सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका थिए। कान्तिपुरको यो समाचारले प्रशासनलाई कारबाही प्रक्रिया छिटो अघि बढाउन दबाब दिने आशा गर्न सकिने भएको छ। अरु ठूला मिडियाहरु पनि यो खबरको भित्री पाटोलाई उजागर गर्न लागोस्।
म आशा गर्छु यो घटना चार वर्षअघिको रत्नपार्क रमिता कान्ड जस्तो हुनेछैन। २०६६ साल जेठ ६ गते राजधानीको रत्नपार्कमा सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठीले कुटेर लुगा च्यातचुत पार्दै नाङ्गो पारेर रत्नपार्क वरिपरि घुमाइएको थियो। कुनै पनि राष्ट्रिय मिडियाले यसलाई कभर गरेनन्। बरु टाइम्स अफ इन्डिया र हफिङटनपोस्टले माइसंसारलाई उद्धृत गर्दै घटनाबारे जानकारी अन्तर्राष्ट्रिय स्तरमा पुर्याए। अब कम्तिमा यस्तो नहोस्।
कति अत्याचार गरेको वाफ रे, मान्छे कि पशु ?
नवराज न्यौपाने
राजधानीबाहिर महिलामाथि हुने गरेको हिंसाको डलरवादी संस्थाले वकालत गर्ने गरेको भएपनि राजधानी मै भएको एउटा क्रुर अमानवीय महिला हिंसाको समाचार चार दिनसम्म पनि बाहिर आउन सकेको छैन।
मिति जेठ ६ गते। समय राति नौ बजेको थियो। मानिसहरुको चहलपहल विस्तारै कम हुँदै थियो। सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठी नै लाठीले कुटियो। त्यति मात्र हो र, उनले लगाएको लुगा च्यातचुत पारियो। अनि नाङ्गो पारेर रत्नपार्क वरिपरि घुमाइयो।
अत्यन्तै पाशविक उक्त काण्डमा को-को सहभागी थिए भन्ने खुल्न सकेको छैन। तर प्रकृति हेर्दा कुनै विकट जिल्लामा महिलामाथि भएका हिंसाभन्दा कयौँ गुणा पीडादायी थियो। झण्डै पाँच दर्जन युवाहरुको हुल एउटी अबला महिलामाथि जाई लाग्दै थिए।
अन्दाजी ३५ वर्षकी जस्ती देखिने एक महिलालाई रत्नपार्कमा भेला भएका युवाहरुले पहिले कुटपीट गरी यातना दिएपछि कपडा च्यातेर निर्वस्त्र बनाए अनि वरपर घुमाए।
शुरुमा लठ्ठीसहितका युवाहरुले चरित्रहीन भएको आरोप लगाउँदै ती महिलालाई खुट्टा, पाखुरा, जीउ र टाउकोमा प्रहार गरे। अनि उनको बाहिरी र भित्री दुवै कपडाहरु खोलेर कुटपीट गरे। उनका संवेदनशील अंगहरुमा समेत लाठीले हिर्काइयो । महिला चिच्याउँदै थिइन्, कराउँदै थिइन्। ‘बचाऊ बचाऊ’ ‘मलाई मारे’ भन्दै उनको चित्कारले रत्नपार्क पूरै गुन्जियो। तर जम्माजम्मी ५० मिटरको दूरीमा रहेको सिंगो उपत्यकाको शान्ति सुरक्षा र जनताको जीउ धनको जिम्मेवारी पाएको प्रहरी आयुक्तको कार्यालय बेखबर रह्यो।
भीडले गरेको उक्त कार्यलाई रोक्ने साहस कसैले गरेन। कोही आएको भए ऊ पनि मतियारका रुपमा चुटिने डर हुन्थ्यो। झण्डै आधा घण्टासम्म ३० सेकेण्डको दूरीमा रहेको प्रहरी आउन सकेन। प्रहरी आउँदासम्म ती महिलामाथि कुटपीट र यातना जारी थियो। प्रहरी आइपुग्दा उनलाई सहर घुमाउने भन्दै भक्तपुर बसपार्क अगाडिसम्म ल्याइपुर्याई सकिएको थियो। प्रहरीकै सामुन्ने नाङ्गै भएकी ती युवतीलाई यातना दिनेलाई प्रहरीले पनि पक्राउ गरेन।
ती परिचय नखुलेकी महिलामाथि भएको चरम यातनाको अहिलेसम्म कतै रिपोर्ट वा उजुरीको परेको खबर छैन। उनले सामाजिक त्रासले कतै रिपोर्ट नहालेको हुनसक्ने आशंका गरिएको छ।
पहिलो पटक प्रकाशित मितिः May 25, 2009 @ 2:54 am
यस पटक कम्तिमा एउटा राष्ट्रिय मिडियाले भए पनि यसलाई ‘कभर’ गरेको छ। विस्थापित भएकी ती बहिनी र त्रासमा रहेका दुई परिवारलाई न्याय दिलाउन नसक्ने हो भने यो कान्ड पनि रत्नपार्क रमिता जस्तै गरी सेलाउनेछ। त्यसैले सबैले आफ्नोतर्फबाट सकेको गरौँ।
आजको कान्तिपुरको मुखपृष्ठ-
आजको कान्तिपुरमा छापिएको समाचार-
थप जानकारीका लागि
बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो
बेलबारी बर्बरताः कसले के भने ?
बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?
this is too much, shame on being a human being. These people must be punished.
I really astonished to read the news of Ramita which I didn’t know before, how the some people can do such a hell behavior and the how the people can be a audience without speaking single word and without any reaction and what we aspect from the police who are authorize and mobilize by the government for the security. Theses all concluded that any girls can be beaten and misbehaved at any time at anyplace by any reason. I think it is really heart touching and discouraging events to the all girls and women.
मानिस हरु किन एती सार्हो पशुको जस्तो व्यवहार गरेका होलान| हरेक मानिस हरु अरुलाई हानी गर्नु भन्दा पहिले त्येही ठाउं मा आफु बसेर हेरे एस्तो अभद्र व्यवहार हुने थिएन | सबै जना बलेको आगो ताप्छन तर जो समस्या मा छन् उनि हरु लै उल्टो सबैले अठ्यौन्छा |
बाबुराम जी “ज्ञानेन्द्रलाई जेल हाल्छु ” भन्न भ्येछन तर म भएको भए ति महिला कुट्ने नाथे हरुलाइ जेल हाल्थे भन्न किन सक्दैनन् . अब ति पक्राउ परेकाहरु पनि कुन कुन पार्टीका सदस्य हनन एक एक गरेर २/ ४ दिनमै निस्किन थाल्छन अनि तपाई हाम्रो frustration को पारो झन् बढेर जान्छ . “मैले जिउदै पत्रकार गाडे मलाई कारवाई गर ” भन्ने हरुलाइ समेत छोडिञ्छ अरुको के कुरा ?
अनुराधा कोइराला जस्ता व्यक्तिहरु किन चूप छन् यो बिशयेमा? कहाँ गए ति नारी लाई protect गर्ने अठोट हरु? के एस्तो किसिमको अवस्थामा बोल्योभने एड कतैबाट आउदैन हो?
यहाँ छ सात जनालाई मात्रै समातेर हुदैन. ति रमितेहरु जो त्यहाँ उपस्थित थिए र हातपात नगरेता पनि ति महिलाको बिपक्ष्य मा थिए ति सबै दोषी हुन्. आफै हातपात गर्न संलग्न नभए पनि साथ दिने या समर्थन गर्ने या उक्साउने सबै दोषी हुन्. तिनलाई दण्ड दिनै पर्छ.
रत्न पार्क को घटना मा तराइ बासि या भारतीय बासीको संग्लग्नता भएको फोटो हेर्दा जनाउछ \ लाठीका माहिर यी बासि ले अबला नारीलाई लाठि बर्साउनु उनीहरुको परिचय खुलेको छ \ सायद दक्षिण तिरका भैया हरुबाट आफ्ना मान्छे लाइ कुनै कार्यबाही नगर्न आदेश दिइएको होला र त कुनै कार्यबाही भएन \ भैया हरुको सहयोग मा आएको गणतन्त्र ,मौलाएका राजनैतिक पार्टी ,बनेको सरकार , नेता ,प्रधान मन्त्रि ,मन्त्रि ,सांसद , पत्रकार ,डलरे विभिन्न आयोग को मुख बन्द हुनु ,बैरो हुनु ,मन ढुंगा बन्नु स्वभाबिकै हो \ घटना मा संग्लग्न व्यक्तिहरु को अनुहार प्रस्ट फोटोमा देखिन्छ \अहिले पनि कार्यबाही अगाडी बनाउन सकिन्छ \ मानब अधिकारबादी हरु कुन चयन ले निदाउन सकेका होलान प्रभु ? महसुश गर्दा पनि अति पिडा हुन्छ !
थुक्क बुद्दि!
कहाँ छन् भैया हरु ? आँखा फुटे कि क्या हो ?
सबै चेप्टो-चेप्टो अनुहार नेप्टो-नेप्टो नाक गरेकाहरु मात्रै देखिन्छन | आइमाई हेर्दा राम्रै परिवारकी जस्ती देखिन्छिन | हरे शिव …
सबै अनपढ गवार छन् , कसलाई दोष दिनु, मानिसमा मा भित्रैदेखि आफुमा चेतना र ग्यान नआएसम्म एस्तो घटना नदोहोरिएला भन्न सकिन्न. आसा छ आउदो पिढीमा एस्तो रमिता र रमितेहरु नदेखियोस! भगवान ले सबै लै बुद्धि प्रदान गरुन जय नेपाल !!
पिडित पक्ष्य लाइ हद सम्म को कारवाही को लागि अपील गर्दा छु |
आफ्नो गाउ घर, टोल छेमेकी को छोरि बेटी आफ्नै समाज बाट सुरस्चित छैनन्, नलाएक दोषी लाइ लात हान्नी कोहि भएन बाबा के भाको ?
पीडकलाई हदैसम्म कारबाही होस् विधिको शासन चलुन सबैले ढुक्क संग हिड्न सक्ने बाताबरण बनुन
यो केस पनि बाहिर आउनु पर्छ /
दोसी लै हदै सम्म को कारबाही हुनु पर्छ /
फोटो प्रमाण छ / प्रहरी प्रसासन ले ढिलाई भएपनि कार्भई गर्नु पर्छ /
बले
महिला हरुले पुरुस हरु सरह अधिकार माग्नु भन्दा पहिले महिला हरुले महिला हरुलाई संमान गरन सिकाउनु आत्यवासेक छ. सासु ले बुहारी सताउनु, नन्द जेठी सासु हरु मिलि बुहारी कुट्नु इत्यादी आती निन्दनिये कुरा हो.
ति महिला लै कुट्ने महिला हरु नेपाली महिला होइन कि जंगल का नर्बक्छी पशु हरु हुन्. उनीहरु लै कठिन कारबाही गर्ने पर्छ. महिला आयोग आहिले सम्म के हेरी बसेका छन्. बिदेसी $ पचौनमै बेस्ट छन् होला, कि कसो साथी हो?
“यो देशमा म एउटा मानिस खोजि रहेछु…” यी समाचार पढेर मलाई यिनै शब्द याद आए | कति साधन-श्रोत, कति पैसा खर्च गरिएका छन्, कति संस्थाहरु जन्मेका छन् मानव अधिकार, महिला अधिकार, दलित अधिकार आदिका लागि , तर पनि राजधानी र मोफसलमा यी संस्था र यिनका ‘अधिकार’ हरु समय समयमा नाङ्गिदै गर्छन् | त्यसैले, सकिन्छ भने, मानव बन्न सिकौं, समाजमा मानव बनाउन सकौं हामी | नत्र बिकासका नाममा मात्र घर ठुला होलान्, सडक चौडा होलान्, गाडी थपिएलान, तर मानिसको मस्तिस्क- सानो, साघुरो र संक्रिण 🙁
यो त अत्ति सारो र अचाक्ली हुन थाल्ल्यो . नेपाली भिडको मानसिकता एकदम भिलेन भैसकेको रहेछ . चुप लागेर तमासा हेर्ने प्रधान न्यायाधिस को सरकार ले एस्तो अवस्था प्रति अलिकति पनि चाँसो नदेखाउनु को पछाडी सिधा साधा जनता ले सरकार को नियेत बारे के अड्कल गर्ने .
हामी नेपाली को बानी अरु नै कोहि आएर बचाए हुने थियो जस्तो लग्छ त्येइ बानी नै हो केहि कारबाही हुन्छकी भन्ने झिनो आशा राखेको छु.
मानवधारी मुकुण्डो ओढेका यस्ता घटिया कपुतहरुलाई यस्तो सजाए होस् ताकि यही सजाय सम्झेर फेरी अर्को घट्ना घटाउने कपुतहरु जन्मिन डराउन!!!