Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‍२४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्की

Posted on July 28, 2013July 28, 2013 by Salokya

dhamki
‘विदेशमा बसेर देशको बदनाम गर्नेहरु’ शीर्षकको ब्लग छापिएपछि एक उपबुज्रुकले २४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्कीसहितको इमेल पठाएका छन्। यी तिनै व्यक्ति हुन् जसले असाइलमका लागि सरकारविरोधी देखिने दुई वटा आर्टिकल पुरानो मितिमा छाप्ने ‘अनएथिकल’ कामका लागि पैसाको लोभ देखाएका थिए। त्यो ब्लगमा कसैको नाम र ठेगाना खुलाइएको थिएन किनभने व्यक्तिभन्दा पनि प्रवृत्ति उजागर गर्ने कोशिश थियो त्यो। त्यही ब्लगको विषयमा जथाभावी गाली बक्दै नारायण तिमल्सिनाले यस्तो धम्की दिएका हुन्। यो उनी बसेको देश बेलायतको कानुन अनुसारमात्र हैन नेपालको कानुन अनुसार पनि गैरकानुनी हो।

अपराधसम्बन्धी रिपोर्टिङ गर्ने साथी केपी ढुङ्गानाका अनुसार यस्तो खालको इमेलको आधारमा नेपालमा धम्की दिएको आरोपमा कारबाही हुनसक्ने व्यवस्था छ। कानुन व्यवसायीका अनुसार विद्युतीय कारोबार ऐन अनुसार पनि त्यस्तालाई कारबाही हुनसक्छ। नेपाल बाहिर रहेका नेपालीलाई नेपाल प्रहरीले अनुरोध गरेर सम्बन्धित देशबाट डिपोर्ट गराउने अनुरोध पनि गर्न सक्ने व्यवस्था रहेको छ।

70 thoughts on “‍२४ घण्टाभित्र ब्लग डिलिट गर्न धम्की”

  1. Prakash gurung says:
    August 1, 2013 at 12:10 am

    यो नारानेविरुद्ध नेपालमा र युकेमा पनि उजुरी दर्ता भइसक्यो भन्ने सुनियो । UKBA ले यसलाई खोजिरहेको छ रे । बजियाले नराम्रो धक्का खाने भो ।

    Reply
  2. Madhav Parajuli says:
    July 31, 2013 at 3:46 pm

    २४ घण्टा भन्दा त धेरै भयो आर्टिकल लेखिएको पनि, के हेरेर बसिराछन त यी तोरी लाहुरे ले ब्लग डिलिट नगरेर

    Reply
  3. yamnarayan ( Dubai ) says:
    July 31, 2013 at 1:28 am

    ये राता मकै कस्तो बुद्धि नभाको रैछ यो नाराने ?

    Reply
  4. Sandesh says:
    July 30, 2013 at 12:40 am

    बुद्दि लगाउनु पर्ने ठाउमा साथिले बल प्रयोग गर्न खोजे!
    गलत बाटो!
    राम्रो काम गर्नेलाइ यो जुनी मै स्वर्ग, नगर्नेलाइ नर्क. बिचरा नारायणजी, अब नर्कको जिबन भोग गर्ने भए! कुरो जटिल भै सक्यो!

    Reply
  5. Sagar Sarma says:
    July 29, 2013 at 11:02 pm

    एउटा आम मान्छे जो अलिअलि अबुझ अलि अलि फटाहा छन् अनि सायद (म जस्तै अलि अलि मुर्ख पनि). सायद उनलाई हामी मध्येका कोहि कोहि ले तेत्ति साह्रो सब्दमा गालि नगरेपनि हुन्थ्यो कि ?
    सबै मान्छे उत्तिकै righteous नहोलान , मान्छे पिछे का सोच फरक होलान अनि तौर तरिका फरक होलान. हामी साच्चैको आदर्शवादी पनि हैनौ होला| नारायण को दया लाग्यो मलाई. यो सानो घटना उन को लागि शिक्षाप्रद होश भन्ने मेरो कामना छ| गल्ति सबै ले गर्छन| सुध्रिनु ठुलो कुरा हो|

    Reply
  6. Bishwaraj says:
    July 29, 2013 at 8:59 pm

    यो तीमील्सीना भन्ने – के- पी ओलीको चेला जस्तो लाग्यो-

    Reply
  7. Dipak says:
    July 29, 2013 at 5:47 pm

    लौ साथी हरु हो खुसि को कुरा !!!
    अमेरिका मा २००५ देखि २०१२ सम्म मा असैलम ग्रान्ट भयका हरु चाहे ति नागरिक नै भयका किन नहुन सबैलाई अहिले देस को स्थिति सुध्रेको हुनाले अमेरिकी सरकार ले देश फर्काउने निर्णय मा छिट्टै sign गर्दै छ . तेहा YCL हरु खुसि हुने भय

    Reply
  8. Raj says:
    July 29, 2013 at 11:19 am

    आफै गल्ति गर्नु छ अनि अरुलाइ थरकौनु पनि कति सम्म गिर्दो चरित्र !! असैलुम जुनसुकै बेला रेजेच्त हुन सक्छ छल गरे को छ भने !!! सक्छौ भने आफ्नो सत्य कर्म बाट अगाडी जाऊ !!! नराम्रो काम को फल ढिलो चाडो नराम्रो नै हुन्छ !!! अस्य्लुम गरेर के के न गरे भनेर फुर्ति नलगाए कै राम्रो ….

    Reply
    1. वाहिद अलि says:
      July 29, 2013 at 1:58 pm

      सबै कमेन्ट मा कमसे कम तिन ओटा उन्लाईक…. नारने संग मोबाइल ल्यापटप अनि डेस्कटप रहेछ …..लोल

      Reply
  9. deepak says:
    July 29, 2013 at 11:08 am

    Salokya, you certainly have a class.
    It would be good to publish his IP address and get an idea of who he really is. People like him never respect hard work, all they know is the short cuts for everything in life- be it getting education, job or anything in life.

    Reply
  10. Suman bhote says:
    July 29, 2013 at 10:33 am

    छोड दिनुस सालोक्य सर….. तपाई सग उसको सबै डिटेल छ….तर त्यो मान्छे सग Nepal आउने पास्स्पोर्ट सम्म छैन होला…. छोड दिम… तपाई त बुजेको मान्छे, त्यो मान्छे तनाब ले ग्रस्त जस्तो लग्यो….. एस्लाई माफ गरिदिनु…. आखिर नेपाली नै हो…..

    Reply
    1. बिनोद तिमिल्सिना says:
      July 29, 2013 at 5:40 pm

      छोड्ने कुरै छैन,चुपचाप नबस्नुस्,विदेशका जेल अलि सफा र सुविधा भएका हुन्छन्,त्यसैले यस्तालाई हनुमान ढोका मै कोच्नुस्।

      Reply
  11. बेखालाल नेपाल says:
    July 29, 2013 at 9:55 am

    यी महासयलाई बेलायत बिधुतिय कानुनको झट्का लगाउनु पर्छ अनि चेत खोल्ने छ!

    Reply
  12. samrat~ says:
    July 29, 2013 at 9:40 am

    नाराने ले हिन्दि फिल्म धेरै हेर्दा रहेछन..तेस्तै तेस्तै डाइलग सम्झेर हानेछ ..अब त २४ घण्टा पनि भै सक्यो ..खोइ त नाराने एउटा रौ पनि हल्लिएको छैन.
    भुक्ने कुकुर ले टोक्दैन भनेको थाह छ नाराने ?

    Reply
  13. रोसन,टोक्यो says:
    July 29, 2013 at 9:36 am

    मलाई एक मुस्लिम धर्म गुरुले भन्थे यदि अल्लाह ले तिमीलाइ सजाय दिनु पर्यो भने, के हि पनि गर्दैनन् बस् तिमी अक्कलको पर्दा बन्द गरि दिन्छन् | बाकी काम तिमी आफै गर्दै जान्छौ| नारायण तिमिल्सिना जी ले एक गल्ति गर्नु भो ,सजाय स्वरुप अक्कलको पर्दा बन्द भो | अब हेर्दै जाउ यो सिलसिला कहाँ सम्म पुग्ने हो, खुदा जाने |

    Reply
  14. Pradip Shrestha says:
    July 29, 2013 at 4:43 am

    बेलायत गएर जानेको अलिअली अङ्रेजी सबै इमेलमा लेखिहाल्यो, अब भोली काममा के अङ्रेजी बोल्ने हो यो नारानेले।

    Reply
  15. Harke says:
    July 29, 2013 at 2:24 am

    लौ खत्तम…स्याल त सहर पो पसेछ…!!

    Reply
  16. Milan Rana says:
    July 29, 2013 at 1:15 am

    एस्तो चोर हरु संग डराउन पर्दैन, सालोक्य जी | तपाई ढुक्क हुनुहोस यो गधा फस्छ अब |

    Reply
  17. razen says:
    July 29, 2013 at 12:26 am

    वान्च अपन अ टाइम इन काठमांडू को ग्यांगसटर बन्न खोज्य होला बजिया |

    Reply
  18. शशांक लामा says:
    July 28, 2013 at 11:28 pm

    सोझा साझा नेपालीलाई कज्याउने बानी परेको रहेछ नारानेलाई! नेलायातीहरुले यसो दुइ चार थप्पड हान्नुपर्यो….. ‘जोडका झटका धीरे से लगे’……..

    Reply
  19. Sam Sharma says:
    July 28, 2013 at 11:15 pm

    यस्ता क्रिमिनल, बदमास, फटाहा, खुराफाती देश छोडेर त्यही बसे नै देश बढी सुन्दर-शान्त हुन्थ्यो होला / एउटा “क्रिमिनल सस्पेक्ट” डन लाइ छुटाउन राजमार्गनै बन्द गरी सोझा जनताहरुलाई दुख दिने नपुंसक पार्टीका आत्माबिहिन मान्छेरुपी भाडाका जनावरहरुलाई पनि नेपाल बाहिर पठाउन पाए देश कति सुन्दर-शान्त हुन्थ्यो होला / विश्व धेरै अगाडी पुगिसक्यो, हामी “मानब तस्कर” र “राजनैतिक तस्कर” बाट पैसामा बेचिएका छौं / अलिकति स्वतन्त्र र शान्त दिमागले सोच्ने हो कि ?

    Reply
  20. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    July 28, 2013 at 11:13 pm

    भुक्ने कुकुरले टोक्दैन , यो त जगजाहेर कुरा हो !

    Reply
  21. गाणेश says:
    July 28, 2013 at 11:00 pm

    यो खुरापातीको दिमाग सटकेछ। सबै बिकाऊ छ भन्ने सोच रहेछ। आफ्नो कोदालो, आफ्नै चिहान.

    Reply
  22. Manoj Thapa says:
    July 28, 2013 at 10:48 pm

    This bug should be reported to an appropriate authority (UK immigration??) for detailed investigation and timely treatment so that it can’t grow and harm anymore to others and the country.

    Reply
    1. suzee says:
      July 28, 2013 at 11:13 pm

      साथी हो राम्ररी ध्यान दिएर हेरुम , त्यो तिमिल्सिना अहिले### मन नपरे रातो ## मा चिन्ह लगाउदै आफ्नो समय बर्बाद गर्दै बस्दै छ जस्तो मलाई लाग्यो , किनकी हरेक कमेन्ट मा १ , २ अथवा ३ मन नपरे रातो मैले गौर गर्दैछु,
      २९.०७.२०१३ ४:४४ मिन सम्म हेरुम , कसरि ब्लग delete gardo rahecha,

      Timilsina chai BUG nai ho rahecha

      Reply
  23. द्रोण says:
    July 28, 2013 at 10:28 pm

    निरंकुस सासन काल मै नेपाल मा बसेर सासक को खिलाफ लडेको मान्छेलाई यो झिंगा ले के फुर्ति देखाएको ?

    Reply
  24. madan bajracharya says:
    July 28, 2013 at 10:15 pm

    तिमिल्सिना भन्ने यदि बेलाइतमा गैरकानुनी तरिकाले बस्दै आयको हो भने उसको यो अपराधिक धम्कि पूर्ण इमेलको बारेमा बेलाइतको अध्यागमन विभागमा मेल पठाई दिनुस/

    Reply
  25. BT Malla says:
    July 28, 2013 at 10:02 pm

    येस्तै येस्तै कुकुर हरु को काम र व्यवहार ले गर्दा विदेश मा जाने र बस्ने सारा नेपाली हरु बदनाम भैसके! एस लाई कुनै हालत मा पनि छोड्नु हुन्न …..

    Reply
    1. Navin says:
      July 28, 2013 at 10:29 pm

      अनि येस्तै मानसिकता बोकेका कुकुरहरु हुन सक्छ जसले turkey मा नेपाली दाजुभाईलाइ बेची खान्छन | एस्लाई छोड्न त कुनै पनि हालतमा हुन्न |

      Reply
  26. Navin says:
    July 28, 2013 at 9:54 pm

    लौ प्रक्रिया शुरु गरम तेस्लाई जेलमा हाल्नलाइ , तेस्लाई आतंककारी मुद्धामा बेलायत कै सरकार ले कारबाही गर्ने छ | अब येसो IP , ISP सम्बन्धित निकायलाइ बुझाएर कारबाही सुरु गर्नु पर्छ |

    Reply
  27. Sharma says:
    July 28, 2013 at 9:19 pm

    ल तिमिल्सिना ज्यु माइ संन्सार वाट तपाइलाइ खतरा होला जस्तो छ । यसै लाइ अाधार वनाएर असाइलम गर्नुस, ग्रीन, एलो, लगायत रेड कार्ड पनि पाउनु हुन्छ ।

    Reply
  28. Suman says:
    July 28, 2013 at 8:54 pm

    यो मान्छेले तपाइको ब्लग बन्द गर्न भन्दा अगाडी एसको {detail } तपाइले युकेको [होम अफिस] पठाउने पो हो कि, एसको {application } सिधै रद्ध हुन्छ. अनि देश निकाला पनि.

    Reply
  29. भूषण says:
    July 28, 2013 at 8:52 pm

    हामी तपाईंको साथ छौं मित्र, कसरी एकवद्दता गर्नुपर्छ, भन्नुहोला….

    Reply
  30. Jeevan Thapa says:
    July 28, 2013 at 8:43 pm

    सालोक्य जी , लहरो तान्दा पहरो खस्कियला!!
    युरोप अमेरिका बस्नेहरु धेरै छन् यस्ता फर्जी कागज बनाएर हरियो पत्र र पी आर पड्काउने हरु !!१
    तिनीहरुले कानुन को धज्जी उडाएर फर्जी कागज बनाउँदा अपराध हुन्दैन अरुले सानो कसुर गर्दा अपराध गर्यो भनेर लामा लामा कमेण्ट हरु तिनै लेख्न आउञ्छन मेरो संसार मा !

    मैले राम्रै संग चिनेका २/४ जना अमेरिकामा सरणार्थी भएर हरियो पत्र पड्काई सकेका छन् ! माओबादीले बस्न दिएन भन्ने पेपर बनाए तर तिनका घरमा माओबादी कहिलै पसेनन …..
    लाज नहुनेहरु यस्तै हुन् यी बेकम्फुसे धम्कि हरुसंग डराउनु पर्दैन!!!
    कस्ता कस्ता कहाँ गए युरोप पुगेर सरणार्थी बन्नेहरुले भाडाको बन्द कोठाबाट धम्कि दिन लागे हाहा हाहा

    Reply
  31. kedar says:
    July 28, 2013 at 8:23 pm

    खुरापाती दिमाग, पोर्चुगल बस्दा येस्तै खुरापातिले दिनु दुख देको थियो सबै नेपालि लाइ …… रोल्पा तिरको गौतम हो क्यारे

    Reply
  32. Limbu HarataraH says:
    July 28, 2013 at 7:45 pm

    त्यो कस्तो रैछ भनेर अघिल्लो र यो प्रमाण बाटै प्रस्ट छ!!! मलाई उही ‘नारायण’को फोन नं. छ भने दिनुहोस् न अलिकति परिचय म पनि माग्नु पर्यो- कतै मेरो ठाउंतिर पो सुकुम्बासी भएर बस्या छ कि?!! त्यसलाई उचित सजाय त्यहाँ र यहाबाट शुरु भो अब:

    Reply
  33. Devendra Basnet says:
    July 28, 2013 at 7:28 pm

    आफ्नो deshma केहि गर्न नसकेर बिदेशमा लाखोउ kharcha गरेर tyopani सरनार्थी बनेर बस्न खोज्ने डुकुलन्थक को धम्कीले केहि हुनेवाला छैन .

    Reply
  34. surajpratap says:
    July 28, 2013 at 7:09 pm

    येस्तै हो लाज नभएका नकचराहरू, बिचारहरु के के खुराफाती गरेर युके छिरेका होलान, के के नै भन्ठानेका होलान आफैले आफुलाई, विदेशको कुकुरको जस्तो जिबन भन्दा यहाको जोगीको जिन्दगि नै राम्रो ……

    Reply
  35. Kalika Thapa says:
    July 28, 2013 at 7:08 pm

    यो कुकुर भुक्नु पनि कम्पाउण्ड भित्र बाट भुकेको हो त्यो बाहिर आउने वाला छैन भुक्छ – भुक्छ कोदो को खोले चाट्नु फर्किन्छ

    Reply
  36. sandhya says:
    July 28, 2013 at 6:53 pm

    प्रमाण सहित सबै नालीबेली अहिले पनि सम्बन्धित बिभागमा बुझौन सक्नु भयो भने तेस्ता सरणार्थी केश गरेर बसेकाहरुको पुन छानबिन हुन्छ यो कुरा सत्य हो, तर बिर्सनु हुन्न कि विदेशमा येसरी केश गरेर त्यहाँको स्थाई अस्थाई या नागरिकता पाए पछि के के न पाए जसरि धम्कि दिनु त्रसित मानसिकता हो,डलर यूरो पाउण्डको अहमता हो, यो धम्कि दिने व्यक्ति कतै मानसिक रोगि त हैन,

    Reply
    1. suzee says:
      July 28, 2013 at 8:10 pm

      हो हो मानसिक रोगि नै हुनुपर्छ , नत्र के खाएर एस्तो धम्कि दिन्थ्यो !!!! विदेश त गयो गयो , देशको नाम बेचेर किन ASYL हुनुपर्यो,

      Reply
  37. Sashi Timilsina says:
    July 28, 2013 at 6:45 pm

    हैन कस्तो बदमास ए! तिमिल्सिनाको त नामनै बदनाम पो गरो यसले, कुनै तरिका छैन सालोक्य जी, यसलाई बेलायेत तिरै पक्रौना लगाउने?

    Reply
  38. Raaz says:
    July 28, 2013 at 6:40 pm

    आफुले ठीक तरिकाले समाचार सम्प्रेषण गरेको हो भने केही कुरामा पनि डराउनुपर्दैन ।

    Reply
  39. डिल्ली says:
    July 28, 2013 at 6:35 pm

    “असुरक्षित महसुश?” गरेर शरणार्थी हुन खोज्ने कै यस्तो दादा गिरी भन्या ?

    Reply
  40. Rajan Upriti says:
    July 28, 2013 at 6:27 pm

    Mr. नारायण तिमल्सिना you must have changed your ID when your sent this email but don’t feel too comfortable. If investigation goes on, you would be tracked by your IP.

    Reply
  41. satroj says:
    July 28, 2013 at 6:26 pm

    British Home Office’s urging illegal immigrants to leave by sending vans around London with “go home or face arrest” message was described as “stupid and offensive” by Business Secretary Vice Cable.Text home to 78070 call 02079786399 साथी ले यो देख्नु भयो अनि निन्द्रा हराम भयो. नेपाल को ब्रिटिश एमबीशी मा गइ उजुर हल्दिम्म न अनि देक्छ.झुट बोले को खण्ड मा जेल पर्छ कि २४ घण्टा मा काठमाडौँ को हनुमान ढोका मा हुन्छ.

    Reply
  42. shankar says:
    July 28, 2013 at 6:23 pm

    आइपी र इ मेल सार्बजनिक गरी पाउ न | को मान्छे रैछन हामि पनि चिन्न पर्यो क्या

    Reply
  43. Biraj Subedi, Fougeres, France. says:
    July 28, 2013 at 6:21 pm

    होइन के हो एस्तो? आफ्नो अनुकुल व्यक्तिगत स्वार्थको लागि गैरकानुनी काम गर्न लगाउने, अनि गर्न नमानेपछि उल्टै धम्काउने??? तेस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पर्छ/ तेस्तो आँट र हिम्मत भएको मान्छे किन अर्को देशमा शरणार्थी भएर बस्थ्यो र खुबी भए आफै आफ्नो भाईलाई लिएर आउंथ्यो नि / नमचिने पिंगको सय झड्का…….

    Reply
  44. मानुका पौडेल says:
    July 28, 2013 at 6:21 pm

    सालोक्य जी
    धम्कीले डराउन पर्दैननै । नारायण जी लेख्नु भन्दा पहिला सोच्नुहोस । बेलायतमा हुनुहुँदो रहेछ । त्यहाँ त मानिसहरु छलफल गर्छन् र तर्कले जित्न खोज्छन् । धम्काउँदैनन । बिदेशमा गएपछि सिक्नुपर्ने कुरा हो यो ।
    सालोक्य जी बेलामा शरणार्थी सम्बन्धि कुराहरु लेख्न चाहनुहुन्छ तपाँइले तर पनि सहि कुरा आउँदैन । मैले तपाँइको अघिल्लो ब्लग हेरेँ । यो पनि हेर्दैछु । तर बास्तविकता कसैले पनि भन्दैन र लेख्दैन । किनभने यो भित्र धेरै जटील कुराहरु छन् । यसको दोष शरणार्थी माग्ने नेपालीलाई होइन नेपालको राजनीति प्रणालीलाई दिनुहोस । चाहे भुटानी हुँ भनेर शरण माग्ने नेपली हुन् चाहे बाउले बलात्कार गर्यो र सानीआमाले खान दिइनन भनेर भन्ने हुन् चाहे म राजावादी हुँ माओवादीले थर्कायो भन्ने हुन् चाहे म माओवादी हुँ सेनाले मलाइ कुट्नु कुट्यो भन्ने हुन् चाहे म राप्रपाको हूँ तराइका मधेशीले लखेटे र मेरो घर पोले भन्ने हुन् । जसले जे सुकै भनुन अक्सर नेपालीका कथाहरु काल्पनिक र झुठा हुन्छन् । यो झुठो कथाले जसले बास्तविक जस्तो बनाएर पेश गर्न सक्यो र छड्के प्रश्नहरु राख्दा पनि अलमलिएन र आफ्नो कथामा अडिग भयो त्यसले पाउँछ अझैपनि । किनभने शरणार्थी मामिला मानविय कुराहरु सँग जोडिएको हुन्छ र अक्सर भावनात्मक पनि हुन्छ । तपाँइका कुरा सुन्नकालागि भनेर शरणार्थी अदालतमा न्याधिश र मानवअधिकार सँगठनका मानिसहरुको उपस्थिति हुन्छ । कतिपय बेला शरणार्थीको वकिल र सरकारी वकिल हुन्छन् । त्यहाँ अक्सर सरकारी वकिलले धेरै ध्यान दिन्छ मुद्दा हराउनकालागि । त्यसैले अचेल पहिला जस्तो सजिलो छैन । किनभने तपाँइले मेरो घर लुम्बिनीको खैरे टोल हो भन्नुभयो भने त्यो खैरे टोल कस्तो छ कति मान्छे बस्छन् त्यहाँ गाडीको सुबिधा र स्कूल तथा अस्पतालको कस्तो सुबिधा छ सबै बुझ्छन् यहाँ । अनि अन्तरबार्ता दिँदा तपाँइको घर कस्तो छ भनेर सोधिदिन सक्छन् । तपाँइले शुरुमा केश बुझाउँदा मेरो घरको उपल्लो तलामा लुकेको थिएँ डाँकुहरु आउँदा भन्नुभएको हुनसक्छ । तर तपाइँलाई सरकारी वकिलले तपाँइको दुइतले घरको रँग कस्तो छ । बरन्डा कता फर्केको छ र भैँसीको गोठ कता फर्केको छ भनेर सोध्न सक्छ । तपाँइले शुरुमा मेरो घरको भैसी गोठ पश्चिम फर्केको छ भन्नुभो अनि अन्तिममा त्यहि प्रश्न अर्को तरीकाले सोधिदिन्छ । तपाँइको घर अगाडि मोटर बाटो छ है भन्छ अँ भन्यो । त्यो मोटर बाटो पूर्वतिर छ नि हैन भन्छ अँ भन्यो । पूर्वतिर बाटो भए कसरी भैँसी गोठ पश्चिम हुन्छ त भनेर फँसाउँछ । अनि तपाँइ खतम । शुरु शुरुमा शरणार्थी माग्नेहरुले हल्का उत्तर दिएपनि पाउँथे । अब त एक एक गल्ली र नक्सा हेर्छन् गुगलबाट । कुन खोलो कुन बन । कति जमिन सप्पै तथ्याँक हुन्छ अचेल यिनिहरुसँग । शरणार्थी माग्नेहरु लाख पुगेहोलान् तर केश सफल भएका हजार होलान् । अचेल १० मा एक केश सफल हुन्छन् नत्र सप्पै फालिन्छन् । त्यसैले तपाइँहरुले भनेजस्तो देशको इज्जत माटोमा गएको हैन । बरु अर्को तरिकाले सोच्नुहुन बिनम्र अनुरोध गर्छु देशलाई भँड्खालोमा हाल्ने पनि यहि नीति हो । मानव तस्कर फस्टाउने र तस्करीको पैसा नेतासम्मा पुग्ने पनि यही नीती हो । देशमा कुनैपनि उपायले बाँच्न नदिने बनाउँदै लगेको पनि यही असफल राजनीति हो । कृपया शरणार्ठ्ठी माग्नेहरलाई हेलाँ भावले नहेर्नोस । हो केहि नपालीहरु अबस्या फटाहा मात्रै खोलामा जीउदै फालिदिन मन लाग्ने छन् तर अक्सर नेपालीहरु शरणार्थी केश सफल भएनि काम पाउँदैनन किनभने तिनिहरुसँग भाषा र यता आएपछि मिल्न सक्ने क्षमता नै हूँदैन ।

    Reply
    1. Rajendra Adhikari says:
      July 28, 2013 at 10:21 pm

      सबैजसो शरणार्थी केश झुटो हुन्छ । बेलायतले पनि यो कुरा चाल पाईसक्यो, र Extreme Critical Exam गरेर मात्र शरणार्थी स्विकार गर्छ ।
      यो तथ्य बताउनुभएको मा धन्यवाद । तर यसपछि लेखेको कुरा चाहिँ छेउन टुप्पोको छ । यदी धेऱै भन्दा धेरै नेपालीले झुटा शरणार्थी आवेद हालेको पुष्टि भएपछि अवश्यनै यसले नेपाली र नेपालको नाम बदनाम गर्छ । झुटाहरू को देश भनेर चिनिन के बेर ? नेपालको लागी शरणार्थी आवेदन नै अस्विकार गर्न के बेर ?
      शरणार्थी माग्ने प्रति हेँला भावले नहेर्नुस भन्नु हुन्छ, फेरि आफैँ सबैजसो शरणार्थी माग्ने हरू झुटा केश बनाउँछन् भन्नुहुन्छ । तालमेल मिलेन ।
      नेपाल भन्दा सेवा सुविधा भएको देशमा गएर सुन्दर भविष्य बानाउन पाउनु सबैको अधिकार हो । हुन त यहाँ कति कमेन्टर हरू देशलाई तिरष्कार गरेर, विदेशमा गएर बस्ने, स्वार्थी, भन्दै विदेशिनेलाई गाली गर्नुहन्छ, as if नेपालमा बसेकारूले चाहिँ के के न देशको सेवा नै गरिराको जस्तो । तर मुख्य कुरा चाहिँ बैधानिक बाटो अपनाउनु पर्यो ।

      Reply
  45. Sunil, London says:
    July 28, 2013 at 6:21 pm

    मा पनि Uk मा नै बस्छु , यो नारायण तिमिल्सिना भन्ने मान्छे कता बस्दो रहेछ ? शायद नक्कली नाम राख्या होला, उसको साचो नाम अर्कै हुनु पर्छ ! तर येति त थाहा पाइहलियो उ यहाँ ILLEGAL छ ! एस्ता को नाम र ठेगाना पत्ता लगाउन सके तिनी हरु लाई येही पनि ठिक पार्न तेती गाह्रो छैन ! सके देखि सहि नाम र ठेगाना दिनुस तेस्पछि के गर्नु पर्ने हो हेरौला !

    Reply
  46. Binod says:
    July 28, 2013 at 6:15 pm

    ए धम्कि को कारण त्येसो पो रहेछ, हेरौ न त भोलि सम्म के नै पो गर्दो रहेछ ।

    Reply
  47. Sagar says:
    July 28, 2013 at 6:15 pm

    भगौडा “भुपली” हो कि “खाओबादी” हो के आधार मा चुरीफुरी लगाउछ हँ ? २/४ पैसा कमाए भनेर उम्लिंछ यार, युके को कानुन बुझेको छैन जस्तो छ, भगौडालाई हतगडी लगाएर नेपाल दिपोर्ड हुन् मन लागे छ कि क्याहो ???

    Reply
  48. Nayan Raj says:
    July 28, 2013 at 6:04 pm

    यस्तै प्रबृत्ति हो देशलाई भंडखालोमा हाल्ने र बाहिर गएर पनि त्यस्तै गर्ने|
    नेपालमा सेटिङ्ग मिलाएर काम गर्ने बानी लागेको हुँदो हो, त्यो इमेल आत्माघाती बन्यो|आफ्नो खुट्टामा आफै बन्चरो हानेको बराबर हो| उनले यही ब्लगमा घुंडा टेकेर माफ माग्नुपर्छ|

    Reply
  49. dharmendra says:
    July 28, 2013 at 5:53 pm

    यो मान्छे त नेपाल को नेताहरुको एक मात्र झड्केलो छोरा को कि के हो !!!!

    Reply
  50. resham says:
    July 28, 2013 at 5:48 pm

    गल्ती भो माफ पाउँ भन्नुको साटो उल्टै धम्की पो दिदोरछ बा…होईन स्याललाई काल आयो भने शहर पस्छ भन्थे बुढपाकाहरु उखानमा । यो मान्छेले अनावश्यक धम्कीदिएर उसको कतिपय राखिएका गोपनियता पनि भङ्ग गरेर अब आपैm कारबाहीको दायरामा आउन लागे जस्तो छ । लौ बधाई छ यो उपबुज्रुक मित्रलाई…..

    Reply
  51. satya says:
    July 28, 2013 at 5:45 pm

    सायद मान्छेलाई विदेशमा बसेर नेपालकोलाई धम्क्यौन सजिलो ठान्दो हो कुन्नि !जे मन लाग्यो मनपरी भन्न र गर्न ??????????

    Reply
  52. पुष्प says:
    July 28, 2013 at 5:38 pm

    धूर्त्याइँसँगै मूर्ख्याइँ पनि देखाए ।

    Reply
  53. राम चन्द्र says:
    July 28, 2013 at 5:35 pm

    सालोक्य जि २४ घण्टा भरिमा ब्लग बन्द होइन २४ घण्टा भित्र मा तेस्ता पाजी लाई ठेगाना लगाउनुस कानुनी बाटो तिर लागि हाल्नुस् । उम्केको माछो ठुलो हुन्छ फेरी ।

    Reply
  54. aryan says:
    July 28, 2013 at 5:35 pm

    अब यो गधा को पुरा परिचय हामी लै चाहियो हामी पनि एस माथि करबि गर्न सकौं.

    Reply
  55. Madhav Parajuli says:
    July 28, 2013 at 5:31 pm

    कुन चाही महासय रहेछ त्यो, येसो जानकारी दिए हुन्थ्यो सालोक्य जी,
    गोरु बुढो भए पछि भिर खोज्छ भनेको येही हो कि जस्तो लाग्यो

    Reply
  56. suzee says:
    July 28, 2013 at 4:44 pm

    एस्तो बकम्फुसे challenge संग तर्सिन पर्दैन सालोक्य जी, तपाइले त Data protection को दायेरा मा नै बसेर प्रकासित गर्नुभएको थियो, sansar ko junsukai desh ko kanoona ma here bho,
    न उसको परिचय , न देशको नाम , न उसको ठेगाना छापिएको थियो , येस्मा तर्सेर एस्तो mail lekne आफै बेबकूफ रहेछ त्यो अजिलान्ते asylantey भनौदो ,
    अरु ब्लग user le भनेजस्तो भुक्ने कुकुरले तोक्दैन ,फेरी पनि , अनि कानूनी हिसाब मा एस्तो धम्की दिनेहरुलाई नै कारवाही हुन्छ,
    we all blogers are with u , as usual.
    hats off to ur journalismus.

    Reply
  57. देवेन्द्र कार्की says:
    July 28, 2013 at 4:42 pm

    आफ्नो स्वार्थको लागि गैरकानुनी काम गर्न लगाउने , नगरिदिए बापत उल्टै धम्काउने???? शालोक्यजीले ब्लग मात्रै publish गर्नु भएर कसैको गोपनियताको अधिकारको संरक्षण गरि असल पत्रकारको भूमिका निभाउनु भएकै हो|अब भने धम्कि दिने महाशयको सम्भब भए सम्म तीन पुस्ते सहितको बिबरण राखी दिनु होला ताकि हामी पनि चिनौ महाशयको असली अनुहार !!!

    Reply
  58. सुभाष लामिछाने says:
    July 28, 2013 at 4:31 pm

    जो चोर उसकै ठुलो स्वरको पारा ल्याएछन् यी उपबुज्रुकले | तर आजका दिनसम्म नजाने कतिवटा यस्ता ‘धम्की’ खेपिसक्नुभो होला सालोक्यजीले आफ्नो यो ब्लगका कारण | डराउने कुरै छैन | सत्य कुरा उजागर गर्दा पचाउननसक्नेहरुले यस्तै हत्कण्डा अपनाउँछन् तर अन्ततः यी खोरमा जाकिनैपर्छ | यी उपबुज्रुकलाई पनि २४ घण्टाभित्र मामाघर पुर्याउने प्रबन्ध गरौँ |

    Reply
  59. Panthi says:
    July 28, 2013 at 4:18 pm

    माई संसारलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्ने देशको बदनाम गराउने र त्यो पुरा नहुदा धम्कि दिने विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पर्छ,

    Reply
  60. Sisir says:
    July 28, 2013 at 4:10 pm

    एउटा उखान छ नि सालोक्य जी, भुक्ने कुकुरले टोक्दैन .. So just relax. Nothing gonna happen . We all well wishers of your blog are desperately waiting for his challenge ? येत्रो खुबी हुने मान्छेले किन अरुको देशमा सरन लिनु पर्थ्यो र ?

    Reply
  61. nisha says:
    July 28, 2013 at 4:09 pm

    साथी यो के गरनुभाको uk बाट पनि नेपाली पारा देखैहाल्नुभो है …. स्वतन्त्र पत्रकारिता माथि दीएको यो वार्निंग त लाजमर्दो पो भयो त …….

    Reply
  62. chandra says:
    July 28, 2013 at 4:06 pm

    एस्तो बेइमान मान्छे पनि हुन्छ यो धरतीमा ??? पत्याउन नै सकिरहेको छैन म त ! सालोक्य जी न आत्तिनुस – भुक्ने कुकुर ले टोक्दैन!

    Reply
  63. neerose says:
    July 28, 2013 at 4:03 pm

    अब उक्त व्यक्तिको सम्पुर्ण परिचय र जानकारी दिय भो नि त!
    हामीपनि चिनौना त कुन महापुरुष रैछन यिनी!

    Reply
  64. Rolpali sangram says:
    July 28, 2013 at 3:22 am

    तेसका बाजे, यो पनि नेपाल का गुन्डाहरु कै साथि पो परेछ, येसले नि के गर्ला र ! सरणार्थी को लाइन मा बसेको रहेछ , अब काम नबन्ला कि भनेर सनकिदो रहेछ, साथि हरुले भनेकै जस्तो ३ पुस्ते विवरण पत्ता लगायर ब्लग मा जानकारी राखिदिनु पर्छ सालोक्य जी, मैले भेटे मात्रै भने जानेको थिय तेस्लाई ………………कस्तो कातर मान्छे ……………तेस्को ………..बिहे देखी दिने थिय………………..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme