Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाओवादी उत्पादनमा लाग्ने भन्थे, के-के उत्पादन भयो ?

Posted on July 21, 2013July 21, 2013 by Salokya
nagarik_cover
उत्पादनको हल्ला पत्रिकाहरुमा यस्तो थियो।

एमाओवादीले माघमा हेटौँडामा तामझामका साथ गरेको महाधिवेशनले उत्पादनको कार्यनीति ल्याएको चर्चाले सगरमाथाको उचाइलाई नै चुनौति देला जस्तो थियो। उत्पादन र निर्माणको ब्युरो बनाएर देशको आर्थिक विकासमा लाग्ने हल्लाबाजी क्या रमाइलो थियो। आज छ महिनापछि फर्केर हेर्दा माओवादीले यो बीचमा के के उत्पादन गर्‍यो त ?

किन गरेन ? ‘विवाद’ त उत्पादन गर्‍यो नि। सबै उत्पादनमा लागे क्रान्ति चैँ कसले गर्छ नि भनेर उतिबेलै काजी साहेब (नारायणकाजी)ले भनेर विवाद उत्पादनको थालनी गरेकै हुन्।

IMG_0737-1024x764
प्रचण्डले कागजमा बनाएको उत्पादन योजना।

उपाध्यक्ष पदबाट राजीनामा दिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘त्याग’ उत्पादन गरे। वरिष्ठ नेताको पद दिन्छु भन्दा पनि नमानेर अझै त्यागको नयाँ नमूना पेश गरे। प्रतिक्रियावादीहरुले खुब उत्पादनमा लाग्ने भन्थे, नयाँ नेता उत्पादन गर्न समेत असफल भयो भनेर खिज्याए पनि यसलाई रुपमा हैन सारमा बुझ्नु पर्छ भन्ने हाम्रो मान्यता हो।

अहिले खन्ना गार्मेन्टमा भइरहेको विस्तारित बैठकमा बाबुरामपथलाई नै पछ्याउँदै धमाधम ‘त्याग’ उत्पादन भइरहेको देख्नुभएन ? उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोस्टबहादुर बोगटीले पनि राजीनामा गरेर ‘त्याग’ गरे। अब एमाओवादीमा प्रचण्ड अध्यक्ष बाँकी सबै केन्द्रीय सदस्य। गज्जबको एकल नेतृत्वको उत्पादन भयो नि, हैन ?

यो त्यागको असर अरु पार्टीमा नि परिसक्यो। राजेन्द्र महतोले अब मन्त्री खान्न भनेर त्यागको घोषणा गरिसके।

उत्पादन त्यतिमा मात्र सीमित छैन। वैशाखमा लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दा पनि ‘विवाद’ उत्पादन भएकै हो।

अझ त्यसभन्दा अघि प्रधान न्यायाधीशलाई पदमा बहाल राखेरै प्रधानमन्त्री बनाउने नयाँ किसिमको मोडल उत्पादन पनि भएकै हो, जसलाई पछि इजिप्टले पनि आयात गर्न बाध्य भयो।

घरमा बूढी हुँदाहुँदै अर्काकी बूढी रहेकी बिना मगरलाई भगाएको आरोपमा निलम्बनमा परेका सुपुत्र प्रकाश दाहाललाई गत चैतमा कारबाही फुकुवा गरेर घरमा खाली रहेको एउटा सदस्य पनि उत्पादन गरिएकै हो।

झुट उत्पादनको ह्यापी एनिभर्सरी!

एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो जीवनशैली महंगो र भडि्कलो भएको भन्दै पोहोर भएको विस्तारित बैठकमा चर्को आलोचना भएपछि लाजिम्पाटस्थित निवास छाड्ने घोषणा गरेको खबर मिडियामा आएको आज ठ्याक्कै एक वर्ष भएछ। पोहोर साउन ६ गते इकान्तिपुरमा हामीले यो समाचार पढ्न पाएका थियौँ। झुट उत्पादनको ह्यापी एनिभर्सरी कमरेड !
dahal
एक वर्ष पुरानो समाचार-
काठमाडौं, श्रावण ६ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले लाजिम्पाटस्थित महंगो घर छाड्ने भएका छन् ।
दाहालको जीवनशैली महंगो र भडि्कलो भएको भन्दै राजधानीमा जारी विस्तारित बैठकमा चर्को आलोचना भएपछि दाहालले लाजिम्पाटस्थित निवास छाड्ने भएका हुन् । ‘अध्यक्षले हाल चढ्दै आएको महंगो गाडी छोड्ने र बस्दै आएको लाजिम्पाटस्थित डेरा पनि छोड्ने,’ विस्तारित बैठक प्रचार संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले भने, ‘पूर्व प्रधानमन्त्रीलाई सरकारले दिने सुविधा मात्र उपयोग गर्ने ।’
नयाँ बजारस्थित पुरानो निवास साँघुरो भएको भन्दै गत माघ ५ गते दाहालले लाजिम्पाटस्थित महंगो रातो घर सरेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी नयाँबजारस्थित निवासमै बस्दै आएका थिए । नयाँ भवनका लागि माओवादीले मासिक एक लाख रुपैयाँ भाडा तिर्ने दाबी गरे पनि कतिपयले दाहालले नै त्यो भवन किनेको बताउँथे ।
यसैगरी माओवादी अध्यक्ष दाहाल र उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सवै चल अचल सम्पत्ति आर्थिक समितिमा बुझाउने र आर्थिक समिति मार्फत सवै वितरण गर्ने व्यवस्था मिलाउने माओवादीले जनाएको छ ।

उत्पादन गर्ने नीति लिएपछि माओवादीले अरु के के उत्पादन गरे, यसो तपाईँले पनि केही देख्नुभएको भए लेखेर कमेन्ट ‘उत्पादन’ गर्न सघाउनुस् 🙂

47 thoughts on “एमाओवादी उत्पादनमा लाग्ने भन्थे, के-के उत्पादन भयो ?”

  1. nisha says:
    July 23, 2013 at 1:18 am

    मुलुक मा भएका सबै भौतिक संरचना त ध्वस्त गरयौ बाँदर हरु पद र सत्ता को पछाडी लाग्दैमा फुर्षद छैन भुत्राको उत्पादन तिर लाग्छौ अब चुनाब औन लग्यो ycl उत्पादन गर बेत र बास को लौरी को उत्पादन गर तीमिहरु ले उत्पादन गर्न सक्नी तेही हो तेइ पनि जंगल को रुख को बिनास गरेर …. भगवान हाम्रा देशमा सच्चा देशभक्त नेता कहिले जन्मलान खै ….

    Reply
  2. saroj says:
    July 23, 2013 at 12:22 am

    उत्पादन त कम गरे इनले? सोझा साझा लै झुक्क्यार उनीहरुको लागि काल्पनिक भवन बनायक छन् अनि आफ्नो चै वास्तविक! कसैलाई प्रमाण चैन्छा भने मुसा लै सोधे पनि भन्दिन्छ! हुन् त इनै ……………….. के भन्नु खै? जति भने पनि मन हलुका हुँदैन!

    Reply
  3. mesh gurung says:
    July 22, 2013 at 5:23 pm

    कागज मा Flow Chart बनाउदैमा milestone प्राप्त हुने भए त नेपाल का सारा Project हरु सहि समय मा नै सकिने थिए I देश मा उत्पादन भाको छ त केवल अराजकता मात्र I विकास एकै पटक मा जादु को छडी ले छोएर हुने त होइन तर पनि इ सब हुनुमा उन को पनि हात छ I जहाज उडाएर सहि ठाउमा अवतरण गराई दिने नै सच्चा captain हुन् I

    Reply
  4. xyz says:
    July 22, 2013 at 8:21 am

    साथी हरु हो नारायण काजी को नारा उत्पादन राख्न नभुल्नुहोला

    Reply
  5. kismat says:
    July 22, 2013 at 7:39 am

    निकट भविस्यमा माओबादी को उत्पादन यस्ता हुन्छन होला :
    प्रचण्ड ब्रान्ड चाउ चाउ
    बाबुराम ब्रान्ड सुद्ध कुखुराको मासु
    नारायणकाजी ब्रान्ड सिमेन्ट
    हिसिला ब्रान्ड गड्यौलाको मल
    सीता ब्रान्ड कस्मेटिक
    यस्तै यस्तै
    अनि लास्ट बट नट द लिस्ट
    प्रकाश ब्रान्ड कन्डोम

    Reply
  6. sundar says:
    July 22, 2013 at 7:32 am

    भइ’रा छ त, प्रचण्डको सुमार्गी प्रा. लि.का क्रान्तिकारी महलहरु ,बाबुरामको त्याग फ्याकटरी, प्रकाश काजीको आसु कारखाना, हिसिलाको गड्यौला कारखाना, प्रकाश (प्रचण्ड कु-पुत्र) का तरुनी र बुढी कारखाना, कति छन् कति नि, किन नजरअन्दाज गर्या हुन् बाई यी ब्लग लेख्ने दाईले त

    Reply
  7. Jeevan Thapa says:
    July 22, 2013 at 6:37 am

    नेपाली नेताहरुलाई गाली गर्नुको सट्टा मा त नेपाली जनतालाई नै गाली गर्छु!जनताले चाहने हो भने नेपाल सिंगापुर बन्न १० बर्ष लाग्दैन!!!
    नेतालाई मात्र दोष दिएर के गर्नु आखिर १ टुक्रा भैशी को मासु र १ बोतल ठर्रा को भरमा आफ्नो बहुमुल्य भोट बेच्ने पनि त हामी जनता हरु न हो!

    बेलामा नेतागिरी गरेको भए गगन थापा को दाई भएर निस्किने रहेछ हाहा हाहा !!

    Reply
  8. Harke says:
    July 22, 2013 at 5:51 am

    “भन्ने कुरा गर्दैनन….गर्ने कुरा भन्दैनन…..” त्यो हो क्यास-माओबादी….चेतना भया !

    Reply
  9. Pratik says:
    July 22, 2013 at 5:13 am

    Politicians are representatives and reflection of our society.

    A huge majority of Nepalese public are divided into various political groups or sides. Therefore, congress supporters are okay no matter what their leaders do and the same goes on with UML supporters; hence and henceforth with other political parties.

    Do not blame politicians only. Blame the supporters of affiliated parties as well. When I say parties, all major parties.

    My point is – take a hard look on yourself before criticizing a politician if you have ever tried to get closer to a politician for a job or to get something done.

    If you want know my opinion, my opinion is very clear. Majority of Nepalese politicians are corrupt whereas Prachanda is a mass murderer. He has got blood in his hand of 15000 people. And yet, for a fraction of Nepalese people he is as big as god! What a irony!!

    Reply
  10. Parixit says:
    July 22, 2013 at 2:59 am

    (कु)पुत्र बाट २ बुहारी उत्पादन, १५००० हजारकाे बलीबाट लािजम्पाट दरवार उत्पादन, चील लाइ हेलिकप्टर नामक नयाँ अावश्यक्ता काे िसध्दान्तकाे उत्पादन, मुस्ताङ्ग चढेर िबप्पा उत्पादन, बालुवाटार मा बस्दा गड्याैला उत्पादन, अरु धेरै उत्पादन िथए भन्न मन लागेकाे फेरी िवधुितय काराेवार एेन काे दफा ४७ पाखुरा सुर्किन अाउला भन्ने डर,

    Reply
  11. janak man dangol says:
    July 22, 2013 at 1:13 am

    गड्यौला उत्पादन, त्रिसुली उत्पादन साली पट्टिका सात पुस्ता र भेना पट्टिका नौ पुस्ता लाइ पुग्ने गरि सम्पति थुपार्ने उत्पादन अनि धर्म नमान्ने सर्बहाराले कथित गुरु कमल नयन को आश्रम धाउनु पनि नयाँ मोडेलको उत्पादन नै हो नि !

    Reply
  12. Santosh says:
    July 22, 2013 at 12:27 am

    उत्पादन त कति हो कति. लिस्ट बनायो भने मैले फेरी एउटा छुट्टै ब्लग लेख्नु पर्छ.

    Reply
  13. Hari Prasad Lamichhane-Saudi says:
    July 21, 2013 at 11:35 pm

    हैन भन्या त्यो प्रकाशेले एउटी मगर्नी उड़ाएको थियो , त्यता येसो केहि उत्पादन भएन भन्या ?

    Reply
  14. Raju Rana - Mahendra says:
    July 21, 2013 at 11:11 pm

    हाहाहा –नाइस जोक्स – नेपाल मा नेता ले गरिदिने र गरिखान दिने भय के को दुख हजुर

    Reply
  15. Luna says:
    July 21, 2013 at 10:57 pm

    भारतीय विदेशमन्त्री सलमान खुर्सिदको ९ घन्टे नेपाल भ्रमणको दृश्यमा जे देखियो नेपाली नेताहरुको राजनीति रंग —- त्यसमा पनि खास गरि त्यो सिंगापुरबाट
    आफ्नी स्वास्नीको उपचारक्रममा हाम फाल्दै एक्लै आईपुग्नु भा’को कमरेड प्रचण्ड —-
    अब के नै बाँकी रह्यो हेर्नलाई माओबादिको उत्पादन ???

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 22, 2013 at 11:18 am

      पहिला त् तपाई कट्टर माओबादी हुनुहुन्थ्यो हैन ? एकचोटी बीच मा माईसंसार हेर्न छोडेको थिए ! के ले परिबर्तन ल्यायो तपाइलाई ?

      Reply
  16. Dinesh Oli / Airport Customs Officer says:
    July 21, 2013 at 10:05 pm

    पहिला पहिला यो ब्लग पुरै माओबादी मय हुन्थ्यो, जे नराम्रो भए पनि तेस्लाई प्रत्यक्ष्/अप्रत्यक्ष् रुपमा ज्ञानेन्द्र लाई दोष लगईन्थ्यो ! त्यो बेलामा मलाई किन मानिसहरु येसरी आतंकबादी हरुको समर्थन गर्छन भनेको जस्तो लाग्थ्यो ! अहिले बल्ल सबै को बुद्दि आएछ ! ज्ञानेन्द्र कहिले पनि राज्य को सत्रु थिएनन् ! देश को सत्रु भनेको प्रचण्ड र गिरिजा हुन् ! एउटाको त् सहज मरण भयो, अर्को कुहिएर मर्छ !

    Reply
    1. santosh bahadur says:
      July 28, 2013 at 3:28 pm

      समयेमै नबुज्ने हो भने यो प्रचण्ड भन्ने तत्त्वो ले तुक नभएको येमवोबदी सिदान्त को
      लागि जे पनि गर्छ १५००० को मृतु भयो मयोबदी नेताको कसको आखामा आसु आयो निहित सुवार्थ र आफ्नो नौ पुस्तालाई थुपार्ने बाहेक यिनीहरुको देश को लागि केहि गर्दैनन् नाटकिहरुले ,आज यिनीहरुको थोत्रा १० बर्से युध ले के परिबर्तन गरियो देशलाई ycl दादागिरी ,गुन्डागर्दी bloody bastard

      Reply
  17. राम चन्द्र says:
    July 21, 2013 at 9:54 pm

    भुक्ने कुकुर ले टोक्दैन , टोक्ने कुकुर ले भुक्दैन ।

    Reply
  18. Sam Sharma says:
    July 21, 2013 at 9:41 pm

    सर्ब प्रथम: देश, जनता, र नेताहरु लाइ भारत वा अन्य राष्ट्रले नहेपोस भन्नका लागि उत्पादनशील भइ आफु आत्मनिर्भर हुनुपर्छ / यो ‘आर्थिक क्रान्ति’ बाट मात्रै सम्भब छ / ‘आर्थिक क्रान्ति’ जति सुन्नमा मिठो छ, गर्नमा सयौ गुणा चुनैतीपूर्ण छ / यसको पहीलो आवस्यकता र चुनैती भनेको ‘इनभेस्टमेण्ट सेक्युरिटी’ हो / बहु-राष्ट्रिय कम्पनी ले आफ्नो लगानीको सुरक्षा नभईकन कुनै उतादंशील उध्योगमा पैसा लगानी गर्दैन / र, दुख लाग्ने कुरा त के भने कम्युनिस्टको आर्थिक नीति बिपरित बिदेशी दलाल पुजीपति समक्ष्य रोइ कराई हामीलाई आएर बनाइ देओ भनिरहेका छन् ‘प्रचण्ड’ बादी र अन्य कम्युनिस्टहरु / अब त्यो आशा छोदिदिउ / एकछिनको लागी हामी ‘ब्यक्तिगत लेभल’ जाऔ / हामी आफै अल्छी छौं / अलीकती भएको पैसा उत्पादनमूलक उद्योगमा लगाउनुको सट्टा जुवा, तास, मद्दपान, क्यासिनो, घडेरी, घर, सुन जोड्न र तडक-भडक तिर लगाउछौ / खाली सरकार, पार्टी र मन नपरेको मान्छेलाई तल खासाल्न्मा समय बर्बाद गर्छौं / अनि ‘धोती’ ले ‘लोटा’ लिएर आएर अहिले खरबपति भयो भनि उसको ‘सक्सेस स्टोरी’ आनन्दित भएर पढ्न थाल्छौं / सारंसमा मेरो भनाइ के हो भने हामी प्रत्येक मान्छे अब ‘आत्म निर्भर’ हुन सिक्नु पर्छ / आफ्नो बारीमा तरकारी रोप्न किन लाज मान्ने? यसले गर्दा तरकारीमा खर्च हुने केहि पैसा जोगिन्छ / आफ्नो घर सफा, भाडा माझ्न र भात पकाउन किन लाज मान्ने ? यसले गर्दा अर्को व्यक्तिलाई दिने पैसा जोगिने मात्रै नभई, फाल्तु भएको समय नराम्रो लतमा लाग्न बाट जोगिन्छ / अमेरिका, युरोप, र अन्य बिकसित मुलुकमा बस्नेले आफ्नो काम आफैं गर्न लाज मान्दैनन, हामी गरिब देशको लाइ नोकर चाकर चाहिन्छ / र, मुख्य कुरा हामी संग एक, दुइ लाख छ भने आफ्नो क्षमाता अनुसारको उत्पादनमूलका ब्यापारमा लगाऔ (उदाहरण, तरकारी खेति, गाइ पालन, लोकल कुखुरा पालन, फलफूल खेति आदी) / सान्दर्भिक बिषय उठेको मा धन्यबाद /

    Reply
  19. Himal says:
    July 21, 2013 at 9:23 pm

    माओबादी लाई बहिस्कार गर्नु पर्ने कारण
    १) १० बर्से मान्छे मर्ने खेल सिर्फ पद , पैसा , मोज , मस्ती को लागि थियो
    २) कति जनता का बलि चदैयो लेखा जोखा छैन, प्रचंडे बादर ले आफ्नो सन्तान लाई इंडिया राख्यो !!! कति बाबु आमा ले आफ्नो सन्तति गुमाय !!! कति टुहुरा भय !!!
    खै प्रचाड़े ले जनता संग माफी मागेको ……
    ३) १० बर्से युद्ध जनता को लागि थियन , सिर्फ प्रचंडे को पैसा कमाउने कारोबार थियो
    कुनी संका छैन !! कति बैंक लुटिय, कति अरब कमायो होला चोर प्रचंडे ले !!!
    फेरी किन तेस्तो चोर लाई नेपाली जनता ले चुनाब मा मत दिने.
    ४ ) रति घर मा सुतेको बिचार मास्टर हरु लाई डोरी लगायर तानेर ( दारी काट्ने पट्टी ) ले चिएरेर मरेका छन् !!!
    ५) प्रचंडे चोर को भोलो हुन्दिना ( एक दिन त्यो चोर पनि मर्नु पर्चा) किरा परोस , प्रचंडे मर्ने बेलामा
    ६) अरु को छोरा छोरी लाई YCL बनायर लडाउने, आफ्नो छोरा छोरि हरु मस्ती गर्दी बस्ने ( मैले नाबुजेको , किन नेपाली हरु येति भेडा छन् ) एस्तो चोर हरु को पछाडी लाग्ने

    ७) प्रचाड़े सुत्न १ लाख को खात चाहिन्छ अनि ब्लुए लेवेल लागौचा रति सुत्ने बेलामा
    उ संगी मान्छे मर्ने खेल मा लागेका हरु खाने खर्च छैन
    ८) लडाकु को नाम मा भयको भर्स्ताचार को लेख जोखा छैन
    ९) पर्चंडे को सेना हरु ले , कति मान्छे मरे होला २ ता बिहे गरेको आरोप मा , उसको कुपुत ले ता ३ वोती नेपाली चेली को ज़िन्दकी माथि खेल बाद गर्यो !!!

    १०) बाबुराम र उसको बुडी हिसिला को भर्स्ताचार साबि लाई थाहा चा
    ११) हिसिला को दिदि र बहिनि मात्र नेपाल सक्चम मंपोवेर हुन् , अरु ता साबि नेपाली गबर
    १२) महरा को पनि तेही हालत ( साबि जना माओबादी हरु भर्स्ताचार मा चुर्लुम डुबेका छन् )
    …अन्त्य मा, अबस्य एक दिन औउछ , यिनी हरु लाई जनता को रगत ले पोल्छ !!!
    ….हरेक घर घर बाट अब आउने चुनाब मा माओबादी लाई बहिस्कार गरम !!!!
    ……………………………………………………………………………………..

    Reply
  20. bibek dhakal says:
    July 21, 2013 at 9:17 pm

    उत्पादन गर्नु ठुलो कुरा हैन, उत्पादित बस्तुले “बजार” पाउनु मुख्य कुरा हो…
    हेरम, माओवादीको “उत्पादन” नेपालको राजनैतिक “बजार”मा कत्तिको हिट हुन्छ !!!

    Reply
  21. Manoj Thapa says:
    July 21, 2013 at 8:38 pm

    श्रम गरेर दुइ छाक खाने मेहनेती र इमान्दार जनताको घरबार लुटेरा, चोरेर, धम्काएर, तोडफोड गरेर, टायेर बालेर, राष्ट्रको धुकुदी लुटेरा अफ्नोघर भरेर, गरिब को रगतमा होलि खेलेर, रास्ट्रको सम्पतिमा बम पड्काएर, जनताले उत्पादन गरेको खान जस्तो आफुले श्रम गरेर, उत्पादन गरेर खान भएत देशको गति किन एस्तो हुन्थियो होला. यी राष्ट्र र जनता लुटाहा हरुको ले गर्दा नै आज देशको यौ गति भै सक्यो. १५००० जनताको रगत, तिनीहरुमा आश्रित अरु लाखौं जनता हरुको आँसु – श्राप लगेर किरापरेरा मर्न परोस.

    Reply
  22. aryan says:
    July 21, 2013 at 8:24 pm

    हेटौडा कपडा उद्योग र खन्न गर्मेंट्स मा के के उत्पादन गर्न सकिन्छा र ? आखिर दुइततै उदोग बन्द भैसक्य.

    Reply
  23. sunita says:
    July 21, 2013 at 8:19 pm

    “अब तिम्रो दिने पालो”
    मेरी आमाको छातीमा तिम्रा गम्बूटहरुले परेड खेल्दा “म” चुप-चापै थिंए,
    मेरो घर पछाडीको झाडीमा तिम्रा निशानाहरु तिखारिदा “म” चुप-चापै थिंए,
    तिम्रा आयातित गोला-बारुदले मेरो शान्ति एम्बुषमा पटक पटक पारिंदा पनि “म” चुप-चापै थिंए,
    हेरौंन त यो कथित क्रान्ति पनि भन्ने लाग्यो,
    हेरौंन त यो कथित क्रान्ति पनि भन्ने लाग्यो,
    छिमेकीको घर उजाडिदा पनि “म” निर्लज्ज चुप-चापै थिंए,
    डाँडा घरे गुरुबालाई रुखमा बाँधी तिम्रा टट्टूहरुले ठोक्दा पनि “म” केहि नबोली चुप-चापै थिंए,
    बुढा-बुढीको टेक्ने लौरो भाँचिदा ,
    चेलीको सिन्दुर पुछिदा ,
    एउटी छोरीले आमा गुमाउदा,
    एउटा छोरोले बा गुमाउदा,
    दुधे बालक आमा भन्न नसिक्दै अनाथ हुदा
    नाबालक भोक-प्यासले छट्टपटिदा पनि “म” चुप-चापै थिंए,

    तिमीले क्रान्तिको साटो बुझेको जम्मा मोलको हिसाब गर्दै-गर्दा सम्म म चुप-चापै थिंए,
    तिमीले बुझिलिएको जम्मा मोलको हिसाब गर्दै-गर्दा सम्म म चुप-चापै थिंए,

    आजसम्म टोटलमा तिम्रा क्रान्तिको हजारौ-लाखौँले अनमोल मोल तिरिसके , बाबै!
    तिम्रा क्रान्तिको हजारौ-लाखौँले अति नै चर्को मोल तिरे |
    घरले तिर्यो,
    गराले तिर्यो,
    खेतले तिर्यो,
    बनले तिर्यो,
    हिमालले तिर्यो,
    पहाडले तिर्यो,
    फाँटले तिर्यो,
    रास्ट्रैले तिर्यो,
    मेरी आमाको छातिले पनि तिर्यो|
    सक्नेले नोटमा तिरे,
    कसैले भोटमा तिरे,
    कसैले पछि लागेरै तिरे ,
    कसैले चुप लागेर तिरे ,
    कसैले सहेर तिरे,
    कसैले रोएरै तिरे,
    कसैले इमानले तिरे,
    सक्दै नसक्नेले “ज्यान” मा तिरे|

    तिम्रो क्रान्तिको हजारौ-लाखौँले अनमोल मोल तिरे |
    तिम्रो क्रान्तिको हजारौ-लाखौँले चर्को मोल तिरे |

    अब तिम्रो दिने पालो,बाबै,
    अब तिम्रो दिने पालो,
    लेउ खुरुक्कन, अब तिम्रो दिने पालो!
    अब तिम्रो दिने पालो ,
    लेउ खुरुक्कन, अब तिम्रो दिने पालो!
    “हाम्रो पनि आज नगद कल उधार!!!”
    – स. ज. क.

    Reply
  24. Alikhit says:
    July 21, 2013 at 8:03 pm

    यसको जवाफ प्रचण्डले खन्नामै देलान |

    Reply
  25. Jeevan Shrestha says:
    July 21, 2013 at 8:01 pm

    हड्डी रोपेर कुखुरा फलाउने गफ छाड्छन !!! ट्ववाङ्ग(मन्दिर को अगाडी जे बज्छ) गर्छन उत्पादन !!!

    Reply
    1. Raj says:
      July 21, 2013 at 11:42 pm

      बिल्कुल . गरे धेरै राम्रो. तर मलाई पनि उही साठी मिनेट गर्लान भन्न मन लागो.

      Reply
  26. Himal says:
    July 21, 2013 at 7:46 pm

    प्रचण्ड = सम्पति , दारु , मोज , मस्ती , अरु को सन्तान को रगत को होलि बाट प्राप्त भयो !! उसको सन्तान बाट निम्न बमोजिम उत्पादन भयो
    प्रकाश = २ स्वास्नी , दारु , मोज मस्ती
    प्रचंडे को छोरि = २ वटा पोई
    …………………………………………………………………………………………..
    हिसिला = नाताबाद किर्पाबाद , सम्पति , दारु
    …………………………………………………………

    महरा = सम्पति

    ……………………………………..

    १० वर्ष को योउध बाट धारी जसो माओबादी ले सम्पति जोडे
    काठमाडौँ मा घर , बैंक बलांस जोडे

    साधारण को सन्तान ले रगत को होलि खाले
    ……………………………………………
    हिमाल

    Reply
    1. sam says:
      July 21, 2013 at 10:37 pm

      रिसोर्ट छुट्टियो साथी, बिचार गर्न रिसोर्ट जानू पर्ने

      Reply
  27. BRaj Bhandari says:
    July 21, 2013 at 7:46 pm

    बेरोजगारी उतपादन भो / जनसेना उत्पादन भो / वोई सी एल उत्पादन भो / युवालाई बिदेस पाठाउनी मैनपावर कारखाना खुले / क्रनितीकारी बिधार्थी संगथन उत्पादन भो / गाउगाउ मा जनसरकार उत्पादन भो / कति परिवार को सदस्स्य बेपता पर्ने कारखाना उत्पादन भो / लाजिम्पर्ट दरबार लगाएत अनेक दरबार बने / सबै दरबार लुकेका छन् लुकाईएका छन् / माओबादी ति दरबार को संरकछाक हुन् / पेरिस डाडा एंड कम्पनी खुले / कर्मचरीमा भनसुनको भरमा तलमाथि गर्ने त्यसमा रकम को कारोबार गर्ने कारखाना खुले / सरकारी स्कुल राजनीति को अखडा भो / जसले गर्दा निजि बोर्डिंग स्कुल फस्थाए / निजिमा पढेका हरु ठी भी भर्दै बिदेसमा पलायन हुने कराकाना उत्पादन भो / कोहि खाडी जाने कारखाना खुले / जातीय संगधन खुले / नेवा, तम्सलिन, थरुहट, लिम्बुवान, खुम्बुवान, मदेस लगायत का अनेक जातीय कम्पनि खुले / तिसब बाट नेपाल बन्द ब्रान्ड उत्पादन भो / जसले गर्दा पेट्रोल भाऊ, चामल को भाउ, दाल को भाउ, ब्रीदी भो / लोठ शेदीन उत्पादन गर्ने नेपाल बीदुत प्रथिकारन उत्पादन भो / नया नेपाल उत्पादन भो जहाँ गौउगौउमा बुदा बुदा मात्र रहे/ युवा जति बिदेस पालन भय/ अरु के के मात्रै लेखु लेख्न अरु साथीहरुलेथपिदिनु /

    Reply
  28. Nabin Adhikari says:
    July 21, 2013 at 7:16 pm

    उत्पादन कै कुरा गर्ने हो भनी Mysansa ब्लग नै भरिन्छ | मवोबादी र उत्पादन सब्द त पर्याबाची नै होलान | उत्पादन नाथे त कति हो कति.. प्रचंडे ले लाजिम्पाट दरबार उत्पादन, प्रकासेले बिना मगर उत्पादन, बाबुराम ले सस्तो लोकप्रीयता उत्पादन, हिसीलाले नाताबाद र भास्त्रचार उत्पादन, कार्यकर्ताहरु ले चन्दा, चोरी, डकैति, लुटपाट, हत्या, बन्द हरु को उत्पादन| भास्त्रचारहरु को ढाकछोप गर्न लोकमान को उत्पादन ||
    मवोबादीहरु मा त उत्पादन को कारखाना नै छ |

    Reply
    1. saroj says:
      July 23, 2013 at 10:44 am

      सबै भन्दा ठुलो कारखाना त माओबादी (मारो बादी) खुल्यो! सबै पार्टी पार्टी का मानिस त्यो कारखाना भित्र छिर्दै, चोर, डाँका, फटाहा, बापति, भाइ मारा, गाइ मारा, ज्यान मारा, लुज्जत, हुज्जत, हुदै निस्किय! नपत्त्याया पल्ल्ला गाउको केशरे लै हेर्नुस ! वल्ल गाउको बले लै हेर्नुस! उत्पादन सबै लै हेर्नुस!

      येति लेखेको भरमा पनि पहिला पहिला भय त् सफाया गर्दिनथे! अहिले त् तिनका बाउ ( मावो) ले पनि सक्दैनन्! सबैले चिनी सके …………………

      Reply
  29. deepak says:
    July 21, 2013 at 7:05 pm

    यो त्याग पनि भोट को उत्पादन हो / चुनाव अगि जोगी जस्तो जिते पछि पहिलाकै भोगी

    Reply
  30. raj says:
    July 21, 2013 at 7:05 pm

    यो मवोबदिभानेको नाटक नायुतंकी हो यस्को कुरामा कुनै विश्वास लाग्दैन तेरा क गर्रु गयाकोचुनाब्को मेरै भोटले आज मेरो नेपालिला रुवैरहेकोछा

    Reply
  31. अनिल पुन says:
    July 21, 2013 at 6:54 pm

    एमावोबादीहरुले उत्पादन त गर्नु सम्म गरेनि।अस्ति भर्खर छबिलालका पत्निलाई पेट दुख्दा सिंगापुर जचाउन लगे।भारतिय बिदेशमन्त्री नेपाल आँउदा मर्यादाक्रम र स्वाभिमानको बेवास्ता गर्दै छबिलाल र बच्चुराम भेट्न होटेलसम्म पुगेँ।पछि त बच्चुरामले हामीले गल्ति गरेकै भनि टोपले।जनतासंग माफी मागे जस्तो नाटक पनि गरे।नेताहरु चोरीको गाडीमा मख्ख परेर चढेको कुरा पनि बाराम्बार सुनिएकै हो।पार्टीभित्र भ्रष्टचार मौलायो भनेर छानबिन समिति पनि बनाएकै हो तर त्यसले को-कस्ले भ्रष्टचार गर्यो भनेर सार्बजनिक गर्न सकेन।नत भ्रष्टचार गर्ने नेता कार्यकर्ता जनसेना कमान्डरलाई कार्बाही गर्न सक्यो।जनतालाई झुकाउने प्रोपकाण्डा मात्रै रहेछ त्यो छानबिन समिति भनेर लाटोले पनि बुझि सके।मलाई लाग्छ एमावोबादी भन्दा बरु ड्यासमावोबादी सयौ गुणा स्वाभिमानी छ।

    Reply
  32. मदनमणि says:
    July 21, 2013 at 6:49 pm

    जे भएपनि उत्पादन भएको चाहिँ साँचो हो। देश र माटो अनुसारको उत्पादन होला 🙂

    Reply
  33. dharmendra says:
    July 21, 2013 at 6:49 pm

    माओबादीको सबभन्दा राम्रो उत्पादन त पदम कुँवर जी जस्तो लाग्छ / नेता हरुले पद त्याग गरेर के भयो त घुस खान त्यागेका छैनन् /

    Reply
  34. kedar says:
    July 21, 2013 at 6:47 pm

    जंगलीले खुल्ला राजनीति, मुढे बल वालाले सोझा साझा जनता र छट्टुहरुले ढुकुटी पाए पछि उत्पादन हुने येस्तै त हो नि / तर यिनकै हर्कतले फेरी राज संस्थाको पुनरउत्पादन हुने भएको छ ……

    Reply
  35. ekraj says:
    July 21, 2013 at 6:45 pm

    चोर मयोबदिले लुटेरा, हत्यारा, अनुसासन हिन र जंगल राज र जनामनाश्लाई भड्काउने, र उद्योग मास्ने कामको उद्पादन चैं निकै गरेकोले नेपाल लाई एक सताब्दी पछि धकल्ने तरिकाको उद्पादन चैं पक्कै गर्यो|
    यो खण्डन गर्न सक्ने कुनै छ| यो भनेर मरेको श्याल एमाले र जम्नाजात अल्छी ठग कांग्रेस ले गरेका उद्पादन पनि मयोबदी भन्दा अलि फरक भएपनि इनिहरु पनि बिष नदीका अर्को धार मात्र हुन्|
    सारंसमा भन्नु पर्दा, नेपाल का लुटेरा राजनीतिज्ञहरुको दाह संस्कार नाभएंजेल नेपालमा हुने उद्पादन यस्तै यस्तै मात्र हो|
    उही राजनीतिक गंजदिहरुले बिगार्न नभ्याएका र जनताको आफ्नै मेहनत मा भएका उदापदन बाहेक अरु सबै उल्टो दिशातिर लागेको कसलाई थाहा छैनर?

    Reply
  36. द्रोण says:
    July 21, 2013 at 1:04 pm

    यसै झुट को दल दल वाट उत्पादित देश प्रतिको गद्दारीले चै देश को स्वाधीन ता लाइ धोति लगाइदियो |
    येन केन इतिहास देखि हाल सम्म नेपाल मा को प्रधानमन्त्री बन्ने बा सासक को बन्ने भन्ने
    नेपालि को हात मा थियो ,अब आएर त्यो दिल्ली मा पुग्यो ?

    त्यो कसरि ?
    यहि झुट को फसल उत्पादन गर्ने हरु बाट !!
    नाम उत्पीडित जात जाति को मुक्ति , जनताको मुक्ति काम नेपाल लाइ भारतको पूर्ण अधिन बनाउने ग्रयाण्ड डिजाइन |

    Reply
  37. Sudin says:
    July 21, 2013 at 1:02 pm

    उत्पादन मा लाग्ने भन्ने कुरा मात्र हो
    उत्तपात्त चै बेला बेला मा लिने गरिराछन

    Reply
  38. bibek says:
    July 21, 2013 at 12:55 pm

    १. नेताहरुको लागि महल
    २. नजिक को कार्यकर्ताको लागि थोरै पैसा अनि
    ३. सर्बसाधारण नेपालीको लागि बेरोजगार बढाउने क्रम

    Reply
  39. Devendra Basnet says:
    July 21, 2013 at 12:41 pm

    Mysansar लै ब्लग लेख्ने राजनीतिक बिसय पनि उत्पादन गरेकै हो.
    सकारात्मक उत्पादन के के भयो भनेर लेख्न पुस्पजी, गगने जी र महेस्जी हुनुहुन्छा नकारात्मक के के भयो भनेर लेख्न हर्के जी , मदनजी, सिसिरजी, र तेञ्जिङ्ग जी हुनुहुन्छा.

    Reply
    1. Tenzing Gaba says:
      July 21, 2013 at 7:20 pm

      सालोक्यजीले माओबादीको एउटा उत्पादन त् भुसुक्कै छुटाई हाल्नु भएछ नि अस्ति भर्खरै “हतियार उठाउने” मैया उत्पादन गर्या होइन र ?
      देवेंद्रजी
      लु भन्नुस अब पनि म माओबादिको नकारात्मक कुरो गर्ने कित्तामा पर्छु ?

      Reply
  40. Mohan Subba says:
    July 21, 2013 at 12:14 pm

    भारतीय र नेपाली तस्कर मिलेर रसुवा गडी हुदै चिन तिर रक्तचन्दन ओसारने काममा एक जना भू.पु जनसेना कमान्डर नाम परिवर्तन गर्दै रातदिन खटिरहंदा प्रहरी र सेनाको संयुक्त टोलीले हालै रंगेहात कब्जामा लिएको छ भन्ने मिडिया मा आएको छ,त्यो पनि त उत्पादन नै होइन र?

    Reply
  41. kailash says:
    July 21, 2013 at 11:45 am

    रेखा थापा नि उत्पादन गर्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme