Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धारामा थोपो पानी नझरे नि पैसा तिर्नैपर्छ

Posted on July 11, 2013July 11, 2013 by Salokya

Untitled-4

जुन सुविधावापत् शुल्क तिर्नुपर्ने हो, त्यो दिँदै नदिए पछि त्यसको शुल्क तिर्नुपर्छ कि पर्दैन। सोझो हिसाबमा पर्दैन। तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले त धारामा थोपै पानी नझरेर धारै प्रयोग गर्न छाडेकालाई पनि अहिलेसम्म तिर्न बाँकी पैसा (मतलब न्युनतम महसूल) तिर्न आओ, नत्र भोलिपर्सि मेलम्ची आउँदा बदला लिन्छौँ भनेर धम्क्याएको यो विज्ञापन आजको गोरखापत्रमा पढ्दा रमाइलो लाग्यो

विज्ञापनमा ‘थोपै पानी नआई धारा प्रयोग नगरेका’ शब्दले ध्यान तान्यो। बिचरा उपभोक्ता, थोपै पानी नआए पनि पैसा तिर्नैपर्छ नत्र मेलम्ची आउँदा धारा नजोड्ने धम्की! हरे शिव! शिव!

हेर्नुस् विज्ञापन-
Untitled-4

32 thoughts on “धारामा थोपो पानी नझरे नि पैसा तिर्नैपर्छ”

  1. simit gauchan says:
    July 14, 2013 at 1:54 am

    ग्राहकले पैसा नतिरे कर्मचारीले कसरि तलब पाउने त !!!!!!!!! म त मुर्ख पो रहेछु गत ४ बर्ष देखि खुरु खुरु पानीको पैसा तिरी राको छु त बा!!! म सोच्थे क्रेडिट हिस्टोरी बिग्रेला भनेर तरl अब त केहि गर्नु पर्छ झैँ लाग्यो, तर के गर्ने निरिह जनता न परियो कसो माइ संसार साथि हो !!
    सिमित

    Reply
  2. Ram Babu Shrestha says:
    July 13, 2013 at 11:13 am

    अ़़़िख्तयार के हेरेर बसी राखेको छ त ।

    Reply
  3. द्रोण says:
    July 12, 2013 at 7:38 pm

    यहि त् हो कामरेड हरुको स्विजरल्याण्ड !!
    खानेपानी लिमिटेड पुरानो सत्ता को बुजुर्वा संस्थान थ्यो , जो आफै खाने पानि छ उसले कसरि पानि दिन्छ , अब नया सत्ता मा दिने पानि संगठन खुल्छ अनि जनता ले पानि पिउन पाउछ |
    धन्दा न मान्नुस येस्पाली को चुनाब मा मेलाम्चिको पानि ट्यांकर मा ल्याएर काठमान्डू को जनता लाइ येक येक चम्चा ख्वाएर भएपनि नेपालि कांग्रेस ले आफ्नो पुरानो प्रतिबद्दता पुरा गर्नेछ | सिर्फ युवा नेता सुसिल दा लाइ जिताउनुस |

    Reply
  4. dharmendra says:
    July 12, 2013 at 7:19 pm

    यो,,, धारामा पानी भनेको के हो ?

    Reply
    1. bibek dhakal says:
      July 14, 2013 at 10:34 pm

      अहिलेलाई जोक हो हाम्रो छोराहरुको पलोसम्म दंत्ये कथा हुन्छ !!!

      Reply
  5. rabin sharma says:
    July 12, 2013 at 6:55 pm

    पानि ६ बर्ष भयो नआएको अब पैसा तिर्नु पर्ने रे ,के हावाको लागि?? हैन येस्मा हामी जनता सबै मिलेर मुद्धा हाल्न मिल्दैन यो त सरासर ठगि हो नि .. हैन र ??

    Reply
  6. PKG says:
    July 12, 2013 at 6:46 pm

    आस गर्नु भर नपर्नु मेलम्चीको !

    Reply
  7. Tenzing Gaba says:
    July 12, 2013 at 12:36 pm

    धन्दा मान्नु पर्दैन
    हामी पनि ब्यालेन्स नभएको चेक दिउ न
    जस्ता लै तस्तै ढीदालाई निस्तै ………..

    Reply
    1. द्रोण says:
      July 12, 2013 at 7:41 pm

      जरिबाना लंठंग लंठंग झुन्डिएर आउछ नि फेरी ?

      Reply
  8. Gautam Manandhar says:
    July 12, 2013 at 12:10 pm

    I am an idiot person to pay the bill regularly even in advance so that I am not penalized the hefty fine for getting water pipeline not water.

    Honestly saying water drips down when we have heavy rain in Asar / Srawan.

    Thank god the alternate arrangement works in my place.

    Reply
  9. Raju Rana - Mahendra says:
    July 12, 2013 at 12:01 pm

    बिग्रेको घर को भत्केको चुलो भनेको यहि हो ……..धारा को मात्र के कुरा – पुरै युनिट बिजुली खपत नगरेपनि बिजुली को बिल पुरै तिर्नु पर्छ- चाहिदा को समय मा आउने होइन त्यही पनि

    Reply
  10. जसराज राई says:
    July 12, 2013 at 11:00 am

    मेरो एउटा अनुभब छ, खै भनौ कि नभनौ?

    मेरो घर नया कोलोनी सुकेधारा हो जहाँ भर्खरै बोरिङ गरि पानी वितरण सुरु भएको छ. पानी छान्ने प्रक्रिया पुरा नभएकोले धारामा अहिले सम्म कसैले पनि मिटर जडान गेरका छैनन अर्को सब्दमा भन्नु पर्दा “ट्रायल पिरियड” नै चली रहेको छ तर पनि सबैले न्युनतम रकम १७५ महिनावारी खाने पानी कार्यलय माहांकालमा तिरिरहेका छन् | तर गजबको कुरा त के भने, म पनि न्युनतम रकम १७५ बुझाउनु पर्यो भनेर गएको त मेरो बिल ६,४३५ पो भन्छन म त छक्क परे अनि त्यतिकै फर्के र फेरी भोलि पल्ट मेरो छिमेकीको भर्खरै तिरेको बिल लगेर देखाए…लौ हेर्नुहोस मेरो छिमेकीले त महिनाको १७५ दरले तिरेको रशिद यहि हो तर मैले चाहि किन तिर्ने ६,४३५? भन्दा उल्टै मलाई गालि गरे र भने तिर्न मन लागे तिर्ने नत्र धारा काटी दिनछौ भने, यसो सोचे … पानीको यो हाहाकारमा धारा काटी दिन्छन भन्ने दरले ६,४३५ तिरेर फर्के| लौ है मित्रहरु यस्तै छ है यो गणतान्त्रिक नेपालको सरकारको जनताको ढाड सेक्ने उपायहरु|

    Reply
  11. aasish swiss says:
    July 12, 2013 at 3:48 am

    धन्न यो मेलम्ची ले अझै सम्म छोडेको छैन,कम्ति मा पनि सरकारी निकायलाई आस्वासन बाड्ने बाटो र सर्बसाधारण लाइ खोक्रो आशा त मिलेको छ,मैले होस् सम्हाले देखि सुनेको मेलम्ची ऐले सम्म आएको होइन क्यारे,धन्य छ नेपाल का आयोजना परियोजना..
    आशिष
    स्विस

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 12, 2013 at 11:06 am

      उमेश जी अबका केहि साता केहि यस्तै सरकारी अपराध सम्वन्धि लेख हरु लेखौं है ! के यो पार्किङ्ग सम्वन्धि केहि लेख्न सक्नु हुन्छ, जहाँ रु.५ को सट्टा रु १० लिइन्छ, सुरक्षाको जिम्मेवारी हुँदैन पार्किंग बाटै सवारी साधन हराउँछन् यसको पिडा पनि त कम छैन नि ! यो ब्लग मार्फत के हामीले सम्वन्धित निकायलाई यस सम्वन्धि कडा कानून बनाएर कार्वान्वयन गराउन सकिएला ?

      Reply
  12. Ram, UK says:
    July 12, 2013 at 12:01 am

    साथी हो, धाराको विवरण अध्यावधिक गर्न खानेपानीको मान्छे पो घर-घरमा जानु पर्छ त, तेसरी नोटिस टाँसेर हुन्छ ? किन तिर्ने सुक्खा धाराको बिल ? बिल नतिरेपछि उसले खुप्पै गर्ने भनेको धाराको लाइन काट्ने न हो? अनि लाइन काटेकै बराबर त हो नि पानी न आएपछि ? फेरी किन बिल तिर्ने ? उता भारतमा गोर्खाल्याण्ड एरियामा नेपाली (गोर्खा)हरुले ३ वर्ष देखिको बिजुलीको बिल नतिर्ने भनेर आन्दोलन गरि-राखेका छन्, न तिर्नु भनेरै बिमल गुरुङको पार्टी गोर्खा जनमुक्ति मोर्चाले उर्दी जारी गरेको छ र बङ्गाल सरकारले केही गर्न सकीरहेको छैन | हाम्रो नेपालमा पनि पानी न आउने धाराको बिल नतिर्नु भनेर किन त्यो मावोवादी, खावोवादी, कांग्रेस, एमालेले आन्दोलन गर्दैनन्? किन कि, उनीहरुको नेताको घर मा चौबिसै घण्टा पानी आउँछ, त्यसैले | त्यो उपभोक्ता मंच भन्ने कता गयो? अहिले कुनै पनि पार्टी सरकारमा छैन, यही बेलामा आन्दोलन चर्काउनु पर्ने हो | चुनावको लागी पनि बिल नतिर्ने नारा घन्काउने बेला यही हो | खानेपानी संस्थानको एकछत्र राज भत्काउने पर्छ | कि कसो ? सेवामा सुधार ल्याउने भनेर ब्रिटिस कम्पनीलाइ सम्झौता गरेर ठेक्का दिन लाग्दा हिसिला यमीले क्यान्सल गरेकी होइनन? अहिले त्यो कम्पनीलाइ न खेदेको भए पानीको यस्तो हाहाकार हुने थिएन होला | यता यु.के.मा पानीको बिल कम्तीमा महिनाको नेपाली ४३०० रुपियाको आउछ, तर पानी प्रसस्त छ, गुणस्तरको छ, काठमाडौँ मा पनि प्रसस्त पानी पाउने हो भने महिनाको १००० रुपिया तिर्न मानिस तयार छन्, तर खानेपानी संस्थान र के यु के एलका कर्मचारीहरु आफ्नो भाग खान नपाइने डरले कुनै पनि सुधार चाहंदैनन, त्यसैले यस्तो धम्कीपूर्ण नोटिस प्रकाशित गरेको हो, टेर्नु जरूरी छैन | जहिले पानी आउछ तेतिबेला सरकार कसको आउछ कसको, यो सरकार रहन्छ र ?

    Reply
  13. राम चन्द्र says:
    July 11, 2013 at 10:53 pm

    सरकारी धारो र सरकारी कर्मचारी एउटै हुन । दुबइ लाई पैसा नतिरी सुखै छैन ।

    Reply
  14. madan bajracharya says:
    July 11, 2013 at 10:43 pm

    “….पछि धारा जडान यवं अन्य सेवा र सुबिधा उपलब्ध गर्न नसकिने” यो सुचना मात्र सुचना होइन नागरिक अधिकार हनन गर्ने खुला धम्कि हो/ किन चुप बसेको छ नेपालको अधिबक्ताहरु?

    Reply
  15. bibek dhakal says:
    July 11, 2013 at 9:24 pm

    काठमान्डू वरिपरिका भएभरको खानेपानीको श्रोत “जल माफिया”हरुले कब्जा गरिसके …. तिनै माफियाहरुको किर्पाले काकाकूल काठमान्डू वासीहरुले “दुषित” पानि वाटै प्यास बुझाउनु परिराखेको छ!
    डाँकाहरु, २० २५ दिनमा एकपटक पानि दिनु छ त्यो पनि बत्ति गाको बेला पर्यो भने भर्ना पाइने हैन अझ महसुल तिरेन रे अनि फेरी धम्कि उनीहरुकै ? तेस्का बाजे , के गर्ने होला हौ इनिहरुलाई?

    Reply
    1. madan bajracharya says:
      July 15, 2013 at 10:06 am

      बिबेकज्यु/
      उपत्यकामा भयर यस्तो धम्कि दिन सकेको हो/ तराईमा यस्तो धम्कि दियको भय बाल्टिन प्रेसर कुकुर आदि आदि कोसेली पाउँथ्यो/

      Reply
  16. Manoj says:
    July 11, 2013 at 9:07 pm

    मानसिक खोक्रोपन को नमुना हो

    Reply
  17. उपासक उदास says:
    July 11, 2013 at 9:05 pm

    दुइटा उखान कथ्न मन लाग्यो –

    काठमाडौँ को धारा : भएनी सर्वहारा ;
    भित्री नीति बन्दैछ : जनता मारा !!

    आकाशको पानी , यही बरु ज्ञानी ,
    बदलामा माग्दैन सदैव नै दानी !!!

    Reply
  18. Nabin Adhikari says:
    July 11, 2013 at 8:57 pm

    मेलम्ची को नाम लीयर ग्राहक बाट पैसा असुलने राम्रो जुक्ति लगाको हो खाननहुने पानि सस्थांन ले 🙂

    Reply
  19. manita says:
    July 11, 2013 at 8:43 pm

    सबै लुट्न नै पल्केको नेपाल, सुन ब्यापारी पित्तल मिसाउन पाउन पर्छ भनेर आन्दोलन गर्छन, नुन ब्यापारी बालुवा मिसाउन पाउन पर्छ भनेर अन्दोलान गर्छन मास्टर बिद्यार्थी लाई पिट्न र राजनीति गर्न पाउन पर्छ भनेर आन्दोलन गर्छन, बिद्यार्थी जाच दिए पछि स्वत पास हुन पर्छ भनेर आन्दोलन गर्छन , कर्मचारी घुष खान र राम्रो ठाउ मा सरुवा हुन पाउन पर्छ भनेर आन्दोलन गर्छन, सरकारी संयन्त्र चै अब सबै माग पुरा गराउन सहमति गर्दै हिन्छा. जनता सधै पिसिएको पिसियै. राड देश भाड मा जाओस भन्ने अगुवा ले गर्दा यस्तो भएको. ठेडी ठोक्ने कानुन नआउदा सम्म यस्तै हो .

    Reply
  20. पुष्प says:
    July 11, 2013 at 8:32 pm

    थोपो पानी नझरे नि पैसा खोज्नेहरूले नियमितरूपमा मिटर जाँच पनि गर्न आउनुपर्यो नि ! आफूले गर्नुपर्ने कामचाहिँ नगर्ने अनि ग्राहकले बिनापानी, बिनाबिल पैसो तिर्नुपर्ने ! नकचरोपनको पनि हद् हुन्छ नि ! मुद्दा हाल्नुपर्छ खानेपानीको यस्तो हरकतविरुद्ध !

    Reply
  21. dilip gurung says:
    July 11, 2013 at 8:05 pm

    हामि नेपाली साह्रै सोझा भएकोले यिनीहरुले हेपेका हुन्| मेरो बिचारमा थोपै पानि नझर्ने ग्राहकहरुले चाहि आफै गैर लाइन काटी पाउ भनेर आबेदन दिए हुन्छ| भोलि मेलम्ची आइहाल्यो भने एक दुइ जना हाकिम को टाउको फोर्नु पर्छ, लाइन त्यसको बाउले नि दिन्छन| 🙁

    Reply
  22. Shailendra Dhakal (म्याउ ) says:
    July 11, 2013 at 7:41 pm

    अलि ब्यबहारिक कुरा गरौ है त, “थोपै पानी नाआइ धारा प्रयोग नगरेकाहरुले समेत पैसा तिर्नु पर्नेछ” भनेर त लेखेको देखिन मैले. तेस्मा लेखे अनुसार सम्बन्धित साखा कार्यालयमा लिखित निबेदन बुझाई ३५ दिन भित्र बक्यौता चुक्ता गर्न / कैफियेतहरु सुधार गरी नियेमित गर्न अनुरोध गरेको देखे. हाम्रो नजरमा सबै कर्मचारीहरु चोर नै हुन् अनि चोर्दै पनि गरुन भन्ने कस्तो मानसिकता? धारमा पानी आएको छैन भनेर निबेदन दिएर सच्यौन मिल्ने जस्तो देख्छु म त.
    थोपै पानी नआउनेहरुले पैसा तिर्नु पर्ने हो कि होइन? नया पाइप विस्तार को लागि सहयोग,अनुमान, आँकलन, योजनाम़ा त्यो सहयोग हुने देख्छु म़ा त.”कहाँ तिर्नु ?” भनेर पानी आएनी पैसा तिर्न गाह्रो मान्नेहरु, जानी जानी मिटर बिगार्ने हरुलाई सहयोग नगरौ है .सबै मिलेर मेलम्ची ल्याउने उपाए गरौ साथीहरु. हाम्रो हेपाहा पाराले नै हामी अल्छी अनि फोहोरी हुने भयौ. घुसखोरी ,ठग , चोर कर्मचारीहरुलाई बेलैमा चिनेर खबरदारी गरौ तर राम्रालाइ सहयोग गरौ. जब सम्म जनता अटेरी हुन्छन तब सम्म देश कहिले उभो लाग्दैन.खास म़ा देश चलाउने कर्मचारी हरुनै हुन्, हामीले तिरेको पैसाबाट हाम्रै लागि पानी आउने हो.हामीले सधै चोर कै दर्जा दिएर उनीहरुलाई चोर्न झन् सजिलो भयो. गालि गरेर मज्जा आउला तर एसले कहिले केहि परिबर्तन गर्दैन. सोचौ बुझौ साथीहरु हो. अनुसासित बन्ने कहिले ? कसैले कसैलाई नटेर्ने कस्तो बिजोग भो हाम्रो देश 🙁

    Reply
  23. Dinesh Oli / Airport Customs Officer says:
    July 11, 2013 at 7:32 pm

    नतिरे हुन्छ है साथी हरु! कहिले मेलम्ची को आस देखौछन, कहिले तेस्कै धम्कि !

    Reply
    1. Romon says:
      July 11, 2013 at 9:29 pm

      भन्सार अफिसरलाई के को चिन्ता नि !!!!!!!!!!!!!!!

      Reply
    2. सुइरे says:
      July 12, 2013 at 3:10 am

      यो Airport Customs officer ले पनि का नेर च्याखे हान्न खोज्दैछ हो!
      माइ संसारमा एरपोर्ट कस्टम अफिसर भनि प्रचार गरि यल्ले कसलाई छिर्के हान्न खोज्दैछ! यो खानेपानी संस्थान भन्दानी खतरा त यो पो हो है!
      साबधान हुनुपर्यो है सबै!

      Reply
      1. Dinesh Oli / Airport Customs Officer says:
        July 12, 2013 at 10:42 am

        airport मा काम गर्ने सबैलाई मुत खुवाउनु पर्छ भन्ने एकजना कमेंटर लाई सबै तेस्त हुदैनन् है भन्न लाई मैले मेरो नाम पछाडी पद हालेको थिए ! कसैलाई छिर्की हान्न, लडौंन, पिट्न होइन !
        @रोमोंन
        भन्सार अफ्फिसर ले पनि पिउनु पर्दैन र ?

        Reply
  24. kedar says:
    July 11, 2013 at 7:02 pm

    लुकिछिपी लाइ चोरी भनिन्छ भने हाका हाकीलाइ डकैती ……………

    Reply
  25. ekraj says:
    July 11, 2013 at 6:38 pm

    यी खाने पानि बिभाग तेत्तिकै जागिर खाएर बसेकाको तलब जगेर्ना गर्ने बाटो घटेकोले, धम्काएर भए पनि आफ्नो भुडी भर्ने बाटो मात्र हो|
    यस्ता निकम्बा सरकार कसैलाई चाहिएको छैन र यस्ता भोका जुका लै पाल्न जनतालाई बाध्यता छैन| जनताको केहिपनि खाँचो टार्न नसक्ने सरकार किन पाल्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme