-शान्ता चौधरी-
गाउँका अन्य कमलरी असुरक्षित देखेर आमा निकै डराउनुहुन्थ्यो । मेरी आफ्नै दिदी पनि जमिनदारको पन्जामा परिसकेकी थिइन् । त्यसैले पनि आमा चिन्तित हुनुहुन्थ्यो । उमेर पुगेकी, हुर्केकी छोरीलाई अरुको घरमा काम गर्न पठाउने इच्छा त आमालाई पनि कहाँ थियो र ? तर त्यसो नगरी बाँच्ने अर्को उपाय पनि त थिएन । त्यही चिन्ताले होला, आमा दिनदिनै दुब्लाउँदै जान थाल्नुभयो । चिन्ताले घरी–घरी बिरामीसमेत पर्नुहुन्थ्यो । मेरै कारण उहाँमा देखिएको यस्तो अवस्थाले मलाई पनि थप चिन्तित बनायो । मैले आमालाई अनावश्यक तनाव थोपरेको भान आफैंलाई भयो । त्यसैले आमालाई यस तनावबाट मुक्ति दिलाउनुपर्छ भन्ने पनि लागिरहेको थियो।
जमिनदारलाई सोधेर एक दिन आमाले मलाई घरमा बोलाउनुभयो । मेरो बिहे गर्ने कुरा गर्नुभयो । बिहे नगरेसम्म असुरक्षित रहने भन्दै उहाँले मलाई चाँडै बिहेका लागि प्रस्ताव गर्नुभयो । जमिनदारहरूको केरकार र अनुचित व्यवहारले उहाँ हैरान हुनुहुन्थ्यो । कलकलाउँदो, रहरलाग्दो हाम्रो जवानी देखेर जो÷कोहीको मन लोभिने अवस्था थियो । त्यसैले होला जमिनदारका छोरामात्रै होइन, जमिनदार स्वयम्को पनि व्यवहार अनुचित पाउँथ्यौ हामी । आमाको प्रस्ताव आए पनि मैले यति छिटै बिहे नगर्ने भनें । प्रस्ताव आउँदा भर्खर म १५ वर्षकी मात्र थिएँ । हुन त म आफंैलाई असुरक्षित महसुस भइरहेको थियो । ‘बिहे गर्दिन’ भन्ने अडान मैले लिएपछि आमाले पनि ‘जे मन लाग्छ त्यही गर’ भनेर मतलव गर्न छाडिदिनुभयो । साथीहरूको यौनशोषण भएको देखेपछि म पनि चिन्तित त थिएँ । यौन शोषणबाट बच्ने उपाय बिहे नै हो भने किन नगर्ने भन्ने पनि लाग्न थाल्यो । अनि ‘यौन शोषणबाट सुरक्षा हुन्छ भने म बिहे गर्छु’ भनेर आमालाई सुनाएँ । आमाले पनि ‘बिहे गरेपछि मात्रै तँ सुरक्षित हुन्छेस्, अन्यथा तेरो हाल साथीहरूकै हुन्छ’ भनेर धेरै पटक सम्झाउनुभयो ।
विवाह गर्ने भने पनि कोसँग गर्ने, कहिले गर्ने भन्ने न आफ्नो वशमा हुन्थ्यो न त बाबुआमाकै त्यसमा कुनै भूमिका हुन्थ्यो । मेरो विवाहको कुरा सुनेपछि जमिनदारले केटा खोजिसकेको जानकारी आमालाई दियो । पल्लो जमिनदारको घरमा कमैया बसेको हरिलाल चौधरीसँग बिहे गर्ने प्रस्ताव जमिनदारले राख्यो । म पनि हरिलाललाई राम्रोसँग चिन्थें । सँगसँगै काम गर्ने भएर होला, एक–अर्कालाई हामीले राम्ररी बुझेका पनि थियौं । हाम्रो बीचमा धेरै कुरा पनि मिल्ने गथ्र्यो । इज्जत लुटिएर पीडा सहनुभन्दा त विवाह नै गर्नु बेस होला भन्ने लागेर मैले स्वीकृति जनाएपछि हरिलाल चौधरीसँग २०५२ सालमा विवाह भयो ।
आफूले कोसँग बिहे गर्ने भन्ने निर्णय गर्ने अधिकार कमलरीलाई हुने कुरै भएन । मलाई पनि थिएन । त्यसैले जमिनदारले नै बिहे गराइदिए । तामझाम गरेर भोजभतेर गर्ने हैसियत पनि थिएन । बिहे निश्चित गर्नुअघि मलाई सोध्दा पनि सोधिएन । म अलि हकी स्वभावकी भएकाले हुन सक्छ, जमिनदारले मैले भनेको मान्दिन भनेर आमामार्फत् कुरा चलाएको । अनि जमिनदारले नै म काम गर्ने ठाउँमा हरिलाललाई पटकपटक आउजाउ गर्ने वातावरण पनि मिलाएको रहेछ । जुन कुरा पछिमात्र थाहा भयो । हरिलालकी बहिनी चमेली मेरी साथी हुन । त्यसैले आमाले चमेलीको दाइसँग तेरो बिहे गर्ने हो, असाध्यै मेहनती छ भनेर निकै सम्झाइबुझाइ गर्नुभयो । जमिनदारले पनि त्यो केटो साह«ै असल छ, बिहे गरे हुन्छ भनेर सम्झाए । त्यसपछि ठीकै छ नि त भनेर बिहे गरियो ।
बिहेअघि पनि हरिलालसँग चिनजान भएको मात्र हैन, कैयौं पटक काममा सँगै गएका थियौं । दुःखसुखका कुरा पनि भएकै हुन । तर एकापसमा बिहे गर्नेबारे भने सोचेको पनि थिइन । न उनीसँग बिताएका क्षणमा बिहे, यौन आदिबारे कुनै तरङ्ग नै सिर्जिए । तर जिन्दगी सोचेअनुसारमात्र कहाँ चल्दोरहेछ र ? आज बिहेको कुरा पक्का भयो । भोलिपल्टै डिउहारमा लगेर सिन्दुर हालेपछि बिहे सकियो । सुङ्गुरको मासु ल्याएर सानोतिनो भोज भने खुवाइयो । यसपछि सुखका थुप्रै परिकल्पना मनमा भित्रिए एकातिर भने अर्कोतिर अरुको यौन शोषणमा पर्नु नपर्ने आशा पनि वृद्धि भयो ।
साउन २ गते कमैया मुक्ति दिवसका दिन एमाले अध्यक्ष झलनाथ खनालबाट विमोचन हुने शान्ता चौधरीको किताब ‘कमलरीदेखि सभासद्सम्म’ को एक अंश। शान्ता आफैं १८ वर्ष कमलरी (जमिनदारको घरमा काम गर्न नोकर बस्ने) बसेकी थिइन्।
शान्ता चौधरी ज्युले पनि अरु नेता कै सिको गर्नु भएकोमा चाहि दुख लागेको छ| चिनेजानेकोलाई काममा लगाईदिने! यहि प्रथाको बिरुद्धमा हो यी सबै आवाज, आन्दोलन| आफ्नो लक्ष देखि नटाढिनु होला, कम्लरीको लागी कुरो माथी सम्मै लानु होला| जनताको मन जित्नु भा छ| अग्रिम शुभकामना|
माथि पढ्दा किताब किन्नु पर्यो भन्ने लग्यो झलनाथ ले बिमोचन गर्ने भनेपछि मन चसक्क भो
The book must be inspiring and readable for every one. But the beginning of the book is going to be from a politician regardless of any party who are the destroyer of the country.
सत्तामा पुगे पछी कमलरी तथा अन्य यस्तै पिडितहरुको लागि एकसुको पनि काम न गर्ने यस्तै नेताहरुबाट पुस्तक विमोचन गर्न लगाउनु भने विडम्बना लाग्छ .
राम्रो प्रयास शान्ता चौधरी जस्ता हकी स्वभाब भएका अरु पनि भए देखि साचिकै देश बाट कम्लरी प्रथा अन्त्य हुने थियो.
यदि इमान्दार भएर लेखिएको आत्मकथा हो भने चाही पक्कै पढ्नै पर्ने पुस्तक हो!
अस्ति को हो एउटा थियो नि जापानको जेलबाट उम्कियर आयको मान्छेको जीवनगाथा र त्यो अर्को कोल्ले हो अग्रेजीमा लेखेको बाबुरामको बिबिलोग्राफी भन्दा धेरै स्तरिय र अनुकरणिय छकि जस्तो छ!
सरकारले तोकेर मात्र केगर्ने आखिर विदेश मा गएर नेपाली महिला तथा दाजु भाईले के गरे त विदेशमा गएर पनि उही हालत छ / हामीले अनभव गरेको व्यक्ति को कुरा नसुनी आफ्नै रमझम मा लागेर या खुसि मा गरे विदेश गएको तर हावापानी नमिलेको ले नै सबै नेपालीहरुले जुन सुकै देशमा गए पनि दुखपाई राखेको छ / बिदेशी संग बिबाह गरे पनि तेस्तै दुख भोगेन नेपाली चेली तेस्तै दाजुभाई हरु पनि थुप्रै छन् / हाम्रो सरकार मा बस्ने दुइ चार मुठी को मान्छे ले कहिले पनि हिसाबकिताब दुरुस्त संग बुझेर राख्ने चलन चालित नभएर नै हो / आफु नै सर्बोपरि ठाने भावनाबह्येर एस्तो भएको हो /
खाडी मुलुकहरु, इजरायल देखि अमेरिकासम्म त अघोषितसम्म रुपमा हासी खुशी कमलरी बसेकै छन् नि | यसलाई हटाउनु भन्दा ब्यबस्थित गर्न र उनिहरुको मानब अधिकार र न्युनतम ज्यालाको कानुनी दयारा तयार गर्दा नै ब्यबहारिक हुन्छ जस्तो लाग्छ नत्र घरबाट निकालेर स्वतन्त्र भइस भन्नु को कुनै अर्थ छैन |या त बैकल्पिक व्यवस्था गर्न सक्नु पर्यो |
कुरिती र कु सस्कार को रित तोडिनु पर्छ सरकार ले कागज मा मात्र हैन व्यबहार मा पनि कमलरी प्रथा हटौनु पर्छ । निसुल्क शिक्षा स्वास्थ्य गास बास र कपास को ब्यबस्था मिलाइदिनु पर्छ ।
Shayad सबै कुरा थाहा पाउन पुरै किताब पढ्नु पर्ने होला साथै अन्य पात्रहरुको विचार पनि सुन्नु पर्ने हो कि जस्तो लाग्यो है मलाई त ! यौन शोषण गर्न खोज्ने जमिन्दारले किन केटा खोजिदियको मैले बुझ्न सकिन | सडक बाट आएको होसकी महल बाट आएको, नेताको आत्मकथा पत्यौना गाह्रो लाग्छ मलाई त | सर्बहारा जनताको सर्बहारा नेता करोडौंको मालिक भएको देखिएकै छ | कसैलाई शान्ता चौधरीको बारेमा थाहा छ भने लेख्नुहोला अनि मात्र प्रशंशा अथवा घृणा गरम्ला, अहिलेलाई म त तटस्थ |
सबै सोसक जमिन्दार जनै वाला हरु मात्र किन हुन्छन , बुझ्ने गारो बबई
यो डाटा अलि मिल्दैन कि ?तपाइले इन्कित गर्न खोज्नु भएको जनैवाला हरु त् धेरै जसो सरकारी आफिस , बिस्वबिद्द्यालय मा छन् नि ? खेति पानि , किसानी मा त् तेती छैनन् अनि कसरि ?
कि भित्रि रिस पोखेको मात्र ?
नेपालमा भएका लुटपाट, हत्या, बलात्कार जस्ता अतिनै निर्घीणित कार्य गर्नेमा धेरै जसो गुरुङ र अन्य मंगोलियनहरु छन् . (यो मैले भनेको होइन दैनिक समाचारबाट आको कुरो हो)
तेसो भय के गुरुङ र मंगोलियन जति सबै सबै खराव हुन् भन्ने कुरो सम्झिनु?
मित्र Tika Gurung अरुको समुदाय प्रति आक्षेप लगाउनु पहिले आफ्नो तिर पनि ध्यान दिउँ.
अपराधी जो सुकै हुन् तेस्लाई केवल अपराधी सम्झिनु पर्छ ताकी कुनै समुदाय तिर इंकित गर्ने होइन.
कुरो generalise को हो भने त ठिकै हो तपाईका कुरा|
“तर दैनिक समाचारमा” को कुरो चाही बहसको कुरो नै हो! यी समाचारीहरुले यस्तरी filter गरेर समाचार प्रेषित गर्छन कि, अरुहरुले अब त एकदुइ कुरै उठाउन थालिसके| मेडियाले portray कसरी गर्दैछ भन्ने पनि हेर्नु पर्छ| सिनेमाको भिलेन “लामो केश मतवाली फेस” यहि सोचाईमा धेरै कुराहरु छन्|
अन्तिम हरफ चै राम्रो लाग्यो|
शान्ता चौधरीले बुद्धिमत्ता पूर्ण निर्णय गरेको अरु पीडितले पनि अनुकरण गर्न योग्य छ.
पुरानो सामन्ती संस्कार र सामाजिक ढांचा न ढले सम्म यस्तो गर्नुको विकल्प देखिन्न.
त्यही परम्परा मजबूत पार्न यस्तो कहावत चलेको हुनुपर्छ – ” बच्ची बेलामा बाबुको ; तरुनी भए पछि लोग्नेको र बुढी अवस्थामा पनि छोरो को साथ् चाहिन्छ , आइमाई लाइ ” !
माथिको विचार लाई धरै जनाले न पढ़िकन वा नबुझेर नै ‘मन नपर्ने’ भनी हतारमा क्लिक गरेको देखियो. के ‘माई संसार’ का पाठकहरु अहिले सम्म सामन्ती संस्कार बाट मुक्त न भएकै हो त ? …यो पनि एउटा विश्लेषण को राम्रो विषय बन्नु पर्ने देखिन्छ.
यस्ता विसंगतिहरु हाम्रो देशमा धेरै छन्. पहिलो कुरो राज्यले यस्ता पिछडीएकाहरुलाई निशुल्क शिक्षाको बेवास्ताको साथै स्व-रोजगार हुने तालिमको बेवास्था गर्नु पर्यो ताकी कुटिल र चोर डाँका अवसरबादी नेता भनौंदाहरुले यिनीहरुको मुक्तिको नाउमा राजनतिक खेल खेल्ने मौका नपाउन…