Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुट्टा भए जुत्ता कति-कति, यस्तो जुत्ता भइदिए त हुन्थ्यो राम्रो अति

Posted on August 14, 2013August 13, 2013 by mysansar

siblingshoeshelter1.0x650
हाम्रो एउटा उखान छ- खुट्टा भए जुत्ता कति-कति! जुत्ता त धेरै किसिमको देख्नुभएको होला। यो जुत्ताको उपयोगिताबारे थाहा पाउनु भएपछि चाहिँ तपाईँले पनि भन्नुहुनेछ- आहा, राम्रो रहेछ अति। हेर्दा त त्यस्तो खास केही देखिन्न माथिको जुत्ता। के छ त विशेषता यसमा ?

siblingshoeshelter2.0x650

हेर्दै जानुस् जुत्ताबाट के निस्कियो यो।

siblingshoeshelter4.0x650
हेर्नुस् के बन्दैछ
siblingshoeshelter5.0x650
तपाईँको शरीरलाई आधार बनाएर के बन्दै जान्छ यसबाट हेर्नुस्
siblingshoeshelter6.0x650
लगभग तयार हुन लाग्यो।

siblingshoeshelter8.0x650
अब अलि मिलाउन बाँकी
siblingshoeshelter7.0x650

siblingshoeshelter11-1.0x650

siblingshoeshelter10-1.0x650
देख्नुभयो त के बन्यो ? अस्ट्रेलियाली कम्पनीले बनाएको यो जुत्तालाई वाकिङ सेल्टर नाम दिइएको छ। जहाँ जुत्ता त्यतै बास।

खुला आकाशमा सुत्न बाध्य भएकाहरुलाई यस्तो जुत्ता एउटा एउटा दिन पाए कति हुन्थ्यो होला ! अझ ट्रेकिङमा जानेहरुलाई त यसले झनै सजिलो बनाउँछ। हिँड्दै जाँदा जहाँ मन लाग्यो, त्यहीँ बास बसिदियो।

आर्किटेक्चरमा प्रशिक्षण पाएका आठ जनाको समूहले खोलेको सिब्लिङले अरु पनि गजब गजबका कुरा बनाएको छ। कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

21 thoughts on “खुट्टा भए जुत्ता कति-कति, यस्तो जुत्ता भइदिए त हुन्थ्यो राम्रो अति”

  1. प्रतिक says:
    August 15, 2013 at 1:26 pm

    ह ह मैले त पारासुट होला भन ठानेको धन्न टेन्ट मात्र रहेछ //

    Reply
  2. Bala Ram Thapa says:
    August 15, 2013 at 1:16 pm

    अर्केटेकचर हरुको आविस्कार भने रोच्क्नै लाग्यो ,खुल्ला आकास मा हुने हरुको लागि पनि ज्यादै उपयोगी देखिएतपनि दुवै टांग फत्तौन पर्ने हुँदा महिलाहरुको लागि तेती उपयोगी देखिएन | अबिस्कारकले महिलापुरुष बीच भेदभाब गरेर अविस्कार गरेको जस्तो देखियो है !

    Reply
  3. Biswash says:
    August 15, 2013 at 4:50 am

    जुत्ता भित्रको टेन्ट ? रेडियो मै भएको घडी हेर्या जस्तै हो यो त l

    Reply
  4. Lalit Narayan says:
    August 14, 2013 at 10:02 pm

    मित्र हरु पनि क्या बुझ पचाउनु हुन्छ यार l यो कहाँ बाहिर camping गर्दै हिंड्न बनाको होर? model ले लगाएर यसो ramp मा हिंडेर देखाउन पो त l नपत्याए मोडेलहरुले fashion show मा ramp मा लगाएर हिंडेको पात र प्वाँखबाट बनेको लुगा, १ बित्ताको skirt बाहिर कसैले लगाएर हिंडेको देख्नु भाको छ ? लु भन्नुस त 🙂
    राति यो टेन्टमा सुतिराको बेला सु आयो भने के गर्ने होला लौन !

    Reply
  5. dharmendra says:
    August 14, 2013 at 7:51 pm

    रोचक के छ भने सधै तांग फट्टाएर र बसेरै सुत्नु पर्ने रैछ !!! मलाई खास लागेन !!!

    Reply
  6. jirel 'G' says:
    August 14, 2013 at 7:50 pm

    हो हो खुब रहेछ, यो जुत्ता लगाएर नेपालको हिलो बाटोमा हिड्नु पर्छ अनि बन्छ सेल्टर !

    Reply
  7. Amit Bhattarai says:
    August 14, 2013 at 5:03 pm

    हैन यो त मलाई पनि काम लाग्ने कुरा पर्यो, मूल्य चै कति पर्नी रहेछ ?

    Reply
  8. Tanka Kafle says:
    August 14, 2013 at 4:39 pm

    लंका मा सुन छ कान मेरो बुच्चै

    Reply
  9. Om says:
    August 14, 2013 at 3:13 pm

    लौ कस्तो सन्जोग अब त तिनीहरुको website http://siblingnation.net/ त expire भए छ.

    Reply
  10. Subhaash Siddhi Udaas says:
    August 14, 2013 at 3:10 pm

    पहिले पहिले : ‘आर्काको आश भोकै बास ‘, भन्थे .
    अब भने : ‘ दरो खुट्टा को साथ , सुरक्षित बास ‘ भने हुन्छ.

    Reply
  11. gopal says:
    August 14, 2013 at 2:21 pm

    आफ्नो आफ्नो देखाई हो, मलाई पनि धेरै उपयोगी लागेन / सानो र हलुका पोको बनाएर बोक्न मिल्ने बनौन खोज्या हो भने जुत्तैमा नराखे पनि हुञ्छ / तर जुत्तामा रखेपछि हिड्न कतिको सजिलो होला ? अगिनै १ मित्र ले भनेजस्तै फेरी जुत्तामा पोको पार्न त ३ घण्टा लाग्ने भो त हे हे हे हे हे.

    Reply
  12. Govind Prasad Subedi says:
    August 14, 2013 at 1:14 pm

    यो नेपाल जस्तो गरिब देशमा अलिक सम्बव नहोलाकी?

    Reply
  13. राम चन्द्र says:
    August 14, 2013 at 11:34 am

    बाँच्न पर्छ अनेक देखिन्छ ।

    Reply
  14. Rajendra Basnet says:
    August 14, 2013 at 11:25 am

    हेहे हेहे अब पोको पार त नानि.. ३ घण्टा लाग्ने भो…

    Reply
  15. sanjay says:
    August 14, 2013 at 10:56 am

    हाम्रा देशका बाढी पिडितलाइ दिन पाए कति राम्रो हुन्थ्यो । कम्तिमा केहि दिन त खुला आकाश मुनि सुत्न पर्दैनथ्यो ।

    Reply
  16. तेन्जिंग गाबा says:
    August 14, 2013 at 10:10 am

    १० – १५ बर्ष अगाडी “सन्तोष पन्त” को “हिजो आज को कुरा” सिरियलमा भनेको कुरो चाडै पुग्छ कि के हो !
    त्यो सिरियलमा …….. एक तिर वाट “राँगा” हाली दियो भने अर्को तिर वाट … “म:म:”, “Leather को jacket “, “हड्डीको बटन” फुत्तु-फुत्तु निस्किने मिसिन (कारखाना) खोल्ने भनेर भनेको सम्झना आयो बा !!!

    Reply
    1. uttam says:
      August 14, 2013 at 3:47 pm

      भैसी हाल्यो भने wrong input आउछ होला 🙂

      Reply
    2. Deepak G.C. says:
      August 14, 2013 at 11:28 pm

      त्यो “हिजो आजको कुरा” मा हैन, महजोडीको “लक्ष्मी” टेलीसिरियल मा भन्छ | जब हरिबंसले बैंकबाट ऋण लिन्छ, मदनकृष्णले त्यो माग्दा एस्तो मेशिन ल्याउदैछु भन्छ …:-)

      Reply
  17. Sagar (Sydney) says:
    August 14, 2013 at 9:18 am

    Smart phone भने जस्तै यो जुत्ता पनि Smart shoes रैछ

    Reply
  18. Jeevan Thapa says:
    August 14, 2013 at 6:47 am

    खासै उपयोगी छैन … लगाएर हिड्नलाई गाह्रो हुन्छ!!!

    Reply
    1. Tenzing Gaba says:
      August 14, 2013 at 1:15 pm

      घाम-पानी जोगाएर ओढ्ने “छाता” जस्तै होला यो जुत्ता पनि
      “हिड्दा बाहेक अरु बेला लगाउनु मिल्ने जत्ति लगाए पनि केहि नहुने……..Life guarantee”

      रमाइलो गर्या मात्र नि ……रिसानी माफ पाउ….जदौ !!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme