Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हैन, के खाले म्यानेजमेन्ट गर्छौँ हामी हँ?

Posted on July 19, 2013July 19, 2013 by Salokya

bbairways
नेपाली आकाशमा नौलो परिवर्तन गर्ने जस्ता ठूल्ठूला कुरा खोकेर तामझामका साथ सुरु भएको बीबी एयरवेजको सञ्चालन अनुमति खारेज भएको छ। नौलो परिवर्तन गर्न नपाउँदै तीन महिनामै यो आकाशमै बिलाउन पुगेको छ। योसँगै लगानीकर्ताको केही अर्ब रुपियाँ पनि झ्वाम् भएको छ। ध्वजावाहकको बिजोग भइरहेको स्थितिमा यो एयरवेज आउने समाचार आउँदा नै शंका लागेको थियो- इन्टरन्यासनल एयरवेजको म्यानेजमेन्ट गर्ने काम त निकै गाह्रो हो, सक्लान् र ! आँखै अगाडि भारतको किङफिसर हेर्दाहेर्दै डुबेको कान्ड ताजै थियो। विमानै किनेको भए पनि लौ जेनतेन चलाउलान् केही वर्ष भन्ने हुन्थ्यो तर सुरुवातै उसले कम्बोडियाको टोन्लेसापसँग वेट लिजमा एउटा बोइङ किनेर गर्‍यो। यसरी भाडामा विमान चलाउन त झन् चुस्त व्यवस्थापन पो चाहिन्छ त।
Untitled-8

वेट लिज भनेको विमान चालक दलका सदस्य (पाइलट, एयरहोस्टेस सबै) समेत भाडामा लिनु हो।

तर पनि गफ ठूलै दिइयो- एक महिनाभित्र अर्को बोइङ ७५७-२०० ल्याउने, अनि फेरि अर्को ७६७-३०० बोइङ पनि दुई वटा ल्याउने। असोज २५ मा मलेसिया उडान सुरु गरेपछि हङकङ र अस्ट्रेलिया र युरोप हुँदै अमेरिका उडाउने योजना सार्वजनिक गरिएको थियो। अनुमति पनि नयाँ दिल्ली, ब्याङ्कक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडाउने पाइसकेको थियो।
srishti
तत्कालीन मिस नेपाल सृष्टि श्रेष्ठदेखि आनी छोइङ डोल्मासम्मलाई ब्रान्ड एम्बेसडर बनाइयो। तर यो तामझाम तीन महिनाभन्दा बढी टिकेन। भन्नलाई नियमित मर्मतका लागि भनिए पनि खै कुन्नि किन हो टोन्लेसापले विमान लगेपछि बीबी एयरवेज धराशायी भयो। न उसले अर्को कुनै विमान तत्काल ल्याउन सक्यो, न अब के भन्न सक्यो।

मलेसियाको दामी रुटमा हप्ताको चार पटक उडान भरे पनि बाँकी अनुमति पाएको रुटमा उडानै भर्न सकेन। बीबी एयर स्रोतका अनुसार हङकङमा एक पटक उडे पनि त्यहाँको पार्किङ शुल्कमा कुरा नमिलेपछि यात्रुलाई काठमाडौँ नै फर्काएर अर्कै विमानमा राखेर पठाउनु परेको थियो। विमान टोन्लेसापले लगेपछि मलेसिया उडानको पनि टिकट काटिसकेका यात्रुहरु अलपत्र परेका थिए। उनीहरुलाई अर्कै कम्पनीको विमानमा राखेर पठाउनु परेको थियो।

बीबी एयरवेजको व्यवस्थापन समूह। फोटो साभारः बीबी एयरवेजको फेसबुक पेज
बीबी एयरवेजको व्यवस्थापन समूह। फोटो साभारः बीबी एयरवेजको फेसबुक पेज

बीबी एयरवेजमा गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआई ग्रुपको लगानी थियो। त्यसैले पैसाले पेलेर विमानै किनेर यो एयरवेज चलाउलान् कि भन्ने त्यतिबेलाको तामझाम देख्दा भ्रम भएको थियो। तर झुर व्यवस्थापनका कारण तीन महिनापछि यो खत्तम भयो र अहिले अनुमति खारेजीसम्मको अवस्थामा आइपुग्यो।

किन पटक पटक असफल ?

नेपालका कुनै पनि कम्पनीले अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गर्न नसकेको देख्दा अचम्मै लाग्छ। ध्वजावाहक नेपाल एयरलाइन्स त तैबिसेक राजनीतिक हस्तक्षेपका बावजुद जेनतेन नाम जोगाइरहेको छ। सुरुमा नेकोन एयरले भारतको पटना र बनारसबाट अन्तर्राष्ट्रिय उडान थालेको थियो। बोइङ किन्ने योजना बनाएको यो कम्पनी खारेज हुने गरी ध्वस्त हुनपुग्यो।
flyyeti
त्यसपछि यति एयरलाइन्सले पनि फ्लाइ यतिको नामबाट फुटुरा इन्टरन्यासनल एयरवेजबाट बोइङ ७३७-८०० भाडामा लिएर मलेसिया, कतार र युएई उडेको थियो। अझ ब्याङ्कक, दिल्ली र हङकङ पनि उड्ने योजनामा थियो। घरेलु उडानमा सफलता पाउन सफल भएको यतिको व्यवस्थापन अन्तर्राष्ट्रिय अपरेसनमा भने चुक्न पुग्यो। त्यसैले एयर अरेबियासँगको साझेदारीमा सुरु भएको फ्लाइ यति १६ जुलाई सन् २००८ मा बन्द हुनपुग्यो। यतिको घरेलु उडान भने अहिलेसम्म कायमै छ।

घरेलु उडानमा सफल बुद्ध एयरले समेत अन्तर्राष्ट्रिय उडानका रुपमा भुटानको पारोसम्मको उडानलाई निरन्तरता दिन सकेन। अहिले बुद्धका विमान अन्तर्राष्ट्रिय उडानका नाममा भारतको बनारस एक ठाउँमा मात्रै उड्छ।

अन्तर्राष्ट्रिय उडानको अनुमति पाएर पनि सञ्चालन गर्न नसक्ने सुरेन्द्र मल्ल सञ्चालक रहेको अल्पाइन एयरको अनुमति पनि खारेज भएको छ। यसको कथा पनि झन् रोचक छ। उसले बहराइन एयरको एयरबस ए३१९–१०० जहाज नौ महिनाका लागि ‘वेट लिज’ मा लिएको थियो। तर विमानै आइपुगेन, कसरी उडान गर्ने !

यस्तै देखेर होला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोलीले ‘जहाज नहुने वायुसेवा कम्पनीको सञ्चालन अनुमति प्रमाणपत्र नवीकरण नगरी खारेजै गर्नुपर्ने’ सुझाव दिएको रहेछ।

पटक पटकको यो असफलता देखेपछि प्रश्न उठ्छ, हैन हामीसित दरियो म्यानेजर नरहेकै हो त ? अन्तर्राष्ट्रिय विमान कम्पनीको म्यानेजमेन्ट गर्न हामी अक्षमै भएका हौँ त ? अहिलेसम्मको नतिजाले त यही देखाउँछ।

बीबी एयरवेजको व्यवस्थापनले कम्तिमा एउटा काम राम्रो गर्‍यो। उसले किङफिसर एयरलाइन्सले जस्तो कर्मचारीलाई तलबै दिन नसकेर परिवारले आत्महत्या गर्नुपर्ने स्थिति आउन दिएन। यसलाई भने सकारात्मक रुपमा लिउँ।

[बीबी एयरमा तपाईँले पनि यात्रा गर्नुभएको थियो कि ? आफ्नो अनुभव तल कमेन्टमा बताउनुस्। नेपालीहरु किन अन्तर्राष्ट्रिय उडान गर्ने विमान सेवाको व्यवस्थापनमा असफल भएका हुन्? तपाईँलाई केही थाहा छ कि ? ]

43 thoughts on “हैन, के खाले म्यानेजमेन्ट गर्छौँ हामी हँ?”

  1. ekraj says:
    July 21, 2013 at 7:20 am

    यी आफुलाई निकै उद्द्येमी ठान्ने भवन भट्ट ले पोहोर साल सिड्नीमा एन आर एन को कन्फेरेन्स मा बि बि एअर को ठुलै गफ हाँकेका थिए|
    एसो बुज्दा जापानमा दलाली र रेस्तुरांतमा काम लगाई दिने नाताले नेपालका सोजा सजा हरुसंग दुइ चार लाख हजम पार्दै उनको दलाली र रेस्टुराँ को बेबसाये भैलायेका रहेछन| अस्ट्रेलियाका का कतिजना उनको पासोमा परे थाहा भएन|
    हामीले देखेको सुनेको:
    १. नेपाल मा होस् या विदेश मा धेरैजसो नेपाली हरुको बिस्नेश नै ठग्ने नियेत ले खोलिएको हुन्छा| इनिहरु हिसाब किताब नियेम अनुसार राख्ने चाहन्नन्|
    २. पैसा कमौना को लागि मज्बुरिमा परेकलागी ठग्ने इनिहरुको पहिली नियेत हुन्छा (धेरै जस्ता नेपालीका रेस्टुराँ, इम्मिग्रेशन (दलाल), कलेज) इत्यादी
    ३. मेहनत नै नगरी छिटो धनि हुनु पर्ने
    ४. ठग र बदनाम हरुको गुट मिलेर बेबसाये चलाउने
    ५. अनुभब को कमि र थाहा नभएको बेपारमा हात हाल्ने
    ६.नैतिक हिनाताबता अघि बढेर केहि पैसा कमौदै गए पच्ची इनिहरुको ठुलो बेबसी गर्ने औंट त औछ तर इनको बेइमानी र फटाहा गीरिको बिबेक भने कहिलेइ फेरिदैन र तेसैले कालान्तर मा कहीं न कहीं बाट खुस्कि हाल्छन

    Reply
  2. Rames Thapa says:
    July 20, 2013 at 8:33 pm

    आर्काको पिडामा रमाउने बानि परेको हो हामीलाई ? कमेन्टहरु पढ्दा त सबै प्रति दया लग्यो मलाई त ! तिन महिना भित्र नबिकरण गर्न सक्ने व्यवस्था छ भनेर नागरिकको समाचारमा पनि छ ! खारेज भएको लाइसेन्स पनि नबिकरण हुन्छ ? तेसैले यो खारेज भन्ने समाचार नै गलत लाग्यो मलाई त ! कि खारेज हुदैन ! खारेज भए नबिकरण हुदैन ! तेस्माथी समाचार छाप्ने नागरिकको सम्पादक प्रतिक प्रधान आफै सीइओ थिए ! कतै कम्पनि डुबाएर त उनि हिडेका हैनन् ? फोटो मा त उनि पनि छन् त ! यता तिर पनि चासो राख्ने कि ?

    Reply
  3. SARJAN says:
    July 20, 2013 at 11:39 am

    हामी नेपाली, अर्को नेपालीको असफलता मा रमाउछौ खुट्टा उचाली –भनेजस्तो लाग्यो तल लेखिएको लगभग कमेन्टहरू / एउटा साधारण नेपालीको छोरोले देशको सरकारले गर्न नसकेको या भनौ भएकोलाई पनि राम्ररी निरन्तरता दिन नसकेको अंतराष्ट्रीय हवाई व्यवसाय शुरुगर्छु भनेर केहि कदम चालेको थियो, तर त्यो कामले निरन्तरता नपाएर आज लाइसेन्स खारिज गर्दियो भनेर समाचार सुन्दा धेरै दुख लाग्यो र एउटा नेपाली भएकोले सबै नेपालीलै दुख लाग्नुपर्ने हो, तर रमाउने धेरै देखेर अज्ज बढी दुख लाग्यो /
    यदि यो संचालन भएर निरन्तरता पाएको भए देश को अर्थतन्त्रको लागि कत्तिको फाइदाजनक हुन्थियो त्यसको कल्पना यी हतोत्साही कमेन्ट लेख्नेहरु ले सायदै गर्न सक्छन् / नेपालको सरकारी बिमान नउडेको देशहरुमा नेपालको झन्डा सहित को बिमान उडाउने महत्तोकान्क्षि योजनाका साथ उडान सुरु गरेको बीबी एयरवेज यसरी बन्द हुनु र अहिले आएर लाइसेन्सनै खारिज हुनुपर्ने स्थिथि आउनुमा हामी नेपलीहरुलाई व्यवस्थापन गर्न साच्चैनै नआएको हो या यो देशमा व्यवसाय गर्न त्यति सजिलो छैन भन्ने नमुना हो ? यो भने सोचनीय मुद्धा भएको छ / अर्थतन्त्र धरासाही भएको देश , राजनीति अस्थिरताले गालेको देश, मानव सम्बेदना एकादेश भएको देशको एउटा छोरो ले बिदेशी भुमिमा गएर आफुलाई व्यवसाय धरातल मा उब्याएर सफल व्यवसायी बनाएर नेपालको नाम उच्च बनाउने बीबी एयरवेजका संचालक भबन भट्ट बाट सबैले आशा गर्नु स्वभाबिक हो / तर सबै व्यवसाय सफलनै हुन्छ, र एकपटक असफल भयो भन्दैमा सधै असफलनै भईन्छ भन्ने पनि होइन / सुनेको थिए भबन भट्ट जापानमा एक सफल रेस्तुरांत लगाएत अन्य क्षेत्रका सफल व्यवसायी हुनुहुन्छ, उनको कम्पनीको नाम मा जापान भरि धेरै रेस्तुरांतहरु छन् / हवाई व्यवसाय एउटा नया र अत्यन्त जोखिमपूर्ण व्यवसाय हो र नेपाल र नेपालीको लागि केहि गरौ भनि नया अनि जोखिमपूर्ण भएपनि हवाई व्यवसाय शुरु भएको भन्ने कुरा उनको अन्तरवार्ता बाट पनि बुझिन्छ / यसरि आफु र आफ्नो मात्र नभएर नेपाल र नेपालीको आर्थिक बिकाशको लागि पाइला चाल्ने एउटा व्यवसायी एकचोटी असफल हुँदा यति धेरै रमाउने अनुहारहरु अरु बिदेशी नभएर हामी बीचकै नेपाली रहेछन /
    तर त्यसो भनेर संचालक समिति ढुधले नुहाएको जति चोखो पनि होइन , सफल व्यवसायी बन्नलाई उच्च स्थरको व्यवस्थापन चाहिन्छ र चलाउने सक्षम व्यक्ति / ज्ञान र अनुभब नभएपनि नाताको भरमा आफ्नो मान्छेलाई उच्च पद मा राख्नुले पनि व्यवसाय असफल हुन सक्छ / तर जे भएपनि, पत्र पत्रिकाले जस्तो समाचार लेखे पनि बीबी एयरवेजलाई आफ्नो लाइसेन्स नबिकरण गर्ने एउटा मौका छ / शाब्दिक अज्ञानता को पराकास्ठ नाग्ने केहि पत्रिका ले खारिज भयो भनेर लेखे पनि तीन महिना भित्र नबिकरण गर्नेसक्ने ब्यावस्थ रहेछ, त्यहि अवधि भित्र नबिकरण गरि पुन र सफलतापुर्वक बीबी एयरवेजलाई संचालन गर्नुहुन संचालक समितिलाई शुभकामना दिन चाहन्छु / चाडैनै बिश्व को आकाशमा नेपाली धोजाबाहक बीबी एयरवेज उडेको हेर्न र चड्न पाइयोस /

    Reply
  4. Nab says:
    July 20, 2013 at 6:32 am

    यो BB याकुचा सँग साँठगाँठ गरेर बिदेशमा काम गर्न आएका नेपालीहरू लाई पाए ल्वाप्पौ ठगौ भन्ने बाहेक केही होइन । अनी अर्कों कुरा, जापन जस्तो देशमा ३/४ कोठा भीत्र ताल न वेताल को नानीहरू पढनेस्कुल चलाएर पनी हुन्छ र ? आफनो नानीलाई हालुम की भनेर बुझ्न गएको खोई नानीको भविष्य को लागी ऊचीत लागेन । सबै जना नेपालीहरू को लागी भन्दै ठगै ठगहरू हून । सावधान भएमा राम्रो ।

    Reply
  5. Sandesh says:
    July 20, 2013 at 3:12 am

    इथियोपियन एअरलाइन्सको कस्तो प्रगति छ, हेर्नुस त! ब्यबस्थापन नै खराब भए पछि के लाग्छ?
    http://www.ethiopianairlines.com/en/corporate/fleet.aspx

    Reply
  6. Shisir says:
    July 19, 2013 at 8:59 pm

    यकुचा लाई मन परेन अनि बीबी पनि खलाश , खै कुरा बुझेको मित्र हरु
    जापान मा student मा आएर जहाज किन्न सकिन्न्छा होला ? अहिले लाई एति मात्रै, हैत

    Reply
  7. मदनमणि says:
    July 19, 2013 at 6:16 pm

    एउटा नेपालीले गर्न खोजेको राम्रो काम असफल भएकोमा दुखित छु।

    चुस्त र दक्ष व्यवस्थापन मात्र होइन सञ्चालकको मन पनि स्वच्छ भएन भने विमान कम्पनीहरु घाटामा जान्छन्। कर्मचारी, व्यवस्थापन र लगानीकर्ताको सही संयोजन र टीम स्पीरीट भएन भने विमानसेवा एउटै उडानमा पनि लाखौं घाटामा जानसक्छ।

    Reply
  8. Sisir says:
    July 19, 2013 at 5:53 pm

    यहाँ अरुलाई खुचिङ्ग भन्नु भन्दा पनि हामी नेपाली उध्यम्सिल्तामा कहाँ चुकी रहेका छौ भनेर सोच्नु पर्ने इस्थिती छ .. सायद भट्ट जी को जापानमा रेस्तुरांत चलाको अनुभब मात्र प्रयाप्त छैन कि वा कुनै दछ्यता भएका ब्यबस्थापक को कमि छकी ? नेपाली आम ब्यबसायीको साझा समस्या के हो भने लगानी चाही करोडौ को गर्ने तर १०-१५ हजार दिएर नजीकका आफन्त “मुनिम” बाट कारोबार र बेबस्थापन गराउने .. यो मुनिम संस्कृत अन्तरास्ट्रिय ब्यापारमा कुनै काम लाग्दैन ..

    Reply
  9. Nikhil says:
    July 19, 2013 at 4:31 pm

    लौ सुन मा भन्छु BB airlines को रामकहानी ~~
    –यो कसरि खुल्यो—
    BB airlines ले Tonlesap airlines जसको Combodia मा HQ छ अनि जम्मा २ वटा बिमान बाट २०१० साल देखि संचालन मा आएको airlines कम्पनी हो| tonlesap आफै मा तेत्तिको Stable कम्पनि नभएको कारण ले गर्दा BB संग सुरु देखि नै १ महिना (पछि १/१ महिना थप्ने सर्त मा ) को मात्र करारनामा मा बिमान भवन भट्ट ले भाडा मा लिएका मात्रै हुन्|

    –यो किन खुल्यो —
    Airasia या अन्य LCC (Low Cost Carrier )हुदा हुदै एक्कासी BB आउनु मा अरु केहि नभएर लगानीकर्ता लाई डुभौने अनि भवन भट्ट रातारात मालामाल भन्ने नियोजित किसिम ले रचिएको Scam बिजनेस थियो यो, BB को अफिस नत जापान को कानुन बमोजिम दर्ता छ न नेपाल को अनुसार अर्को रमाइलो पक्ष्य भनेको येश्को लगानी कम्पनि TBI Investment कम्पनि (जसमा भवन भट्ट को नै हालीमुहाली छ ) त्यो Marititius हो कि कता कुनै देस को प्रहरी संजाल पुग्न नसक्ने ठाउँ मा दर्ता भएको छ जसले गर्दा लगानी कर्ता ले कानुनी प्रकिर्या अनुसार जान अति नै मुस्किल भएको छ |

    –अहिले के हुदै छ —
    एक महिना को करार अवधि सकिए पछि tonlesap ले आफ्नो बिमान लागिसक्यो अब अर्को बिमान आउने वाला छैन अर्को अर्थ मा भवन भट्ट र तिन क दुइ चार जना आसेपासे हरु लाई मालामाल भएको छ , बिगत मा सोझा साझा नेपाली हरु बाट उठाएको पैसा बिनियोजन को कार्येक्रम चल्दै छ , येह भवन भट्ट ले जितेको छ अनि वर्ष यो एक पटक सित्तै मा नेपाल जना पाउने आस मा Bond मार्फत लगानी गरेका लगानीकर्ता अहिले “चोक्टा खान गएकी भुडी झोल मा डुबेर मरि” भन्ने स्तिथि म छन्|

    –अब एस पछि पैसा खान के उपाए रच्दै छन् त NRN (बिसेस गरि जापान बासि हरु ) हरु :–
    BB जस्तै गरि हाल जापान म Everest नाम को नेपाली स्कुल खुल्दै छ अनि तेश म पनि Share खुल्ला भएको अनि के हो कुन्नि पद म भवन भट्ट नै रहेको सूचना तेहा का Copy paste आनलाइन पत्रिका हरु ले जारी गरेका छन् , हुन सक्दछ कि यो पनि फरक रुप मा ठगि को नै धन्दा गर्न को लागि नै खोलिएको हो तर मा येश मा १००% भने छैन.

    (माथि मा कुरा हरु मैले नजिक को सुत्र हरु बाट सुनेको भर मा हजुर हरु लाई जानकारी र Share गर्न को लागि राखेको छु ,कुनै कुनै १००% सत्य नहुन पनि सक्छ)

    Reply
  10. Sunil, London says:
    July 19, 2013 at 2:32 pm

    भवन भट्टले गफ दिएका हुन् भन्ने कुरा उनलाई चिन्ने नेपाली हरुलाई पहिला नै थाहा थियो, राम्ररी नचिन्ने विचरा हरु मार मा परे !बीबी airways सुरु हुनु अघि नै यो ठग कम्पनी हो भनेर पत्रिकामा छापिदा भवन भट्ट हरुले जोरदार खण्डन गरेका थिए , अहिले कता तिर लुके त ? अब एस कुरा को पनि खण्डन गरे त हुन्थियो नि ! जसले पनि आफ्नो रगत पसिना को कमाई येस्मा लगाएका छन् उनीहरु प्रति म सहानुभूति राख्दै उनीहरुको लगानी उठाउन सरकारले मद्दत गर्नु पर्छ भन्ने माग राख्छु, येसरी गरिब नेपाली हरुको पैसा उठाउदै अन्यत्र लगानी गर्ने भट्ट हरुलाई कारवाही हुने पर्छ, “पशुपति को जात्र सिद्राको व्यापार” गर्दैछन उनीहरु !
    भवन भट्ट जी लाई एउटा सल्लाह वरु तपाइले आफ्नो नाम अनुसार “भवन निर्माण” को काम म हात हाले सफल हुनुहुन्थ्यो कि ?

    Reply
    1. Pabitra shah says:
      July 22, 2013 at 5:04 pm

      जापानमा आउने हरु सबै घुस्याप्रबिती को मान्छे हरु बदि छन् / विद्यार्थी जिबन देखि आफ्नो जिबन बनाउन साथी साथी लाई नै खुटा तानेर आफु ठुलो बन्ने हरु को जमात धेरै छ / तेसमा पनि गरिब देशको हामी राजनीति गरिने प्रबिती हेर्यो भने अमेरिकन र भारती लाई पनि जिती दिन्छ / कामगर्ने थलो रेस्तुरांत मा र यसको मालिक बन्नेर आफनी देशको को दाजुभाई लाई ठगि खानेहरु को जमात भएको देश हो / कति नेपाली ले कति नेपाली लाई नया दासी प्रथ को रुपमा परिणत गरेको छ / एउटा सानो ३० मिटर वर्ग को कोठामा ६ जना हालेर / हालत कस्तो हुन्छ होला जापान जस्तो बिकसित देशमा / एहांआएर बिकसित भवाना नहुनु नै सबन्दाकमजोरी हो नेपाल मै जस्तो सोचाई राख्नु र धांक दिनु भने को नेपाल मा बस्ने सम्पूरण नेपाली लाई फुर्ति गर्नु हो / अनि राजनीति गर्ने नेता संग हाली मुहाली बनाउने र ठुलो व्यापार पड्काउने दाउ मात्र हो / मेहेनत बनेको आफ्नो दाजु भाई लाई ठग्ने हो /
      रास्ट्रपति आउंदा रोप्पोंगी हिल भन्ने ठाउं मा रात्री भोज बोलाएर हाली मुहाली संग बसेर खाने अनि हाम्रो रास्ट्रपति लाई पनि लाज लागुनु पर्ने होइन / एस्तो सबै पैसा डुबाउने ब्यकित संगत गरेर / यही नेपाली को चतुरयेंदाउ बाहेक केहि पनि छैन / कतिलेत जापानी भाषा को पदाउन ल्याएर काम नपाउने देशमा हाम्रो युबाहरु लाई पैसा ठुती राखेको छ , काम पनि छ पदन पनि पाउनछ भनेर / यसरी ठगेर चलाएपछि कति कुन दिन टिक्छ/हाम्रो लगानी गरेको पैसा सिग्र रुपमा पैसा सानवा ब्याज सहित बि बि एरवज हाली मुहाली हरु ले फिर्ता दिनु परछ /

      Reply
  11. डिल्ली says:
    July 19, 2013 at 12:56 pm

    हामी आम नेपाली कसैको लगानी डुव्दा वा कसैको असफलतामा खुशी हुने गर्छौँ । सायद भट्टजीले व्यवस्थापन गर्न सकेनन् होला वा उनले सोचेजस्तो लगानी गर्ने साथीभाइको आस्वासन कार्यान्यन हुन सकेन होला । वा उनले छोटो अवधिमै असफल भविश्य देखेर नै अगाडि नबढेका पनि त हुन सक्लान । आफ्नो दक्षता मात्र भन्दा पनि प्रतिस्पर्धाको पनि भूमिका हुन्छ जस्तो लाग्छ । घरजग्गा कारोवार समेत गर्ने हुँदा सुधिर वस्नेत अग्नी एयर चलाउन चलाउन नसक्ने गरी डुबे । उनका त कति आफ्नै कर्मचारी नै विचल्ली परेका छन् कर्मचारीमार्फत लिएको ऋणका कारण । घरजग्गा कारोबारीहरू डुब्नुमा राज्यको भूमिका अहम थियो । जस्को मार अग्नी एयरले भोग्यो । विवि एयरवेजले पनि कुनै कारण होला जस्ले गर्दा चलाउन सकेन । तर उनमा कमसेकम एउट इमानदारिता देखियो आफ्ना कर्मचारीलाई तलब नदिएको वा ठगेको भन्ने सञ्चारमाध्यममा आएको छैन । दक्ष हुनेको अरुकै पूँजीमा रम्ने बानी र अदक्षको गरेर देखाउने चाहनाको मेल नभएले नै यस्ता घटना भएका हुन कि !

    Reply
  12. Rajan Ghimire says:
    July 19, 2013 at 12:50 pm

    इच्छा त राम्रो गर्ने नै थियो होला / यो असफलता ले सफल हुने तागत दियोस / एउटा नेपाली असफल भयको मा हास्ने भन्दा नि सफलताको सुभकामना दिउ……
    http://bizmandu.com/content/-902.html#.UejjuY2D-A8

    Reply
  13. Niraj Chandra Poudel says:
    July 19, 2013 at 11:05 am

    huna ta kura airline ko bhako raicha tara ma pahile nai BB Group bata thagiyeko le lekhna manlagyo. Kamaladi Ma Village Travel, Baneswor ma Yadu Bhatta Trust, ani Bhaban Bhatta ko personal website 2-3 years agadi maile banayeko thiye tara tee sabbai ko payment chai installment ma 25% bhanda badi mero hath ma parena. aajha website pani dual language ma chhaine re Japanese and English ma Chor Thag lai. Thikka paryo. Khuching bhanna man lagyo. Aaja eekadashi nabhako bhaye yehi upalakshya ma khukura ko sapeta sanga 2-4 peg janthyo hola mero.

    Reply
  14. रबिन्द्र राज गिरी says:
    July 19, 2013 at 10:06 am

    यो घटनाबाट हामीले सिक्नुपर्ने कुरा पनि त धेरै छ | यस्तो ब्यबसाय गरिरहेका र भविष्यमा यस्तो ब्यबसाय गर्न खोज्ने मानिसले यसबाट धेरै कुरा सिक्न सक्छन असफल हुन बाट जोगिन |

    Reply
    1. Raj says:
      July 19, 2013 at 10:23 pm

      yes, there must be a lot we should learn from these things, Whatever the reason was for it. It is sad to know the failure of Nepalease efforts.

      Reply
  15. Tenzing Gaba, Hong Kong says:
    July 19, 2013 at 9:53 am

    प्रसंगबस:
    ———————————————————————-
    हंगकंग to काठमाडौँ दुरी = ३ हजार किलोमिटर
    उडान अबधि = ५ घण्टा
    भाडा = ने.रु. ६० हजार (ने.बा.नि.को बिमान चढ्नु पुर्ब पुजापाठको खर्च नजोडी)

    हंगकंग to लन्डन दुरी = १० हजार किलोमिटर
    उडान अबधि = १३ घण्टा
    भाडा = ने.रु. ४० हजार
    ———————————————————————-
    क्यार्नु , अरु उपाय छैन ………………………………….. जदौ !!!

    Reply
    1. madan bajracharya says:
      July 20, 2013 at 1:23 am

      तेञ्जिङ्गज्यु/
      निगमको जहाज अलि धेरै पुरानो भयकोमा गतिलो व्यंग हान्नु भयो/ तर जहाज पुरानो हुँदैमा बिग्रने भन्ने हुँदैन है/ सायद यतिनै पुरानो जहाज कुनै निजि बिमान कम्पनीले उदाउने भयको भय सायद जहाज चढ्नु अघिनै श्राद्ध समेत गर्नु पर्ने हुन्थ्यो कि/

      जहाज उडान अघिको प्राबिधिक चेकको बारेमा/
      निगमको कुनै पनि जहाज जहाज निर्माण गर्ने कम्पनि, बिमा कम्पनि र हवाई विभागले तोकेको मापदण्ड दण्ड अनुशार तोकेको योग्यता भयको अंतर्रास्त्रिय मान्यता पायको कम्पनि बात निम्न भयकै हुनु पर्छ/ अरु कुरामा निगम भित्र जे भय गरे पनि यो कुरामा निगम भित्र कुनै कमि कमजोरी कसैले गर्दैन किन भने गर्ने सक्दैन/

      ०१) निगममा उडान पुर्व गरिने नियमित चेक/
      निगमको जहाज उड्नु अघि निगम सिट भयको प्राबिधिकहरुले जहाज कम्पनि र हाम्रो हवाइ विभागले तोकेको मापदण्ड अनुशार पुरै चेक गर्छ/ उनीहरुले सर्तिफ़ाइद गर्दैमा क्याप्टेनले जहाज उदाउन्दैन/ क्याप्टेन अर्थात पाइलत् ले पनि जहाज उदाउनु अघि के के कुरा हेर्नु जच्नु पर्छ त्यो सबै हेर्छन र तेस्मा कुनै कैफियत देखियामा क्याप्टेनले जहाज उदाउन्दिन भन्न सक्ने अधिकार उ सिट हुन्छ/ यो हिसावले हेर्ने हो भने निगमको क्याप्टेन जहाजको प्राबिधिक सुपरिबेछ्यक पनि हो/

      निगमको कतिपय उडान रद्द हुनुको कारण पनि यहि हो/ निगमको जहाज उदाउने क्याप्टेनहरु नियमित तलव पाउने कर्मचारीहरु भयकोले जहाज उडाय मात्रै ज्याला पाउने निजि बिमान सेवाको क्याप्टेनहरु जस्तै होइन/ अरु त् अरु उडान मार्गमा मौसम को बारेमा उनीहरु पूर्णतया बिस्वस्त नभयमा निगमको क्याप्टेनहरुले जहाज नउदाउने निर्णय पनि गर्न सक्छ/ हाम्रो डोमेस्टिक उडान रद्द हुनेमा प्रमुख कारण यहि नै हो/ निगमको क्याप्टेनको निर्णय बात यसरि उडान रद्द गर्दा हुन् सक्ने दुर्घटना बात यात्रुहरुनै बच्छ/ सुन्नु भयकै होला निजि बिमान कम्पनिहरुको जहाज प्रतिकुल अबस्थामा उदायको कारणले दुर्घटना भयको थियो भनेर/

      ०२. क्याजुयल चेक भनिने निश्चित तथा अनिबार्य प्राबिधिक चेकहरु
      जहाजको सानो भन्दा सानो पार्टको समेत आयु तोकेको हुन्छ/ त्यो आयु सकिय पछि ती पार्तहरु राम्रै काम गर्ने भय पनि बदल्ने पर्छ/ यो जहाजको बिमा सम्भंदी पोलिसीको अनिबार्य शर्त पनि भयकोले कुरामा कुनै किसिमको तर लाग्दैन/ निगमको अधिकाश खर्च यसै कुरामा हुन्छ/ कुनै पनि बिमान कम्पनि सिट जहाज भयर मात्रै हुँदैन यस्तो आयु सिमा नाघे बदल्ने पर्ने पार्टको गोदाम पनि हुनु पर्छ/ निगम सिटछ तेस्तो गोदाम त्रिभुवाम बिमान स्थल भित्रै/ (त्याहा धेरै चोरी पनि हुन्छ है तर कसले चोरी गर्छ गराउँछ त्यो म ब्लगमा किटेर लेख्न सक्दिन); भयको घटना सम्म उल्लेख गर्न सक्छु) / निजि बिमान कम्पनि सिट छ भने खै कहा छ?

      ०३. डिटेल चेक, यो अनिबार्य रुपमा जहाज निर्माण गर्ने कम्पनि बा तेस्तो कम्पनीले तोकेको कम्पनीमै गरिनु पर्ने चेक हो र यो अत्यन्त महँगो र लामो समय लाग्ने हुन्छ/

      कुनै पनि हवाई जहाज निश्चित समयमा डिटेल चेक गरिने पर्छ/ डिटेल चेक भनेको साँच्चैको डिटेल चेक हो मित्र/ जहाजको बादी देखि सानो भन्दा सानो पार्ट पनि चेक गरिन्छ र आबस्यक भयमा बदलिने पनि हुन्छ/ यो कुरामा भै गयो अहिले यो पार्ट नबदल्ने भन्न पाइन्दैन/डिटेल चेकमा लगिने जहाजमा कुनै यात्रु पनि लगिन्दैन/

      सुन्नु भयको होला निगमको ७२७ दुइटा जहाज जर्मनमा डिटेल चेक गर्न लागेको बेला त्यो डिटेल चेक गर्ने कम्पनीले जहाजमा कैफियत देखायाकोले निगमले त्यो जहाज तेही कवाडीको भाउमा बेचेको थियो/ अब सोच्नुस निगमले त्यो जहाज जर्मनमा उदायर लागेको थियो गुदायर होइन/ तर डिटेल चेक गर्ने कम्पनीले कैफियत देखायाकोले निगमले जर्मन मै कवाडीको भाउमा बेचेको त्यो जहाज अफ्रिकाको कुनै निजि कम्पनीले प्रयोगमै ल्यायको थियो/ मित्र निगम र निजि बिमान कम्पनीको बीच के कुरामा फरक छ भनेर यसैले पनि स्पस्ट देखाउंछ/

      निजि बिमान कम्पनिहरु बन्द हुनुको प्रमुख कारण अनिवार्य रुपमा जहाज निर्माता कम्पनि र बिमा कम्पनीले तोकेको मापदण्ड अनुशर गर्ने पर्ने अत्यन्त महँगो जहाजको सी चेक र दि चेक गर्ने कति पय निजि बिमान कम्पनीको सामर्थ भन्दा बाहिरको कुरा हुन् पनि सक्छ/ /

      यसकारण मित्र, जहाज निर्माण कम्पनि र बिमा कम्पनीले तोकेको माप दण्ड अनुशार तिनै किसिमको नियमित क्याजुयल र डिटेल चेकहरू गरेर उदाउने निगमको पुरानो जहाज चढ्नु अघि कुनै पुजा पाठ गर्नु पर्दैन बरु यस्तो चेक गर्न नसक्ने कम्पनीको बिमान नया भय पनि पुजा पाठ मात्रै होइन अग्रिम श्राद्ध नै गरेर चढ्नु पर्छ/

      Reply
  16. Deepak Parajuli says:
    July 19, 2013 at 9:53 am

    ब्यबसाय गरेर जम्ने उदेस्यले आएको भए पो सफल हुन्थे / सस्तो लोकप्रियता कमाउन आएको bb airways मालिक असफल नभए को हुन्छ त /

    Reply
  17. aryan says:
    July 19, 2013 at 9:29 am

    नेपाल मा अन्तरास्ट्रिय उडान को कथा अलिक फरक छ . उनि हरु सुद्ध उडान को हिसाब ले मात्र आएका हुदैनन्. लगभग सबै को एउतै उदेश्य छ अन्तरास्ट्रिय ground handling को काम पाउने. तेही पाउने आशा मा येसो २-४ महिना प्लेन चलाए जस्तो गर्छन ground handling को काम पाउने भयो भने राम्रो नत्र डुबाउने .

    Reply
    1. madan bajracharya says:
      July 19, 2013 at 11:09 pm

      आर्यानज्यु/
      हुन् सक्ने कुराको संकेत दिनु भयो/ त्रिभुवन बिमान स्थलमा जथाभावी असछ्यम र संस्थागत बिस्वसनियाताको कुनै आधार नभयको बिमान कम्पनि र उद्य्यायाँ ब्यबसै हरु हुल्दै जानुको पछाडी अत्यन्त सामरिक महत्व समेत भयको त्रिभुवन बिमान स्थल अन्तमा सिभिल लुगा लगाउने “र” को कर्मचारी बात संचालित् हुने संस्थालाई त्रिभुवन बिमान स्थलको ग्राउन्द ह्यान्दलिंग कब्जा गराउने कसैको उद्ध्यस्य हुन् सक्छ/

      हेर्दै जानुस, नेपालको रास्ट्रिय सेनाको बिमान उडान समेत प्रयोग हुने त्रिभुवन अंतर्रास्त्रिय बिमान स्थलमा आफ्नो नियन्त्रण गर्ने आफ्नो कुत्सित प्रयास सफल हुन् नसकेमा “भारत” ले कसै मार्फत; कुनै अर्कै कम्पनि मार्फत त्रिभुवन बिमान स्थलको गराउंद ह्यान्दलिन ब्यबसाय भय पनि कब्जा गर्नेछ/

      नेपालको रास्ट्रिय सेनाले समेत प्रयोग गरिने; नेपालमा हुने कुटनैतिक भ्रमणको यक मात्र दिस्तिनेसन भयको त्रिभुवन बिमान स्थल भित्र गरिने ग्राउंद ह्यान्दलिन यो ब्यबसाय मात्र अत्यन्त आम्दानि हुने ब्यबसाय होइन यो सामरिक महत्व को ब्यबसाय पनि हो/ यो ब्यबशाय बात नेपालमा आउने र जाने साधारण यात्रु देखि लियर कुनै पनि स्तरको कुटनैतिक व्यक्तिको व्यक्तिको “व्यक्तिगत विवरण” समेत संकलन तथा नियन्त्रण समेत गर्न सकिन्छ/ यो ब्यबसाय कुनै गलत व्यक्ति बा संस्था बा देसको हातमा परे कुटनैतिक भ्रमणको गोपनियता माथिनै आंच पनि आउन पनि सकिने हुन्छ/ नेपालमा आफ्नो नियन्त्रण गर्न चाहने भारतको निमित त्रिभुवन बिमान स्थलको ब्यबस्थान गर्ने ब्यबसाय भन्दा यो ब्यबसाय अत्यन्त आकर्षक हुन् सक्छ/

      भारतले आफ्नो इन्डियन यर लाइन्सको ग्राउन्द ह्यान्दलिन उनीहरुकै उपकरण र कर्मचारीहरु ( ती कर्मचारीहरुमा बिशेस कर्मचारी!!??हरु समेत भयको उहिलेनै प्रकाशमा आयको पनि थियो) बात नै गराइन्छ अरुलाई गराउन दिंदैन तर नेपालको नेताहरु आफ्नो देसको रास्ट्रिय सेनाले समेत प्रयोग गर्ने त्रिभुवन बिमान स्थलको ब्यबस्थापन र ग्राउन्द ह्यान्दलिन ब्यबसाय अरुलाई दिन चाहन्छ/ यो भन्दा निकम्मा र गैर जिम्मेवार शोच अर्को के हुन् सक्छ?

      उहिले भारतीय बिमान सेवाको बिमान अपहरण हुँदा अपहरणकारी यात्रुहरुलाई टिकट जारि गर्ने देखि लियर जहाजमा चढाउने काम सबै उनीहरुकै कर्मचारी बात भयको कारण नेपालले आफ्नो देस बात जहाज अपहरण गर्ने अपराधीहरुको बारेमामात्र अस्पस्ट र अधुरो जानकारी मात्रै पाउन सकियको थियो/ ग्राउन्द ह्यान्दलिन काम मा लापरवाही भय के सम्म हुन् सक्छ भन्ने कुराको उदाहरण हो त्यो अपहरण/

      नेपालले त्यो अपहरणको बारेमा छानबिन गर्ने ब्यबस्था गरेको लगतै भारतीय बिमान कम्पनीको नेपालमा कार्यरत सबै कर्मचारी भारत गयको थियो/ अपहरण पछि उनीहरुको जहाज अपहरण भयकोमा सबै दोष गलत आरोप समेत नेपाल माथि थोपरेको थियो र अपहरण पछि यात्रुहरुले साधारण तस्विर समेत खिच्न नपाउने त्रिभुवन बिमान स्थल भित्र त्रिभुवाम बिमान स्थल प्रवेस गर्न सकिने अर्काको परिचय पत्र प्रयोग गरेर जी न्युज को बिनि शर्मा भन्ने व्यक्तिले त्रिभुवन बिमान स्थल भित्र प्रवेस गरेर अनाधिकृत रुपमा गोप्य तथा सामरिक महत्व भयको त्रिभुवन बिमान स्थल भित्रको तस्विरहरु खिचेर भारतको जी न्युज बात नेपालको बेज्जत हुने समाचारहरु निरन्तर प्रसारण गरेको थियो/ यो कुरा पनि गलत व्यक्ति बा संस्थालाई त्रिभुवाम बिमान स्थल प्रयोग गर्न दिय के सम्म हुन् सक्छ भन्ने कुराको उदाहरण हो/

      भारतीय जहाज त्रिभुवन बिमान स्थलमा अवतरण तथा उडान गर्ने सम्पूर्ण काम भारतीय बिमान कम्पनीकै कर्मचारी बात हुन्थ्यो र हुँदै आयको छ/ उनीहरुको जहाज अवतरण भैसके पछि खालि जहाजमा शिल मार्ने देखि लियर पछि तेस्मा सामान र यात्रु भरेर उदाउने प्रक्रिया सबै उनीहरुकै कर्मचारी बात हुन्छ/ ती अपहरण कारिहरुलाई टिकट जारि गर्ने परिचय पत्र चेक गरेर बोर्डिंग पास दियर उनीहरुलाई सामान सहित जहाजमा चढाउने सबै काम भारतीय कर्मचारीहरु बाटै भयको थियो/ भारत बिस्वमा सबै भन्दा बढी जहाज अपहरण भयको मुलुक मध्य्नै पर्छ/ यो सबै कुरालाई मनन गर्ने हो नेपालको त्रिभुवन बिमान स्थल भारतलाई सुम्पन्न खोज्ने नेता कस्तो छ भनेर स्पस्ट देखाउंछ/

      भारतमा भयको अन्य बिमान अपहरण र नेपाल बात भयको उनीहरुको जहाज अपहरनको यसम्भंदित सत्य र तथ्य लुकायर नेपाल बात भयको भारतीय जहाजको अपहरण भारतको जी न्युजले निरन्तर रुपमा र ताम्राकार थर भयको निर्दोष नेपालि यात्रुनै मानौं कि मुख्य अपहरणकारिनै भयको जस्तै देखायर काल्पनिक भिडियो क्लिप देखाउंदै नेपालको बॆइज्जत हुने समाचार प्रसारण गर्दै गरेको थियो/ तव मैले नाम गोप्य राखेर भारतीय जहाजको अवतरण भय देखि यात्रु र सामान भरेर उदाउने प्रक्रिया सबै भारतीय बिमान सेवाको कम्पनि आफैले गर्ने र ती अपहरण कारिको टिकट बोर्डिंग पास जारि गर्ने र परिचय पत्र चेक गर्ने देखि सामान सहित जहाजमा चढाउने सबै काम भारतीय बिमान कम्पनीकै कर्मचारीले गरेको कुरा यौटा साप्ताहिक मार्फत सार्वजनिक गरि दिय/ तव तेही साप्ताहिक समाचार पत्रले मेरो र जिन्युजको पत्रकार बिनि शर्मा सिट राति ८ बजे यफयम प्रशारणमा गर्यो/

      म सिट भयको त्यो बहस कार्यक्रममा बिनि शर्मा आफैले त्रिभुवन बिमान स्थल भित्र अर्काको परिचय पत्र प्रयोग गरेर अनाधिकृत तरिकाले प्रवेस गरेर तस्विरहरु खिचेको कुरा सकारेको थियो/ तेतिबेला नै मैले तेस्लाई तिमि नेपाली नागरिक हुने नसक्ने भयको भनेको थिय/ बिनि शर्माले गलत तरिकाले नेपालको नागरिकता लियकोमा पछि समातियो पनि/ यसबाट सिद्ध हुन्छ त्रिभुवन बिमान स्थलमा जथाभावी प्रवेस हुन् दिनु बात रास्ट्रको बेईजज्ज्त समेत हुन् सक्छ/

      Reply
  18. रोसन,टोक्यो says:
    July 19, 2013 at 8:40 am

    गफ दिन फ्री छ | मलाई चाही पहिले देखि नै विश्वास लागेको थिएन , सबै साथीहरु सेयर हालौ भन्दै थिए ,बीबी एयरवेजको १० लाखको सेयर हाले नेपाल जाने टिकट फ्री के के भन्दै थिए |लगानीको अनुपातमा धेरै प्रतिफल दिन्छु भन्नु झुक्याउनु नै हो | सुरु नै नभएको त्यस माथि अनुभब बिहिन ,फेरी एयरवेज भनेको सडक यातायात सेवा जस्तो सहज ब्यबसाय होइन | पैसाले जे पनि हुने देशमा सञ्चालन अनुमति लिन त्यति मुस्किल काम होइन | एक नेपालीले प्रगति गरेको सुन्दा र देख्दा जति खुशी लाग्छ, त्यो भन्दा धेरै दुख दुर्गति र बदनाम भएको सुन्दा र देख्दा लाग्छ | काम भन्दा कुरा धेरै गर्ने,भएको भन्दा धेरै देखाउने ,बानी जहाँ गए पनि छुटेन नेपालीको…

    Reply
  19. भाई says:
    July 19, 2013 at 8:37 am

    नेपालमा अधिकांस व्यापार व्यवसाय, उद्योग, कारखाना बन्द हुनु धरासायी हुनुमा धेरै कुरो को हात छ |
    १. कमजोर व्यवस्थापन – व्यवस्थापकीय अनुभव नै नभएका हरु वा लगानीकर्ता आफै प्रमुख व्यवस्थापक बस्ने चलन |
    २. असहयोगी संचालक समूह – व्यवसाय सुरु गर्न अगाडी जाड खादै अर्ध बेहोसी अवस्थामा गरेको मीटिङ्ग ले संचालक समूह गठन गर्ने चलन | नतिजा – व्यवसाय सुरु भएको २/३ महिनामै भित्रभित्रै पद-प्रतिष्ठा को लडाई र व्यवस्थापनमा संचालक समुहको अपर्याप्त सहयोग |
    ३. अनुभबहीन/ अदक्ष कर्मचारी – नातागोता/ ईष्टमित्र लाई जागिर खुवाउने भनेर अनुभव नै नभएकालाई जिम्मेवार पद को बांडफांड |
    ४. राजनैतिक दवाव – राजनैतिक संघ संस्थाका स्थानीय, क्षेत्रीय र केन्द्रिय निकायबाट आइरहने दवाव | अलिकति नाफामा संचालित व्यवसायमा आफ्ना कार्यकर्ता हाल्न दवाव दिने र पार्टीलाई सहयोग भनेर चन्दाको नाममा नाफाको हिस्सा खोज्ने |
    र सबैभन्दा ठुलो कारण =
    ५. हावा गफ – काम सुरु नै नगरी हामी यस्तो गर्छौ/ उस्तो गर्छौ भनेर हावा फलाक्दै हिड्ने, उही हावा भरेको बेलुन जस्तो | अनि कतै बाट सानो प्वाल परे पनि फुस्स्स ||

    Reply
  20. पारंगत राई says:
    July 19, 2013 at 8:22 am

    हामीकहाँ नागरिक उड्डयनका क्षेत्रमा पुराना तथा अनुभवीहरु अधिकांश भ्रष्ट, कमिसनखोर छन्। आफ्नै जहाज तथा पार्टपूर्जा किन्दा कमिसन खाने गर्छन्। बन्द गराइएका यस्ता एयरलाइन्सका व्यवस्थापक र झण्डै झण्डै बन्द गराइसकेका नेपाल वायुसेवा निगमका पूर्व व्यवस्थापकका अनुहार एउटै छ। भन्नु पर्दा धमिजादेखि लिएर लाउडासम्मका निगमका तत्कालीनहरु नै बन्द भएका यी कम्पनीका पनि व्यवस्थापक हुन्। जहाज खरीद गर्न हेर्न यिनीहरु नै देश विदेश जान्छन्, कमिसनको मोलतोल गर्छन्। कमसेकम निगममा हुँदा त सार्वजनिक लेखा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अलिअलि भएनि डर हुन्छ, निजीमा त त्यो पनि रहेन। कुनै धन भएको देशभित्रकै वा एनआरएनलाई अध्यक्ष बनाएर मूर्गा बनायो, काम तमाम।

    Reply
  21. Kiran pokharel says:
    July 19, 2013 at 8:18 am

    resturant मा इन्डियन करी बेचेर , नक्कली पस्मिना बेचेर
    कमाएको पैसा जस्तो सजिलो नहुने रहिछ , हवैज़हज चलाएर पैसा कमौउन को लागि! कम्पनी त डुब्यो , बिचार लगानीकर्ता को पैसा ले मोज गरे भै हाल्यो नि!
    लगानी कर्ता पनि कति सोझा …..यो BB Airways त न त जापान मा registered छ, न त नेपाल मै छ !तेत्रो इन्वेस्ट गरेका बिचार नेपाली हरु ले न्याय माग्न कहाँ जाने होला
    !

    पशुपथीनाथ ले कल्यान्न गरुन !

    किरण

    Reply
  22. Sagar says:
    July 19, 2013 at 8:00 am

    Because of:
    1. No strorong plociy
    2. Poor support from Government
    3. Nepotism
    4. Lack of research

    Reply
  23. Rabi says:
    July 19, 2013 at 7:47 am

    एउटा भनाइ छ……”अलि टाडा हेर्नु छ भने अग्लो मान्छे को काँध छाड्नु रे”. जो कोहि अन्धा धुन्द लाग्यो भने येस्तै हुन्छ…..

    Reply
  24. Abin says:
    July 19, 2013 at 7:37 am

    असफलता नै सफलता को प्रतिक हैन र ?
    एक नेपाली असफल हुदा हामी किन एस्तो खुसि हुन्छौ ?
    हामी विदेश मा काम गरि विदेश को पैसा ले बिदेशी जहाज मा पल्केकोले त हैन ?
    एक नेपालीले International Market मा प्रतिस्पर्धा गर्न पक्कै गार्हो हुन्छ

    Reply
  25. Jitman Rai 'sabin' says:
    July 19, 2013 at 7:37 am

    तस्बिर हेर्दा त यसको व्यवस्थापकहरुको योजना नै ३ महिना भन्दा बढी नौधौने देखिन्छ, देख्नु भो ३ ओटा औला देखाएर ३ महिनामा बन्द भनेर फोटो सेसन गरेको……हहहाहा

    Reply
  26. SURENDRA hongkong says:
    July 19, 2013 at 7:26 am

    देश गुना को भेष, टाउको गुना को केश भनेको यही हो/ देश मा राजनीति गर्ने नेता हरु को त् अशल ब्यबस्थापन छैन अनि भारे,भुरे हरु ले यो गर्छु त्यो गर्छु भनेर खोक्नु पुरानो बोतल मा नया रक्सी राखेर बेच्नु बराबर हो/ भट्ट जी को खोकाई मा दम रहेनछ/

    Reply
  27. Nab says:
    July 19, 2013 at 7:07 am

    यो BB AIRWAYS ले धन्नै सबै जापन बसेका हरूलाई ठगेन, तर धेरै को पैसा ठगे जस्तो छ! १०मान भयपनी हालेको भय बर्बाद हुनेरहेछ । आख़ीर यीनीहरू सबै BUSINESS को नाम मा देश र जनतालाई ठगने हुन । NRN सँस्था भनेको ख़ास आफु आफु हरू धनी हुनु र ठुलावडा कहा पंहुच पुर्याउनु नै हो, यीनीहरू ले देश र बिदेशमा बस्ने हरू लाई खासै केहीपनी गर्न सकेको छैन । यी महा फटाह हरू बाट बच्नुस है !

    Reply
  28. gemini says:
    July 19, 2013 at 6:29 am

    जापान मा रेस्टुरा चलाएको मान्छे ले जहाज कम्पनि चलाउन खोज्नु अलि मुर्खता हो कि ?
    नेपाल मा लगानी गर्न मन लागेको तारे होटेल मा लगानी गर्दा ठिक हुन्थ्यो होला . रेस्टुरा मा बिजिनेस गरेको मान्छे को लागि होटेल को ब्यबस्थापन गर्न पक्कै सजिलो हुन्थ्यो .

    Reply
  29. Sudin says:
    July 19, 2013 at 5:51 am

    http://www.bbc.co.uk/nepali/multimedia/2012/10/121017_hawaisandarbha.shtml

    Reply
  30. madan bajracharya says:
    July 19, 2013 at 5:46 am

    उड्डयन ब्यबसायमा सबै भन्दा गाह्रो कुरा दछ्य ब्यबस्थापन गर्नु हो/ केहि करोड बैन्हा दियर जाहाज ल्याउन सकिन्छ तर तोकियको मापदण्ड पुर्यायर तोकेको योग्यता भयको दछ्य प्राबिधिक बात जहाजको मर्मत र सम्भार गर्न सितिमिति सक्दैन/ फेरी अरु व्यवसायमा जस्तो प्रबिधिकहरु कलेज युनिभर्सिटीले दियको डिग्रीको आधारमा उद्द्ययन व्यवसायमा संधै काम गर्न पनि पाउंदैन/ उनीहरु हरायक बर्ष उनीहरुले डिग्री लिनमा जत्ति पहिला खर्चेको थियो त्यो भन्दा बढी खर्च लाग्ने ट्रेनिंग लिंदै जहाज मर्मत गर्ने प्रमाण पत्र रिन्यु गर्दै गर्ने पर्छ/

    केहि महिना केहि लाख खर्चेर मात्र यस यल सी बा इन्तार्मिदियत पास भयको व्यक्तिलाई ट्रेनिंग दियर कसैलाई पनि पाइलट बनाउन सकिन्छ/ तर तेस्तो पाइलतलाइ हरायक बर्ष उसलाई पाइलट बनाउनमा लाग्ने भन्दा बढी खर्चेर जहाज उदाउने पुनप्रशिछ्यन दिंदै गर्नु पर्छ/ नदिय तेस्तो पाइलतले जहाज उदाउन पाइन्दैन/

    उड्डयन ब्यबसायमा पाइलट र प्राबिधिकहरुले मात्रै होइन कुनै कुनै उच्च र निम्न प्रशासनिक र प्रबन्धकीय काम गर्न गराउन पनि अन्तरास्ट्रिय उड्डयन संस्था जस्तै iata बा अरु बिमान कम्पनीको प्रशिछ्यन सेन्टरमानै प्रसिछ्यन लिनु पर्ने हुन्छ/ उड्डयन ब्यबसायको कारोवार अन्तरास्ट्रिय नियम अनुशार हुन्छ र तेस्तो नियम देसको सरकारले होइन उद्द्ययन सम्भ्दित अन्तरास्ट्रिय संस्था iata ले बनाउँछ र यो बदलि रहन्छ र सो बारे जान्न बुझ्न अपडेट नभैकन उद्द्ययन कारोबार गर्ने सकिंदैन/ यो सम्भंदी त्रेनिंग पनि iata बा iata को मेम्बर बिमान कम्पनीमै अत्यन्त महँगो शुल्क तिरेर लिनु पर्ने हुन्छ/

    अचेल धेरै बिमान सेवा भयमा मुल्यमा प्रतिस्पर्ध भयर सस्तो भाडामा उड्न पाइने भन्दै आयको सुनिन्छ/ यो कुरा आन्तरिक उडानमा मात्रै लागु हुन् सक्छ; अंतर्रास्त्रिय उडानमा लागु हुनै सक्दैन/ अंतर्रास्त्रिय उडानको भाडा कुनै पनि बिमान सेवाले आफु खुसि निर्धारण गर्न पाउंदैन/ गरे तेस्तो बिमान कम्पनीको अंतर्रास्त्रिय उडान गर्ने लाइसेन्स निलम्बित हुन् सक्छ/ अन्तरास्ट्रिय उडानको भाडा र सहुलियत iata को tariff coordination committee ले निर्धारण गर्छ र सो भाडा दुइ देसको रास्ट्रिय द्वाजा बाहकको सहमतिमा लागु हुन्छ/ कुनै बिमान कम्पनीले यसको अन्यथा गरे त्यो माथि अन्तरास्ट्रिय कानुन अनुशर कार्यवाही हुने गरिने हुन्छ/ यदि यौटा जहाज लिजमा ल्यायर अन्तरास्ट्रिय उडान मनपरी भाडामा अस्वस्थकर प्रतिस्पर्धा गरेर उडान संचालन गर्दै आयको थियो भने तेस्तो बिमान कम्पनीले कार्यवाही हुनु अघिनै कारोबार बन्द गरिनु नै बुद्धिमानी हुन्छ/

    नेपालका निजि बिमान कम्पनिहरु बिशेस गरेर नेपाल बायु सेवा निगम र अन्य बिमान कम्पनि बात अबकास लियको प्रशिछित कर्मचारीको भरमा चलेको देखिन्छ/ नेपालका निजि बिमान कम्पनिहरु सिट आफ्नो प्राबिधिक र प्रसासनिक तथा प्रवान्धकीय कर्मचारीहरुलाई आबस्यक उड्डयन कारोवार सम्भ्दित प्रशिछ्यन दिन सक्ने आफ्नै प्रशिछ्यन ईकाई भयको र आफ्ना कर्मचारीहरुलाई iata बा iata को member बिमान कम्पनीमा महँगो शुल्क तिरेर प्रशिछ्यन दिन सक्ने आधार भयको देखिंदैन/

    यो हिसावले हेर्ने हो भने नेपालमा खुल्दै गरेको निजि बिमान सेवाहरुको निमित नेपाल बायु सेवा निगम दछ्यताको लाइसेन्सको म्याद नगुज्रेको कर्मचारी आपूर्ति गर्ने संस्था जस्तै बनेको छ/ निगम ढलेमा निजि बिमान सेवा कम्पनिहरु चलाउने दछ्य कर्मचारीको अकाली लाग्छ/ सायद यहि कारणले निजि बिमान कम्पनि बात फाइदा लिने नेताहरुले Nepal बायु सेवा निगमलाई चल्न पनि नदियको र ढल्न पनि नदियको हो/

    अब निगमको बारेमा केहि लेख्छु/ हो निगम भित्र र बाहिरको भ्रस्टहरु बात पिडित छन्/ भ्रस्ट कै सबै थोक चलेको भय मात्र ३० करोडको सरकारको लगानी भयको निगम सिट अझै ३०सौ अरवको सम्पति हुनै सक्दैनथ्यो/ गिरिजाको धमिजा लाउदा आदि काण्डमा अरवौ घाटा समेत व्यहोरेको नेपाल बायु सेवा निगम उहिलेनै धली सक्थ्यो/ तर ढलेको छैन/ हाम्रो आक्रोश भ्रस्ट प्रति केन्द्रित हुनु पर्छ निगम प्रति होइन/ निगममा सरकारले लगानी गरेको ३० लाख जनताको सम्पति हो र त्यो सम्पतिलाई निगम भित्रको इमान्दार कर्मचारीहरुले डुब्न नदिन ठुलै संघर्स गर्दै आयको छ/ निगम भित्र र बाहिरको भ्रस्टहरुलाई घोक्राउन्दै ती इमान्दार कर्मचारीको साथ् दिनुस/ दुइटा अर्को वाइड बादी बिमान र आन्तरिक उडान गर्न सकिने केहि सानो जहाजहरु दिनुस/ अनि हेर्नुस

    Reply
  31. Adwait Sharma says:
    July 19, 2013 at 5:42 am

    भित्रि आन्तरिक अवस्था र तयारी मजबुत नबनाईकन बाहिर ठुला ठुला हल्ला नगरेको भए हुन्थ्यो / यिनीहरुले काठमाडौँ देखि फ्रान्कफर्ट (जर्मनी) सम्म उडान गर्ने भन्न पनि भ्याए कुनै बेला / अहिले आएर यस्तो ताल छ /

    Reply
  32. अनोज शाक्य says:
    July 19, 2013 at 5:15 am

    सुरुमै अध्ययन गरेर सुरुवात गरेको भए राम्रो हुने थियो ।अर्को कुरा नेपालमा इर्स्यालुहरु पनि धेरै छन । जे होस् यो समाचारले अलिकती मन खिन्न बनायो मलाई ।

    Reply
  33. laxman says:
    July 19, 2013 at 5:06 am

    here i have write some point which is the reason
    2.high competation
    3.dominated by neighbour country
    4.coldnt market well in forigien country
    5.weak management
    6 maximum coruption.

    Reply
  34. arjun kumar rai says:
    July 19, 2013 at 4:49 am

    सबै धनि मान्छे असल ब्यबस्थापक हुन सक्दैन साथै आफ़्जो नाता गोता र चिनजानको भरमा प्रमुख ब्यफ्स्थापक बनाए पछि यस्तै हुन्छा खुल्ला प्रतियोगिता गराएर योग्य मान्छे राखेमा सफल भैहल्छा

    Reply
  35. Samaya says:
    July 19, 2013 at 2:54 am

    एउटा जहाज त्यो पनि भाडामा लिएर चलाउन नसक्ने हामी नेपाली ले यो भन्दा ३ दिन पहिलेको “त्यति साह्रो निराश पनि नहोउँ…बन्दैछ नेपाल” भन्ने लेख र तस्बिरहरु आकाश को फल आखातरी मर जस्तै हो। हामी नेपालीको दिमाग मा अरुले केही गर्न लाग्यो भने २ दिन पहिले देखि कुरा काट्न थाल्छौ सहयोग त परै होस। अनि भुत्राको सफल हुन्छ त।

    Reply
  36. nirajan says:
    July 19, 2013 at 2:53 am

    बीबी एयर खुल्ने बेलामा मैले पनि हेरम्ला कतिदिन टिक्दो रैछ भनेको थिए , नभन्दै ६ महिना पनि टिकेनछ…. अमेरिका जस्तो देशका ठूला ठूला airlines त नाफा गर्न नसकेर मर्ज गर्दैचन, अब एउटा जहाज भाडामा ल्याएर राता रात करोडौ नाफा गरम्ला अनि १ बर्षमा दुइटा जहाज किनौला भन्ने सोचेर खोलेका थिए, अनि उल्टै घाटा भएपछि बिचराहरु हत्त न पत्त आत्तिएर भागिहाले …… बास्तवमा नेपालमा उड्डयन छेत्रमा ठुलो सम्भावना भएपनि, नेपाली लगानी नहुनु र आट्नेहरुले पनि ठूलो लगानी , केहि समयको धैर्य र राम्रो कार्यनीति अप्नौना नसक्दा, एकतिर सबै सम्भाभित फाइदा जति बिदेशी बिमान कम्पनीले उठाई राखेको छ भने अर्को तिर टन्न खर्च गरेर विदेश गइ गइ पढेका Pilot र engineer हरु कि त बेरोजगार भएर अर्कै छेत्र मा लाग्नू परेको छ या त आफ्नो क्ष्यमता र शिप बिदेशी लै बेच्नु परेको छ … जसले गर्दा नेपालको उड्डयन छेत्रमा अजै १०-२० बर्ष खासै केहि प्रगति हुने देखिदैन… दुखको कुरा हाम्रा छिमेकि देशले ६०-७० बर्ष अगाडी नै पहिलो हवैजाहज बनैसक्दा, हामी अजै पनि यो संग सम्बन्धित शिक्षा दिने एउटा संस्थान पनि स्थापना गर्न सकेका छैनौ

    Reply
  37. Adhikari, Europe. says:
    July 19, 2013 at 2:47 am

    हो, म्यानेजमेन्ट झूर भएरै हो यो गति भएको | तेत्रो पैसा थियेछ त (शाही) नेपाल वायुसेवा निगम नै किनेको भए नेपालको गरिमा त बढ्थ्यो | नेपालमै दक्ष पाइलट, क्रॊ, परिचारिका, परिचर, सबै अनुभवी हुदा हुदै किन वेट लीजमा लिनु परेको ? आफ्नै देशमा उत्पादित जनशक्ति परिचालन गर्नु, नपुगेको तालीम बरु छिमेकी वा नजिकको देशमा पठाएर गराउनु, नेपाली नाम राख्नु वा नेपाल चिनाउने एयर्लाइन्स चलाउनु, र थोरै खर्चमा धेरै काम चलाउनु पो दक्ष म्यानेजमेन्ट हुन्छ | बाजे र बोजु (BB) को नाम राखेर पनि हवाई जहाज चल्छ? बाँकी पछि तिरुम्ला भनेर पनि एयर्लाइन्स को बिजनेस हुन्छ ? नेपालभित्रै हुन्छ होला जस्तो कि नेपाल आयल निगम, त्रि.वि. को बाँकी (आबन्धन शुल्क) नतिरेकाले कलेजहरु खारेज भनेको खबर सुनिंदै आइ रहेको छ | अन्तर-राष्ट्रिय वायु सेवा संचालन गर्न पैसाले मात्र हुदैन…अक्कल र सीप र अनुभव पनि चाहिन्छ भन्ने कुरा छर्लंग भएन त ? ब्ल्याक मनीले किनेको, भ्याट र ट्याक्स छलेर, भ्रष्टाचार गरेर कुम्ल्याएको पैसाले किनेको बिमान सेवाको हविगत यस्तो नभए कस्तो होला त ? बरु चाइना वा इंडिया सित मिलेर साझेदारीमा कम्पनी चलाएमा कमसेकम घाटा त नहोला कि ? यूरोपमा एयरपोर्ट ट्याक्स बढेको बढेकै छ, इन्धन, स्यालेरी, भत्ताको रेट बढेको बढेकै छ, पार्ट पुर्जा, रिपेयर मेन्टेन गर्ने खर्च बढी रहेको छ, अनेकन सुविधाहरुको मांग राखेर कर्मचारीले आन्दोलन गरि रहेको छन्, यी सबै कुरा बुझेर मात्र सुर्को तानेको भए हुन्थ्यो, चोक्टा खान गएको बुढा र बुढी (BB Airways) अब झोलमा डुबेर मरी | मेरो सुझाव के छ भने बन्धु हो, हावा जहाज तिर होइन बरु सुरुङ्ग मार्ग बनाउने, केवल कार सेवा संचालन गर्ने, राम्रो राम्रो बस हरु लामो दूरीमा चलाउने, सकेमा महानगरमा मेट्रो रेल नै ल्याउने, तेतातिर पो ध्यान गए घाटा नहोला ….बाँकी तपाइंको इच्छा |

    Reply
  38. राजकुमार says:
    July 19, 2013 at 2:28 am

    माइ संसार मा पहिले पल्ट नाम सुने BB airways को | कहिले सुरु भए कहिले अन्त भयो पत्तै पाइएन | 🙂

    Reply
  39. कबीर थापा, दोहा-कतर says:
    July 19, 2013 at 1:23 am

    कठै ! यी भवन भट्टले त बीबीसी नेपाली सेवामा बीबी एयरवेज चलाउने बारेमा दह्रो गफ पो दिएका थिए त अघिल्लो साल. हो..हो..साँच्ची हामीकहाँ गतिलो म्यानेज़र नभएकै हो…न त देश चलाउने म्यानेज़र (नेता) गतिला परे…न त अरु अरु नै…हामि दुखि मनुवा (:

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme