Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान अत्याचारी केटाहरु, अब तिमीहरुलाई एमालेको फिमेल युथ फोर्सले तह लाउने रे !

Posted on August 17, 2013August 17, 2013 by Salokya

youth-force
बलात्कार, यौन दुर्व्यवहार जस्ता महिला हिंसा गर्ने केटाहरु सावधान है। तपाईँहरुलाई तह लाउन अब भारतको गुलाबी ग्याङ पाराको एमालेको फिमेल युथ फोर्स गठन भएको छ। युथ भनेको त युथ हो नि, युथ पनि मेल र फिमेल हुन्छ र भन्नुहोला फेरि। मैले भन्या हैन, सुनसरीको धरानमा भएको राष्ट्रिय युवा महिला भेलाले आज फिमेल युथ फोर्स गठन गर्‍या हो। यसको नेतृत्व निरु पालले गर्दैछिन्। उता भारतको गुलाबी ग्याङ्को नेतृत्व चाहिँ सम्पत पालले गर्छिन्। पोहोरको बिग बोसमा भाग लिएकी थिइन् सम्पत पालले, याद होला नि तपाईँहरुलाई। पचहत्तरै जिल्लाका एक-एक महिला सदस्यसहित यो फिमेल युथ फोर्स गठन भएको हो।

एमालेको महिला युथ फोर्स। फोटो साभारः इमेज च्यानल
एमालेको महिला युथ फोर्स। फोटो साभारः इमेज च्यानल

यसमा तीन जना उपप्रमुख रहेका छन्- शान्ता राई, सरस्वती खड्का र अन्जना अधिकारी। सचिव चाहिँ बालिका खड्का रहेकी छिन्।

भारतको उत्तर प्रदेशस्थित बान्दा जिल्लामा सम्पत पालले सात वर्षअघि गुलाबी ग्याङ् नामको फरक किसिमको महिला आन्दोलन थालेकी थिइन‌्। ज्यादै गरिबहरु बस्ने भारतको त्यो जिल्लामा गुलाबी सारी लगाउने केटीहरुको समूहले बाँसको लट्ठी बोकेर घरेलु हिंसापीडित महिलालाई सहयोग गर्ने गर्छ। सम्झाएर नसम्झनेहरुलाई लट्ठीले कारबाही पनि गर्छ त्यो समूहले। थप जानकारी यहाँ छ।

नेपालमा चाहिँ भारतमा जस्तो एक्ली महिलाले नभएर पार्टीले समूह गठन गरेको हो। फिमेल युथ फोर्सको उद्देश्य राजनीतिक नै होला। तर इमेज च्यानलको समाचारमा फोर्सले महिला हिंसा, बलात्कार, यौन दूव्र्यवहार जस्ता घटनामा कमी ल्याउन र दोषीलाई कारवाही गराउन भूमिका खेल्ने लेखेको देखेपछि गुलाबी ग्याङको याद आयो। त्यसमाथि दुवैका प्रमुखहरु ‘पाल’ नै।
niru

37 thoughts on “सावधान अत्याचारी केटाहरु, अब तिमीहरुलाई एमालेको फिमेल युथ फोर्सले तह लाउने रे !”

  1. Thakur aadlitteym says:
    August 20, 2013 at 9:18 am

    लौन हो के अचम्म,महिला युथ फोर्स्!!!!!यता माकुने र झलनाथ दात् किटि रहेक बेला, सर सल्लाह बिना संगठन त खोले तर एुटा कुरा चाँही बिचार पुरायनन् ओलिले।
    त्यो के भने संगठन प्रमुखमा सके बिद्या जि,यदी वहाँ नभय सोयम आफु,आफु पनि नभय तेस्रो लिङी जुन आफ्ना दल बल शहीत पार्टी प्रबेश गरेका तेस्रा ब्यक्ती blue diamondका नायिके सुनिल बाबु पन्तलाई महिला युथ फोर्सको प्रमुख बनाउनु पर्ने थियो तर बनाएे नन्।यो चाँही ठुलो गल्ती भयो।
    किनकी सुनिल बाबुलाई आलुसँग दाज्दा कुनै फरक पर्दैन किनकी आलु सबै तरकारीमा मिल्छ,चाहे विन्डी होस्,या मासु होस् या साग।
    तेस्ताइ उनी पनि महिला फोर्स सँग पनि मिल्ने अनी उता युवक फोर्स र नेतासँग पनि मिल्ने।
    र्‍याङ्को ठ्याक्ङ हुने थियनत?

    Reply
  2. shantdil says:
    August 19, 2013 at 10:55 am

    नौटंकी को अर्को नाम केपी ओली.

    Reply
  3. dpack says:
    August 19, 2013 at 12:24 am

    ठिक छ, महिलाको पनि युथफोर्स बनाउ।
    तर तिम्रा वडा देखि जिल्ला, क्षेत्र, अञ्चल हुदै केन्द्रिय कमिटिका नेताको छोरी, बुहारी, श्रीमती, भान्जी, नातिनी, भतिजी लगायतलाई पनि समावेश गर्न नविर्सनु।
    पढाईलाई थाती राखेर श्रमजीवी जनताका छोरीहरुले मात्र लडाई झगडा गर्न जानु पर्छ भन्ने के छ ?

    Reply
  4. Nabin Adhikari says:
    August 18, 2013 at 8:22 pm

    आम को दुध चुस्ता भएन अब बाऊ को घुडा चुसेर के देखाउन खोजेको यी ओली बाबै ले ?

    Reply
  5. Pravin says:
    August 18, 2013 at 8:19 pm

    बाँच्न मात्र पर्छ के के देखन पहिन्छ ??? आझै पनि हामी निन्द्रामै छौ …, कतिन्जेल इ फटाहा नेता को भरौटे हुने ???? जागा निन्द्रा बाट ….. इ चोर हरु बाट देश लागि केहि हुने वाला छैन !

    Reply
  6. Durga Rijal says:
    August 18, 2013 at 8:14 pm

    चुनाबको मुखमा एमालेको अर्को नाटक मन्चन साथै बेतुकको संगठन गठन जसको खलनायक ओली, आतंकको गोलि वर्साउछ न भोलि

    Reply
  7. Gagan S says:
    August 18, 2013 at 7:21 pm

    एमाले भाले हो कि पोथी वा एमाङ्ग्रेस भैसक्यो भनेर विवाद चलिरहेको बेलामा यो त् राम्रै काम गर्यो| अब मेल फोर्स पनि आउँला|

    Reply
  8. anil pun says:
    August 18, 2013 at 3:21 pm

    युथफोर्स पहिले आफू सुध्रियोस अनि मात्रै अरुलाई सुधार्ने कुरा गर्नु सुहाउला।

    Reply
  9. binu says:
    August 18, 2013 at 2:38 pm

    न पोथी न भाले भनेर हेपिएको एमालेले बहुतै जायज कदम उठाएको छ । महिला र पुरूषको भैहालो अब तेश्री लिंगीवालको पनि फोर्स बनाए भै हालो नि । आखिर शुनिल जी पनि त्यै हुनुहुन्छ क्यार । कि कसो खुराफाति सरी केपी बाजे ।

    Reply
  10. Sisir says:
    August 18, 2013 at 11:46 am

    एउटा अर्को गुन्डा समूह .. जय ओली महात्म्य ..

    Reply
    1. niroj says:
      August 18, 2013 at 2:24 pm

      केपी ओली को गुण्डा को संगठन त थियो अब गुन्दिनी को संगठन पनि भयो. कुनै दिन बिध्या र निरु पाल को कपाल लुछाचुडी को खबर सुन्न नपरोस. तपाइँ हरु ले थाहा पाउनु भयो होला नि किन भनेर……………?

      Reply
  11. Ramesh Pokhrel Kathmandu says:
    August 18, 2013 at 11:29 am

    एमाले को नाटक धेरै देखि सकियो / चुनाब को मुखमा यस्तो फोहोरी नौटंकी किन गरेको भन्ने कुरा केटा केटि ले पनि सजिलै बुज्छन /

    Reply
  12. भोला कोइराला says:
    August 18, 2013 at 11:24 am

    यो केटी फोर्स मा एमालेको नेता भनाउदाहरुको छोरी हरु छन कि छैनन होला……माकुने, झलुदादा, बि्द्या हो कि बुबिद्याकि छोरी पनि छिन कि छैनन्…..शंकर कामरेडकि छोरी पनि छिन कि छैनन् …
    जनताका छोराछोरी हरु भिडाउने…अनि आफ्नो छोराछोरीलाई डाक्टर पढाउने, कोही ए लेभल पढाउने , कसैलाई युरोप अमेरिका पठाउने…….
    ………..हुन त जनतानै भेडा भएपछी यस्ता नेताले खेलाईहाल्छन नि हामी जनताहरुलाई….

    Reply
  13. Pasang says:
    August 18, 2013 at 10:39 am

    ल अब नेपालको पुलिसहरु बेरोजगारी हुने भए …

    Reply
  14. madan bajracharya says:
    August 18, 2013 at 9:57 am

    आफ्नो अपराधि कार्यकर्तालाइ प्रहरीले पकदेमा प्रहरी कार्यालय घेर्न जाने र सडकमा चक्का जाम मात्रै गर्ने हो इनिहरुले/ नेपालको दलहरु भूमिगत माफियाको दान र ग्याङ्ग भन्दा कम छैन/

    Reply
  15. Suraj Regmi says:
    August 18, 2013 at 9:49 am

    संगठन बनाऔ, नेता बनौ ! अनि त्यो बन्दुक चाही सक्कली हो कि नक्कली नि ? भोलि फेरी फिमेल युथ फोर्स र फिमेल वाई.सी.एल को भिडन्त भन्ने खबर आउछ होला ! न फिमेल हरुले अब छुट्टै राज्य पो माग्ने हुन् कि ? पूर्व पुरै पुरुष हरु, पश्चिम पुरै महिला हरु, बाठा ले त् बोर्डर मै घर बनाउलान, हामी लाटा हरु को बिजोग हुने भो ! 😀

    Reply
  16. Basanta Thapa,Maryland,USA says:
    August 18, 2013 at 8:52 am

    बिदेशमा पतिले दुख गरि आफ्नो परिवारको सुखद भबिस्यको लागि पठाएको पैसा लिएर पोइल जाने ,ब्वाई फ्रेन्ड बनाइ बाइक किनी दिने ,कोठा भाडा तिरी दिने ,होटेल जाने र यौन चोरी गरि सम्पति सक्ने , श्रीमान रुवाउने, ब्वाई फ्रेन्ड र श्रीमान लाइ आत्महत्या गर्ने अबस्था बनाउने महिला लाइ यो युथ फोर्स ले कार्यबाही गर्ला त ? कि यस्तो गर्ने पनि यो युथ फोर्समा संगठित भएर अझ घर परिबार ,छिमेकी ,आफन्त लाइ तर्साउन पाउने हो कि ?
    गलत गर्ने ,अन्यायी कुलतमा लागि इमान्दार श्रीमती लाइ पिट्ने ,रुवाउने ,घर निकाला गर्ने पुरुष लाइ तह लगाउनै पर्छ \ यसबाट गलत श्रीमान र उसका परिबार ले श्रीमती ,बुहारी माथि अन्याय गर्न सक्दैनन् \ पिडित दिदीबहिनी लाइ ठुलो सहारा मिल्छ यस्ता संगठन ले ,मात्र यो पक्षपाती हुनु हुदैन \ यो कुनै बिचार र पार्टी अन्तर्गत मात्र रहनु भने गलत हुन् जान्छ \

    Reply
  17. FG Sherpa says:
    August 18, 2013 at 6:05 am

    एमालेले एकदम राम्रो काम गर्यो | अब तेस्रो लिंगी युथ फोर्स पनि गठन हुनु र पर्छ त्यसको नेतृत्व पनि केपी ओलीले लिनु पर्छ |

    Reply
  18. pooja says:
    August 18, 2013 at 4:07 am

    नक्कल गरेर नि हुन्छ कई …चुनाब को मुखमा नया नौटंकी ….

    Reply
  19. B. Adhikari says:
    August 17, 2013 at 11:43 pm

    राम्रो काम तरिका गलत

    कुनै पनि नागरिकको सुरक्षा देशको कानून, सरकार र प्रशासनले गर्नु पर्दछ, कुनै राजनैतिक दल वा त्यसको कार्यकर्ताहरुले गर्ने होइन। राजनैतिक दलहरुको यस्तो कार्यले देशमा एकातिर अराजकता बढ्छ भने अर्कोतिर सरकार कमजोर हुन्छ।

    बी अधिकारी

    Reply
  20. Ram Shrestha says:
    August 17, 2013 at 11:04 pm

    हैन महिलाको युथ फोर्समा पुरुषहरु किन ?
    पुरुषको लुगामा पोथिहरु हुनकी?

    राम श्रेष्ठ

    Reply
  21. Sandip Sharma says:
    August 17, 2013 at 11:01 pm

    पुरुष युथ फोर्स को नाइके के पी ओली भने महिला युथ फोर्सको चाही बिध्या भण्डारी होला हैन?

    Reply
  22. Krishna Rai says:
    August 17, 2013 at 10:53 pm

    अब चुनाब आयो, अनि अनेक नामधारी संगठन खोलेर कार्यकर्ता हरुलाई जगाउने दिन आयो! चुनाब सकिए पछि सबै शान्त हुन्छा!

    Reply
  23. Karbir says:
    August 17, 2013 at 10:51 pm

    लौ न सकिन्छ भने त्यो तिन्टी ल्याउने प्रकाश दाहाललाई भाटे कारवाही गर्नु परो….उदघाटन पनि राम्रो हुने …के छ विचार ????

    Reply
  24. दिनबन्धु says:
    August 17, 2013 at 10:42 pm

    नेताको को पो चाल हो कि तरुनीको ताल
    हुनेभयो कुन चै के पी फेरी मालामाल |
    न त बन्दुक बोकियाछ न बोकिन्छ ढाल
    पिना सुक्दै गर्छ कान्छा काग लाइ बाल ||

    Reply
  25. Tashi says:
    August 17, 2013 at 10:05 pm

    फेरी अर्को बेरोजगारी हरुको मागी खाने तरिका…
    काम गर्न अल्छि र पदैमा जीरो हरुको लागि योफोर्म एकदम ठिक….

    Reply
  26. शरद-क्षितिज पारीबाट says:
    August 17, 2013 at 9:57 pm

    अहो यस्तो दरिद्र सोंच भएका नेताको गणतान्त्रिक जनता भैयो आज सम्झेर पनि खिन्न लाग्छ ! कस्तो बनाए यी डाँकाले देशलाइ आज …. यहाँ सिंगो राज्य र राज्यको कानूनको त कुरै हुन् छाड्यो ..जातीय, लिङ्ग,दल ……..भूगोल ….गन्तब्य भारतीय मुख्य मन्त्रि नै होला….

    Reply
  27. Ajaya says:
    August 17, 2013 at 9:53 pm

    पहिला युथ फोर्स को केटाहरुलाई तह लाउनु पर्छ है

    Reply
  28. Niraj Gurung says:
    August 17, 2013 at 9:52 pm

    के फिमेल युथ फोर्सले यी महिलालाई न्याय दिन सक्छ ?
    http://www.mysansar.com/2013/07/6062/
    आफ्नै दलको नेतालाई छुन सक्दैन भने के अर्को दलका पुरुषलाई मात्र कारबाही गर्ने हो ? लौ फेल खायो फिमेल युथ फोर्स

    Reply
  29. eklavya says:
    August 17, 2013 at 9:45 pm

    लौ त अर्को गरिखाने भाँडो पाए यी गैरजिम्मेवार नेताहरु लाई अब हेर्नुस फेरी कति बन्द अनि हड्ताल..येस्तै छ देशको ताल…भारतको गुलाबी gang कुनै पार्टीको नाममा होइन तर हाम्रो रिबन काट्न नपाएका नेताको अनि तिनका पुछारेहरुको कुरै अर्को छ कपी गरिहाल्ने …

    Reply
  30. Pratik says:
    August 17, 2013 at 9:31 pm

    This is yet another stupid drama of a political party.

    There are police and government administrations in the country. It is their role to punish bad and unruly people not youth force, youth league or female league.

    These people better find a job or engage in social and charitable work if they already have a job and have spare time.

    Reply
  31. रबन says:
    August 17, 2013 at 9:30 pm

    नौ टंकी |

    Reply
  32. कुमार says:
    August 17, 2013 at 9:09 pm

    बधाइ छ युथ फोर्सलाइ …….. अब यो भालेहरुकोमात्र होइन । पोथीहरुको पनि हो । मेरो पोथी पनि यूथफोर्समा अनि म पनि युथफोर्स (भाले मा) । के हुदोरहेछ म पनि परिक्षण गर्दै छु ।

    Reply
  33. द्रोण says:
    August 17, 2013 at 9:04 pm

    फिमेल युथ फोर्स र मेल युथ फोर्सको तीनदिने बन्द सिबिर प्रशिक्ष्याँन चै कहिले हुनेरहेछ त्यो चै प्रत्रकार बन्धु हरुले वाच गर्नुहोला |
    भोलि बेबी युथ फोर्स गठन गर्ने दिन आउला फेरी |

    Reply
  34. rajkumar says:
    August 17, 2013 at 9:03 pm

    कपि क्याट हरु ! काम छैन …. गुलाबी रातो पहेलो जे भएपनि |

    Reply
  35. chatur rai says:
    August 17, 2013 at 8:43 pm

    लौन अब राम्री केटीहरुलाई सिधा आँखाले पनि हेर्न नपाईने भो ….

    Reply
    1. सिर्जने says:
      August 19, 2013 at 11:02 pm

      कर्के आखाले त झन् हेर्ने भएन / बुर्का लगाउनुस तपाई राइ जी …. हास्नु पर्ने भो बेसरी खाएर चर्केको पेटमा /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme