Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञानको विकास गर्न नास्टले पायो दिव्य ज्ञान- नारा लगाएपछि हुने रैछ सबैले जान

Posted on August 9, 2013August 9, 2013 by Salokya

NAST नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्र सँधै उपेक्षित रहँदै आएको छ। गठबन्धन सरकार बनाउँदा अरु मन्त्रालयको लागि हानाथा हुन्छ, तर विज्ञान मन्त्रालयमा कसैको ध्यान जाँदैन। कुकुरलाई हड्डी फाले जस्तै मन्त्री हुन चाहनेलाई पदका लागि पद दिने हिसाबले यसमा मन्त्री बनाइन्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट) को हालत पनि त्यस्तै छ। यो क्षेत्रका लागि बजेटै कम छुट्याइन्छ। यही कम बजेटबाटै विज्ञानको विकास गर्ने एउटा गजबको दिव्य ज्ञान रोनास्टले पाएको छ। सरकारी मुखपत्र गोरखापत्रको पहिलो पेजको महँगो ठाउँमा विज्ञापन छापेर नास्टले विज्ञान दिवसको नारा खोज्न सबैलाई आह्वान गरेको छ।

सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने रे। गैँडा हैन हात्ती, १० वटा हात्ती ! पूरै दस हजार !

लौ अब नेपालमा विज्ञान दिवस मनाउँदै विज्ञानको विकास गर्न तपाईँले पनि योगदान दिने कि ? तपाईँको योगदानलाई नेपालको विज्ञानले सुनौलो अक्षरमा पो लेखिदिन्छ कि !

तपाईँलाई यसो रमाइलो रमाइलो नारा सुझेको भए तल कमेन्टमा पोस्ट गर्दिम् है। यहाँ राखेकोले रुपियाँ पुरस्कार त हैन, लाइक पुरस्कार चाहिँ पक्कै पाउनेछ।

NAST

[स्पष्टिकरणः यहाँ यो विज्ञापन राख्न नास्टले सुको पैसा देको छैन मलाई। नारा लगाएर विज्ञानको विकास गर्ने महान अवसरमा तपाईँहरुको पनि सहभागिता होस् भनेर पो यहाँ राखेको। ]

23 thoughts on “विज्ञानको विकास गर्न नास्टले पायो दिव्य ज्ञान- नारा लगाएपछि हुने रैछ सबैले जान”

  1. Birodh says:
    August 10, 2013 at 5:01 am

    शालोक्य जी,
    सूचनाको लागि धन्यवाद तर, इतिहासकै घोर भ्रस्टचारी “नेता” नामधारी पृथिबीका भारहरु जेलबाट छुट्दा फुलमाला र अबिरले स्वागत गरि जय जय कार मनाउने वा मनाउने तयारी गर्ने, थोरै पनि लाज, घिन र शर्म नभएका “महापुरुस” र “महामहिला” भएको देसमा बिज्ञान र बैज्ञानिकको केहि काम छ र ????

    Reply
  2. Lalit Narayan says:
    August 9, 2013 at 10:59 pm

    भर जन्म सिन्को नभांची बदनाम कमायो
    छवि क्यै सुध्रोस भनि नारा भजायो
    त्रैलोक्य मान्छे साधारण हेलिकप्टर बनाउने बुद्धि कस्तो
    म नास्ट बैज्ञानिकको झुन्ड़ो बोकीकन नपुंसक जस्तो

    Reply
  3. santosh says:
    August 9, 2013 at 8:52 pm

    भर्खर मैले नाष्टको website हेरेको त किहले देखी अपडेट नै भएको रहेनछ । news भनेको ठाँउमा असार मसान्त को अन्तिम म्याद भएको सुचना छ ।अव यस्तो अवस्थामा ईमेल चाहिँ िदवश मनाउनु भन्दा पहिला नै हेर्लान् त ??

    Reply
  4. dharmendra says:
    August 9, 2013 at 6:32 pm

    संसारको सबभन्दा सस्तो माखा मार्ने यन्त्र निर्माण हुने ठाउँ / रोनास्ट
    हातले माखा मार्ने कला सिक्ने ठाउँ / नास्ट

    Reply
  5. karma says:
    August 9, 2013 at 5:44 pm

    बिज्ञानको बिकाशको लागि NAST को उपकुलपतिले यज्ञ र शान्ति-होम गरेको भनेर पढेको थिए यिनी पनि अझै उपकुलपति छन् जस्तो छ | यस्ता रुढिवादीहरु त नेतृत्व तहमा बसेका छन् अनि कहाँ हुन्छ बिकाश? उता माओबादीले बायुसेवाको बिकाश गर्न दश कक्षे पास र बायु सेवामा अनुभबी (FM anchor ) लाइ अध्यक्ष बनाएका छन् | डुबाए देश लाई |

    Reply
  6. Sisir says:
    August 9, 2013 at 4:31 pm

    कम्प्युटरको युगमा पल्टाउने ढड्डा
    उस्तै हुन् नास्ट र मालपोत अड्डा ..
    ————————————–
    “नास्टका बैज्ञानिक हामी हुनै पर्यो विद्वान
    सुइ बनाउन सक्या छैन परमाणुमा ध्यान
    ————————————-
    येदि गर्नुछ भने बैज्ञानिक अविस्कार ,
    गरौ औठाछाप मन्त्रिलाई बहिस्कार …
    ————————————-

    छान्ने जिम्मा चै नास्टको
    झिंगा मरेर बस्ने बैज्ञानिकलाई आज भने मजा आउने भो यहाको कमेन्टहरु पढेर ..

    Reply
  7. Madhu says:
    August 9, 2013 at 4:05 pm

    होइन यो नास्टको हाकिम साब हरुले पनि मेरो संसार हेर्दै छन् कि क्याहो?? होइन भने को हो त यो unlike हान्नेहरु?

    Reply
  8. Laabhratna Tuladhar , Ason tole. says:
    August 9, 2013 at 2:55 pm

    One of ours bujruk ‘sahityakar’ had announced in his book –
    “…विज्ञान मर्दछ रोएर ; ज्ञान मर्दछ हाँसेर !” Untill and unless , this type of mindset remain prevalent in the country , how a suitable atmosphere for scientific development can be achieved ?… The ‘Gyanis’ are afraid of the advancement of Nepalese scientists.From गेहेन्द्र शमशेर ‘s time the back-pullers have been active to drag ‘science’ into a dirty ‘dust-bin’ . So , the main obstacle in the road of scientific research and reward must be identified and wiped away for ever …And , for the sake of slogan :
    ” विज्ञान को प्रगति : सम्पूर्ण देश को समुन्नति “

    Reply
    1. bibek dhakal says:
      August 9, 2013 at 5:30 pm

      साहित्य लाइ “बिज्ञान” को दृष्टि बाट नहेर्नुस न मित्र…..कविता, काव्य का पंक्तिहरुमा पनि “भाव” को सट्टा “लजिक” प्रयोग गर्ने हो भने त भोलि पर्सि रोबोटले सिर्जना गरेको साहित्यिक कृति पढ्नु पर्ने दिन आउन बेर छैन…के तेस्तै चाहनु भाको हो?

      Reply
    2. harihar sharma says:
      August 10, 2013 at 1:54 am

      नस्टको सबै भाडा ठुलो धुस्म बिज्ञान मत्रालय हो / नस्टको कन्सेप्ट प्रोपोसल चोरेर अर्कै पार्टी लाई पैसा दियर त्यो काम गरायको record छ/
      दोश्रो ठुलो दुस्मन भने को नस्ट का प्रसासनिक कर्मचारीहरु हुन् / एक थोक माग्यो अर्कै दिन्छ (in sense of quality), एउटा समान माग्यो ६ महिना पहिला आय त के भन्नु /
      field जाने researcher लाई भोलि बिहान ६ बजे जाने लाई रति ५ बजे पैसा दिन्छ, के किन्ने, कहिले तयारी गर्ने /
      अनि researcher ले चाहेर नि NAST मा Science को विकास कहिले हुन्न /

      Reply
  9. डिल्ली says:
    August 9, 2013 at 2:55 pm

    रिसर्चर सबै बनाउँ ट्वाँट, एकेडेमिसियन राखौँ सबै स्वाँठ ।

    Reply
  10. puru says:
    August 9, 2013 at 2:25 pm

    म बिज्ञान ग्यान चतुरो चरो हो ,
    म छैन जाहाँ त नारा किन हो ??
    म आश हो ज्योति पुञ्ज बिहानी ,
    म सास हो, जान तिम्रो जिबनी ,
    डुंग डुंग गनायो जाहाँ लास मेरो ,
    नारा किन चाहियो यो बिचरो ???

    Reply
  11. Reejan says:
    August 9, 2013 at 1:14 pm

    बिमारी हुँदा सिटामोल कुन्नि, सन् २०२० सम्म नास्ट चन्द्रमा पुग्नी !

    Reply
  12. Rajendra Adhikari says:
    August 9, 2013 at 1:09 pm

    वैज्ञानिक शिक्षाको आधार
    सबै अरूबाट साभार

    मैले त यही लेखेर इमेल पनि गर्दिएँ । के थाहा, जितीपो हाल्छु कि ।

    Reply
  13. denesh says:
    August 9, 2013 at 1:09 pm

    लौ है साथी नास्टको ठीक छैन पारा !
    काम साम गर्नुछैन चाहियो रे उस्लाई नारा !!
    कस्तो नारा चाहिएको होला देको छ बिज्ञापन !
    दस हजार पनि दिन्छु भन्छ, फुर्ति नारायण नारायण !!

    Reply
  14. सँकल्प पोख्रेल says:
    August 9, 2013 at 12:26 pm

    लौ माथीकै नाराले पुग्यो अब अरूको काम लाईक थिच्ने 🙂

    Reply
  15. Krishna says:
    August 9, 2013 at 12:09 pm

    चुहीरा’को छत हाम्रो ढुंगेयुगको सीप !
    छीमेकीको विकास हेरी अब त केही सीक!!

    Reply
  16. Ram Thapa says:
    August 9, 2013 at 11:58 am

    पहिले को रोनास्ट,अहिले को नास्ट
    बिज्ञान प्रबिधि को बिकाश मा जहिले पनि लास्ट

    Reply
  17. सिर्जने says:
    August 9, 2013 at 11:41 am

    बिज्ञानको बिकाश धेरै फास्ट,
    पर्यो पछाडी नास्ट /
    बिज्ञान मन्त्रीको बाहुपास,
    समयको सत्यानास /
    बजेट छैन अब भो लास्ट
    सास भएसम्म हुन्छ आश /

    Reply
  18. harihar sharma says:
    August 9, 2013 at 11:36 am

    गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन,
    काम नगर्नेले बिज्ञान दिवस नि मनाउनु पर्दैन /

    Reply
  19. Vijay says:
    August 9, 2013 at 10:58 am

    भ्वांग परेको हाम्रो भित्तो, भत्किएको भुईं…
    टेस्ट्ट्युब किन्ने पैसो छैन, परमाणुको फुइँ !
    ल है ठोकौं ताली…..

    Reply
    1. sailen says:
      August 10, 2013 at 7:27 am

      महाकसम, येति सारो मन परो कि कुरै नगरम ,
      महाकसम प्रसंशा गर्ने सब्द छैन कुरै नगरम ,
      जय होस् सोल्टा विजयको
      बत्ति बल्ने सिर्जनसिल दिमागको,
      त्यो कलाको

      Reply
      1. द्रोण says:
        August 10, 2013 at 2:36 pm

        गुन्द्रुक झोल हालेर पकाउनु पर्छ , सालीलाई काली भनेर फकाउनु पर्छ |
        काम गरे नि न गरेनी , भोज खान बिज्ञान दिबस मनाउनु पर्छ |

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme