Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसको तलब कति ?

Posted on July 18, 2013July 18, 2013 by mysansar

talab3
नयाँ बजेटपछि देशका भिआइपीहरु र सरकारी कर्मचारीको मासिक तलब बढेर कसको कति भएको छ त?

talab

talab1_corrected
talab2
सर्वसाधारणलाई नि ? ढाड भाँच्चिने महँगी। हेर्नुस् नागरिकमा छापिएको बजारभाउ
tarkari

60 thoughts on “कसको तलब कति ?”

  1. Sampurna says:
    July 22, 2013 at 9:22 am

    यो त नेताहरुको टेबल माथिको तलब भयो…. टेबल मुनिको अझ कति हो कति… कर्मचारीलाई जति तलब भए पनि पुग्ने हैन क्यारे… घुस लिन कम हुने वाला छैन.. बेकारमा हामी जस्ता सोझा जनताले झन् सास्ती बेहोर्न पर्ने भो …

    Reply
  2. बिपु says:
    July 20, 2013 at 10:49 pm

    नेपालमा अहिले दुई खाले कर्मचारी छन् । पहिलो, सोझो रुपमा मरिमेटेर काम गर्ने र छक्का पञ्जा गर्न नजान्ने वा गर्न मन नपराउने । दोस्रो, काम कर्तव्य अनुशासन कुन चराको नाम हो भन्ने थाहा नभएको तर गफ ठूला ठूला गरेर हिँड्ने खालको । विडम्वना के छ भने तलब दुवैका लागि बराबर हुन्छ । अझ भन्ने हो भने दोस्रो खालको कर्मचारीले अझ बढी सुविधा लिइराखेको अवस्था छ । जबसम्म मरिमेटेर काम गर्ने कर्मचारी र महिनामा एक चोटी हाजिर बजाएर नेतागिरी तथा चाकडी गर्दै हिँड्ने कामचोर कर्मचारीहरुको बीचमा फरक हुँदैन तलब वृद्धिमात्रले केही सुधार हुनेवाला छैन । पहिला कामचोरलाई तह लगाउँ ।

    Reply
  3. Abhaya London says:
    July 19, 2013 at 9:26 pm

    जती बढे पनि बढोस , आफूत आफ्नै बारीमा फ़लाउचु! किन्न्ना पर्दैन , तपाई हरु पनि
    फलाउने पट्टि ध्यान दीनुसना महंगी को tension नै हुदैन .खालि comments मात्र लेखेर बस्नु

    Reply
  4. Mabindra rana says:
    July 18, 2013 at 5:45 pm

    कर्मचारी नि मान्छे नै हो हौ हजुर.. घुस नाखओस तर यो तलब ले पेट पालोस.. घुस नखाने साथीहरुको लागि ठिकै हो यो

    Reply
  5. Anish says:
    July 18, 2013 at 5:44 pm

    त्येसो भएँ सरकारी जागिर नहुनेहरु देशमा नबसे पनि हुने भयो होइन त???????

    Reply
  6. yam pun says:
    July 18, 2013 at 5:32 pm

    रास्ट्रपति बाहेक अरु सबैको तलब भत्ता लाख रुपैयाँ भन्दा मुनि नै रहेछ तर शाखा अधिकृत भन्दा माथिको कर्मचारी र नेताहरुको Living Standard हेर्ने हो भने यिनीहरुको कमाई के साच्चिनै तेती नै होला त??? मैले त पत्याउन सकिन तर तपाइहरुले के गर्नु भो, कुन्नि???

    Reply
  7. Sonam says:
    July 18, 2013 at 5:07 pm

    यी भातमारा देश र जनताको लागि सिन्को भाच्न नसक्नेहरुको तलब बढेर के गर्नु? २ करोड ६६ लाख जनताको दुर्दशा यस्तै हो मुलुक खतम छ क्यारे? तलब र भत्ताको लागि जन्मेका हरुलाई के भन्नु र खोई ?

    Reply
  8. babin says:
    July 18, 2013 at 4:28 pm

    ३ करोड नेपालीमा कर्मचारीको संख्या ३ लाख जति होला उनि हरुको तलब र भत्ता १८ % र १००० मासिक बददा अरु २ करोड ९७ लाख जनता लाई २०० देखि ३०० % महंगीको भार थाप्लोमा राख्दा राम राज्य गरे जस्तै महसुस हुँदो होला/ जय कर्मचारी तन्त्र अपव्यय दुर्भाग्य जनता

    Reply
  9. Limbu naYan says:
    July 18, 2013 at 2:16 pm

    साथीहरुले भने झैँ ति सब देखाउने दात हुन् हातिका! घर, वाहन, अतिरिक्त थप कति छन् कति! सामान्य बुझ्नेहरू सबैलाई थाहा छ के, कसरि, को कस्ले पाउछ भनेर/ धेरैले कमेडी स्वरुप धेर-थोर लेखेर कमेन्ट गरे पनि ‘ति कामै बिनाका लिडरहरु – हामीले नै तिरेका कर-पसिनाका पैसा’ हुन्! अब कस्ले पो मिलाउने छुटकारा?

    Reply
  10. dikpal jagreli says:
    July 18, 2013 at 2:15 pm

    गजब छ बा…. अब नेपालमा काम गर्ने मान्छे भए पो मुल्या नबढोस काम गर्ने मान्छेहरु सबै उठाएर नेपाल बन्द गर्न रोडमा लिएर आउछ अनि अर्काको देश बाट आएको खाध्य सामग्रीले कति धानोस महागी त बढ्ने नै भयो नि अनि त्येसको मारमा पर्ने चै त्येही मुर्ख नेपाली जनता त हो नि जता हुर्रा उतै गुर्रा गर्छन, यदि नेपाली जनताले नेपालको राजनीतिक नेता हरुको कुरै नसुनी रोडमा इट्टा हान्ने समयमा आफ्नो करेसाको काउली गोडीदिए तरकारी खानु त काम दिन्थ्यो नि ,…….

    Reply
  11. Jeevan says:
    July 18, 2013 at 1:21 pm

    मेरो एक जना चिन्ने आफन्त जो शाखा अधिकृत हुनुहुन्छ, को दुवै जना बचाहरु Private School मा पढ्छन र महिनाको सालाखाला रु. ९०००.०० फी तिर्छन, कोठा भाडा रु. ५६००.०० त पहिले नै तिरी राखेको हो, श्रीमती Housewife हो | अहिले बढेको तलब अनुसार उनले २३१७२.०० महिनामा कमाउछन, भनेपछि बाकि करिब रु ८५००.०० बाट उनको अरु सबै खर्च (खाना, लुगाफाटो, यातायात, फोन, मनोरंजन, अग्रम बगरम ) पुग्दो रहेछ त ? बस्न चाहि मजाले बसी रहेछ, घुश्याहा जस्तो पनि देखिन्दैन |

    Reply
  12. पुष्प says:
    July 18, 2013 at 1:12 pm

    नागरिकको मूल्य विश्लेषण कच्चा छ । सीधा र छोटकरीमा भन्ने हो भने मूल्य बढ्नुको कारण कर्मचारीको तलब वृद्धि वा अरु कुनै कारण नभई ती तरकारी अनि फलफूलहरूको समय र मौसम (सीजन) का कारण हो, जुन व्यवाहारिक अनि सामान्य कुरा हो । उदाहरणका लागि खर्बूजा । बजारमै लगभग छैन अहिले, ४७ रुपियाँ त के हजार नै राखे नि भो । गोलभेडा पनि तेस्तै हो । अहिले पानि परिराखेको ले उत्पादनमा कमि आएको कारण एक्कासी भाउ बढेको हो । अलि गतिलो अध्ययन विश्लेषण हुनुपर्यो गर्नु पर्यो पत्रकार साथीहरूले ।

    Reply
    1. Manoj Thapa says:
      July 19, 2013 at 1:15 am

      यो पुष्प जस्तो अर्को कुनै नेताको भरौटे त यौ संसारमा को होला खै. हुनत मावोबादिमा लगेर लुटेरा खान पल्केकको के कुरा गर्नु. तेसो भए जनतालाई महंगीको कुनै असर परेको छैन होला है? गएको पाँच बर्समा महंगी कति प्रतिसतले बद्योहोला थाहा छ?.

      For god’s sake at least try to live like a free human.

      Reply
      1. पुष्प says:
        July 19, 2013 at 12:01 pm

        सामान्यरूपमा भन्ने हो भने महंगी नेपालमा मात्र होइन विश्वमै बढिरहेको कुरा हो । फरक भनेको देशपिच्छेका जनताको क्रयशक्तिमा असमान वृद्धिमात्र हो । त्यसमाथि हामीजस्तो आयातमा निर्भर भएकाहरूको के कुरा गर्नु !

        अर्बौं भ्याट छलेर आफू अर्बपती कहलिन चाहने, तर आफ्ना कामदारलाई न्यूनतम ८ हजार ज्याला दिन पनि रुन्चे अनुहार लाउनेहरूको जयजयकार गर्नेमा पर्नु भो होला क्यार मज्जाले ‘गाली’ गर्नु भो । तैपनि धन्यबाद ।

        Reply
  13. क्षीर धोज says:
    July 18, 2013 at 12:24 pm

    सालोक्य जी, तपाईंले दिनु भएको तथ्यांक अनुसार…तरकारीमा मात्र सबभन्दा काम रातो आलुमा १२.७६% देखि सबभन्दा बढी तिते करेलीमा ६४.७% ले भाउ बढेको रहेछ | यस अर्थमा यो तथ्यांक अनुसार मात्र तरकारीमा सरदार ४१% भाउ बढेको रहेछ….अरुमा पनि बढेकै होला ……तर तलब बढेको चाहिं १८% मात्र हो |

    Reply
    1. niroj says:
      July 18, 2013 at 1:02 pm

      “काम गर्ने कालु मकै खाने भालु” यस्ता भातमारा हरुलाई बिना काम ले हामे गरिब मजदुर जनता हरुले पाल्नु पर्ने! अझ बिरामी पर्दा- मर्दा यसका उपचार खर्च विदेश मा लगेर धन्न नि पर्ने ? ई जिउँदा मसान हरुबाट अब दिर्घकालिन हामि जनता हरुले कसरि छुटकारा पाउने हे पशुपतिनाथ !!

      Reply
      1. Babu says:
        July 18, 2013 at 8:35 pm

        अलि सकारात्मक हुन् पनि सिकौ. ३ बर्षसम्म नबढेको ज्याला बढेकोमा किन यति सरो गालि? जबसम्म अन्य देशमा हुने तलब वा ज्याला संग यहाको बराबर हुन्न तबसम्म यो बढ्नै पर्छ. करिब १० लाख कर्मचारी ( सरकारी स्रोतबाट ज्याला पाउने समेत) र उनका आश्रीत करिब ६० लाखको हातमा पैसा नभएसम्म अरु समान बेच्नेका हातमा पैसा कसरी आउछ? हामी त भातमारा मात्र ! एक गास भातका लागि काम गर्ने ! तर तपाइहरु देश लुटेरा? काम नगरी कसरी बच्नुभेको छ, चोरेर? जनताको कर भन्नुहुन्छ , ३ वा ४ सय व्यापारीबाट करिब ८० प्रतिशत कर उठ्छ . जनताले तिरेको मालपोत गाबिस नगरपालिकाले लिन्छन. कुन सवसाधारण वा बिदेशमा गएको मान्छेले आयकर तिरेको छ र?

        Reply
  14. Prem Moktan, California says:
    July 18, 2013 at 12:21 pm

    नानी बाबु हो:: हात्तीको एउटा चपाउने दाँत र अर्को देखाउने दाँत हुन्छ 🙂

    Reply
  15. bishal chandra shrestha says:
    July 18, 2013 at 11:50 am

    शर्मिक मजदुर को चै कति बढ्यो कुन्नि ..???

    Reply
  16. Nabin Adhikari says:
    July 18, 2013 at 11:48 am

    विदेश मा बसे पनि मेरो तलब त रास्ट्रपति को भन्दा धेरै पो रैछ त 🙂

    Reply
    1. nidhi says:
      July 18, 2013 at 4:11 pm

      विदेश मा maskology गरेर धेरै कमाउनु भन्दा त देश मै आफुलाई पुग्ने कमाएको ठिक नि. अनि तपाई को खर्च चाही डलर मा हुन्छा कि रुपिया मा ?

      Reply
      1. Nabin Adhikari says:
        July 19, 2013 at 1:13 am

        विदेशमा काम गर्ने सबै maskology गर्छन भन्ने भ्रम आफ्नो दिमागबाट निकल्दिनुस | आफु ले विदेशमा maskology गरे र आए जस्तो छ नी निधिजी? भदौ मा आखा फुटेको गोरु ले सदै हरीयो देक्छ 🙂

        Reply
    2. Sisir says:
      July 18, 2013 at 5:47 pm

      Please compare your salary with the salary of the President (Head of State) of the same country.

      Reply
  17. bishal chandra shrestha says:
    July 18, 2013 at 11:46 am

    अति राम्रो काम नेपाल नै एस्तो देस होला काम नगरी तलब पाईने … अनि यो तलब हरु मा अरु सुबिधा घर भाडा , गाडी खर्च ,सुत्केरी खर्च जोडिएको छैन होइन ? त्यो पनि जोडियो भने कति होला ………

    Reply
  18. saroj says:
    July 18, 2013 at 11:31 am

    यो त बैधानिक तलब हो / टेबल माथि र मुनि बाट आउने को चै हिसाब खै ?
    हात्ती को देखाउने र चबाउने दात भिन्दा भिन्दै भयझैँ /
    तलब र आम्दानी को अनुपात मा सम्पति को हिसाब गर्ने हो भने काठमाडौँ को ६० % देखि ७०% घरहरु सरकारी हुन्छन /

    Reply
  19. ryan says:
    July 18, 2013 at 11:06 am

    कामै नगर्दा पनि तलब बढ्ने देशमा जन्मिएको मा तिमीहरुलाई बधाई छ

    Reply
  20. Anup Baral says:
    July 18, 2013 at 10:49 am

    माई संसार ले heading सच्चाएर “कसको बैध तलब कति” भनेर राखोस भन्ने सुझाब छ
    अनि माई संसार ले कसको अबैध तलब कति थियो र कति बढायो , एसको बारेमा पनि ब्लग लेख्नु पर्यो

    Reply
  21. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    July 18, 2013 at 10:22 am

    काम केहि गर्नु परेन, सबै आफ्नै हातमा छ जति बढाय नि भो !
    होइन यिनी हरुलाई राति निन्द्रा नि लाग्दो रैछ, खाएको नि पच्दो रैछ, ऐना हेर्दा लाज पनि लाग्दो रैन्छ, सडक मा हिड्दा कसैले देख्छ कि भन्ने डर पनि लाग्दो रैन्छ ?

    Reply
    1. M Shrestha says:
      July 18, 2013 at 11:38 am

      कृष्ण जी तपाई अस्ट्रेलिया कि नेपाल ? अस्ट्रेलिया हो भने नेपाल आउनुस अनि कुरा गरौला पहिला कर्मचारी बन्नुस अनि कुरा गर्नुस .

      Reply
      1. Sisir says:
        July 19, 2013 at 12:50 pm

        महंगी र समय परिस्थिति अनुसार तलब बृधि हुनु कुनै ठुलो कुरा होइन र हुन पनि पर्छ तर गरिब जनताले तिरेको करबाट तलब खाने हाम्रा कर्मचारीको तिनै जनता प्रति कस्तो रवैया छ त ? यहाँ प्रेसित प्रतिक्रिया बाटै छर्लंग हुन्छ सरकारी कर्मचारी तन्त्र प्रति आम जनताको कस्तो धारणा छ भनेर I
        तलब / सुबिधा समन्यतय दुइ कारणले बृधि गरिन्छ I एक जीविको पार्जनको लागि र अर्को कर्मचारीको मनोबल उच्च राख्दै आफ्नो कर्तब्य निर्बाह गर्दै सेवाग्राही प्रति समर्पित हुनको लागि I पहिलो कारण प्रति हाम्रा सरकारी कर्मचारी 100% नै एक जुट छन् , तर के तलब बृधि संगै हामी सेवाग्राहिले माथि उल्लेखित दोस्रो कर्तब्यको सहज अपेछ्या गर्न सक्छौ त ? मूल प्रस्न येही हो ? कति सम्म भने, तलब नबढे एस पालिको संबिधान सभाको चुनाबनै सफल हुन दिदैनौ सम्म भन्न भ्याए हाम्रा कर्मचारी तन्त्रले , येही कारणले बजेट भासन पनि केहि घण्टा पछि सर्यो रे (??)

        एउटा स्वच्छ मान्छेलाई थाहा छ कि सरकारी तलबले खान पनि राम्रो संग पुग्दैन भनेर तैपनि सरकारी जागिरमा किन मरिहत्ते ? बढीमा ३३ हजार सम्म तलब खानेहरुको कसरि सम्भब छ तेस्तो बैभवपूर्ण जीवन ? एकदम सजिलो उत्तर छ “जनतालाई सास्ती दि हुने २ नम्बर कमाई र राज्यको स्रोत माथिको दोहन ” .. यो कस्तो सरकारी तन्त्र हो जहाँ राज्यलाई राजस्वो तिर्छु भन्दा पनि अतिरिक्त पैसा दिनु पर्ने ? यी कस्ता राष्ट्र सेवक हुन् जसको अघि यहाँको राष्ट्र बसीको सधै मान मर्दन हुनु पर्ने ? हासेर खुला हृदयले सेवा दिन कहिले सिक्ने हुन् ? कहिले यी तन्त्र प्रति जनताको बिस्वाश जाग्ने हो ?

        सरकारी कर्मचारीले अन्यथा नलिनु , यहाँ कमेन्ट गर्ने अधिकाम्स नेपाल मै छौ , तिनै सेवा ग्राहीहरुको प्रतिक्रिया हो यो नेपाली सरकारी तन्त्र प्रति, साथै बिदेशमा हुने नेपालीहरुले पनि यो तन्त्रको राम्रो अनुभब हासिल गर्नु भाको छ … यी प्रतिक्रिया हरुलाई मनन गर्दै सरकारी कर्मचारी बाट राष्ट्र सेवक हुने सफल भएको दिन यो राष्ट्रले पनि सकारात्मक छलांग मार्न सक्छ ..
        अहिलेलाई तलब बृधि संगै तपाईहरुको बिबेकको पनि बृधि होश भन्ने सुभकामना ..

        Reply
  22. raj says:
    July 18, 2013 at 10:13 am

    कर्मचारीको तलब ३ बर्ष ४ बर्षमा बढ्छ । महँगी बर्षको ४ चोटी बढ्छ । कोठा भाँडाको त कुनै सिमा नै छैन । त्यसमा पनि घरबेटीको मनोपरी बतीको पैसा , पानीको पैसा , फोहरको पैसा तिराउने । के यति तलबले ले यस्तो महँगी धान सक्छ। म कर्मचारीको तलब बढाउनु पर्छ भन्नेको होइन तर कर्मचारीलाइ एउटा दैनिक जीवनको आवश्यक सामाग्री सहुलित दर रेटमा उपलब्ध गराइ दिनु पर्छ । भ्रष्टाचार गर्नेलाइ कडा करवाही गर्न पर्छ । यो तलब त कर्मचारीलाइ राहत मात्रै हो ।

    Reply
  23. भाई says:
    July 18, 2013 at 9:52 am

    धेत ! पैतिस रुपिया को गोलभेडा पचासी रुपिया पुगेछ ! {आजको को पत्रिका मा पढ्या}
    यो सरकार मा भएका र सरकारी कर्मचारीको तलब बढाएर अरु साधारण जनतालाई दुख दिए शंकर बाजेले!
    नेपालको कुल जनसंख्या को १ प्रतिशत पनि नभा’को सरकारी मान्छेको तलब बढाएर अरु ९९% लाई महंगीको भुङ्ग्रो मा हाल्ने हो ? महंगी नियन्त्रण गर्नु छैन, बजार भाउ को अनुगमन गर्नु छैन… खाली आफ्नै गोजा भर्ने उपाय मात्र लगाएर हुन्छ ? यसरि नै महंगी बढिरह्यो भने सबै जनतालाई सिंहदरबार मै गासबास को व्यवस्था गर्नुपर्छ है !

    Reply
  24. samir Joshi Dhankuta-5 says:
    July 18, 2013 at 9:48 am

    राष्ट्रपतिको खर्च ४५ लाख, उपराष्ट्रपतिको ६० लाख र तलब चाहि एक लाख नौहजार चारसय नौ,अठहतार हजार पाचसय बाहुन्न
    सम्भबत इतिहासमै सबभन्दा बडी राष्ट्र र रास्ट्रीयता खतरामा परेको अवस्थामा केहि नि गर्न नसक्ने यी भैसी गोठालालाई येत्रो पैसा खुवाएर पाल्नु भन्दा त राजा पाल्नु नै ठिक नि कमसे कम राजा हुदा त बिस्तारबादीहरुले राष्ट्रमाथि गिद्दे दृस्टी लाउने हिम्मत त गरेको थिएन ।

    Reply
  25. Chetan Nepali says:
    July 18, 2013 at 8:33 am

    यो तलबमा त आफ्नो नाता गोता लाइ जागिर दिलाएर राष्ट्रको धुकती बाट खर्च गरेको पनि जोड्नु पर्छ अनि मात्रै सहि हिसाब देखिन्छा नत्र उही हो देखाउने दात एउटा चपाउने दात अर्को !!!

    Reply
  26. arjun usa says:
    July 18, 2013 at 8:31 am

    I didn’t see their wives pay rate. Waooo

    Reply
  27. Ram Shrestha says:
    July 18, 2013 at 8:16 am

    हाम्रो तलब नै छैन किन भने बेरोजगार भात्तानै यो २०७०/७१ को बजेटमा चुटेछा

    राम Shrestha

    Reply
  28. Jeevan says:
    July 18, 2013 at 7:51 am

    कुरो उही त हो महंगी बढेपछि!

    Reply
  29. SURENDRA hongkong says:
    July 18, 2013 at 7:38 am

    लुट को आ-आफ्नै तरिका छन् हाम्रो नया नेपाल मा/समय अनुसार जनता को ढाड सेकाएर तलब भत्ता बडाएर खाए हुन्छ यस काम को लागि टायर बाल्ने कोहि छ?राष्ट्र सेबक कर्मचारी को तलब बढाए पनि घुस काण्ड मा जनता ले छुट पाउनु पर्यो अनि देश र जनता को शेवा गर्ने महान नेता हरु को सेवा सुबिधा अझ कम भो अलि माथि गराउनु पर्यो/ महान नेता हरु ले खाएको सुबिधा बाट आज देश मा बिजुली उत्पादन गरेको भए सारा नेपाली धनि हुने थिए खै नेता ज्यु हरु ले बुज्या? खाली निरिह जनता को ढाड सेक्ने?अब त् अति भो बा?

    Reply
  30. chetan says:
    July 18, 2013 at 7:14 am

    प्रधानमन्त्री ले भन्दा त काठमाडौँ को taxi driver ले धेरै कमौदो रैछ !!!

    Reply
    1. Nirmal B. says:
      July 18, 2013 at 6:50 pm

      Taxi driver ले जस्तो प्रधान मन्त्रीरीले काम पुरा गर्ने भए त् हुन्थियो नि त्यो पनि ज्यादा भयो

      Reply
  31. Jeevan Thapa says:
    July 18, 2013 at 6:35 am

    यसरी तलब मात्र देखाएर भएन कसलाई कति कोठा भाडा, इन्धन खर्च, मेडिकल खर्च, चियापान खर्च को सुबिधा छ त्यो पनि मिडियामा आउनु पर्यो अनि पो बल्ल पारदर्शी नत्र त सानो कर्मचारी कहिले पनि टेबुल मुनिको आम्दानी छाड्ने वाला छैन!!!

    Reply
  32. punya hawaii says:
    July 18, 2013 at 5:56 am

    माथिल्लो तहका कर्मचारिको सरकार भएकोले तल्लो तहलाई मास्ने र माथिल्लो तहलाई पोस्ने किसिमले तलब बृद्धि गरे। बाबुराम अर्थ मंत्रि हुदा न्यायोचित बृद्धि गरेको थियो।

    Reply
  33. prabin lama says:
    July 18, 2013 at 5:24 am

    जनतालाई जिरो ००००० यी सबै जनताकै रगत पसिना बढेका त हुन् हुने लै बर्दै जाने नहुनेलाई पनि धारी खानु नपाउने बढेर खाऊ

    Reply
  34. sekhar says:
    July 18, 2013 at 5:23 am

    कामै नगरी आउने पैसा ले त पार्टी खानु पर्छ है सोल्टी हरु

    Reply
  35. Rajan says:
    July 18, 2013 at 5:19 am

    हैन, यो न्यायाधिस को तलब चै किन घटेको huh mysansar ?? ड्याम्मै ७७४० रुप्पेय घटेछा नी !!! साएद धेरै घुस खान्चन भनेर margin राखेको होला!! 😛

    Reply
  36. Deep Shrestha says:
    July 18, 2013 at 4:39 am

    पैसा हावा बाट उमारेपछि सबैजना करोडपति हुने नै भयो नि ।

    Reply
  37. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    July 18, 2013 at 4:32 am

    यति तलब मात्र हजम गरेर हरेक जनताको लागि यतिनै तलब कमाउन सक्ने अवसर सिर्जना गर्न ध्यान दिए त लौ उनीहरूले पनि सम्मान पुर्वक जिउनै पर्यो भनेर चित्त बुझाइन्थ्यो | तर के गर्ने स्वाँठहरूले भ्रस्टाचार गर्ने अनि देशको विकास, सुशासन र गरिब जनताको लागि काम नगरेर आफ्नै दुनो सोझ्याउने होडबाजी गर्नाले पो नमीठो लाग्छ त !

    Reply
  38. razen says:
    July 18, 2013 at 3:58 am

    अब सबले अरु पोस्ट छाडेर उप रास्ट्रपति बन्न हानाथाप हुने भए | काम पनि छैन तर तलब मालामाल !

    Reply
  39. Govinda,KTM says:
    July 18, 2013 at 3:32 am

    बिचरा नायधिस ! सबईको तलब बढने तर कीन ईन्का मात्र घट्ने ६७४० प्रति महिना ? न्याय दीन नसकेर होला तलब घटेको? आफ्नो काम प्रति बफादार र इमान्दार नभएर होला

    Reply
  40. राजकुमार says:
    July 18, 2013 at 3:12 am

    नेपाल को लागि धेरै होला तर विश्व मापदण्ड मा यो तलबमान सारै दयनिय हो जस्तो लग्यो मलाई त |

    Reply
    1. raj says:
      July 18, 2013 at 11:42 am

      साथि घाटी हेरी हाड निल्नु पर्यो नी कसो! मिले सम्म त हाम्रा देस का नेता, कार्यकर्ता र मन्त्रि हरु लै यो पनि कमै हुन्क्ष. महंगी घटायर सबै पक्ष लै समेट्नु त खै का हो का विश्व मापदण्ड??

      Reply
    2. Raaz says:
      July 18, 2013 at 12:47 pm

      यो नेपाल हो विदेश होइन, विदेशको सिको गरेर हेर्ने हो भने त सबै जनताको पनि तलब त्यही अनुसार हुनुपर्ने होइन र ?

      Reply
  41. rakesh says:
    July 18, 2013 at 3:08 am

    जे होस्
    जनताको कर ले तलब चाहिं खाने जनताको काम चाहिं केहि नगर्ने कर्मचारीहरु लै बधाई छ.
    जे गणेश
    राकेश लिस्बोन

    Reply
  42. David says:
    July 18, 2013 at 2:10 am

    नेपालीको जिबन स्तारुन्न्नती गर्ने नै हो भने every नेपालीको तलब रास्ट्रपतिको जति हुनुपर्छ !!!!

    Reply
  43. dilip gurung says:
    July 18, 2013 at 2:10 am

    यो त हाती महोदयहरुको देखाउने दात भयो|

    Reply
  44. madan bajracharya says:
    July 18, 2013 at 2:10 am

    अरवको मरुभूमिमा भेडा उँट चढाउनेले पाउने जत्तिकै पनि नकमाउने तर जीवनयापन चाहि अरवको धनाढ्य सेखको भन्दा आलिशान कसरि गर्न सके इनिहरुले? कुरा यहि निर गद्वद छ/

    Reply
  45. jitu says:
    July 18, 2013 at 1:36 am

    राम्रो प्रगति गरेछ राज्यले ! संगै महंगीको पनि बृद्दी भैहाल्ला के रे, अनि तलब बढेको के काम | यता USA मा बर्षमा प्रति घण्टा एक सुका ज्याला दर बढ्छ, सरकारले उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्छ | नेपालमा रू. १०० को महत्व हुन छाड्यो यहाँ एक पैसा (१ सेन्ट) को उपयोगिता अझै छ | नोटको value राज्यले कहिले बुझ्नेहो कुन्नि ?

    Reply
    1. Hemanta says:
      July 18, 2013 at 9:42 am

      USA मा सरकारले उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्दैन. खुला बजारले (Free Market) निर्धारण गर्छ.

      Reply
    2. हर्क बहादुर नेपाली says:
      July 18, 2013 at 12:05 pm

      सबै कुरा USA संग तुलना गरेर कहां हुन्छ र मित्र ? Your Children and my Children are quarreling with our Children भन्ने सोसाईटी र मै खांउ मै लाउं सुख सयल सबै मै गरु भन्ने सोसाईटीको तालमेल एउटै हुंदैन । सबै जना कमाउने र सबैले खाने तथा एक जना कमाउने र सबैले खाने घरको आर्थिक स्तर पनि एउटै हुंदैन । यहां बजेट भाषण नेपालको भएको छ अमेरिकाको हैन बेकारमा अमेरिकालाई बिचमा किन ल्याएको ? जवानी र बल छईन्जेल बिदेशमै बसेर राष्ट्रभक्ति तथाकथित राष्ट्रभक्ति छांट्ने अनि अन्तिम अवस्थामा नेपालको दाउरा सक्न मात्र स्वदेश आउनु पनि खासै ठिक हैन ।

      Reply
  46. dharmendra says:
    July 18, 2013 at 1:28 am

    ओ साथी हो मैले त सभासद को लागि उमेद्वारी देये है / फ्री मा ४०१५५ / क्या मज्जा काम पनि गर्नु नपर्ने / बसी बसी /सुती सुती / उद्घाटन सुद्घातन जना पायो भने भत्ता पनि होला /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme