Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘बोक बम’देखि ‘बोल बम’सम्म

Posted on August 1, 2013August 1, 2013 by Salokya

BolBomb
माओवादी अध्यक्ष प्रचण्डले आइतबार धेरै पटक बम उच्चारण गरे। तर यो बम युद्धकालको बम नभएर अर्कै खालको बम थियो- ‘बोल बम’। त्यही देखेर कार्टुनिस्ट रविन सायमि दाइले एउटा गज्जबको कार्टुन बनाए, जसमा एक छेउमा ‘उहिले’ भन्दै कम्ब्याट ड्रेसमा प्रचण्ड बोक बम भन्दै बम बोकिरहेका देखिन्छन् भने ‘अहिले’ लेखिएको ठाउँमा पुक्क पेट बढेको, जनै लगाएका प्रचण्ड टाउकोमा बोल बम लेखिएको फेटा बाँधेर भन्दैछन्- ‘बोल बम’। कार्टुन हेर्न यहाँ क्लिक गर्नुस्। नागरिक पत्रिकामा पनि छापिएको यो कार्टुन धेरैले हेरिसक्नुभयो होला। तर कत्तिले चाहिँ वास्तविक दृश्य देख्नुभएको छैन होला। माथिको फोटो चाहिँ वास्तविक दृश्य हो। हेर्नुस्, युद्धकालमा धर्मलाई अफिम भन्दै जनै चुँडाउने कार्यकर्ताको नेतृत्व गरेका प्रचण्ड, उनका छोरा प्रकाश पछाडि। अनि कुममा कुम जोडेर बसेका चाहिँ अमरेश सिंह। यी अमरेश नेपालका कोही पनि हैनन्, तर यिनै शक्तिशाली छन्। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म अनि सब नेताहरुलाई यि हैसियत नभएका सिंहले भेटिरा हुन्छन्।

BolBomb1
आइतबारको पशुपतिको यो बोल बम कार्यक्रममा प्रचण्ड मात्र हैन, आमा मर्दा किरियासमेत नबस्ने धर्मलाई अफिम भन्ने माधवकुमार नेपाल पनि थिए। नहुन् पनि किन, चुनाव आउन लाग्या छ, हिन्दुहरुको भोट तान्नै पर्‍यो। अस्तिको जनगणनाले हिन्दुलाई नै धेरै देखाएको छ। हिन्दु जति सबैको भोट हिन्दु राष्ट्र बनाउनु पर्छ भन्ने राप्रपा नेपालले तानिदियो भने के गर्ने ? यसो बोल बम उच्चारण गरिदिएर के बिग्रन्छ र। त्यसैले बाँधे टाउकोमा बोल बमका फेटा। अनि चिच्याए- जोर से बोलो बोल बम। अब बैठो पनि भन्न भ्याए माधवकुमार नेपालले। क्या फन्नी के !

बोल बममा माधव कुमार नेपाल। फोटो सौजन्यः कृष्णगोपाल श्रेष्ठको फेसबुक
बोल बममा माधव कुमार नेपाल। फोटो सौजन्यः कृष्णगोपाल श्रेष्ठको फेसबुक

प्रचण्डको त झन् कुरै बेग्लै। उनको हिन्दु धर्मको ज्ञान पनि गज्जब कै रहेछ। शिवलाई किन बोलबम भन्न थालियो भन्नेबारे उनले लामै भाषण गरे। जहर घाँटीमा राखेकोले रे। तोइत, त्यत्रो सुन्दरी जलदेखि पशुपतिसम्म जल चढाउन आउने बोलबम भक्तजनहरुलाई थाहा नभएको कुरा हो र त्यो उनले कार्यकर्तालाई मार्क्सवाद भनेको हो पनि हैन पनि भने जस्तो गरी पढाउन ! ‘मानव संसारका संरक्षणकर्ता, निलकण्ठ भगवानको पूजा आराधना गर्न साउन महिना पवित्र हुने…’ अहोहो, क्या भाषण छाँटेका उनले।

जे होस्, साउनको पवित्र महिनामा यसरी भोले बाबाको कार्यक्रममा रम्नु फाइदै हो। बम नबोके हुन्छ कसैले बोल बम जति बोले पनि हुन्छ। श्री पशुपतिनाथले यी सबैको रक्षा गरुन्।

सगरमाथा टिभीको भिडियोमा हेर्नुस् नेताहरुको बोल बम चर्तिकला-


64 thoughts on “‘बोक बम’देखि ‘बोल बम’सम्म”

  1. madan bajracharya says:
    August 2, 2013 at 8:45 pm

    “बम” प्रति इनिहरुको आशक्ति अझै मितेको रहेनछ/ इनिहरुको “बम” शिवभक्तको “बम” होइन आफ्नो विरोधीको हात खुट्टा टाउको उच्छित्याउने विस्फोटक हो/ इनिहरुको मानवीय नाम “बिस्फोट हुने बम छोप्ने आवरण” मात्रै हो/

    इनिहरुले गर्दा नेपालमा नागरिक नागरिक बीचको मेल र मिलाप बिस्फोट भयर छिन्नभिन्न भयो/ इनिहरुले गर्दा नेपालमा शान्ति छताछुल्ल भयो/ रास्त्रियतामा रमाउने नेपालीको स्वाभिमान माथि इनिहरुले बलात्कारनै गर्दै गराउंदै आयकोछ भन्ने कुरा त् इनिहरु संगै अमरिशको उपस्थितिले नै प्रमाणित गरेको छ/ इनिहरु तिनै अमरिशेको प्रतिमुर्तिहरु मात्रै हुन्/

    इनिहरु सिट भयको नेपाली नागरिकताको कुरै नगर्नुस; इनिहरुको नेपाली नागरिकता इनिहरुले भारतीय बिहारीलाई दियको नागरिकता भन्दा फरक छैन/

    Reply
  2. Sharan says:
    August 2, 2013 at 8:11 pm

    No one gave Marxism bad name then so called Marxist did! unquestionably Marxism is the greatest theory but unfortunately it is also one of the most misinterpreted theory in the history of mankind ! Stalin , polpot , Mao and many others thought they were communist , they thought communism gave them licence to kill several million people for their own personal benefits .., I won’t call Maoist and UML communist , ill rather call them gang of moral less , selfish , illusive and non political criminals .. so are other so called political gangs

    Reply
  3. Rupa says:
    August 2, 2013 at 6:39 pm

    ओ हो , यिनिहरुको नौटंकी देखेर त मेरो टाउकै फुट्ला जस्तो भो , नाटक पनि कती जानेको, एकातिर धर्म र जात्को नाममा जनता लडाउदै गर्ने अनी फेरी अली अली भोट फुस्किन्छ भनेर होला यतापनि ठीक्क पार्ने, त्यो मा. कु. ने. हेर न नेपालीमा नबोलेर के के बतुराएको होला , अनी प्रचन्ड अनुहार कालो निलो बनाउदै बोलेको , लाज भन्ने कुरा एतीसम्म पच्न सक्छ भन्ने कुराको यो भन्दा अर्को नमुना कुनै हुनै सक्दैन ,
    यि घण्टाउके नेताको बुद्दी फिराउन भगवानले पनि सक्दैनन, हे भोलेनाथ, मानव नेपाल आमाको एउटा गतिलो सन्तान को हातमा मेरो देश पुगोस, सक्छौ भने यिनिहरुलाई चाडै ब्रह्मनाल पारी पुराइदेउ , कम्सेकम जनताले शान्ति पाउछौं कि,अनी हाम्रो समाजको सामाजिक धर्मिक र सन्स्कृतिक सदभाव जोगिन्छ कि

    Reply
  4. प्रतिक says:
    August 2, 2013 at 4:04 pm

    हाम्रा महान कमरेड को बारेमा अन्ग्रल प्रचार ??? हर पुष्प दै ले कमेन्ट गरेनन त आज …सबै जना दुधले धोइयेक जस्तो पो कुरा गर्छन गाँठे यहाँ त /// आरुलाई गाली मात्र गर्ने ??? कोषले चै क गरे र यहाँ प्रचण्ड कमरेड लै मात्र गाली गर्छु तिमि हरु….

    Reply
    1. प्रतिक says:
      August 4, 2013 at 9:35 am

      खै त ??? प्रतिक्रिया आउला भनेर प्रचण्ड को समर्थन गरेको त कसैले प्रतिक्रिया नै दिएनन् खाली दिसलाईक मात्र आयो..खासमा यहाँ कोइ प्रचण्ड समर्थक पनि छन् कि भनेर हेर्न खोजेको हो मैले // अलि अलि त रहेछन लाइक हरु हेर्दा // सालोक्य ज्यू , यो तपैन्को ब्लग प्रचण्ड ज्यू ले हेर्नु हुन्छ कि हेर्नु हुन्न होला ???? वहाँ ले कस्तो interpretation गर्छन होला यहाँ को कमेन्ट हरु पद्ध्दा ??? मलाई त्यो चै बुझ्न मन थ्यो // कि सुकिला मुकिला सहरका मान्छेले मात्र पढ्ने भएर वास्ता नगरेका पो हुन् कि??? मेरो बिचारमा त इन्टरनेट चलाउने हरु बुझेका र पढे लेखेकै हुन्छन अनि उनि हरु ले नै प्रचण्ड ज्यूहरु को बारेमा राम्ररी बुझेका हुन्छन // हैन र??? कि अझै गाउँ तिर क सोझा सादा मान्छे लै मात्र आफ्नो चिप्लो कुराले बहकाएर चुनाब जित्ने विचार छ??? नत्र इन्टरनेट मा येत्र तत्र देखिने नेगेटिव कमेन्ट हरु लै नि येस्सो सम्बोधन गर्नु पर्ने हैन र???

      Reply
  5. प्रतिक says:
    August 2, 2013 at 4:01 pm

    कमेन्ट हरु हेर्दा सबैजना दुधले धोएर घाम मा सुकाएका झैं कुरा गर्नु भो त मित्र गण// हाम्रा महान कमरेड प्रचण्डको बारेमा एस्तो हावादारी कुरा इन्टरनेटमा येति सजिलै खोक्चौ त !!!!!!!!!! याद रहोस सबैजनालाई हामी पट्ट लगुना सक्छौं // येति सामर्थ्य छ हामी मा // कमरेड प्रचण्डले जम्मा गरेको सम्पत्ति पनि देश को बिकाश को लागि यो येस्मा किन अर्थ को अनर्थ निकाल्नु??? आज पुष्प दै कता गयेचन कमेन्ट नै गरेनन त ???

    Reply
  6. रमा कुवर says:
    August 2, 2013 at 9:08 am

    अन्तर्राष्ट्रीय क़ानून अनुसार एउटा जातिलाई अर्को जाति बिरुद्ध भड्काउने अपराध लाई “हेट क्राईम” भनिन्छ। नेपाल को संदर्भमा पनि जातीय बिभेद अंत्यको निहुमा प्रचण्डले एउटा जाति (बाहुन छेत्री) बिरुद्द अर्को जाति ( जनजाति) लाई भड्काएर राजनीतिक र आर्थिक फाईदा लुट्यो र अझै लुट्दैछ। जनयुद्धको नाम मा जसरी यसले बाहुन छेत्री को “जातीय सफाया” गर्न यो देश मा तानाबाना बुन्यो त्यसको प्रभाव यो देश माँ दिनहु देख्न पाईनछ। यस्ले खुलम्खुला यो देश मा ” हेट क्राईम” गरेको छ। यस्को यो अपराध लाई उचित “डकुमेण्टेसन” गरी अन्तराष्ट्रीय अदालत, हेग मा “हेट क्राईम” र “नरसंघार” बिरुद्द मुद्दा चलाउन पहल गर्न म बिश्वको सबै कुनामा बसेका नेपाली कानुवीद हरू लाई आग्रह गर्दछु।

    Reply
  7. ajay says:
    August 2, 2013 at 7:41 am

    यो डाँकालाई पनि कति नाटक आउदरेछ बा!!

    Reply
  8. radheshyam Thapa says:
    August 2, 2013 at 6:47 am

    यो फोटोमा प्रकासले कसैको स्वास्नीलाई हेरिरहेको त् होइन/संकै लाग्यो मलाई त् /

    Reply
  9. madan bajracharya says:
    August 2, 2013 at 5:23 am

    माउत्सेटुंग पेट मिच्चेर हाँसे होलान इनिहरु देखेर/ तर के हास्नु यस्ता कुर्सि नपाउञ्जेल मुर्दावाद कुर्सि पाय जिन्दावाद भन्ने “मनमोहन”लाई कृष्ण भगवान मान्ने माउबादी हेरेर/

    Reply
  10. Pankaj says:
    August 2, 2013 at 4:09 am

    नया युगका कालिदास हरु | दर्मलाम्बी हरु सावधान !!!!!

    Reply
  11. Raju, Sydney says:
    August 2, 2013 at 3:41 am

    पूर्व राजा ले धार्मिक कार्यक्रम मा जादा समर्थक को घुइचो देखेर हो कि? कपि गर्न खोजेको!

    Reply
  12. Prachanda says:
    August 2, 2013 at 2:41 am

    माधे भन्दा ठुलो म त प्रचंडे
    पशुपति को बाहन भन्दा ठुलो साढे
    गाइ खाने भैसी खाने म त प्रचंडे
    मानब अधिकार हनन गर्ने म त प्रचंडे
    मेरो छोरो ले जस्ती स्वास्नी लेरायेनी उही हो ठुलो छोरा प्रकाशे
    जति लुते पनि न लुट नभन्ने प्यारी स्वास्नी मेरी सिते
    धर्म को नाटक हो नि ठुलो बन्नलाइ म प्रचंडे

    साथि हरु तपैहरुको पोस्ट पढ्दा माने म भन्दा बढी नै जाने जस्तो लाग्यो ! सबै म तिर नै खैरिने बबिता ले पनि मेरै खैरो खन्ने कान्तिपुरले पनि मेरै खैरो खन्ने, बिजय ले पनि मेरै खैरो खन्ने, भुशने ले पनि मेरै खैरो खन्ने अनि को ठुलो ! हेर्दै जाउ जनता तिमीहरुलाई कट्टु पनि लाउँन नपाउने गरि बिजोग बनाउछु ! NRN को पैसा खारानी मा उदौछु !

    राजा मुला र कमल थापा लाइ भने मैले राम्रो गर्नु पर्छ, अनि मेरो काम बने पछी यिनलाई थाग्नामा सुतानु पर्छ !! राष्ट्र बादी भन्न मिलिहाल्छ माओ भने पनि तेसैले त मैले भन्नु गर्छुनी हामि Season हो भनेर सर्प ले त काचुले फेर्छ अनि हामि त माओ बादी हौ !!

    उही सिते बुढो, प्रकाशे को बाउ, म जनता को नेता होइन चेताना भया
    प्रचंडे

    Reply
  13. Biswash says:
    August 2, 2013 at 2:20 am

    जनता संग कति शक्ति हुन्छ भन्ने कुराको सानो उदाहरण हो यो l जनताले चाहे भने यी नेताहरुलाई नत्थी हालेर भालु नाच नचाउन सक्छन l तर बिडम्बना , जनता जनता नभएर कामरेड र कार्यकर्ता मात्र भए l

    Reply
  14. सिर्जने says:
    August 1, 2013 at 10:45 pm

    नास्तिकले गेरु लगाएर नाटक देखाए,
    भोटा’लागि आस्था बलि चढाए,
    जनता जनार्दन चित खाए,
    इ नाटकिले भोट नपाए, (तर!)
    जितुवाले हरुवालाइ पीएम बनाए
    जनताले फेरि चित खाए,
    नेता भनौदाले सबथोक पाए,
    देशमा जे छ बेचेर खाए,
    देश, जनताले सबै गुमाए,
    तैपनि नेता सधै रमाए,
    नेपालको राजनीति हाए हाए /

    Reply
  15. bibek dhakal says:
    August 1, 2013 at 10:04 pm

    इनै (कू) नेताहरु दशैं मा ज्ञानेन्द्रको हातको टिका थाप्ने लाइन बसेको फोटो आए पनि अचम्म मान्दिन अब त!

    Reply
  16. Damodar Dhungel says:
    August 1, 2013 at 9:12 pm

    यी कुमार्गी हरु लाई सुमार्गमा ल्याउन भगवान शिवले सद्बुधि दिउन. जय सम्भु बम बम भोले.

    Reply
  17. कमल शर्मा यु ए इ says:
    August 1, 2013 at 9:12 pm

    राजेश दाइको उखान याद आयो मलाई त “यसै गाछ तेरो बा काशी? गाइ मारेको पापले हो |” भने जस्तै भो के गर्नु नगए भोट बैंक सबै हिन्दु भोलि चुनावमा ड्याङ्ग ख्वाइदिने हुनकी भन्ने डर| तर हिजो प्रधानमन्त्री हुदा शपथ खानेबेलामा भगवानको नाम उच्चारण नगरेको जनताले बिर्सिसकेका छैनन् है |

    Reply
  18. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 1, 2013 at 8:27 pm

    मुखमा बम बम भोले
    संबिधान आर्यघाटमा पोले
    चुनाबको बेला जनताको चाकरी
    जितेपछि बिदेशीको नोकरी
    येस्तै रहेछ यहाको चलन
    लौन कस्तो बसेछ प्रचलन ………||

    Reply
  19. Toran Chhetri says:
    August 1, 2013 at 7:32 pm

    यिनीहरु कम्युनिष्टको नाममा कलङ्क हुन् . देशको नाममा देशद्रोही निरंग्कुस नेता हुन् . प्रचंडे २५ वर्ष देखि अदक्ष छ मधबे १५ वर्ष मा पार्टी लाइ यो हाल बनाएर पनि फेरी अदक्ष बन्ने सुर मा छ . गिरिजाले बचिन्जेल पद छोडेन .

    Reply
  20. Suraj Shrestha says:
    August 1, 2013 at 7:05 pm

    बेलामा चलचित्र अभिनयमा सामेल भएका भए यी हाम्रा नेता कलाकारहरुले “ओस्कार” पनि जित्न सक्ने थिए !!!!!

    “काशी कश्मिर अजब हाम्रा लुटेरा नेताहरु”

    सुरज श्रेष्ठ

    Reply
  21. robei says:
    August 1, 2013 at 5:10 pm

    एकफेर क्या त इन्द्रजात्रामा बोका, राँगा हैन नरिवल चढाव भनेर बाउराम अर्थ मन्त्री भा’बेला २०० रुप्पे फालिद्याथ्यो नि त्यो बेला काठमाण्डौको जनताले झन्डै मार्या थे, बिर्से कि क्या हो? नाटक

    Reply
  22. Himal says:
    August 1, 2013 at 5:05 pm

    !!!!! प्रकाश लाई अरुको स्वास्नी माथि आखा नलगाउने बुद्धि देउ बोल बम !!!!!!!

    तीज को बर्त बसेका आमा , दिदि बहिनि लै , भैसी काटेर मासु खुवायो !! चोर प्रचंडे को सेना हरु ले !!!! सत्य घटना हो यो !!

    आज कुन नैतिकता मा चोर प्रचंडे बोल बोम मा जनछ!!!

    पशुपति नै अपवित्र भयो प्रचंडे गयर !!!!

    १० हजार को रगत ले पोलोस चोर प्रचंडे लाई !!

    Reply
  23. Biraj Subedi, Fougeres, France. says:
    August 1, 2013 at 4:01 pm

    सबैलाई थाहाभाकै कुरा हो नि मौसम र अनुकल अनुसार बोलि र कुरा नफेरे के को नेता नि चाहे तो माकुने, प्रचण्ड, सुशील नै किन नहुन…….

    Reply
  24. rameshwar says:
    August 1, 2013 at 3:53 pm

    बाच्नु पर्छ अनेक देखिन्छ भन्थे हो रेछ प्रचण्ड कामरेड बौ मर्दा छालाको जुत्ता लगाएर लास बोक्ने अनि क्रिया पनि नगर्ने अर्को माकुने कामरेड को त कुरै नगरु आम़ा को क्रिया नगर्ने अहिले हिन्दु धर्म को प्रबचन दिने … तेस्ताको छोरा छोरी को त क कुरा गर्नु मलाई चै यिनीहरू लाई टुकुचा मा बगाएर बागमती मा खोज्नु पर्ला जस्तो लाग्छ बागमती मा बगायो भने त पाप लाग्ला… बोल बम …!!!

    Reply
  25. gr paudel says:
    August 1, 2013 at 2:48 pm

    बाची रहे जिन्दगिमा अनेक देख्न पर्दो रहेछ, … भन्दा देख्ने लाज, यी लाज पचेका कमाउनिस्त संग चन्द्रे को बाउ इन्द्रेले पनि हार खान्छ, चुनाब आउन लाग्यो भोट चाहियको छ, धर्मलाई अफिम भन्ने यी दुस्टहरुले लग्छ यी हिन्दु धर्म को बिनासको लागि मात्र जन्मेका हुन्, फेरि कत्रो नौटंकी, मुख थुनेर आची चपायो भने गनाउदैन रे, थुक्क ढोगीहरु !!

    Reply
  26. Mohan Subba says:
    August 1, 2013 at 2:48 pm

    बाबु प्रचण्ड मदेश,कछाड,पहाड र हिमाल संग लभ गरि हिड्ने,पुत्र प्रकास चाहि केटि र अरुको श्रीमतिसंग मात्र लभ गरि हिड्ने !प्रकासे ले अरुको श्रीमतीहरु मात्र नताकोस/ बोल्बमले यिनीहरुलाई सद्बुद्धि देउन!

    Reply
  27. Nabin Adhikari says:
    August 1, 2013 at 1:53 pm

    मौसम आनुसार को नौटंकी गर्न जानेका छन् यीनीहरु.. मदेश जादा मदेसी सग लभ गर्ने.. साउनमा बोलबम..रंग फेर्न त छेपारो लाई नै जित्ने भए बाई ||

    Reply
    1. diwakar says:
      August 1, 2013 at 3:45 pm

      अरु बेला यिनका सेना मेना ले जति धाक दिएपनि चुनाब मा मेरो भोट को अधिकार त मेरै हो ! येश पालि त राजाबादी लाइ मज्जा संग भोट हालिन्छ ! येस्ता बहुरुपिया हरु लाइ बहिस्कार गरिन्छ !

      Reply
      1. Aakar Bhushan Nepali says:
        August 1, 2013 at 9:02 pm

        ए भईहाल्छ नि !
        सौताको रिसले पोईको काख चाहिं मज्जा संग मुत्नुहोस् साथी अहिले नै ! कतै पछि फेरि पिसाब नै बाँकि नरहला !

        Reply
      2. Aakar Bhushan Nepali says:
        August 2, 2013 at 12:54 am

        “राजाबाद” मा पनि तेत्ति मज्जा आउदैन होउ,
        बरु “राणाबाद” मै पुग्ने हो कि !

        Reply
        1. madan bajracharya says:
          August 3, 2013 at 4:33 am

          अकवर भुसनज्यु
          रानाहरुमा सबै भन्दा बढी आलोचित जंगबहादुर हो/ तेस्पछि चन्द्र शमशेर हो अनि जुद्ध शमशेर हो/ के तुलना गर्न सक्नु अहिलेकाहरु तिनीहरु सिट पनि? जंगबहादुरले ब्रिटिशको कब्जामा परि सकेको कैलाली कन्चनपुर् नेपालमा पुन फर्कायो/ यो कुरा सम्झेर अस्ति कैलाली कन्चन पुर्को नागरिकहरुले जंगबहादुरको अभिवादन गरे; चन्द्रशमशेरले सति प्रथा उन्मुलन गरे/ कमारा प्रथा उन्मुलन गरे अमलेख गंज सहरनै बसायो/ आफु बस्न बनायको सिंहदरवार सरकारलाई दानमा दियो/ जुद्धशम्सेरले १९९० सालको भुकम्प पिडित हरुलाई राज्य बात दियको ऋण सबै माफ गरे नया सडक बनायो/ के इ राणाहरु सिट कालो अंग्रेजको गुलामी गर्ने तुलना गर्न सकिन्छ?

          Reply
    2. madan bajracharya says:
      August 3, 2013 at 4:40 am

      नबिनज्यु/
      नेपालमा पनि “रेडलाइट यरिया” भयको भय इनिहरु भोट पाउन के बन्थे के गर्थे होला अनुमान गर्नुसत्!!!!?

      Reply
  28. prakash says:
    August 1, 2013 at 1:50 pm

    यो देशमा जे पनि हुन्छ
    बोल बम

    Reply
  29. pemdorje pakhrin tamang says:
    August 1, 2013 at 1:20 pm

    अब काम के छ त ? पैसा कमायो अनि धर्म कर्म मा यसो लागेको होला हीसियत् तेत्ति हो तर लाटो नेपालि जनताले धेरै आशा राखेर गल्ति भयो ज्यान गयो देश बिगार्यो |

    Reply
  30. Nakul Guatam says:
    August 1, 2013 at 12:45 pm

    आम जनमानसलाई थाहा छैन कि कम्युनिस्टहरुले धर्म मान्दैनन भनेर | सोचेका छन् यिनीहरु पार्टि अनि यसका कुनै नेता मात्र हुन् अनि ढोगीहरुले काधमा त टेक्ने नै भय नि!!

    Reply
  31. पुष्पेन्द्र खड्का says:
    August 1, 2013 at 12:36 pm

    भगवान श्री पशुपतिनाथले सध्बुद्धि प्रधान गरुन|

    Reply
  32. priyanka says:
    August 1, 2013 at 12:35 pm

    यो गाई काटेर खाने अनि भैसी पुजा गर्दै हिड्ने नौटंकी लाइत देख्ने बित्तिकै रिष उठ्छ .

    Reply
  33. Pradumna says:
    August 1, 2013 at 12:34 pm

    @pradumnapaul: फस टाइम गाजा खादा नि येति हासो लाग्या थेन रामा राम,आज फेरी लागो प्रचन्नको बोलबम भासन सुनेर,तेस माथि माकुने नि रैछ,म त आजै मर्चू कि क्या हो

    Reply
  34. प्रमोद says:
    August 1, 2013 at 12:28 pm

    खरी झरेको मादल र प्रचण्ड लगायतका नेताहरुको पनि के कुरा गर्नु हुन्छ । खरी नभएको मादलले सुर न ताल सँग बज्छ तेस्तै यिनीहरुपनि थोत्रो गाला बजाउने त हुन । कि कसो

    Reply
  35. Sisir says:
    August 1, 2013 at 12:12 pm

    भोटको लागि जे पनि गर्ने यी मानसिक रोगिहरुलाई नांगा बाबा ( कपडा नलाउने बाबा ) हरुको कार्यक्रममा बोलायो भने यिनीहरुले के गर्लान ? नांगै असन ग्रहण गरेर बात्सयनको कामसुत्रको भासन त ठोक्दैनन कतै ? तपाईहरुलाई के लाग्छ ?

    Reply
  36. Jeevan Thapa says:
    August 1, 2013 at 11:02 am

    बाल मतलब गर्नु पर्ने भयो अब यो नेपालको राजनीतिलाई …

    Reply
    1. rajesh says:
      August 1, 2013 at 12:30 pm

      नेपाल का कम्न्युस्त हरु मात्रै हैनन् सबै नेता देखि प्रशासन सम्म भ्रस्ट र सत्ता मोह छन l इनका ई बकम्फुसे नाटक अब जनता हरुले बुझिसकेका छन जस्तो लाग्छ l अब भोट चाई हैन भोटे खुकुरी चाई चखाउन पर्ला जस्तो छ l

      Reply
    2. Tej says:
      August 1, 2013 at 12:37 pm

      हामीले बाल मतलब नगरेर त यी मुलाका सागहरुले रजाई गरे i बाल मतलब होइन साथी! यिनीहरुलाई मनबाट तिरस्कृत र भोटमा बहिस्कृत गर्नु पर्चा

      Reply
  37. rohan vicram singh says:
    August 1, 2013 at 11:02 am

    भगवान श्री पशुपतिनाथको पबित्र धार्मिक कार्यक्रममा यी अपवित्र, पापी र अल्छिना नेताहरुको उपस्थितीले पुरै कार्यक्रम अपवित्र भयो!
    बम बोक्ने बाउ प्रचंडे अनि अर्काकी स्वास्नी बोक्ने छोरो प्रकाशे संगै दुई जिब्रे माकुने पनि देखियो!
    यो प्रकाशे पक्कै पनि अर्काकी स्वास्नी हेर्न गएको होला! भातमारा….!

    Reply
  38. Tenzing Gaba says:
    August 1, 2013 at 10:30 am

    “रछान चलाई मुखमा छिट्टा” प्रकाशेको बा र गायत्रीको लोग्ने को त् के कुरो गराई भो र,
    तर यिनीहरुलाई अतिथि अनि बक्त्ता बनाउन बोलाउने “प्राणि” हरु देखेर चाही रुन मन लाग्छ
    ,,,,,, ……… खै हाम्रो बुद्दिको बिर्को नखुल्ने नै हो त्?

    Reply
    1. Binod Paudel, Sudbury says:
      August 1, 2013 at 10:28 pm

      जबर्जस्ति आएका होलान नि अतिथि बन्न पनि /

      Reply
  39. radheshyam Thapa says:
    August 1, 2013 at 9:21 am

    प्रचण्डले पनि बोल बम तिर लागे हुन्छ /त्यसको हैसियत नै त्यति हो /

    Reply
  40. karbir says:
    August 1, 2013 at 8:02 am

    बकम्फुसके प्रचण्ड र माधव नेपाल जस्ता नैतिक नभाका मान्छेहरु जबसम्म हाम्रो देश नेपालको राजनैतिक केन्द्रमा रहीरहन छन् तबसम्म हाम्रो नेपाली दाजुभाईहरु/दिदि बहिनीहरु अरब र खाडीमा अमिरहरुको दास बनि पशुको जीवन बाध्य हुनेछन | त्यो प्रकशेलाई बहु विवाहको मुद्दा लाग्छ कि लाग्दैन ????????????? थुक्क चोर नेताहरु

    Reply
  41. cRIS says:
    August 1, 2013 at 7:44 am

    धरानमा बोलबम शुरु गर्दा ताकाको याद आयो| हामी झन्डै २० – २५ जना मात्र थियौं त्यतिबेला| लगत्तै त्यो संख्या बढेर २-३ बर्षमै २०० देखि १००० जति पुगेको थियो होला| खालि खुट्टा चतरा देखि पिन्ड़ेस्वरी पुग्दा पैताला काटिएका हुन्थे र पनि रमाइलो हुन्थ्यो| पछि पछि त यसले माथी बिजयपुरको दशैमा हुने “नौराथा” लाई पनि माथ दियो, “सिजन” खेल्नमा| 😉

    Reply
  42. Tenzing Gaba says:
    August 1, 2013 at 7:32 am

    बिहान-बिहानै “भैरब बम” हरुको थोपडा देखेर रक्तचाप ब्रिद्दि भो !
    ——————————————————————-
    (बोलबमका भक्तहरुले “भैरबबम” को अर्थ खुलाई दिनु भए आभारी हुने थिए)

    Reply
  43. बेखालाल नेपाल says:
    August 1, 2013 at 7:21 am

    चोर फटाहा कम्युनिस्टहरु ……..

    Reply
  44. Basanta Thapa,Maryland,USA says:
    August 1, 2013 at 6:45 am

    नेपालका नेता बौलाएछन क्यार ! ढोंगीहरु !! भोटको लागि कति सम्म तल झर्छन ए !!!

    Reply
  45. रबिन्द्र राज गिरी says:
    August 1, 2013 at 6:04 am

    नौटंकी कति हेर्नु |

    Reply
  46. Nab says:
    August 1, 2013 at 5:07 am

    यी दानवहरू ले त संस्कृति,देवी देवता नै चाहीदैन भन्थ्यो त, मठ मन्दीर पनी बम ले उडाए अनी अैले आएर बोल बम रे , फटाह पाखण्डी को त अनेक कूरूप छ । यसको त यही बोल बम फुटेर सर्वनाश होस ।

    Reply
  47. द्रोण says:
    August 1, 2013 at 4:57 am

    थुक्क पाखण्डी हरु , जनतालाई झुटो बोलेर , ढाटेर कति दिन राजनीति गर्छ ? मर्नु पर्दैन तिमीहरुलाई ?

    Reply
  48. राजु अधिकारी says:
    August 1, 2013 at 4:54 am

    हैन यो communist हरु लाई पनि भगवान को कार्यक्रम मा किन आउनु परेको? विभिन्न धर्म बीच मिलेर बसेको समाज लाई भाड्ने नि यिनै हुन्, आहिले आएर भाषण गर्छन ड़ोंगी हरु | आफ्नो कुनै विचार छ भने तेस्मा अडिक हुनु, आनी पो मान्छेहरु ले श्रद्धा गर्छन, आदर गर्छन, (बरु नेता संग विचार नमिलोस, तर इमान्दार छ भन्ने त हुन्छ) | यिनीहरु त पैसा, पावोर को लागि आमा नि बेच्न तयार हुने खालका छन् बा|

    Reply
  49. Birodh says:
    August 1, 2013 at 4:45 am

    यिनीहरुको नौटंकी नेपाली जनता ले कहिलेसम्म हेर्नु पर्ने को कुन्नि ???

    Reply
  50. pooja says:
    August 1, 2013 at 3:41 am

    माकुने ले अफिम को नसा भनेर किरिया नबसेको होइन , प्रधानमन्त्री को नसा चढेर किरिया नबसेको .. दौरा सुरुवाल लाएर माईला दाई लाई भेट्न जानेबेला बुडी बजैलाई तेइ बेला मर्नु पर्ने एक हफ्ता कुरेको भा त किरिया पाउथिन …हाम्रा नेता त गतिला पो हुन् समय सपेक्ष्य भा का….हामीले पो बुझ्नु पर्छ…

    Reply
  51. तेजप्रसाद अधिकारी says:
    August 1, 2013 at 3:15 am

    ” क्या फन्नी के !”
    खित, खित, खित, खित, हैन म त हाँसेरै मर्छु कि क्या हो…

    Reply
  52. laxubabu says:
    August 1, 2013 at 3:13 am

    १० वर्ष सम्म हत्या, हिम्सा, लुटपाट, आगजनी जस्तो अधर्म मा लागेको मान्छेले अब आएर गेरु बस्त्र भिरेर “बोल बम ” को नारा लगाएर हिडेको देखेर खुसि नै लग्यो / अब सक्छौ भने हत्या हिम्सा, लुटपाट, राष्ट्र घात ,भ्रस्टाचार गर्ने बनि पनि छोड येदि तेसो गर्न सकेउ भने तिमि हरु को अपराध को सिकार भएर जिबन गुमाएका १३००० नेपाली निर्दोष दाजुभाई, दिदीबहिनी हरु को आत्मालाई थोरै भए पनि सान्ति मिल्ने छ /

    Reply
  53. janak man dangol says:
    August 1, 2013 at 3:11 am

    मछिन्द्र नाथको जात्रामा रथ यात्राको फोटो प्रचण्ड पुत्र प्रकासले फेसबुकमा फोटो पोस्ट गर्दा मैले तपाई पनि धार्मिक भन्दा उनले म धर्म माथि बिस्वास गर्दिन ! रमाइलो हेर्न आको हु र म नास्तिक हु जनक्जी भनेर जवाफ दिएका थिए ! नास्तिक हरु यस्ता हुदा रैछन देखियो यी ताक परे तिवारी हरु लाइ !

    Reply
    1. सिर्जन says:
      August 1, 2013 at 8:36 am

      जनक जी, त्यै भएर त पर्काश को मुख रुन्चे देखि’या छ, हुन त बाउ चै नौटंकी पनि अध्यारो अनुहार पारेर बस्या छ / जनता ले के भन्दा हुन् भन्ने पक्कै लाग्या होला /

      Reply
  54. Sam says:
    August 1, 2013 at 2:50 am

    खुरापातीहरु लाजै बेगर !!!!

    श्याम गिरी
    USA

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme