Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रीमाले भनिन्- ‘त्यो हल्ला हो’, त्यसो भए यो के हो त ? सुन्नुस् अडियो प्रमाण

Posted on August 8, 2013August 9, 2013 by Salokya

reema बेल्जियममा कार्यक्रमका लागि बोलाएर हाम्रा कलाकारहरुलाई आयोजक र त्यहाँका नेपाली दर्शकहरुले बेवास्ता गरेर हरिबिजोग बनाइदिएको सुनेपछि चिन्ता लागेर ‘तोइत्, त्यस्तो नि गर्ने? कलाकार भन्या त देशका गहना पो त। त्यसरी अपमान नगरौँ न’ भनेर हिजो ब्लग माइसंसारमा राखेका थियौँ। कलाकारकै भलो होस् भनेर घटना विवरण राख्दा उल्टै कलाकारहरुले त माइसंसारलाई नै पो गलत भने बा! एफएमसमेत चलाउने एक सञ्चालकको वेबसाइटमा गायिका रीमा गुरुङले भनिछिन्- ‘त्यो हल्ला हो। हल्लाको पछाडि नलाग्नुस‌्।’ उनकै आसेपासेहरुले त होला- उल्टै माइसंसारलाई गाली गरे, ‘गलत समाचार नफैला। समाचार सत्य हो कि हैन भनेर पहिला जाँच।’ लौ न, झन् भलाई चाहँदा झन् तालीको साटो गाली ! धन्न, माइसंसारलाई आज एउटा अडियो प्राप्त भएको छ। रीमा गुरुङ र नन्दिताको आवाज यसमा छ। त्यही आवाज सुन्नुस् र थाहा पाउनुस् आखिर सत्य के हो, हल्ला के हो ?
kalakar

 

रीमा गुरुङको आरोप

  • बुधबार नेपालमा केही मिडियाहरुले आफूहरुको बारेमा भ्रामक खबर निकालेकोमा सबै कलाकार स्तब्ध
  • खबरमा आए जस्तो कसैको पनि कोहीसँग झगडा परेको छैन
  • भिडभाडमा बस्नु साटो बरु शान्तमा बस्न रोजिएकोले बाहिर बस्नुको साटो गाडीमा बसौ भनेर बसेको हो
  • खबरमा आएको जस्तो भनाभन भएको, कार्यक्रम नै नभएको भन्ने चाहि निराधार हल्ला हो

सुन्नुस् अडियो-

48 thoughts on “रीमाले भनिन्- ‘त्यो हल्ला हो’, त्यसो भए यो के हो त ? सुन्नुस् अडियो प्रमाण”

  1. Prakash PM says:
    August 12, 2013 at 6:26 pm

    बिदेशमा कार्यक्रम नगरे यी मै हुँ भन्ने कलाकार भनाउदाहरुको नेपालमा खान लाउन मुश्किल हुन्थ्यो होला | त्यसैले आदि आफु ले संम्मान खोज्न अरुलाई सम्मान गर्न पनि जान्नु पर्छ यस्ताहरुले , र नभुल्नु कि बेदेश्मा पनि राम्रा राम्रा कलाकार हरुको कमि छैन भनेर | अतिथि होउ भने अतिथि भएर मिजासिलो हुनु पर्छ |

    Reply
  2. pemdorje pakhrin tamang says:
    August 10, 2013 at 10:41 am

    सोंचे जस्तो हुन्न जिबन बिदेसमा सबै राम्रो मान्छे सोंच कहाँ हुन्छ र अब हाम्रो कलाकारले पनि बुज्नु पर्छ नेपालमा जस्तो आफ्नो घरमा जस्तो मान सम्मन हुन्न बिचारा उनीहरुले जान्जातिल्को भन्दा धेरै ठुलो आशा गरेको थिएछ तर आदिबासी निकै सम्मान गर्ने जात है र निकै मन को धानी दयालु जाति पनि हुन्छ है | अरुकोमा यस्तो नखोज्नु आफ्नो गल्ति हुनेछ |

    Reply
  3. Limbu HarataraH says:
    August 10, 2013 at 2:43 am

    देशमा नाक फुलाएर हुर्केकाहरु विदेश भन्ने बित्तिकै पैसा, होटल, गाडी, खाना, इज्जत आदि फ्री मिल्छ भन्ने सपना आफ्नै व्यवहारले प्रस्ट छ कि उनीहरु कति व्यवहारिक, योग्य, कतिको समय अनुसार चल्नेवाला भन्ने!

    Reply
  4. Ram B Adhikari says:
    August 10, 2013 at 12:19 am

    हामी धेरै नेपालीहरु बिदेशमा छौ /कलाकारहरु बिदेशमा कार्यक्रमको लागि आउनु भन्दा पहिला आयोजकहरुको बारेमा राम्रोसंग बुझेर मात्र जानेगर्नु होला/ audio सुन्दा निकै दुख लग्यो/

    Reply
  5. Dev Gurung says:
    August 9, 2013 at 6:28 pm

    जो नुहुनु थियो भै हाल्यो र माइ संसारले लेखेको कुरा सत्य भएको प्रमाणित भयो येदी यो औडियो टेप नभेटेको भए ठुलो इस्सु हुन्थियो र अहिले सबै कुरा छर्लंग भयेकों छ अनि यो सबै हल्ला हो भनेर किन कुरा लुकौना खोजेको ? किन माइ संसार लाई दोष देखौन खोजेको ? कलाकार भएको नाताले एस्सो मिलाएर बोलेको भए तिमीहरुकै इज्जत बढ्ने थियो नानी हरु हो झन् जनजाती को कुरा किन उठाउने ? यो अन्तिम विदेश यात्रा होला जस्तो छ है नानी हरुको i

    Reply
  6. Dambar says:
    August 9, 2013 at 5:25 pm

    राता मकै behind the scene त यस्तो पो हुदा रैछ गाँठे हाम्रो कलाकार भन्ने हरु….

    Reply
  7. nawin khadka says:
    August 9, 2013 at 4:50 pm

    नेपाली को गल्ति अस्विकार गर्ने बानि प्रस्टै देखियो | त्यो केटा मान्छे को आवाज ले माफ पाउ भनेको सुनिएन | रिमा गुरुङ अनि अरु कलाकार laai दुख देकै रैछ | अलि सम्मान क साथ राख्नै पर्ने थियो | टपरी मा मोमो खाए खा नखाए घिच भन्न मिल्ने thiyena | सोधेर क खाने ल्येदिनु पर्ने थीयो | घर मा बोलाएका पाहुना लै एस्तो गर्छन ? बेल्जियम मा baschhu भन्दै मा नेपाली bhanda ठुलो भए भन्ठानेको हो कि ke हो? आझ साधारण नेपाली चेली परेनन् waha हरु त | कलाकार परे धेरैले चिन्ने | आझ विदेश मा डाकिएका कलाकार | नेपाल मै बसेर काम गरिरहेका कलाकार | बेल्जियम मा बसेर अरु नेपाली लै हेप्ने भात मारा हरु !!

    Reply
  8. dinesh says:
    August 9, 2013 at 3:43 pm

    विदेश मा काम गर्ने नेपाली लाई सधै जसो हुने नेपाली कलाकार हरु को कार्यक्रम ले दिक्कै बनाई सकेको छ

    Reply
  9. sahara says:
    August 9, 2013 at 3:22 pm

    Reema gurung is an outstanding singer. Its wrong to judge her..She is not after momo…..Being a woman and moreover being a singer she deserves respect.The organizers failed to lookafter the artists during the tour. All the artists from nepal should be treated with dignity. When it comes to women, the organizers must be careful. Please do not treat nepali women singers like a Trash.

    Reply
  10. Sagar (Sydney) says:
    August 9, 2013 at 1:42 pm

    एउटा दाई लाई आठ लाख खर्च गरेर tourist visa मा (लुकेर काम गर्ने अनुमति पत्र) सिंगापुर पठाको, पुगेको दुइ हप्तामै पुलिस ले पकडेर ३ महिना जेल राखेर नेपाल deport गर्देछ. ८ लाख डुबाउनु भयो नि दाई, बुद्दि लगाएर लुकेर बसेर काम गरेर टन्न पैसा कमाउनु पर्थेयो नि, कस्तो बेबकुफ होला तपाई !भनेर गाली गरेको:
    दाई: के हावा कुरा गरेको भाई! तेत्रो प्लेन चडियाे! प्लेनमा टन्न खाइयाे! सिंगापुर घुमियो! ३ महिना जेलमा सिंगापोरे खाना फ्री मा खाइयो! जाबो ८ लाख त उठाइ हाले नि भन्दै दाई मुसुक्क हासनु भो.
    अब यी कलाकार लाइ बेल्जियममा जे जस्तो भए पनि तेइ दाईको तरिकाले चित्त बुजाए भइ हाल्याे नि.

    Reply
  11. द्रोण says:
    August 9, 2013 at 1:32 pm

    अलिकति जिउमा पानि चढेपछि र कोइ कोइ त् अझै सोर्स फोर्स मा तेसै कलाकार बनेका छन् , मोडेल बनेका छन् मिस काक्रा ,घिरौला र फर्सी हरु चाहना चै रातो कार्पेट कै हो कि जस्तो छ |

    Reply
    1. chitizz says:
      August 10, 2013 at 6:09 am

      द्रोण जी अलि पचेन नि ? नेपाली कलाकारहरु को बारेमा तपाई लाइ अलि ज्ञान कम छ कि आफु बिदेस मा बसेको भएर एस्तो बोल्नु भएको …..अलिकति जिउमा पानि चढेपछि र कोइ कोइ त् अझै सोर्स फोर्स मा तेसै कलाकार बनेका छन् , मोडेल बनेका छन् मिस काक्रा ,घिरौला र फर्सी हरु चाहना चै रातो कार्पेट कै हो कि जस्तो छ | गायिका रिमा गुरुङ को बारेमा राम्रो संग सोधी खोजि गरेर मात्र कमेन्ट गर्नुस…. तपाई जस्तो बिदेस मा आफन्त भएर घरक ले पैसा बडी भएर काम नपाएर बासको झ्यंगमा चराकराएको जस्तो बिदेसी ढ्यांग्रो ठोकेर गित गाउदै मा गायिका भएको होइन बुज्नु भयो. कि तपाईलाइ पनि माओबादी, खायोबादी र अरु कुन कुन बादी बाट पिडित हो या कार्यकर्ता हो भन्दै बेल्जियम पुगेका सरनार्थी नेपाली हरु को तुक र घमण्ड छन् ह?? जो जस्तो भए पनि कलाकार कलाकार हुन् देस का गहना हुन् इज्जेत गर्न सक्नु पर्छ .. कुन अर्थ मा कलाकार लाइ मन लागि भन्नुभयॊ तेस्तै जो कोहि पनि हुन सक्छ भन्ने ले लु त तिमि पनि कलाकार भएर देखाऊ अनि अरु लाइ बोल्नु यसरि…….. अस्तु |

      Reply
      1. द्रोण says:
        August 10, 2013 at 2:29 pm

        हामि जहा बसेपनि , कुरा कलाकार कस्ता भन्ने हुदैछ हैन र ? तपाइँ रिमा को फ्यान अथवा (नातेदारै ?)हुनुहुदो रहेछ , सरि है , व्यक्तिगत रुप मा भन्न खोजेको हैन साधारण तया येसो भनेको |

        तेस्तै नदिताको कोइ फ्यान होला , कोइ गरिमा को होला उनिहौलाई पनि येही भन्छु |
        आजकाल त् माग्ने बुढा ले गीत गाएर लन्डन थर्काई रहेछ (मेरी बास्सै मा मात्र)|
        रिमा को कुन चै हित गीत रहेछ ? येसो भन्न मिल्छ कि ?

        Reply
  12. Rabin says:
    August 9, 2013 at 1:23 pm

    दुइ शब्दमा भन्नुपर्दा – “नौटंकी कलाकारहरु”

    Reply
  13. पुष्प says:
    August 9, 2013 at 10:54 am

    कार्यक्रमको तालीका अनि खाने-बस्ने सुविधासमेतको करारनामा गरेर पो जानुपर्छ त । पैसामात्र लिएर बिना कुनै करार गरी कार्यक्रममा जाँदा हुन् कलाकारहरू, अनि त हरिबिजोग !

    Reply
  14. Sisir says:
    August 9, 2013 at 10:54 am

    आफुले बोलाएको पाहुनाको उचित ब्यबस्थापन गर्न नसक्नु भनेको अर्गनैजरको दोष हो … उहाहरु नेपाली कलाकार हुन् कुनै हलिहुद बलिहुडका धनाड्य कलाकार होइनन , उहाहरुको पनि एउटा लिमितेशन छ ,

    Reply
  15. Pranay says:
    August 9, 2013 at 10:16 am

    तर जे जस्तो भए पनि घरमा पाउना बोलाए पछि तिनलाई इजेत दिइनछ नि हो साथी हरु इज्जेत गर्न नै नाउने हरुले किन बोलाउनु कसरी पाउना हरु लै संतुस्ता बनाउने त मूला आयोजक को जिमेवारी हो नत्र भने मूला आयोजक भन्ने हरु चुप चाप खैरे हरुको गुमुत सोहर्दै नक्कली सरनार्थी भएर सिबिर तिर बसे भैहलो नि

    Reply
  16. razen says:
    August 9, 2013 at 10:04 am

    रीमाको एक दुइवटा गीत सुनेको छु र राम्रो पनि लागेको थियो तर म:म को लागी कीच कीच चाही राम्रो लागेन है |

    Reply
  17. krishna says:
    August 9, 2013 at 9:17 am

    हाम्रा काइते नेताहरुको झुट बोल्ने रोग यि कलाकारहरु लाई पनि सरेछ, कार्यक्रम आयोजक को कमजोरी त आफ्नै ठाउँमा होला, तर भोक लागेको मान्छेले मम पाउदा त्यस्तो जवाफ पक्कै दिदैन, अनाबस्यक फुर्ती झिक्ने यस्ता कलाकार जो सुकै होस बाल नदिनु नै राम्रो!

    Reply
  18. Basanta Thapa,Maryland,USA says:
    August 9, 2013 at 9:07 am

    आयोजकहरु को कमजोरी र लापरबाहीको कारण जुन ब्यबहार कलाकार चेलीहरु माथि गरियो त्यो पनि विदेशमा दुख लाग्दो कुरा हो \ कुनै पनि बिदेशमा गरिने कार्यक्रममा नाम चलेका कलाकार आउदा सम्मानीय स्थान बनाउनु सबैको दायित्व हो र कार्यक्रम मा सबैले कलाकार हरु लाइ चिन्दछन भन्ने पनि होइन र अन्जान मा गरिएको वा जानाजान गरिएको यस्ता ब्यबहार बाट रिस र आवेग लाइ थामेर सम्बन्धित व्यक्ति लाइ भन्नु जायज हुन्छ तर त्यो सार्बजनिक ठाउमा आफु हलुको हुने गरि होइन आउने दिनमा यस्ता ब्यबहार नदोहोरिन भनेर भन्नु राम्रो हो \ जहा सम्म जनजाति ले त यस्तो ब्यबहार गर्दैनन् भनेर आफु लाइ सानो बनाउन नखोज्नु नै राम्रो किनकि कलाकार रास्ट्र र जनताको बन्ने कोशिश गर्नु पर्छ \ कुनै पार्टी ,समुह ,जाति ,क्षेत्र को कलाकार मात्र बनेर कुनै कलाकार लाइ फाइदा छैन \उदाहरण को लागि बामपन्थी आन्दोलन र बामपन्थी पार्टी हरु लाइ देश को शक्तिशाली र उच्च स्थान मा पुराउन रामेश र मन्जुल जस्ता कलाकार को ठुलो योगदान छ तर उनीहरु रास्ट्र का कलाकार हुन् सकेनन भने उनीहरु लाइ सम्बन्धित पार्टीहरुले पनि उचित ठाउ र सम्मान दिन सकेनन जसको कारण उनीहरुका योगदान उनीहरु र देश को लागि बालुवा मा पानि हाले जस्तो बनाइयो \ उहाहरु लाइ न सबै नेपालि ले चिन्दछ न रास्ट्र ले सम्मान गरेको छ \ यसैले कोहि पनि कुनै पनि पार्टी,जाति को कलाकार होइन देश को कलाकार बन्ने कोशिस गरौ जस्तै,गोपाल योञ्जन ,नारायण गोपाल , कुमार बस्नेत ,राम कृष्ण ढकाल ,मदन हरिबंस आदि \ कलाकार चेली हो छुच्चो नबन्दा नै हित हुन्छ है \

    Reply
    1. AngSherpa says:
      August 14, 2013 at 12:41 am

      नेता,कर्मचारी,कलाकार पैंसाको भुक्तभोगीहरु हुन्/नेता र कर्मचारीलाई भ्रष्टचार गरेर अकुत कमाउनु पाए राष्ट्र र राष्ट्रियताको बाल मतलव हुँदैन/कलाकारहरु जनतामा जनचेतना जगाउने गित सगीत पस्किने होइन मायाँ पिरती र छाडा थोत्रो गीतहरु गाएर दुइ चार पैंसा कमाएर समय खेर फाल्ने गरिन्छ/साहित्यकार र गीतकारहरुको रचनाहरु गुलामी परको हुन्छ तक्म पाउनको लागि कि त युवा पिंडीको मन जित्न खोज्न मायाँ र पिरतीको शव्दहरु बढी ओकलिने गरिन्छ/हुन् त पाहुनालाई त्यस्तो ब्यबहार गर्न चाहिं नहुने हो/

      Reply
  19. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 9, 2013 at 7:56 am

    सम्मान पाउन सम्मान दिनु पर्छ ..तर माग्नेले तातो भात को अपेक्षा राख्नु हुन्न ..तातो मो मो पाउदा उपेक्षा गर्नु हुन्न ..यहाँ गल्ति दुबैको देखियो..अनि अर्को कुरा मेरो संसार ब्लग हो यहाँको प्रकाशित कुरा समाचार नभएर कसैको व्यक्तिगत धारणा मात्र पनि हुन सक्छ ..तेसैले प्रतिक्रिया दिनु अघि तेस्लाई पनि विचार गर्नु उचित हुन्छ !

    Reply
  20. anil says:
    August 9, 2013 at 7:18 am

    विकशित देशमा गएर पिज्जा अनि बर्गर खाइयो भने शान बढ्छ भन्ने सोंच होला नि !
    नत्र सामान्य म.म को बारेमा येत्रो बखेडा किन निकाल्नु ?

    Reply
  21. samrat~ says:
    August 9, 2013 at 7:16 am

    अहिले चाइ मा केहि भन्छु है ..कलाकार जस्तो र्याङ्क को भए पनि नेपाल देखि बोलाएर ल्याइसकेको हुनाले अलिकति त्यो पनि चेली कलाकार हरु को अलि इज्जत चाइ त्यो आयोजक ले राख्न पर्ने थियो है मलाइ जहा सम्म लाग्छ.

    गल्ति त्यो बजिया आयोजक को सत प्रतिसत नै हो. हाम्रो रिमा जी ले पनि अलिकति गल्ति गर्नु भएको रहेछ उहा को तरफ बाट भा को कुरा लाइ लुकाउन खोजेर. भर सक रिमा जी ले एस्तो सानो तिनो कुरा लाइ लम्ब्याएर झन् आफ्नै बेइजत हुन्छ भनेर पनि तेसो गर्न खोजेको जस्तो मलाइ लाग्छ.

    अरु कुरो तेस्तै हो. नन्दिता के सी जी (बिसेस) एण्ड कम्पनि येदि अमेरिका तिर आउनु भयो भने सम्राट लाइ सम्झिनु होला रातो कार्पेट बिछ्याएर इज्जत साथ् घुमाइ फिराइ गरेर कार्येक्रम गरम ला.

    Reply
  22. Binod Lamsal (Sydney) says:
    August 9, 2013 at 7:02 am

    विदेशमा नेपाली कार्यक्रम को व्यवस्थापन एकदमै बिजोग पारा को हुन्छ…उल्टै कलाकार को भएको केहि इज्जत पनि जान्छ…nepali कार्यक्रम मा प्रयोग हुने sound system को quality भन्दा राम्रो याँहा को street performer हरु को हुन्छ | अघिल्लो साल Sydney मा 1974 AD को concert हेर्न गएको थिए .गीत गएको केहि बुजीन, sound quality अत्यन्तै नराम्रो थियो |अनि ४-५ पटक sound sytem मा प्रोब्लेम आयो..तेस्मा १९७४ AD ko कुनै गल्ति नहोला तर त्यसले गर्दा दर्शकहरु लाई उनीहरुप्रतिको नराम्रो प्रभाव पर्नु स्वाभाविक हो |
    कलाकार लाई सस्तो मा deal गर्न सक्यो भने आयोजक ले २-४ हजार dollor २०० जना को कार्यक्रम बाट कमौछ र आफ्नो restaurant या migration consultancy को पनि सित्तैमा प्रचार गर्न पायो उसलाई नेपाली कार्यक्रम को quality र कलाकार संग केहि मतलब हुन्न , भिड बटुल्न पाए भयो २-४ र हजार उथिलाल्छ ..यो त पार्ट time business हो | फेरि तेस्ता आयोजक पनि धेरै छन |

    Reply
  23. radheshyam Thapa says:
    August 9, 2013 at 6:50 am

    बाल मतलब छैन,यी सबै बाढी पिडितको नाममा बिदेस घुम्न आयका हुन्/ धन्न कार चढ्न पायछन

    Reply
  24. Sarad says:
    August 9, 2013 at 6:49 am

    बिदेशमा नेपाली चेलीले दु:ख पाए. आयोजकको नालायकिले पाए. हिनताबोध, मानमर्दन, र लघुताभासको पिडा बताउन चाहेनन्, वा कसैले नकोट्याओस भन्ने चाहे, के अपराध गरे? दु:ख पाएकालाई अझ दु:ख दिने काम भयो यो। एउटा ‘sorry’ भनिदिंदा केहि बिग्रिन्न।

    Reply
  25. vim limbu says:
    August 9, 2013 at 6:17 am

    नेपाली कलाकारको इज्जत गरम्,,,,,,,,,,,,,,,,,,
    केहि दिन अघी बेल्जियममा कार्यक्रम गर्ने भानी गएका गायिका रिमा गुरुङ्,कलाकार नन्दिता आदी कलाकारलाई बेल्जियमका नेपाली साथीहरुले राम्रो ब्यबहार गर्न सकेन ।उल्टै तिमीहरु के नाच्ने गाउन आएका हौ भनेर अलिक तल्लो स्तरको कुरा गरे ।
    तर मलाई बिस्वास छ कि हाम्रा स्कोट्ल्यान्ड नेपालीहरुले नेपाली कलाकारहरुको बेल्जियमका नेपालीहरु झै तेस्ता कार्य गर्ने छैनन्,सबैलाई चेतना भया । जदौ
    जय स्वाभिमान

    Reply
  26. डिल्ली says:
    August 9, 2013 at 4:35 am

    गितारको तार छिन्या जस्तो गलाको स्वर हिड्या बेला यो “मःम नमीठो” गीत गाएको पो रहेछ त ! क्लासिक, पप हुँदै मःम गीत पनि सङ्गीतको एउटा किसिम हो कि क्या हो ? कलाकारको मपाईँत्व पनि बढी भा’को हो कि आयोजकको आयोजना कम्जोर छुट्याउन गाह्रो भो ।

    Reply
  27. Hillman Myagdi says:
    August 9, 2013 at 3:37 am

    बिदेशमा आसाईलम मागेर बस्ने “न नेपाली न विदेशी” शरणार्थी हरु पनी उस्तै। नेपालका कलाकार हरु पनी तातो न छारो घमण्ड मात्र धेरै गर्ने उस्तै। एकै डयाण्ग का मुला परेछन।

    Reply
  28. david says:
    August 9, 2013 at 3:30 am

    कलाकार भनेका देशका गहना हुन् सम्मान त गरनै पर्छ | तर कहिले कहिं आयोजक बाट हुने सानो गल्तीलाई स्वीकार्नु पनि पर्छ र यसलाई ठुलो रुप लिएर आवेशमा रिस पोखनु हुन्न जस्तो लग्छ …………….|

    Reply
    1. diwakar says:
      August 9, 2013 at 9:12 am

      बेल्जियम मा गाडी मा बस्न पाइया छ – त्येहा भन्दा अरु के चाहिया छ ? जस्तो पो रैछ नानी को कुरो !

      Reply
  29. bishnu says:
    August 9, 2013 at 3:23 am

    ओर्गनैजर को कमजोडी ले गर्दा यस्तो परिस्थिति आको हो. बेल्जियम को नेपाली समाज नै उधो गति मा गएको बेला परेर होला.

    Reply
  30. dhan says:
    August 9, 2013 at 12:47 am

    खै के हो के हो ! कलाकार पनि चाहिने भन्दा बढी स्वांग देखौचा बेकारमा अनि येस्तै हुन्छ | फेरी आजकल बिदेशमा बस्ने नेपालीले महिनै पिछे कलाकार ल्यौचन | म आफैलाई अचम्म लाग्छ | के गर्न ल्याएको ? किन ल्याएको ? तातो न भुत्लो संग ! कसैलाई गर्नु नपर्ने रमाइलो नेपालीलाई गर्नु पर्ने | बिदेशमा टाइम हुदैन भन्छ मान्छेहरु | खै टाइम र पैसा पुगेर त होला नि कलाकार हवार ह्वारती औचन तै पनि चलेकै छ | अनि हाम्रा कलाकारहरु विदेश जाने भनेसी उही हो ताल, आँखा चिम्लेर हामफाल्चन | अनि महिनै पिच्छे भेटिने कलाकारहरुलै कसले गनोस | वाक्क दिक्क लाग्दो | यहाँ कुरा सुन्दा दुबैको गल्ति देखे मैले त | नलग्नु लगेसी अलि राम्रो बेबस्थापन गर्नु पर्ने आयोजकले र कलाकार पनि मो मो मिठो लागेन भनेर खाई न पाई को भाउ नदिनु पर्ने | के भन्नु र आखिर नेपाली न परे सबै ! हा हा !!

    Reply
  31. सागर नेपाली says:
    August 9, 2013 at 12:41 am

    रीमा गुरुङ who?
    जाबो खाने कुरा मा किच किच? Show some class, ladies! कि त अरुले देको कुरा लाइ respect गर्न सिक कि त आफ्नै पैसा हालेर किनेर खा!

    p.s.
    Charity को नाम मा पात पात movie हरु ल्याउने trend पनि बढी भएको छ छ आजकल.

    Reply
  32. jumanu rai says:
    August 9, 2013 at 12:26 am

    बोलाए पछि नेपथ्य, १९७४ AD लाई बोलाउनु नि. को हुन् यिनीहरु? कलाकार रे!!!

    Reply
  33. तुल बहादुर says:
    August 8, 2013 at 10:59 pm

    म म मिठो लागेन रे नेपाल बाट जाँदा भुटेको मकै र कोदोको रोटि लिएर जानु पर्ने नि !

    Reply
    1. Sisir says:
      August 9, 2013 at 10:57 am

      किन र, नमिठो लग्यो भने नमिठो भन्न नहुने ? त्यो त व्यक्तिगत कुरा हो नि . कस्तो मानसिकता ?

      Reply
  34. Deepak G.C. says:
    August 8, 2013 at 10:02 pm

    भएको कुरा लाइ त हो भनेर भने भैहल्छानि ताकि अर्को कलाकार फेरि जाँदा यस्तो समस्यामा नपरुन | सबैलाइ ठुलो हुनुपर्छ अनि त समस्यामा पर्छन नि !

    Reply
  35. arun says:
    August 8, 2013 at 9:52 pm

    कस्तो स्टारहरु हो इनिहरु ??
    कलाकारलाई बोलाई सक्ये पछि आओजोग ले ख्याल त गर्न पर्ने हो तर | तर गरेनन त्यो अऒजोग को ठुलो गल्ति हो |
    अन्तिम तिर को conversation सुन्दा त खान को भिग माग्य जस्तो पो सुनिन्छ गाठ्ये | आफुले आफुलाई त्यस्तो स्टार ठान्नेहरु अलिकति खर्च गरेर बाहिर किनेर नि खान न सक्ने ?? स्टार वन्न रुचाउने हरुले त अलिकति क्लास राख्न नि सिक्नु पर्चा हो | कलाकार मित्रहरु…

    Reply
    1. harihar sharma says:
      August 9, 2013 at 3:57 am

      हो नि, $१ मा त McDonald यसो खान दिन्छ क्यारे /

      Reply
  36. नरेन्द्र says:
    August 8, 2013 at 9:50 pm

    यस्तै हो सालोक्य जी कसैको भलाइ होस् भनेर राम्रो होस् भनेर लेख्यो कि पोल्यो?हाम्रो सामाजिक कुरीति नै त्यसतै छ।
    यी कलाकार ले पनि जातपात को कुरो निकालीछिन,जनजाती को कार्यक्रममा यस्तो हुदैन रे? अरुले त गरे गरे अब कलाकारहरुले पनि जातको कुरा चाही नगरे हुने, कलकार त सबै नेपालीको साझा हुन् नि?
    हा हा म म पनि मिठो लागेन रे? नेपालमा पाच तारेमा सित्तिमा खाने बनि लागेको होला अनि के मिठो लागोस त? अब नचिनेकोले त को हो भनेर सोध्ने भै हाल्यो नि? रिसाउन पर्ने केहि छ र? त्यसैले मलाइ त यो खानी कुरो अनि अरु भन्दा नि तिनीहरुलाई पैसा पाईयन भन्ने धेरै चिन्ता भयो जस्तो लाग्यो? कार्यक्रम नै नभयनि पारिश्रमिक चाही देका भय केहि गुनासा गर्ने थियनन होला सायद।

    Reply
  37. dilip gurung says:
    August 8, 2013 at 9:37 pm

    अधिकांश नेपाली कलाकारहरु कति सम्मन फटाहा र बकम्फुसे हुन्छन भन्ने एउटा उदाहरण मात्रै हो यो| मैले व्यक्तिगत रुपमा चिनेका “प्रथिस्थित” भनाउदा कलाकारहरुले अन्तर्वार्ता दिदा कति सम्मान खोक्छ्न र झुट बोल्छन भन्ने अनुभब गरेको छु| त्यसैले कलाकारहरुको अन्तर्वार्ता हेर्न र सुन्न नै बन्द गर्दयाछु| कलाकारिता पुजनीय पेशा भएपनि हाम्रा धेरै नेपाली कलाकारहरुको बेहोरा पुजनीय छैन| हुन त सिंगो नेपाली समाजलाइ एथिक्सको संकटले गाज्दै लगेको बेला कलाकार मात्रै कहा अछुटो हुन सक्छ र?

    Reply
    1. bishnu kharel says:
      August 12, 2013 at 6:03 am

      कुरा सहि लग्यो , पुरा नेपाली समाजनै नैतिकता को संकटले गाज्दै लगेको छ !

      Reply
  38. Birodh says:
    August 8, 2013 at 9:31 pm

    होइन यो विदेशमा बस्ने नेपालीहरुले नेपाली कलाकार भन्दै कति जनालाइ सहयोग गर्नु हँ ??? नेपथ्यले गरे जस्तो कुनै येतिहसिक काम हो भने ठिक छ होइन भने त्यो जाबो नाच हेर्न र २-४ वटा ताल न बेतालको जोक सुन्नलाइ सदै कति खर्च गर्नु??? के विदेशमा पैसा रुखमा फल्छ ?????

    Reply
    1. बिनोद तिमिल्सिना says:
      August 9, 2013 at 10:49 am

      किन बोलाउनु त जाबो नाच हेर्नलाई र जोक सुन्नलाई,नबोलाई त आउदैनन् होला!!!????

      Reply
      1. Birodh says:
        August 10, 2013 at 2:49 am

        लौ न हजुर एक चोटी बोलाई दिनु पर्यो भनेर मारी हत्ते गर्नेहरु हामीलाई राम्रै संग थाहा छ बोनोद जी चित्त नदुखाउनुस !!

        Reply
  39. राम चन्द्र says:
    August 8, 2013 at 9:25 pm

    फाटेको लुगा र ढाटेको कुरा कहाँ लुकाउन सकिन्छ आखिर वास्तविक त पर्दा फास भाईहाल्यो नि ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme