नेपालमा केही हुँदैन। सब चोर छन्। सब भ्रष्ट छन्। फोहरको डुङ्गुरमा बसेर कसरी वासना आएको छ भन्ने ? नकारात्मकताको बीचमा बसेर कसरी सकारात्मक सोच्ने ? यहाँ केही हुनेवाला छैन। भत्किसक्यो, सिद्धिसक्यो….!!
अहिले नेपालमा अधिकांशको विचार यस्तै छ। तर सिकिस्त रोगले थला परेर आफू मर्छु भन्ने थाहाभइसकेको मान्छेलाई बाँच्ने आशा हुन्छ। डुबिरहेको मान्छेलाई एउटा सिन्काले पनि आफूलाई पार गर्ने भर हुन्छ। उज्यालो मन पराउनेले अँध्यारोलाई पनि मन पराउनै पर्छ। किनभने रातको अँध्यारो नभई बिहानको उज्यालो संभव छैन। चारैतिर निराशा छाएको बेला केही आशा गर्ने ठाउँ नेपालमा के-के छ त ?
काठमाडौँ-कुलेखानी-हेटौडा सुरुङ मार्ग – ४ वर्षभित्र
अनुमानित कार्य सम्पन्न मितिः चार वर्ष
काम थालिनेः यसै वर्ष
कार्य प्रगतिः ३५ अर्ब लगानी लाग्ने, सामान्यतया बैँक ३०-७० को मोडलमा (३० प्रतिशत लगानीको प्रत्याभूति भए ७० प्रतिशत लगानी गरिदिने) जाने भए पनि कुशकुमार जोशीको टिम यसमा ५०-५० को मोडलमा जान खोजिरहेका छन्। अर्थात् १८ अर्बको खोजी। युरोपका केही देशबाट त्यहाँ बस्ने नेपालीले एक अर्ब लगानीको प्रतिवद्धता जनाइसकेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले पनि एएनएमार्फत् लगानी गर्ने भएका छन्। अहिले आइपिओ खुला नगरिसकेको भए पनि रुपियाँ एक लाख र रुपियाँ १० लाख लगानी गर्न सक्ने सेयरधनीको खोजीमा उनी देशविदेश धाइरहेका छन्। अमेरिकाबाट उनी जापान जाँदैछन्। कुशकुमारलाई भेट्दा लाग्छ, सुरुङ मार्ग पक्कै बन्छ। त्यति कन्फिडेन्ट छन् उनी।
रेलमार्ग
के हुँदैछः पूर्व-पश्चिम रेलमार्ग आयोजना अन्तर्गत १०८ किलोमिटर लामो बर्दिवास-सिमरा खण्डको रेल्वे लाइन निर्माण कार्य यही आर्थिक वर्षमा सुरु गरिनेछ।
सिमराबाट बुटवलसम्मको खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ यही वर्ष। यसका लागि यो वर्षको बजेटमा १ अर्ब ४० करोड छुट्याइएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलहरु
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण र बस्ती पुनःस्थापना कार्य भइरहेको छ। यो विमानस्थल बनाउन पनि सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा उड्ने जहाज, यात्रुहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ। यसका लागि इच्छुक कम्पनीहरुले तयारी गरिरहेका छन्।
सडक
• काठमाडौँ-तराई-मधेश फास्ट ट्र्याक आयोजनाको ट्रयाक खोल्ने काम करिब करिब सकियो। यो बनाउन सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा गुड्ने गाडीहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ।
• मध्यपहाडी लोकमार्गको कूल १७७६ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ। यो वर्ष बाग्लुङ-बुर्तिवाङ, जोरसाल-मझिमटार, घुर्मी-खुर्कोट, हलेसी-दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र गणेशचोक-चियोभञ्ज्याङ खण्ड कालोपत्रे हुनेछन्।
• गत वर्ष मनाङ केन्द्रीय सडक सञ्जालसँग जोडिएपछि अब सदरमुकाम जोडिन बाँकी डोल्पा र हुम्ला जिल्ला मात्र रहेका छन्। ती जिल्लामा यही वर्ष मोटरबाटो पुर्याउने लक्ष्य राखिएको छ।
• काठमाडौँको लाइफलाइन मानिएको त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डमा सुरुङ मार्ग बनाएर सीतापाइलाबाट बाटो निकाल्ने बारे सम्भाव्यता अध्ययन यो वर्ष गरिनेछ।
• रानी-इटहरी-धरान, वीरगञ्ज-पथलैया र बेलहिया-बुटवल सडक खण्ड छ लेनमा विस्तार हुँदैछ।
• काठमाडौँको चक्रपथमा कलंकी-कोटेश्वर खण्ड ८ लेनको बनाउने काम अर्को महिना सुरु हुँदैछ। यहाँ बल्खुबाट स्वयम्भूतिर जाने छोटो बाटो जमिनमुनिबाट बनाउने तयारी छ।
मेलम्ची आयोजना २०७२ मा सकिने
चाइनिज कम्पनी चाइना रेलवे कन्स्ट्रक्सनले धोका दिएपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ बनाउने कामका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग सोमबार सम्झौतामा हस्ताक्षर भएको छ। २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा चार किलोमिटर मात्रै खनेर टाइममै सकाउने भए थप चार अर्ब चाहिने चाइनिज कम्पनीले बताएपछि सरकारले ठेक्का रद्द गरेको थियो। उसले सम्झौता अनुसार काम गरेको भए यही वर्षको सेप्टेम्बरभित्र काम सकिसक्थ्यो। ठेक्का रद्द भएपछि १० महिना यत्तिकै भयो। पोहोर डिसेम्बरमा नयाँ टेन्डर आह्वान गर्दा चीन, जापान र इटालीका कम्पनीहरूले टेन्डर हालेका थिए। त्यसमध्ये ७ अर्ब ७२ करोड ३४ लाख रुपियाँको प्रस्ताव गर्ने इटालीको कम्पनीसित हिजो सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा ३६ महिनामा काम सकाउने भनिएको छ।
जलविद्युत
• देशभित्रैको स्रोतबाट बनाउन थालिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना निर्माण कार्य भइरहेको छ। यो वर्ष थप २ अर्ब बजेट पाएको छ यो आयोजनाले।
• नेपालको दोस्रो ठूलो जलाशययुक्त जलविद्युत आयोजना तनहुँ जलविद्युत आयोजना (१४० मेगावाट) को निर्माण यो वर्ष सुरु हुनेछ। एक अर्ब ५ करोड बजेट छुट्याइएको छ यसका लागि।
• ६० मेगावाटको त्रिशुली तेस्रो ए, ४२ मेगावाटको माथिल्लो मोदी, ३२ मेगावाटको राहुघाट, ३० मेगावाटको चमेलियागाड, १४ मेगावाटको कुलेखानी तेस्रो अहिले बन्ने क्रममा छ। ८७ मेगावाटको तामाकोशी पाँचौँ र २० मेगावाटको अछामको बूढीगंगा जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार हुँदैछ। यही वर्ष निर्माण कार्य सुरु गर्ने भनिएको छ।
• ६०० मेगावाटको बूढीगण्डकी, ५३० मेगावाटको तमोर, ४०० मेगावाटको नलसिंगाड, ३०० मेगावाटको दूधकोशी र ३०० मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत डिजाइन र वातावरणीय अध्ययन यो वर्ष हुनेछ।
• ३३५ मेगावाटको माथिल्लो अरुण र ४० मेगावाटको त्रिशुली बी जलविद्युत आयोजनाहरुबो सम्भाव्यता अध्ययन यो वर्ष सुरु हुनेछ।
विविध
• व्यवस्थित, योजनावद्ध सहर नै भएनन् नेपालमा। त्यसैले मध्य पहाडी लोकमार्गमा पर्ने फिदिम, वसन्तपुर, खुर्कोट, गल्छी बैरेनी, डु्म्रे भन्सार, बुर्तिवाङ, चौरजहारी, राकम कर्णाली, साँफेवगर, वैतडी पाटन गरी दस स्थानमा नमूना सहर विकास कार्यक्रम अहिले सञ्चालन भइरहेको छ। यो वर्ष आठ सहरी कोरिडोर विकासका लागि बजेट छुट्याइएको छ।
• दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्मसिटी बन्दैछ।
आर्थिक अध्यादेशले यस्तो व्यवस्था गरेको छ –
• सडक, पुल, विमानस्थल, सुरुङ मार्ग
निर्माण र सञ्चालन गरेमा वा ट्राम, ट्रलीबसमा लगानी
गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको
दरमा चालीस प्रतिशतले छूट हुनेछ।• राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा
सहुलियत : राष्ट्रिय महत्वका जलविद्युत आयोजना,
अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा
सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास
आयोजना तथा तीन सयजनाभन्दा बढी स्वदेशी
कामदारलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा
बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने
उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर
उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत
मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने
छैन।
सबैभन्दा ठुलो कुरा ईच्छा शक्ति हो, चाह्यो र गर्यो भने असम्भव केहि छैन हिजाका दिन ३० -४० बर्ष अघि कोरिया नेपाल भन्दा गरिब थियो आज लोभलाग्दो बिकाश गरेका छन् संसारलाई चकित पारेका छन् यस्ता उदाहरण कैयन छन् देश बनाउन भिजन भएको ईमान्दार नेता र मेहेनत गर्ने बफादार जनता भए पुग्छ . हामि सबैले एउटा सोच र सकल्प गरौ . नेपालीले संसार भर किन दु:ख मात्र पाउने? कुनै दिन नेपालमा पनि बिदेशीको काम गर्ने ताती लाग्न सक्छ . यो असम्भव छैन नेपाल प्रकृतिको अनुपम नमुना हो यसलाई सहि सदुपयोग गरौ.
बले, धर्मेन्द्र आदि आदिले सर्ट-स्विट कुरा गरे! अल दि बेस्ट म नि भन्छु मेरो देश! “मेरो पनि भविष्यका प्लान छन्, तर अहिले चै डामाडोल छन् नेताहरुका देश जस्तै, असफल ब्यापारी जस्तै, प्रेमी-काले प्रेममा धोका पाए जस्तै, जुवाडेले जुवामा करोडौ हारे जस्तै-जस्तै कस्लाई के-के, कसरि भन्ने..”
यो लेख पढेर सार्है खुशी लाग्यो र नेपालको उज्वल भविष्यको कामना गर्दछु !!!
नेपालको बिकाशको बारेमा केहि कुरा खुलस्त गर्दछु
(१) “KARNALI PROJECT”
कर्णाली आयोजनाकोलागि इन्जिनियरिंग छात्रवृति २०३१/३२ मा सुरु भयो र बार्षिक ५०/५०, ५०० इन्जिनियरिंग छात्रवृति
कर्णाली आयोजनाकोलागि इन्जिनियरिंग पढेर फर्कनेहरुपनि नेपालमा सडक, खानेपानी, बिधुत, सिचाई, हवाई, संचार, स्थानीय बिकाश इत्यादी इत्यादीमा अधिकृत भए र हाल निबृत हुने क्रम मा छन् तर “कर्णाली आयोजना” जहाँ को त्येही
(२) “MELAMCHE WATER SUPPLY PROJECTS”
सरकारी सेवाको सिलसिलामा २०३८ साल तिर मेलाम्चे घाट हुदै इन्द्रावती नदि तरी पटक पटक हेलम्बु जाने अवसर पाए
सोहि बेला मेलाम्चे घाट भन्दा केहि माथिबाट काठमाडौँकोलागी खानेपानी बनाउने योजना गर्ने भने जानकारी पाएको थिए, यो ३२ बर्ष मैले थाहा पाएको कुरा हो तर नेपाल सरकारले पन्चबर्षीय योजनामा राखी सर्वसाधारण नेपालीहरुले थाहा पाएको नै २५ बर्ष हुदै छ
आशा गरौँ २०७२/७३ साल सम्म राजधानीमा मेलाम्चे आयोजनाको पानी पुगोस
(३) OTHER “HYDRO POWER प्रोजेच्ट्स”
नेपाल को बिधुत उत्पादन क्षमता ९३,००० मेगावाट अर्थात ९३,०००,००० किलोवाट प्रति घण्टा भन्ने मेरो बिद्यार्थी काल देखि हाल सम्म धरै पत्रपत्रिका, रेडियो र अन्य संचार माध्यममा पटक पटक जानकारी हुदै आएको कुरो हो
जति जति नेपालमा बिधुत आयोजना थपिदै गयो दैनिक बिधुत कटौती बढ्दै गयो
“अरुण आयोजना” पछि पर्नाले हामी बिधुत उत्पादनमा धेरै पछि परेम तर “अरुण आयोजना” मार्ने नेताहरुलाई हामीले नेपाल प्रधानमन्त्री बनायौं !!!
(४) “SINDHULI-BANEPA ROAD”
यो सडक “जापान सरकार” ले बनाउन थालेको २५ बर्ष भै सक्यो
ढुख: लाग्दो कुरा के भने विश्वको सबैभन्दा ठुलो तेस्रो अर्थ तन्त्र भएको राष्ट्र जापानलाई (गत बर्ष मात्र चिन दोस्रो भएको) यो सडक बनाउन २५ बर्ष भन्द बढी लाग्ने ? यो अलि अलि गरेर दान दिने कुरा जस्तो हो
(५) “BILATERAL WATER RESOURCES PROJECTS WITH INDIA”
कोशी र गण्डक भारतलाई हाम्रा नेताहरुले बेचेको दोष लगाएको कुरा सुनेको दशको भयो
तर बिगत ५० बर्षदेखि नेपाल-भारत बीच नेपालमा कुनै प्रकारको जलश्रोत कार्यक्रम संचालन हुन न सक्नाले हामीलाईपनि नोक्सान मित्र-राष्ट्र भारतलाईपनि नोक्सान, पानी बगेको बगै बाढीले नोक्सान गरेकै गरेकै
मलाई लागेको केहि कुरा पोखेको हुँ
अब हामीहरुले गल्ति माथि गल्ति न गरौँ
यस ब्लगमा उल्लेखित बिकाश आयोजनहरुको सफलताको कामना गर्दै अहिलेलाई फुर्सद चाहन्छु
डा. सुरज श्रेष्ठ
तराईमा विकासको पूर्वाधार बनौन कम लागत पर्छ| क्षेत्रिय (अझ पहाडी) सोचलाई केहि दशक थाती राखेर राष्ट्रियस्तरमा नै तराईमा लगानी बढाउने हो भने सम्पूर्ण देशको विकास गर्न हामीले सोचे जति गारो हुने छैन र माथि देखेको देश रंगिन चित्र टाढा हुने छैन!
कमसेकम एउटा योजना चाहि छिट्टै पूरा होस्, जनताको स्फूर्ति बढाउन मद्दत पुग्नेछ|
सधै आस बिहिन र गरिब को झझल्को महसुस गराउने नेता तथा सरकार बाट यस्ता विकास को आयोजनाहरु ,रोजगार ,विकास अनि अर्थतन्त्रको सुरुवातले हामी नेपाली जो कसैको छाती गौरबले फुल्नो ठुलो कुरा रहेन तर यस्ता सफल कार्यमा तन, मन ,र आर्थिक रुपमा सहयोग गर्नु नै हाम्रो ठुलो कुरा मात्र navaie Nepal प्रतिको माया ममता र नेपाली हुनुकै सार्थक यसले चित्रण गर्नेछ ………..हामी देस बलियो बनाउन र बिस्वो सामुन्ने हाम्रो देस नेपाल भन्न चाहन्छौ र एक दिन अबसै देखौनेछौ…………जय नेपाल ,जय नेपाली
आफ्नो देश बिकाश भाको कसलाई हेर्न मन छैन र ? तर यहाँ खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ /
पड्दा त हर्सको आँसु आयो/, खै गफै धेरे गर्छन, हो कि होइन
एस्ता समाचारले धेरै नेपालीको को हौसला पक्कै पनि बद्छा| सबैले होस्टे मा हैंसे गरे यी मद्धेका केहि प्रोजेक्ट बन्ने पनि छन्|
यी कुराहरुलाई चतुराइन साथ कर्यवन गर्न सक्नु पर्दछ| त्यो भनेको के भने, चोर र भास्त्र दल र राजनीतिज्ञ हरु उनीहरुले बिउनै मास्ने गरि बेक्तिगत फाइदा लिन पाएनन् भने कसैलाई केहि गर्ने दिदैनन| यो हामीले राम्रै संग देखेको र भोगेको कुरो हो|
कुनैपनि राम्रो प्रोजेक्ट उनीहरुले हस्ताक्ष्येर गर्ने बेलामा कित मललाई कत्ति दिने, अथवा अर्को पार्टीले आफुले खान पाएन भने हुने नहुने कुरा गरेर कुरा मिल्नै नदिएर हाल सम्म कुनै पनि पूर्ण अजेत आउन दिएनन्|
संसार कुन मुर्ख पार्टीले देशको विकास बजेट रोख्छा? एस्तो गाइजात्रा नेपालका चोर नेता ले मात्र गर्दछन | तेसैले यी धुन्दकरिहरुलाई फाँसी चडाउने नियेम बन्यो र तेस्को इम्मदारी पुर्बक लागु भयो भने नेपाल विकास हुञ्छ म तेस्मा पूर्ण आशाबादी छु|
This is how we can think ! 🙂 🙂
FAIL = First Attempt In Learning
END= Effort Never Dies
NO = Next Opportunity
Think Positive
Bale
हामि जनताले पार्टीलाई भन्दा बिकाश र निर्माणलाई प्रोत्शाहन दिदै सहयोग गर्ने!
यस्ता योजना र परियोजनामा अनि जनताको सरोकार र जनताको आबस्यक्तालाइ सम्बोधन गर्ने कुरा र कार्यमा जनताको सहभागिता र लगानी समेट्ने!
लगानीको शुरक्षाको प्रत्याभूति गरिदिने!
जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने!
भ्रस्ट्राचार र भ्रस्टाचारिलाइ सुन्य शहनाशिलता लिने!
कुनै पनि बन्द र हड्ताल हुन नदिने वा तेस्को प्रभाब यस्ता बृहत योजना र निर्माणमा पर्न नदिने !
नीति अख्तियार गरि लागि परेमा यी कुरा असम्भब होइन!
प्रविधिमा दौडेको छ समय तेसैले प्रबिधि नसमेटियको बिकास कानो हुन्छ भने बिकाश बिनाको देश अन्धो!
यौटा देशको लागि सबैभन्दा महत्वोपुर्ण कुरा र बिकाशको जग भनेको यातायात हो! बिकाशको पूर्वाधार नै यातायात हो तर बिडम्बना हाम्रो देशमा बिगत ५० बर्षमा यातायातको अबस्था सबैभन्दा नाजुक छ, जति सडक बनेको त्यो पनि कहिले मानबिय आक्रोश मा प्रताडित छ कहिले प्राकृतिक प्रक्रोप मा अनि कसरि होस् बिकाश!
अब देशले सबै भन्दा पहिले यातायात को बिकाश गर्नुपर्दछ अनि बिध्धुताको!
नेपाल को विकास गर्नलाई यो माथिको बजेटले जुन निकास खोजे को छ, सोहि अनुरुप हाम्रो नेताले सहिरुपमा सहि तरिकाले कर्योनयन गरेमा अवस्य विकास हुनेछ.एस मा कुनै दुइ मत छैन!
तेस्को लागि स्थिर सरकार अथवा कर्मचारी स्यम्न्त्र राम्रो हुनु पर्छ अनि मात्र यो सब कुरा शम्भव छ जुन येइ ताल को राजनीति र नेताहरु बाट आश गर्न गारो छ तर पनि यो कुरा भनेको खासै गारो कुरा चै हैन तेस्को लागि राम्रो सयन्त्र बन्न मात्र जरुरि छ
मेरो देश फलोश फुलोश. मेरी छोरि ले कमसेकम मेरो बाबा को देश भनेर गर्ब त गर्न पाउन
जसरी नेपाली नेपाल छोडेर आज पलायन भैरहेका छन् त्यसरीनै तपाइकि छोरीले पनि पराइदेशलाइ छोडेर मेरो देश भनेर फर्किने वातावरण बन्छ , यदि हामीले भ्रष्टाचारी , अपराधि लाई बहिष्कार गर्न र राम्रा र इमानदारलाई स्थापित गर्न स्क्योउ भने .
माथि उल्लेखित योजना हेर्दा लाग्छ एउटा सुन्दर कल्पबृछ I राम्रो स्वप्न नदेखी, भोलि को सुन्दर संसार बन्दै बन्दैन I रोम एकै दिन मा बनेको होइन भन्ने त हामी सबैलाई जानकारी छदै छ I तसर्थ हामी सबै आ-आफ्नो ठाउँमा कर्तब्यनिस्थ, जागरुक, मिहिनेती र यथार्थबादी हुनै पर्ने भाको छ I
असम्भभ भन्ने कुरो त छदै छैन जे होस् सकारात्मक सोच राखौ /
अहिले भएको सरकार ५ बर्ष जति टिकेर निर्बिबाद रुपले काम गर्न पाए भने अवस्यनै हाम्रो देशले काँचुली फेर्न समय लगाउंदैन. उही राजनैतिक दलहरुको लुछाचुंडी चल्यो भने अझै १५-२०बर्ष आसै नगरे हुन्छ.
सकरात्मक सोच र दृण सँकल्प बिकाशको लागि नेता र जनताले लिने हो भने नेपालको मुहार फेर्न ज्यादा समय अबश्य लाग्ने छैन ।
सबैभन्दा मूख्य रुपमा माओवादीहरु अनि त्यस पछि अरु अरु दलहरु समेत सुध्रिएर जे काममा पनि आफ्ना भँडुवा कार्यकर्ता परिचालन गरेर भाँजो हाल्ने पेशा छाड्नु पर्यो अनि मात्र देशमा बिकास निर्माणले गती लिन थाल्छ कि भनेर सोच्न सकिन्छ । नत्र त जस्तो सुकै राम्रो काम शुरु गरे पनि यी लट्ठपुङहरुहरुले छिरिक्कै अगाडि बढ्न दिए पो ।
साथीहरु, कम्तिमा केहि गर्छु भन्ने हिम्मत र आट लिनेहरुलाइ सकारात्मक प्रतिक्रियाले भए पनि हौसला दिउ / कुनै पनि योजनाहरु सुरुमा महत्वाकांक्षि नै लाग्छन /
डेनमार्कमा लिडरशिप पड्दै गरेको एक student
हे भगवान हामि नेपालीहरुको कहिले बुद्धि आउला है ? जति खेर पनि उही नकारात्मक सोच हुदो रहेछ ,कम से कम काम त् गर्न दिउ! फेरी हामीले आफ्नो तर्फ बाट चै के गर्या छौ र ,नेपाली भएको नाताले ?पाएसम्म हामी नि कहाँ कम छौ र अरु भन्दा ,ठाउँ पो नपाको हो नि ?जाबो कतै लाईन लाग्नु पर्यो भने तेही गडबड गर्ने बानि परेको हामी नेपालीलाई आफ्नो कर्तव्य के हो त शिक्षित नागरिकलाई नै सिकाउनु पर्छ .साच्ची भन्ने हो भने हामीले अहिले सम्म अधिकार मात्र मागिरहेको छौ कर्तव्य भुलेर …….. सहरमा रमाउने साथीहरु को जान चाहनु हुन्छ गाउमा फर्केर भन्नुस त ?अनि किन कोइ दुख गरोस मौका मिलेको बेला बरु हामी पो सचेत भएर बिकाश मा सघाउने लाई मात्र भोट दिने अनि पुराना कर्म लाई नि मुल्याकन गर्ने अनि अरुलाई पनि गराउने हुनु पर्छ …..गालि गरेर मात्र देश त कहाँ बन्छ र ?त्यो त आफु नि लग्नु पर्छ आफ्नै स्तर बाट कि कसो >>>>>
आशा मात्र गर्ने हो कि.. अहिले भैरहेको सडक विस्तार त यति बिस्तारै भैरहेको छ भने यो योजना लागु हुन कति कुर्नु पर्ने होल हामी नेपाली जनता हरुले..
काम गर्न खोज्नेलाई सपोर्ट गर्नु नै पर्छ! यो सकारात्मक पनि छ!
तर रेल मार्ग, सुरुङ्ग मार्ग, केवलकार, अन्य उधोगधन्दा आदि जस्ता बिकाशका पूर्वाधार बनाउन आवश्यक electricity को व्यवस्था पहिला नगरिकन ठुला परियोजना कसरी बन्ला र ????
देश विदेशमा बस्ने नेपालीहरु, निजि र सरकारी सबै क्षेत्रबाट लगानीको वाताबरण बनाएर hydro-power मा लगानी गरि पर्याप्त बिजुली उत्पादन गर्न सके यस्ता ठुला परियोजना पनि बनाउन सकिने र नेपाल र नेपालीलाई पनि ठुलो आर्थिक लाभ हुने थियो!
माथि जलाबिध्धुत भन्ने शिर्षक भयको पाटो चाहि पढ्न छुटाको हो कि क्याहो?
खै त सालोक्य जी, मेट्रो छुट्यो नी।
बन्न त बन्ला, तर अबको १००/२०० ्बर्ष पछी बनेर के गर्ने , त्यती खेरा संसार फेरी कहा पुगीसकेको हुन्छ ! अब को ४ ्बर्ष भित्र सुरूँग मा्र्ग बन्यो भने यो जस्तो अचम्म को कुरा सँसार मा केही हुन्न ।
सब भन्दा ठुलो कुरो सकारात्मक सोच को हो असम्भब के कुरो छ र?तर नेताको भासन सुन्दा सुन्दा तुरुन्तै सब कुरो हुन्छ भन्ने काइते शोच हामी मा विकास भाको छ/नेता र सरकार को मुख ताक्नु भन्दा हामी मिलेरै काम गर्नु उपयुक्त हुन्छ पार्दर्सिता चै हुनु पर्यो लगानी नेपाली बाटै जुट्न सक्छ/
रामे आओस कि चामे, जो आएपनि यी योजनाहरू राम्ररी कार्यान्वयन गर्ने हो भने हाम्रो देशले अवश्य पनि फड्को मार्नेछ ।
आज बल्ल पुष्प दाई को सबै लाइक आएछ …
बिरलै देख्न पाइञ्छ
माओबादी को पुछार नभई कन यस्तै लेखनी गर्नुस मेरो पनि एक लाइक आउञ्छ
यसरी कागज मा कोरिएको सुन्दर सपना हेर्दा हेर्दै बुढो भैय्यो अब पुनर्जन्म लिएर आउनु पर्ला साच्चिकै फेरिएको नेपाल हेर्न …
४ टाउकेहरु मिल्ने हो र १० वर्ष पूर्ण बजेटको सरकार चल्न पाहुने हो भने २०१५ सम्ममा नेपालले अनुहार फेर्ने कुरामा दुइमत छैन!
“१० वर्ष पूर्ण बजेटको सरकार चल्न पाहुने हो भने २०१५ सम्ममा नेपालले अनुहार फेर्ने”
यो लाइनले त मलाइ,
‘सर आधा घण्टा यहि कुरिस्योस, म उ यहि गयर ढेड घंटैमा आउछु है!’
भन्नेकुरालाई पो सम्झायो त्!
२०२५ भन्याहो कि २०१५?
ब्रो २०२५ लेख्न खोजेको हो २०१५ भएछ ..गल्ति को लागि माफी चाहन्छु !!
गर्न सक्छु ,गर्नु पर्छ ,भन्ने भावना भए पछी असम्भव भन्ने कुरा केही पनि हुँदैन । हौसला दियो भने सुङुर त रुख चढ्न सक्छ । नेपालीहरु आफु केही गर्नु छैन । अरुको मुख ताकेर आफु आफु नै खुट्टा तान्ने,नानाभाती लफडा गर्ने,आफुलाई सानो फाईदा भयो भने अरुलाई पर्ने असरको ख्याल नगरने प्रबितीले गर्दा देश बिकास हुन नसकेको हो । कुनै पनि काम सुरु नभैकन समाप्त हुन्छ । सुरु नै हुन पाएको हुँदैन । तुरुन्तै बिरोध गर्छ ।
गर्न खोज्नेलाई पनि हतोत्साहित नगरोस ! भन्ने हाम्रो चाहना हो ! नेताका भरौटे हरुले जानेकै अनि सिकेकै तेस्तै छ ! जनता नेताका हाली भयिन्जेल यो प्रक्रिया दोहोरि रहनेछ ! नेतालाई मात्र गालि गरेर केहि हुने वाला छैन !
यो सब बिकाश हुन पहिले निम्न कुराहरु पुराहुनु पर्दछ,अन्यथा आकाशको फल आखा तरी मर हुन्छ /
१. आजका नेता र नीति निर्माताले भ्रस्टाचार गरि जोडेको सम्पति सबै रास्ट्रीय कारण गरेर,दोषीलाई सामाजिक बहिस्कार गर्नु पर्छ /
२.कालाबजारी गर्ने ब्यापारी हरुलाई पनि /
३. भ्रस्टचार गर्ने कर्मचारी लाई पनि /
नत्र फेरि तस्बिर का नेपाल निर्माण का योजना हरु ,नेपाल र नेपाली लाई यी ब्वासा हरुले चुस्ने र आफु मोटाउने नया अवसर मात्र हुन्छ /नेपाल र नेपाली को श्रम,समय र पैसा मात्र बर्बाद हुन्छ /
सबैलाई चेतना भया /
नेपाल मा एस्तो बन्न सक्छ तर बनाउन सकिदैन चित्रमा भबिस्य हेर्न हामीलाई बानि परेको छ …
आफ्नो देश विकास हुँदैछ भन्ने कुरा सुन्दा सन्चै मान आनन्द हुन्छ| धन्यवाद share गर्नु भएको मा| म १६ वर्ष देखि विदेश मा छु , बाहिरै पढे , बाहिर सानो तिनो काम हरु गरे| म सके सम्म हरेक २~३ वर्ष मा एकचोटी नेपाल जान्छु| र हालसाल को ३~४ वर्ष मा मैले देश विकास हुँदै गरेको धेरै उदहारण पाएको छु| युवा हरु बिदेश बाट फर्केर लगानी गरेको देखे| गाई पालन देखि software company मा सानो तिनो लगानी गर्दै नेपालमै काम गरेको आफ्नै आखा ले देखे| बैंक हरु बिस्तारै गाउ गाउ छिर्दै छन्, २ करोड संग फोन छ| पैसा को कारोबार र communication निक्कै सरल भई सकियो| जादु को छडी हामी संग छैन, समय लाग्ला , problems होलान तर १० वर्ष भन्दा आहिले म नेपाल पट्टि बडी आशाबादी छु| नेता हरु ले केहि गर्ने हैन, बेकार मा यिनी हरु लाई गाली गरेर किन समय फाल्ने? मैले, मेरो सानो saving सब नेपाल मै लगानी गरेको छु| किन किन एकदम विश्वास छ मेरो देश विकास हुन्छ भन्ने कुरा मा|
‘राजनैतिक स्थिरता र सबै बर्गको एकता आजको आबस्यकता
उज्यालो नेपालको अपेक्षा ‘
गर्छौ, अनि बनाउने भन्ने कुरो हाम्रो देश को लागि केवल कागजी ढोंग मात्र हो /पहिलो कुरो नेपाल मा राजनितीक प्रतिबदता प्राय सुन्य नै छ,दोश्रो पुर्बाधार बिकाश गर्न बिधुत को अति नै महत्व हुन्छ हाल नेपाली को घर मा जुन किरि को पिध बरु राती राम्रो चम्केला तर हाम्रो घर को बिजुली चम्कियेर बल्ने अवस्था मा छैन /यस्तो अवस्था मा ठुला गौरब का आयोजना सम्पन्न हुने मा शंका प्रसस्त देखिन्छ मेरो विचार मा पहिले राजनीतिक दल हरु लाई “दोशे ढुंगा” मा राखेर कसम खुवाए र पहिले प्रसस्त बिजुली उत्पादन गरेर अन्य बिकाश का काम अगि बढाए साएद रकम को जोहो निर्धक्क गर्न सकिन्छ/जाना जानी बन्ध,हड्ताल हुने देश मा कुन आखा फुटेको ले म लगानी गर्छु भनेर आउछ?बहुला कुकुर ले टोकेको छ र?
कुरो सुन्दा अलि आस लाग्छ … मलाई के लाग्छ भने भौतिक संरचान विकास को पाटो हो त्यो भन्दा नागरिक को चालचलन र बनि बिहोरा मा पनि विकास हुनु पर्छ …. नत्र बादर को हातमा नरिवल हुन्छ …. कयौं ठाउमा बिदेशी सहयोग मा परियोजना बनिकै हुन् हिजो पनि तर नेपाली उपयोग भन्दा दुरूपयोग गरे … सबै धोस्त परे क्यारे … पशुपति नाथ लै अब चाही कल्याण गरुन
होइन, घरमा बत्ति बाल्ने बिजुली नभएको बेला, सुरुङ मार्गमा कसरि बत्ति बाल्ने हो? सुरुङमा उज्यालो त चाहियो नै
मन दंग, फुरुंग भयो..फेरी एस्तो समाचार त पहिले कति देखियो पढियो जस्तो लाग्यो, पहिले पनि मन दंग भएकै हो, खोइ तेस्तै भयो. अहिले पनि आशा चाहि गरेकै छु.शायद म जस्तै करोडौ नेपाली को चाहना येही नै हो. देश बनोस, देश ले निकाश पाओस. जय नेपाल.
रेग्मी जस्तै इज्जत र प्रतिष्ठा अलिकति भयपनी नैतिकता भयको ब्यक्तित्वो मा सरकार अलि लामो समयसम्म स्थाई भयर बस्न सक्यो भने त बन्ला ! त्येही बाँदरको हातमा नरिबल खेल्य जस्तै खेली रहने र देश लुटिरहने र फुस्रा कुरा गरेर नेपाली झुक्कीई रहने हो भने मेलम्ची लै उदाहरण को रुपमा हेरौं न !
मानिस प्राय हिजोबाट निर्देशित हुन्छ किनकि हिजो जे भएको थियो त्यो यथार्थ हो र भोलि जे हुन्छ भनिन्छ त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ | यस अर्थमा नेपालमा अहिले सम्म राम्रा काम थोरै मात्र भएको हुनाले भन्ने बित्तिकै पत्याइ हाल्ने स्थिति रहँदैन | तर एउटा कटु सत्य के हो भने यी माथि उल्लेखित कुराहरु आजको प्रविधिको विश्वमा अत्यन्तै सामान्य कुरा हुन् र आज नभए भोलि नत्र पर्सि कुनै न कुनै दिन अवस्य हुन्छन र हुनै पर्छ | बिकसित पश्चिमा देशहरुमा पूर्वाधार बिकाश भैसकेकोले ती क्षेत्रमा काम गर्ने मानिसहरु/कम्पनिहरु अहिले बेकम्मा जस्ता भएका छन् र नेपाल जस्ता बिकाससिल देशमा लगानि गर्न अग्रसर छन् | सरकारी-निजी-साझेदारी यस्तो प्रणाली हो जसमा सरकारी स्पस्ट नीति मात्र भए पुग्छ, न सरकारको आफ्नो बजेट चाहिन्छ, न दक्ष जनसक्ति नै | सरकारले लगानि गर्ने वातावरण मात्र बनाए पुगिहाल्छ | त्यसैले नेपालमा बिकाश निर्माणका पूर्वाधार पक्कै तयार हुन्छन, तर जतिसक्दो चांडो भएको राम्रो |
अर्को कुरा, हामीकहाँको सब भन्दा ठुलो भ्रस्टाचारको रोग पनि बिस्तारै प्रविधिको प्रयोग गरेर निर्मुल नै नभई पनि कम गर्न सकिन्छ | जस्तै कुनै पनि सरकारी कार्यालयका फर्महरु अनलाइन मार्फत राख्ने र सम्भव भएसम्म भर्न समेत मिल्ने बनाए त्यहाँ हुने भ्रस्टाचार त्यसै घट्छ | तर त्यसको लागि जनचेतना त आवस्यक हुन्छ नै, जुन बिस्तारै समयसंगै बिकाश हुँदै जाला | धन्यबाद |
Dr , दाहाल, र USA लेखेकोले गर्दा dislike ठोक्दिएछन साथीहरुले|
के गर्ने प्रमेश जी, आफ्नो जे परिचय हो त्यो त दिनै पर्यो, अरुले मन पराए पनि, नपराए पनि | अमेरिकामा बस्ने सुबिधा प्रयोग गर्ने अनि ठुला गफ गर्ने भन्ने आरोप हामीलाई प्राय लागिरहन्छ र मेरो त्यसमा कहिले पनि कुनै आपत्ति हुँदैन, किनकि मैले त्यसलाई देश छोडेर हिंडेको सजायंको रुपमा लिएको छु र सधै शिरोपर गरिरहन्छु | अब प्रश्न उठ्छ त्यसो भए किन देश नफर्केको त भन्ने | अमेरिकामा बस्ने अरुको बारेमा मलाइ थाहा भएन तर म चाहिं देश फर्किने वातावरण बनाइरहेको छु किनकि मेरो Ph.D. भर्खरै सकिएको हो र अलिअलि पैसा नलिकन नेपाल गएर पनि त भएन | हुनसक्छ मैले बनाउन खोजेको वातावरण कहिले पनि बन्दैन र म अमेरिकाको अमेरिकै रहन सक्छु, तर पनि देश फर्केर केहि गर्ने मेरो भित्रि इच्छा अथवा भनौं मृगत्रिस्णा कहिले पनि हराउँदैन, बरु अझ बढ्ला | त्यहि भएर देशका यस्ता सकारात्मक समाचारले मलाइ सधैँ तानिरहन्छ, निरन्तर निरन्तर …….
हा हा, मन पर्ने र मन नपर्ने को कुरान होइन नि दाहाल जी, प्रमेश जी ले तपाई ले Dr, लेखेर अलिक braggin गरेको हो कि भनेको मात्र हो नि !
“academia.stackexchange.com” को एउटा आनसर तपाई को लागि ! 🙂
” “Dr Name, PhD” is redundant, so this usage is often discouraged. If you are going to indicate the degree, I’d recommend “Name, PhD” rather than “Dr Name” since it’s more informative (at the very least it will keep anyone from thinking you are a medical doctor). In the U.S. it’s not common to indicate the university, but I think I’ve seen it more often in other countries.
I’d suggest thinking carefully before indicating your degree on a business card. Some people without PhDs may respond bitterly, like you are bragging about your accomplishments or implying that your expertise is more valuable than theirs. At the same time, some people with PhDs will look down on it as well, in a status hierarchy:
Some insecure people without PhDs feel resentful and don’t want to be distinguished from PhD holders.
Some insecure people with PhDs try hard not to be confused with group 1, thereby irritating those people all the more.
Some better-established PhD holders aren’t worried about being confused with group 1, but now they don’t want to be confused with group 2, so they pointedly denounce emphasizing your degree as being tacky and in poor taste.
As a rule of thumb, I would omit the degree from your business card unless it’s important for your credibility (i.e., the skills from your PhD are professionally important and people would otherwise assume you don’t have them).
The one situation in which you should absolutely not indicate a degree is if it’s irrelevant. For example, if you’re an accountant with a PhD in literature, then your business card should not read “Name, PhD.”
“
त्यसो भए डा.को उपाधि नै किन राखेको त, Ph.D. लाइ दिने भनेर ? Bragging गर्नुपर्ने केहि छैन तर यत्रो बर्षौं सम्म रातदिन मिहिनेत गरेर प्राप्त भएको उपलब्धि, इमान्दारी पूर्ण रुपमा भन्नु पर्दा, जानकारी दिन खोजेकै हो | हाम्रा नेपालका नेताहरु, राम शरण महत, प्रकाश शरण महत, बाबुराम भट्टराइ लगायत अरु क्षेत्रका बिज्ञहरु जो Ph.D. हुनुहुन्छ, लाइ डा. नभनि सम्बोधन गरेको सुनिंदैन त ? सबै कुरामा नियम नै खोज्ने भन्दापनि प्रचलन अनुसारको काम गरिन्छ नि | अर्को कारण मैले अरु-अरुतिर पनि लेख्दा यसरि नै लेख्ने भएकोले एउटै मान्छे हो है भन्ने देखाउन पनि एउटै तरिकाले लेखेको हो |
राम्रो पनि सोचौं है साथी हो ! पापी हरुका दिन गए अब सबै राम्रा दिनहरु आउने छन् | जे नेपाल
The above mentioned development is not impossible but looking into the budget amount allocated, there are rooms to doubt on the implementation part of it. For example
Activities Budget (NPR)
International Airport Development 1 Billion and 810 Mn
Energy Development 30 Billion
The list goes on: just from the budget allocation question raised that how much can we achieve out of this investment???? If we make this much investment in a year and keep on injecting investment each year same amount of money or double of the money how long it can take to accomplish the project????
I think to make the above mentioned development happen, capital allocated in the first year is not enough.
I would like to request to the Gentleman who have posted this blog, if possible, could you please post the cost figure (Excluding inflation and interest cost) of those above mentioned investments then from rough calculation we can anticipate and foresee when those developments will be completed in Nepal.
Thanks for posting the blog. Looking forward to getting posted the total outlay of the above mentioned developmental investment.
पहिलो कुरो राजनैतिक प्रतिबद्धता हुनु पर्यो यस्तो सपना सकार हुन लाइ | दोश्रो, मावोवादी माथी नियन्त्रण हुनु पर्यो किनकि जुन सुकै फलदायी परियोजनामा भाँजो हाल्ने यिनीहरुनै हुन् | बाटोघाटो, जल परियोजना, सुरुङ्ग मार्ग, खानेपानी आयोजना, केवल कार, द्रुत रेल सेवा, सडक विस्तार, देशव्यापी नीजि क्षेत्रको मोबाइल फोन सेवा, अन्तर्राष्ट्रिय फास्ट फूड चेन, होटेल, एयरपोर्ट आदि आधुनिकीकरण र दीर्घकालीन रुपमा राष्ट्रलाई नै फाइदा हुने खालको कुनै पनि काम मावोवादिले रुचाउदैनन र विरोध गर्नु उनीहरुको धर्म, जात र संस्कार नै भएको छ | त्यसैले चाइना, यु-के, अमेरिका, युरोपतिरको जस्तो पूर्वाधार यसरी तस्बीरमा दिए जस्तै बनाउनु छ भने ती देशहरुको जस्तै कडा कानून, सिस्टम, पब्लिक कन्ट्रोल, आदि तरीका पहिला ठीक पार्नु पर्छ, नत्र खत्तम छ | लाखौँ लाख नेपालीहरु विदेश गएर देखेर, सिकेर, पढेर घर फर्केका छन्, अब त बिरोधको संस्कृति फाल्ने हो कि पहिला ?
कुरा एकदम सहि हो, हामि नेपाली आफ्नो सानो स्वार्थ को लागि नेपाल देश को स्वार्थ चाहि भुल्ने गर्छौ.
यी त भए पुर्बधार का अपर्याप्त कुरा मात्रै ! साचो बिकाश त तब हुन्छ जब कृषि, उधोग मा आधारित कुरा हरु जसले पर्याप्त रोजगारी उपलब्ध गराई नेपाली लाइ खाडी को घाम बाट बचाउछ !
चुनाब मा खर्च हुने ३० अरब विकासमै लागाय भो किन चाहियो चुनाब ? यहि सरकारलाई यथाबत राखेर राजनीतिज्ञ हरुले शाशन पद्दती लाइ नियन्त्रण मा राखे हुन्न? जब सम्म आधारभूत नुनतम बिकास हुन्न तब सम्म चुनाब नगरे हुन्न…
त्यति साह्रो निराश पनि नहोउँ…बन्दैछ नेपाल.. हो साच्चै बन्दै थियो नेपाल २०४६ पछिको प्रजातान्त्रिक सरकारले लिएको बजार मुखी अर्थनीतिको प्रभावले बित्तिय संस्थाहरु धमाधम खुलिरहेका थिए, सहकारी आन्दोलनले गाउँ गाउँमा लहर लेराएको थियो, न्यून आय भएका सिमान्तकृत समुदाय र आमा समूह मार्फत एउटा सानो तिनो आर्थिक क्रान्तिनै सुरु भएको थियो । सुचना र प्रविधिको कुरा गर्ने हो भनेत नेपालले यति ठुलो फड्को मारेको छ यो सब प्रजातन्त्रको देन हो । त्यति बेलै सुरु गरिएको मध्य पहाडी राजमार्गको संजाल आज दुइ जिल्ला बाहेक पुर्व मेची देखि पश्चिम महाकाली सम्म जोडिएको सडक संजालमा जोडिएको छ आजको नेपाल । दक्ष चिकित्सक उत्पादन गर्ने मेडिकल कलेज देखि दक्ष चिकित्सक उत्पादन उत्पादन गर्ने काठमाडौं र पुर्वान्चल विश्व बिद्यालय खुले जसले दक्ष चिकित्सक र दक्ष चिकित्सक उत्पादनमा ठुलो टेवा पुरयायो । दुर्भाग्य त्यस बिचमा जनताको प्रत्यक्ष सरोकार राख्ने उद्योग धन्दा र रोजगार बजारमा ठुलो योगदान पुर्याउने राज्य नियन्त्रित उद्योग धन्दामा चरम राजनीतिक हस्तक्षेप सुरु भयो भने गृह प्रशासनमा काँग्रेस र एमालले गरेको नाङ्गो नाचले प्रहरी प्रशासन मरे तुल्य बन्यो । केन्द्रिय सत्ता यति धेरै भ्रष्ट बन्योकी नियमन गर्ने निकाय पूर्ण रुपले उठ्नै नसक्ने गरि लथा लिङ्ग बने । राजनीतिमा एशियाकै नेता भन्न सकिने सम्मानित नेता कृष्ण प्रसाद भट्टराई दरवार र गिरिजा प्रसाद र छिमेकीको आँखाको कसिंगर बने र पटक पटक उनि निर्वाचन हारे त्यहि दिन देखि सतिले सराप्यो नेपालि जनतालाई र सत्ताको केन्द्रमा आइपुगे धुन्दुकारी गिरिजा प्रसाद कोइराला । शन्त नेता किशुनजीले कम्युनिष्ट देखि राजा सम्म अटाउने ४७ को संबिधान र आफु हारेर पनि प्रजातान्त्रिक सरकार दिए तर उनलाई दरवार र गिरिजा प्रसाद र छिमेकीले अपमानको विष पिलायो । जनता नामको जनवारहरु थपडी बजे रहे.. त्यस यता देसले जे ब्योहर्दै छ जग जाहेर छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्स सकियो । समाप्त पार्ने र लुट्ने खेलमा गिरिजा प्रसाद कोइराला देखि एमाले कसैले बाकी केहि छोडेनन् । उता छिमेकीको घरमा बसेर छिमेकीकै बन्दुक बोकेर भाइ भाइ मर्ने र मार्ने युद्द सुरु गरे बाबुराम र प्रचण्डले । भत्काय ४२०० गाउँ विकास भवन त्यतिनै स्वास्थ्य चौकी, पुल पुलेसा । युद्दमा पनि प्रजातान्त्रिक सरकारले लिएको बजार मुखी अर्थनीतिको प्रभाव कायमै रह्यो । तत्कालिन अर्थ मन्त्रि राम शरण महतको आर्थिक नीति स्वाबलम्बी र आन्तरिक राजस्वमा आधारित बजेट र करको दायरामा सबैलाई ल्याउने नीतिले आन्तरिक राजस्व परिचालनबाट पुर्बधार विकास निरन्तर जारी रह्यो । सकारात्मक संकेत अर्थात् पुर्बधार विकासले ढिलो तर गति पछ्याई रह्यो । तत्कालिन अर्थ मन्त्रि राम शरण महतको अरुण तेस्रो बनाउने योजना छिमेकी, एमाले र जल माफियाले असफल नपारेको भए आज मुलुकमा लोड शेडिंग हुन्नथ्यो । नेपाली शेनाले तत्कालिन अर्थ मन्त्रि राम शरण महतको पहाडी राजमार्ग बनाउने योजनामा युद्द कलम पनि निरन्तर साथ् दियो । खै यति धेरै मान्छे मारेर, ध्वंस गरेर देस खरानी पारेर हिड्ने बैरिका चाटुकार प्रचण्ड बाबुरामले यति बेला भुंग्रोमा हाल्दिए नेपाल र नेपालीलाई । मरेअर गयो गिरिजा त्यो दानवको के कुरा गर्नु ? त्यति साह्रो निराश पनि नहोउँ…बन्दैछ नेपाल, बनिरहेका छन् विकाशका पूर्वाधार ..मात्र खाचो छ मेरो ठाउँ र मेरो गाउँको लागि मैले के गर्न सक्छु ? हो मैले गर्न सक्छु जे सक्छु आज गर्छु अहिले सुरु गर्छु ।
It’s good news. Hope the companies involved in construction works of fast track, other roads/railroads and products have proven track record of excellence. Almost all Nepali companies, contractors, and engineers are very corrupt; they do not work for the welfare of people. Most of them do not have sense of service and the roads start cracking after 6 months of seal coating. The roads constructed should be strong enough with sound infrastructures to remain good for minimum 50 years and the bridges for 100 years. Let the contractors not cheat government and people. There should be constant monitoring by non-corrupt officers (if there are any?) re the quality of roads and other products, and the contractors should be punished if they are found producing low quality works/products. The government should work deliberately make an sign contract that includes the quality products.
Last but not least, political parties and cadres please DO NOT play any DESTRUCTIVE roles in the developmental works in future for your person gains (e.g., politics, donations, ideological influence etc.).
हो राजनैतिक पार्टीका ट्रेड युनियन र भात्री संगठन बाट साबधान हुनु पर्छ | यिनीहरुले देशको बिकाश भन्दा पनि आफ्नो निजि स्वार्थ मात्र हेर्छन | लगानीकर्तालाई सबै पार्टीहरुले सुरुमै लगानीको सुरक्षाको ग्यारेन्टी दिनु पर्छ | मोहन वैद्य वा अर्को कुनै कम्युनिस्ट पार्टी केहि गरि सत्तामा आयो भने पनि लगानीकर्ता ले स्वतन्त्र रुपमा आफ्नो ब्यबसाय गर्न पाउनु पर्छ |नत्र कुन लगानीकर्ता लाइ बहुला कुकुरले टोकेको छ र बालुवा मा पानि खनाउला ?
लूक्स प्रोमिसिंग.
आकाशको फल , आँखा तरी मर् !!
तेती सारो पनि नभनुम मित्र.. नाम बिशाल सोचाई small !!!!
इनि सार्है small सोचाइका रहेछन, देश मा केहि गर्न सक्छु भन्ने हुती नभएर खैरेको भाडा माझ्न अस्ट्रेलिया गएछन, अनि आकाशको फल , आँखा तरी मर् त भैगयो नि| कहिले खैरेबाट मुक्ति पाउनु र देश को बिकाश हेर्न आउनु. बिचरा!!!!
नेपाल को बिकाश १००% सम्भव छ तेस्कोलागी हाम्रो युवा पिडि ले १ दशक समय दिनु पर्ने हुन्छ किनभने बिगत धेरै बर्ष समय हमीले दुरुपयोग गर्यौ | अब बिगतलाई सम्झेर या कसैलाई गाली गलोज गरेर हामीलाई केइ फाइदा छैन बरु हाम्रो समय मात्र नस्ट हुन्छ | समय हामीसंग धेरै कम छ अब हमीले जसरि पनि देश लाई एउटा बाटो मा लैजानु पर्छ नत्र हाम्रो नया पिढी ले पनि हामीलाई धिक्कार्ने छन् किनकि येत्रो टेकनोलोजी को युग मा पनि हामीले समय बर्बाद गर्यौ भनेर |
म ऑस्ट्र्लिया गएपछि मैले थाहा पाए हामी नेपाली आफ्नो देश म़ा सानो काम गर्न पनि लाज मान्छौ तर त्याँ बिहान ३ बजे मेरो साथी हरु पब सफाई गर्न जान्थे जो नेपाल म़ा हुँदा नेता गिरि गर्थे र कहिले काम गर्दैनथे..मैले पनि सरसफाई गरे भाडा माजे ..पैसा कमाए पनि संतुस्ती मैले पयिना बरु त्यो पैसा पनि कहिले बचेन त्याँहाको लाइफ साइकल नै यस्तो छ कि कमाएको पैसा बचौना र आफु त्यो जन्जाल बाट बाहिर निस्किन धेरै गार्हो रहेछ..पैसा कमाउने चक्कर म़ा आफ्नो उमेर गएको पत्तो हुन्न ..तेस्ता धेरै
बूढा मनिषहरु सर्बिया र मेसेडोनिया र अरबिक देश का संग संगत भयो ..उनीहरु अहिले पनि लेबर को काम गरेर बसिरहेका छन् ..कति त पढेलेखेका पनि रहेछन तर राम्रो काम नपाएकोले सर जीवन लेबर काम नै गरेर बसेचन किनभने काम पएना भने मोर्गेज तिर्न गार्हो हुन्छा तेइ भन्दा भन्दै आफुले मन लाग्ने काम गरेर पनि जिन्दगि बिताए ..
येस्तै येस्तै कुराले गर्दा मैले पनि धेरै सोचे र नेपाल फर्किएर आफ्नै देश मै दुखः सुक्खा गरि जिवुने निर्णय गेर जसो तसो नेपाल फर्कन सफल भए र अहिले यहि सानो बेपार गर्दै छु र समय लाई मैले एकदम बुझेको छु र जति मेहनत मैले विदेश म़ा गर्थे तेती नै म़ा यहाँ पनि गर्दै छु |
म अन्त्य मा के भन्छु भने विदेश म डलर कमाउने भनेर हामी जुन आफ्नो समय कुर्वान गर्छौं त्यो समय नेपाल म प्रत्येक नेपाली छाति मा हात राखेर काम गर्ने हो र काम को सम्मान गर्ने हो भने यहाँ जति डलर छ त्यो कतै छैन| नेपाल म़ा भएको प्राकृतिक पदार्थ, कला सामग्री, जडिबुटी लाई हमीले विदेश म़ा कुनै मिडल म्यान नराखी बेच्ने च्यान्नल बनाउनु पर्छ र देश प्रचार प्रसार विदेश म़ा गर्नु पर्छ र टुरिजम लाई व्यवस्थित पार्नु जरुरि पर्छ , यो हामी सबै नेपाली को दायित्व हो | धन्यवाद
सकारात्मक सोच राख्न खोज्छु तर मेलम्ची आयोजना अन्य आयोजनाहरुको हबिगत देख्दा यो सब कागजी बिकाश हो भन्ने थाहा छ. के गर्ने मलाई हामी नेपालीको बिस्वाश लाग्दैन.
सपना जस्तै लाग्यो यो कुरा पढ्दा खेरि त; के साच्चै नेपाल मा यो सबै होला त ? भए त कति जाति हुन्थ्यो आहा … लौ भगवान यो सबै सफल होस् नेपाल मा छिट्टै !!!
कुरो गर्न सजिलो छ, गर्न गार्हो छ !!! यी कुराहरु सुनेको पचासौ वर्ष भैसक्यो खोइत !!! तरपनि आशाबादी नै हौं न !!!
if any of this ever succeeds, I will cut my ear and nose. Nepal will never get developed.
Sagar ji,
you may cut your ear and nose, but i will difinetly cut my throat.
agreed Nepal will never develop.
stupid people. shame on you.
माथि भएका फोटो हरु हेरेरै पनि मन त दङ्ग पर्यो है…….आखिर बिकाश को पुर्बाधार भनेकै बाटोघाटो त हो त्यसपछि कृषि, कलकारखाना, व्यापार, ब्यबसाय आदि त यसै फ़स्टाउनेछन/ श्रम र सीप भएका नेपाली सबै ले आफ्नै देश मा राम्रो अवसर पाउनेछन् / कोहि पनि बाध्यता ले बिदेसिनु पर्ने थिएन, आफ्नो पसिना ले आफ्नै देश निर्माण गर्ने थियो /
लौ यस्तो काम चाही नरोकिकन फटाफट भए त हाम्रो सानो देश बिकाश हुन कति नै समय लाग्दो हो र ??
खोस्टो कागज मा लेख्न र डिजाइन गर्न नेपालीहरु सिपालु भैसके को छ / भासण जस्तै तेही भएर मेल्च्म्ची खानेपाने आएर सुख भोगेको राजधानी मा बागमती बासमती परिबर्तन भएको अनि जग्गाको भाउ न्युजिलंद भन्दा महँगो भएको रोजगारी प्रसस्त मात्र मा दिन सकेर विदेश मा गएर कामदार बनेर पैसा पठाएको तेही पैसा बाट सरकार टिकेको काठमन्दु एरपोर्ट मा पहिला टेक्ने बितिकै महिला हरुललै बिदेशमा कामगरे फर्किनलै जबर्जस्ति करनी गरेको , कति बिकाशक पाईला टेकेको ढुंगे युगमा पुगे पनि स्वोरग युगमा पुगेको धोति सिनेमा हेरेर / बलत्कार घटना पैले पिछे बढेको / जंगल सखाप गरे बतावार्ण प्रधुसन भए पनि थोत्रो धोतीको तेकानोलोजी गाडी चधेर मक्ख परेको , नेपाली पैसा सबै सखाप धोति कहाँ पुगेर , अनि MRP passport बनाउन ३महिना लाग्ने बिदेशमा राजदुताबास बाट बनाउदा येसरी कति बिकाश पन भएको देखाउने जनतालाई /
येही नेपाल को बिकाश भनेको /
यो कतै बजेट भासन को किताब बाट साभार गर्नु भएको हो कि ? अथवा कसैको चुनाबी पर्चा बाट लि इ ये को हो |
सुन्दै आनन्द लाग्ने |
बिकास को २ बाटा छन् यहा , एउटा आफैले गरिने आर्को समय ले छेक्न न सकेर , अथवा भनौ इन्दियन को कपट पूर्ण जालो छेडेर भित्रिएको | यहा भएको चै दोस्रो बाटो बाट भएको हो |
मा माई संसार को सबै जसो पोस्टहरु पदने गर्छु तर कमेन्ट वने खासै गर्दैन | आज को पोस्टमा चाही पहिलो कमेन्ट लेख्न मन लाग्यो | माथि का फोटो र कुरा हरु सुन्दा त नेपाल मा पक्कै केहि हुन्छ जस्तो लाग्छ तर १००% चाला वने पहिले को जस्तै हो .. जसले जे जति भासन छोडे पनि नेपाल मा बिकाश हुने सम्बवाना नै छैन … एक आर्का को खुट्टा तान्दै मा नेपाली हरु को जिन्दगि जान्छ | येति माथि भनिएका कुरा सम्भब हुने भए सायद अब को १०० वर्ष पछि होला . जय नेपाल |
नेपालि हरुले आश नै कहिलेपो मरेक छन्र ? बर्षइ पिछे औने बजेटमा अश्वासअन्को थुप्रो हुन्छ तर कार्यन्वेअन्मा केही पनि हुँदैन । १० घण्टा भन्दा बढी लोडशेदिङ्को मर खेपेको नेपालिहरुले १० बर्षा भयो होला । तर खोइ गरेको ? बजेट भासन आउनु अगाडि बालुवा मा पानी खान्यए सारी झरा तिरेर सडक र अन्ने कुरा मर्मत गरी अरबोउको स्वहाँ परेकाछन खोइ तेस्को सदुपयोग ? नेपालि हरुसँग लगनी गर्ने ठाउँ नपाएर सबै घर जग्ग म पैसा बगेको छ, खोइ सरकारले जलबिद्युतमा लगनी गरा ग्यरेन्टएए बस्छु भनेको ? मलाई लाग्छ यहाँ २० ३० अरब्को कुनै आयोजना बनाउन जनतबाट सजिलै पैसा उथ्छ । एउटा जबो बैंक को केही करोद्को सेयर खुल्दा अरबौको आबेदन पर्छ भने लगनिमा उचित प्रतिफल औछ भनेर सरकारले ग्यरेन्ति गरेको ठाउँमा जनतले पैसा नलगाउल ? नेपालमा नेपालीहरुले नै गर्न सक्ने धेरै कुरा छ । धेरै भन्दा धेरै कुरा बिदेशिको मुख ताक्नुपर्ने आबस्येक्त । मात्र काम गर्ने इक्षा सक्तिको ।
आशा गाह्रोउ माथिका योजना हरु चाडै र समयएमा पुरा होस् ।
Dear Devendra,
I am very optimistic about Nepal’s Development. But When I gave a thorough look into current budget allocation, the question “When” we will be able to achieve these developments came in my mind.
The above budget for infrastructure could complete only 5% to 10% of the work. Then we have to wait for 10 years at least to complete those mentioned project provided that economic, political and social system remains stable. And you also know the current scenario of Nepal.
So sometimes if we want to be practical, though being highly optimistic, we are bound and compelled to say that though these developments are not impossible but prevailing mind set of the leaders have made it almost impossible.
For the political leaders mind set, one burning example is the behaviour our leaders presented during the meeting with the Indian Diplomat visit in Nepal. Also I would like to reiterate the line of Dr. Lokraj Baral, “There is no foreign affairs policy so far developed in Nepal”.
May be infrastructure will be developed but what about the Sustainability of those development????
I liked your comments. I have been following your comments most often. Keep putting on your opinion.
झिनो आस त पलायो है मेरो मन मा यो presentation देखेर!!!!
२०७५ साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भनी पछि कालो धन लाई सेतो बनाउने मौका देकै हो नेपाल सरकार ले? मा सग त सुक्को छैन लौ कमरेटहरु हो तपाईहरु को लूट को कालो धन सेतो बनाउनुहोस मौका येही हो ? देस बिकाश पनि हुने कालो धन सेतो पनि हुने 🙂
मैले चै देख्न पाउदिन होला मेरो नाती ले चै पक्कै देख्ला छोरा ले पनि भन्न सक्दिन
ठिकै भन्नु भयो मनोज जी। बिश्वास गरिहाल्ने अाधार मैले पनि देख्दिन है! तर बिकास होस, यहि छ मेरो पनि कामना!
लाइपचि:ख, जर्मनी
यो साच्चै नै सह्रानीय काम हुनेछ। हामी सबैलाई बधाई अनि शुभकामना! सधै सकरात्मक सोचौँ।
केहि नभए नि ४० वर्ष त चोखै लाग्छ