Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ?

Posted on July 24, 2013July 24, 2013 by Salokya

belbari
मोरङको बेलबारीमा भएको बर्बर घटनाबारे दोस्रो दिन महत्त्वपूर्ण रह्यो। बिहानै कान्तिपुर राष्ट्रिय दैनिकले यसलाई फोटोहरुसहित प्रमुख समाचार बनायो भने राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति प्रकाशित गर्‍यो। नाम सार्वजनिक नगर्न अनुरोध गर्दै माइसंसारलाई पठाइएको भिडियो मुख्य सचिवको आग्रहमा मैले इमेलमा पठाइदिएको थिएँ। उनले सुरक्षा निकायलाई फरवार्ड गरिदिएका छन्। भिडियो हेरेरै दोषीलाई कारबाही गर्न यसले सघाउला। दोस्रो दिन पनि सामाजिक सञ्जालमा यो घटनाबारे आफ्ना धारणा राख्ने क्रम जारी छ।

सीता मादेम्बा (फेसबुक)-
बेलवारी घटनामा माया सार्कीलाइ मोसो दल्नेहरुको अनुहारमा अलिकतिपनि पछुतो भाव देखिदैन । जे गरेको ठीक गरेको भन्छन । केहीलाइ प्रहरीले पक्राउ गर्यौ तर केही भने खुले आम ठिकै गर्यौ भनेर चिच्चाइ रहेका छन । शिक्षक भनाउदा देखि नेता र जान्ने वुझने सव जना मुक दर्शक वनेर घटना हुन गलत थ्यो भनेर वोले पनि भित्र भित्रै ठिक गर्यौ भन्नेहरु भेटिए । थुक्क मानवता नभएकाहरु ‍‍‍‍‍।

अभय श्रेष्ठ (फेसबुक)
मोरङ, बेलबारीमा एक दलित युवतीमाथि भएको घटनाले लाज स्वयं लजाउनुपर्ने स्थिति आयो । जीवन भेटवाल भन्ने व्यक्तिले आफूमाथि बलात्कारको दुस्प्रयास गरेको उजुरी गरिन् भन्दैमा ती युवतीमाथि कथित उच्च जातिले अमानवीय यातना दिए । आरोपितले कानुनी उपचार नखोजी किन यस्तो खेल खेले ? घटनाको प्रकृति हेर्दा पीडकहरूले दलित युवतीलाई कथित उच्च जातिले बलात्कार गर्न पाउनुपर्छ भन्ने नजिर स्थापित गर्न खोजेको देखिन्छ । सिंगै गाउँ दुर्गन्धित हुने यस्तो घटना टुलुटुलु हेर्न बेलबारीबासीलाई लाज लागेन होला ? कि त्यहाँ कोही न्यायप्रेमी छैन ?

राजनीतिक च्याँखे थापेर बेला बेला नागरिक समाजको जामा पहिरनेको जामा थोत्रिएछ कि क्या हो ? खै, बेलबारीमा त्यत्रो हुँदा विज्ञप्तिसम्म पढ्न पाइएन

— Narayan Amrit (@amritna) July 24, 2013

औसतमा पूर्वाञ्चल शिक्षित नै मानिन्छ । तर बेलबारी घटनाले गम्भीर प्रश्न छाड्यो । साक्षरता प्रतिशत बढी देखिनु नै शिक्षित हुनु हो रै छ त ?

— J_A_N_A_K (@eautakatha) July 24, 2013

वेलवारीमा सभ्यताको पाखण्ड छारस्ट भएको छ, धिक्कार छ हामीलाई एक्काइसौँ शताव्दीका कुवुद्धि मानव! त्यो हाम्रै अनुहारमा पोतिएको ध्वाँसो हो!!

— धरतीपुत्र (@TripatheeRn) July 24, 2013

एउटा महिलामाथी निर्लज्जास्पद अपमान गर्ने बेलबारीका बासिन्दामाथी कारवाहि हुन्छ किन हुन्न ? सक्दैन भने बांकी नेपाली जनताको हातमा छोड्देउ ।

— समीरमणि दीक्षित (@sameermdixit) July 24, 2013

बेलबारी काण्डकालाई कारवाही गर

— आम नेपाली (@Aam_Nepali) July 24, 2013

where the hell are Women Commission, Dalit Commission, activists, civil society members in #Belbari incident? issue statement at least

— Dewan (@rdewan) July 24, 2013

बाउराम प्रम हुँदा अकुपाई बालुवाटार कुन्नी के के भन्दै बिभिन्न खालका बिरोध गर्नेहरु,डलरबादी,मानबअघिकारवादीहरु बेलवारी काण्डमा कता हराए?

— Ashok Khadka (@Ashok_Kd) July 24, 2013

irritating silence of FNJ, that often issues statement against threat to journalists? Manoj BK is also a journalist by set standard #Belbari

— Dewan (@rdewan) July 24, 2013

यिन को मानसिक अवस्था अहिले कस्तो होला? कानुनी आवाज उठाउनु त छदै छ, मानसिक सहयता गर्न पाए पनि हुन्थ्यो । http://t.co/rR6juNXB43 via @mysansar

— Mental Health Nepal (@MHNepal) July 23, 2013

बेलबारीमा जे भयो, त्यो पाशविक थियो । त्यसो भन्दैमा नाराजुलुश गर्ने खोइ, कारबाही भएको खोइ भन्नु गलत हो ! त्यो काम अदालतको हो !

— JawKnockRaazaa (@Jaw_Knock) July 24, 2013

जिस्केका गफ बाहेक हाम्रा सबै प्रयास कानूनको शासनको पक्षमा भए मात्र थिती बस्च होला, त्यै नभएर समाज जङ्गली भएको हो !

— JawKnockRaazaa (@Jaw_Knock) July 24, 2013

मोरंगको बेलबारी ट्विटरमा दुखेन जस्तो छ । यो घटना राजनीतिक दलमात्र हैन नागरिक अधिकारकर्मीको पनि संवेदनशीलताको ब्यारोमिटर हो कि ?

— Govinda Adhikari (@agovinda) July 23, 2013

देशी मिडियाहरु सात समुद्रपारी बेलायतमा राजकुमार जन्मिएको समाचारलाई प्राथमिकता दिन्छन् तर देशभित्रै बेलबारीमा भएको पाशविक घटना देख्दैनन्।

— sudarshan sapkota (@sudarshan2041) July 24, 2013

बेलबारी की पीडीत दलित महिलाले लुके केा कटु यथार्थ सबैकेा अगाडी ल्याउन खेाज्दा त्यहाँ केा समाज बेनकाब हुने डरले उनकेा विरूध खनिएकेा छ।

— sarita giri (@sarita_giri) July 24, 2013

वैदेशिक रेाजगारमा गएका मानिषहरू का पत्नीहरू सित बेलबारीमा भएकेा घटना दिनहुँ घर भित्र र बाहिर घटी रहेकेा छ।यथार्थ पुनः बाहिर अाएकेा छ।

— sarita giri (@sarita_giri) July 24, 2013

बयल_बारीका बयलहरुको ब्यबहारले मन अझै स्थिर नभएको अबस्था हो । #बेलबारी

— नरेन्द्र राई (@_NarenRAi_) July 24, 2013

बेलबारी घटनाले हाम्रो समाजको एउटा सिङगै तस्बिर देखाउछ। सभ्य समाजले सोच्न सम्म नसक्ने।सायद त्यो टोल/समाजका सबैलाई मनोचिकित्सकको आवश्यकता छ ।

— नेपालडायरी (@nepaldiary) July 24, 2013

बेलबारी घटनामा बोल्दैनन् राजनैतिक दल। उनिहरु आचार संहिताको गोठालो लाग्न ब्यस्त जो छन्। #BelbariBarbarism

— ßshnuISM (@iBshnu) July 24, 2013

Belbari incident proved importance of blogs as alternative media. Thanks @salokya for making it nat'l issue & let's hope justice prevails.

— Ujjwal Acharya (@UjjwalAcharya) July 24, 2013

'Human rights' is a business in much of the LDCs, borne not out of compassion or idea of equality but of donor-driven agenda. #Belbari

— Bigyan R. Bista (@BigyanBista) July 24, 2013

#Belbari incident is barbarism, it's more than injustice, it's an issue of #Nepalis! Let's not portray it as related to "Dalits" alone!

— Sabita Thapa (@sobst) July 24, 2013

U know what, Himani shld go and visit the Dalit village in Belbari.. Guess only then the "leadership" will take the injustice seriously!

— BhumikaAditi (@bhumikaghimire) July 24, 2013

Can we for one tweet about #Belbari crime? Violence against a dalit woman at its worst in #Nepal.

— Anil Bhattarai (@anilbhattarai) July 24, 2013

even hyperactive twitteraties, both male and female, overlooked #Belbari incident, wow! she is a #Dalit girl w/t affiliation and recognition

— Dewan (@rdewan) July 24, 2013

Belbari incident is a reflection of how morally abhorrent our society is. @BigyanBista

— been_gr (@been_gr) July 24, 2013

#Belbari incident shows how far removed the #Nepali society is from the ideas of equality, dignity and justice. The cruelty is so agonizing.

— Bigyan R. Bista (@BigyanBista) July 24, 2013

shocking #Belbari incident, mob is stronger than the law. Has #Nepal become FEUDAL republic rather than its attempt to be FEDERAL republic?

— Suman Khadka (@SumanKhadka14) July 24, 2013

पहिलो दिन कसले के भनेका थिए ?
मोरङको बेलबारीमा भएको बर्बर घटनाबारे मूलधारे मिडियामा केही समाचार नआए पनि सर्वसाधारणले सामाजिक सञ्जालमा यसबारे आफ्ना धारणा राखेका छन्।

मोरङ जिल्ला बेलबारी-३ मा मान्छे जस्ता देखिने पशुहरु बस्दा रहेछन । http://t.co/gft2ZAHyo1

— surath (@surath) July 23, 2013

Yes this happened in Nepal, Morang. How can we let this happen? I am deeply saddened and outraged to see this http://t.co/WDLS413BrE

— Pallavi Dhakal (@PallaviDhakal) July 23, 2013

easy to criticize #dubai and mock its system..what are we doing abt incidents like this that happen in our country?? http://t.co/Amcl2Q0Gdj

— Bhumika Ghimire (@bhumikaghimire) July 23, 2013

Awful #photo of a #rape victim garlanded w/ shoes. #Nepal “@DeepakAdk: This is heinous (in Nepali) via @mysansar http://t.co/DZ6z1OJeZr”

— Ammu Kannampilly (@akannampilly) July 23, 2013

यसबाट थाहा हुन्छ हाम्रो समाज कती हिन्स्रक हुँदैछ- http://t.co/OPhpxAqLkp

— Tweetmandu (@Tweetmandu1) July 23, 2013

यहाँ सचेत मानिस छैनन् । हामीले भन्दै आएको चेतनशील प्राणीको मखुन्डो मात्र बाँकी छ ।http://t.co/ugJFJojuzQ

— Luitel Dinesh (@LuitelDinesh) July 23, 2013

कसले रोप्यो हाम्रो समाजमा यति घिनलाग्दो 'कृत्रीम सभ्यता'को बिऊ ? http://t.co/dilbjgMN9q

— Narayan Amrit (@amritna) July 23, 2013

आततायी र वर्वर मान्छेहरु । हो देशमा कानून छ । त्यो किताबमा मात्रै छ । सुरक्षा पनि छ । त्यो प्रहरीको बर्दीमा मात्रै छ http://t.co/rlaK55nhWE

— Janakraj Sapkota (@janakrasa) July 23, 2013

दोषीमाथि कारबाही गरेर बेलबारीले आफ्नो कलंक मेटोस http://t.co/NVjbm9VrUm

— Navin Khatiwada (@NavinKhatiwada) July 23, 2013

भीड को आडमा कसैले उन्मुक्ति नपाओस I Punish the entire mob. "बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो" http://t.co/wBi988J7nP

— Rubeena Mahato (@rubeenaa) July 23, 2013

एकल र एक्लो महिलामाथी निर्दयी समाज र समाजका ठेकेदारहरुलाई धिक्कार छ । मोरङ्गमा एक्ली महिलामाथी क्रुर यातना http://t.co/rxwolHkGj7 @mysansar

— Brabim Kumar (@BrabimKumar) July 23, 2013

यस्तो बर्बर घटना ठुला मिडियाले कभर गरेका छैनन् । बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो http://t.co/sKFnLF8n8e via @mysansar

— Media Kurakani (@mediakurakani) July 23, 2013

बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो http://t.co/LuKW1jbDe2 @fullauri @psjadeps भिडतन्त्र भनेर प्रसासनले सम्झौता गर्न मिल्छ?

— Dewan (@rdewan) July 23, 2013

कहाँ छ श्रीमान्‌को सरकार ? यदि सरकार छ भने त्यो असभ्य जङ्गली भिडलाइ तत्काल कारबाही गरियोस् : http://t.co/pOC41qcn6i via @mysansar

— Rojita Adhikari (@rojitaadhikari) July 23, 2013

थुक्क, पापीहरु ! यस्तो नि हुदों रहेछ नेपालमा http://t.co/AXoMwfELHW

— उज्ज्वल आचार्य (@KANepal) July 23, 2013

कथित् सभ्य नामधारी पशुहरु हो, तिमीहरुकै कारण समाज बिग्रिएको छ । कहाँ हराए मूलधारका भनिने ठूला मिडियाहरु, कता… http://t.co/53aXPdFcjz

— Dilli Malla (@dillimalla) July 23, 2013

केदार शर्मा (फेसबुक)-
बेलबारी बर्वरता
यो घटना पनि सेलायो भने नेपाललाई मान्छे बस्न लायक ठाउँ बनाउन अर्को एक दशक ढिलो हुन्छ।
जाहेरी नदिए सरकारवादी मुद्दा बनाऊ।
एउटा कुरा चाहिँ स्पष्टै छ, ती युवती दलित थिइनन् भने यस्तरी प्रताडित हुने थिइनन्। आँट गरेर बोलौँ। दलितहरूका हक हितमा काम गर्नेहरू अघि आऊ।
खासगरी पीडित युवतीलाई आक्रमण गर्ने आइमाईहरूलाई कडा कारवाही गर।
“तपाईँले यति कडा शब्दमा नलेखेको भए हुने थियो, ती महिलाको आरोप नै गलत रे” – मैले विवेकशील मानेको एउटा भाइ।
म दोहोर्‍याउँछु,
“होला, हुन सक्छ। नहुन पनि सक्छ। तर आरोप गलत वा सही भनेर टुङ्गो लगाउने भीडले होइन। भीडले पूर्वन्यायिक कारवाही गर्ने हो भने राज्य चाहिँदैन। यो अन्याय हो, अन्याय, घोर अन्याय र अझ दलित माथिको अत्याचार हो।”

नवीन खतिवडा (फेसबुक)-
बेलबारी जहाँ बसेर मैले शिक्षा लिएँ र आजसम्म त्यो ठाउं प्रति गर्व गरेँ त्यो ठाउँ यति बर्बर होला भन्ने कहिले पनि सोचेको थिइन . लज्जित भएँ, दोषीमाथि कारबाही गरेर बेलबारीले आफ्नो कलंक मेटोस

दीपक रौनियार (फेसबुक)-
यो त्यही बेलबारी हो। जहाँ २००६ मा एउटी महिलालाई बलत्कार पछि हत्या गरेको भनि सुरक्षाकर्मीको पोष्ट अगाडी बिरोध गर्न जम्मा भएको भीडमा नेपली सेनाले गोली प्रहार गरी अरू थप ६ जनाको हत्या गरिदियो, र ११ जनालाई घाईते बनायो। आज त्यो समाज आफैंले अर्को महिलामाथि जघन्य अपराध गरेको छ! फोटोहरू प्रमाण छन्। आशा गरौं, श्रीमानको सरकारले त्यो जंगली भीडको एक एक सदस्य र सुरक्षा दिन नसक्ने त्यो पोष्टका सबै सुरक्षाकर्मीहरूलाई समेत कार्वाहि गर्नेछ! यदि श्रीमानको सरकारले गर्न आलटाल गर्यो भने, २००६ मा सेनासँग लडेको त्यो “समाज” दबाबको लागि उठ्ने छ!

बेलबारी घटना !!! लाजमर्दो – नेपाली भनिन पनि !!

— बालक बबुरो (@brother_right) July 23, 2013

बेलबारी घटनालाई उठाएको हेर्दा सामाजिक सञ्जाल र ब्लग मुलधारका मिडिया भन्दा कम छैन भन्ने प्रमाण हो। पत्रिकाले मेरो कुरो छापेन भन्ने दिन गए अब।

— Meghraj Rasaili (@MeghrajRasaili) July 23, 2013

कथित् सभ्य नामधारी पशुहरु हो, तिमीहरुकै कारण समाज बिग्रिएको छ । #बेलबारीकाण्ड

— Dilli Malla (@dillimalla) July 23, 2013

एउटा कुरा बारम्बार दिमागमा आइरहेको छ: बेलबारीमा बलात्कारको आरोप लाएर उजुरी दिएकी महिला दलित थिइनन् भने पनि यस्तै गर्थेहोला त्यहाँका महिलाले?

— Ananta Koirala (@anantabrt) July 23, 2013

30 thoughts on “बेलबारी बर्बरताः दोस्रो दिन कसले के भने ?”

  1. Yes prsjapati says:
    July 26, 2013 at 6:55 am

    सबै पत्रकार हैन होला तर धेरै जसो पत्रकार हरु लाइ के को चासो को बिसय हो र त्यो बेल बारी को घटना , किन कि त्यो बेल बारी को घटना समाचार लेखेर कुन संस्था,दल या भनौ ब्यापारीले पत्रकारलाई पैसा देला र त्यो समाचार लेखेर .? किन कि त्यो समाचारमा कसैको फाइदाको गन्ध अलिकता मात्र पनि नदेखिए पक्षि किन लेखोस कुनै पत्रकार भनौदा पत्रकार हरुले !
    किन कि त्यो घटना मात्र कुनै साधारण भन्दा अति साधारण दलित को थियो ,धिककार छ फाइदा मात्र खोज्ने पत्रकार हरुलाई

    Reply
  2. Pingback: बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ? « Mysansar
  3. Pingback: माइसंसारमा मुख्य सचिवको कमेन्ट « Mysansar
  4. leela says:
    July 26, 2013 at 1:21 am

    सलोक्याजी

    कान्तिपुरमा समाचार आउनुभन्दा अगाडी अर्थात् समाचार तपैले पोस्ट गरेकै दिन मैले पढेर प्रहरी प्रमुख र मोरंगका नि प्रजिअलाई समाचार पढ्न र बास्तबिकता तुरुन्तै मलाई खबर गर्न भनेको थिएँ. प्रहरीमा आएर दुबैले मिलापत्र गरेको जानकारी प्रजिअले दिएपछि मैले पिडित महिला त्रास र दवाबमा भएको सहजै अनुमान लगाए. सुनसरी भएको पुनर्स्थापन केन्द्रमा पिडितलाई राख्ने व्यवस्था गर्न र समचार् लाई आधार बनाएर पीडकलाई कारवाही गर्न प्रहरी प्रमुख र प्रजिअलाई आग्रह गरेपछि उनीहरुले पीडितले जाहेरी दिन नचाहेकोले पिदकलायी कारवाही गर्न अनुहार चिनिने फोटो पाए सजिलो हुने भनेपछि मैले पत्रकार अनिल्गिरी,रबिन्द्र मिश्र हुँदै गुणराज लुयिटेल बाट तपयिको फोन लिएर घटना र दोसिलायी कारवाही गर्न मैले गरेको प्रयास र प्रमाण कालागि तपाइको सहयोग मागेको थिएँ. सुरुमा तपैले पत्रकारले नाम उल्लेख गर्न नमानेको बताउनु भएपनि अनुहार देखिने vdo पठाए पछि तपाइलाई सोधेर मैले प्रहरि प्रमुख लाई त्यो फरवार्ड गरेकोथियें. प्रहरी प्रमुखले मिलापत्र गराउने प्रहरीलाई तुरुन्तै जिम्मेवारी बाट हटाएको र दोषीलाई कारवाही आगाडी बढाएको जानकारी मलाई दिनुभएको थियो. येति कारवाही तपयिको खबरका आधारमा भएको हो. तपयिको र मेरो दुयीपटक झन्डै आधाघंता लामो यसै बिसाएको फोन बार्ता र विडियो आदानप्रदान तथा कारवाहीको प्रक्रिया कान्तिपुरमा समाचार बन्नु पुर्बनै थालियेकोथियो भन्ने तथ्य जानकारी दिनचाहन्छु.

    Reply
  5. Pingback: बेलबारी बर्बरताः दर्जन दलित संस्था आजदेखि देशव्यापी आन्दोलनमा « Mysansar
  6. samrat~ says:
    July 25, 2013 at 8:31 am

    बेलबारी को घटना टुलु टुलु हेरेर बस्ने सबै नामर्द मर्द हरु, तिमि हरुले हात मा चूरा लगाएर हाय हाय गर्दै बाटो मा हिड्ने हो कि ?

    Reply
  7. Kamal Raj Sharma says:
    July 25, 2013 at 3:44 am

    Salokya jee,

    Hats off to you for making this news headline in your blog. This is extreme cruelty and all those who are involved are animals. That is nature of uncivilized people. I am surprised that this happened in Belbari. Nothing compares to this. Hope these animals get punishment from state.

    Kamal Raj Sharma

    Reply
  8. dhan says:
    July 24, 2013 at 10:52 pm

    होइन नया नेपाल को लोक तन्त्र, प्रजातन्त्र,गणतन्त्र खै के खै के मा जे गर्न पनि छुट हुन्छा हो ? राजतन्त्र हुदा त येति सरो अपराध त थिएन कि? हैन २१ सताब्दी को संघर मा नि नेपाल मा एस्तो पशु हरु बस्छन समाज मा थुक्क नालाएक समाज,देश को तल चाबी हात मा लिएका सरकार , नेता, अनि सुरक्छ्या कर्मी हरु…. अनि मानब अधिकारकर्मी अनि दल्लर खेति गर्ने एन जी ओ हरु कहाँ छौ तिमीहरु ?????

    Reply
  9. Umesh Nepal says:
    July 24, 2013 at 9:45 pm

    भन्दा लाज लाग्छ तर महिला का लागि पुरुष भन्दा महिला नै बढी निर्दै र अभिसाप हुन्छन ,यो घटना पनि छोरा को कर्तुत लूकौना केटा को आमा बाउ र आफुलाई माथिलो वर्ग भन्न रुचाउने सिक्षित पागल हरुले गरेका हुन् ,delhi मा बलात्कार को काण्ड हुदा पुरा भारत जलेको थ्यो तेसैगरी येदि इनिहरुलाई सजाए नदिने हो भने हामी पनि चुप लगेर बस्दैनौ र नबसौ पनि

    Reply
  10. ashma nepal says:
    July 24, 2013 at 9:20 pm

    after all this its so shameful to say that we are Nepali. we are always taught that every human being are equal no matter how different we are from each other but now we can see that how much equality each of us hold. if this continues then whats the use of human rights. just bcoz the girl is dalit c was treated so badly by the women n other people of morang district, wat if the girl was of other caste? would c be treated like her or c would b supported by people to fight back. this shows that there is no humanity left in this place especially for so called “dalit” people in morang’s district belbari, n the people living there are equal to wild animals especially the women who treated her very badly.

    Reply
  11. Anasuya says:
    July 24, 2013 at 9:06 pm

    लोकतन्त्रको नाउँमा भीडतन्त्र !!

    Reply
  12. shreesh thapa says:
    July 24, 2013 at 8:41 pm

    राजनीतिक संरक्षण हुन लाग्यो भने त्यो राजनीतिलाइ पनि परास्त पार्नुपर्छ …..

    Reply
  13. Bala Ram Thapa says:
    July 24, 2013 at 8:25 pm

    महिला ले पिडित महिलाको अस्मिता बचाउछ्न ,भन्ने कुरा बेलवारी घटनाले झुठा साबित गरिदिएकोछ | किनकि एउटी अवला नारीले आफ्नो अस्मिता प्रति खेलवाड गर्न खोज्ने पशुप्रती उजुरी गरेको निहुमा महिलाकै जमातले तेस्तो हर्कत गर्नु महा नर पशु कै हर्कत हो यो | यस्तो लाजमर्दो हर्कत यस्मत्री म्हुमिमा नहोश भन्ने याचना गर्दा छु |

    Reply
  14. राम चन्द्र says:
    July 24, 2013 at 8:04 pm

    यो सामाजिक अपराध हो । युद्ध काल को कुरा लाई लिएर मान्छे उछाल्ने ए मा ले र काङ्रेस्स भनौदो पार्टीका नेता हरु मसिएछन कि क्य हो बेल्बारी बाट ।

    Reply
    1. shaym says:
      July 24, 2013 at 9:39 pm

      एमाले र कांग्रेस लाइ मात्रै के भन्नु हुन्छ साथि, कथित जनुद्ध को नाउ मा, विभिन्न प्रलोपन देखाएर सोझा शिधा जनजाति लाइ उचालेर युद्ध मा होमी आफु चाइ दिल्ली मा बसेर रमाइलो हेर्ने तपाइको पार्टी का नेता पनि त्यहा छैनन् कि क्या हो ???? सायेद तपाइको नेता को छोरा प्रकाश को कुरा निकाल्छन भनेर होला नि हैन ?? चा हे जो होस् कारबाही हुनु पर्छ भन्नुस न !!!!!

      Reply
  15. Chhannu Ram says:
    July 24, 2013 at 6:49 pm

    मानिस का भेषमा जंगली हरु हुन् जसले यस्तो अमानबिय काम गर्दैछन, कहाँ छन् मनाबधिकार का mukundo लगायका हरु? खोइ दलित का हजारौ सस्था हरु?बहादुर भन्नु पर्छ त्यो फौजी भिड लाई जसले सहर बिहिन दलित महिला लाई यसरी kutdaichhan

    Reply
  16. yaman says:
    July 24, 2013 at 3:41 pm

    मन दुखेर आउछ यस्तो देख्दा हामीले हाम्रो सन्ततिलाइ के दिएर जादै छौ ? के सिकाउदै छौ ? कस्तो होला हाम्रो समाज ? कुन समयमा छौ हामि ? कैले होला यो सबै कुरा को अन्त्य ?

    Reply
  17. Chunam says:
    July 24, 2013 at 2:57 pm

    त्यो फैसला गर्ने भिडलाइ कारबाही हुनुपर्छ ..

    Reply
  18. sanju shah says:
    July 24, 2013 at 2:42 pm

    होइन त्यहा बाट पनी खाते, भाते हरु के के पार्टी को अनी के के अधिकार बादी भन्ने हरुको प्रतीनिधित्वो होला नि किन चुपचाप छन् इ भुस्याहा हरु ????????

    Reply
  19. PURNA PRASAD KHATIWADA says:
    July 24, 2013 at 2:40 pm

    कारबाई हुनुपर्छ ,पिडित ले लाइ राहत पाउनुपर्छ |

    Reply
  20. santosh says:
    July 24, 2013 at 2:02 pm

    समाजका नामका कलङ्कहरु….

    Reply
  21. Vishwa Malla says:
    July 24, 2013 at 1:05 pm

    यो घटनाले पुरै बेलबारी कलंकित भएको छ . बेलबारीका जो जस्ले यो घटना घटाउन भूमिका निर्वाह गरे चाहे त्यो महिला होस् बा पुरुष तेहिका असल बेलबारी बासीहरुले उनीहरुको यो निस्क्रिष्ट र घिन लाग्दो कार्य को भंडाफोड गरि आफ्नो ठाउंको नाम मा लागेको कलंक धुन जरूरी छ.

    Reply
  22. Padam Regmi says:
    July 24, 2013 at 10:32 am

    देशमा चेली लाई अमानविय र जघन्य अपराध गरिएको छ !नागरिक न्युज भन्ने पत्रिका मा रामचन्द्र पौडेल को पाएल्ष को २ पटक समाचार छापिएको थियो .धिकार छ तिमि हरु को पितपत्रकारिता लाई.

    Reply
  23. HARI BHAKTA UPRETI says:
    July 24, 2013 at 9:57 am

    दलित महिला माथि भयको दुखत अनि बर्बर पूर्ण घटनाको बिरोध गर्दछु. न्यायमा आमुल परिबर्तन नाल्यासम्मा केहि हुने वाला छैन.कानून नभएकोदेश.

    Reply
  24. Bamsi singh says:
    July 24, 2013 at 5:22 am

    यो देस हाम्रो पनि हो/ हामी नेपाली हौ / तर यी बुख्यछा हरु मुटु नभएका कंकाल हरु हुन् /यिनीहरु ले सबैलाई सताउछन तेसैले यिनीहरुको सफाया गरिदिनुनै उपयुक्त होला/ अझै कति बेदना सहने/ पार्टीहरुको सरकार आयो तिनै गरिब दुखिले दुख पाए / नयलायेप्रमुख आए तिनको पनि धोति खुस्कियो/ आखिर ति पनि कुन द्यंग का मुला हुन् र / आफ्नु खेत जोगाउन खर्च गरेको रकमले त ति पनि पातकी रहेछ / अब त येस्ता सबैलाई जिउदै राको लाउनु पर्छ जस्तो छ/ यो केश मा पनि ताता तु तु गरे र पनछौन थाले भने येस्ता भ्रस्ट सरकार र नेताहरु लाइ सधै को लागि पाताल पुरयिदिनुपर्छा/ तब मात्र दुखि निमुखा हरु को बोलि खुल्न सक्छाकी/ भागेरा टाउके नेता को बोलि बोल्ने पत्रकारहरु कता छन् / केहि कुरै लेख्दैनन त / कति सम्म भ्रस्त्र पत्रकार र नेपाली संघथान हरु थुइक /

    Reply
  25. kedar says:
    July 24, 2013 at 12:11 am

    थुइक्क अ अ अ अ मानब खोल ओडेका दानबहरु, हिँसा र भिडतन्त्रमा रमाउने तिमीहरुको इहलिला पनी येसरी नै समाप्त होस् उतिखेर आर्मीले गोलि चलाएर किन तेत्रो मान्छे किन मार्नु परेको होला भन्थें, एस्तो जंगली भिड बस्दो रछ बेलबारीमा अनि किन पो नहानोस /

    Reply
  26. dilip k giri says:
    July 23, 2013 at 11:06 pm

    Two main suspects are already arrested by area police station belbaari.

    Reply
  27. rabindra shrestha says:
    July 23, 2013 at 10:57 pm

    सरकारले तत्काल कारबाही गर!

    Reply
  28. शरद-क्षितिज पारीबाट says:
    July 23, 2013 at 10:11 pm

    हाम्रा मुलधारे मिडिया र नेताहरुमा भिन्नता छैन भन्ने कुरा बेलबारी घटनाले पुष्टि गरेको छ !जसले यो घटनालाइ आफ्ना कहलिएका मिडियामा स्थान दिन योग्य ठानेनन तिनिहरु नेताको पायल्स र लुतोको बारे लेख्न व्यस्त छन् अहिले !

    Reply
  29. ganesh says:
    July 23, 2013 at 10:10 pm

    ति मोसो दल्ने लाई चाई अब सबै मिलेर किन फेरी मोसो नदल्ने???नेपाली समाज सामन्ती सोच र संकीर्ण विचारधारा बाट परापुर्ब कल बाट चलि आइरहे को ले एस्तो भए को हो यहाँ ठुलो बाट सानो अनी ठुलो जात भनौदो हरु बाट तल्लो जता लाई गरि आइरहे को दबाब अनि शोसन को प्रतिफल हो यो एस्तो सोच र संकीर्ण विचार धारा लाई जरै बाट निर्मुल नपारी यो देस मा सधै येस्तै हो ति समाज र समाज मा बस्ने मान्छे हरु लाई धिकार छ !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme