Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको पशुपंक्षीका लागि चार लाख बजेट

Posted on August 18, 2013August 18, 2013 by Salokya

kharcha
हाम्रो सरकारले मान्छेलाई मात्र ध्यानमा राख्छ, मान्छेकै लागि मात्र बजेट छुट्याउँछ भन्ने सोच्नुभएको भए कृपया आफ्नो ‘छोटो बुद्धि’लाई धिक्कार्नुहोला। हाम्रो देशको सरकार जनावरमैत्री पनि छ। त्यसैले त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटमा ‘पशुपंक्षीहरुको आहारा’ शीर्षकमा पनि बजेट छुट्याइएको छ। मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०६९/७० को असार महिनाको खर्चको फाँटवारीमा यो शीर्षकमा ४ लाख बजेट रकम देखिएको हो।

kharch
रकम नम्बर २२३१२ मा पशुपंक्षीहरुको आहारा शीर्षकमा वार्षिक बजेट चार लाख रुपियाँ देखाइएको छ। यो भनेको मासिक ३३ हजार ३ सय ३३ रुपियाँ अथवा दैनिक एक हजार एक सय ११ रुपियाँ चानचुन हो।

खर्चको फाँटवारीमा सो रकम खर्च भएको भने देखिएको छैन। पूरै चार लाख रकम बाँकी बजेट शीर्षकमा देखाइएको छ।

कार्यालयमा के कस्ता पशु र पंक्षी पालिएको छ, त्यो भने त्यहाँ बारम्बार गइराख्नेहरुलाई थाहा हुनुपर्ने हो- भन्दिनुस् है तल कमेन्टमा। पहिलेका प्रधानमन्त्रीहरुको पालामा झन् कति पशुपंक्षीहरुको आहाराका लागि खर्च भयो होला कुन्नि !

32 thoughts on “प्रधानमन्त्रीको पशुपंक्षीका लागि चार लाख बजेट”

  1. Lalit Narayan says:
    August 19, 2013 at 10:17 pm

    श्याल, ब्वाँसो, सर्प, गोही, मुसो जस्ता जनावर र राति राति मिटिंग गर्ने लाटो कोसेरो देखि फुल चोर्ने कोइलि र गिद्द जस्ता पन्छीहरु बेग्रेलती छन् नि सिंह दरबार भित्र l
    करोडको बजेट चपाउंदा चपाउंदै खान नभ्याएर छोडेकानि त्यो जाबो ४ लाख l नत्र मरि सकेको बृद्धहरुको नाममा त बृद्ध भत्ता लिएर हाम गर्ने हरुले बाँकी राख्थ्यो त ?

    Reply
  2. हरी प्रसाद नेपाल says:
    August 19, 2013 at 2:15 pm

    सिर्सक स्पष्ट छ नि “पशु पंक्षीको आहारा” देशलाई यसरी लुट्नेहरु पशुभन्दा कम छैनन् त्यसैले पशु भए अनि पंक्षी भनेको ……….. चरीहरु क्या मिलाएर बुझ्नुस । बाडी चुडी खाने र खुवाउने हो त्यसै पशुपंक्षीको आहार भनेको ।

    Reply
  3. km says:
    August 19, 2013 at 1:46 pm

    प्रधानमन्त्री कार्यालयको खाता त प्राइभेट बैंकमा हुदा रहेछ कमसेकम सरकारी कार्यालयहरुको खाता त सरकारी बैंक मै हुनु पर्यो नि हैन र ?

    Reply
  4. Aayush says:
    August 19, 2013 at 11:48 am

    म गिरिजा हुदा १ पटक, माधब नेपाल हुदा १ पटक र बाबुराम हुदा १ पटक गरि जम्मा ३ पटक गए , त्यहा पन्छी त होलान त्यो पनि पालेका होइनन आफै उढेर आउने तर पशु को त कुरै नगरौ ……………………..कति हुन् कति तर सबै २ खुट्टे |

    Reply
  5. sanjay says:
    August 19, 2013 at 10:13 am

    गिद्द पाले होलन गिद्द । देख्नु भाछैन तपाइहरूले, मैले त सधै त्यतै वरिपरि घुमेको देख्छु । यी गिद्द हरूले त फेरी जनावरको होइन मान्छेको मासु खान्छन । पन्ध्र बीस हजारको मासु खाइ सके त यीनिहरूले ।

    Reply
  6. भोला कोइराला says:
    August 19, 2013 at 9:56 am

    परेबा पालेका होलान…….या मानको भोटे कुकुर, देशी बिदेशी कुकुर होलान…..चरा चुरुङ्गी, भगेरा, ढुकुर, मलेबा होलान….

    Reply
  7. अनिल says:
    August 19, 2013 at 9:19 am

    पन्छीहरु त के पालेको होलान बरु पशुहरु होला कि :d

    Reply
  8. Jeevan Thapa says:
    August 19, 2013 at 6:55 am

    … देशी बिदेशी पाहुनालाई चियापान गराई राख्नु पर्ने हुनाले दुधको लागि २/४ ओटा गाई होलान, safety को लागि २/४ ओटा कुकुर पालिएका होलान , प्रधानमन्त्री निवास वरिपरि चरा चुरुंगी होलान …. सालोक्य जी वैसै जाबो ४ ओटा लाख को यत्रो ठुलो समाचार बनाइदिने … हाहा हाहा

    Reply
  9. Basanta Thapa,Maryland,USA says:
    August 19, 2013 at 6:52 am

    मान्छेहरुले भनेको बेला सिटामोल र रोटि खान पाउदैनन हेर प्रधानमन्त्रि कार्यालयको खर्च र बिषय हे प्रभु त्यसैले त नेता हरुलाइ जनताहरु बिस्तारै पशु जस्तै ठान्दा रहेछन \ आफु हरु (नेताहरु )बिस्तारै पशु (कुकुर ) पन्छी (गिद्द) जस्तो हुदै जाने भएर यति धेरै बिषयमा अपार बजेट छुट्टाइने रहेछ \

    Reply
  10. rohit says:
    August 19, 2013 at 6:43 am

    मामाकी घोडी मेरी हि -हि !!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  11. murari says:
    August 19, 2013 at 6:29 am

    पर्धन मन्तरिको लागि हाँस कुखुरा व्यवस्था गर्न को लागि पालेको हाँस कुखुराको बजेट होला नि त ! कुनै पर्धन मन्तरिले पालना सक्छन नि

    Reply
  12. Tek Raj Regmi says:
    August 19, 2013 at 5:39 am

    पशुपंची को लागि ४,००,००० बजेट, तेस्को ठिक तल हेर्नुस त पुस्तक को लागि शुन्य | अनि कसरि आयोश त हाम्रा नेता हरु को बुद्धि |

    खाश मा भन्नु पर्दा बजेट बुद्धि पुर्याएर नै बनेका हुन् | हाम्रा नेताहरु पशु जस्तै बेबहार गर्छन त अनि पशु को लागि भनेर नेता हरु को लागि नै खाना नास्ता को बजेट होला त्यो |

    Reply
  13. Birodh says:
    August 19, 2013 at 4:57 am

    ‘पशुपंक्षीहरुको आहारा’ पछि ब्राकेट मा “नेता” भन्ने सब्द थपे कसो होला ?????

    Reply
  14. bj says:
    August 19, 2013 at 3:35 am

    खोइ पन्छी ? पशुले खायो.
    खोइ पशु? खोलाले बगायो.
    खोइ खोला? सुक्यो.

    Reply
  15. dharmendra says:
    August 19, 2013 at 3:30 am

    पाठ्य पाठन को सामग्री मा 0 देख्दा अचम्म लाग्यो

    Reply
  16. raj says:
    August 19, 2013 at 2:41 am

    अब प्रधानमन्त्री को कार्यालयमा दाना पनी खान लामो लाईन लाग्ने गरेको dekhekai हो हामले. अब दानापानी को लागि बजेट दिंदा किन yatro आपत्ति? चार खुट्टा टेकेर बालुवाटार मा भिख माग्ने पशुहरुलाई बरु चार लाखले पुग्ला र? थोरै भो.

    Reply
  17. कुसुम ज्ञवाली says:
    August 19, 2013 at 1:03 am

    यो प्रसंगले मदनकृष्ण र हरिवंशको राष्ट्रिय गाउँखाने कथा प्रतियोगिता भन्ने पहशनमा यस्तो प्रश्न् थियो- गोरू हो तर गाइको केही पनि पर्दैन क्याहो ? प्रश्न गजब थियो । कि छोरो, भाइ, दाइ, वाउ, पति, प्रेमी, साथी, अाफन्त केही त पर्न पर्ने तर प्रश्नले भन्छ कोही नपर्ने । जबाफ भने नेपाल भारत संबन्ध विगार्ने “मान्छे” भन्ने थियो ।
    त्यहाँ पनि नेपाली जनताको सर्बोच्च कार्यकारी नेतालाइ जनताको पक्षमा काम गर्न नदिने धेरै पशु पंक्षी(संदेशवाहक) अदृश्य रूपमा प्रमका वरिपरी पालिएको अाभाष हुन्छ, तिनै लाइ पो हो की ? यो चिया चमेना !!!

    Reply
  18. Dhital says:
    August 19, 2013 at 12:33 am

    पशु नेता र तिनका भरौटेहरु अनि पन्छी भनेको झ्यामपुतलि को बजेट हो. अब खर्च त बिस्तारै हुन्छा होला.
    छुट्टाए पच्ची खर्च त गर्ने पर्यो नि.

    Reply
  19. suresh says:
    August 19, 2013 at 12:01 am

    लालु प्रसादको याद आयो।

    Reply
  20. नयन says:
    August 18, 2013 at 11:39 pm

    प्रधान मन्त्रिको कार्यालयमा पशु पंक्षी छन् भन्ने कुरो त् त्यहाको काम गराई थाहा पाउनेले बुझेकै छन्| पशुमा चार खुट्टे हो कि दुई खुट्टे त्यो पनि अब खुल्नेछ| प्र म कार्यालयमा कमसेकम दाना चारो स्याहार खर्चको बजेट राखेको रहेछ| राष्ट्रपति र उप को कार्यालयको हालत के होला?

    Reply
  21. kedar says:
    August 18, 2013 at 11:07 pm

    भएका सद्धे मानबलाई पशु पंक्षी बनाउन सक्ने हिम्मत कसैको छ भने त्यो हो “कानुनि भ्रस्टाचार”, तेस्माथि हाम्रा राजनैतिक र प्रशासनिक मानब नेताको त कुन ठुलो कुरा भयो र ?

    Reply
  22. raj says:
    August 18, 2013 at 10:56 pm

    हाम्रा प्रधानमन्त्री/ बजेट दिने राष्ट्र सेवकको बौद्धिक स्तर पनि पशुपंक्षीहरु भन्दा खासै फरक नभएको हुनाले येसो लेखिएको हो येस लै अन्यथा लिनु हुदैन | जस्तो देश उस्तो भेस | यो बजेट प्रस्ताब गर्ने अनि स्वीकृत गर्ने जन्तु कस्तो होला ?

    Reply
  23. chhabi says:
    August 18, 2013 at 9:52 pm

    पशुपन्छी लाई पनि हेरचाह र आहारा त चाहिन्छ तर के प्रधानमन्त्री ले चार लाख खर्च हुने गरि पशुपन्छी पालेका छन् त ??
    नपालिकन पैसा मात्रै लिएका छन् भने त्यो भ्रस्टाचार नै हो !!!

    Reply
    1. Niraj Gurung says:
      August 18, 2013 at 10:57 pm

      कमेन्ट लेख्ने साथीहरुले पूरा पढ्दै नपढी हचुवाको भरमा कमेन्ट ठोक्ने बानी त्याग्नु पर्‍यो । माथि लेखिएको छ बजेट मात्र छुट्याइएको हो, खर्च चाहिँ भइसकेको छैन । पूरै चार लाख रकम बाँकी बजेट शीर्षकमा देखाइएको छ।

      यति प्रष्ट लेखेपछि पनि छविले लेखेछन्- नपालिकन पैसा मात्रै लिएका छन् भने त्यो भ्रष्टाचार नै हो।

      पूरै पढ्दै नपढी कमेन्ट लेख्न हतारिएर हरियो पाउँला भन्या होला । अब पूरै नपढ्नेहरुले मेरै कमेन्टलाई पनि रातो ठोक्ने होलान् हैन 🙂

      Reply
      1. chhabi says:
        August 19, 2013 at 1:27 am

        नीरज जी!
        तपाइको कमेन्ट मा रातो मैले चाही ठोकेको छैन है!!
        मैले सबै पढेर “प्रधानमन्त्री” शब्द प्रयोग गरेको हो! पहिलेदेखि अहिले र पछि भबिस्य मा हुने सबै प्रधानमन्त्री भन्न खोजेको! कसैलाई तोकेर भनेको होइन! अन्येथा नलिनुहोला!
        अनि अर्को कुरा “यो लेख” पढीसकेपछी अन्तिम दुइ वाक्य को जबाफ मा मात्र लेखे को हो!
        ( ति दुई वाक्य को जबाफ तपाई कसरि वा के दिनुहुन्छ, सायद “यो लेख”, “तेस्को” अपेक्षा गर्छ होला!)

        Reply
      2. kedar says:
        August 19, 2013 at 2:16 am

        Niraj जी तपाइको कुरा सोर्है आना ठिक हो, तर कुरो नियत को हो / आफ्नै हात जगन्नाथ भए पछि छुट्याइसकेको बजेट हसुर्न आज होस् वा भोलि कुन जुंगाले छेक्ला यिनीहरुलाई ? निकाशा भै नसकेको भए पनी हसुर्ने नै नियत नभयेदेखी बिना चरा चुरुङ्गिको बजेट व्यवस्था किन गरिन्थ्यो होला ?

        Reply
  24. Lohani Indra says:
    August 18, 2013 at 9:40 pm

    आफ्नो नाम र अनेकथरिका बहानामा त घिच्नु घिच्यो । अब हुँदाहुँदै पशुपंक्षिको नाममा समेत् लूट्न थालेछ .

    Reply
  25. nischal says:
    August 18, 2013 at 9:25 pm

    बरु पशु को लागि खर्च सिर्सक मा बजेट राख्या भये चाँही ” पशु” नै हुन मन्त्री हरु भनेर सबैले बुझी हल्थे नि ।। बेकार म निरिह पशुपन्ची को नाम दुरुपायोग गरेर हेर पशु हरु ।।।।छिछिछी

    Reply
  26. chatur rai says:
    August 18, 2013 at 9:11 pm

    वा… वा …वा …मान्नै पर्छ, यो सरकारलाई यदि छोटे डनहरुको दशा टरेर गए, यसपाली चुनाब भएन भने, अर्को बजेटमा पुतली वा किरा फ़तेङ्ग्रा खर्च शीर्षकमा पनि बजेट छुट्यईने छ किनकि..यिनीहरु पनि दरबारभित्र नै खाँएर बाँचेकाछन |

    Reply
  27. Pukar says:
    August 18, 2013 at 9:11 pm

    नेपालमा मान्छे हुनु भन्दा त प्रधानमन्त्रिको पशु पन्छी हुनु राम्रो हो कि क्या हो? लोक सेवा पास गरेको हाकिमको भन्दा धेरै तलब

    Reply
    1. Pukar says:
      August 18, 2013 at 9:16 pm

      ठिक भन्नु भयो …मानब मैत्री थोरै जनावर मैत्री धेरै, त्यहि भयर त मानिसहरु दुख पाइराखेका छन् र जनावरहरु मोज गरिराखेका छन्..

      Reply
  28. सङ्कल्प पोख्रेल says:
    August 18, 2013 at 8:54 pm

    पशु प‌क्षीको आहारा कि पशुपक्षि मान्छेको आहारा खुलेन त!!! 😀

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme