Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशील दा साइड लाग्दा…(क्याप्सन लेख्नुस्, लाइक जित्नुस्)

Posted on August 8, 2013August 8, 2013 by mysansar

sushil
कसैकसैले नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले राजकीय सम्मान पाएको विश्लेषण गरिरहँदा ऋषि धमला स्वय‌ंले दिल्लीबाट फेसबुकमा अपलोड गरेको यो फोटो सामाजिक सञ्जालमा खुबै ठट्टाको विषय बनेको छ। अब तपाईँको पालो, यो फोटो हेरेर तपाईँको दिमागमा फुर्ने सिर्जनात्मक व्यङ्ग्यमिश्रित क्याप्सन लेख्नुस्। सबभन्दा बढी लाइक पाएको क्याप्सनलाई फोटोमुनि राखिनेछ। गालीगलौजका कमेन्ट त जसले नि गर्छन्, त्यस्ता कमेन्ट यहाँ राखिने छैन। यसो दिमाग खियाएर व्यङ्ग्यमिश्रित क्याप्सन लेख्नुस्।

92 thoughts on “सुशील दा साइड लाग्दा…(क्याप्सन लेख्नुस्, लाइक जित्नुस्)”

  1. mohini.thakuri says:
    August 12, 2013 at 2:01 pm

    छिमेकि राष्ट्रका नेताहरुले नेपाली काँग्रेस सभापति श्री सुशील कोइराला ज्युलाई प्रदान गर्न लागेको उपहार लिन मिल्ने कि नमिल्ने भनि रास्ट्रबादी श्री शिसी धमला ओह गल्ति भएछ श्री ऋषि धमला ज्यु द्वारा निरीक्षण गरी त्यस उपहारमा हुन्छको मोहर लगाएपछि प्रसन्न मुद्रामा (क्रमश: दाहिनेबाट मायाको चिनोमा घोरिदै सुशील कोइराला , भारतीय नेता मायाको चिनो समात्दै ,बिचमा केमेराको दिवाना लेंसमा घुर्दै ऋषि धमला र बाया मा मायाको चिनो अगाडी सार्दै भारतीय नेता )

    Reply
  2. bidur says:
    August 11, 2013 at 4:38 am

    काकाको मृत्युको कारणले त्यो साल गर्लफ्रेन्ड सित बिहे गर्न नपाए पनि ” सहमति र सहकार्य भने जारि नै राखी रहने”(उहाँकै शब्दमा ) नेपालका बरिस्ठ पत्रकार ऋषि धमला आफ्नु भारत भ्रमणको क्रममा भारतीय जनता दल का अधक्ष बाट सम्मान ग्रहण गर्दै साथमा भ्रमणमा सामेल नेपाली काँग्रेसका सभापति सुशील कोइराला |

    Reply
  3. Bishwo lama says:
    August 10, 2013 at 6:55 pm

    टीभीमा नेताको पछाडी फ्याउरो जस्तो सधै हुन्थ्यो धमला
    मान मर्यादाको ख्याल नभएको स्याल जस्तो धूर्त धमला
    लाज सरम नभएको धमलाको प्रचारबाजीमा हमला
    सुशील दा को मान मर्दन गरेर भए पनि अगाडी आए धमला
    यस्तै हुन्छ सुल सुले पत्रकार लाई बोकेर हिडेपछि सुशील दा………

    Reply
  4. Bishnu Chapagain Tanahun ,Hal Australia says:
    August 10, 2013 at 2:53 pm

    आजको ताजा खबर ,” सुन भन्दा पित्तल महँगो “

    Reply
  5. shreema says:
    August 10, 2013 at 9:47 am

    भारतीय जनता पार्टीका अध्यछ्य राजनाथ सिंहबाट मायाको चिनो ग्रहण गर्दै नेपाली काँग्रेसका सभापति ऋषि धमला र साथमा तस्बीरको बायापट्टि रिपोर्टर्स क्लबका अध्यछ्य सुशील कोइराला …….

    Reply
  6. krish says:
    August 10, 2013 at 4:23 am

    धमला भान्छा ह्य शुशिल दाई पनि कस्तो र्यैक गर्य होला , मेरो बुडी ले ल्याइदिएको कमिज देखाउनु पर्यो क्या ,तपाइको के छ र देखाउने जस्तो , …..

    Reply
  7. Matribhumi says:
    August 10, 2013 at 4:00 am

    भारतीय एजेन्ट धमला , मुख्यमन्त्रि सुशील , नेपाल तिम्रो कसरि बनाउ,चल्दै चाल कुटिल .

    Reply
  8. surya says:
    August 9, 2013 at 9:43 pm

    ‘हा हा , वारि बिमला, पारी कमला ,छेवै मा झुसिलदा , बिच्चोईमा सिशी धमला ,. हुर्र्रर्रा,..,.

    Reply
  9. Anil Pant says:
    August 9, 2013 at 8:53 pm

    दाया बाया तबला
    बीचमा धमला
    छेउमा,
    बुढो अमला

    Reply
  10. Bishal says:
    August 9, 2013 at 7:31 pm

    दुइटा तालुको बीचमा कुइएको आलु, गन्हायो भन्दै नाक खुम्चाउदै सुशील दाजु

    Reply
  11. Luitel Dinesh says:
    August 9, 2013 at 6:54 pm

    थाहा छ – “मलाई रिपोटर्स क्लबको कार्यक्रममा मात्र होइन । विश्वभरकै जुनसुकै कार्यक्रममा पनि क्यामेराको फ्रेमबाट कुनै फोटो पत्रकारले हटाउन सक्दैनन्” – ऋषि धमला ।

    Reply
  12. KHEM says:
    August 9, 2013 at 6:48 pm

    नेपाली कांग्रेस को सभापति को होला………
    ऋषि धमला होला……..
    हो हो हो हैन भन्ने को..

    Reply
  13. बिपु says:
    August 9, 2013 at 6:36 pm

    सुशीलको थकान र झुकान
    धमलाको मुस्कान
    अनि भन्न मन लाग्यो
    जब दिल्ली मेहरवान तो गधा पहलवान ।।

    Reply
  14. Manoj Karki says:
    August 9, 2013 at 5:02 pm

    लोकतन्त्रलाई लायौ लेउ , कांग्रेसलाई लायौ छेउ –
    सुशील तिम्रो कसलाई बाल ? बिथात्मा र्याल काडेउ !

    Reply
  15. puru says:
    August 9, 2013 at 1:09 pm

    मेरो आँखाले नेपाल नदेखे जस्तो ,
    आफ्नी आमा माग्न म भारत छिरे जस्तो ,
    हो मलिन्ता छ मेरो अनुहारमा ,
    नेपाल छैन पक्का यो बिहारमा ,

    आमाको चेहरा धमिलो छ उता
    धमला हास्तछ खितिति यता ,
    मेरो मन अमिलो छ निहारमा
    म नेपाल देख्दिन यो बिहारमा ,

    सब सुन्दरता छ त्यो हिमालमा ,
    बिसाल हृदय छ नेपाल आमामा ,
    टाढा भएँ म नरुनु आमा बिछोडमा ,
    म जान्दिन किन हास्तछ कोहि यो बिहारमा ?

    हात गोढा पनि मेरा स्थिर भए किन ?
    कम्पना छ हृदयमा बेस्कन किन ?
    म झुक्दिन कहिले पनि यो भारतमा
    किन हास्नु र यो बिहारको रातमा ?

    म तिमीलाई माग्दिन आमा बिदेशमा ,
    लाजै लागिरहेछ आँखाहरुमा ,
    तेही भएर म धुम्म धुम्म खडा छु याहाँ ,
    माफी पाउँ म बिन्ति छ आमाको पाउमा

    Reply
  16. Sailendra Thapa says:
    August 9, 2013 at 1:05 pm

    भारतीय नेताहरुका साथमा नेपालको युवा नेता सुशील कोइराला .
    स्रोत : जहाँ क्यामेरा त्यहाँ ऋषि धमला

    Reply
  17. Reejan says:
    August 9, 2013 at 12:58 pm

    नेपाल प्रान्तको र RAW का प्रमुख एजेन्ट ॠषि धमलालाइ राम्रो काम गरे बापत सम्मान स्वरुप भारतका मुख्यमन्त्रिबाट पुरस्कार ग्रहन गर्दै, साथ मा नेपाली कांग्रेस प्रा. लि. का CEO सुशिल कोइराला ।(सबभन्दा बायाँ)

    Reply
  18. Sangam says:
    August 9, 2013 at 12:25 pm

    धमला को धर्म सुशील को कर्म !!!

    Reply
  19. Rajat says:
    August 9, 2013 at 12:08 pm

    ऋषि धमला का अगाडी सुशील दा धमिला

    Reply
  20. Achyut Deshbhakta says:
    August 9, 2013 at 12:04 pm

    फोटो खिचाउने क्रममा बाजेलाइ अकस्मात हमला गरि , आफु बीच मा आएर दात टलकाउदै धमला.

    Reply
  21. Debu Shanker Ghimire says:
    August 9, 2013 at 11:58 am

    “धोति र कोट कुन मा चै जान्छ दर्सक को भोट“

    Reply
  22. FG Sherpa says:
    August 9, 2013 at 10:14 am

    यो फोटो को क्याप्सन “रिपोर्टस क्लबका सभापति शुशिल कोइराला तथा कांग्रेस सभापति ऋषि धमला भारतीय नेताहरुको साथमा” राख्दा कसो होला ?

    Reply
  23. amrit says:
    August 9, 2013 at 10:08 am

    नेतामा पनि लाज बाँकी छ !
    भारतीय नेताले दिएको चिनो ग्रहण गर्ने बेलामा क्यामेराको अघि लजाउँदै नेपालको कांग्रेस पार्टीका प्रमुख शुसिल कोईराला साथमा हरेक दिन क्यामेराका अघि टल्केका दाँत, आँखा देखाईरहने पत्रकार ऋषि धमला………।

    Reply
  24. Himan Gaunle says:
    August 9, 2013 at 10:06 am

    जुन पोई होला जस्तो,उही जेठाज्यु !!

    Reply
  25. Shailendra Dhakal (म्याउ ) says:
    August 9, 2013 at 9:47 am

    चरम फोटोजेनिक अनुहार परेका परम पत्रकार धमलाले अकस्मात हमला गर्दै आफ्नो पुरानो निर्लज्ज बानी सदा कायेम गर्नुपर्ने ठानी परिस्थितिलाई चरमोत्कर्स पुर्याउदा निच्च दांत पार्दै सुशील दा साईडमा उभिन बाध्य.

    Reply
  26. amrit kc says:
    August 9, 2013 at 9:43 am

    पत्रकार ऋषि धमला र कांग्रेस सभापति शुशिल कोईराला को हो भन्ने छुट्याउन भारतीय नेताहरुलाई समस्या । चिन्न नसकेकै कारण मायाको चिनो दुई जनाको बिचमा तेस्र्याईँदै ।

    Reply
  27. deven says:
    August 9, 2013 at 7:56 am

    नेपाल का लागि र (RAW ) का प्रमुख एजेन्ट ॠषि धमला राम्रो काम गरे बापत भारत मा पुरुस्कर ग्रहन गर्दै, साथ मा नेपाली कांग्रेस प्रा. लि. का CEO सुशिल कोइराला ।

    Reply
  28. Sunita Joshi Nepali says:
    August 9, 2013 at 7:50 am

    सुशील दा साईड लाग्दा ………… चम्केछ ….दाँया बाँया अमला … बिचमा धमला !!

    Reply
  29. Gyanendra Raj Kaphle says:
    August 9, 2013 at 6:53 am

    ओंरालो लागेको बाघलाई बिरालोले पनि टेर्दैना

    Reply
  30. saroj says:
    August 9, 2013 at 6:28 am

    ” नया नेपालको वास्तविक तर घिनलाग्दो पाटो “

    Reply
  31. Binod Poudel, Jhapa says:
    August 9, 2013 at 6:15 am

    धमला : सधै कति अरुको पछाडी मात्र कति बस्नु ??
    झुसिल दा : यो मोरो ले अब सक्ने भो

    Reply
  32. Krishana Gyanwali says:
    August 9, 2013 at 6:03 am

    लाटोको देशमा गाडो तन्देरी
    धमलेले धेकेले कोइरालालाई बेस्सरी
    काँग्रेसलै लोप्पा, धमलेलाई चुम्मा
    फोटो मेरो मात्रै आओस भन्दै नाङ्गो नाच नाचे धमला छम्मा छाम्मा !!!

    Reply
  33. Dipen says:
    August 9, 2013 at 5:32 am

    भारत मा भएको नाक चुच्चे प्रतियोगिता मा नेपाल को प्रतिनिधित्व गर्ने ऋषि धमला प्रथम भए पछी नेपाली कांग्रेस का सभापति को उपस्थिति मा पुरस्कार वितरण हुदै

    Reply
  34. David says:
    August 9, 2013 at 4:54 am

    साधुलाई सुली चोरलाई चौतारो

    Reply
  35. santosh says:
    August 9, 2013 at 4:23 am

    “बबुरा कोइरालाको राजकीय सम्मान?” मा धमला महोदयको सञ्चार माध्यममा अनुहार देखाउने आत्मरति पुरा !
    “क्या करें हम दोनो अपने अपने जगा मजबुर है”

    Reply
  36. gautam says:
    August 9, 2013 at 3:59 am

    धमला _ ,शुशिल दाई म येसो भारत तिर पनि नाम कमाउनु पर्यो
    शुशिल (मनमनै) – लौ बज्य भाते गरि ख , नाम त निकै कमाएकै होस् तैले देशमा अब क बाकी रख्लास
    धमला – (मनमै) – बुदो को दात छैन के फोटो खिच्न तम्सिने होला ,

    Reply
  37. K.S says:
    August 9, 2013 at 3:38 am

    “भारत भ्रमणमा नेपाली कांग्रेसका सभाति ऋषि धमला र साथमा पत्रकार सुशील कोइराला”
    भारतीय नेता हरुलाई “नेपाल तारा” प्रदान गर्दै

    Reply
  38. Thaneshwar says:
    August 9, 2013 at 3:21 am

    यो क्यामेरा देख्नै नहुने के रोग लागेको होला मलाइ ? डाक्टर खोजि देउ न हो वन्दु वान्धव !

    Reply
  39. Dipendra says:
    August 9, 2013 at 2:16 am

    सुशील कोइरालाको पुछार, लौरो न हतियार.

    Reply
  40. Raju says:
    August 9, 2013 at 2:15 am

    कोई हेरेर दङग कोई छामेर मख्ख। ताप्के भन्दा बिड तातो दुईजाना लम्फु थाप्लेलाई जस्ले पाएनी तात्तोनछारो !!!

    Reply
  41. dhan says:
    August 9, 2013 at 1:55 am

    खिसी धमला :
    सुशिले ! को हो यो झुसिले?
    भारतको अलकत्रा पनि खान्छु म खुसीले !!

    Reply
  42. Deep Shrestha says:
    August 9, 2013 at 12:58 am

    भारत देखि नेपाल सम्म गोप्य सुरुङ्ग खन्न सघाउने मुसालाई बस्ने घर ।

    Reply
  43. Sagar Thapa says:
    August 9, 2013 at 12:54 am

    ने.का. सभापति धमल्ला को उपस्थितिमा भारतीय नेता लाइ पुरस्कार ग्रहण ! साथ मा नेपाल का बरिस्ठ पत्रकार कोइराला.

    Reply
  44. paul says:
    August 9, 2013 at 12:41 am

    धमलाको धमाल !!!

    Reply
  45. Chetan Nepali says:
    August 9, 2013 at 12:32 am

    नेपाली कांग्रेसको भविष्य ! बाकि त हामी सबैले बुजेकै छौ !

    Reply
  46. siva says:
    August 9, 2013 at 12:31 am

    नेपाली काँग्रेस को प्रतिष्ठा माथि हमला!
    शुत्रधर ऋषि धमला!

    Reply
  47. Kshitiz says:
    August 8, 2013 at 11:37 pm

    Look Who’s the Boss (Real Raw Agent) in Nepal?

    Reply
  48. Laxman says:
    August 8, 2013 at 11:00 pm

    केवल एक ब्यक्ती ले मात्र भागलियको जासुसीदौड प्रतियोगितामासबैलाइ पछारेर प्रथम भएका नेपालका नारद ऋषि आफ्ना भारतीय प्रभु को हातबाट पुरस्कार लिदै , साथमा उनका संरक्षक सुशील दा

    Reply
  49. misson says:
    August 8, 2013 at 10:59 pm

    मालिक र मुक्त कमैया

    Reply
  50. santosh says:
    August 8, 2013 at 9:58 pm

    नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाका नब नियुक्त निजि सचिब ऋषि धमला बिदेशी प्रभु बाट राजकीय सम्मान लिदै

    Reply
  51. नरेन्द्र says:
    August 8, 2013 at 9:53 pm

    कृषिप्रधान देशका नेता र आगामी संबिधानसभा चुनाब मा कांग्रेसका भाबी प्रधानमन्त्रि “कृषि धमला” भारतीय नेताका साथमा

    Reply
  52. Suraj Shrestha says:
    August 8, 2013 at 9:39 pm

    नेपालका टेलिभिजन क्यामराहरुका अति लोकप्रिय पात्र तथा बरिस्ठ नेपाली पत्रकार ऋषि धमला ज्यू भारतीय नेताहरुबाट सम्मान ग्रहण गर्नु हुदै | साथमा भ्रमण दलका अर्का सदस्य नेपाली कांग्रेसका नेता शुशिल कोइराला |

    Reply
  53. Harihar Dahal says:
    August 8, 2013 at 9:30 pm

    “भारत सरकार द्वारा स्थापित पत्रकारिताको बिधामा एसियाको लागि नोबेल पुरस्कार वा सो सरह मनिने “No Matter what,Always Front”नामक पुरस्कार नेपालका बरीस्ठ पत्रकार/युगपुरुष ॠषि धमला ज्युले ग्रहण गरिरहदाँ सुसिल कोइराला अत्यन्तै खुशी मुद्रामा”

    Reply
  54. subash says:
    August 8, 2013 at 9:04 pm

    यस्ता राजनीतिग्य भारतमा कति छन् कति,
    सम्मान उसैलाई जसको हातमा छ सरस्वति |

    Reply
  55. Lalit Narayan says:
    August 8, 2013 at 9:03 pm

    रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला भारतीय नेताहरुको साथमा तस्बिर खिचाउँदै, साथमा भारत भ्रमणमा रहेका नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला l फोटो: धमला/फेसबुक क्लब

    Reply
  56. Alina says:
    August 8, 2013 at 8:41 pm

    नेताको साइड लागिरहने धमलाको अग्रगामी छलांग

    Reply
  57. Sampurna pathak says:
    August 8, 2013 at 8:25 pm

    सभापति कोइरालाजीले भारत भ्रमणको क्रममा पाउनु भएको राजाकिए सम्मानको एक झलक, जसमा तपाईले देख्न सक्नु हुन्छ सम्मान सोरुप कोइरालाले पाउनु भएको छ झापड भने धमला जी ले पाउनु भएको छ पापड

    Reply
  58. Uttar says:
    August 8, 2013 at 8:18 pm

    “तो मेलो लागी हो लिथी?………….. थोएल थोल्देउ है ! कत्तो लाम्रो लेच्, ल्याल नै आयो मुथा”- नेपाली कांग्रेस शभापत्नी तूतिल कोइलाला भालतीय नेताहलुको थेउमा !!

    Reply
  59. lama says:
    August 8, 2013 at 8:09 pm

    म धमला,
    सबैलाई पारेर पछाडी, आउछु म टिभीमा सधै अगाडी
    नेता होस् या मंत्री, छोडदिन गर्न कसैको चाकडी

    देशमा मात्रै हैन बिदेशमा नि छाउछु
    जो सुकै होस् मै अगाडी आउछु

    भन्नेले जे सुकै भनुन, सोचून, लेखुन
    फोटो हेरेर के के लेख्ने आफै जानुन

    Reply
  60. Dev says:
    August 8, 2013 at 7:56 pm

    ** नेपाल मा छदा सधै बुडाले पछाडी पर्थियो बल्ल यहाँ स्वाद भेटेको छ हेर कसरि लुरुङ्ग परेको छ सबैलाई चेतना होस् यो मेरो ससुराली गाउ हो**

    Reply
  61. Sagar Thapa says:
    August 8, 2013 at 7:44 pm

    नजिकै आउदै गरेको गाइजात्राको लागि देल्लीमा नेता धमलाद्वारा फोटो खिचाउदै!

    Reply
  62. Binamra Shrestha says:
    August 8, 2013 at 7:38 pm

    दुइटा हिरा को बीचमा झुसिलिकिरा!!!!!

    Reply
    1. rahul says:
      August 9, 2013 at 2:04 am

      हिरा को बीचमा ‘ज’ छुटेछ .

      Reply
  63. क्षीर धोज says:
    August 8, 2013 at 7:37 pm

    “नेपालका बरिस्ठ पत्रकार ऋषि धमला ज्यूको भारत भ्रमण साथमा शुशिल कोइराला साइडमा ! “

    Reply
  64. Sara says:
    August 8, 2013 at 6:57 pm

    म धमिरा हो ,म धमिरा बिचमा पसी मुसुक्क
    सुशील दा side लागि चुस्स !

    Reply
  65. Tenzing Gaba says:
    August 8, 2013 at 6:36 pm

    खुकुरी भन्दा कर्द लाग्ने

    Reply
    1. Aryan says:
      August 9, 2013 at 1:06 pm

      काम नलाग्ने खुकुरी भन्दा कर्द लाग्ने |

      Reply
  66. Biraj Subedi, Fougeres, France. says:
    August 8, 2013 at 6:13 pm

    केहि छैन काम, आउँ टिभी मा नाम
    होस् जसरि पनि, आउँ साँझ बिहान नभनी
    कहिले मन्त्रीको छेउ, त् कहिले छिमिकिको छेउ
    बुझी नसकिनी छ तिम्रो भेउ,
    के छ ऋषि भन टीभी को कमाल,
    गर्दै जाउ तिमि अनेक धमाल;;;;;;

    Reply
  67. धर्म says:
    August 8, 2013 at 5:56 pm

    सुशील कोईराला [पुरस्कारतिर हेरेर मनमनै] — “बीजेपीले पुन हिन्दु राज्य घोषित गर भन्दा हुन्छ त् भनियो, फर्केर के भन्ने होला जनतालाई| जनताको मारो झाडु, जसरि पनि बुझाउला तर प्रचंडेले केरकार पार्ने भो| हरे….सुजाता र धमलाको होहोरीमा लागेर खाल्डोमा परिने हो कि?”

    Reply
  68. Asif Ali Houssani says:
    August 8, 2013 at 5:54 pm

    राजनाथ बाट पुरस्कार थाप्ने, ऋषि धमला स्याल,
    साइड़मा बसी सुशील दा चाही चुहाउदै छन् र्याल!

    राजनाथ:
    ऋषि तिम्लाई दिनलाई, म यो उपहार किन्छु,
    साइडको बुढो मारिहाल्छ, कुर्सि तिम्लाई दिन्छु !

    तर जे भनेपनि, हाम्रो सबै भारतीय हरुलाई एउतै ठानी गाली गर्ने बनि एकदमै खराब छ ! दुवै जना बिजेपी का नेता हरु नेपाल को भलाई सोच्ने नेता हुन् ! नेपालको कुभलो चिताउने त् नेहरु का खलक इन्दिरा गान्धी र उनकी इटालियन बुहारी सोनिया गान्धी हो ! नेपाल मा जस्तो सुजाता कोइराला को छबि छ, सोनिया गान्धी को पनि उस्तै छबि हो, कसैले पनि मन पराउदैनन् !

    Reply
  69. sandy says:
    August 8, 2013 at 5:51 pm

    धमला जी को नानी देखी को बानी कैले अगाडी कैले पछाडी !!!

    Reply
  70. sharad bataju says:
    August 8, 2013 at 5:28 pm

    ‘सुशील दा साइड लाग्दा, धमिरा टपके खाई लाग्दा’

    Reply
  71. विश्वास says:
    August 8, 2013 at 5:19 pm

    जब मिलेगा देशी तब किस कामका स्वदेशी?

    Reply
  72. romeo shahi says:
    August 8, 2013 at 4:54 pm

    एक खाय घीव मलीदा, एक खाय भूसा,
    आपन आपन भाग ह ,काहे करे गुस्सा !
    (भोजपुरी उखान )

    Reply
  73. sonalulu says:
    August 8, 2013 at 4:52 pm

    अब देशको नेत्रित्तो लिने पालो ऋषि धमलाको !!

    Reply
  74. Kishor says:
    August 8, 2013 at 4:50 pm

    डाकी न बोलाई लेंढो पुच्छर डोलाई
    पुरा खानेलाई भन्दा जुठो खानेलाई हतार
    अरुले तपाई भनोस नभनोस आफै मपाई

    कति उखान मिल्छन कति उनलाई त

    भित्रको जति कमलालाई
    सिशी जति ऋषि धमलालाई

    Reply
  75. द्रोण says:
    August 8, 2013 at 4:44 pm

    नेपालि कांग्रेस दिल्ली मा लाचार , दुलही को जन्ती सग बिहे |

    Reply
  76. rv shahi says:
    August 8, 2013 at 4:29 pm

    खिसी गर्नेलाइ ऋषिको जवाफ : अरुको साइडमा देखिएरै पपुलर भएँ, आज चैं अरुलाई साइड लगाएँ.

    Reply
  77. robei says:
    August 8, 2013 at 4:27 pm

    खुट्टा फरक जुत्ता उहि!
    दृश्य फरक कुत्ता उहि!!

    Reply
    1. राजु says:
      August 8, 2013 at 9:33 pm

      एसो पो हो कि :-
      खुट्टा उही जुत्ता उही !
      दृश्य फरक कुत्ता उही !!
      (मलाई चाही खुट्टा फरक लागेन त्यो खुट्टा त्यहि कुत्ता को हो )
      जय होस् !!!!!

      Reply
  78. suzee says:
    August 8, 2013 at 4:25 pm

    स्थान : भारत
    खेल: सम्बन्ध सुधार
    सिल्ड: राजकीय सम्मान
    खेलाडी:
    ढाकाटोपी टिम ( नेपाल) : सुशील कोइराला
    VS.
    बिना ढाकाटोपी टिम(भारत) : क्याप्टेन धमला ऋषि अनि दुइ भारती नेता ( नाम मलाई थाहा भएन, नचिनेको नेता )

    Reply
    1. suzee says:
      August 8, 2013 at 4:27 pm

      कसको जित भयो अब हाँसो बाटै देखिन्छ , कि कसो ???

      Reply
  79. lilu says:
    August 8, 2013 at 4:13 pm

    शेरेले पाखा लगाउने कोशिस गरेको हो ,सकेन ! आज पाखा लाग्नु पर्ने भो ! ए दैव

    Reply
  80. राधेश्याम says:
    August 8, 2013 at 4:11 pm

    धमलाको हासो, सुशिल दा.. लाई पासो

    Reply
  81. krishna says:
    August 8, 2013 at 4:04 pm

    ने. का. सभापति ऋषी धमला , साथमा पत्रकार कोइराला / ह़ा हा हा हा

    Reply
  82. Asif Ali Houssani says:
    August 8, 2013 at 3:55 pm

    भारतीय जनता पार्टीका नेता राज नाथ सिंह र बिजय जोली बाट उपहार ग्रहण गर्नुहुदै नेपाल प्रान्त का मुख्य मन्त्रि श्री ४ ऋषि धमला ! साथमा नेपाल देश लाई भारत मा गाभ्न ठुलो भूमिका खेल्नुभएका र हाल मुख्यमन्त्रिका निजि चपरासी सुशील कोइराला (र्याल चुहाउदै)!

    Reply
  83. neerose says:
    August 8, 2013 at 3:53 pm

    “हर क्यामेरामे फोटो खिच्ने वक्त आगे आनेवाले नेपालके मेडियाके चाकडिवाज झुसी अमलाके फोटो खिच्नेका सौख पुरा कर्तेहुया हमारा आदमी! बाया से साथमे झिशी कमलाके साथ् नेपालके प्रम माग्नेकेलिया आयेहुय भिखारी झुशील ओइराला जिसने हालहिमे अमलाके फेकेहुया कोट पहनकर हमारे यहा प्रम माग्ने आयाथा ओ भी हमारे साथ् फोटो खिचुवाने लालायित था, दुर रहनेकेलिया कहा तो ओ रो पडा इसिलिया पासहिमे रहनेको कहा!”

    Reply
  84. shyam says:
    August 8, 2013 at 3:40 pm

    हाम्रा महान रिपोर्टर ऋषि धमलाले दुइ भारतीय नेताहरु बीच बिग्रिएको सम्बन्ध सुधार्न मध्यस्थ कर्ताको भूमिका खेल्नुभयो| देब्रे कुनामा सु. कोइराला|

    Reply
  85. रविन says:
    August 8, 2013 at 3:38 pm

    सिंहको सिकारमा ब्वाँसोको रजाई…………………….
    लाचारीलाई दल्लेको खटाई…………………

    Reply
  86. Sisir says:
    August 8, 2013 at 3:38 pm

    मै हुँ नेपाली जोकर नाऊ इन इंडिया ..

    Reply
  87. sandip kc says:
    August 8, 2013 at 3:36 pm

    धमलाको फोटोमुनि क्याप्सन लेख्नु पर्ने अनि गालीगलौज गर्न नपाइने त्यो अति झेल्ली भो।

    Reply
  88. Amrit koirala says:
    August 8, 2013 at 3:32 pm

    त्यो राजनाथले दिएको सम्मान को के नै मूल्य? लैजा ऋषि तैँले नै लैजा।

    ऋषि जी लाई जे देनी मक्खै. कस्तो माया लाग्दो देखिनु भा बिचरा सुशील जी.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme