Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः एउटै घटनामा चार अपराध

Posted on July 28, 2013July 28, 2013 by mysansar

बेलबारी घटनाका पीडकहरुलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ। आज राजधानीको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आयोग अध्यक्ष सुशीला सिरपानी ठकुरीले घटनालाई अर्कै ढ‌ंगले मोड्ने र दुर्व्यवहार गर्नेहरुलाई यत्तिकै छाड्ने षड्यन्त्र भइरहेको बताएकी हुन्। उनले प्रशासनले घटनालाई छुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको भन्दै पीडितले न्याय नपाउने अवस्था सिर्जना गरिए त्यसको प्रतिरोध गर्ने चेतावनी दिइन्। प्रहरीको छानबिन टोलीले भने त्यहाँ छुवाछुत ऐन लगायत चार किसिमको अपराध भएको ठहर गरेको छ।

विराटनगरबाट छापिने उद्‌घोष दैनिकले आज छापेको खबर यस्तो छ-

बेलबारी घटनाको छानबिन गर्न पूर्व क्षेत्रीय पहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गठन गरेको छानविन टोलीले एउटै घटनामा चार किसिमको अपराध भएको ठहर गरेको छ। स्थलगत अध्ययनपछि टोली सो निर्णयमा पुगेको हो।

टोलीले प्रनामनिलाई शनिबार प्रतिवेदन बुझाउनुपर्नेमा समय अभावका कारण बुझाउन सकेन। सम्भवतः आइतबार बुझाइने छ। अनुसन्धानको बारेमा टोली प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालालाई सोध्दा अहिले प्रतिवेदन तयार गर्ने काम भइरहेको तर प्रतिवेदन के छ भन्न नमिल्ने बताए।

घटनाको प्रकृति हेर्दा पीडित महिलालाई बलात्कार गर्ने नियतले नै कसैले एकान्त ठाउँमा मौका छोपी समाउन खोजेको हुँदा जबर्जस्ती करणीको प्रयास सम्बन्धी कानुन आकर्षित हुन सक्ने देखिन्छ।

सार्की थरकी ती महिला पीडित हुन्न थिइन् भने कसैका विरुद्धमा प्रहरीमा उजुरी गर्न जाने आँट गर्ने थिइनन्। प्रहरीको कर्तव्य त्यस्तो उजुरी आए दर्ता गरेर घटनाको छानविन गर्नु पर्थ्यो। घटनाको गाम्भीर्यतालाई नबुझ्नु प्रहरीको पनि कमजोरी हो।

अर्को दिन अन्नपूर्ण एकेडेमी स्कुलमा भेला हुनेहरूले महिला, उनका सहयोगीलाई बेइज्जती गर्ने, कालो मोसो दल्ने, जुत्ताको माला लाउने जस्ता कार्य गर्नेहरूमाथि केही सार्वजनिक अपराध ऐन उल्लंघन गरेकोमा कार्वाही गर्नुपर्ने देखिन्छ।

त्यस्तै दलित महिलामाथि भएको दुर्व्यवहारलाई हेर्दा दोषीहरूउपर जातीय भेदभाव तथा छुवाछुत अपराध (कसुर र सजाय) ऐन २०६८ अनुसारको कसुर गरेको देखिने हुँदा सो ऐनको दफा ७ अनुसारको सजाय गर्नुपर्ने देखिन्छ।

त्यसैगरी कसैको सार्वजनिक बेइज्जती हुने गरी फेसबुकलगायतका विद्युतीय सञ्चारका माध्यममा अनुहार चिनिने गरी समाचार दिइएको हुँदा त्यस्तो कार्य बदनियतपूर्ण ढंगले गरेको हो भन्ने ठहर हुन सक्छ।

सो घटनामा छुट्टाछुट्टै छानबिन समितिहरू बनेका हुनाले कसको ठहर के आउने भन्ने जानकारी आउन बाँकी नै छ। तर, घटनालाई गम्भीरतापूवर्क लिई दोषीहरूलाई कार्वाही गर्न कार्वाही गर्ने प्रशस्त आधारहरू देखिएका छन्।

(२०७० साउन १३ गतेको उद्घोष दैनिक विराटनगरबाट)

5 thoughts on “बेलबारी बर्बरताः एउटै घटनामा चार अपराध”

  1. Pingback: बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न « Mysansar
  2. Sanu Nepali says:
    July 30, 2013 at 11:03 am

    फेसबुक मा अपलोड गरेको भिदेओ कै आधार मा अपराध र अपराधी को पहिचान भएको थियो . यदी फेसबुक मा त्यो भिदेओ न दिएको भए त्यो अपराध धाक छोप हुने थियो जस्तो लाग्छ मलाई .

    Reply
  3. Basanta Thapa,Maryland,USA says:
    July 29, 2013 at 5:48 am

    अपराध ढाकछोप गर्नु र अपराधी बचाउनु पनि ठुलो अपराध हो \ हामीले समाज मा देख्दै आएका छौ नराम्रो गर्ने हरुको एकदिन नराम्रो भएको \ सायद पाप धुरी बाट कराउछ र इश्वरले सजाय दिन्छ भन्ने जन बिस्वास प्रमाणित हुदै आइरहेको छ \यस घटना मा पनि दोषीले सजाय आज नपाए भोलि अबस्य पाउनेछन फरक यति छ सजाय फरक ढंगले इस्वर या इश्वर रुपी मानब ले देलान \ बुद्धिमता यहि हो कानुन ले जे भन्छ सजाय त्यहि देउ सजाय मा अन्याय नगर ! जमात ,सम्पत्ति र राज्य को आड लिएर घटना दबाउने र उकास्ने काम नगर \ छुवाछुत र भेदभाब हटाउन सोच ,ब्यबहार ,शिक्षा मा परिबर्तनको साथै सामाजिक छलफल ,कार्यक्रम गरिनु पर्छ भने कानुन र कार्यान्वन कडा र स्वच हुनु पर्छ \ हामि सबैले बुझौ र बुझाउ मानिसको जात ,धर्म ,बिचार ,बर्ग क्षेत्र मानिसको जंगली अबस्था देखि आएको होइन मानब बिकाश , बसाइ सराइ ,बसोबास,पेशा अनुरुप बनेको र बनाईएको हो \ जो लेख्न ,पढ्न ,भन्न जान्ने र राज्य गर्ने हरुले बनाएका हुन् जो चिनजान सजिलै होस् प्रत्येक व्यक्तिको परिचय बनोस र व्यक्ति ,समाज र देश लाइ आबस्यक पर्ने काम बनोस \ आज समय संगै परिचय फेरिदै छ \ तर हाम्रो समाजमा रहेको परिचय आज अभिसाप बनि मानब जिबन माथि खनिएको छ \ जंगली अबस्थामा एकै स्थानमा बस्ने हामि ,एकै पातमा खाने हामि आज जातपात ,ठुलो सानो भनेर छुवाछुत र भेदभाब मा लिप्त छौ र यस्ता घटना घटीइ रहेका छन् \ हाम्रो जस्तो अशिक्षित र अबिकिशित देश हरुमा महामारी बनि मानब जिबन धोस्त बनाइरहेको छ \ यो मानब हौ भन्ने हरुलाई लाजलाग्दो र दुख लाग्दो स्थिति हो \ एक पल्ट आफ्नो पुर्खालाई हेर तिम्रो यो शान ,मान ,यश ,आराम तिनै अभागी पुर्खाका आशु ,पशिना र बलिदान का उपज हुन् \ जुन बेला कुनै छुवाछुत ,भेदभाब र बर्ग थिएन \

    Reply
  4. madan bajracharya says:
    July 29, 2013 at 2:38 am

    संचार माध्यमले अनुहार चिनिने गरि दियको हुँदा बदनियतपूर्ण हुन् सक्ने? यो कुरा त् उपल्लो जातिकाले गरेको अपराध र अपराधकर्मिको बारेमा स्पस्ट जानकारी गरायर तेस्ता माथि कार्यवाही गर्न सरकार बाध्य भयकोले संचारकर्मीलाइ नै हतोत्साहित गराउन खोजेको जस्तै भयो/

    Reply
  5. Lohani Indra says:
    July 29, 2013 at 1:30 am

    माइसंसार कै पहलले बेलबारी घटनालाई उजागर गर्दै यहाँसम्म ल्याएकोछ ! यो पहल त्यस घटनाको नालायक भेजेलान्ते मतियारहरुलाई चुमुर्क्याउने अंकुशे हो भन्ने मेरो ठम्याईछ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme