Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय विदेशमन्त्री आउँदा वैद्य चीनतिर, प्रचण्ड नेपालतिर

Posted on July 9, 2013July 9, 2013 by Salokya

प्रधान न्यायाधीश खिलराज रेग्मीको चुनावी सरकारले भारत सरकारसँग गरेको आपत्तिजनक सम्झौतालाई सर्वोच्चले हालका लागि रोक्न आदेश दिएको छ। त्रिभुवन विमानस्थलको अध्यागमन प्रणाली आधुनिकिकरण गर्ने र लुम्बिनी र पशुपतिनगरस्थित नेपाली भूमिमा भारतीय इमिग्रेसनको चेक प्वाइन्ट राख्न दिने सहमति तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको हो। भोलिदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश मन्त्री सलमान खुर्सिदलाई न्यायाधीश तर्कराज भट्टको यो अन्तरिम आदेश एउटा नमिठो ‘उपहार’ बन्न पुगेको छ। शायद त्यसैले हो कि, सलमानको दुई दिने भ्रमण छोट्टिएर एक दिन त्यो पनि नौ घण्टाको हुन पुगेको छ। अझ उनी आउनुअघि नै ड्यास माओवादीका अध्यक्ष मोहन वैद्य अकस्मातसँग चीन उडेका छन्।

भारतीय विदेश मन्त्री मंगलबार बिहान आउँदै थिए, वैद्य र सिपी गजुरेल सोमबार राति पौने ११ बजे नै चीनतिर उडे। उता, श्रीमतीको उपचारका लागि भनेर सिङ्गापुर पुगेका क्यास माओवादीका अध्यक्ष प्रचण्ड भने आफ्नो भ्रमण छोट्याउँदै मंगलबार मध्याह्न नेपाल आइपुग्ने भएका छन्।

सर्वोच्चका पूर्व रजिष्टार एवं अधिवक्ता श्रीप्रसाद पण्डितले सम्झौता खारेजी र सलमानको भ्रमणका क्रममा कुनै पनि सम्झौता गर्न रोक लगाउन समेत माग गरिएको थियो। अहिलेलाई अन्तिम फैसला नहु्न्जेल ती सम्झौता कार्यान्वयन नगर्न मात्र आदेश दिइएको हो। नयाँ सम्झौता बारे केही नभने पनि नैतिक रुपमा अप्ठेरो भने हुनेछ अब।

तर्कराज भट्टको सो इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (जसका अध्यक्ष स्वयं प्रधान न्यायाधीश छन्), गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय र मुख्य सचिवसमेतलाई यस विषयमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पनि आदेशमा भनेको छ।

मुलुकको सार्वभौमिकता विपरित नेपाल सरकारले लुम्बिनी र पशुपति नगरमा सो केन्द्र स्थापनाको लागि दिएको सहमति नेपालको अन्तरिम संविधानको धारा १५६(४) वमोजिम नेपालको प्रादेशिक अखण्डतामा प्रतिकूल असर पुग्ने र भविष्यमा मुलुकको सीमाना दसगजाभन्दा उत्तरतर्फ सार्दै लुम्बिनी र पशुपतिनगरमा रहेको दाबी गर्ने प्रमाण सिर्जना गर्न लागेको आरोप लगाउँदै अधिवक्ता पण्डितले गत शुक्रबार सो रिट निवेदन दायर गरेका थिए।

नेपालका गृह सचिव नवीनकुमार घिमिरे र भारतका गृह सचिव आर के सिंहबीच यही असार १७ गते भएको २८ बुँदे सहमतिको २१औँ बुँदामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणाली सुधार गर्ने र २५ औ बुँदामा ती दुई स्थानमा अध्यागमन केन्द्र स्थापना गर्ने कुरा उल्लेख थियो।

भारतीय विदेशमन्त्रीले आगामी संविधानसभा निर्वाचनप्रति भारतीय प्रतिवद्धता जनाउने, मंसिरमै चुनाव गर्न र असन्तुष्ट मोहन बैद्य किरण नेतृत्वको माओवादीसहितका दलहरुलाई सहमतिमा ल्याउन आग्रह गर्ने भनिएको थियो। तर उनी आउनुअघि नै वैद्य चीनतिर उडेपछि आउनुअघि नै उनको भ्रमणको खासै तुक नरहिसकेको छ।

के-के कार्यक्रम छ भारतीय विदेशमन्त्रीको ?
• बिहान नौ बजे आउने
• समकक्षी परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग शिष्टाचार भेटवार्ता
• १० बजे दुई देशको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता
• परराष्ट्र मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, वाणिज्य तथा आपूर्ति, गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, ऊर्जा, सिंचाइ मन्त्रालयका सचिव तथा ती मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने।
• नेपाल–भारत मन्त्रीस्तरीय वार्तापछि विदेशमन्त्री खुर्सिद मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेट्ने
• त्यसपछि राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गर्न राष्ट्रपति कार्यालय पुग्ने
• त्यहाँबाट फर्केर परराष्ट्रमन्त्री घिमिरेले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने
• एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), मधेसी जनाधिकार फोरमलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेटवार्ता (प्रभुको दर्शनभेट कार्यक्रम जस्तै) गर्ने

74 thoughts on “भारतीय विदेशमन्त्री आउँदा वैद्य चीनतिर, प्रचण्ड नेपालतिर”

  1. Harke says:
    July 11, 2013 at 8:12 am

    काठमाडौँमा भएका बाँकि नेताहरु, सलमान-खुर्सिद संग देशको मोल-तोल गर्दैथिए, आफ्नो भाग खुस्केलाकी भनेर, बिरामी श्रीमती समेत छाडेर, दलाली गर्न आयिपुग्यो पुकदा….!

    ठुलो भाग चीनबाट पो पाईन्छ, भनेर अर्को तुरुप हान्न खोज्दैछ बैद्य बाजे !

    Reply
  2. Badri says:
    July 10, 2013 at 7:49 pm

    बैद्य जी हरु अब्बल दर्जा का nationalist हुन् नि त अरु जस्तो लाम लागेर खुर्शिद लाई भेट्न जान्छन त? उनि त हिजै राति चीन पो गएछन राष्ट्रिय स्वाधिनता को कुरा गर्न,चुनाब मा भाग लिउ कि न लिउ भनेर सोध्न र अनि प्रचण्ड संग पार्टी एकीकरण गरु कि न गरु भनेर सोध्न /

    Reply
    1. Harke says:
      July 11, 2013 at 8:14 am

      दलाली त आखिर दलाली नै हो, उत्तरको भएपनि दक्षिणको भएपनि…..!
      राजनीति भनेको देश र जनताको सेवा हो…..छिमेकि देशको दलाली होइन….चेतना भया !

      Reply
      1. mani says:
        July 11, 2013 at 9:33 am

        कोइ नेता भारत क हनुमान कोइ नेता चिन का हनुमान.
        आफ्नो बिरोधि को प्रभु नेपाल मै आएपछि बैद्य आफ्नो प्रभुलाई भेटन चिन प्रस्थान. गजब छ नेपाल का नेताहरुको प्रभु भक्ति.

        Reply
  3. अर्जुन says:
    July 10, 2013 at 8:44 am

    नेपाली मुर्खहरु बुझ्दै नबुझी कमेन्ट गर्ने गर्छन !!! यी भातमारा नेपालीहरुको येस्तई पारा ले त अबको ५० वर्षमा पनि नेपाल जस्ता को तेस्तै हो ! यिनी हरुको दिमाग मा खालि भारत बिरोधि नै घुसेको छ ! म माओबादी होइन तर एदी यो देश कसैले बनौछ भने प्रचण्ड ले नै बनौछ, अरु कुनै मैकालाल ले बनौदैन ! लेखेर दिन्छु !!!

    Reply
    1. Harke says:
      July 10, 2013 at 10:29 am

      गजब को अर्जुन दृस्टी रहेछ त……तर के गर्ने कलियुगको “अर्जुनको-दृस्टी” पर्यो, के लेखेर लिनु….तर हजुरले भने लेखेर राखे हुन्छ है, कथा बनाएर…!

      तेस्तो डरलाग्दो कथा त साना-नानीहरुले सुत्ने र खाने बेलामा झगडा गर्दा, सुनाउन चाइ काम लाग्छ !

      Reply
      1. Dinesh Oli / Airport Customs Officer says:
        July 10, 2013 at 5:40 pm

        हर्के जी ले झ्याम्मै भन्दिनु भो है ! आज रति अर्जुन भन्ने मान्छे सुत्दैन होला, येही कथा सुनाउनु पर्छ ! 😀

        Reply
    2. SARJAN says:
      July 10, 2013 at 2:06 pm

      ओइ अर्जुनको नाम राख्ने दुर्योधन, सोचेर बोल धेरै बाच्छस / माओबादी त यो देश मा कोहिपनि छैन, सबै खाओबादी हुन् , नाइके त प्रचण्डनै हो, गृह युद्धको बेला अरु पार्टी को नेता सबैलाई इंडियाको नोकरको संज्ञा दिने आज आफै तेही इंडियाको नेताको लादि सुग्न दौडी -दौडी आउछ / सच्चा नेपालीहरु भारत बिरोधि होइन उनीहरुको नेपालीलाई गर्ने ब्यबारको बिरोधि हो , नेपाललाई आफ्नो उपनिवेश बनाउन खोज्ने नीतिको बिरोधि हो / के के न गर्छु भनेर गृह युद्ध सुरु गर्यो तर जुन जोगी आएपनि कान चिरेको भनेकोजस्तो देश बनाउने काम लाई भन्दा पनि आफु र आफ्नो सन्तानको लागि बनाउदै ब्यस्त छ / कत्तिको पुजिबाद छ भन्नेकुरा त सिंगापुर मा श्रीमती जचाउन लगेको बाट देखिन्छ नि , यहाँ जनताको छोराछोरी ले एउटा सिटामोल खान नपाएर मर्नु परेकोछ / प्रचण्डले देशलाई बनाउने भन्ने कुरा त्यस्तै हो , यो अर्जुनको नामको दुर्योधनलाई चाही पक्का बनाएको छ , अनिपो एस्तो भक्ति भाब देखाउछ /

      Reply
    3. बले says:
      July 10, 2013 at 3:03 pm

      प्रचण्ड ले बनाको देखियो, घर, गाडी, महल हरु ………. अर्जुन ले कति खाको छ तेहा बाट ?
      बले

      Reply
    4. neerose says:
      July 10, 2013 at 4:44 pm

      अर्जुन जी,
      प्रचण्ड होइन डा बाबुराम भन्नुस बरु, प्रचण्डसंग कपटिपुर्ण नेत्रित्वो र वाक पतुटापुर्ण क्षमता छ मा मान्छु! हामीकहा तेस्ता नेताहरु सफल हुन्छन चल्छन जुन भै रहेको पनि छ!
      तर देश बनाउने तेस्तो ले होइन, तेस्तो नेता आफु र आफ्नो समूह बनाउन त सक्छन तर देश बनाउन सक्दैनन्!
      देश बनाउन त बिद्वोत्तो चाहिन्छ, योजना चाहिन्छ! लगनशिलता चाहिन्छ, त्याग चाहिन्छ! परिस्थिति र समयलाई बस्तुनिष्ठ अध्यायन अबलोकन गर्न सक्ने दिमाग र बिचार चाहिन्छ, स्पस्ट द्रिस्ट्रिकोण र शिद्दा अडान चाहिन्छ!
      ति कुरा बाबुराममा पाइन्छ!
      तर भारत बिरोधि सम्बन्धनमा तपाइको कुरालाई एक हद सम्म मा समर्थन गर्छु!
      हामीमा बेतुकको आदो रास्त्रियता चरम पाइन्छ खासगरी भारत बिरोधि!
      तर जो यति धेरै भारत बिरोधि रास्ट्रबादि बन्छन तिनै फेरी भारत बिना मुखमा माड लाग्दैन छाक बात गु आउदैन!
      यहा नौटंकी सेन्टिमेन्ट बतुल्नालाई पोख्ने कमेन्ट मात्र हो यो!
      किनकि,
      भौगोलिक, क्षत्रिय, समाजिक, आर्थिक, राजनीतिक, व्यापारिक, पारिवारिक अनेक तरिकाले हामि भारत संग सम्बन्धित र पुर्ण नभयपनि अधिक आश्रित छौ!
      यो कुरो तितो लाग्छ र यो कुराले यहा सबैभन्दा बढी रातो थमस डाउन पाउने छ!
      साच्ची!

      Reply
  4. bibek dhakal says:
    July 10, 2013 at 8:09 am

    जति सुकै हस्तक्षेप भएपनि सर्वोच्चले आफ्नो साख अझै घटना देको रहेनछ 🙂 खुसि लाग्यो!

    Reply
  5. योगेश आदी says:
    July 10, 2013 at 5:38 am

    प्रचण्ड आज आउन त आएछन तर हतारमा प्रभु भेट्न आउँदा श्रीमती अस्पतालमै बिर्सेछन.. सिता म्याम त भोलि पो आउदैछन रे !!
    क्या राजनीति गर्छन बा..नेपालको कमि निष्ठा (कम्युनिस्ट) हरु..!! अब त निष्ठा अलिकति पनि बाँकी छैन जस्तो लाग्छ !!

    Reply
  6. द्रोण says:
    July 10, 2013 at 4:57 am

    रास्त्रियाताको सबाल मा अब सबै रास्त्रप्रेमी नेपालि जातीय बिबाद , धार्मिक , राजनैतिक
    सब बिर्सेर एक हुनुपर्ने जरुरि छ | यो अन्तिम घडी हो , देश भारतले लिने भन्दा पनि क्रमश भारत मा परिबर्तन हुदै छ |

    पंचायत काल ,कांग्रेस ,राजाको काल मा हिन्दिगीत , फेसन सो हुदा बुजुर्बा संगीत र संस्कार भन्दै नौटंकी गर्ने हरु को सासन काल मा त् झन् दिल्ली नै पो नजिक नजिक सर्दै कुम जोड्न आइसक्यो बा | उनीहरु नै भित्र भित्रै दिल्ली अब दुर नही को ग्रयाण्ड डिजाइन मा !!

    Reply
    1. द्रोण says:
      July 10, 2013 at 8:22 am

      रास्त्रियाताको सबाल मा अब सबै रास्त्रप्रेमी नेपालि जातीय बिबाद , धार्मिक , राजनैतिक
      सब बिर्सेर एक हुनुपर्ने जरुरि छ | यो अन्तिम घडी हो , देश भारतले लिने भन्दा पनि क्रमश भारत मा परिबर्तन हुदै छ |

      पंचायत काल ,कांग्रेस ,राजाको काल मा हिन्दिगीत , फेसन सो हुदा बुजुर्बा संगीत र संस्कार भन्दै नौटंकी गर्ने हरु को सासन काल मा त् झन् दिल्ली नै पो नजिक नजिक सर्दै कुम जोड्न आइसक्यो बा | उनीहरुमध्ये केहि नै भित्र भित्रै दिल्ली अब दुर नही को ग्रयाण्ड डिजाइन मा !!

      एकातिर सिमाना खुला , नागरिकता खुला ,आर्को तिर इन्डियन हरु धनि हुदै जाने र नेपालि गरिब हुदै जादा भोलि काठमान्डू , पोखरा जस्ता बिस्वकै राम्रो हावापानी भएको सहर हरु पुरै माड़ेले किन्ने छ | उसै पनि बिहारी हरु मदिसे + जनजातिको नारा लगाउदै उर्लदै बाजा बजाउदै आएको ले बिचित्र बिचित्र तस्बिर हरु आगामी दिन मा देखिने छ |

      हामि त् उसै पनि हिजो सुरुङ्ग युद्द गर्ने , खुर्दालोटन मा भारतीय पुलिस सग लड्न जाने भनिएका हरु आज एकै छिन ट्वाइलेट गएर आउछु भन्दै लुत्त, लुत्त दिल्ली गएबाट ,
      यो अजिब अजिब सन्धि सम्झौता को कुरा बाट हैरान भएकै छौ |

      Reply
  7. सुदिप सी के says:
    July 10, 2013 at 4:17 am

    अरु सब प्रभुको अगाडी लम्पसार पर्छन सिङ्गापुर पुगेका नि रातारात फर्किन्छन जाबो एक विदेश मन्त्रिलाइ भेट्न,बरु येही बैध बुढो राम्रो लागो मलाइ,कम्तिमा प्रभु को अगाडी लम्पसार त परेको छैन भलै इनिहरुको चुनाब बहिस्कार गर्ने कुरा चाही मलाई मन परेको छैन।

    Reply
  8. madan bajracharya says:
    July 10, 2013 at 2:45 am

    आज सम्मको घटनाले भारतको समर्थन पाउन खोज्ने दल तथा नेताको निमित घातक नै रहेको प्रमाणित हुँदा हुँदै किन नेपालको नेताहरु भारत समर्थन पाउन किन मरिहत्ते गर्छन भन्ने कुरानै बुझी नसक्नुछ/

    सत्तामा पुग्न जनताको यस्तै मत पाउन चुनाव अघि भारतीय विस्तारवाद मुर्दावाद भन्ने तर सत्तामा पुगे पछि भारतको जिन्दावाद भन्ने कुनै दल तथा नेताहरु उनीहरुकै दल भित्र पनि सफल हुन् सकेको छैन/ आज सम्म भारतको सहयोगमा सत्तामा पुग्ने नेता यक्लियको छ दल तुक्रियकोछ/ अंगाल्दै सत्तामा पुर्याउने अनि आफैले सत्तामा पुर्यायको नेता तथा दलको विरोधीलाई उक्साउन्दै आश्रय र प्रशय दिने त् भारतको नीति नै रहेको देखिन्छ/

    नेपाल भुआकारमा भारत भन्दा सानो भयता पनि नेपालको अस्तित्वको महत्व सानो हुने त् हुँदैहोइन भन्ने कुराको प्रमाण नेपाल बात भारतले के पायको छ र नेपालले भारत बात के पाउँदै छ भन्ने कुराको मुल्यांकन मात्रै गरे पुग्छ/

    भारतीय आप्रवासीको कारणले नेपाली बेकार/ भारतीय आप्रवासले नेपाली बिस्थापित/ भारतीय उत्पादनमा भन्सार सहुलित दिंयर सस्तो बनाउँदा उद्य्योग बन्द बा चल्ने नसक्ने अबस्थामा पुग्ने कुराको ज्वलन्त उदाहरण भारटमा जडान हुने मात्र ३०% भन्सार लाग्ने मारुति नेपालमा कति बिक्छ र नेपालमा जडान हुने ६०% भन्दा बढी अन्तशुल्क लाग्ने मस्तांग कति बिक्छ भनेर गने पुग्छ/

    भारतीय स्वार्थलाई प्रमुख प्राथमिकता पाउने हुँदा नेपालको बिकाशमा निस्वार्थ सहयोग गर्ने अरु मुलुक हतोत्साहित/ भारतको गोडामा लम्पसार पर्ने सिंहदरवारको ठुलो कुर्सीमा पुग्ने देस र जनताको मत र स्वाभिमानको सम्मान गर्ने सबै “गणेशमान” बन्ने/

    बिहारमा रहेर हतियार उठायर नेपाली लुते मारे अपहरण गरे पनि नेपाल नै टुक्राउने प्रयास गरे पनि अपराध नहुने/ भारतको स्वार्थको बिरुद्ध बोल्ने प्रयास मात्रै गरे नेपाली नेपाल भित्रै मारिने; भारतको बिरोधि मुलुकको कुनै नेपालमा अलिकति मात्रै सल्बलाय पनि नेपाल भित्र भारत बिरोधि गतिबिधि हुँदै छ भनेर थर्काउने तर नेपाल र नेपाली विरोधीले भारतमा मज्जाले आश्रय प्रसय पाउने/

    फलाना प्रधानमन्त्रि बने भारतलाई स्वीकार्य हुने, नेपालको सरकार र संबिधान समेत समेत मधेश्बादिको मागमा समर्थन नगरे सम्म बन्न नहुने भनेर स्पस्ट सिट नेपालको स्वतन्त्रतामा समेत नाङ्गो सत्तामा अतिक्रमण समेत गर्ने/ दार्ज्लिंग्मा गोर्खालैन्द्को माग माग्नेलाई दमन गर्ने तर नेपालको तराईमा मधेसीको आत्म निर्णय गर्न सक्ने राज्य बनाउन दवाव दिने/

    भारतमा नेपाली माथि अनेकौं प्रतिबन्ध लगाउने तर नेपालमा पसे जत्ति बिहारीलाई नेपालको नागरिकता दिन दवाव दिने/ अरे यस्तो कुराहरु त् भारतको बिहार र सिक्किममा पनि हुँदैन भने नेपालमा किन हुँदैछ?

    Reply
    1. Gautam says:
      July 10, 2013 at 2:25 pm

      किनकि हामी आफ्नु खुट्टा मा उभेको छैनो. हाम्रो अर्थ व्यवस्था ठिक छैन. हाम्रो संविधान बनेको छैन. हाम्रा नेता को दोष हामी पहिले हेर्नु पर्छ न कि भारत को. भारत मात्र यो नेता हरु को फायदा लि रहिको छ.

      Reply
      1. madan bajracharya says:
        July 11, 2013 at 11:59 pm

        गौतमज्यु/
        यसो भनौं

        ०१. हामीलाई आफ्नो खुट्टामा घोप्टे-नेताहरुले उभिन दियन /
        ०२. भुआकारमा नेपाल भन्दा २२ गुणा ठुलो मुलुकलाई समेत बढी हुने जलशक्ति को रुपमा प्रकृतिले दियको आर्थिकश्रोत नेताहरुले कुर्सि सिट साटे/
        ०३.राजा हटाउने देखि लियर लोकतन्त्र र संघियता अपनाउन पनि कुनै बाधा नगर्ने संबिधान खारेज गर्ने भुल भयो/
        ०४. कसैले भारत देस र आम भारतीयको बिरोध गरेको छैन/ बिरोध भारतको नेताहरु र नेपालको नेताहरुको कुनितिको मात्रै हुँदैछ/
        ०५. भारतको नेताहरुको मनमा नेपाल प्रति सद्भाव भयको भय नेपालको नेताहरुको कमजोरीको फ़ाएदा उथाउन्दैन्थ्यो/

        Reply
  9. thapa rajbarsingha é canada says:
    July 10, 2013 at 1:42 am

    नेपाल का कम्युनिस्ट भनौदा हरु कति बेकम्मा ,,,,,खत्तम …..नेपालको सार्बभौमिकतामा खेल्न खोज्ने ,,,नोकर साही …रैछन …यिनी हरु यस्तै नै रैछन…यी दिनानुदिन प्रस्ट हुदै छन् ,,,सायद यो मामला मा चै बि. पी .कोइराला सहि रहेछन ,,,,यीनको हर्कत बिस्तारै देखिदै छ ,,,,,,

    Reply
  10. Dev says:
    July 9, 2013 at 10:05 pm

    नेपालका राजनीतिका पार्टी हरुलाई यक आपसमा लड़ायारा भारतले नेपाल र नेपालीको अस्थित्तो मेताउन लागि परेको छ, तर हाम्रो देसमा रहेका नेता भनौदा जिउदा लास हरुको दिमाखमा कहिल्यै घाम लाग्ने होइन यति सम्म राष्ट्र घाती सम्झौता गर्ने कुन घटियाको संयन्त्र हो यो यसलाई publicly कालो मसो दलेर ktm का सडकमा घुमाउन पर्छ

    जय नेपाल !

    Reply
  11. कमल शर्मा यु ए इ says:
    July 9, 2013 at 9:50 pm

    खिलराज रेग्मी त मुखुन्डो मात्रै हो यसर्थ यो राष्ट्रघाती काम खिरारे सरकार द्बारा गराएर आफु चोखो बन्ने मुखुन्डो भित्रको छदमभेषिको चाल हो भन्ने कुरा कसैले बिर्सनु हुँदैन ।

    Reply
  12. bhakta says:
    July 9, 2013 at 9:49 pm

    यो भारतले जहिले पनि मुठी दिञ्छ, मानु लिञ्छ ! यस्तोनि के मित्रता ? भारतमा नेपाल बाट के लिन सकिन्छ को बिभाग नै छ कि क्या हो..

    Reply
    1. madan bajracharya says:
      July 10, 2013 at 2:58 am

      भक्तज्यु/
      भारतको गुप्तचर संस्था “र” को नया प्रमुख नियुक्त हुँदा उसलाई “नेपाल” को नाम समेत उल्लेख गरेर बिशेस जिम्मेवारी दिनु बात भारतमा नेपाल बात के लिन सकिन्छ भन्ने बिभाग भयको देखाउंछ/ भारतले आफ्नो गुप्तचर बिभागलाई नेपालको बिशेस जिम्मेवारी दिने कुरा सार्वजनिक समेत गर्नु नेपालको स्वतन्त्रता माथि नाङ्गो अतिक्रमण नै हो/ तर के गर्ने अरु देसमा बिदेशी जासुसलाई पाय जेल ठोक्छ तर नेपालका नेताहरुनै तेस्ताको स्वागत गर्न पुग्छ/

      Reply
  13. Ravi KC says:
    July 9, 2013 at 9:04 pm

    यो कुकुर नेताहरुले हाम्रो देश बेची खान लागे देश भक्त नेपाली र राजा मिलि इ चोरहरुलाई देश बाट खेदनु पर्छ .सावधान धोतिका लंगौती हरु.

    Reply
  14. राम चन्द्र says:
    July 9, 2013 at 7:35 pm

    यात्रा यात्रा मै सिमित होस राष्ट्रघाती सन्धी गर्ने र गरौने लाई नेपाली जनताले छोड्ने छैनन । प्रभु को दर्शन गर्नलाई घर बार छोडि लम्पसार पर्ने ले देस निर्माण मा सिन्को नभाच्ने नेता गण देखी हाम्ले के को आसा गर्न सक्छौ र ?

    Reply
  15. Rakesh says:
    July 9, 2013 at 6:59 pm

    हिजो सुरुङ्ग युद्ध को धुवास दिनेहरु आज दौडादौड गरेर निर्धारित भ्रमण पुरानागारी दर्सन भेटलाई लाम लगेर गएछन , सुन्दै हासो उठ्ने , साएद प्रभु को दर्सन गर्न एक होलान , ढोंगी हरु येस्तै हुन् !!!!!!!!!!!!!

    Reply
  16. Suman bhote says:
    July 9, 2013 at 5:26 pm

    सिधै इन्कार गर्न नसकेर…… अदालत बाट गर्न लगाएको होकी जस्तो लग्यो….
    अदालत ले रोकेको छ भन्न त पायो….
    सबै बाच्ने जुक्ति…..
    एउटा माओबादी इंडिया को….
    आर्को चिन को……

    Reply
  17. kedar says:
    July 9, 2013 at 5:23 pm

    देशको सिमाना, रास्ट्रीय अखंड़ता र सार्बभौमिकता पनी सर्बोच्चले नै बचाई दिनु पर्ने त भैसको भनेपछि ………………..

    Reply
  18. गगने says:
    July 9, 2013 at 5:20 pm

    हामि सबै र अरु सबैले बुझ्नुपर्ने पहिलो र मुख्य कुरा भनेको त्,
    यो सरकार सिर्फ चुनाब गरि अर्को सरकार बनाउनको लागि हो!
    अनि, एउटा निश्चित र अबाधिक समय चुनाब भै अर्को सरकार लाइ कार्यभार नसुम्पुञ्जेल देश र जनतामा सुब्याबस्था सुरक्षा राख्दै दैनिक सारकारी कार्य संचालन गर्नु बाहेक यो सरकार संग अको कुनै कुरा र काममा यो सरकारको न आधिकारिकता छ न बैधानिकता नै!
    यो जनताको मत र निर्देशन निर्णयमा बनेको सरकार नभयको ले जनतालाई र देशलाई दिर्घकालिन महत्वोको असर गर्ने कुनै पनि कार्य सन्धि सम्झौता गर्ने हैसियत र आधिकारिकता नभयको यो सरकारले किन र कसरि भारतसंग हाम्रो नेपालि भूमिमा उनीहरुको सुबिधाको लागि जाच चौकी राख्ने सम्झौता गर्ने कुरा गर्दछ?
    हैन भारतलाई त्यो चौकी महत्वो पुर्ण छ राख्नुपर्ने छ त नेपालको सिमाना को एक हात पारि उनीहरुको आफ्नै भूमिमा राख्दा हुन्न भन्या! तेस्को लागि कसैसंग न सम्झौता गर्नुपर्छ न अनुमति लिनु जरुरि छ, त किन नेपाल भित्र राख्नुपर्ने?
    हो यस्तो चौकी भारतले भारत तिर उनीहरुकै भूमिमा राखुन र नेपालले नेपाल तिर आफ़ाफ़्नो तरिकाले राखुन कसैको अनुमति र सम्झौताको जरुरत नै भयन!
    यसरि यसो गरि,
    हामि बिस्तारै नेपाल भारतको खुला सिमाना लाइ नियन्त्रण गर्न तिर लागु र सह अस्तित्वो र समकार्य जारि राखौ न हुन्न खुर्सिद? तपाइको देश र सरकार लाइ यहि भंदिनुस! “नेपालि माटोमा हाम्रो चौकी होइन हाम्रो आफ्नै भूमिमा राखे उनि (नेपाल र नेपालीलाई कुनै आपत्ति हुने छैन रे..) भनेर भंदिनुस!
    ल!

    Reply
  19. Mohan Subba says:
    July 9, 2013 at 5:11 pm

    यो कुरा सुनेर म लाटोको पनि रगत तातियो /तुरुन्त सम्झौता खारेज हुनु पर्छ!

    Reply
  20. nunho dhangsong yolmo says:
    July 9, 2013 at 5:10 pm

    नेपाली भुमि मा चेकपोइन्ट ,TIA भारतीय लाइ अध्यागमन सुधार को नाम मा जिम्मा लाउने,यस्तो देशद्रोही काम गर्ने नेता हरु लाइ हामि जनता नै होइना जिन्दाबाद को नारा दिंदै सिंहादरवार पुर्याउने? लुम्बिनी र पशुपति नगर मा किन चेकपोइन्ट ?सिधै सिंहदरवार मा राखे भै हाल्यो ,हाम्रो देश को नेता भनौदो चोर डाका हरु को दिमाग मा गोबर भरेको छ त्यो पनि कुनै जनावर को होइन मान्छे को ,नत्र यस्तो सम्झौता भनेको त कुकुर लाइ पनि हामि ले ढोका मा बाँधेर राखेको छ भने अपरचित मान्छे लाइ उसले भित्र आउनु दिन्न,उसले ढोका मा भए भुक्छ भित्र पसेको खण्डमा उसले टोक्छा उसले आफ्नु मालिक र घर लाइ रक्षा गर्छ। अनि यो हो एउटा मान्छे को दिमाग त्यो पनि सरकार मा बस्ने देश लाइ मार्गदर्शक दिने एउटा नेता को दिमाग ? जे होस् लुम्बिनी मा सुरक्षा धेरै कडा गर्नु पर्ने देखिन्छा किन कि देश भित्र स्याल हरु देखा पर्दै छ ,विश्व लाइ नेपाल भनेर चिनाउने यो धरोहर नेपाल को शिर हो,यदि शिर नै रहेन भने जिउ को केहि महत्व रहन्न खबरदार भारतीय दलाल हरु भन्न चाहन्छु जय नेपाल .

    Reply
  21. priyanka says:
    July 9, 2013 at 4:52 pm

    बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसिरहेका उनले एमाओवादीका नेताहरुसँगको भेट सकेका छन्।आजै सिंगापुरबाट काठमाडौं फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोली समक्ष भारतीय विदेशमन्त्रीले वैद्य नेतृत्वको माओवादीले वार्ता टोली गठन गरेकोमा खुशी व्यक्त गरेका थिए।

    खुर्सिदसँगको भेटमा एमाओवादी अध्यक्ष दाहाल, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु पोष्टबहादुर बोगटी, हिसिसला यमी, कृष्णबहादुर महरा, वर्षामान पुन र राम कार्की सहभागी थिए।
    http://nagariknews.com/main-story/story/३९५९

    Reply
    1. madan bajracharya says:
      July 10, 2013 at 3:01 am

      सिंगापुरमा आफ्नो श्रीमतिको उपचार गर्न गयको व्यक्ति सलमानलाई भेट्न नेपालमा फर्कने व्यक्ति जनयुद्धको कमान्डरनै हो बा उस्तै अनुहार भयको भारतको हवल्दार?

      Reply
  22. purnaz says:
    July 9, 2013 at 4:49 pm

    प्रचण्ड श्रीमति उपचार गर्ने बहानामा चाइनिज प्रतिनीधिसँग भेट्न सिङ्गापुर गएका हुन्। उनी अचानक होइन, पूर्बनिर्धारित कार्यक्रम अनुसार नै फर्केका हुन्। त्यसपछि उनीहरूसँग भएको कुराकानीको आधारमा बैद्य बालाई चाइनातिर बोलावट भएको हो। उनी पनि अचानक गएका होइनन्, पूर्वनिर्धारित कार्यक्रम अनुसार नै गएका हुन्। बाँकी कुरा तपाईँहरू आफै बुझ्नुहोस।

    Reply
  23. dil bogati says:
    July 9, 2013 at 3:58 pm

    यस्ता गलत कम गर्ने घरमा आगो लागोस ,

    Reply
  24. laxman says:
    July 9, 2013 at 2:47 pm

    जनता मुर्ख वाको देस मा नेता हरु ले जे गर्दा पनि हुन्छ ,नेपाली जनता लै नेता को पछी लाग्ने ठुल्लो शोक छ ,चाय्ये त्यो नेता व्रय्च्ताच्री होस् , इंडिया विस्तार बादी होस् ,नेपाली जनत लै अफ्फ्नो पार्टी र नेत्ता, देस vanda बडी माया लाग्छ.नेता ले अक् पटक मौका पाउछ,तर जनता ले कुन नेत्ता लै जितौन्ने कुन नेता लै हरौन्ने वन्ने धेरै मौका पाउछ .तेसैल्ली नेपाल बिगर्न्ने वन्नेको नेपाली जनता ले हो .थुक्क नेपाली जनत हर्रु तिमिहर्रु को घैत्तॊ मा कहिल्ले घाम लग्न्ने हो ….

    Reply
  25. Shiris says:
    July 9, 2013 at 2:22 pm

    यो त लामो समय देखि भारतले नेपालको बिमान स्थलमा आफ्नो एयर मार्शल राख्न गरेको षडयन्त्र लाइ राजनीतिक स्वार्थको निम्ति बाबुराम जी ले आफ्नो पालामा भारतीय लाइ रिझाएर सत्ता टिकाउन टाँचा लगाउनु भै दोस्रो लेदुप दोर्जे बन्नु भएको हो !

    Reply
  26. Nasir says:
    July 9, 2013 at 1:21 pm

    अन्तरिम आदेश मात्र होइन तुरुन्त यस्तो देशमारा सम्झौता खारेज नै हुनु पर्छ । लाटोले पनि बुज्छ यस्ता सम्झौताको मतलब । अब ” एउटा मरेको धोतीले १०० जिउदो नेपाली ठग्छ ” भन्ने दिन गए। नेपालीहरु पनि अब धेरै बुज्ने भइसके ।
    रोटि भाग लगाउदा लडिरहेका २ काग को बीचमा बाँदर बनेर पुरै रोटि खान नखोजे हुन्छ अब भारतले ।
    अधिवक्ता श्रीप्रसाद पण्डित र न्यायाधिश तर्क राज भट्ट लाई देशभक्त नेपाली जनताहरुको तर्फ़ बाट मुरी मुरी धन्यबाद ।
    देश प्रति कुठाराघात गर्ने यो खिलराज रेग्मी र उसका भरौटेहरु मुर्दाबाद ।
    देश टुक्रा टुक्रा गर्दै भारतलाई बेच्ने अ-राष्ट्र तत्वहरु मुर्दाबाद ।
    यति गम्भीर बिसयमा चुइक्क सम्म नबोल्ने सम्पूर्ण राजनीतिक पार्टीहरु मुर्दाबाद ।भारतसित बार्गेनिङ्ग नमिलेर यसो बिरोध गरे जस्तो गर्ने कु तत्वहरु मुर्दाबाद ।
    नेपाल र नेपाली प्रति जहिले पनि गिद्दे नजर मात्र लाउने भारत र भारतीय समाज मुर्दाबाद ।

    येस्ता राष्ट्रघाती सम्झौताहरुको बिरुद्दमा सबै जना एक भएमा मात्र भोलिको दिन मा हामी नेपाली र हाम्रो नेपाल भन्न पाउने छौ ।
    हाम्रो विमानस्थल किन दिने भारतीय लाई ?? हाम्रो भूमिमा किन भारतले तगारो तेर्साउने ??

    Reply
    1. ramesh says:
      July 9, 2013 at 3:48 pm

      भारतीय विदेश मन्त्रि घुमघाम को निम्ति पक्कै आएका होइनन, उनि काम ले आएका हुन्, अनि उनि आउदा देश को ठुलो पार्टी को नेता अझ भन्ने हो भने त्यो नेता जसको वरिपरि नेपाल को राजनीति घुमेको छ, उनि ले भेट्न खोजे त के भयो? बरु श्रीमती को स्वस्थ भन्दा मुलुक को चासो प्रचण्ड लाइ रहेछ. तर प्रचण्ड को बिरोध नगरी खाएको दालभात नपच्ने लाइ के भन्ने र खोइ?

      Reply
  27. uttam khadka says:
    July 9, 2013 at 1:06 pm

    प्रचण्डलाई श्रीमती भन्दा पनि भारतिय विदेश मन्त्री प्यारो रैछ हा हा हा श्रीमतीको उपचार छोडेर भारतीय मन्त्री भेट्न आतुर यस्ता नेताले के भारतीय विरोधी नाटक गरेको वुझ्नै गारो अनि यस्ता नेताको पछि लाग्ने हामी जनता कस्ता

    Reply
    1. subash says:
      July 9, 2013 at 8:53 pm

      गोरु जस्ता !

      Reply
  28. Nabin Adhikari says:
    July 9, 2013 at 1:02 pm

    प्रभु दर्सन दिन साक्षात प्रकट हुनुहुने भयो… भक्तहरु उपचार गर्दै गरे को पत्नी छाडेर ” प्रभु सरनम गच्छामी ” दर्सन गर्न राता-रात आउनु भयो |

    Reply
  29. sekhar says:
    July 9, 2013 at 12:57 pm

    यो सबै नाटकीय लुकामारी हो ………….

    Reply
  30. xyz says:
    July 9, 2013 at 12:23 pm

    What we need to understand is that almost all sesitive treaties, agreements and negotiations with India have taken place during the time of poltical crisis or instability in Nepal. It is shame for India to seek upperhand during such weak or crisis situation. The results: Nepali people becoming more and more anti-India.

    Reply
    1. Gautam says:
      July 10, 2013 at 7:06 am

      Dear xyz , India is different country and it only thinks its profit when they go out. Atleast we should learn from them that they are not selling themselves in favor of other country, But when our leaders are ready to be puppet then India enjoys its favor at no or little cost paid. It always starts from inside our country if we solve our political problems then only outsiders can be managed. If more and more people become anti india is also political card by India , when people of Nepal were not Anti India ? They always anti india, Remember Prachanda was so kin to be anti India in his political compain. First leaders speaks about anti India sentiment. then people will vote them and support them, Then once the party in Government they become puppet of india. Now this pattern is made within our country, and it is not affecting India at all, Eventually it is hurting common people of Nepal.
      My meaning is simple if Nepal is an independent Country then it has to prove to India, if our leaders are so weak that is our problem. For example if Salman Khurshid coming to nepal and Nepal is ready to do whatever they wish , that is our weakness. I need to say that , Please don’t underestimate that our leadership weakness is basic root of problem when dealing with India.

      Reply
  31. बेखालाल नेपाल says:
    July 9, 2013 at 12:13 pm

    गृह सचिव घिमिरे ज्यु ले खै के कति खाएर हस्ताक्षर गरे कुन्ने त्यो पनि खोजि गर्नु पर्ने! जे भएँ पनि नेपाली भुमिमा भारतीय चेक पोस्ट राख्न नदिन अदालतले ठिकै गर्यो!

    एकतिर ड्यास माओवादी आफ्ना उत्तर तिरको बडा भाईसंग सल्लाह लिन गको छ भने अर्कोतिर क्यास माओवादी आफ्ना दक्षिन तिरको बडा भाईको सल्लाह लिन काठमाडौँ फिरे को छ!

    Reply
    1. madan bajracharya says:
      July 12, 2013 at 12:24 am

      बेखालालज्यु/
      ग्रिह मन्त्रालयको सचिव बात भयको अख्तियार दुरुपयोगको उदाहरण हो यो/ तैपनि चुप बसेको छ अख्तियार दुरुपयोग आयोग/

      खुर्सिद आउने बेला चीन गयर बैद्यले “जनयुद्ध” लाई मधेश युद्धमा परिणत गर्ने यमावोबदिलाई धम्कि दियको रुपमा लिन सकिन्छ/ बैद्यले नेपालको राजनीति प्रभावित गर्न सक्ने व्यक्तित्व अझै बनायको छैन/ तर बैद्यले यमावोबादिलाइ प्रभावित पार्न सक्छ/ अहिलेको दुरावस्थाको लागि मूल जिम्मेवार यमावोबादी नै भयको देखिन्छ/

      Reply
  32. Sri Ram says:
    July 9, 2013 at 11:59 am

    खील तन्त्र पनि भारत कै इशारा मा भाको होला . तेही भएर केहि भेटि दिनु पर्यो भनेर यो सम्झौता गर्यो होला नि. जय खिलतन्त्र .

    Reply
  33. Bishnu says:
    July 9, 2013 at 11:43 am

    खबरदार !!! यो राष्ट्र घाती सम्झौताको बिरोध गरौ I विमानस्थल आधुनिकीकरणको लागि किन धोतीलाई गुहार्न पर्यो चीन, कोरिया जापान लाई दिदा हुन्छ ! नक्कली लुम्बिनी बनाउने ले लुम्बिनीमा चेक पोस्ट बनाउन खोज्नुलाई राम्रो नियतले लिन कुनै पनि हालतमा सकिदैन ! नेपाललाई अस्थिर बनाएर सिक्किमीकरण गर्न खोज्दैछ तेसैले होसियार नेपाली जनता ! खिया लागेको खुकुरीलाई धार दिन नपरोस !!!

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      July 9, 2013 at 1:31 pm

      बिष्णु जी यो कसैलाई दिनु पर्ने बिषय नै छैन त्यहाँ त केवल आधुनिक प्रविधिको जडान लगायतका काम हुने हो जसको अनुमानित लागत ८ करोड भनिएको थियो ! यो त लामो समय देखि भारतले नेपालको बिमान स्थलमा आफ्नो एयर मार्शल राख्न गरेको षडयन्त्र लाइ राजनीतिक स्वार्थको निम्ति बाबुराम जी ले आफ्नो पालामा भारतीय लाइ रिझाएर सत्ता टिकाउन टाँचा लगाउनु भै दोस्रो लेदुप दोर्जे बन्नु भएको हो ! दर्शन पढेर उहाँहरु नेता बन्नु भयो तर उहाँहरुको भ्रष्ट चरित्र हेरेर हामि जनता पनि अब केहि बुझ्ने भएका छौं ! कोइरालाहरुले विधिवत रुपमा नदीको भोग चढाएर नेपालमा भारतीय हस्तक्षेप भित्राएका हुन्, एमालेले आफ्नो कुल देवताका रुपमा पुज्दै आएको छ अब माओवादी नेताहरु त श्रीमतीको उपचारै छाडेर टाउकाले टेकेर दर्शनमा दौडिए यो दुर्भाग्य हो ! भारतीय भूमिका हाम्रो मुलुक बाट निरुत्साहित हुनै पर्छ, केहि नाका बन्दि अनि भिकमा कमि आउला तर आज हरचिज माग्ने हामीले भोलि आफै सिर्जना गर्न वाध्य हुनेछौं र बल्ल आर्थिक क्रान्ति हुनेछ ! आउने-जाने अनि बस्ने भारतीय लाइ हामीले सम्मान पुर्वक ब्यबहार गर्नु पर्छ, उहाँ हरु हामि भन्दा संव्रीद्द हुनुहुन्छ त्यसैले संव्रिद्द नेपालका लागि सुझाव लिन हुन्छ तर यो हद सम्म चुनावको मिति तोकेको अवस्थामा चुनाव कस्तो गराउने र कसलाई उचाल्ने अनि कसलाई पछार्ने भन्ने सम्मको निर्देशन सुनेर आपसमा लड्नु नेताहरुको चरम मानसिक नपुंसकता हो ! अनि दबाबको सामना गरेर यथार्थ कुरा जनताको सामुने ल्याउनुको सत्ता भारतीयको निम्ता पाएर दिल्लीमा लुकेर सम्झौता गर्न अहिले राता-रात चाइनिज मावलीको डोको भित्र लुक्न जाने बैधको बुद्दि धिक्कार हो !

      Reply
    2. bibek dhakal says:
      July 10, 2013 at 8:13 am

      ए विद्वान मनुष्य, चीनलाई चाही किन गुहार्नुपर्यो नि? उसले चाही बिना स्वार्थ आएर काम गरिदिन्छ?
      सरकारी निकायको व्यवस्थापनको जिम्मा कुनै विदेशीलाई दिनै हुँदैन – चाहे भारत, चीन वा अरु कुनै!!

      Reply
  34. romeo says:
    July 9, 2013 at 11:39 am

    खुर्शिद-भ्रमणको परिणाम हेर्न त अलिकति कुर्ने पर्ला…हेरौं यसपाली के के दशा लगाएर
    जान्छन नेपालीलाई !

    Reply
  35. मदनमणि says:
    July 9, 2013 at 11:30 am

    प्रभू नै साक्षात काठमाडौंमा अवतरण हुने भएपछि सिंगापुरमा झिंगा मारेर बस्नु त

    Reply
  36. पुष्प says:
    July 9, 2013 at 11:30 am

    गोप्यरूपमा गर्न खोजिएको ‘भारतीय इमिग्रेसनको चेक प्वाइन्ट’को काम रोक्न मुद्दा हाल्नेलाई धन्यबाद । नेपालको सार्बभौमिकतामा असर पार्ने यस्ता काम हुन दिनुहुँदैन ।

    Reply
    1. Munna says:
      July 9, 2013 at 2:01 pm

      बल्ल पहिलो पल्ट चित्त बुज्ने लेख्नु भयो

      Reply
      1. madan bajracharya says:
        July 10, 2013 at 2:47 am

        मुन्नाज्यु
        सटिक भन्नु भयो/ संधै यस्तै कुरा भनुन लेखुन पुस्पज्युले/

        Reply
        1. पुष्प says:
          July 11, 2013 at 9:32 pm

          मदनजी,

          देशभक्त हुन नसकेपनि राष्ट्रियता तपाईंभन्दा एकरत्ति कम छैन ममा । तर क्यार्नु ! जसरी यो समाचारलाई सञ्चारमाध्यमले उचालेका रहेछन् र जुनरूपमा यो मुद्दा परेको रहेछ, त्यसो होइन रहेछ । शायद यी दुइ मुद्दामा गृह मन्त्रालयको स्पष्टोक्ति पढ्नुभो होला ।

          Reply
    2. Pradip Shrestha says:
      July 9, 2013 at 7:03 pm

      If this was done by Prachande/Baburame government, you would have supported it.

      Reply
      1. bibek dhakal says:
        July 10, 2013 at 8:19 am

        ए बाबा, प्रसंशनीय कमेन्ट छ भने प्रशंसा गरम न – चाहे जो सुकैले लेखेको किन नहोस. किन ” hypothetical” प्रश्न प्रतिप्रश्न गर्ने? पुष्पजिलाई त याहा माओवादीको प्रवक्ता भन्दा चर्को व्यहवार गरे बा!!!

        Reply
    3. achyutdeshbhakta says:
      July 10, 2013 at 9:26 am

      यो कुरा सहि हो पुष्प जी , जे होस् कमेन्ट मा सुधार हुदैछ.. येस्तै सुधार को आशा छ, भविस्य मा आफ्ना कमेन्ट लै अझै सुधार्दै लैजानु हुनेछ भन्ने मा आशाबादी छु ….जय होश

      Reply
  37. nabin raj gautam says:
    July 9, 2013 at 11:28 am

    हाम्रो देश को पहाडी ईलाकालाई सिक्किम र दार्जलिन जस्तो बीकसित बनाउन सक्छ भने यो देश भारत को जिम्मा मा दिदापानि केही फरक पर्दैन । किन भने अहिले चाँही के नै उपलब्धी भएको छ र नेपालमा सर्बहारा बर्गका लागि भनेर राजनीति गर्ने अफुचाही २ ,४ करोडको बङलामा बस्नेहरुको पनि चालामाला देखीहालियो सबै भन्दा राम्रो त उत्तर चाइना लाई र दक्षीन भारत लाई सुन्पिदा नै राम्रो होला । यती गर्न सकेमा नेपाली जनताको अली अली भएपनी दु:ख त घट्छ होल । भोको पेट लिएर खोक्रो देश भक्ती देखाउनु भन्दा अरु को दाश नै भएर काम गरी पेत्भरी खानु राम्रो । हुन त अहिले पनि सबै युवा खाडीको बलुवा मा भसिएका छन

    Reply
    1. Pandit Sharma says:
      July 9, 2013 at 5:05 pm

      त्यस्तै प्यारो छ भने बसाइ सरे भयो नि मित्र, आफ्नो जन्मदिने आमा पनि अरुलाई दिदा केहि फरक पर्दैन भन्ने क्याश माओबादी को कार्यकर्ता हौ कि कसो ?

      Reply
    2. manoj says:
      July 9, 2013 at 6:15 pm

      नबिन जी
      तपाइँ संग सहमत

      १) भारतीय वा ब्रिटिश सेना मा भाडा को सिपाही भएर जान लाइ सबै नेपाली लालायित छन.२) एउटा मेडिकल सिट वा इञ्जिनेअरिङ्ग को छात्रब्रिती लाइ नेता हरु र जनता हरु भारतीय दुताबास को सात फेरो लगाउछन.
      ३) लाखौ नेपाली युवा हरु खाडी मा कुल्ली को जिन्दगि बिताएका छन र संसार को सस्तो मजदूर उत्पादन गर्ने देश भनेर नेपाल लाइ चिनाएका छन्.
      ४) नुन देखि सुन सम्म सबै इंडिया बात आउछ .
      ५) हाम्रा तिर्थ हरु सबै उता छन्
      ६) हामो नेपाल मा ढुंगे युग को दरिद्र प्राणी भएका छौ

      अनि भुत्रा को रास्त्रियता!
      बरु समृद्द बिशाल भारत को एक अंग भएर संसार मा समृद्द हिन्दु साम्राज्य को एक गतिशील नागरिक हुन् ठिक छ भोका नागा दरिद्र देश को नागरिक भएर संसार को जुनसुकै अध्यागमन मा नाङ्गो भएर जाचिन र हेपिन भन्दा त.
      आखिर भारत ले नै लिए पनि हामि नेपाली भनिने पहिचान मेटिने छैन क्यारे जस्तै पन्जाबी, गुजराती, सिक्किमे, बंगाली भने जस्तो. उखान नै छ नि “नामर्द को स्वास्नी हुन् भन्दा मर्द को कमारो हुन् ठिक”

      Reply
      1. शरद-क्षितिज पारीबाट says:
        July 10, 2013 at 1:04 am

        हे आफ्नो पहिचानको हेक्का नभएका जीवित जन्तु सायद तपाइंलाई थाहा छैन भर्खर सिएन एन ले गरेको बिश्वब्यापी बृहत सर्वेक्षणले देखाएको छ हामि नेपालीहरु संसारका १२ स्थानका सहनशील- शान्त देशवासीमा पर्छौं भनेर त्यसको असर कस्तो हुन्छ तपाईं जस्तो अध्यागमनको लाइनको कारण राष्ट्रिय पहिचान बेच्नेले के थाहा तर त्यो लिस्टमा तपाइको भारतको नाम धेरै तल सम्म पनि छैन, यस्ता थुप्रै पहिचान छन् हाम्रा हामि आज पनि तपाईंका भारतीय भन्दा सुखी र स्वास्थ्य छौ सायद तपाईं लाइ यस्ता सामान्य कुराको पनि ज्ञान नहोला र नै यस्तो निर्ल्लज हाम्रो नेताहरुले जस्तो कुरा गर्नु भयो ! अर्को कुरा भारतको सिनेमा बाहेक संसारका थुप्रै कुनामा आज-अहिले पनि तपाईंका भारतीय मावलीको भन्दा हाम्रो ठुलो इज्यत अनि बिश्वास गरिन्छ ! हुन् त तपाईं जस्तो लाइ के भन्नु यी कुरा …..उखान नै छ नि “भैंसीको अगाडी बन्द बजाएर के हुन्छ”

        Reply
        1. Gautam says:
          July 10, 2013 at 7:17 am

          What respect are you talking about I do not agree with Manoj about Nepal should be part of India but it is truth that our country’s economy is completely depend on India recently World bank gave statement to Reserve bank of india about Nepal’s declining progress could be forceful reassessment of the currency but India still stay on hold about reassessment. If reassessment happens that means it might be 2 ruppes for 1 indian ruppes (Well this is just assuming) , We cannot be progressive without focusing on our weakness. If we think we are strong and better we have to prove on ground not in just in imagination. We also have accept that our debt on India has been increasing since 2004 , before it was little stable. We common people pay money when we buy goods ,, our Government doesn’t pay money to India regularly that’s why Debt increses. When we are going to correct our record on ground ?

          Reply
    3. romeo says:
      July 9, 2013 at 7:45 pm

      यो नयाँ लेन्डुप दोर्जी चैं को रैछ ? यताको खाने,अनि गान चैं उताको गाउने ? जति गरिब भएपनि हामी नेपालीलाई स्वतन्त्रता भन्दा प्यारो अरु केहि छैन…चेतना भया !

      Reply
      1. madan bajracharya says:
        July 10, 2013 at 7:58 am

        रोमियोज्यु/
        नेपाललाई भारतलाई सुम्पनु पर्छ भन्नेहरु सबै भारतीय सिट सुतेका नेताहरुको नाजायज सन्तानहरु हुन्/

        Reply
    4. Prafulla Chhetri says:
      July 9, 2013 at 9:01 pm

      आफ्नी आमा धनी सँग पोइला गएको भए मिठो खान पाउनेथिए भन्ने हुतिहारा र नामर्द मानसिकताले ग्रस्त यस्ता लठुवाले नेपाली हुँ भन्न लाज लाग्नु पर्ने हो /

      Reply
  38. Sisir says:
    July 9, 2013 at 11:24 am

    देश त पुरै बेचेर खाने भए चोरहरुले ..

    Reply
  39. harka shrestha says:
    July 9, 2013 at 10:19 am

    मुलुकको सार्वभौमिकता विपरित नेपाल सरकारले लुम्बिनी र पशुपति नगरमा सो केन्द्र स्थापनाको लागि दिएको सहमति नेपालको अन्तरिम संविधानको धारा १५६(४) वमोजिम नेपालको प्रादेशिक अखण्डतामा प्रतिकूल असर पुग्ने र भविष्यमा मुलुकको सीमाना दसगजाभन्दा उत्तरतर्फ सार्दै लुम्बिनी र पशुपतिनगरमा रहेको दाबी गर्ने प्रमाण सिर्जना गर्न लागेको आरोप लगाउँदै अधिवक्ता पण्डितले गत शुक्रबार सो रिट निवेदन दायर गरेका थिए।

    Reply
  40. Sam says:
    July 9, 2013 at 5:38 am

    Salute !!!!
    Supreme Court ….

    Reply
  41. krasang lama says:
    July 9, 2013 at 5:32 am

    यो सम्जौता रास्त्रघती छ तुरन्त खारेज हुनु पर्छ

    Reply
  42. prabin lama says:
    July 9, 2013 at 5:20 am

    आखिर नेपाली नेत्ता के चाहन्छा अनि भारतीय के चाहन्छ आखिर भन्नु खोजेको केहो कसरि हुन सक्छ आफ्नो देस भित्र अर्काले छेक जाच गर्ने कुन नेपाली छोराले साहना सक्छ के समाचार गलत होकी यो नेत्ता हरुको भनाइ गलत हो सके सम्म भारतीय दुताबास पनि हटाउनु पर्छ !!!!!!आखिर के हामी नेपाली जनता साचै नै येसरिनै बिदेसिको दास भयेर बाच्नु बाद्ध्ये बनाउने हो यी नेता हरुले हामीलाई लौ हजुर नेपाल फर्केर केहि गरेर अलि कति भएनी आफ्नो देसको लागि पसिना बगाउने चाहना येतिकै होला जस्तो छ अब के भनेर आउनु आफ्नो देसमा के बिदेसिको पेलाई खानु आउनु तेहा त्यो बर्सौ देखि खाइ राखेको छ येह कसलाई बिदेसिनु मनछर केहि सिप सिकेर अब त आफ्नै देसमा यो सिप लै चोरेर आफ्नो मात्री भुमि मा गरु भनेको थुक्क यो नेपाली को भाग्ग्ये जन्मिदै खोटो नेता हेरे तेस्तै ब्यापारी हेरे तेस्तै मास्टर हेरे तेस्तै डाक्टर हेरे तेस्तै पुलिस हेरे तेस्तै हैन आखिर चोखो निधो ले चल्ने ठाउँ कता छैन छि

    Reply
  43. वास्तव says:
    July 9, 2013 at 2:24 am

    अब के हुन्छ होला ? भन्दा भन्दा पनि खिल ले सम्झौता गर्यो अब के हुन्छ होला? कौतुहोल भएछ. होइन भने चुनाबी सरकार भएपछि पनि किन सम्झौता गर्नु हतार. अनि अर्को कुरा भारत ले हाम्रो चुनाब मा के को प्रतिबद्दता ? प्रतिबद्दता त हामी नेपाली ले जनाएर चुनाब गर्ने हो नि? भारत ले प्रतिबद्दता जनाएर के हाम्रो चुनाब आफै हुन्छ र? क्या हो क्या हो. झल्लु ले भने जस्तै सबै लाइ मानसिक तनाब भैसक्यो. अब एउटा उपाए राजा औ देश बचाऊ भ्रस्ट नेता हरुला खोजि खोजि बनारस पठाऊ. यो त अति भयो. तेत्रो भट्टराई सरकारमा हुँदा काण्ड मच्चिएको त्रिभुवन विमानस्थल को कुरा फेरि खिल ले गर्न लागेछ.

    je

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme