Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा

Posted on August 4, 2013August 4, 2013 by mysansar

999857_10151520886322681_119551980_n सुर्खेतको कांक्रेविहारमा सम्पूर्ण कागजी प्रक्रिया मिलाएर अनुमति लिएरै संरक्षित क्षेत्रभन्दा बाहिर पुरातात्विक महत्वका वस्तुलाई कुनै असर नपर्ने गरी बुद्ध मूर्ति स्थापना गर्ने कार्य थालिएको बारे प्रमाणसहितको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने, अमिताभ बच्चनले बुद्ध नेपालमा जन्मेको भन्दियो भनेर उफ्रने नेपालीहरुलाई संरक्षित वनको एउटा कुनामा बुद्धको मूर्ति राख्दा नवौँ अवतार मान्ने हिन्दुलाई समेत आपत्ति हुनु नपर्ने हो भन्ने कसैले ठानेका छन् भने त्यो गलत ठहरिने भयो। अहिले बुद्ध मूर्ति राख्न दिनु हुँदैन भन्दै आन्दोलनै उठाइएको छ। उनीहरुले शनिबार सुर्खेत बन्दसमेत गरे। आन्दोलन गर्ने संयुक्त धर्मावलम्बी संघर्ष समितिमा इसाई महासङ्घ र मुस्लिम समाजसमेत संलग्न छन्। त्यसैगरी सनातन धर्म सेवा समिति, क्षेत्री समाज, दशनामी समाज. सत्य साई केन्द्र पनि आन्दोलनमा रहेको गोरखापत्रमा आज छापिएको छ। बिचरा बौद्ध धर्मावलम्बीलाई एक्ल्याइएको छ। सम्पूर्ण प्रक्रिया मिलाएर अनुमतिसमेत लिइसकेपछि अन्तिम अवस्थामा आएर वन ऐन देखाई मूर्ति राख्न रोकी एक धर्मविरुद्ध अर्को धर्मलाई उचाली धार्मिक द्वन्द्व फैलाउन कसले खोजेको हो, अनुसन्धानको विषय बनेको छ।

हेर्नुस् गोरखापत्रको समाचार-
surkhet

थप जानकारीका लागि
बुद्ध मूर्ति विवादले काठमाडौँ जाम
यस्तो छ कांक्रे विहार
बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!


71 thoughts on “बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा”

  1. ayush shrestha says:
    August 6, 2013 at 7:59 pm

    यो सबै काठ तस्कर हरुले लगाएको आगो हो जसमा सबै भेडा हरु तेसै आफै जल्दै छन् …

    Reply
  2. razen says:
    August 6, 2013 at 10:44 am

    होइन लौ सबै धर्मको देवताको मुर्ति राख्न देउ न त | तर चासो के भने इस्लामले चाही कस्तो मुर्ति राख्छन त ? जिज्ञासा मात्र है !

    Reply
    1. Rosham says:
      August 6, 2013 at 1:37 pm

      बराक ओसामा बिन लादेनको lol

      Reply
  3. raj says:
    August 5, 2013 at 8:12 pm

    धर्म को अर्थ थाहा नाभेयेका मुर्ख हरु को जमात ले गर्ने येस्तै त हो नि | जनता भन्दा बढी नेता | काम छैन बेरोजगारी बढी छ के गर्ने समय त काट्नु पर्यो | हुदा हुदा धर्म लाइ समेत छाडेनन | के भनु खै शब्द मात्रै खेर फल्न लाइ |

    Reply
  4. Upendra says:
    August 5, 2013 at 8:12 pm

    जहाँ श्रद्धा हुन्छ त्यहाँ प्रतिमाको आवश्यकता पर्दैन… यदि यो एउटा मुर्तिले गर्दा हिंशा उत्पन्न हुन्छ भने, हिंशालाई बढावा दिने काम नगर्दा सबैको भलो हुन्छ… त्यसैले सबै बुद्ध धर्मावलम्बीहरु तथा बुद्ध प्रति आस्था भएकाहरुले येति बेला धैर्य धारण गरेर हिंशालाई यही अन्त्य गर्दिएमा षड्यन्त्र गर्न खोज्नेहरुको योजना असफल पार्न सकिन्छ…. this is not issue about Buddha’s statue it is about our unity…. आगोलाई पानीले बुझाउन सक्छ आगोले सक्दैन….

    Reply
    1. Udeep says:
      August 5, 2013 at 10:21 pm

      तपाईको कुरा त सरासर गलत भयो | पिडित समूहलाई समर्थन गर्नु सट्टा मुख थुनेर बस्नु भनेको अतिबादीहरुलाई हौसला दिनु हो | अहिंसाको नाममा विकृतिलाई टेवा पुग्ने कुरा गरेर भबिस्यमा कसको भलो हुन्छ र ? हामी नेपाली, नेपाल हाम्रो साझा घर | हाम्रो घर भाड्न खोज्नेहरुलाई लखेट्नु पर्छ हाम्रो समाजबाट | चुप लगेर बस्ने हो भने, यसले भयावह रुप लिन सक्छ | भबिस्यमा अनिस्ट निम्त्यौना सक्छ |

      Reply
  5. promod says:
    August 5, 2013 at 6:56 pm

    यो कर्म भन्ने को हो एस्तो छेत्री बाहुन लाइ पाखण्डी भनेर गालि गर्ने आफु चै को भनेर सोचेको होला?? बिबाद सुरु हुने नै यसरी हो, मा छेत्री हु तर यो कथित छेत्री समाज को होइन जसले एस्तो कार्य को बिरोध गर्छ. एउटा कुरा बुझ्नु क जरुरि छ भने नया नेपाल बनाउने भनेर जात जाति को झगडा गारुने??? यी जति पनि बिरोध मा लागेका सस्था छन् इ सबै लाइ गैरकानुनी घोसना गर्नु अप्र्छा देश भाड्ने इनिया हुन्!! डलर खाएर देश भाड्ने

    Reply
  6. Dipak says:
    August 5, 2013 at 6:52 pm

    तपाई कुन धर्म ?? हिन्दु ?? बौध ?? क्रिस्चियन ?? कि मुस्लिम?? छि ….. तपाई त म भन्दा नि धेरै तल्लो स्तर को हुनुहुदो रहेछ ,,,,,,, तपाइलाई मानवता धर्म भन्ने थाहा छ?? हो मा जस्तै मानबता भन्ने धर्म मान्नुहोस…. तपैकै कल्याण हुन्छा !!!

    Reply
  7. vijay says:
    August 5, 2013 at 6:45 pm

    हे नेपाली किन सानो बिसय मा यसरि ठुलो बानौछु …. नेपाली भय पाछी नेपाली को गौराब गर्नु पर छ . ठाउँ हुन्न्छा भने के हिन्दु के Buddha, के इस्लाम ,के क्रिस्चेअन … दिनुस हामी नेपाली हु छातिस्जत का फुलबारी हौ … त्येसिले कृपया त्येसरी सानो बिसय लाइ लियर देशलाई अझै पानि अन्धकारमा मा फसाउने चलखेल नखेल्नु ….होला धने वात…… र अझै पानि नाबुझी मुर्खता मा अधरित्त हुन्छु भने के हि भन्नु छैन मंगोलैन हु हामी पानि………

    Reply
  8. Pingback: बुद्ध मूर्ति विवाद अब अदालतमा « Mysansar
  9. khem says:
    August 5, 2013 at 2:09 pm

    अब को दुइ वर्ष मा धर्म युद्ध निश्चित छ नेपाल मा . नेताहरु भए भए, जनताहरु किन यति सारो नबुझ्ने भाको हो, फिल्म हेर्दा त नराम्रो क्यारेक्टर को पात्र लाई मन् नापरयेरा को जस्तो गर्छन . अहिले नि तेही विचार अगाडी ल्याउन पर्र्यो. गदर एक प्रेम कहानी हेर्दा अम्रिस पुरी लाई खुब गाली गरिन्थ्यो नि, यहाँ नि नेपाली अमरिश पुरी त घुसेको छैन. होसियार

    Reply
  10. dpack says:
    August 5, 2013 at 1:40 pm

    यो सबै हिन्दु र बुद्ध धर्म समानता भएको देख्न्न नसक्ने अरु पैसा मा बिक्ने धर्म हरु को चलखेल होला.

    Reply
  11. sunil shrestha says:
    August 5, 2013 at 1:36 pm

    जसले जातपात को लडाई गर्छ नत त्यो अगाडी बद्न सक्छ या त्यो देश या कुनै देशले प्रगती गर्नसक्छ, खाली हुने हो रक्त, एस्त मान्छे को घरमा र तेस्ता देशहरु मा खान को लाला पदी रहे को हुन्छ, चाये हाम्रो देश नेपाल होश, दक्षिण एशियाका देशरु, अफ्रिकी या इस्ट युरोप, हुन्/ जुन देश यो अन्ध विश्वास कुरा र एस्त लफडा बाट टाडा रहन चाहन्छन , इन्हुरुले हामी भन्दा सुखी जीवन यापन गरि रहे को छ र सबै कुरा मा अगाडी छन्, हामी धर्म मा लडी रहे छौ, अरुले जमाना चन्द्रमा पुगी चद्र्मा भगवान को दर्शन गरे र आइसक्यो , तर हामी आफ्नै देश मा भए को धाम मा पनि पुग्न सक्दैनौ, जो धर्मको राजनीतिक गर्छ, आफु आफु लै निकै ज्ञानी सम्झिनछ , त्यो जस्तो पट मुर्ख कोहि पनि हुन्दैन र एस्ता मान्छे घरमा जहिले पनि झगडा हुन्छ र एस्त देशहरु मा गृह युद भैरहे को छ, अब हाम्रो कांक्रेविहारमा को मनुभवहरुलाई पनि गृह युद चाएको होला, जब आफ्नो मान्छे गुमौछ अनि थाहोला होला बिनाश भनेक हो!

    Reply
    1. prithak says:
      August 6, 2013 at 8:58 pm

      Yes you wrote absolutely right. I think these people want civil war again making propaganda about religion. At last if we die we all religion goes to same place.,

      Reply
  12. Tirtha says:
    August 5, 2013 at 1:36 pm

    हे कर्म मित्र तपाईलाई हार्दिक अनुरोध जात जात को कुरा गरेर नेपाली नेपाली बिचको सद्भावलाई खलबलाउने काम नगरिदिनुहोला यो मेरो आत्मादेखीको अनुरोधछ तपाईलाई तपाइँ हामी जस्ता सचेत व्यक्तिले यस्ता कुरा गरेर द्वन्द मच्चाउने काम गरिउ भने तपाइँ हामी भोलि के हौला अनि देश र समाज कता जाला त्यसैले सबैलाई सम्माग गरौ अनि समाजमा राम्रो छाप पारौ देश बनाउ समाज बनाउ अनेकतामा एकताको पहिचानमा उदाहरनिय बनौ . धन्याबाद

    Reply
  13. dhan says:
    August 5, 2013 at 12:39 pm

    बुद्ध जन्मिएको देशमा एउटा मुर्तिको कुरामा एस्तो लफडा?
    धार्मिक सहिस्नुताको उधाहरण दिएर नथाक्ने अतिबादीहरु गर्दा गर्दा इसाई र क्रिस्चियनका दलालहरुलाई पनि लिएर हिड्न थाले जबकि उनीहरुसंग सरोकारको बिसयनै होइन | भगवानको नाममा येत्रो राजनीति ! थुक्क साला कुकुरहरु ! यहाँ सबै हिन्दुहरुलाई र अरु धर्मकालाई मिसौना खोजिएको होइन र दोस दिनु पनि हुदैन | यो मेरो आक्रोस अतिबादी सोचका मान्छेहरुलाई मात्रै हो | मेरो सम्पूर्ण बुद्धिस्ट मित्रहरुलाई यो अपिल छ कि धर्मको नाममा अशान्ति मचाउनु भनेको जस्तो निक्रिस्त काम सायदै अरु होला | तेसैले बुद्धको उपदेशलाई आत्मसात गरि अहिलेको लागि छोडिदिनुस सबै आन्दोलन र बिरोध | किनभने सत्य सत्य नै हुन्छ चाहे कसैले स्वीकार गरोस या नगरोस | सबै भन्दा ठुलो कुरा शान्ति हो | अब तपैहरुलेनै सच्चा बुद्धिस्ट भएर देखाऊनुहोस् उदाहरण र मुर्ख हरुलाई मुर्ख नै बन्न दिउ | सबैको जय होस् |

    Reply
    1. dhan says:
      August 5, 2013 at 12:42 pm

      मुस्लिम र क्रिस्चियन हुनु पर्नेमा इसाई र क्रिस्चियन भएछ ….

      Reply
  14. रविन says:
    August 5, 2013 at 12:29 pm

    नेपाली बौद्ध र हिन्दुहरुको त एउतै स्वर र आस्था हुनु पर्नेमा यसमा त अर्कै दृश्य देखिरहेको छ. कतै नेपालमा पनि जातिको नाउँमा त माओबादीले जनता मार्यो नै अहिले कुनै अर्को दुष्टले धर्मको नाउमा लडाउँदै त छैन?

    कुनै पनि नेपालीले कुनै जातपातको कुरो नसोची एक सच्चा देशभक्त नेपाली भएर सोच्नु पर्छ र मेडियाले सहि विश्लेषण गरि समाचार सम्प्रेषण गर्नु पर्छ.

    Reply
  15. Udeep says:
    August 5, 2013 at 12:12 pm

    जाती र धर्मको नाममा कलह झिक्न खोज्ने | त्यस्ता व्यक्ति-समूहहरुलाई सामाजिक बहिस्कार गर्नु पर्छ साथी हो | धार्मिक सहिष्णुता यो देशको पहिचान हो | यसको सम्रकछ्यन गर्नु हामी सारा नेपालीको कर्तब्य हो | ए बाबा, बुद्ध, जो नेपालका राष्ट्रिय बिभुति हुन्, जसको नामले नेपालको नाम उच्च छ, उसको मुर्ति स्थापना गर्न नपाउने? कस्तो दिन देख्नु परेको हो ?

    Reply
  16. ngwang Sonam says:
    August 5, 2013 at 11:56 am

    यो सब नाटक हुन् इशाई र मुश्लिम यो गरयो त्यो गरयो बेकारको कुरा हो उनीहरुलाई यस सम्बन्धि खासै चासो छैन यिनीहरु अतिबादी हिन्दुहरुले संग्ख्या थप्न प्रोपोगाण्डा मच्याएका हुन् यदि साचिक्कै त्यसो हो भने दुखद कुरा हुन् बादरले आफ्ना नि बनाउदैनन अर्काको पनि भत्काउछ भन्थे त्यस्तै भो देश अहिले साचिक्कै बादरको हातमा छ जो २४० बर्ष देखि थियो.
    आफगानिस्तानको बामियानमा लगभग १२ बर्ष अघि बुद्ध मुर्ति तोड्दा तालिवानिको शासन ६ महिना पनि बित्न नपाउदै ढलेको थियो , हो त्यहि अनुसार अब बादरको शासन पनि ६ महिनामा ढल्ने वाला छ जो अरुको संरचना भत्काउदै हिड्छन . राज्य कुनै पनि बौद्ध धर्म नबढोस भन्ने सोचमा छ यो गलत विचार र रणनिति हो .
    यहि रबैया राख्ने र फेरी समस्याको चुरो पत्ता लगाएर समाधान नखोजी अरुलाई उकसाउने मात्र गरेमा यो देशका शासक पतन अवस्यम्भावी छ

    Reply
  17. Pasang says:
    August 5, 2013 at 11:27 am

    पहीले पहीले त बाँदरले मात्र अरुले बनाएको कुरा भात्कौन्थ्यो रे अहिले त मान्छेले पो भात्काउन थालेछन, मान्छेहरु त सर्वश्रेष्ठ प्राणि हुन् नि, खै त यिनीहरुको सुबुद्धि ???

    Reply
  18. madan bajracharya says:
    August 5, 2013 at 10:46 am

    काठमान्डू उपत्यकामा प्रमुख हिन्दु मन्दिरहरु सबैमा बुद्धिस्ट बिहारका बुद्धिस्ट पुरोहितहरुले पुजा पाठ गराउञ्चन गर्छन/ सुर्खेतमा बुद्धको प्रतिमा राख्न नदिनेले यो बारेमा के भन्ने हो? बुद्धिस्ट बिहारका बुद्धिस्ट पुरोहित बात पुजा गरिने उपत्यका भित्रको केहि मुख्य हिन्दु मन्दिरहरु:

    ०१.जिउँदो देवीको रुपमा पुजागरिने कुमारी नेवार जातको साक्य र पुजारी बुद्धिस्ट
    ०२.बसन्तपुरको हिन्दु देवता आकाश भैरव/
    ०३. बसन्तपुरको मरुहिटी गणेशको मन्दिर/
    ०४. स्वयम्भूको जनवार बलि दीने अजिमादेवीको मन्दिर/
    ०५. तेवाहाल टोलको संकटाको मन्दिर/
    ०६. टुँडिखेल अगाडिको महांकालको मन्दिर/
    ०७. पाटनको प्रसिद्ध भिसेनको मन्दिर/

    सायद सयौं होलान यस्तो उदाहरण उपत्यकामा मात्रै/ नेपालको कयौं हिन्दुधर्म अनुशार मनाइने रास्ट्रिय पर्वहरु पनि बौध बिहार अन्तर्गतको बुद्धिस्ट पुरोहितहरुलेनै गर्छन/ सुर्खेतको काक्रे बिहारमा बुद्धको प्रतिमा प्रतिस्थापन गरे हिन्दु धर्म मासिञ्छन भन्ने महामहा विद्वान कै सिको के बुद्धिस्टले पनि गर्ने? गर्नुस भन्नुसन लौ/

    यदि तेतिले पनि पुग्दैन भने यो पनि भन्नुस कि अब देखि बौद्ध बिहारहरुमा पनि ठुला ठुला हिन्दु मन्दिरमा “मात्र हिन्दुलाई प्रवेस” लेखेको बोर्ड टांगे जस्तै अब देखि बौद्ध बिहारमा के टाँग्ने त्यो पनि सुझाउनुस/ सुर्खेत काण्डले गर्दा मान्नेछन बुद्धिस्ट हरुले तेस्तै सुझाव पनि/

    Reply
  19. Bidur Gautam says:
    August 5, 2013 at 9:59 am

    यो सबै बाहुन छेत्री(खश)लाई हेपेकोले भयको हो. जनजाति भनौदाहरुले बुद्धिस्ट, अल्प संख्यक को नाम मा धेरै सुबिधा पायको छन्. हुदा हुदा बाहुनबाद भनेर जहाँ पनि हेपिन्छ, जागिर पाऊन, बढुवा हुन पनि गार्हो छ. बुद्द को मुर्ति राख्ने त निहु पात्र हो. यो खसहरु को कुण्ठा को परिणाम हो. They got reason to take stand against Janajaati to show they still matters.

    Reply
  20. razen says:
    August 5, 2013 at 8:57 am

    काम पाइनस मसिने दल दलमा आफै फसिने भनेको येस्तै चर्तिकला देखाउने भेडाहरुले गर्दा हो |

    Reply
  21. raju says:
    August 5, 2013 at 8:55 am

    एकदम ठिक गरेका छन् , बुद्ध धर्मालम्बि हरु अहिले दलाइ लामा बाट परिचालित छन्/ उनीहरु चीनबिरोधि गढ़िबिधि संचालन गर्न एसको साहारा लिदै छन् / येहा सुर्खेत मा पनि प्रायजसो तिबत्ती हरु को बसोबास छ./ उनि हरु ले स्वयम्भु नाथ कब्जा गरे , बौध नाथ कब्जा गरे, फर्फिंग को डाडो कब्जा गरे/ अब सुर्खेत को कक्रेबिहर पनि कब्जा गर्न खोज दै छन्/ तिबती हरु लै येहा बाट लखेट्नु पर्छ /

    Reply
    1. Gajmer Rana says:
      August 5, 2013 at 9:14 am

      के हो साथि आफु चाहि को बाट परिचालित हुनुहुन्छ नि ? स्वयम्भु नाथ कब्जा गरे , बौध नाथ कब्जा गरे भनेर भन्न मिलेन नि; स्वयम्भु नाथ , बौध नाथ कहिले जाने गर्नु भएको छ ??? गए पनि ५ वर्ष मा येक्चॊटि हो कि क्या हो ! हा! हा! हा!

      Reply
    2. madan bajracharya says:
      August 5, 2013 at 10:13 am

      राजुजी
      स्वयम्भुमा तिब्बती शैलीबात बुद्धको प्रतिमा प्रतिस्थापना गर्ने सबै नेपालकै मनाङ्गेहरु हुन्/ धेरैलाइ म चिन्छु पनि/ त्यो बनाउने समितिको लेखापाल बुद्धि गुरुङ हो र उहा मेरो छिमेकी हुन्/ उहा जन्मजात नेपाली हुन्/ नेपालमा आज सम्म पनि बौद्ध धर्मको प्रमुख ग्रन्थ त्रिपतिक नेपाली भासामा सरकारले अनुवाद गरायको छैन/ मूल त्रिपतिक बर्माको पालि भाषामा लेखियको छ/ कान लामो भयको बुद्धको मुर्ति बर्मेली शैलीमा कुन्दियको हो/ भगवानको आकृति भक्तको कल्पना अनुशार हुन्छ त् फरक फरक देखिन्छ/ तर उपदेस त् यौटै हुन्छ/

      राजुज्यु तिब्बतमा बौद्ध धर्म प्रचार गर्ने भृकुटी पनि नेपालीनै हो/ भृकुटी लाइ तिब्बतीहरुले देवी स्वेतताराको रुपमा पुजा गर्छन/ तिब्बतीले कुँदेको भ्रिकुतिको रुप तिब्बती जस्तै हुँदैमा के उनि नेपाली रहेनन्?

      Reply
  22. Arjun Apawad says:
    August 5, 2013 at 8:51 am

    बिबाद नै नहुनुपर्ने कुरामा किन बिबाद भैराको छ ? यतातिर खोजि गर्नुपर्यो ? यो त्यत्ती धेरै ठुलो कुरा त हैन नि ? कसले ठुलो बनाउदैछ ?

    Reply
  23. Tirtha says:
    August 5, 2013 at 7:41 am

    हे इश्वर, हे भगवान, हे महान बुद्ध, हे यसुख्रिस्ट, हे महमद, हे महादेव, हे बिष्णु, हे देबी, हे महाकाली भगवती, हे जेन जति पनि विश्वासको धरोहर हुनुहुञ्छ, ज जसजसमा आफ्नो विश्वासको धरोहरको रुपमा आफुलाई समर्पित गरेका आआफ्ना अनुयायीहरुलाइ धार्मिक सहिस्शुण्ताका साथ एकले अर्कोलाई सम्मान गरी मानव मानव बीच मिलेर बस्न इश्वरीय राज्य स्थापना गर्न सछम बन्न सकू यहि बरदान भगवानले दिउन हामी सबैलाई आजको विहानीको यहि मेरो कामना जय देश, जय नेपाल, जय धार्मिक सदभाब, जय धार्मिक सहिस्शुण्ता जय हाम्रो धार्मिक एकता जय विश्व शान्ति

    Reply
  24. nimesh, BKK says:
    August 5, 2013 at 6:57 am

    प्रधान न्यायधिस नै प्रधानमन्त्री भएको देश नेपालमा प्रक्रिया पुर्याएर गर्न खोजेको कार्यमा डनहरुको “बाहुबलिको कानून” चल्छ भने त्यो भन्दा बिडम्बना अरु के नै हुन सक्छ र ?
    अचम्मको कुरा हिजोसम्म डलरको बलमा क्रिस्चियनहरुले धर्म परिवर्तन गर्न लगायो भनेर तथानाम गालि गर्ने तथा कानूनमा समेत “धर्म परिवर्तन” गर्न बन्देज लगाउन सक्ने हिन्दुहरुले आज केहि डन प्रवृतिका हिन्दुहरुले तिनै क्रिस्चियनहरु संग हातेमालो गर्न पुगेछ . यसले त झन् बौद्धहरुलाई नै फाईदा हुने छ अब .

    Reply
  25. Prakash says:
    August 5, 2013 at 6:36 am

    हरे नेपाल र नेपालीको दुर्गति, अब यो मुद्दामा नै कतिजना भुस्तिग्रे लाठेहरुले हप्तौ सम्म आफ्नो अमुल्य समय सडकमा खेर फाल्ने हुन् र अरु मिहिनेतीको इलम रोक्ने हुन् ? दया गरि अलिकति सद्बुद्धि हामी नेपालीलाई पनि दे न हे भगवान |

    Reply
  26. Biswash says:
    August 5, 2013 at 6:09 am

    सूर्यलाई हत्केलाले छोप्ने दुस्साहस ! बुद्ध भनेको ज्ञान र बिबेकको प्रतिक हो l संसारका ज्ञानी र बिबेकशील प्राणीहरु कुनै दिन मात्र बुद्धका अनुयायी हुनेछन l मेरो आग्रह छ सम्पूर्ण बुद्ध धर्मालम्बी र भक्तजन संग कि यस बिबादलाई शान्तिमा परिणत गर्न जहाँ मूर्ति स्थापना गरे पनि फरक पर्दैन l अझ मूर्तिलाई सेलाएरै शान्ति हुन्छ भने त्यहि गर्नुस l बुद्धको चाहना पनि त्यहि थियो l

    Reply
  27. madan bajracharya says:
    August 5, 2013 at 5:48 am

    ” गोरखापत्रमा नुद्ध्को प्रतिमा स्थापना गर्नमा नेपालका हिन्दु साइ यसै र मुस्लिमले विरोध गरे” भनेता पनि तेस्तो बिरोध आम नेपाली हिन्दु; साइ, इसाइ र मुस्लिमले नै गरेको हुनै सक्दैन”

    किनभने सबै धर्ममा सद्भावराख्ने बुद्ध प्रति कट्टरवादी तालिवानेले बाहेक अरु कुनैले दुर्भाव राख्दैनन्/ यसैले अझै मनमा यौटा झिनो आस बाकि छ कि सुर्खेतको कान्क्रे बिहारमा बुद्धको मुर्ति राख्न नदिन खोज्ने आम नेपाली हिन्दु साइ इसाई बा मुस्लिम होइन कसै बात नेपालमा धार्मिक सद्भाव बिगार्न बिथोल्न उकासेका समुह मात्रै हुनु पर्छ/ अस्ति भर्खरै भारतको बौध गयामा तालिवानेले बम बिस्फोट गरेको थियो र र तिनीहरुले अरु देसको बौद्ध बिहारहरुमा पनि तेस्तै गर्ने धम्कि दियको लगतै यो काण्ड हुनु मात्र संयोग नहुन पनि सक्छ/

    यसैले बुद्ध प्रति सम्मान गर्ने सबै सयमित हुनु पर्छ/ मलाइ पुरा बिस्वास छ कि नेपालका प्रमुख हिन्दु, साइ इसाई र मुस्लिम धार्मिक संघ संस्थाको आधिकारिक भनाइ सुर्खेतमा बुद्धको प्रतिमा प्रतिस्थापन गर्न नहुने भन्ने यस्ता जमातको भन्दा नितान्त फरक हुनेछ/

    निर्वाचनको मुखैमा निर्वाचन आचार सहिता समेत लागु भैसकेको अबस्थामा निर्वाचनको नतिजामा नै दुस्प्रभाव पार्ने यस्तो घटना हुँदा पनि धर्म निर्पेछ्य हुने भनियको नेपालको खिरारे सरकारको पदाधिकारी बाटै सरकारको अनुमति लियारै मात्र प्रतिस्थापन गरेको बुद्धको प्रतिमा उखेलेर फाल्दा समेत खिरारेको सरकार चुप बसेर उल्टै खिरारे सरकारको मुख पत्रमा बुद्धको प्रतिमा प्रतिस्थापन गर्नमा नेपालका हिन्दु, साइ, इसाइ र मुस्लिमले बिरोध गरे भनेर “मानौं कि नेपालको सबै हिन्दु, साइ, इसाई मुस्लिमले बिरोध गरेको भन्ने भ्रम फैलाउन सकिने समाचार छापिनु तर गोरखापत्रको सम्पादकीयमा यो बारेमा केहि नलेखिनु र खिररेको सरकारको स्पस्तोक्ति नआउनु बात कुरोलाई रहस्यमय मात्रै होइन संखास्पस्त नै बनायको छ/

    अब यो कुराको निदान सडक र सभामा होइन सर्वोच्च अदालतमै खोज्नु पर्छ/ कुतत्वले नेपालीलाइ जात्य्ता र पहाडी मधिसे भनेर विभाजित गर्न खोज्दा सफल नहुने देखेकोले धार्मिक सद्भावावाना बिथोलेर नेपालि फुटाउन खोज्दै छ/

    Reply
  28. द्रोण says:
    August 5, 2013 at 5:36 am

    धर्म मा राजनीति छिर्यो साथीहरु तेसैले यो अमिलो डकार आइरहेछ |
    नत्र हिन्दु लाइ बुद्द सग के को आपत्ति थ्यो र इतिहास मै न भाको कुरा ( संकराचारी बाहेक , नेपाल मा चै )| तेस्माथि पनि जिजस र अल्लाह का अनुयायी लाइ त् सायद तेत्ति चासो पनि न भएको कुरा किनकि यहा मन्दिर र गुम्बा को कुरा हुदैछ |

    Reply
  29. गगने says:
    August 5, 2013 at 3:10 am

    यो देशको हावा पानि माटो आदि सबै कुरामा निहुँ खोज्ने रसायन बढी हो कि जस्तो पो लाग्छ हो मलाई त आजकल!
    कसैले कसैलाई आदर) Respect, सहानुभिती सहकार्य आदि कुरा त अब सुन्न पनि नपाइने जस्तो पो छ त!
    काक्रे बिहारको छेउ छाउमा एउटा बुद्दको मुर्ति राख्छु भन्दाखेरि यत्रो रडाको गर्नु पर्ने के छ हो!
    अनि फेरी, तेहा अहिलेनै यहि बेलामा बुद्दको मुर्ति नराखी नहुने के छ तेस्तो भन्या!
    काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भन्या यस्तै हो क्यारे!
    समस्या कम भयर शान्ति नै शान्ति भयको देशमा एउटा समस्या उचाली हालौना भनेर उठाको जस्तो क्या!
    यो त,
    दुइ जना कुरो गर्या रे क्या,
    पहिलो व्यक्ति: ‘के भन्या होला, ल तँ भन्त!’
    दोश्रो: ‘तँ, ल भन्दिय!’
    पहिलो: ‘मैले तलाई तँ भन भन्या हो र?’
    दोश्रो: ‘अनि अगि भरखर तँ भन भन्या होइन?’
    पहिलो: ‘तलाई मलाइ तँ भन भन्या हो त?’
    दोश्रो: ‘अनि अगि भरखर तँ भन भन्या होइन त?’
    पहिलो: तैले मलाइ तँ भन्ने?
    दोश्रो: तैले भन भनेर त मैले भन्या हो नि?
    पहिलो: मलाइ तँ भन्ने तेरो हैसियत के?
    दोश्रो: तैले भन भन्या होइन र?
    अब झगडा सुरु…..

    हामि सबै समस्यालाई तनकाउन र फुक्न फ़ुलाउन एकदम जान्नी छौ तर समाधान चाहि एकैछिनलाई सोच्न पनि सक्दैनौ!

    समाधान:
    ” यो काक्रे बिहारको समस्या, निर्वाचन पछि बन्ने नया सरकारले हाल गर्ने गरि हाललाई थाति राखेका छौ!”
    ल सबैले सहिछाप गरौ र निस्ठावान तरिकाले यसमा प्रतिबद्द हौ!

    Reply
  30. Ramesh Lama says:
    August 5, 2013 at 12:35 am

    हिन्दु र बुद्धिस्ट आफ्नै परिवार जस्तै गरेर बसिरहेको ठाउँ मा आएर आज जुन कुरा लै लिएर मुसलमान र च्रिस्तियन ले पनि बिरोध रे क भन्नु र खै के चै हुन अटेको हो कुन्नि अब . अब जनता नै भेडा भए पछि चोर नेता हरु लै कति गालि गर्नु कुन्नि. हेर्दै जौ यो नाटक कहाँ सम्म पुग्ने हो.

    Reply
  31. तेजप्रसाद अधिकारी says:
    August 5, 2013 at 12:20 am

    आखिर साम्प्रदायिकता को झिल्कोमा तेल खन्याउने हरुलाई सुनौलो मौका मिलि हाल्यो नि…आज मलाइ सगर्व भन्न मन लाग्यो ” हामि नेपाली भेंडा नै हौ “

    Reply
  32. Tschring Tamang says:
    August 5, 2013 at 12:01 am

    पेलेरै हेपेरै लैजाउ भन्ने सोचाई र सौताको व्यवहार प्रसासन र हिन्दुधर्मलाम्बिहरुको. अहिले त एस्तो हालत छ भने झन् पहिला त्यो शंकराचार्यको सिकैमा कस्तो गर्यो होला. बिचार बुद्धिस्ट हरु आफ्नो आस्थाको मुर्ति पनि आफ्नै देशमा राख्न नपाउने.

    Reply
  33. karma says:
    August 4, 2013 at 11:38 pm

    छेत्री बाहुनहरुले देस तहसनहस बनायो अनि नेपालको राजनैतिक तहसनहस बनायो २०० बर्समा पनि देस नउठ्ने गरि चुर्लुम्म बनायो ।अब धर्म मा पनि हात लगाउन थाल्यो ।यो देसको पाखण्डी छेत्री बाहुन हरु नै हुन् ।

    Reply
    1. Ramesh Lama says:
      August 5, 2013 at 12:51 am

      अरु लै दोष दिएर हामी पनि कहाँ चोखो हुन्छौ र साथी…बाहुन छेत्री भनेको आफ्नै दाजु भै हो….गालि त्यसरी नि गर्नु हुन्न…अब कसरि चै प्रोब्लेम को सोलुशन निकाल्ने हो भनेर सोच्दा राम्रो हुन्छ न कि एक अर्का लै दोष दिनु मा. १,२ जना ले गरेको गल्ति लै सबै लै नराम्रो भन्नु राम्रो हुन्न. सब लै चेतना भया !

      Reply
  34. Aakar Bhushan Nepali says:
    August 4, 2013 at 11:30 pm

    अरु धर्मले त बुद्ध धर्मको खेदो खनी आएकै थियो, अब त्यो लहरमा हिन्दु पनि लज्जाको साथ उभिन पुग्यो| बामियान पछि अब स्वयम्भुको पालो भनि खुशी मनाई राख्या होलान यी विभिन्न( हिन्दु, इशाई, ईस्लाम) धर्मका कुहिएको दिमागहरु | कहाँ मुख देखाउन जाओ अब हामी सहिष्णु हिन्दुहरुले चाहिं ?

    Reply
  35. ayush says:
    August 4, 2013 at 11:10 pm

    Exactly, if its illgal, noone should be allowed to construct anything inside the conserved forest land.in the last blogs we have seen its a beautiful place with very important archeological treasure we should conserve the authenticity of this place. We are always on the verge of loosing UNESCO status for pashupati temple due to constructions inside

    Reply
    1. Ramesh Lama says:
      August 5, 2013 at 12:47 am

      First of all, Government should take responsibility of this mess. Illegal you said then why they were allowed in the first place? It seems like that place will be a religious war ground between Hindu and Buddhist. Why Christian and Muslim religious organizations are involved is interesting one. When Buddhist and Hindu people are living as a family for so many years, how come suddenly this type of problem arise? Its because the government is weak. If it was illegal in first place then they should not give permission. Whoever gave permission should be sacked and throw into prison. My request for everyone is to have a meeting together between Hindu and Buddhist representative and try to figure out the solution and please don’t involve MUSLIM and CHRISTIAN people.

      Reply
      1. ayush says:
        August 5, 2013 at 2:03 am

        Yes the person who gave permission before is the main reson for all this mess.and religion has always been a major weapon for politicians to axe ppl.Remember the party which ddemolished many temples and even urinate on God’s idols, same party leader goes to temple and says bol bam, when elections r round the corner.
        Buddha himself would have not supported this noise over his statue, thatwasthe reason he was against worship Iols.
        This land belogs to Hindus and Buddhists.rest all r invaders. Hinduism and Buddhism are philosophies, so we dont impose or propogate it, we never invaded anyone.we dont run missiniories to attract poor, we don’t fund terrorism, we never kill people in the name of religion, we dont fight for a statue which is buit somewhere in thailand, we r Buddha, we r Ram,thats how
        w we are. And we r proud of our heritage…PEACE

        Reply
  36. Santosh says:
    August 4, 2013 at 11:03 pm

    कसैले अरुलाई आयातीत भनेर आरोप लगाउनुभन्दा, सहअस्तीत्वलाई स्वीकार गर्नुपऱ्यो नि । इतिहास जित्नेहरुको हो तर वर्तमानमा कसैले जित्ने कसैले हार्ने हुनुभएन । अधिकार क्षेत्र र सहअस्तीत्वलाई सम्मान गर्दै बुद्ध मुर्ती पुर्नस्थापना गरियोस् र अन्य धर्मावलम्बिको काम चै के रै’छ ? कि उपाय देखाएर समस्या सुल्झाऊ नत्र के को बन्द सन्द बेकार चिज । सबैले आफ्नो काम गरेर खाए भैगो नि ।

    Reply
  37. rabi says:
    August 4, 2013 at 11:02 pm

    इ यस्तै व्यक्ति हरु बाट जातियता धार्मिक एबम सामाजिक बिखन्डन हुने हो/ सबै जात जाति मिलेर बस्नु भन्नु त कता हो कता उल्टै यसले गर्यो र उसले गर्यो भनेर बिस्त्रिस्ना, भ्रम, अनि घृणा फैलाउने काम इ हिन्दु लाइ गालि गरेर आफ्नै धर्म को अपमान गर्ने हरु…………… ……….अलिक लाज मान्नु पर्ने हो .किनकि जुन सुकै धर्म माने पनि सबै धर्म ले सबै धर्म को आदर गरेको पाइञ्छ नकि अर्को लाइ तथा नाम गाली गर्नु /////दया लागछ , यस्ता दरिद्र मानसिकता भएका आडम्बरी हरु देखेर ///// सबै धर्म को जय होस्

    Reply
  38. Bhakta raj bhusal says:
    August 4, 2013 at 10:48 pm

    नमस्कार सम्पूर्ण हिन्दुत्यो बोकेका सबैमा.

    अब हामी नेपाल र नेपालीको पहिचान खोज्न पर्ने बेला भयको महसुस गरेको छु.आफ्नो धर्म सस्कृति जहाँ पनि हुदो रहेछ.यूरोप मा बसेको छु यहाँ सबै चाड पर्ब मनायको देख्दा मलाइ नेपाल मा आफ्नो धर्म सास्कृत को याद आयो.विकासोन्मुख देस मा होइछ अनेक कुरा नौ टंकी हुने नचाहिदा नारा हुने जनता लाइ भड्काउने खेल हुने तर विकास देस हरुमा तेस्तो नहुदो रहेछ.

    युरोप आफ्नै धर्म आफनै सस्कृति आफ्नो देस आफनै भेस रहेछ.हाम्रो देसमा त.कुनै पार्टीले दौरा सुर्बाल कसै ले कुर्ता पाइजामा कसैले धोति त कसैले घलेक को कुरा उठायारा राजनीतिक मुद्धा बनाई अनाबस्यक जनतामा भ्रम फैलाउ छन्.राज्य राज्य या लोकल ठाउँ हरु मा आफ्नो जस्तो सस्कृति भएनी राष्ट्रिय कुरामा एक रहेछन.हाम्रो देसमा रास्ट्रीय काम कुरा मा एक भयको कहिले देख्न पाइएला रास्ट्रको लागि देसका सबै पार्टी जनता मा राष्ट्रिय मन कर्तब्य कुन पुस्तामा आउला र देस लेआफ़ो निकास पाउला यो दिन छिटो ल्याउन सबैबाट पहल होस् यहि कामना का साथ् happy frinds day aal my nepali nepal. भन्दै अर्को बर्सको साथि दिवस को पर्खाइमा.

    Reply
  39. Tirtha says:
    August 4, 2013 at 10:35 pm

    दुख लाग्छ कुरा सुन्दा पनि यो देश सबैको साझा फुलबारी हो सबै भाषा भासी जात जाति अनि सबै धर्मलम्भीहरुको साझा चौतारी हो तर के भैर्हेकोछा कसले नेपाली जनताको सत्भाव खल्बलेकोछ, यसको लागि कसैले खेल खेलेको छ पक्कै पनि आदर्णिय आमा बुबा दाजु भाइ दिदि बहिनीहरुमा बिनम्र अनुरोध अरुको लैलैमा लागेर नेपाली नेपाली बिचमा लडाई गरेर देश बर्बाद नगरौ, हामी आफै बर्बाद नबनू हामी सबै धर्म मान्ने सबै जात जाति एक भएर आपसी सदभाव राखेर मिलेर बासु मिलेर देश बनौ जसले यो अशान्ति ल्याउन लागेकाछन तिनीहरुमा कुनै स्वार्थ छ त्यो बुझौ त्यस्तालाई मिलेर लखेटौ यो मेरो हार्दिक अनुरोध सबै जातिका सबै धर्म मान्ने हामी पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सबै नेपाली मिलेर यो देशलाई सुन्दर बनाउने अभियानमा लागु अनि बिस्वमा यसको संदेश पुर्याउदै बिश्व शान्तिको लागि नमुना बनौ हामी सबै मिलेर यो सन्देशलाई देशको कुन कुन मा पुर्याउन अब ढिला नगरुआ नत्र सब बर्बाद हुनेछ लुटेराहरुले हामि हामी बीच लडाइ गराएर नेपाल र हामी नेपालीको अस्तित्व लुटेर लैजानेछन बनौ होसियार बनाउ सबलाई होसियार लुटेराहरुलाई गरौ खबरदार …

    Reply
  40. पुष्प says:
    August 4, 2013 at 10:34 pm

    अरुले पनि राख्न पाउनुपर्ने माग गर्लान् रे ! राख्न चाहनेजतिलाई राख्न दिए भइहाल्छ नि ! धार्मिक सहिष्णुताको एउटा अनुपम नमूना पो बन्थ्यो कि काँक्रेबिहार ! सकारात्मक सोच्नुपर्यो !

    Reply
    1. harihar sharma says:
      August 5, 2013 at 12:02 am

      त्यहाँ जे थ्यो त्यो पो राख्न दिने कुरा हुन्छ
      त्यो JPT कहाँ राख्न पाइन्छ /

      Reply
      1. तेजप्रसाद अधिकारी says:
        August 5, 2013 at 12:14 am

        तिमि लाइ थाहा छ त्यहाँ के थियो भनेर…? धेरै बुझ्यो भने दुख पाइन्छ ब्रो.

        Reply
      2. Aakar Bhushan Nepali says:
        August 5, 2013 at 12:47 am

        वा.. वा.. SHARMA जी,
        ” JPT ” ! हिजो तालेबानले पनि अफगानिस्तानमा त्यसै भन्यो र आज पनि भनि राख्याछन्| महाशयको झिनो रुवाई उनीहरु संगै मिल्न जानु संयोग मात्रै हो भन्न पाउँ |

        Reply
      3. madan bajracharya says:
        August 5, 2013 at 2:01 am

        हरिहर शर्माज्यु
        “बुद्ध” JPT हो भनेर तालिवानेले मात्रै भन्न सक्ला सहि हिन्दुले भन्न सक्दैन/

        Reply
      4. Sunil Santa says:
        August 5, 2013 at 10:06 pm

        ये हरिहर जी, रिपोर्ट पनि पढ्नुस न, सबै कुरो लेख्या छ, पढ्ने बानी बसाउनुहोस् केहि बोल्न भन्दा अगाडी, खाली धार्मिक दंगा गर्ने कुरो नगर्नुस

        Reply
  41. rabindra says:
    August 4, 2013 at 10:31 pm

    सहिस्नुता हिन्दुले मात्रै अपनाउने बिधि होइन सबैले अपनाउनु पर्छ हिन्दु परिवारमा बुद्धको जन्म भयो हिन्दुले बुद्धलाई भगवान मान्ने तर नेपालका आयातित बुद्धिस्ट हरुले हिन्दु धर्मवालाम्बिलाई खुलेआम गाली गर्ने ..नेपाल का छेत्री बाहुन हो अब त उठ.. कति सहने ?

    Reply
  42. bibas rai says:
    August 4, 2013 at 10:25 pm

    यो धर्मको नाममा नेपाली नेपाली मा फुट पार्ने नियत हो / धर्मको नाममा राजनीति गर्नु राम्रो होईन/ हिन्दु बुद्दिस्थ जे भाए पनि हामी नेपाली हौ / मिलेर जानु पर्छ / भगवान, इसामसिहा, इश्वोर, परममेशोर, बुद्ध, अल्ल्हा, सबै एक हुन / यो मुर्ति को नाममा राजनीति को खेति बन्द हुनुपर्छ / धर्म को राजनीति को बिरोध गर्ने गर्नुपर्छ / यो बिदेशी धर्म को प्रभाबमा भयको राजनीति हो / कता कता डलरको गन्ध आईरहेको छ / खाडी राष्ट्र संग तेल को पैसा छ / मलाई डर त्यही पैसाको छ / नेपालीहरु खाडी मा जान्छन / अनि कुनी के परिबर्तन गरेर आउछन् / तिनै ले पैसाको लागि गरेको राजनीति हुनसक्छ / अनि उता अर्का थरि जिबन परिबर्तन भन्दै के के परिवर्तन गराउने पनि छन् / तिनीहरु संग पनि विदेश को रकम होला /तिसब रकम को परिणाम हुनसक्छ / भारत को बाबरी मसजिद अनि त्यस पछि को दंगा, तलेबन ले बुद्ध को मुर्ति तोडफोड, बंगलादेशमा मदिर अनि गुम्बाको तोडफोड, इराकमा १२ जनाको हत्या पछि को घटना आदि आदि धर्म संग जोडीएका घटना हो / जुन एकदम हानीकारक थियो / अब फेरी तेस्तो घटना नहोला भन्न सकिन्न / सरकार अलि बलीयो हुनुपर्यो / जनता जगरूप हुनुपर्छ / कौवाले कान लगयो भनेर कौवा को पछि लग्नु मुर्खता हो / धार्मिक आतंकबाद, धार्मिक कट्टरता, धर्मयुद्ध को नाममा समाजमा मानब को दुस्मन मानब हुनु हुदैन / नेपाली हरु साबधान धर्म को नाममा नेपाली नेपाली बीचमा झगडा पर्ने खेल हुदै छ / चेतना भया /

    Reply
  43. Mahesh Mahaseth says:
    August 4, 2013 at 10:22 pm

    इसाई र मुसलमान हरु पनि सहभागी छ भन्ने त संकै लाग्छ मलाई त/ हामि हिन्दुहरुले अरु dharma lai afai haleko ho ki ? hoina यो हिन्दु daajubhai हरु kina yati saaro अतिबादी भएको???? अब हाम्रो हिन्दु धर्म को यसरि बेइज्जत नगरम, मेरो पूर्ण बिरोध छ यो बिषयमा/ यसरि हामि हिन्दुहरुले यस्तै गर्न थाल्यो भने भोलि को दिनहरुमा हिन्दु मान्ने कतिजना हुन्छा? त्यसै हिन्दु धर्म परित्याग गर्दैनन मानिस हरुले/ अहिले यस्तै समस्याले गर्दा धेरै नेपाली दलित र जनजातिहरु हिन्दु धर्म छोडिसके/ यस्तै हिन्दु अतिबादी को उच्च जात र निचो जातले गर्दा पनि हिन्दु प्रति बितृष्णा भएको हो/ अरु धर्मलाई सम्मान गर्ने जन्दैनौम हामि, हिन्दु नै सबैभनदा राम्रो हो भनेर भ्रम मै छौं/

    Reply
  44. Vijay says:
    August 4, 2013 at 10:12 pm

    वैरी को हाम्रो धार्मिक र सामाजिक सहिष्णुता खल्बल्याउने षड्यन्त्र सफल भएछ सोचौं त अब ?? जब आफ्नो देशमा विभिन्न राज्य को माग भैरहेको छ, तब हाम्रो एकता देख्न नसकेर कुनै न कुनै तवर ले आफ्नो टांग छिराउछ्न ! र, यसलाई साथ दिन्छन क्षणिक व्यक्तिगत स्वार्थमा डुबेका मन्दबुद्धि हरु…….

    Reply
    1. Mahesh Mahaseth says:
      August 4, 2013 at 10:25 pm

      विजय जी कुन चै बैरी को कुरा गर्नु भएको?? आफ्नै घरको हिन्दुहरुको नेतृत्वमा अरु धर्मको नाम हालेको हो/ यसरि अरु धर्मलाई त्यतिकै हेपेर आफ्नो समूह मा जबर्जस्ति राखेर बिरोध गर्न paundaina/

      Reply
  45. Devendra Basnet says:
    August 4, 2013 at 10:09 pm

    खोइ के खोइ के? फुटाऊ र राज गर अभियान कर्ता हरु बलियो भएको यो देश मा सहिष्णु धार्मिक समाज पनि असहिष्णु बनाएर छाड्ने bhaye. होइन sarkar के हेरेर बसेको छ? स्थिति बिग्रिनु अगाडिनै किन केहि उपाए सुझौदैना ?

    Reply
  46. कमल शर्मा यु ए इ says:
    August 4, 2013 at 10:04 pm

    थुक्क नेपालीहरु बिनासकाले बिपरित बुद्धी भनेको यहि हो देशको उन्नति प्रगति हुने काम गर्नु छैन | एकआपसमा झैँ झगडा गर बस हो अनि यहि झगडा मिलाउन विदेशी गुहार| हैन कुन ideology ले तिमीहरुलाई guide गर्दै छ|

    Reply
  47. Ram Raj says:
    August 4, 2013 at 9:57 pm

    जाती, नश्ल र धर्म को आधार मा राजनीति गर्न चाहने हरुले षड्यन्त्र मुलक तरिका ले काक्रे बिहार घटना लाइ अतिरन्जित तरिका ले प्रस्तुत गर्ने, सदियौं देखि मिलेर बसेका धार्मिक समुदाय बीच बिद्रेष फैलाउने प्रयास भैरहेको छ |
    बास्तब मा काक्रे बिहार एक ऐतिहासिक र पुरात्वतिक स्थान भएको ले तेहा बिज्ञ हरु ले अध्ययन गरि पहिले भए जस्तै स्मारक बनाउनु उपयुक्त हुन्छ | तर प्रक्रिया अगाडी बढेको र बौद्ध धर्मालम्बी हरु ले चित्त दुखाउने रे यसको मौका छोपेर अतिबादी हरु र षड्यन्त्रकारी हरु ले दंगा फैलाउन सक्ने स्थिति हेरेर हाल लाइ उक्त स्थानमा बुद्ध मुर्ति स्थापना गर्न दिनु नै उपयुक्त देखिन्छ |
    नेपाल आमा लाइ चारै तिर बाट प्रहार भैरहेको यस जटिल स्थिति मा थप पिडा नदियौं | स्यमं बनौ |

    Reply
  48. Sunil Panta says:
    August 4, 2013 at 9:50 pm

    ठिकै त हो नि, बुद्धिस्ट हरु चाही हाम्रो नाम निशान मेटाउने, हामीलाई बिदेशी सरनार्थी भन्ने, काट्ने मार्ने कुरा गर्दा कसैलाई टाउको नधुख्ने, बेकार को मुर्ति राख्नु राख्नु हुन्न भन्दा चाही के के न भएको जस्तो कुरा गर्ने | तिम्रो मुर्ति लगेर तिब्बत मा राख !

    Reply
    1. Sunil Santa says:
      August 5, 2013 at 10:28 pm

      तपाई सारै अराजक मान्छे रै’छ, सारै साम्प्रदायिक सोचको मान्छे, तपाई चै बिहारको ठाउँमा मन्दिर राख्ने कुरो गर्ने अनि अझै तपाई ठुलो स्वर मा कराउने, कस्तो दया लाग्दो सोच हो तपाइको, बास्तबिकता पनि बुझ्नु पर्यो, यो कस्तो घमण्ड?

      Reply
  49. manlimbu says:
    August 4, 2013 at 9:49 pm

    यो हिन्दु धर्म मान्ने मान्छे मानब होइनन यिनी हरु त पशु हुन् . यिनीहरु जस्तो हिन्ग्स्रक जनावर हरु संसारमा खोजेर पाइन्न . यिनीहरु धार्मिक सहिष्णुता को बखान गर्ने अहिले आएर यो तमासा के मुखले मात्र बोल्ने बाहुन छेत्रीले देश नाबिगरेरा कसले Nepal लै गरिब बनायो ? उत्तर छ?

    Reply
    1. राजु says:
      August 4, 2013 at 10:33 pm

      जाँड खाएर प्रतिक्रिया नलेखन हो लूँगा | मान्छे असल वा खराब त नाक/जात/रंग/धर्म/लिङ्ग/ का आधारमा हुन्न हौ | असल वा खराब मान्छे हरेक जात/धर्म/रंग /लिङ्ग/वर्ग/ मा छन् हौ लूँगा | मेरो संसार सम्म आइ पुग्दा पनि अझै एस्तो कमेन्ट ? क्षेत्री/बाहुन संग सांद/सिमाना मा विवाद छ कि तरुनी ले धोका दियो लूँगा लाइ ? हैन भने त कसै को दाना चर्दै छ है लूँगा ………….

      Reply
    2. arun says:
      August 4, 2013 at 10:55 pm

      उत्तर तिम्रो like र dislike को तल को button मा छ साथी आफै हेर्नु ….

      अनि लिम्बु साथी यो नभुल कि हिन्दु धर्म मानी बाहुन छेत्री मात्र छैनन् तिम्रै लिम्बु मित्रहरु पनि होलान | अनि अर्को कुरा बाहुन र छेत्री ले हैन देश बिगारेको हैन .. तिमि जस्ता अर्काको जातको नाम लिएर उम्लिनेहरुले हो | अलिकति पढ्ने बनि छ भनि माथि को article राम्रो संग पढ त्यहा लेखेको छ कि छेत्री संघ र साही बाबा संघ ले पनि यो कुरा मा सहमत भएका छन् कि त्यहा बुद्ध को मुर्ति राख्नु पर्छ भनेर | यो मुद्धा जात र धर्मको नभै कन त्यहा रहेका केहि गुन्डाहरुले उचालेर बनाएको मुद्दा हो |

      Reply
      1. Ramesh Lama says:
        August 5, 2013 at 1:00 am

        साथी को कुरा मा म सहमत छु तर साथी article तिमीले राम्रो संग पदेन रहेछौ .

        Reply
      2. dhan says:
        August 5, 2013 at 12:25 pm

        मित्र अरुण अरुलाई भन्नु भन्दा आफै एक चोटी राम्रो संग पढ्ने कि? सबैले राख्नु हुदैन भनेर आन्दोलन गरेका छन् र बुद्धिस्टलै एक्ल्यईएको कुरा स्पस्तई छ त !

        Reply
        1. arun says:
          August 5, 2013 at 6:28 pm

          “धन” साथी मैले त साही धर्म माननी हारले पनि समर्थन गरेको पढये | अनि माथि लिम्बु साथीले चै बाहुन र छेत्री मात्र हिन्दु भएको जस्तो कुरा गरेर चित्त नबुजेर मैले आफ्नो विचार राखेको हो | खै पैले पैले त छेत्री र साही बाबा मान्ने हरु पनि हिन्दु नै हुने गर्थ्यी अब मैले त बुज्न सकिन कसरि बुद्ध धर्म मानिहरु एक्लियॆ | मत अझै पनि भन्छु बस्ताब मा यो अलग अलग धर्म माननी हरुको कुरा भन्दा नि त्यहा रहेको केहि गुण्डा हरुले उचालेको मुद्दा हो | म आफै पनि हिन्दु धर्म मान्छु र मलाई बुद्ध मुत्री त्यहा राख्नु मा कुनै अप्पत्ति छैन | न कि त्यहा औता बुद्ध मुत्री राखिन खोजोयो कुरा मै गर्व गर्छु |

          Reply
    3. ayush says:
      August 4, 2013 at 11:04 pm

      Comm3nts like this an many likes on these comments clearly shows why this is a big issue and why we have nepal band every other day..jai hos

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme