Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक छिरेको अख्तियारले ‘Lunch’ पो गर्न थाल्यो

Posted on August 18, 2013August 18, 2013 by Salokya

Capture1
गएको शुक्रबार पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेलाई तह लगाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेसबुक पेज खोलेको खबर मिडियामा आयो। तर अख्तियारको नाममा फेसबुकमा पेज नै तीन वटा रहेछ। मिडियाले समेत गलत पेजलाई आधिकारिक ठान्दिएछ। र त, आधिकारिक भनिएको अख्तियारको पेजमा यो ब्लग लेख्दासम्म एक हजार पनि लाइक पुगेको छैन। उता फेक पेजमा भने लाइक गर्नेको स‍ंख्या ३५ सय नाघिसक्यो। अझ रमाइलो त आधिकारिक भनिएको पेजमा सुरुवात ‘Launch’ हैन, दिउँसोको खाजा ‘Lunch’ पो भनिएको छ। ‘Lunch’ गरे पनि फेसबुक अन्तर्क्रियाबाट सर्वसाधारणको नजिक पुगेर भ्रष्टाचारीहरुको कठालो समात्न सफल होस्, शुभकामना। बरु योसँग सार्वजनिक पदमा बसेकाहरुको मात्रै छानबिन गर्ने स‌‌ंवैधानिक अधिकार छ भन्ने कुरा प्रष्ट पारिदिने हो कि !

अख्तियारको नाममा खोलिएका तीन फेसबुक पेज

https://www.facebook.com/pages/Commission-for-the-Investigation-of-Abuse-of-Authority-Nepal/182277255120936
https://www.facebook.com/NepalCIAA (आधिकारिक रे)
https://www.facebook.com/pages/Commission-for-the-Investigation-of-Abuse-of-Authority-CIAA-Nepal/271460199551826

9 thoughts on “फेसबुक छिरेको अख्तियारले ‘Lunch’ पो गर्न थाल्यो”

  1. गोविन्द चौलागाईं,america says:
    August 19, 2013 at 9:05 am

    १.यो अतिनै स्वागत र सम्मानजनक बिषय हो नै हामीले यसको इज्जत गर्नु पर्छ | यसका साथ साथै सम्मानित संस्थाले नेपाल oil निगम मा काम गरेर बाहिरिएका र कार्येरत सबैको सम्पति को छानबिन लाई तु अगाडी बडाउडा ओइल निगम भित्रको करप्सन कन्ट्रोल र जनतामा केहि ओइल खरिद मा राहत हुनुका साथै यो पनि अक्तियारको अशल काममा गनिन्थ्यो कि ?

    २. कर मा काम गर्ने कर्मचारीको आम्दानी र सम्पति को निगरानी गरिरहने गर्दा देशलाई आर्थिक रुपले सम्पन्न बनाउन मद्दत गर्छ कि ?
    धन्यवाद

    Reply
  2. suresh says:
    August 19, 2013 at 12:07 am

    अलि ढिलै भए पनि कुरा बुझेर अख्तियारले फेसबुकमा पेज खोलेर राम्रो कदम उठाएको छ यो कदमको सहि उद्देश्यलाई हेरेर त्यो कुरालाई त्यति ठुलो महत्ब दिन्न।शायद भबिय्यमा सुध्रिदै जाला।बरु अरु सब सरकारीले बिभाग,अफिसले पनि फेसबुक खोलेर सिधा जनताको प्रतिक्रया समस्या बुझुनु पर्छ।

    Reply
  3. rajkumar says:
    August 18, 2013 at 10:52 pm

    मैले चै एक लाइक ठोकी सके असली पेज मा | केहि परिआएमा कम्प्लेन पनि गरम्ला | 😀

    Reply
  4. बिमल, says:
    August 18, 2013 at 9:11 pm

    नक्कली ले मलाई नि फसायछ नी,

    Reply
  5. Thapa Kaji, Tokyo says:
    August 18, 2013 at 5:44 pm

    सायद अब टुइटरमा Dinner गरने होला हाहाहा

    Reply
  6. ckiboy says:
    August 18, 2013 at 2:37 pm

    सायद अब टुईटर फेसबुक लगायत सामाजिक संञ्जाल मा १ जनाले २/३ ओटा अकाउन्ट चलाउने लाई नि कार्वाहि गर्छ होला अदुअआले प्रबिधिको दुरुपयोग अन्तरगत मुद्दा चलायर 😀

    Reply
  7. प्रतिक says:
    August 18, 2013 at 2:33 pm

    a एउटा छुटेको त हो नि // बिचार लै एस्तो खेदो त नाखानेनी हुने है // अस्ति सुब्बा लै गाली गर्नु भाको हैन ??? scele लेख्यो भनेर // 😛

    Reply
    1. BT Malla says:
      August 18, 2013 at 8:52 pm

      अख्तियारमा पनि त Nepal कै नेपाली कर्मचरी त होलान नि !!!

      Reply
  8. Pawan Khanal says:
    August 18, 2013 at 2:20 pm

    मैले समाचार हेर्ने बित्तिकै सेअर्च गरेको थिएँ भेटिन / खाट्टी कुरो त यो पो रहेछ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme