Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो

Posted on July 23, 2013July 26, 2013 by Salokya

jungalee

एक २३ वर्षीया दलित युवती सफाइ दिँदैछिन्। चारैतिर आफूलाई सभ्य भन्न रुचाउने तर व्यवहार हेर्दा पशुजस्ता समाजका सदस्यहरु छन्। आक्रोशमा छन्, केरकार गर्दैछन्। युवतीको कोही छैन। श्रीमान् पनि वैदेशिक रोजगारीका लागि बाहिर रहेछन्। आफूलाई स्थानीय एक युवकले जबर्जस्ती गर्न खोजेको उजुरी प्रहरी चौकीमा दिएकी रहिछिन् उनले। त्यो झुटो भन्ने दावी त्यो जंगली भिडको रहेछ। त्यही भिड जम्मा भएको ठाउँ ‘न्यायालय’ थियो। ‘वकिल’ केटाहरुले केरकार गरे। त्यही भिडले उनलाई दोषी ठहर गर्‍यो। अनि त्यही अमानवीय भिडबाट एक महिलाले कपाल लुछ्दै, लुगा च्यात्दै भक्कुमारसँग कुटिन् उनलाई। अरु महिलाले जथाभावी अपशब्दका साथ गाली गरे। कसैले उचाल्यो- यसलाई त कालो मोसो दल्नुपर्छ।


morang10
सुरुमा त भिडतन्त्रको न्यायालयमा यसरी केटाहरुले औँला ठड्याई केरकार गरेका थिए।

morang11
चारैतिरबाट घेरा हालेर प्रश्नमाथि प्रश्न।

morang1
कुटपिटले अचेत।

हस्। भिडतन्त्र जिन्दावाद !

बिचरी अबला नारी भूँइमा लडेकी थिइन्। धन्न कसैले माया गरेर एउटा रातो पछ्यौराले उनको जिउ ढाकिदिएको थियो। नत्र त उनी अर्धनग्न भइसकेकी थिइन्।

एकैछिनमा त्यहाँ जम्मा भयो कालो मोसो अनि फाटेका जुत्ता। न्यायाधीश भइखाएको त्यही भिडले आफ्नो फैसला सुनाइसकेको थियो- ती अबला दलित युवती दोषी नै हुन्। मोसो दलियो। फाटेका जुत्ताको माला पहिर्‍याइयो।

त्यतिले कहाँ चित्त बुझ्यो र। अब उनीहरु लागे स्थानीय ‘फाइट’ साप्ताहिकका कार्यकारी सम्पादक तथा दलित अगुवा मनोज विश्वकर्माको घरतिर। युवतीलाई प्रहरी चौकीमा जान सहयोग गरेको आरोपमा मनोजलाई पनि मोसो दलियो।

यो कुनै फिल्मको दृश्य हैन। हाम्रै नेपालको मोरङ जिल्लास्थित बेलबारी-३ मा सोमबार भएको वास्तविक घटना हो।

त्यसपछि के भयो त्यो पनि सुन्नुस्। त्यसरी कानुन हातमा लिएर मोसो दल्ने, दु्र्व्यवहार गर्नेलाई कारबाही होइन, प्रहरी चौकीमा आइन्दा गल्ती नगर्ने भन्दै मिलापत्र गर्न लगाए। सरकारी समाचार एजेन्सी राससले इलाका प्रहरी कार्यालयका निरीक्षक दिलिप गिरीलाई उद्‌धृत गर्दै लेखेको छ- ‘मोसो दल्नु मानवअधिकार विपरित कार्यभएको हो भन्दै पीडितलाई जाहेरी दिन सम्झाए पनि मानेनन्। दुवै पक्षले मिलापत्र गरेर गए।’

राससको समाचारमा भनिएको छ- प्रहरीका अनुसार दुई दिनअघि केही युवाहरूले पति वैदेशिक रोजगारमा गएकी ती युवतीलाई साँझ यौन दुर्व्यवहार गर्न खोजेका थिए। प्रहरीले छाडेपछि उनीहरूले आज सोमबार बिहान गाउँमा झुठो आरोप लगाएको भन्दै छलफल बोलाएका थिए। छलफलमा आएकै बेला महिलालाई उनीहरूले कुटपिट र गाली गर्दै मोसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका थिए।

घटनामा कसको दोष थियो, त्यो थाहा भइसकेकै छैन। महिलाले गलत आरोप लगाएको भए त्यो प्रमाणित हुनुपर्‍यो। प्रमाणित भएपछि पनि त्यसरी दुर्व्यवहार गर्न पाइँदैन। कानुन अनुसार सजाय हुन्छ। आफै न्यायाधीश बन्ने, आफै कानुन हातमा लिने भए किन चाहियो प्रहरी ? किन चाहियो न्यायालय ? के यो देशमा कुनै कानुन छैन ? कहाँ छन् मानवअधिकारवादी भनाउँदाहरु ? कहाँ छन् समाज परिवर्तन गराउँछु भन्दै हिँड्नेहरु ? कहाँ छ श्रीमान्‌को सरकार ? आचारसंहिता लागू हुनुअघि प्रहरी अधिकारीहरुको सरुवा बढुवा गरेर फूर्सद पाइसक्नुभएको भए यहाँ पनि एक पटक हेरिदिनुहुन्थ्यो कि गृहमन्त्री ज्यु। अब यो देशमा जसले जे गरे पनि हुने भइसक्यो हो ?

morang2

 

अबला नारी भूँइमा अलपत्र, पुरुषको भने पर्खालमा खुट्टा लत्रक्क।

morang3

 

कुटपिटपछि यसरी बजारिइन् युवती।

morang4

 

अमानवीयताको हद।

morang5

 

भिडतन्त्र।

morang6

 

भिडले गर्‍यो फैसला।

morang7

 

पिट्न सुरु गर्ने महिला यिनै हुन्।

morang8

 

भिडतन्त्रको अगाडि कसको के लाग्छ र।

morang9

 

लुगासमेत च्यातचुत पारे असभ्य जङ्गलीहरुले।

morang12

 

महिला र बालबालिकाको अगाडि भिडको फैसला।

घटनाबारे थप ब्लगहरु

बेलबारी बर्बरताः कसले के भने ?
बेलबारी बर्बरताः आखिर किन भएको रहेछ यो घटना ?
‘रत्‍नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता कान्ड
बेलबारी बर्बरताः छ जना पक्राउ, सातलाई मुद्दा
बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ?

198 thoughts on “बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो”

  1. Pingback: बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न « Mysansar
  2. som tamang says:
    July 30, 2013 at 3:20 pm

    आदरणीय दाजुभाई दिदि बहिनि हरुमा नमस्कार !
    हाम्रो देश नेपाल चार जात छतीस बर्न को साजा फुलबारी हो यो भनाइ प्रिथ्य्बी नारायण शाह को हो अब यो उपदेश पनि सार्थक छैन किन कि यहाँ दलित छुवा छुट राउटे मानब बीच नै पानि चल्ने र नचल्ने सस्कृती मौलायको छ यो आकैसौ
    सताब्धिमा पनि हामी दलित र जान जतिको कुरा उठाइरहेका छौ यो प्राहर यौटी महिला माथि को प्राहर
    होइन यो सारा नेपाली चेली हरुमाथिको प्राहर सम्झनु नितान्त आबशेक छ किन कि यौ ठाउँ मा औटी दलित महिलाको घटना नभयर राज्यमा हाली मुहाली चल्ने छेत्री बाहुन माथि यो घटना घटेको भय यस ले रातरात सहयोग पौथ्यो तेशाई ले यस्ता दानबिय गुण्ड हरुलाई राज्यले कानुन को दयारामा लायानु नितान्त आबश्यक छ नाभायामा यसमा सबै दलितहरु यक्जुट हुनु पर्छ मन परे पनि नपरे पनि हरियो

    Reply
  3. Prahar says:
    July 27, 2013 at 10:45 am

    महिलाहरुले पुरुसहरु सरह अधिकार माग्नु भन्दा पहिले महिलाहरुले महिलाहरुलाई सम्मान गर्न सिकाउनु आत्यवासेख छ. सासुले बुहारी सताउनु, नन्द जेठी सासुहरु मिलि बुहारी कुट्नु इत्यादी आती निन्दनिये कुरा हो.
    ति महिलालाइ कुट्ने महिलाहरु नेपाली महिला होइन तिनीहरुमा कुनै सस्कार, सभ्यता अनि मनबता भन्ने कुरा छैन ति त जंगलका नर्बक्छी पशुहरु हुन् अनि दायनहरु हुन् . यौटा महिला भएर महिलाको इज्जतको सम्मान गर्न नसक्ने सबै नारीहरुलाई तेसरी नै नांगै सडकमा घुमाउनु पर्छ . उनीहरुलाइ कठिन कारबाही गर्ने पर्छ. महिला आयोग आहिले सम्म के हेरी बसेका छन्. अनुराधा कोइराला यतिबेला कहाँ छिन् अनि मानब अधिकार बाढीहरु कहाँ छन् देश र जनताका खातिर लड्छु भनेर चुनाबको समयमा मात्त्र गाउ घर पस्ने ति परजीबी नेता तथा पार्टी प्रतिनिधि भनौदाहरु कहाँ छन् यतिखेर… बिदेसी $ पचाउन ब्यस्त छन् होला हैन त नत्र खै त तिनी हरु को जिम्मेवारी अनि नेतृत्व ????

    Reply
  4. सम्राट राई says:
    July 26, 2013 at 1:45 pm

    कस्तो अचम्म भयो बेलबारीमा गोरु हरु मात्र रहेछ बेलबारीमा तिनिहरुको चेली छैन किन दलेको कालो मुसो र किन लगाएको चप्पलको माला तिनिहरु मान्छे होईन पशु हो पशु ।।

    Reply
  5. Pingback: बेलबारी बर्बरताः कसले उकास्यो भिडलाई यस्तो गर्न ? « Mysansar
  6. samip33 says:
    July 25, 2013 at 6:17 pm

    सरकार नपुङ्सक भएपछि कसको के लाग्छ र। जबसम्म यो देशमा बाहुनवाद को अन्त्य हुदैन, तबसम्म् यसरि नै अन्य जाति या वर्गको उपहास भैनै रहन्छ।

    Reply
  7. sapana says:
    July 25, 2013 at 4:18 pm

    धिकार छ ,एउटा मानिसको रुप मा तिमीहरु बाच्नु,आब आफै आ आफ़्फ़्नो अनुहारमा थुकेर मसो दलेर तिमीहरुले गरेको अपराधको भत्सना गर.सामुहिक सुसाइड गरेर फेरी संसार मा एस्तो नहोस भनेर डेथ नोट लेख…………जंगली

    Reply
  8. robin says:
    July 25, 2013 at 11:31 am

    एक जना कुहिएको आलु ले पुरा बोरा लाई कुहियाउछ | त्यो केटि को चरित्र पनि खासै राम्रो पाऎन मैले त | जे भए पनि केटि जाति लाई तेस्तो पाशाविया व्यबहार गर्नु त नहुने

    Reply
  9. Pingback: बेलबारी बर्बरताः दर्जन दलित संस्था आजदेखि देशव्यापी आन्दोलनमा « Mysansar
  10. Pingback: बेलबारी बर्बरताः पीडितको मुखबाट सुनौँ भएको के ? « Mysansar
  11. Anil Chapagai says:
    July 25, 2013 at 5:10 am

    बाहुन कि छोरि ले एस्तो आरॊप लगाएको भए र सो अरॊप प्रमाणित नभएको भए यो समाज ले एक बन्द कोठा मा सामसुम पर्दथ्यो. यो त दलित ले गरेको अनि बेलबारीका बाहुन कुमाई जागे पछि कसको के लाग्छ?
    आखिर देश बाहुन कुमाई हरुको न हो दलित ले न्याय कहाँ पाउछ र ?
    पुलिस पनि बाहुन, समाज सबै बाहुन देश नि बाहुन को.
    मनबता पनि बाहुन को मात्र दलित ले कहाँ पाउछ

    Reply
  12. suresh kumar limbu says:
    July 25, 2013 at 12:07 am

    यो नेपाली समाजमा भएका अन्धकारलाई कहिले हटाउने होला सानो जातिको भनेर अपहेलना गर्ने ……………….अफ ………………..अफ …अफ……..

    Reply
  13. Anjali Thapa says:
    July 24, 2013 at 11:32 pm

    what is the use of law if people do all these things,

    Reply
  14. Bishnu Singh says:
    July 24, 2013 at 10:45 pm

    यस्ता नारिलाई यातना दिने नारिका कारण सम्पुर्ण नारी समाज बद्नाम भएको छ । पुरुषले सरस्वति, लक्ष्मी, भागवती भनेर सम्मान गरेको नारिले आफनै प्रतिमुर्ती प्रती यस्तो राक्ष्सी कार्य गर्दा नारी समाज किन मौन बसेको ? किन कानुन लागु गर्ने निकाय लाई द्बाब नदिएको ? नारिले चलाएको एनजिओ सिर्फ मागी खाने भाडो मात्र हो ? तीनले केहि गर्नु पर्दैन ?

    Reply
  15. Ganga B.K. says:
    July 24, 2013 at 9:01 pm

    एउटा महिलाले आफुलाई मर्का नपरीकन कसैलाई आरोप लगाउछ, आफ्नो इज्जत हुदैन । त्यो त बुझ्नु पर्ने हो नी ती लुगा च्यात्ने, कुट्ने, आरोप लगाउने र पछार्ने महिलाहरुले, आफुलाई परेको भए थाहा हुन्थ्यो । त्यसैले भन्छन नि महिलाको दुस्मन महिला नै हुन्छ भन्थे । यो प्रकृतिले साच्चै देखायो । त्यसैले यी लुगा च्यात्ने, कुट्ने, आरोप लगाउने र पछार्ने महिलालाई हदैसम्मको सजाय हुनै पर्छ । होइन भने यी बदमासहरुलाई अरु सचेत नागरिकहरुले कार्वाही गर्नै पर्छ की कसो त साथी हो ?

    Reply
  16. bikas says:
    July 24, 2013 at 8:28 pm

    नारी हुँदैमा सबै सोझो हुँदैन पैसाको लागि वा कुनै केटाले यौन शोषण गरिरहेको केटालाई blackmail गर्न थालेकोले यस्तो घटना घटेको पनि हुन सक्छ

    Reply
  17. Chhannu Ram says:
    July 24, 2013 at 7:31 pm

    लेख्नु नै के जरुरि छ र ? यहाँ त तस्बीर आफै बोलेको छ ! यौटा सिंगो समाज नै पशु सरह देखियको छ !

    Reply
  18. Madhu says:
    July 24, 2013 at 6:03 pm

    एस्त किसिम को घटना सम्बन्धित निकाय जस्तै राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग तथा सरकारी निकायले ध्यान दिनु पर्चा….

    Reply
  19. min pariyar says:
    July 24, 2013 at 5:37 pm

    दलित माथि को अत्याचार यो कुनै नौलो होइन यी भन्दा पनि कति कति जघन्य अपराध सहेर बसेका छन् नेपाली भुमि मा दलित हरु ले…. यसमा कतिपय प्रहरी प्रसासन नै जानबुझ मौन बस्नाले झन् मलजल पुगेको छ आज को २१ओउ सताप्दी मा नेपाल का कतिपय गैरदलित हरु नेपाल त परै जाओस युरोप अमेरिका मा सुद्ध छोइछिटो को बारना गरको पाइएको छ. जब सम्म मान्छे ले मान्छे लाई चिन्न सक्दैनन् तब सम्म यो प्रकिया सकिदैन

    Reply
  20. Amit TMG Singer says:
    July 24, 2013 at 5:15 pm

    Nepal ko कानुन कम्जोर भाको ले होनी हेल्लो सरकार कृपया यस्तो घटना तिर पनि धियाना दिने होकी………………………….?????????????

    Reply
  21. Khyam raj Lamichhane says:
    July 24, 2013 at 5:11 pm

    यतार्थ बुझेर अन्यया गर्ने लै कडा भन्दा कडा सजाय दिनु पर्छ र पिडित लाई उचित राहत दिनु पछ..
    बेकुपी हरु लाई फासी को सजाय हुनुपर्छ

    Reply
  22. Khyam raj Lamichhane says:
    July 24, 2013 at 5:07 pm

    यतार्थ बुझेर अन्यया गर्ने लै कडा भन्दा कडा सजाय दिनु पर्छ र पिडित लाई उचित राहत दिनु पर्चा .

    Reply
  23. Shree Ram KC says:
    July 24, 2013 at 4:35 pm

    बाहुनबादको चरम पराकाष्ठा \

    Reply
    1. Sujit Luintel says:
      July 24, 2013 at 10:13 pm

      बाहुनबाद भन्ने चै यो सताब्दिकै “racist” हो जस्तो लग्यो मलाई .. जसले यो कुकार्य गर्यो सजाय अबस्य हुनु पर्छ…दलित जति लै येसरी हेप्ने लाई कडा भन्दा कडा सजाए हुनु पर्छ … यो सबैको माग हो तर बीच मा बाहुनबाद भन्ने मेरा मित्र ले चै २-४ अक्षर पढ्नु अनि बोल्नु राम्रो होला . जाती बिसेष लाई येसरी भन्दा तपाई मित्र पनि येहा का सोशक भन्दा कम पर्नु भएन !!!

      Reply
  24. gayatri says:
    July 24, 2013 at 4:07 pm

    हाम्रा समाज कति निर्दाही छ . कहाँ गए so called “feminist” ??? अनि तमासा हेर्ने पुरुष हरु के हिजडा हुन्?? प्रहरी प्रसासन खै?

    Reply
  25. Prem says:
    July 24, 2013 at 2:19 pm

    एउटा महिला माथि बलात्कारको प्रयास गर्ने अपराधीहरुको दिदीबहिनी तथा आमा र श्रीमतिहरुले पिडित महिलालाइ सहयोग गर्नुको सट्टामा आफै यस्तो बर्बर याताना दिन स‌लग्न महिलाहरु माथि नै बलात्कार भएको भए अनि मात्र ति पिडित महिलाको पीडालाइ महशुस गर्थे होलान् ।
    पिडित महिलाको पक्षमा न्याय होस र ति अपराधीहरुलाइ हदैसम्मको कारवाही हुनुपर्छ ….

    Reply
  26. Binaya khakural says:
    July 24, 2013 at 2:15 pm

    श्रीमानको सरकार कानुन भन्दा माथि हुदा रहेछ खै के खै के ?

    Reply
  27. Anup Paudel says:
    July 24, 2013 at 2:09 pm

    बास्तबिकता क हो कसैलाई थाहा नभैकन कै बोल्नु त सारै पाप हो हजुर … यहा उपस्थित सबै जना ले तर्क हरु त दिनु भो तर मा क भन्छु भने यो सर गलत हो … पहिले कसको गल्ति हो तिओ नारी को हो या तिओ पुरुस को … तिओ जाने पछि मात्र को दोषी हो भन्न सकिन्छ हजुर …. येदि तिओ नारी दलित दोसी रैचे भने, पक्कै तेस्को गल्ति हो र कति प्या कुरा मा कानून भन्दा पनि गाउले स्तर बताई सजाय हुनु पर्छ … ता की फेरी पनि तेस्तो दुस्साहस अरुले नगरोस … पोलिस को मा गयो भने बेकार को झमेला र २-४ सय जरिमाना तिरौचा सक्यो … सो तै भयर सजाय त गाउले स्तर बताई देयाको ठिकै हो तर पहिले गल्ति कसको भन्ने थाहा नभैकन सजाय दिनु पूर्ण तय गलत हो … येस्मा मेरो पनि सहमति छ …
    हाहाहाअहाअहाआ ……….

    Reply
  28. Arjun Kumar Rai says:
    July 24, 2013 at 12:21 pm

    खाली बेलबारी मा येस्तै घटना मा बलात्कार गर्ने नै कानुन भन्दा माथि हुदा रहेछन खै के भन्ने गल्ति लाइ महसुस गर्नु पर्ने हो ?

    Reply
  29. Pingback: ‘रत्‍नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता कान्ड « Mysansar
    1. neema sherpa says:
      July 24, 2013 at 2:27 pm

      के दलित चै मान्छे होइन र? नेपाली होइन र? उसलाई बाच्ने समान अधिकार छैन र? के हो यस्तो? जो कोहि होस् यस्तो अन्याय गर्ने लाई सजाय होस् … पिडित लाई न्याय मिलोस.

      Reply
  30. gulshan says:
    July 24, 2013 at 9:46 am

    थुक्क हिजडाहरु एउटा महिला लाई यत्रो हिजडाहरु र समलिंगी महिला हरुले कुटेको
    अलिकति पनि दया आएन तिमीहरुलाई.यो दशा तिमीहरुले पनि बेहोर्नु पर्छ .

    Reply
  31. Saluke Bhattarai says:
    July 24, 2013 at 9:31 am

    No words to condemn this incident- fully against human civilization and the person involved in the incident are not human/mankind. Regardless of anything, the culprits must get punishment and the victim girl needs to get justice……….Where are other community people ans state agencies while such an incident was happening in one of the major markets along the East West Highway of Nepal. How can people from other remote regions/areas feel secure in such situation?

    Reply
  32. Madan Bhattrai says:
    July 24, 2013 at 9:23 am

    जे भयो त्यो खेदपुर्ण छ। तर यसलाई दलीत माथीको दुर्ब्यभार भनेर बिभेद नगरियोस्।
    दोशी सम्पुर्णलाई कार्बाही गरिनुपर्छ।

    Reply
  33. Pari says:
    July 24, 2013 at 3:35 am

    This is absolutely heartbreaking. These people has gone way too far. Nobody has got right to humiliate someone in the the name of caste. Before doing this, why can’t these so called humanbeings be empathetic?? They should get the same punishment, then only they will realise the pain!!!!

    Reply
  34. राज बिर टोमता (गुल्मी ) says:
    July 24, 2013 at 2:13 am

    यो घटनालाइ बुझ्दा खेरि दलित र गैरदलित मा अन्तर गरेर त्यो भिडले एस्तो अमानवीय कार्य गरेको हुनु पर्छ , जुन भिडमा गैर दलितको मात्र सहभागिता रहेको थियो होला भन्नाले बहुमत थियो होला र बहुमतको अगाडी अनि भिडको अगाडी कसको के लाग्छ र ? तर ति नर पिसाच हरुलाई छानबिन गरि सजाए अवश्य हुनु पर्छ ,नत्र नेपालकी फुलन देवी ( bendid queen ) को जन्म पनि हुन सक्छ ……………………

    Reply
  35. nawaraj says:
    July 24, 2013 at 12:33 am

    ल हेर नयाँ नेपाल अनि हाम्रा नेता भनौदा हरुले भनेका लोकतन्त्र र गणतन्त्र मैले त येसोरिनै बुझेको छु तपाई हरुले कसोरी बिझ्नु भयको छ?

    Reply
  36. Deepak Koirala says:
    July 24, 2013 at 12:11 am

    This happens if a country is policed by losers who have pride on cutting hair of the innocent people walking on the street. If you call yourself police I dare you to arrest those bastards who carried out this heinous and outrageous act of inhumanity.

    Reply
  37. jacky says:
    July 24, 2013 at 12:02 am

    एस राजु गी तपाइको लेख थोरै भनि यो मामलामा निकै मार्मिक ६.मुर्ख हरुले मात्र हिन्दु धर्मलाई गलत परिभासा गर६न.यो धर्म जस्तो परोपकारी अरु कुनै ६इन यो त बुज्नेलाई सिरिखंड नाबुज्नेलाई खुर्पाको विद जस्तै हो .अहि धर्मलाई त्यागेर बिदेसी नक्कल गरेर हिड्ने अनि hindu धर्म ठिक ६इअन वन्नु उचित हुदैन .हिन्दुले कहिलै जत्वत को बर्णन गरेको ६इन.बरु यसले त सबैको वास्तागारी सहिबतोमा हिड्न सिकायको ६.त्यो भुज्नु जरुरि हुन६ पहिले कुनै पनि धर्मलाई गलत देखौनुभंद.?प्रसङ्ग हो ति अबला नारीको ,हाम्रो समज्नै त्यस्तै ६ किनावाने हाम्रो देसमा कानुन बेचबिखन हुन६ ,जसको सक्ति उसको bhakti भन्ने अझै kayamnai ६ .जहासम्म मलैलाग्छा जतित्यो,को त कुरैहुदैना यो २१स्त सताब्दिमा र गर्नुपनि हुदैन.संसारमा दुइ जाति मात्र हुन६ त्योहो पुरुस र महिला बस त्यतिमात्र हो ,adarinya दाजुभाई मेरो मतलब ke भने हामी सबै नेपाली हो हाम्रो आफ्नै पहिचान ६ ,जतित्यो,धर्म मा बहस गर्नुभन्दा हाम्रो त्यो कुरीति समाजमा मानवताको ज्ञान छर्दै जाउ, ज्ञान नाभायाकलाई ज्ञानको दिप बल्दै जाउ ,१ दिन २दीन गर्दागर्दै सबैमा आप्सेआप यो कुरीति,अन्धविश्वास .ज्जत भात ,कु विचार नस्ट हुदै जने६.पीधित दिदीबहिनी हजुरलाई भगवान्ले न्याय दिने६न ,तपाइको जयजहोश ….

    ,

    Reply
  38. puru says:
    July 23, 2013 at 11:57 pm

    अधर्म , अत्याचार जहा कानुनको खोस्टो मात्र छ त्यो हो हाम्रो देश नेपाल ,

    Reply
  39. rohan vicram singh says:
    July 23, 2013 at 10:23 pm

    जुनसुकै जातजाति वा महिला पुरुष जो सुकै भएपनि तिनीहरुमाथि अन्नाय हुन्छ भने अपराधीहरुलाई कारवाही हुनुनै पर्छ!
    बेलबारी मोरंग कि ति महिलामाथि दोहोरो अन्नाय भएको छ! एउटा बलात्कारको र अर्को कुटपिटको!
    अति नराम्रो घटना हो यो! प्रहरी,प्रशासन, पत्रकार, महिला अधिकारवादी र नागरिक समाज सबैको प्रयासमा दोषीहरुलाई कारवाही भएको र पिडित महिलालाई कानुनी र आर्थिक न्याय प्रदान गरिएको समाचार चाडै सुन्न पाइयोस!

    Reply
  40. Tirthalal Shrestha says:
    July 23, 2013 at 10:05 pm

    एस्तो र एस्तो किसिम को घटना घटाउनु , घट्न लगाउनु को मुख्य कारण राज्येको प्रसासन हाक्ने प्रसासकहरुले झुट्ठा कुरा लाई प्रसावा (मान्न्येता) दिने र दिन लगाउने, अनि दोसी ठहराएका लाइ पनि कारवाई नगर्दा, ले गर्दा हो……

    Reply
  41. Sam says:
    July 23, 2013 at 10:00 pm

    दोषीलाई कारबाही होस्

    श्याम गिरी

    USA

    Reply
  42. dilip gurung says:
    July 23, 2013 at 9:56 pm

    फोटोहरुमा सब देखिन्छ सबुत प्रमाणहरु| यी जंगलीहरुलाई कानुनि कारबाही गरिएन भने यसले के साबित गर्छ?

    Reply
  43. jitendra bikram singh says:
    July 23, 2013 at 9:51 pm

    यस्तरी भिडले कानुन हातमा लियर यौटी अबलालार्र कुटपिट गरेर बेहोस बनाउनु त् फोज्दारी अपराध हो/ फौजदारी अपराध कसैले गरे तेस्को बादी राज्य हुन्छ र मिलात्र गरेर यस्तो अपराधीलाई उन्मुक्ति दिनु गलत हो/ माथि उल्लेखित घटना ककसले कुट पिट गरेको स्पस्ट देखिन्छ र तिनीहरु सबैलाई कार्यवाही गरिनु पर्थ्यो/

    Reply
  44. नबराज पन्थी says:
    July 23, 2013 at 9:38 pm

    महिलाको सत्रु महिला नै हुन् भन्ने कुराको पुस्ठी यो न्युजमा भएको भिडियो हेरे पछि थप प्रमाणित गरेकोछ यदि ती महिलाले बलत्कार को झुटो आरोप लगाएको भए प्रमाणित गरि कानुनि सायता लिएको भए अति राम्रो हुन्थ्यो तर आफै कानुन हातमा लिएर अपशब्द बोल्दै कालो मोसो दलेर मरासन्न हुनी गरि कुट्नु दुखद कुरा हो त्यो घिनित कार्यमा सहभागी महिला दिदीबहिनीहरुले एकापाली ती पिडित महिलाको ठाउमा आफुलाई राखेर सोच्नु त पुरुष साथीहरु को केरकार पनि दुखद छ कतै तपाइ का आमा दिदि बहिनि श्रीमती भएको भए त्यसै गरि उदासिन बनेर तमासा हेर्न सक्नु हुन्त्यो र ?

    Reply
  45. Eka Raj Agasti says:
    July 23, 2013 at 9:29 pm

    मुल्धारे मिडिया मा यो समाचार किन न आएको होला ? बुझिनसक्नु को कुरो त यो पो छ त? कतै कान्तिपुर, नागरिकन्युज का स्थानिय सम्बाद्दाता का परिवार नै यो घटनामा संलग्न छन कि के हो?यो ठुला ठुला भनाउदा संचार माध्यामका संचार कर्मी हरु प्राय मोरङ, सुनसरी, झापा तिरकै धेरै छन,पक्कै इन्कै परिवार संलग्न भएकै ले यो समाचार न आएको होला अनी प्रहरी मा पनि एत्रो केस लाई मिलापत्र मार्फत मिलाइएको होला जस्तो लाग्यो।

    Reply
  46. gajendra says:
    July 23, 2013 at 9:26 pm

    महिलाको सत्रु महिला नै हुन्छ, vanne कुरा देखौन खोजेको हो है साथी हो……..

    Reply
  47. Cesar says:
    July 23, 2013 at 9:10 pm

    हाम्रो नया नेपाल | हामी आफैले छानेको हाम्रो नया नेपाल |

    Reply
  48. Ujjwal says:
    July 23, 2013 at 8:54 pm

    खिरारे सरकारमा एस्तो घटना? हैन , खिरारे चुनाव पछि ( भयो भने) सिधै जेल पस्ने जस्तो छ?
    खिरारे सर्ब श्रेष्ठ हुदा त एस्तो अन्याय हुने देसको के आशा राख्नु?

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 23, 2013 at 10:56 pm

      अहिले पनि नेपालको बेलबारीमा नरभक्षी हरु पाइँदो रहेछन है ? अहो यस्तो ठाउँमा त थुकेको थुक पनि नपरोस ! ति अपराधि हरुलाई आजीवन काराबास हुनु पर्छ ! तर सबैले विचार गरौँ यो ठाउँमा जानै परे पनि पूर्ण सुरक्षित भएर जाउँ तर कथाम कथाचित यहाँ आफ्ना छोरी चेलीलाई नपठाउँ यो ठाउँको समाजलाई थुके पनि आफ्नै थुक अशुद्द हुँदो रहेछ !

      Reply
  49. raj kumar bk says:
    July 23, 2013 at 8:42 pm

    थुक्क २१औ सताब्दिका मोरंग का मुर्खहरु …….

    Reply
  50. Rajan says:
    July 23, 2013 at 8:36 pm

    साथीहरु हिन्दु धर्म नै त हो नि एस्तो कुरो सिकाउने, यो कुरो तितो चै लाग्ला तर यो धर्म को मनुस्मृति ले पनि महिला लै ढोल संग तुलना गरेको छ, जति बजायो उति राम्रो बज्ने अर्थात् उनि हरु लाई पिटी रहनु पर्छ, दबाई रहनु पर्छ, यो धर्मको अझ डर लाग्दो पक्ष भनेको बर्नास्रम अर्थात् जात बिभाजन नै हो, पानी चल्ने र नचल्ने जात. हेर्नुस त यो सबै मेडियाले समाचार लेखेन, न त त्यो पत्रकार महासंघले नै कै बोल्यो, यो त देख्न सकिन्छ नि किन मेडिया मा यो समाचार आएन भनेर. एउटा मानबियताको सम्मान पनि गर्न नजान्ने यो नेपाली मेडिया, थुइक्क !

    Reply
    1. Anil says:
      July 23, 2013 at 9:52 pm

      जे कुरालाई पनि धर्म संग नजोडऔ न साथी.

      Reply
    2. कविराज says:
      July 23, 2013 at 10:31 pm

      राजन,
      जुन महिला लै अन्याय भयो ति महिलालाई उचित न्याय दिनु पर्दछ. राज्य, समाज र तिमि जस्ता व्यक्ति हरुले आवाज उठाओ र न्याय दिलाओ. सक्दैनौ भने एक कुरालाई अर्को तिर मोडेर स्थिति लै अझ नाजुक नबनाओ.

      हिन्दु धर्मलाई यहाँ दोष दिनु सरासर गलत हो. हिन्दु धर्मले कहाँ एक महिला माथि नराम्रा क्रियाकलाप गर्न खोज्नु, न्याय नदिनु, कुटपिट गर्नु भन्दछ? महिलाको रक्ष्या त प्रमुख कर्तब्य याने कि धर्म हो. वेद जुन अनुसार हिन्दु धर्म बन्यो त्यसले छुवाछुत त भनेन. मनुस्मृति जुन धार्मिक भन्दा पनि त्यस समयको कानूनी किताब थियो त्यसले वर्णको कुरा गर्दछ तर छुवाछुत को कुरा गर्दैन र ज्ञान हासिल गरेर वर्ण परिवर्तन गर्न प्रोत्साहन दिन्छ. जो कोहि पनि पढेर ब्राह्मण हुन सक्दछ भन्दछ. इन्टरनेट चलाउन जान्ने ले गूगल मा खोजे धेरै कुरा सित्तैमा पढ्न पाइन्छ. के लेखेको छ भनेर पहिला आफै पढौ अनि बल्ल कमेन्ट गरौ. यदि लामो किताब पढ्न मन छैन भने आदि शंकराचार्य को मनिष पंचकम ( जम्मा पाँच श्लोक पढे पनि हुन्छ) हिन्दु धर्म को बारेमा जान्न.

      अमेरिकामा गोरे ले काली लाई अन्याय गर्यो भने के क्रिस्तान धर्म लाई दोष दिउ? अफ्रीकाको lords resistant army ले दिनहु बलात्कार गरेको समाचार आउछ के क्रिस्तान लाई दोष दिउ, कि येमेन मा refugee हरुलाई बलात्कार गर्ने सिपाही भएका ले इस्लाम लाई दोष दिउ?

      Reply
    3. bibek dhakal says:
      July 24, 2013 at 6:58 am

      म आफै हिन्दु धर्म मा विस्वास त् राख्दिन तर पनि माथि को घटना चाही हिन्दु धर्मको अतिवादको कारण भाको जस्तो लाग्दैन!

      Reply
  51. Kunsang says:
    July 23, 2013 at 8:31 pm

    किन जाग्दैनन दलितका संघ सस्थाहरु जहाँ डलर त्यहा बलर? यो हुदैन अब जाग्नु पर्छ पुरै शक्ति लाग्नु पर्छ कति किन अन्याय सहने? सहनेको पनि सिमा हुन्छ अब त सिमा नै नाघी सक्यो अब यसरी हुन्न जसरि कम्लरी चेलीहरुले सिंहदर्बार घेरे त्यसरी घेर्नु पर्छ दलित महिला र महिला अधिकारकर्मीहरुले. अब जाग उठ जित तिम्रो हो माने कि सत्यको जित हुन्छ उठ जुरुक्क उठ

    Reply
    1. Rajan says:
      July 23, 2013 at 9:34 pm

      यो दलित मात्र जाग्ने भएर हो, गैर-दलितले पनि यो कुरोलाई उठाउने र यो सामाजिक विभेदको बिरुद्दमा उभिने हो भने बल्ल कै हुन सक्छ, नत्र केहि हुन्न, दलितहरुलाई कसले साथ् दिने? कसैको ह्याउ छैन, छ?

      Reply
  52. Raju Rana - Mahendra says:
    July 23, 2013 at 8:29 pm

    सबै भन्दा ठुलो बलात्कारी पुलिस प्रशासन नै हो —पिडित लाई राहत दिनु को सात्तो उल्टै पिडा दिने नेपालका पुलिस प्रशासन मा आमुल परिबर्तन नाल्यासम्मा केहि हुने वाला छैन

    Reply
  53. Akash says:
    July 23, 2013 at 8:27 pm

    ति अवला लै पिट्न सुरु गर्ने महिला को चै पहिचान गरेर नांगै चोक परिक्रमा गराउनु जस्तो भो मलाई त अनि था पौने थि दुस्ता दानाब !

    Reply
  54. Deep says:
    July 23, 2013 at 8:10 pm

    This sort of evil act must end ……

    Reply
  55. bibash says:
    July 23, 2013 at 8:04 pm

    श्रीमान प्रहरी इन्स्पेक्टर ज्यु , यदि कारबाही गर्न सक्नु हुन्न भने किन त्यो फुली र बर्दी लगाएर राष्ट्र को तलब खाएर बस्नु हुन्छ !यत्रो फोटो आउदा पनि केहि गर्न सक्नु हुन्न भने
    धिक्कार छ तपाई जस्तो राष्ट्र सेवकहरु लाई!

    Reply
  56. PURNA PRASAD KHATIWADA says:
    July 23, 2013 at 7:54 pm

    एउटा दलित महिला माथि भयको दुखत अनि बर्बर पूर्ण घटनाको बिरोध गर्दछु | कुरा नबुझी जंगली जसरि यौटा महिला लाइ सबै जना ले मिलेर कुटपिट गर्ने माथि कारबाई हुनुपर्छ | गल्ति कसले गरेको हो , त्यसको सत्य तत्य बाहिर आइहाल्ने छ |

    Reply
  57. Sushil says:
    July 23, 2013 at 7:47 pm

    कानून नभएको देश ! जसले जे गरे नि छुट छ .

    Reply
  58. chatur rai says:
    July 23, 2013 at 7:42 pm

    ढिलो गरि यो लेख पढ्न पाए, म यति क्रूद र दुखित छु .यी अन्य गर्ने हरुलाई सिधै…

    Reply
  59. dharmendra says:
    July 23, 2013 at 7:27 pm

    मान्नुस या नमान्नुस एस्तो अराजकता ,अमनाबियेता , जंगली पनको उत्पादन माओबादी हो

    Reply
    1. Milan Rana says:
      July 23, 2013 at 11:00 pm

      ल हेर एसको कुरा || येस्तै त हो नि देश बिगार्ने, समाज बिगार्ने | मनबता को कुरा गर्नु त कता हो कता माओबादी भन्न थाल्यो | सबै पार्टी हरु लै येउतै अचानो मा राखेर थिच्न पर्चा | होइन के छ तिम्रो दिमाग मा |

      Reply
  60. Prince says:
    July 23, 2013 at 7:08 pm

    अतिनै लाज मर्दो कुरो !!! बेलबारी टाढाको बस्ति हैन, यो हाम्रो गाउ समाजको एउटा उदाहरण हो |
    कुरो अब दोषी र निर्दोषीको मात्र रहेन, कुरो सहि र गलतको मात्र नि रहेन … कुरो कानुन र प्रसासनको हो | जाह कानुन र प्रसासन दरो हुन्छ त्या एस्तो हुन्न |
    भिडमा मान्छे मान्छे हुन्न… नरपिचास बन्छ … अनि नरपिचास लाई सजाय दिन पर्छ … अब भिडको नाम मा कसैई छोड्नु हुन्न … यो भिडका सबै सज्जन ( बास्तब मा खराब ) लाई सजाय दिनु पर्छ … कडा भन्दा कडा जस्ले गर्दा भोलिको अर्को भिडले १०००००० चोटी सोचोस् एस्तो कुकृति गर्नु अघि !!!

    अन्तिममा : गलतकुरा गर्नु नि हुन्न सहनु नि हुन्न र टुलुटुलु दर्शक भएर हेर्नु नि हुन्न … सक्नु हुन्छ प्रतिकार गर्नुस सक्नु हुन्न प्रतिकार कसरि गर्ने भनेर सोच्नुस अनि प्रतिकार गर्नुस !!

    Reply
  61. shrada says:
    July 23, 2013 at 6:43 pm

    दलित आयोग अनि $ खेती गर्नया हरु कता गयो यो देश कानुनी राज्य हैन कान नसुन्न खोज्ने हरु को हो $ खेती गर्दै मुदा लाई किनरा मा हैन अब आन्दोलन र क्रन्ती हामी बाट हुनुपर्छ अनि नुन चुक चन्छ अनि मात्र हुन्छ गुन्द्रुक हरु लाई नामारी सुख नाइ छैन यो मुलुक्मा

    Reply
  62. Tenzing Gaba says:
    July 23, 2013 at 6:05 pm

    समाचार पढ्दा पनि लज्जाबोध भयो
    त्येस्तो कुकर्म गरेर पुरुषार्थ गरे भन्ठान्नेहरुलाइ मलमुत्रका किरा भन्दा तुच्छ फोहोरहरु हुन् र त्येस्ता फोहोरको ब्यबस्थापन अति आवस्यक छ|
    (जनावर-पशु-कुकुर-गधाको नामले त्यी कसिंगर हरुलाई सम्बोधन नगरौ )

    Reply
  63. अनिल says:
    July 23, 2013 at 5:29 pm

    मा जुन सब्द ले त्यो भिडलाई गाली गर्न चाहन्छु त्यो सब्द मा येहा बेक्त गर्न सक्दिन. किनकि मा त्यो भिड जस्तो जंगली छैन !!!.

    Reply
  64. yam pun says:
    July 23, 2013 at 5:10 pm

    घटनाको बारेमा पढी सके पछि म पनि मर्माहित भएको छु! दलित महिला माथि मेरो आत्मिय सहानुभूति छ! दोषीलाई बढी से बढी कारबाही हुनुपर्छ भन्ने पक्षमा छु!
    सायद, मेरो समाजमा छुत र अछुत भन्ने खाडल नखनिएको भए आज यो घटना हुदैन थियो होला! जुन वर्गले यो खाडल खन्यो, त्यहि वर्गले आज पनि त्यहि खाडलको नाममा अन्याय, अत्याचार, थिचोमिचो, दमन अनि सांघातिक आक्रमण गरिरहेकोछ र यस कुराको अन्त्य नभए सम्म सभ्य समाजको निर्माण कसरि होला र???

    Reply
  65. Hari Gautam says:
    July 23, 2013 at 5:03 pm

    सुन्दा पनि आंगनै जिरिङ्ग भएर आउछ ! अमानबियता को पराकास्ट नै नागेको छ यो घटनाको विवरण बुझ्दा अनि जान्दा | हाम्रो नेपाल मा कहिले ऐनकानुन लागु होला || दोषी छुट्याउने काम त प्रसासन को पो हो त >>>>>

    Reply
  66. arjun thapa says:
    July 23, 2013 at 4:47 pm

    बस्ताब मा ति आरोपित युवा अब निर्दोस भएपनि निर्दोस मान्नु हुदैन यस्ता पशु लाइ नेल र जेल हैन फाँसी नै उत्तम हो र त्यो सारा समाज ले गल्ति गरेको हो त्यो समाज का सबै ले माफी मागेर पश्चाताप गर्नु पर्छ ! कति सम्म गिरेको हो हाम्रो समाज एउटा पशु यति हद गिर्दैन मानब हु भन्ने सभ्य हुँ भन्ने पशु हरु ले नै सिंगो पशु को पनि अपमान गर्यो आज म मान्छे हुँ र पुरुष हुँ भन्न पनि सरम लाग्ने बनाए यस्ता समाज का भर् सर त्यो गाउले लाइ कारबाई हुनु पर्छ अनि बल्ल त्यो निर्दोष चेली को सम्मान हुन्छ कि

    Reply
  67. Basanta says:
    July 23, 2013 at 4:29 pm

    किन फुल्लन देवीहरू जन्मंचन भनेको त एस्तो कुरा ले पो रहेछ त.

    Reply
  68. Gaman Acharya says:
    July 23, 2013 at 4:22 pm

    महिला हरुले पुरुस हरु सरह अधिकार माग्नु भन्दा पहिले महिला हरुले महिला हरुलाई संमान गरन सिकाउनु आत्यवासेख छ. सासु ले बुहारी सताउनु, नन्द जेठी सासु हरु मिलि बुहारी कुट्नु इत्यादी आती निन्दनिये कुरा हो.
    ति महिला लै कुट्ने महिला हरु नेपाली महिला होइन कि जंगल का नर्बक्छी पशु हरु हुन्. उनीहरु लै कठिन कारबाही गर्ने पर्छ. महिला आयोग आहिले सम्म के हेरी बसेका छन्. बिदेसी $ पचौना बेस्ट छन् होला.

    Reply
  69. suman says:
    July 23, 2013 at 4:21 pm

    कठै यस्तो नि दिन देखन पर्यो…होइन यी जनता भनौदाका बुद्धि चै कहाँ चर्न गए हो…जसरि भए नि ति महिला दिदिलाई न्याय दिलाउन पछ ………….

    Reply
  70. robin says:
    July 23, 2013 at 4:17 pm

    मलाई यो समाचार सम्प्रेषण नै गलत तरिका ले गरिएको जस्तो लग्यो | दलित को मुद्दा उठाउने अभिप्राय ले नै समाचार लेखिएको जस्तो लाग्यो | येदि यो घटना साचो हो भने मेरो सम्पूर्ण सद्भावना छ त्यो दलीत महिला लाई, तर अर्को कोण बाट हेर्ने हो भने, त्यो महिला साचिकै चरित्रहीन हुन हो भने, त्यो महिला ले सचि नै कानून को फाइदा उठाएर बलात्कार को जुठो आरोप लगाएको हो भने, त्यो युबक निर्दोष हो भने , त्यो युबक ले न्याय कसरि पाउने?

    Reply
    1. manish says:
      July 23, 2013 at 4:54 pm

      कुरो जे भए पनि त्यसरी कुट्न र बेइजज्त गर्न पाइन्न |

      Reply
    2. Jas says:
      July 23, 2013 at 5:32 pm

      महिलाले गल्ति गरेको भएपनि सजाय दिने तरिका त मिलेन नि…. कि कसो

      Reply
    3. Tenzing Gaba says:
      July 23, 2013 at 6:12 pm

      रोबिन जी
      आरोपित युबक निर्दोस नै हो भने कानूनी उपचार खोज्नु पर्ने थियो,
      त्येत्रो भिड जम्मा गरि आफै कानून बनाएर आफै सजाय दिन सक्ने व्यक्तिलाइ अन्याय पक्कै हुदैन थियो होला,
      त्यो युबक पक्ष्य ले
      म नै कानून हु,
      म नै अदालत हु भन्नु खोजेको स्पस्ट छ नि

      Reply
    4. SASHI Connecticut says:
      July 23, 2013 at 6:13 pm

      हैन, मित्रले कस्तोकुरा नबुझेको, समाचारको अभिप्राय पिडित महिला दोषी हो होइन भन्ने हैनानी, कुरो हो जंगली राज को हो, माओबादी को आगमन पछि देशमा कानुन को के हाल छ भन्ने हो, एउटा जंगली समाजले एक अबला नारि ल आचेत हुनेगरी पिट्छा बेइज्जत गर्छ सजिलै कानुन हातमा लिंछा भन्ने हो, पिडित महिला चरित्रहीन नै हुन् भनेपनि ऊनको कुरो साचो या झुटो भन्ने कुरो को फैसला गर्ने अधिकार न्यालय बाहेक अन्यको होइन भन्ने हो.

      Reply
  71. mohan tandukar says:
    July 23, 2013 at 4:15 pm

    एउटा महिलाले आफुलाई मर्का नपरीकन कसैलाई आरोप लगाउछ, आफ्नो इज्जत हुदैन । त्यो त बुझ्नु पर्ने हो नी ती लुगा च्यात्ने, कुट्ने, आरोप लगाउने र पछार्ने महिलाहरुले, आफुलाई परेको भए थाहा हुन्थ्यो । त्यसैले भन्छन नि महिलाको दुस्मन महिला नै हुन्छ भन्थे । यो प्रकृतिले साच्चै देखायो । त्यसैले यी लुगा च्यात्ने, कुट्ने, आरोप लगाउने र पछार्ने महिलालाई हदैसम्मको सजाय हुनै पर्छ । होइन भने यी बदमासहरुलाई अरु सचेत नागरिकहरुले कार्वाही गर्नै पर्छ की कसो त साथी हो ?

    Reply
  72. Raaz says:
    July 23, 2013 at 4:10 pm

    श्रीमानको सरकार पो हो त, श्रीमतिको त कहाँ हो र ???

    Reply
  73. anil pun says:
    July 23, 2013 at 4:10 pm

    यदि भगवान छौ भने यस्ता पापीहरुलाई सत्यानास गर!

    Reply
  74. suzee says:
    July 23, 2013 at 3:56 pm

    येस्तै येस्तै घटना हरु ले गर्दा नेपाली भन्ने लाजमर्दो भा छ, दण्डहिनता को अर्को पराकाष्ठा!!!!
    कस्तो समाज हो त्यो मोरंग मा , धेरै धेरै धेरै नै बिबेक हिनता !!!!! तेत्रो भिड मा त्यो निरिह नारी को लागि आवाज उठाउने कोहि रहेनछ,
    ब्लग मा हेरेर आफैलाई निरिह महशूश भयो, खै सबै मिलेर केहि गर्न पर्यो , ब्लग हेर्यो बिचार भनेर कमेन्ट गर्यो , साथी हो तेती ले मात्र पुग्दैन ,

    Reply
  75. robin says:
    July 23, 2013 at 3:54 pm

    कुरा दुइ तर्फी पनि हुन सक्छ, यो केटि ले साचिकै नै बकम्फुसे आरोप लगाको नि हुन सक्छ तर कानून नभएको देश मा यस्तै हो!

    Reply
    1. Raman says:
      July 23, 2013 at 10:38 pm

      रबिनजी,
      तपाईको दुइ तर्फी हेर्न पर्ने कुरो जायज छ| संधै दुई तर्फी हेरेर कुरो बुझ्ने भए हाम्रो समाजमा यो छुवाछुटको विकृत रहीरहने नै थिएन होला|
      तपाईमा अलिकति पनि मानवीय संबेदन र नेपाली हृदय छ भने एउटी अबला लाई (जेसुकै अपराध गरेका हुन् कानुन छन्) त्यस्तरी बेइजत्ति गर्दा आफ्ना आमा दिदि बैनी हरुको याद आएन? रमितेहरुलाई हेर्दा रिस उठेंन? उल्टो अझ त्यो युवककै कुरो उठाउने?

      Reply
    2. min says:
      July 24, 2013 at 4:30 pm

      तिमि कुन दुनिया मा छौ… कुन चै दलित महिला ले बेलबारी जस्तो गैरदलित को बाहुल्येता रहेको ठाउँ मा बकम्फुशे आरोप लगाउन सक्ला…सोचेर बुजेर मात्र कमेन्ट लेख्नु लेख्न लाई निसुल्क हो तर लेख्नु अघि फोटो र विडियो हेरेर अलिकति दिमाग खर्च गरेर मात्र लेख्नु

      Reply
  76. bhakta says:
    July 23, 2013 at 3:47 pm

    गरीब, दलित , तल्लो जात , बुढा बुढीलाई हाम्रो समाजले मान्छेनै गन्दैनन / दिक्क लागेर आउछ ! भिडिओ र फोटाहरु हेर्दै सबैलाई कारबाही नगेरे नजिर बाची रहन्छ …जन- जाति लाइ मल जल गर्ने यस्तै यस्तै घटना ले हो /

    Reply
  77. praveen agrawal says:
    July 23, 2013 at 3:24 pm

    मानिस हरु कुकुर सरह का भएछन मोरंग मा. आबाला नारी लाई समाज ले दिनु पर्ने थियो सहयोग तर उल्टै उस्लाई समाज ले तिरस्कार गरेछन.सच्चाई मा पनि यदि मोरंग मा कुनै महिला संग बलात्कार जस्तो घिनौना काम भयो भने के उन्हिहरु ले पनि येस्तै न्याय को आसमा आफ्नो दुक्ख समाज लाई भन्ने प्रेरणा हासिल गर्लान त.यो सबै हाम्रो देश को कानुन को लागि ठुलो चुनौती को कुरा हो.हाम्रो देश मा नारी लाई सधै राम्रो नजर ले हर्ने आँखा हरु के सबै आन्धो भाको त होइन..हे प्रभु हाम्रो देश को मनिष लाई राम्रो ध्रिस्थी प्रधान गर्नु होस्.
    हामी नेपाली जनता लाई विश्वको उच्चाई मा पुग्न सहायता गर्नु होस् र दुक्ख परेका मनिष हरु लाई हिम्मत दिनु होस् जो कि वहा हरु आफ्नो लडाई लड्नु sakos

    Reply
  78. Aditya Mahat says:
    July 23, 2013 at 3:22 pm

    अब मानिस नै पशु भए पछि कसको के लाग्छ/त्यसमा पनि महिला नै महिलाको विरुद्ध हिंश्रक भएर सार्बजनिक रुपमा दुर्ब्यबहार गर्नु भनेको बलात्कारी श्रीमान वा छोरालाई बलात्कार जन्य अपराध गर्न प्रश्रय दिएको उक्त घटनाबाट पुस्टि हुन्छ/अब आफ्नै छोरी चेली माथि यस्तो दुर्ब्यबहार हुँदा त्यसको प्रतिकार होइन समर्थन गर्नु बेलबारीका बिरांग्गना महिलाहरुले अझ आफै त्यसको शिकार हुने सम्भावना लाई निम्त्याउनु कति सुखद क्षण हुने रहेछ बेलबारी बासी चेलीबेटीहरुलाई धन्य रहेछौ ….पुरुष हरुको त के बखान गर्नु ति नर-पिशाच हरुको…जसले जसको छोरी चेलीलाई हातपात गरे नि हुने भो त्यसको प्रादुर्भाव भलै बेलबारी बताई भएको किन नहोस /महिला अधिकारकर्मी तिमीहरुको अब पनि अस्तिव छ र ?खबरदार…. अब पालो तिमीहरुको/एउटा पशु बाट पिडित भएर राहत पाउनुको सट्टा उल्टै सामाजिक दुर्ब्यबहार ….धन्य रहेछौ तिम्रा पनि छोरी चेली होलान ति नानीलाई खाने बाघले तिमलाई बाकी राख्ला …….?चेतना भया….

    Reply
  79. Sudip says:
    July 23, 2013 at 3:21 pm

    the act of nepalese illeterate people shameless action..should take action against these animal so called human beings.

    Reply
  80. reemie says:
    July 23, 2013 at 3:09 pm

    कति अभद्र ,अराजक,आडम्बरी,क्रुर र मुर्ख निर्मम नेपाली समाज छि छि छि , यस्तै समुदायले गर्दा नपालको स्तर गिरेको छ / यो घटनाको घोर भर्त्सना जति गरे पनि कम छ / कहाँ छ सरकार,कानुन,नीति नियम र असहायको रछ्या गर्ने संघ संस्था ,बुद्धिजीवी ???????? सबजना अन्धो,लाचार र लाटो !!!!!!!!!!!

    Reply
  81. प्रेस विज्ञप्ति says:
    July 23, 2013 at 3:00 pm

    प्रेस विज्ञप्ति
    मिति ः २०७० साउन ८ गते
    बलात्कार प्रयासको प्रतिकार गर्दा मोरङ बेलबारी ३ की २३ वर्Èीया ****सार्की र सोही ठाउ“का ३० वर्Èीय पत्रकार मनोज विश्वकर्मालाई स्थानीय गैरदलित समुदायले निर्घात कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला लगाएको घटनाप्रति जागरण मिडिया सेन्टरको गम्भीर ध्यानाकर्षण भएको छ ।
    गत शुक्रबार साँझ ७ बजेतिर मदिरा सेवन गरेका एक अपरिचित व्यक्तिले बलात्कारको प्रयास गरेको र उक्त व्यक्ति स्थानीय जीवन भेटवाल भएको भन्दै पीडित माया सार्की इलाका प्रहरी चौंकी बेलबारीमा उजुरी दिन गएकी थिइन् । घटनालाई दबाउन गाउ“लेले प्रहरी कार्यालयमा आइन्दा गल्ती नगर्ने भन्दै मिलापत्र गराएका थिए । प्रहरीको रोहबरमा मिलापत्र गरिसकेपछि गैरदलित महिला तथा पुरुषहरुको एउटा समूहले पुनः छलफलका लागि बोलाएर सार्वजनिक स्थलमा नियोजित रुपमा सार्की र पत्रकार विश्वकर्मामाथि कुटपिट र गाली गर्दै मोसो दलेर जुत्ताको माला लगाएर दुव्र्यवहार गरेका थिए ।
    कानुनी राज्यको धज्जी उडाउँदै सिंगो बस्तिले नै एउटी दलित महिलामाथि कुटपिट गर्ने, मोसो दल्ने र सहयोगीलाई समेत दुव्र्यवहार गरेको यो जघन्य अपराधको जत्ति नै निन्दा गरेपनि कमी नै हुन्छ । मानवीय संवेदना र सभ्यतालाई समेत चुनैती दिनेगरी गरिएको यो दूव्र्यवहारको हामी घोर भत्र्सना र निन्दा गर्दछौं । घटनाको सत्यतथ्य छानविन, दोषिको तत्काल पहिचान गरी कडाभन्दा कडा कारवाही गरी पीडितलाई न्याय तथा क्षतिपूर्तिका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं । दलित र दलित महिलाहरुमाथि निरन्तर बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूत र बलात्कारलगायतका हिंसा अन्त्यका लागि हामी राजनीतिक दल, मानवअधिकारवादी, संघसंस्था, नागरिक समाज, आमसञ्चारकर्मीलगायत सबै सरोकारवालाहरुलाई न्यायका पक्षमा सहयोग गरिदिनुहुन हार्दिक आब्ह्वान गर्न चाहन्छौं ।

    दीपक परियार
    महासचिव

    Reply
  82. Naresh shrestha says:
    July 23, 2013 at 2:49 pm

    बर्गिय सँगघर्स गर्छौ भन्ने कम्युनिष्ट पार्टीहरुका नेता तथा कार्यकर्ता सब मरेछन कि क्या हो ? ? यस्तो अत्याचार हुँदा खै कहाँ छन, राज्यको ठेकेदार भनउदाहरु ? ? के को बर्गिय सघर्श ? ? ? यो के देखिदैछ ? ? ? अनि हाम्रो देश को कानुन का पहरेदार सब हात्मा चुरा लगायर प्रचन्दे, झले अनि सुशिले हरुको पछी पछी मात्र हिंड्ने हो कि ? ?
    सर्ब साधारणको सुरच्याको लागि पनि हो ? ? सुन्नुहोस…….. कि जनताले तिरेको करले बाचेकाहरु यदी जनता (सानो जात्)को भयकै हिसाब ले यो यातना दियको हो भने तिमीहरु सब नालायक हरुका १ दिन यौटै चिहान हुनेछ|
    तु छानबिन गरी पिदकहरुलाई सजाय र पीडित लाई न्याय र छेतिपुर्ती दिलाईयोस्| खिरारे सरकारसँग मेरो जोड्दार माग छ|||

    Reply
  83. raj says:
    July 23, 2013 at 2:32 pm

    महिला + अधिकारबादी = बादी (खराब चरित्रकि इस्त्री). यो खबर पढेर म लगायात सम्पूर्ण देसप्रेमी हरु पक्कै मर्माहित हुनुभो, यस्तो लाग्यो सुन्दर नेपाल आफै आज इनै नालायाक _ _ बादीहरू को समूह ले भयभित र निर्लज्ज भयको अवस्था हो यो.. त्यो बिचारी असहाय एक्लो महिला माथि गर्ने अत्याचारी किरा परेर मरोस. थुक्क असत्ति हरु..

    Reply
    1. तेजप्रसाद अधिकारी says:
      July 23, 2013 at 8:56 pm

      मित्र, महिला अधिकारबादी संग रिस उठेर दुइ शब्द लेख्नु तपाइको अधिकारको कुरा हो तर बादी को मतलब ‘खराब चरित्र कि महिला’ भनेर सम्पूर्ण बादी जात को चरित्र हत्या गर्ने अधिकार तपाइँ लाइ छैन । बादी समूह का केहि महिला पनि बाध्यता ले यौन ब्यापारमा लागेका थिए तर अहिले उनीहरु पनि सम्मानित पेशा मा लाग्दै गरेको अध्ययन हरुले देखएको छ ।

      Reply
  84. subash says:
    July 23, 2013 at 1:51 pm

    बहुमत भय पछी जसले जे गर्दा पनी हुन्छ हैन अहा………………..वा ………..वा…………सलाम छ त्यो बस्तीका दिमाख धरै भयका मानिस हरुलाई ………अनी मान्नैइ पर्छ नेपाल को पर्सासन लाई पानी ………..यस्तै गर्दै जानु पर्छ अने हुन्छा पर्गती कुकुर हरु ……………………….

    Reply
  85. simit gauchan says:
    July 23, 2013 at 1:46 pm

    मेरो त मनै सिरिङ्ग भएर आयो यो कथा पढेर ,,, अनि आखा रसायो ..बिचरी दलित त्यहि माथि श्रीमान नभएको अवस्था ,, एउटी निर्दयी नारीले के को आशामा बलात्कारको उजुरी गरे होलिन त … केहि पाउने त होइन झन् न्याय पनि नपाउनू !!! उफ्फ़ यो देश ,, देश चुसेर प्रचंडे १४ अर्ब लगानी गर्न स्वास्नी बिरामीको धोङ्ग रचेर सिंगापुर पुग्छ तर .. एउटी निर्दयी ,बेसहारा दलित महिला माथि न्याय गर्ने कसले .. हरे शिव !!!!!

    Reply
  86. bibek dhakal says:
    July 23, 2013 at 1:29 pm

    यी यस्ता घटना दोहोरिरहनेछ्न – हाम्ले गर्न सक्ने के र? हाम्ले त सकेसम्म नहोस भनेर कामना मात्र गर्न र भैसकेपछि “यस्तालाई त यसो गर्नुपर्ने!” ..” रुखमा बढेर ढुंगा हानेर मार्नुपर्ने “…”जिउदै जलाउनुपर्ने” खालको प्रतिक्रिया जनाउन मात्र सक्छम…बलात्कारको घटना त सामान्य नै भए हप्तामा औसतमा ७ वटा बलात्कारका घटना हुन्छन भने यस्तो पुरै टोल मिलेर कहिले बोक्सीको निहुमा त् कैले “गलत आरोप” लाको निहुमा हुने दुर्ब्यहवार १५ २० दिन को अन्तरालमा घटिरहनेछन् ….. जबसम्म उचित सिक्षा हुदैन तबसम्म यस्ता घटना रोकिदैन भनेर तर्क गर्नेहरुलाई हतारो छैन किनकि उहाहरुको छोरी बुहारी र श्रीमतीसंग यस्तो हुनेवाला छैन! बलात्कारी र बोक्षी आरोप मा संलग्नलाइ मृत्युदण्ड राख्ने कुराको त स्वयं मानव अधिकारवादी भनाउदाहरुले बिरोध गर्नेछन….तर मानव कोटिमा राख्न मिल्ने अलिकति पनि गुण नभएकाहरुलाई कुनै पनि “मानवीय” समवेदना नराखी कारवाही नगरेसम्म यस्ता घटना रोकिदैनन…..बलात्कार र यस्तो सामुहिक हिँसा को केसमा छुट्टै र मृत्युदण्ड वा सो बराबरको कठोर कानूनको व्यवस्था हुनैपर्छ! खालि “कडा कानून” “कडा कानून” भनेर कुर्लिने महिला अधिकारवादीहरुले स्पस्ट रूपमा कस्तो हो त कडा कानून भन्न सकेका छैनन्! के हो उनीहरुले भन्ने खालको “कडा ” व्यवस्था? किन खुलेर भन्न सक्दैनन् कि बलात्कारी लाइ मृत्युदण्ड हुनुपर्यो भनेर? अब सबै मिलि दबाब दिने बेला आइसकेको छ; सहरमा बस्नेहरु सायद यस्तो घटना यहाँ हुदैन भनेर दङ्ग पार्लान तर दण्डहिनताको स्थिति यस्तै हुने हो भने भोलि श्रीमती छोरी बुहारीलाइ एक्लै कहीं पठाउन नमिल्ने अवस्था आउला!!!

    Reply
  87. रवन says:
    July 23, 2013 at 1:28 pm

    छि कति असभ्य हाम्रै नेपालको मोरङ जिल्लास्थित बेलबारी-३ का मानिसहरु ??मानवता अनि मानबिय व्यवहार नबुझेका स्वठ हरु।

    Reply
  88. mohan tandukar says:
    July 23, 2013 at 1:23 pm

    यो श्रीमानको सरकारले छानवीन गरी तत्काल यी महिलालाई न्याय दिनु जरुरी छ । छानवीन गरी यी महिला दोषी नभएको खण्डमा अरु यहां भएका कुटपिट, जुत्ताको माला लगाउने र पर्खालमा बसी खुटृा हल्लाउनेलाई जुत्ताको माला लगाई गाउबाट लखट्नु पर्छ । त्यति गर्न नसक्ने हो भने यो श्रीमानको सरकार के का लागि हो ?

    Reply
  89. rita says:
    July 23, 2013 at 1:21 pm

    व्यवहार जे bhae पनि महिला माथि हुने यस्ता घटना ले समाज अहिले पनि महिला ले महिला नै गर्ने बेबहार र पुरुष को आफ्नो पुरुस्त्व अझै पनि डरलाग्दो अवस्थामा रहेको देख्न सकिन्क्ष यसले गर्दा महिला आफनै घर वितर पनि सुर्क्षित क्षैन वन्ने कुरा देख्न सकिन्छ . त्यहाँ प्रहरीको सबै भन्दा धेरै कम्जोर पाटो देखिन्छाप्रहरी आफै न्यायाधिश होइन ताकी उसले सजिलै यस्तो कुरा मा फैसला गर्न सकोस , उसले सम्बन्धित निकायमा यस्तो कुरा जानकारी गराएर त्यसलाई नियन्त्रण गर्न र यस्तो घटना हुन नदिन अग्रणी भूमिका खेल्नु पर्ने मा उल्टै यस्तो बेभर गर्नु कहाँ सम्मको गुन्दराज हो. ओ:तफ घटनामा संलग्नलाई कानुन बमोजिम कारबाही हुनु पर्दक्ष होइन भने तेही घटना मा संलग्न हरुको घरमा पनि तेस्तो बेबहार आउनेछ

    Reply
  90. Deepak says:
    July 23, 2013 at 1:20 pm

    कमेन्ट गर्नु पनि कसरि? जनावर भन्नु पनि कसरि? जनावर त् मान्छे भन्दा पनि राम्रो हुन्छ : न बलात्कार गर्छ न त् अरु जनावर लाई यस्तो ब्यबहार गर्छ.
    कानुन बनाउनेहरु र लागु गराउनेहरु ज्युदै भयर पनि मरेतुल्य भयपछि, देश चलाउनेहरु पैसाकोलागी आफ्नो ईज्जत समेत बेच्न तयार भयपछि, बालक, बृद्द र अबला नारीहरुको यस्तो हालत नभय के यस्तो देशमा सम्मान हुन्छ ??
    दिपक अधिकारी
    जर्मनी

    Reply
  91. abhandari says:
    July 23, 2013 at 1:03 pm

    जसले जे गरे पनि हुन्छ यो कस्तो अन्या , येत्रो अबला नारी माथि अनान्य हुदा पनि सरकार, प्रसासन अनि मानब, महिला अधिकारी बादी मरे कि के हो नेपालमा ?. त्यो तमासे समाज र अत्त्यचारी त्यो नलाएक बलात्कार गर्न प्रयास गर्ने चै कहाँ छ. त्यो महिला लै मात्री केरकार गर्ने. भिड ले जे भन्यो सोहि सहि हो भन्ने पुलिस प्रसासन चै चुरा लगाए र बसी राको छ त्यहाँ.

    Reply
  92. बले says:
    July 23, 2013 at 12:55 pm

    यो त आति भयो, नेपाली समाज मा कहिले चेतना आउने हो ?
    एस्ता भिड का आपराधि हरु लै हदै सम्म को सजाए हुनु पर्छ /
    यहाँ पुलिस प्रसासन के हेरेर बसेको छ ?
    मिलापत्र गर्ने पनि औता हद हुन्छा नि ?
    बले

    Reply
  93. Arjun says:
    July 23, 2013 at 12:55 pm

    दुख लग्यो एउटी अबाला नारी माथि गरिएको अत्याचार सुन्दा,गनतन्त्र नेपालमा एस्तो घटना नौलो हैन,हरेक अपराधीले एउटा पार्टी समातेको छ र प्राय: पार्टीलाई उनीहरुको आबस्यकता पर्छ,अपराधीले अपराध गर्छ,पुलिसले समात्यो भने पार्टीले छुटाउछ, धन्य हाम्रा अगुवाहरु छिछिछी !
    नेपालीलाई संधै गरिब र माग्ने देखाएर नेपालीको नामबाट भिक्षाटन गर्नु अनि त्यहि भिक्षाले आँफु र आफ्नालाई भरण पोषण गर्नुमै गर्व गर्ने हाम्रा ; मानव अधिकारबादी,महिला अधिकारबादी,राजनैतिक दलहरु अनि जनताको जिउ धनको सुरक्षा गर्नु पर्ने प्रहरी प्रसासन र न्यायाधीशको सरकारलाई हार्दिक धिक्कार छ ! र ति नेपाल आमाका कुपुत्रहरु हो ! तिमीहरु त कुकुरको पेटबाट जन्मनु पर्ने ,जसले असहाय महिलामाथि दुर्ब्यबहार गर्यो l अबस्य तिम्रो बाबाले शुक्रो अन्धो भएको बेलामा बिर्यदान गरेको हुनु पर्छ र त तिमीहरुजस्ता आँखा भएका अन्धाहरुको जन्म भयो l
    अर्को कुरा, अपराधीको कुनै जात हुँदैन,देश हुँदैन,पार्टी हुदैन र कुनै धर्म पनि हुँदैन किनकि उसको जात,धर्म र पेशा जे भनेपनि अपराधी नै हो ….

    Reply
  94. Harish Shrestha (Tauthale) says:
    July 23, 2013 at 12:50 pm

    हे भगवान, के देख्नु पर्यो यस्तो ! अमनाबियाताको पनि एउटा सिमा हुन्छ ! के नेपालमा कानुनी राज्यको अन्त्य भयकै होत ? लौन यो त अति नै भयो ! कृपया सम्बन्धित निकायले दोषीहरुलाई तुरुन्त आबस्यक कारबाहीको लागि पाइला चालोश ! नभय येस्ता अपराधीहरुले कानुनलाइ आफ्नो हातमा लियर येस्ता अपराध हरु बारम्बार दोहर्याउने छन् ! हे शिछित भनौदा युबाहरु अब समाज का कुरीति हरु परिबर्तन गर्न जाग ! ति अपराधी हरुलाई कारबाही गर्न आफै अगाडी सर्ने समय आयो ! God may bless the victim.

    Reply
  95. Y.R.sharma doha says:
    July 23, 2013 at 12:30 pm

    कुकुर र गधा को बुद्धि कैले आउला. महिला माथि तेस्तो गर्ने सबै जनता लाई नांगै गाउ निकाला गर्नु पर्छ

    Reply
  96. Sanu Nepali says:
    July 23, 2013 at 12:28 pm

    थुक्क ति महिला हरु जसला जनाबार को ब्यबहार गर्यो. त्यस्थाउ को पुलिस के हार्दै होला तमासा हेर्दै होला .

    Reply
  97. Sanu Nepali says:
    July 23, 2013 at 12:24 pm

    थुक्क. हाम्रो समाज . जो निर्बलियो छ त्यसको कोहि हुदैन . जो बलियो छ उसको सबै हुन्छ . तल्लो जात हुदैमा माथिल्लो जात को मान्छे हरु को खेलौना बनैदो रहेछ . मा पनि एसको सिकार बनिसके . होइन यो ठुलो जात भनाउदा हरु आफुलाई के सोच्दा रहेछ . मलाई पनि गुरुङ जात का महिला ले धेरै दुख दिए दोलखा का गुरुङ जात का महिला हुन्

    Reply
  98. bikash shrestha says:
    July 23, 2013 at 12:07 pm

    दादागिरी को समाज रहेछ त्यस्थाउमा. बैज्ञानिक टेस्ट गरेर मात्र दोषी ठान्नु पर्छ . नत्र जसले जसले एस्तो ब्यबहार गर्यो उनीहरु नि उक्त अपराद मा सामेल भएको हुनु पर्छ .

    Reply
  99. nimesh, BKK says:
    July 23, 2013 at 12:02 pm

    प्रधानन्यायाधिस नै प्रधानमन्त्री भएको देशका जनताको बेहाल .

    Reply
  100. Nab says:
    July 23, 2013 at 11:51 am

    हाम्रो देशमा अब यो हुंदो न खांदो को लोकतन्त्र गणतंत्र भन्ने systems failed भैसक्यो र यो Systems कत्ती पनी लाभदायक छैन त्यसैले आजकल देश भरी नै न त Law & Order नै छ, न त अनुशासन नै छ, न त हाम्रो समाज नै शोभनीय छ बरू यो देश झन झन बिभीन्न बिक्रीत्री फैलीरेहेका छन । देश मा अहीले नेता देखी जनता सम्म जसले जे ज्े गरे पनी हुन्छ, अती नै अनुशासन बिहीन हुदै गई राखेको छ यो हाम्रो देश ।

    Reply
    1. manish says:
      July 23, 2013 at 12:28 pm

      गणतन्त्र फेल भएको होइन, दलित र गरीब माथि हेपाइ चेपाइ सदियौ देखि चलिआएको छ यहां बरु सामाजिक परिवर्तनको गति जति हुनु पर्ने त्यति पुगेन | समाज अझै अघि बढ्नु आवश्यक छ |

      Reply
  101. achut says:
    July 23, 2013 at 11:33 am

    फोटो नै काफी छ के कमेन्ट गर्नु/.पशुबत ब्यबहार मान्नु चै गलत हो, मेरो घर पछाडी छाडिएको १०-१२ बहर(गोरु) बेलुका बास बस्न आउछन तेस मा एउटा बाच्छी र बुढी गाई पनि छ तर तेहा न बलात्कार हुन्छ न दुर्ब्यबहार हुन्छ न कालो मोसो दलिन्छ,तेही अवस्था मा मान्छे को हुदा के हाम्रो समाज मा ति महिला हरु सुरक्षित होलान??दुइ गोडा टेक्दै मा मानब हुने अनि ४ खुट्टा हुदै मा पशु हुने हो’र?

    Reply
  102. shreesh thapa says:
    July 23, 2013 at 11:33 am

    यस्तो जनावरको जस्तो व्यवहार गर्ने ब्वासोहरुलाई कारबाही गर्नु जरुरि छ तर पक्ष विपक्षको जरोदेखी गल्ति पत्ता लगाउनु जरुरि छ …भिडको कुराले धेरै पेलेको महसुस गरेकी छिन् उनले किनकि धेरै भिडले यसको गल्ति हो भनेर जबर्जस्ति गर्यो भने एक्लैले केहि गर्न सक्दैन चुपो लाग्ने सिवाय केहि हुदैन तेह बोल्न भन्दा चुपो लाग्न मुनासिब सम्झेर होला चुपो लागेको …कोहि सहर छैन भने गल्ति होस् या गल्ति नहोस बोल्नु बेकार छ यसको सत्यतथ्य पत्ता लगाएर सार्बजनिक होस् …..

    Reply
  103. Ashu says:
    July 23, 2013 at 11:25 am

    छि अति भयो …

    Reply
  104. मदनमणि says:
    July 23, 2013 at 11:21 am

    यस्तालाई ठिक पार्न पर्छ। भिडले निर्णय गर्ने भएको भए अदालत किन चाहिन्थ्यो।

    हुन त देशै सबै भिडतन्त्रमा चलेको छ। दूधवालाले पानी मिसाउन पाउनपर्छ भने भिड जम्मा गर्छ, सुनवालाले पनि मिसाउन पाउन पर्छ भन्छ, ट्याक्सीवाला ठग्न पाउन पर्छ भन्छ। राजनीतिक दलका नेता चन्दा मनलागि उठाम्न पाम्न पर्छ भन्छ। यी सबै भिडतन्त्र त हुन्।

    भिडतन्त्र मुर्दाबाद

    Reply
  105. manish says:
    July 23, 2013 at 11:10 am

    यसरी अबला नारी माथि अत्याचार गर्ने लाई वाइस्यालले भाटे कार्वाही गर्दा फेरी नपच्ने होला हाम्लाई !!

    Reply
  106. Mahesh Chhetri Nepali says:
    July 23, 2013 at 10:50 am

    असभ्यताको पाराकाष्टा !! जङगली व्यवहार र गरिवी माथिको क्रुर उपहास! खै त इन्सेक, महिला आयोग, दलित आयोग र देशको चौथौँ अङग पत्रकार समाजहरु, किन बोल्दैनन् एउटा अवलाको पक्षमा कोही!! सालोक्य तपाईंले उठाउनु भएको मुद्धामा आवाज थप्नुहोस र यसलाई अझै देशव्यापी बनाउनुहोस् !!

    Reply
  107. Krishna says:
    July 23, 2013 at 10:50 am

    कठै हाम्रो देश, अनि यो देशका जनता!

    Reply
  108. Sisir says:
    July 23, 2013 at 10:31 am

    यो कस्तो समाजमा हामी बाची रहेका छौ ?

    Reply
  109. Yubaraj says:
    July 23, 2013 at 10:31 am

    दलित माथीको दुर्ब्यवाहर्लाई बस मिलापत्रमा टुंग्याउने राजनीति कहिले सम्म रहला. कडाभन्दा कडा सजाय हुने बिषयलाई मिलापत्रमा टुंग्याउने यो समाज अनि जनैबादका पुजारी हरु र यो जनैबदको सरकार यस्तै गर्दै गर दलित हरुमाथि तेरो जय जय होस् .

    Reply
    1. Saroj says:
      July 23, 2013 at 11:10 am

      यस्तो खालका दुर्ब्यबहार लाइ टुगो लगाउनु पर्छ, ति कालो मोसो दल्ने हरु लाइ कारबाही गर्नु पर्छ, भन्नेमा कसैको दुइमत छैन होला | तर मित्र, जे कुरा लाइ पनि जातियता संग जोड्ने मनासिब भयेन | सिंगो एउटा जाति सग जोडिएको सब्द “जनै” भन्दै कमेन्ट लेख्दा तपाई कति पानीमा हुनुहुन्छ भन्ने कुरा छर्लंग हुन्छ | पहिले हामी आफु बनौ, अनि यो समाज अबस्य बन्ने छ |

      Reply
  110. resham says:
    July 23, 2013 at 10:10 am

    होईन यो अराजक र कानुन आपैm हातमा लिएर अमानवीय काम गर्ने सबैलाई कार्वाही गरेर पाठ सिकाउनु प¥यो । कसको गल्ती हो त्यो सही विधि सम्मत नछुट्टाएर यसरी वर्वरता र जंगली युगको जस्तो गर्ने सबैलाई कानुनको कठघरामा उभ्याएर गल्तीअनुरुपको सजाय दिनु प¥यो । एउटा नारीमाथि गरिएको पशुवत व्यवहारको विरोध गरेर मात्रै हुँदैन, मानवीय र कानुनको सीमा नाघेर जुन वर्वरता मच्चाउनेलाई विरोधले मात्रै पुग्दैन अब देखि यस्तो गर्नुहुँदोरहेनछ भन्ने महसुस गराउने गरी अनि सबैको निम्ति शिक्षा मिल्ने गरी दोषी सबैलाई सजाय र दण्ड किन नदिने?

    Reply
  111. ganesh lamsal says:
    July 23, 2013 at 9:58 am

    मोरङको बेलबारी ३ मा सोमबार तालिबानी शैलीमा अपमान जनक दुव्र्यबार गरिएकी दलित महिलालाई मानसिक परामर्शको खाँचो छ । यसैले महिला अधिकारकर्मीहरुले केही गरेर ती महिलालाई आफनो परामर्श केन्द्रमा ल्याउनु परयो । दोषीलाई कार्वाही गराउन आवश्यक आबश्यक कानुनी प्रकृया पुरा गराउनुपरयो । नत्र सवै प्रमाणहरु मेटिने संभावना हुन्छ । उसैपनि कथित उपल्ला जातिहरुको चुपुमा बसेका तीन घर दलित परिवार पहिलेदेखी नै अरुको तारो बनिरहेका थिए । यसैले उनीहरुले चर्को दबाबमा उठिबास लाग्ने डरले प्रहरीमा किटानी जाहेरी पनि दिन सकेनन।

    Reply
  112. cRIS says:
    July 23, 2013 at 9:56 am

    ति महिला दलित भएर नै यो स्थिति भोग्नु परेको हो, भन्नेमा अब पनि बिचार गर्नु पर्दैन| न भिडको न प्रशासनको सान्तवना!!

    Reply
  113. cRIS says:
    July 23, 2013 at 9:54 am

    प्रशासनले पनि भिड कै साथ दिएछन| नालायक प्रशासनका सबैलाई बर्खास्त गरिएको हुनुपर्छ| भिडमा उपस्थिति जनाएका सबैलाई सख्त कारबाही होस्, नत्र यही बाट अर्को आन्दोलन नहोला भन्न सकिन्न|

    mainstream का मेडियाले कसरी थाहा नपाए झैँ गर्छन हौ?? कि अझै ब्युझियेका छैनन्?

    Reply
    1. आकाश says:
      July 23, 2013 at 11:21 am

      mainstream का मिडियाहरु कुकुरका आफन्तहरु होलान्, हड्डी चुस्नै व्यस्त, हाड मासु नआउने यस्ता विषयमा कसले टाउको दुखाओस् ।

      Reply
    2. raj says:
      July 23, 2013 at 2:15 pm

      mainstream मेडिया राजनीतिक दल का पुछर – चेतना भया

      Reply
  114. Pawan Raj Phuyal says:
    July 23, 2013 at 9:53 am

    सालोक्य जी यो समाचारलाई बाहिर ल्याउनु भएकोमा धन्यबाद । तर यो घटना अलि बिस्तृत रुपमा ब्याख्या गर्न नसकेकोमा दुख लागेर आयो । समाचार र भिडियो हेर्दा कसकसले के के भने के कुराहरु भए त्यो भिडमा र त्यी निर्दोष महिलालाई एक्लो बनाईयो भन्ने कुरा अलि प्रष्ट भएन मात्र पिडित महिलाले झुठो आरोप लगाएको भनिएको छ त्यो भिडमा भएका केहि कुराहरुको बारेमा पनि थप कुरा भएको भए बेस हुन्थ्यो । जस्तो….. त्यी महिलाले के के भनिन, कसरि, कहिले र कहाँ त्यो बलत्कारको प्रयास भयो ? खै त लेखेको? त्यी बलत्कारी भनौदाहरुले केके भनेर उल्टै उनलाई दोषी किन देखियो त ?
    यो घटनाले त मलाई कट्टर मुस्लिम देशहरुमा हुने नृसम्स घटनाको याद आयो जहाँ यस्तै भीडले कुनै दोषी माथि ढुङ्गा र लाठीले हानेर मारिन्छ ।
    तर माफ गर्नुहोला यो समाचार र भिडियो हेर्दा पनि लाग्छ त्यी नै महिलाको पनि केहि कमजोरी रै’छ क्यारे जस्तो भान हुनपुग्ने खालको झलक आउछ । मेरो मतलब घटनाको बारेमा त जस्ताको तस्तै देखाउन खोजिए पनि यस्ता घटनाको समाचारमा पिडितको बेदनालाई पनि छर्लङ्ग हुने गरि ल्याउनु पर्यो ।
    र मलाई बिश्वास छ तपाईले यो घटनलाई अझ ब्यापक बनाउदै मानवअधिकार र महिला हिंसाको बारेमा वकालत गरेर डलरको खेती गर्ने …हरुका सामुन्ने पनि यो चित्करको आवाज उठाउनु हुनेछ ।
    र यसमा तपाँईको प्रतिक्रियाको पनि अपेक्षा गरेको छु ।

    Reply
  115. पुष्प says:
    July 23, 2013 at 9:49 am

    गोयबल्सशैलीमा आक्रमण गर्नेहरूलाई तुरुन्त कारबाही हुनुपर्छ । अस्ती एकजना शिक्षिकाबाट अञ्जानमा आफ्नो विद्यार्थीको आँखाको नानी च्यातिँदा सातादिनसम्म कुर्लिने पत्रिका र मानवाधिकार संगठनहरू कहाँ छन् अहिले ?

    Reply
    1. Alikhit says:
      July 23, 2013 at 11:01 am

      गोयबल्स शैलीमा त प्रचार पो गरिन्छ पुष्प जी | असत्य समाचारलाई बारम्बार प्रचार गरि सत्य नै हो कि झैँ पार्न सक्ने थिए एक जना जोसेफ गोयबल्स हिटलर को मन्त्रीमंडल मा |

      Reply
  116. सुमित says:
    July 23, 2013 at 9:37 am

    यो घटना त दुर्ब्यबहार संगै जग्गा बिबाद मा पनि जोडिएको बुझ्न सकिन्छ भिडियो हेर्दा ! ति महिला ले झुटो आरोप लगाएकी हुन् वा साच्चिकै दुर्ब्यबहार भएको हो अनुसन्धान को जरुरि छ ! कतै भिडियो मा भनिएको जग्गा बिबाद मा झगडा पर्दा हात पात भएर उजुरी गरेको पो हो कि ? जे सुकै होस् कारण, यो अमानबियता को परकास्ठा नै नाघेको घटना हो, कसैलाई “रन्डी” जस्ता सब्द को प्रयोग गरेर गालि/ बेइज्जति गर्ने अधिकार कसैलाई छैन ! श्रीमान विदेश भएको अबस्था मा कुनै नारि माथि यस्तो अत्याचार गर्नु कानुन को बलात्कार हो र यसको साक्षी प्रहरी पनि बसे, अनुसन्धान गर्नु को साटो मिलापत्र गरिदिएर !

    के भिड को अगाडी प्रहरी ले पनि मिलाउनु ठिक सम्झियो ? भोलि भिड ले कसैलाई बलात्कार गर्ला, मार्ला अनि के फेरी मिलापत्र गर्ने भिड भो भन्दै मा ? कालो मोसो दलेर अमानविय ब्यबहार गर्ने लाइ कारबाही नहुने ? नेता लाइ झापड हान्दा जेल जानु पर्ने अनि अबला नारि लाइ बेहोस हुने गरि कुटेर कालो मोसो र जुत्ता को माला लगाउदा कानुनले आँखा बन्द गर्यो ? के सोझा लाइ कानुन मा कुनै न्याय छैन ?

    ति कुट्ने हरु पक्कै त्यस ठाउँ का भलाद्मी अनि ठुला नेता गिरि गर्ने हरु वा तिनका श्रीमती होलान, महिला अधिकार कर्मी ले त पक्कै आवाज उठाउने छैन किन कि उनीहरु पनि भिड को अगाडी नतमस्तक होलान वा तिनै कुट्ने मध्ये कुनै समाजसेवी/ अधिकारकर्मी भएर पनि हिडेका हुन सक्छन !

    यो घटाना को माइसंसार ले फलो गरोस ! कारबाही हुनु पर्छ दोषी लाइ ! कुनै हालत मा दोषी मिलापत्र गरेर उम्कन पाउंदैन ! यस्ता घटना नदोहोरिन को लागि पनि यसमा कारबाही हुनु जरुरि छ !

    Reply
  117. yubaraj says:
    July 23, 2013 at 9:32 am

    हे सभ्य भनौदा आमा दिदि बहिनि हो एक पटक आफ्नो छोरा श्रीमान दाजु भाई माथि पनि संका गरेर अनि मात्र ति महिला माथि सोधपुछ गर्नु पर्ने होइन र ? वास्तब मा महिला को पीडक पुरुस नभएर महिला नै बढी छन् भन्ने ज्वलन्त उदाहरण हो यो घटना, धिक्कार छ अबुझ हरु लाई

    Reply
  118. Ramesh Khanal says:
    July 23, 2013 at 9:31 am

    शेखर कपूर द्वारा निर्देशित हिन्दी फिलिम बण्डित क्वीनको एक द्रिश्यको डिट्टो कपी गरिएको घटना रहेछ ।

    Reply
    1. suzee says:
      July 23, 2013 at 3:42 pm

      एस्तो संबेदनसिल कुरालाई तुच्छ हिन्दि फिल्म संग दाज्ने, कस्तो मानसिकता हो तपाइको, कतै त्यो भिडमा तपाइको साईनो लाग्ने व्यक्ति पनि छ कि कसो? दरिद्र मानसिकता !!!!!बरु कोमेंट नै नगर्नु नि , if such kind of incident happens to ur mother or sister , will u write same comment, kya yaar mero …….sanga ta thyakai filma ko jasto ghatana bhayo ni bhanera ,,,,,,,,,sorry रमेश खनाल जी मुर्खता को पनि सीमा हुन्छ नि, जात पात को कुरा गर्न मलाई मन छैन , तर कता कता लाग्यो कि तिमिले दलित जाति लै हेपेको जस्तो है ,
      भिद्तंत्र मा तिमि जस्तै मान्छेहरु छन्.

      Reply
      1. Suresh BK says:
        July 23, 2013 at 8:25 pm

        सुजी जी , वहाको कुरालाई गलत अर्थमा नलिनुस, वहाले भनेको फिल्म मा पनि तेस्तै रुवाउदो मार्मिक घटना छ, सबैको आँखा बाट आशु झर्ने खाले घटना छ… सो घटनाले आफ्नो अधिकारको को खोजि, आफ्नो प्रसोध लिने भावनाले एउटा सादरहण केटि नामी कुख्यात डाकु (फूलन देवी) हुन जन्छिंन.. पक्कै पनि माथिको मित्रको उदेश्य कुनै पनि केटि यस्तो परिस्थितिमा पुग्न बाध्य नपारियोस भन्ने आसय होला.. तपैले कुरै नबुझी अरुलाई गालि गर्न सुहाउन्न, वहाले भनेको चलचित्रको बारेमा केहि ज्ञान छैन वने कृपया वहाको कमेन्ट मा कुरै नबुझी टिप्पणी नगरौ.

        Reply
        1. suzee says:
          July 23, 2013 at 11:26 pm

          हैन सुरेश जी,
          राम्ररी बुझ्नु, सहानुभूति को एक सब्द खनाल बाजे ले लेखेको भए मैले पनि नेगतिव लिने थिएन, just read his comment and think once more…कुन समय मा के भन्नु /लेख्नु हुन्छ , अनि कसरि प्रस्तुत गर्नु पर्छ भन्ने चाही बाजे लै पक्कै थाहा नभाको हो, चलचित्र भनेको नेपाल मा टेलिभिजन आएदेखि हेरेको मान्छे हु , २०४२/२०४३ ताका देखि हेरिरको मान्छे पो हु त !!!!यसै ३५ को भाको हैन हो ,
          तपैले जे भने पनि खनाल बाजे ले , हेपेर नै लेखेका हुन्, यो कुरा खनाल जी लै थाहा होला !!!!!
          i know such kind of people,

          Reply
  119. madhushudhan pant(bangalore) says:
    July 23, 2013 at 9:24 am

    हो।यहि हो मेरो जन्मभुमि नेपाल,जहाँ यस्ता घटनाहरु घट्छन्,त्यसको बर्णन गर्न कुनै सब्द नै बनेका छैनन्।तिनिहरू मेरो जन्भुमिका बलिया काँधहरू हुन्।तिनिहरु आधुनिक युवाहरु हुन्।म कुन मुखले तिनिहरुलाइ संझाउँ?के भनेर संझाउँ?यदि बोक्सि मा बिश्वास गर्छौ भने ति छुचिमुन्द्रि आइमाइ नै बोक्सि हुन्।

    हे युवा हो!
    मसंग तिमिहरुलाइ संझाउने क्षमता र औकात त छैन,तर यति याद राख,कि भोलि तिम्रा आमा,बैनि,स्रिमति माथि पनि यहि घट्ना दोहोरियो भने न्याय त परै जाओस,मानवताको भिख माग्दा पनि पाउने छैनौ।

    Reply
  120. Bhim Prasad Guragain says:
    July 23, 2013 at 9:21 am

    यो सबै गणतन्त्रको उदाहरण हो ! एउटा ठुलो भिड ले जे गरे पनि हुन्छ कहिँ कसैको केहि लाग्दैन …….. शायद ति नारीले कानुनी सहयोग मागेकी थिएन तर राज्य सरकार कानुन नभएको ठाउँमा के गर्नु ……….. आफ्नै बलबुतोमा त्यस्ता नर पिचासलाई सफाया गरि दिएकि भए हुने थियो………….. अनि त्यो नर पिचासलाई सहयोग गर्ने ति पीड पनि कलि युगका मानव को नाम दानव हुन् यस्ताहरुलाई भौतिक कारबाही गर्नु पर्छ यस्ता अनुयाँत्रित भिडलाई यस्तो दण्ड दिनु पस्र्छ कि फेरी कुनै भिड यसरि अनियन्त्रि हुने नसोचोस……

    Reply
  121. Mahesh Acharya says:
    July 23, 2013 at 9:20 am

    श्रीमानको सरकार लाइ आफ्नो खेतलाई चक्रपथ बनाउन फुर्सद छैन l मौकामा दुइ चार अर्ब जम्मा नगरे फेरी हाम्रो यो सभ्य समाजले नामर्द वा मुर्ख भन्ला भन्ने डर होला l त्यसैले कताबाट कसरि जोड्न सकिन्छ भन्नेमै ब्यस्त होलान l गृह मन्त्रि त राज्यको ढुकुटी जोगी लाई दिदैमा ब्यस्त छन् l अनि कसरी यस्ता कुरामा ध्यान जावोस ?

    हाम्रो समाजको के कुरा ? भेडाहरुको समाज l त्यत्रो भिडमा एउटी दलित असहाय महिला लाई कठै भन्ने कोहि निसकियन l त्यसमाथि महिलाहरु ले नै आक्रमण गर्ने ल कस्ता मनबता रहित राक्षसनी हरु रैछन lमोरंग जिल्ला त सुगम जिल्ला हो तर दुर्गम मानसिकता भयका जंगली हरु पनि बस्दा रैछन l एक दुइ जना मात्र जंगली त जहाँ पनि हुन्छन तर यहाँ त तेत्रो भिड पुरै जंगली l थुक्क जंगली हरु धिक्कार छ तिमीहरुलाई तिमीहरु जस्तो जंगली जीवित रहदा सम्म यो देश बन्ने छैन l महिला हरु लाई झनै धिक्कार छ l महिला नै महिलाका दुस्मन हुन् भन्ने कुरा यो घटनाले प्रमाणित गरेको छ l यिनीहरु महिलाका मात्र होइन देशकै दुस्मन हुन् l

    Reply
  122. Basanta Thapa,Maryland,USA says:
    July 23, 2013 at 9:17 am

    रिस र आक्रोसले आगो बल्यो यो मन मा ,हातमा चुरा लगाएर बसेका लोग्ने मानिसहरु ति जंगली आक्रमणकारी आइमाइका अगाडी शिर ठाडो पार्न नसक्ने हुतिहारा हरु यत्रो अत्याचार हुदा पनि हात बाधेर बसेका देख्दा हजारौ पल्ट यिनका मुखमा थुके ,बैरा,अन्धा र जंगलिहरु आफुले केहि गर्न नसके पनि यस्ता घटना हुदा या हुन् लाग्दा कतै छेउ लागेर प्रहरीलाई खबर त गर्न सकिन्थ्यो अनि जे गर्नु छ ,जो दोषी छ कानुनले गर्छ भनेर कसैले भन्न किन सकेनन \ र ति आक्रमणकारी महिला हरुलाई छेक्न किन सकेनन ? गल्ति केटि को या आरोपित केटा को हुन् सक्छ तर यसरि खुला समाजमा यत्रो भिडमा यसरि एक्लो र अबला नारि लाइ हातपात गर्न मिल्दैन र गरेमा उपस्थित हरुले सम्झाउन र छेक्नु पर्थो \ व्यक्तिले गल्ति गर्दा जात लाइ किन गालि ? एउटा व्यक्तिले गल्ति गर्न सक्छ तर किन जातिलाई मुछ्नु अशिक्षित मुर्ख हरु \ मन सार्है रोयो आज किन यस्तो जंगली ब्यबहार हाबी हुदैछ ? कानुनको राज को टड्कारो खाचो छ देशमा \ कानुन राज्य र नागरिक दुबैले पालना गरिनु पर्छ\ दोषीले सजाय ,अन्यायमा परेको ले न्याय कुनै पनि बिबेध बिना पाउनु पर्छ \ प्रहरीले भिडको बलमा होइन न्याय र अन्याय को आधारमा कारबाही गरिनु पर्छ \ पहिला आक्रमण गर्ने महिला लाइ कुनै पनि हालतमा कानुनको कठघरामा उभाइनु पर्छ \यसलाई कसैले बचाउनु हुदैन \मानबता मार्ने ,कानुन हातमा लिने लाइ माफि दिन सकिन्न यदि दिएमा विद्रोहको जन्म हुन्छ \ माफि पाउने र दिनेहरुले धेरै कुरा गुमाउनु पर्ने हुन्छ \ खबरदार यी जंगली हरुलाई काखी च्याप्न कुनै नेता र पार्टी भोटको आशाले पछि नलागुन लागेमा तिम्रा पनि अबसान का दिन सुरु हुनेछन \ जे गर्नु छ कानुनले गर्ने सिस्टम बनाउ \ अन्याय गर्नुको पनि सिमा हुन्छ यो त सिमा नाघिएको अन्याय हो \ न्याय हुनै पर्छ \ पैसा ,सत्ता,जमात को राज सधै रहदैन यो कुरा बुझौ \

    Reply
  123. prasad says:
    July 23, 2013 at 8:37 am

    जे जस्तो भए पनि घटना सत्य असत्य जे भए पनि कार्वाही भनेको भौतिक होईन कानुनी हिसावले सबै छानविन गर्नु पर्ने हो । तर यहाँ केटाहरुले गल्टी गरेको कारण यसरी डर त्रास दिई केटीलाई कमजोर बनाउने हिसावले यसरी ती जंगलीहरुले अमानविय ब्यवहार गरेका छन । जे भएपनि ती महिलाले न्याय पाउनु पर्छ ढिलो चाडो अबश्य न्याय मिल्ने हे भगवान यी जंगलीहरुलाई बुद्धी देउ । यदी ती महिलालाई न्याय मिलेन भने कुटाईको बदला कुटाई मोसोको बढला मोसो हुनु पर्छ ।

    Reply
    1. Pradip says:
      July 23, 2013 at 9:22 am

      सुनेको थिए महिलाको सत्रु महिला नै हुन्छन हो रहेछ देखियो आज । हैन नारी अधिकारबादिहरु कुन रिसोर्ट मा अधिबेसन गर्दैछन एकफेरी यता तिर नि नजर लगाए हुनेथियो कि तर यता डलर पाइदैन नि…!!!

      Reply
  124. SARJAN says:
    July 23, 2013 at 8:36 am

    यदि यो देशमा जसले पनि फैसला गर्न मिल्छ भने केहि फैसला म पनि गर्छु / १.शुरुमा त्यो यॊनपिपासु, बलात्कार गर्न खोज्ने केटाको पक्ष लिएर पिटाई शुरु गर्ने त्यो पुतनाको जस्तो ज्यान भएको आइमाईलाई तेसरीनै कालो मोसो र जुत्ता लगाइनु पर्छ /
    २. एउटा महिलालाई अन्यय पर्दा हात बाधेर बस्ने पुरुस भनाउदाहरुलाई चुरा र साडी लगाई डाँडा कटाउने /
    ३. ती बलात्कार गर्न खोज्ने यॊनपिपासुको अनियन्त्रित लिङ्गलाई करेन्ट लगाई सधैको लागि नियन्त्रणमा लिने /
    ४.कानुन आफ्नो हातमा लिएर अरुलाई कुटपिट गर्दा सम्म पनि अपराध गर्नेलाई सजाय दिनु सट्टा मिलापत्र गरेर आफ्नो जिम्मेवारीबाट पन्छिने त्यो प्रहरी भनौदालाई फेरि कानुन को पढाई गराउन र भिडनियन्त्रण कसरी गर्ने भन्ने ६ महिने कठोर तालिम दिन पठाउने, गर्न नचाहनेलाई तुरुन्तै जागिर बाट अवकास दिने /

    अरु फैसला छ भने साथीहरु थपौहै /

    Reply
  125. sunil says:
    July 23, 2013 at 8:36 am

    एक्लो नारीलाई कोहि छैन भनेर
    एस्तो दुर्बय्बाहर.
    थुक्क हामी नेपाली जनता र हाम्रो रमिता हेर्ने समाज

    Reply
  126. bubbyhimal says:
    July 23, 2013 at 8:33 am

    यो मान्छेहरु होइनन पशु हुन् एनी हरु लै कलि को
    मन्दिर मा लगेर बलि दिनु पर्छ अरु कुनै उपाय छैन यो देश ma

    Reply
  127. Shailendra Dhakal (म्याउ ) says:
    July 23, 2013 at 8:26 am

    कसैलाई पनि छाड्नु हुन्न, सबलाई घोक्रेठ्याक लाएर थुन्नु पर्छ, पीडीतलाइ ससम्मान छेतिपुर्ती दीईयोस, पहिला हात छोड्ने महिला,बाकी अन्य लगाएत सबै रमितेहरुलाई हदै सम्मको कारवाही भाको यो कानले छिट्टै सुन्न पाइयोस.जबर्जस्ति कानुन तोड्नेहरु, असभ्य, नारीको इज्जत नगर्नेहरुलाई मोटो डांडाले ढाड भाछिने गरि हान्नु पर्ने !!!

    Reply
  128. Raj Man Ghole says:
    July 23, 2013 at 8:16 am

    महिलालाई दुर्गाको रुप भन्छन तर ती महिला जसले महिला माथि हातपात गर्र्यो त्यो मुर्ख हो . आनाहकमा कुटपिट गर्नेको हात काटिनु पर्छ .या प्रधान न्यायादीशका सरकार हो किन चुप छौ तिमीहरु !!!

    Reply
  129. Dambar K.C. says:
    July 23, 2013 at 8:07 am

    स्याबास दिदि बहिनि हरु !

    यस्तै गर्नु पर्छ नत्र महिला अधिकारी कहाँ प्राप्त हुन्छ र हैन ? विचार गर्नुस तपाई हरु पनि सुरक्छित हुनु हुन्न !
    अब त बुझ्नु पर्ने हो तर खै …
    दोषीले दण्ड पाउने त कल्पनै नगरौ ! मैले नबुझेको मात्रै कुरा के हो भने यस्ता घटनाहरु किन महिलाहरु बाट नै महिलाहरु माथि गरिन्छन हाम्रो समाजमा ?

    Reply
    1. Jeevan Thapa says:
      July 23, 2013 at 10:40 am

      यो धनि र गरिब को खाडल ले गर्दा यस्तो भाको हुनुपर्छ ! धनि दिदि बहिनि हरुले गरिब हरुलाई हेप्ने प्रवृति आझै देशबाट हटेको छैन !

      Reply
  130. pratik says:
    July 23, 2013 at 7:39 am

    गर्नेले जे गरे पनि पढ्ने मलाई चाही लाज लग्यो !!

    Reply
  131. Pukar says:
    July 23, 2013 at 7:36 am

    यी भिडियो खिच्ने महोदयले पनि यस्तो नगरौं भन्न सक्नु पर्थ्यो होइन र? यो भिडियो खिच्ने समय सम्झाई बुझाई मा लगाउन पाएको भए, यस्तो हुने थियन कि? माफ गर्नुहोला म पत्रकार होइन, कस्तो बेलामा फोटो, भिडियो खिच्ने कस्तो बेलामा बचाउन प्रयाश गर्ने हो? मलाई थाहा भएन है 🙁 जे होस् धेरै नराम्रो समाचार |

    Reply
  132. Siraj says:
    July 23, 2013 at 7:36 am

    महिलाले गलत आरोप लगाएको भए त्यो प्रमाणित हुनुपर्‍यो। प्रमाणित भएपछि पनि त्यसरी दुर्व्यवहार गर्न पाइँदैन। कानुन अनुसार सजाय हुन्छ। आफै न्यायाधीश बन्ने, आफै कानुन हातमा लिने भए किन चाहियो प्रहरी ? किन चाहियो न्यायालय ? के यो देशमा कुनै कानुन छैन ? कहाँ छन् मानवअधिकारवादी भनाउँदाहरु ? कहाँ छन् समाज परिवर्तन गराउँछु भन्दै हिँड्नेहरु ?

    अनि यस्तो सरकारवादी हुने घटनामा प्रहरी कार्यालय मै प्रहरीकै अगाडी कसरी मिलापत्र सम्भव भयो त ? प्रहरी प्रशासन हुनेखानेहरुको मात्रै भइदिदा यस्तै हुन्छ क्या रे ………

    अनि अधिकारकर्मी भन्ने डलरे अधिकारकर्मीहरु डलर नआउदासम्म त किन बोल्थे र ???????

    Reply
  133. रोसन,टोक्यो says:
    July 23, 2013 at 7:28 am

    यस्तै भीडबाट जन्मेको व्यक्ति नै हाम्रो नेता बन्ने हुन् , अनि उनिहरु संग के अपेक्क्षा राख्नु ?समाज शभ्य नभई देशको उन्नति असम्भव छ ,नेताहरुलाई गाली गरेर समय बर्बाद गर्नु भन्दा हाम्रो गाउँ समाज भित्र रहेका विसंगति बिरुद्द लडौ |

    Reply
    1. Krishna says:
      July 23, 2013 at 2:16 pm

      सहि कुरो जब सम्म समाज सव्य हुदैन तब सम्म देश को उन्नति हुदैन ! तर नेपाल मा त समाज असव्यता तिर गैराको पो छ त ! अब एसको उपाय भनेको समाज लाई शिक्षित र आनुसासन को tuition दिनु पर्छ त्यो पनि हाम्रो २०४० साल तिर को मास्टरी स्ताईल मा !!! अब त यो जंगली समाजमा फर्कने रहर पनि मरीसको !!! को लाई भन्ने? को छ गतिलो ? गा बि स देखि सदन सम्म चोर हरु छन् हाम्रै समाजका !!! इ प्रा का देखि नक्साल सम्म फटाहा हरुछन्! अब समाज का असल साथीहरु एकजुट हुनु परो ! पार्टी हरुका कुकुर हरु ले केहि गर्लान जस्तो लाओन मलाइ त!!
      समाज का कुरा सबै टाउके हरु गर्छन देशको हालत एस्तो छ !!!! आमा दिदि हरु लाइ नि देखाउ यो video साथी हरु ! ताकी भिड को सहभागी नहोउन !!!

      Reply
  134. Milan says:
    July 23, 2013 at 7:15 am

    महिलाको पिडा किन महिलाले नबुझेको ? अझ महिला नै अगाडी गएर दुर्ब्यबहार गर्ने! ठुला बडा ( वा जात) को गल्ति लाइ प्रहरीले मिलापत्र को कारणले नेपालमा यस्ता असभ्य घटना हरु बारम्बार दोहारी रहेका छन् ! प्रहरी जहिले पनि मिलापत्र गर्न किन उत्सुक हुन्छन ??

    Reply
  135. prem lama says:
    July 23, 2013 at 7:07 am

    मान्छे हैन त्यहाँ त जनवार हरु बस्छन क्यारत्यो समाज मा हैन कसले दिएछन इनि हरुलाई अधिकार जे गर्दा नि हुने कहाँ गए हाम्रा देशका निकाए,

    Reply
  136. बिद्रोही says:
    July 23, 2013 at 6:52 am

    जब सम्म देशमा कडा कानुन को बेबस्था हुन्न र त्यो बेबस्था को पालना गराउने नैतिकवान, जिम्मेवा रदेशभक्त महापुरुस को उदय हुन्न तबसम्म न योदेशमा कसैले शान्ति संग जिउन पाउछ न मर्न नै … हाम्रो देशमा महिला हकहित क लागि कति संघ सस्था छन् खै त तिनको उपस्थिति यहाँ ? के गर्दैछन तिनीहरु? के डलर को खोल ओडेर मस्त निदैरहेका छन्?

    Reply
  137. Jeevan Thapa says:
    July 23, 2013 at 6:44 am

    हावा नचली पात हल्लिदैन ! ति महिला माथि अन्याय भएकै हो, जबर्जस्ति नगरे पनि गर्ने प्रयास गरिएकै हुनु पर्छ!
    अब कुरो रह्यो त्यो जंगली समाजको … त्यहाँ कुटपिट गर्ने र मोसो मात्र दल्ने हरु अपराधी होइनन त्यो दर्दनाक अवस्था लाइ टुलु टुलु हेरी बस्ने पनि अपराधी हुन् यदी यस्ता घटना हरुलाई कानुनी तरिका बाट बेलैमा नियन्त्रण गर्न सकिएन भने हाम्रो समाज कता जाने हो अहिले नै भन्न गारो छ !
    अब हामि यो अपराध फेरी नदोहोरियोस भन्ने चाहन्छौ भने सोसियल मिडिया हरु बाट सक्दो बिरोध गर्नु आबस्यक छ !

    Reply
  138. राम चन्द्र says:
    July 23, 2013 at 6:41 am

    मानब रुपी दानब व्यबहार । कैले बन्छ समाज सब्य । मानब अधिकारकर्मी भनाउदा कता निदाउदै छन कुन्नी ?

    Reply
  139. Rajendra Adhikiar says:
    July 23, 2013 at 6:26 am

    १००० जाना नै भएपनि सप्पैलाई लगेर १००० दिन थुन्नुपर्ने । Opps म पनि फेरि आफैँ न्यायाधिश भै टोपलेछु । १००० जाना नै भएपनि यो कर्तुत् को जिम्मेवार सप्पैलाई लगेर कानुनको कठघरामा उभ्याई कानुन् बमोजिम सँजाया दिनुपर्छ । कानुनमा एकजनाले गरे अपराध भिडले गरे माफी भन्ने छ र ?

    Reply
  140. Niroj, dublin ireland says:
    July 23, 2013 at 6:00 am

    नेपाली समाज असली रुप हो यॊ, हामी जति सुकै मोदेर्ण कपडा लगाए पनि समाज भित्र को कुरुपता अझै तय्गना सकेको छैन.ई त पर्तिनिधी पात्र मात्र हुन् , वास्तब हामी सबै नेपाली हरु पसुबिया मानसिकता बाट माथि उठ्ना सकेको छैन. भगवान ले उनको राच्या गरुन

    Reply
  141. Mabindra rana says:
    July 23, 2013 at 5:49 am

    एस्लाई उजुर गर्नु पर्छ. ल न हौ नेपालमा हुने साथि हो एस्लाई उजुरी गरोउ न हजुर . कानून अनुसार कारबाही त हुनु paryo

    Reply
  142. chandra rai says:
    July 23, 2013 at 5:42 am

    कस्तो जंगल राज र मुड्की तन्त्र हो नेपालमा? हालमा ३० देखि ५० लाख नेपाली हरु बिदेस मा छन्! आफु बिदेस मा भएको बेलामा आफ्नो श्रीमती या आमा, दिदि, बहिनि, छोरी माथि एस्तो घटना घटे कस्तो होला ?

    १. गाउँ का मान्छे भेला भएर फैसला हुने/न्याय पाउने भए किन चाहियो त्यो पुलिस चौकी, प्रसाशन र अदालत?? हैन त्यो पुलिस कार्यालय को काम चाही भिड ले जे गर्यो रमिता हेरेर बस्ने र अन्तिम मा सदर गर्ने हो कि क्या हो?
    २. त्येस्तै, कहाँ गए ति महिला, दलित, गरिब, असहाय को पक्ष्य मा राजनीति गर्ने दलहरु , खाइ जिबिका गर्ने NGO / INGO , संघ संस्था, महिला र मानब अधिकार बादी आयोग हरु???
    ३. अनि राज्य को चौथो अंग भनिने स्वोछा र स्वोतन्त्र मेडिया कहाँ छ?? सालोक्य जी र माईसंसार लाइ धन्यबाद!

    Please यो अमानबिय, गैर कानुनी, असामाजिक घटनाको निस्पछा छानबिन होस् र दोसी माथि उचित कारबाही होस् र पिडित ले न्याय पायोस!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  143. jivan poudel says:
    July 23, 2013 at 5:34 am

    हामी र हाम्रो समाज , हाम्रो सभ्यता!!!! अहिले हाम्रो चेतना भनेको भिडबाद हो ।भिड ले जे भन्यो त्यही नै ठीक हेर एक महिला माथी सारा समाज जाइ लागेको । । आखिर किन ? ?महिला दोशी या निर्दोश जे भएपनी यो भिड ले आमाअनबिय ,जङली कृयकलाप गरेको छ । कानुन हातमा लिएर समाज मा ति महिला को बेइज्जत गरिएको छ ।आखिर यो भिड्ले हाम्रो समाज्को बस्तु स्थिती यथार्थता बाहिर । । । धिक्कार छ हाम्रो समाज लाई । । । आखिर हाम्रो समाज कती सभ्य रहेछ । । छर्लङ भयो । । । यस्ता घटना अब देखी हाम्रो समाज मा नदोहोरिउन । । प्रशाशन र राज्य मुक्दर्सक नबनोस । । ।

    Reply
  144. Prabin lama says:
    July 23, 2013 at 5:33 am

    ओहो छिछिछी कस्तो बन्न्ये जन्तु हरु बस्ने ठाउँ रहेछ छि मानब को रुपमा पशु हरुको बसोबास नामर्द हरुको समाज

    Reply
  145. योगेश आदी says:
    July 23, 2013 at 5:15 am

    यी पिडित महिलाले कसैलाई बिगतको दुस्मनी कै आधारमा चरित्र हत्या गर्ने आशयले झुठो आरोप लगाएकी थियो भनेपनि, एउटा महिलामाथि समाजले गर्ने जंगली व्यवहार देखियो / दोषी/निर्दोषी पत्ता लगाई सजाय दिने काम त न्यायालयको हो /
    निरिह देखिएकी ती महिलामाथि समुहगत रूपमा दुर्व्यवहार गर्ने भिडको अगुवालाई कानूनी सबक त सिकाउनै पर्छ !!

    Reply
  146. कुसुम ज्ञवाली says:
    July 23, 2013 at 4:59 am

    यत्र नार्यस्तु पुज्यन्ते रमेन्ते तत्र देवता…!
    नारीको पूजा हुने ठाउँमा देवता रमाउने हो, यहाँ राक्षसहरू रमाएको देखियो यो भिडियोमा । चुनावका कुरा छोडेर यस्ता झिना मसिना कुरामा लाग्न खिरारे सरकारलाइ फुर्सद पनि होवैन । हाम्री चेलीलाइ अब पशुपतिनाथले त रक्षा गर्ने होला । कठै यी पिडित चेली ।

    Reply
  147. Lekhanath Bhandari says:
    July 23, 2013 at 4:57 am

    बेलबारी घटनाका बारेमा राज्यको उदासनिता श्रीमानको राज्यमा न्याय प्राथमिकतामा नपर्नुलाई अनौठो कसरी मानौं ? यो पनि स्वाभाविक नै हो – श्रीमानको राज्यमा बाढी पिडितलाई राहत बाँड्नु पनि आचारसंहिता भित्र पर्दैन । तर अर्को आश्चर्य,नागरिक समाज(राजनीतिक पार्टी,मानव अधिकारसंग सम्बन्धित संस्था वा दलीत वा महिला अधिकारसंग सम्बन्धित संस्था, मानव अधिकार आयोग,महिला आयोग र सञ्चार माध्यमहरु वा स्थानीय नागरिक समाजको समेत उदासिनताको रहस्य के हो ?

    यो ज्यादै अमानवीय, अती निर्लज्ज र मानवता बिरुध्दको अक्षम्य अपराध हो । यस घटनाको कारण र पृष्टभूमि जे भए पनि र त्यसको दोषी जो भए पनि एक जना निहत्था महिलालाई जुन प्रकारको दुर्ब्यबहार गरिएको छ, त्यसको तुलना हुन सक्दैन । यसमा कसैको कसैका बिरुध्द उजुरी परेको छैन भनेर कसैले भनिरहेको छ भने त्यो यस घटनाका दोषीको संरक्षक हो । यस्ता घटना फेरि पनि दोहोरिन नदिन र पिडितको न्याय वा पिडितको संरक्षणका लागि यसमा संलग्न ( घटनाको कारण वा पृष्टभूमिको मात्र होइन,त्यो दुर्व्यहारमा संलग्नहरु) सबैलाई प्रचलित कानुनले तोकेको अधिकतम सजायँ हुनु पर्छ । पिडितको सुरक्षा,क्षतिपूर्ति र उपचार हुनुपर्छ । यस दुर्व्यहारमा संलग्न भएकाहरु सबैको पहिचान सार्बजनिक गरिनु पर्छ र तिनले सार्वजनिक रुपमा पिडितसंग र सामाजिक रुपमा माफी पनि माग्नु पर्छ ।

    मेरो संसारमा प्रकाशित समाचार http://www.mysansar.com/2013/07/5820/#more-5820को शिर्षकमा “बलात्कारको आरोप लगाउने युवतीलाई कुट्दै मोसो दलियो” छ तर यो समाचार शिर्षकमा समेत पिडीतप्रति सहानुभूति प्रकट गरिएको देखिएन। यो घटनाको/समाचारको शिर्षक यस्तो हुन सक्थ्यो वा सक्छ – बलात्कारका आरोपीहरुले पिडित युवतीलाई कुट्दै मोसो दले”।

    Reply
  148. madan bajracharya says:
    July 23, 2013 at 4:33 am

    यस्तरी भिडले कानुन हातमा लियर यौटी अबलालार्र कुटपिट गरेर बेहोस बनाउनु त् फोज्दारी अपराध हो/ फौजदारी अपराध कसैले गरे तेस्को बादी राज्य हुन्छ र मिलात्र गरेर यस्तो अपराधीलाई उन्मुक्ति दिनु गलत हो/ माथि उल्लेखित घटना ककसले कुट पिट गरेको स्पस्ट देखिन्छ र तिनीहरु सबैलाई कार्यवाही गरिनु पर्थ्यो/

    Reply
  149. Roshan says:
    July 23, 2013 at 4:28 am

    I cannot even watch the entire video. Feel so sorry for the girl and sad that no one came forward to help. This is not the way to judge and no one has right to be such unhuman. I hope and wishing to see all those men and women being punished really soon.

    Reply
  150. aasish swiss says:
    July 23, 2013 at 4:25 am

    थुक्क साले कुकुर हरु,आफुलाई एक्काइसौ सताब्दी को युबा पुस्ता र जाने बुझेको,पढेलेखेको भन्ने कुकुर डाका हरु को बुद्दि,येस्ता चोर हरु लाइ कसले कारबाही गर्ने होला??अनि फेरी महिला हक हित को कुरा गर्ने तिनै महिला एक बेसाहारा महिला माथि जाइ लाग्नु र आफै फैसल्ला गर्नु लाज्जास्पद छ,प्रहरी को भनाइ र गराई बिबादास्पद छ,प्रहरी को काम भनेकै यदि गरिब,बेसाहारा दोषी छ भने कारबाही गर्ने र यदि चलखेल गर्न सक्ने छ भने मिलापत्र गर्ने यो नौटंकी प्रहरी ले बन्द गरि दोषी लाइ कडा कारबाही गर्नु जरुरि छ,
    आशिस
    स्विस

    Reply
  151. Rajan Upriti says:
    July 23, 2013 at 4:22 am

    त्यो कुट्न सुरु गराउने “कुकुर्नी” को नाम र ठेगाना पाउँ न, कुकुर्नीले जे खान्छ त्यही ख्वाउनु पर्यो त्यसलाई |

    Reply
  152. Rabin SHARMA Oli ' France' says:
    July 23, 2013 at 4:14 am

    एस्तो ब्यबहार गर्नेहरु सबैलाई बाँधेर घाँस हाल्नु पर्ने …बिचरी एक्लै … आइमाई ले आइमाई को झन् भलो सोच्दैनन् जस्तो लाग्यो…. केटीको गल्तिनै भए पनि तेसरी कुट पिट गर्ने अधिकार कसैलाई छैन… एस्तो घटना नदोहोरियोस .. बदमास हरुलाई कारबाही होस्….

    Reply
  153. Rimal Banjit says:
    July 23, 2013 at 4:14 am

    यो जंगली राज को पराकास्ता नमुना हो.

    Reply
  154. Bhawana Shrestha says:
    July 23, 2013 at 4:02 am

    उफ्फ़ कति लाज लाग्ने कुरा सुन्न र देख्न परेको/ महिला भएर महिला माथि अत्याचार गर्न अलिकति पनि सरम लागेन त्यो जंगली महिला हरुलाई थुक्क बेसर्मी हउ/ त्यो समाज कस्तो होला एउटा अबला नारी माथी त्यस्तो अत्याचार गरेको हेरी रहन सकेको / यो कस्तो समाज हो कुनै महिला लाई एक्लै बाच्न दिदैनन उसमाथि जोसुकै ले अत्याचार गरे पनि सहनु पर्ने ……. उसलाई त्यस्तो अत्याचार गर्दा पनि त्यहाका मानब रक्षक हरु कता पलायन भए ……?? उसको श्रीमान् बैदेशिक रोजगार गयो भन्दैमा उसको चरित्रलाई औला उठाउने यो कस्तो समाज हो …… यो जंगली जमात हरुको कहिले चेतना आउलान खै ………

    Reply
  155. Bek Magar says:
    July 23, 2013 at 4:00 am

    कुकुरलाई द्रौपतिको श्राप लागे जस्तै यी अबलालाई यस्तो अवस्था बनाउने ती असभ्य पाखण्डीहरु सबैलाई नी कुकुरहरुलाई जस्तै द्रौपतिको श्राप लागोस | तिनीहरुका सबै चेलीबेटीहरुको नारी लाजत्व (जुन अवस्था एक भन्दा बढीले देख्न नहुने ) त्यो पनि कुकुरहरुको जस्तै कम्तिमा ८-९ जनाको समुहले देख्ने गरी होस् | किनकि मान्छेले अन्तिम होस् भएसम्म पनि उसले पहिला सकेसम्म आफ्नो लाजत्व नै छोप्न र जोगाउन खोज्ने कुरा यी पशु पाखण्डीहरुले किन बुझेन ?

    Reply
  156. Lalit Narayan says:
    July 23, 2013 at 4:00 am

    दलित जात भएकीले नै यिनी माथि यो दुर्ब्यबहार तथा अन्याय भएको हो l यिनका ठाममा ब्राम्हण वा अन्य जातकी महिला भएकी भए यिनलाई यौन दुर व्यवहार गर्न खोजेको भन्ने केटाहरुलाई उल्टा घोक्रेठ्याक लाउथे l पीडकलाइ कडा भन्दा कडा सजाय दिदै तथा जना चेतनाको विकाश गर्दै समाजमा बिधमान यस्ता अमानविय प्रबितिको निर्मुल पार्नु पर्दछ l

    Reply
  157. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    July 23, 2013 at 3:49 am

    अपराधि नै भए पनि कानुन ले पो सजाए दिनु पर्छ त ! कस्तो बिडम्बना ! Reminds me of a quote I once heard which goes something like this:

    – People become wicked and mad in herds, they only recover their senses slowly, one by one.

    Reply
  158. द्रोण says:
    July 23, 2013 at 3:42 am

    तेसै बहादुर भनेको हो धोतीले ? बहादुरे बुद्दि , बहादुरे राजनीति गर देश मा , ति अबला नारीमाथि अत्याचार गर्ने साचै बहादुर हुन् |अब को ५० बर्स मा पनि देश जहि को तही |भुत्रो प्रगतिसिल हरु

    Reply
  159. Sunil, London says:
    July 23, 2013 at 3:14 am

    वा वा वा म त धन्य भए !! नेपालमा जन्मेकोमा अब म आफु माथि “गर्व” गर्न सक्छु ! साच्चिकै वीर हुन् नेपालीहरु ! कानून येसरी हात मा लिन पनि पाइदो रहेछ !
    ति दुइ केटा हरु को हुन् त , जसले बलात्कार को कोशिश गरे ? अबश्य कुनै पार्टीका कार्यकर्ता हुनु पर्छ ! लोग्ने मान्छेले महिला लाई शोषण गरे भन्ने त धेरै सुनेको थिए तर आज त महिला ले महिला लाई यो स्तर को शोषण पनि गर्न सक्दा रहेछन भन्ने देख्दा अचम्म मा परेको छु ! कतै सुनेको थिए “महिला को सबभन्दा ठुलो दुश्मन महिला नै हुन्” आज प्रमाणित भयो ! येति नै भन्छु यो घटना तेसै सामसुम नहोस , युबक हरुको गल्ति हो कि युवतीले झुठो बोलेकी हुन् , यो कुराको खोजबिन हुनै पर्छ ! र दोषीलाई कारवाही होस् ,तर कारवाही मानव सभ्यता अनुसार होस् एस्तो जंगली पाराले हैन !!!!! गर्व छ मलाई नेपाली “तालेवान” माथि !!!!

    Reply
  160. भाइ काजि श्रेष्ठ says:
    July 23, 2013 at 3:03 am

    “आफै न्यायाधीश बन्ने, आफै कानुन हातमा लिने भए किन चाहियो प्रहरी ? किन चाहियो न्यायालय ? के यो देशमा कुनै कानुन छैन ? कहाँ छन् मानवअधिकारवादी भनाउँदाहरु ? कहाँ छन् समाज परिवर्तन गराउँछु भन्दै हिँड्नेहरु ? अब यो देशमा जसले जे गरे पनि हुने भइसक्यो हो ?”

    सहि कुराको उठान भएको छ यहाँ ! तर नेपालमा यस्ता घटना धेरै भए पनि कानुनले ऐले सम्म कानमा तेल हालेर नै बसेका छन् ! आखिर तेत्रो जथ्थाको सामु ति अबला नारीले कसरि एक्लै प्रतिकार गर्न सक्थिन र !!! पिडा साहना बाध्य भईन !
    सलाम गरे त्यो व्यक्तिलाई, जसले उनलाई आफ्नो सलले ईज्जत ढाकी दिने कोसिस गर्नु भयो ! त्यो भिडियो मैले फेसबुक मार्फत हेर्न पाए तर एकै छिनमा त्यो भिडियो पनि रिमुभ गरिएको थियो ! यस्तो लाग्थ्यो ! आफै बोक्सी आफै धामी………. क्या छ नेपालको कानुन……. दैब नै जानुन………… रक्षा गर प्रभु…………………………

    Reply
  161. राजकुमार says:
    July 23, 2013 at 3:03 am

    येस्ता जंगली को संगत ले नेपाल कहिले उभो लाग्ने ? बिहारी मनोब्रिती ले आक्रान्त बनेको दिमागी हालत ठिक नभएका जमातहरु थुइक्क !

    Reply
    1. RK Budhathoki says:
      July 23, 2013 at 4:36 am

      एस लै बिहारी प्रबिती भनिदैन. आफ्नो समाज मा भएको बिकृति लै अरुको भनेर पंचिना मिल्दैन. मोंरंग यो घटना, कुनै दिन बिहार मा घटेमा, उनीहरु ले त्यो घटना लै नेपाली प्रबिती भन्ने छन्

      Reply
    2. diwakar says:
      July 23, 2013 at 8:27 am

      इगो को लडाई जस्तो लाग्यो ! सोभनीय त हुदै होइन ! असोभनिय र असहिस्णू समाज ! आरोप लाउने ले लगायो भने पनि सभ्य र सोभनीय हिसाब ले त्येश को सामना गर्नु पर्छ !

      Reply
  162. subash says:
    July 23, 2013 at 2:56 am

    गल्ति कसको हो कसले हेर्छ र ? जसले ठुलो स्वर गर्न सक्यो, जसलाई भीड ले साथ दियो, तै सर्बे सर्बा हो हाम्रो देशमा . देश चलाउने नेता पनि देश बिकाशका योजना सबैलाई बुझाएर हैन, भीड सडकमा ओरालेरै माथि पुग्छन, यो घटना मा दोषी खोजेर कारबाही हुनु पर्छ तर नेपालको कानुन, पशुपतिनाथ ले मात्र जानुन . जय होश सबैको

    Reply
  163. dil says:
    July 23, 2013 at 2:47 am

    मेरो बिचारमा सत् पर्तिसत ति केटाहरुको दोष छ केहो भने हाम्रो नेपाली समाजमा कसैको लोग्ने बाहिर छ भने गलत नजरले हेर्ने गर्दा रहेछन येस्लैता चाहीदोहोला भनेर अनि तेहबता सुरुहुन्छा कहानी… पिट्ने आइमाइत उसैको छोरोहोकी भन्ने लागेयो किनभने तेस्ता छोराहरु परिवारमा येति सब्बे देखिन्छन घर परिवार छिमेकी कसिले पनि तेस्तो गर्छ भन्ने बिस्वासै हुन्न किनेभने तिनीहरु कहिलेपनि उनीहरुको अगाडी फतैइ कम गर्दैन बाहिर चाही टन्न रक्सि चुरोट गाँजा खै घरभन्दा परको चौतारोमा बसेर करेम बोर्ड खेल्दै केटीहरुलाई छेड हानेका हुन्छन जुन केटीहरुको कोइ हुन्न तिनीहरुलाई तारो बनौछां …तेसैले मा त भन्छु मिलापत्र भन्दा कानुनी कारबाही हुनु पर्यो

    Reply
  164. Chetan Nepali says:
    July 23, 2013 at 2:30 am

    यो एउटा हिन्दु सभ्यताको सानो नमुना हो ! यो सदियौ देखि जरो गडेर रहेको विकृतिलाई नफाले सम्म यसले सबैलाई अशान्त बनाई राख्ने छ नेपाल मा !!

    Reply
    1. Shyam says:
      July 23, 2013 at 3:11 am

      हिन्दु सभ्यताको होइन चेतन जी, चेतना नभएका तपाई हामी जस्तै, आधर्मी मानब को काम हो यो. कुनै पनि धर्म या सभ्यताले येसो गर्न देदैना,

      Reply
      1. Chetan Nepali says:
        July 24, 2013 at 2:16 am

        श्याम जी,
        के गर्नु चेतनाको उज्यालोलाइ तीजको ब्रत, स्वस्थानी ब्रत, आदि इत्यादी ले कालो बादलले झैँ ढाकि राखेको छ त्यसलाई तपाई के भन्नु हुन्छा ?

        मेरो भनाइको तात्पर्य चै जुन जातिय बिबेद (सानो ठुलो भन्ने) हिन्दु सभ्यता (हिन्दु धर्म हैन ) ले समाजमा लागु गर्यो त्यसको जरो यति गहिराई मा पुगेको छ कि त्यसलाई उखेल्नु समाजमा ठुलोइ पहिरो आउनु पर्छ जस्तो लाग्छ ! यसको अर्को उदाहरणा “द्रौपदी को बस्त्र हरण हुँदा पनि चुप लगेर बस्नु पर्ने पाच जना श्रीमान्हरु को कथा” जस्ता episode हरुले पक्कै पनि समाजमा सकारात्मक भन्दा नकारात्मक कुरालाई प्रोत्सहान दिन्छ जस्तो लाग्छ त्यसैले सुध्रिनु पर्यो मित्रहरु!!

        म बुद्ध जन्मेको देश नेपालको नागरिक भनेर नाक फुलाउनु भन्दा बुद्धले सिकाएको पाच शील मध्ये पहिलो – अहिंसा (non Voilence ) अर्थात् अरुलाई राम्रो गर्न नसके पनि नराम्रो चाही केहि पनि नगर्ने शील/ज्ञानलाई ब्यबहारमा लागु गरे मात्रै पनि धेरैले शान्ति अबस्य पाउछ !

        Reply
    2. Rohit says:
      July 23, 2013 at 10:28 am

      येसलाई हाम्रो कुसंस्कार चाई हो भन्दा कसो होला चेतन जी ?

      Reply
    3. प्रतिक says:
      July 23, 2013 at 11:09 am

      हामी मध्ये धेरै जना हिन्दु धर्म भन्नाले नेपाली सामाजिक व्यवस्था बुझ्छौं अनि हिन्दु धर्म देखि बित्रिश्नित हुन्छौं / सामाजिक मान्यता र धर्म भिन्न हुन् /

      Reply
    4. Raju says:
      July 23, 2013 at 12:32 pm

      हिन्दु धर्म मा महिला को ठाउँ जहिले पने उचो हुन्छ, यो घटना बिबेक न हुने भिड ले गरेको हो. धर्म न मान्ने हरु ले गरेका हुन्.

      Reply
      1. Chetan Nepali says:
        July 24, 2013 at 3:21 am

        राजु जी ,
        आफ्नो कमि कमजोरीलाई realize गर्नु सट्टा दोष अरुलाई दिने बानीले सुधार चै पक्का असम्भव हुन्छा जस्तो लग्ग्छा !

        मेरो बिचारमा त यो रामायणमा रावणको कथा, कैकेइया को कथा त्यस्तै महाभारतमा कंश, सकुनी तथा कृष्णको कथाहरु द्वारा प्रेरित षडयन्त्रकारीहरुले गरेका हुन् ! त्यस्तै जहाँ सीतालाई १४ वर्षा बनवास पछि पनि फेरी पुन बनवास बस्न बाध्य कथाहरुले प्रेरित हुलले गरेका हुन् जस्तो लग्छ !

        यो हिन्दु धर्मले गर्दा राम्रो हुने भए, सबै भन्दा पुरानो र सनातन भए पनि आज एकाइसौ शताब्दीमा आइपुग्दा सम्म पनि किन नेपाल र भारतको मानव सभ्यतामा यत्ति कमि र कमजोरी ??? सत्य युग, द्वापर युग, त्रेता युग अनि कलि युग सम्म आइपुग्दा निक्कै अगाडी पुग्नु पर्ने झन् झन् पछाडी तिर पो जादै छ त !!!!

        कुरा बुझौ मित्रहरु ! अरुको खेदो खन्ने बानि छोडौ र आफ्नै कमि कमजोरीलाई केलाउ अनि समस्या आफै समाधान हुन्छा जस्तो लग्छ !

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme