Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशमा बसेर देशको बदनाम गर्नेहरु

Posted on July 26, 2013July 27, 2013 by Salokya
कार्टुन साभारः oxfamblogs.org
कार्टुन साभारः oxfamblogs.org

केही दिनअघि फेसबुकमा अपरिचित एक जनाको सन्देश आयो। त्यसमा उनले आफू …. (युरोपको कुनै एउटा सहर) मा रहेको र ब्लगमा दुई वटा आर्टिकल छाप्नु परेको उल्लेख थियो। अझ अचम्म ती ‘लेख’ छापेवापत् पैसा पनि दिउँला भनिएको थियो। विशेष कारणवश त्यो छाप्नुपरेको भन्दै ठूलो सहयोगको आशा गरेको लेखिएको थियो। विस्तृत जानकारी जवाफ आएपछि दिउँला लेखिएको रहेछ। अचम्म लाग्यो मलाई। माइसंसारमा कसैले कुनै पनि ब्लग/सामाग्री पठाउन सक्छन् भनेरै माथि ‘पठाउनुस् माइसंसारलाई’ लिङ्क राखिएको छ। छाप्नलाई पैसा लाग्ने कुरै भएन। के रहेछ त कुरा, बुझ्नलाई जवाफ फर्काएँ- कस्तो खालको आर्टिकल हो, पठाउनुस् न हेरौँ।


‘आर्टिकल’सँगै यसलाई पछाडिको मिति राखेर छाप्नु पर्ने भनिएको थियो। साह्रै झुर खालका ‘आर्टिकल’ पनि भन्न नमिल्ने खालका लेख थिए ती। दुई वर्ष पुरानो मितिमा यसलाई छाप्न भनिएको थियो।

मलाई शंका लागिहाल्यो। सीधै सोधेँ- स्पष्ट कुरा गर्नुस्, गर्न खोज्नुभएको के ?

उनले यस्तो भावको जवाफ दिए-

खासमा मेरो भाइ यो देशमा ओभर स्टेयर भई असाइलम (शरणार्थी) केस अप्लाइ गर्दैछन्। हाम्रो आइडिया उनले नेपाल सरकारविरुद्ध त्यतिबेला नेपालमा केही आर्टिकल लेखेको देखाउने हो।

यस्तो आर्टिकल भएको पत्रिका छपाउन पक्कै पनि गाह्रो छैन तर अनलाइन स्रोतहरु पनि आवश्यक पर्छ, ताकि आवश्यक परेको बेला देखाउन सकियोस्। तपाईँको वेबसाइट चेक हुन पनि सक्छ, नहुन पनि।

यदि यसले असाइलमको निर्णय भयो भने म तपाईँलाई उचित रकम तिर्नेछु।

तपाईँले बुझ्नुभयो होला।

कुरो बुझियो। आफ्नो स्वार्थका लागि उनले यो अनैतिक काम गर्न लगाउन खोजेका रहेछन्। आफ्नो भाइलाई विदेशमा ‘शरणार्थी’ बनाउन आफ्नै देशको बद्ख्वाईँ गर्नु रहेछ उनलाई। आफ्नै मातृभूमिको नराम्रो बताएर गिराउनु रहेछ उनलाई। केही नगरेको आफ्नै देशको सरकारले अत्याचार गरेको देखाउनु रहेछ उनलाई। यसका लागि प्रमाण बलियो बनाउन उनी मलाई पुरानो मितिमा सरकारको खेदो खनिएको आर्टिकल राखिदिन पैसाको लोभ देखाउँदै रहेछन्।

मैले उनलाई यो त सही कुरा भएन, यस्तो काम माइसंसारले गर्दैन भन्दा उनले यस्तो काम ‘गैरकानुनी’ नभएको जिकिर गरे। ‘मलाई यस्तो कामबाट टाढै राख्नुस्’ भन्दा उनले नेपालका टप तीन पब्लिसरहरुबाट यो आर्टिकल पछाडिको मितिमा छापिसकेको र ब्लग वा वेबसाइटमा अनलाइनमा देखाउन मात्रै चाहिएको बताए।

को होलान् ती टप ३ पब्लिसरहरु ? मैले चासो राखिनँ। उनको गोप्यताको सम्मान गर्दै उनले असाइलम खोजेको देश र व्यक्तिगत जानकारी पनि यहाँ राखिएको छैन। किनभने यसो गर्ने उनी एक्ला हैनन्। यो चलिआएको चलन हो।

नेपालमा त्यस्ता आर्टिकल राखेर नक्कली पत्रिका छाप्ने धन्दा एकताका खुब फस्टाएको थियो। कहिलेकाहीँ ती देशका सरकारी/गैरसरकारी एजेन्सीबाट अनुवाद कम्पनी हुँदै त्यस्ता आर्टिकलको अङ्ग्रेजी अनुवाद गर्ने काम नेपालै आइपुग्छ। केही आर्टिकलका स्क्यान कपी देखेको थिएँ। हेर्ने बित्तिकै थाहा हुन्छ त्यो नक्कली पत्रिका हो भनेर। तर मलाई थाहा थिएन अहिले नक्कली पत्रिका जस्तै अनलाइनमा पनि केही चारो छरेर यस्ता नक्कली आर्टिकल पुरानो मितिमा छाप्न लगाउनेहरु हुँदा रहेछन् भन्ने।

होला, उनीहरुका आफ्नै बाध्यता होलान्। त्यसैले त मातृभूमिको बदनाम गर्न बाध्य छन् उनीहरु। विदेशी सरकारसामु स्वदेशलाई धारे हात लगाएका उनीहरु पछि सक्कली राष्ट्रवादीको ढोङ रच्छन्।

अमेरिकामा पनि नेपाली शरणार्थी बढेकोबढ्यै

माथिको एउटा उदाहरण युरोपेली देशको प्रतिनिधि पात्र हो। नेपालीको आकर्षणको ठाउँ अमेरिकामा पनि नेपाली शरणार्थी बढेकोबढ्यै छन्।

शरणार्थी मामिलासम्बन्धी राष्ट्रसंघीय संस्था युएनएचसिआरको तथ्याङ्क अनुसार सन् २०११ मा क्यानाडा र अमेरिकामा १४३० जना नेपालीले शरणार्थी बन्न पाऊँ भनी आवेदन दिएका थिए भने गत वर्ष यो संख्या बढेर १७१८ पुगेको थियो। सन् २०११ मा क्यानाडा । अमेरिकामा शरणार्थी बन्न आवेदन दिनेहरुको देशमा नेपाल ११ औँ नम्बरमा थियो भने पोहोर टप टेनमै पर्न सफल भयो। इराक, उत्तर कोरिया, अफगानिस्तानभन्दा नेपाली शरणार्थीहरुको स‍ंख्या त्यहाँ बढी छ।

किन बढ्दैछ त अमेरिकामा नेपाली शरणार्थी। देशमा बस्नै नसक्ने गरी अरुको देशमा शरण लिनुपर्ने त्यस्तो के कस्तो बाध्यता आइपर्‍यो उनीहरुलाई ? सामान्यतया सानो समस्याले मानिसले अर्को देशमा शरण खोज्दैन। के कारणले उनीहरुले शरण लिनु परेको होला ? त्यस्ता नेपालीहरु वास्तविक पीडित हुन् कि नामका मात्र ‘शरणार्थी’ हुन्, छुट्याउने कुनै संयन्त्र छैन। शरण दिने मुलुकले पनि यसमा विचार गरेको छैन भने मातृदेश नेपालले पनि यसमा मतलब राख्ने गरेको पाइन्न। त्यसैले गृहयुद्धको औपचारिक अन्त्य भइसक्दा पनि अमेरिकामा शरणार्थीको आवेदन दिने नेपाली घटेका हैन, बढेका छन्।

अमेरिकामा शरण माग्दा भर्नुपर्ने फारामको एक अंश
अमेरिकामा शरण माग्दा भर्नुपर्ने फारामको एक अंश

अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि नेपाली शरणार्थी

अस्ट्रेलिया र न्युजिल्यान्डमा सन् २०११ मा २७४ जनाले शरण पाऊँ भन्दै निवेदन हालेका थिए। यी देशमा इरान, अफगानिस्तान र चीनका नागरिकले बढी शरणको निवेदन दिन्छन्। नेपालको संख्या टप ११ मा थियो। पोहोर भने संख्या अलि घटेर १७८ मा पुग्यो। यसबाट नेपाल टप १२ मा पुग्यो जुन प्यालेस्टाइन, मलेसिया, सिरिया आदि देशहरुभन्दा बढी हो।

जापान र कोरियामा टप फोरमा नेपाली

संख्यात्मक हिसाबले कम भए पनि जापान र कोरियामा शरण माग्ने देशहरुको सूचिमा नेपालीहरु सन् २०११ मा टप फोरमा थिए। त्यो वर्ष २६४ नेपालीले शरण पाउन आवेदन दिएका थिए। पोहोर शरणार्थी बन्न चाहने नेपालीहरुको कूल सं‍ख्या बढेर ३६३ पुगेको भए पनि कूल र्‍याङ्किङमा नेपाल टप फाइभमा मात्रै पर्‍यो।

शरणार्थी ‘निर्यात’मा टप टेनमा नेपाल पुगेका देशहरु-

japan

USA

cyprus_korea

[किन बढेका छन् नेपाली शरणार्थी ? शरणार्थी बन्न के कस्तो झुट बोल्नुपर्छ? त्यस्तो झुटले समग्रमा नेपाल र नेपालीलाई असर पार्ला? कस्ता नेपालीले शरणार्थीको निवेदन दिन्छन् ? तपाईँहरुलाई यसबारे केही जानकारी छ भने तल कमेन्टमा बाँड्न सक्नुहुन्छ? ]

रेफ्युजी र असाइलम
आफ्नो देशमा जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचारका कारण पीडित भएका वा पीडित हुने डर भएकाहरु वा युद्ध वा प्राकृतिक विपत्तिबाट भागेर अर्कै देशमा पुगेर शरण लिनेहरु शरणार्थी अथवा रेफ्युजी हुन्। सम्बन्धित देशले उनीहरुको निवेदन स्वीकार नगरेसम्म उनीहरु शरण खोज्नेहरु अर्थात् ‘असाइलम सिकर’ मात्र हुन्।

असाइलम सिकरले अन्तर्राष्ट्रिय सुरक्षा खोजेका हुन्छन्। शरणार्थीलाई आफ्नो भूमिमा सुरक्षा दिनुपर्ने अन्तर्राष्ट्रिय बाध्यकारी नियम भएकोले असालइम सिकर शरणार्थी हुन् कि हैनन् भन्ने निर्धारण गर्ने जिम्मा सम्बन्धित देशको हुन्छ।

75 thoughts on “विदेशमा बसेर देशको बदनाम गर्नेहरु”

  1. Pingback: लौ न के सुन्नुपर्‍यो नि – बेलायतका लागि पूर्व राजदूत नै रेफ्युजी बनेर पो बसेका रैछन् « Mysansar
  2. Pingback: माइसंसारलाई धम्की कायमै, सहयोगको अपील « Mysansar
  3. Pingback: ‍माइस‌ंसारलाई ब्लग डिलिट गर्न धम्की « Mysansar
  4. Hari says:
    July 28, 2013 at 10:55 am

    म अमेरिका मा बस्छु केहि नेपाली हरु ले गर्दा म लाइ पनीअफ्ठेरो भय को छ मलाइ
    देखे पछि मेरो संगै काम गर्नी बिदेशी साथी हरु ले फोहर सब्द लेअभिबादन गर्छन नेपाली मा good morning भनेको येसरी भन्नु पर्छ भनेर सिकाय छ म आज यो my संसार को साहारा बाट सबै नेपाली दाजुभाई दिदि बहिनि हरु लाइ यो भन्न चाहान्छु
    कि कृपया एस्तो कुरा नासिकैदिनु येदि सिकौनी नै भय dirty word लाइ Dirty word नै हो भनेर सिकैदिनु भयमा म कृतज्ञ हुने थिय
    नमस्कार म जहाँ भय पनी मेरो नेपाल म संगै छ नेपाल र नेपाली लाइ माया गरम

    Reply
    1. AngSherpa says:
      August 24, 2013 at 4:39 pm

      २०१७ सालमा राजा महेन्द्रले कु गरे पछि २०१७ सालमा राजनीतिक शरण लिएर अमेरिका छिरेका २० हजार नक्कली शरणार्थी बाजेहरू अहिले सब खैरे भएका छन्,उनीहरु हिजो आज भनौ भर्खर अमेरिका छिरेका कुनै पनि नेपाली संग संगतमा छैन,त्यसैगरी हिजो पछि अमेरिका प्रवेश गरेका नेपालीहरु नक्कली कागजात पेश गरेर राजनीतिक शरण लिनेमा अत्याधिक मात्रमा देखिएको छ/यसरि नक्कली कागजात बनाएर राजनीतिक शरण लिनमा सहयोग गर्नेहरु नेपाली कानुन ब्यबसायिहरु नै छ/

      Reply
  5. Raj says:
    July 28, 2013 at 6:43 am

    सरनार्थी भए पछि नेपाल येस्तो, नेपालमा केही छैन, खत्तम छ, बत्ति छैन, पानि छैन, कस्तो खत्तम छ भन्ने अधिकार छैन!! मैले धरै ठाउँमा भेटे को छु !! उनि हरु कै सान धरै केके न गरे भन्ने! येदि सक्छौ भने नेपाल को नाम त बदनाम नगर !! नेपाल तिमिहरु को हैन तेसै ले येस्तो वुस्तो भन्ने अधिकार छैन!! जहाँ छौ राम्रो गरे र बस !! हाम्रो देश नेपाल हो हामी पानी नवाये पनि, बत्ति नवाये पनी, अनि फोहोर भए पनि राम्रो छ हाम्रो लागि….

    Reply
  6. Suman Gurung(UK) says:
    July 28, 2013 at 6:07 am

    खोइ किन यो लेख मा प्रतिक्रिया जनाउन मैले सकेको थिएन, सत्य छ तर एकतर्फी लेखिएको छ, बिदेशिएका हरु को पिडा लाइ नजर अन्दाज गरिएको छ, बिदेशिएका हरु मात्र किन? नेपाल मा पनि त देश मै बसेर देश को बेईजत गर्ने हरु टन्न छन्, घन्टौ लाइन मा लागेर DV चिट्ठा भरेकै हुन्छन, एसको मतलब के ? म यो नेपाल मा बस्न चाहन्न अमेरिका जान चाहन्छु भन्नु होइन र साधारण अर्थ मा , सडक जाम, नेपाल बन्द गरेकै हुन्छन, अर्काको जग्गा आफ्नो नाम मा गरेकै हुन्छन या अरुकै नाम सारी गरि बेचिदिन्चन , सालक, गैडा को खाग रक्त चन्दन तस्करी गरेकै हुन्छन, नेपाल मा बसेर नेपाली कै इज्जत लुतेकै हुन्छन हत्या गरेकै हुन्छन, सुनसरी कै घटना हेरौ के त्यो नेपाली ले गरेको नेपाली र नेपाल को बेइज्जत होइन र? गुण र दोष सबै मा हुन्छ, तेसैले यो कुरा लाइ तेसरी अपब्याख्या त नभनौ कोत्यौदै नकोत्याउ, एउटा छ मैले चिनेको मान्छे भुटानी सरनार्थी बनि आको जसले सोधे पनि म नेपाली नै हो भन्छ त , आखिर जे जस्तो गरेपनि देश को माया त नेपाली हरु औधि गर्छन है. छन् कोहि एक दुइ देश लाइ हर सब्द मा गालि गर्ने हरु ति त कपुत भैहाले नि फेरी पनि एउटा गीत छ नि जसो गर जे गर जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो. जय नेपाल.

    Reply
    1. नेपाली ठिटो says:
      July 30, 2013 at 12:12 am

      सारै दुख लाग्दो सोच त हजुर कै रैछ जस्तो लाग्यो मलाई अनि तपैले जस्तै सोच राख्ने हो भने एकदिन नेपाल सुन्य हुन्छ र भारत को नक्सा मा देखा पर्छ किनभने फोहोर देखे पछि सफा गर्न या कसरि गर्न सकिन्छ भनेर लाग्नु पर्छ तर सब जना सफा ठाउँ तिर भागे तपाई जस्तै/

      Reply
  7. sanjay says:
    July 28, 2013 at 4:39 am

    आदर्श अनि सिद्दान्त को सैद्दान्तिक प्रयोग निकै चर्को रुप मा गर्ने अनि संसार मा हामी जतिको आदर्शबादी को छ र भनेर दर्शाउने तर ब्यबाहरिक रुप मा उही मानसिकता भएका हामी नेपाली आफ्नो स्वार्थ अनि फाइदा को लागि स्वदेश वा विदेश जहाँ भए पनि झर्न मिल्ने लेवल सम्म झर्नें मानसिकता ले संस्कार को रुप लिईसक्यो..आफ्नो स्वार्थ को लागि हामी कहाँ सम्म पुग्छौं नेपाल वा विदेश जहाँ भए नि त्यो त दैनिक पत्र पत्रिका अनि कहिले काहीं अन्तरास्ट्रिय मिडिया मा पनि देखिएकै हो .देश को इज्जत आदर्श र सिद्दान्त फलाकेर मात्रै रहदैन ..सर्बप्रथम यो मानसिकता हटाउनु जरुरि छ ..कुनै बेला को इन्जीनिएरिङ्ग को जेहेन्दार बिद्यार्थी म,अहिले युरोप मा कहिलै नसोचेको पेशा गर्न बाध्य छु यसको मतलब म नेता लाइ गाली गर्न खोजेको पनि हैन र मलाई लाग्छ मैले केहि गलत गरेको पनि छैन बरु २ पैसा कमाएको छु नेपाल को लागि केहि गरेको छु भनेर त खोक्दीन तर केहि गरेकै छैन भनेर पनि भन्दिन .. मेरो धेरै ब्याजी हरु एम. इ. गरेका छन् उनि हरु भन्छन यहाँ केहि भएन उतै आउनु पर्यो तर म भन्छु न आउ..गाली कसलाई गर्ने ??देश को ठुलो युवा हिस्सा दैनिक बिदेसिन्छ कारण के ?.अरबौं को भ्रस्टाचार हुन्छ माथिल्लो स्तर मा, त्यहाँ देखि लिएर गाउ घर सम्म हेर्दा महिला को समय डबल श्रम गरेर बित्छ उता पुरुष को समय चौतारा मा चिया अनि बकम्फुसे गफ मा बित्छ ..तेही भ्रस्ट नेता आयो भने फेरी उसैको पछि दगुर्छौ हामी किन ? अनि हामी यसैमा गर्ब गर्छौ..अनि यहि हो त देश को माया ?यसरि मात्रै देश को इज्जत रहन्छ र? .. साथी हो विदेश मा बस्ने भनेर मैले बचाऊ गरेको हैन तर यो मानसिकता पहिला त्याग्न जरुरि छ …

    Reply
  8. काले says:
    July 28, 2013 at 3:54 am

    म ५, ७ साल देखि जापानमा छु । जापानको हकमा अहिले रिफुजी यति बढेको छ कि वर्णन गरी साध्य छैन । जस्तो पनि रिफुजी । टुरिस भिषामा जापान आयो रिफुजी, स्टुडेन्ट भिषामा जापान सरकारले भिषा दिएन रिफुजी । यतिसम्म कि एयरपोर्टबाटै सीधै रिफुजी एप्लाइको लागि इमिग्रेसनतिर हानिन्छन रे । सबैभन्दा सजिलो छ नेपालीलाइ रिफुजी हुन । किनभने ढाँटने कलामा नेपाली संसारमा नै सबैभन्दा निपुण छन् झैं लाग्छ मलाइ त । नेपालमा सुरक्षा भएन रे । बस्ने अवस्था छैन रे । कागजपत्रको त के कुरा गर्ने ? कत्रा कत्रा कलेजको सिफारिस त बनाउँछन् त्यो जैरे गाविसको कागज, पार्टी कार्यालयको कागज त साधारणा भैगयो । लुटनु लुटेका छन् जापानलाइ नेपालीहरूले । कमायो कमायो ट्याक्स नतिर्ने, हेल्थ इन्सुरेन्स नतिर्ने, अर्काको हेल्थ इन्सुरेन्स कार्ड देखाएर उपचार गर्न जाने, अर्काको वच्चालाइ आफ्नो वच्चा भनि नाम लेखाएर भत्ता खाने, त्यही बच्चा ठूलो भएपछि १२ लाख झ्वाम पारेर त्यही आफ्नो बच्चा लेखाएकोलाइ जापान बोलाइदिने, ट्रेनमा यात्रा गर्दा ठूलो मान्छेले पनि वच्चाको टिकट काटेर हिंडने । के लेख्ने सालोक्यजी लेखेर साध्यै छैन । सायद यो कमेन्टसँगै तपाइको एडमिनमा कति कमेन्ट आयो होला । तर के गर्नु वास्तविकता यही नै हो ।
    हो एक अर्थमा देशमा रेमिटेन्स भित्रिएको छ । एकजना नेपाली जापानमा शरणार्थी भएर नेपालमा उसको ५ जना परिवार पालेको पनि छ तर यसरी शरणार्थी बनेर मात्र समस्याको समाधान हुँदैन । आजभोलि त नेपाली हुँ भन्न पनि लाजै लाग्ने बनाइसके भन्या ।

    Reply
    1. अनुराधा पौडेल , फ्रान्स says:
      July 28, 2013 at 5:57 pm

      नेपालीले जापानीलाई लुट्नु लुटेका छन् ? हँसाउनुभयो नि यार तपाँइले त ।

      Reply
      1. Shrest says:
        July 30, 2013 at 12:45 am

        साथी अर्काको देश मा आएर अवैधानिक कामगरेर tax नतिर्नु लुट्नु जस्तै हैन र ?
        के Nepal का tax छल्ने vat छल्ने लाईलुटेरा नभने पूजागर्ने ??
        साथी अब लुटेरालाई पूजा गर्ने दिन आउन धेरै समय लाग्दैन तपाई जस्तै
        सोच हुने मान्छे Ko बाहुल्य भयो भने

        Reply
    2. Arun Bhattarai says:
      August 7, 2013 at 11:10 pm

      साथी मलाई तपाइको १ टा कुरामा म धेरै आसहमति छु. जापानले नेपाल लाई ठगेको छ. कहाँ नेपालीले ठग्नु होला.
      प्रुफ १- एरपोर्टमा JICA ले radar राखन सहयोग गर्यो जसको मुल्य २००००००० थियो. पछि बनाउन को लागि सबै समान जापान बाट मात्र लेरौउन पर्छ भन्दै ४००००००० जापान लग्यो.
      प्रुफ २: मेलम्ची खानेपानीलाई केहि सहयोग गर्यो. नेपाल सरकारलाई सुरुङ्ग खन्ने ठेक्का जापानकै कम्पनी लाई देनु पर्छ नत्र सहयोग बन्द गर्छु भनेर धम्कि दियो र कम लामो समय सम्म रोकियो. पछि नेपाल सरकार नमाने पछि आर्को इटालियन कम्पनी लाई tender दिए पछि लुरुक्क परेर सहयोग चै गर्यो. एस्तो छ . ( यो कुरा नेपाल सरकारका १ बरिस्ठ मान्छेले सार्बजनिक प्रोग्राममा भनेका हुन्. हावादारी होइन.

      Reply
      1. AngSherpa says:
        August 24, 2013 at 4:44 pm

        भट्टराई जी,कुरो एकदम साँचो हो,जापानले नेपाललाई ठगेको कारणले नै त् नेपाल नाङ्गो झार भएर विदेशको मुनि हात थापेर जिउनु परेको छ/जापानले ठगेको भएर नै कैयौं नेपालीहरु बेरोजगार भएर जापान,कोरिया,अरव,हंगकंग,मलेसिया,अस्ट्रलिया,अमेरिका,क्यानाडा,इंगलैंड,युरोपमा मुग्लान भास्नु परेको हो/हैन र?

        Reply
  9. subash says:
    July 28, 2013 at 12:49 am

    I have seen so many people (never with problems with maoists) taking asylum in USA with fake documents. Even our former deputy prime minister’s daughter got asylum in USA.

    Reply
  10. शान्तिप्रेमी says:
    July 27, 2013 at 8:56 pm

    मानव तस्करीको कारक तत्व असाइलम
    _____________________________________
    साँच्चै असाइलमको नाममा देश वेचिइरहेको छ, तर कसैलाइ वास्ता छैन । अमेरिका आएर असाइलम गरी वसेकाहरूमा अधिकांश नेपालमा व्यापार, व्यवसायमा डुवेका, ऋणमा डुवेका, अरूको पैसा जम्मा गरेर भागेका, ठगेका आदि इत्यादि व्यक्तिहरूको वाहुल्यता छ । तत्काल नेपालमा मावोवादीलाइ चन्दा दिने, सगाउने, मावोवादी निकटहरू पनि अमेरिकामा मावोवादी पीडित भएका छन् । उनीहरूको नक्कलि कागजपत्र, नक्कली पीडाका कथाहरू अनि अन्तर्वार्ता अगाडि प्रस्तुत गरिने नक्कली आँशु र ठाउँ ठाउँमा अड्डा जमाएर वसेका शरणार्थी दलालहरू उनीहरूले शरणार्थी प्रमाणपत्र पाउने आधार र सहयोगी हुन् ।
    अमेरिकाले मावोवादीलाइ आतंकवादी सूचिबाट झिकेको महिनों भइसक्यो, तर पनि मावोवादी पीडित शरणार्थी बनिरहेकै छन्, देश खत्तम छ, असुरक्षित छ भनेर नक्कली प्रमाण पेसिरहेकै छन् ।
    वास्तवमा नेपाल सरकारले अमेरिकि सरकारसँग कुटनितीक पहल गर्नु पर्छ । नेपाल असुरक्षित छ भनेर नेपालीलाइ असाइलम दिने नितिको अब्जेक्सन गर्नु पर्छ । नेपाली प्रतिको असाइलम नीतिमा कडाइ गर्न अनुरोध गर्छु पर्छ । सायद, यस्ता कुराको व्रिफिङ् अमेरिकामा रहेका नेपाली कुटनीतिज्ञहरूबाट नेपाल सरकारमा सायदै होला, उनीहरू यीनै यस्तै व्यक्तिहरूको अगाडि पछाडि समय समयमा अमेरिकाका बिभिन्न शहरमा घुम्न पाइरहेका छन् । अघिल्लो व्लगबाट ज्ञात भयो, सायद मुख्य सचिवले पनि यो व्लग पढ्नु हुँदो रहेछ, सायद उहाँबाट केही पहल होला कि !

    असाइलम ग्रान्ट भएपछि, परिवारलाइ वोलाउन पाइन्छ । उनीहरूलाइ काठमान्डु दुतावासले अमेरिका आउने कागजाद दिन्छ जसमा असाइलम हो भनेर प्रष्ट लेखिएको हुन्छ । ती परिवारका सदस्यहरूलाइ विमानस्थल स्थित इमिग्रेशनले अमेरिका प्रवेश अनुमति दिनु हुन्न, किनकी नेपालीहरू शरणार्थी बन्नु पर्ने अवस्था अहिले पटक्कै छैन ।

    पछिल्लो चरणमा, मानव तस्करका कारण असाइलम प्रवृत्ति बढीरहेको छ । अमेरिकाामा असाइलम पाइने, १ बर्षमा ग्रिन कार्ड अनि पाँच बर्षमा अमेरिकि नागरिकता । यही लोभ देखाएर दलाल र मानव तस्करहरूले लाखैां असुलेर ज्यानलाइ जोखिममा पार्दै तल्लो बाटो (मेक्सिको हुँदै)बाट अमेरिकामा मानिसहरू तस्कर गरिरहेका छन् ।

    Reply
    1. Dipak says:
      July 27, 2013 at 10:47 pm

      “असाइलम ग्रान्ट भएपछि, परिवारलाइ वोलाउन पाइन्छ । उनीहरूलाइ काठमान्डु दुतावासले अमेरिका आउने कागजाद दिन्छ जसमा असाइलम हो भनेर प्रष्ट लेखिएको हुन्छ””
      तपाइको यो बाक्य सहि छैन किन भने असाइलम ग्रान्ट भएपछि, परिवारलाइ वोलाउन त परे जाओस , नेपाली पासपोर्ट बोकेर नेपाल फर्केर जान पनि पईदैन. केहि मान्छे हरु इंडिया सम्म पासपोर्ट देखायर जाने आनी तेह बाट नागरिकता देखायर प्लेन मा अथवा ट्रेन मा जाने गर्छन. असाइलम कार्ड आयको झन्डै ५ वर्ष पछि अमेरिकन नागरिकता लिएर मात्रै जाने गर्छन.

      Reply
      1. शान्तिप्रेमी says:
        July 28, 2013 at 1:39 am

        प्रतिकृयाको लागि धन्यवाद दिपकजी ! असाइलम ओके भएपछि फेमिली पेटिशन गर्न पाइन्छ जसबाट श्रीमान् वा श्रीमती अनि २१ बर्ष मुनिका छोरा, छोरीहरू आउन पाउँछन् । माथि मेरो भनाइको आसय असाइलम गर्ने अमेरिकामा वसेको व्यक्ति होइन, उसका परिवारका सदस्य(श्रीमान् वा श्रीमती अनि छोरा छोरी) को लागि हो ।

        Reply
      2. sudha says:
        July 28, 2013 at 4:30 am

        असाइलम ग्रान्ट भएपछि, परिवारलाइ वोलाउन पाइन्छ । तर नेपाल जान भने पाइदैन . नेपाल भारत खुला सिमाना को दुरुपयोग गर्दै असाइलम गरेका हरु इंडिया सम्म नेपाली पासपोर्ट र तेहा बाट नागरिकता को देखाउदै काठमाडौँ मा ओर्लिञ्छन .

        Reply
    2. Rajan says:
      July 28, 2013 at 7:45 am

      How can you say that Nepal is not more unsafe???? Do you think there are enough jobs for job seekers????
      Yes, It is not right thing to seek asylum With Fake information but in fact, we all Nepalese are in the position for Seeking Asylum and it is not necessary in others countries but in our own country.
      No Jobs
      No Security
      No Basic Needs
      No Opportunity (This may contradicts but is true)
      In such situation, why a person can not seek asylum????

      Reply
      1. manish says:
        July 28, 2013 at 4:40 pm

        The reason you have mentioned seems to be correct for economic asylum and there is no provision for that anywhere as far as I know. Most Nepalese seek asylum on political level showing false documents. When you say there is no opportunity, no nothing. For this I would like to say is, in Western countries also in recession there is less opportunity, but immigrants are doing most basic level job (menial) jobs if thats the opportunity in your opniion then there is enough menial jobs in Nepal but will any Nepalese want to do it, no. There lies the basic problem. There are people who were of professor level in Nepal, they do not hesitate to do buthchering work abroad is that because of lack of opportunity in Nepal, perhaps not. There are a lot of problem in Nepal, thats true but to say everybody coming abroad has lack of opportunity in Nepal is false.

        Reply
  11. ayush says:
    July 27, 2013 at 8:39 pm

    Just to remind the foreign remittance constitute 24% of our GPD.so these 9eople are far better than those sitting in power and sucking ppls money and our resourses. They are even better tahn thousands of so called skilled migrants who studied in scholorships and used public resourses to go thefe and later never turned back. What is more painful is once they get the refugee stautus and have settled life there, they start critisizing the country n its people,

    Reply
  12. Deeps says:
    July 27, 2013 at 7:14 pm

    यस्ता गलत काम कुनै न कुनै बाध्यात्मक अवस्थाले नै गरिँदो हो अवस्य पनि l कसैलाइ पनि आफ्नो स्वाभिमान अरुको पाउमा चढाउन रहर हुँदैन l तर बाध्यताको नाममा आफैलाई जन्माएकी आमालाई ‘बेश्या’ भन्न या बनाउन त नसक्नु पर्ने हो l जबकी ति आमा बिल्कुल निर्दोष छिन l यसरि दुत्कार्दै एक एक गरि अन्य मुलुकमा भासिने हो भने देशको चिन्ता चाहिं कसले गर्ने त? सत्य कुरा के हो भने साँच्चैका दीनहीन र निमुखा हरु युरोप अमेरिका पुग्ने हैसियत नै राख्दैनन् l ति त मध्यपूर्बी या अन्य मुलुकका बन्जर भूमिमा रगत पसिना बगाइरहेछन् र तिनले देशलाई वास्तबमा गाली गरेका पनि भेटिन्नन l सक्छौ आफैंलाइ गिराएर फाइदा लेउ! सक्दैनौ देशलाई किन गाली दिन्छौ??

    Reply
  13. Kunsang says:
    July 27, 2013 at 6:39 pm

    गरे नेपालमा पनि हुन्छ हो यहाको भ्बेद चाहि हटाउन सबैले बल गरौ देश बिगार्ने लाइ चिनेर सजाय दिऔ . अरुको अस्वसंले होइन आफ्नै अग्रसरतामा काम गरौ यहि सुन फल्छ मात्र मेहेनतको खाचो छ श्रमको सम्मान गर्नु जनौ भर्ष्टलाइ सबै मिलेर जेल कोचौ

    Reply
  14. manish says:
    July 27, 2013 at 6:39 pm

    There is no doubt that there are a lot of Nepalese who have been doing this since the days of Maoist insurgency. The irony is the person who has applied for asylum after being said have been tortured by Maoist, same people have opened up Maoist institution (union) in some Eurpoean countries and new asylum seekers who go in job hunting have to rely on them. these so called refugee amass a wealth while their case is ongoing and have build homes in Nepal before being deported back home after the case was found to be fraud. Even startling is that same people again go onto become refugee in some other countries, dont know how they manage to make documents in Nepal. But seeing the situation of corruption in Nepal I dont think that will be difficult. The same people who have obtained PR/passport after this and earn a few quids, then proclaim to be the representation of people in these countries. The real representation of Nepalese abroad should be people who have done things legally and made a living hard way but these people rarely have time to indulge in such politics. I dont have anything against them earning money but the moral lecturing they seem to produce after coming through such situation is mind boggling.

    Reply
    1. Bal Dev Shrestha says:
      July 29, 2013 at 4:19 pm

      माओबादी जन्माउने नै कांग्रेस पार्टी हो / जो गिरिजा चोर ले भ्रस्टाचार जन्माएर लाउडा काण्ड धमिजा काण्ड गरएको हो, के नेपाली जनताले बिर्सेको छैन / सरबोच अदालत मा पनि आफनै मान्छे राखेर काण्ड लाई तेय्तिकै तुन्गाये / स्मरहण रहोस कि आफनै संसद को बहुमत हुँदै प्रधानमन्त्री हुन् नपाइने छाँट देखे पछि संसद बिघटन गर्ने पनि येही पार्टी हो आज लोकतन्त्र आएपछि जनताले कांग्रेस लाई भोट नदिएपछि लोकन्त्र को उपहाँस गर्ने पनि येही पार्टी को गुण्डहरु हो जो विदेश मा गएर सरनार्थी जमाउने हरु / दोस सबै माओबादी लाई दिन मिल्दैन / देश को सिक्षा क्षेत्र तहस नहस पार्ने पनि येही हो / विद्यार्थी नेता जन्माएर अरुको बिद्यार्थी जिबन काल अन्धकार पारेर / नत पदन दियो नत रोजगार नै दियो / आफु हरु घुस खुवाएर विदेश को वीसा यात्रा लिने अनि सरनार्थी बनाएर / जापान मा पनि सभन्दा पहिल सरनार्थी बनउने सिकाउने जनसम्पर्क समिति को अद्यच ले सिकाएको हो / आफु रेस्तुरांत को व्यापार पनि गर्ने अनि जागिर पनि खाएर ठुलो जापानी लाई समातेर नेपाल लगेर नेपालको नेता को नाम मा ब्यबसाय जामुने येही हो हाम्रो देसको करामत नेताहरु को सबै आफुले खाने दाउ गरेपछि के को बिकाश हुन्छ / आफ्नो भुँडी बिकास मात्र हुन्छ /

      Reply
  15. देव says:
    July 27, 2013 at 5:27 pm

    यी युरोप अमेरिका तिर शरणार्थी हुने हरु सब नेपालमा कम गरेर खान लाज मान्ने, अलि अलि पढी टोपलेका, हुदा खादाँका परिवार को प्रतिनिधित्व गर्छन पक्कै पनि, मैले पनि कम्तिमा १० १२ जना यस्तैलाई चिन्छु र तिनीहरुको फेमिली स्टाटस सहित भन्न् सक्छु. यस्तो गर्ने सब बाठा मात्रै हुन्. गरिब जसको साँच्चिकै निम्न आर्थिक स्थिति छ तिनी हरु खाडी, मलेसिया वा कोरिया मा दिनरात पसिना चुहौदै छन्.
    यिनीहरु ले जतिसुकै जस्तासुकै लजिक ले प्रष्ठयौना खोजेपनि, चुथ्था नै हुन्,
    माइसंसार डट कम ले धेरै राम्रो काम गरेको छ, येस्ता कपुत हरुका अरु धेरै लेख पढ्न पाउन , सालोक्य ज्युलाई साधुबाद!

    Reply
  16. Biraj Subedi, Fougeres, France. says:
    July 27, 2013 at 4:48 pm

    हो यो कुरा सत्य, येहाँ धेरै छन् तेस्ता केस गरेर बस्नेहरु/ पहिले बेलायतमा बिद्यार्थी बनेर आउने अनि तेता बाट एताउति गरि फ्रान्समा छिर्नेहरु/ तिनीहरुको सबैको आफ्नै आफ्नै कथा छ/ कोइ कलेजमा फी तिर्न नसकेर कोइ कामको खोझिमा आदि आदि …… देशभक्ति त मर्दैन चुत्थै देश भएपनि

    Reply
  17. Sagar Subedi says:
    July 27, 2013 at 4:21 pm

    हिजो माइ संसारमा प्रकाशित “विदेशमा बसेर देशको बदनाम गर्नेहरु” लेखले केही सम्झिन,बुझ्न,आँखा खोल्न मद्घत पुग्यो, सायद् धेरै झिनो भए पनि यो लेखमा उल्लेखित कुराहरू को भगिदार म पनि छू जस्तो लाग्यो यसरी गलत् तरिकाबाट देशलाई बद्नाम गर्नेहरूको हालिमुहाली छ यूरोपभरी । तर येस्मापनी येस्का भगिदारहरू युरोपका अन्य मुलुकमा उल्लेखित मात्रा मा भए जस्तै सानो देश अस्ट्रियामा बसेर जातियताको राजनीति गर्ने ब्यक्तित्य हरू केही मात्रामा छन । लेख पढी सकेपछी एक जना ब्यक्तिवले भनेको शब्द मेरो कानमा ठोक्किन आइपुग्यो, त्यो ब्यक्तिव यहाँ बसेर नक्कली सरणार्थी बनेर नेपालमा बसेर जातिय राजनीति को बिउ छर्नेहरुका पछी लागेर युरोपमा बसेर अग्रगामी परिवर्तन गर्ने रे,पहिचानको राजनीति गर्ने रे , मननिय कुरा यहानेर के छ भने त्यस्ता ब्यक्तिवका परिवार र छोरा छोरी भोलि कुनै पनि हालतमा नेपाल् फर्किन चाहदैनन र आफ्नो मात्रीभाषा भन्दा पनि जर्मनभाषा प्यारो भन्दछन,ती महनुभाब हरुले पहिचान चाहियो भन्दै कुर्लदै हिडदछन। हुन सक्छ कोहि बाध्यताबस बिदेस आउन वाध्य होलान् कोहि सक्ष्यम भएर बिदेस आए होलान् तर त्यस्ता कथित राजनीति गर्ने महानुभाबहरूले कम्से कम हामि नेपाली एक हुनुपर्छ र एक धागोमा बाधिएर एक अर्काको दु:ख मा साथ् दिनुपर्छ भन्ने सोच पलाए कस्तो हुनेथियो ?सही चेतेना कहीले आउने होला ?कसलाई के भन्ने ?

    Reply
  18. सुभाष लामिछाने says:
    July 27, 2013 at 4:02 pm

    गलत लाग्छ मलाई मेरो देशका कवि, जसले लेखे
    देशभक्ति त मर्दैन चुत्थै देश भएपनि

    Reply
  19. Pandyji says:
    July 27, 2013 at 2:36 pm

    यी कथित शरणार्थीहरु देशद्रोही हुन, मलाई लाग्छ, अब हामीहरुले नै यिनीहरुको नाम र ठेगाना जम्मा पारेर, fraud case फाइल गर्नु पर्छ europe र america मा. यिनीहरुले हाम्रा अब आउने नेपाली दश पुस्ता को बेइजत गरेका छन्

    Reply
  20. sagar says:
    July 27, 2013 at 2:02 pm

    युके र युरोप तिर नक्कली भुटानीलाई “भुपली” अनि नक्कली माओबादी/माओबादी पिडितलाई “खायोबादी” भन्ने चलन छ तर छुचो भएर प्याक “भुपली” अनि “खायोबादी” चाई भनिहाल्नु हुन्न नि किनकि अहिले यिनीहरुको पहुँच पैसाको भरमा नेपालका दलाल-नेता र गुन्डा सम्म छ, अनि एता यिनीहरुको community नि बलियोछ उस्तै परे हातै छोडी हाल्न नि बेर लगाउदैनन, अझ नेपालबाट दलाल (नेता) आउनु पर्छ यिनीहरुको चुरीफुरी हेर्न लाएक हुन्छ पूर्व प्रधानमन्त्रीहरु सम्म एता आउदा यिनै भगौडाहरुको लावालस्कर लगाएर हिद्छन यिनैको घरमा बस्छन अनि जाने बेलामा श्रीमतीहरुलाई किनिदिएको कोसेली र आफ्ना लागि ६/८ महिनालाई पुग्ने दारु उपहार लिएर फर्किन्छन, एता दलालका हुक्के, छातेहरु facebook मा गुरुप फोटो हालेर अरुको अगाडी सान दिएर हिड्ने गर्छन

    Reply
  21. सुमन says:
    July 27, 2013 at 12:24 pm

    माओवादीले सतायो भनेर भागेर बिदेशमा नक्कली शरण लिनेहरुको नाउँ पनि छिटै प्रकाशमा आउँला| अलिकति पनि लाज शरम छ भने अहिले नै आफ्नो नाउँ खुलाएर देश फर्के हुन्छ वा त्यस्ताले बिदेशमै बसे पनि कमसेकम देश खत्तम भैरा’छ भनेर दिनहु गाली गर्न बन्द गरे हुन्छ| बरु सिर्जनात्मक सुझाव वा सकारात्मक कुरो गरे राम्रो|
    अचम्भ के भने माओवादीबाट उत्पीडित भनेर माओवादीकै नाता सन्तानहरु नक्कली शरणार्थी बनेका पनि देख्न पाईएको छ र उनीहरुले नै अहिले माओवादीलाई समर्थन गरिरहेका प्रत्यक्ष छ|
    पुष्पजीले पनि यो बिषयमा अनभिज्ञ हुनुहोला जस्तो लाग्दैन|

    Reply
  22. Mahesh Mahaseth says:
    July 27, 2013 at 12:05 pm

    यस्तो शरणार्थी हरुको आबेदन दिनेहरु त सक्कली पिडित भन्दा नक्कली पिडित हरु धेरै देखियो/ मेरै धेरैजसो साथि हरु विशेषगरी नेपाली कांग्रेस विचारधारा भएको साथि हरु नक्कली फर्जी कागज बनाएर अमेरिकामा छिरेको हरु धेरै छन्/ अझ अमेरिकामा खै के विसामा पहिले छिर्ने रहेछ र पछि मा सरनार्थी हो/ मलाई मेरो देशमा यस्तो गर्यो उस्तो गर्यो भनेर भर्ने रहेछ/ झन् द्वन्दकालमा त त्यस्तो पत्रिकामा छापेको प्रमाण पनि नचाहिने रहेछ/ ति मानिस हरु त कतिपय माओबादी हरु पनि थिए/ तिनीहरु आफै नेपालमा माओबादी हरुले हामीलाई लखेटे , घरबार सबै ध्वस्त पारे भनेर झुटो विवरण दिएर अहिले त ग्रीनकार्ड पनि पाइसके/ पहिले यसरि fraud गरेको ले गर्दा सबै प्रमाणहरु खोज्छ /

    Reply
  23. Ganesh25 says:
    July 27, 2013 at 11:46 am

    Dear Nepalese excellent citizens,

    Please be sure that few doll heads came to USA, Europe or other countries who are not capable to qualify as a qualified migrant skilled professionals are applying as refugees, it does not mean that they represents Nepal.

    Such criminals/doll heads have no choice other than to sale the name of our best country, insult our country, insult their own families, friends (they have no shame to do so). They insult themselves. Therefore they have no other choice only to apply as refugees status or be ready to be deported to Nepal back home. Stay few month in prison and get what ever allowances (money) and do what ever can do, find work (toilet cleaning, dish washing, gardening, even dead bodies burying etc).
    So, what choice do they have ?, nothing.
    Just become refugees and that’s it. Once they get refugee status residence, then they want to make money easy like in Nepal without doing nothing. But in Western Countries it is impossible (must work, must be intelligent, educated in their own country, not in Asia). Then they start to think again how to make money with easy job without cleaning the toilets
    or without studying further studies. That means they want to become some sort of famous by criticizing Nepal and so on, talk too much, insult too much thinking that they are clever like crow. becuase they cannot criticize the country where they get refugees status, then unfortunately they start to criticize Nepal. They are like crows who eat dirty poo (shit). Do not worry about them, they are just like crows, they are full of shits. They were, are and will be stupid.
    It is better all such stupid criminals get out from Nice Nepal and be peace in Nepal. Let the suckers go all abroad and do not come back.
    The life of ordinary people in Nepal will be easier and better. We do not need such criminals, socially poluted, unpatriotic, thieves, suckers etc etc in Nepal. We will be better off without them.

    Reply
  24. पुष्प says:
    July 27, 2013 at 9:34 am

    यिनीहरूजस्तै त होलान् नि देश, नेता अनि हुँदाहुँदा जनतालाईसमेत भक्कुमार गाली गरेर समाचार अनि ब्लगहरूमा प्रतिक्रिया जनाउनेहरू ।

    Reply
  25. arun says:
    July 27, 2013 at 9:26 am

    होइन मैले पनि देखे को छु अस्ट्रेलिया मा पनि नेपाल बाट दलाल लगेअर आएर याँहा सरनार्थी को भिसा पाए पछि नेपाल को पोलिटिक्स आधा headquater नै अस्ट्रेलिया सरे जस्तो गरे र नेपाली community मा आफु मात्र जान्ने सुन्ने आफु मात्र ठुलो मान्छे ठान्ने हरु देखिन्छ . भन्ने बेला मा मेरो कुनै देश छैन भनेर सरनार्थी बन्ने अहिले फेरी याँहा बसेर नेपाल को राजनीति पत्रकारिता सबै गर्ने .के भनौ र खै देश लै धोका दिने लै तिमि हास भो हामि बस्छु रॊइ

    Reply
  26. राम चन्द्र says:
    July 27, 2013 at 9:02 am

    यस्तै ढटुवा झेली झूट को भ्रम छरेर सर डर्थी बन्छन अनी एन आर एन भनी टोपलिन्छन पछी देस मै राजनीति गरेर माथिल्लो तहमा पुग्ने सपना देक्छन । यस्ता झूट को खेती गर्ने अनी अरु लाई पैसा को प्रलोभन देखाइ अनैतीक काम गर्न उक्साउने सडेर ओतै मरुन लास अनी सास पनि नाओस बुद्ध जन्मेको देस मा ।

    Reply
  27. Devendra Basnet says:
    July 27, 2013 at 8:35 am

    आफ्नो देश मा चाही जस्तो कम गर्न नि लाज लाग्ने बिदेशमा गएर गुहु सोरेर बस्दा पनि गर्ब गर्ने प्रबिती बढेको छ नेपालमा. फेरि नेपालमै पनि कामलाइ सानो ठुलो नभनी काम गर्नेहरुलाई होच्याउने प्रवृति र विदेश गएर जस्तो सुकै काम गरेर आएपनि नचाहिने इज्जत दिने समाज भएर एस्तो भएको हो भन्ने हाम्लाई लाइरछ.

    Reply
  28. bhima says:
    July 27, 2013 at 7:49 am

    या अमेरिकामा कही नेपाली हरुको धन्दा नै नेपाल बाट टुरिस्ट विसा मा मान्छे बोलैएर टन्न पैसा लिएर सरनार्थी को लागि प्रोसेस गर्ने हो /अनि केस बनौदा भए को नभएको कुरा हालेर जुन देश बाट आइएको तेसैए को ब्येजत गर्छन /

    Reply
  29. Tarunima says:
    July 27, 2013 at 6:54 am

    एक नेपाली चर्को टूशन भएको देशमा बिद्यार्थी भएर आएको देखियो। आएको केहि महिना पछि त केटो शरणार्थीको लागि पो झुट्टा कागज बनाउन तल्लिन देखियो। बाबु उसको थियो सभासद, त्यहाँ भन्दापनि हुनेखाने र एमालेका। नानाथरीको कुरागर्दै माओबादीले बस्न नदिएको कागज नेपाल बाट आईपुग्यो र दरखास्त गर्यो, नेपाली नै वकिल रैछन उनिले नै सबैगरे उसको लागि।

    प्रक्रियामा गयो उसको दरखास्त, तर उता माओबादी शान्ति प्रक्रियामा आउन शुरु भो त्यसैले उसको डर थियो त्यसले बिगार्ने भो भन्ने, त्यसैले शान्तिप्रक्रिया भाडियोस भन्ने कामना थियो। तर उसको refugee claim सफल भो, अनि दौडियो परिवार लिन।

    कहिले काहीं त त्यस्ता जाली फटाहा बाट टाढा बस्दा नै राम्रो है, किनकि कुनबेला के हुन्छ भन्ने भन्नै सकिन्न। citizenship नै थुतेर deport ग़रेको नि नदेखेको हैन र त्यस्तो अबस्थामा अनाबश्यक बयान र झमेलामा नपरिएला भन्न सकिन्न। चर्को टूशन फी तिर्न तयार भएर आको सभासद्को छोरो त refugee लजा।

    Reply
  30. Jeevan Thapa says:
    July 27, 2013 at 6:38 am

    युरोप अमेरिका पुगेका ८०% – ९०% नेपाली हरु नेपालमा पनि राम्रै मानिने , खान लाउन पुग्ने परिवारका हुन्छन , खान लाउन नपुग्ने हरु जाने भनेको गल्फ कन्ट्री अनि अहिले आएर कोरिया पनि हो!
    अब यी नेपाली हरु युरोप अमेरिका पुगी सकेपछि नेपाल फर्किन चाहन्नन् अनि आफुलाई लामो समय सम्म ति देशहरुमा टिकाइ राख्न केहि न केहि उपाए त खोज्न नै पर्यो !!
    अब सजिलो उपाय भनेको के त त्यहि सरणार्थी…..

    नेपालमा सहिद हुनु र युरोप अमेरिका पुगेपछि सरणार्थी हुनु भनेको एउटै एउटै भएछ !!!

    Reply
  31. योगेश आदी says:
    July 27, 2013 at 5:58 am

    आंग कन्याएर के छारो उडाउनु भनेर मात्रै.. नत्र त अमेरिकामा नेपालीहरुले पेपरको लागि के मात्र गर्या छैन र ! लेख्ने हो भने ९/११ को रिपोर्ट भन्दा लामो होला !!

    Reply
  32. saru says:
    July 27, 2013 at 5:36 am

    Unfortunately, लगभग सबै जसो नेपाली कोममुनिटी को नाम मा राजनीति गर्ने हरु सबै देसको बदनामी गराउने हरु नै छन्. कोइ कोइ नेपाल लै pashupatinath फ़ोउन्दसिओन खोल्ने nepal चिनाउने ,बुद्ध को देश भनेर chinaunu parchha भनेर हिंडेका छन. देख्दा हाँसो लग्छ. आअझ उनि हरु नै खोक्छान. Los Angeles मा त phd गरेका फर्जी असैली बनाउने काम गर्छन. अरु त अरु आफ्नै घर भरि fraud Assylee banaera rakhne lai nepal sarkarle doot banayeko dekhda nepal maya garne furti dherai nagarne aasali nepali ko sir nihuriyeko chha. K yo news pani chief Secretary le padnu hola?

    Reply
  33. dnes says:
    July 27, 2013 at 5:25 am

    द्व्न्दकालमा टाठाबाठा हरु माओबादी को पछि लगेर टन्न सम्पति लुट्न सफल भय जिन्दगिमा मेहनत नगरी खाईरहेकाछन अहिले , भने अर्को थरिले तेही माओबादीकै धम्कि र त्रास दियको झुटो प्रमाण नेपाली संचार माध्यम बाट किनेर शरणार्थी बन्नको लागि हतियार को रुपमा प्रयोग गरेका छन यिनै चतुरेलाई मात्रै फाप्यो माओबादी दोव्न्द, के गर्ने अजिंगरको आहार मात्र दैबले जुटाउदो रैछ मान्छेले यत्रो देस बिदेस चाहार्न पर्ने …….

    Reply
  34. rajan says:
    July 27, 2013 at 5:12 am

    अन्तको के कुरा गर्नु मा बसेको देश क्यानाडामा पनि येस्ता देशको नाम बद्नाम गरेर शरणार्थी बनि येही देशको नागरिक बनेका हरु नेपालको बद्नाम गर्न पछि परेका छैनन्

    Reply
  35. Lalit Narayan says:
    July 27, 2013 at 3:43 am

    शरणार्थी बन्ने क्रममा नेपालीले मै हुँ बाठा भन्ने देशलाइ पनि थाङ्नामा सुताएको चाहिं मान्नै पर्छ l
    # माओंवादी लाइ चै सबैले खेदो नै खन्दा रछन
    – चन्दा मागेको चिट्ठी पनि तुरुन्त तयार
    – ज्यानको धम्कि पत्र पनि तुरुन्त तयार
    – प्रहरीको रिपोर्ट पनि तयार
    – कुटाइ खाएको भन्ने अस्पतालको रिपोर्ट पनि तयार
    – पत्रिकामा समाचार पनि तयार
    —————————
    देशको बिकाश कार्यमा पनि त्यस्तो बुद्धि लगाए यो देश कहाँ पुग्थ्यो?

    Reply
  36. abhi says:
    July 27, 2013 at 3:25 am

    बाध्यता को नाममा इज्जत नै त फाल्नु भएन नि! धेरै बुझ्ने मान्छे त हैन तर दलाल लै लाखौं पैसा बुझाएर अमेरिका युरोप जान सक्ने मान्छे ले नेपाल मै क हि गरेर खान सक्छ जस्तो लाग्छ है मलाई ! परिवार को पेट नि पाल्न नसकेर खाडी मुलुक मा गएको देख्दा त मन दुखि हुन्छ तर पढे लेखेको र क हि गर्न सक्ने मान्छे नि विदेश मोह (अमेरिका र युरोप)मा लागेको देख्दा र अझै आफ्नै देश लै दोष लगाउदा चाहिं सारै नै रिस उठ्छ! देश आफै बन्ने हैन क्यारे बनाउन पर्ने हो देशबासी ले! आफु त नबुझ्दा आए युरोप !पढाई सकिन्छ अनि फर्किने हो आफ्नै देश! जय नेपाल !

    Reply
  37. Dipendra says:
    July 27, 2013 at 3:10 am

    न्यु जिल्यान्ड म पनि थुप्रै जना शरणार्थी भएर स्थाई बसोबास गरिरहेअको छन् /जुन बेक्तिहरु निस्फिक्री नेपाल आवत जावत गर्दछन् उनीहरु प्राय सम्पन्न र राजनितिक पउच वाला र नेपालमा सामाजिक सस्था खोलि बसीरहेका आफ्नो दाजु भाइ दिदि बहिनीहरु पनि छन्/ बिदेशी घुम्न आउदा संगै लियेर आउछन अनि एतै छोदेर जनछन जो शरणार्थी बन्छन्/ नेपालमा एस्तो उस्तो दुख दिन् छन् भनेर निबेदन गर्छ /एक जनाले त माथि माथि उलेख गरिए अनुसार रेडियो मा अन्तरबाता दि आएको रहेछन उसको पानी भई हलियो/ एसरी नेपाल लाई बदनाम गरेर लिने हरु छन्

    Reply
  38. Pandyji says:
    July 27, 2013 at 2:11 am

    यी कथित शरणार्थीहरुलाइ ग्रिन कार्ड मात्रै होइन अमेरिकाको राष्ट्रपतिको पद नै दियपनि जिदगिमा केहि गर्न सक्ने होइनन ! पृथ्बीका बोज हुन ! so I called them गरिखान नसक्ने LOOSER.

    Reply
  39. ayush says:
    July 27, 2013 at 1:32 am

    Its easy to comment on anyone’s situation but I bet there are man in nepal who would do anything to land in a better place, be it legal or illegal. We have to blame the current situation, policies, agents and even ourselves. I have seen asylum seekers from europe to america and australia. The story is similar. Even a well to do family sends their children as they know the future is abroad. You didn’t mention aboht the pain and risk they take, sometimes months travelling and hiding in forest, hiding in containers crossing english channel, completely depending on agents and even pirates. And once they r there, there’s no way out. They already have spent more than a million to be thefe, so they spend few more thousands for the lawyer and the way to stay there. Most of them were able to keep themself with dignity but not all.its not my story or your story, its everyones. I never support such activities yet I try to help our community in whatever way possible.just one advise if u want to enter a country please be skillfull and come with full honor, never take the backside entry.

    Reply
    1. Raj says:
      July 27, 2013 at 2:58 pm

      Absolutely correct Ayush, this is the overall situation,
      Situation is, you love it or hate it but you can not ignore it,
      I believe lots of us do not have idea how thing goes, just want to land in the countries of opportunities why.
      1. Seen the neighbours or relatives who come back well dressed and with some grands in pocket. Which obviously lure the youngsters.
      2. It is sort of social status too. A well doing family who may be running their own business still want to send their children abroad.
      3. Somehow our society has developed a concept that anything from abroad is better than ours. Cloths, jwelley etc. we even sing होंकोंग्को सुन को चुरा सिंगापुरे सारी,
      4. When a youngster lands abroad spends lots of money, i believe many of them have it on credit, and he gets credit from the people who has money on project to go abroad, if his project is to do something within village I am afraid the invester might think twice, he ends up with no choice.
      That is not mine or yours, the overall story,
      These things are to be discussed and to be made known to persons who are willing to go abroad whithout a proper system of employment or education. May take time but sure things will change. So please please anyone make yourself skilled and enter abroad with honor.

      Reply
  40. शुशील कोइराला says:
    July 27, 2013 at 1:32 am

    पेशाले शिक्षक भै जिन्दगि भरि कम्युनिष्टको (पछि माओबादीको) राजनीतिक गरेका अनि आफ्नै छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोप लागे पछि बैदेशिक रोजगारीको लागि युरोप अमेरिका लगिदिन्छु भनि सर्बसाधारण संग पैसा अशुली त्यहि पैसाले अमेरिका आइ पुगेकाहरुले समेत आफु सच्चा प्रजातान्त्रिक भएको र आफुले पढाउने बिषय राजनीतिसास्त्रको कक्षामा माओबादी बिरोधि कुरा गरेको कारण बिस्थापित हुनु परेको भनेर शरणार्थी आबेदन दिएकाहरुले पनि निबेदन स्विकिर्ती गराई अहिले सयौ नेपालीलाई South America हुदै अमेरिका छिराई चर्को सुल्कमा शरणार्थी परामर्श दिने तथा जागिर लगाइदिने काम गरि जिबिका चलाएकै छन्

    Reply
    1. रामकृष्ण says:
      July 27, 2013 at 9:37 am

      यो घटना र व्यक्ति चाहिँ मैले नजिकै बाट चिनेका मोरंगमा प्राध्यापन गर्नुहुने जो कुनै दिन मेरा पनि गुरु हुनुहुन्थ्यो संग निक्कै मिल्दो रहेछ।

      Reply
  41. rosu says:
    July 27, 2013 at 1:30 am

    नेपाली हेरुको बिदेस प्रति को मोह को जोलन्त उदाहरण हो यो/ नेपाल को खस्किदो आर्थिक र राजनैतिक परिस्ताथी र बढधो बेरोजगारी को कारण बिदेस मोह बढेको छ / अनि फेरि बिदेस आएर केहि वर्ष बसेपछि बिदेस कै आदत बस्छ जुन कुरा नेपाल फर्केर पाउन असम्भव जस्तै छ/ तेही कारण ले गर्दा बिदेस मा सदा को लागि बस्ने उपाय खोज्छन मान्छे हेरु तेस मा सबै भन्दा सजिलो उपाय भनेको असैलुम file गर्नु हो/ नेपाल को १० वर्ष को दोन्द कल को फाइदा उठाउदै माओबादी पिडित भन्दै usa लगायत क देस हेरुमा नेपाली हेरुले ग्रीन कार्ड लिने प्रबृति बढ धो छ/

    Reply
  42. Prabal says:
    July 27, 2013 at 1:22 am

    यसलाई बद्नाम गर्ने नियत भन्दा नि हामी नेपालीहरुको बाध्यता, बिवशता को रुपमा बुझ्नु पर्छ जस्तो लाग्छ .आफ्नो देशमा गरिबी, अभाव, असुरक्षा अनि कुशासन व्याप्त छ अनि यसमा सुधारको कुनै आशा पनि छैन, अनि के गर्ने त ?? आफुमा कुनै दक्षता नभए पछि, आफ्नो विदेश बसाइलाई बैधानिक बनाउने सजिलो उपाय शरणार्थी बन्ने हो. शरणार्थी बन्नलाई कागजी प्रमाण पुर्याउनु पर्छ . कानुन, बजेट, विकास, आयोजना आदी सबै कागजमा मात्र हुने देशका हामी नेपालीहरुलाई कागजी प्रमाण पुर्याउन कसले सिकाउनु पर्छ र ?? कि कसो ??

    Reply
  43. Gopal Niure says:
    July 27, 2013 at 1:22 am

    नेपाल मा बैंक मा ठुलो रकम ब्यालेन्स देखाएर राम्रो देस को visit visa लगाउने , अनि उता गएर खान नपायर/ बच्न नसकेर भागेर आएको भनेर अनेक नक्कली कागज बनाएर आफुलाई शरणार्थी बनाउने / अनि अलि अलि पैसा कमयपछी laptop किनेर mysansar मा राम्रा राम्रा कमेन्ट गरेर आफु लै सच्चा राष्ट्र भक्त हु भन्ने अनि नेपाली नेता हरु लै गाली गर्ने ,अनि म NRNA हो नेपाल लै सहयोग गर्न चाहन्छु भनेर दोहोरो नागरिताको माग गर्ने …छि छि छि ……..मलाई त सुन्दा पनि घिन लागेर आउछ .
    येस्ता नक्कली शरणार्थी हरु लै दोहोरो नागरिकता होइन , बरु एरपोर्ट बाट नै समातेर देस द्रोही को आरोप मा मुद्दा चलाउन पर्छ अनि यो समस्या अलि कम हुन्छा होला !

    Reply
    1. gopal niure says:
      July 27, 2013 at 12:14 pm

      यो कमेन्ट मा unllike गर्नी हरु सबै नक्कली शरणार्थी हुन्! हेर्नुस त कति छन् नेपाल आम का दलाल हरु ! आमा को इज्जेत को दलाली गरेर आफ्नु भौतिक सुख सुबिदा पुरा गर्नेहरु ….

      Reply
  44. Dipak says:
    July 27, 2013 at 1:13 am

    होइन हो आनि साथी ले फेरी येहा नेपाली ले गरिखायाको देखिसहेनछन. आफ्नै भान्जा पत्रकार हुदा त मैले यी सबै कुरा बर्सौ देखि अरु कसैलाई भनेको थियन, यी bloger लाई किन सबै नेपाली को भुडी चिरफार गर्नु पर्या होला बेला न को बेला. येहा सबै माओबादी, खाओबादी, धोतिबदी सबै ले मा कांग्रेसी हुं, मलाई माओबादी ले घर फर्के भने त सिदै माथि हजुरबा लाई भेट्न पुर्याईदिन्छन् भनेर ठग्ने त हो नि नत्र त बर्सौ कुर्दा पनि हरिओ पत्ता हात लाग्दैन.
    तर अमेरिका मा सरनार्थी स्वीकृत हुने हरु ले बिथ्य मा सरप्नी भय!!!!!
    साथी रगत को कमाल !!!!! नेपाली सिकेको कुरा त पर्योग मा ल्याउन पर्यो नि
    तेतिका धेरै बागबजार बिश्वबिद्यालय हुदा हुदै किन online नाई खोज्या होला ????

    Reply
    1. Pandyji says:
      July 27, 2013 at 3:02 am

      दिपक जी

      होइन, आफै गरिखान नसक्ने अनि अरुलाइ गरिखान देखिनसक्ने भनेर भन्ने ? लाग्छ तपाई आजै देखि तपाईका सन्तानहरुलाई पनि कसरि चोर/ठग/फटाहा बन्ने भनेर सिकाउदै हुनु हुन्छ ? जय होस् तपाई को

      Reply
    2. deb says:
      July 27, 2013 at 5:16 pm

      यो गरिखाको हैन मारी खको हो

      Reply
  45. द्रोण says:
    July 27, 2013 at 1:04 am

    कस्तो कस्तो पनि सुन्नु पर्यो यी कान ले , के के देख्नुपर्नेहो भोलि यी आखाले ?
    सरणार्थी !!देश बाट लखेटिएका हरु हैनन् ,उनीहरु फाटाह हुन् ,भनौ एकै भाकाले |

    जदौ

    Reply
  46. Buddha says:
    July 27, 2013 at 1:00 am

    अमेरिका लै नेपाल को बरेमा सबै थाह छ ,,, नेपाल मा सान्ति आयो अब दिनु हुन्न भनेर कुरा लगाएपनि नेपाली ले ग्रीन कार्ड जित्छ ,,, किन ???? किनकि : नेपाल एक आसफल देश हुदै गएको छ जहाँ कानुन जनता को हात मा छ , जनता नेता को हात मा छन् अनि नेता बिदेसी प्रभु का हात मा !!!! नेपाली लै अमेरिका का नायेदिस ले भुटानी अनि तिब्बेत्ति जस्तो सोच्चन ,,,,

    Reply
  47. raj says:
    July 27, 2013 at 12:55 am

    वास्तबमा युरोपेली मुलुकमा जति पनि नेपाली हरु छन् ९०% सबै यस्ता झुटा केश गरेर बसेका छन् चाहे अहिले नाम चलेका एन आर एन का अध्यक्ष देखि ऐन आर एन भन्ने हरु सबै यस्ता झुटा केश गरेर बसेका हरु हुन् कति सम्म देखीएको छ भने यहा भुटानी भनेर केश गरेका हरु पनि अहिले एन आर एन को महत्वपुर्ण पदमा बसेका छन् त्यही नै हो १० १५ लाख नेपालमा दलालाई बुझाए अरु उपाए हुदैन केश गर्ने पर्यो के गर्ने त झुटको साहार नलिई हुदैन म त के देख्चु भने अबको दिनमा युरोपमा यस्ता झुटा केश गरेर पेपर बन्च भन्ने सपना नेपाली दाजुभाई हरुले नदेखे हुन्च दलालको पछी नलाउदा बेस्ट छ

    Reply
    1. Hillman Myagdi says:
      July 27, 2013 at 3:03 am

      भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवार बाहेक!

      Reply
      1. Raj says:
        July 27, 2013 at 3:54 pm

        भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवार ले त त्यस्तो गर्नुनै पर्दैन भन्ने हाम्रो भुझाई हो I

        Reply
    2. jiwan says:
      July 27, 2013 at 2:38 pm

      हावा मा क्लेम नगरौ त , हामि त बकाइदा वोर्क परमिट बनाएर ५ बर्ष सम्म यूके सरकार लाइ ट्याक्स तिरेर बल्ल ILR पाएका हौ.

      Reply
  48. sunil says:
    July 27, 2013 at 12:49 am

    भोकै बस्छु तर कोरियामा शरणार्थी हुन्न भन्नु स्वाभिमानी होला तर धेरै हद सम्म
    ठिकै पनि छ भोको पेट भन्दा स्वाभिमान ठुलो होइन होला हेरु आफ्नै देशमा केहि गर्ने कोसिस जरुर गर्छु ㅣ

    Reply
  49. nisha says:
    July 27, 2013 at 12:49 am

    खैर बार बर्ष मा पोइ अको मा राडी लै जरो आको भनेझै युरोप अमेरिका लाखौ पैसा तिर्यो र छिर्यो हुनी खानी केहि होइन asylam केस गर्यो सारा बल बैंस उमेर फाल्यो यो विदेश को रोग पनि कस्तो कस्तो ….. बचपन मा एउटा जोगी ले भन्थ्यो
    खान का पिर जोगी भए
    जोगी हुदाका भोलि पल्ट भोकै भए …….

    Reply
  50. janak man dangol says:
    July 27, 2013 at 12:46 am

    पैसोका लागि नेपाली हरु हदै तल सम गिर्दा रैछन भन्ने कुरा यो लेख बाट थाहा भयो ! माइ संसारले त्यत्रो दुखले आर्टिकल छाप्केको केहि महिना नबित्दै फेरी ट्रकमा लुकेर अमेरिका छिर्न खोज्ने पक्राउ परेको समचार छापिएको २ दिन पनि भएको छैन ! किन मरी हत्ते गर्छन अमेरिका पस्न लाइ ? के पैसा नै सबै थोक हो त ? अनि पुरानो भए पछी रास्ट्र्बादी बनेर जातीयता र धर्मको खेति गर्ने पनि बिदेस्मै बस्ने यस्ता हरु बढी देखिएको छ नि !

    Reply
  51. बड्का चौधरी says:
    July 27, 2013 at 12:45 am

    मेरो एउटा साथी ले –
    कति सम्म भने, बाउ काठमाडौँको स्थायी बासिन्दा, बिरगंज काठमाडौँ मा राम्रो ब्यापार, मारवाडी खानदान .. . छोराले बिहे गरेर दुलही अमेरिका ल्याएर बुढीको नाम मा रीफ्युजी हाल्न लगायो .. उ पनि माओबादी लाइ टेरोरिस्ट बाट हटाउदा रुन आटेको थियो ..

    Reply
  52. हरेराम अर्याल says:
    July 27, 2013 at 12:41 am

    सालोक्य जी
    मानिसले परि आएपछि जे पनि गर्न पर्दो रहेछ । रेफुजी हुनलाई के गर्न पर्छ भन्नुभएको रहेछ । सबैभन्दा ठूलो कुरा ढाँट्न जान्न पर्छ । लख्यो भने गाला च्यात्छन् त्यसैले तपाँइले चाहेर पनि सबै जानकारी पाउनुहुन्न अनि लेख्नुभयो भने धेरे बर्बाद हुने कुरा हुन्छन् । नेपाल र नेपालीको मात्र होइन दुइ देश बिचको सम्बन्ध जस्तै भुटान र नेपालको या नेपाल र भारतको या नेपाल र तिब्बत बिच ठूलो समस्या आउन सक्छ । त्यसैले यो समस्या थाह भएपनि नेपाल सरकारले सँबोधन गर्दैन र आँखा चिम्लन्छ । जस्तै यूरोपका केहि देशमा नेपालीहरु भुटानी शरणार्थी हुँ भनेर झुक्काएर बसेका छन् । तिनले आँफू भुटानमा जन्मेको भुटानबाट लखेटिएर आउँदा आमाको काखमा रहेको झापाको शरणार्थी क्याम्पमा आएको केहि समय पछि बुबा मरेको भुटानबाट भाग्दा दाजु बिचबाटैमा हराएको अहिले आमा मरेपछि दलाल लाएर इन्डीया हुँदै यता आइपुगेको भन्छन् । अनि मेरो बिहे भएको छैन भन्छन् भने कसैले चाँही मेरो लोग्ने या स्वास्नी नेपाली हो उ सँग बिहे गरेकोर यति वटा छोराछोरी छन् भन्छन् । कसैले म डिभोर्स भएको नक्कली कागज बनाएर पेश गर्छन् अनि पछि नेपाल गएर ४ वटा छोराछोरी भएकी आमा सँग बिहे गरेँ भनेर आफ्ना छोराछोरी र स्वास्नी ल्याउँछन् । आखिर किन गर्छन् यस्तो । खुसीले कसैले गर्दैन । तपाँइहरु त्यहाँ बस्नेले के भन्नुहुन्छ भने देशको इज्जत फाल्ने नेपालीहरु डाँका हुन् चोर हुन् फटाहा हुन् धेरै पैसा कमाउनकालागि देशको इज्जत माटोमा मिलाएका हुन् भन्नुहुन्छ । यहाँ गरीखान नसकेर त्यहाँ गएका हुन् भन्नुहुन्छ तर यहाँ आएपछि थाह हुन्छ गरीखान त्यता सजिलो कि यता सजिलो भनेर । नेपालमा असुरक्षा कामको अभाव गरिखान मन भएपनि चन्दा आतँक डर त्रास नै नेपाली यूवाहरुलाई बिदेश लखेट्ने बातावरण हो । म ढीलो यता आएँ ३० बर्षमा । तर मलाइ पश्चाताप हुन्छ म निकै पहिला आउनुपर्ने थियो । किनभने यहाँ एक महिनाको समय पनि खेर फाल्दैनन मानिसहरु । नेपालमा एक महिना के बर्षौ बर्ष आश्वासनका लड्डुमा यूवाहरुलाई लन्ठू बनाउँछन् । भिड र गुटगत राजनीति गर्छन् । गुन्डागर्दी गर्न उक्साउँछन् । तपाँइ नै सोच्नुस तपाँइका छोराछोरीले भोली के गर्लान् । तिनको पढाइको इज्जत होला । काम मिल्ला त । अहँ तपाँइका छोराछोरी भौँतारिन्छन् ।

    Reply
  53. Sandesh says:
    July 27, 2013 at 12:28 am

    नेपाली पनि अचम्मका हुन्छन भन्या! के के जानेका हुन् !!

    Reply
  54. kiran says:
    July 26, 2013 at 11:50 pm

    अमेरिकामा बस्ने केहि , अमेरिकाले माओवादीलाइ Terrorist बाट हटाउदा दुखी भएका थिए । उनिहरूले अब अस्लुम लिन गह्रो हुन सक्छ भनेर चिन्ता लिएका थिए । नेपालमा बम पड्क्यो भने यस्ताहरू खुसि हुने गर्छन ।

    Reply
    1. Shahil says:
      July 27, 2013 at 10:04 am

      हो, यो अति नै दुखलाग्दो र तितो सत्य हो…

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme