Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता

Posted on July 25, 2013July 25, 2013 by Salokya

media
सोमबार मोरङको बेलबारी जस्तो सुगम ठाउँमा भएको घटना देशका सबैजसो प्रमुख मिडियाले चार दिनपछि बिहीबार बल्ल देखेको छ। कथित साना जातिका दलितहरुमाथि भएको यो अत्याचारलाई अझै पनि नेपाली समाजका प्रभावशाली भनिने ‘एलिट’हरुले देख्या नदेख्यै गरिरहेका छन्। कनकमणि दीक्षित, रवीन्द्र मिश्र जस्ता ‘अगुवा’ सञ्चारकर्मीहरुलाई पनि यो घटनाले नछोएकैले त होला यो ब्लग लेखिँदासम्म एउटा स्टायटस र एउटा ट्विट उनीहरुले गर्न आवश्यक ठानेका छैनन्। उनीहरुको अगुवाइ आवश्यक पनि भएन, सर्वसाधारणले सामाजिक सञ्जालमा उठाएको आवाजका कारण बुधबार कान्तिपुरमा यो समाचार पहिलो पेजमा फोटोसहित प्राथमिकतासाथ प्रकाशित हुन पुगेको थियो भने काठमाडौँ पोस्टले भित्र छापेको थियो। कान्तिपुरले आफूले छापेको फोटोहरुको स्रोत समेत सामाजिक सञ्जाल रहेको उल्लेख गरेर यो तथ्यलाई प्रमाणित गरेको थियो। बुधबार ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने बाबुरामको भनाईलाई प्राथमिकता दिएर छाप्ने सबै मिडियाको आँखा आज भने खुले झैँ देखिएको छ। हेरौँ आज के के छापिए-

गोरखापत्रको तेस्रो पेजमा छापिएको समाचार

gorkhapatra

नागरिकको तेस्रो पेजमा छापिएको समाचार

नागरिकले बुधबार यो घटनालाई राष्ट्रिय महत्वको नठानेर क्षेत्रीय स‌ंस्करण नागरिक पूर्वेलीमा मात्रै समाचार छापेको थियो। आज भने तेस्रो पेजमा पीडितको फोटोसहितको समाचार छापिएको छ-
nagarik_page3
ठूलो पारेर पढ्न फोटोमा क्लिक गर्नुहोला।

राजधानीको पाँचौँ पेजमा छापिएको समाचार

rajdhani
ठूलो पारेर पढ्न फोटोमा क्लिक गर्नुहोला।

अन्नपूर्णले पनि तेस्रो पेजमा यस्तो समाचार छापेको छ-

बेलबारी घटनाकी पीडित विस्थापित
किशोर बुढाथोकी
बेलवारी (मोरङ): जबरजस्ती गर्न खोजेको आरोपमा न्यायका लागि उजुरी दिने मोरङ बेलबारीकी एक दलित महिला कथित उच्‍च जातिका व्यक्तिहरूबाट सार्वजनिक स्थलमा कुटिइन्। उनीमाथिको दूर्व्यवहारले मानवीयताको पराकाष्ठा नै नाघ्यो। पीडकहरू कतिसम्म हिंस्रक बने भने उनको मुहारमा कालो मोसो पोतियो, गलामा जुत्ताको माला समेत लगाइयो।

दु:खजिलो गर्दै आफ्नो व्यवहार धान्दै आएकी ती महिलाको मनोबल यतिखेर कमजोर बनेको छ। उनी कोही नयाँ मान्छे देखेमा तर्सने, आत्तिने, डराउने र भाग्‍ने गर्छिन्। उनीमाथि गाउँलेले धुरिएर गरेको अमानवीय व्यवहारले उनको मनोविज्ञान खलबलिएको छ। यो घटनाले विस्थापित बनाएको छ ३० वर्षीया ती महिलालाई।

१२ वर्षकी छोरी र आठ वर्षका छोराकी आमा असुरक्षाको कारण आफ्ना लालाबालासहित यतिखेर इन्द्रपुर-३ त्रिवेणीचोकस्थित दिदीको घरमा शरण परेकी छन्। उनको अवस्था बुझ्नका लागि बुधबार त्यहाँ पुगेको मानवअधिकारकर्मीको एक टोलीसँग भेटेपछि उनी भक्‍कानिएर रूइन्। भक्कानिँदै उनले भनिन्, ‘एउटा घटनाबाट पीडित थिएँ, त्यहीमाथि थप पीडित बनाउने काम भयो।’

उनले आफू असुरक्षित भएपछि विस्थापित हुनुपर्ने अवस्थामा पुगेको जानकारी गराएको टोलीमा सहभागी दलित अधिकारकर्मी उमेश विश्वकर्माले बताए। उनका अनुसार त्यो घटना सम्झनासाथ उनी डराउने र तर्सिने गर्छिन्। विस्तृत पढ्न क्लिक गर्नुस‌्। त्यसैगरी अन्नपूर्णको सम्पादकीय निर्दोषमाथि ज्यादती पढ्नुस्।

यसैगरी अर्को राष्ट्रिय दैनिक नेपाल समाचारपत्रले यस्तो समाचार छापेको छ-

कालोमोसो दल्नेविरुद्ध कडा कारबाहीको माग
भूपेन्द्र तिम्सिना,बेलबारी, मोरङ
अधिकारकर्मीहरूको टोलीले मोरङको बेलबारीमा ३ जना दलितमाथि अमानवीय व्यवहार गर्नेहरूलाई कडा कारबाही गरिनुपर्ने ठहर गरेको छ।
पूर्वाञ्चल मानवअधिकार आयोगको अगुवाइमा टोलीले बुधबार घटनाको स्थलगत अनुगमन गर्ने क्रममा कानुन हातमा लिएर जथाभाबी मानवअधिकार उल्लंघन गर्नेहरूविरुद्ध कडाभन्दा कडा कारबाही गरिनुपर्ने ठहर गरेको हो। आयोगका प्रमुख कोषराज न्यौपानेले भने कालोमोसो दलेर जुत्ताको मालासमेत लगाइएको घटना ज्यादै निन्दनीय भएकाले यसलाई सरकारले गम्भीर रूपमा लिएर दोषीमाथि कडा कारबाही गरिनुपर्ने ठहर भएको छ।
सञ्जालका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख न्यौपानेका साथै अर्जुनप्रसाद कोइराला, रिडेफ नेपालका उमेश विश्वकर्मा, एड्भोकेसी फोरमका विकास बस्नेत, इन्सेकका पूर्वाञ्चल प्रतिनिधि दिपेन न्यौपाने, साझा सवालका लागि साझा मञ्च कोकनकी मञ्जिता उपाध्याय, ओरेककी गोमा दाहाल, लेखबहादुर कटुवाल, नारी विकास संघका घुरन चौधरी र दिव्या बस्नेत सहभागी टोलीले घटनाका बारेमा जानकारी लिएको छ। टोलीले पीडितपक्षसँग भेटी घटनाको बारेमा बुझेको छ।
जबरजस्ती करणीको झुटो आरोप लगाएको भन्दै सोमबार मोरङको बेलबारीमा जीवन भेटवालको अगुवाइमा स्थानीयले एक दलित महिलासहित ३ जनामाथि कुटपिट गरी कालोमोसो दलेर जुत्ताको मालासमेत लगाउने अमानवीय व्यवहार गरेका थिए।
सो घटनापछि आफू असुरक्षित भएको भन्दै ३० वर्षीया ती महिला २ छोराछोरीसहित मंगलबारदेखि त्यहाँबाट विस्थापित भएकी छिन्। आफ्नो सानो गल्ती भए पनि आफूमाथि अत्याचार गरेपछि ज्यान जोगाउनका लागि घर छोड्नुपरेको ती महिलाले बताएकी छिन्।
उनी १२ वर्षीया छोरी र ८ वर्षीय छोरासहित घर छोडेर इन्द्रपुर–३ को त्रिवेणी चोक नजिकमा रहेको दिदी मैयादेवी सार्कीको घरमा शरण लिन पुगेकी छिन्। बेलबारी बजारमा रहेको माधव ढकालको होटलमा काम गर्दै आएकी उनी सो काममा जानबाट पनि वञ्चित बनेकी छिन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्।
जागरण मिडिया सेन्टर काठमाडौंका महासचिव दीपक परियारद्वारा मंगलबार एक विज्ञप्ति जारी गरी दलितहरूमाथि अमानवीय व्यवहार भएको भन्दै घटनाको निन्दा गरिएको छ। आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि स्थानीय गैरदलितको दबाबमा घटना मिलाइएको विज्ञप्तिमा आरोप लगाइएको छ। विज्ञप्तिमा जबरजस्ती करणी गर्न खोज्ने जीवन भेटवाल पक्षधरले महिला र पत्रकार मनोज विकमाथि कुटपिट गर्दै कालोमोसो दलेर जुत्ताको मालासमेत लगाएको घटनाले दलितप्रति थप अन्याय भएकाले छानविन गर्न माग गरिएको छ।
त्यस्तै, प्रेस चौतारी मोरङका अध्यक्ष विक्रम लुइँटेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा संगठनका सदस्य तथा फाइट साप्ताहिकका कार्यकारी सम्पादक मनोज विकसहितलाई बेलबारी–३ का जीवन भेटवाल, उनका दाजु अमित भेटवाल र कवीन्द्र प्रसार्इंलगायतको अगुवाइमा कालोमोसो दलेर कुटपिट तथा दुव्र्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
सोही घटनाको विषयलाई लिएर विभिन्न सञ्चारका माध्यमहरू तथा सामाजिक सञ्जालहरूमा पीडितलाई थप पीडा दिने गरिका फोटोसहितका समाचारहरू सम्प्रेषण गरिएकामा त्यस्ता व्यक्ति तथा संस्थाहरूलाई समेत कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ।
http://www.newsofnepal.com/nepal/2013/07/1641/

कान्तिपुरले आज यही विषयमा पहिलो पेजमा समाचार र सम्पादकीय लेखेको छ-

हाम्रो समाजमा दलित र त्यसमा पनि महिलामाथि अझै कुन स्तरको भेदभाव हुने गरेको छ भन्ने प्रतिनिधि उदाहरण हो यो । पति वैदेशिक रोजगारमा गएकाले एक्लै बस्दै आएकी ती दलित युवतीले आफूमाथि स्थानीय युवकले बलात्कारको कोसिस गरेको उजुरी दिएकी थिइन् तर, प्रहरीले ती युवकलाई दोषी ठहर नगरेर छाडेलगत्तै उल्टो पीडितले प्रताडना खेप्नुपर्ने अवस्था आयो । प्रहरीले वस्तुस्थितिको राम्रोसँग मूल्यांकन गरेको भए त्यस किसिमको घटना नहुन पनि सक्थ्यो । पीडित युवतीको जाहेरीपछि पनि प्रहरीले त्यो मामिलालाई गम्भीरतापूर्वक नलिनाले त्यस्तो हुन गयो । सात वर्षदेखि राजनीतिक संक्रमणबाट गुजि्ररहेको हाम्रो समाजमा भिडतन्त्र र अराजकता कति मौलाउन थालेको छ भन्ने यसले देखाउँछ । पहुँच भएकाले जे गरे पनि हुन्छ भन्ने चरम दण्डहीनताका कारण यस्तो मनोवृत्तिले टाउको उठाएको हो । बेलबारीको बर्बरता विशुद्ध अपराध हो, घटनाका जोजो दोषी हुन्, ती सबैलाई पक्राउ गरेर कानुनी कारबाहीको अधिकतम भागीदार बनाइनुपर्छ । घटनाको जगैमा पुगेर अनुसन्धान अगाडि बढाउनुपर्छ । पूरा पढ‌नुस्‌

त्यस्तै राजधानी दैनिकको सम्पादकीय-

एउटा सामाजिक कलंक
एक्काइसौं शताब्दीको विश्वमा समाजका लागि योभन्दा ठूलो सामाजिक कलंक केही हुन सक्दैन। बेलबारी घटनाले त्यसमा सामेल मानिसहरूको मानसिक दरिद्रतालाई मात्रै उजागर गरेको छैन, नेपाली समाजको एउटा कुरूप पाटो पनि प्रस्तुत भएको छ। एउटी युवतीमाथि यस प्रकारको दुव्र्यवहार हुँदासमेत समाज मूकदर्शक हुनु, अझ आफैं कारबाहीमा उत्रनु झन् विडम्बनापूर्ण हो ।

यसो हुनुमा आममानिसमा देखिएको अराजक प्रवृत्ति त हो नै, राज्यको नालायक शैलीलाई पनि बिर्सन मिल्दैन । किनकि यसअघि पनि यही प्रकृतिका अपराधमा संलग्नलाई राज्यले गतिलो कारबाही गरेको भए पक्कै महिलाहरू पटक–पटक पीडित हुँदैनथे । ‘नेपालको कानुन ठूलाबडाले जानुन्’ भनेझंै हरेक अपराधका घटनामा पँहुचवाल व्यक्ति कारबाहीको दायरामा नआउने र उस्तै परे पीडक थातथलोबाटै विस्थापित हुने प्रवृत्तिले यस किसिमको घटना दोहोरिएको हो । चौतर्फी दबाब परेपछि अपराधमा संलग्नलाई पक्राउ गर्नु मात्रै राज्यको दायित्व होइन । घटनामा दोषी पुष्टि भएका तिनलाई सख्त कारबाही गर्नु नै राज्यको अहं दायित्व हो र स्थानीयवासीले पनि दोषीलाई उन्मुक्ति नदिनका लागि भूमिका खेल्नुपर्छ । पूरा पढ्नुस्‌

26 thoughts on “चार दिनपछि बल्ल देख्यो मिडियाले बेलबारी बर्बरता”

  1. Ganesh25 says:
    July 26, 2013 at 1:31 pm

    It looks, the criminals did not committed serious crimes just this time,
    who wanted to rape the innocent lady. The criminal’s father was also a raper and criminal.

    Hang them all, who committed crimes including the father who raped the 13 year girl many years ago and his sons all, who commited crimes (capital punishment). Show that the Nepali Society and its citizens are better, safer and intelligent without such criminals.

    Reply
  2. सबिन says:
    July 25, 2013 at 10:59 pm

    त्यसैले त म अाजकल फेसबुकमा असाध्यै कम, माईसंसार.कम मा निकै समय व्यतित गर्छु । माईसंसार ले मेरो समाज र राष्ट्र लाई हेर्ने नजरिया नै बदलिदिएकाे छ । माईसंसार टीम लाई हृदयदेखि नै मुरीमुरी धन्यवाद।

    Reply
  3. madan bajracharya says:
    July 25, 2013 at 10:16 pm

    माया सार्की माथि अमानवीय ब्यबहार गर्नेको परिबारले माया सार्कीको भतिजीलाई बलजफ्ती गरेकोमा ५ कठ्ठा जमिन दिनु परेको रिसमा माया सार्की माथि निहु बनायर यस्तो गरेको हो जस्तो देखिन्छ/ माया सारको भतिजीलाई ५ कठ्ठा जमिन दियर मिलापत्र गर्नु आफ्नैमा ५ कठ्ठा जमिन दिनेले बलजफ्ती गर्न खोजेको हो भनेर प्रमाणित गर्छ/ पिडितलाई प्रलोभन बा धम्कि दियर अपराध दवाउनु पनि त् अपराध नै हो/ माया सार्की माथि अमानवीय यातना दिनेहरुको मनोब्रिती अपराधिक भयको देखाउंछ/ त् के यो मुद्दा समेत उठायर उनीहरु माथि कार्यवाही गर्न सकिंदैन?

    Reply
  4. भाइ काजि श्रेष्ठ says:
    July 25, 2013 at 9:53 pm

    जसले जे भने पनि यो घटनाको कानुनि उपचारको लागि कठघरामा उभ्याउन महत्वपूर्ण भूमिकाको श्रेय भने माइ संसार डट कमलाई जान्छ ! ब्लगका एडमिन तथा पत्रकार सालोक्य दादा प्रति हार्दीक आभार प्रकट गर्न चहान्छु !

    हुन त नेपालमा जो होचो उसैको मुखमा घोचो भने झैँ यत्रो दमन अबि बर्बता पूर्ण घटना घट्दा पनि खासै कसैले चासो देखाएनन ! तर माइ संसारले सधै फ्लोअप गरि रहयो र आज अपराधिहरु उम्किन पाएका छैनन् !
    हाम्रा नेताहरुलाई ठुलो इस्सु बनाएर २४ सै घण्टा समाचार भन्ने टिभी रेडीयो अनि ठुला ठुला अक्षरमा, पहिलो पेजमा प्राथमिकताको साथ दिएर लेख्ने पत्र पत्रिका अनि ब्लगहरुले माइ संसार डट कम बाट सत्य कुरा के हो र हामि कस्कालागी समाचार लेखि र भनि रहेका छौ भनेर केहि सिक्न जरुरि देख्दछु !
    आज घटना भएको यत्रो दिन पछि मात्र दुख पिडा देख्नेलाइ त ऐले आएको बर्षाको भेलमा बगाई दिनु पर्ने अनि थाहा पाउथे……….

    Reply
  5. Sonam tamang says:
    July 25, 2013 at 9:38 pm

    really i Salute u Mr..Salokya ji..यो घटनाको त जति निन्दा गरे नि पुग्दैन.,,मान्छे भए तेस्तो गिरेको काम गर्थेनन होला त्यो त पशुले नि गर्दैन,,, अज आफुले आफुलाई ठुलो मान्छे रे कुकुर भन्न नि सुहाउदैन तेस्त हरु लाई त ,, तपाईले जुन घटना लाई निस्वार्थ उठाएर सबै माज मा ल्याउन ठुलो सहयोग गर्नु भयो एस्को लागि बर्णन गर्न कुनै सब्द छैनन..सचि कै पत्र कारिता ब्लोगिंग वनेको यहि दुख मा परेको लाई पत्र कारिता को मध्यम बाट न्याय दिन सहायो गर्नु हो ..कति ति नेता हरु को मात्र कुरा लेखें पड्ने ……

    Reply
  6. Hari Bahadur डुकुलंथक says:
    July 25, 2013 at 9:23 pm

    This is the result of sense of impunity that prevails very strongly amongst the certain classes of people in Nepal, that they can get away with anything they do and that they are above the rule of law. It’s the same factor that keeps people like dipak manange, chakre milan, pashuram banest and chari operating by planting fear in the minds of people that they are above the law (because they have blessings of people like gachhadar, kp oli, sushil koirala.

    So until people involved in such activities, whether it is in larger scale or smaller, including the police officials who are involved in MILAPATRA are not brought to justice, this will continue. The human right activists will bark in front of singadurbar for a few days, and big name media houses will cash on these headlines for a few days and life will move on and soon there will be another such incident, just because those who commit these crimes are not held liable for their acts. And soon all this will be forgotten, until something similar happens again.

    Perhaps it will take a son of a leader to be murdered, or a daughter of theirs to be raped before they will realize that it can happen to them too. But since it’s veryunlikely, this kind of activity will go on in Nepal.

    Reply
  7. BT Malla says:
    July 25, 2013 at 7:37 pm

    दलित होस् वा कोहि, कसै लाई पनि कानुन हात मा लिने अधिकार छैन ! जसरि माया सार्की लाई यातना दियियो सामान्य मानिश ले सोच्ने र गर्ने काम होइन !!! माइ संसार लाई धन्यवाद !!!!

    Reply
  8. दीप says:
    July 25, 2013 at 6:44 pm

    सालोक्य जी लाइ धेरै धेरै धन्यबाद | येहा सालोक्य जी ले जुन एउटा दलित अबला नारि लाइ जसरि सार्बजनिक स्थल मा लागेर पशु सरह घृणित कार्य गरियो तो एउटा दलित महिला को लागि मात्र नभएर सम्पूर्ण देशै भरि को लागि एउटा कानुन , चेतना , र कानुन पालना गराउनु , जात जाति को आधार मा हुने भेद्बाद को बिर्रुध जुन सालोक्य जी ले एक अडान का साथ् प्रक्रासित गर्दै जानु भयो तो प्रत्रकारिता को उत्क्रिस्त नमुना हो |
    हामि कहाँ यो नेता ले यो नेता लाइ यो कुरा भन्नु भयो, यो कुरा काट्नु भयो, यो कुरा गालि गर्नु भयो तो मात्र प्रक्रासित गरिने चलन छ जस्तो पंचायेत को पाला मा राजा को गुण गान मात्र को समाचार हुन्थ्यो अहिले दल का नेता ले के बोले जस्ता कुरा हरु दिक्क लाग्ने गरि दिन दिने ठुला पत्रिका मा हुन्छन |
    CNN , BBC जस्ता समाचार हरु मा कहिल्यै पनि कुन नेता ले के बोले भन्ने समाचार हुदैन तर तेस्मा सत्य घटना , भ्रस्टाचार, अमानबिय ब्यबार हरु को समाचार हरु सधै प्राथमिकता का साथ् छापिन्छ, प्रकासित हुन्छ |
    सालोक्य जी तेसैले सत्य घटना लाइ लाखौ मानिस हरु का बीच पुर्याउनुस अनि समाज लाइ सभ्य , भ्रस्टाचार रहित, कानुन को पालना गर्नु सबैले गर्नु पर्दछ भन्ने भाउना सबैमा जगाउनु होस् तेही मा मेरो संसार को अझ उत्रिक्रिस्ता काम हुनेछ |
    भ्रस्टाचार, अकुत कालो सम्पति कसरि कमाएका छन्, कसरि लुकाएका छन् , कसरि अकुत कालो धन कसरि कमाएका छन् तिनीहरु को video सहित प्रकासित गरि लाखौ मानिश लाइ जन चेतना दिनुस तेही नै मेरो संसार फ़ल्नेछ फुल्नेछ |

    Reply
  9. Prakash says:
    July 25, 2013 at 6:27 pm

    अझै पनि यस्तो बर्बरतापूर्ण घटना हाम्रो देश मा हुनु ले हामी कति अगाडी छौँ भनि देखाउंछ , समाज मा ठुला बडा भनाउदा को यो पाशविक प्रबिर्ती अझै पनि यथावत रहनु के राम्रो हो हामी कति सभ्य छौँ त तिनीहरु प्रति कडा कारवाही हुनु पर्छ

    Reply
  10. Santosh says:
    July 25, 2013 at 6:22 pm

    उमेश जी, बधाई छ. तपाई ले त क्रान्ति नै ल्याइदिनु भो. अब कसैले दलीत माथि दुर्ब्यबहार गर्नु अगाडी १० चोटी सोच्ने छ.

    Reply
  11. मोहन says:
    July 25, 2013 at 6:09 pm

    हाम्रा मेडियाका हस्तीहरु जसलाई विदेशीले केलाई केलाई पढ्छन कनकमणि र रबिन्द्र मिश्र आदि सरहरुलाई यो घटनाले नछोएकै हो त्? उनीहरुको श्रोत नभएको भन्न मिल्दैन| बेफुर्सदीको कारणले होला वा टाडा वा नजिकको नाता नपरेर हो कि वा वास्ता नगरेको?
    हाम्रो मेन स्ट्रिम मेडियालाई चार दिन लाग्यो बेलबारी पुग्नु|
    आंगमा जोर्नालिस्ट लेखेको भोटो लाएर जर्नलिस्टको काम निर्वाह नगरेर एक्टीभिस्ट भएर वाहियति कुरो गर्दा समाचार बनाउने मेडिया खोइ कंहा गयो?

    Reply
  12. Jitman Rai 'Sabin' says:
    July 25, 2013 at 5:46 pm

    धेर थोर सामाजिक संजाल र माई संसारको दबाब पछि सबैको आँखा खुल्यो….ए रातै अर्काले समाचार देखाई दिए पछि लेख्ने कस्ता खालका पत्रकार हुन् यी ? जब समाचार बासी बन्छ अनि लेखे जस्तो गर्छ यही हो राज्यको चौथो अंगको काम ? खोइ म त केही बुझ्दिन…….????

    Reply
  13. bibek says:
    July 25, 2013 at 5:08 pm

    There is no doubt that u have done great job by allowing such a video on ur blog. Hence we want more of this incident in your details. However we are also looking for some other news of public interest in your site, coz u have forgotten rest of the things after this incident.

    Reply
  14. Biraj Subedi, Fougeres, France. says:
    July 25, 2013 at 4:53 pm

    मैले बुझ्न नसकेको कुरा के ति महिलालाई पक्कै पनि पत्रिकामा नाम आयोस भन्ने चाहना छैन उनको चाहना सिर्फ न्याय पाउनु हो/ र, जो सजायका भागिदार छन् उनलाई कारबाही हो/ येहाँ न त कनकमणि को राय चाहिन्छ न नै रवीन्द्र मिश्र जस्ता ‘अगुवा’हरुको लेख/

    Reply
  15. anil pun says:
    July 25, 2013 at 4:53 pm

    यो घट्ना अतिनै दर्दानक र निन्दनिय भए पनि जातिय हिसाबमा हेरिनु र लैजानु उचित हुने छैन।घट्नाको दोषीहरुलाई प्रशासनले कडा कार्बाही गर्दै लैजाने हो भने यस्ता घट्नाहरु बिस्तारै हराएर जानेछन।तर कुनै पनि बाहुन-क्षेत्री जातिले आफू ठूलो जाति भएको ध्वाँस या घमन्डी गर्छ भने,थिचोमिचो गर्न खोज्छ भने,प्रहरी प्रशासन चुप लागेर बस्छ भने,शिक्षित भनाउदाहरु घट्ना देखेर पनि नदेखेझै गर्दै जातिय अहमता र पुरातनबादी सोचलाई मलजल गर्छ भने त्यँहा पक्कै पनि बिद्रोह हुनेछ।रगतको खोलो बग्नेछ।त्यसपछि न तिनको अहम्कार रहने छ न तिनीहरु रहने छन न हामी रहने छौ।सबैलाई चेतना होस।

    Reply
  16. chandra says:
    July 25, 2013 at 3:36 pm

    सालोक्यज्यु र माइसंसार लाइ धेरै धेरै धन्यबाद! तपाइको जय जय जय!!! यहाले यो घटना लाइ ब्लगमा नराख्नु भएको भए त्येतिकै सेलाएर जाने निश्चित थियो! ढिलै भए पनि राष्ट्रिय स्तरका मेडिया हरुले यो घटना लाइ छाप्न बाध्य भएका छन्, पुलिस प्रसाशनले पनि दोषी लाइ कारबाही अगाडी बढाएका छन्! आसा गरौँ पिडितलाइ न्याय मिल्नेछ!

    यो घटनाबाट समाजलाई यी पाठ मिलोस:
    १) कसैले पनि कहिल्यै पनि कानुन हातमा लिनु हुन्दैन – भिड भनेर दोषी जोगिन्न
    २) गरिब, असहाय, महिला, दलित र समाजमा पछाडी पारिएका लाइ कसैले हेप्ने र अन्याय गर्न १ पटक हैन २ पटक हैन ३ पटक सोचोस्!
    ३) कम्जोर (असहाय) को सहारा पुलिस/प्रसाशन/न्यायालय (अर्थात राज्य) बनोस!
    ४) मुलधारका मेडिया हरु चनाखो भएर कवारेज दिनु पर्यो नत्र अरुनै मुलधारमा आउनेछन!
    ५) नेपाली समाज न्याय ले चल्छ (Rule of Law ) न कि मुड्की, भिड र बल ले!!!

    Reply
  17. ubraj says:
    July 25, 2013 at 3:13 pm

    कानुनी फैसला कस्तो आउछ अब त्यो हेर्नु बाकी छ mysansar ले यस लै follow गरि रानु पर्छ

    Reply
  18. dipika says:
    July 25, 2013 at 3:00 pm

    के गर्नु त, हाम्रो देशमा कुनै नेताको टाउको दुखेको भए पहिलो दिनमै मेडियामा आउथियो, breaking news हुन्थ्यो ///

    Reply
  19. kusan sharma says:
    July 25, 2013 at 2:47 pm

    अन्य कुरा जे भएपनि,भिडतन्त्रले कसैको अपमान गर्न पाउदैन l
    किन नारीलाई अपमान गर्न नारिनै अघि सर्छन ?
    के आफ्ना घरका दिदि,बहिनि,आमा मात्र नारी हुन् ?
    अरुका छोरी चेलीलाई अपमान गर्नेले आफ्नैलाई तेस्तो पर्यो भने के गर्छन ?
    उमेश जी ले यो घटनालाई प्राथमिकता दिएर,एक असल नागरिकको कर्तव्य निभाउनु भएको छ l
    mysansar बाटै अपराधीले दण्ड पाएको पनि छिट्टो सुन्न पाईयोस l

    Reply
  20. Y.R.sharma doha says:
    July 25, 2013 at 2:43 pm

    एउटा कुरा को लागि येति धेरै बहस गर्नु जरुरि छैन. समाज मा अरु पनि थुप्रै घटना हरु छन्.

    Reply
  21. शरद-क्षितिज पारीबाट says:
    July 25, 2013 at 2:16 pm

    अब एउटा अनुरोध :-
    कृपया तपाईं हरु बिशेष गरी मुलधारे भनिने चाकडी मिडिया, दलित शब्दको ब्यापार गरी खाने डलर खेतीका आडम्बरी ब्यापारी अनि मानव अधिकारको जामा लगाएर मिडियामा फोटो छपाउन बढी खरानी घस्ने नक्कली जोगी जोगी समुहहरु यो मुद्दामा जे गर्यो माइ संसारले गर्यो अनि जे गरे माइ संसारका पाठकहरु र धन्यवादका पात्र हुन् यो समाचार उपलब्ध गराउने पत्रकार साथि अनि हाम्रो लिलामणि सर त्यसैले माथि उल्लेखित तपाईं हरुले आफ्नो प्रदिवेदन चम्काउन कुनै हुल-हुज्जत, बन्द, चक्का जाम आदिको नाटक मंचन नगरिदिनु होला ! हामीलाई अधिकारको लागि अधिकार खोस्न राम्रो लाग्दैन ! हेर्दै जानोस ति महिलालाई आर्थिक सहयोगको पनि अवस्था आए माइ संसारले आवश्यक ठानी अपिल गरेमा हामि आर्थिक सहयोग जुटाएर सहयोग गर्न पनि तयार छौं , कारवाही अब टाउकाले टेकेर पनि गर्नै पर्छ सरकारले र गर्छ नै त्यसैले कुनै समुदायले यस मुद्दाको गलत फाइदा उठाएर अर्को द्वन्द ननिम्त्याउनु होला ! बाँकी मुलधारे समुह ….नेता, गुण्डा, तस्कर अनि ठुला ब्यापारीको अगाडी यी महिलाको के औकात तपाईं हरुका लागि, न त यीनले बिज्ञापन दिन सक्छिन, न त कसैका बढुवा-सरुवाको बिचौलिया बनाएर कमाउने मौका नै दिन सक्छिन,न त मोडालिंग पोज, न त सरकारी ढुकुटीमा विदेश नै घुम्ने अवसर दिलाउन सक्छिन ! साँच्ची हो मानिस हरु बुझ्दैनन् शिक्षा बाँड्ने स्कुलहरुले मोटो रकम पाउन भारतीय शिक्षा पढाउन हुने अनि तपाईं हरु पनि त ब्यापारी त हो नि है आफ्नो फाइदाको समाचार बाहेक अरु (समा) अचार किन छाप्ने त है ? त्यहि भएर त हो नि है रामचन्द्र बाजेको पायल्स महात्म्य नछुटाई बर्णन गरेको मिडियाले …अनि बुढालाई यसो लुतो-सुतो पनि छ कि कट्टु थोरै तल तानेर वा हात नै भित्र पठाएर हेर्नु पर्ने ! तर दुखको कुरा नि मुलधारे ज्यू हरु …. अब ति दिन गएछन तपाईं हरु बिना झिङ्गो नमर्ने .. हेर्दै जानोस यस्तै चरित्र रहे तपाईं हरुको अब कुनै यस्ता दिन पनि आउनेछन तपाईंहरु तिनै नेताका पायल्स अनि लुतोमा र नेताहरु लुतो र पायल्समा सिमित हुनुहुनेछ !
    ***** अन्त्यमा दुख-सुखको साथि अनि बिकाशको सारथी हाम्रो माइ संसार तिमीलाई कोटी-कोटी धन्यवाद *******

    Reply
  22. min pun says:
    July 25, 2013 at 2:16 pm

    सामन्तवादको जर्जर अनि बाहुनबाद को प्रकास्ट

    Reply
  23. Harish Shrestha (Tauthale) says:
    July 25, 2013 at 2:15 pm

    ढिलै भय पनि यो अमानबिय घटनालाइ सार्बजनिक गरि दियाकोमा सबै मेडिया कर्मी हरुलाई धन्नेबाद ! आशा छ, भबिशेमा येस्ता घटना हरुलाई जिम्मेवारी मेडिया कर्मीको हैसियतले प्राथमिकताका साथ तुरुन्तै प्रकाशित गरि समाज प्रतिको आफ्नो उत्तरदाइतो बहन गर्ने छन् ! ताकी दोषी कतै बाट उमकन्न नपावोस !

    Reply
  24. mohini thakuri says:
    July 25, 2013 at 1:47 pm

    यो केवल दलित माथि भएको अत्याचार होइन सम्पूर्ण मनाबप्रतिको घोर अत्याचार हो त्यो माथि महिला ……. कस्तो लाचारीपन हो यो सरकार अनि समाजको कोहि ठुला वर्ग को कुरा भन्ने कोहि सरकार भन्ने म त भन्छु यो अमानवीय र घृणित karya हो जसको बिरोध समाज को हरेक तह र तप्का बाट हुनु जरुरि छ ….

    Reply
  25. ash says:
    July 25, 2013 at 1:40 pm

    त्यसैले त क्रिस्टियन हरु बढेका छन् नि. गरिबी अनि छुआ छुत, जात पात को घृणा मा क्रिस्टियन संस्था हरु ले फाइदा लिञ्छ.

    Reply
  26. shreesh thapa says:
    July 25, 2013 at 1:16 pm

    सालोक्य जी लाई धेरै धेरै धन्यवाद आज यो घटनाको अपराधीलाई कानुनी कठघरामा उभ्याउन सफल केवल सालोक्य जी ले माइसंसार मार्फत प्रदाफास गराएरै यो सम्भब भएको हो सालोक्य जी लाइ हृदयदेखिनै धन्यवाद अरु मिडियालाई र सरकारलाई घच्घच्याउने काम यहि माइसंसार मार्फत भएको छ ..यो घटना को टुंगो लागेसम्मको जानकारी निरन्तर पाइरहने अपेक्षा गर्दछौ…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme