Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सचिवलाई देखाइयो यस्ता फोटो

Posted on August 11, 2013August 11, 2013 by Salokya

Picture2
यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो।

Picture1
यो दही भण्डार गर्ने ठाउँको दृश्य। दहीको माथि देखिएको कालो कालो चिज मुसाको लिड हो।

Picture3
भुजिया फ्याक्ट्रीमा पिनट तथा भुजिया नाम राखेर आकर्षक प्याकमा आउने भित्र यस्ता कुहिएका बदाम राखिन्छन्।

Picture4

 

मिठाइ बनाउने फोहर ठाउँ।

Picture5

 

त्यही मिठाइ कारखानाको बेच्ने ठाउँ भने सफा छ।

Picture6

नपाकेका केरा रसायन राखेर यसरी पहेँलो बनाएर बेचिन्छ-
Picture7

Picture8

Picture9

Picture10

यी फोटोहरु कृषि सचिव जयमुकुन्द खनालको अध्यक्षतामा आज भएको कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण विभागले देखाएको हो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा (ताली सचिव क्या त) पनि उपस्थित थिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खाद्य तथा दाना पदार्थको गुणस्तर कायम गर्न विभिन्न काम गर्दै आएको छ। बजार अनुगमन, निरीक्षण गरी गुणस्तरहीन खाद्य एवम् दाना पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नेमाथि कारबाही गर्ने काम यही विभागको हो। आफूले गर्दै आएको कामका केही झलक देखाउने क्रममा सचिवहरु उपस्थित कार्यक्रममा यी फोटो देखाइएका हुन्।

समयमा काम फत्ते नगरे वा ढिला गरे क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू भएको बारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो। बडापत्र हेर्न यहाँ क्लिक गर्नुस्।

44 thoughts on “सचिवलाई देखाइयो यस्ता फोटो”

  1. dhan says:
    August 13, 2013 at 10:15 pm

    त्यो मुल ५ पोका भुजिया नस्ट गरेर के पो गर्नु हो ? थुइक्क मुला साग हरु….

    Reply
  2. प्रतिक says:
    August 13, 2013 at 5:27 pm

    एउटा कुरा खुसुक्क भानुम है // सबैको घरमा बारी त होला // तरकारी रोप्नु भाको छ??? घरबाट निस्कने फोहरलाई कसरि व्यवस्थापन गर्नु हुन्छ??? गल्ने र नगल्ने फोहर छुट्टा छुट्टै मिल्काउनु हुन्छ?? विचार गरौँ है मित्र // आफ्नो जिउ तिर नि येस्सो हेरुम .. 😛

    Reply
  3. dpack says:
    August 13, 2013 at 5:12 pm

    यस्ता को कारखाना क मालिक हरु लाइ त हरियो बाँस मा टु टु पारेर लैजानु पर्ने रहेछ नि त..

    Reply
  4. keshav Bhojpure says:
    August 13, 2013 at 4:35 pm

    गुणस्तर बिभाग ले यस्तो ठुलो कार्य नै केहि गर्नु पर्दैन…. ठुलो मेहनत केहि पर्ने छैन यदि उपभोक्ता को उजुरी को कार्यन्वयन हुने हो भने जनता ले गरेको उजुरी को न्याय दिन सक्ने हो भने सबै ब्यापारी पनि आफै सुध्रिन्छां…. उपभोक्ता ले पनि उजुरी गर्ने बानि बसाल्छन !! केहि गर्नु पर्दैन मात्र कारबाही कडाइ साथ् गर्नु पर्यो !!

    Reply
  5. रविन says:
    August 13, 2013 at 2:42 pm

    गरिब राष्ट्रको जनताको गरिब को गरिब हुनुको कारणनै यहि हो.
    स्वच्छ खान र वातावरण नभयर स्वास्थ्यमा समस्या.!
    ब्यबहारीक गुणस्तरीय सुलभ शिक्षा उपलब्ध नहुनाले दक्ष्य जनशक्तिको अभाव !!
    यसै बिचमा राजनैतिक, कर्मचारी र ब्यापारी सबैमा भ्रष्ट मानसिकता !!!

    Reply
  6. डा़ कांशीराम कुँवर says:
    August 13, 2013 at 6:30 am

    अराजकता र गुणस्तरहीन वस्तुको उपभोग आजको नेपालको वास्तविकता हो । सरकारसंग नितीनियम पुराना भएपनि असाध्य राम्रो छन् । यो तथ्य अनुगमनकताॅ र सवॅसाधारण धेरैलाई ज्ञान छैन । केवल आवश्यक्ता के छ भने दणडजरिवाना पुनविॅचार गरि अत्याधिक कड़ा वनाईनु पछॅ । कानुनको अक्षरशः पालना हुनुपछॅ ।
    सरकार भन्दा समुदाय सक्षम हुनु ज़रूरी पदॅछ । यि सव कुरा समुदायको ज़िम्मेवारी पनि हो ।
    खाद्यअनुगमन गननॅलेमात्र होईन खाने र ख़रीद गनेॅलेपनि उत्पादन गनेॅ र हुने स्थानमा नियमित जानुपछॅ । उद्योगले उत्पादन गरेकोमात्र होईन कि आलु, साग, कोदो जस्ता स्थानीय वस्तुकोपनि कहाँ, कसरी, कहिले उत्पादन भएको हो, बुझेर, लेवल हेरेर मात्र ख़रीद गनेॅ वानी वसाल्नु पछॅ ।
    त्यस्तै अवैध मदिरालाई वन्द गराउने त ठीक हो तर जहाँ हाम्रो रितीरिवाजले मदिरा उत्पादन गनेॅ परम्परा छ त्यस्तोमा सामुहिक उत्पादन गराउने र दताॅ गरेर, नाम लेखेको वोतलमा विक्रिवितरण गनॅ प्रोत्साहन गरिनुपदॅछ ।
    जवसम्म फूटपाथमा खरीदविक्री वन्द हुँदैन, सवै स्थानमा शौचालय वन्दैनन्, भान्साघर अलग कोठामा हुँदैन, चम्चाकाँटाले खान सिकिंदैन, हाम्रा वालवच्चाले घरको काम गनॅ थाल्दैनन् तवसम्म हामी सभ्य, स्वावलम्वी र सक्षम ठानिने छैनम् । सुधार आफैबाट शुरु गनुॅ पदॅछ । अस्तु !

    Reply
  7. योगेश आदी says:
    August 13, 2013 at 4:57 am

    अनि अर्गानिक लेखेको स्टिकर टाँसेर बजारमा…!!

    Reply
  8. sameer says:
    August 12, 2013 at 9:42 pm

    यो सबै हेरे पछि मलाई नेपालमा हिटलरको आवसेकता छ जस्तो लाग्छ . किनकि सब जना गुसिया र नितिबिहींन भए पछि एक्त्रनता जस्तो सरकार चाहिने होइन र? यो प्रजातन्त्र को सरो दुरुपयोग भयो नेपालमा.जसले जे गरे पनि हुने सब जना मिलेन जनतालै सदै पेल्ने बह्ये पछि गोलिहहाँदे भै हाल्योनि, कि कसो? नेपाली हरु पनि लस्ती सोझो हो सब थाहा पौधा पौध्है पनि खाइ रहेछन.

    Reply
  9. सार्थक says:
    August 12, 2013 at 6:58 pm

    पुलिस, सिडिओ, बाणिज्य बिभागका हाकिमहरुलाई दसैं खर्च निकाल्ने बाटो खुल्यो । यिनिहरु साच्चै जिम्मेवार भएको र साच्चै नै जनस्वास्थ्यको बारेमा चिन्तित रहेका थिए भने गुँदपाक काण्ड मच्चिए पछि यस्तो कडा कार्वाही गर्नु पर्थ्यो कि यस्तो लापरबाही गर्ने हिम्मत कसैले गर्ने थिएन । यो यिनिहरुको देखाउने दाँत र कमाउने मेलो भन्दा बढी केही हैन ।

    Reply
  10. achut says:
    August 12, 2013 at 2:32 pm

    यहाँ कमेन्ट हान्यो अनि भुजिया र दहि खाजा खायो….. घण्टा को कारवाही अर्ब खाएर यु.टि.एल भाग्छ,पेडा वाला ले दिल्ली बाट फोन ठोक्न लाउछ,रियल नखाए देश मा पेट्रोल बन्द हुन्छ……हुदा हुदा त भगवान ले भजन पनि हिन्दि नै मन पराउनु हुन्छ,गुदपाक बिक्रि खुली सक्यो…चाडो सबकुरो चाहिने हामी र तुरुन्तै भुल्ने नि हामी/लास्ट मा “मैले किनेको चै राम्रो” भन्ने खाने बानी हामी मा विकास भैसकेको छ….

    Reply
  11. Sagar (Sydney) says:
    August 12, 2013 at 1:28 pm

    यी पागल हरुलाई व्यपार गर्ने अनुमति कसले देको होला? सर्बसाधारण को स्वास्थ्य र मुसाको उस्तै उस्तै बनाउने भए यी स्याल हरुले

    Reply
  12. krishna says:
    August 12, 2013 at 11:52 am

    very good job Hari krishna sir………keep it up. The work must be continue and expand further

    Reply
  13. Bharat says:
    August 12, 2013 at 11:14 am

    यो दुनियाँमा ‘राक्षस’ भनेको मान्छेको जात नै हो, छुट्टै राक्षस जातै छैन !

    Reply
  14. Sisir says:
    August 12, 2013 at 10:33 am

    जनताको स्वास्थ जस्तो अतिनै संबेदनसिल कुरामा ५०० देखि ५००० सम्म जरिबाना जस्तो हास्यास्पद कारबाहीको नाटक हुने ठाउमा हुने येस्तै नै हो … करोडौको कारोबार गर्नेलाई यो जरिबाना केहि पनि होइन .. एस्तो काम गर्ने गराउने मालिक वा कामदारलाई तेस्तो बर्सिक कारोबार हेरी कमसेकम १० गुना जरिबाना र २-५ वर्ष जेल नहाले सम्म यो रोकिने वाला छैन.. चीनमा २-३ वर्ष अगि मात्र दुध जन्य पदार्थमा मिसावट गर्ने लाई मिर्तु दण्ड भएको थियो , तेस्तै कडा कानून हुन पर्छ ..
    २ वर्ष अगि अरु कम्पनीको १५००० ग्यास सिलिन्डरको फुट र नेक रिङ्ग काटी अफ्नोमा जोड्ने सुगम ग्यासका मालिक शिव घिमिरे जेलमा हुन पर्नेमा अहिले तिनै ग्यास ब्यबसैको संगठनको अदछ्य तेसै भाको त होइनन.. कानूनको कसैलाई डर नै छैन .. अझ भनौ कानून नै बिकाउ छ .

    Reply
  15. nabin adhikari says:
    August 12, 2013 at 10:17 am

    लुटेरा हरु !!

    Reply
  16. sunil says:
    August 12, 2013 at 8:49 am

    मुसाले लिंद पारेर बनाएको दही, गम्बुतले रोपाही गरे जस्तो गरी मीसायेको भूजीया
    मदेसीले मयेल माड़दै बनाएको मिठाइ ” these are all secret Ingredient for tasty food of OUR Nepal”
    थुक्क निच खाते उद्ध्योकपति हो

    Reply
  17. suresh says:
    August 12, 2013 at 8:41 am

    अब पहिलेको हरु फेरी आई सक्यो अब यस्तै हो भन्ने बस्ने बाहेक केहि बिकल्प छैन।रियाल फेरी आयो,दुध फेरी आयो,धाराको पानी त चेक गर्न नै लायक छैन,हावामा धुलोको मात्रा चेक गरे नाप्ने यन्त्रमा भएको युनिट भन्दा बढी होला,ध्वनी प्रदुषणको नियमको के कुरा,गाडी मा ब्यवहार र ठगी उस्तै हो ,बत्ती बाढीको सिजनमा नि ४ घण्टा, यो सब हुदा नि अब कहिले चुनाब हुन्छ भन्यो पछि लाग्यो किनकी हामी हौ बिर र स्वाभिमानी नेपाली

    Reply
  18. Chandra.P says:
    August 12, 2013 at 8:34 am

    ambooo …हामो देश मा केहि किनी र खानु को लागि पनि २-३ चोटी शोचनै पर्ने…:(:(

    Reply
  19. Ananta says:
    August 12, 2013 at 8:29 am

    मानिश हरु कति सम्म निच हुनसक्या हो.

    Reply
  20. Tikaram Malla Thakuri says:
    August 12, 2013 at 7:50 am

    खाध्य पदार्थमा मिसावट गर्ने, फलफुल पकाउन र ताजा बनाई राख्न को लागि रसायन प्रयोग गरी जनताको स्वस्थासंग खेलवाड गर्ने जो सुकै लाई पनि भारी जरिवाना का साथ साथै कठोर कारावास को सजाय राज्यको तर्फबाट दिन र दिलाउन सक्यो भने मात्र यस्तो अनैतिक काम गर्ने प्रवृतिमा कमी आउला

    Reply
  21. pawan says:
    August 12, 2013 at 6:59 am

    यो चाही अति भो त्यो भुजिया र दहि नस्ट गर्नु सट्टा त्यहि साहुको परिवारलाई खुवाए कसो होला

    Reply
  22. Jeevan Thapa says:
    August 12, 2013 at 6:38 am

    लोकतन्त्र भनेको यही रहेछ बा ! जसले जे गरे नि हुने , अनुगमन , कानुन केहि नभाको देशमा ….
    २०१० तिर होला साएद चाबहिलको एउटा खाजघरमा समोसा , चिया खान साथीहरु संग गएको .. समोसा बनाउने भाइलाई देखेर खान मन लागेन ….बैले लागको सेतो टिशर्ट पसिना र धुलो ले कालो भएको थियो , कालो कालो अनुहारको भाइको अनुहारबाट नुहौना पनि हाले जस्तो पसिना बगिरहेको थियो भाई समोसा बनाउने आटा मोलिरहेको थियो …
    यस्तो खानेकुरा खाँदा हैजा नभए के होला !

    यी फोटोमा देखिएका कम्पनीका मालिकहरुलाई १/२ महिनाको तालिम दिनु आबस्यक छ !

    Reply
    1. Siyan says:
      August 12, 2013 at 11:23 am

      एक दुइ महिनाको तालिम हैन मित्र एक दुइ वर्ष जेल हाल्नु जरूरी छ भन्नोस् न

      Reply
  23. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 12, 2013 at 6:20 am

    सकेसम्म आफ्नै बारीमा खेतमा फलाऊँ, नसके सिधै क्रिसकहरू बाट किनौं, सुद्द ताजा फलफुल तरकारी , गेडागुडी आफै बनाएर खाउँ, बाहिरको खानै परे चिने जानेको, आफ्नै अगाडि बनाउने कुरा खाउँ ..अब एशो गर्न नसके सकेसम्म चिने जानेको स्वस्थ ब्रान्ड खाउँ आफ्नो जीवन र पर्यावरण को स्वास्थ्य राम्रो बनाउँ ..|

    Reply
  24. Suresh says:
    August 12, 2013 at 5:07 am

    उस बेलाँ खाको भुजिया र मिठाई सम्झेर अहिलेपो वान्ता आउला जस्तो भो

    Reply
  25. बसन्त says:
    August 12, 2013 at 4:42 am

    होइन मैले बुझ्न नसके को कुरा, समाजमा प्रत्यक्छ असर पर्ने गरि गरिने कर्तुतका पात्र हरुलाई किन मेडिया मा सार्बजनिक गरिदैन ? कमसेकम फोटो सम्म सार्बजनिक गरे समाज ले पनि त चिन्न सक्थे नि त् एस्ता खेलाडी हरुलाई

    Reply
  26. madan bajracharya says:
    August 12, 2013 at 4:37 am

    मास्केलाई कार्यवाही गरिय जस्तै यसलाई कार्यवाही गरियो कि गरियन?

    Reply
  27. samrat~ says:
    August 12, 2013 at 3:33 am

    फ्याक्ट्री को मालिक हरु लाइ जेल ठोक्ने अनि उनीहरु लाइ बिहान बेलुकी को जेल को आहारा आफ्नै फ्याक्ट्री को खानेकुरा खुवाउने दैनिक. उनीहरुले थुपारेको स्टक न सके सम्म. यो नियेम कार्वानयेन गर्नु पर्यो सचिब र सी डी यो ज्यु..खालि समाचार पत्रिका मा दिच्च दात देखाएर फोटो खिचाएर मात्र केहि हुन्न.

    Reply
  28. kedar says:
    August 12, 2013 at 2:57 am

    कारणहरु:
    १. फितलो अनुगमन
    २. भेटिएका लापरबाहीमा न्यून कारबाही
    ३. कानुनमा ज्यादै न्यून दण्डको ब्यबस्था
    4. घुष खाएर गलत क्रियाकलाप छोप्ने वा नस्ट गर्ने

    Reply
  29. Nirakash (USA) says:
    August 12, 2013 at 1:50 am

    जनताको स्वास्थ जस्तो अतिनै संबेदनसिल कुरामा नेपाल सरकारको पहिलो प्राथमिकता हुनुपर्छ|

    Reply
  30. pradip nepali says:
    August 12, 2013 at 12:29 am

    नस्ट गरेर मात्र के गर्ने, फेक्ट्री को मालिकलाइ फाइन तिराएर जेलमा राखेपो.

    Reply
  31. उज्ज्वल पौडेल, भरतपुर १० चितवन, नहरपारीको तेस्रो घर says:
    August 11, 2013 at 11:26 pm

    ग्राहकको स्वास्थ्यसङ्ग यतिसम्म खेलवाड गर्न सक्ने ब्यापारीहरुको ब्यापारको प्यान नम्बर पुनः नबिकरण गर्न नमिल्ने गरी खारेज गरिनुपर्छ | अनि त्यसपछि त्यो ब्यापारीलाई खोरमा हाल्नु पर्छ |

    Reply
  32. राम चन्द्र says:
    August 11, 2013 at 10:34 pm

    नयाँ नेपाल बनाउने सपना देख ने कमरेड हरु ले ब्यापारी बाट २ करोड चन्दा सजिलै माग्दिने अनी ब्या पारी ले के गरुन त लुटेर खान पाये पछी कोस्लेगर्ने काम । कमरेड का भतुवा हरु लाई के थाहा अरब को चर्को घाम ।

    Reply
  33. Sudip Sharma says:
    August 11, 2013 at 10:27 pm

    हैन मान्छे पैशा को लागि कतिसम्म निच हुन सकेका हँ?

    यी मान्छेको अनुहारधारी द्रब्य पिसाच हरु को कर्तुत कति सहेर बस्नु…मान्छे को स्वास्थ्य मा कतिसम्म खेलवाड गर्न सकेका ??

    आजकल त यो कथित सहर मा बस्नु भन्दा आफ्नै गाउमा गएर एउटा भैशी पालेर गुजारा गर्नु निकै उत्तम देखिन थाल्यो !!

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      August 11, 2013 at 10:57 pm

      मलाइ लाग्थ्यो कडा नियमले मात्र यस्ता बिकृति कम हुँदैनन् चेतनाको बिकाश हुनु पर्छ तर हाम्रो जस्तो मुलुक जहाँ शिक्षालाई राजनीतिक सिंढीको रुपमा चरम दुरुपयोग गरिन्छ त्यहाँ चेतनामा पनि स्वार्थ लुक्दो रहेछ त्यसैले अब एउटा चरम तानाशाह वा साउदीको जस्तो कडा कानून चाहिने नै भयो ! भन्दा बिभिन्न तन्त्रको बिरोध गरेको आरोपले यो पेज त भरिन्छ तर यथार्थ त यहि हो पंचायतमा भन्दा यो बिभिन्न ६-६ महिनामा नयाँ कात्रो फेरिदिने तन्त्रमा राजनीति वा यी नेताको आडमा अति नै बिकृति मौलायो ! बिकृतिलाइ संस्थागत गर्ने नै डाँका नेता हुन् ५-७ जना डाँका नेतालाई मज्जाले कोमामा जाने गरेर भाटे कारवाही गर्ने एउटा जंगे आए बाँकी यी आफै दुला- दुला पस्थे अनि संरक्षक नै तडीपार भए पछि यी हल्वाइलाइ सर्वस्व सहित २० बर्षे कारावास ठोक्न कुनै भारतीय लाइ सोध्नु पर्ने थिएन ! अब यस्तो अक्षम गल्ति गर्ने यी दुष्टलाई बढी भन्दा बढी हुने कारवाही भनेको १० हजार जरिवाना अनि कहाँ बाट हुन्छ सुधार ! अब सिधै जनताले २-४ ठाउँमा यस्तै अनुगमनको बेला भाटे कारवाही गर्नु पर्छ अनि बल्ल प्रसाशनले सोच्छ कानून फितलो बनाएर छारो हाल्दा के हुन्छ भनेर !

      Reply
  34. praveen says:
    August 11, 2013 at 10:03 pm

    पहिले का मान्छे हरु किन लामो समय बच्ने गर्थे थाहा भएकै कुरा हो पैसा तिरेर सुध खान पिन गर्न पाए पो त आजकाल को जमानामा आझ चाड पर्ब त सुरु भाकै छैन त्यति खेर झन् क पो हुने हो कुन्नि.

    Reply
    1. Krishna says:
      August 11, 2013 at 11:01 pm

      पहिलेको मान्छे लामो समय बाच्थे? कल्ले भन्यो?
      Fact check गर्नु पर्यो मित्र.

      Reply
      1. Shailendra Dhakal (म्याउ ) says:
        August 12, 2013 at 5:57 am

        औसतमा सम्पूर्ण संसारमा मान्छेको आयु बढ्दैछ , उदेक लागे पनि सत्य येही हो. मान्छे मात्र होइन हरेक प्राणीको आयु लम्बिनुका साथै उनिहरुको मानसिक सक्ति मजबुत हुदै छ, यी त भए प्राकृतिक नियेम. तर जीबन प्राकृतिकबाट कृतिम हुदै जानाले नाचुरल फेल जस्तै क्यान्सर तथा मुटु रोगहरु चाही बढ्दै छ है.

        Reply
      2. praveen says:
        August 12, 2013 at 8:58 am

        कृष्ण जी fact check गर्न कतै जनै पर्दैन मेरै परिवार मा नै मेरो हजुर बा को आमा र आमा को हजुर बा अझै जिविद नै हुनुहुन्छ कारण उहा हरुले नै भन्नु हुन्छ हामी सुधा खान पिन गरि हुर्केका बारी मा आफै ले तरकारी उब्जाई ताजा खाएका तिमीहरु chauchau जमानाको अनि कहाँ बाट हामी जति बलियो हुन्छौ र यो त एउटा उदाहरण मात्र मैले चिने जानेको अरु थुप्रै साथी हरुको हजुरबा र हजुरमा पनि हुनु हुन्छन मेरो कुरा पुस्टि गर्न लै.

        Reply
  35. anu says:
    August 11, 2013 at 9:44 pm

    एस्तो कार्यवाही सानो तीनो कम्पनीलाई हुने त हो नि. काम गर्ने हुनलाई . ठुला ठुला कम्पनीले चेक गर्न जाने खाध विभागको आँखामा नया चस्मा लगाईदिन्छन. अनि त फुरुङ्ग भएर चेक गर्नेले सबै राम्रो देख्न थाल्छ . बिचरा साना कम्पनीहरु. ठुला ठुला बियरका कम्पनीलाइ कसले क गरोस, घरपालुवा रक्सि बेचेर जिबिका टार्नेको १, २ वोटा घैटा फुटाएर समाज सुधारको फुर्ति गर्ने हरु देख्दा मलाई प्वाक्क मुखमा हानु जस्तो हुन्छा.

    Reply
    1. प्रतिक says:
      August 13, 2013 at 5:22 pm

      सहि हो मित्र .. हाम्रो सरकारलाई राजस्व मात्र उठाउन पौने हो भने मान्छे को मासु नि बेच्न दिन्छ //रेमित्तंस ले मात्र चलेको देश कहिले सम्म चल्ने हो खै???

      राजस्व मात्र ठुलो कुरो हैन अन्तरिक उत्पादन लै अभि वृद्धि गरि देशको सम्पत्ति देश मै राख्ने विचार गर्नु पर्यो //

      Reply
  36. द्रोण says:
    August 11, 2013 at 9:34 pm

    दही चै सारै पौष्टिक बनाइएको रहेछ , भुजा पनि स्वास्थ बर्दक देखिन्छ , केरा , मिठाइ गजब छ एस्तो खाएपछि जनसंख्या स्वत नियन्त्रण हुन्छ , देश को अर्थतन्त्र लाइ टेवा पुग्छ |

    Reply
  37. vim limbu says:
    August 11, 2013 at 9:13 pm

    त्यो भुजिया फ्याक्टृका मालिक लास्टै रछ ।त्यस्लाई तेही भुजिया सँग दही मिसाइ खुवाए कसो होला । जदौ

    Reply
  38. S.P.Germany says:
    August 11, 2013 at 9:09 pm

    हरे राम हरे कृष्ण ! क्या देख्नु पर्छ ! एकातिर यिनीहरु लड्डु र भुजियाको ब्यापार गर्छन अर्कोतिर यिनीहरुकै नर्सिङ्ग होममा शेयर हुन्छ ! खायो अनि उनीहरुकै हस्पतालमा गयो ! चेपुवामा निमुखा जनता ! Saalaa dedh Mahina aghi Nepalbata lyayako ” Tirupati Dalmoth ” kham ki nakham bho !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme