Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!

Posted on August 1, 2013August 1, 2013 by Salokya

budhha धार्मिक द्वन्द्वमा देशलाई फँसाउने खतरनाक षड्यन्त्रको आभास हुने गरी घटनाक्रम अघि बढेको छ। सुर्खेतको काँक्रेविहारमा बुद्ध मूर्ति राख्न बौद्ध धर्मावलम्बीहरुले आन्दोलन अघि बढाइरहेका बेला त्यसको प्रतिकारमा बुद्ध मूर्ति नराख्न पनि आन्दोलनको घोषणा भएको छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरु सदियौँदेखि मिलेर बसिरहेका छन्, कयौँ मन्दिर र विहारहरुमा हिन्दु र बौद्ध दुवैको आस्थाका प्रतीकहरु रहेका छन्। कुनै कुनै देवता त दुवैका साझा पनि छन्। बुद्धलाई हिन्दुहरुले आफ्नै अवतारसमेत मान्दछन् भने काँक्रेविहारमा बुद्धको मूर्ति राख्दैमा त्यो ठाउँ नै बौद्धको मात्र हुन्छ भन्ने सोच कसले, कुन स्वार्थले अघि सार्दैछ ? अचम्म छ। बुद्ध नेपालमा जन्मिएको भनेर गर्व गर्ने, अमिताभ बच्चनले कौन बनेगा करोडपतिको एउटा प्रश्नमा बुद्ध नेपालमा जन्मिएको भन्दियो भन्दैमा युद्धै जिते जस्तो गर्ने, अन्तर्राष्ट्रिय अदालत परिसरमा बुद्धको मूर्ति राख्दा के के न भएको जस्तो गरी उफ्रनेहरुलाई कांक्रेविहारमा बुद्धको एउटा मूर्ति राख्दा आकाशै खस्ने किन भएछ ? त्यो पनि पहिले अनुमति दिइसकेको अवस्थामा।

‘संयुक्त जातीय तथा धार्मिक संगठन समिति’ नामको एउटा समितिले बुधबार प्रेस विज्ञप्ति निकालेर हामी पनि आन्दोलन गर्दैछौँ भन्ने जनाउ दिएको हो। समितिले दवावमूलक आन्दोलन भन्दै शुक्रबार साँझ ६ बजे स्थानीय मंगलगढी चोकबाट मसाल जुलुस निकाल्ने, शनिबार सुर्खेत बन्द गर्ने र आइतबार जिल्ला प्रशासन कार्यालया घेराउ गर्ने जनाएको छ।

हरे बुद्धि। बन्द गरेर हुने भए त मूर्ति राख्न पनि अनिश्चितकालीन बन्द भइसकेकै थियो त।

कुनै एक जाति वा धर्मको नाममा काँक्रेविहार संरक्षित क्षेत्रमा भौतिक संरचना निर्माण गर्न दिइए त्यसको प्रभाव नकारात्मक पर्ने भएकोले बुद्धमूर्ति राख्न नहुने तर्क उनीहरुले गरेका छन्। उनीहरुले सुर्खेतका सिडिओ पुरुषोत्तम कुँवरमार्फत ज्ञापन पत्र पनि पठाएका छन्।

बुद्धमूर्ति राख्न दिँदा काँक्रेविहार बौद्धमार्गीको मात्र हो भन्ने भ्रम हुने भएकोले पनि त्यसतर्फ सचेत हुनुपर्ने ज्ञापनमा पत्रमा लेखिएको छ। ‘यो सदियौँदेखि सबैको साझा थलो भएकोले कुनै एक धर्मको धार्मिक पहिचान देखिने भौतिक संरचना निर्माण गर्ने स्वीकृति नदिइयोस्,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सिडिओ कुँवरले काँक्रेविहारलाई कुनै धर्म विशेषले मात्र आफ्नो सम्झिनु गलत हुने बताए। यिनै सिडिओले बुद्ध जयन्तीका दिन हस्तक्षेप गराएर त्यहाँ राख्न लागिएको बुद्धको मूर्तिलाई उठाएर जिल्ला प्रहरी कार्यालयमा लग्न आदेश दिएका हुन्। अहिले मूर्ति सेफ‌्टी ट्याङ्की माथि अलपत्र अवस्थामा ढलाइएको छ।

budhha

बुद्ध जयन्तीको दिन काँक्रेविहारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको बुद्धमूर्ति। फोटो साभारः कलेन्द्र सेजुवाल/नागरिक
२०६४ फागुन १२ गते जिल्ला प्रशासन कार्यालयले पुरातत्व विभागको समेत परामर्श लिई त्यो ठाउँमा बुद्ध मूर्ति राख्न बौद्धगुम्बा निर्माण तथा संरक्षण समितिलाई अनुमति दिएको थियो। सुरुमा त्यसरी अनुमति दिए पनि पछि भने वन ऐन अनुसार राख्न मिल्दैन भन्न थाल्यो। वन ऐन अनुसार संरक्षित क्षेत्रमा निर्माण गर्न मन्त्रिपरिषद्को निर्णय चाहिन्छ। अस्ति सिंहदरबार घेरेको आन्दोलनरत पक्षसँग सरकारले मूर्ति राख्न मिल्दैन भनेपछि वार्ता त्यत्तिकै टुङ्गिएको थियो।

खासमा पुरातत्वले ६५ फिट अग्लो शिखर शैलीको मन्दिरको नक्सा बनाएर बनाउने काम थालिसकेको थियो। मन्दिर भने पनि त्यहाँ हिन्दु र बौद्ध दुवै झल्किने मूर्ति राख्ने तयारी थियो। तर आर्थिक अभावका कारण त्यो यत्तिकै रोकिएको थियो। उतिबेलै मन्दिर बनेको भए यो सब विवाद र झमेला हुने पनि थिएन। अहिले एउटा मूर्तिको बहानामा धार्मिक द्वन्द्व निम्त्याउने प्रयास भइरहेको छ।

यो विवादको पृष्ठभूमि थाहा पाउन यहाँ क्लिक गर्नुस्।

[तपाईँलाई के लाग्छ ? बुद्ध मूर्ति राख्‍न नदिन घोषणा गरिएको आन्दोलनले समस्या समाधान गर्छ कि चर्काउँछ ? बुद्ध मूर्ति राख्न दिनुपर्छ कि पर्दैन ? दुवै पक्ष मेरो गोरुको बाह्रै टका गरेर त निकास निस्कन्न, यसको सर्वमान्य समाधान के होला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।]

57 thoughts on “बुद्ध मूर्ति नराख्न पनि आन्दोलन रे!”

  1. Pingback: बुद्ध मूर्ति विवाद अब अदालतमा « Mysansar
  2. Pingback: बुद्ध मूर्ति राख्न नदिन बन्द; साई, इसाई र मुस्लिम पनि आन्दोलनमा « Mysansar
  3. gurung Ashish says:
    August 4, 2013 at 11:36 am

    मानिसहरु बुद्दा नेपालमा जन्मेको हो भनेर लागि परेको बेला बुद्दाको मुर्ति राख्न नदिने देशमा साम्प्रदायिक दङ्ग भद्कौना चाहने अपराधी त होइनन !

    Reply
  4. Ngwang says:
    August 4, 2013 at 7:42 am

    किन भगवान बुद्धको मुर्ति प्रतिस्थापन गर्न दीएन यसको कारण पत्ता लागाउनु जरुरि छ , यस्ता कलुषित मनोभावले देशलाई शिर झुकाउने काम नगरोस बुद्ध मुर्ति ससम्मान पुस्थापना गरेर पुजा पाठमा खलल पार्ने काम नहोस.

    Reply
  5. Pingback: बुद्ध मूर्ति कांक्रे विहार संरक्षण क्षेत्र बाहिर राख्न खोजिएको हो, कसको स्वार्थले रोकिएछ? « Mysansa
  6. Ngwang says:
    August 2, 2013 at 4:53 pm

    २४० बर्ष देखिको राज्य दमनको निरन्तरता मात्र चाहेका हुन् यो ब्राह्मणबादी सोच र शैली भएका हरुले.
    बन सचिब भन्छन बुद्धमूर्ति राष्ट्रिय महत्वको होईन
    होईन कस्ता नि सचिब हुन्छन यार, लेख्न नि हामीलाई काउकुति लागि रहेछ यहा सरकार र बौद्ध धर्मालम्बी बीच बार्ता होईन न्यायप्रेमी बौद्धमार्गी र कट्टर हिन्दुवादी बिचको बार्ता जस्तो लाग्छ किनकि बार्तामा सबै बाहुन गृहको शुशिल घिमिरे. सचिब नबिन घिमिरे, जनक राज जोशी, मुख्य सचिब लिलामणि पौडेल उनीहरुको टाउके खिला राज रेग्मी सबै बाहुन उनीहरु भन्छन कुनै हालतमा हुन्न. उनीहरु जनताको प्रतिनिधिको या सरकारको रुपमा भन्दा पनि हिन्दुत्वको हालीमुहाली चाहन्छन र त्यही अनुसार काम गर्दैछन् नेपाललाई हिन्दुवादी कठमुल्लाह बनाउन खोज्दैछन्
    बन सचिब जनकराज जोशी भन्छन बन ऐनले दिदैंन, राष्ट्रिय महत्वको कुरोलाई मात्र स्विकार्न सकिन्छ , बन सचिबजी बन ऐन के आदिबासीको पुर्ब स्वीकृति र सहमतिमा बनेको थियो? नेपालले आइ एल ओ सन्धिमा हस्ताक्षर गरेको होईन? नेपाल आदिबासी सम्बन्धि सयुक्त राष्ट्र संघको घोषणा पारित गर्ने पक्ष राष्ट्र होईन? अनि यसरी जनतालाई गुमराहमा राख्न पाईन्छ ? तुच्छ भाषामा भन्नु पर्दा के अब संसारमा तिमीहरुले बाहुनले भिख मागी खाने भगवान बुद्ध राष्ट्रिय महत्वको रहेन? संसारले मानेको एसियाको ताराको रुपमा पुजिएको भगवान बुद्ध अब बाहुन शासकको नजरमा राष्ट्रिय महत्व भएन ?
    खोई कहा गए नागरिक समाज बनाउदा बाहुनका झुण्डहरु बुद्ध जन्मेको देशमा बुद्ध यतिसारो अपमान हुदा किन चु बोल्दैनन तालिवानले बुद्ध मुर्ति तोड्दा गोहीको आसु चुहाउनेहरु नेपालमा बुद्धको मुर्ति उखेलेर सेफ्टी त्यांग्कीमा फाल्दा किन चूईक्क बोल्दैनन ?
    तालिवानी चरित्रलाई बिर्साउने यी नालायक सरकार बामियानको घटना सम्झाउने काक्रे बिहारको घटनाका नायक सरकार, अफगानिस्तानको रोग नेपालमा सर्ने यो सरकारको भलो हुनेछैन हाम्रो एक सुत्रिय माग छ जसरि नि भगवान बुद्धको प्रतिमा पुस्थापना गर बुद्ध मुर्ति स्थापनाले बन तस्कर रोक्ने छ जो हिजा राज्यले मिलेर तस्कर गर्दथे तस्करीसँग तर किन आज राज्य नौटंकी गर्दैछ यो तुरुन्त बन्द गर .
    नेपालको कुनै मूर्तिले होईन यहाका मुद्राका भोका सरकारले गर्दा बन तस्कर भएका छन्

    Reply
  7. nawaraj says:
    August 2, 2013 at 3:31 pm

    बुद्धलाइ एउटा भिन्न धर्मको रुपमा नलिएर बुद्धलाइ एक शान्ति फैलाउने दुत को रुपमा लिन मा सम्पूर्ण हिन्दु धर्मालम्बी हरुलाई आग्रह गर्छु बुद्ध हामी सबै नेपालीको शान हो

    Reply
  8. Sersher says:
    August 2, 2013 at 2:52 pm

    राष्ट्रिय विभूति शक्यमुनि बुद्धको मूर्तिलाई सुर्खेतको काँक्रेविहारमा स्थापना गर्न नदिनाले अन्तरराष्ट्रिय जगतमा नेपालको छबीलाई खरब पारिएको छ भने मूलुक भित्र द्वन्द स्रिजन हुने खतर बढेको छ ।

    Reply
  9. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 1, 2013 at 8:49 pm

    हरेक साना द्वन्दबाट जन्मन्छन् ठुला युद्ध
    ति युद्धलाई रोके देखि मुस्काउने छन् बुद्ध

    Reply
  10. Tej Lohorung says:
    August 1, 2013 at 4:28 pm

    बुद्दको जन्मभूमि देशमा अब बुद्दलाइनै अट्न नदिए पछि यो भन्दा दुखको कुरो त अरु के हुनसक्छर? भने पछि अब बुद्द भारतमा जन्मिएको हो भन्दा पनि हो भन्ने पक्छ्य मा पुगीसकिम होइन त? मेरो बिचारमा बुद्द नेपालमा जन्मिएको हो यसैले बुद्दले सहजै ठाउँ पाउनु पर्छ,

    Reply
  11. Pingback: यस्तो छ कांक्रे विहार « Mysansar
  12. राजकुमार says:
    August 1, 2013 at 3:46 pm

    नेपाली समाज परिबर्तनको संघार मा भएको अवस्था हो यो | यो समाज पूर्ण परिवर्तित हुन ठोकुवा गरेर भन्नुपर्दा अरु २० बर्ष लाग्छ| अनि मात्र नेपाली समाज मा साझा चिन्तन र सभ्य समाज को बिकाश हुन्छ |शिक्षाको अधकल्चो बिकाश पनि एसको कारक हुन सक्छ|

    Reply
  13. promod says:
    August 1, 2013 at 3:38 pm

    कथित हिन्दु र बौद्द कथित कट्टरपन्थी यस्तै रछ्यास को कारणले देश मा समस्या आयेको छ?? डलर घिचेरा देश मा असातनी मचाउने यस्ता धार्मिक होइनन. आतंककारी huna !!! बेलैमा चिन्योउ !!!काक्रेबिहार मा बुद्द मुर्ति राख्न दिदैमा क बिग्रंछा र??? अनि तेसैको लागि प्रक्रिया त बुझ्नु पर्यो नि !! बुद्द को मुर्ति सडक को बिच मा राख्छु भन्न ठिक हो कि होइन?? अनि शिव को मुर्ति पनि सडक को बीच मा राख्छु भन्नु ठिक हो कि होइन???? हरेक कुरा को आफ्नै प्रक्रिया हुन्छा ,,, त्यो नबुझेर अन्धो तालमा आन्दोलान अनि पहेरी अर्को आन्दोलान????

    Reply
  14. achut says:
    August 1, 2013 at 2:15 pm

    बुद्ध भारत मा जन्मेको भन्दा कन्पारो तात्ने हामी आज उनको प्रतिमा को लागि उनकै देश को एउटा टुक्रा जमिन दिनु भन्दा मारकाट गर्न अगाडी सर्दैछौ ???पहाडे-मधेसी,हिन्दु-मुस्लिम हुदै हिन्दु-बौद्दिस्ट सम्म आइसक्यो हामी कहाँ जादैछौ???मण्डेला ले भनेका थिए “पहिला उनीहरु संग बाइबल थियो हामी संग जमिन,अहिले हामी संग बाइबल छ उनीहरु संग जमिन”\नेपाल धर्म निरपेक्ष हुदा नर्वे र भ्याटिकन सिटि मा दिपावली गरिएको थियो /सोलु मा कति गुम्बा छ कति चर्च छ बुझे थाहा हुन्छ यो कहाँ बाट र किन हुदै छ र एसको सूत्राधार को हो/यहाँ नि उकास्न एउटा शब्द लाई फोकस गरे पुग्छ.. जस्तो कि “अहिले मूर्ति सेफ‌्टी ट्याङ्की माथि अलपत्र अवस्थामा ढलाइएको छ।”
    यो वाक्य लाई कुनै ‘कार्यालय परिसर’ भन्दा सामान्य हुन सक्थ्यो हैन’र?..

    Reply
  15. Sisir says:
    August 1, 2013 at 1:19 pm

    सर्ब प्रथम त सबै नेपालीहरुलाई केहि अतिबादिको पछि नलागी संयमित भै आफ्नो बिबेक प्रयोग गर्न अनुरोध गर्दछु.
    यो एउटा कृतिम समस्या सिर्जना गरेर नेपालीहरुमा विभाजनको बिस रोप्ने सृन्खलाको अर्को कडी मात्र हो ..विभिन्न बहानामा नेपाललाई अस्थिर बनाएर आफ्नो खेल मैदान बनाउने प्रपन्च हो .. ८०% भन्दा बडी हिन्दु रहेको देशमा कुनै सम्झन लाएक मठ मन्दिर बन्न नसकेको र भएकाको पनि सम्रछ्यन गर्न नसकेको अबस्तामा तलको प्रस्नको उत्तर नेपाली जनताले जति चाडो खोजे उति राम्रो हुने छ .
    ** काठमाडौँको डाँडा वरिपरि तिब्बती सरनार्थीको जमघट र बाहुल्य देखिने बिशाल र भब्य करोडौ करोडको तिब्बती सैलिको गुम्बा बनौन पैसा कहाँबाट आइरहेको छ ? पोखरामा पनि यो क्रम सुरु भै सकेको छ . भन्नलाई सरनार्थी तर जीवन सैली कसरि तेस्तो भब्य .. झापामा रहेका हिन्दु बाहुल्य भुटानी सरनार्थी खान लाउने समस्याले ग्रस्त छन् तर जाउलाखेल, बौध लगाएतमा रहेका तिब्बती सरनार्थीहरु काठमाडौँ का सबै भन्दा महँगा इस्कूलमा पद्छन, डिस्को क्लुब्मा तिनै , पजेरो तिनकै .. कुन स्रोतले होला एस्तो ?एस्तो गुम्बा बिगत २०-२५ बर्समा सैयोउ खुलेका छन् .. दलाइ लामालाई उत्तरी भारतमा भब्य कम्पौन्द सहितको दरबार बनाएर सरन दिने भारतले किन उसको देशक बाटो हुदै भुटानबाट नेपालीलाई लखाते त, जबकि नेपाल र भुटानको सिमाना कतै जोडिएको छैन .. येस्तै रहे कुनै दिन तिब्बती सरनार्थी समस्या नेपाललाई अभिसाप हुने छ .
    ** नेपाल भरि जता ततै खुलेका हजारौको संख्याको चर्च निर्माण/ संचालन गर्ने पैसा कताबाट आइ रहेको छ ? नेपालमा ५ हजार भन्दा धेरै चर्च बनिसकेको उनीहरु नै बताउछन .
    ** भारतले सधै आरोपलाइ रहने सिमा छेउमा खुलेका मस्जिदमा कताबाट लगानी आइ रहेको छ ?
    ** नेपालमा बिगत केहि वर्ष देखि कसरि इसाईहरुको संख्या ह्वात्तै बढ्दै छ ?
    सबैले बुझ्ने पर्ने कुरा नेपालमा धर्मको नाममा बिदेसिले अरबौ लागनी गरिरहेका छन् .. नेपालमा परापुर्ब काल देखिनै हिन्दु / बुद्धिस्टमा कुनै समस्या थिएन र अहिले पनि खासै छैन . तर यो सब किन भैरहेछ त ?

    Reply
  16. Ajaya Sharma says:
    August 1, 2013 at 12:41 pm

    हे भगवान, किन यो बेकारको झगडा । म हिन्दू हु । तर नेपालमा बुद्ध जन्मेको मा म गर्व गर्छु । कम्तिमा हिन्दू र बुद्धिस्ट को मिठो सम्बन्ध नबिगरुम न । बिहार भनेको ले बुद्ध मुर्ती राख्न दिउम । के पो बिग्रेला र । बरु हामी पनि दर्शन गर्न जौला ।

    Reply
  17. पुष्पेन्द्र खड्का says:
    August 1, 2013 at 12:29 pm

    यो सब आउदै गरेको चुनाबको लागि जनता उचाल्ने र लडाउने काम नेताहरुको हो, हुदा हुदा अब त धर्मको कुरामा पनि लडाई लगाउन थाले , युगौ देखि मिलेर बसेका हामी पनि नेताहरुको पछाडी लगेर नेताकै जस्तो बेवार देखाउने ? नेताहरु = बुद्धि नभएका गधा = तिनीहरुले जे भन्छन तेइ गर्ने मान्छे हरु|

    Reply
    1. Rai Yang pitang chhu Oxford, Belaayat says:
      August 1, 2013 at 9:39 pm

      नेताहरु त बुद्धि नभएका गधा भए तर तिनीहरुको पछि दौड़नेलाई चाहि के भन्ने नि ?

      Reply
  18. अनिल says:
    August 1, 2013 at 12:23 pm

    बुद्धको देशमा बुद्धुहरु

    Reply
  19. Krishna says:
    August 1, 2013 at 12:21 pm

    सालोक्य जी ! तपाई को पत्रकारिता को म हृदय देखि नै सराहना गर्दछु !
    जसरि बेलबारी घटनाको उदाहरण लिन सकिन्छ ! देश अनि समाज बिग्रिदै गएको छ ! राज्य को नीति नियम को पालना त साएद आजभोलि कसैले गर्ला ? हुनत देश मा कानून कहाँ छ र ? छ क्यारे सोझा साधा लाई! बुद्ध को देश को जनता मुर्ख ! Educate गरौ अब जनता लाइ नत्र धेरै ढिलो हुन्छ ! को को रैछ के त्यो बुद्ध को देश मा बुद्ध मुर्ति राख्न नदिने मुर्खहरु ! बुद्ध हाम्रो लागि धार्मिक आस्था मात्र होइन , बुद्ध हाम्रो परिचय हो! केहि गरौ!!

    Reply
  20. कुसुम ज्ञवाली says:
    August 1, 2013 at 12:03 pm

    शान्ति र सद्भाव प्रबर्धन गर्ने सन्दर्भमा बुध्दको मूर्ति त जसले राखे पनि हुन्छ, जुन ठाउमा राखे पनि हुन्छ । बुध्दले अाफ्ना प्रवचन र पुस्तकहरूमा (जुन ५० हजार पेज जति छ) कतै पनि बैाध्द-धर्म भनेर उल्लेख गरेका छैनन्, भनेर विपश्यना अनुसन्धान संस्थानको बेभसाइट र विपश्यनाचार्य सत्यनारायण गोएन्काको प्रवचनमा सुन्न पाइन्छ । त्यसैले बुध्दलाइ धर्मको नामबाट काक्रेविहारलाइ विवादमा ल्याउनु त हाँस्यास्पद कुरो भएनर भन्या ? (काक्रे) विहार मा बुध्दको मूर्ति नराखेर, भारतको विहारमा राख्ने कुरा पनि त भएन नी ।

    Reply
  21. neeraj says:
    August 1, 2013 at 11:51 am

    दुबै राखौं यार, के को झमेला। थाइल्याण्ड जस्तो बुद्ध धर्म प्रधान देशको बौद्ध मन्दिरहरुमा त हिन्दु देवी देवताको मुर्ति राखिन्छ अहिले सम्म, बुद्ध जन्मेको नेपालमा यस्तो कुरामा किचलो गरेको राम्रो भएन। बखेडा झिक्न माहिर नेपालीहरुले यस्तो कुरामा पनि बखेडा झिकिहाले। बुद्धको मुर्ति पनि स-सम्मान राखौं, कसैलाई शिखर शैलीको मन्दिर बनाउनु छ भने त्यो पनि मजाले गरौं – खाली त्यसो गर्ने नाममा बन जंगल चाहिं नमासौं। काठमाडौंका प्रत्येक जसो हिन्दू मन्दिरमा बुद्धका प्रतिमा पनि हुने गर्छन्, र प्रत्येक बौद्ध स्तुप,बिहारमा हिन्दू देवीदेवताका प्रतिमा देख्न सकिन्छ। संगै दुबै राख्न नहुने कुरै छैन । यहाँ षडयन्त्रको दह्रो गन्ध आइरहेको छ – कि त नेपाली-नेपाली भिडाउने कुनै विदेशी शक्तिको इसारा हो यो वा बुद्ध अन्ततः नेपालमै जन्मेका रहेछन् भनेर आजको प्रविधी र सूचनाको युगमा लुकाउन नसकिने भएर अत्तालिएको संकुचित भारतिय स्वार्थको खेल हो यो।

    Reply
  22. Narayan says:
    August 1, 2013 at 11:28 am

    किन मति भ्रस्ट हुदैछन नेपालीहरु ……. जे कुरामा पनि बन्द, हड्ताल, दबाब, .. बुद्धको मुर्ति अथवा गुम्बाले त्यहाको पुरै डाँडा ढाक्ने त हैन होला.. पुरातत्वो विभागले जिम्मा लिएको ठाउँ मा सरकारले क बनाउने तुरुन्त बनौन पर्यो बाकी ठाउहरुमा बौद्ध तथा हिन्दु हरुले आफ्नो क्षेमता अनुसार गर्नु पर्यो …… अर्को कान निमोठ्ने दाउ खोज्ने ले आफ्नो पनि कान छ भन्ने कुरा भुल्न भएन नि त …

    Reply
  23. SARJAN says:
    August 1, 2013 at 11:03 am

    कहिले ठुलो जात र सानो जात भनेर लड्ने, कहिले त यो पार्टी को म यो पार्टी को भएर लड्ने, कहिले त यो धर्म म यो धर्म भनेर लड्ने होइन यो नेपालको सन्तानहरु सारै लड्न मनपराउने मानबसमाजमा पर्छ जस्तो छ / हुनत लडाईमा सधै आफुलाई खरो राख्ने गोर्खा सैनिक पनि नेपालीनै हो, तर आजको समयमा त्यो सैनिक न भारतको मिचाई बाट नेपाल र नेपालीलाई बाचाउन सक्षम छ, न चिनको थरकाइबाट / बिदेशीको( भारत, ब्रिटेन) को लागि लडेर अलिअलि कमाएको बहादुरीमा दङ्ग पर्नु बाहेक हामीले अरु गर्न नजान्ने भयो / यहि जाति ,धर्म , पार्टी, संगठन आदि इत्यादी नेपालले समाल्ने नसक्ने गरि बदि भएकोले यो देश आज अफ्रीकाको गए गुज्रेको देश भन्दा तल जान लागिसक्यो / तर यो थाहा पाउदा पाउदै पनि लडाई गर्नु भनेको मुर्खता बाहेक अरु शब्द आउदैन ,कुन्नि कस्ले भनेको थियो – नेपालीहरु मुर्ख छन् , त्यसैले बहादुर छन् , साएद यो कुरा आजको यो उत्तेजित समाज लाई चरितार्थ भएको छ / सबैलाई आफ्नो बहादुरी मात्र देखाउनु छ /
    बुद्ध नेपालमा जन्मेको, बुद्ध नेपाली हो भन्दै संसार भर दौध धुप गर्नु परेको आज को समयमा त्यही बुद्धको मुर्ति राख्ने कुरा मा यत्रो लडाई / धन्य हामी नेपाली , कुन मुखले इन्डियालाई गाली गर्छौ / उनीहरुले त सिंगो लुम्बिनी बनाईसक्यो, हामी एउटा मुर्ति राख्न पनि त छाड म छाड गर्दै ब्यस्त छौ , थुक्क तिमीहरु को बुद्धि~~

    Reply
  24. Sagar says:
    August 1, 2013 at 10:38 am

    बुद्ध को नाम बेचेर खाने नेता देखि शासक सम्म यो देश मा क्रिस्चियन धर्म Import गर्न लागिपरेका छन् | हामी जनता पनि अमिताभ ले भारतीय TV मा बुद्ध नेपाल मा जन्मेको भन्दा अति खुसि हुन्छौ तर काँक्रेविहार मा बुद्ध ढल्दा हाम्रो मन ढल्दैन ! बडो अजिब का छौ हामी नेपाली पनि !

    Reply
  25. rajip maharjan says:
    August 1, 2013 at 10:27 am

    खै किन धर्म को नाम मा राजनीति गर्दै छन् ? अनि नेपाली जनताको कहिले आखा खुल्ने हो ?? आफ्नो बेअक्तिगत स्वार्थको लागि बिना सोचविचार गरि अरु को पछि लाग्छन, सहि कुरा को मुल्यांकन गरि सहि बाटो मा कहिले हिड्न सिक्छन नेपालीहरु …

    Reply
  26. sanjay says:
    August 1, 2013 at 10:27 am

    कृपया यस्तो कार्य जसरी हुन्छ रोकैा, धार्मिक द्वन्द भयानक हुन्छ । कृपया अरूको देखेर चेत्ने कोशिस गरैा । मेरो लाख बिन्ति छ । यसले लाभ कसैलाइ गर्दैन ।

    Reply
  27. asoc says:
    August 1, 2013 at 10:17 am

    तरल अवस्थाबाट गुज्रिरहेको देशका आदरणीय “ठोस” शासकहरु !

    भारतमा भएको “अयोध्या काण्ड” को “नेपाली संस्करण” हुन नदिन संयमित र सन्तुलित कदम चाल्नुपर्‍यो ।

    Reply
  28. Himal Khadka says:
    August 1, 2013 at 10:16 am

    पुरातत्व बिभाग ले गहन अध्यन गरेर निकालेको निचोड लै आफनो रुची प्रतिकुल हुने बितिकै नमान्नु नै समस्या को जड हो !! मायादेबीको मन्दिर लै पनि हिन्दु हरुले भगवती मन्दिर भनि अहिले सम्म पनि पुञ्ज अर्चना गरिरहेका छन् !! पहिले हिन्दु धर्म अनुसार गरिने पुञ्ज बिधि अहिले परिवर्तन भएर बौध भएको छ ! त्यो किन भयो भन्दा बिभिन्न पुरातत्व अनुसन्धान ले त्यो मायादेबिको मुर्ति हो भन्ने ठहर गर्यो !! आफ्नो आस्था प्रतिकुल भयो भनेर खै हिन्दु हरुले बिरोध गरेर नेपाल बन्द गरेको त थाहा पायियेना ! तेसैगरी पुरातत्व विभागको टोलीले यो ठाउँमा उतिबेला शिखर शैलिको मन्दिर थियो भन्ने ठहर गर्योन। साथमा त्यहाँ पुरानै ढाँचामा मन्दिर बनाउनु पर्छ भन्ने निर्णय पनि गर्योर। अब बौध धर्मावलम्बी हरुले मान्ने कि नमान्ने ? फेरी उदार हिन्दु धर्मावलम्बी हरुले प्राय हरेक मन्दिर हरुमा बुद्ध लै पनि ठाउँ दियिआयेका नै छन् !! सुर्खेत मा पनि अवस्य पनि बुद्ध मुर्ति पनि स्थापना हुन्छा, संका छैन !!
    उदार र सहन्सिल भनिने बौध र नेपाली बुद्धिस्ट हरु किन यति सारो कट्टर हुन थालेको ?? येस्मा पैसाको खोलो बगौना सक्ने तिबती र क्रिस्टियन हरुको घुसपैठ भएको चाही पक्का हो !

    किरण जी ले भने झैँ —–यो केबल हिन्दू र बुद्दिस्ट को एक आपस मा झगडा पारीदेने (फाटो गराइदिने) खेल हो।
    हामी धेरै जसो नेपाली ले दुइटै धर्म एकसाथ लिएको हुँदा आफुले आफ्नो मुख मा मुक्का हान्ने? तिब्बति- नेपाली (शरणआर्थी) लाई पैसा भए पुग्यो। क्रीस्चियन हरुले त्यहाँ झगडा पार्नको लागि, बुद्द को मुर्ती राखिदेउ म पैसा दीन्छु भन्यो भने ति तिब्बती हरु को दिन खुल्छ, “अब पैसा आयो भनेर”। तिनिहरु लाई के माया र नेपालको । तिनी हरु को पछी- पछी लागेर हाम्रा बुद्दिस्ट दाजु-भाइ पछी लाग्न भएन।
    जहाँ सिखर सैली को मन्दिर बनाउन को लागि बजेट अभाब ले सम्भव हुन सकेको छैन, तेही ठाउमा ( अरुतिर नहुने रे ) ४५*५० लाख खर्च गरेर मुर्ति पुज बिरोधि, बुद्ध को मुर्ति राख्नपर्छ भनेर कसले भद्कौदै छ,? ति हिन्दु- बुध धर्म बिरोधि रस्त्रघती साम्प्रदायिक दलाल घुसपैठिया हरुलाई तुरुन्त कारबाही होश !!

    Reply
    1. dhan says:
      August 2, 2013 at 11:16 am

      हैन हिमाल जी..
      तपाइको बानि नै येस्तै हो कि क्या हो जानी जानी बुझ पचाउने ? येही हो अतिबादी सोचाई भनेको | ब्लग मा स्पस्ट नै छ त कि हिन्दु मन्दिरको भाग्नाबसेस उत्खनन बाट भेटिएको भनेर र रोकिनुको कारण रकम अभाब भनेर पनि | तेती सरो चित्त दुखेको भए दिनुस न दान मन्दिर निर्माणको लागि कसले रोक्य छ? पछि मुर्ति प्रतिस्थापनको अनुमति पाएको कुरा पनि स्पस्तई छ त | तेती भै सकेसी अब कुरा परतात्वको होइन प्रशासनको हो | मान्ने कि नमान्ने भन्ने प्रश्नै आउदैन | अनुमति दिने पहिले अनि पछि बनको नियम लगाउनु भनेको सिधा धर्म माथिको हस्तछप हो | येदि झगडा गराउने खेल हो भने न बिदेशी हो न त यहाँ धेरैले भने जस्तो इसाईहरु, त्यो त हाम्रै CDO र राज्यको एकात्मक नीतिको कारणले हो | मायादेविको मन्दिरमा पुजा गरेको कुरा छोडदिनोस, आज भन्दा २०-२५ अघि सम्म कुनै फारम भर्दा धर्ममा हिन्दु लेख्ने लेखाउने चलन थियो | नागरिकहरुको धार्मिक संस्कृतिक अधिकारको स्थिति कस्तो थियो कुरा गर्दा लामो हुन्छ | तेसैले मायादेविको मन्दिरमा पुञ्ज गरेको कुरालाई ठुलो त्याग गरे जस्तो हास्यास्पद कुरा नगर्नुस | हिन्दु धर्मलाई हामी उतिकै सम्मान गर्छु जति बौध धर्मलाई | तर हिजोको जस्तै सोच लिएर हिड्नेहरुले यो बुझ्नु पर्यो कि समय परिबर्तन भै सकेको छ | अब हिजोका लाटा लाठेब्रोहरु बुझ्ने भाको छन् | समयको माग र परिबर्तन नबुझ्नेहरु अनि जबर्जस्ति गर्न खोज्नेहरुको हालत अहिलेको ज्ञानेन्द्र शाहको जस्तै हुनेछ | जति चाडै बुझ्यो उति राम्रो !

      Reply
  29. Suresh says:
    August 1, 2013 at 9:21 am

    I may not follow your religion but your GOD loves me as much as he loves you. त्येसैले गर्नेनै हो भने, धर्ममा होइन, भगवानमा बिश्वास गर्नु पर्छ because if there is GOD s/he does not care what religion you follow. S/he just cares if you are respecting the existence of other people.

    Reply
  30. padam says:
    August 1, 2013 at 9:07 am

    यी सबै पैसा मा बिक्ने २/४ जना कुविचार बोक्ने मान्छेले गर्दा यो लड़ाको मच्चिएको
    हो अब ति व्यक्ति को हुन् चिनेर त्यस्ता को छाला काडेर देश निकाला गरे मात्र देशमा शान्ति हुन्थ्यो कि नत्र सदियौ देखि मिलेर बसेको हिन्दु र बुद्ध धर्मालम्बीहरु बीच किन धार्मिक युद्धतिर होमौना चाहन्छन त? त्यो ठाउमा बिहार बन्ने पर्छ जिल्ला प्रसाशन कसको इशारा मा हिडेको छ पत्ता लगाउने पर्छ.

    Reply
  31. योगेश आदी says:
    August 1, 2013 at 8:25 am

    बिनासकाले बिपरित बुद्धि = भाइ फुटे गवार लुटे !

    Reply
  32. rabin sharma says:
    August 1, 2013 at 8:19 am

    बुधको रख्नेहरुले पनि केहि पैसा खर्चेर हिन्दु देवताको नि राख्नु नभए पैसा उठाउनु ३५ लाख त रैछ के सानो कुरामा झगडा गरिरा, नेपाल हो यो नेपाल, इंडिया सिन्डिया हैन .. झगडा गर्ने सब लै चेतना भया . मेरो मात्र राख्छु वा तेरो मात्र राख्न दिन्न भन्ने हरु लाही ठोक्नु पर्छ .

    Reply
  33. पुष्प says:
    August 1, 2013 at 8:02 am

    जनता भिडाएर देशको अनुहार कुरुप देखाउन खोज्ने प्रतिगामीहरू यत्रतत्र सर्वत्र छन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । त्यसैले बुद्धका अनुयायीहरूले आन्दोलनको बाटो समाउनुको साटो कानुनी बाटो नै पहिला समाउनु उचित हुन्छ । होइन भने प्रमुख प्रतिगामी उनीहरू स्वयम् नै ठहिरनेछन् ।

    Reply
  34. karbir says:
    August 1, 2013 at 7:46 am

    यो अरु केहि होइन त्यो पागल सिडीओको बहुलट्ठीपन हो | त्यो सीडीओ लाई तुरुन्त कारवाही गर्नुपर्छ | बुद्ध जन्मेको देश नेपाल भनेर आफ्नो परिचय दिने हामी नेपाली…..थुक्क नेपाली !

    Reply
  35. Tenzing Gaba says:
    August 1, 2013 at 7:27 am

    यो बिबादले उग्र रुप लिनु अगाबै रास्ट्रप्रेमी हरु २ भागमा संगठित भै शान्तिपूर्ण जुलुस-धर्ना कार्यक्रम आयोजना गर्नु सबैलाई आब्हान गर्दछु :
    —————————————————–
    प्रथम समुह : सम्पूर्ण कट्टर हिन्दु पण्डित-पुजारी-ब्राह्मण एक जुट भै १ शुत्रिय माग सहित बिशाल जुलुस निकालौ /
    एक शुत्रिय माग : “संसारकै गौरब बुद्द” को प्रतिमा अबिलम्ब काक्रिबिहारमा स्थापना गरियोस |
    ——————————————————-
    प्रथम समुह : सम्पूर्ण कट्टर बौद्द्मार्गी, बौद्दभिक्षु, आनिहरु एक जुट भै १ शुत्रिय माग सहित बिशाल जुलुस निकालौ /
    एक शुत्रिय माग : गहन पुरातात्विक महत्व बोकेको काक्रिबिहारमा उत्खनन बाट प्राप्त नतिजा अनुरुपको शिखर शैलीको मन्दिर तुरुन्त स्थापना गरियोस |

    Reply
  36. Basanta Thapa,Maryland,USA says:
    August 1, 2013 at 7:08 am

    धर्म नशा र आस्था दुवै हो यसको लागि मानिस मर्न र मार्न तयार हुन्छन जो बिस्वका विभिन्न मुलुकमा घटेका घटनाले पुस्टि गर्छ \ यो अति संबेदनशील बिषय हो \ बेलै मा संबेदनशील भएर समाधान निकालौ \ बुद्ध धर्म र हिन्दु धर्म एक अर्का का परिपुरक जस्तै छन् बुद्ध धर्म मान्ने र हिन्दु धर्म मान्ने नेपालि लाइ भने यसमा किन जुङ्गाको लडाई ? म जस्तै लाखौ नेपालि हिन्दु र बुद्ध धर्म का अनुयायी हरु लाइ मन्दिर बनाए पनि बिहार बनाए पनि केहि फरक पर्दैन \ दुइ मा एक मात्रै बन्नु पर्छ भन्ने छैन दुवै बनाउन पनि सकिन्छ \ दुइ धर्म का एकै अनुयायी र जनता बीच किन लडाउनु ,भिडाउनु र टुक्राउनु ? धर्म संग राजनीति नमिसाउ \ समय संगै राजनीति फरक होला तर धर्म फरक हुदैन \ राजनैतिक उदेस्य पुरा गर्न को लागि धर्म लाइ भर्याङ्ग नबनाउ \यसमै सबैको कल्याण हुन्छ \ पहिला जे निर्णय भएको छ त्यसको पालना गर \ बुद्ध र हिन्दु धर्म झल्कने मुर्ति राख्ने निर्णय नै सहि छ \ दुवै धर्मका अनुयायीका मन मिल्ने गरि कार्य गरिनु पर्छ \ बुद्ध को मुर्ति पनि राखौ \मन्दिर पनि बनाउ \ आखिर मुर्ति , मन्दिर र बिहार ले केहि गर्दैन जे गर्छन अनुयायी हरु ले गर्ने त हो ! ढुंगा बोल्दैन बोल्ने मानिस हो राम्रो संग बोलौ , मिलेर बोलौ शान्ति ,बिकाश र सदभाब कायम गरौ \

    Reply
  37. madan bajracharya says:
    August 1, 2013 at 7:04 am

    २०६४ फाल्गुन १२ गते जिल्ला कार्यालय ले पुरातत्व विभागको समेत स्वीकृति लियर कांक्रेबिहारमा बुद्धको प्रतिमा स्थापना गर्न सहमति दियो/ तत्पस्चाद मुर्ति स्थापना गर्न खोज्दा बन कानुन देखायर रोकियो/ तर मन्दिर बनाउँदा बन कानुनले चाहि रोकियन/

    यसै बात सिद्ध हुन्छ यो कानुनले बाधा गरेकोले बुद्धको प्रतिमा स्थापना गर्न नदियको होइन कुर्सि र भोट निमित धर्म र जातको नाममा नेपालि भाड्ने असामाजिक तत्व बा गिरोहको निर्देशन हो भन्ने देखिन्छ/ यसो भयकैले बुद्धिस्ट को आस्थाको प्रतिक बुद्धको प्रतिमालाइ गुहु पुरिने सेफ्टी त्याङ्कि माथि फालेको देखिन्छ/ यो कुरालाई बेलैमा सौहार्दता पुर्वक सुल्झ्याइयन भने नेपालमा आज सम्म मिलि बसेको बुद्धिस्ट र हिन्दु “हिन्दु र मुस्लिम जस्तै भांडीन सक्छ/

    यस्तो कुरा त् धर्म देखायर देस त्रुक्राउने, बाबर मस्जित र राम मन्दिरको बिबादमा काटाकाट गर्दै यकले मस्जिद भत्काय अर्कोले मन्दिर भत्काउनेको देसमा मात्रै हुन्थ्यो कसरि नेपालमा पनि यस्तो हुन् थाल्यो?

    बुद्धको प्रतिमालाइ लगेर सेफ्टी ट्यांकी माथि फाल्ने, कान्क्रे बिहारमा बुद्धको मन्दिर राख्न नदिन मसाल जुलुस निकाल्नेहरु सयमित नभय पनि बुद्धको प्रतिमालाई आफ्नो आस्थाको मन्दिर भित्र सजाउने बुद्धिस्टहरु बुद्धले “सहनु नै ठुलो धर्म हो” भनेको सम्झेर “यो अन्याय अत्याचारको हद सम्म नपुगे सम्म” सहन र सयमित हौंउन/

    माथि ब्लगमा “बुद्धको प्रतिमा त्यो बिहारमा राख्न नदिन आन्दोलन मसाल जुलुस गर्न” आन्दोलन समितिनै बनायो भनेकोछ/ त्यो बिहारमा बुद्धको प्रतिमा राख्न चाहने बुद्धिस्ट नेपालीहरुलाई उनीहरुको देखासिकी नगर्न हार्दिक अनुरोध गर्छु/ किन भने तेस्तो गर्नु बुद्धको उपदेसको बिरुद्ध हुन् जान्छ/

    “बुद्ध” को अर्थ ज्ञानी मात्रै होइन “समस्याको निदान दिन सक्ने” पनि हो/ सबै समस्याको निदान लुम्बिनीमा जन्मेको बुद्ध सिट पनि थियन/ तेसैले बुद्धले आफ्नो सम्मस्या जसले सुल्झाउन सक्छ तेसै(बुद्ध)को शरणमा जाउ भनेर बुझाउननै बुद्धले समेत “बुद्धम शरणं गच्छामी” भन्दै हरायक बुद्धिस्तलाई हरायक दिन त्यो जप्न सिकायको हो/

    तसर्थ काक्रे बिहारमा बुद्धिस्टलाइ परेको समस्याको समाधान दिन सक्ने(बुद्ध)कै शरणमा जानु पर्छ/ उनीहरुले जस्तै मसाल जुलुस आदि गर्नु हुँदैन/

    Reply
  38. Bamsi singh says:
    August 1, 2013 at 6:11 am

    देसको राजनीति, सरकार भन्ने जो छन् तिन मा पाच प्रतिसत जति ले केहि बुझेका होलान / अरु बाकि सबै आफ्नै स्वार्थ मा लिप्त दरिद्र मानसिकताले ग्रसित रोगि हरु हुन् / न त यिन को देस र जनता लाइ केहि केहि माया छ नत कुनै योगदान/ तेसै ले सबै भन्दा पहिलाता यी रोगीहरुको निर्मुल गर्नुपर्छ/ यो नभएसम्म हाम्रो देस अगाडी बधदैना र हामी झन् झन् खपी नसक्नु दुखमा पर्छु / आखिर मुर्थी राख्न किन रोक्ने, पहिलोकुराता सबैले मिलेर सबैकिसिमका र फरक आस्था झाल्कुने मुर्थी हरु तेतै ओरपर राखु / सबै मिलेर हाम्रो देस को परम्परा संस्कृति, धर्म र धार्मिक सहिस्नुता को पाठ अरु लाइ पनि सिकाउ/ अनिता स्वोदेशी बिदेसी सबैले नेपाल को समाज बस्तुस्थिथि बुझन सजिलो पर्छ/ सिडिओ, राजनीतिक नेता , दलाल गुण्डा हरुले सदियौ देखि राम्रो संग चले को समाज, संस्कृति, र एक आर्का माथि को हाते मालो लाइ देख्न नसकी चलेको घृणित छल हो यो/ तेसै ले समयमै सबै सजग हुनु पर्छ/ यी पाखण्डी सिडिओ, नेता, र दुर्गंदी हरु लाइ समयमै धान चामल जस्तो छुट्याउनु पर्छ/ ९५% कर्मचारी हरु घुस्या छन्, ९७% नेताहरु ज्यानमारा र पाताकिहरु छन् / यिनै का हातमा गोलि, यिनैका हातमा बोलि अनि के गर्ने/ तेसै ले मित्र हरु हामि एक भएर अगाडी बढ्न सिक्नुपर्छ/ जात जति को नाममा सस्था नारा दिने पनि यिनै हुन्/ हामि सबै मिलौ देस हाम्रो हो/ यी पाजी हरु त अपराधी हुन्/ देस चुसेकै नेता, सिडिओ गुण्डा कर्मचारी हरुले हो/ थोरै मात्र कर्मचारी, नेता, सिडिओ हरु ले राम्रो काम गर्न खोजे तर तिहिहरु लाइ समयेमै पाखा लगाइयो/

    Reply
  39. razen says:
    August 1, 2013 at 4:58 am

    येस्ता येस्तै कुरोमा जनतालाई जुधाएर अल्मलायेपो नेताहरुले देशको सट्टा घर बिकाश गर्ने मौका पाउछ , खै कुरा बुझेको |

    Reply
  40. द्रोण says:
    August 1, 2013 at 4:08 am

    सिबजी र अमिताभ बुद्द राम्रो दोस्त थिए , तेस्तै सिबजी र पार्वती को घर स्वयम् हिमाल मा भएकोले उनीहरु किरात हुन् ? कसैले देखेको छ सिबजिले धोति लगाएको ?
    हिन्दु ले सबै पुजा गर्छ ३३ करोड देउता अब २ वटा थप्ने हो भने हिन्दुको कसै सग बिबाद हुन्न ति हुन् अल्लाह र जिजस क्राइस्त |
    जसले बिग्रह को मानसिकता बोकेको छ र नेपालि नेपालि बीच कुटिल भाब राख्छ
    उसले एता उति कुरा गर्छ नत्र के को बिबाद ?
    फेरी यहा कुन चै ले धरम मान्छ ? झगडा ,राजनीति गर्न मात्र धर्म चाइने ??
    सोचु त् हिन्दु ,बुद्दिसत् , क्रिस्च्यांन , मुसलमान सबले आफुले कातिको इमान्दार भएर धर्म मानेको छ ?

    Reply
  41. pramod says:
    August 1, 2013 at 4:02 am

    बुद्ध हाम्रो देश मा जन्मिए का हुन् भनेर बिस्व मा प्रचार गरि रहेको अवस्था मा नेपाल मा यस्तो हुनु ठुलो दुख्ख को कुरा हो . हामी नेपाली हरु ले बुद्ध लाइ हिन्दु बागवान को अबतार पनि भन्ने गर्छौ . दिन्दु मन्दिर मा बुद्ध र बुद्ध को मन्दिर मा हिन्दु को मन्दिर पनि देखिन्छ .बुद्ध एकल भगवान हुन् जो नेपाल मा जन्मेका हुन् . यो कुरा मा त नेपाली ने गर्ब गर्नु पर्ने हो . मलाई लाग्छ नेपाल को सान्ति भाड्ने काम कुनै तेस्रो सक्ति ले गर्दै छ , बुद्ध को मुर्ति स्थापना गर्ने निणय भैसके को रहेछ तसर्थ कसैले बिरोध गर्न गरुरी छैन , मुर्ति स्थापना गर्न पाउनु पर्छ .

    Reply
  42. karma says:
    August 1, 2013 at 4:01 am

    बुद्ध धर्म माथि हिन्दु धर्मले सधै हेला गर्दै आएको छ | माथिको बिरोध कार्यमा सुर्खेतको CDO को पक्कै पनि समर्थन हुनु पर्छ | यो CDO भए सम्म त्यहाँ पक्कै पनि शान्ति नआउला | यो ठाउमा ८० प्रतिशत बुद्ध मुर्ति र २० प्रतिशत हिन्दु मुर्ति थियो | अब ८० प्रतिशत भएको ठाउमा बुद्ध मुर्ति राख्न नदिनु र सेफ्टी ट्यांक माथि बुद्ध धर्म राख्नु जस्तो अर्को अन्याय के नै हुन सक्छ र? बनको नै सुरक्षा गर्नु थियो भने नेपालमा त्यति धेरै बन फडानी र तस्करी भै रहेको छ, त्यहाँ किन चासो नदिएको?

    Reply
  43. नरेन्द्र says:
    August 1, 2013 at 3:12 am

    यो जनता-जनता लडाउने कुकर्म गर्नेहरु देखि सचेत हुन् जरुरि छ,मेरो हिन्दु प्रति आस्था छ तर म बुद्ध जन्मेको देशको नागरिक भनेर संसार भर गर्ब गर्छु। नेपालीहरुको आपसी मेलमिलाप लाइ खलल पुराउदै दुवै जाति अतिबादी र धार्मिक अतिबादीहरु देशको लागि खतरनाक रुपमा प्रस्तुत हुदै छन। सबै नेपाली दाजुभाइले बेलैमा यी कुतत्वहरुको पहिचान गरि सतर्क हुन् नसके भबिस्य मा अझ धेरै समस्या आउने निश्चित छ। सबै जनतालाई भगवानले संयम हुने शक्ति प्रदान गरुन, अब राजनैतिक दल र सरकारले भनौ भने उनीहरु आफै जनता लडाउन उत्द्धत छन।

    Reply
  44. तेजप्रसाद अधिकारी says:
    August 1, 2013 at 3:07 am

    हामीले यहाँ दिइएको सुझाबले कुनै महत्व राख्ने त होइन तैपनि नेपालका मुर्ख शिक्षित वर्ग काइते कानुन देख्दा रिसको पारो चढ्छ, अनि दुइ वटा गाली त लेख्नै मन लाग्छ । ‘कु’तर्क पनि कस्तो हो क्या भन्या, ‘यो सदियौँदेखि सबैको साझा थलो भएकोले कुनै एक धर्मको धार्मिक पहिचान देखिने भौतिक संरचना निर्माण गर्ने स्वीकृति नदिइयोस्,’ रे…. सबैको साझा थलोमा सबैको पहिचान देखिने भौतिक संरचना निर्माण गर्ने कि हुन लागेको काम मा भाजो हाल्ने…?? ल ठिक छ त्यहाँ बुद्ध मुर्ति स्थापना गर्न मिलेन रे , त्यहाँ मन्दिर बनाउन कसरि कुन कानुन या सिद्दान्त ले मिल्छ त ..?? भारतमा अयोध्याको बवारी मस्जिद कहिले सन्चो नहुने घाउ बनेको तितो यथार्थ यी मुर्ख हरुलाई कसले सम्झाउने ?? हाम्रो मा त कति सजिलो छ, मन्दिर र बुद्ध मुर्ति एक आर्काका पर्यायी जस्तै भएको देशमा यो वाहियात बितण्डा को के आवश्यकता छ ?? अरु केहि होइन, यो पानी धमिल्याउने अनि माछा समाउने नियोजित ‘नियत’ हो । तर यो नियत ले निम्त्याउन सक्ने त्यो भयङ्कर साम्प्रदायिक असन्तुलन र त्यसको अकल्पनीय परिणामको कल्पना ले पनि मेरो त आङ्ग नै सिरिङ्ग हुन्छ । हैन नेपाली हामि भेंडा नै हौ त…???

    Reply
  45. Kamal Rai, Kirtipur says:
    August 1, 2013 at 2:35 am

    मूर्ति राख्न दिनुपर्छ । किनकि यो देशको माटोको कुनै कण कुनै धर्म विशेषको होइन । सबै जातजातिहरु मिलेर बस्नुपर्छ भन्नेहरु कुनै विशेष ठाउँलाई हिन्दूको अर्थात् मेरो मात्रै हो भनेर कराउनु मनासिव छैन ।
    यसै मेसोमा म केही तितो सत्यहरु मिसाउन चाहन्छु । देशका विभिन्न ठाउँमा भएका अहिलेका हिन्दू देवस्थलहरु कुनै बेला ती ठाउँ विशेषका जनजातिहरुका पितृस्थलहरु थिए । जस्तो कि पूर्वका बराहक्षेत्र, बराहपोखरी, हलेसी, पाथीभरा आदि । यी देवस्थलहरु अहिले हिन्दु धर्मावलम्बीका तीर्थस्थल भनेर चिनिन्छन् । वास्तवमा यी स्थलहरु पहिले हिन्दुधर्मावलम्बीका थिएनन् । पूर्वका किराँतीहरुका पितृस्थलहरु थिए । यी ठाउँहरुमा भेटिने शिलालेख, इतिहास र किंवदन्ती मात्र नभई स्थानीय बुढापाकाहरु यसका साक्षी हुन् । पछि यिनलाई जबर्जस्ती हिन्दूकरण गरियो । खोसियो । यस सन्दर्भमा लेखक झलक सुवेदीले मलाई एकचोटि देशका बाहुनहरुको चलाखीको बारेमा आश्चर्य मान्दै बताएका थिए । उनी एकदिन धनकुटाको छिन्ताङ पुगेका थिए, त्यहाँ किराँतीहरुले पुज्दै आएको प्रसिद्ध छिन्ताङदेवीको थान छ । स्थानीय एक बाहुन शिक्षकले भने उनलाई छिन्ताङदेवी पार्वती हुन् भनेर उनले लेखेको किताब सुवेदीलाई थमाइदिएछन् । उनले गाउँमा कुनाकन्दरामा जारी रहेको हिन्दूकरणको नमुनाको रुपमा यो कुरा उल्लेख गरेका थिए । खोला नाला वा यस्ता धार्मिक स्थलका नाम वा विशेषतालाई देशाटन गरेर योगी नरहरिनाथले हिन्दूकरण गरेको मलाई बताएका थिए । यति मात्र होइन लेखक सुवेदीको कास्की स्थित गाउँ पलाप्र (गुरुङ भाषामा ऐसेलु खर्क) लाई त्यहाँका क्षेत्रीबाहुनले जबर्जस्ती पालामपुर बनाइदिएका छन् अरे । यस्तो अतिक्रमणको कुरा गरी साध्य छैन ।
    यद्यपि यसलाई राज्य एकीकरण यता हिन्दूअधिराज्यको परिणामको रुपमा हेरिनुपर्दछ । यो त्यतिबेलाको अवस्थाको उपज थियो । उहिले बजार या मेलापातदेखि स्वास्नी घिसारेर ल्याउने चलन थियो भन्दैमा अहिलेका बाउ बाजेलाई कानुन लगाउनु मनासिव होइन । तर सवाल के हो भने बुद्धको मूर्ति राख्न नदिने काममा हिन्दूअतिवादीहरुको सक्रियता रहेको पछिल्लो घटनाले देखाउँछ । यसले देशमा धार्मिक वैमनस्यता पैदा गराउने काम गर्छ । यदि धार्मिक द्वन्द्व भयो भने स्वयम् हिन्दूअतिवादीहरुको लागि यो प्रत्यूत्पादक पनि हुन सक्छ । धार्मिक आस्थामा अतिक्रमण गरी बनाइएका मन्दिरहरु माथि पनि यस्तै प्रश्न उठ्न थाल्यो भने त्यसले विनाश निम्त्याउँछ । आखिर काक्रेबिहारमा मन्दिर बनिसकेकै रहेछ । बुद्धको मूर्ति पनि राखियो भने झन पर्यापर्यटनको विकास हुन्छ र धार्मिक सद्भाव पनि देखिन्छ । मेरो मात्रै हो भन्ने अतिवादी सोच त्याग्नुपर्छ ।

    Reply
    1. Rocky says:
      August 1, 2013 at 8:23 am

      तपाई को ज्ञान भनौ कि अर्ध ज्ञान? माथि को लेख राम्रो संग पढनु भएन जस्तो छ/ तपाई को बिचार बडो विरोधाभास पूर्ण छ/ एकातिर कुनै विशेष ठाउँलाई हिन्दूको अर्थात् मेरो मात्रै हो भनेर कराउनु मनासिव छैन भनेर भन्दै हुनु हुन्छ अर्को तिर अहिलेका हिन्दू देवस्थलहरु कुनै बेला ती ठाउँ विशेषका जनजातिहरुका पितृस्थलहरु थिए भन्दै हुनुहुन्छ/ हिन्दु हरु ले माने पनि जनजातिहरुका पितृस्थलहरु मा पूजा आज्ञा गर्न कसैलाइ रोक त थिएन नि, त्यो त राम्रो कुरा हो- हिन्दु बौद्ध धर्मावलम्बी हरु को यिनै साझा तिर्थ स्थल हरु माथि त हामि ले गर्भ गर्दछौ- अब तपाई जस्ता अर्ध बुझक्कड हरु ले गर्दा कुरा बिग्रिन्छ- काक्रे बिहार को बार्हौ सताब्दी देखि को इतिहास छ- त्यो हिन्दु र बौद्ध धर्मावलम्बी को लागि उत्तिकै महत्वपुर्ण छ- साथै पुरातात्विक महत्व ले पनि उतिक्कै महत्वपुर्ण छ- भोलि अर्को समूह ले त्यहाँ शिव को मुर्ति राख्नु पर्यो – ठुलो गणेश को मुर्ति राख्नु पर्यो भने दिने कि नदिने? नदिने भए किन नदिने ? मा हिन्दु हो तर तपाई ले भने जस्तै लुटिएका तिर्थ स्थल मा श्रद्धा पुर्वक पुजा गर्छु भने के खराब हुन्छ ? म जस्ता हिन्दु ले सम्मान पुर्वक र आस्था पुर्वक त्यहाँ पूजा गर्छु भने त्यो स्थान कसरि लुटिञ्छ? कृपया केहि कुरा बोल्न लेख्न भन्दा अगाडी हाम्रो देश को सदियोउ देखि को धार्मिक सहिस्नुता को पनि बिचार गरौ.

      Reply
    2. R Chhetri says:
      August 1, 2013 at 10:12 am

      तपाई लाई थाहा छ राईजी काक्रेबिहार कर्णाली को खस मल्ल सभ्यता को धरोहर हो भनेर ? खस साम्राज्य को हिउदे राजधानी दैलेखको सेरोफेरो मा अवस्थित छ यो स्थान | खस साम्राज्य को लिखित/ प्रमाणित इतिहास को समय र यसको निर्माण को अनुमानित समय ठ्याक्क मेल खान्छ | शक्तिसाली खस राज्य को तत्कालिन भूगोल मा पर्ने यस स्थान मा बाहिर बाट आएर त पक्कै पनि अरुले निर्माण गरेन होला? तेसैले कुनै पनि जात बिशेस लाई गाली नगर्नु होला | मेरो विचार मा यो स्थान मा कसैको पनि मुर्ति राख्नु हुन्न बरु यसको जिर्णोद्वार मात्र गरिनु पर्छ |

      Reply
      1. Mahesh Mahaseth says:
        August 1, 2013 at 1:32 pm

        खस हरुको पनि आफ्नै धर्म थियो / यो हिन्दु धर्म त पछि आएर प्रभाब परेको मात्रै हो/ नेपालको समाजसस्त्री डोर बहादुर बिस्टले पनि उल्लेख गर्नुभएको छ/ नेपालको खसहरुको आफ्नै भाषा र धर्म थिए तर कालान्तर मा हिन्दुको प्रभाव परेको हो/ अहिले पनि पश्चिमको खसहरु त्यहि पुरानो धर्म मान्छन/

        Reply
        1. R Chhetri says:
          August 1, 2013 at 10:16 pm

          खस राज्य मा राज्य धर्म बौद्ध थियो | बासिन्दा हरु धामी झाँक्री (shamanism )र बौद्ध धर्म दुवै मा विश्वास राख्थे | बि स १४५० को आसपास बाट मात्र क्रमस हिन्दुक्रित गरिएको तथ्य छ | खस हरुले मान्ने गरेको मौलिक देवता मस्टो को पुजा नेपाल का सबै छेत्री/ खस हरुले गर्दै आइरहेका छन्, पश्चिम का खस ले मात्र होइनन |

          यो एउटा पुरातात्विक महत्व को छेत्र भएको ले येस्मा विवाद निम्त्याउने काम गर्नु हुदैन | बरु यसको उचित संरक्षण गरिनु पर्छ |

          Reply
  46. Pandyji says:
    August 1, 2013 at 1:37 am

    नेताको मूर्ति चाँही नराखून अरु जसको राखे पनि हुन्छ ! भगवान जति सबै मेरा आफ्नै हुन

    Reply
  47. Dipesh says:
    August 1, 2013 at 1:25 am

    मन्दिर र बिहार दुइतै संगै बनाए भैगो नि. के को रडाको हो बुझ्नै सकिएन.

    Reply
  48. dilip gurung says:
    August 1, 2013 at 1:19 am

    नेपालमा कहिलै नदेखिएको यस्तो साम्प्रदायिकताको लागि प्रमुख जिम्मेवार को हो भन्ने कुरा धेरैले बुझेका छन्|

    Reply
    1. Milan Rana says:
      August 1, 2013 at 6:53 am

      यो त सबै लाइ थाहा छ नि | नेपाल का राजनीति दल हरु हुन् भनेर- एमाओबादी, कांग्रेस, एमाले, मधेसी सबै हुन् | ज जसले धर्म निरापेक्ष्ये राष्ट्र बनाउन को लागि हस्ताक्षेर गरे ति सबै दोषी हुन् | मलाई त येस्मा एमाले को ठुलो हात छ जस्तो लाग्छ |

      Reply
    2. shyam says:
      August 1, 2013 at 6:31 pm

      यो सब गराउने नेपाल का राजनैतिक दल हरु नै हुन् , त्यस मा पनि सबै भन्दा दोषी एमाओबादी नै हो किन कि नेपाल मा जातियेताको बिउ रोप्ने तिनीहरु नै हुन् जसको असर यहि हो !!!

      Reply
  49. shyam says:
    August 1, 2013 at 1:15 am

    बास्तब मा मेरो बुझाई मा त, यो जनता जुधाउने काम सरकार ले नै गरेको छ, हामि बुद्ध हाम्रो देश मा जन्मेको हो भनेर कत्रो गर्ब गर्छौ, अहिले विश्व भरि नै बुद्ध को बारेमा कत्रो चर्चा छ ,हामि भने सानो कुरा मा अल्झिञ्छौ, जहा बनाए पनि आफ्नै देशको सान हो भनेर किन नबुझेका होलान ! हिन्दु धर्म र बौद्ध धर्म नंग र मासु जस्तै हो हामि नेपाली को लागि ! सरकार ले तुरुन्त निर्णय गरेर काक्रेबिहार मा बुद्ध को मुर्ति स्थापना गर्नु पर्छ !!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme