank interest rate per year = 12%

      if we consider, mobile will be recharged after 1 days
      then, interest rate will be = 12.5%*365 = 4562.5%

      so judge yourself my friend!!!!

      Reply
  12. brajesh says:
    August 20, 2013 at 3:44 pm

    Ncell लाई देश बाट भगौना NTC को सुबिधा राम्रो बनाउनु पर्छ/ र सबै देशप्रेमी जनता ले Ncell लाई बहिस्कार गर्नु पर्छ/

    Reply
  13. prayag raj joshi says:
    August 20, 2013 at 2:10 pm

    एनसेलको सिम कुच्याएर नफालेसम्म यस्तै हो ।

    Reply
  14. Nishan Pokhrel Jorpati Kathmandu says:
    August 20, 2013 at 1:20 pm

    निस्कर्स :- जनता नै मुर्ख हुन् / लोभी देशमा छट्टु कहिले पनि भोक ले मर्दैन भनेको यहि हो /

    Reply
  15. Rabin says:
    August 20, 2013 at 12:47 pm

    As per Nepal Rastra Bank’s rule, ONLY financial instutions lisenced under Rastra Bank are allowed to do any banking transactions including loan investement. I wonder Why Nepal Rastra Bank is sleeping when Ncell is doing banking job.

    Reply
    1. Rajan Ghimire says:
      August 20, 2013 at 3:58 pm

      बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन ले ऋण सापटी दिन र सो मा ब्याज लगुना मात्र बन्देज गर्ने हो. तर सो ऐन ले कुनै संस्था तथा व्यक्ति ले ब्यापारिक प्रयोजन को लागि दियको सापटी मा ब्याज लगुना बन्देज गर्दैन त्यसैले राष्ट्र बैंक ले यस लाइ रोक्न नमिल्ने…

      Reply
  16. lalit prasad joshi says:
    August 20, 2013 at 12:22 pm

    ऋण लिने फोन गर्ने अनि बलांस सकिए पछि तोडेर फाली दिने अनि नया सिम लिने हैन त साथी यो सुझाब कस्तो लग्यो

    Reply
    1. Dinesh Mandal says:
      August 20, 2013 at 3:22 pm

      हामी साउदी अरबमा यसै गर्छौ. zain network को १५ रियलमा sim लिदा २० रियल balance दिन्छ. अनि Balance सल्केर ५ रियल सापटी लिने, सबै Balance सके पछि भाचेर फालिदिने.

      Reply
  17. Bharat says:
    August 20, 2013 at 12:03 pm

    एनसेलको सिम कुच्याएर नफालेसम्म यस्तै हो ।

    Reply
  18. krishna says:
    August 20, 2013 at 12:02 pm

    एउटा खुसि को खबर , यस्ता लुटेरा हरु लाइ कारबाही गरेकै राम्रो .

    Reply
  19. Maya says:
    August 20, 2013 at 11:58 am

    Ncell नेपाल मा ठग्न आएको हो . एस्लाई छिटो भन्दा छिटो कारबाही हुनु पर्छ. Ncell ले जमाना देखि ठग्दै आएको छ र पछि सम्म पनि ठग्छ . यो नेपाली जनता को पैसा लुटेरा विदेश लैजाने कम्पनी हो . यो नेपाल को लागि होइन

    Reply
  20. Sudip Adhikari says:
    August 20, 2013 at 11:53 am

    सुबिधा दिने नाम मा जनता लुट्ने यस्ता बदमास को सरकार ले license नै खारेज गर्नु पर्छ!! अनि चेत पाउलान!! लुटेरा लाइ भगाउ!! किक आउट गर! अरु निजि कम्पनी भित्राऊ! प्रतिस्प्रधा होस् ! अनि पो हाम्लाई राहत मिल्ला त !!

    Reply
  21. Nabin Adhikari says:
    August 20, 2013 at 11:51 am

    एनसेल स्लोगन- एनसेल नेपालकै लागि तर येतार्थ मा एनसेल नेपालीहरु लुट्न कै लागि |

    Reply
  22. पारूहाङ राई, काठमान्डु says:
    August 20, 2013 at 11:39 am

    सापटी दिएको राम्रो । ब्याज लिएको नराम्रो । यति धेरै ब्याज त उहिलेका शोषक सामन्तीले लिएका थिएनन् । अब एनसेललाई के भन्ने ?

    Reply
  23. purna khadka says:
    August 20, 2013 at 11:38 am

    ncell कम्पनी लाटो देशमा बाठो त हो तर लाटो देस को गाड़ो तन्नेरी ढिला भयपनीयो कुरा बुजेको मा धन्यवाद ,

    Reply
  24. Sajan says:
    August 20, 2013 at 10:58 am

    सापटी दिएको कि ऋण दिएको हो? सापतिमा नि ब्याज :ओ कहिँ नभएको जात्रा NCELL मा

    Reply
  25. Mukti says:
    August 20, 2013 at 10:58 am

    सापटी नै त नभनौ आकस्मिक खर्च भनेर यहा(कतार) मा पनि कतारको दुर संचार सस्था(Ooredoo) मोबाइल ब्यालेन्स १रियाल(१७ रुपिया) बाट कम भएको खण्डमा ५ रियाल(१३५रुपिया) सम्म सापटी लिन पाउने सुबिधा छ l जसबापत सेवा शुल्क ५० दिराम(१३.५० पैसा) लिने गरेको छ

    Reply
  26. bikram says:
    August 20, 2013 at 10:50 am

    सरकारले नै दोहोरो कर लगाउछ त अनि परि हाल्छ त महँगो . एसको लागि त सरकारद्वारा लगायिएको दोहोरो कर पहिला हटाउनु नै राम्रो हुन्छा

    Reply
    1. Sisir says:
      August 22, 2013 at 1:37 pm

      सरकारी दोहोरो कर सपटिमा होइन कि हामीले प्रयोग गर्ने अन्य सेवामा( eg : voice call,video call, sms, mms, internet, fax etc) मात्र लाग्छ ..

      Reply
  27. प्रतिक says:
    August 20, 2013 at 9:51 am

    एक वर्ष पछि बल्ल!!!!!!!!!!!! नेपाल को कानुन दैबले जानुन…हाम्रो माननीय न्यायाधिश जिउ ले भर्खर एन.सेल चलाउन थाले कि क्या हो ?!!!

    Reply
  28. Kiran Prasai says:
    August 20, 2013 at 9:29 am

    बिचरा Ncell लाई गारो पर्ने भयो अब.

    Reply
  29. harihar sharma says:
    August 20, 2013 at 8:43 am

    ल ठिक भो, मेरो नि धेरै पैसा गयको छ यो सापटी मा त / फिर्ता नपाय नि फेरी नगय राम्रो /
    धन्यवाद अधिबक्ता ज्यु /

    Reply
  30. Bhola Katuwal says:
    August 20, 2013 at 8:00 am

    एउटा खुसि को खबर , यस्ता लुटेरा हरु लाइ कारबाही गरेकै राम्रो .

    Reply
  31. lama says:
    August 20, 2013 at 7:45 am

    बल्ल कसैले एनसेल पिडितको कुरा बुझिदिएछ l सारै नै ठग्ने गर्छ भन्या के के योजना ल्याएर सोझा प्रयोगकर्तालाई एनसेल l

    Reply
  32. Sailendra Thapa says:
    August 20, 2013 at 7:36 am

    एक लाख होइन एक करोड ग्राहक रे .

    Reply
  33. पारंगत राई says:
    August 20, 2013 at 7:30 am

    यस्तो साह्रै चर्को ब्याज त विद्युत् प्राधिकरण, खानेपानी, यातायातका महसुलहरुमा छन्, त्यसलाई पनि सर्वोच्च अदालतले सम्बोधन गरिदिए राम्रो हुने थियो।

    Reply
  34. dipak says:
    August 20, 2013 at 6:57 am

    सुबिधा दिने नाममा सोझा जनता ठगिनु कदापी सह्य हुदैन ।

    Reply
  35. Khadga says:
    August 20, 2013 at 6:45 am

    Ncell ले हामीलाई ठगेको कारबाही हुनुपर्छ

    Reply
  36. Kalika Thapa says:
    August 20, 2013 at 6:35 am

    धन्न्यबाद छ मोहन शंकर ज्यु लाई एस्तो गैरकानुनी काम गर्ने संस्था (जनता मारा)लाई छाड्नु
    हुन्न I

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme