आर्थिक सर्वेक्षण २०६९/७० ले नेपालमा रोजगारीको स्थिति भयावह भएको देखाएको छ। लामो समयदेखि देशमा कुनै नयाँ उद्योगधन्दा खुल्न सकेको छैन। न कुनै उल्लेख्य विदेशी लगानी नै आएको छ। अनि के गर्ने त ? काम खोज्न बाहिर देशमा जाने। ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि बाहिरिएका छन् र यो क्रम जारी छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको अनुमति लिई र नलिई दुवै किसिमले विदेशका काम गर्न गएकाहरुको संख्या ३० लाखभन्दा बढी छ।
सबभन्दा बढी नेपाली मलेसियामा छन्। तर त्यहाँको तलब भने तुलनात्मक रुपमा अरु देशमा भन्दा कम छ। आर्थिक वर्ष २०६९/७० को
दोस्रो चौमासिकसम्म मलेसियामा काम खोज्दै जानेको संख्या १ लाख २ हजार २ सय ४० रहेको छ। दोस्रो स्थानमा साउदी अरब (६० हजार+) र तेस्रो स्थानमा कतार (५५ हजार+) रहेको छ।
तथ्याङ्क अनुसार पुरुष धेरै जाने देश मलेसिया हो भने महिला धेरै जाने देश युएई हो। यो वर्ष विदेश गएकाहरुमध्ये ३८ प्रतिशत पुरुष मलेसिया, २३ प्रतिशत साउदी अरब र २१ प्रतिशत कतार गए। महिलातर्फ भने ३५ प्रतिशत युएई, २८ प्रतिशत मलेसिया र २० प्रतिशत कुवेत गएका रहेछन्।
साढे १६ हजारभन्दा बढी महिला काम गर्न विदेश गएका बेला पुरुषको संख्या भने हजार हैन, लाखमा छ। २ लाख ६० हजारभन्दा बढी।
सरकारको काम अनुमति खोल्दै बस्नु !
किन वर्षेनी लाखौँको संख्यामा नेपाली विदेशिन्छन् त ? कारण सरकारी सर्वेक्षणले नै स्वीकारेको छ- “देशमा दिनानुदिन बढिरहेको बेरोजगारी समस्या समाधान गर्ने तर्फ स्पष्ट नीति तथा कार्यक्रमको अभाव एवम् खाका तयार नभएको कारण”
सरकारको काम संस्थागत रुपमा विदेशमा रोजगारीका लागि अनुमति खुल्ला गर्नु रहेको देखियो। यो पृथ्वीमा कूल १९३ देश संयुक्त राष्ट्र संघका सदस्य छन्। नेपालले संस्थागत रुपमा विदेशमा काम गर्न जान अनुमति दिएका देशको संख्या १०९ पुगिसकेको छ।
रेमिट्यान्सले नेतालाई दबाब छैन, अर्थतन्त्रमा रोग
सरकारलाई रोजगार देऊ भन्दै दबाब दिन सक्ने ३० लाख युवा देशबाहिर गएपछि नेता, नीतिनिर्मातालाई हाइसन्चो भएको छ। त्यही भएर लाजै नमानी “देशमा दिनानुदिन बढिरहेको बेरोजगारी समस्या समाधान गर्ने तर्फ स्पष्ट नीति तथा कार्यक्रमको अभाव एवम् खाका तयार नभएको” रिपोर्ट लेखिरहेका छन्।
यत्रो संख्यामा विदेशिएका नेपालीको योगदान के हो त ? रेमिट्यान्स। कहिलेकाहीँ वैदेशिक रोजगारमा गएकाहरु बुझ्दैनबुझी कुर्लने गर्छन्- हाम्रो रेमिट्यान्सले देश धानिरहेको छ। पक्कै रेमिट्यान्सको योगदान छ। तर यसले विभिन्न किसिमका विकृति ल्याउन थालेको छ। एउटा विकृति ‘डच रोग’ हो।
१९५७ मा नेदरल्यान्डको उत्तरी सी मा ग्याँसको ठूलो भण्डार भेटियो। त्यस भण्डारबाट उत्पादित ग्याँसको निर्यातले सुरुमा डच अर्थतन्त्रलाई उकास्न मद्दत गर्यो। राष्ट्रलाई प्राकृतिक ग्याँसको बिक्रीबाट आय त भयो तर त्यसैमा बढी निर्भर भएर अन्य क्षेत्रको उत्पादन सुक्न थालेपछि आन्तरिक श्रम बजारमा बेरोजगारी बढ्न थाल्यो। अन्त्यमा यो डच अर्थतन्त्रका लागि अभिशाप सिद्ध भयो। नेपालमा पनि रेमिटेन्स आयले “डच रोग” को आधार बनाएको प्रतिवेदन “साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड एन्भारोमेन्ट” ले दिएको छ। यो प्रक्रियालाई उदाहरण बनाउनका निमित्त द इकोनोमिस्टले ‘डच रोग’ शब्दको प्रयोग गरेको हो। तर हाल जुनसुकै परिस्थितिमा मुलुकमा वैदेशिक मुद्रा भित्र्याएर आन्तरिक उत्पादनमा प्रतिकूल असर पार्ने कामलाई डच रोग भन्ने प्रचलन छ।
नहोस् पनि किन, विदेशमा बसेकाले पैसा कमाएका छन्, यहाँकाले बसी बसी खान पाएका छन्, कुनै मेहनतै नगरी।
मुलुकमा वैदेशिक रोजगारबाट भित्रने रकमको ७९ प्रतिशत खर्च खानपिनको निमित्त हुने सर्वेक्षणहरू देखाउँछन्। बचत हुने रकम कुल आयको ०.६ प्रतिशतमा सीमित देखिन्छ। अनि व्यापार तथा लगानीका निमित्त ३ प्रतिशतभन्दा कम उपयोग हुने गर्छ। यस अर्थमा भित्रने रकम बढे पनि त्यसको खपत जीवन धान्ने कार्यमा नै अत्याधिक हुने तथा लगानी र सञ्चय न्युन हुने भएकाले हामी कति डच रोगबाट प्रभावित भएका छौँ, त्यसको विश्लेषण गर्न धेरै स्रोत र साधन खति गर्नु आवश्यक परोइन। (सिजापति, विनोद, २०१२)
घरपरिवार बिग्रँदै
नेपाली कांग्रेसकी नेतृ ममता थेवेले झापा जिल्लामा आउन थालेको सामाजिक विकृतिबाट चिन्तित हुँदै भनेकी थिइन्- ‘वैदेशिक रोजगारले देशमा पैसा त भित्रियो, घरपरिवारले विनापरिश्रम खान/लगाउन पनि पाउने भए तर समाजमा थुप्रै अकल्पनीय विकृति पनि भित्रन थालेका छन्। थेवेले भनेको अकल्पनीय विकृतिमध्ये सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्ध हो। जनजातिहरूमा परापूर्वकालदेखि नै कमाइका निम्ति मुग्लान लाग्ने चलन थियो। परिवारका सदस्य खास गरेर पत्नी श्रीमान् बिदामा आउने दिन कुरेर बस्ने गर्थिन्। पेन्सन पाकेर घर फर्केपछि वास्तविक पारिवारिक जीवन सुरु हुन्थ्यो। त्यो उनीहरूको जीवनपद्धतिको अभिन्न अंग बनिसकेको थियो। अन्य जातजाति वा समुदायमा कामका लागि विदेश जाने परम्परा बिरलै थियो। अहिले श्रीमान् वा श्रीमती रोजगारीका निमित्त विदेशिने चलन छ, रकम भित्रिन्छ। तर कसैले कसैलाई कुरेर बस्दैन। अन्यसँग सम्पर्क बढ्ने अनि त्यसबाट पारिवारिक सम्बन्धमा नराम्रो असर पर्ने तथा बालबालिकाको भविष्य जटिल समस्या बन्दै गएको छ। (ऐ.ऐ.)
आफ्नी स्वास्नीलाई आफू विदेशमा हुँदा अर्कैले भगाइदिएपछि पीडित बनेका लोग्नेले भगाउने केटा कै स्वास्नीसित बिहे गरेको अनौठो खबर झापाबाटै आएको हो। जस्ले जस्की स्वास्नी उडायो उसैले उस्की स्वास्नी उडाइदिए।
हाम्रै आँखाअगाडि श्रीमान् बाहिर गएकी श्रीमति र श्रीमति बाहिर गएको श्रीमान् कति बिग्रिएका उदाहरण छन्। अस्ति एक जनाले सुनाउँदै थिए- एक जना आफन्त दिदीले श्रीमान् विदेश गएको भन्यो कि मान्छेले अर्कै नजरले हेर्ने हुनाले ढाँटेर बाहिर जिल्लामा गएको भन्ने गरेकी छिन् रे। श्रीमानले विदेशबाट पैसा पठाए जति श्रीमतिले यता अर्कै केटासँग उडाउँदै वा श्रीमतीले विदेशबाट पैसा पठाए जति श्रीमानले यता अर्कै केटीसँग लागेर उडाएको प्रशस्त देखिन्छ। कतिको त नेपाल फर्कँदा पैसा पनि छैन, घरवार पनि छैन। हाम्रो कानुनमा पुरुषले चाहेर सम्बन्ध विच्छेद गर्न गाह्रो भएकोले उल्टै पैसा तिरेर गर्नुपर्छ डिभोर्स। एक दिन मेरा एक फेसबुके मित्रले मलाई फोन गर्दै रुन्चे स्वरमा सुनाएका थिए- “हाकाहाकी मसित २ लाख रुपियाँ मागिन्। आज पैसा दिएर अदालत गएर डिभोर्स गरेँ।”
अनि किन दिएको त पैसा ?
“के गर्ने यार कति सहने टेन्सन। मलाई त ठीकै थियो। बिचरा बूढा बा, आमाहरुलाई टेन्सन, पेशी भन्या छ, अदालतमा बयान दिन बोलाएको छ। बरु दिएको खाओस् भनेर।”
नेपालमात्र हैन, विदेशमा पनि उस्तै। विदेशमा गएका अर्कैका श्रीमान् र अर्कैकी श्रीमतीले छिल्लिएर गरेका कुराकानीका अडियोहरु युट्युबमा समेत अपलोड भएका छन्। विदेशबाट फर्किएकी एक दिदीले सुनाइन्- ‘केटाहरुले फोन नम्बर पाउनै हुँदैन। रातिराति फोन गरेर टेढोटेढो कुरा गरेर हैरान गर्छन्। फोन अफ गरेर राख्नुपर्छ। कति पटक त सिम चेन्ज गरेको छु।’
विदेशमा गएका सबै केटा र सबै केटी उस्तै हुँदैनन्। तर ३० लाख बाहिरिएको यो देशमा ९० प्रतिशत चोखा भए पनि ३ लाख पुरुष, ३ लाख महिला गरी ६ लाख अझ उनीहरु पनि विवाहित भए थप ६ लाख गरी १२ लाख पीडित हुन्छन्। यो समस्या प्रवृत्ति बनेर बिस्तारै फैलने क्रममा छ जसले हाम्रो पारम्पारिक सोच र मान्यतालाई भत्काउँदै लैजान बाध्य बनाउनेछ। यसको परिणाम भविष्यमा देखिँदै जानेछ।
[वैदेशिक रोजगारीबाट भएका आर्थिक/सामाजिक विकृतिलाई तपाईँले नजिकबाट हेर्नुभएको छ कि ? तपाईँले देखे सुनेका केही घटना छन् भने तल कमेन्टमा लेख्नुस्। यस्ता घटना समाचारमा आउँदैनन् तर के हदसम्मको स्थिति छ, त्यो बुझ्न जरुरी हुन्छ।]
मा साइप्रस मा बस्छु र यहाँ मैले देखेको कुरा के छ भने नेपाल बाट आएका कुनै पनि महिला वा केटि हरु हुन् यहाँ आउने बितिकै बिग्रन सुरु गरिहाल्छन/नेपाल मा घर परिवार भएका केटा हरु हुन् वा कलेज तिर आएका केटि हरु हुन् त्यै हो ९५% भन्दा पनि बढी हुनु पर्छ यहाँ केटा च्यापेर बसेका/म सग त्यस्ता बिसौ उदाहरण हरु छन् जस्तो एकजना यहाँ हाउसमेड मा आएकी बैनी छन् उमेर तेस्तै २५/२६ होला नेपाल मा कोटस्वोर मा घर रे एउटी सानी छोरी पनि छिन रे अनि बुढो चै कतार मा छ रे तर यहाँ अर्कै नेपाली केटो च्यापेर बसेको छन् र मैले सुनेको अब नेपाल गएर तै केटा सग बस्ने रे भने पछि केटि हरु कति बिग्रेका हो बाबा!
“……केटा सग बस्ने रे भने पछि केटि हरु कति बिग्रेका हो बाबा!” केटि मात्रै बिग्रेको कि ति केटि संग केटा पनि बिग्रियो। बिग्रेमा आखिर दुबै बिग्रिए हैन र?
रेमिटान्सले कुनै देश धनि बनेको संसारमै उदाहरण छैन , यो त केवल विकल्पहीन हरुको लागि एउटा विकल्प मात्र हो .. यो श्रम गर्ने हातले आफ्नो देशको धर्ति सिंचित गर्नु पर्ने हो , तर बनि रहेछ अरु देश .. बिदम्बान हाम्रा नीति निर्मातालाई येही रेमिटान्सको बखान गरनै फुर्सत छैन ..
उधोगहरुमा हुने राजनीति मात्र नियन्त्रित हुने हो भने पनि थुप्रै रोजगारी सिर्जना हुन सक्छन , एउटा सुर्य गार्मेन्ट मात्र बन्द हुदा झन्डै ७०० को रोजगारी गयो , अरबौको लगानी पनि अन्यत्र गयो.. नेपाली श्रम बजारको सबै भन्दा ठुलो समस्या नै अति राजनीति हो र दोस्रो कुरा सरकारको उचित नीतिहरु न हुनु हो .. येस्तै कारणहरुले हो देशका पुजीपति हरु श्रम जन्य क्षेत्रमा लगानी नगरी सेवा क्षेत्र जस्तै अस्पताल , इस्कुल , कलेज, दुरसंचार मा लगानी गरिरहेचन जहाँ श्रमिक समस्या हुदैनन् तर राजगारी पनि तेती सिर्जना हुदैन .. नेपालको श्रम नीतिमा अमुल परिवर्तन को खाचो छ .. नेपालको श्रम नीति त काम नगरी खानेलाई चाही पक्कै फापेपो छ ..
पहिलो मा त हामीमा रहेको चिन्तन र ब्यबहारमा परिबर्तन गरिनु पर्छ \कस्तो सोच र चिन्तन भने नि हामी लाइ आफ्नो ठाउँमा वा देशमा सानो आम्दानीको वा भनौ सानो भनिने काम जस्तै सानो पद ,सफा सुग्गर गर्ने काम ,भारी बोक्ने खनाउने काम, खेत बारीको काम ,सडक ,बजार चौतारी तिर नाग्ले पसल , घर भित्र का काम नोक्कर नोक्करनी भन्छन क्यार हो यस्ता अनगिन्ती काम छन् जो आफ्नै देश भित्र र ओरपर गर्न सकिन्छ तर हाम्रो सोचाइ सानो काम गरे हेपिने र हेप्ने बानी हाबी छ तर यहि काम बिदेशमा हामी मजाले गर्छौ ,भुइँ पुछ्ने ,ट्वाइलेट सफा गर्ने ,रेस्टुरा मा जुठो भाडा उठाउने ,माझ्ने ,भारी बोक्ने अनि एक दिन बिदा नलिएर १५/१६ घण्टा काम गर्ने \ हामी नेपाली उमेर पुगे पनि र काम गर्न सक्षम भए पनि एकै चोटी ठुलो पद र तलब खोज्छौ अनि सानो काम नगरी जवान छोरा छोरी बुढा बुबा आमा का कमाइ खान्छौ त्यो पनि यो भएन र पुगेन भन्दै झगडा गर्छौ र आम्दानीको स्रोत नभई वा शिक्षा र जागिर वा कमाइ नभई बिहे गर्छौ हेर्नुस है यहि सोच र ब्यबहार हो हामी मा अभाब ,गरिबी हाबी भएको कमाउन सक्ने उमेर भएका ले सानो काम र आम्दानि को काम गर्ने हो भने घर परिवारमा सबै प्रकार का सन्तुलन मिल्छन \ अनि बिदेशमा दुइ चार जनाले कमायो भन्दैमा त्यो देखेर बिदेशमा सजिलै पैसो टिप्न पाइन्छ भनेर घर परिबार छोडेर जाने \लौ बिहे नभएका हरु केटा होस् या केटि विदेश गए रे अनि दुख गरि पैसो पनि थोर बहुत जोहो गरेरे तर बिबाहित लोग्नेहरु ,स्वास्नी हरु एक्लै पैसाको पछि लागि विदेश हुइकिने अनि पैसो आएको र कानुनि रुपमा धनि देशमा बस्न अनेक उपाए गरि लामो समय बस्ने त्यस बेला मानिसको जरुर आबस्यकता सारीरिक सम्बन्ध ,माया प्रितिका कुरा ,घुमफिर ,उठबस बाट लामो समय सम्म बन्चित रहदा अनि श्रीमान र श्रीमतीले विदेशबाट पठाएको पैसो ले त्यो चाहना पुरा गर्न पट्टि बाध्य भएर वा कुलतमा लागेर धेरै पारिबारिक सम्बन्ध बिग्रिरहेका छन् र अझै बिग्रिदै जालान \यसको लागि हामी बीच न रहेको श्रम लाइ माया र इज्जत न गर्ने बानी हटाउनु पर्यो \थोरै थोरै बाट धेरै हुन्छ भन्ने बुझी सानो आम्दानि हुने खालका काम आफ्नै माटोको ओरिपरि आफ्नै परिवारको साथ् मा बसी गर्ने बानी बसाल्नु पर्यो \ लौ कुनै लोग्ने वा स्वास्नी एक्लै लामो समय सम्म विदेश बस्ने बाताबरण भएमा एक अर्का प्रति माया ,बिस्वास ,इमान्दार बनि परिबार प्रति समर्पण हुनु पर्यो \ बिस्वास ,इमान ,माया ,सम्मान र समर्पण बाटै अटुट सम्बन्ध बन्छ \ धोका,चोरी (यौन )ले दुख ,पिडा ,बेइज्जत र बिछोड ल्याउछ भन्ने बुझ्नु पर्यो \अनाबस्यक खर्च जस्तै जुवा तास .रक्सि ,घुमफिर ,यौन चोरी जस्ता कार्य नगरी आफ्नो परिबार ,आफन्त ,समाज र देशलाई केहि गर्नु पर्छ भन्ने भाब जगाई सजक हुने हो भने यो ब्रिकृति रोकिन सक्छ र कालान्तरमा घर परिबार समाज र देश सुखद स्थितिमा पुग्छ \ क्षणिक सुख को लागि आफ्नो जिबन परिबार ,आफन्त ,समाज र देश को भबिस्य नबिगारौ \त्यागले नै जिबन उठ्छ ,परिबार ,समाज र देश उठछ \ कुभाबना र ब्यबहार सधैको लागि मर्छ \
अमेरिकमा पनि उस्तै छ हजुर
समाजका टाउके हरुकै घर परिवार समेत अछुतो छैन यो रोगले
तलको लिंकमा गएर पेज ३२ को लाहुरे र श्रीमती भन्ने कथा पढून होला, यो कथा सत्य घटनामा आधारित कथा हो भन्ने लाइरा छ हाम्लाई
http://issuu.com/sangalo-ncnc/docs/sangalo_2011_in_sequence
किन नेपालीले नेपालमा काम नपाउने अबस्था आयो?
उद्द्योग आदिमा नेपालीलाई ६ महिना भन्दा बढी ज्यालादारी काममा लागाय स्थाई नियुक्ति दिनु पर्ने र उद्द्योग कम्पनीलाई आबस्यक नभय पनि नेपाली कामदारलाई अवकाश दिन नसकिने भयकोले पनि उद्द्योगहरुको रोजाइमा पनि बिदेशी मजदुरहरुनै पर्छ/
फेरी उद्द्योग कम्पनि आदिमा भयको मजदुर युनियनहरु उद्द्योग कम्पनि र लगानीकर्ताको निमित सहयोगी बन्नु भन्दा तर्साउने भयका छन्/ नेपालमा लगानीकर्ता दुरुत्साहित भयको छ/ “मजदुर युनियन” मुकुण्डो लगाउने पार्टीको कार्यकर्ताहरुले काम नगकन तलव पाउने ब्यबस्था गरेको छ/ मजदुर युनियन राजनैतिक पार्टीको राजनीति गर्ने अखडा बनेको छ/ तितो सब्दमा भन्ने हो भने मजदुर युनियनको क्रियाकलापहरु लगानी कर्ता र उद्द्योग कम्पनीको निमित आतंक नै बनेको छ/ यसै कारणले पनि नेपालमा नेपालिलाई रोजगारको अबशर कम हुँदै गयको हो/
हामि पनि सस्तो भयकोले घर बनाउने कामदार पनि बिदेसिने खोज्छौं/ आफ्नो खेतमा नेपालीलाई मुख्य बालि लगाउने काममा लागाय मोहियानी हक दिनु पर्ने भयकोले नेपालीले खेतमा समेत काम नपाउने भयको हो/
फेरी नेपालमा रोजगारीको हरायक छ्यत्रमा योग्यता र डिग्री भन्दा नेताको सिफारिस हावी भयको छ/ ठुला ठुला पदमा पार्टीको कोटामा नियुक्त हुने जस्तै सानो भन्दा सानो रोजगार पाउन पनि नेता मन्त्रिको सिफारिस चाहिने भयकोछ/ तेस्तो सिफारिस पाउन कि त् नेताको दलाली गर्नु पर्छ कि रकम दिनु पर्ने हुन्छ/ रोजगारी पाउन पनि नेताको सिफारिस चाहिने सरुवा बढुवामा पनि नेताको सिफारिस चाहिने/ जसले नेताको दलाली गर्न सक्दैन जसले नेतालाई रकम तक्राउन सक्दैन तेस्ले रोजगारी पाउंदैन/ जसले नेताको दलाली गर्न सक्दैन जसले नेतालाई रकम तक्राउन सक्दैन तेस्ले रोजगारी पाउंदैन/ सिफारिसको आधारमा नियुक्त हुने इम्मान्दार बन्नै सक्दैन; इमान्दार बन्न खोजे रोजगारीमा टिक्दैन/
नेपालमा नेपालीले रोजगारी पाउन नसक्ने भयको “नेतातन्त्र” कै कारणले हो/ यसैले बिदेशमा आफुले कमायको रकम नेपालमा रेमिट गर्दा यस्ता नेता पाल्न प्रयोग नहुने गरि गर्नु पर्छ/
कछुआ को चाल मा चलेको आर्थिक विकास दर अस्चार्यजनक छ /
भारत र चीन लगायत को देश हरु मा त विश्व व्यापार मा आएको आर्थिक मन्दी को प्रभाव परेको अनुमान लगाउन सकिन्छ/
तर नेपाल मा भित्रिएको रकम सदुपयोग भएको भए आर्थिक बृदि दर साढे तिन प्रतिशत मात्रै हुन्थ्यो होला त/
अलिकति पैसा हुने बितिकै बिदेशी वाइन धोकर्ने र अनावस्यक बिलासिता का बस्तुहरु थुपार्ने चलन ले राष्ट्रिय अर्थतन्त्र मा कतिको प्रतिकुल असर पारेको छ?
भ्यागुता को चाल मा नेपाल को अर्थतन्त्र उफार्ने धमास देखाएर कामकाज को बिडो थामेकाहरु कहाँ नाक लुकाएर बसिराछन् /
Analytical रुपमा हेर्ने हो भने पनि remittance को Negative effect छ.
बिगतक धेरै सरकारले फलानो देशले अब नेपालको लागि लेबर मार्केट खुल्ला गर्यो भनेर फुर्ति लगाएको
सुन्दै आएको छु. तर हाम्रो देशमा फलानो उद्योगबाट यति हजार ले काम पाउने भो भनेर कसैले भन्न सकेको छैन. दुखको कुरा यहि हो.
महान जनयुद्द गरे भन्ने महान नेता हरु ले देस लाई दिय को विकास यहि मान्नु पर्ला !!!!
एउटीछिन महिला जस्को श्रीमान बिदेस मा छन ओनी अर्कै लाई घर मा राखेर मोज्मस्ती मा दिन बिताउथिन बिचार लोग्ने बिदा आउँदा सदै सन्चो छैन भनेर टार्दिन्थिन । जब लोग्ने बिदेस जान्छ तब केटो हाजिर भाईहाल्छ । हुँदा हुँदा सेकेन्ड पनि बिदेस पठाइन ओनैले दुबइ जनाको रकम हाता परेर तेस्रो सँग मस्ती अनी भन्छिन लोग्ने ले सौता हाल्न पाउछ हाम्ले पनि सौता केटो राक्न किन नपौने रे ।
घरपरिवार बिग्रँदै
माथि उद्रित लेख सत् प्रतिशत सहि छ ! अझ भन्नु पर्दा यहाँ देखाइएको भन्दा पनि धेरै बिग्रिएका छन् चाहे नेपालमा बस्ने बिदेशिएका श्रीमती हुन् वा श्रीमान् साथै बिदेशिएका युवा युवती वा बिबाहित पुरुष वा आईमाई………. यो बारेमा बेला बेलामा आउने समाचार अनि भिडियो नै काफी छ सिद्द गर्नको लागि…………
सोफिटेल कम्प्लेस दोहा
रेमिट्यान्स आफैमा यहाँ लेखकले प्रस्तुत गरे जस्तो भयावह हो जस्तो मलाइ लाग्दैन, भयावह त यो रेमिट्यान्स लाइ सहि उपयोग गर्न नसक्ने हाम्रा निति-निर्माताको कमजोरी हो कि जस्तो लाग्छ ! आफ्नो मुलुकको संविधान सभाको चुनाव गर्न गाडी देखि ल्याप्चेको मसि सम्म भारत बाट ‘भिक्’ माग्नेहरुले नागरिकले आफ्नो खुन पसिना संग साटेको केहि थान दिराममा यस्तो अताल्ली हाल्ने स्थिति छैन किनकी थोरै पनि बिबेक राज्य संचालक हरुले राष्ट्रिय हितका लागि प्रयोग गर्ने हो भने यो रेमिट्यान्सले थुप्रै बिकाश गर्न सकिन्छ ! सधै करोडौं रुपैयाँ राज्य संग असुलेर बर्षको १ पटक जांड पार्टी गर्न नेपाल पुगेर अनगिन्ति नपुंसक सपना बाड्ने र उधारा सपना संग दोहोरो नागरिकताको बार्गेनिङ्ग गर्ने ति ब्यापारी लाइ छाडेर राज्यले एउटा केहि असल- जिम्मेवार व्यक्तिहरुको समिति गठन गरी सरकारी खाता खोलेर बैदेशिक रोजगारीमा रहेका नागरीक लाइ प्रतक्ष आब्हान गरी आफु सक्दो रकमको शेयर लगानी गर्न भन्ने हो भने तत्कालको टड्कारो बिजुलीको समस्या आगामी ५ बर्ष भित्र निमिट्यान् हुन्छ, हस्पिटल खोल्न सकिन्छ धेरै काम हुन् सक्छन तर सरकार अनि तथाकथित बौद्दिक भनाउदा हरुले एन आर एन भनाउँदा केहि ब्यापारी लाइ आफ्नै राज्यको पैसाले जांड पार्टी गराएर तिनै संग उभिएर १ थान फोटो खिचाउनु लाइ अहो भाग्य ठान्ने अनि समाजका ४ थान रकमी बाउसा’ब हरु अनि केहि थान आजका क्रान्तिकारी (जुनसुकै दल ) भनाउँदा हरुले अर्काका स्वास्नीका पेटिकोटको रंग र ब्रा का फिता नियाल्न मै व्यस्त हुने अनि आउँछन् नि त्यस्ता समाचार अनि यस्ता ब्लग त ! बिग्रने हरुका पोइ-स्वास्नी बिदेशै जानु पर्छ भन्ने छैन थुप्रैले दुवै घरमै हुँदा पनि एच आइ भी पालेका छन्, आफ्नो बाबुले आफ्नै छोरीलाई श्रीमतीका रुपमा राखेको र उनको छोरो पनि अहिले ठुलो भैसकेको घटनामा कोइ विदेश गएर भएको थिएन ! नकारात्मक उदाहरणको भण्डार औल्याउंदैमा केहि हुँदैन ! मलाइ कसका लोग्ने स्वास्नीले के गरे वा के गर्लान भन्दा यो रेमिट्यान्सको उपयोग गर्ने कुनै उपाय सुझाइएको भए यो लेख अनि शिर्षक सार्थक हुन्थ्यो जस्तो लाग्यो l
यो remittance ले देश लाइ राम्रो गर्दैन भनेर धेरै किताबहरुमा पढेको थिए र विद्वान हरुले भनेको पनि सुनेको थिए…तर नेपालका नेता, कर्मचारी र policy बनाउने ले किन नबुझेका हुन्? यो remittance मुत को न्यानो हो रे…यसले अन्तरालमा देश लाई फायदा पुर्यौदैन. कुन देस चाही remittance ले बिकाश भाको छ र? यसको सामाजिक पक्ष्य मा बेफायदा त छदै छ तर आर्थिक मा पनि म यसको खासै फायदा देख्दिन…तर remittance का छयनिक फायदा त छ तर दुरगामी फायदा देखिदैन..
कसैले केटो चेपेर हिडेको त कसैले केटि चेपेको कुरा त आयो तर येहा हाम्रा महान नेपाली साथी हरु ले लुकी लुकी मरुभूमि को बीच को गोठ मा लोकल ठर्रा धोकेर बाख्रा को खोरमा छिरेर बाख्रा चेपेको एउटा सुन्दै अचम्म भनौ या दया लाग्दो घटना पनि घटाय. (रौसि को ताल मा मलाई त बाख्रा संग लब पर्यो रे!!!!!!)
कोहि साथी हरु केटो चेपेर हिडेको पनि आफ्नै आँखा ले देखियो. केटो ले केटो क्या. ….
आकासिदोमहंगी बढ्दोबेरोजगारी असुरक्षा ले गर्दा नै नेपालि हरु विदेश जान बाध्य भयका हुन् मा पनि अफ्गानिस्ता मा वार जोन मा काम गर्दै छु मेरो पनि प्रेमिका छन् उन को सारै याद आउछ तर डलर भन्दा उन को माया कम गर्न बाध्य भायाको छु
अमित कुमार पौड्याल छेत्री
डच डिजिज मा त कमसेकम देशको प्राकृतिक श्रोत साधन को प्रयोग त हुन्छ, भलै उत्पादन स्तर का काम नहोस ! तर नेपाल मा रेमिट्यान्स डिजिज त त्यो भन्दा पनि खतरनाक रोग भयो, न त कतै कुनै श्रोतको प्रयोग, न त कुनै उत्पादनमुलक काम ! जल्दा बल्दा सक्षम युवाको विदेशगमन ले नेपाल त वृद्धाश्रम, वालशिशु स्याहार केन्द्र र एकल महिला (गलत अर्थ नलागोस!) समाज मा परिवर्तन हुन लागिसक्यो |
यहा हङकङआँ पनि बच्चाको बाउहरु र मामाहरु िफलीिपना केटीहरु र इन्डोनेिसयन संग खुब मोज गरेका छन् घरमा आइतबार पनि अोभर टाईम छ भन्दै गेष्ट हाउस र पार्कतिर धाउछन् । दिदी, बहिनी र माईजुहरु छुट्टीको िदनमा पतिदेबको ख्याल गरौ घर परिवार बचाउ
नेदरल्याण्डको नर्थ सिमा – भनेर लेखिएको कुरालाई तपाईंले उत्तरी सिमा भनेर बझ्नु भएछ, खासमा North Sea भन्न खोजिएको हो – सकिन्छ भने सच्याउनु होला।
जहाँ सम्म Dutch Disease को कुरा छ, नेपालको कुरा गर्दा ठ्याक्कै त्यही हो भन्न मिल्दैन। दक्षिण एशियाका दुइ देशमा दुइ प्रवित्ति देखिएको छ। नेपाल प्रवित्ति र भुटान प्रवित्ति – भुटानको कुल निर्यातको ४२ प्रतिशत जलविद्युत हो – कतिपयले यसलाई jobless growth भनेका छन् (विद्युत उत्पादन गरेर बिदेश बेच्ने काम गर्दा धेरै मानिसले रोजगारी पाउने अवस्था हुन्न र भुटानमा त प्राविधिक काम गर्ने जनशक्ति सबैजसो भारतिय छन् ) – र अघिल्लो वर्ष मात्र त्यहाँ भारतिय रुपैयाँको चरम अभाव भएको थियो – भारतबाट हुने आयात अप्रत्यासित रुपमा बढेर । अरु सबै काम छोडेर जलविद्युत क्षेत्र मात्र विकास गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने चिन्ताले भुटानीहरुलाई सताउन थालेको छ – भुटानमा १५०० मेगावाट बिजुली उत्पादन हुन्छ, जुन झण्डै सबै भारत निर्यात हुन्छ – र थप उत्पादन गर्ने बाटोमा उ लागेको छ।
अर्को देश नेपाल हो – जसको अर्थतन्त्रको २५% भन्दा बढी हिस्सा वैदेशिक रोजगारीको आम्दानीले ओगटेको छ। सरकारी तथ्यांक अनुसार करिब ३ अर्ब रुपैयाँ विदेशबाट रेमिट्यान्सको रुपमा भित्रियो रे अघिल्लो वर्ष – तर कति बिदेशी मुद्रा बाहिरियो त ? पेट्रोल, डिजेल र ग्यास को लागि मात्र १ अर्ब भन्दा बढी, अरु उपभोग्य वस्तुको लागि त्यो भन्दा झन बढी, र अन्त्यमा हातमा लाग्यो शुन्य – जति आम्दानी छ त्यो भन्दा निक्कै बढी खर्च छ हाम्रो देशको – र आम्दानी भन्दा खर्च धेरै भएपछि गरिब भइन्छ भनेर बुझ्न अर्थविद् भइरहनु पर्दैन। आयात र निर्यातको असन्तुलनले नेपालको ब्यापार घाटा साढे ४ खर्ब रुपैंया भन्दा बढी छ।
आम्दानी र खर्चको यो असन्तुलन किन ? र यत्रो रेमिट्यान्स आम्दानी हुँदा पनि किन सकारात्मक प्रभाव कम मात्र देखिन्छ ? नेपाल र भुटान को case study गर्ने हो भने यसले स्पष्ट रुपमा एउटा तथ्य दर्शाउँछ – एउटा हरिकंगाल ब्यक्तिलाई १ करोड रुपैया दियो भने के हुन्छ ? पैसा अन्ततः मासिन्छ र खासै केहि उपलब्धि हुँदैन। यहाँ पनि त्यही भइरहेको छ – एउटा हरिकंगाल अर्थतन्त्रमा पैसा त भित्रिरहेको छ तर यो देशले त्यसलाई उपयोग गर्न जानिरहेको छैन – गरिब देशलाई पैसा मात्र दिएर नहुने रैछ जबसम्म पैसा जोगाउने, उपयोग गर्ने र बढाउने कला त्यो देशले सिक्दैन।
अर्थतन्त्रको यो पाटोलाई डच डिजिज होइन , नेपाली डिजिज भन्ने नामाकरण बढी उपयुक्त होला – डच डिजिजमा त कुनै एक प्रकारको प्राकितिक स्रोत (वा विदेशी मुद्रा आय अरु कुनै हिसाबको) मा मात्र जोड दिंदा, बढी बिदेशी मुद्रा भित्रिएर स्वदेशी मुद्राको बिनिमय दर बढी शक्तिशाली हुने र यसले निर्यातका अरु बस्तुको भाउ स्वतः बढ्ने र एक क्षेत्र मात्र boom हुने अरु क्षेत्र lag हुने अवस्था हो। भारतिय रुपैयासंगको स्थिर बिनिमय दर ले नेपाली मुद्रा आफुखुसी बलियो वा कमजोर हुन सक्छ, न त नेपालको निर्यात क्षेत्र नै विकसित छ – रेमिट्यान्स आए नि नआए नि नेपालको निर्यात क्षेत्र निकै कमजोर नै हो र रहन्छ – र अरु उद्योग र क्षेत्र नेपालमा न पहिले थियो न त अहिले नै छ (हेर्नलायक रुपमा), त्यसैले डच डिजिज नै चाहीं भन्न मलाई मन लागेन – नेदरल्याण्डमा त निकै बिकसित अर्थतन्त्र थियो १९५७ अगाडि नै, खाली प्राकृतिक ग्यास पत्ता लागेपछि अरु क्षेत्र सुक्ने र ग्यास निर्यात मात्र बढ्ने रोगले गाँजेको हो – हाम्रोमा त सुक्नलाई अरु कुनै क्षेत्रै थिएन कहिल्यै ।
नेपाली डिजिज को नेपाली उपचार नै खोज्न जरुरी छ।आशा गरौं , त्यो खोजिएला छिट्टै र उपचार सुरु होला।
रेमिट्यान्स आम्दानी ३ खर्ब लेख्न खोजेको , अर्ब हुन पुगेछ, त्यस्तै पेट्रोलियम आयात १ खर्बको हो, अर्ब होइन। गल्तिको लागि माफ पाउँ, मिलाएर पढ्दिनु होला।
Your writing is read worthy. In the writing, you have described the situation only. Description have been supported with data , which has made article bit reliable, would have been more appreciable if could shed light on the solution part as well though it could be your opinion.
More or less situation is known to the most, at least those who has interest on it. After high lighting the problem, little bit criticism is okay but more important is the solution of the targeted problem as well, other wise writings could not reach to that level which it actually deserve to reach.
I hope you will consider it in your next comment.
tHanks
म ३ वर्ष दुबाई यु ए ई बसे / त्यहा नेपाली को नराम्रो बानि भनेको दारु खानु एंड छुट्टि मा माल हान्न बुर दुबई जानु हो / कति साथी को फिलिपिनी केटि साथी पनि छन्/ अलिकति पैसा खर्च गरेर मोज गर्ने / कतार मा १ वर्ष बसे राम्रो थियो तर त्यहा नेपाली ले नेपाली लै ठगने गरेको सुने / हाल मा कुबैत मा छु / बेला बेला मा नेपाली हरु दारु काण्डमा, केटि हरु संग बेहाल अबस्था मा, कहिले कहिँ ड्रग्स काण्ड मा समाचार औछन्/ मेरो एकजना साथी त हर हप्ता बलुवाओ को पानि खान जन्चन / अस्ति झनै पुलिस ले समत्को रे / बाल बाल बेचे रे/ बेला बेला मा नेपाली चेली हरु पनि समाचार मा औछां/ अस्ति मेरो संसार मा नि आको थियो /
यो ‘बलुवाओ को पानि खान जन्चन’ भन्या चाहिं के हो, अलि बुझिएन।
दुबई मा कुबेत मा रक्सि को बोटेल बालुवामा लुकायर राखेको हुन्छा/ पैसा तीरे पछि बालुवा बाट रक्सि को बोतोल निकाल्नु पर्छ हो / बालुवा बाट निकालेको बोटेल भयर बालुवाको पानि भनेको हो /
After presenting thought provoking description, the question asked with Bashanta Raj could not be expected to be the calibre of the level who have presented such description. At least not on the blog if possible.
The 3 million or 30 lakh data on Nepali people staying abroad is grossly mistaken data. I do not know why every one is quoting this data. We have an absurd system of data recording, at TIA there is only recording of people going out, they do not tell how many people have gone out and come back including multiple exits and entries. Based on partial information, of people moving out we are using this data. Now, some human right activists are using this figure to put pressure on the Election Commission to respect voting rights of the people working abroad.
Dear author, incidents are thousands, heartbreaking and skyrocketing. The only obvious fact is that that our political anomalies has been distressing citizens for ages. Starting from feudalism to Shaha dynasty, Rana and Panchayet all exploited poor citizens. However, System was gradually establishing after democracy but could not survive long . F** So called civil war during the last decade and the successive unorganised, corrupt and unstable governments have increased uncertainty. New jobs, businesses, industries and other sectors are shrinking and severely vulnerable. Constitution and system have been broken. people are selfish, isolated and sick of ego. Societies and families are broken. Frustration, dissatisfaction and anxiety are everywhere. The pain and struggle is unavoidable part of immigrants abroad and on the other side stories of breaking families in back home really sucks. As you stated, the future is clearly worse. Nepal is running towards darkness. God help us….
सानो नेपाललाई चाहिने भन्दा बढिनै प्राकृतिक श्रोत भयको मुलुकमा नेपालीले रोजगारी नपायर विदेश जान पर्नु बात नेपालका नेताहरु र तिनीहरुले चलाउने सरकार असफल असछ्यम भयको प्रमाणित गर्छ/
कुरा यतिमै सिमित छैन/ ८३हजार बिजुली उत्पादन गर्न सकिने बिस्वमा दोश्रो जलश्रोतको धनि मुलुकमा आज नागरिको घर सडकमा दिनको १६ घण्टा लोड सेदिंग हुन्छ/ बिस्वमा पाँचौं स्वच्छ पानीको श्रोत भयको देसमा नागरिकलाई पिउन समेत पानि उपलब्ध छैन/ नागरिकहरुले बिजुली नआय पनि शुल्क तिर्नु पर्छ/ धारामा थोपा पानि नआय पनि निबेदन गरेर शुल्क तिर्नु पर्ने नतिरे मेलम्चीको पानि आउँदा पनि नपाउने धम्कि दिइन्छ/ संसारमा अन्त कतै होला यस्तो आफ्नै नागरिकालाई अत्याबस्यक बस्तु रोक्ने धम्कि दिने मुलुक?
शुल्क तिर्न रास्ट्र गरेको नोट कमाउनु तर अबशर नेपालीको निमित उपलब्ध छैन/ किन यस्तो भयो भन्नु भन्दा कहिले देखि यस्तो भयो भनेर बिचार गर्ने हो भने राज्यको कोष बात जनारेटर चलायर २४ घण्टा घरमा उज्यालो पार्ने बातानुकुलित बनाउने मिनरल बात बाथतवमा नुहाउने, जनताले लात मारे पनि आफै सांसद मन्त्रि बन्ने नेताहरुलाईनै अरवको मरुभूमिमा भेडा उँट चर्हाउन पठाउनु पर्ने देखिन्छ/
नेपालको गरिबी र नेपालीले आफ्नो देसमा रोजगारीको अवसर नपाउनुको प्रमुख कारण नेपालमा भयको श्रोतको परिचालन नेपालको हितको निमित नगरेको र गर्न नदियकोले नै हो/ भारतको कलकत्ता बन्दरगाह नेपालले निशुल्क उपयोग गर्न नदिने भारतलाई नेपालको ठुला ठुला जलश्रोत हरु निशुल्क सुम्पेको छ// सशुल्क दियको भय नेपाले त्यो रकम लगानी गरेर नेपालले अरु कति जल बिद्युत तथा शिचाई आयोजना आफ्नै श्रोत बात गर्न सक्थ्यो र यस्तो आयोजनहरुले नेपालमा कति लाखले रोजगारीको अबशर पाउने थियो?
कृषि प्रधान भनिने नेपालमा भारत सिट गरेकोअसमान सन्धिहरुको कारणले नेपालको ठुलो नदीहरु शिचाई गर्न नहर बनाउन पाउंदैन/ त् बढ्दै गयको जनसंख्याको कारणले कम हुँदै गयको खेतमा खेति गर्न पनि आकाशको पानीमा निर्भर हुनु पर्ने भयको कारण कृषि जन्य पेशा गर्नेले समेत नेपालमा रोजगार पाउन नसकेको हो/
महान शिल्पकारी अरनिको जस्तैको नेपाल अहिले आइए पधारिय भन्दै नेपालको नागरिकता ओछ्यायर ल्यायको बिहारी कामदारको भयको कारणले आज लाखौँ अरनिहरु बिदेशिन बाध्य भयको हो/
अँध्यारोमा डुबेको; सुगम यातायातको ब्यबस्था नभयको पिउने पानि पानि समेत नपाउने; नेपाल लोभ्याउने नया नेपाली कलाकृति कुनै नबन्ने आय दिन बन्द र हड्ताल हुने हुने नेपालमा कति जना कति पटक सांस्कृतिक पर्यटकन आउन सक्ला? महँगो शुल्क तिर्दा पनि पर्यटकको सुबिधा र सुरछ्याको कुनै ब्यबस्था नभयको अबस्थामा पटक पटक पर्यत सगरमाथा चढ्न नआउने भयकोले चलाख र धुर्त पर्यटक ब्यबसाइहरु मानव तस्कर गर्ने मायन पावर यजेंट बने सोझा जति उनीहरुको सिकार बन्न बाध्य भयो/
अनेकौं बहाना बनायर पटक पटक सिंगापुर हंगकंग जाने नेताहरुले ती मुलुकहरु बिकशित भयको मूल कारण ट्रेड टुरिजम नै भयको कुरा बुझ्नमा भन्दा रास्ट्र बैंक बात बुझेको डलर भत्ता त्यहाको ड्युटी फ्री बिदेशी सामान किन्नमै बितायो/ यदि नेपाललाई पनि ति मुलुकहरुमा जस्तै “ट्रेड टुरिजम” गरिन सकिने मुलुक बनायको भय नेपाल पनि ती मुलुकहरुले जस्तै बिना उद्द्योग डलर युरो कमाउन सकिन्थ्यो; नेपालमै उत्पादन गर्ने रोजगारी नपाय पनि तेश्रो मुलुकले उत्पादन गरेको सामान बेच्ने रोजगार पाउने थियो; हंगकंग सिंगापुरको नागरिकहरुले पाय जस्तै/
कार ट्रक मोटर साइकल बनाउन सकिंदैन भने नेपालले कमसेकम पनि साइकल र रिक्सा त् बनाउन सकिन्थ्यो/ तर तेती पनि गरेनन ई नेताहरुले/ भारतले मर्सिडिज कम्पनीको पुर्जा जडान गरेर ट्रक बनायको हो/ जापानको सुजुकिको पुर्जा जडान गरेर मारुती जडान गरेको हो/ नेपालमा पनि गाडी जडान गर्न सकिने बाबुरामले चढेको मस्तांग ले नै प्रमाणित गरेकैछ/भारतले जडान उद्योगलाई प्रोत्साहन गरेरै बिकशित हुँदै आफ्नो नागरिकहरुलाई रोजगारीको अबशर बधाउन्दै गयको हो भन्ने कुरा ई खोकन पनि भारत जाने ई नेताहरुले नबुझेको पक्कै होइन/ नेपालले पनि तेस्तै गरे नेपाली नागरिकहरु आफु जस्तै भारत प्रति आश्रित नहुने भयकोले मात्रै नगरेको हो भन्न अलिकति पनि हिच्किचाउनु पर्दैन/
नेपाली आज आफ्नै देसमा रोजगार पाउन नसकिने भयकोले मात्रै विदेश जान बाध्य भयको हो/ यो बाध्यता ई कुशासन चलाउने नेपाल बिकशित भय नेपाली पनि उनीहरु जस्तै भारत सिट आश्रित नहुने भय बात तर्सेको नेताहरुले जवर्जस्ती षड्यन्त्र पुर्वक शिर्जना गरेको हो/
रेमित्तंसले गर्दा देश दिन का दिन टाट पल्टिरहेको तथ्यलाई हामि माझ पस्किनु भएको मा उमेशजी लाइ धन्यबाद. रेमित्तंस जस्तै अर्को हाम्रो देशको सत्रु भनेको इंडिया संगको pegged/fixed exchange rate पनि हो. यो बिषयमा पनि उमेश जी ले हामी सबैलाई कृपया थप जानकारी गराउनु हुन्छ भन्ने आश राख्दै अहिले लाई बिदा चाहन्छु.
म लिस्बन मा बस्यो छु ऐले, मेरा आँखा अगाडी येस्ता अनेक उदाहरण छन्, , नम्बर लगाएर गनम न :
१ – एउटी छिन्, नेपालाँ लोग्ने र छोरि छन् रे, यहा रूम मेट छ एउटा भुसतिघ्रे
२- एउतै अर्की छिन् काठमाडौँ कि नेवारनी . यहाँ एक जना “मास्टर बा” समा’र बसेकी छन्, एउतै फ्ल्याटमा तर समबन्ध लोग्नी स्वास्नी टाइप
३ एउटी को लोग्ने ट्राफिक हो रे नेपालाँ , यहाँ एउटा सानो तिनो पसले समाएर बसीथीन , पसले ले बाल दिन छोडेछ, ऐले एउटा धोति समा’र बसेकी छिन्
४ – एउटी कि छोरि दिल्ली मा नर्सिङ्ग पढ्दै छिन् रे, आमा लाई आँखा नलाउने मै मात्र हुम्ला 🙂
५- एउटी ले येही भाको पोइ लाइ छोडेर दक्षिणी अमेरिकाको एउटा संग बिहा अर्रिथीन, ऐले तेलले नि छोडोरे अनि एक्लै छिन् रे ,
येस्ता त बिदेस तिर जुन देस मा नि पनि कति हो कति छन्, ….
खै के भन्न सकिन्छ र दुनिया को बारेमा?विदेश आयपछी न केटा राम्रो यहाँ न त केटि नै सबै एक से एक हुन्छन तर गर्न के नै सकिन्छ र हेरेर बस्नु बाहेक. काम गर्ने ठाउमा भेटिन्छ कैले कहिँ नेपाली दिदि हरु अनि लाग्छ बोलाऊ जस्तो तर जब बोलाउन मात्र गइयो वने ओह हो थाहा छैन के सोच्छन आफैलाई अति ठुलो पो पल्टिन्छ त भनेको हुन त बिचारी हरु गारोस पनि के नै नेपाली ले बोलायो भनेर बोल्न थाल्यो भने भोलिपल्ट बाट अनेकथरी नाम ले चिनिन थाल्छ अनि किन नै बोल्न मन गरोश तेसैले त नेपाली केटि हरु सधै इन्डियन पाकिस्तानी बंगाली खोजेर लव गर्दै हिडेको पाइन्छ अनि सुनिन्छ किन तेस्तो रे भन्दा यदि अर्काको देश को संग लव गर्यो भने नाम चल्ने पनि डर हुदैन रे कसैले थाहा पनि पाउदैन रे अब थाहा नै नापवोश भनेर गर्ने काम चै के हो कुनी तेस्तै नेपाली केटा हरु पनि नेपाली केटि हरु ले नहेरे पछि फिलिपिनी को पछाडी पागल कुकुर भयर हिडेको पनि देख्न पाइन्छ यहाँ कैले कै कामको पैसा सबै फिलिपिनिको पछाडी खर्च गर्छन अनि घर जाने बेलामा धोति न टोपी यस्तै हो विदेश को दिदि भाई हरुको कथा सुनायारा कहाँ नै सकिन्छ र?
लिस्बनमा बस्ने ab bishnu (madrid), के एउटी एउटी भनेर जपिराखेको, एउटोले गरेको केही देखेको छैन? पढ्ने बेलामा गु्च्चा र डंडीबियो खेलेर बस्नु अनि घरी लिस्बन र म्याड्रिड् तिर “कागज” बनाउन ठक्कर खाँदै हिन्नु। गर्ने हुति केही छैन अनि नेतालाई गाली गर्दै बस्नु। सिकेको त्यति मात्र हो तिमीहरुजस्ता भगौडाहरुले।
“एक जना आफन्त दिदीले श्रीमान् विदेश गएको भन्यो कि मान्छेले अर्कै नजरले हेर्ने हुनाले ढाँटेर बाहिर जिल्लामा गएको भन्ने गरेकी छिन् रे”
‘केटाहरुले फोन नम्बर पाउनै हुँदैन। रातिराति फोन गरेर टेढोटेढो कुरा गरेर हैरान गर्छन्। फोन अफ गरेर राख्नुपर्छ। कति पटक त सिम चेन्ज गरेको छु।’
“हाकाहाकी मसित २ लाख रुपियाँ मागिन्। आज पैसा दिएर अदालत गएर डिभोर्स गरेँ।”
“अहिले श्रीमान् वा श्रीमती रोजगारीका निमित्त विदेशिने चलन छ, रकम भित्रिन्छ। तर कसैले कसैलाई कुरेर बस्दैन।”
यो नया नेपालको प्रतिबिम्ब हो| ०६३ सालको आन्दोलनले जनतामा धेरै चेतना ल्याएको छ भन्थ्यो! हो रहेछ!
यै माईसंसार मा धेरै अगाडी राजनीतिक बहशकै क्रममा मैले हाम्रो देश रेमिट्यान्सले थेगेको र त्यसको प्रमुख कारण, माओ-बादी रुपी कालो बादल हो, किनकि यसले गर्दानै हो देशमा भै रहेका उद्योग धन्दा चन्दा आतंकले आक्रान्त भै रहेको, उद्योग व्यापार गर्नेले इम्पोर्ट एक्सपोर्ट तिर लाग्न परेको, आदि इत्यादी कुरा गरेको सम्झना आउँछ|उसबेलामा मलाइ राजाबादी र माओ-बादीहरू चैं देशभक्त हुन् भन्दै पार्टीगत चश्मा लगाएका ले आक्षेप लगाएको अस्ती जस्तै लाग्छ|ऐले आएर छर्लंग भा छ, हाम्रो देश कैले, कसले,र के कारणले ऐले को अवस्था अझै भन्ने हो भने उँधो गतिमा पारेको भनेर|हामीले बेलैमा बुद्धि नपुर्याउने हो भने हाम्रो देश यो भन्दा पनि तल गिर्ने छ|चेतना भया|