Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ?

Posted on July 25, 2013July 26, 2013 by mysansar

अपडेटः ती दुई पत्रकारविरुद्ध मोसो दलिएका पीडित मनोज विकले किटानी जाहेरी दिएका छन्। उनले ती पत्रकारविरूद्धअनुमतिविना भिडियो अपलोड गरी बेइज्जत गरेको भन्दै जाहेरी दिएका हुन्। यससम्बन्धमा जागरण मिडिया सेन्टरले गरेको कुराकानीको अडियो सुन्न क्लिक गर्नुस्।
*********************************************************
बेलबारी बर्बरता अहिले राष्ट्रिय मुद्दा भइसकेको छ। यही घटनाको चुरो कुरो बुझ्न आज ‘साझा सवाल’को टिम बेलबारी पुग्यो। ‘साझा सवाल’ बेलायती प्रसारण संस्था ‘बीबीसी’को आइएनजिओ बीबीसी मिडिया एक्सनले बनाउँछ र देशभरका रेडियोहरुमा बज्छ। साझा सवाल टिमका एक सदस्य मुकुन्द नेपालले स्थलगत रिपोर्टिङका क्रममा अहिलेसम्म मिडियामा नआएका केही विषय जानकारीमा आएको बताए। पूरा विवरण आइतबार प्रसारण हुने साझा सवालमा समेटिनेछ। तर माइसंसारको आग्रहमा उनले इटहरीबाट आफ्नो केही अनुभव लेखेका छन्। लगभग सामसुम भइसकेको यो घटना ‘समाज’ बस्ने नाममा केही व्यक्तिहरूले बल्झाएका रहेछन्। दुई पत्रकारले भिडलाई उचालेको आरोप पनि लागेको छ। पढ्नुस् मुकुन्द नेपालले पठाएको बेलबारी बर्बरताको अहिलेसम्म सार्वजनिक नभएको अर्को पाटो।

मुकुन्द नेपाल/इटहरी

बिहीबार दिउँसो करिब १ बजे हामी मोरङको बेलबारी करमडाँडा पुग्यौँ। सोमबार त्यहाँ एकजना दलित महिलामाथि दुर्व्यवहार भएको थियो। भक्कुमारसँग पिटेर कालोमोसो दल्दै जुत्ताको माला लगाइएको ठाउँ अन्नपूर्ण एकेडेमी आसपास अहिलेको ‘हट टपिक’ भनेकै त्यही घटना भएको छ। घटनास्थल पुग्दा केही स्थानीय सञ्चारकर्मी स्थानीय महिलासँग कुराकानी गरिरहेका देखिन्थे। नजिकैको चियापसलमा जम्मा हुने स्थानीय महिलाहरू घटनाको बारेमा सोध्ने मान्छेहरूलाई जवाफ दिन दिक्क मानेका छैनन्।

घटनामा प्रमुख पीडक भनिएका जीवन भेटवालको घर पुग्दा उनका बुबा रामचन्द्र भेटवाल घरायसी काममा व्यस्त थिए। केही सञ्चारकर्मीहरू उनको घरमा पुगेका थिए। सञ्चारकर्मीसामु बोल्न उनी पटक्कै हिच्किचाएनन्। ६० बर्षे रामचन्द्र अहिले घरमा लगभग एक्लै छन्। उनका छोरा, बुहारीसहित परिवारका ६ जना अहिले प्रहरी हिरासतमा छन्।

‘मान्छे सोध्न आउँछन्, बोल्नै पर्‍यो। यी गाईवस्तुले बेलामा खान पाएका छैनन्,’ भन्दै रामचन्द्र हामीसँग कुरा गर्न थाले। उनका अनुसार, लगभग सामसुम भएको यो घटना ‘समाज’ बस्ने नाममा केही व्यक्तिहरूले बल्झाएका हुन्। ‘मेरो छोराको केही दोष छैन। समाजले अन्याय गरेको हो,’ उनी गुनासो गर्दै थिए। स्थानीय व्यक्तिहरूले ‘नगरेको बलात्कारको दोष लगाउने ? तपाईंको छोराको बेइज्जत भयो, समाज बस्नुपर्छ’ भनेर भेला बोलाएपछि उनका छोरा, बुहारीहरू त्यो भेलामा गएका थिए। त्यो घटना हुँदा आफू त्यहाँ उपस्थित नभएको उनले सुनाए। कुराकानीको अन्तमा आँखाभरि आँसु पार्दै भने, ‘हामीलाई समाजले डुबायो।’

जीवनका पिता रामचन्द्र भेटवाल।
जीवनका पिता रामचन्द्र भेटवाल।

घटनाको अर्को पाटो
घटना भएको विद्यालयकै आडमा बस्ने तारा सुवेदीले त्यो भेला पहिलेदेखि नै ती महिलालाई ‘दुर्व्यवहार’ गर्ने हिसाबले नबोलाइएको बताइन्। उनका अनुसार, बेतना एफएमसँग सम्बन्धित नरेन्द्र बस्नेत र अर्का पत्रकार भोजराज बस्नेतले त्यो अवस्था ल्याउन भूमिका खेलेका थिए। ‘अहिले नै कालोमोसो लगाएर जुत्ताको माला लगाइदिने भए लगाइदेओ, नत्र प्रहरी आएपछि केही गर्न पाउँदैनौं’ भनेर भिडबाट एक्कासी कराएपछि जम्मा भएको भिडले केही बेरमै ब्याट्रीको कालो र थोत्रा चप्पल बटुलेर कालो मोसो र जुत्ताको माला बनाएको उनले बताइन्।

‘भिडमा सबै पढेलेखेका वा बुझ्ने मात्र थिएनन्। त्यसो भनेपछि त्यसै गर्नुपर्ने रहेछ भन्ने ठानेर उनीहरूले तत्काल कालोमोसो र जुत्ताको माला तयार गरेर लगाइदिए।’ सुवेदीका अनुसार, त्यो घटना भइरहँदा ती दुई पत्रकार फोटो र भिडियो खिच्दै बसेका थिए। उनीहरूले नै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो अपलोड गरेका थिए।

किन उकासे होलान् त ती दुईले त्यो भिडलाई?

स्थानीय बासिन्दाका अनुसार, बलात्कारको प्रयास गरिएको भनेर उजुरी दिइएकी महिलालाई साथ दिने स्थानीय पत्रकार मनोज विश्वकर्मासँग उनीहरूको पुरानो ‘टक्कर’ थियो। त्यसैले गर्दा, उनीहरूले यो मौकालाई विश्वकर्माको बेइज्जती गर्ने हिसाबले लिएका हुन सक्छन्। बेलबारीका केही सामाजिक सञ्जाल प्रयोगकर्ता र घटनालाई नजिकैबाट नियालेका व्यक्तिका अनुसार नरेन्द्र बस्नेतले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियो कुनै समाचार दिने वा विशुद्ध पत्रकारिताअनुसार अपलोड गरिएको थिएन। बेइज्जति गर्ने नियतले अपलोड गरिएको त्यो भिडियोबाट आफैलाई ‘ब्याकफायर’ भएपछि बस्नेतले त्यो भिडियो हटाएका थिए। सुनसरीका स्थानीय पत्रकारहरूका अनुसार, नरेन्द्र बस्नेत यस्ता काण्डमा माहिर छन्। उनले प्रेस चौतारीमा रहँदा पनि राजीनामा दिँदै नदिएका सदस्यले राजीनामा दिए भनी स्थानीय सञ्चारमाध्यममा प्रेस विज्ञप्ति पठाएका थिए। बस्नेतद्वयसँग सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन।

नरेन्द्र बस्नेतले ‘पूर्वेली टाइम्स’मा लेखेको समाचारको विश्लेषण गर्दा पनि ‘पत्रकार टक्कर’ को झल्को आउँछ। समाचारमा दुर्व्यवहार गरिएकी महिलालाई भन्दा पत्रकारलाई जोड दिइएको छ। ‘पत्रकार हुँ भनेर गाउँमा मनपरी गर्न थालेकोले’ त्यसो गरिएको ‘जानकारी’ दिइएको छ। पढ्नुस् समाचार-

समाजको कलंक भन्दै पत्रकारलाई कालोमोसो, इन्सेकको आपत्ती
पूर्वेली टाईम्स JULY – 22 – 2013
नरेन्द्र बस्नेत, बेलबारी ।
एक निर्दोष युवालाई आफ्नै गाँउकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोप लगाउने एक पत्रकारसहित ३ जनालाई कालोमोसो दलिएको छ।
आज मोरङको बेलबारी ३ करमडाँडामा भेला भएका स्थानीय महिलाहरुले बेलबारीबाट प्रकाशित फाइट साप्ताहिकका कार्यकारी सम्पादक डिक भनिने मनोज बिश्वकर्मा, उनका दाइ स्थानीय एक निजी बिद्यालयका प्रिन्सिपल अनिल बिकसहित एक सार्की थरकी महिलालाई कालोमोसो दलेका हुन्।
पत्रकार हुँ भनेर गाउँमा मनपरी गर्न थालेको भन्दै पत्रकार बिकलाई मोसो दलिएको हो। ती सार्की थरकी महिलाले आफुलाई स्थानीय जीवन भेटवालले बलात्कारको प्रयास गरेको र आफुले प्रतिकार गरेको भन्दै आइतबार बेलुका ती महिला तथा विक दाजुभाइले भेटवाललाई प्रहरीसमक्ष बुझाएका थिए। भेटवाल १५ दिनअघि बैदेशिक रोजगारीबाट घर आएका हुन्।
सो बिषयमा रातभरी छलफल गरेको र आरोप गलत भएको भन्दै स्थानीयले उनीहरूलाई कुटपिट गर्नुका साथै आज बिहान कालोमोसो दलेका हुन्। ती महिलाले आफुले पुरानो रिसइबी साध्न मात्र त्यस्तो गरेको महिलाहरुसमक्ष बताएकी छिन्। उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ।
अरुलाई गलत आरोप लगाउने बिक दाजुभाइसहित ती महिलालाई स्थानीयले कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही बिषयमा आज दिनभर छलफलसमेत भएको छ।
उता इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले भने कानुनलाई हात लिएर कुटपिट गर्नु तथा कालोमोसो दल्नु कानुन बिपरित र निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । उनले मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको उल्लंघन गरिएको समेत बताए। यस्तै इन्सेकका पूर्वाञ्चल प्रतिनिधि दिपेन न्यौपानेले पनि कानुनलाई हातमा लिएर कुटपिट गर्नु र कालोमोसो दल्नु निन्दनीय भएको बताएका छन्।
साभारः पूर्वेली टाइम्स

(यससम्बन्धी थप स्थलगत जानकारी आगामी आइतबार राति ९ बजे साझा सवालमा प्रसारण हुनेछ)

भएको के थियो ? भिडियो हेर्नुस्-

थप जानकारीका लागि
बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?
बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो
बेलबारी बर्बरताः कसले के भने ?
बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?
बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा

53 thoughts on “बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ?”

  1. Sunil, London says:
    July 27, 2013 at 1:02 pm

    म सबै जना पाठक संग सर्वप्रथम माफी माग्न चाहन्छु, कारण एस बिषयमा मैले धेरै कमेन्ट गरिसके ! अब गर्दिन भनेको तर फेरी केहि लेख्न मनलाग्यो !
    निखिल जी को कमेन्ट पढेपछि केहि कुरा सोच्न बाध्य तुल्यायो(तर उहाको कुरा कतिको साचो हो मलाई थाहा भएन, किन भने म नेपाल बाट धेरै टाढा बस्छु) !
    येदि उहाको कुरा साचो हो भने निम्न कुरामा ध्यान दिनु जरुरि छ ” महिला र पुरुष हरु जो त्यहाँ जम्मा भएका थिए उनीहरुले प्रयोग गरेका शब्द र उनीहरुको आक्रोश देख्दा लाग्छ , उनीहरु धेरै नै लज्जित भएका छन् (माया सार्कीको बयान ले गर्दा ) !
    “त्यो जग्गा हाम्रो नाम मा गरी छाड्छौ” (निखिल जी को भनाइ अनुसार रामचन्द्रले बलात्कार नगर्दा नगर्दै पनि सामाजिक प्रतिष्ठा को कारण ५ कठ्ठा जग्गा दिनु परेको थियो) एस पाला फेरि उनकै छोरा जीवन माथि तेसै प्रकारको आरोप लगाउन खोजेको र १० कठ्ठा जग्गा लिएर देखाउछु भन्दै सार्वजनिक रुपमा नै घोषणा गरेको(निखिल जी को भनाइ अनुसार) तर येस्पाला माया सार्कीको Plan सफल नभएको र उनले माफी मागेको ! अब रामचन्द्र को परिवार लाई लाग्यो अहिले झुठो बोल्नेले पहिला पनि झुठो बोलेर त्यो जग्गा हात पारेको हो , त्यो जग्गा हामीलाई फिर्ता हुनु पर्छ भनेर घटनास्थल मा आक्रोशित भएको ! माया सार्कीले कसैको हातमा टोकेको प्रमाणित हुन सक्यो भने उनको कुरामा केहि “दम” हुन सक्छ तर त्यो टोकेको कुरा काल्पनिक हो भने चाही उनको Plan लाई खतरनाक मान्नु पर्छ !यो भन्दा अघिका मेरो कमेन्टमा यहाँ हरुले देख्न सक्नुहुन्छ म पुरै माया सार्कीको तर्फ़ थिए तर यो कुरा पढेपछि अब म “neutral ” हुन पुगेको छु ! कानुन सबैको लागि बराबर हुनु पर्छ ! दलित जति भएकै भर मा हुदै नभएको कुरा गर्नेको जित हुनु भएन र माथ्लो जातिको हुदैमा गर्दै नगरेको कुरामा दोषी बनाइनु भएन ! अब माइसंसारले एस बिषयमा सबै कुरा प्रमाणित भए पछि मात्र ब्लग लेखे हुन्थ्यो, सम्भावित कुरा लेखेर केहि फाइदा देख्दिन म त !
    येदि रामचन्द्रको परिवार दोषी देखियो भने उनीहरुलाई कडा से कडा सजाय हुनु पर्छ ! येदि माया सार्की दोषी देखियिन भने उनलाई माफी गरिदिए हुन्छ , किन भने उनले अदालतले दिने भन्दा १० गुणा बढी सजाय पाइसकेकी छन् !

    Reply
  2. pawan says:
    July 27, 2013 at 2:14 am

    यो जुन पिडित को गलति को बारे त परस्त थाहा भए ना तर जुन गल्तिको सजाय जा जस्ली दिनु पर्नी हो तेया नदिएर यो समाझ ले आफ्नो आहंग कार र एकता नभएको प्रस्ट पारेको छ अझ भन्नि हो भने नारीको सत्रु नारिनै हुन्छ भानिको हो रहेछ

    Reply
  3. prabesh says:
    July 26, 2013 at 10:02 pm

    सानो जाति ठुलोजाति भन्ने गर्छ देशमा,
    सानो जातले सिव्ने कपडा लगावोछ आफ्नो भेषमा,

    अंग ढाक्ने ठांग ढाक्ने सबै उसको हातमा
    सानो ठुलो कोहि छैन देश भित्र को जातमा @@@@@

    प्रवेश लामा

    Reply
  4. subha kormocha says:
    July 26, 2013 at 4:49 pm

    पत्रकारले पित पत्रकारिता गरेर पत्रकारिताकै बेज्जत गरी रहेको छ भने अब के भन्ने पत्रकार ले कानूनको खिल्ली उडाइ रहदा प्रशासन के रमिता हेरेर बसेको छ ? यहाँ गल्ती धेरै भेट्वाल परिवारको पनि देखिन्छ यदी यस्तो हो भने प्रहरी प्रशासनमा खबर गरेर कानून सम बत कारबाही अगाडी बढाऊनु पर्दथियो अनि जात जाती र बिभेद का कुरामा सानो र ठुलो जाती होईन कि यहाँ त कथित उपल्लो बाहुन जातिले तल्लो जातिलाई हेयको दृश्टिले हेरेको देखिन्छ । उपल्लो जातिको रबाफ देखाएको देखिन्छ, यसो भने बाहुन र सार्की कामी भनि रहदाको समय उनिहरु कती निच र निर्दयि भएको विडिओबाट प्रष्ट हुन्छ । नेपालमा उपल्लो जाती बाहुन वा छेत्रीहरु जातिको आडमबरले आफ्नो स्वार्थको खातिर दिनानु दिन पतन को मार्ग लिएको प्रष्ट हुन्छ । यहाँ मानब आधिकारको ठुलो ठुलो कुरा गर्ने, अधिकारको कुरा गर्ने , महिलाको हकहितमा काम गर्ने महिला कर्मी तिमीहरुको करोडौ दात्री सहयोग लिएर फोस्रो आडमबरमा मानबता खोइ ? यस्ता पीडितलाई समरक्षण खोई ? ?

    Reply
  5. bhakta says:
    July 26, 2013 at 4:08 pm

    बिदेसमा त सामाजीक उत्तर दाईतो बहन नगर्ने जुन सुकैलाई पनि कारबाही गर्छन ..जस्तै – दुर्घटना हुदा सहयोग नगरी नदेख्या झैँ हिड्ने लाइ , यस्ता घटना मा उस्काउने तथा थाम थुम पार्न कोसिस नगर्ने …आदि ….

    Reply
  6. कृष्ण भट्टराई says:
    July 26, 2013 at 3:58 pm

    घटनामा देखिजान्ने वा सुनिजान्ने मात्र नभएर चश्मदिद गबाहहरु
    पनि प्रशस्त छन । जातिय छुवाछुत गर्द ै‘ सार्किनीको घोडा भइकी होईनस’ ‘तँ कामी डँग्राहा’ जस्ता शव्द प्रयोग गदैै गालिगलौज गरेका र सहयोगीहरुलाई कुटपिट र मानसिक यातना दिएका प्रमाणहरु पनि सवै छन । उनीहरुलाई लुकाउन दिनुहुँदैन
    । यो मुद्दामा उच्च जाती हु भन्ने घमण्ड गर्ने दोषीहरुलाई सजाय दिनसके देशमा दलितहरुकालागि पनि न्यायहुनसक्छ र बाहुनबादी अहमता तोडिएर जान सक्छ भन्ने राम्रो पाठ हुनसक्छ । नत्र ‘
    नेपालको कानुन दैबले जानुन’ भन्ने हुनबेर छैन ।

    Reply
  7. Ganesh25 says:
    July 26, 2013 at 3:47 pm

    Camera man has done the right thing and should be more
    cameramen in the future in our society/even make movies taken by mobile phone. He or she should be awarded in real.

    If anybody say that he or she should not take photoes or movies, that means the criminals want to hide the crime case and getaway from the crimes. Such criminal mind people for hiding criminals also are criminals.
    We do not need criminals or such criminal min people in our excellent nepalese society.

    Reply
  8. डिल्ली says:
    July 26, 2013 at 2:22 pm

    ती महिलामाथि गरिएको पाशविक आक्रमण गर्नेलाई कार्यवाही गर्नु जरुरी छ । ता कि कानुन हातमा लिने प्रवृत्ति निरुत्साहित होस् ।

    घटनाको प्रकृति र मानिसको प्रवृत्ति दुई पाटालाई गम्भिरताकासाथ निहाल्नु जरुरी देखिएको छ । प्रहरीले (हुन त आफैँ बन्दुक राखिदिएर मानिस मार्ने समेत गरेका घटना छन्) समेत मादक पदार्थ सेवन गरेको भनेको छ । महिलाले दोष देखाएको युवकको सन्दर्भमा युवक पनि निर्दोष देखिसकेको छ (पछिल्लो घटनालाई नजोड्ने हो भने) । र महिलाको आरोप माफी मागेकै भए पनि बद्नियतपूर्ण थिएन भन्न सकिने अवस्था छैन ।

    एकजना कमेन्टकर्ताले दिएको जानकारी अनुसार पहिले भएको बलात्कार र त्यसलाई सामसुम पार्न गरिएको ५ कठ्ठा जग्गा पास त्यो काण्डको वास्तविकता र त्यो जग्गाको हालको भोगचलनको अवस्था पनि पत्ता लगाउने हो भने घटनाको कडिको नजिक पुग्न सकिन्छ कि !

    तपाईँलाई घटनास्थलको भिडियो दिने पनि उही पत्रकार हुन् कि हैनन् ? घटना घटाउन उकसाउने बद्नियत अझ प्रश्ट हुन्छ । यस्तो हर्कत गराउने पत्रकारलाई कार्यवाही पनि जरुरी हुन्छ ।

    कोही पनि जातकै कारण दण्डित नहोस् । निर्दोषले सजाय नपाओस् ।

    Reply
  9. achut says:
    July 26, 2013 at 1:29 pm

    अझ गहिराही मा पुग्नु जरुरि देखियो उमेश’जी sam जस्ता काइते को के कुरा सुन्नु सत्य त बाहिर लेउनै पर्यो…

    Reply
  10. Ganesh25 says:
    July 26, 2013 at 1:27 pm

    It looks, the criminals did not committed serious crimes juist this time,
    who wanted to rape the innocent lady. The criminal’s father was also a raper and criminal.

    Hang them who committed crimes includign father who mraped the 13 year girl, and his sons all who commited crimes (capital punishment) and show that the Nepali Society and its citizens are better, safer and intelligent without such criminals.

    Reply
  11. पुष्प says:
    July 26, 2013 at 1:22 pm

    “पत्रकारविरूद्ध अनुमतिविना भिडियो अपलोड गरी बेइज्जत गरेको भन्दै जाहेरी दिएका हुन् ।” के भन्नु र खै ! हुँदा-हुँदा ‘मेरो संसार’तिरै तीर हान्ने हुन् कि ! त्यही भिडियोका कारण दोषीहरू फन्दामा पर्या छन्; त्यसैलाई अवगाल !

    Reply
  12. प्रेस विज्ञप्ति says:
    July 26, 2013 at 1:21 pm

    मनोजले जसविरुद्ध किटानी जाहेरी दिएका थिए ति दुई पत्रकारहरु पनि कुटपिटमा संलग्न थिए । बेलबारी घटनाको पछिल्लो अपडेट सहित भ्रमहरुको निवारण । Fact is Fact http://www.jagaranmedia.org.np/index.php?obj=allaudio …

    Reply
  13. ganesh lamsal says:
    July 26, 2013 at 12:47 pm

    ७ साउनमा बेलबारीमा दलित महिला र युबकमाथि भएको ज्यादतीपुर्ण घटनामा चौतर्फी दबाब पछि प्रहरीले सातजना बिरुद्ध सार्वजनिक अपराधमा जिल्ला प्रशासन मोरङमा मुद्दा दर्ता गराएको छ । र जिल्ला अदालत मोरङमा छुवाछुत कसुरमा मुद्दा चलाउन पक्राउ परेका ६ जनालाई म्यादथप पनि गरेको छ । तर बुझनुपर्ने कुरा के हो भने म्यादथप गर्दैमा सजाय पाईहाल्छन भन्ने हैन । मुद्दाको अनुसन्धान बलियो भयो भनेमात्र उनीहरुको कसुर ठहर्न सक्छ । यसैले अव अधिकारबादी सस्थाहरुले मुद्दाको अनुसन्धान राम्रो गर्न प्रहरीलाई दबाव दिनुपर्छ भने एउटा कानुनी सहयोग समिती बनाएर प्रमाण संकलन गर्न र गराउन सघाउनु पर्छ । घटनामा देखिजान्ने सुनिजान्ने मात्र नभएर चश्मदिद गबाहहरु पनि प्रशस्त छन । जातिय छुवाछुत गर्द ै‘ सर्किनीको घोडा भइकी होईनस’ ‘तँ कामी डँग्राहा’ जस्ता शव्द प्रयोग गदैै गालिगलौज गरेका र सहयोगीहरुलाई कुटपिट र मानसिक यातना दिएका प्रमाणहरु पनि सवै छन । उनीहरुलाई हाईड हुन दिनुहुँदैन । यो मुद्दामा दोषीलाई सजाय दिनसके देशमा दलितहरुकालागि पनि न्यायहुनसक्छ भन्ने राम्रो पाठ हुनसक्छ । नत्र ‘ नेपालको कानुन दैबले जानुन’ भन्ने हुनबेर छैन ।
    अर्कोतिर मोसो दल्न आफुहरुलाई कसैले उकासेर आवेशमा आएर मोसो दलेका हौ गल्ति भयो भनेर पिडक पक्षले उन्मुक्त्ति पाउन खोजेका छन । जुन मिडियाकर्मीहरुलाई उनीहरु बारम्बार भनिरहेका छन । कानुनमा ‘थाहा पाइन ’, ‘उसले गर्दा ’ जस्ता शव्दले सायदै मान्यता पाउला ? यो उनीहरुको प्रोपोगण्डा मात्रै हो । बरु प्रहरीले उकास्नेहरु को को हुन भनेर मानवअधिकारबादीको प्रतिबेदन र आफनो अनुसन्धानको आधारमा मतियारहरुलाई मुद्दा दर्ता गराउनु राम्रो हुन्छ । किनभने घटना टुलुटुलु हेरिरहने तर प्रहरीलाई खबर नगर्ने अनि उल्टै कालोमोसो दल्न उक्साउने कथित सचेत नागरिकहरु मोसो दल्नेहरु बराबरका कसुरदार हुन ।

    Reply
  14. जागरण मिडिया सेन्टर says:
    July 26, 2013 at 10:53 am

    तपाईंहरुलाई सुनाइहालौं १३ वर्षीया किशोरीलाई बलात्कार गर्ने तिनै रामचन्द्र थिए ।http://www.mysansar.com/2013/07/5892/ – ‘मेरो छोराको केही दोष छैन। समाजले अन्याय गरेको हो,’ उनी गुनासो गर्दै थिए। स्थानीय व्यक्तिहरूले ‘नगरेको बलात्कारको दोष लगाउने ? तपाईंको छोराको बेइज्जत भयो, समाज बस्नुपर्छ’ भनेर भेला बोलाएपछि उनका छोरा, बुहारीहरू त्यो भेलामा गएका थिए। त्यो घटना हुँदा आफू त्यहाँ उपस्थित नभएको उनले सुनाए। कुराकानीको अन्तमा आँखाभरि आँसु पार्दै भने, ‘हामीलाई समाजले डुबायो।’- गोहीको आँशु
    तपाईंहरुलाई सुनाइहालौं १३ वर्षीया किशोरीलाई बलात्कार गर्ने तिनै रामचन्द्र थिए । यो कुरालाई किन विर्षिएको साmझा सवालका साथीहरुले नपत्याए पीडितको आवाज सुन्दा पनि हुन्छ । रामचन्द्र परिवारको गोहीको आँशु बाहेक केही होइन यो । त्यहाँ जे गरियो त्यो जघन्य अपराध थियो । र, घटनालाई कमजोर पार्ने प्रयास कतैबाट हुनु हुँदैन ।

    Reply
  15. पुष्प says:
    July 26, 2013 at 9:10 am

    पूर्वेली टाइम्सको समाचार पढ्दा दुइथरि पत्रकारहरू ‘टक्कर’ त देखिन्छ । तर ती दुइ पत्रकारले नै उकासेको भन्ने कुरा कसरी पत्याउने ? भिडियो अपलोड गरिदिएकोले ‘भेटवालहरू’ले आरोप लगाएको पनि हुनसक्छ । सतही होइन विश्लेषण नगरी कुरोको चुरोसम्म पुगेर यथार्थ अगाडि ल्याउनुपर्छ ।

    Reply
  16. Nikhil says:
    July 26, 2013 at 8:49 am

    उमेस जी,
    Journalism मा मलाई सबै भन्दा मन नपर्ने भनेको पत्रकार हरु Backend को कुरा लाई खासै
    प्रकास दिदैनन खाली frontend को कुरा मात्रै News बन्छ, र हजुर को सबै भन्दा राम्रो पक्ष्ये भनेको हजुर दुवै पाटो लाई ख्याल गरेर पत्रकारिता गर्नुहुन्छ|
    मेरो आफ्नो निजि प्रयास बाट उर्लाबारी बस्ने निकट साथी संग बाट हात परेको केहि समाचार हजुर मार्फत सार्वजनिक गर्ने मौका चाहन्न्छु|

    –पिडित महिला कि नन्द लाई केहि वर्ष पहिला बलात्कार गरेको(उनकी नन्द उहा को घर मा TV हेर्न जादा भएको घटना ) आरोप मा रामचन्द्र भेटवाल लाई (माथि अन्तरबार्ता दिने बुवा) पिडित महिला द्वारा आरोप लगाएको अनि ५खट्टा जग्गा दिए मिल्न सकिने प्रस्ताव पनि उनीले नै लिएर गएको| सामाजिक प्रथिस्था मा आच आउन नदिन को लागि उहा बुवा ले पिडित ले मागे अनुसार ५ खट्टा जग्गा दिएको तर संगै TV हेर्दै गरेका अरु गाउले बाट पनि उहा बुवा ले उनकी नन्द लाई नछोएको तर नितान्त फसौना खोजिएको बयान दिई सकेका छन र हालसम्म लगभग सबै गाउले ले येश्मा विश्वास गरेका छैनन्|

    —पिडित महिला ले मादक पदार्थ सेवन गरि होहल्ला गर्ने अनि रामचन्द्र को छोरो आए पछि तेश्लाई पनि फसाएर १० खट्टा जग्गा लिने जस्ता धम्कि बारम्बार दिदै आएको|

    —घटना हुने दिन पनि पिडित महिला मादक पदार्थ सेवन गरि होहल्ला गरेको कुरा गाउले को बयान बाट खुलेको| केहि साल पहिला दिएको ५खट्टा जग्गा उनै महिला र अर्का दलित पत्रकार जसले प्रहरी मा जान सहयोग गरे उनीहरु द्वारा बेचबिखन गरि खाइसकेको|
    –मेरो निस्कर्स
    येहा दलित या गैर दलित भन्दा पनि मनाबियेता को सबाल छ र पिडित महिला को नियेत माथि पनि प्रस्न गर्ने थुप्रै ठाउँ छन् , सम्पूर्ण मेडिया जगत या बौद्धिक पक्ष्ये ले पनि आवेस या emotion मा आएर नभएर सत्य तथ्य कुरा के हो तेश्लाई खोज्ने प्रयास गर्ने जरुरि देखिन्छ, सबै ले ख्याल गर्ने बेला आएको छ कि पिडित लाई न्याय दिलाउन खोज्दा अर्को पक्ष्ये अन्याय नहोस|

    Reply
    1. Jeevan Thapa says:
      July 26, 2013 at 12:44 pm

      लहरो तान्दा पहरो खस्ने डर भयो यो उर्लाबारी काण्ड त …..निखिल जी को कुरा मा पनि केहि दम छ जस्तो छ है !!!

      Reply
    2. पुष्प says:
      July 26, 2013 at 4:17 pm

      हो, ठूलो वा सानो जातिजस्तो भावनामा नबहेर न्यायका पक्षमा सबै लाग्नुपर्छ । तर अनेक ‘कथा’ रचेर कसैमाथि पनि अन्याय हुनुहुँदैन । तपाईंका कुरा काट्न मन लाग्यो :

      – राजनीतिक दलका प्रतिनिधि र ‘दलित’ संस्थाको रोहवरमा ५ कट्ठा जग्गा ‘क्षतिपूर्ति’ दिइएको रहेछ । यतिका कुरा हुँदा उक्त काण्ड गोप्य पक्कै पनि रहेन होला । अनि तपाईंकै शब्दमा “लगभग सबै गाउले ले येश्मा विश्वास गरेका छैनन्” उल्लेख छ । भन्नुको अर्थ तपाईंले उल्लेख गरेजस्तो बेइज्जत हुने डरले जग्गा दिएको नभई मुद्दा मामिलामा फँसिने डरले दिएको बुझिन्छ । यदि उनी निर्दोष थिए भने किन डराउनु ?

      – पीडितले मादक पदार्थ सेवन गरी जीवन भेटवाललाई फँसाउने धम्की दिँदै आएको यसबारे समयमै कुरा किन उठेन वा उनीविरुद्ध उजुरी किन दिइएन ? आखिर एकचोटि ‘फँसाइसकेका’ रहेछन् त !

      – ‘क्षतिपूर्ति’वापत पाएको जग्गा बेचबिखन गरी खाइसकेको भन्नु पीडितहरूलाई गलत देखाउनु प्रयास हो जस्तो लाग्यो । जग्गाजमीन किनबेच गर्ने के अनौठो भो र !

      Reply
  17. Prem says:
    July 26, 2013 at 6:08 am

    Who is the camera man? You seems educated. You could have done something rather than taking only video. I don’t see you any response, why is that?

    Reply
    1. Jeevan Thapa says:
      July 26, 2013 at 9:20 am

      त्यो क्यामेरा म्यान पनि दोषी छ

      Reply
  18. madan bajracharya says:
    July 26, 2013 at 4:40 am

    पत्रकारले यस्तो कुकार्य गर्न उल्क्सायको हो भने त्यो पत्रकार सबै भन्दा बढी दोषी छ/ उसमाथि कार्यबाही गराउन जोड दिनु पर्छ/ सालोक्यज्युले पत्रकारको मुख बात सत्य घटना मात्रै बोल्छ भनेर प्रमाणित गरि दिनु भयो/ धन्यबाद/ सायद गलत बाटोमा लगेको पत्रकार पनि तपाईं बात प्रेरणा लिने छन्/

    Reply
  19. Sagar Mani says:
    July 26, 2013 at 3:45 am

    अब त अत्ति भयो, केहि लेख्नै पर्ने देखे मैले पनि . हो कानुन हात म लिएर कालो मोसो दल्ने लाई कडा भन्दा कडा सजाय हुनु पर्छ येस्मा दुइ मत पक्कै पनि छैन कसैको पनि तर जाड को सुरमा भर्खर विदेश बाट आएको मान्छे लाई बलात्कार गर्यो भनेर दोष लगाउने लाई चै के नि ? त्यो आइमाई को पनि दोष छ कि छैन भनेर अनुसन्धान गर्नु पर्ने छ. बिचरा उसको बलात्कार पिडित नन्द पनि रैछ. भर्खर विदेश बाट आएको दोष लगाएर पैसा झारौ भन्ने विचार पनि नहोला भन्ने के छ र? अलि box बाहिर पनि सोचौ भन्ने मात्र हो. एकतर्फी मात्र नहेरौ.

    Reply
  20. sandip sharma says:
    July 26, 2013 at 2:44 am

    सम्बन्धित नरेन्द्र बस्नेत र भोजराज बस्नेतले त्यो अवस्था ल्याउन भूमिका खेलेका भय ति दुवै लै कारबही गर्नु पर्छ अझ ब्याट्रीको कालो जुन अति विषादीयुक्त हुन्छ तेस्को कालोमोसो बनाइ लगाएर बापत त दण्ड डबल गर्नु पर्छ

    Reply
  21. kedar says:
    July 26, 2013 at 2:40 am

    ति हुन् हाम्रो देशका जल्दा बल्दा पत्रकार, तेस्तैले हिजो आज पत्रकारिता जगतको नेतृत्व र हालीमुहाली गरि राखेका छन्, blackmelling गरो पैसा धुतो, मन परेन भने नकारात्मक समाचार लेखो, बिज्ञापनदाताको चाकरी गरो, एउटा लाइ उचालो अर्का लाई पछारो. / यी सब पत्रकारिता बिषय लिएर आधिकारिक सिक्षा नलिएका टिके पत्रकारको करामत हो / जब सम्म पत्रकारितामा टिके प्रथा रहन्छ तब सम्म गाउँमा बस्ने लाटो देशका गाँडो तन्नेरी जस्तो येस्ता भुँइ फुट्टा जान्ने भएर बस्ने पत्रकारले समाचार खोज्ने होइन कि येस्तै समाचारको सृजाना गर्छन /

    Reply
  22. Anrup says:
    July 26, 2013 at 1:51 am

    Thankyou Umesh jee for bringing this issue and keep pushing. This issue get national attention because of you and Mysansar. बहिरा हरुलाई सुनाउन बेला बेला ठुलो स्वोर ले पनि बोल्नुपर्छ.

    Reply
  23. Pratik says:
    July 26, 2013 at 1:04 am

    This is comment on commentator Sam. I feel very sorry for your ability to think. I do not even know which world you live in.

    You do not want to read this blog,then do not f***ing visit this site!

    Reply
  24. sbain says:
    July 26, 2013 at 1:00 am

    my sansar ले जे गरेको छ त्यो हाम्रो समाज को लागि नितान्त आबस्यक कुरा हो, जहाँ सम्म ‘५ दिन देखि एउतै गीत भट्या को छ भट्या को छ दिक्क लाग्दो’ भन्ने कुरा छ कृपया जो कोही लाई यस्तो लाग्छ तपाईं हरु अरु गीत सुन्न MTV हेर्नु होला, my sansar keep it your work continue.

    Reply
  25. Sunil, London says:
    July 26, 2013 at 12:56 am

    कसको कुरा पत्याउने हो अब ? दिन दिनै नया बयान हरु सुन्न पाइरैयाछ ! यो घटनाले दिनदिनै नयारूप लिएकोमा केहि ठुलै गडबडी को आशंका गर्ने ठाउँ छ ! येदि ति दुइ “पत्रुकार” हरुले भिड लाई उचालेर नै यो घटना गराएको हो भने यो कालोमोसो माया सार्की को मुखमा हैन सम्पूर्ण नेपाली पत्रकार को मुखमा दलिएको हो ! एस्तो भएको हो भने हामी सबै नेपालीको लागि यो घटना दुर्भाग्यपुर्ण हो ! केहि अनपढ गाउले हरुले यो घटना घटाएको हो भने हामीले तेती आत्तिनुपर्ने थिएन होला , तर समाजका जान्ने बुझ्ने कहलाउने “पत्रुकार” ले यो घटना घटाउदा “बुढी मरि भन्दा पनि काल पल्क्यो भन्ने डर भयो” भन्ने उखानलाई चरितार्थ गराउछ ! अब भोलि ति दुइ “पत्रुकार” ले पत्रकार सम्मेलन गरेर कुनै अर्को व्यक्ति माथि दोष लगाए भने हामीले कुन कुरा लाई सत्य मान्नु ? यो घटना किन र कसरि घट्यो भन्ने कुरा लिएर कुनै जिम्मेवार र इमान्दार “बेलबारी वासी” लाई अघि आउन म अनुरोध गर्दछु जो घटनाको समयमा त्यहाँ उपस्थित हुन् !!!!

    Reply
  26. Subash says:
    July 26, 2013 at 12:48 am

    SAM तपाईंलाई यो कुरा को आभाश तेती खेर हुन्छ जती खेर तपाईंको दिदी बहिनी अनि आमा सँग यो घटना हुन्छ तपाईं जस्तो मानिश पनि हुँदा रैछन भगवान ले यो नगरुन यो समस्या तपाईंको घर्-मा नाओश अनि तपाईंको प्रयोग मा My sansar pani

    Reply
  27. Shahil says:
    July 26, 2013 at 12:45 am

    धेरै खाएपछि चिनी पनि तितो हुन्छ यो सत्य हो…तर त्यसो भन्दैमा राष्ट्रिय मुद्दा बनिसकेको यो घटना संग सम्बन्धित समाचारहरुलाई नजरअन्दाज गर्न पनि मिल्दैन.जबसम्म पीडितले सजाय पाउदैन तबसम्म यो घटनासंग सम्बन्धित एक एक सत्य तथ्य लाइ उजागर गर्नु नै पर्ने हुन्छ .. म त सालोक्य जी ले यो घटनाको बारेमा Follow-up गर्नुभएको ठिकै हो भन्छु…

    Reply
  28. Sara says:
    July 26, 2013 at 12:39 am

    के हो so call Sam ji or whatever……..is ur name! तपाइलाई सत्यताको गहिराई मा पुग्नु छैन भने किन पत्रपत्रिका पढेर आफ्नो समय नष्ट गर्नुहुन्छा?! र यो कुरा सधै मनन गर्नुहोला सालोक्य जी जस्ता पत्रकार हरुको कारण ले अझै पनि पत्रकारिता शब्धमथिको भरोसा काएम छ/
    किन Sam जी जसले घटनाको लागि उक्साय तिनीहरु तपाइको नाता पर्छन कि क्या हो?!
    नत्रभने तपाइको स्वार्थ को लागि हामी Nepali हरु किन सत्यतथ्य खबर बाट बन्चित हुने.!!!!!!!

    Reply
  29. Rajan Upriti says:
    July 26, 2013 at 12:29 am

    त्यो हात हाल्न शुरु गर्ने आइमाई को हो ? त्यो पनि नरेन्द्र बस्नेतकै चाकरनी हो ?
    एउटा वयस्क व्यक्तिले गरेको काम को लागि उ आफु नै जवाफदेही हुन्छ | अहीले समाज को दोष लगाएर बच्न खोज्ने, बुढा | त्यस्तो गलत जस्तो लागेको भए रोक्नु पर्दैनथ्यो ?

    Reply
  30. Biraj Subedi, Fougeres, France. says:
    July 26, 2013 at 12:29 am

    तसर्थ यो घटना एक पत्रकार बन्धुले आफ्नो प्रतिसोध साध्न एक अबला नारीको गलत तरिकाले प्रयोग गरेका रहेछन, धिक्कार छ ति पत्रकारलाई! जो समाजमा भएको कुरीति र बिसंगंतिलाई प्रदाफास गर्नुको सट्टा आफ्नो कलमको गलत प्रयोग गरे/

    Reply
  31. sam says:
    July 26, 2013 at 12:18 am

    बिरेन्द्र मर्दा पनि यति सार्हो भएको थिएन । अब भयो त पुग्यो त । सबैले थाहा पाए त अब। के पृथ्बी भन्दा बाहिर ग्रह का जीवहरु लाई पनि जानकारी गराउने कि के हो ?? my sansar के बिन उफ्रिरहेको?? के के न भए जस्तो । हाम्रो जस्तो गरिब , पिछडिएको र असिक्षित मुलुकहरु मा यस्ता घटना सामान्य हुन् । यूरोप अमेरिका मा जात भात , तल्लो जात माथिल्लो जात छुट्टाइन्छ भने नेपाल जस्तो मुलुकमा हुनु कुनै आकास नै झरेको होइन सालोक्य जी ।कि समाचार नै पाउनु भएन अरु ?? ५ दिन देखि एउतै गीत भट्या को छ भट्या को छ दिक्क लाग्दो । मलाई यो पनि थाहा छ यो तपाइको ब्लग हो त्यसैले मेरो यो कमेन्ट प्रकासित न हुन पनि सक्छ र यो कुनै नौलो कुरा पनि होइन किन कि नेपालमा अहिले पनि सभ्य तरिकाले आफ्नो मन मा लागेका कुरा बोल्न , भन्न पाइदैन ।

    Reply
    1. Rajan Upriti says:
      July 26, 2013 at 12:33 am

      तिमि “बाहुन” हो ? म पनि बाहुन नै हो | अहीले यो कुरालाई ताजा न राख्ने हो भने ति टपरेका परीवार लाइ केहि कारवाही हुँदैन | यो कुरालाई ताजा राख्नु पर्छ |

      Reply
    2. rakesh says:
      July 26, 2013 at 12:42 am

      सम जी,
      कुरा बिकसित र अविकसित मुलुक को होइन.कुरा बर्बरता को पो हो समजी,येही घटना तपैन्को मा भएको भए नि सायद तपैन्को येही नै कमेन्ट आउला त? सत्य लै सत्य भन्नुस .
      जे गणेश
      राकेश
      lisbon

      Reply
      1. sam says:
        July 26, 2013 at 6:16 pm

        राकेश जी मादक पदार्थ पिएर बलात्कार जस्तो घिन लाग्दो मिथ्या आरोपमा आफ्नै गाउ का दाजुभाई हरुलाई सिमित केहि स्वार्थ को लागि फ़साउदै हिड्नु चै के बर्बरता होइन र ??

        Reply
    3. rabin says:
      July 26, 2013 at 2:00 am

      सम जी,
      तपाइको सोच देखेर दुख लाग्यो ! तपाइको सोच अत्तीनै पिछडिएको ! देश बिकाश हुन पहिले समाजको विकास हुनुपर्छ ! तपाई युरोप, अमेरिकाको धाक लगाउनु हुन्छ ! त्यहाँ एउटा पशुकोत कत्रो अधिकार हुन्छ यदि तपाई ती देशहरु घुम्नु भा भए ! जति पढेनि बेवाहारमा ल्याउन सक्नु हुन्न भने धिक्कार छ त्यो पढाई, ज्ञान र सोचलाई | र सवाल रह्यो अहिलेको ब्लग, हामी बिदेशमा रहेकालाई जान्न जरुरि छ हाम्रो समाजले तेस्तो कर्तुत र दुर्बेबहर गर्ने समाजका कुकुरलाई के सजाय दिनलाग्यो भनेर | तपाइलाई अफ्ट्यारो लागे अर्को पेजमा जानुस !

      Reply
    4. दीप says:
      July 26, 2013 at 2:50 am

      तपाई किन येति धेरै झस्कनु भएको ? पसुबत व्यवहार गर्ने हरु लाइ यो समाचार ले झस्काएको छ | माई संसार ले भएको घटना लाइ expose मात्र गरिदिएको छ अब येस्ता पशु सरह ब्यबहार गर्ने हरु लाइ भबिस्य मा कानुन ले सजाय गर्छ भन्ने अनुभूति पक्कै भएको छ | साम जी तपाइँ धेरै राम्रो व्यक्ति हुनुहुन्छ होला तर तपाइँ को कमेन्ट हेर्दा मलाइ तपाइँ मा अलिकति पनि मानबिये भाब पाइन् किन कि ति सार्की बहिनि तपाइँकि बहिनि भएको भए तपाइँ अर्कै कमेन्ट गर्नु हुन्थ्यो होला तर आज ति सार्की बहिनि लाइ सार्बजनिक स्थान मा तेत्रो भिड ले कुट पिट गरि कालो मोसो दल्दा तपाइँ लाइ कत्ति पनि दुख को अनुभूति भएन ?

      Reply
    5. cRIS says:
      July 26, 2013 at 5:00 am

      Mysansar ले यो सर्हानिय काम गर्दैछ| जुनै घटनाको follow-up हुन जरुरी हुन्छ, हुन् mainstream media ले गर्दैनन्, नेपालमा| जुनै कथाको पनि full अंस हुन्छ| सकिन्जेल सबै बाहिर ल्याउनु पर्दछ, र निचोडमा के भयो त्यो पनि ल्याउनु पर्दछ| पत्रकारिताको धर्म नै यहि हो|

      खबरमा: मान्छेहरु अहिले damage-control मा लागी पर्याछन् जस्तो छ, यसो बुझ्दा! सत्य-तथ्य जारी देखि नै निकालियोस| अहिले सम्म डर, त्रास, धम्कि, intimidation ई.ले गर्दा होला (यी साधारण कुरा हुन्, यस्तो हुन्छ), कथाहरुको आयाम बढ्दै जादैछ| सबैलाई जवाफदेहिता पारुन, प्रशासनले|

      Reply
    6. Ujjwal says:
      July 26, 2013 at 9:25 am

      Sam, Shame on you!
      In fact, your name should be Shame. Tell us , which era u belong to? Is it, likchhavi, or Malla period. You sound so backward. Go, live in past!
      All the best!

      Reply
    7. suzee says:
      July 26, 2013 at 12:03 pm

      sam
      तिमीलाई कालोमोसो दलेर, अनि जुत्ता को माला लगईदियेरा जबर्जस्ति यो ब्लग हेर भनेको छैन, सो एस्तो कुरा भनेको ताजा तरकारी हैन , एक दुइ दिन मा बासि भयो भनेर फ्याकिदिने,
      तिमीजस्ता हरुकै कारणले येस्तो घटना घट्ने हुन्, ani yestai mentality le nai garera nepal ahilesaamma pichadirahanu pareko, कुन युरोप र अमेरिका को देश मा जात पात कुरा भएको साधारण हो ? खुलेर स्पस्ट पर, हामी येतैतिर बसोबास गर्ने मान्छेहरु मानब अधिकार युरोप अमेरिका मै रिपोर्ट गर्नेछु , ल खूलायेरा भन हिम्मत छ भने, tyo pani saboot praman sahit ni, jahrey guff hakne haina.
      MYSANSAR को राम्रो काम को सराहना गर्नु त कता हो कता , वाहियात कमेन्ट लेख्ने,

      अझ कतिवटा मन नपरे हरियो चाहियो, मुर्खापन अनि पखंड़ता को नमुना SAM nai ho rahecha balla thaha paiiyo,

      Reply
      1. sam says:
        July 26, 2013 at 2:15 pm

        सुजि हो कि मैदा सुन राम्ररी
        म मानधिकार को मुख्य कार्यालय ( हेड क्वाटर ) र मानब अधिकार सम्बन्धि संसार मै सबै भन्दा पहिला आबाज उठाउने मुलुक बेल्जियम को प्रबासी नेपाली नागरिक हु मेरो ।बिहे सन् २००४ मा यहि बेल्जियम निबासी महिला सित भयो तर ति महिला का दाई , बाउ , आमा , हजुरआमा , र केहि अरु परिबार का सदस्यहरु सित मेरो मात्र होइन उनको आफ्नै छोरि बहिनि नातिनी सित बोल चाल छैन । हामी लोग्ने स्वास्नी लाई उनीहरुले तिरस्कार गरेको ९ वर्ष भयो कारण म अर्को जात को भए रे मेरो अर्को धर्म भयो रे मेरो जात र मेरो धर्म भन्दा उनीहरु ठुलो रे ।
        ल आउ मेरो मुद्दा लडी देउ । मेरो र मेरो स्वास्नीको सम्बन्ध उनीहरु सित जोडी देउ ।यो भन्दा ठुलो प्रमाण तिमि लाई अरु के देउ ?? यहाँ बेल्जियम , जर्मनी र उत्तरी यूरोप मा त जात को कुरा घर घर मा छ यूरोप अमेरिका बसे भनेर मात्र हुदैन यूरोप अमेरिका त १०/१२ लाख रुपैया दलाल लाई दिए पछि जो पनि आइ पुग्छ यहाँ को चलन , रिति रिवाज , परम्परा थाहा पाउन यहाँ को समाज भित्र छिर्नु पर्छ ।
        म सित प्रमाण माग्नु भन्दा पहिले बिस्व को इतिहास पल्टाएर हेर यूरोप अमेरिका मा जात भात को कस्तो डर लाग्दो रुप थियो भन्ने र त्यो रुप त्यति सजिलै हराई सकेको छैन र हराउने पनि छैन भलै कानुन को नजरमा मा त्यो गैर कानुनी किन नहोस ।विस्वका कुनै पनि देशहरुमा जातपात भन्ने कुरा कानुनले बन्देज लगाउन सक्छ तर निर्मुल पर्न सक्दैन ।
        महोदय संसार को कुनै पनि देशको कानुनले जात र पात को हिसाबले त ठुलो तेरो जात सानो भन्दैन र त्यो गैर कानुनी हो र नेपालमा पनि त्यो गैर कानुनी नै हो मान्छे र समाजको को मन र दिमाग अनि बर्सौ देखि चली आएको सस्कारले जात भात लाई उनीहरु को सस्कार भन्छ हक ठान्छ ।
        करिब २ बर्ष आगाडी आयरल्याण्ड मा तल्लो जाति र माथिल्लो जाति को लडाई मा ८ जना तल्लो जति को र १ जना माथिल्लो जति को मृत्यु भएको थियो अहिले त्यस क्षेत्र मा २ जाति को एरिया छुट्टाउने गरि बार या पर्खाल नै लागिएको छ ।
        त्यसैले पहिला ” सोच अनि गर ” गरेर सोच्ने हो भने पश्ताउने मौका पनि पाइदैन ।
        ल मेरो मुद्दा लड्न आउने हो भने यो दिन आउछु भन मेरो घर को address र फोन नम्बर दिन्छु , चाहियो ??

        Reply
        1. suzee says:
          July 26, 2013 at 5:00 pm

          बेल्जियम को प्रबासी भन्नु भएको छ ,तपाइको पहिलो कमेन्ट को प्रतिक्रिया लेखेको हु, पहिलो कोम्मेंट को पारा देख्दा ,संबेदनशील कुरा दबाउन खोजिएको भान हुन्छ

          साम को कमेन्ट हेरेर , चाही जात पात को होइन , धर्म को समस्या जस्तो लग्यो ,
          त्यो तपाइको व्यक्तिगत कुरा हो, कसैले i mean टोल छिमेक सबै मिलेर तपाइलाई बेलबारी मा जस्तो पाशविकतआ देखाएको भए के here in west europe, media choop lagera basene thiyena, ek dui din samachar diyera , kati oohi same news bhanera kuro stop hune thiyena.
          मैले भन्न खोजेको तेही हो , ब्लग का अरु साथी हरुको पनि reaction तेही हो ,

          तपैले आक्रोश हुनुपर्ने देख्दिन , मैले आक्रोश liyaoona कोम्मेंट गरेको हैन , सिर्फ तपाइको पहिलो कमेन्ट को अर्थ अलि अनर्थ गरि बुझिने खालको छ .
          तेही पनि तपैले आफ्नो व्यक्तिगत कुरो लेख्नु भो , कुरा बुझे, तेस्को लागि धन्यवाद,

          बेल्जियम को प्रबासी भन्नु भएको छ ,तपाइको पहिलो कमेन्ट को प्रतिक्रिया लेखेको हु, पहिलो कोम्मेंट को पारा देख्दा ,संबेदनशील कुरा दबाउन खोजिएको भान हुन्छ

          Reply
      2. sam says:
        July 26, 2013 at 2:28 pm

        बाकी रह्यो मलाई जुत्ता को माला लगाउने र कालो मोसो दल्ने काम । त्यसको लागि मैले कसैलाई पनि बलात्कार गर्यो या गर्न खोज्यो जस्ता घृणित आरोप लगाउदै हिनेको छैन । अनि अन्त मा बिद्दुतीय कारोबार एक्ट अन्तर्गत पब्लिस भएको यो my sansar ब्लग हेर्न र पढ्न सुजि ले त के खुद सालोक्य जी ले पनि मलाई रोक्न सक्नु हुन्न । प्रकासित भएका कुरा मा मेरा नितान्त विचारहरु लेख्न ,भन्न पनि कसैले रोक्न सक्दैन । हो यदि मेरा विचारहरु ,भनाइहरु कानुन बिपरित छन् , असभ्य छन् , अश्स्लिल छन् भने प्रकासित हुन बाट रोक्न पनि सकिन्छ र मलाई कानुनी कारबाही पनि गर्न सकिन्छ ।

        Reply
    8. sam says:
      July 26, 2013 at 1:13 pm

      मेरो कमेन्ट प्रकासित गरिदिनु भएको मा धन्यबाद सालोक्य जी लाइ
      अनि बाकी साथीहरु जसले मलाई प्रति-कमेन्ट गर्नु भएको छ , तपाईं आफुहरुलाई जे मन लागेको छ त्यो कमेन्ट गर्नुस् । तपाईंहरु अरुले गरेको टिप्पणीमा केही भन्न पाउनु हुन्न मित्र । तपाईंहरु लाई र मलाई सबै जना लाई आफ्नो धारणा दिन छुट छ ।
      कसै माथि हातपात गर्नु र कालो मोसो दल्नु अबस्य पनि निन्दनीय छ तर मित्रहरु भिड भनेको नै यहि हो। भिड ले कहिले पनि राम्रो नराम्रो सोच्दैन । यहि भिड ले राजा फाल्यो र अहिले यहि भिड फेरी राजा मागिरहेको छ । यहि भिड ले ” बाबुराम बाबुराम ” भन्यो यहि भिडले अहिले ” गु बाबुराम गु बाबुराम ” भन्दै छ। भिड मा कालो रातो हरियो पहेलो निलो सेतो अनेक रंग र रुप हुन्छ। मैले हेर्दा सम्म मेरो कमेन्ट ले २०२ जना भिड को रातो धारे हात खाइसकेको छ । यदि त्यहाँ मेरो कमेन्ट नभएर म नै भएको भए कालो मोसो मात्र होइन आफुहरुलाई मानवताका पक्ष्यधर भनेर कमेन्ट गर्ने साथीहरुले मेरो गर्दन छिनालेर १००० टुक्रा पार्थे होलान किन कि भिड ले जे पनि गर्न सक्छ । भिडमा जे पनि हुन सक्छ ।
      बर्तमान संक्रमण कालिन अबस्थामा आफुले आफैलाई सानो या तल्लो जाति मान्नेहरुले हामीले अहिले ” जे ” गरे पनि हुन्छ नत्र नाराबाजी या जुलुस छदै छ भन्ने एउटा भ्रम छ ( त्यसैले उक्त महिला ले ” कथित ” माथिल्लो जात को व्यक्तिलाई आँखा चिम्लेर मिथ्या दोषारोपण गरिन )
      सहि दिशा बाट आइरहेको ट्रकलाई बिपरित तथा wrong side बाट आइरहेको मोटर साइकल ले ठोक्कायो भने भिडले ट्रक कै गल्ति देख्छ र ट्रक जलाइन्छ। ड्राइवर लाई भक्कुमार कुटिन्छ । अझ खलासी छ भने त्यसलाई पनि बाकी राखिदैन । कमेन्ट गर्ने हरुको भिड ले पनि यहि क्रम लाई निरन्तरता दीइरहेको हो तर अनुसन्धान गर्दै जाँदा धेरै कुरा बाट पिडित महिला नाङ्गिन बाकी छ जसको सुरुवात भैसकेको छ । ” पिक्चर अभी बाँकि है मेरे दोस्त ” भने जस्तै अनुसन्धान त भर्खर सुरु हुदैछ । यसरि नै त्यहि पीडक भिड जस्तो ” उत्तेजना ” मा आएर यति छिटै आफ्नो धारणा न बनाई हालम मित्रहरु । तर ” भिड ले जे पनि गर्न सक्छ र भिड मा जे पनि हुन सक्छ ”
      र अन्तमा
      कालो मोसो दल्ने , जुत्ता को माला लगाउने नेपाली समाज को सस्कार सस्कृति निन्दनीय छ ।

      Reply
      1. Ramji says:
        July 26, 2013 at 8:56 pm

        Sam जी,
        तपाईको कमेन्ट पढेर केहि समय अगाडिको पूर्व संसदको हत्याको घटनाको याद आयो / भिड ले राजमार्ग बन्द गरायो, अनेक तान्द्दप मचायो तर अन्तमा आफ्नै परिवारले मारेको पुस्टि भयो / तेसैले अनुसन्धान पुरा नभए सम्म अहिलेनै बोलिहल्नु ठिक होइन /

        Reply
  32. Bibek Dahal, Jubail Ind. City says:
    July 26, 2013 at 12:17 am

    ल उ त दलित पत्रकार र न दलित पत्रकार को लडाई मा victim चै माया सार्की र vetwal फमिली पनि भए जस्तो छ

    Reply
  33. शशांक लामा, न्युयोर्क says:
    July 25, 2013 at 11:57 pm

    समाजमा माथ्लाजाते मनोवृति संस्कार अझैपनि छंदैछ, झन त्यसमाथि पत्रुकारहरुले धुप बालेपछि …. कठैबरा ति चेली !!!!!!!!

    Reply
  34. anil pun says:
    July 25, 2013 at 11:55 pm

    तत्थसत्य समाचार सम्प्रेशण गरेर समाजलाई सचेत बनाउनुको साटो अशिक्षितहरुलाई बझाँएर,लडाएर रिसईबीको बिऊ रोपी दिएर रमिता हेर्ने ?

    Reply
  35. ramesh says:
    July 25, 2013 at 11:54 pm

    नेपाली समाज मा एस्तो प्रवृति छ जहाँ जो समाज को अगुवा छ उसैले नचाहिने काममा नेपथ्य बाट आफु अनुकुल को बाटो मा अरुलाई नचाउने गर्छ यो घटनाको पर्दाफाश ले आगामी दिन मा समाज को लागि पनि शिक्षा मिलेको छ. तर विडियो हेर्दा समाजले ताण्डब देखाएको देखिन्छ .

    Reply
  36. HiraLal Gadaili says:
    July 25, 2013 at 11:48 pm

    धन्यबाद मेरो संसारलाई !! मेरो संसार को पहलमा एउटा निर्दोषले निसाफ पाउने भयो !! भाबिय्मा पनि येस्तै प्रयाश को अपेक्षा गर्दछु | Thanks

    Reply
  37. Laxman says:
    July 25, 2013 at 11:41 pm

    Criminals should be punished. Does not matter who that crime was committed against

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme