Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वाहियात एसएमएस पठाउनेलाई कारबाहीको तयारी

Posted on August 12, 2013August 12, 2013 by Salokya

माइसंसारले कुरा उठाएपछि प्राधिकरण तात्तियो, अझै दबाब जरुरी

NTAव्यापारीहरुले नोबल पुरस्कार झैँ ठान्ने गरेको बेस्ट ब्रान्ड अवार्डका लागि भोट माग्दै एसएमएस आएपछि गएको बिहीबार टेलिकम, मलाई जेपिटी एसएमएस नपठाऊ ! शीर्षकमा
एउटा ब्लग लेखेको थिएँ। त्यसमा तपाईँहरुलाई पनि यस्ता एसएमएस आउँदा दिक्क लाग्छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी गर्न अनुरोध गरिएको थियो। यसले कति व्यापारी वा उनीहरुका आसेपासेलाई रिस उठ्यो होला र त अश्लील शब्दमा गाली गर्दै नानाभाँती लेखेर पठाए। तर कतिपय साथीले उजुरी पनि गर्नुभयो होला। र त, यस्ता गुनासोबारे कारबाही गर्न अर्को साताभित्र मोबाइल सेवा दिने कम्पनीहरुसँग छलफल गर्ने भएको छ। यो छलफल अघि नै जोजसलाई यस्ता एसएमएसले दिक्क बनाएको छ, उनीहरुले कम्तिमा एउटा उजुरी तल मैले दिएको लिङ्कमा गरी अन्तर्राष्ट्रिय अभ्यास अनुसार यसलाई नियमित गर्नका लागि आवाज उठाऔँ।

sms
प्राधिकरणको ध्यान तानियो, आइतबारको कान्तिपुरमा छापिएको समाचार

गुनासो आएन रे, गुनासो कहाँ गर्ने?

समाचारमा नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले ‘एसएमएसबारे यस्ता गुनासो आएको छैन’ भनेकी रहिछिन्। अचम्म छ बा, हैन गुनासो गर्ने ठाउँ कहाँ छ ? के एनसेलले जस्तो आधिकारिक फेसबुक पेज र ट्विटर खोलेको छ टेलिकमले ? के वेबसाइटमा गुनासो पठाउने कुनै इमेल वा फाराम राखिएको छ ? गुनासो गर्ने त कहाँ गर्ने ? गुनासो गर्ने ठाउँ नै नभएपछि गुनासो आएको छैन भन्न कहाँ पाइयो र !

एसएमएस पठाउने अधिकार किन दिइयो तेस्रो पक्षलाई?

भोट माग्दै नेपाल टेलिकमको नम्बरमा पठाइएको एसएमएस। जसमा पठाउनेको नम्बर ५२४३२६२२ छ। यस्तो नम्बरबाट मोबाइलमा एसएमएस कसरी पठाउन मिल्छ?
भोट माग्दै नेपाल टेलिकमको नम्बरमा पठाइएको एसएमएस। जसमा पठाउनेको नम्बर ५२४३२६२२ छ। यस्तो नम्बरबाट मोबाइलमा एसएमएस कसरी पठाउन मिल्छ?
समाचारमा टेलिकम प्रवक्ताले ‘एसएमएसका विभिन्न सेवा उपलब्ध गराउने तेस्रो पक्षबाट यस्तो भएको हुनसक्छ’ भनेकी छिन्। ‘निश्चित उद्देश्यका लागि उपलब्ध गराइएको यस्ता नम्बरबाट जाने/आउने सबै एसएमएसबारे दूरसञ्चार कम्पनीलाई जानकारी नहुन सक्छ’ पनि उनले भनेकी छिन्। भ्यालु एडेड सर्भिस (VAS) उपलब्ध गराउने कम्पनीले आफू कहाँ एसएमएस आएपछि त्यसको रेस्पन्सस्वरुप मात्र एसएमएस पठाउनु पर्ने हो। प्रवक्ता ज्यु तपाईँ आफ्नो सम्झौता पत्रहरुमा हेर्नुस्, त्यहाँ त्यस्ता कम्पनीलाई प्रचारात्मक एसएमएस पनि पठाउन पाइने भाषा कसले, किन राख्न लगायो ? किन त्यस्तो सम्झौता गरियो। भरे त्यस्ता नम्बरबाट कुनै गैरकानुनी एसएमएस गए ‘यस्ता नम्बरबाट जाने/आउने सबै एसएमएसबारे दूरसञ्चार कम्पनीलाई जानकारी नहुन सक्छ’ भनेर पाइन्छ ? जिम्मेवारी कसको ? टेलिकमले VAS उपलब्ध गराउने कुन नम्बरमा एसएमएस गर्दा कति रकम लाग्छ भनेर सबै नम्बर किन आफ्नो वेबसाइटमा उपलब्ध नगराएको ? कतिपय नम्बरहरु किन यो सूचिमा छैनन् ?

प्रचारात्मक एसएमएस जसमा पठाउनेको नम्बर २६७७४६४ लेखिएको छ। यस्तो  ल्यान्डलाइन नम्बरबाट मोबाइलमा कसरी एसएमएस जाँदो रहेछ। टेलिकमले सिकाइदिए हामी पनि गर्थ्यौँ।
प्रचारात्मक एसएमएस जसमा पठाउनेको नम्बर २६७७४६४ लेखिएको छ। यस्तो ल्यान्डलाइन नम्बरबाट मोबाइलमा कसरी एसएमएस जाँदो रहेछ। टेलिकमले सिकाइदिए हामी पनि गर्थ्यौँ।

विदेशमा के छ अभ्यास ?

ओमानटेलले प्रचारात्मक एसएमएस आफ्नो सिममा आउने, नआउने दुवै गर्ने सुविधा दिन्छ। यसका लागि तपाईँले निश्चित नम्बरमा एसएमएस पठाउनुपर्छ।

पाकिस्तानको जोङले त झन् सजिलो बनाएको छ। त्यस्ता प्रचारात्मक एसएमएस नआउने बनाउन वेबसाइटमा फाराम भरे पुग्छ।

इराकको कोरेक टेलिकमले पनि एसएमएस पठाएर यस्ता प्रचारात्मक एसएमएस आउने बन्द गराउने सुविधा दिएको छ।

अब एक पटक छिमेकी देश भारततर्फ लागौँ। त्यहाँ एसएमएस मात्र हैन फोनै आएरसमेत दिक्क बनाउन सक्छ। तर त्यहाँ DND सुविधा छ। अर्थात् Do Not Disturb।

भोडाफोनले यो पेजमा आफ्नो जानकारी भरेपछि प्रचारात्मक सामाग्री ब्लक गरिदिन्छ। एअरटेलले यो पेजमा सुविधा दिएको छ भने रिलायन्सले यो पेजमा र एमटिएनएलले यो पेजमा अनि टाटा डोकोमोले यो पेजमा।

यति धेरै झण्झट पनि गरिरहनु पर्दैन यदि START DND लेखेर 1900 मा एसएमएस पठाइदियो भने भोडाफोन, एअरटेल, युनिनोर, एअरसेल, एमटिएनएल, रिलायन्स, टाटा इन्डिकम, आइडिया सेलुलरमा प्रचारात्मक एसएमएस तथा फोन आउन बन्द हुन्छ।

भारतको नियामक निकायले गरेको व्यवस्था यस्तो छ।

प्राधिकरणमा सबैले उजुरी दिऊँ

अहिले सेवा प्रदायकहरुले यस्ता प्रचारात्मक सामाग्री आउन बन्द गर्ने कुनै सुविधा दिएका छैनन्। उनीहरुले पठाएका सन्देश खाए खा नखाए घिच् शैलिमा व्यहोर्नु परिरहेको छ। अन्तर्राष्ट्रिय प्रचलन मुताबिक यस्ता एसएमएस आउन बन्द गर्ने सुविधा तुरुन्त लागू गर्न निर्देशन दिन सबै टेलिकम कम्पनीहरुले यो गर्न पाउने, यो नपाउने भन्ने नियम बनाउने अर्ध न्यायिक संस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई दबाब दिउँ। अहिले नै यसो नगर्ने हो भने एसएमएस मात्रै हैन भोलिपर्सि विज्ञापनका फोन समेत आउन सक्नेछ। सोच्नुस् त आफ्नो मन पर्ने मान्छेसँग एकान्तमा बसिरहेको बेला रिङ आउने, अनि के के न जरुरी भनेर फोन उठायो- वाईवाईलाई भोट गर्नुभो बेस्ट ब्रान्ड बनाउन भनेर भन्ने !

साथमा जनमतको नाममा एफएम र टेलिभिजनहरुले करबाहेक पाँच रुपियाँसम्म जनताको पैसा लुट्ने काम गरिरहेकोले त्यसरी जनमत लिने गरी एसएमएस पठाउँदा लागेको शुल्क जनमत माग्नेले नै व्यहोर्ने व्यवस्था गर्न पनि प्राधिकरणमा दबाब दिउँ।

सजिलोको लागि यहाँ उजुरीको नमूना पनि दिइएको छ-

श्रीमान् अध्यक्षज्यू
नेपाल दूरसञ्चार प्राधिकरण, काठमाण्डौ

म …….. मोबाइल कम्पनीको नाम लेख्नुस्…… को ग्राहक हुँ। मेरो मोबाइल नम्बरमा सेवा प्रदायकले विभिन्न किसिमका प्रचारात्मक एसएमएसहरु पठाउने गरिरहेको छ। म यस्ता एसएमएस नआओस् भन्ने चाहन्छु तर सेवा प्रदायकले त्यस्तो कुनै सुविधा उपलब्ध गराएको छैन। कृपया नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई अनिवार्य रुपमा प्रचारात्मक सेवा बन्द गर्ने सुविधा पनि सरल र सहज रुपमा निःशुल्क उपलब्ध गराउन निर्देशन देओस्।

त्यसैगरी भ्यालु एडेड सर्भिस (VAS) को नाममा विभिन्न एफएम र टेलिभिजनहरुले जनमत सर्वेक्षण भन्दै उल्टै सेवाग्राहीबाट ५ रुपियाँसम्म असुल्ने गरेका छन्। जनमत लिनका लागि जनमत माग्नेले नै शुल्क व्यहोर्नु पर्ने व्यवस्था गर्न र VAS को विज्ञापन र एसएमएसका लागि अनुरोध गर्दा अनिवार्य रुपमा लाग्ने शुल्क करसहित देखिने गरी राख्नुपर्ने निर्देशन दिन अनुरोध छ।

धन्यवाद,
तपाईँको नाम

दूरसञ्चार प्राधिकरणको पेजमा गई उजुरी पठाउन यहाँ क्लिक गर्नुस् अथवा [email protected] र [email protected] मा इमेल पठाउनुस्।

क-कसले उजुरी गर्नुभयो, तल कमेन्टमा लेख्नुस् है त।

19 thoughts on “वाहियात एसएमएस पठाउनेलाई कारबाहीको तयारी”

  1. ram chandra bista says:
    August 13, 2013 at 11:33 am

    मैले पनि पठाए

    Reply
  2. K.S says:
    August 12, 2013 at 6:42 pm

    अब सेबा प्रदायक बाहेक अन्य अपरिचित व्यक्ति /संस्था बाट आएको हरेको SMS को रु १ को दरले प्रत्यक रिसिवर को मोबाइल नम्बर मा पैसा जम्मा हुनु पर्छ, नत्र यो लुटको खेति कहेली सम्म सहि रहने.

    नेपाल दुर संचार प्राधिकरण ले बेलैमा बिना स्वार्थ र घुस नखाई कन सर्बसधरको खाता बाट पैसा लेटने धन्दा लाइ बन्द गर्नु पर्छ. अन्यथा नेपाल दुर संचार प्राधिकरण प्रति पनि नेपाली जनताको विश्वास गुमेर जाने छ

    Reply
  3. rajesh says:
    August 12, 2013 at 5:12 pm

    अतिनै आबश्यक कुरा उठाउनु भयो साच्चीकै धैरै दुख पार्इएको छ यस्ता एस एम एस हरुले अति ब्यस्त भएको बेलामा मोबार्इल बज्छ खोलेर हेर्यो त्यही वाहियात म्यासेज हामी उजुरी गर्दै गर्छौ तपार्इ अपडेट गर्दै गर्नुस सर

    Reply
  4. Krishna says:
    August 12, 2013 at 3:47 pm

    धेरै राम्रो अग्रसरता !! यदि हामी आफै सम्बदंीत िनकायहरु लाई राम्रा अन्तराष्ट्रीय िनती िनयमहरुकाे पालना गराउन सक्यौं भने देशको भलो हुने िथयो !! देशलाई विभाजन गर्ने होईन एकताबध्द बनाएर यी चोर फटाहा हरुको नाकामी जनता लाई सुचीत गराएर बास्तबीक नया नेपाल को आधार बसाल्न पत्रकारिताको को पहुँच बढाउन ज़रूरी छ! उमेश जी को mysansar देशका हरेक नागरिकलाई पढाउनु पर्छ । पार्टी का तलब खाएर कलम चलाउने अनी मै हुम भन्दै हीड्ने हरुले केही सीक्नु पर्ने!!!!

    Reply
  5. Mahesh Chhetri Nepali says:
    August 12, 2013 at 1:56 pm

    मैले त हालीदिएँ निवेदन दुरसँचार प्राधिकरण लाई ! हेरौँ केही माखो मर्ने रहेछ कि रहेनछ!! माइसँसारले पनि फलोअप गर्दै रहनु होला है !!

    Reply
  6. Sagar (Sydney) says:
    August 12, 2013 at 1:46 pm

    मुसाको लीड दहिमा हालेर बेच्ने ब्यपारी र वाहियात SMS पठाएर दिक्क लगाउने नेपाल टेलिकम मा केही फरक छैन!

    Reply
  7. Puri says:
    August 12, 2013 at 1:45 pm

    साथीहो मैले पनि पठाय, request to all of you yo do so

    thanks

    Reply
  8. सङ्कल्प पोख्रेल says:
    August 12, 2013 at 12:44 pm

    Hiranya
    12:34 PM (8 minutes ago)

    to me
    Your mail is forwared to concern section.
    Thank you

    From: Sanklp [mailto:*******@gmail.com]
    Sent: Monday, August 12, 2013 12:28 PM
    To: [email protected]; [email protected]
    Subject: उजुरी गरेको सम्बन्धमा

    Reply
  9. Santosh says:
    August 12, 2013 at 12:29 pm

    ल उमेश जी मैले नि उजुरी गरे है. 🙂

    Reply
  10. सङ्कल्प पोखरेल says:
    August 12, 2013 at 12:28 pm

    मैले गरे। पहिला पनि गर्या हो। यो सुखद समाचार बनोस हाम्रा लागि .

    Reply
  11. Sisir says:
    August 12, 2013 at 11:04 am

    कुनै पनि सेवा प्रदायकको सिम आबेदन फर्ममा एस्तो प्रचारात्मक SMS पनि आउनेछ भनेर सायद लेखिएको छैन भने एस्तो सेवा लिनलाई पो त ग्राहकले SMS वा कुनै संदेश वा फर्ममा आबेदन दिनु पर्ने हो..सेवा लिनु नै छैन भने किन हामीले नदुखेको टाउको दुखाउने .. सेवा प्रदायकको गल्तीलाई हामीले फर्म भरि भरि किन आबेदन दिने .. सबैले जानेको कुरा हो सेवा लिन पो आबेदन दिइन्छ , अरुको गल्तीमा ग्राहकले आबेदन दिनु अलि उचित होइन तेसो हो भने क्ष्यतिपूर्ति पनि दिनु पर्ला नि त !! तेसैले यो सेवा स्वतः निस्क्रिय हुन पर्छ कसैलाई चाहिए आबेदन दिन्छ … So by default all these sort of fishing/phishing SMS and promotional SMS should be inactive unless anyone request for those service.

    Reply
  12. Ritesh says:
    August 12, 2013 at 10:53 am

    Done.

    Reply
  13. harihar sharma says:
    August 12, 2013 at 10:40 am

    ल मित्रहरु, मैले त पठाएँ /

    Reply
  14. Binay says:
    August 12, 2013 at 10:33 am

    नाना थरि को एस. एम. एस आएर वाक्क लागि सक्या थ्यो. घर बहाल कर तिर्नुस रे!! एस्लाई जितौनुस रे उसलाई जितौनुस रे. माग्ने हरु पनि के बिधि बढेका हुन् तेत!! अब त पैसा छोडेर फेसबुक लाइक माग्ने भयेचन गाँठे!

    Reply
  15. Simsar says:
    August 12, 2013 at 10:12 am

    यहि ताल हो भने यो पटकको Assembly Election मा पनि भोटमाग्ने बिकल्प राजनितिक दलहरुले नबनाउलाल् भन्न सकिन्न।

    Reply
  16. praveen says:
    August 12, 2013 at 9:01 am

    हामीले कसैलाई sms गर्दा १ रुपैया लाग्छ त्यसै गरि वाहियात sms हामीलाई आउदा telecom ले हाम्रो account मा पनि १ रुपैया transfer गरिदिए त हुन्थियो नि

    Reply
  17. Keshav says:
    August 12, 2013 at 8:40 am

    Sent them feedback, but was not even acknowledged/confirmed. I wonder about any further steps 🙂

    Reply
    1. harihar sharma says:
      August 12, 2013 at 10:41 am

      हो त है, गयो कि गयन /

      Reply
    2. Santosh says:
      August 12, 2013 at 12:32 pm

      हो भन्या. Form भरे पछि तपाई को उजुरी प्राप्त भो भनेर त भन्नु पर्छ. थुक्क कस्तो site बनायेछा यो telecom ले .

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme