‘एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन्। उनको दात टम्म कसिएको हुन्छ। आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ। साथीहरू दौडेर आउछन्। कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन्। मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ …… केही मिनेटदेखि आधा एक घण्टा यही स्थिति हुन्छ, ब्युझियेपछी मा केहि सम्झिन्न भनरे उनी भन्छिन ………. केहि साथीहरू यो छारे रोग हो भन्छन् त केही केटाहरू यो हिस्टेरिया हो भन्दै हासिरहेका हुन्छन् …… टोल छिमेकमा ‘यो रोग बिहे गरिदिए ठीक भैहाल्छ’ पनि भन्छन्।
के हो माथिको उदाहरण ? जुनसुकै रोगले ग्रसित भए पनि मानिस जब बेहोस हुन्छ, त्यसलाई ठट्टा या हासोको विषयको रूपमा लिनु हुदैन। बेहोस भएको व्यक्तिलाई सर्वप्रथम त नजिकको स्वास्थ्यकर्मीको जाच गराउनु पर्दछ। केही छारे रोग माथिको उदाहरण जस्ता पनि हुन्छन्। त्यसैले सही बिशेसज्ञ द्वारा पहिचान र उपचारमा ढिला गर्नुहुदैन। तर माथिको उदाहरणले चाही हिस्टेरिया भन्ने समस्याको एउटा रूप देखाउन खोजेको हो।
हिस्टेरिया भन्ने शब्दको उत्पत्ति आजभन्दा दुई हजार वर्ष अगाडि भएको हो। हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले त्यतिबेला यो समस्या स्वास्नीमानिसहरूमा मात्र देखे र स्त्री प्रजनन अङ्ग पाठेघरसग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे। बर्सौ सम्म यो समस्यालाई यसै प्रकारले हेरियो। झण्डै सय वर्षअगाडि यो समस्या यौन सम्बन्धी कुनै समस्या नभएका आइमाईहरूमा पनि हुनसक्ने भेटियो। त्यस्तै रजस्वला सुरु नभएका केटीहरू र महिनावारी हुन समाप्त भइसकेका वृद्धाहरूमा पनि यसरी वेहोस हुने समस्या भेटियो। फलस्वरूप यो समस्याको यौनजन्य तथ्यमा प्रश्नचिन्ह लाग्यो।
अनुसन्धानहरूले के देखाए भने यो समस्याको ‘यौन’सग कुनै सोझो सम्बन्ध छैन। बरु यो समस्याको तनावसग सम्बन्ध छ। तनाव नभई हिस्टेरिया हुदैन . तनावको प्रकार चाहिं जस्तो पनि हुन सक्दछ। पढाइको तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तनाव, इज्जतको तनाव आदि। यौनसम्बन्धी समस्याले पनि तनाव उत्पन्न गर्न सक्दछ। त्यसैले यौनसम्बन्धी समस्याले अन्य समस्याले झै तनाव उत्पन्न गराएर हिस्टेरिया भएको हो, न कि सोझै भन्न सकिन्छ।
अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (Convert) हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर (Conversion Disorder) भनेर चिनिन्छ। अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो।
मास (Mass) हिस्टेरिया
हिस्टेरिया कहिलेकाहीं एक समूहका एकभन्दा बढी सदस्यहरूलाई हुन सक्दछ। यस्तो अवस्थालाई मास ९ःबकक० हिस्टेरिया भनिन्छ। केलाउदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ। उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ। यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासको कारणले सो अवस्थामा पुगेकाहुन्छन्। विद्यालय, छात्रावास जस्ता समूहगत रूपमा किशोर किशोरीहरू रहने स्थानहरूमा यो अवस्था बेलामौकामा भेटिन्छ।
हिस्टेरिया र अन्य मानसिक रोगहरू
हिस्टेरियाको अन्य मानसिक रोगसग गहिरो सम्बन्ध छ। केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ। केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुनसक्ने सम्भावना बढाइदिन्छन्। हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हनु सक्छ। यस्तो व्यक्ति आफुले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायता विना ठीक हुन मुस्किल नै हुन्छ। यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरु (डिप्रेसन, आत्तिने रोग इत्यादि) उत्पन्न हुन सक्दछन।
के विवाहले यो समस्या ठीक हुन्छ ?
विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने धारणा गलत हो। विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ। तर कसै कसैलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ। कतिको हिस्टेरिया विवाहपश्चात् झन् च्यापेर आउछ। विवाहलेहोइन तनावको निदानले हिस्टेरिया ठीक हुन्छ।
तत्काल के गर्ने ?
सुरुको उदाहरणमा चित्रित दुबै कुरा ठीक छैनन्। जबरजस्ती मुख खोलेर पानी खुवाउनु तथा हातखुट्टा चलाउन खोज्नुले बेहोस भएको व्यक्तिलाई चोट लाग्न सक्छ। जिस्क्याउने व्यक्तिहरूले समस्याको गम्भीरतालाई नबुझेको ठहर्छ। सर्वप्रथम त यो बेहोसी हिस्टेरिया हो या होइन पत्ता लगाउनु अत्यावश्यक छ। स्वास्थ्यकर्मीले (मानसिक स्वास्थ्यमा तालिमप्राप्त भए राम्रो हिस्टेरिया भए नभएको पत्ता लगाउनसहयोग गर्न सक्दछन। हिस्टेरिया भनरे निर्क्यौल भइसककेा अवस्थामा बेहोस व्यक्तिलाई आराम गर्न दिनुपर्दछ। चोट नलाग्ने आरामदायी ठाउमा नचलाइकन आराम गर्न दिनु पर्याप्त हुन्छ। केही बेरपछि उसलाई विस्तारै होस आउछ। होस आइसकेपछि तुरुन्त उसग “तिम्रो तनाव के हो ?” भनरे कचकच गर्नु हुँदैन।
कसरी हुन्छ हिस्टेरियाको समाधान ?
तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हो हिस्टेरियाको समाधान। अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस्। तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन्। तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ। निदानको लागि तनावको पहिचान आवश्यक छ। पहिचान गर्न त्यति सजिलो नहुन सक्छ। यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ।
त्यसैले हिस्टेरिया न त यौनजन्य समस्या हो , न त विवाहपश्चात् नै ठीक हुन्छ। हिस्टेरिया एउटा मानसिक रोग हो र वास्तवमा ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो, जुन वरपरका व्यक्तिहरूले संवेदनशील भएर बुझ्नखोज्नु आवश्यक छ।
यो लेख mentalhealthnepal.com बाट साभार गरिएको हो। मानसिक स्वास्थ्यको बारेमा एकै ठाउँमा विस्तृत जानकारी पाउन यो साइट उपयोगी छ। हाल अस्ट्रेलियामा रहेका साइकियाट्रिस्ट डा. अनुपम पोखरेलको पहलमा यसै वर्षको मे २५ देखि यो साइट सञ्चालनमा आएको हो। संसारमा जहाँ कहीँ रहेका नेपालीबाट प्राप्त भएका मानसिक स्वास्थसँग सम्बन्धित प्रश्नको विज्ञबाट उत्तर दिने क्रमसमेत यो साइटले दोस्रो चरणमा थाल्ने भनेको छ। प्रश्न यहाँ गएर सोध्न सकिन्छ।
http://en.wikipedia.org/wiki/Hysteria. an article written by a man who lives in 18th century. did you know that dildo was invented by quacks to take care of hysteric women in the 18th century? its good that you want to talk about sex but please refrain from putting up false or outdated information please. the first comment by samir is true and accurate.
Please read the full article before making such statements. The only outdated word used in this article is the word hysteria itself, which is still being used by media and general population, hence the idea was to explain what we were talking about by using the term hysteria and then state that it is now a days called conversion disorder. This article does not talk about sex. It is however necessary to advise people that this condition has nothing to do with sex directly, although it could be the cause of stress to a small proportion of people.
सालोक्यजी, तपाईंको चर्चित ब्लगमा स्वास्थ्य सम्बन्धी लेखलाई स्थान दिनुभ’कोमा धन्यवाद। पाठकहरुमा स्वास्थ्य सम्बन्धी बिषयमा बहस गर्ने, जाने नजानेका कुरा शेयर गर्ने मौका दिनुभो, धन्यवाद। ‘मेन्टल हेल्थ नेपाल’ सम्बन्धित टिम र डा. अनुपम पोख्रेललाई धन्यवाद अनी शुभकामना नि।
आजभोली ‘हिस्टेरिया’ शब्द मेडिकल भाषामा प्रयोग गरिदैन। गलत अर्थ दिने र विरामीलाई हेपिएको, गिज्याईएको जस्तो अर्थ दिने भएकोले यो शब्दको मेडिकल प्रयोग बन्द गरिएको थियो। केही समय अघी यसै रोग सम्बन्धी ‘स्वस्थ नेपाल Healthy Nepal’ ब्लगमा पनि ‘अनौठो मनोरोग: कन्भर्सन डिसअर्डर/Conversion Disorder’ शिर्षकमा लेख राखेको थिएँ।
http://myhealthynepal.blogspot.com/2012/03/conversion-disorder.html
यस सम्बन्धी एउटा रमाइलो फिल्म ‘Hysteria’ पनि छ, जस्मा यौन खेलौना ‘भाईब्रेटर’ कसरी बन्यो भन्ने कथा छ, हेर्नुहोला।
सबै भन्दा पहिले त mysansar.com लाइ यो लेख पोस्ट गरेको मा धेरै धेरै धन्यबाद . यो लेख पढ़नुभायेका तथा comment गर्नुभएका सबैलाई पनि धन्यबाद . हामि यो लेख update गर्ने क्रममा पाठकहरुका सबै comments लाइ सम्बोधन गर्ने छौं . तर छोटकरी मा केहि कुरा हरु यसप्रकार छन् .
Epilepsy या छारे रोग पनि यस्तै हुन सक्छ त्यसैले त माथि उदाहरण पश्चात ” केही छारे रोग माथिको उदाहरण जस्ता पनि हुन्छन्। त्यसैले सही बिशेसज्ञ द्वारा पहिचान र उपचारमा ढिला गर्नुहुदैन। तर माथिको उदाहरणले चाही हिस्टेरिया भन्ने समस्याको एउटा रूप देखाउन खोजेको हो।” भनिएको छ .
पहिले यस समस्या लाइ यौन संग सम्बन्ध भएको ठानिएको थियो तर हाल आएर यस समस्याको सम्बन्ध यौन सम्बन्धि तनाव संग निकै कम पाइएकोले र अन्य विभिन्न तनाव संग बढी पाइएकोले नामकरण नै परिवर्तन भई Conversion Disorder भनिन्छ. DSM (अमेरिकन system) ले यसलाई Somatization Disorder अन्तर्गत राख्छ . Conversion या Somatization जे भनेपनि मानसिक तनाव सहि तरिका बाट व्यक्त नभएमा शारीरिक लक्ष्यणको रुपमा प्रकट हुन्छ भन्ने हाल को बुझाइ हो . बिज्ञान गतिशील छ . पछि यसबारेको बुझाई अझै परिमार्जन पनि हुन सक्छ .
हो तनाव हुने सबैमा तनावद्वारा हुने मानासिक समस्या हुन्छ भन्ने छैन . जसरि चुरोट खाने सबैमा cancer हुदैन त्यसरी नै तनाव हुदैमा तनाव ले गर्दा हुने विभिन्न मानसिक समस्या (डिप्रेसन, आत्तिने रोग, हिस्टेरिया) हुदैन . उक्त व्यक्तिको व्यक्तित्व, तनाव लाइ ग्रहण गर्न सक्ने क्षमता, support सिस्टम, genetics लगायत धेरै कुरामा भर पर्छ .
हामि सबै आ आफ्नो अनुभव तथा अध्ययन द्वारा विभिन्न धारणा विकास गर्दछौं . तपाईहरुको विभिन्न धारणाको हामि सम्मान गर्दछौं . तपाइँहरु http://www.mentalhealthnepal.com मा गएर आफ्नो सल्लाह र सुझाव दिन सक्नुहुन्छ . फेरी पनि सबैलाई आफ्नो अमुल्य समय दिएर यो लेख पढ्नुभएको मा र comment गर्नुभएकोमा धेरै धेरै धन्यबाद . माथिको website मा गएर Like us on facebook मा क्लिक गर्नुभएमा तपाइले नियमित रुपमा नया नया लेख हरु नेपाली भाषा मा पढ्न पाउनु हुने छ . आउनुस हामी सबै मिलेर मानसिक स्वास्थ्य को जनचेतना बढाउँ .
सहि र आधिकारिक इन्फर्मेशनको लागि धन्यबाद!!!
अब माथि लेखक ले जुन त्यो महिला को symptoms को कुरा गर्नु भयो खास त्यो चै त्यसलाई epileptic seizure भन्छ न कि hysteriya हो.
What you are saying is also right. If you see in the first paragraph it says some epileptic fits (chhare rog) also may appear like this. Similarly hysteria (conversion disorder) also appears as above. As stated in the article it is important for such patients to get assessed by an experienced health professional before confirming the diagnosis. There may be different views on this condition, and the view discussed here is the mainstream view on conversion disorder previously called hysteria. We will incorporate your and all other feedbacks and comments when we update the article in the future. Thank you for reading the article and giving your valuable comment.
सबै का तर्क सुनेर खुसि लाग्यो ..तर कति वाए मित्र हरु को कुरा चित्त बुझेन त्यसमा पनि भाइ जी को ..मा आफै एउटा डाक्टर त्यसमाथि पनि मानसिक रोग सम्बन्धि पडिरहेको डाक्टर हु कति पाए कुरा हरु बुज्न र बुझौन गारो हुन्छ मेडिकल फ़िएल्द मा ..यो लेखमा लेखकले सरल भाषा मा hysteria लाई बुझाउन खोज्नुवएको छ ..विह गर्दै मा यो रोग निको हुने हैन र यो रोग यौन्संगा मात्रै सम्बन्धित छैन र बिह रोग को उपचार हैन भन्ने कुरा बुझाउन खोजिएको हो जुन १००% साचो हो . तर यति बुझ्दैमा hysteria को बारेमा सबै बुझे वन्ने हैन ..यसमा धेरै कुरा हरु हुन्छन जुन सबै रोग बुझ्न त psychology र psychiatry को ज्ञान हुन जरूरी छ ..यतिकै आफुलाई लाग्यो वन्दैमा तेइ हो भन्न मिल्दैन नत्र सबै डाक्टर हुन्थे तेइ भएर भाई जी को यो यौन संगै सम्बन्धित छः भन्ने कुरा अलि ठिक लागेन अर्को कुरा हामीले पत्र पत्रिका मा लेखेको कुरा अझै भनौ अनुसन्धान का कुरा कुरा हरु सबै विश्वास गरिहल्दैनौ अनुसन्धान धेरै भैरहेका हुन्छन सबै लाई मानिदैन त्यसको लागि पनि धेरै कुरा हरु हुन्छन त्यसैले एउटा अनुसन्धान मा लेखियो भन्दैमा तेइ हो पनि भन्न मिल्दैन ..हेर्नुस मेडिकल मा धेरै कुरा हरु हुन्छन जुन सबै ले बुझ्दैन तर हामीले त एउटा स्वर्वसधअरण कुनै पनि रोग को बारेमा बुझ्नु पर्ने कुरा क हो तेइ बुझ्ने हो अनि बिसेस्यग्य डाक्टर संग परामर्श गर्ने हो ..त्यसो गरे मात्रै त्यो बिसय को बारेमा राम्रो ज्ञान हुन्छ जस्तो लाग्छ …
धेरै उपयोगी जानकारी बाँड्नु भएकोमा यहाँलाई धन्यबाद छ | नेपालका गाउँ-घरका कति स्कुलमा स्कुले केटीहरु (एक्लै वा समूहमा) यो समस्याबाट पिडित भएको समाचार मैले धेरै पटक पढेको छु | यस्तो सहि र उपयोगी जानकारी ति समुदाएका मानिसले पाए समस्याको सहि समाधान हुन सक्ने थियो भन्ने मलाई लाग्छ |
स्वास्थ्य सम्वन्धित कुरो भएकोले खासै जानकारी त छैन मलाई तर तनावले हिस्टेरिया हुन्छ भन्ने मान्न भने अलि गाह्रो भो . तनाव त सबैलाई हुन्छ नि हैन? तनावकै कुरो गर्ने हो भने, बाढी पहिरो मा परेर घर खेत गुमाउने हरुलाई जति तनाव अहिले कसलाई होला ? परिवार छोराछोरी परिवार को चिन्ता, घरपरिवार को चिन्तामा पुरै विक्षिप्त रहेर पनि वहाहरु यसरि पर्ल्यांग पर्ल्यांग जता पायो उतै ढल्नु भएको छैन ! त्यस्तै तपाइलाई पनि कति धेरै चिन्ता, तनाव र पीडा होलान, र पनि तपाई नै यसरि जता पायो उतै बल्ड्याङ्ग खानु भा’को छैन होला . त्यसैले यो तनाब संगमात्र सम्वन्धित छ जस्तो लागेन मलाई ! हो न हो यदि बिबाह पछि यो रोग निको भएको देखिएको छ भने, यो उनान्सय प्रतिशत यौन संग नै सम्वन्धित छ . र विवाह भैसकेका मा यो समस्या देखिनु को कारण उनीहरुको वैवाहिक जीवन मा यौनसुख को कमी नै हो |
तनाब लै हेर्ने दृस्टीकोण फरक हुन्छ होला नि त ! कसै को घरखेत नै गएर पनि खुसि साथ् बचिरखेका हुन्छन ! कोहि करोडपति १ लाख घाटा लाग्ने भो भनेर खप्पर बजार्छन |
यौन संग सबै कुरा लाई नदाँजौं। कोहि युवतिलाई कुनै मानसिक रोग छ भने – यसलाई यौन चाहनाले गरेर यो रोग लागेको हो ” भन्नु धेरै हिसाबले गलत हो। गलत किन हो भने – यसले हाम्रो समाजको सोचाइ दर्शाउँछ – विज्ञान, प्रविधी, चिकित्साशास्त्र आदिले जे भने पनि, हामी हाम्रै पुराना गलत सोचाई र अन्धविश्वासको खाडलबाट माथि उठ्न चाहन्नौं भन्ने दर्शाउँछ।
गलत यस कारण पनि हो – यस्ता उट्पटाङ गलत सोचाइ राखिदिंदा ती महिलाई झन् धेरै मानसिक आघात पुग्न सक्छ र रोग झन् जटिल बन्न सक्छ।
र , गलत यस कारण पनि – रोग र रोगको निदान एकातिर छ, बिहे गरे ठिक हुन्छ भन्दै गलत उपचार पद्धति अपनाउँदा रोग झन् बढ्छ, निको हुँदैन।
हिस्टेरिया मानसिक रोग अन्तर्गत नै पर्ने रोग हो तर यसलाई मानसिक रोग नभनी मनोबैज्ञानिक रोग भन्ने बुझ्न जरुरि छ तर यो साधारण तनाव संग मात्र जोडेर हेर्न मिल्ने रोग हैन | यो यौन मनोविज्ञान संग नै सम्वन्धित अवस्था हो | यो रोग, अधिकाशत: मासिकश्रावलाई हेय को दृष्टि बाट हेर्ने र रजस्वलाको समयमा महिला हरुमाथि राम्रो व्यवहार नहुने क्षेत्र हरुमा ब्याप्त पाइञ्छ | सहरमै बसेका वा पढेलेखेका र जान्नेबुझ्ने भए पनि केहि व्यक्तिहरुको घरपरिवार मा मासिकश्राव को समयमा हुने र हेर्ने दृष्टिकोण ले पनि उनीहरुमा मानसिक आघात पुरयाउछ र उनीहरु मा हिस्टेरिया देखिन सक्छ | तसर्थ यो यौनस्वास्थ्य संग नै सम्वन्धित विषय हो भन्ने बुझ्नुहोस् |
यौन संग सम्बन्धित भन्दैमा नराम्रो मान्ने समाजको हेराइले पनि यो रोग लागेका लाई असजिलो बनाएको त मैले पनि देखेको छु तर यो रोग हो र यसको उपचार गर्नु पर्छ | कलिला नानीहरुमा (१२-१५ उमेर समुहमा), उनीहरुको फर्स्ट मेन्स्ट्रुएसनमा उनीहरुप्रति गरिएको गलत व्यवहारले पनि यो रोग लाग्न सक्छ | प्रथम मासिकश्रावमा यौनाङ्ग बाट रक्तश्राव भएको देखेर त्यो डरले पनि कतिपय किशोरी मा हिस्टेरिया हुने गर्छ | त्यो समयमा उनीहरुलाई राम्रो संग बुझाउन सट्टा कुनै ठुलै अपराध गरे जस्तो अँध्यारो कोठा मा थुन्ने. सुर्यको किरण र प्रकाश पर्न नदिने जस्तो कुरा ले उनीहरुमा डर बसिरहन्छ | र परिणाम, हिस्टेरिया !
यो रोग अत्यधिक यौन चाहनाले हुन्छ भन्ने होइन र मैले माथि त्यसो भन्न खोजेको पनि होइन सायद धेरैले त्यसो बुझ्नु भयो जस्तो छ ! यो यौनप्रति डर र हिन भावनाले हुने हो | मास हिस्टेरिया पनि एकजनामा हिस्टेरिया भएपछी अन्य महिला तथा किशोरी हरु हुने मानसिक हीनता तथा डर ले निम्त्याउने परिणाम हो |
यो साधारणतया महिलामा देखिने रोग हो | ग्रीक शव्द हिस्टको अर्थ डिम्ब/डिम्बासय हुन्छ | डर त्रास बाट जीव शरीरमा आन्तरिक रुप मा अम्लिय पदार्थ उत्पन्न हुन्छन भन्ने त तपैहरु मन्नुहुन्छ नि हैन ? यौनसंग सम्बन्धित विषय मा उत्पन्न हुने भावनाले पनि महिलाहरुको हार्मोनमा गडबडी ल्याउछ र त्यसको असर मस्तिष्कमा पर्छ | म फेरी पनि भन्छु “यो यौन चाहनाले हुने रोग हैन, यौन वा प्रजनन स्वास्थ्य प्रति भएको डरले उत्पन्न गराउने अवस्था हो” |
यो पुरुषमा लाग्दै नलाग्ने भन्ने होइन, तर पुरुषमा महिलालाई जस्तो तुरुन्तै र गम्भीर असर गर्दैन , त्यसैले चिकित्सकहरु त्यसलाई हिस्टेरिया पनि भन्दैनन. साधारण मानसिक तनाव वा नर्वसनेस भन्छन | अलि बढी नै भयो भने ‘सोमाटाइजेसन डिसअडर’ भन्छन|
अब रह्यो उपचारको कुरा | मैले माथि बिहे गरिदिनु नै उपचार हो भन्नु को अर्थ यो समस्यालाई हल्का र रमाइलो रुप ले लिन भनेको होइन ! यसको समाधान भनेको हिस्टेरिया बाट पिडितलाई यौन सम्बन्धित बिषयमा खुल्न र यो सहज प्रक्रिया हो भन्ने बुझाउने नै हो | यो बुझाउन बिबाह भन्दा गतिलो उपाय के हुन्छ ? वास्तवमा यौन भन्ने विषय स्कुलमा पढे जस्तो, पढेर र सुनेर मात्र बुझिने कुरा हैन | तर यदि पिडित किशोरी ले यौन र प्रजनन स्वास्थ्यलाई राम्रो संग बुझिदिने हो भने विवाह नै नगरी पनि यो समस्या समाधान भने हुन्छ |
त्यसैले, यसको उपचार भनेको पिडितलाई प्रजनन स्वास्थ्य, प्रजनन अंग र प्रजनन प्रक्रियाको बारे मा प्रष्ट पार्नु हो | यो रोग लाग्नै नदिने उपाय भनेको किशोरावस्था प्रवेश गर्दै गरेकी बालिकालाई उसको शारीरिक परिवर्तन को प्रक्रियालाई मानसिक रुपमा ह्याण्डल गर्न सक्ने बनाउनु हो |
अन्त मा मलाई एउटा कुरो जोड्न मन लाग्यो –
यौन भनेको लन्च र डिनर जस्तै हो | जैविक शरीरको आवस्यकता हो | यस विषयमा कुरा गर्न लजाउने या हासोमा उडाउने नगर्नुहोस ! तर कुरा गर्ने या सम्पर्क गर्ने भन्दैमा यौनलाई चिया चुरोट संग नदाज्नुहोस ! जति बेला मन लग्यो तेती बेला खाइने चिया जस्तो हलुका रुपमा नलिनुहोस | साथीभाई संग चुरोट सेयर गरेजस्तो हैन यो ! यौन स्वास्थ्यलाई बुझ्नोस र मानसिक रुप मा फिट रहनोस ! लन्च डिनर धेरै गरे पेट खराब हुन्छ, त्यस्तै यौनमा बढी लिप्त भए जीवन नै खराब हुन्छ भन्ने बुझ्नोस ! आवस्यकता भन्दा बढी पनि समस्या हो र आवस्यकता भन्दा कम पनि समस्या हो ! र आवस्यकता पर्यो भन्दैमा जथाभाबी भौंतारिनु सट्टा अल्टर्नेटिभ अप्सन खोज्नु राम्रो ! लिव हेल्दी, थिङ्क हेल्दी !
mr bhai ji ..i dont know from where u have read and then wrote all these things about hysteria becoz although some of the points u have written is correct but hystera( conversion disorder) because a girl might have not been properly treated during menstruation is not entirely correct..i repeat once again..exact cause of conversion disorder is still unknown but the basic concept all of you have to understand here is that it is one of the mechanism of expressing one’s underlying stress or coping the stress…why it occurs in some girls and not in all depends upon many factors ..there are many theories regarding the cause of conversion disorder and it is difficult for me to explain all…the take home message is the HYSTERIA (CONVERSION DISORDER) IS LINKED TO THE UNDERLYING PSYCHOLOGICAL STRESS..WITHOUT ANY STRESS THERE IS NO HYSTERIA..i hope u have got my point
हिस्टेरिया मात्र होइन जुन सुकै रोग लागे पनि बिरामी लाई जिस्काकाउने हेप्ने गर्नु हुन्न । माया र सद्भ भाब ले हेर्नुपर्दछ ।
हिस्टेरिया आफै मा रोग हो जस्तो लाग्दैन मलाई उत्तर माथि नै भनिएको छ कि यो कुनै पनि समस्या बाट सिर्जित तनाब को कारण बाट हुने एक प्रकार को रोग हो/ कृपाय यो अबस्था बाट कहिँ कोहि मुर्छित भएमा मोजा सुगाउने, र बिहे गर्दिने कुरा तिर लाग्नु हुन्न भन्ने लाग्छ मलाई/
साइकाट्रिस्टको मुताबिक महिलाको ५०% आन्तरिक रोगहरु बिबाह पश्चात ठिक हुन्छ !
मैले पनि कयौ विक्षिप्त, मनोरोगी महिलाहरु बिबाह्पछी खुसीको जिबन बाचेको देखेको छु /
जीवनसाथी र बिहे गरेपछि को घर, अनि परिवारको व्यवहारमा भर पर्छ !
”अनुसन्धानहरूले के देखाए भने यो समस्याको ‘यौन’सग कुनै सोझो सम्बन्ध छैन। बरु यो समस्याको तनावसग सम्बन्ध छ। तनाव नभई हिस्टेरिया हुदैन ”
यो बाक्य अलि आफै मा बिबादास्पद भयो | तनाब को हिस्टेरिया सग सम्बन्ध छ भने यौन सग पनि सम्बन्ध हुने भै हाल्यो नि | किनकि सम्भोग ले दिने धेरै फाइदा मध्ये तनाब बाट मुक्ति नै प्रमुख फाइदा हो |
मोडर्न सेक्स एदुकेसन अनुसार
१) २० बर्स देखि ३० बर्स का युवा युवती बीच हप्ता मा कम्तिमा ३ चोटी सम्भोग अनिबार्य छ
२) ३० देखि ४० बर्स का बयस्क ले हप्ता मा २ चोटी गरुन
३) ४० बर्स माथि का ले खान्की अनुसार हप्तामा मा १ बा २ चोटी गर्न सक्छन |
यो नियम को पालना गरेमा दिमाग सधै स्वस्थ र तनाब मुक्त हुन्छ भन्छ किताब |
बुजुर्ग हरुको अनुभब ले पनि त्यहि कुरा सिकाएको छ जन मानस लाइ |
तपाइले दिनुभएको तर्कबाट मैले एउटा निस्कर्ष निकाले –
यौन सम्बन्ध जारि राखिरहने हो भने (सुरक्षित तरिकाले), एड्स लागेको व्यक्ति पनि बढी बाँचछ : किनकि सेक्स ले तनाव कम हुन्छ र तनाव कम भएपछी रोग प्रतिरोधात्मक क्षमतामा बृद्दी भाको वैज्ञानिक खोज बाट पत्ता लागिसक्यो! त्यसैले प्राणघातक रोग लागेका हरुलाई मजाले धित मरुन्जेल (आखिर मर्ने छ) सम्भोग गर्ने सल्लाह दिम!!
बिबेक जी
अब एड्स नै निको पार्ला त् न भनौ, बिधिपुर्बक नियम मा रहेर आफ्नी प्रेमिका बा श्रीमती सग गरिएको सहबास आफैमा धेरै ठुलो औसधि हो | मन लाइ शान्त पार्छ| जवानी बरकरार राख्छ | किनकि पुरानो हर्मोन फालिएर नया लाइ उत्पादन गर्ने ठाउ मिल्छ | पुरानो धर्म ग्रन्थ ले त् यदि ४०+ ले १६ – २० बर्स को स्त्री सग संसर्ग गर्छ भने आयु बढ्छ भनेर पनि लेखेको छ |
यो सुन्दा अलि अ ब्यबहारिक लाग्छ | तेसैले पुराना राजा , रजौटा , मुस्लिम राजा हरु बुढो हुन्जेल पनि जवान स्त्री सग को रति क्रिडा बाट धेरै फाइदा लिएका थिए |
यो नियम चाही तपाई जस्तै बोका हरु ले बनाएका हुन् ! यौन चाहिन्छ तर यौन को साटो हस्तमैथुन पनि गर्न सकिन्छ !
ओली जी
तपाइँ आफ्नो नाउको एअरपोर्ट ,र पछिको ओफ़िसर काटेर लेडिज जोड्नुस| या ने कि तपाइँ कस्टम अफिसर हैन लेडिज कस्टम हो , त्यो पनि रत्न पार्क मा धन्दा गरेर बस्ने आइमाइको |
”बन्दर क्या जाने अद्रख का स्वाद ?”एयरपोर्ट मा हातले घुस लिएजस्तै जिन्दगि भर हातैले काम चलाएर चल्छ ?तपाइको बा ले तेस्तै सोचेको भए के तपाइँ आज मेरो कट्टु तान्न पाउनुहुन्थ्यो ?
मेरो एउटा साथीलाइ पनि यस्तै भएको थियो! SLC को परिक्षा हुने बेलामा, त्यो चाहि पढाइको तनाव ले गर्दा भएको होला किन भने SLC परिक्षा पछि त्यो लक्षण देखिएन. अहिले उ तन्दुरुस्त छ.
म संग पनि एउटा अनुभव छ, मेरो नजिकै एकजना महिला लाई लेखमा लेखिय जस्तै भो बुढापाकाले खरानीले फुक्ने कुचोले हिर्काउने गरे म त सानै (१०/१२) वर्ष को थिय होस् म़ा आयपछी गाउले ले hospital लागे lady doctor रहिछन श्रीमान को हो भनेर सोधिन अरे अनि बिरामी लाई गाली गर्दै दुनिया लाई दुख दिने ? भनिन रे अनि २ थप्पड २ पट्टि गाला म़ा लगाएर अब आइन्दा गाउले लाई डोली बोकाएर hospital आउने होइन भनेर हपरीछन् doctor ले,
अनि husband लाई यौन बर्दक औसधि दिछन र बुवा लाई छोरा कोखान पान म़ा राम्रो ख्याल राख्न भनिछन