Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध मूर्ति कांक्रे विहार संरक्षण क्षेत्र बाहिर राख्न खोजिएको हो, कसको स्वार्थले रोकिएछ?

Posted on August 2, 2013August 2, 2013 by Salokya

सुर्खेतको कांक्रे विहारमा बुद्ध मूर्ति राख्ने विषयमा अहिले विवाद चर्किएको छ। मूर्ति राख्न र नराख्न दुवै पक्षले आन्दोलन गरिरहेका छन्। मूर्ति नराख्न ‘संयुक्त जातीय तथा धार्मिक संगठन समिति’ नामको एउटा समितिले आज मसाल जुलुस र भोलि शनिबार सुर्खेत बन्द गर्ने घोषणा गरिसकेको छ। माइसंसारलाई प्राप्त कागजात अनुसार त्यहाँ बुद्ध मूर्ति राख्न सबै प्रक्रिया पूरा गरिएको थियो। त्यसैगरी मूर्ति संरक्षण क्षेत्रभित्र राख्‍न लागिएको पनि हैन रहेछ। संरक्षण क्षेत्रभित्र कहाँ राख्‍न हुन्छ र भन्नेहरुलाई यी प्रमाणले गतिलै जवाफ दिनेछन्। पुरातत्व विभागले संरक्षण क्षेत्र भनी तारबार लगाएको मूलगेट भन्दा ३० मिटर परै, भग्नावशेषका पुरातात्विक वस्तुहरुलाई कुनै हानी नोक्सानी नपुग्ने गरी राख्न लागिएको रहेछ। कसले कुन स्वार्थले बुद्ध जन्मेको देशमा बुद्धको मूर्ति राख्नै दिन्नौँ भनिरहेको छ। यो पत्ता लगाउने जिम्मा सचेत नागरिकको। हामी यहाँ प्रस्तुत गर्दैछौँ प्रमाणस्वरुप कागजातहरु-


buudha
अपमानजनक रुपमा जिल्ला प्रहरी कार्यालयमा लडाइएको बुद्धको मूर्ति। अहिले त्यसलाई त्यहाँ ठड्याएर राखिएको छ।

Capture
Capture1
Capture2
राजनीतिक दलहरुको सहमति।

जिल्ला प्रशासन कार्यालयको अनुमति यस्तो थियो-
cdo

पुरातात्विक वस्तुलाई हानी नोक्सानी पुर्‍याउन लागेकै हैन-
dharmodaya

गाविसको अनुमति-
gabisa

जिविसको अनुमति-
jibisa

मूर्ति मात्र राख्न दिए हुन्छ भनी जिल्ला वन कार्यालयले वन मन्त्रालयलाई गरेको सिफारिश-
jilla_ban

नक्सा-
map

पुरातत्व विभागको सहमति-
puratatwo

सुर्खेतको काँक्रेविहार, भगवान् बुद्धको प्रतिमा र सरकारी विवाद सम्बन्धमा सरोकारवालाको स्थलगत अध्ययन प्रतिवेदन, २०७०

१. पृष्ठभूमि

बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.बि.स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापन गर्नको लागि झाँकी सहितको र्‍याली काँक्रेविहार तर्फ अगाडि बढेको थियो। त्यही समयमा स्थानीय प्रहरी प्रशासनले उक्त र्‍याली काँक्रेविहार तर्फ अगाडि बढ्न दिएन अर्थात् सो बुद्धको प्रतिमा स्थापन गर्न नपाइने उर्दी जारी गर्दै र्‍यालीलाई रोक्ने काम भयो। त्यसपछि र्‍यालीमा सहभागी बौद्धमार्गीहरूसँग प्रहरी झडपसमेत भयो र विवाद सिर्जना भयो।

जिल्ला वन कार्यालयको अनुमति बिना बुद्धको मूर्ति राख्न नपाइने भनी प्रहरी प्रशासनले रोक लगाएपछि सो मूर्ति हालसम्म उक्त स्थानमा प्रतिस्थापित हुन सकेको छैन। मूर्ति जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरको भूँईमा लडाई राखेको अवस्थामा रहेको थियो। भगवान बुद्धको मुर्तिलाई त्यसरी प्रहरीको कठघरामा अपराधीलाई जस्तै गरी राख्नु, त्यो पनि बेवारिसे तरिकाले भुँईमा लडाएर राख्नु समस्त बौद्धमार्गीहरूको भावनामा चोट पुग्ने काम थियो। बुद्ध जयन्तीको झाँकी र्‍यालीमाथि अन्धाधुन्ध प्रहरीबाट लाठी प्रहार गरी लखेट्ने कामले निश्चित रूपमा धार्मिक सहिष्णुतालाई बिथोल्ने प्रकृतिको घटना थियो।

विश्वभरीका बौद्धमार्गीहरूले सो घटना र सरकारी रवैया प्रति दुःख प्रकट गरे। सो सम्बन्धमा विभिन्न निकायले सरकारको ध्यान आकर्षण गर्ने काम गरेको थियो। नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित निकायमा सरोकारवाला बौद्धमार्गीहरू पटक पटक गई बुद्धको मूर्ति प्रतिस्थापन गर्नको लागि अनुरोध गर्ने काम गरेको थियो। सुर्खेतका स्थानीयले सरकारको सो रवैयाको विरोधमा सुर्खेत बन्दको घोषणा गरेको थियो। तत्पश्चात् सरकारले मुख्य सचिवस्तरीय निर्णयबाट एक अध्ययन कार्यदलको गठन गरी कार्यदलले सो सम्बन्धमा अध्ययन गरी समस्या समाधानको लागि एक हप्ता भित्र सुझाव प्रतिवेदन बुझाउने निर्णय गरेको थियो।

सरकारी कार्यदल गठन स्वागत् योग्य हो तर सो कार्यदल प्रति बौद्धमार्गी र आदिवासी जनजाति संघ संस्थाहरू विश्वस्त हुन भने सकेन। त्यसकारण बौद्धमार्गी र आदिवासी जनजाति संघ संस्थाहरूको संयुक्त बैठक बसी सरोकारवाला संघ संस्थाहरूको संयुक्त प्रतिनिधिको पनि अध्ययन कार्यदल गठन गरेको छ। सो कार्यदलले स्थलगत अध्ययन भ्रमण गरि जे जाति जानकारी प्राप्त भएको छ त्यसलाई अध्ययन प्रतिवेदनको रूपमा तयार पारिएको छ।

५. काँक्रेबिहारको स्थलगत अध्ययन
मिति : २०७०।२।२१ गते बिहान ९ बजे देखि ५ बजेसम्म अध्ययन समितिले देहाय बमोजिम स्थलगत अध्ययन गरियो।
• बिवादीत स्थान सुर्खेत जिल्ला लाटी कोईली गा.बि.स. वडा नं. ८ मा पर्दछ।
• काँक्रेविहार परिसरमा नेपाल सरकार पुरतत्व विभागले उत्खनन गरेको प्राचीन बौद्ध विहारको भग्नावशेष र ढुंगमा कुँदिएका स्पष्ट आकृतिमा देखिने बुद्ध, बोधिसत्व, धर्मपालक, बौद्ध धर्म सम्बन्धि देव देवीहरू समेतका मूर्तिहरू प्रशस्त मात्रमा रहेको पाइयो।
• सो क्षेत्रको अध्ययन गर्दा काँक्रेविहार क्षेत्रमा एक प्राचीन बौद्ध विहार रहेको सहजै अनुमान गर्न सकिन्छ।
• तथापि बुद्धको मुर्ति स्थापना गरिने स्थान पुरातत्व विभागले किटान गरि तोकिएको संरक्षित क्षेत्रको तारबार भन्दा ३५ मिटर बाहिर रहेको छ।

६. सरोकारवाला स्थानीय जनताहरुसँगको छलफल।
स्थानीय श्री बौद्ध गुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेत र स्थानिय बौद्धमार्गी समुदायहरूसँग काठमाण्डौंबाट गएका अध्ययन समिति बसी छलफल गरेर सो घटना सम्बन्धमा बृहत् जनकारी लिने काम गरिएको थियो। छलफलमा स्थनीय सरोकारवाला बौद्धमार्गीहरूले सो सम्बन्धमा देहायका दावा गरेकाछन्।
• नेपाल सरकारको सम्बन्धित सबै निकायहरूबाट सम्पूर्ण नियम प्रक्रिया पूरा गरी लिखित अनुमतिहरू समेत प्राप्त गरि उक्त क्षेत्रमा बुद्धको मुर्ति स्थापित गरिएको हो। (माथि हेर्नुस्)
• उक्त क्षेत्रमा बुद्धको मुर्ति स्थापना गर्नको लागि जिल्लाका सम्पूर्ण राजनीतिक दलहरूको सर्वदलीय सहयोग, समर्थन प्राप्त गरिएको थियो।
• सरकारी निकायबाट प्राप्त अनुमति, सर्वदलीय सहमतिबाट बुद्धको मूर्ति सो स्थानमा स्थापना गरिएकोमा पूर्वाग्रही ढंगले सबै प्रक्रियालाई उल्टाएर बिभिन्न बहानाबाजी गरी मूर्ति स्थापना गर्न नदिएकोले सरकारको सो कदम बुद्ध धर्म प्रतिको पूर्वाग्रह हो भन्ने ठहर स्थानीयबासीको रहेको छ।
• सरकारको यो कदमले बौद्धमार्गीहरूको भावनामा ठेस पुराएको र उनीहरूलाई आन्दोलित तुल्याएको कारण उनीहरू पनि सो मूर्ति पूर्व सहमति अनुसार तोकिएकै स्थानमा राख्न पाउनु पर्ने जिकिर गरेका छन्।
• काँक्रेविहारमा रहेको सम्पूर्ण पुरातात्विक भग्नावशेषहरू बौद्धमार्गीको आस्थासँग सम्बन्धित रहेकोले पनि सो क्षेत्रमा बुद्धको मूर्ति स्थापना गर्न पाउनु पर्ने जिकिर।
• बुद्धको मूर्ति स्थापना गरिने स्थान पुरातत्व विभागले घेरा हालेको क्षेत्र भन्दा बाहिर रहेको हुनाले पुरातात्विक वस्तुलाई पनि कुनै असर नपुग्ने।
• सरकार पक्षबाट धार्मिक विभेद गरेको, धार्मिक सहिष्णुता सरकार स्वयंले बिथोलेको, सुर्खेतका बौद्धमार्गीहरू प्रति पूर्वाग्रही व्यवहार गरेको, स्थानीय प्रशासनले पक्षपातिपूर्ण व्यवहार गरेको, शान्तिपूर्ण धार्मिक झाँकी र्‍यालीमाथि लाठी चार्ज गरी बर्बरतापूर्ण धार्मिक दमन गरेको भन्ने स्थानीय जनताको जिकिर रहेको छ।

७. स्थानीय आदिवासी जनजाति संघ संस्थाहरुसँगको छलफल
स्थानीय स्तरका सरोकारवाला जातीय संघ संस्थाका नेता प्रतिनिधिहरूसँग भेटी छलफल गर्दा देहाय बमोजिमको राय प्रस्तुत भएको छ।
• बुद्धमूर्तिलाई यथा स्थानमा प्रतिस्थापना गर्दा राष्ट्रहित बाहेक कुनै हानि, नोक्सान नहुने र कुनै पनि धार्मिक सहिष्णुता नबिथोलिने
• बुद्धमूर्ति स्थापना गर्न खोज्दा गैरबौद्धहरूको केही व्यक्तिहरूबाट राखिएको विमति तर्क संगत नरहेको केवल नियतबस बाहेक अन्य कुनै कारण नरहेको कुरा व्यक्त गर्दै सम्पूर्ण आदिबासी जनजाति संस्थाको नेताहरूबाट पनि बुद्धमूर्ति प्रतिस्थापना समितिको अडानप्रति ऐक्यवद्धता
• पूर्व सहमति भइसकेको, सरकारको सबै निकायबाट अनुमति समेत प्रदान गरिसकेको अवस्थामा ती सबै सहमतिलाई उल्टाएर बुद्धको मुर्तिलाई सो ठाउँमा राख्न नदिने निर्णय लागू भएको खण्डमा सो क्षेत्रमा धार्मिक सहिष्णुता बिथोलिने भएकोले बुद्धको मूर्तिलाई त्यही ठाउँमा राख्न दिनु पर्दछ भन्ने कुरामा अडान सबै नेताहरूबाट राखिएको छ।
• यदि सरकारको यो कदम जबर्जस्ती गरी लागू गरेर बुद्धको मूर्तिलाई सोही स्थानमा राख्न नदिएको खण्डमा सुर्खेत बन्दसहितको स्थानीय जनताको आन्दोलनलाई निरन्तरता दिई सबै संघ संस्थाहरू समेत आन्दोलनमा उत्रने चेतावनी
• आदिवासी जनजाति समुदायमाथि सरकारको हेपाहम प्रवृतिको कारण यो अवस्था प्रकट भएको हो। बौद्धमार्गी र आदिवासी जनजातिमाथिको अपमान, दमन र विभेदको पराकाष्टा र धर्म निरापेक्ष राज्यको बरखिलाफ भएको दावी।

८. स्थानीय प्रशासनसँगको छलफल
समितिले २०७०।२।२१ गते दिउँसो ३३० बजे प्रमुख जिल्ला अधिकारी श्री पुरुषोत्तम कुँवरसँग जिल्ला प्रशासनको कार्यालयमा भेट गरी घटनाको सम्बन्धमा छलफल गरेको थियो।
• जिल्ला प्रशासन कार्यालयका प्रमुख श्री पुरुषोतम कुवाँरसँग काँक्रेविहार परिसरमा २५५७ औं बुद्ध जयन्तीको सु–अवसरमा बौद्धमार्गीहरूबाट नेपाल सरकारको सबै नियम प्रक्रिया पूरा गरी सबै राजनीतिक दलहरूको पूर्ण सहयोग र समर्थन समेत रहेको सर्व सम्मतिले परित गरी बुद्धमुर्ति प्रतिस्थापना गर्ने क्रममा जि.प्र.का. बाट भएको हस्तक्षेपको विषयमा विस्तृत जनकारी लिन खोज्दा प्रमुख जिल्ला अधिकारीले समय अभावको कारण देखाउँदै जिल्ला प्रमुख जस्तो जिम्मेवारी बोकेको व्यक्तिले उक्त संवेदनशील घटनाबाट आफु पन्छिना खोजिएको देखियो।
• हामी (संयुक्त सरोकार समिति) कार्यालयमा पुगेर छलफलको लागि समय माग गरिएको हाम्रो अनुरोधलाई बेवास्ता गर्दै हामीलाई समेत अवहेलित व्यवहार गर्दै प्रमुख जिल्ला अधिकारी बाहिर निस्कनु भयो। हाम्रो पटक पटकको अनुरोधमा मात्र पुनः कार्यालय आउनु भयो। उहाँ आउनु भए पश्चात् हामीले राष्ट्र विभूति बुद्धमूर्ति प्रशासनले हस्तक्षेप गरी नियन्त्रणमा राखेको बुद्धमूर्तिको अवस्था बारे जानकारी लिंदा उहाँले गैर जिम्मेवारी पूर्ण ढंगले अनभिज्ञता प्रकट गर्नुभयो।
• प्रहरी प्रशासन र स्थानीय जनता बीच भएको झडपसम्मको घटनामा अनभिज्ञता प्रकट गर्नु प्रमुख जिल्ला अधिकारीको यो घटनाप्रतिको पूर्वाग्रह हो भन्ने स्पष्ट देखिन्थ्यो।
• हामी (संयुक्त सरोकार समिति) ले बिद्युतीय संचार माध्यमबाट संकलन गरिएको अत्यन्त अवहेलित एवं अव्यवास्थित तरिकाले राखिएको बुद्धमूर्तिको तस्विर सप्रमाण देखाई प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थियौँ। र सो बूद्धमूर्तिलाई भुईँमा लडाएर राखेको ठाउँबाट यथास्थानमा सम्मानीत ढंगले उठाएर राख्ने ब्यवस्था मिलाउनुस् भनेर हामीले अनुरोध गर्दा बल्ल बल्ल प्रहरीसँग सम्पर्क गरेर सो को ब्यवस्था गर्ने काम भएको थियो।

९. जि.प्र.का.मा लडाएर राखेको बुद्धको मूर्तिलाई उठाएर अस्थायी रुपमा राखियो।
• जिल्ला प्रशासन कार्यालयका प्रमुखसँग रखिएको अनुरोध बमोजिम जिल्ला प्रहरी कार्यालयमा संयुक्त सरोकार समितिको ६ सदस्यीय टोली गई त्यहाँ अपमानित तरिकाले सेफ्टी टेंकीको छेऊमा लडाई राखिएको बुद्धमूर्तिलाई संयुक्त सरोकार समितिको रोहवरमा जि.प्र.का, सुर्खेतको परिसरभित्र रहको भगवती मन्दिरको पूर्व तर्फ रहेको काइयोको रूखमुनि अस्थायी व्यवस्थाको रूपमा सम्मानपूर्वक पूजाआजा गरी व्यवस्थाथित रूपमा राखियो।

११. निष्कर्ष
क. सुर्खेत काँक्रेविहारको स्थलगत निरिक्षणको क्रममा काँक्रेविहारको पुरातात्विक भग्नावशेषहरूमा कुँदिएका मूर्तिहरू बुद्धका मूर्ति रहेको तथ्य, स्थानीय सरोकारवाला, विभिन्न संघ संस्था, बुद्धिजिविबाट प्राप्त राय सुझावसमेतलाई ध्यानमा राख्दा सो बुद्धको मूर्तिलाई स्थापना गर्न उचित देखिन्छ।

ख. काँक्रेविहार क्षेत्रमा बुद्धको मूर्ति स्थापना गर्नको लागि सरकारी निकायबाट आवस्यक सम्पूर्ण अनुमति प्राप्त गरिसकेकोले कानुनी रूपमा पनि सो स्थानमा बुद्धको मूर्ति स्थापना गर्न सकिने देखिन्छ।

ग. यसै विषयमा अध्ययन र अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागवाट तयार गरी पेश गरेको सुर्खेत जिल्लास्थित काँक्रेविहारको अध्ययन प्रतिवेदन २०६६ (पृष्ठ ८ देखि १७ सम्म) का अनुसार पुरातत्व विभागले तयार पारेको प्रतिवेदनको “काँक्रेविहारमा रहेका महत्वपूर्ण वास्तुअंश र मूर्तिहरू” भन्ने प्रस्तुत शिर्षकमा उल्लेख गरिएका एकदेखि उनन्तीस वटा अति महत्वपूर्ण मूर्तिहरूमा सचित्र नं. १२, १३, १५, १६, १७, २०, २५, २६, २७, २८ मा उल्लेख भएका भगवान गौतम बुद्धको मूर्तिहरू रहेको पाइएको हुँदा उक्त तथ्यलाई विश्लेषण गर्दा उक्त स्थान प्राचीन बौद्ध विहार भएको पुष्टि हुन्छ। त्यसकारण यो क्षेत्रमा बुद्धको मुर्ति स्थापना गर्दा कुनै पनि अन्य धर्म सम्प्रदायलाई असर नपुग्ने प्रष्ट छ।

घ. हालसम्म प्रकाशित पुस्तकहरू र काँक्रेविहार नामाकरण स्वयंवाट “विहार” शब्द भन्नाले नेपाली शव्दकोषको परिभाषा अनुसार बौद्ध भिक्षुहरू बस्ने ठाउँलाई जनाउँने भएकोले प्राप्त सवै राय सुझाव तथ्यहरूलाई मध्यनजर गर्दा काँक्रेविहार बौद्ध धर्म र बौद्धमार्गीहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भावानात्मक सम्वन्ध रहेको देखिएको हुँदा सो स्थानमा बुद्धमूर्ति स्थापना गर्दा राष्ट्रिय संरक्षण वन क्षेत्रमा कुनै पनि असर नपर्ने देखिन्छ।

ङ. स्थानीय प्रशासनले शुरुमा अनुमति दिने पछि त्यो निर्णय उल्टाई बुद्धको मुर्ति स्थापना गर्न नदिने काम गर्दा त्यो क्षेत्रमा धार्मिक सहिष्णुता बिथोलिनुका साथै त्यो घटनाबाट आम बौद्धमार्गी, आदिबासी जनाजाती र शान्ति प्रेमीहरू अपहेलित भएको महसुश गर्ने भएकोले त्यस्तो हुन नदिनको लागि पनि सोही ठाउँमा बुद्धको मूर्तिलाई प्रतिस्थापन गर्न दिंदा उचित देखिन्छ।

च. आज विश्व जगतमा नै नेपाल बुद्धको पवित्र जन्मभूमि भनी प्रसिद्ध रहेको अवस्थामा सोही देशमा बुद्धमूर्ति स्थापना गर्न दिएन भन्ने अप्रिय समाचारले राष्ट्रको छबिनै धुमिल हुने देखिन्छ, साथै समय समयमा बुद्ध जन्म स्थल सम्बन्धी पनि विवाद भैरहन्दा उक्त स्थानमा बुद्धको मूर्ति स्थापना गर्नाले नेपालको राष्ट्रि्रय छवि अन्तराष्ट्रिय स्तरमा समेत उच्च हुनको साथै यसबाट सुर्खेतको पर्यटन प्रवर्द्धन, काँक्रेविहारको पुरातत्विक क्षेत्रको संरक्षण, बौद्ध धर्मालम्बीहरूको आस्थाको कदर भई धार्मिक सहिष्णुतालाई कायम राख्न समेत मद्धत पुग्ने भएकोले सोही स्थानमा बुद्धको मूर्तिलाई प्रतिस्थापना गर्न आवश्यक भएको निश्कर्ष सहित यो संयुक्त सरोकार समितिले यो प्रतिवेदन मार्फत सम्बन्धित सरकारी निकाय सबैलाई हार्दिक आह्वान गर्दछ।

50 thoughts on “बुद्ध मूर्ति कांक्रे विहार संरक्षण क्षेत्र बाहिर राख्न खोजिएको हो, कसको स्वार्थले रोकिएछ?”

  1. Pingback: बुद्ध मूर्ति विवाद अब अदालतमा « Mysansar
  2. KISHORE SHAKYA says:
    August 5, 2013 at 1:33 pm

    बुद्धको मुर्ति राखन नदिने पशु होइन, बाहुनबादी सोंचको हिन्दु रोगको उपज हो.

    Reply
  3. kumar tumbapo says:
    August 4, 2013 at 10:16 am

    नेपाल लाई बिश्व मा चिनाउने बुद्ध लाई आफ्नै देश मा यस्तो अपमान ? ति पशु हरुको बुद्धी चाडै फिरोस ।

    Reply
  4. Ngwang says:
    August 4, 2013 at 7:56 am

    नेपाल र नेपालीको शिर उचो राख्नेमा भगवान बुद्ध र बुद्ध धर्मले नै हो भन्नेमा दुई मत छैन हामी बुध नेपालमै जन्मेको भनेर संसारभर प्रचार गर्छौ तर बुद्ध्ह्को लागि दुई फीट जमिन बुद्धको एतिहासिक भुमि काक्रे बिहारमा नपाउनु नदिनु यो सरकारको निक्कम्मापाना हो यतिका प्रमाण हुदाहुदै पनि यो प्रमणा नष्ट गर्न खोजिएको थियो सरकारले यो भन्दा गैरजिम्मेवारीपना के हुन् सक्छ ?

    Reply
  5. bipin magar says:
    August 4, 2013 at 4:07 am

    बुद्ध जन्मेको देसमा बुद्धको अपमान ???? के भैराछ यार नेपालमा ????

    Reply
  6. teeyes says:
    August 4, 2013 at 1:34 am

    बुद्ध नेपालमा जन्मेको हो भनेर दश फीट उफ्फ्रिने यी गैर बुद्धिस्ट हरुको असली रुप हो यो| हामी सबै बौद्धामार्गीहरुले माथिको फोटोलाई विश्वको सबै बुद्दिस्ट देशहरुमा आफुले सक्दो प्रचार प्रसार गरौँ.| यो आफ्नो दायित्वोलाई कसैले पनि नबिर्सौं |

    Reply
  7. Gunjan says:
    August 3, 2013 at 10:24 pm

    Where are all those who held the name in Guinese World Record by coining LORD BUDDHA’s Name. Lets see what GUTS they possesses.

    Reply
  8. Sagar Man Bajracharya says:
    August 3, 2013 at 7:28 pm

    बुद्ध जन्मेको देसमा बुद्ध को म्रुर्ती राखन नहुने???? कस्तो अचम्म!!!! बुद्ध जन्मेको देसमा राक्च्यास , पीसाचे र दानब रूपी मान्छेहरु जन्मे पछि येस्तै हुदोरहेछ!!!!! धिक्कार छ !!!!
    यस्तो कुकार्य त् अफगानिस्तान मा तालिवानले मात्रै गरेको थियो बुद्ध जन्मेको देसमै यस्तो गर्ने सुर्खेतका सिडिओ पुरुषोत्तम कुँवर को राजीनामाको लागि अपिल गरौँ

    Reply
  9. Gajen Pakhrin says:
    August 3, 2013 at 2:58 pm

    बुद्दी भ्रस्ट हरुले देशचलाए पछि येस्तै वबस्था देख्न कुनै ठुलो कुरो रहेन ! जे भएनी Bhudha धर्म मा बिश्वाश गर्ने तपाई हामीले धर्यता र संयमता पुर्बक अगाडी बढ्न अनुरोध छ !

    Reply
  10. Jeevan kunwar says:
    August 3, 2013 at 2:57 pm

    बुध धर्म मा हामी हिन्दु हरु पनि आस्था राख छौ
    पूजा गर्छौ भने यसरी हिन्दु बुध धर्म बीच को धार्मि सबन्धलाई बिगार्न हुदैन र बनौन दिनु पर्छ. सिडियो कुँवरले जात फाले .छन्
    मलाई कुनै बिदेसी ले कुन धर्म मा आस्था र खानु हुन्छा भन्दा मा दुवै धर्म भन्दछु यो हाम्रो गौरबको कुरा हो

    Reply
  11. ashok says:
    August 3, 2013 at 1:13 pm

    संसार भरि बुद्द नेपालमा जन्मेको भनेर पर्चार पनि गर्ने अनि बुद्द कै देशमा बुद्द मुर्ति राख्न यत्रो जात्रा फेरी इन्डियाले अन्त्ररस्तिया पर्चार पर्सारगर्ने पोइन्ट पौने भयो हामी किन हाम्रो मूल्य आफै बिकाउ गर्दै छौ ´?

    Reply
  12. Rahul says:
    August 3, 2013 at 11:21 am

    Though I am Buddhist, I’m always against constructing new statues and temples. Why don’t these people put there effort on collecting funds to renovate or reconstruct stranded kakre Bihar project due to lack of fund.

    Reply
  13. binaya says:
    August 3, 2013 at 10:26 am

    देश मा भकाभक चर्च बन्दा सबै चुप छन् तर कस्तो बिडम्बना बुद्ध को मुर्ति राख्न येत्रो बिरोध I आज देश मा राजा भएको भए जनता मा एस्तो फुट देख्नु पर्दैन थियो र बिदेशी धर्मको प्रभाव पनि पर्दैन थियो I

    Reply
  14. SURENDRA hongkong says:
    August 3, 2013 at 9:28 am

    इदम भ्रस्ट,उदम भ्रस्ट भनेको यही हो/सम्पूर्ण न्यायिक निकाय बाट स्वीकृत भएको काम लाई किन र कसको पेट मा चुर्ना परेर रोकियो?के यही हो धार्मिक सहिस्नुता? तोर्पे हरु को देश मा तोर्पे नै व्यवहार न गर्नु कसै को आस्था लाई मारेर कोहि कसै ले कुनै युद्ध जित्दैन/

    Reply
  15. Pasang says:
    August 3, 2013 at 8:39 am

    त्यो कुँवर bhannelai खिलराज मंत्री परिषदले तुरुन्तै फिर्ता बोलाई चांडोभनदा चांडो
    फिर्ता बोलाई समाधानको पहल अघि बदैयोस.

    Reply
  16. Ganesh25 says:
    August 3, 2013 at 8:33 am

    Dear excellent nepalese citizens/all religious communities,

    Let me tell you the truth, wholly btruth and just truth.
    Why the CDO (Officver) did not allow to install the statue.

    You know that nepalese administration CDO or any Officer do not work for the citizens of Nepal, without taking any bribe.

    So, just you quarell, fight each other and complain about othe religins (hindu/Buddhism or so) does not help you. It is non-sense to do any demonstrations or make further conflict/crisis.

    All you have to do is get few lakhs of rupees and push into the pocket of CDO (Officer) and get the Certificate to install. You do not know what to do ?. Sure you have to learn that also.

    There is no other alternative way for you, just bribe that’s it.
    Because, mostly all nepalese officer are corrupt and criminals.
    They do not do work for the citizens, no matter how good work is that may be for the country or for the citizens. All they want is bribe.

    Nepalese are primive almost 10000 year behind African citizens.
    No doubt about that.

    Reply
  17. Tenzing Gaba says:
    August 3, 2013 at 8:24 am

    काक्रीबिहारमा “बुद्द प्रतिमा” स्थापना भए पनि नभए पनि निम्न २ कुरा गर्नु आवस्यक छ ता कि भबिस्यमा पनि यस्ता बिबादहरु सम्पूर्ण नेपालीहरुले सुन्न नपरोस :
    ——————————-
    १. सिडिओ “पुरुषोत्तम कुँवर” ले आफ्नै स्वबिबेक प्रयोग गरेर उक्त स्थानमा बुद्द प्रतिमा राख्न रोक लगाएका हुन् भने उनि “बिबेक शुन्य” वा “घटिया प्रवृतिको जातिवादी” हुन् र दुवै अबस्थामा उनि सह-सचिब जस्तो उच्च पदका लागि नालायक हुन्/ त्येसैले निजलाई तुरुन्त बर्खास्त गरिनु पर्छ /

    २. सिडिओ “पुरुषोत्तम कुँवर” ले माथिको आदेश अनुरुप बुद्द प्रतिमा राख्न नदिएको रहेछन भने त्यो “आदेश दिने” लाइ सार्बजनिक गरि “जातीय युद्द बिजारोपण गर्ने प्रयाश गरेको” अभियोगमा रास्ट्रद्रोहको अभियोग लगाई तुरुन्त सजाय दियियोस /

    Reply
  18. Prakash Gurung says:
    August 3, 2013 at 8:00 am

    बुद्ध जन्मेको देसमा बुद्ध को म्रुर्ती राखन नहुने???? कस्तो अचम्म!!!! बुद्ध जन्मेको देसमा राक्च्यास , पीसाचे र दानब रूपी मान्छेहरु जन्मे पछि येस्तै हुदोरहेछ!!!!! धिक्कार छ !!!!

    Reply
  19. nimesh, BKK says:
    August 3, 2013 at 7:35 am

    प्रमुख जिल्ला अधिकारी श्री पुरुषोत्तम कुँवरको स्वार्थमा रोकिएको रहेछ . आशा गरौँ यसै माईसंसार पढेर भएपनि उसको घैंटोमा घाम लागोस र बेलबारीको सिडिओले जस्तै कार्यसम्पादन गर्न सकोस . यहि कामना .

    Reply
  20. Dig B. Tamang USA says:
    August 3, 2013 at 5:22 am

    म कुरालाई र बिषयलाई बुच्नाअलि ग्रहरो भो | नेपालीले किन अध्यन गर्दैन, बुद्ध धर्म भनेको हिन्दु धर्मको एक अंश हो भनेर | मैले अबोलोकेश्वोर अथवा च्यान्ग्री श्ही को उपासनाको अन्तमा जुन Tibetan भाषामा लेखियको छ | त्याँ जम्बू दीपा को नाम उल्लेख गरेको पाएको छु | तेस्तै Amitaba बुद्धको पूजा गर्ने मन्त्र को अन्तमा पुष्पे, धुपे, नय्बेत्य ,इत्यधिको उल्लेख भएको पाएको छु } बुद्ध र हिन्दुअलग बस्तु हो तर महायान बुद्ध धर्म भनेको धर्म भनेको चार वटा बेद अठार वटा पूरण, सरियाको संस्कार हो |

    Reply
  21. Biswash says:
    August 3, 2013 at 3:27 am

    यस्ता खोपडी नभएका प्रसासक हुनु भन्दा नहुनु नै बेश l कस्तो साहस गर्न सकेका ! पदमा बसेकाका यस्तै यस्तै कुकर्महरुले गर्दा सामान्य जन मानसमा प्रसासन र कानून प्रतिको आदर हराउदै गएको हो l यस्तालाई तुरुन्त विभागीय कार्यबाही गरियोस र बुद्ध मूर्ति ससम्मान स्थापना गरियोस l

    Reply
  22. karma says:
    August 3, 2013 at 3:19 am

    यहाँ गैर बौद्ध मित्रहरुको त्यति धेरै कमेन्ट सुनिएन, यसैबाट प्रस्ट हुन्छ, नेपालमा आदिबाशी जनजाती र गैर हिन्दुहरुलाई हेपेर र दबाएर एउटा समुदाय र यो समुदाय बाहुल्य रहेको राज्य ब्यबस्था लागि परेको छ | पुरुषोत्तम कुँवर भन्ने CDO एकदमै नालायक मान्छे रहेछ | येस्ता त CDO हरु छन् जसले समुदायको समस्याको समाधान गर्नुको साटो नभएको समस्या निकालेर समुदायहरुलाई लडाएर आफ्नो मनोरंजन गर्छ | यो CDO लाइ चाडै निलम्बन गरियोस र बुद्धको मुर्ति चाडै स्थापना होस् र देशमा चाडै शान्ति छाओस, समुदायहरु बीच फाटो र बैमनास्त्यता नहोस |

    Reply
    1. द्रोण says:
      August 3, 2013 at 5:21 pm

      नेपालि मन्दिर को बिसेसता भनेकै हिन्दु देब देबी र बुद्द मुर्ति जाहा पनि भेटिन्छ |
      बुद्द स्वयम् हिन्दु थिए , ज्ञान प्राप्त गरे , धर्म लाइ बैग्यानिकि कारण गरे , सुधार गरे
      तेसैले यो सुधारिएको धर्म ले मुर्ति पुजाको बिरोध गर्छ जुन आजको प्रगति सिल सिद्दान्त सग पनि मेल खान्छ , यो सी डि यो पनि माउबादिको पालकै हो भने त् सैद्द्न्तिक हिसाब ले बिबाद न हुनु पर्ने ?

      कुरो कतै पैसाले बिगारेको त् छैन ?
      गेडी झर्ने ठाउ पाए कर्म चारी ले छोड्दैन , कहिँ एयरपोर्ट को कस्टम अफिसर कता हराए ?

      Reply
  23. janak man dangol says:
    August 3, 2013 at 1:36 am

    पश्चिमाको आदेसमा आदेस पालक हरुले आदेस पालन गर्नु भनि सरकारी रास्ट्र सेवक लाइ दिएको आदेस हो भनेर बुझे मैले ता ! याहा सरकारी कर्मचारीलाइ बलिको बोका बनाउने कि त्यो आदेस दिने मुख्य आदेस पालक लाइ खोजेर जनता सामु नंग्याउने ? CDO ले गृहको आदेस बिना पात पनि हल्लाउँन सक्दैन ! यो सबैले बुझ्नु जरुरि छ !

    Reply
  24. Eka raj agasti says:
    August 3, 2013 at 1:17 am

    संसार कै ईतिहास हेर्ने हो भने जती पनि युद्द हरु भएका छन, प्राये सबै युद्द का साधन हरु जात र धर्म नै हुन, जात र धर्म मान्छे को भाबना सँग सिधै अन्तर्सम्बन्धित हुने भएको ले धर्म र जातिय नारा सबै भन्दा भर पर्दो साधन हो फुटाउन र राज गर्न का लाई अनी यो योजना नेपाल का लागि धेरै अघी देखी नै बनाइएको खेल को एउटा पाटो हो।
    अहिले नेपाली समाज फुटाउन एकै चोटि धेरै तिर हरु हानिएका छन र सबै तिर हरु सही निसाना मा लागेका छन, पहिला जातियता को तिर हानियो, अनी सँग सँगै बुद्दिस्ट र हिन्दू को बिचमा फाटो ल्याउन अर्को तिर हानिएको हो, र हामी तेही तिर ले सोझ्याएको निसाना मा आँफै फस्दै गई रहेका छौ, अहिले उग्र जातिबादी र धार्मिक चिन्तन बढ्दै जानु को कारण के हो? यो खेल कस्ले कहाँ बाट खेली रहेको छ? यो खेल मा सामेल हुने खेलाडी हरु को को हुन ? छुट्याउन तेत्ती धेरै गाह्रो पनि छैन, तर यो खेल बाट फुत्किन भने मुस्किल बन्दै गई रहेको छ, शायद तेही बुझेर नै होला हाम्रा महान नेता हरु अहिले जोगी बाबा हरु को धोती को फेर समात्न कहिले कता त कहिले कता दगुरेका छन, एउटा जाबो ढुङ्गा को मुर्ती राख्न एत्रो खेल अन्जान बस खेलिएकै होइन,अब यो मुर्ती राख्न दिये पनि या नदिय पनि खेल त सुरु भई सक्यो, तेसैले यो खेल लाई एही समाप्त गर्ने कम जोखिम बिकल्प खोज्नु नै अहिलेको आबस्यक्ता हो, अहिले को बिकल्प भनेको तत्काल का लागि मन्दिर या बुद्द को मुर्ती दुबै बनाउन रोक लगाउनु या त अहिले लाई त्यहा मन्दिर र मुर्ती एकै चोटि स्थापना गरेर पुरोहित र बौद भिक्षु हरु द्वारा एकैचोटी उद्घाटन गराउनु, अनी अब उप्रान्त कुनै पनि सार्वजनिक ठाउँ मा मन्दिर, मुर्ती र सालीक बनाउनै नपाउने कानुन बनाउनु पर्दछ, कसैलाई बनाउन मन भए आफ्नै जग्गा मा बनाउओस तर सार्वजनिक जग्गा मा स्कुल, स्वाथ्य चौकी देखी बाहेक अरु बनाउन नपाउने नियम हुनु पर्दछ। सुरु मै खेल मा सामेल नभै राख्न दिएको भए कुरै सकिन्थ्यो, अब बिबाद आई सके पछी फेरी राख्न दिदा अर्को ठाउँ फेरी अर्को ले मन्दिर र मुर्ती को बिबाद निकाल्छ, किनकी बिबाद निकाल्ने नै खेलाडी हरु को मुख्य खेल हो।

    Reply
  25. sub says:
    August 3, 2013 at 1:03 am

    तल भारत तिर चै नक्कली लुम्बिनी धमदम निर्माण हुदैछ बुद्ध भारतमा जन्मेको भन्दै , अशली बुद्ध जन्मे को देश मा चै एउटा मुर्ति राख्दा नि यस्तो चक्का जाम , मसाल जुलुश ,अरु केहि हैन यो हाम्रो नेपाल सरकारले नजानीदो पाराले छिमेकि मित्रलाई नक्कली लुम्बिनीनिर्माणमा सहयोग गर्दैछ भन्ने बुज्दछु म .

    Reply
  26. शशांक लामा says:
    August 3, 2013 at 12:48 am

    सिडिओ सापलाई त्यसो गर भनेर कसले आदेश दियो? अश्पष्टिकरण लिनुपर्यो! सीडीओले आफ्नै तजबिजले गरेका हुन् भने कारबाही हुनुपर्यो| यस्तो संबेदनशील कुरोमा खेलाँची गरेर हुन्छ र ?

    Reply
  27. तुल बहादुर says:
    August 3, 2013 at 12:47 am

    जुन बुद्धको नामले आज हाम्रो नेपाल संसारमा चिनिएको छ उनैलाई येत्रो अपमान धिक्कार छ तिमीहरुलाई !

    Reply
  28. Ramesh Shrestha says:
    August 3, 2013 at 12:06 am

    नामै काक्रे बिहार रे ……बिहार त buddist धार्मिक स्थल पो होत …

    Reply
  29. Sarina Shakya says:
    August 2, 2013 at 11:49 pm

    प्रमुख जिल्ला अधिकारी श्री पुरुषोत्तम कुँवरको गैर जिम्मेवारी पना स्पष्ट देखियो । उनको राजीनामाको लागि अपिल गरौँ

    Reply
    1. bikash sharma says:
      August 3, 2013 at 5:39 am

      यो एउटा अनलाईक गर्ने चाही श्री पुरुषोत्तम कुँवर नै होला हैन त साथी ?

      Reply
  30. Amrit Lama says:
    August 2, 2013 at 11:36 pm

    सुर्खेतका सिडिओ पुरुषोत्तम कुँवर ले जिमेवारी लिनु पर्छ यो बुद्धको मुर्ति को बिसयलाई किन राख्न दिएन यहाँ ठुलो रहस्यमय छ …..

    Reply
  31. Chetan Nepali says:
    August 2, 2013 at 11:07 pm

    भनौ भने के भनौ, कत्ति भनौ, यो सिमित (कुल बाहुनको केहि प्रतिशत) संख्यामा भएको बाहुन बाजेहरुको कुबुद्धि कहिले फिर्ने यिनीहरुको स्वार्थ र कुबुद्धिले गर्दा धेरैले दुख पाउनेवाला छ यो देशमा !

    Reply
  32. Nabin Adhikari says:
    August 2, 2013 at 10:35 pm

    हुदा हुदा यी पाखण्डी नेताहरु ले मठ, मन्दिर, चैत्य, गुम्बा अनि सान्तिका प्रतिक बुद्धको मुर्तिहरु मा पनि राजनीतिक गर्न थाले || कोशी, काली, गण्डकी अनि हिन्दु रास्ट्र त बेचे अब बुद्ध बेच्न अनेक नौटंकी गरी राखेका छन्|||

    Reply
  33. harihar sharma says:
    August 2, 2013 at 10:24 pm

    त्यो CDO आयातित धर्मलाबी हुनु पर्छ / तेस्को नाली बेली खोज्नु पर्यो /

    Reply
    1. madan bajracharya says:
      August 3, 2013 at 3:53 am

      हरिहर शर्माज्यु
      यस्तै गर्ने पर्ने देखिन्छ/ कुन पार्टीको सिफारिसमा नियुक्त व्यक्ति हो यो व्यक्ति? पुरातत्व बिभाग, जिल्ला प्रसासन, गाउँ बिकाश समिति जिल्ला बिकास समिति लगायको स्विकरी लियरै मात्र अनुमति पायकै स्थलमा प्रतिस्थापन गरियको बुद्धको मुर्ति उखेलेर सेफ्यी ट्यांक माथि फाल्नु को तात्पर्य नेपालमा हिन्दु र बुद्धिस्ट बीच हजारौं साल देखि रही आयको यकता भाड्न खोजेकै देखेकोले यसको बारेमा रास्ट्रिय सुरछ्या निकायले गहिरो छानबिन गर्नु पर्ने देखिन्छ/ यसको धर्म मात्रै होइन नियत पनि आयातित भयको हो कि जस्तो लाग्छ/

      Reply
  34. ajay says:
    August 2, 2013 at 10:21 pm

    रोक्नु लगाउने C.D.O. ले इस्पस्तीकरण दिनु पर्यो !

    Reply
  35. dhan says:
    August 2, 2013 at 10:01 pm

    के गर्ने नेपालमा शान्ति कहिले पनि आउन नदिने भो | हाम्रो छिमेकि उस्तै छ फेरी | तेही माथि हाम्रो सरकारमा बस्नेहरु जहिले देशलाई तमाशा बनाई राख्न उद्धत छन् | आफ्नो कुर्सि र पद अनि पार्टीगत र गुटगत स्वार्थ भन्दा माथि कहिले माथि उठ्न नसक्ने | जनता उस्तै तेस्तहरुको पछाडी लागेर बन्द हड्ताल मारकाट गर्न पछि नपर्ने | लाटा सोझाहरु खाडीको चर्को घाममा जीवनलाई डोर्यौना संघर्ष गर्दै छन् | नेपालमा केहि गरि खाने समूह बाहेक चोर फटा र नेताहरुको चाकडीबाज मात्रै उन्नति गर्दै छन् | अब त आश पनि सेलाउदै छ केहि हुन्छ कि भन्ने | यो जीवनमा नेपाल नै फर्केर केहि गर्नु पर्ला भन्ने सोच पनि बेकार लाग्न थाली सक्यो | तेस्तो श्राप परेको भूमिमा जन्म लिने हे बुद्ध धन्य छ तिमीलाई !!

    Reply
  36. कमल शर्मा यु ए इ says:
    August 2, 2013 at 9:55 pm

    आजकाल नेपालीमा एउटा सार्है नराम्रो मानसिकताको विकाश भएको छ त्यो के भने काम जो सुकैले गरोस तर जस मैले पाउनुपर्छ भन्ने| आज नेपालमा जे जति घटना हुन्छन यी सबै यहि मानसिकताको उपज हुन | नत्र हिन्दु र बौद्धमार्गी दुबैले मान्ने भगवानको मुर्ति स्थापनाको लागि यत्रो विवाद किन?

    Reply
  37. eklavya says:
    August 2, 2013 at 9:22 pm

    आफ्नै जन्म भूमिमा येत्तिका अपमान सहनु परेको छ यी महामानव ले बाकि को के कुरा गर्ने …

    Reply
  38. Lalit Narayan says:
    August 2, 2013 at 8:53 pm

    बुद्धको प्रतिमा राख्न दिइएको स्वीकृति पत्रहरुले ति राख्न नदिने भन्नेहरुको मुख मा किन बुझो हाल्न नसकेको??

    सम्बन्धित सबै निकायको स्वीकृति प्राप्त गरेर संरक्षण क्षेत्र भन्दा बाहिर स्थापना गरेको मुर्ति उखेल्न लगाउने प्रशासकीय कर्मचारी र दबाब दिनेलाइ पत्ता लगाई तुरुन्त कारबाही गरि उनीहरुको खर्चमा मुर्ति पुन स्थापना गर्न लगाइनु पर्दछ l

    सरकारको पहल तथा रोहबरमा दुवै तर्फका प्रतिनिधिलाइ वार्तामा राखी तत्काल समस्याको समाधान गरेर धार्मिक बैमनस्येताको तुरुन्त अन्त गरिनु पर्द्छ अन्यथा धार्मिक तथा जातीय द्वन्द चर्किन सक्छ l

    Reply
  39. Buddha says:
    August 2, 2013 at 8:50 pm

    काम नपाएका हरु र उल्टो दिमाग भएका हामी जनता र कानुन नभएको देश !!!!!!!! बुद्ध मुर्ति नेपाल को कुनैपनि ठाउमा सम्मान का साथ् राख्नु पर्छ!!! नत्र बिहारी ले लुम्बिनी बनाए भनेर बिरोध गर्नु लाजमर्दो हुन्छ …

    Reply
  40. nimesh, BKK says:
    August 2, 2013 at 8:42 pm

    कुनै पाखंदिको उक्साहटमा यी सबै भई राखेको छ जसमा सुर्खेतका सिडिओ पुरुषोत्तम कुँवरलाई बलिको बोको बनाइएको छ, जसले बिना सोच-बिचार गरि तत्काल हटाउन आदेश दिएको थियो .
    यत्रो सहमति तथा प्रक्रिया पुर्याएर गरेको कामलाई भाँजो हाल्ने मतियारहरुको अनुहार उदाङ्ग पार्नु पर्छ .

    Reply
  41. रबिन says:
    August 2, 2013 at 8:40 pm

    धमिलो पानीमा माछा मार्न खोजिए जस्तो छ । सम्बन्धित सबै पक्षबाट सहमती र अनुमति प्राप्त हुँदा पनि मूर्ति स्थापना गर्न दिइंदैन भने दालमे कुछ काला हे भनेर बुझ्नै परयो नि । नेपालमा धार्मिक द्वन्द निम्त्याएर मुलुकलार्इ थप जटिलतातिर धकेल्न खोजिएको हुनसक्छ र त्यसबाट कसैले राजनीतिक लाभ लिन खोजेको देखिन्छ। त्यो राष्ट्रिय वा अन्तराष्ट्रिय कुनै वा दुवै शक्ति हुन सक्छ ।

    Reply
  42. madan bajracharya says:
    August 2, 2013 at 8:25 pm

    कान्क्रे बिहार नजिकै माया देवीको मन्दिर हुनु र कंक्रे बिहारलाई “कान्क्रे मन्दिर” नाभानिनु कान्क्रे बिहार भनिनु बात काक्रे बिहार “बौद्ध बिहार”नै भयको देखिन्छ/ तर पनि त्यहा ६५ फित अग्लो मन्दिर पनि बन्न दिनमा बुद्धिस्टहरुले कुनै आपति गरेको छैन भने किन अनुमति लियरै लियारैमात्र संरछित स्थल भन्दा ३० फुट टाढा प्रतिस्थापन गरियको मात्र १७ फुटको बुद्धको प्रतिमा उखेलियो भन्ने कुरामा अब रास्ट्रिय स्तरमै खोजि र बिचार गर्नु पर्ने देखियो? यस्तो कुकार्य त् अफगानिस्तान मा तालिवानले मात्रै गरेको थियो बुद्ध जन्मेको देसमै यस्तो गर्ने को हुन्?

    जहा सम्म त्यो बिहार उत्खनन गर्दा हिन्दु देवी देवताको मुर्ति पाइयो भनेको छ; ती मुर्तिहरु बज्रयान महायान परम्परा बात मानिने बौद्ध मुर्तिहरु पनि हुन् सक्छ/ फेरी ती मुर्तिहरु हिन्दु देवी देवताकै मुर्तिहरुनै भय पनि तेसैको आधारमा मात्रै कंक्रे बिहार “बिहार” नभयको मंदिर्नै भयको भन्न नमिल्ने हुन् सक्छ किन भने बौद्ध बिहार हरुमा हिन्दु देवी देवताको मुर्ति मन्दिर राखिनु बौद्ध परम्परानै भयको नेपालमा यत्र तत्र सबैले देखेकै कुरा हो/ त् यो कुरा अलि गम्भीर नै भयको देखिन्छ/

    Reply
  43. kedar says:
    August 2, 2013 at 8:20 pm

    हुँदा हुँदै अब बौद्ध मार्गी र हिन्दु धर्मालम्बीहरुको बिचमा द्वन्द बढाउने खोजिएको जस्तो देखिने यो खेलका एक एक मतियारहरु खोज्न आबस्यक छ, ढिलो गरे येस्लो अर्को बिकराल रुप लिने निश्चित छ /

    Reply
  44. Tika gurung says:
    August 2, 2013 at 8:20 pm

    प्रसासन नि बाहुन मत्रिमंडल नि बाहुन, अब त्यो तार ३० मीटर पछि लगेर मुर्ति लगाको ठाउँ नि घेर्न बेर छैन

    Reply
  45. chatur rai says:
    August 2, 2013 at 7:00 pm

    यति धेरै प्रक्रियाहरु पुरागरि स्वीकृति लिएर खडा गरिएको मुर्तीलाई पछि प्रहरी प्रशासन नै लागेर अमानविय तरिकाले हटाईनुमा पक्कै ठुलो रहस्य छ | के आव हामीले पनि मठ- मन्दिर धाउन छोडेर जातीय र धार्मिक युद्दको लागि लड्न तयार हौ ? यदि राख्न नै नमिल्ने हो भने, पहिलो किन स्वीकृति दिईयो ? प्रत्येक हामी सचेत नागरिकहरु संघियताको नाममा जाति, धर्म , भाषा र बिभिन्न बिभेदहरु लिएर गृहयुद्द हुनबाट आज देशलाई बचाउन जरुर छ | बुद्द कति माहान हुनुहुन्छ तर यहाँ नजिकको तिर्थ हेला भने झैँ भएको छ |

    Reply
  46. डिल्ली says:
    August 2, 2013 at 6:28 pm

    यति सबैको स्वीकृति र कागजी प्रकृया पुर्याइ सकेर अन्तिममा अड्काउनु पर्ने कारण त केही देखिदैन । अत्तो थाप्ने महानुभावहरूको असली आशय के परेछ कुन्नी ? सत बुद्धी पलाओस् ।

    Reply
  47. Pasang says:
    August 2, 2013 at 6:25 pm

    सदियौदेखि लागेको बानि(जाल जेलको kaam) ahile सम्मै त्यस्तै??? कोइला धोएर कालो नष्ट नहुँदो रहेछ जलाएरै सिध्याउनु पर्ने रहेछ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme