Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिस होमले दियो दुःख

Posted on July 18, 2013July 18, 2013 by Salokya

dishho,e
परम्परागत केबल टिभीको राज रहेको सहरबजारमा टेलिभिजन प्रसारणको नयाँ प्रविधि डिटिएच खासै लोकप्रिय नभए पनि ग्रामीण भेगतिर यो निकै चलिसकेको रहेछ। माथिको फोटो मनाङको हो। मनाङको दुर्गम ठाउँमा रहेका घरहरुमा समेत डिस होमका छाता ठडिएको देख्दा छक्क परेको थिएँ। हिजोदेखि डिस होममा एउटा च्यानल पनि नआउने भएपछि बिचराहरुलाई कति पीडा भयो होला! देशभरका दुई लाखभन्दा बढी ग्राहक यसबाट प्रभावित भएका छन्।

dishhome1

डिटिएच (डाइरेक्ट टु होम) प्रविधिमा कम्पनीले टेलिभिजन सिग्नल स्याटेलाइटबाट सीधै ग्राहकको घरमा रहेको डिस एन्टेनामार्फत् टेलिभिजनमा पुर्‍याउने भएकोले भौगोलिक अवस्थितिले कुनै असर पार्दैन, जस्तोसुकै अनकण्टार ठाउँमा पनि टिभी हेर्न सकिन्छ।

सिग्नल पठाउनका लागि लिइएको स्याटेलाइट सेवा इन्टेलस्याटले नै लाइन काटिदिएपछि डिसहोमले ग्राहकको घरमा टेलिभिजन प्रसारण गर्न नसकेको हो। स्याटेलाइटलाई तिर्नुपर्ने रकमको विषयमा खटपट भएर लाइन काटेको समाचार आएको छ। तर कम्पनी भने स्याटेलाइट चेन्ज गर्न लागेकोले सेवा अवरुद्ध भएको दावी गर्दो रहेछ।

यसको मार भने दुई लाख २० हजार ग्राहकलाई परेको छ, जसको घरमा टेलिभिजन अब काम नलाग्ने भाँडोजस्तै भएको छ। नेपाली च्यानलसमेत त्यसमा आउँदैन।

स्याटेलाइट चेन्जै गर्ने भए पनि कम्तिमा एक महिना अघि ग्राहकलाई जानकारी दिएर, तयारी पुर्‍याएर मात्र गर्नुपर्थ्यो। यसरी एक्कासी लाखौँ ग्राहकमाझ सेवा नै बन्द हुने भएपछि यसको व्यवस्थापन गर्नेहरुप्रति प्रश्न उठिहाल्छ।
dish
स्याटेलाइटलाई शुल्क तिर्न नसकेको हो भने के डिसहोमले आफ्नो सेवा पर्याप्त विस्तार गर्न नसकेर सोचे जस्तो नाफा कमाउन नसकेकै हो त ? सुनिन्छ स्याटेलाइट शुल्कवापत् करोडभन्दा बढी रकम डिस होमले तिर्नुपर्थ्यो। डिटिएचको लाइसेन्स लिनेको हानाथाप नै भएको थियो केही वर्षअघि। तर चलाउन नसकेपछि डिस मिडिया र होम टिभी मर्ज हुन बाध्य भएका थिए डिस होमको ब्रान्डमा। अहिले यही एउटाले मात्र नेपालमा डिटिएच सेवा दिन्छ। यसअघि भारतीय कम्पनीका डिटिएच चलाउनेहरु प्रशस्त हुन्थे। ती गैरकानुनी भएकोले अहिले डिसहोमको एक छत्र राज थियो। उच्च गुणस्तरको दृश्य आउने भए पनि एकै पटक स्मार्टबक्सको ६ हजार रुपियाँ तिर्नुपर्ने, एउटा मात्र टिभीमा सेवा हुने जस्ता कारणले अझै केवल प्रविधिलाई यसले जित्न सकेको छैन। एउटा केबल टिभीको लाइन लिएर घरभरिका सबै टिभीमा अझ घरपतिले बहालमा बस्ने सबैलाई बाँडेर हेर्ने चलन भएको देशमा आकर्षक प्याकेज नल्याएसम्म डिटिएच खासै चल्ने देखिन्न।

dishhome2
कम्पनीले अब नयाँ स्याटेलाइट रुसको यमल स्याटबाट प्रसारण गर्न लागेको छ। यसका लागि छाता फर्काउनेदेखि लिएर सबै सेटिङ नयाँ ढंगबाट गर्नुपर्ने हुन्छ। नजिकै त कम्पनीले छिट्टै गर्ला तर अनकण्टार गाउँमा भएका ग्राहकको घरको छाता कहिले फर्काउने हुन्। त्यस्ता ठाउँका बासिन्दालाई टेलिभिजन मनोरञ्जनको एक मात्र साधन थियो।

[डिस होम चलाउने गर्नुभएको छ ? कस्तो छ नेपालको एक मात्र डिटिएच कम्पनीको सेवा- आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस्]

dishhome3
मनाङको मान्छे खासै नहुने ठाउँमा रिचार्ज कार्डको विज्ञापन। यहाँ एनसेलको रिचार्ज किन नबेचिएको होला भन्ने तपाईँलाई लाग्ला, उपल्लो मनाङ लगायत अधिकांश मनाङ जिल्लामा एनसेलको नेटवर्क छैन। टेलिकमकै पनि स्काई सिडिएमए त्यहाँ चल्दैन। नेपालको सबै ठाउँमा चल्छ भन्ठानेर स्काइप्रोको सिम बोकेर हिँडेको म मनाङमा सदरमुकाम चामेमा बाहेक अन्यत्र चलाउन सकिएन। बरु टेलिकमको जीएसएम नेटवर्क चल्ने रहेछ सोच्दैनसोचेको ठाउँमा पनि।

26 thoughts on “डिस होमले दियो दुःख”

  1. kiran says:
    July 19, 2013 at 9:20 pm

    फेरी अर्को अपडेट, पुरानै सेटलाइटमै फेरी चल्यो । 😀

    Reply
  2. Ramesh Bk says:
    July 19, 2013 at 6:00 pm

    समाचार र प्रचार वाजी कत्तीको सही त्यो त भन्न सकिदैन तर समस्या त अहिले मात्र हैन पानी पर्दा, हुरी बतास चल्दा पनि नआउने समस्या चाही पहिले देखि कै हो । के गर्ने हजुर कुकुर विराला पनि नेता भाको देशमा यस्तै त हो नी सास्ती खेप्नु पर्ने नेपाली जनताले नै हो ।

    Reply
  3. kiran says:
    July 19, 2013 at 5:16 pm

    साथी हो नया जानकारी, पानी पर्दा पनि लाइन अवरूद्द नहुने रहेछ अहिले , Quality: 28 हुदा पनि मज्जाले टिभी आउदो रहेछ । पहिला ४० बाट घट्नसाथ जान्थ्यो ।

    Reply
  4. Praveen says:
    July 19, 2013 at 4:28 pm

    मीडिया चलाउने माफियाहरुले अधिकांश नेपाली जनताहरु लाटा गोरु बराबर हुन् भन्ने सोचेकोले उपभोक्ताले यो समस्या भोग्नु परेको हो .

    Reply
  5. satya says:
    July 19, 2013 at 2:57 pm

    फेरी अलिकति अन्टेना हल्लियो भने कम्ति मा ३०० रूप्पे चुना लाग्छ / मेकानिकले छोयो कि ३०० देखि ५०० भनिहाल्छन /

    Reply
  6. satya says:
    July 19, 2013 at 2:53 pm

    सबै भन्दा नराम्रो कुरो चै बादल लागे पछि क्वालिटी खत्तम हुन्छ, झन् वर्षामा त केहि पनि आउदैन, ठ्याम्मै बन्द हुन्छ / तेत्ति बादल छेड्न नसक्ने कस्तो तरङ्ग हो यसको? १२ वर्ष रामायण पढायो भने जस्तो … कत्ति मन पर्ने कार्यक्रम त छुट्छ

    च्यानल HD अनि TV सेट LED/LCD हुनु पर्छ अनि मात्र राम्रो पिक्चर क्वालिटी आउञ्छ नत्र त झन् झुर देखिन्छ / त पुरै च्यानल HD मा कहिले जाने हुन् ? झन् नेपाली च्यानल त कहिले हो कहिले ? बरु इंडिया मा त अनिवार्य भैसक्यो क्यारे /

    Reply
  7. Jagannath Nepal says:
    July 19, 2013 at 11:16 am

    उपभोक्तालाई यसखालको समस्यामा पार्न पाइँदैन। सरकारले डिस होमलाई उपभोक्तालाई क्षतिपूर्ति भराउने तर्फ कदम चालोस्। छिटो भन्दा छिटो …
    धन्यवाद

    Reply
  8. Puku says:
    July 19, 2013 at 3:09 am

    च्यानल त सफा नै आउथ्यो, तर एक पल्ट एन्टेना हल्लियो भने मिलाउन टाउकै दुखाउनु पर्ने, अनि सारै महँगो पनि, सजिलो को हिसाब ले ( तार नचाहीने ) त ठिकै छ. थोरै पैसा मा स्पोर्ट्स च्यानल नआउने, नचाहिने च्यानल त कति आउने कति, अनि सबै प्याकेज हाल्न नसकिने (खर्चको हिसाब ले ). पैसा सकिएको पनि थाहै नहुने, घाडो नै हुने रैछ नि, न सधै चलाउनु न फाल्नु!
    तर पिक्चर क्वालिटीको चै त्यो तारवाला भन्दा धेरै राम्रो लाग्यो है .
    राम्रो खालको प्याकेज ल्याएर उपोभक्ता धेरै बनाए देखि कम्पनि पनि फाइदा मा जाने अनि अलि सस्तो पनि हुन्थ्यो कि?

    Reply
  9. madan bajracharya says:
    July 19, 2013 at 12:37 am

    भने पछि यो दिस ले स्यात्लाएत बात प्रसारण हुने च्यानल मात्रै देखाउने भयो/ यस्तो स्यात्लैत बात प्रसारण हुने टीबी च्यानलहरु त् इन्टरनेट कनेक्सन भयको व्यक्तिले मात्र १० डलर पर्ने ( राबित बा के भन्छ तेस्लाई यु ट्युव र गुगलमा विवरण हेर्न सकिन्छ) देभाईस जडान गरेर बा ४० डलर जत्ति पर्ने सफत वेर डाउनलोड गरे पछि ३००० भन्दा बढी च्यानलहरु सिधै तिभीमा हेर्न सकिन्छ नि/ यति गर्न पनि झ्याउ लागे “जादु” आदि भनिने च्यानल बक्स २०० डलर जत्तिमा छ्यास्छ्यास्ती पाइन्छ अमेरिकामा/ धेरै नेपालीको घरमा जडान पनि गरेको छ/ यो च्यानल बक्स यक चोटी किने पछि केहि अर्को शुल्क पनि तिर्नु पर्दैन बिदेशी र भारतीय च्यानल लगायत नेपाली टिभी हेर्न पाइन्छ/ मलाई लाग्छ अलिकति कम्प्युटर सम्भंदी ग्यान भयको कुनैले पनि यस्तो च्यानल बक्स बनाउन सक्छ नेपालमा/ मात्र यौटा स्यात्लाएत बात ब्रोडकास्ट हुने च्यानल समाउने सफतवेर र तिभी त्युनर मिलायर बनायको हो जस्तै लाग्छ मलाई/ कसरि शुल्क स्याट लाइट बात प्रशारण हुने टिभी च्यानल हेर्ने भन्ने विवरण युत्युब र गुगलमा पढ्न सकिन्छ/

    Reply
    1. Sisir says:
      July 19, 2013 at 4:13 pm

      मदन दाई, तपैले भन्नु भाको कुरा ठिकै हो तर यो हाम्रो जस्तो महँगो इन्टरनेट सुल्कामा तेती सम्भब छैन . एसको लागि तपाई कुन device मा हेर्ने हो त्यो हेरी कम्तिमा २-३ Mbps (SD quality) र ४-५ Mbps (HD quality) को इन्टरनेट bandwidth कनेक्सन को जरुरत पर्छ र सुल्क मासिक १० हजार घटी पाइदैन ..
      Note that higher quality with more resolution with uninterrupted playback requires even more bandwidth which is not feasible with present internet service price.

      Reply
      1. madan bajracharya says:
        July 19, 2013 at 11:23 pm

        सिसिरज्यु/
        मेरो छिमेकीहरुले “जादु” आदि भनिने २०० डलर जत्ति तिरे अर्को शुल्क कहिले तिर्नु नपर्ने उपकरण प्रयोग गरेर भारत र नेपाल लगायत स्याटेलाइट बात प्रसारण हुने टिभी हेर्दै आयको छ/

        अनि १० डलर तिरे दुइटा पाइने राबित भनिने उपकरण पनि मेरो छिमेकीले ओन लाइन बात मगायको थियो/ त्यो उपकरण ल्यापटपमा जडान गरेर ल्यापटपको कनेंकासन बात स्याटलाइट बात प्रसारण हुने सबै टिभी च्यानल उहाको कोठाको फ्लायत तिभीमा हेर्न सकिन्थ्यो/ तर यो १० डलरमा दुइटा पाइने उपकरण हरायक बर्ष १० डलर तिरेर अपडेट गर्नु पर्ने रहेछ/ देखेको कुरा नै लेखेको हो मित्र/

        Reply
    2. बिमल, चितबन says:
      July 19, 2013 at 10:16 pm

      ब्रो , तेति दिमाग भा को भए त अमेरिका गै हालिन्थ्यो नि , किन टिँभी हेरेर दिन बिताउनु पर्थ्यो र ।

      Reply
  10. kiran says:
    July 18, 2013 at 6:39 pm

    एन्टेना आफै मिलाउन सकिन्छ , यस्को लागी एन्टेना मिलाउदा मिलाउदै टिभीमा सिग्नल हेर्ने व्यवस्था मिलाउनु पर्छ । सुरूमा सेट टप बक्समा Frequency 11660 गर्नु पर्छ अनि Symbol rate पनि 53000 गर्नु पर्छ त्यसपछि Polarization पनि Horizontal गर्नु पर्छ अनि सेभ गरेर , एन्टेना पहिलाको भन्दा हल्का दाहिने अनि हल्का झुकाउनु पर्छ । पुरा जानकारीको लागी : http://www.dishhome.com.np/userfiles/file/Yamal%20402.pdf फाइल डाउनलोड गर्नुहोस । सुरूमा मेरोमा ४१ वटा चेनल आयो अनि फेरी Frequency: 11580 हाले पछि बाकीको ३० वटा चेनल आयो ।

    Reply
  11. द्रोण says:
    July 18, 2013 at 6:04 pm

    टि बि न आउने भए बजार बाट वि सी दि प्लेयर , डी वि डी प्लेयेर ,ब्लु रे प्लेयेर आदि किनेर लेउने सी डी , डी वि डी बाट मुभी , यु ट्युब आदि हेरे र मनोरंजन गर्दै गर्ने | मनोरंजन लाइ निरन्तरता दिने , कमि आउँन न दिने |
    गाउमा ठालु र तालु भएका हरु बसेर मनोरंजन का बैकल्पिक साधन को बारेमा बहस चलाउने र भैरहेको साधन मा सुधार लाउने जस्तो कि
    १) बिहान चिया बसल मा बसेर चिया पिउने ,राजनीति गफ गर्दै ,नेताहरुलाई गालि गर्ने समय लाइ आधा घण्टा अरु बढाउने

    २) तास , कबड्डी , डनडी बियो , गुचा समेत सर्ब सुलभ गराउने

    ३) रातकी रानी दारु पानि लाइ युवा , युवती , बुढा बुढी हुदै कम उमेर का बालबालिका सम्म लोकप्रिय बनाउने साथै गाउमा घडी चराको आवाजलाई सक्दो दबाउने |

    ४) युवा हरुले पधेरो , चौतारी , घास काट्न जाने हरु सग को पार्ट टाइम लाइ आरु बढाउने |

    ५) गृहस्थी हरुले कान्छो छोरालाई बेलौमा खुवाएर सुत्ने ब्यबस्था मिलाउने
    र पलंग मा चाइ चाइ चुइ चुइ न औवोस भन्ने मा ध्यान दिने |

    Reply
  12. मदनमणि says:
    July 18, 2013 at 4:59 pm

    उपभोक्तालाई यसखालको समस्यामा पार्न पाइँदैन। सरकारले डिस होमलाई उपभोक्तालाई क्षतिपूर्ति भराउने तर्फ कदम चालोस्।

    Reply
  13. black_watch says:
    July 18, 2013 at 4:33 pm

    I’ve been calling them since yesterday there is no one to pick the phone. There is no information…there is no clue…the most frustrating is there is no place where we can call and know what is going with this faking dishhome…who cares because this is nepal…only money and power works here….people, officials,police, judges and everything are on sale. This sounds bitter but this is our fate, this is reality…….indeed who cares……so frustrating…is there anyone know why we are too corrupt…too known….

    Reply
  14. बिनोद तिमिल्सिना says:
    July 18, 2013 at 3:02 pm

    टाढाको के कुरा,यहि काठमाण्डौमा हिजो देखी फोन गरेको फोन लाग्दैन,आज बिहान तिनकुनेको कर्पोरेट अफिस जाँदा रिसेप्सनिष्टबाट एन्टेना घुमाउन टेक्निसिएनको नम्बर लिएको त्यो नम्बरमा कल गर्दा म डिसहोमको टेक्निसिएन हैन भन्छ अब फेरी तिनकुने तिर दौडिनु छ।

    Reply
  15. Gangaram says:
    July 18, 2013 at 2:46 pm

    मैले त channel आएन भनेर recharge नै गरेको बेकार पो भएछ।

    Reply
  16. Y.R.sharma doha says:
    July 18, 2013 at 2:15 pm

    पैले २ कम्पनी मिलेर १ भएका थिए,एकलौटी बजार बनाउन ऐले आएर एस्तो हर्कत. अझै २-३ वोटा कम्पनी आयो भने बल्ल जनता लाई सस्तो र गुणस्तर सेवा मिल्थियोकि.

    Reply
  17. shrawan says:
    July 18, 2013 at 2:01 pm

    dishhome ले प्राबिधिक आएर बनाई dine भने को छ तर डिलर मा कुरा गर्दा तपाई ले paisaa तिरेर आफै बनाउनु पर्छ प्राबिधिक पठाई दिन्छु भनछ . के नाटक हो यो ? आफै खर्चा गर्न त जानेकै छम नि . usko कारण ले बिग्रे पछि ऒसैले सित्तै मा बनाउनु परेन ?

    Reply
  18. Nabin Adhikari says:
    July 18, 2013 at 1:02 pm

    Customer Oriented- भन्ने अनि बिना सूचना सेवा अवरुद्द गर्ने| विदेश मा त पानि, बिजुली, इन्टरनेटको Preventive maintenance गर्दा पनि ३-४ दिन अगाडी सूचना दिनु पर्ने हुन्छ| हाम्रो देस मा केही कुरा को नियम-कानुन भएपो पालना गर्नु |

    Reply
  19. Roshan says:
    July 18, 2013 at 12:53 pm

    यो डिशहोम पानी परेको बेला पनि चल्दैन. अनि सपोर्टमा फोन गर्दा रिसिवर रिसेट गर्नु भन्छ. उनीहरु भन्दा जान्ने कोहि छैन जस्तो कुरा गर्छन.

    Reply
    1. Sisir says:
      July 19, 2013 at 4:36 pm

      तपाइको गुनासो एकदम सहि हो तर यो डीसहोमको मात्र समस्या होइन प्रयोग भएको प्रविधिको समस्या हो . DTH(Direct to Home) प्रविधिमा स्याटलाइट संग सम्पर्ग गर्न Ku ब्याण्ड को प्रयोग गरिन्छ ताकि तपाइको घरमा प्रयोग हुने छाताको (antenna )आकार सानो होश (आधि मीटर ब्यास) ..येस्मा बर्खा र हीउदमा अलि समस्या आउछ यानी ठुलो पानी र बाक्लो कुइरो भएको बेला येस्मा समस्या आउनु सामान्य कुरा नै हो .. यो प्रबिदिको एउटा कमजोरी येही हो ..
      सपोर्टमा बस्नेले यी कुरा नभन्नु चाही सरासर उसको गल्ति हो ..

      Reply
  20. diwakar says:
    July 18, 2013 at 12:52 pm

    मुख मा लाउन माढ़ छैन कुन्नि के मा जाइफ़ल भने जस्तै हो कति सौखिन हुन् नेपाली हरु !

    Reply
    1. रबिन्द्र says:
      July 18, 2013 at 4:02 pm

      दिवाकर जी तपाइको भनाइ बाट यो बुज्न सकिन्छ कि गरिबले संचार को उपयोग गर्नु हुदैन अर्थात् मनोरंजन र संचारको सुबिधा लिनु हुदैन र मैले आज सम्म सुनेको छैन कि खान नपाएर नेपाली को मृत्यु भयो !

      Reply
    2. bibek dhakal says:
      July 19, 2013 at 8:08 am

      प्रकृतिले आखा के चस्मा लगाएर बस्न अनि कान चाही तेइ चस्मा अड्याउन मात्र देको हो? सौख कसको हुँदैन ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme