Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गोजी छामेर केबलकार चढ्नुस्

Posted on July 19, 2013July 19, 2013 by Salokya

chart_2
नेपालको पहिलो केबल कार सेवा कम्पनी मनकामना दर्शन प्रा. लिले मनकामना केबल कारको टिकट शुल्क साउन १ गतेदेखि सय रुपियाँ बढाएको छ। अब केबल कारबाट मनकामना पुग्न नेपाली र भारतीयलाई ५ सय ७५ रुपियाँ लाग्नेछ। यो दुईतर्फी भाडा हो। जानेमात्र वा आउनेमात्र भए ३ सय ४५ रुपियाँ लाग्नेछ। बालबालिकालाई ३ सय ५०, विद्यार्थीलाई ४३० र विदेशीलाई १० डलर शुल्क तोकिएको छ। बोकाको २ सय २० रुपियाँ लाग्नेछ।

कहिले कति बढ्यो भाउ ?


cablecar

22 thoughts on “गोजी छामेर केबलकार चढ्नुस्”

  1. PURNA DHAKAL says:
    July 22, 2013 at 11:02 pm

    आबु खैरेनी बाट मज्जाले बस जान्छ यस्तो रमाइलो ६ बाटो एक चोटी बस मा जानोस

    Reply
  2. ami says:
    July 20, 2013 at 9:46 pm

    ९६८९८५*१००=९ करोड,६८ लाख,९ सय ८५ रुपियाँ बढ्यो केबुल कार कम्पनी को एक बर्समा अनि ७० जना कर्मचारी लाई कति,कति तलब बढाउने हो त केबुल कम्पनी ले ????? मेरो हिसाब ले त एक जना कर्मचारी लाई वर्षा मा १३ लाख ८४ हजार २ सय ६४ पुग्छ.आखिरी मा धान खाने मुसा चोर खाने भेकुता हो साथीहरु.final मा हामी गरिबहरु मर्ने हो.धनिहरु + नेताहरु लाई जति बढे पनि के मतलब …….

    Reply
    1. bibek dhakal says:
      July 21, 2013 at 9:10 pm

      केवल कार चढ्न नपाएर कोइ मारी चाही नहाल्ला है :p

      Reply
  3. Limbu naYan says:
    July 20, 2013 at 5:49 pm

    होइन हौ, पैसा हुनेले केबल कार मात्रै? रोयल रोयस या पानि-हवाई जहाज जता, जहिले चढे पनि हुन्छ है/ गडको कृपाले कम्पनि फाइदा भए नि, संसार हल्लामा चले/चलाए नि, एकपटक मात्र गए हुन्थ्यो! साथीहरु परिवारसंग, साथीहरुसंग, विदेशीसंग मात्रै गए हुन्थ्यो! पटक-पटक फटाफट चढीए पछि ‘मनोकामना’ होइन केवल ‘केबल कार’ चै फस्टाउने नै भो/ गुड गड! व्यक्तिगत रै’छ त्यो, उस्को विचार हो! अर्को हिडेर जाने ‘बाटो राम्रो र’छ, बस बाटो ७० रुपैयाको ‘पाषा’ले भने जस्तै सस्तो पनि/ कि त्यै बाटो जादा स्वर्ग या मनोकामना पुरा हुने हो भने अर्को पटक मै पनि जाम्ला ऋण काढेर, कि के हो साथी हो??

    Reply
  4. Sujan Sharma says:
    July 20, 2013 at 3:09 pm

    उसको लगानी हो, मन लागे चढौ, मन नलागे नचढौ. लगानीकर्ता लाई गरि खान दिऔ .

    Reply
  5. pasha says:
    July 20, 2013 at 9:06 am

    मेरो बिचारमा केबलकारको भाडा बढेर कै हुन्न हामी मनकामना ७० रुपया तिरेर पनि मज्जाले जना सकिञ्छ. आबु खैरेनी बाट मज्जाले बस जान्छ यस्तो रमाइलो ६ बाटो एक चोटी बस मा जानोस झुकेर नि चद्न्नु हुन्न केबलकार

    Reply
  6. deepak says:
    July 20, 2013 at 8:50 am

    पैदल मनकामना जादा कति आनन्द छ, त्यो नै कायम राखे दोहोरो फाइदा छ/
    केवल कार को भाडा त स्वत घट्छनै , मनकामना को डाँडामा टेक्दा पाउने खुशी को अनुभूति जो केवल कार मा जादा हुदैन /

    Reply
  7. nimesh, BKK says:
    July 20, 2013 at 6:21 am

    बहाना मात्रै कर्मचारीको तलब वृद्धि हो . आते-जाते, खाते-भरौटे सबै पार्टी तथा तिनका कार्यकर्ताहरुलाई पनि चन्दा दिनु पर्यो होला अनि भाडा वृद्धि भो . कि कसो

    Reply
  8. Sandesh Pokhreli says:
    July 20, 2013 at 4:14 am

    केवल कारको कुर उठ्दा मैले भोगेको तितोपन यहाहरु माझ बाड्न चाहन्छु . कुरा चार् महिना पहिले को हो। म आमा srimati र सानो छोरा संग मनकमना मन्दिर् को दर्सन् गर्न गएको थिए भिड भाड नै थियो। लाइन बसेर टिकट लिए अनि केवल कार तर्फ़ लागे मैले टिकट काटेको हुनाले सबै टिकट हरु म सङ नै थिए। तेहा २०-२५ जति उमेरका भाई टिकट चेक गर्न बसेका थिए. मैले सबै टिकट उनीलाई देखाय, टिकट फिर्ता दिदै उनले मलाई के भने मैले तेती मेसो पाईन, भिड भाड पनि निकै थियॊ र केरे भनेर सोधे। तेतिकैमा ती भाई रिसाई हाले र १, १ ओत टिकट लिनुस भनेको भुज्नु हुन्न कान छैन अझ केरे भन्नु हुन्छ कसलाई केरे भनेको तेसै केरे भन्ने भन्दै रिसाऊदै हातै हाल्लन जस्तो पो गरे । “मुर्ख संग दैब पनि डराउछ” भनेर म चुप लागे । हुन त नेपाली भाषा को तेस्तो दक्खल राख्ने मान्छे त म हैन तर पनि 12 क्लास सम्म त नेपाली पढेकै हु नेपाली किताब पनि मौका मिलेको बेलामा पढी पनि हाल्छु । तर पनि केरे भन्ने सब्द तेस्तो नराम्रो हो एकचोटी केरे भन्दैमा कसैलाई हातै हाल्नु पर्ने त हैन जस्तो लाग्छ तपाई हरुलाई के लाग्छ ।

    Reply
  9. krishnaa says:
    July 20, 2013 at 2:21 am

    हिडेर जाने बाटो बन्द गरेको छैन क्यार , २-३ घण्टा मा पुगिन्छ . पैसा नभय केबल कार मा नजाने ,,,,,,,,,,,,,

    Reply
  10. कविराज says:
    July 20, 2013 at 1:07 am

    कम्पनि नाफामा छ भन्दैमा कर्मचारीलाई धेरै तलब दिनु पर्छ भन्ने होइन न त कम्पनि घाटामा छ भन्दैमा कर्मचारीलाई थोरै तलब दिनु पर्छ भन्ने हो. कम्पनीको नाफाघाटा उसको म्यानेजमेन्ट, बजारको स्थिति क साथ साथै अरु धेरै कुरामा निर्भर हुन्छ. साथै कर्मचारीको तलब राज्यले तोकेको न्यून दर भन्दा माथि श्रम बजार भाउ को आधार मा हुनु पर्छ. रिस्क लिए वापत कम्पनीले नाफा घाटा बेहोर्छ. कर्मचारी र कम्पनि त एक कन्ट्रयाक्ट हो जुन अनुसार कर्मचारी ले कम गर्न पर्छ र उसले कम गरे बापत तलब पाउनु पर्छ. एकले अर्कालाई ठग्न पाइदैन. नियम कानून मिच्न पाइदैन. म त भन्छु कुनै कम्पनीले कर्मचारीलाई मर्का नपरी चेश्को नियम कानून नामिची टन्न नाफा कमओस र त्यो पैसा कतै लगानी गरेर अरु रोजगारी सिर्जना गरोस. केबुलकार चढ्नु कुनै बाध्यता होइन. न त यो आधारभूत आवस्यकता नै हो. रहर भए चद्नुस नभए पैदल जानुस. त्यसैले केबुलकारको भाउ बढेर किन टेन्सन. म त मनकामना एक चोटी रहरले केबुलकार चढे त्यसपछि २ पटक हिडेरै गए. तिन वटै पटक उत्तिकै रमाइलो भयो.

    Reply
  11. Prabin sapkota says:
    July 19, 2013 at 10:06 pm

    पहिलो दश बर्षसम्म नबढेको भाडा पछिल्लो छ वर्षमा १३०% ले बदेछा | अब यो आम नेपालीको लागि रहेन!

    Reply
  12. Desh Bandhu Sharma says:
    July 19, 2013 at 9:44 pm

    नेपालको पहिलो केवल कार असाध्य राम्रो काम हो निजि क्षेत्रबाट भएको , यसको सर्हाना गरनै पर्छ | भाडा त समय अनुसार बढ्दै जान्छ | खाली यसलाई YCL र क्यास र ड्यास माओबादीका ट्रेड युनियनले बिभिन्न बहानामा बन्द नगराऊन् त्यहि आशा गरौँ |

    Reply
  13. पुष्प says:
    July 19, 2013 at 9:36 pm

    एक हिसाबले हेर्ने हो भने त हवाइजहाजको भन्दा चर्को मूल्य छ यो केबलकारको । विदेशतिर के-कति कुन्नि ! कोही जानकार हुनुहुन्छ कि !

    महँगी बढ्यो रे ! बिजुली, तेल सबैको भाउ उस्तै छ । कर्मचारीको तलब बढाउनकै लागि प्रति टिकट १०० रूपैयाँ बढाउनैपर्दैन । यो त प्रतिगामी चाला भो है ! सरकारले तुरुन्तै यस्ता मूल्यवृद्धिमाथि अंकुश लगाउनुपर्छ ।

    Reply
  14. Ram Shrestha says:
    July 19, 2013 at 9:03 pm

    बिशुद्द नेपाली लगानी र व्यवसाय को उत्तम नमुना !

    तत्कालिन राजा बिरेन्द्र संग संचालकले कुरा गर्दा यो नाफामा छ भन्दा राजाले निकै प्रसंशा गरि भनेका थिए: नाफामा चलेको व्यवसाय बल्ल सुन्न पाए !!

    भाडा २०५५ सालमा रु. २५० बाट २०७० सालमा रु. ५७५ भएको १५ वर्षको हिसाब गर्दा बार्षिक ६% भन्दापनि कम दरमा मात्र भाडा बढेको रहेछ
    यो नेपाल को १०% मुद्र स्फीति भन्दा कम नै छ

    काम सराहनीय छ !!!

    राम श्रेष्ठ

    Reply
  15. sugam says:
    July 19, 2013 at 8:31 pm

    मेरो विचारमा 575 रुपैया तिरेर सजिलै मनकामना मन्दिर पुगेर फर्किन सकिन्छ भने तेस्लाई महँगो भन्न मिल्छ जस्तो लाग्दैन .
    अझै राम्रो संग चलोस् केवल कार ! सुभकामना.

    Reply
  16. dharmendra says:
    July 19, 2013 at 7:59 pm

    नेपालमा घट्ने भनेका केहि कुराहरु
    १ , औसत आयु
    २. शैछिक गुणस्तर
    ३. खाध्य गुणस्तर
    ४, शान्ति सुरक्ष्या
    ५.अमन चयेन
    ६ गास सिलेंदर को तौल आदि आदि /

    Reply
  17. aasish swiss says:
    July 19, 2013 at 6:48 pm

    बर्ष मा करिब आठ करोड को नाफा गर्ने कम्पनि ले सिमित कर्मचारी को तलब केहि सय बढाउने निउ मा एक्कासि तेत्रो भाडा बढाएर फेरी जनता मार्ने काम गरेको छ,
    कर्मचारी को तलब बढ्यो,त्यै निउ मा सबै ले आफ्नो मुल्य ब्रिद्दि गरेका छन्,,अनि बेरोजगार को लागि के व्यवस्था गरेको छ यो सरकार ले??के बेरोजगार ले चै बाच्नु पर्दैन यो देश मा???
    आशिस
    स्विस

    Reply
    1. prajit man says:
      July 20, 2013 at 5:42 am

      बेरोजगारको के कुरा गराई भो र अब, केहि समय अगाडी यै mysansar मा लाखौ पर्ने मोटर साइकल चदने बेरोजगार पनि देखियो खै swiss aasish जी ले कस्ता बेरोजगार को कुरो गर्नु भो थाहा भएन/ ६% भाडा बृदि दर खासै बडी होइन जस्तो लाग्छ त्यो पनि १५ बर्षमा/ दैनिक आवत जावत गर्ने स्थानीयलाइ छुट छ र घुमफिर र छुटी मनाउने का लागि यो रकम खासै महँगो हो जस्तो लाग्दैन/ कुरा रह्यो ८ करोड नाफा को ६० करोड लगानी ले ८ करोड नाफा दिनु भनेको यो एउटा कुसल बेबस्थापनको नमुना हो र यो कुनै ठगि हो जस्तो लाग्दैन/

      Reply
      1. aasish swiss says:
        July 21, 2013 at 3:50 am

        प्रजित मान जी,लाखौ पर्ने मोटरसाइकल चड्ने केहि युबा लाइ हेरेर तिनै मात्र बेरोजगार हुन् भन्ने तपाइको सोच अलि ठिक लागेन,तपाइँ को घर छेउ को राम,स्याम,हरि आदि आदि जो जागिर खान र आफ्नो परिबार पाल्न को लागि दिन दिने भौतारिरहेका छन् तिनीहरु को बारेमा सोच्नुस,मैले भन्न खोजेको मनकामना केबुल कार ले ठग्यो भनेको होइन,मेरो भनाइ अहिले को समग्र मूल्य ब्रिद्दि प्रति लक्षित हो,मनकामना त पैसा हुने केबुलकार मा जाला हुदै नहुने हिडेर पनि जाला तर अरु दैनिक उपभोग्य बस्तु को मूल्य हुर्नुस न,त्येस्लाई के भन्नु हुन्छ??दश बर्ष पैले म नेपाल मा हुदा ३० रुपैया पर्ने चिज ऐले बढेर एक सय तिस पर्ने भएको छ त्येस्लाई के भन्नु हुन्छ:??तपाइँ को जागिर होला अर्को को होला जसको कमाइ छैन तिनीहरुले कसरि जिबन यापन गर्ने ??सोच्ने बेला भएन र ??सोचनीय कुरा होइन र???

        Reply
  18. राम चन्द्र says:
    July 19, 2013 at 3:29 pm

    सेवा मुलक भन्दा पनि नाफा मुलक तिर गयो केबल कार कम्पनी ।

    Reply
  19. Jeevan Thapa says:
    July 19, 2013 at 2:30 pm

    लौ भगवान को दर्शन गर्न महँगो परेछ!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme