Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब तपाईँको पालोः चुनावपछि को एक नम्बर होला?

Posted on July 17, 2013July 18, 2013 by mysansar

चुनाव हुने हो कि हैन, शंका अझै1number भइरहेको बेला मिडियाले भने चुनावपछि यो दल एक नम्बर हुन्छ भन्न थालिसकेको छ। आज मिडियामा चुनावपछि कांग्रेस एक नम्बर, एमाले दुई नम्बर र माओवादी तीन नम्बरमा आउने खबरले तलका सबै कांग्रेसजन मात्र हैन, माथिका वीपी र जीपी कोइरालासमेत हर्षित भएको हुनुपर्छ। ‘अन्तर्राष्ट्रिय स‌ंस्था’ ले ३ हजार ८५० जनामा गरेको सर्वेक्षण अनुसार चुनावमा भागै लिन्नौँ भनेको वैद्य माओवादीले तीन प्रतिशत मत पाउने रहेछन्। सर्वेक्षणमा सहभागी भएकाले त्यस्तो भने होला र त नतिजा त्यस्तो निस्क्यो होला। यसलाई राष्ट्रिय दैनिकले ठूलो महत्त्वका साथ प्रथम पृष्ठमा छाप्नुले अब चुनाव लाग्न थालेको र प्रोपगन्डा सुरु हुने याम लागिसकेको संकेत गरेको छ। अब अर्कै कुनै स‌ंस्थाले गरेको सर्वेक्षणमा आधारित भन्दै ‘जनादेश’मा माओवादीले दुई तिहाई ल्याउने र ‘बुधबार’मा एमाले एक नम्बरमा आउने समाचार पर्खेर बस्नुस्। सर्वसाधारणलाई यस्ता सर्वेक्षणले कुनै असर पार्दैन। बरु तपाईँको कुरा चाहिँ सुनौँ न, तपाईँको विचारमा चुनावपछि को एक नम्बर, दुई नम्बर वा तीन नम्बर होला ? धेरैलाई सबै दलका नेताहरु देखेर रिस उठेर कुनै पनि दल हुँदैन भन्न मन लाग्छ होला। तर के गर्नु वास्तविकता त्यस्तो हुँदैन। घुमिफिरी उही दलहरु माथि-तल हुने हुन्। तपाईँको इच्छा हैन, अनुमान भन्नुस्।


111 thoughts on “अब तपाईँको पालोः चुनावपछि को एक नम्बर होला?”

  1. Kalika Thapa says:
    July 20, 2013 at 7:26 pm

    चुनाब पहिले हुन्छ कि परिणाम पहिले हुन्छ त्यो पो मैले बुझ्न सकिन किन भने कांग्रेस १ नम्बर भैसकेको देखाको छ तर फेरी आउने वाला चुनाब को कुरा हुदै छ ????????

    Reply
  2. Kunsang says:
    July 20, 2013 at 5:11 pm

    अझै २०-२५ बर्ष एमाओबादिलाई अवसर दिन पर्छ यदि मुलुक बनाउने हो भने चाहि , बाबुरामको पालामा युगान्तकारी परिबर्तन भएकै हो यसलाई निरन्तरता दिनु पर्दछ काँग्रेस १७ बर्ष चाखेकै हो काँग्रेस ले १७ बर्ष शासन गरेर जनताले हत्या हिम्सा मारकाट, अन्धाकार लोडषेडिङ्ग, पानीको हाहाकार झाल्दैछां जनताहरु यसर्थ अब काँग्रेसलाई भुलेर पनि भोट दिनु हुन्न, हामीले देश र जनताको लागि गर्ने र मर्ने पार्टीलाइ भोट दिनु नै उचित हुनेछ

    Reply
    1. Abhi says:
      July 21, 2013 at 12:53 am

      २०-२५ वर्षा माओबादी लाइ दिएपछि त बनाउन लाइ देश पनि बाँकि रहनु पर्यो नि????

      Reply
      1. shankar says:
        July 22, 2013 at 1:23 am

        अभि ले सहि कुरा गर्या हो,
        मावोबादी लै २० वर्षा देश दिए देश बेचेर खान बेर छैन

        Reply
  3. bipin bhurtel says:
    July 19, 2013 at 11:22 pm

    भोट त राप्रपा नेपाल लाई
    नै हो.हामी समग्र अमेरिका बाट फर्केर आएका नेपाली हरुको. जय देश जय कमल.

    Reply
  4. naven says:
    July 19, 2013 at 11:17 pm

    अब सायद कमल थापा को पार्टी ले राम्रो पोसिशन लिन्छ रास्तेयता
    र देशको लागि कमल थापा भन्दा अरु कुनै नेता छैन
    मबोवादी चोअर,कांग्रेश को कुरै नगरम ,अरु कम्युनिष्ट को के कुरा गर्नु.

    Reply
    1. Aakar Bhushan Nepali says:
      July 20, 2013 at 6:14 pm

      जति रिस उठे पनि जुनै भए पनि एउटा पार्टीलाई भोट हाल्ने हो आफु त, तर कमल थापा र उसको पार्टीलाई चाहिं कुनै हालतमा पनि भोट हालिदैन|

      Reply
  5. Sisir says:
    July 19, 2013 at 6:19 pm

    एउटा कुरा चाही पक्का हो हिसिला यमी , सुशील कोइराला र केपी ओलीले चाही कुनै ठाउँ बाट पनि चुनाब जित्दैन .. स्वतन्त्र रुपले निर्बाचन हुने हो भने पहिले को चुनाब भन्दा यो पाली को चुनाब नतिजा धेरै फरक हुन्छ तर कुनै पार्टी को बहुमत भने औदैना .. राप्रपा को उपस्थिति बढ्छ (समानुपातिक को कारणले ), मदेसी र क्याश-माओबादीको सिट घट्छ .. पाक्ने खिचडी नै हो अनि सत्ता लोलुप मधेसी र साना जातिवादी पार्टीको मोज ..

    Reply
  6. bibek dhakal says:
    July 19, 2013 at 11:40 am

    नेपालमा चुनावको परिणाम धेरै कुराहरु मा भर पर्ने गरेको छ . जस्तो अस्ति भर्खर नेपालि राजनीतिका एक महत्वपुर्ण हस्तीको चुनावी परिणाम प्रति संका गर्ने ठाउ भेटिएको खुलासा भएको थियो! त्यसैले अब चुनाबमा विजयको लागि क्यम्पेनिंग, लोकप्रियता, प्रखर भाषण वा आश्वासन ले मात्र नभई अरु धेरै फ्याक्टरहरु चाहिने देखिन्छ जसको बारे हामि सर्वसाधारण हरु अनविज्ञ नै छम! अब को चुनाबको परिणाम के होला त्यो अनुमान गर्न सक्ने बैचारिक वा analytical लेभलमा म पुगेको त छैन तेसैले त्यो दुस्साहस नगरम ( त्यसैले मैले माथिको पोलमा पनि भाग लिइन), तैपनि मलाइ होला जस्तो लागेको कुरा हरु यहाँ औल्याउन चाहन्छु

    – पछिल्ला बर्षहरुमा जनजातिको नाममा धेरै नै राजनीतिक चलखेल हरु भएका छन ( राम्रो हो या नराम्रो अहिले लाइ छोडम)! त्यसैले कुनै जातिको बाहुल्य भाको ठाउँमा उक्त जातिको सिम्प्याथी पाको व्यक्ति उठे जित्न सक्ने प्रचुर सम्भावना देखिन्छ. केहि महिना अघि ठुला पार्टीमा प्रमुख पद पाका जनजाति नेताहरुले पार्टी छोडेको समाचार हरु प्रकाशित भएका थिए …त्यसैले जनजाति र मधेसी समुदायको भोट लेराउन सक्ने “कि” हरु सबै पार्टिले खोज्ने छन र बाहिर जति सुकै जे भने पनि हरेक पार्टिले “जातिय” कार्ड प्रयोग गर्ने पक्कै सम्भावना छ …..र कांग्रेस र एमाले हेरिकन माओवादी यो डिभाइस प्रयोग गर्न सिपालु देखिन्छ…

    – हरेक निर्वाचन पछि पछिल्लो सरकारप्रति जनताहरुको बितृष्णा बढी भएको पाइएको छ…त्यो हिसाबले सब भन्दा ठुलो बेफाइदा माओवादी लाइ र सब भन्दा ठुलो फाइदा कांग्रेसलाई छ ! त्यसमाथि माओवादी पार्टी टुक्रिएकोले कारणले उसलाई चुनावी द्रिश्टिकोणले अझ घाटा लागेको छ!

    – चुनावी Strategy को प्रयोगमा कांग्रेस भन्दा एमाले अगाडी थियो , तर समग्रमा माओवादीको अझ बढी छ!

    – राप्रपा या अर्को चौथो दल अगाडी आउने भन्नेहरुको तर्क यी चार दल देखि वाक्क लागेको कारणले जनताले अब नया दललाई भोट दिन्छन भन्ने मात्र हो! न्छ. उनीहरुलाई सजिलो यो कारणले छ कि क्यम्पेनिन्ग्को बेला “चारै दल” को बिरुद्द प्रचार गर्न पाइयो…तर यसको लागि ति साना दलहरुले ब्यापक क्याम्पेनिंग गरि आफ्नो प्रभाव छेत्र हरु स्थापना गर्नुपर्ने हु. अहिलेको प्रोग्रेस हेर्दा खै मंगसिर मै चुनाब हुने हो भने फाट्ट फुट्ट को आमसभा बाहेक तेस्तो क्यम्पेनिंग गरेको जस्तो पाइएको छैन…..भित्र भित्र अरु नै रणनीति अनुसार काम भैरहेको भए चाही थाहा छैन!
    – आम भोटर जनताहरु जति सुकै सचेत भनिएपनि बिश्व राजनीतिक र आर्थिक परिवेस्बाता अनभिज्ञ नै छन्…तेसैले कुन पार्टिको बिचार अहिलेको ग्लोबल परिस्थिति सुहाउदो छ र कसको नीतिले देशको राजनीतिमा कस्तो प्रभाव पर्नेछ भनेर सोचेर भोट दिनेको संख्या नगन्य भन्न मिल्ला …तेसैले उग्रवामपन्थी लाइ भोट दिन हुन्न, पुजिवादी अहिले आए भने खतम हुन्छ , राम्रो त समाजवादीले गर्ने हो भन्ने सोचेर अझै जनताले भोट हाल्ने बेला भैसकेको जस्तो लाग्दैन!

    Reply
  7. bhim_upreti says:
    July 19, 2013 at 9:11 am

    कि दैबै जानुन कि नेपाली जनताले ……………..

    Reply
  8. cRIS says:
    July 19, 2013 at 6:51 am

    अब मान्छेहरुले बाद र पार्टीको नीति हेर्दैनन् उति| सबले धोका दीइसके| यसपालिको चुनाब व्यक्तिविशेष, अजेण्डाहरु तिर जाने छन्| त्यसैले नयाँ पार्टीका (अन्य) मौका धेरै राम्रो छ| मुख्य रुपमा “संघिय समाजबादी पार्टी” यसमा स्पष्ट अजेण्डा बोकेर हिडेको छ, नेताहरु पनि निष्ठावान, ईमान्दार र भरपर्दा छन्| यो शक्ति उजागर गर्नेछ, यो चुनाबले|

    Reply
  9. anil Thapa says:
    July 19, 2013 at 3:55 am

    एसो हेर्दा यहाँ के देखियो भने यो ब्लग मा कमेन्ट गर्ने विदेश मा धेरै छन् ….जसले भोट दिन पनि पाउदैनन …तेसैले अब कमेन्ट हेर्दा थोरै भोट ल्याउने (थोरै लाएक) ले १००% जित्छ / खुचिङ्ग !!!!!अब अनुमान गर्नुस त्यो पार्टी कुन हो?

    Reply
  10. शशांक लामा, न्युयोर्क says:
    July 19, 2013 at 12:34 am

    ०४६ साल ताका जनाधारहीन मार्क्सवादी मालेमा समागम भएर एमाले बनेको इतिहासलाई सबैले मनन गर्नुपर्छ| त्यतिबेलाका ठेटना माले नेताहरुलाई बामपन्थीका हेभीवेट मनमोहन अधिकारीको ओत चाहिएको थियो भने एक्ला बृहस्पति मनमोहनलाई कार्यकर्ता चाहिएको थियो| दुवैले दुरगामी प्रभाव पार्ने निर्णय गरे र फलिफाप भए| त्यसैले इतिहासबाट सिक्नुपर्छ| अहिले पनि, कुनै पार्टी, झिनो मतले फर्ष्ट भएर ल्याएपनि त्यसले केहि नाप्दैन| बैधलाइ प्रचण्डको हेभीवेट डाइनामीज्म चाहिन्छ भने प्रचण्डलाई बैधको जुझारु कार्यकर्ता नभई हुन्न| दुइ माओवादी एक भए भने फर्ष्ट उनीहरु नै हुन्छ| त्यस्तै इश्युहीन बन्न पुगेका का*ग्रेस र एमाले फर्ष्ट हुनु आकाशको फल आँखा तरी मर हो| यदि एमान्ग्रेस भएभने माओवादीलाई टक्कर दिइ फष्ट हुने चानस छ| अन्य झारपातको त के कुरा गराई भयो र ? मनपरे पनि नपरे पनि यथार्थ यहि हो| ठुला दलहरु छुट्टा छुट्टै चुनाव लडे यत्रो पनि फर्ष्ट हुँदैन| गाउँ घरमा शिकार भागबण्डा लगाएको जस्तो मात्र हुन्छ !!!!

    Reply
  11. chatur rai says:
    July 18, 2013 at 8:01 pm

    सिधा- साधा जनतालाई लोभ देखाएर जातीयताको नाममा गृहयुद्द निम्त्याउने…आफु कम्युष्ट हुँ भन्न रुचाउने, चोरी डकैति गरेर रातारात जंगल बाट शहरको सेयर बन्ने माओवादी भनुँ वा अति वादीहरुको यो चुनाबमा पत्तासाफ हुनै पर्छ | हुन त अहिले कुन पार्टी राम्रो छ र ..? नराम्रोभित्र राम्रो छान्दा मेरो भोट कांग्रेसलाई जान्छ अरु सबैलाई आत्मानिर्णयको अधिकार छ |

    Reply
  12. Kunsang says:
    July 18, 2013 at 7:54 pm

    जसले जे भनेनी यो परिबर्तनको बाहक एमाओ नै हो अरुले किन गफ चुट्ने यो त कामले नै देखाएको छ नि होईन र ?

    Reply
    1. Abhi says:
      July 21, 2013 at 12:56 am

      सत्य हो, तर उल्टो दिशामा!!! तेस्तो परिवर्तन को के काम?

      Reply
  13. sandip kharel says:
    July 18, 2013 at 7:41 pm

    मेरो बिचारमा २०४६ सालको चुनाब को जस्तै रिजल्ट आउछ ! अर्थात् कांग्रेस लगभग ५६%, ए मा ले ३३%, रा प्र पा को ठाउमा मावोबादी ( ८% ), बाकी भारेभुरे !

    Reply
  14. Badri says:
    July 18, 2013 at 6:41 pm

    अहिले नेपाल मा राजतन्त्र पक्षधर हरु ले त भन्ने नै भए तर कांग्रेस मा निस्क्रिय भयका वा सक्रिय भूमिका मा न रहेका पुराना नेता तथा आफुलाई स्वतन्त्र बुद्दिजिबि लोकतन्त्रबादी भन्ने हरु पनि एकोहोरो रुपमा कांग्रेस ले गणतन्त्र ,संबिधानसभा जस्ता नया परिवर्तन का एजेन्डा स्वीकार गर्नु लाई बि.पी. कोइराला को लाईन छोडेको आरोप लगाई रहेका छन् /सायद तिनी हरु अहिले बिपी को लाईन नबुझेको हुन् वा अरु कुनै स्वार्थ प्रेरित छन् /प्रस्ट होसः बिपी कोइराला लोकतन्त्र र समृद्दी को निम्ति आजिबन लडेका हुन् चाहे तेहा राजतन्त्र होस् वा अरु कुनै तन्त्र /नेपाली जनता सार्बभौम अधिकार सम्पन्न र मुलुक समृद्दी तर्फ जानु पर्छ भन्ने मान्यता नै बिपी को लाईन थियो /हुन सक्छ तत्कालिन परिस्थिति मा परम्परागत शक्ति र नया जनता को शक्ति मिलेर मुलुक लाई बिकाश र जनता लाई आधिकार सम्पन्न बनाउन सकिन्छा भन्ने बिस्वाश का साथ् बेलायती मोडल को संबैधानिक राजतन्त्रात्मक बहुदलिय व्यवस्था को पक्ष धर भए तर शाह बंशीय चरित्र तेस्तो रहेन जग जाहेरी छ / तेसै को आधार मा राजाबादी थिए भन्नु पनि अर्को भ्रम हो /अब प्रस्न गर्न सकिन्छा यदि बिपी कोइराला को लाईन ठिक थियो भने त्यो विचार लाइ जेल हालेर मात्र न पुगेर फसिदिनु पर्छ भनेर उफ्रने कमल थापा प्रबृत्ति हरु अहिले बिपी को लाईन को वकालत गर्नु को पछाडी को तर्क के हो ?
    नेपाल मा गणतन्त्र आउनु को पछाडी राजसंस्था लाई कांग्रेस सधै काँध थपिरहने उ भने कांग्रेस लाई सब भन्दा ठुलो दुश्मन देखि रहने दृस्टी दोष को कारण के ? ईतीहाश सम्झने गरौ जति बेला जनता को आधिकार का पक्ष मा लेखिएको बिपी कोइराला को लेख पड्दा जेल नेल जानु पर्थ्यो तर जन्मजात गणतन्त्र बादी कमुनिस्ट दर्शन का किताब हरु बजार मा खुला किन्न र पढ्न पाइन्थ्यो यो किन गरियो यसको जवाफ राजाबादी कांग्रेस हरु संग छ?यति भन्दै गर्दा कांग्रेस राजसंस्था संग बदला लिन गणतन्त्र मा गएको होइन या त माओबादी को बहकाउ मा गएको हो /नम्बर १ .लोकतन्त्र का निम्ति : जुन राजा हरु ले पटक पटक खोसेर ईतिहांश लाई पछाडी धकेल्ने कु चेस्टा गरे /नम्बर २. दिनहु दर्जनौ को
    संख्या मा हुने नेपाली को मृत्यु तथा करोडौ मा हुने भौतिक क्षति रोक्न यी दुवै रोक्न का लागि माओबादी संग१२ बुंदे सम्झौता मात्र पर्याप्त थियन राजतन्त्र को अन्त्य पनि जरुरि थियो /

    Reply
    1. rajesh says:
      July 19, 2013 at 7:11 pm

      जय नेपाल
      बद्रि जी

      तपैन्को विचार पढेर मलाई केहि लेख्न मन लाग्यो!

      नेपाली काँग्रेस क धेरै नेताहरुले तपैन्को लेख पढ्नु जरुरि देख्छु मा!
      अल्मलिएका छन् ! हो बि. पी राजाबादी कदापी थिएनन्! समय एस्तो थियो इंडिया को राजनीतिक खेल जुन थियो नेपाल भित्र तेस्को निराकरण को लागि बि पी ले रास्त्रियाताको सबाल मा राजा को र मेरो घन्टी एकै ठाउँमा छ भन्नु भएको हो!
      यो सत्ते हो बि पी नेपाल लाई टुक्र्याएर गणतन्त्र मा लान सकिन्न भन्नेमा हुनु हुन्थ्यो. बिपी को लडाईं प्रजातन्त्र को लागि हो! समय ले देखाउने छ नेपाल को लागि फेडेरल states कति प्राक्टिकल छ र साधन श्रोत को distribution कत्तिको पोस्सिब्ले छन् भन्ने कुरा. सबै लाई पश्चाताप लाग्ने छ अहिले को स्व – आधिकार सहित को छुट्टै जातिय राज्य बनाउँदा! USSR को चोन्स्तितुशन बनाउँदा

      Reply
      1. Rajaram, JP Nagar, Bangalore says:
        July 20, 2013 at 1:52 pm

        राजा र बि पी को घन्टी एक ठाउं मा साएद थिएन कि? किनकि घन्टी सबै को आफ्नो आफ्नै हुन्छ. तपाइको कुरा मन परेन.

        Reply
        1. bibek dhakal says:
          July 22, 2013 at 9:34 am

          अरे वाङ्ग्डु ! घन्टी भन्या हैन “घांटी” भन्या हो !

          Reply
  15. Mabindra rana says:
    July 18, 2013 at 5:37 pm

    ल साथि हो अलि बल गरम है.. विचार मा प्रस्ट, इमान्दार, रास्ट्र भक्त कमल थापा जी नै देखिनु भयो अन्त्यमा..हामी सबैले बल गरेर पहिलो नभा पनि दोस्रो बनाउनु पर्छ राप्रपा नेपाल लै.. अरु ढुलमुले देस टुक्र्याउने र बेच्ने पार्टी को काम छैन..

    Reply
  16. Sonam says:
    July 18, 2013 at 5:01 pm

    काँग्रेस चाहि उल्टोबाट पहिलो होला जस्तो छ पहिला पनि त्यसै भन्थे कांग्रेसलाई ०१७ सालम दुई तिहाई दिए महेन्द्रलाई बुझाए २०४६ सालपछि गिरिजाले आफनै बहुमत तुहाए शेर बहादुरले ०५६ सालको बहुमत ज्ञानेलाई बुझाए देश कंगाल बनाए अस्तव्यस्त राजनीति काँग्रेसकै कारण अहिले सम्म व्याप्त छ फेरी के को लागि काँग्रेसलाई पहिलो बनाउने? भारतमा बिलय गर्न? यो हुने सक्दैन अब काँग्रेस प्रजापरिषद्को रुपमा बस्ने अरुलाई पालो दिने. कि कसो

    Reply
    1. kishor says:
      July 18, 2013 at 7:49 pm

      जसले जे भने पनि जब माओबादी चुनाव मा तेस्रा वा रास्ट्रिय राजनीति मा निर्णायक भूमिका मा रहदें तेस्पछि प्रचण्ड लगाएत माओबादी नेता लाइ जनहत्या र विध्वंस को लागि मुद्दा चलाएर जेल हाल्नु पर्दछ शायद राजनीति येही दिशा मा अगाडी बढिरहेको छ.

      Reply
  17. bikash, sydney says:
    July 18, 2013 at 4:37 pm

    १. ए माओबादी
    २. बि माओबादी
    ३. काँग्रेस
    ४. अन्य with UML

    and thanks for all for disliking my opinion . but true

    Reply
  18. anjeet says:
    July 18, 2013 at 3:44 pm

    मेरो prediction यस्तो छ ;
    पार्टी प्रतछ्य समुनापातिक Total
    १-कांग्रेस १ ० ० ३ ०% (७२) १ ७ २
    २-माओबादी ५ ५ २ ० % (४ ८) १ ० ३
    ३-एमाले ४ ५ २ ० % (४ ८ ) ९ ३
    ४-मधेसबादी ३ ० १ ५ % (३ ६ ) ६ ६
    ५-रा प्र पा २ ५ % (१ २ ) १ ४
    ६-अन्य दलहरु ८ १ ० % (२ ४) ३ २

    जम्मा सिट २ ४ ० २ ४ ० ४ ८ ०

    सम्भिधान सभा मा कुनै एउटा दल ले बहुमत लेराउन असम्भव छ /
    पहिलो सम्भिधान सभा मा जस्तै किच किच दोहरिने छ /
    सम्भिधन बन्न या त कांग्रेस सिद्धिनु पर्छ या माओबादी

    चुनाब त हुन्छ नै आखिर यी लोभी दल हरु आफ्नो भाग अरु ले खाको टुलु टुलु हेरेर बस्न के सक्थे ?

    मेरो विचार मा संघियेता सम्बन्धि बहस अझै चल्नु पर्छ, यी दल हरु ले भन्दा त वर्तमान सरकार ले धेरै राम्रो सरकार चलाउन सक्छन / यिनी हरु लाई कार्यकर्ता पाल्नु पर्ने tension छैन , तेसैले देश मा भ्रस्टाचार कम हुन्छ , देशको राजस्व दुरुपयोग हुदैन /

    सके सम्म यो सरकार धेरै भन्दा धेरै समय चल्नु पर्छ , देशलाई Law & Order बलियो बनाएर मात्रै नया चुनाब भएमा मलाई कुनै आपत्ति छैन

    Reply
  19. Devendra Basnet says:
    July 18, 2013 at 2:43 pm

    को पहिलो को दोश्रो भन्दापनि यो चुनाबमा एमाले पतन हुनुपर्छ. अनि मात्र देशको राजनीति सहि ट्रयाक मा औछ.

    Reply
    1. राजकुमार says:
      July 19, 2013 at 2:40 am

      एमाले ले तिम्रो बारीको मुला फाडेको छ र पतन हुने >?किन पतन हुन पर्ने एमाले ? पतन हुने पालो अब माओबादीको | नेपाल बाट उग्रबामपन्थी निमिट्यान्न हुनपर्छ र अबको आउने चुनाब (भयो भने ) मा तेही घटना हुने सम्भावना प्रवल छ घटना क्रम ले देखाको कुरा हो |

      Reply
      1. Devendra Basnet says:
        July 19, 2013 at 11:59 am

        तिमि मुलालाई के को टाउको दुख्यो एमाले पतन हुने भनेर? कि तिमिपानी daktar के पी ओलीको कुनी के मोलेर खान पल्केका पर्योउ? देशमा राजनीतिक asthirta हुनमा यो एमालेको ढुलमुले र एजेन्डा बिहिन राजनीति pramukh कारण हो . माने मन नमाने के पी ओलीको पाउ पर्न जाऊ. मुलासाग हिरो बन्न औछ.

        Reply
  20. अनोज शाक्य says:
    July 18, 2013 at 2:39 pm

    चुनाव भए पो भोट् हाल्नु । त्यत्रो पार्टीहरुको सहभागी छन । कस्लाई भोट् हाल्ने ? चुनाव मुखले भन्दैमा हुन्छ । व्याबहारिक कुराहरु मिलाउनु पर्‍यो नि ।

    Reply
  21. bhakta says:
    July 18, 2013 at 2:34 pm

    चुनाब हुन् दियपो ?

    Reply
  22. ramhari says:
    July 18, 2013 at 2:25 pm

    यो mysansar को पोल्लिंग ठिक छैन , कम्तिमा अन्य पनि हुनु पर्ने होइन र कि सबै नेपाली ति ६ पार्टी का मात्र कार्यकर्ता हुन् ?
    मेरो vote RPP NEPAL लाई जनचा
    RPP NEPAL

    Reply
    1. subash says:
      July 19, 2013 at 2:29 am

      अरु दल भनेको अन्य हो जस्तो लाग्छ मलाइ त

      Reply
    2. rajesh says:
      July 19, 2013 at 7:22 pm

      नमस्ते राम हरि जी
      दुर्गन्धित नै भए पनि बागमती मा धेरै पानि बगी सक्यो!

      समय फर्काउनु भनेको आबैग्यनिक हुनु मात्र होइन अप्राकृतिक हुनु पनि हो!

      जति नै गनाए पनि हामी इनै फटाहा चोर मधे राम्रो उम्मेदबार लै मत दिनु पर्छ र लोकतान्त्रिक मूल्य र मान्यताको संस्थागत गर्नु पर्छ!

      धेरै साथि हरुको र हामि नेपाली हरुको कुरा सुन्दा अझै हामि ले बुझेका छैनौं! रिसको झोक मा समय बर्बाद नगरौं!

      अझ तपाईं हामि फसेबूक गेनेरेशन ले त अरुलाई पनि बुझाउनु पर्ने हुञ्छ! लोकतन्त्रको alternate छैन अहिले को लागि! human rights , equal opportunity , कानुनी राज्य लोकतन्त्र ले मात्र दिन सक्छ!
      कृपया हामी पनि नाबहकियुं र अरुलाई पनि सहि बाटो मा हिंडाउन! बरु सहि र राम्रो मान्छे लै राजनीति मा लागौं र ई उमेर ढल्केका र फटा हरुलाई हटाउन!

      Reply
  23. shaym says:
    July 18, 2013 at 1:52 pm

    पहिलो कुरा चुनाब हुन नै गारो छ , यदि चुनाब भयो भने चाही क्यास माओबादि को हालत खराब हुन्छ किन कि पहिला को चुनाब कसरि जितेको थियो बिस्तारै बाहिर आउदै छ, बाबुराम ले जितेको ठाउमा झरेको मत ले नै इस्पस्ट परेको छ, अहिले त्यो पहिला को जस्तो आबस्था छैन, माओबादि संग बन्दुक र सेना दुवै छैन र पैसा पनि कम छ अनि पार्टी पनि फुटेको छ …….यी सबै कुरा लाइ बिश्लेसन गर्ने हो भने एमाले र कांग्रेस एउटा पहिलो पार्टी हुन्छ र क्यास माओबादि तेस्रो नै हो !!!

    Reply
  24. bibek dhakal says:
    July 18, 2013 at 1:36 pm

    ठुल ठुला र असम्भव वाचाहरु गरेर सरकारमा पुगेपछि केहि नगर्ने भन्दा बरु सानै लक्ष लिएर त्यसलाई पुरा गर्दै अगाडी बढ्ने खालको पार्टि संग मतलब छ अब जनतालाई,
    नम्बर वन त ……….. पनि हुन्छ !!!

    Reply
  25. रविन says:
    July 18, 2013 at 1:02 pm

    कांग्रेसमा नेतृत्व गर्ने व्यक्ति गतिलो भै युवा पुस्तालाई सिट दिने हो भने बहुमतले जित्थ्यो तर जसले मन पराए पनि नपराए पनि प्रचण्ड भन्दा नेतृत्व गर्ने खुविको अरु नहुनाले मेरो बिचारमा.
    १. एमाओबादी…… तर सिट चाहिं पहिले भन्दा घटेर आउँछ.
    २. कांग्रेस ………. एमाओबादीकै हाराहारीमा आउँछ.
    ३. एमाले ……….. माथिका पार्टीको ५०%
    ४. राप्रपा नेपाल … १-२ नो पार्टीको २०%
    ५. मधेसबादी दल …… राप्रपा नेपाल कै हाराहारी
    ६. राप्रपा ………… ५-७ सिट.
    ७. जनजाती को … धेरैमा २-५ सिट.
    ८. स्वतन्त्र……. ३ सिट
    ९. अन्य ………. ५ – ७ सिट

    कसलाई भोट हाल्ने भनेर चाहिं मैले अहिले सम्म निर्णय गरेको छैन.

    मुख्य कुरो यो निर्वाचनबाट पनि संबिधान बन्दैन !!!

    Reply
  26. S. R. Shakya says:
    July 18, 2013 at 12:24 pm

    यो चुनाव के को लागि ? सबै नेताहरुले आ-आफ्ना नाममा भएका सम्पत्ति राष्ट्रको नाममा गरिदिएमा मात्र जनताले केही विश्वास गर्ला कि नत्र त यही नेताहरुको मुख हेरेर भोट खसाल्न जाने जाँगर चलाउला जस्तो लाग्दैन / उही लालु यादवको पालाको विहारको तालले चुनाव गराउने हो भने बेग्लै कुरा !!!!

    Reply
  27. Prashant says:
    July 18, 2013 at 11:58 am

    कति आउने कुरा अनुमान मात्र भए पनि, मुख्यत हरेक मतदाता र नेता ले यती कुरा लाइ ध्यान दिने पर्ने म देख्छु !

    1) ९० दसकतिरको हिन्दि फिल्म जस्तो, यो युगमा जनता रक्सीमा बिक्ने, भोट ब्यांक लुट्ने जस्तो क्रियाकलाप अलिक गारो कुरा हो, जनताको जीवनएस्तर , सोच्ने सक्ति , सचेतना र आधुनिकता तिर को लम्काइ १००% ले बढेको छ. को राम्रो र को नराम्रो, आफु ले छुतायौना सक्छन र पनि नसकेको खण्डमा कम्युनेकेसनको बिकासले अरु बाट नि जान्न र बुझ्न गारो हुन्न ! एउटा उदहारण काठमाडौँ १ मा प्रकाशमान, र काठमाडौँ २ मा झक्कु सुबेदी को जित लाइ लिन सकिन्छ ! त्यै भएर विचार गर है नेता तिम्रो लाटो दिमाग को ठम्याई लाइ बितेको संबिधान सभा बाट जनता ले उल्त्युना थालीसके !

    २) तराई मा जनतान्त्रिक, पहाडमा जातिय राज्य माग्ने समूह हरु सबै एमाले बाट नै आएका हुन्, यो पार्टी अहिले ओभानो देखिए पानि, जनतामारा हुर्काउने संस्था नै हो !

    ३) कुनै समय म नि माओबादी प्रति एउटा सानो झुकाब राख्थे , एउटा नया परिबर्तन को लागि, तर माओबादी लाइ नि आब पटक पटक हेर्ने कुरा आउदैन ! जति सुकै परिबर्तन को कुरा गरे पनि, तपाई हामि एकचोटी विचार गरम न, माओबादि बाट हत्या भएको व्यक्ति तपाई को आफन्त भै देको भए तपाई लाइ के पर्थ्यो होला ! त्यै भएर हत्या/हिंशा को राजनीति गर्न माओबादी होस् कि अरु कुनै, सबै लाइ येस्पाली लखेट्नु parcha !

    निष्कर्ष, तपाई हामि ले भोट दिने हो भने, आब बाट पार्टी लाइ होइन कि तपाई को ठाउँ मा कुन्चाई व्यक्ति तपाई लाइ सक्चम लाग्छ त्यसै लाइ दिनुस !
    आखिर एउटा राजा लाइ फालियो, तर च्याउ जस्तो उम्रेको हजारौ रजौते ले देश लाइ झन् अन्धकार तिर लग्यो ! विचार गर्नुस, व्यक्ति चिन्नुस, अनि भोट सम्भावना र आशा बोकेको व्यक्ति लाइ दिनुस , पार्टी लाइ होइन !

    Reply
  28. Sunil Shah says:
    July 18, 2013 at 11:18 am

    समय धेरै अगाडी बदिसक्यो हिन्दु राज्य होइन कमल थापा ले धर्म निरपछे मा कदम उठाए अवस्य एअक नम्बेर पार्टी बन्छ र समएको सदुपयोग हुन्छ / होइन भने यो पनि शिवसेना उहिधोती को धोति नै समात्ने पार्टी हुन्छ / भारत बि जे पी ले सताउन छ पहिला जस्तै /
    जातिय भन्दा रास्ट्रीयता बलियो पर्नु पर्यो / धर्म भन्दा कर्म बलियो बनाउनु पर्यो /होइन भने ढुंगे युग मा पुगिन्छ / MRP एउटा बनाउन १ महिना देखि ३ महिना लागउने देश मा अरु सृस्ती आफैले गरेन व्यक्ति जन्मे को छैन /

    Reply
  29. Kumar says:
    July 18, 2013 at 10:31 am

    नतिजा जे सुकै अनुमान गरियता पनि एक कुरा प्रस्ट भैसक्यो कि माओबादीको बिनास र उन्मुलन प्राय निश्चित छ/ चार वर्ष लगायर र अरबौ रुपैया नेपाली जनताको रगत पसिना को कर र रेमिटान्स को पैसा र १७००० नेपाली को रगत बाट सिचित गरेर संबिधान बनेको भय सायद उसलाई सम्झिने आधार हुन्थियो/ सायद यौ चुनाब यदि उसले हुनदिने हो भने बिश्वो लै नेपाल जनता मुर्ख र पाखण्डी होइन र माओबादी जस्तो जथालाई पेर्मेसोर मानि राजनीतिक पार्टी को रुप मा स्विकार्यको छैन भन्ने आभाष हुञ्छ / जय मेरो देश नेपाल/

    Reply
  30. hari says:
    July 18, 2013 at 10:29 am

    जो स्वतन्त्र उठ्छ उसैलाई हाल्ने हो.

    Reply
    1. hari adhikari says:
      July 18, 2013 at 4:08 pm

      पार्टी भन्दा पनि नेता राम्रो हुनु पर्यो,प्रकाश चन्द्र लोहनी, केशब स्थापित,गगन थापा एमालेका बिस्ट(बिजुली मन्त्रि) जस्ता नेता छान्ने हो भने देशले चाडै काचुली फेर्ने देखिन्छ

      Reply
  31. priyanka says:
    July 18, 2013 at 10:13 am

    अरु जो सुकैले जितोस मतलब छैन. तर माओबादी भन्ने बिखन्डन बादी झुण्ड लाई चाहि पत्ता साफ नै गराउनु पर्छ . नतर मुलुक लाई बिखन्डन बाट बाचाउन न सकिने भयो .

    Reply
  32. neeraj says:
    July 18, 2013 at 9:56 am

    माओबादीको घट्छ, काङ्ग्रेस एमालेको अलि बढ्छ पहिले भन्दा सिट। मधेसबादी धेरै अवसरबादी भएको मधेसका जनताले देखेका छन्, तिनको अलिकति घट्छ, फाइदा काङ्ग्रेसलाई होला मधेसमा, पहाडमा माओबादीको घटेको एमालेलाई जाला भोट। कमल थापा पहिले भन्दा बढि सिट जिते पनि खासै प्रभाव पार्ने गरेर जित्न सक्ने छैनन्। उपेन्द्र यादव र अशोक राई को गरेर पनि अलि बढी भोट आउला। तर जातिय संघियताको कुरा जनस्तरमा नमिलुन्जेल संबिधान बन्दैन, चुनाव भए पनि। पक्षधर र बिरोधी उत्तिकै चर्का छन् जातिय संघियताको सवालमा। यस्तो नतिजा आउला कि ?
    १) काङ्ग्रेस /वा एमाले
    २) माओबादी
    ३) काङ्ग्रेस/ वा एमाले
    ४) अशोक राई + उपेन्द्र यादव (दुबैको जोडेर)
    ५) मधेसबादी ( कति जुट्छन्, कति फुटेरै लड्छन् त्यसमा भर पर्छ)
    ६) कमल थापा

    २ फिक्सड छ एमाओबादीको, १ र ३ को हुने चाहिं भविष्यले बताउँछ – काङ्ग्रेस र एमालेमा।

    Reply
  33. Dinesh Oli / Airport Customs Officer says:
    July 18, 2013 at 9:41 am

    भोट त् येस्पली राप्रपा नेपाल लै नै हो !

    Reply
    1. madan bajracharya says:
      July 18, 2013 at 11:59 pm

      दिनेशज्यु/
      हो यसपाली सायद पहिला भन्दा निक्कै बढी भोट पाउने छ राप्रपाले; तर यकिकृत भयमा/

      Reply
  34. chham rana says:
    July 18, 2013 at 9:39 am

    पार्टीहरुको के कुरा गर्ने ? देव शमसेरले भने झैँ मलाई पनि भन्न मन लाग्यो…………….”आखिर जनता भनेका भेंडा नै रहेछन” !

    Reply
  35. Gagan K.C says:
    July 18, 2013 at 9:23 am

    निसन्देह प्रजातान्त्रिक पार्टी नै नम्बर १ हुनेछ जुन नेपाली कांग्रेस नै हुनेछ कारण कांग्रेस perfect नभय पनि अरु भन्दा स्पष्ट छ.

    Reply
    1. Kumar says:
      July 18, 2013 at 10:36 am

      गगन जी,
      आज देश यहि प्रजातान्त्रिक पार्टी भनौदो कांग्रेसले आफ्नो सिंदंता बिर्सिदा यस्तो गति भयको होइन र ?? एक जनाको रास्ट्रपति हुने अभिलासाले येत्रो तीन करोड़े नेपालीले मूल्य चुकौंदै छन् होइन र ?

      Reply
  36. भाई says:
    July 18, 2013 at 9:22 am

    झलनाथलाई थप्पड हान्ने देवी प्रसाद रेग्मी र प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर ले पार्टी खोल्या भए त्यो पार्टी ले पक्का बहुमत ल्याउने रहेछ ! अब फेरी दल दर्ता गर्न दियो भने “थप्पड प्रहार पार्टी” दर्ता गराएर त्यसैलाई जिता’म है !
    सबै मिलेर भन्नुस – “थप्पड प्रहार पार्टी जिन्दावाद !!!”

    Reply
  37. तेन्जिंग गाबा says:
    July 18, 2013 at 9:12 am

    “एमोबादी” हुन्छ
    संसारको नियमि हो नि मिहिनेतको फल त् सबैले पाउछन नि
    अस्त भर्खरै प्रचण्डले गरेको त्येत्रो ठुलो मिहिनेत बिर्सनु भो ?
    “खुर्शिद प्रभु” को सवारी हुदा प्रचण्ड कमरेडले गरेको जस्तो अलौकिक त्येत्रो त्याग-धपेडी-मिहिनेत अरुले गरेको थिए ? ……………..जदौ !!!

    Reply
  38. पुष्प says:
    July 18, 2013 at 8:52 am

    केही प्रतिशत र अधिकांश विदेशमा रहेको फेसबुके जमातको कुरा गर्ने हो भने त यसपालि पनि एमाओवादीको पत्तासाफ हुन्छ ।

    Reply
    1. madan bajracharya says:
      July 18, 2013 at 10:27 am

      पुस्पज्यु/
      फेस बुकमा लेखेको र बिदेशमा बसेकोले भन्दैमा दछिंन यसियाको “कुबेर” पार्टी यमावोबादीको पत्ता साफ हुँदैन तर “फुर्ति-साफ” चाहि पक्कै हुन्छ/

      Reply
      1. Tenzing Gaba says:
        July 18, 2013 at 11:12 am

        माओबादी भनेको उम्लेको दुध हो
        अस्ति “डेक्ची भरी दुध” भएको जस्तो देखिएको थियो
        अब यसपटक चाहिँ जति दुध छ त्यति नै देखिन्छ डेक्चीको पीधंमा
        अर्को पटक चाही दुध हराएर “कुराउनी” मात्र बाकि रहन्छ
        ………………………………….जदौ !!!

        Reply
        1. पुष्प says:
          July 18, 2013 at 1:14 pm

          दूध फेरी पनि दुहिन्छ, फेरी पनि उम्लिन्छ । नियमित प्रक्रिया हो यो ।

          Reply
          1. Tenzing Gaba says:
            July 18, 2013 at 4:02 pm

            घाँस-पराल चाहिँ नहाल्ने
            अनि फेरी-फेरी दुध दुहुनु जादा गाइ-भैसीले लात्ती हान्ने सम्भावना पनि छ नि………………. जदौ !!!

            Reply
            1. पुष्प says:
              July 18, 2013 at 4:50 pm

              हालेको घाँसपरालले नपुगे बाहिर चरेरै भएनि दूध दिनुपरिहाल्यो । दूध नदिने गाई के काम भनी उठिबास लाइहाल्लान् फेरि ! बाध्यता !

              Reply
              1. madan bajracharya says:
                July 18, 2013 at 11:49 pm

                पुष्पज्यु
                भन्नुको अर्थ यमावोबादिलाई भोट नदिय फेरी पनि पहिला जस्तै उठिबास गराउने हो?

                Reply
                1. पुष्प says:
                  July 19, 2013 at 12:05 pm

                  मतदाता भनेको माओवादीको मात्र हुन्छ र मदनजी ? अलि कुरो बुझेर लेख्नुस न ।

                  Reply
                  1. madan bajracharya says:
                    July 21, 2013 at 11:01 am

                    पुष्प ज्यु
                    मैले तपाइंले भने जस्तै भनेको हो/ जनता सबै मावोबादी हुँदैन र सबै जनताले मावोबादिलाई समर्थन पनि गर्दैन/ आफुलाई समर्थन नगर्ने जनता माथि मावोबादिले अन्याय गरेको थियो यो मावोबादिले नै सकारेको कुरा हो पुष्पज्यु/

                    जनयुद्ध कालिन नीति बदलेको मावोबादिलाइ पहिला मत दियाकाले पनि नदिने कुरा त् ४०% मावोबादिले मावोबादी दल्ने त्यागेर अर्को दल समेत खोलि सकेको छ/ त् उनीहरुलाई समर्थन गरेर अहिले नीति बदलेको मावोबादिलाई भोट दिन्न भन्नेलाई के गर्नु हुन्छ; भाते कार्यवाही गर्नु हुन्छ कि उठिबास?

                    Reply
          2. Eakraj says:
            July 18, 2013 at 5:04 pm

            बाबुराम प्रम नहुँदै, प्रचण्डले भाबी प्र.म. भट्टराई भनेर चुनाब गराएको भए माओबादिले २ तिहाई पनि ल्याउन बेर थिएन तर अबत जय हिन्द भन्न रहर भएका केहि नब नेपालि हरुको ५०% ले पत्याउलान र देलान भोट,, तर खाटी नेपालीले त माओबादीलाई दुध हैन पुस्पे सु चै गर्देलान कि मुखमै ……निकै कमाएउकि के हो पछि पछि लागेर ? अझै आँखा खुल्दैन ??

            Reply
          3. dharmendra says:
            July 18, 2013 at 5:47 pm

            जानुस पुष्प जी छबिलाल को र डा. का. लालध्वोंज को दुध दुहुनुस

            Reply
            1. madan bajracharya says:
              July 19, 2013 at 11:15 pm

              धर्मेन्द्रज्यु
              तपाइंले भनेकाको दुध दुहुन खोजे दुध निक्लेला र?

              Reply
        2. भाई says:
          July 18, 2013 at 1:41 pm

          यो त डेरीको दुध जस्तो हो, कुराउनी पनि लाग्दैन… भाडो मात्रै डढ्छ !

          Reply
      2. mahesh says:
        July 18, 2013 at 2:50 pm

        गत संबिधान सभा को मुखै मा हिमाल ले गरेको मत सर्वेक्षण मा माओबादी ३ मा थियो.

        Reply
    2. hari adhikari says:
      July 18, 2013 at 4:14 pm

      पत्तासाफ हुने पर्छ, किन भने यो पाँच बर्समा सबभन्दा बिकृति माओबादीले ल्याएको छ

      Reply
      1. पुष्प says:
        July 19, 2013 at 12:07 pm

        के के विकृति ल्याए, दुइचार थान उदाहरण हामी पनि सुनौं न हरिजी ।

        Reply
        1. Aakar Bhushan Nepali says:
          July 20, 2013 at 6:09 pm

          सबै विकृतिलाई स्वीकृति जनाए पछि कहाँ देखिन्छ र बिकृति पुष्प जी !

          Reply
          1. पुष्प says:
            July 21, 2013 at 10:43 am

            भनेपछि विकृतिको मूल अर्कै रहेछ ?

            Reply
        2. madan bajracharya says:
          July 21, 2013 at 11:05 am

          पुष्पज्यु/
          तपाइंले समर्थन गरेको मावोबादीले के के बिकृति ल्यायको छ भनेर मावोबादीको ४०% कार्यकर्ताको नेत्रित्वो गर्ने बैद्यले सार्वजनिक गर्दै आयको छ/ तेही कुराको जवाफ दिनुस न/

          Reply
  39. kamana suwal says:
    July 18, 2013 at 8:50 am

    नेपाल को सार्भभौम कायम गर्न को लागि पनि कमल थापा को राप्रपा power मा आहुनु पर्छ. नेपाली काँग्रेस को साचा प्रजातान्त्रिक समाजबाधि हरु power मा आहुनु पर्छ. नेपाली काँग्रेस गिरिजा रा सुजाता जस्ता होइन बिपी र किसुन जी को मार्ग दर्सन अनुसार चल्नु पर्छ. देस को येतार्थ भन्दा सस्तो लोकप्रियता को लागि राजनीति गरेर देश लै खाल्ट मा हाल्ने गगने र नरहरि जस्ता गधार हरु लै चुनाब मा हराहुनु पर्छ. Otherwise, communists will serve India to remain in power. they are totally agents of India. they are created by Indians. these dirty people destroyed our beautiful nation. they demolished monarchy, they served christians demolishing world’s only one hindu kingdom. Hindu kingdom was better for nepalse muslim and buddists. but now ony christians are expanding due to demolish of hindu kingdom.

    Nepalise people know the reality and they will vote accordi

    Reply
    1. bibek dhakal says:
      July 19, 2013 at 11:04 am

      धर्म को अलिकति पनि मर्म नबुझ्ने ले किन फेरी धर्मको कुरा गर्नु? मान्छेहरु के सधै भेडा बाख्रा भैराख्नु धर्म को नाम मा? जसलाई जुन धर्म लिन मन लाग्छ त्यो लिए हुन्छ…..अझ मेरो बिचारमा त त्यो नागरिकतामा धर्म भन्ने ठाउमा “नास्तिक” पनि लेख्न पाउनु पर्छ!

      Reply
  40. BT Malla says:
    July 18, 2013 at 8:43 am

    रा प्रा पा नेपाल, कमल थापा को पार्टी नै १ नम्बर मा आउनु पर्छ !!!

    Reply
  41. Tanka Kafle says:
    July 18, 2013 at 8:35 am

    whoever wins no care,but gonna vote KAmal Thapa on proportional system,and direct vote I am not going to cast.

    Reply
  42. samip says:
    July 18, 2013 at 7:41 am

    नेपालका राजनैतिक पार्टीहरु प्रति विश्वास उडिसक्यो मेरो , त्यसैले जुन जोगी आए पनि कानचिरेको भनेको जस्तै हो . तर रमाइलो mysnsar क अधिकांस पाठक माओबादी बिरोधि रैछन . माओबादी लगायत अहिले नेपाल मा भएका मुख्य राजनैतिक पार्टी हरु का अन्धभक्त गधाहरु को पनि अवसान हुनु जरुरि छ . सत्ता केन्द्रित राजनीति रहन्जेल सुशासन र विकास धेरै टाढा को कुरा हो .

    समिप
    क्यानाडा

    Reply
  43. Jeevan Thapa says:
    July 18, 2013 at 6:42 am

    यसपाली को चुनाव मा एमाले बिलिन नै हुने भयो बा !!!!
    माओबादी + मधेशबादी =५२%
    कांग्रेश + एमाले =३८%
    अन्य = १०%

    Reply
  44. xyz says:
    July 18, 2013 at 6:36 am

    There will be no elections, that is for sure. I am ready to bet on this. Therefore, IDEA survey results have no meaning.

    Reply
  45. laxubabu says:
    July 18, 2013 at 6:30 am

    यसपाली को चुनाब को नतिजा :
    (१) नेपाली काँग्रेस
    (२) ने क पा (ए माले)
    (३) रा. प्र. पा. (नेपाल)
    (४)मधेसे (भारतीय दालाल हरु) दल
    (५) यमराज माओबादी(ए माओबादी)

    Reply
  46. shankar says:
    July 18, 2013 at 6:01 am

    सर्वेक्षण जे जस्तो भए पनि आहिले को अवस्था मा राप्रपा नेपाल नै पहिलो स्थान मा आउन पर्छ,
    सब को अनुहार देखियो सबै भन्दा आफ्नो सिदान्त मा दृढ त कमल थापा मात्र देखे, राजतन्त्र नै नेपाल को भबिस्य हो, मेरो भोट राप्रपा नेपाल ( कमल थापा ) लै नै

    Reply
  47. Nabindra Tiwari says:
    July 18, 2013 at 5:05 am

    Lets give opportunities to small parties once.I have been tolerating big fish since long time ago.try to avoid big parties and give chance to janamorcha,raprapa,kishan etc in combined.

    Reply
  48. Adwait Sharma says:
    July 18, 2013 at 4:38 am

    हामी कुर्ची मा बसेर “माई संसार” मा ब्लग पढ्ने हरु अंग्रेजी भाषा र कम्प्युटर प्रबिधि मा धरै थोरै दख्खल राख्नेहरु हौँ / तर बिगतका चुनाबहरुमा के देखियो भने हामीहरुको भन्दा अत्यन्त सर्बसाधारण हरुको मत निर्णायक हुने रहेछ / पहिला एक पटक मोरंग या सुनसरी कता हो गिरिजा ले जितेको ठाउँ मा पछि उपचुनाब हुँदा कांग्रेस ले हारेको थियो / त्यसकारण निर्णायक हुने सर्बसाधारण हरुको भोट कता जान्छ भन्न सारै गाह्रो हुन्छ / यस भन्दा पहिला विभिन्न संस्था र व्यक्ति हरुको पूर्वानुमान नमिलेको कारण पनि यहि हो जस्तो लाग्छ मलाई /

    Reply
  49. sagar says:
    July 18, 2013 at 4:31 am

    हेर्नुस साथी हरु सर्वेक्षण गर्ने निकाय को पनि reliability , reputation and authenticity को कुरा आउछ . हामी जसले जे तथ्यांक निकाल्यो त्येसैको पछि लगेर मुल्याकन एबम बिस्लेसन गर्न तर्फ़ लाग्छौ किन कि हामी सबै नेपाली बढी नै हावा को खेति गरछौ यो हाम्रो संस्कार नै भैसक्यो. यी माथि का मुल कवाडी पार्टी र नैतिक बिहिन नेता भनौदा हरु लाई त ज्यान जाला भोट त दिदै दिन्न
    गर्ने कसैले केहि होइन – जसले जति सुकै मिठो नारा दिए पनि ! अनि किन कांग्रेस, एमाले, माओबादी भनिरहनु पर्यो ? केहि गर्लान भनेर नै आन्दोलन मा साथ् दियिएको हो ! जनयुद्द मा साथ् दियिएको हो तर भुल त्येही रहेछ हाम्रो ! भएको नि बिगार्न लाइ किन भोट दियिरहनु यिन लाइ ? त्येसैले अब त म बाट कांग्रेस – कम्निस्ट, मधेसी बाइ बाइ –
    येश पालि को भोट
    १ देश नटुक्रयुने,
    २ अखण्ड नेपाल,
    ३ जातियता को कुरा नगर्ने
    ४ देश लाई राज्य राज्य बनाई बिखन्डन नगराउने
    ५ देश लाई संघियता मा नलाने
    ६ संघियता मा आवस्यक नै छैन भन्ने विश्वास गर्ने
    ७ बिदेशी नेता दलाल संग लम्पसार नपर्ने
    ८ देश बन्द नगर्ने अनि बन्द गर्ने लाई गोलि ठोक्ने
    ९ मातृभूमि को सम्मान गर्ने
    १० कर्मचारी एबम बिद्यार्थी राजनीति को अन्त/ प्रतिबन्ध गर्ने
    ११ देश लाई बलात्कार नगर्ने
    उल्लेखित सर्त जसले मान्छ जो आए पनि भोट दिन्छु तर धोका दिने लाई फेरी गोलि हान्नु पर्छ
    जय जंग बहादुर चाडो आऊ अनि देश बचाऊ
    देश बचे न हामी नेपाली रहन्छौ

    हजुर को भोट नि ?

    Reply
  50. द्रोण says:
    July 18, 2013 at 4:13 am

    रत्न पार्क को ज्योतिस ले भन्दा अलि तर्क पूर्ण हिसाब ले सोचौ त् !!
    जुन पार्टीमा भएको मतदाता भन्दा बढी मत ल्याएर जितेका मानिस छन् तेस्तो सुत्र अरु कुनै पार्टी सग छ ?
    जसले साम , दाम , दण्ड , गुण्डा गर्दी , हतियार , बुथ क्याप्चर गर्न सक्छ तेही हैन र चुनाब मा चाहिने कुरा ? तेसैले मावोबादी डाइनामिक पार्टी हो , अहिले को सरकार उही पक्ष्य को पनि भएकोले र यसै बीच नेपालि कांग्रेस , एमाले भनेको बाहुन क्षेत्री को पार्टी भन्ने छबी जन मानस मा गएकोले र राजा लाइ धोका दिएको भन्ने हिसाब ले बुढा पाका ले समेत सोच्ने हुदा उनीहरुको भोट काटिएर रा प्रा पा लाइ जाला र
    ये मावोबादी नम्बर एक , कांग्रेस नम्बर २ , रा प्रा पा ३ , एमाले नम्बर ४ , फोरम नम्बर ५
    यो मेरो व्यक्तिगत बिचार हो , अरुलाई मान्नु पर्ने भन्ने छैन |

    Reply
  51. राजकुमार says:
    July 18, 2013 at 3:21 am

    खिरारे को सरकार ३ वर्ष अरु चल्छ केको चुनाब हुने अहिले … ?
    कथम्कदाचित चुनाब भै हाले :-
    १- एमाले
    २- काँग्रेस
    ३-राप्रपा
    ४-माओबादी (छबिलाल )
    ५-बिजुक्छे
    ६-फोरम
    इत्यादी …..

    Reply
  52. kiran says:
    July 18, 2013 at 2:26 am

    यो नागरिक न्युजलाइ के भाको , ३८०० जनाको मतले १.५ करोडलाइ प्रतिनिधि गर्छ र , निकै ठुलो सर्वेक्षण जस्तै मुख्य पृष्ठमा हेडलाइन छाप्नलाइ । दालमे कुछ काला है भन्या जस्तो ।

    Reply
  53. bikash says:
    July 18, 2013 at 2:20 am

    आफु त यो पाली राजाबादी लाई भोट दिने सोचिरहेको छु / केहि गर्छन कि मोराहरुले / क्याश – माओबादी , छक्का – एमाले , लुटेरा – कांग्रेसी ले केहि लछारपाटो लगाएनन् / संबिधान, बाटो, पुल, बिजुली-बत्ति सबै यो पाली गराईदिनछौ भन्दै भोट माग्न आउने होलान नकचराहरु /

    Reply
  54. Gaurab Nepali "Oodaaseen" says:
    July 18, 2013 at 2:18 am

    तथस्ट भोट कुनै एक राप्रपा या राप्रपा नेपाल लाई या स्वोतन्त्र लाई ! तेसमा मेरो र मेरा समकालीनहरुको भोट काउन्ट अहिलेनै गरे हुन्च !

    एक नम्बरमा राप्रपा
    पांच नम्बरमा माओबादी
    माफ गर्नुहोला दुई नम्बरमा स्वोतन्त्र आउने छन् जस्तै राजेश हमाल आदि इत्यादी !

    Reply
  55. prakash says:
    July 18, 2013 at 1:49 am

    हेर न मिडिया प्रोपागान्डा राष्ट्रिय दैनिक पत्रिका ले कुनै एउटा संस्था को जाबो ३००० जना को हवाला दिएर गरेको लेख लाइ येत्रो समाचार बनाएर छाप्नु कति स्वतन्त्र प्रेस को नमुना हो? यी स्वतन्त्र पत्रकारिता का नाम मा पीतपत्रकारिता गर्ने हरु अझ कमेन्ट पनि ब्लक गर्छन तेती मात्र हो र मेरो त नाम नै ब्लक गरेको छ नागरिक ले | मेरो कुनै पनि कमेन्ट cnn guardian कसैले ब्लक गरेको छैन तर यो पीत पत्रकारिताको चरम नमुना nagariknews ले ब्लक गरेको छ | तेसकारण मैले हरेक कमेन्ट को screenshot twitter मा पोस्ट गर्ने गरेको छु ताकी भविष्यमा येदि कुनै कारणले राम्रो बाताबरण बन्यो र मेरो अभिव्यक्ति स्वतन्त्रता को हनन गर्ने र नेपाल को कानुन र संबिधान उलंगन गर्ने एस्त पत्रिका र एसका मालिक लाइ कारबाही प्रमाण को रुप मा पेस गर्न सकियोस

    Reply
  56. jumanu rai says:
    July 18, 2013 at 1:45 am

    रा प्र पा (कमल थापा) – १००%

    Reply
  57. Nabin Adhikari says:
    July 18, 2013 at 1:33 am

    जनता दलहरु बाट वाक्क दिक्क भएका छन् | कपटी नेता हरु को चाला-माला हेर्दा त राप्रपा नं.१ मा आउनु पर्ने हो- मलहमा बस्ने सर्बहाराहरु को त पत्ता साफ नै हुन्छ यो पाली||
    हैन कुन मुख लीएर भोट माग्न जान्छन यी कुकुरहरु- जनता को सामु?

    Reply
  58. Kiran Thapa says:
    July 18, 2013 at 1:23 am

    एमाले=31%
    काँग्रेस=28%
    एमओबादी=20%
    मधेसी सबैले =10%
    बैध्यबा =4%
    कमल थापा =4%
    अन्य =3%

    Reply
    1. diwakar says:
      July 18, 2013 at 7:54 am

      अरु त के होलान थाहा भएन ! तर एमाले पहिलो र दोस्रो चाही हुदैन यो पक्का छ ! केपी र माधब नेपाल को अनुहार ले हाल्न मन लागेको भोट पनि तर्काइ दिन्छ ! यी २ जना लाइ पार्टी बाट गलहत्याएर निकाल्ने हो भने एमाले चाही न १ हुन कसैले रोक्न सक्दैन ! राजनीति थाहा भए देखि एमाले लाइ भोट दिएको हो विभिन्न समय मा विभिन्न पद मा बसी जिम्मेवारी पनि निभाएको हो ! आस्था पनि एमाले मै छ तर यी २ जना को कर्तुत ले सुर्य चिन्ह मा यो पटक होइन आघोउ पटक हालौला ! हामि पार्टी भित्र का को त यो हाल छ पार्टी संग आबद्द नभएका स्वतन्त्र जनता को के सोचाई होला ! अब पार्टी पार्टी भन्ने दिन गए ! जसले राम्रो काम गर्छ क्रस भोटिंग हालिन्छ भलै पार्टी को पक्ष मा प्रचार नै गर्न हिडु !

      Reply
      1. rajesh says:
        July 19, 2013 at 8:38 pm

        कस्तो मिठो कस्तो विश्वास कस्तो अठोट

        मा पनि काँग्रेस हुन् तर के गर्ने हाम्रो जिल्ला मा त दुइ टा परिवारको सबै उम्मेदबार

        कसलाई हाल्ने? पैसा कमाउने व्यापार गर्य छन् मुर्दा हरुले!

        सबै नेता रे??? नुवाकोटे को काम छैन सबै इनिहरुइको पछि पछि कुद्छन सबलाइ भेद बाख्रा बनाछन

        तपैन्को जस्तै छ मेरो पनि विचार!

        जय नेपाल

        Reply
  59. साक्ष्यात सुशिल says:
    July 18, 2013 at 1:07 am

    एमाओबादी – १,
    काङ्रेस – २
    एमाले – ३
    (कुनै एक) रा.प्र.पा – ४

    Reply
  60. manlimbu says:
    July 18, 2013 at 12:46 am

    यो त ठ्याक्क पहिलो संबिधान सभाको चुनाब ताका सर्बेक्छन गरेको जस्तै रैछ . तर त्यो सर्बेक्छन ले आलु खाको त् सबैले देखिएको हो. तेसैले यो जनता मा भ्रम फैलाउनु लै डलर मणि हरुले चलाएको प्रोपगन्डा हो . अब जनता प्रोपोगान्डा को पछि लाग्दैन अब जनता सहि सिद्दान्त र नीति भएको पार्टीलाई वोते दिनेछन

    Reply
  61. Desh Bandhu Sharma says:
    July 18, 2013 at 12:34 am

    मेरो बिचारमा कांग्रेस १ नम्बरमा नै आउँछ , माओबादि दोश्रो, एमाले तेश्रो र रा प्र पा (कमल थापा) चौथो, मधेशबादी दल – पाँचौ मा आउने छन्

    Reply
  62. Prabudha says:
    July 18, 2013 at 12:34 am

    UML 1 st
    NC 2nd
    Mohan baidhey 3 rd
    Prachanda 4 th

    Reply
  63. sundar says:
    July 18, 2013 at 12:21 am

    अरुको थाह छैन क्यास माओबादी पत्ता साफ हुनु पर्छ

    Reply
  64. Meghraj says:
    July 18, 2013 at 12:17 am

    माओबादी पूर्ण बहुमत आउछ कि Ek पटक अझै.

    Reply
  65. गगने says:
    July 18, 2013 at 12:16 am

    होला! तेस्तै होला! पहिला पनि तेस्तै भाको हो क्यारे!
    तर मेरो कुरा भन्नु पर्दा,
    संक्रमण कालको अन्तागर्दै देशको परिवर्तन संस्थागत गरि देशलाई सम्ब्रिड्डी र बिकाशको पथमा द्रुत गतिमा लैजाने हो भने.
    माओबादिले दुइ तिहाइ ल्याउने पर्ने हुन्छ र बाबुरामले देशको पुर्ण कालिन सरकारको निर्बाध नेत्रित्वो गर्नुपर्छ!
    एमालेको ठाउ काशी तिर खोज्न गया हुन्छ र त्यो ठाउमा राप्रपा ले लिदा हुन्छ! (लिनेछ भन्छु म, धुरमुरे पानामा होइन मतको स्थानमा ढुलमुले पानामा चाहि एमालेको स्थान कांग्रेसले लिने छ)
    एमाओबादी
    कांग्रेस
    राप्रपा
    मधेसी
    —
    एमाले
    —-
    यो मेरो सर्वेक्षण हो!

    Reply
    1. Pokhreli says:
      July 18, 2013 at 6:51 am

      अ मलाई पनि विश्वास छ कि माओबादी १ नम्बर हुन्छ किनकि यो पार्टी दुल्मुले छैन मात्र पार्टीहरु संग एउटा कुरा गर्छ, अर्को पार्टी संग अर्को कुरा गर्छ, श्रमिक जनता लाई सडक मा आऊ हामी सहयोग गर्छु भन्छ, जनजाती लाई सडक मा आऊ हामी सहयोग गर्छु भन्छ | लंगडा, असक्त , घरबार बिहिन , द्वोन्द पिडित सबै लाई सडक मै बोलाउछ, सहयोग गर्न | धेरै सहयोगी पार्टी | महान नेता को महान राजनीति, जय होस् नेपाल एस्तो कुपुत्र फेरी नजन्माऊनु |

      Reply
    2. Tanka Kafle says:
      July 18, 2013 at 8:33 am

      MAoist should be finished,that is my own saying.

      Reply
  66. dharmendra says:
    July 18, 2013 at 12:16 am

    अरुले जे सोंचे पनि मलाई चाही चुनाब हुन्छ जस्तो लगिराको थियो / तर अब भने केहि संका लागेर आउन थाल्यो / येदि माओबादी तेस्रो , चौथो ,हुने थाहा पाए भने माओबादी (छबिलाल )ले चुनाब बहिस्कार गर्ने माओबादी (बैध्य हो कि दैत्य ) संग सहकार्य गर्ने पक्का छ / मतलब चुनाब हुन नदिने

    Reply
  67. nandan chalise says:
    July 18, 2013 at 12:05 am

    राप्रपा नेपाल १स्ट हुन्छ होला, जनता सब दलाल पार्टी हरु संग रिसाको स्थिती हो, राजतंत्र फाले पछि न्याउरी मारी पछुतो को पनि स्थिती हो , माओबादी १ न. त कुनै हालत मा आउदैन पहिला जस्तो बुथ क्याप्चर गर्ने स्थिती पनि रहेन, भोटर लिस्ट मा नागरिकता चाहिने भए पछि पहिला जस्तो पारि बाट भोट हाल्न आउनेको संख्या घट्ने हुदा मदेशी दल हरु पनि पहिला जस्तो हाबी हुने स्थिती छैन, काँग्रेस, एमाले ले मा पनि आफ्नो कार्यकर्ता बाहेक अरु को को खासै आकर्सन छैन,,,,नया सक्ति राप्रपा नेपाल नै हो अहिले को वर्तमान परिपॆकछ मा, प्रथमै नभए पनि साचो रुपी भूमिका मा आउने निश्चित प्राय छ,,,

    Reply
  68. akash says:
    July 17, 2013 at 11:52 pm

    कसको चुनाब चिन्न कुकुर हो,मा तेस्लाईनै भोट हाल्छु तर नेता कुकुर जतिकै नुनको सोझो गर्नु पर्छ

    Reply
  69. bharat says:
    July 17, 2013 at 11:43 pm

    यकिकृत माओबादी= १ साथ 26% मत
    कांग्रेस=२ साथ 24% मत
    एमाले=३ साथ 19% मत
    मदेशी सबै=४ साथ 8% मत
    राप्रपा कमलथापा=5 साथ 8% मत
    राप्रपा=६ साथ ५%
    माओबादी बैध=7 साथ 5% मत
    अशोक राय=८ साथ २% मत
    माले=९ साथ १% मत
    अन्य सबैको=१० साथ 2% भन्दा कम

    Reply
    1. sagar says:
      July 18, 2013 at 4:38 am

      कसरि गर्नु भो साथी यो प्रतिशत ? ठ्याक्कै निकाल्नु भो त
      के तपाई निर्वाचन आयोग को प्रमुख हो ? कि भारतीय agent ?
      हा हा हा

      Reply
  70. resham says:
    July 17, 2013 at 11:41 pm

    नेकपा एकिकृत माहोबदी

    Reply
    1. Kumar says:
      July 18, 2013 at 6:53 am

      साथी रेशमलाई पार्टिको नाम समेत थाहा छैन रैछ…….. कतै तपाईले भन्न खोज्नु भएको एकिकृत नेकपा माओवादी त हैन ?

      Reply
      1. madan bajracharya says:
        July 18, 2013 at 11:57 pm

        कुमारज्यु
        “माहोल” सब्दले मौसम बा परिस्थितिलाई बुझाउञ्छ/ जय मावोबाद भनेर कुर्सीमा टिक्न नसकिने र जय हिन्दुस्थान भने मात्रै कुर्सि र सट्टा पाउने “माहोल” भयकोले माहोल हेरेर छेपारोले झैँ रंग बदल्ने पार्टीलाई रेशमज्युले माहो(ल)बादी भन्नु भयको हो कि जस्तो लाग्छ/

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme