Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो सरकारी अफिस हो कि पार्टी अफिस ?

Posted on July 27, 2013July 27, 2013 by Salokya

nagarik1
फोटोका पात्रहरु चिन्नुभो ? कतिले चिन्नुभो होला, कतिले चिन्नुभएन। अनि ऊ त्यो भित्तामा झुण्ड्याइएका दुई फोटो कसको त तपाईँले चिन्नुभयो नै होला। अब यसो अनुमान लगाउनुस् यो सरकारी अफिस होला कि पार्टी अफिस ? अहँ अहँ, तलतिर कमेन्ट लेख्न हतार गरी नहाल्नुस्। पहिला भित्र क्लिक गरेर बुझ्नुस् कुरा के हो।

यो तस्बिर आजको नागरिक दैनिकको अन्तिम पेजमा छापिएको हो। फोटोसँगैको क्याप्सनमा के लेखिएको छ पनि पढ्नुस्-
nagarik

यो देखेपछि माइस‌ंसारका पाठक विरोध बस्नेतले इमेलमा लेखे- “पहिले पहिले सरकारी अफिसमा राजा-रानीको फोटो राख्ने चलन थियो, आजकाल पहिले जंगलका अनि शहर आएपछि राजाहरुको राजा कहलाउनेहरुको फोटो राख्ने चलन रहेछ !”

क्याप्सनमा लेखिए अनुसार त्यो फोटो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको कार्यकक्षमा खिचिएको हो। राष्ट्रिय खेलकुद परिषद् युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहने सरकारी कार्यालय हो। युवराज लामा भने बाबुराम भट्टराई सरकारको पालामा सदस्य सचिव नियुक्त भएका पदाधिकारी हुन्।

त्यसो भए सरकारी कार्यालयमा किन पार्टीका नेताको फोटो त ? हैन, उनीहरु पूर्व प्रधानमन्त्री र राखेपका पूर्व स‌ंरक्षक हुन् नि त, त्यही भएर राखेको भन्ने तर्क गर्ने हो भने पनि त्यो कूतर्क मात्रै हुनेछ। किनभने प्रचण्ड र बाबुरामको बीचमा माधव नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री भएका थिए र प्रधानमन्त्री भएपछि स्वतः राखेपका संरक्षक पनि हुने नै भए। पूर्व संरक्षकको फोटो राख्ने हो भने पञ्चायत कालका बसुन्धरा, धीरेन्द्र, दीपेन्द्र, पारस शाहको पनि राख्नुपर्थ्यो। हैन लोकतन्त्रपछिको मात्रै राख्ने भनेका भए पनि गिरिजाप्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाल छुटाउनु भएन। झन् वर्तमान संरक्षक मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई त छुटाउनै भएन। वेबसाइटमा त राख्या रैछन् त सबै। हैन मलाई मन लाग्या नेताको फोटो राख्छु भन्न पाइने कि नपाइने सरकारी कार्यालयमा ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस् है।

93 thoughts on “यो सरकारी अफिस हो कि पार्टी अफिस ?”

  1. Sam Sharma says:
    July 28, 2013 at 11:48 pm

    Nepal’s interim constitution should strictly provide guidelines and codes of conduct for the principles that includes such kind activities (e.g., hanging party leader’s portraits, visiting party leaders/chairman after swearing of the positions of justices which happened few days ago etc.). If any codes of conduct are already in there, and this guy is breaching it, anybody can sue him and he should be brought to the justice. In my personal view, hanging the portraits of president and vice-president is OK (as they represent as common personalities of all people). However, the picture of party-specific leader is a low-grade strategy just trying to sell himself/herself. The people who do not have self-confidence in their proper qualification (to the related position) but want to get personal benefits use such low standard strategy.
    BIG NOTE: IT IS NOT NECESSARY FOR PEOPLE/CITIZENS TO BE ALIGNED WITH ANY POLITICAL PARTY IF THEY DO NOT WISH TO ALTHOUGH THEY RESERVE VOTING RIGHT FOR THE BEST LEADER. THE GOVT. OFFICE AND OFFICER UNDER ANY MINISTRY BELONG TO ALL PEOPLE/CITIZENS, NOT NECESSARILY TO ANY POLITICAL PARTY.

    Reply
  2. Birkhe says:
    July 28, 2013 at 9:57 pm

    आफु ले मान परेको मान्छे को फोटो राख्न त पाउछ तरह आफ्नो table मा राख्ने चलन हुन्छ. सरकारी भित्ता मा तर्क संगत ले राख्नु पर्यो. तेत्ति पनि न जान्ने ले कुर्चीमा न बसे हुन्छ..!

    Reply
  3. dpack says:
    July 28, 2013 at 6:03 pm

    अब जसको नून खायो त्यसैको सोजो गर्नु परेन भन्या

    Reply
  4. राम चन्द्र says:
    July 28, 2013 at 5:40 pm

    युबराज लामा का प्रभु हुन दुबइ दैनिक दर्शन का लागि के पशुपती धाउनु भनेर होला नि ओन्का भगवान का तस्बिर झुन्डाएका ।

    Reply
    1. mani says:
      July 28, 2013 at 7:58 pm

      यस्ता त गैरजिम्मेवार सरकारी पद मा विराजमान छन्. कसरि देसको बिकास हुन्च्छ त?

      Reply
  5. B chhetri says:
    July 28, 2013 at 3:57 pm

    पंचायत लाइ बिर्साउने जय देश जय नया नरेश गरेको होलानी त , प्रचंडे पनि राजा भन्दा के कम छ र ?

    Reply
  6. Harish Shrestha (Tauthale) says:
    July 28, 2013 at 3:33 pm

    छेउ न टुप्पोको मान्छेलाई तेत्रो जिम्मेवारी सुम्पे पछि मलम त लगाउनु नै पर्यो नि ! कसो लामा जी? रास्ट्रीयताको त के कुरो भो र ! आजको अबस्थामा राष्ट्रियता भन्दा माथि यी चोर, भाते, फटाहा, देश दोरही नेताहरु छन् ! भोलि समानुपातिक बाट फ्याट्टै सभासद पो पर्काउन पाउने होकी, तेसपछी त खेलकुद मन्त्रि पक्का ! जसले हान्यो तेसैले जान्यो ! थुइया…….. सालेहरु गदा हरु !

    Reply
  7. chatur rai says:
    July 28, 2013 at 3:26 pm

    युबराज चलचित्रमा मात्र होईन, वास्तविकतामा पनि भिलेन नै हो उहाँ कुनै डन भन्दा कमी हुनुहुन्न |

    Reply
    1. Sisir says:
      July 28, 2013 at 4:20 pm

      डन कि फ्यौरे गुण्डा .. मेडियाले डन र गुण्डा नाइके को फरक नगरी समाचार दिदा सबैलाई भ्रम भएको छ .. नेपालमा हाल तेस्तो don भन्ने कोहि पनि छैन , छन् त हाम्रा छिमेक तिर दाउद , छोटा रञ्जनहरु जसले देश नै हलौना सक्छन .. चरी , घैते , चक्रे, बाघे, राते, ओली , छबिलाल , खुमे, यमी, जम्मकत्तेल जस्ता आवारा, ट्यापे र पकेट मारहरुको समूहको नाइके पनि कहिँ डन हुन्छ ?

      Reply
      1. Prakash Sigdel says:
        July 28, 2013 at 5:30 pm

        हाम्रा देश का टोले गुन्डा हरु पनि डन भैसके सिसिर जी, गणेश लामा भन्नेको त् श्रोत नखुलेको सम्पति नै २७ करोड रे, श्रोत खुलेको, लुकाएको त् अर्बौ छ रे ! दाउद इब्राहिम हरुले पनि पहिला ड़ोंग्री बजार मा टोले गुन्डा बनेर नै सुरु गरेका हुन् ! गणेश लामा जस्ता लाई अहिले नै पाता नफर्काए भोलि राष्ट्रघाति बन्दैनन् भन्न सकिन्न, दाउद ले १९९३ मा आफ्नै देश मा बम पड्काए जस्तो !

        Reply
  8. Mohan Subba says:
    July 28, 2013 at 2:35 pm

    राजतन्त्रमा राजाहरुको तस्बिर सरकारी ओफिस हरुमा राखिन्थ्यो भने लोकतन्त्रमा आफुले मन परेको गर्लफ्रेण्ड,ब्वाय फ्रेण्ड वा नेताहरुको फोटो राख्नु पाउनु पनि त लोकतन्त्र हो नि.तिल जत्रो कुरालाइ पाहाड नबनाऊ ना साथि हो,please cool down!

    Reply
    1. बिद्रोही says:
      July 30, 2013 at 7:44 am

      घरमा लगेर पुजा गरे भैगोनी। सरकारी कार्यालयमा मेरा गुरुहरु यिनीहरु नै हुन भनेर चिनाई राहनु नपर्ने हो।

      Reply
  9. Limbu HarataraH says:
    July 28, 2013 at 2:27 pm

    साथी हो, माथि फोटो र लेख भन्दा कमेन्ट पढेर मेरो कन्सिरी तातिदै चित्त पनि बुझ्यो/ शशांक लामाको टिप्पणी सहमत छ मेरो/ भित्ताका तस्विर २ गुन्डाहरुका तल मुसुक्क्क्क्क्क्क मुस्केका अनुहार पनि तिनकै आवारा सरि न हुन्.. छक्क किन पर्ने? नत्र खेलकुद भनेको के हो त अनि आवरण त्यो पनि स्पोर्ट्स अफिसमा???

    Reply
  10. Vijay says:
    July 28, 2013 at 1:59 pm

    कहाँ बिपी र पुष्पलाल, कहाँ बाउराम र पुष्पकमल ! तुलना नै हुदैन नि ! बिपी र पुष्पलाल जस्ता यी अहिलेका भैदिएका भए यस्तो संक्रमण हुनेनै थिएन यो देशमा ! अहिलेका यी त ‘दल्ले’ हुन् !

    Reply
  11. Barun Tamu says:
    July 28, 2013 at 1:52 pm

    आफु लाई मन् पर्ने मान्छे को फोटो आफ्नो कार्यलय राख्नु नराम्रो हो जस्तो हामी लाई लाग्दैन /

    Reply
    1. sashi timilsina says:
      July 30, 2013 at 12:30 am

      मन पर्ने मान्छेको फोटो राख्नै पाइन्न कसले भनेको छ र? आफ्नो खल्तीमा, काम गर्ने टेबुलमा, पढ्ने किताबमा, लेख्ने कापीमा, ….आदि आदि, तर सरकारी कार्यालयमा त्यो पनि सरासर सबैले देख्नेगरी राख्नु भएन भनेको हो, यदि लामाजी लै प्रभुहरुको दर्सन गर्नुनै पर्ने भाकोभे, अरुलाई देखौनेगारी भित्तामा नाझुंनडाई आफुले मात्रै देख्ने गरि अन्यत्रै राख्नु भनेको जस्तो लागो है साथि मलाई त

      Reply
  12. Uchitpant says:
    July 28, 2013 at 1:50 pm

    लौ website त hack भयेछ. Website बाट प्रचण्ड, बाबुराम अनि यु लामा को फोटो नै गाएब. लौ अब Website मा फोटो छैन भित्ता मा हेरेर चित्त बुझौ.

    Reply
  13. Sisir says:
    July 28, 2013 at 1:46 pm

    सालोक्य जी,
    राखेपको माथि दिएको लिंकमा हेर्दा प्रचण्ड , बाबुराम र युबराज लामाको विवरण हुनु पर्ने ठाउमा ह्याक गरेर एस्तो विवरण राखेको पो देखियो :
    This site has been hacked. Please Hire QUALITY brain-power, not manpower.
    हाम्रा सरकारी website मा किन येति कम्जोर सुरक्षा प्रणाली .

    Reply
  14. Sisir says:
    July 28, 2013 at 1:38 pm

    आफ्नो योग्येताले भन्दा चकरिले गर्दा पुरस्कृत हुने लामा जी बाट धेरै आशा गर्नु नै बेकार हो ..
    नेपाली चलचित्र जगतका अति असफल निर्देसक, निर्माता , कथाकार, फायित निर्देसक आदि को उपमा धारी युबराज जी चाकरीमा चाही सफल नै देखिनु भएको छ . लामा जी जिन्दगीका हरेक ब्यबसायिक पाइलामा असफल पत्र हुन् , चाकरी उनको लागि अन्तिम अस्त्र जस्तो लागेको हुन सक्छ .. एस्तो प्रवृति नेपालमा सर्बत्र देख्न सकिनछ .. येस्तै येस्तै कारणले हो क्ष्यमतावन व्यक्ति पलायन हुने ..

    Reply
  15. shaym says:
    July 28, 2013 at 1:32 pm

    सरकारी कार्यालय कसैको बाउको बिर्ता होइन, हामीले तिरेको कर ले यस्ता युबराज जस्ता तेल लगाउन जान्ने को भुडी भरिएको छ भने किन यी डाका हरु फोटो झुण्डाउनु ?? बरु बैकुण्ठ मान्धर अनि संगीता बैद्ध्य जस्ता देशको गरिमा राख्ने खेलाडीको फोटो राख्नु सान्दर्भिक हुन्छ ! यदि साचिकै सरकारी कार्यालय हो भने त्यो फोटो तुरुन्त हटाउनु पर्छ र युबराज जस्ता राजनैतिक दलालिलाई कारबाही गर्नु पर्छ !

    Reply
  16. resham says:
    July 28, 2013 at 12:19 pm

    यहाँ प्रतिक्रिया दिनेहरुमा पनि प्राय आफुले सपोर्ट गरेको मानिसको पक्षमा नै पक्षपोषण गरिएका गन्धहरु ठवास्स आएको बुझिन्छ । कुरो त उही नै हो साथी हो । दलवादीहरु आप्mना दलका नेताका फोटा झुण्डयाउँछन् । राजावादी राजाको फोटो झुण्डयाउँछन् । जसले जसको समर्थन गर्छन् उसले उसैको फोटो झुण्याउँछन् । यो कटु सत्य हो कि होईन? हो भने लाईक ठोक्नुस होईन भने डिसलाईक ठोक्नुहोस् ।

    Reply
    1. resham says:
      July 28, 2013 at 5:31 pm

      भित्तामा फोटो नझुण्डयाए पनि तपाइँले समर्थन गरेको ब्यक्तिको फोटो तपाइँको मनमा झुण्डयाएको छ कि छैन? छैन भन्नेमा केही मत बढी देखियो? शायद कतिजना तटस्थ पनि हुन्छन् ।

      Reply
  17. Tenzing Gaba says:
    July 28, 2013 at 12:11 pm

    Olympic Game मा ” तेल लगाउने प्रतियोगिता ” राख्ने हो भने स्वर्ण पदक हाम्रै भागाँ आउने रहेछ भन्ने हाम्लाई लाईराछ ………………जदौ !!!

    Reply
  18. Om Basnet says:
    July 28, 2013 at 11:39 am

    खेलकुद मा पुरै चाकडीबाद हावी भएको अवस्था मा हामीले के आस गर्ने ? नूनको सोझो त गर्ने पर्यो नि ! नत्र परम प्रभुको कृपा दृस्टी अन्त कतै परि जाला भन्ने अर्को पनि डर होला .

    Reply
  19. ekraj says:
    July 28, 2013 at 11:00 am

    नेपाल मा समएको फाइदा उठाएर, लुटेर खाने बेबसायेलाई नेरंतारता दिन, समसामयिक चण्डालहरुको पुजा गर्ने चलनको द्रिस्तानता हो यो!
    यस्ता चलन औसर्बादिले चलौछां!उबराज लामा औसर्बादी हो! र बाबुराम र प्रचंडे पखंदिका सिमा नाघेका उग्र बैचारिक हत्त्याराका नेता हुन्!
    अब नेपालमा एस्ताको फोटो तसने र पुजा गर्ने चलन आएको हो भने नेपाल कुन दिशा तिर लागेको छ भनेर भनि राख्नु पर्दैन होला!

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 28, 2013 at 11:59 am

      यति धेरै कुरा गरियो, आफैले कमेन्ट पनि बजाइयो तर अहिले यो लेखमा कमि पो लाग्यो त मलाइ त …. यस्ता व्यक्तिको यस्तो चाकडी महात्म्य लेख्दा यिनी पृष्ठभूमि पनि केहि त लेखिनु पर्थ्यो कि ? यी नि को हुन् …अर्थात यी सदस्य सचिव हुनु पुर्व यी कुनै खेल संग सम्वन्धित थिए कि ? कुनै सरकारी निकायका कर्मचारी थिए कि ? राष्ट्रलाई कुनै योगदान गरेका व्यक्ति थिए कि ? यिनको शैक्षिक योग्यता के हो आदि आदि ! कमसेकम हामि पनि त जानौं न यो स्तरको व्यक्ति पनि हाम्रो देशमा चाकडीको भरमा नियुक्त रहेछ कि खुवी पनि रहेछ त त्यो सदस्य सचिव हुने लायक ! अनि नयाँ राजा हरुको बारेमा पनि त दाँज्न सजिलो हुन्छ नि शाह बंशीय कि दाहाल बंशीयको खुनमा दलाली गन्हाउने रहेछ बढी भनेर ! यी डाँकाहरुले त देशको संरचना नै भताभुङ्ग पारे !

      Reply
  20. Bikram says:
    July 28, 2013 at 10:46 am

    जुन देश म कानुन लाई रखवाला बनाइन्छ ति देस् मा यस्ता किसिम मा घटना हरु घटि राख्छन्, हुन त प्रचन्ड र बाबुराम् सित मेरो कुनै बियक्तिगत् असमझदारि त छैन तर सरकारी अफिस् मा कुनै पार्टी बिशेष नेता हरु को फोटो झुन्डाइनु भनेको लाज्ज्स्पद् र नेपाल सरकार को खिल्ल्ली उडाउनु हो ।

    Reply
  21. ganesh says:
    July 28, 2013 at 10:44 am

    चाकरी गरेर आफ्नो दुनो सोजो पार्ने यो बेस्ट उपाय हो बिदेस मा भए ठुलो इस्सु हुने थियो तर नेपाल मा यो सामान्य नै हो !!किन कि यो देस मा जसले जे गरे नि हुन्छ !!!

    Reply
  22. बले says:
    July 28, 2013 at 9:50 am

    खेलकुद मा पुरै चाकडीबाद हावी भएको अवस्था मा हामीले के आस गर्ने ? युबराज लामा चै कुन ग्रह बाट आक प्राणी हुन् र ? येही को राजनीति सिके, ताक परे अर्को पार्टी फेरेर फेरि तेही कुर्सि मा बस्न बेर छैन / अरे यार , यो जमाना मा पनि खेलकुद जस्तो सेक्टरलाई पुरै राजनीतिकरण गर्ने ? खेलकुद मा अब्बल बेक्ती , राजनीति को tag नलागेको , capable मान्छे लाउदा कसको बाउको के जान्थ्यो ?

    बले

    Reply
  23. Harke says:
    July 28, 2013 at 9:49 am

    यमराज, चण्ड, मुन्ड, प्रचन्ड पनि त राजा नै हुन्….!

    Reply
  24. neeraj says:
    July 28, 2013 at 9:49 am

    चुनाव भएछ भने यसपाला फरक नतिजा आउला जस्तो पो लाग्यो मलाई यी कमेन्टहरु पढेर। जनता त वाक्क भइसकेकछन् त हौ।

    Reply
    1. bibek dhakal says:
      July 28, 2013 at 11:05 am

      चुनाव को नतिजा फरक आएर के हुने हो र मित्र? तेइ चोर हरु मध्ये एउटा माथि अर्को तल हुने न हो?

      Reply
      1. Tenzing Gaba says:
        July 28, 2013 at 12:20 pm

        बिबेक जी ले ठिक भन्नु भो
        खाए खा नखाए घीच भन्या जस्तै भा छ
        ……………क्यार्नु
        प्रचण्ड लाई हराए
        पुष्पकमल ले जित्ने
        पुष्पकमल लाई हराए छबिलाल ले जितनी
        छबिलाल लाइ हराए प्रकासे को बाउ ले जित्ने
        प्रकासेको बाउलाई हराए बिनाको ससुरोले जित्ने
        ,,,सिता को लोग्ने,
        …..फलानो को सम्धी हरु त् अझै वाकी नै छन्
        …………………………..जदौ !!!

        Reply
  25. Prakash Sigdel says:
    July 28, 2013 at 9:32 am

    बादल ले ढाकि हाल्यो, चमक जुनको,
    खै के गर्ने गर्ब अब, नेपाली हुनको !

    १० बर्ष मा बद्लीयथ्यो , रंग खोलाको,
    हिंशा रोक्न जंगली लाई, सहर बोलाको !

    सभ्य होलान पशु हरु, भन्ने ठानेको,
    एकताका त जन्तु लाई नै देउता मानेको !

    हाम्रो देउता ऊ थियो, उसको बस्थ्यो पारी,
    के पायौ हँ प्रचण्ड तिम्ले, आफ्नै दाई-भाई मारी ?

    यिनलाई बाकी छोड्नु हुन्न, बेच्छन् यिनले देश,
    भ्रस्ट नेता हरु भन्दा, ज्ञानेन्द्र नै बेस !

    Reply
    1. mohan tandukar says:
      July 29, 2013 at 12:39 pm

      ज्ञानेन्द्रको विगतका कुरा कति छिटो भुलेको तपाई साथीहरुले । त्यही ज्ञानेन्द्रले दरवार हत्याकाण्ड ग¥यो भनेर तपाई हामी नै सडकमा उफ्रेका थिर्यौ होइन र । अहिले वाढी पिडितलाई अलिकति के राहत बाढेको थियो र नेपालका मन्दिर धाएको थियो । के ज्ञानेन्द्रले यति गर्दैमा विगतका कुकृत्य गरेको भुल्न मिल्छ । सोच्नुहोस । फेरी एकचोटी पुरानो कुरा सम्झेर हेर्नुहोस ।

      Reply
    2. Mk says:
      July 30, 2013 at 10:16 am

      कुल्मंडल खान का दरसन्तान साह्कालिन दरबारिया को तुलनामा प्रचण्ड न त् हिंस्रक न त् सोशक बरु ठिक यसको उल्टो मुक्तिकामी योध्या हुन्/ नेपालीहरु को नर संहार को नाइके राजदरबार र उसको आसे पासे र टिके प्रम शेर बहादुर हुन्/ यिनीहरुको बहुलट्ठी पन ले तेत्रा निर्दोष मानिस हरु चेपुवा मा परि मरे को इतिहास साछी भएको हामीले येतिचादै बिर्से सहिद को पाप लाग्नेछ , यार /

      Reply
  26. योगेश आदी says:
    July 28, 2013 at 9:26 am

    हातमा बुद्धको माला लगाएर भित्तामा बुद्धुहरुको फोटो ??

    Reply
  27. eklavya says:
    July 28, 2013 at 8:12 am

    किन नपाउनु जाबो एउटा तस्बिर राख्न नि लोकतन्त्र मा प्रतेक चाप्लुस खोरको यो अधिकार छ अझ यी तद्बिर हरुमा हार्माला फूलमाला धुप दिप नैबैद्ध्य ले सृन्गार गर्नु पर्ने अनि भन्न पाइछ …ज्युदै मर्याको भनि नाउ कसको.. भनेर

    Reply
  28. पुष्प says:
    July 28, 2013 at 7:26 am

    अरु नेताहरूका फोटा पनि छन् भन्ने गाइँगुइँ सुनियो । त्यसैले यसलाई कुनै व्यक्तिविशेष वा संस्थाविशेषसँग नजोडी प्रवृत्तिका रूपमा हेरिनुपर्छ र यसलाई तुरुन्त हटाउनुपर्छ ।

    Reply
    1. Prakash Sigdel says:
      July 28, 2013 at 9:40 am

      प्रचण्ड हुन् मारुती, ज्ञानेन्द्र Mercedes Benz,
      पुष्पजी तपाई पनि, गर्नुस पार्टी change !

      मन्त्री बन्छु भन्ने तपाई ठान्नु हुन्छ कि ?
      प्रचण्ड ले तपाइलाई त् लोपार दिन्छन इ…

      बरु हामी सबै मिलि राजतन्त्र बिउताऔ,
      देशमारा नेताहरुलाई अब सिध्याऔ !

      Reply
      1. Mk says:
        July 30, 2013 at 10:23 am

        २५० वर्ष सम्म निरङ्कुश साह्बन्सले चुसेको Nepal को एस्तो हबिगत भैसक्दा पनि चेत न खुलेर अझ तिनै सोशक लाई निम्त्याउनु भनेको सारा नेपाली हरु को नमर्दीपन वा बेइजति हो /

        Reply
    2. शरद-क्षितिज पारीबाट says:
      July 28, 2013 at 10:39 am

      एउटा पाटो बाट हेर्दा म पनि पुष्प जी संग सहमत छु ! यसलाई चाकडी प्रवृतिको रुपमा हेरेर यस्ता चाकडीको भरमा कुर्ची पड्काउने मानिसलाई समेत ति तस्विर संगै बाहिर हत्याउने बेस !!! तर अर्को पाटो बाट हेर्दा यी व्यक्ति त्यो संस्था भन्दा राज्यको अवस्था अनुसार निकै योग्य परेछन अब यिनको अफिसमा बाँकी महान खेलाडी के.पी. ओली, माकुने,झलनाथ,गच्छेदार,कृष्णा प्रसाद सिटौला, रामचन्द्र पायल्स पौडेल आदि गुण्डा नाइके (राजनीतिका भाषामा खेलाडी ) को तस्विर जुत्ताको माला सहित राखिनु पर्छ ! र दिपक मनाङ्गे,दिनेश अधिकारी चरी, चक्रे, घैटे,परशुराम बस्नेत आदि लाइ बिना शर्त परिषदमा उच्च सम्मान साथ् नियुक्ति दिनु पर्छ अनि बल्ल पो गुण्डा नेता, गुण्डा कर्मचारी अनि गुण्डा खेलाडीको उच्च सम्मान हुन्छ !

      *********** अन्त्यमा जुन सुकै दल अनि व्यवस्था आए पनि राम्रा मान्छे भन्दा हाम्रा मान्छे हावी हुने, योग्यताको अवमुल्यन हुने र दलाली-चाकडीले यस्तै स्थान पाउने संस्कारको पराकाष्टा हो यो, यसको अन्तिम उपाय भनेको एउटा केहि नेता हरुको भौतिक शरीरबाट नै हाम्रो देश मुक्त हुनै पर्छ यिनीहरुको अवसान मात्र हो हाम्रो अनि देशको मुक्ति हो ***********

      Reply
    3. s-raj says:
      July 28, 2013 at 2:39 pm

      पुष्प जी अरु नेता हरु का फोटा थिय तर अहिले पुराना नेता हरुको पतन भैसकेको अवस्था मा इ जंगली हरु ले सजिने मौका पाय. सायद रेग्मी बाजे को तस्बिर टासेको भय एति विवाद हुदैन थ्यो होला तर इ भारत का दलाल, भ्रस्ट्रचारि, अत्याचारी, रास्ट्रघाति हरु लै बिसुद्ध नेपाली ले पक्कै मन परौदैनन.. जय नेपाल!

      Reply
      1. पुष्प says:
        July 28, 2013 at 5:33 pm

        म पनि विशुद्ध नेपाली हुँ तर तपाईंको जस्तो विचार मेरो छैन ।

        Reply
  29. nepali chhitizz says:
    July 28, 2013 at 6:56 am

    ठिकै गरेको छन् त राम्ररी सोचेर हेर्ने हो भने त / पहिला झट्ट हेर्दा त चाकडी गर्न लागि राखेको जस्तो लागेको थियॊ मलाइ पनि तर येसो विचार गरेर सोच्दा त हाम्रो देसमा प्रचण्ड र बाबुराम जस्ता माहान र महारथी खेलाडी हरु अरु कोहि छैनन् / उनीहरु ले गर्दा आज देस कति अगाडी बढेको छ १२ बर्से जनयुद्द को खेल नखेलेको भए बुद्द जन्मेको शान्त देसमा किन २०सौ हजार जनता को ज्यान को गोल हुन्थ्यो र / भएको पुल पुलेसा सडक बाटो भवन सम्पदा मा बम पड्काएर आगो लगाएर धोस्त परेर देस लिए अरु देस भन्दा सम्पन्न बाटो मा लाने आदर्सबादी व्यक्ति होइन र ? अनि यी २ महान खेलाडी का सहायक र मतियार खेलाडी हरु मोहन बैद्ध्य र बादल जस्ता ब्यक्की र goalkeeper हरु आज चुनाब भाड्ने खेल मा सक्रिय छ्हन नि त ? अरु साना खेलाडी हरु त कति कति हौ सबै को फोटो राखेर साद्ध्य लाग्दैन नि हौ खोइ कुरा बुजेको ???

    Reply
  30. raju says:
    July 28, 2013 at 6:55 am

    मैले राजा बिरेन्द्रको फोटो भित्तामा टासदा, सबईले सोधेका थिए, तलाई राजा मन पर्छ ? मेरो उत्तर थियो मलाई सान्ति मन पर्छ मेरो लागि बिरेन्द्र सान्तिका दुत थीए, सायेद युबराज लाई यमराज मन पर्छ, यी दुई त ऊनकै दुत हुन.

    Reply
  31. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    July 28, 2013 at 6:16 am

    युबराज लामा लाई पनि मन्त्रि बन्न मन लाग्या होला नि,
    अधिकांस नेपाली को नशा नशामा चाकडी को रगत बग्छ, फोक्सोमा चाकडी को स्वास प्रबाह हुन्छ.
    धिक्कार बफादार कुकुरहरुलाई !!!
    100% नेपाल लाई सतीदेवी को सराप लाग्या हो !!!

    Reply
    1. Prakash Sigdel says:
      July 28, 2013 at 9:43 am

      यस्ता मन्त्रि बने भने, के हाल हुन्छ देश को,
      हेर्दै चोर देखिन्छ यो, नक्सा हेर्नुस face को !

      Reply
  32. topenath says:
    July 28, 2013 at 6:03 am

    येस्तै परिस्थित मा भोलि येदि माओबादी को पार्टी ले जित्यो भने लेखेर राख्नुस येही व्यक्ति ले यिनीहरु को प्रभु को फोटो पनि राख्ने छ. ! अर्को कुरा हुन त कंहा सिनेमा को villian अनि खेलकुद मा. नियेत र अलिकति आइ हल्छा नि खल नायक को! जे होस् यो दुर्भाग्यो हो खेलकुद क्षेत्र को. एस्तो लादेर पाउनु.

    Reply
  33. Santosh says:
    July 28, 2013 at 5:46 am

    युबराज ले नया राजा हरु को फोटो राखे त के भो ? यदी केहि भयो भने देखि mysansar लाई आज ससक्त बन्न प्रेरणा अनि सबैको साथ मिलोस. हामी सबैले अरु केहि गर्न सके नसके पनि फचेबूक सहरे गर्न चाही नभुलौ .

    Reply
  34. rajesh says:
    July 28, 2013 at 5:32 am

    राजाको प्रसंस्ग्सा गरेर नथाक्ने राजाको हमुनम हरू २४० वर्ष सम्म जनतालाई लुटेको पैसा पाए मा पनि राहत बादथे ज्ञानेन्द्रले एकमहिना मनोहर खोला वा बागमती नदीमा पसिना बगाएर बालुवा चालेको पैसाले राहत बाड़ोश बल्ल स्याबास ज्ञानेन्द्र बनाउला नत्र आफु राजाको हनुमान भयो भन्दैमा अरुलाई पनि तेस्तो नसोचौ घधाका चौर हरू सबै तिमीहरू जस्तो बेबकुफ छैन…

    Reply
  35. madan bajracharya says:
    July 28, 2013 at 4:17 am

    आफुलाई फलानाको नोकर ठान्नेहरुले यस्तै गर्छन/

    Reply
  36. Binod says:
    July 28, 2013 at 3:39 am

    Let’s think positively. Salokya Ji did you check all the four corners of his room?? If there are only 2 of these image in his office room that is his absolute mistake. If there are other former head of the governments’ images on the other sides…….. that is your absolute mistakes…….Hi everybody please always look the other sides of coin as well……..before givig your opinions to public. Thanks

    Reply
  37. Der Raj Gurung says:
    July 28, 2013 at 3:26 am

    हैन खेलकुदको नाममा डण्डी वियो खेल्न पनि नजान्नेहरुको फोटो राखेर कुन चाँही खेलाडी वा खेल प्रेमीको मानोबल उच्च बनाउन खोजेका हुन् यी लामाले? राष्ट्रिय खेलकुद परिषदको अफिसमा नै राजनैतिक पार्टीका नेताहरुको फोटो राखे पछि दिनरात मेहनत गरेर राष्ट्रको मान प्रतिष्ठालाई उच्च राख्न अमुल्य योगदान दिनुहुने खेलाडीहरुको चै फोटो कहाँ सजाउने त?

    Reply
    1. bibek dhakal says:
      July 28, 2013 at 9:31 am

      ति अध्यक्ष स्वयंले केहि जान्या छन् छैनन् होला! फिल्म निर्देशक लाइ त खेलकूद परिषद को अध्यक्ष बनाइएको छ, अरु कुरा गर्नु टाउको दुखाइ मात्र हो

      Reply
  38. Fugyaljen says:
    July 28, 2013 at 3:23 am

    औसारबादी,दलाल,चाकडी र चापलुसी वाहेक के जानेकोछ।

    Reply
  39. शेर गुरुङ says:
    July 28, 2013 at 2:46 am

    राखेपाका सचिव यवराज लामा ज्यू
    साधुवाद छ ।
    तपाईको भन्ने कि राष्ट्रिय खेल परिषदको कार्यालय भनौ, अलि गाह्रो यो भयो तैपनि तपाई सदस्य सचिव भएको नाताले तपाई कै भन्नु पर्ला । कार्यालयको भित्तामा सजिएका तस्वीरको विषयमा तपाईको तर्क गजाब लाग्यो, ठिकै हो अझ कार्यालयमा तस्वीर राख्ने ठाउँ नपुगेको भए श्रीमान सरकार भएको बेला एउटा ठुलो हल जस्तै सेमिनार गर्न मिल्ने भवनमा तपाईको कार्यालय स्थापना गरी सम्भव भएसम्म पृथ्वीनायारानण शाह भन्दा पहिले देखीको खेलप्रेमी २२ से २४चौविसी राजाराजौटहरुको, त्यसपछिका सबै शासकवर्गको तस्वीर राख्दा राम्रो हुन्थ्यो कि, किनकि तिनीहरु खेल विरोधी त थिएन होलान, खेलप्रेमी र संरक्षक हुदा हुन, पञ्चायतकालका नेता, बहुदलवादी नेता र हालका गणतन्त्रवादी नेता तपाईको लागि त भगवान नै भै हाल्यो किनकि सदस्य सचिव जस्तो पदमा नियुक्त गर्ने हनुमान प्रमुख नै भए ।
    खेलाडीहरु खेलका लागि मरिहत्ते गर्छन् आफ्नो शरीरको अंगभगहुने गरी राष्ट्रको शीर ठाडो राख्न पछि हट्दैन, उनीहरुको पुरुषर्थाको मूल्य छैन, जस्ले देशको शान र मान उच्च राख्न निरन्तर लागि रहेको उनीहरुको उत्प्रेणको श्रोतको तस्वीर राख्न पनि गाह्रो भयो, नेपालका राष्ट्रिय धावकहरु, देशलाई विभिन्न पदक र अलंकारले विश्वमा चिनाउन सफल खेलाडीहरु धन्य छ । सचिव ज्यू अब खेलाडीको खेल होइन फोहोरी राजनीतिक खेलाडीहरु खेल राम्रोसंग हेर्नु मंसीरपछिको खेलकूद परिषदको संरक्षकको आउने हो विचार गर्नु, तपाईको राखेपा सदस्य सचिवको कुर्चीको खुट्टा धामिरोले आधा पारीसकेको छ । ख्याल गर्नु ।

    Reply
  40. Mohan Sitaula says:
    July 28, 2013 at 2:38 am

    यिनै हुन् अहिलेका राजा . नया प्रधानमन्त्रि बनाउने, संबिधान संसोधन गर्ने, वाइसिएललाइ जनता मार्न आदेश दिने, आदि जस्ता सार्वभौम असिमित अधिकार यिनैमा निहित छ .

    Reply
  41. राजकुमार says:
    July 28, 2013 at 1:35 am

    यो चै अति नै भयो हाम्रो नेपाल मा -चाकडी पनि तेल नै घसेर के गर्नु | आफ्नो आत्मसम्मान बेचेर / नेपाली जनता को रगत पसिना ले कर तिरेको पैसा मा ब्रह्मलुट गर्ने अनि तेल घसेर ब्वासो प्रचंडे र बादरे बाबुराम को मालिश गर्न यो युबराज लामा लाइ कति पनि हिनताबोध नहुने कस्तो बुद्दी बिबेक हो एसको , सम्झिदै कन्चट तातेर औचा भनेको.. |

    Reply
  42. Deep Shrestha says:
    July 28, 2013 at 1:25 am

    सोवियत संघ नेपाल को लेनिन र स्टालिन हुन् यिनी ।

    Reply
  43. कुसुम ज्ञवाली says:
    July 28, 2013 at 12:50 am

    अापत्ती कसैको फोटो कही टाँस्नुमा भन्दा पनि राजनैतिक अास्थाका अाधारमा युवराज जीले गर्ने गरेको विभेद र अन्याय पूर्ण ब्यवहार हो । क्यानडाका सरकारी अफिसमा कर्मचारीहरूले अाफ्ना श्रीमति र बच्चाका फ्रेम सहितका फोटा राखेको मैले देखेकोछु । राष्ट्रले जिम्मेवारी दिएका जिम्मेवार ब्यक्तिको ब्यवहार राम्रो भएमा त्यस्ता फोटाले फरक पर्ने थिएन ।
    सभ्य समाजमा कही पनि काम (एक्सन) विवादको विषय हुदै होइन, विवादको विषय नियत (इन्टेन्सन) हो । युवराजजीको ब्यवहार कहिलै पनि सर्वसाधारणको करको पैसाबाट तलव लिने, एउटा योग्य र ब्यबसायिक कर्मचारीको रूपमा समानतामुलक नभइ विभिन्न वहानामा विभेदी, सामन्ती र पूर्वाग्रही ब्यवहार देखिएको छ विगतमा, त्यो चाही अालोचना योग्य विषयहो ।

    Reply
    1. shaym says:
      July 28, 2013 at 1:56 pm

      कुसुम जी , यो चाहि अलि हावादारी कुरा जस्तो लाग्यो, हामि पनि देशबिदेश घुमेका छौ ल ! कुनै पनि सरकारी अफिस मा कर्मचारीको श्रीमती र बच्चाको फोटो राखेको चाहि देखिएन !!!लगभग युरोप को धेरै देशको अफिस मा भित्र पस्ने मौका पाइयो होला तर………..खोइ …….

      Reply
      1. suzee says:
        July 28, 2013 at 6:00 pm

        in west europe u will see most of govnt. and private offices too, even u can see pets foto on their table.

        Reply
        1. deb says:
          July 28, 2013 at 9:11 pm

          on their table….

          Reply
  44. kedar says:
    July 27, 2013 at 11:22 pm

    चाकडीमा महान अवसरबादीको क्रान्तीकारी छलाङ्ग लाई मान्नै पर्छ / माहान खाओबादी क्रान्ती जिन्दाबाद /

    Reply
    1. योगेश आदी says:
      July 28, 2013 at 9:28 am

      महान अवसरबादी होइन, “मै हाम” अवसरबादी भन्नुस न !

      Reply
  45. Toya says:
    July 27, 2013 at 11:07 pm

    गणतन्त्र को बेइजत हाहाहा.जय Gurkha.

    Reply
  46. Sanjay,USA says:
    July 27, 2013 at 11:01 pm

    हप्ता को चालिस घण्टा चाकडी गर्नु को साटो मन लगाएर काम गर्ने चलन नआए सम्म एस्ता
    फोटोहरु च्याउ जस्तो बग्रेल्ती उम्रन्छन !

    Reply
  47. Sagar says:
    July 27, 2013 at 10:42 pm

    तातो गोलि निल्न तयार कार्यकर्तालाई लत्याएर येस्ता चैते, भगौडालाई जिम्मेबारी दिए पछि असली कार्यकर्ताले झापड हान्न थाले क्यारे अब हुक्के, ढोके, छाते अनि पिपलपातेहरुले फोटो टास्ने नै भए होइनर ??

    Reply
    1. madan bajracharya says:
      July 28, 2013 at 4:24 am

      नेताको तस्विरले अख्तियार,सम्पति आयोग जस्ता बात बच्न सकिन्छ कि भनेर टाँगेको होला नि/

      Reply
  48. Puru Joshi says:
    July 27, 2013 at 10:33 pm

    यो फोटो मैले पनि देखेको थिएँ जुन दिन कामको सिलसिलामा म सदस्य सचिवलाई भेट्न उनकै कार्यकक्षमा गएको थिएँ । यो फोटो देख्नुभन्दा अगाडी मैले नेपाली काँग्रेसका नेता बि पी कोईराला र एमाले नेता पुष्पलालको फोटो यसरी नै टाँगिएको थियो जुन उनी बस्ने सिटको ठीक पछाडी थियो । युवराज लामा माओवादी पार्टी समर्थक हुन् भन्ने पूर्व जानकारी पाएको हुंदा बीपी र पुष्पलालको फोटो देखेपछि आश्चर्य भएँ र पो पछि चारैतिर नजर घुमाउंदा यी दुई कमरेडहरुको पनि देखें । यसको मतलब उनले चाह्यो भने माओवादी नेताहरुको मात्र फोटो हाल्न सक्थ्यो तर गर्नु भएन । खेलकूदलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने मान्छे उनी हुन् । उनी सदस्य सचिव भएपछिको एचिभमेन्ट र पूर्व सदस्य सचिवहरुको एचिभमेन्ट हेर्ने हो भने अहिले देखि नै आकाश पाताल झैं फरक भैसक्यो । उनको पदावदि समय अझ बाँकी छ । त्यसबेलासम्म हाम्रो खेलकूद क्षेत्रले अझ प्रगति गर्ने बिश्वास लिएको छु । यो फोटो हेरेपछि जसको मनमा पनि उनीप्रति नकारात्मक सोच हुन सक्छ तर वास्तविकता चाहिं फरक छ है ।

    Reply
    1. Gopal Niure says:
      July 27, 2013 at 10:52 pm

      जोशी जी , अरु को हावा मा नलागी बास्तबिकता बुजेर कमेन्ट गर्नु भएको मा धन्यबाद !
      my संसार मा यस्ता पाठक हरु कमै भेटिन्छन!
      केहि समय अगाडी मैले यस्तै फरक बस्तिकता भएको कमेन्ट गरेको , धेरै ले मन नपराएर hide नै गर्नु पर्ने भयेछ !!! तपाई को तेस्तो नहोस , सुभकामना !!!

      Reply
    2. बद्री अधिकारी says:
      July 27, 2013 at 11:06 pm

      हावा कुरा । एउटा वाक्यले अर्को वाक्यलाई काटिरहेका छन्
      खेलकूदलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने मान्छे उनी हुन् रे
      अनि त्यसो भए भुत्राको वीपी, पुष्पलाल, प्रचण्ड र बाबुरामको फोटो टाँसिरा’को त ? बैकुण्ठ मानन्धर, भुपेन्द्र सिलवाल (पहिलो ओलम्पियन), गंगा थापा, जीतबहादुर केसीहरुको राख्नु नि।
      बीपी कोइराला र पुष्पलालको फोटो राखिएको छ भनेर तपाईँ जस्ता युवराज लामाका हनुमानले भन्दैमा हामीले किन पत्याउने ? फोटो देखाउन सक्नुहुन्छ ?

      Reply
      1. बद्री अधिकारी says:
        July 27, 2013 at 11:36 pm

        फेरि प्रचण्ड र बाबुरामको फोटो किन राखे उनले ? बीपी र पुष्पलालको राखेको छ भन्दैमा हुँदैन । त्यो झन् राख्नै हुँदैन । किन राख्ने बीपी र पुष्पलालको पनि ? को हुन् उनीहरु ? बीपीको कङ्ग्रेस अफिसमा, पुष्पलाल एमाले अफिसमा राख्ने हो । भूपू राखेप संरक्षकहरुको राख्ने हो भने गिरिजा, माधव नेपाल, झलनाथको राख्नुपर्थ्यो । कि कसो साथीहरु ?

        Reply
  49. kiran says:
    July 27, 2013 at 10:32 pm

    त्यो फोटोको माथिको लाइनमा अरूको नि फोटो छ कि ? रेग्मीको चै राखिनसकेको हो कि, साइटमा जस्तो ।

    Reply
    1. Prakash Sigdel says:
      July 28, 2013 at 9:47 am

      प्रचण्ड को र बाबुराम को फोटो संगै देख्नु भएन? अनि एता उता खाली देख्नु भएन ? अरु को फोटो कहाँ होला त् ? toilet मा भए त् हो नि !

      Reply
  50. शशांक लामा, न्युयोर्क says:
    July 27, 2013 at 10:27 pm

    नेतालाई देवत्वकरण गर्ने परम्परा सर्वथा गलत अभ्यास हो| बिगतमा बिपी लाइ दिइएको महामानवको दर्जा पनि यस्तै यस्तै हो | कीर्तिपुरेहरुको नाक काटने प्रिथिवी नारायणलाइ त राष्ट्रपिताकै दर्जा दिए| युवराज लामाको कार्यालयमा नेपालको खेलकुद सम्बन्धी नक्शा पो हुनुपर्ने हो, बैकुण्ठ मानन्धरको पो फोटो हुनुपर्ने हो !!!!!

    Reply
    1. Prakash Sigdel says:
      July 28, 2013 at 9:16 am

      पृथ्वी नारायण शाह ले नाक काट्या तिम्ले देख्या हो ? तिम्रा प्रचण्ड ले संसार कै अगाडी टाउको काटे !

      Reply
  51. raj kunwar LONDON says:
    July 27, 2013 at 10:26 pm

    ज्ञानेन्द्र ले बाढी पंडित लाई राहत वितरण गर्दा जेल हाल्नु पर्छ एसले राजनीति गरो भन्ने , आफ्नो फोटो चाही सरकारी कर्लायामा राख्न यी माओ -बादी भनौदा लाई लाज लाग्दैन रे ….?

    Reply
    1. Prakash Sigdel says:
      July 28, 2013 at 9:18 am

      मान्छे मारेर, गोलि हानेर, भारतीय हरु को अगाडी लम्पसार परेर राजनीति गर्न हुने रे, बाढी पिडित लाई सहयोग गरेर राजनीति गर्न नहुने रे ?

      Reply
  52. सुमन says:
    July 27, 2013 at 10:17 pm

    त्यस्तो नहुन पर्ने हो सरकारी खर्चबाट चलेको अड्डामा | बरु माउन्ट एभरेस्टको फोटो राखे हुन्छ|
    सरकारी अफिसमा फलाना र तेलानाको फोटो राख्ने चलन नै बन्द गरिनपर्छ र कडा नियमावली बनाएर लागु गरिन पर्छ|
    तर गिरिजाले आफु राष्ट्रपति हुन् नपाएको झोंकमा अरुलाई बनाएको हालको चिट्ठा परेको र जनादेश नभएको, डेट एक्सपायर भएको १) राष्ट्रपति र एमालेले आफुलाई प्रभुको दामलोले बाँधेर सहमति जनाएको २) चरेशानन्द अनि प्रधान न्यायधीसको जागिर खाँदै प्रधान मन्त्रिको कुर्सीमा पनि बसीरहने ३) श्रीमानको फोटो भन्दा पुष्प कमल र बाबुरामको फोटो राख्न ठिक छ| एउटा कुरो पनि थप्न पाए हुन्थ्यो| फोटोको मुन्तिर यो पनि लेखिदिनु होला:
    “आर्मी र प्रहरी संगै १४००० मान्छेको ज्यान लिएर मोज गर्ने नायके द्वय|”
    जे भए पनि, निस्पक्ष रुपमा साथै पूर्वाग्रह पन्छाएर हेर्ने हो भने बिकट परिस्थितिमा राखेप् सदस्य सचिवले झगडा र भ्रस्टचारको गुँड परिषदका पुर्ब सचिवहरु भन्दा काम गरेकै हो|

    Reply
  53. बिष्णु रिजाल , स्पेन says:
    July 27, 2013 at 10:16 pm

    कहिँ नभाको जात्रा हाडी गाउमा भनेको यहि हो | पालो मा मोज गर युबराज …. | माओबादी भक्ति देखाउन युबराज ले आफ्नो पदको उपाहास गरे भन्दा गलत नहोला |

    Reply
  54. Biraj Subedi, Fougeres, France. says:
    July 27, 2013 at 10:09 pm

    यो त सब ढेखाउने दांत मात्रै हो, आफ्नो कुर्सि बचाउनकोलागि एस्ता नया जोगीहरु धेरै छन् हामीकहाँ तेसैले त कुनै पनि छेत्रमा राम्रोसंग विकास हुन सकेको छैन/ सबैलाई चाकडी गर्दै ठिक्क ….

    Reply
  55. Pawan Raj Phuyal says:
    July 27, 2013 at 9:56 pm

    किन राख्नै नहुने हो र ? जस्ले जति आरोप लगाए पनि नेपालमा बिशेष गरि खेलकुद क्षेत्रमा र समग्र राजनितिका मुख्य खेलाडी त आखिर बाबुराम र प्रचण्ड नै त हुन नि अनि यहाँ फोटोका पात्र “युबराज लामा ” पनि त माओबादी लबिङ्कै मान्छे हुन् नि । केहि नौलो लागेन मलाई त ।

    Reply
    1. Prakash Sigdel says:
      July 28, 2013 at 9:20 am

      हुन्थ्यो युबराज लामा को निजि कार्यालय भएको भए प्रचण्ड को त् के, मनमोहन सिंह कै फोटो राखेको भए पनि हुन्थ्यो! तर त्यो एउटा सरकारी कार्यालय हो ! उनको बाउको बिर्ता होइन !

      Reply
  56. RAdhe says:
    July 27, 2013 at 9:55 pm

    नूनको सोझो त गर्ने पर्यो नि ! नत्र परम प्रभुको कृपा दृस्टी अन्त कतै परि जाला भन्ने अर्को पनि डर होला .

    Reply
  57. Birodh says:
    July 27, 2013 at 9:55 pm

    नया जोगीले धेरै खरानी घस्छ भनेको येही हो !

    Reply
  58. प्रमोद says:
    July 27, 2013 at 9:55 pm

    यो देख्दा त लाग्यो यदि सदस्य सचिव ज्यूले घरमा पूजा गर्नुहुन्छ भने भगवानको फोटो टाँस्ने ठाँउमा यिनै दुइको फोटो छ होला……….. किनकी पहिलेका लोकप्रिय अहिलेका झन लोकप्रिय (अगाडि अ थपेर) साक्षात भगवान नै होलान लामा ज्यू का ।

    Reply
  59. deeps says:
    July 27, 2013 at 9:53 pm

    अब जसको महाधिबेशन को अजेण्डा राष्ट्रिय अजेण्डा. जसको निजि विदेश भ्रमण राष्ट्रिय भ्रमण हुने भएसी त्यो पनि त पार्टी अफिस त हो नि

    Reply
  60. narayan says:
    July 27, 2013 at 9:46 pm

    साइडमा येसो प्रभु भनाउदाहरु सोनिया गान्धी र मनमोहन सिंह को तस्विर पनि राखे बेस हुन्थ्यो कि ?

    Reply
  61. Rajan Thapa says:
    July 27, 2013 at 9:45 pm

    यी खाओबादी का कुरै नगरम / देश लुट्ने लुटाहा हरु/ थुक्क/

    Reply
  62. suzee says:
    July 27, 2013 at 9:37 pm

    माओ+ अफिस
    तस्बिर आफै बोल्छ !!!!!!!!!!!!!!
    एस्तो पनि हुदो रहेछ , नेपाल मा

    Reply
  63. द्रोण says:
    July 27, 2013 at 9:34 pm

    हरेकतन्त्र मा हनुमान बदलिन्छ ,
    उस्तै उस्तै राम पनि ,
    मौका र फाइदा मिले नोकर बन्न तयार हुन्छ,
    मावोबादी हराम पनि ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme