Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मनकामना बनाउन आठ करोड, एक किलो त सुनमात्रै

Posted on August 13, 2013August 13, 2013 by Salokya

मुक्तिनाथ बनाउन एक करोड मात्रै लागेको थियो, अहिले महँगी कति बढेछ !
manakamana गोरखाको एकदम नाम चलेको मन्दिर हो मनकामना। केही दिनपछि यो मन्दिर पूरै भत्काएर जिर्णोद्वार गरिँदैछ। यसका लागि खर्च लाग्ने अनुमान गरिएको छ आठ करोड। हालसालै मनकामना जानुभएको भए तपाईँले याद गर्नुभएको होला मन्दिर र मूलढोका ढल्किएको छ। मन्दिर दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्केको र मूल ढोका १४ सेन्टिमिटर ढल्किएको पाएपछि प्राविधिकको सल्लाहअनुसार मन्दिर जीर्णोद्वार गर्न लागिएको हो। मन्दिर बनाउन सरकारले पोहोर एक करोड र यो वर्ष तीन करोड रुपियाँ दिएको छ। स्थानीयले रु एक करोड ७० लाख सङ्कलन गरेका छन्। मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेशबाबु जोशीका अनुसार अब अझै दुई करोड २५ लाख जुटाउन बाँकी छ।
manakamana1
पहिला रकम जुटोस् अनि मात्र भत्काउने काम थाल्ने भन्छन् मन्दिर जिर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठ। मन्दिर भत्काएपछि पूजासमेत प्रभावित हुन्छ। मन्दिरका पुजारी इन्सान थापा पूरै मन्दिर भत्काएर पूजा रोक्ने पक्षमा छैनन्। उनी मन्दिर पुनःनिर्माणले पूजा रोकिनु नहुने बताउँछन्।

अहिले मन्दिरमा राख्नका लागि टुँडाल, झ्यालढोका बनाउने काम भइरहेको छ। मन्दिर पुनःनिर्माणका लागि चाहिने काठ, सुर्की (चुन सिमेन्टको सट्टा प्रयोग गरिने कच्चा पदार्थ), चाटी अप्पा (इँटा), पित्तलको सामग्री जुटिसकेको छ। सुन पनि एक किलो २३९ ग्राम आइसकेको रहेछ।

साढे ४१ लाखको त काठ मात्रै मकवानपुरबाट ल्याइएको छ।

चार महिनाभित्रै मन्दिर जिर्णोद्वारको काम सकिने समितिले बताएको छ।

एक वर्षअघि मुस्ताङको मुक्तिनाथ मन्दिरको मूर्ति नछोइकन चारैतिर भत्काएर फेरि बनाउँदा भने लागत १ करोड लागेको थियो।

old_muktinath
पुरानो मुक्तिनाथ मन्दिर। फोटो सौजन्यः world-pictures.nl

new_muktinath
अहिलेको मुक्तिनाथ मन्दिर। फोटो अस्ति जाँदा मैले खिचेको।

25 thoughts on “मनकामना बनाउन आठ करोड, एक किलो त सुनमात्रै”

  1. मानुका पौडेल says:
    August 15, 2013 at 2:39 pm

    पुजारी बा तपाँइको खातामा चाँही कति पैसो छ नि ? अनि त्यहाँ मन्दिर ब्यवस्थापन समिति भएक तिनको खातामा कति पैसा छ नि ? अनि बर्षको कति रुप्पै दान दक्षीणा र बिशेष पुजाबाट आउँछ अनि कति खर्च हुन्छ त नि ? पूजै रोकेर मन्दिर बनाउन नदिने भन्नुको पछाडी त पूजा बाट उठ्ने रकम हो कि अरु केहि हो ?

    Reply
  2. dhan says:
    August 15, 2013 at 11:59 am

    सरकारले मन्दिर बनौन अनुदान दिने कतै, कतै भने आफैले लगानी गरेको मुर्ति पनि राख्न नपाइने | यो भन्दा भेदभाब के हुन सक्ला र?

    Reply
  3. Nabin Subedi says:
    August 14, 2013 at 11:14 am

    यो मन्दिर बनाउने पैसा ले महाकाली का बाढी पिडित लाइ सहयोग गर्न पाए गज्जब हुन्थ्यो.

    Reply
  4. sanjay says:
    August 14, 2013 at 11:14 am

    मनकामना केबल कारले तेत्रो कमाएको छ, मन्दिर ले गर्दा तेस्ले नै बेहोर्नु पर्ने हो अलिकति त.

    Reply
  5. Sagar (Sydney) says:
    August 14, 2013 at 9:16 am

    त्यो पैसा मन्दिरमा होइन स्कुल, स्वास्थ्य चौकी, बिजुली नपुगेको ठाउमा बिजुली, दुर्गम गाउमा टेलिफोन आदि कुरामा खर्च गर्दा राम्रो हुने हो. नाम मात्र मनकामना, कसैको कामना पुरा हुने होइन. सुनको ठाउमा चादी राखेर बनाउदा पनि हुने हो

    Reply
  6. Naylak says:
    August 13, 2013 at 10:47 pm

    In my opinion, the money collected from devotees should be used in re-constructing the temple. It isn’t fair to use the government’s money (which is directly or indirectly the people’s money) in constructing the temple, this is because the temple does not share any money to the government raised from the devotee nor does it share to the people of Gorkha. Besides, the money should also be collected in a fund as collected in Pasupatinath. Hope we would hear this news in the coming days…

    Reply
  7. Lalit Narayan says:
    August 13, 2013 at 10:36 pm

    ए बा ! तेत्रो रकम लग्छ र भन्या? ४१ लाख को त काठ मात्रै ?
    भनेसिन मन्दिर निर्माण सक्दा आसेपासेको पनि २/४ वटा घर बन्ने पक्का भयो l
    सबै पैसो सरकार, जनसाधारणले जुटाउने? अनि भेटि बाट भएको आम्दानी चै खर्च नगर्ने?

    Reply
  8. Deepak Khadka says:
    August 13, 2013 at 6:17 pm

    I believe it should be possible to restore the temple without dismantling the original one with today’s technology. Please try to keep the original(our heritage) as much as possible. Thank you

    Reply
  9. Raju Rana - Mahendra says:
    August 13, 2013 at 6:06 pm

    हाम्रो राष्ट्रिय धरोहर मनकामना माई को जसरि नि यसको पूर्ण निर्माण गर्नु पर्छ .
    हामी सर्ब साधारण ले पनि सकेको सहयोग गरौ र गर्छु पनि .

    Reply
  10. abhi says:
    August 13, 2013 at 5:12 pm

    पशुपति नाथ पछि को दोश्रो धेरै पैसा कमाउने मन्दिर मनकामना मन्दिर हो / मन्दिर को पुजारी इन्सान थापा मगर एकलौटी रुप मा तेत्रो मन्दिर को खर्च आफ्नो बैंक को खाता मा जम्मा गर्छन/ ७ करोड मनकामना मन्दिर को साएद १ हफ्ते कमाई होला/ मनकामना मन्दिर को पूर्ण रुप ले सरकार ले हेरेर बेबस्तित गर्नु पर्चा/ इन्सान थापा को दुकुटी भर्नु सट्टा सम्पूर्ण गोर्खा जिल्ला को स्वास्थ्य ,बाटो , विद्यालय पुग्छ /

    Reply
    1. madan bajracharya says:
      August 13, 2013 at 11:25 pm

      अभि ज्यु
      सहि भन्नु भयो/ गोर्खाको राजा राम शाहको रानीलाइ भगवतीको जिउँदो रुप भनि मानियको थियो/ उनि राम शाहको मृत्यु पछि सति जाँदै गर्दा उनको सेवक लखन थापालाई उनि फेरी प्रकट हुने भनेर गयको थियो/ उनि सति गयको ६ महिना पछि गोर्खाको भूमिमा किसानले खेत खन्दै गर्दा दुध त् रगत निक्लान्दै गरेको पत्थर भेतियकै स्थानमा भगवती मानियकी गोर्खाको राजा रामशाहको रानी पुन प्रकट भयको मानेर यो लखन थापाकै परिबार त्यो मन्दिरको पुजारी हुने गरि यो मनकामना मन्दिर स्थापना गरेको भनेर लेखियकोछ/ त् यो त् राज्यको “मन्दिर भयो” / लखन थापाको परिबार्नै पुजारी बन्ने परम्परमा मा बिरोध गरिनु आबस्यक छैन/ तर मन्दिर मुजारिको व्यक्तिगत सम्पति होइन राज्यको सम्पति हो/ मनकामना मन्दिर राज्यको मन्दिर हो/ मनकामना मन्दिरमा भक्तले चढायको रकम र दानमा व्यक्तिको रजाइ हुनु गलत हो/ त् मनकामनाको पुजारी लखन थापाकै परिवारकै हुने भय पनि उसलाई पनि पसुपतिको पुजारीको जस्तै तलव तोकिनु पर्छ र मन्दिरमा हुने आम्दानीको प्रयोग राज्यकै बिकासमा खर्चिनु पर्छ/

      Reply
  11. dpack says:
    August 13, 2013 at 4:59 pm

    दिन मा लाखौ असुल्ने मनकामना केवलकार ले सबै खर्च ब्यहर्नु पर्ने हो ..

    Reply
  12. गोविन्द प्रसाद सुबेदी says:
    August 13, 2013 at 4:35 pm

    मन्दिर बनाउन सरकारले पोहोर एक करोड र यो वर्ष तीन करोड रुपियाँ दिएको छ। स्थानीयले रु एक करोड ७० लाख सङ्कलन गरेका छन्। मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेशबाबु जोशीका अनुसार अब अझै दुई करोड २५ लाख जुटाउन बाँकी छ।

    यो योजनामा केबलकार चलाईरहेका लाई ५०% अनि मन्दिर दर्सन गर्न आउने प्रतेक मान्छे = रु. ५०/- उठाउनु भयोभने त पक्कै पनि मन्दिर निर्माण मा कुनै बाधा आउदैन जस्तो लग्छ मलाइ त ?

    Reply
  13. gopal says:
    August 13, 2013 at 4:15 pm

    गज्जब खर्च लाग्दो रैछ नि I स्रोत छ भने गरे भो i तर तेती सुन चै खर्च गर्न कि मन्दिर मै लिपपोत गर्न लाग्ने रेछ ?

    Reply
  14. Subhaash Siddhi Udaas says:
    August 13, 2013 at 3:07 pm

    मनकामना को मन्दिर पुन: जीर्णोद्धार
    पुजारी हरु को लागि ठूलो उपहार !
    पिक्निके र भक्त जनको लागि राहत
    स्थानीय जनताको निमित्त भने आहत !

    Reply
  15. Bniod Raj Giri says:
    August 13, 2013 at 3:06 pm

    मनकामना मन्दिरको पुननिर्माण हुने सुनेर खुशी लाग्यो सफलताको शुभकामना तथा हामी सबैले सक्दो सहयोग गरौ भन्ने आवह्वान गर्न चाहन्छु . जय मनकामना माता सबै नेपालीको रक्षा गर्नुहोस . हामि सबैको कल्याण होस्.

    Reply
  16. रविन says:
    August 13, 2013 at 2:37 pm

    मन्दिरको भेटीलाई सहि व्यवस्थापन गर्ने र निर्माणमा पारदर्शिता अपनाउने हो भने तेत्रो भिडभाड हुने अस्थाकी देवीको मन्दिर बनाउनको लागि आर्थिक संकलन सजिलै हुनसक्छ नि.
    धेरै भक्तजनहरु आफुले सक्दो दान गर्न आतुर हुन्छन.
    मुख्य कुरो सहि ब्यबस्थापन र पारदर्शिता हुनु पर्यो.

    Reply
  17. hari says:
    August 13, 2013 at 2:26 pm

    आज सम्म को भेटि को रकम खै त ? खालि पैसा उठाउन मात्र बानि परे का हरु

    Reply
  18. ram says:
    August 13, 2013 at 12:59 pm

    त्यत्रो भेटि को पैसा कोइ? सबै पैसा अरु संगै बाट उठाउन पर्ने ?

    Reply
  19. ganesh [aus] says:
    August 13, 2013 at 10:55 am

    कुरो त ठिकै हो मर्मत गर्नुपर्छ तर जम्मा २५% त हो नि भनेर झ्याम्मै २ करोर गोजीमा नजाऒस एस बारेमा सबै चनाखो हुनुपर्छ

    Reply
  20. राम चन्द्र says:
    August 13, 2013 at 9:28 am

    धर्म को नाम मा पैसा को चलखेल । मन्दिर जिणोर्दार को नाम मा अलिशान महल नबनोस स्थानिय जनता चेतना भया ।

    Reply
  21. Purna kc Bandipure says:
    August 13, 2013 at 8:56 am

    मन्दिर राम्रो संग बनोस अस्ति हामि जादा पनि सक्दो सहयोग गरेको हो सबै बाट सहयोग जुटेमा समय मा सोचे भन्दा राम्रो बनाउन सकिञ्छ मनकामना लाई सहयोग गर्न पाउदा जो पनि तयार हुन सक्छन…जय मनकामना !!!!

    Reply
  22. Manjari Thapa says:
    August 13, 2013 at 8:44 am

    मन्दिर जिर्नोद्दार गर्नु राम्रो कुरा हो | अब भन्ने मनकामना को मन्दिर पनि पहिला को जस्तै कलात्मक अनि उस्तै उस्तै होस् | मनकामना माइ ले सबै लाइ रक्षा गरुन |

    Reply
  23. Basanta Thapa,Maryland,USA says:
    August 13, 2013 at 8:36 am

    मन्दिर बनुन ,मनहरु नभत्किउन
    मन्दिर बनुन ,धनहरु नचोरिउन \
    मनकामना पैदलयात्रा जस्तो आकर्षित यात्रा सायदै अब जिबनमा अर्को होला \ कहिले त्यो डाडामा पुगिएला भनि मास्तिर हेर्दै तलतिर झरेका हसिला अनुहार हेर्दै साथीहरु संग रमाइलो गर्दै बीच बीच मा खाजा ,पानी खाएको स्वाद अहिले सम्म यो अमेरिकामा पाएको छैन मैले !

    Reply
  24. Jeevan Thapa says:
    August 13, 2013 at 7:58 am

    सरकारले दिएको ४ करोड र स्थानियले संकलन गरेको १ करोड ७० लाखको कुरो त बुझियो तर … आज सम्म यो मन्दिरमा श्रदालुहरुले चढाएको भेटीबाट कति रकम संग्कलन भएको छ तेसको हिसाबकिताब त देखिएन ……
    ल सालोक्य जी अब हजुर नै यसो चल्ता पुर्जा पत्रकार मान्छे यो भेटीबाट अहिले सम्म कति आम्दानी भएको रहेछ तेता तिर बुझ्ने कोशिश गर्नुहोस त….पशुपति को जस्तो मनकामना को सम्पति पनि दरबार नै पुग्ने गरेको त छैन …
    पहिले नारायणहिटी ………. अहिले सितलनिवास, बालुवाटार एंड शिंह दरबार …….

    मनकामना माईले हामी सबै को कल्याण गरुन !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme