Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा

Posted on July 24, 2013July 24, 2013 by Salokya

belbari
मोरङको बेलबारीका स्थानीय बासिन्दाले बर्बर यातना दिएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्रेको छ। सात जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरिसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आफूलाई बलात्कार गर्न खोजेको उजुरी प्रहरीमा गर्दा झुटो आरोप लगाएको भन्दै उल्टै पीडित २३ वर्षकी युवतीलाई उनीहरुले कुट्दै लुगाच्याती तथानाम गाली गरेका थिए। अनि मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका थिए।

घटनाको ४८ घण्टापछि आयोगले जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो। आयोगले आफ्नो क्षेत्रीय कार्यालय (विराटनगर) ले घटनाको अनुगमन गरिरहेको जनाएको छ।

आयोगले घटनाको निष्पक्ष छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न आयोग सरकारलाई आग्रह गरेको छ। दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र छानबिनको क्रममा आउनसक्ने कुनै पनि अवाञ्छनीय दबाबमा नपर्न र दोषी उम्कन सक्ने कानुनी छिद्राहरूप्रति पनि सचेत बन्न पनि घटनाको छानबिनमा संलग्न अधिकारीहरूसँग आयोगले आग्रह गरेको छ।

यसका अतिरिक्त घटनालाई थप उत्तेजक बन्न नदिन तथा घटनाका पीडित र साक्षीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ।

Capture11
Capture2

56 thoughts on “बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा”

  1. raju nepali says:
    August 2, 2013 at 4:44 pm

    यो एक ठाउको समस्या मात्र होइन त्यसैले बेलबारीमा मात्र समाधान न होस् सबै ठाउँ मा हुनु पर्छ

    Reply
  2. Prakash says:
    July 26, 2013 at 4:06 am

    धेरै प्रसंसनिय काम माईसंसार को, धन्यबाद !!

    Reply
  3. Pingback: बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो « Mysansar
  4. puru says:
    July 26, 2013 at 12:12 am

    सालोक्य प्रति नमन गर्दछु , समाजलाई प्रेरणा पनि दिनु भएको छ र यस्तो कामले समाज गौरबांतित भएको छ र समाजमा हरेक नागरिकले बाच्न पाउने अधिकारको सम्रक्श्यन्मा ठुलो हात हो यो ………

    Reply
  5. Sandesh Pokhreli says:
    July 25, 2013 at 7:26 am

    माइसंसार को यो काम एकदम सरहनिय छ , पक्राउ पर्नेहरुको नाम सार्बजनिक गरेर यस्ता मानिसहरु लाई समाज बाट बहिस्कार गर्नु पर्छ .

    Reply
  6. madan bajracharya says:
    July 25, 2013 at 5:52 am

    देस भरिको आधा पत्रकारहरु पनि यस्तै सचेत र सचेत गराउने भय ……/

    Reply
  7. suman says:
    July 25, 2013 at 12:32 am

    दोषी लाइ कडा भन्दा कडा कारवाई हुनुपर्छ

    Reply
  8. Hari says:
    July 25, 2013 at 12:20 am

    बिचारी माया ले मुतुनो त जोगाइछन तर थुतुनो अलि नसोचिकन चलाई छन् ,…..निर्दोषलाई दोष लाएको हो भने आक्रोशित हुनु स्वाभाविक हो तर पुरै समाज नै एकोहोरिएर एउटी नारी माथि हातपात गरि कालो मोशो दल्नु अनि नियम कानुन र मानबिय समाज को मर्यादा लाई मिचेर भिड को बोलि नै कानुन बनाउनु अबस्य धिक्कार योग्य छ.

    Reply
  9. suzee says:
    July 24, 2013 at 10:47 pm

    जय होस् माई संसार , जय होस् , जय होस् ,

    अन्तत : ती अबला नारी ले न्याय पाउने भईन

    Reply
  10. bipin bhurtel says:
    July 24, 2013 at 10:38 pm

    The power of BLOG. Hats off to mysansar and team.

    Reply
  11. raj says:
    July 24, 2013 at 10:17 pm

    सजाय येस्तो हुनु पर्छ कि आयेंदा देखि येस्तो गर्ने कसै ले साहस नगरुन | त्यो भाते ले पहिला ५ कट्टा पास गरेको रैछ बलात्कार केशमा एस पाली तेस लाइ सर्वास्वो सहित कम्तिमा १० वर्ष सजाए हुनु पर्छ | साथै संलग्न सबै लाइ कम्तिमा २ वर्ष हुनुपर्छ | अनि बल्ल पिडित ले केहि राहत पाउने छिन् | रत्न पार्क को केश बाट त प्रहरी बाट धेरै आस गर्ने ठाउँ छैन | मेडिया र अन्य संस्था को दबाब मा केहि गरे बेग्लै कुरा | नेपाल प्रहरी को Mission Statement येस्तो छ ” ” कानुनी राज्यको मूल अवधारणाबाट निर्दिस्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान द्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्द राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा ” | येस्तो मानव अधिकारको जघन्य अपराध को मुद्दा मा कासरी मिलापत्र गरियो त्यो पनि छानबिन को बिसय हुनु पर्छ |

    Reply
  12. Bala Ram Thapa says:
    July 24, 2013 at 8:50 pm

    बेलवारी का पत्रकार , मानब अधिकारबादी भनौदा हरुले तेती ठुलो जघ्न्ने अपराधिक घटनालाई महत्तो नदिनु र माइसंसार ले बेलबारी बर्बरता भनी ठुलो ठुलो अक्षरमा त्यहाँ भएको बर्बरता सहितको भिडियो सार्बजनिक गरिदी बहुमत भिडले एक्लो अबला नारि लाइ झूठो साबित गर्न खोज्ने लाइ लोप्पा लगाउने काम गरेको छ | धन्नेबाद भिडियो खिच्ने र सार्बजनिक गरिदिने माइसंसार लाइ |

    Reply
  13. Chetan Nepali says:
    July 24, 2013 at 8:44 pm

    बुद्ध जन्मेको देशमा जन्मेर पनि उसले दिएको “शान्ति र अहिंसा” – ज्ञानको अभाव र खडेरी परेका यी कौरवका सन्तानहरुलाई कानूनी कारबाही गराउन पहल गरेका माइ संसार टीमलाई धेरै साधुबात !

    Reply
  14. Jeevan Thapa says:
    July 24, 2013 at 8:22 pm

    सालोक्य जी लै मुरी मुरी धन्यबाद !
    यी नरपिशाचहरुले तेसै उन्मुक्ति नपाउन ! हदै सम्मको कडा भन्दा कडा सजाय होस् !!!!

    Reply
  15. तेजप्रसाद अधिकारी says:
    July 24, 2013 at 8:16 pm

    दोषी ले कडा भन्दा कडा सजाय पाओस, यो एउटा यस्तो नजिर बनोस कि फेरी कुनै निर्दोष माथि भिडतन्त्र ले निर्णय गर्नु पुर्व सय पटक सोचून कि हामी न्यायाधिश होइनौ । अनि माइसंसार को यो अर्को बिजय प्रति बधाई र समाजको विसंगति माथिको प्रहार प्रति साधुबाद ।
    सच्चाइको निम्ति आवाज उठाउदै गर्नु, हामि साथमा छौ…।

    Reply
  16. Grishma Thapa says:
    July 24, 2013 at 8:04 pm

    अनुराधा कोइराला जस्ता व्यक्तिहरु किन चूप छन् यो बिशयेमा? कहाँ गए ति नारी लाई protect गर्ने अठोट हरु? के एस्तो किसिमको अवस्थामा बोल्योभने एड कतैबाट आउदैन हो?
    जय होस् MYSANSAR को जसले हिम्मत गरेर यो केश अगाडी लान मद्दत गरयो

    Reply
  17. धौलबीर राई says:
    July 24, 2013 at 8:00 pm

    एक अवला महिलालाई महिलाहरुलेनै मरणाशान्न हुने गरी कुटपिट गरी कालो मोसो दलेर प्रदर्शन गरेको यो बर्बरतामा महिला अधिकार कर्मीहरु के गर्दै हुनुहुन्छ नि?

    Reply
  18. अर्जुन says:
    July 24, 2013 at 7:55 pm

    माइ संसार को जय होस्, उमेश जीलाइ मुरी मुरी धन्यबाद!

    Reply
  19. Tulsi says:
    July 24, 2013 at 7:45 pm

    त्यस्ता क्रुर नर पिसाच हरु लाई समातेर कारबाही गरेर यस्तो घटना हुन बाट
    रोक्नु अब हामी सबै को दाईउत्व हो

    Reply
  20. राम चन्द्र says:
    July 24, 2013 at 7:43 pm

    माइ संसार ले ब्लोक्क लेखेर संचार माद्याम लाई संसार भर ख्यती कमाएको छ र यो ब्लोक पनि माइ संसार ले गर्दा अप राधी उम्किन पाउलान जस्तो लाग्दैन । धन्यवाद माइसन्सार टिम लाई ।

    Reply
  21. डिल्ली says:
    July 24, 2013 at 6:54 pm

    घटनास्थलमा भिडियो खिच्ने साथी र उमेशजी दुबैलाई मुरी मुरी धन्यवाद ।

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 24, 2013 at 7:59 pm

      उमेश जी लौन ति पक्राउ परेका नरपशु हरु मध्ये ति भिडियोमा देखिएका ति कथाका महिला जस्ता देखिने राक्षसी हरु कोहि छुटे कि ? तिनीहरु लाइ कुनै उन्मुक्ति नदिने हिसाबले प्रशासन लाइ सहयोग र निगरानी गरौँ है !
      माइ संसारले क्या ठाउँमा दियो मै हुँ भन्दै चाकडी पत्रकारिता गर्ने कान्तिपुर, सौर्य,सेतोपाटी, नागरीक आदि मिडिया क्षेत्रका नक्कली हस्ती लाइ ! धन्यवाद सबै सबै लाइ !

      Reply
      1. Jeevan Thapa says:
        July 25, 2013 at 6:23 am

        कान्तिपुर, सौर्य,सेतोपाटी, नागरीक आदि मिडियाहरु सबै कोठे पत्रकारिता गर्ने परेछन् जस्तो छ!! यिनी हरु राजनीतिक मुद्दा बाहेक अरुलाई समाचार नै मान्दैनन!

        Reply
  22. Mabindra rana says:
    July 24, 2013 at 6:52 pm

    Good job mysansar. This is a real example of responsible journalism.

    Reply
  23. pawan khanal says:
    July 24, 2013 at 6:42 pm

    Go ahead my sansar update continue ! Thanks a lot

    Reply
  24. Shreedhar says:
    July 24, 2013 at 6:40 pm

    Thank you So much Mysansar and Salokya ji . You did wonderful job .

    Reply
  25. Sara says:
    July 24, 2013 at 6:36 pm

    Thank u mysansar !

    Reply
  26. Basanta Thapa,Maryland,USA says:
    July 24, 2013 at 6:13 pm

    चर्चराएको मनमा मलम परेको छ \सितलता महसुश गरेको छु \ राष्ट्रिय मानब अधिकार आयोग लाइ धन्यबाद \ गृह सचिब र प्रहरी प्रशाशन लाइ धन्यबाद \ अनि उमेश जी र माइसंसार लाइ जति धन्यबाद दिए पनि कमै हुन्छ \ अब आइन्दा कसैले पनि कुनै पनि ठाउमा यसरि कानुन हात मा लिएर कुनै पनि दर्दनाक घटना नघटोस भन्ने ज्ञान सबै नेपालीमा आउने गरि घटना का दोषीले सजाय र पिडित ले न्याय पाउनु पर्छ \ अपराधी हरु प्रक्रिएको मा खुसि लागेको छ \यिनले हदै सम्म को सजाय पाउनु पर्छ \ यो घटना यसरी समाधान होस् कुनै पनि व्यक्ति र भिड ले जघन्य अपराध गर्ने सोच र आट नगरोस \ यस्तो घटना घटाउन र संघलग्नता हुनु भन्दा पहिले आफ्नो र आफ्नो परिबार को अनुहार सम्झन सकोस ताकि कोहि भोलि उसको कानुन र समाज मा यस्तो स्थिति को सामना गर्नु पर्ने छ भन्ने डर र भाब पलाओस \ कुनै पनि बिद्रोह र अशान्तिको स्थापना नहोस \ कानुन हात मा लिने दुस्वाहस कसैले नगरुन \

    Reply
  27. Ganesh25 says:
    July 24, 2013 at 5:54 pm

    The case is about stopping serious crime in the society:

    Once the complain came from the lady to the Police Office, that is the complain officially and the Police should arrest immediately those criminals and take to the Court, investigate at the same time, their houses, their families, mothers, fathers, brothers, sisters, neighbours and collect all the informations of such criminals all together from the past many years history. Not only this one.
    These criminals may had done more other crimes and should be considered all of them as crimes to this date and stop from now re-peating again and again. Not enogh just 1 case and end-up giving them to do another crime.
    Stop once for all and forever. That means put in jail or hang them (capital punishment).

    No need to put in writing by the lady about the complain.
    It is enough she went to the Police and said all about the problems.
    No matter she lied or not, she was threatened and she make her point that they wanted to rape her. That’s enough to make a case to arrest the criminals. If she did not complain to the Police on time, those criminals sure would kill her, rape her or make her serious injuries
    (physically, mentally, inhumanly etc etc).

    The Police who do not arrest also are criminals.
    The Officers including secretaries also are criminals who do not co-operate or do not help to investigate the case.
    The public are criminal who hide the dfact and donot tell the truth and must be punish.

    The lady must obtain compensation millions of rupees form the criminal,
    from the Government/Police Departs for the loss of moral, financial, physical distress etc etc.

    Reply
  28. vijay says:
    July 24, 2013 at 5:51 pm

    All culprits deserved punishment !
    Take strong action against them !
    We wants justice for victim !

    Reply
  29. Rabin says:
    July 24, 2013 at 5:38 pm

    माई संसारलाई धेरै-धेरै धन्यबाद!!! त्यो भिडियो खिच्नेलाई पनि!!! अब पछि सायद त्यो भिडियो खिच्नेलाई के गर्छ होला त्यो जनावरहरुले 🙁 यसमा पनि सम्बन्धीत निकायको ध्यान जावोस |

    Reply
  30. Prakash Aryal says:
    July 24, 2013 at 5:35 pm

    यो हिंसा को चरम चरम पराकाष्ठा हो / ती कुनै पनि दोषीहरुले कुनै पनि बहानामा बिना कारबाही बाहिर नआउन / कुनै पनि मानब शब्यतामा यस्तो हुन सक्दैन/ दोषीले हदैसम्मको कारबाही पाउनु पर्छ/ कारबाही यस्तो होस् कि, आउदा दिनहरुमा यस्तो हिर्दयबिदयाक घटना सुन्न नपरोस कुनै पनि समाजमा/

    Reply
  31. Ritesh says:
    July 24, 2013 at 5:34 pm

    सरकार ले केहि गर्न नासकेनी , देश को चौथो अंग लाइ धन्यवाद छ.
    एय्सै गरि देश का कुना कुना मा भाको hidden घटना हरु लाइ flash गर्दै जानी , अनि जनता ले कारवाही गर्नी , अनि मानव अधिकारी हरु ली प्रहरी लाइ सहयोग गर्दै जानी हो भनि अपराधी हरु पाखा लाग्छन .
    सावधान अपराधी हरु !!!! सरकार ले केहि नगरेनी , समाज ले तिमि हरु लाइ लात हन्नी छ एस्सी गर्र्री – सब्बै लाइ चेतना भया

    Reply
  32. Jen says:
    July 24, 2013 at 5:34 pm

    Well done MySansar! This is what it’s all about.
    I very much hope the justice will be done. Poor woman, I hope she will recover soon.

    Reply
  33. satroj bastola says:
    July 24, 2013 at 5:18 pm

    न-पुषक समाज लाई नेपाल को अराजक समाज भन्नु पर्छ र दोसी लाई ५ वर्षा जेल र पीडक लाई इज्जत का साथ् क्षति पूर्ति भरि नु पर्छ.

    Reply
  34. Tenzing Gaba says:
    July 24, 2013 at 5:08 pm

    जदौ माइसंसार
    यस्तो प्रणाम सदैब अर्पण गर्न पाइयोस शुभकामना

    Reply
  35. पुष्प says:
    July 24, 2013 at 4:35 pm

    पीडित बहिनी क्षतिपूर्तिसहित ससम्मान पुनर्स्थापित र दोषीलाई कारबाही भएको कुरो सक्दोचाँडो सुन्न पाम् ।

    Reply
  36. Sonam Sherpa says:
    July 24, 2013 at 4:32 pm

    हरियो चोले र साडीले दिर्गायु हुने साउने महिनामा महिला माथि यत्रो पिडा ? अति भो हदै सम्म कारबाही होस् पीडितले न्याय पाउन

    Reply
  37. बले says:
    July 24, 2013 at 4:24 pm

    1000 times thanks to Mysansar……….

    bale

    Reply
  38. मातृदिप लोहरूड्ग says:
    July 24, 2013 at 4:23 pm

    ति अवालालाई तीजको बेलामा माईसन्सारले दिएको ईमान, ईजेत प्रेष्टीज(अधिकार) को कोसेली हो । धन्यवाद माई सन्सार

    Reply
  39. Nisha Ghimire says:
    July 24, 2013 at 4:23 pm

    अति भयो हिंसा, तर पीडित को फोटो संचार मध्यम मा आउन नहुने हो, जसले झन् पीडा थप्छ ,

    Reply
  40. bhakta says:
    July 24, 2013 at 4:19 pm

    खबर पत्रिकाको पाओर बन्दुक को भन्दा बढी हुन्छ ! हो कि क्या हो? राज्यको चौथो अंग – जसले चाह्यो भने राज्य लाइ मूल बाटोमा डोर्याउन सक्छ , अपराधिक गतिबिधि घटाउन सक्छ , सामन्ती मैहू भन्नेलाई तह लगाउन सक्छ…

    Reply
  41. bhakta says:
    July 24, 2013 at 4:11 pm

    कुट्ने र मोसो दल्ने सवैलाइ कार्वाही गर्नु पर्छ ।

    Reply
  42. Raju Rana - Mahendra says:
    July 24, 2013 at 4:10 pm

    छिटै कारबाही गरेको समाचार सुन्नमा आओस —माई संसार र पिडित को तर्फ बाट बोल्ने सम्पूर्ण मा धेरै धन्यबाद

    Reply
  43. tulasi bindu says:
    July 24, 2013 at 4:07 pm

    पीडितले न्याय पाउनु पर्छ

    Reply
  44. achut says:
    July 24, 2013 at 4:07 pm

    उमेस जी अनि फोटो तथा भिडियो खिच्नु हुने साथी लाई मुरी मुरी धन्यवाद..सकारात्मक शोच राखौ निस्पक्ष छानबिन भै दोषी लाई कारबाही होस्,अमेरिका मा जस्तो ‘जाति बिसेष’ ले गर्दा पीडक उम्कन नपावस /माई संसार माथि गर्ब गर्छु…

    Reply
  45. roshan system says:
    July 24, 2013 at 4:03 pm

    appreciate it thank you my sansar your the best 🙂

    Reply
  46. रवन says:
    July 24, 2013 at 3:50 pm

    it’s not a news site,
    it’s blog…………….

    जे गर्दैछ Mysansar ले गर्दै छ ।
    जसले गर्दैछ उमेस Salokya ले गर्दै छ।
    जो अन्याय मा परेको लाई न्यायको लागि गर्दै छ ।
    धन्यवाद उमेस दाइलाई अन्याय बिरुद्दको समाचार सम्प्रेसन को लागि।

    Reply
  47. Biraj Subedi, Fougeres, France. says:
    July 24, 2013 at 3:46 pm

    एउटा ब्लगको कारणले आज ठुलै हलचल लायो र यसको श्रेय माइसंसारलाइ जान्छ/ अब लाग्दै छ कि दोषीलाई अवस्य कारबाही हुने छ/ धन्यबाद माइसंसारलाइ

    Reply
  48. अनुपराज कार्की says:
    July 24, 2013 at 3:35 pm

    अब केहि राहत होला जस्तो छ |

    Reply
  49. Krishtina says:
    July 24, 2013 at 3:26 pm

    Well done MySansar!!

    Reply
  50. Harke says:
    July 24, 2013 at 3:18 pm

    माई-संसारले फेरि एकपटक शक्तिको सदुपयोग गर्यो…! जय होस् !

    Reply
  51. Anil Sharma, Lalitpur says:
    July 24, 2013 at 3:17 pm

    खुशी लाग्यो सालोक्य जी, कम्तिमा रत्नपार्कमा घटित घटनाका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको तीतो सत्यलाई भुलाउदै मौजुदा घटनाका दोषीहरुलाई कारबाही गरिएको खबरले अझै पनि नेपालमा कानुन छ भन्ने आभाष परेको छ, सम्बन्धित पिडित युवतीले न्याय पाउनेछ भन्ने आशा जागेको छ /

    Reply
  52. kedar says:
    July 24, 2013 at 3:15 pm

    जगन्य फौजदारी अपराधमा मिलापत्र गराउने पुलिस पनी तिनै, दबाब बढे पछि पक्रेर मुद्धा दर्ता गर्ने पुलिस पनी तिनै / यो प्रहरी चौकी तेही हो जहाँ म २००३ तिर गाबिसको सिफारिस सहित प्रहरी प्रधान कार्यालयको लागि आबस्यक इलाका प्रहरीको सिफारिस लिन जाँदा हाका हाकी १० लिटर डिजेलको पैसा नजिकैको पेट्रोल पम्पमा बुझाएर आउनुस नत्र दिन सकिदैन भन्ने / त्यो १० डिजेल नदिंदा चाहिं कस्तो सिफारिस दिनु हुन्छ नि भनेर सोधेको, सिंधै “चलन चल्तीको माओबादि त हो नि” भन्छ पो बा / मुला १० लिटर डिजेलको कारणले के जिन्दगि कुह्याउनु भन्ने सम्झेर डिजेलको पैसा बुझाएर सिफारिस पत्र लिन मात्रै अटेको थियो मास्तिर तेही चौकी ढाटमा बसेको प्रहरीलाइ मोटरसाइकल मा आएका माओबादिले गोलि हानेर मारेर भागे / जे सिफारिस लिन गए पनि सबै संग कामको प्रकृती हेरेर ५ देखि ५० लिटर सम्म डिजेलको पैसा नजिकैको पेट्रोल पम्पमा बुझाउन लगाइदैथियो / ………….डाकाहरु

    Reply
  53. prakash says:
    July 24, 2013 at 2:57 pm

    जे हुन्छ अब हुन्छ कुनै दोशी उम्कन नपाउन माइसंसार ब्लग लाई सम्प्रेसन को लागि धन्यवाद

    Reply
  54. सुमित says:
    July 24, 2013 at 2:56 pm

    यसको श्रेय माइसंसार लाइ दिनु पर्छ ! मुलधारे मिडिया ले कभरेज नगरेको समाचार प्रेषण गरेको मा ! अनि त्यो भिडियो खिच्ने लाइ पनि आभार !प्रमाण त्यहि त थियो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme