Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुकुर, लाटोकोसेरोदेखि बोका र ढालसम्म चुनाव चिह्न

Posted on July 7, 2013July 7, 2013 by Salokya

election14सरकारले तोकेको समयमा भए पनि नभए पनि अब चुनाव ढिलोचाँडो हुने नै छ। निर्वाचन आयोगको तयारी चलिरहेको छ। एक जुगमा दुई पटक आउने संविधान सभाको चुनावमा यसपालि अलि अर्कै किसिमको अप्ठेरो परेको छ। पहिलो निर्वाचनमा ७५ दल दर्ता भएका थिए तर जम्मा ५४ दलले मात्रै निर्वाचनमा सहभागी भए। यस पटक संविधान सभा सदस्य बन्न पाए पाइने सुविधा देखेर दङ्ग परेर होला १३९ दल दर्ता भएका छन्। वैद्य माओवादीले त दर्ता पनि गरेको छैन। १३९ दल नै निर्वाचनमा सहभागी नभए पनि संख्या पक्कै बढ्नेछ। त्यहाँमाथि स्वतन्त्र उम्मेदवारहरु। मतपत्र मात्रै २० इञ्च लामो हुनसक्ने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले बताइसकेका छन्। के-के मात्र चुनाव चिह्न दिने! निर्वाचन आयोगले स्वीकृत गरेको १९४ चुनाव चिह्नमा कुकुर, लाटोकोसेरोदेखि बँदेल, बोका र ढाल तरबारसम्म परेका छन्।

यसो कल्पना गर्नुस् त, कुकुर चुनाव चिह्न भएको पार्टी वा उम्मेदवारलाई कति अप्ठेरो पर्ला ! त्यसै त मान्छेहरु कुकुर नेता भनेर गाली गरिरहन्छन्। कुकुर चिह्नमा छाप हाल्नुस्, कुकुर जस्तै नेतालाई जिताउनुस् भन्ने ? कि सबैलाई हेर्‍यौँ पटकपटक कुकुरलाई हेरौँ एक पटक भन्ने ?

लाटोकोसेरो, बोका, बँदेल जस्ता चुनाव चिह्न पाउनेलाई पनि त्यस्तै गाह्रो हुने होला। अझ ढाल-तरबार चुनाव चिह्न पाउनेको प्रचार कस्तो हुने होला!

मोबाइल, प्रेसर कुकरदेखि नेपालमा नपाइने उँटसम्म पनि चुनाव चिह्न छन्। धन्न कालोपाटी मात्रै चुनाव चिह्न रहेछ सेतोपाटी वा रातोपाटी छैन। हेल्मेट, हेलिकप्टरमात्र हैन मान्छे, लट्ठी लिएको मान्छे, दौडिरहेको मान्छे, भरिया आदि कन्फ्युज पार्न सक्ने चुनाव चिह्न पनि छन्। हेरौँ निर्वाचन आयोगले स्वीकृत गरेका सबै चुनाव चिह्नहरु-

election1












40 thoughts on “कुकुर, लाटोकोसेरोदेखि बोका र ढालसम्म चुनाव चिह्न”

  1. chandra.p says:
    July 8, 2013 at 6:56 am

    एति धेरै sign हरु किन holla १९४ …एतिका त पर्थिन्न होला! just like इस्त्री ,,tooth ब्रुष,,ऐरोप्लने ,,tv ,,hair ब्रुष .कुचो .mobile .etc ..अने comments मा २-३ जना फ्न्ड्स हरु ले ढाल-tharwar लाई ढाल (condom ) सोचेछ क्या हो यार्र ..condoom पने हुञ्छ र चुनाव चिह्न..!!! यो त परिवार नियोज़ंन को अस्थाई साधन होइन्न र ……

    Reply
    1. ramesh says:
      July 8, 2013 at 4:26 pm

      म भने ढाल मा भोट हाल्ने भए.

      Reply
  2. rohan vicram singh says:
    July 8, 2013 at 5:19 am

    नेपाल र नेपाली जनताहरुलाई ठग्ने, लुट्ने, धोका दिने र अत्याचार गर्ने राजनैतिक पार्टीका चुनाब चिन्हहरु रुख, सुर्य, हसिया-हथौडा, हलो, हात आदिको सट्टामा अब तिनीहरुको बानी-बेवाहर सुहाउदो स्याल, ब्वासो, हुंडार,जुका, किर्ना, लामखुट्टे, उडुस, जुम्रा, आदि दिए कसो होला निर्वाचन आयुक्त ज्यु ????????????????

    Reply
  3. dharmendra says:
    July 8, 2013 at 3:47 am

    रेखा थापा को चुनाब चिन्ह मकैको घोंगा ?

    Reply
  4. neerose says:
    July 8, 2013 at 12:05 am

    पुतली चाँही त्यो ब्लु डाइमोन्ड पार्टिकको चिन्ह होला!

    Reply
  5. Er. Manoj says:
    July 7, 2013 at 11:13 pm

    अब Microwave and GSM antenna पनि हुनपर्यो भन्ने हामीलाई लागिरहेको छ.

    Reply
  6. arjun bahadur panday says:
    July 7, 2013 at 10:43 pm

    चुनाब चिन्न कुकुर पाउने पार्टी को नेताको अनुहार हेर्न मन लाइराछ, कतिको मिल्दो रैछ अनुहार …….

    Reply
  7. chandra gc says:
    July 7, 2013 at 9:51 pm

    खुईलेको तालु किन नराखेको होला ! कमसेकम नेताको टाउको सम्झेर एक पटक त हिर्काउने जनताले ……….

    Reply
  8. Deepak says:
    July 7, 2013 at 9:47 pm

    नेताको पुक्क उठेको भुँडी छुट्यो नि. ल अब भुँडीमा भोट हालम भन्न अलि सजिहो हुन्थियो कि? अझै पनि छुटेका चुनाब चिन्नहरु:
    १. ठुलो उठेको भुँडी
    २. घुस खायको मान्छे
    ३. एरपोर्ट मा लजेग काट्दै गरेको मान्छे
    ४. मान्छे चुट्दै गरेको मान्छे
    ५. हड्ताल गर्दै गरेका डाक्टरहरु
    ६. बलात्कार र डकौति गर्दै गरेका डाँकाहरु
    आदि आदि …………….!

    Reply
  9. Prakash says:
    July 7, 2013 at 9:32 pm

    आफु त यो पाली ढाल मा भोट हाल्ने हो ल जा

    Reply
  10. योगेश आदी says:
    July 7, 2013 at 8:50 pm

    भोट के मा हालिस ? भनेर साथिभाइले जिस्केर सोद्धा “ढाल” मा भनेर भन्दा कति रमाइलो हुने होला !!

    Reply
  11. Robin (aus) says:
    July 7, 2013 at 8:03 pm

    चुनाब चिन्ह ढालमा भोट हालौं । यौन रोग र एड्स बाट बचौं ।

    Reply
  12. Dinesh Oli / Airport Customs Officer says:
    July 7, 2013 at 7:04 pm

    खासमा दुइटा मात्रै पार्टी राख्नु पर्ने, एउटा कांग्रेस अर्को कम्युनिस्ट ! कांग्रेस को रुख कम्युनिस्ट को सुर्य ! तर फेरी कुरो एउतै हो ! उनीहरु भित्र पनि प्यानल प्यानल मा झगडा पर्छ !

    Reply
  13. Dinesh Oli / Airport Customs Officer says:
    July 7, 2013 at 6:48 pm

    टेलिफोन मा भोट हाल्ने कि मोबाईल मा हाल्ने त ? गोलाकार हसिया हथौडा कति नम्बर मा रैछ? अहिले नै काट्दिनु पर्यो ! पछि फेरी झुक्किएर तेसै मा भोट हालियो भने त बर्बाद हुन्छ |

    Reply
  14. dharmendra says:
    July 7, 2013 at 5:40 pm

    केहि छुटेका चुनाब चिन्ह हरु
    १ कम तौल भाको ग्यास सिलेंदर
    २ पत्तल मिसाको सुन
    ३ पनि नआउने धारा
    ४ नबोलेको बल्व
    ५ घुस लिएको मान्छे
    ५ डाँका
    ६ चोर
    ७ बेरोजगार आदि

    Reply
    1. madan bajracharya says:
      July 8, 2013 at 9:42 am

      धर्मेन्द्रज्यु
      “र” को पुतली, गुण्डा र चेली बेच्ने छुटाउनु भयछ/

      Reply
  15. राम चन्द्र says:
    July 7, 2013 at 5:11 pm

    पैसा को मुठो पनि हुनुपर्ने चुनाव चिन्न अनी हानाथाप हुन्थियो होला । हाम्रो पार्टीलाई भोट् हाल्नुस् पैसा को मुठो लैजानुस् ।

    Reply
  16. Hillman Myagdi says:
    July 7, 2013 at 4:22 pm

    नेता हरु ईमान्दार, नैतिकवान र स्वच्छ मानसिकता का भए चुनाव चिन्नहले फरक पर्दैन। तर नेपालमा यस्ता गुण भएको नेताहरुको खडेरी नै छ। तेही भएर यस्ता नाना भाँतीका चिन्नह फ़ुर्छ यिनीहरुको भुस भरिएको दिमागमा।

    Reply
  17. raj says:
    July 7, 2013 at 4:19 pm

    हाम्रा नेता हरु लाटो-कोसेरो को ठुल्दाई भन्दा कम छैन. दिउसो मा आखा देख्दैन तर रात परेपक्षि पैसो, रक्सि र तरुनी लै चै ठाउँ क ठाउँ भेत्क्ष त्यो पनि a लेवल को बार मसाज सेन्टर अनि फ़ाइव स्तर होटेल मा NGO -INGO को मीटिंग बसो चिया पनि को नाम बीर, वोड़का, वाइन पस्यो, भत्ता सरकारी सुबिधा मा मोज गर्यो .. भगवान बिष्णु ले पनि भोग गरेन होला एति सुख सुबिधा. खप्पर मै लेखेर आको रैक्ष हाम्रो सांसद, सभासद, अनि नेता हरु त. बन्दुक चै रखेनाछा बज्य हरु ले, नत्र तेइ बन्दुक तानेर टाउको मा ठोक्दिंठे.

    Reply
  18. nisha says:
    July 7, 2013 at 4:13 pm

    ढाल राख या बोका राख
    आफु टन्न अघाऊ जनता भोका राख
    तयार पारौ दाजुभाई बेत का लट्ठी अब
    नभुलौ बीच बिच मा काडा का चोका राख .

    Reply
  19. raj says:
    July 7, 2013 at 3:59 pm

    पुतली चै महिला उम्मेदवार को हुनु पर्क्ष, बाबै अहिलेको चुनाब मा त बोका, सुँगुर, कुकुर, सुकुन्दा तेरा बाउ मुकुन्द, पानि जहाज र ट्रेन चै तिम्री आमा ले भारत बाट दाइजो मा पाएँ कि कसो हह ब्वासा हो?! नेपाली जनता को सम्पति ९ खरब त बालुवा मा पानी बराबर भो अब को चुनाब पनि यसै गरेउ भने हतौडा ले हात गोडा अनि टाउकोमा ठोकेर अचार बनौक्षौ बुजी राख खाते नेता हो. सबै साथि भै लै एउटा प्रस्न गर्न मन लग्यो. संसार मै lo प्रेस्टिज हुने मानब नेता जाति कहाको हो? सहि प्रस्न को उत्तर दिनु हुने साथि हरु लै गोला प्रथा द्वारा उचित पुरस्कार अनि आत्मा सम्मान को बवास्ता को जानकारी गरुडा क्ष.

    Reply
  20. सार्थक says:
    July 7, 2013 at 3:35 pm

    नेता भनौदाहरुको प्रव्रितीसँग सबैभन्दा ठ्याकै मिल्दो चुनाव चिन्ह चाँही बाँदर नै हुन्थ्यो । तर सबै पार्टीले त्यो चिन्हका लागि हारालुछ गर्छन् भनेर नै निर्वाचन आयोगले नराखेको होला भन्ने मेरो अनुमान छ । केही बिद्यामान चुनाव चिन्हहरु हटाएर उडुस, उपिया, लामखुट्टे, जुका, ब्याँसो, गिद्ध, स्याल, छेपारो आदि राखे अती उत्तम हुने थियो । खै कसले शिफारिश गर्दा निर्वाचन आयोगले मान्ने हो लौन यी चिन्हहरुको शिफारिश गरौं न ।

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 7, 2013 at 7:00 pm

      ति सबै ” उडुस, उपिया, लामखुट्टे, जुका, ब्याँसो, गिद्ध, स्याल, छेपारो” चुनाब चिन्ह राख्ने हरु अहिलेलाई गोलाकार हसिया हथौडा भित्रै अटाए रे क्या !

      Reply
  21. द्रोण says:
    July 7, 2013 at 2:24 pm

    पहिला चिन्ह लिन्छन , अनि भासन मा नेताले अर्थ लगाउने चै हासो उठ्दो हुन्छ |
    —जस्तो कि
    १) हाम्रो ने क पा एमाले भनेको सुर्य ले जस्तो राप दिन्छ , सोसक ,सामन्ती को दोहोलो गर्छ | आकास मा सुर्य उदाएको ने क पा एमालेको लागि हो |
    २) हाम्रो नेपालि कांग्रेस भनेको रुख जस्तो , जहा सबै अटाउछ , सबैलाई छहारी दिन्छ |

    ३) हाम्रो माउबादी पार्टी भनेको किसान को , गरिब गुरुवाको पार्टी हसिया को , हथौडाको को पार्टी छ | हाम्रो पार्टी ले बिस्तारबादी भारत को टाउको हसियाले च्वात्त पार्छ |

    ४) हाम्रो रा प्रा पा हलो जस्तो छ , घुस खोरी , भ्रास्ताचारिलाई हलोले तान्छ

    ५) हमार सद्भावना पार्तिके चुनाब चिन्ह हात बा , हात मिलाई तो दोस्त बनालबा

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 7, 2013 at 6:50 pm

      भन्या जस्तो गर्नी भिडेको भए त् सबैलाई चुनाब बिनै संबिधान सभा मा पठाए हुन्थ्यो !

      Reply
    2. bibek dhakal says:
      July 7, 2013 at 8:54 pm

      अनि कुखुरा, फूटबल, मोबाइल, भ्यागुतो, काइयों चुनाब चिन्ह लिने हरुले चाही के भन्लान नि 😉 ?

      Reply
  22. Sunil, London says:
    July 7, 2013 at 2:23 pm

    जस्ता नेता तेस्तै चुनाव चिन्ह गधा, कुकुर , लाटोकोसेरो ,कछुआ , सर्प , मुसा इत्यादी !मलाई त लाज नै लाग्यो यो देखेर ! नेपालमा जे पनि भारतले गर्यो भन्छन यो चुनाव चिन्ह पनि भारतले नै छानी पठाएको हो कि, आखिर उनीहरुले नेपाली नेता र जनता लाई हेर्ने दृष्टिकोण तेस्तै छ नि !

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 7, 2013 at 6:51 pm

      चुनाब चिन्ह त पार्टी ले नै पठाएको होला ! पार्टी संचालन मात्रै भारत को होला !

      Reply
  23. Kanchha Lal Bholan says:
    July 7, 2013 at 1:57 pm

    यो ककसको चुनाब चिन्हहरु हुन्……. बाफरे नि हो………

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 7, 2013 at 6:58 pm

      चुनाब चिन्ह हेरेर त् साधे छैन, अब झन् पार्टी को नाम भनेर साधे होला त ?

      Reply
  24. Nipesh Adhikari , Germany says:
    July 7, 2013 at 1:33 pm

    सबै राम्रो लाग्यो बाँदर छुटे छ ! अप्रिल को सुरुवात ताका Mysansar ले पनि पार्टी खोल्ने कुरा गांइ गुइ सुने कै हो, येही बाँदर राख्ने हो कि ?

    Reply
  25. Kiran says:
    July 7, 2013 at 1:32 pm

    अलिकती डाटा फरक परेको छ सच्याउनु होला
    २०६४ सालमा जम्मा ८७ दल दर्ता भएका हुन ती दलमध्ये ५४ दल ले भाग लिएको हो । २४ वटा पार्टीले संविधान सभामा प्रतिनिधित्व गरेका थिए र ति दलहरुबाट फूटेर संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ३४ पुगेको छ । सवैभन्दा वढी फुटेको दल मधेशी जनअधिकार फोरम हो । र त्यस पछी सद्भावना पार्टी हो ।

    Reply
  26. man bahadur bista says:
    July 7, 2013 at 12:29 pm

    किन नेताहरुको आफ्नै फोटो हाल्दा हुन्न र किन दुनिया समान को बदनाम गर्नु चुनाब चिन्न मा नाम हालेर

    Reply
  27. neeraj says:
    July 7, 2013 at 12:04 pm

    हा हा । रमाइलो रैछ। यस्ता चिन्ह पाउने दलका नाराहरु कस्ता हुने हुन् । भरियामा भोट हालौं। मुसा चिन्हमा भोट हाली अत्यधिक बहुमतले जिताऔं। बालक चिन्हमा मतदान गरौं – ए होइन होइन, त्यो त अर्कैको परेछ, आमाको काखमा भएको बालकलाई भोट हालौं। काईंयोलाई जिताऔं – केराको काईंयो हो कि कपाल कोर्ने – आफैं बिचार गरौं। कुखुराको भाले चिन्ह लिने उम्मेद्वारलाई भोट हालौं – नत्र उनकै छोराको चुनाव चिन्ह कुखुराको चल्लामा भोट हाले नि हुन्छ। खुकुरीमा मतदान गरौं – दाव नभाको क्रस खुकुरी नि – झुक्केर अर्को खुकुरीमा पर्ला।अर्ना भैंसी , गाई र याकको चित्र हेर्दा उस्ता उस्तै देखिए पनि – यसमा नझुक्किकन अर्ना भैंसीलाई नै भोट हालौं। हाँगामा बसेको चरालाई भोट हालौं – हाँगामा नबसेको चरालाई होइन नि। पहाडिया भोटरले पुरुष चिन्हमा भोट हालौं – कोट र ढाका टोपी लगाको हेर्दै पहाडिया चिन्ह छ – मधेसी भोटरले लठ्ठी लिएको पुरुषलाई भोट हालौं – कमिज, कछाड र टाउकामा फेट्टा भाको हेर्दै मधेसी जस्तो चिन्ह छ।

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 7, 2013 at 6:54 pm

      भरिया मा भोट हालौ, भरिया हरुलाई नेता बनौ, आफु ६०१ सभासद बोक्ने भरिया बनौ ! हाहा

      Reply
  28. Arun Bhattarai says:
    July 7, 2013 at 11:35 am

    अब को चुनाब प्रचार पनि रमाइलो होला जस्तो ६. जस्तै – महिलामा भोट हालौं , पाच कुने तारमा भोट हालौं, गाग्री बोकेकी महिलामा भोट हालौ, कालो पाटीमा भोट हालौ. आदि ईत्यादी….. चुनाब चिन्ह नै तेस्तो छ त के हैन साथी हरु………

    Reply
  29. बिनोद तिमिल्सिना says:
    July 7, 2013 at 11:25 am

    कुकुर हुनेलाई झन सजिलो होला नि,हामि कुकुर जस्तै ईमान्दार र मालिकको नुनको सोझो गर्छौ भन्लान भोट माग्ने बेलामा तर पछी कुन मालिकको पाउ मोल्ने हुन।बोका र ढाल हुनेलाई चै भोट माग्न नि गार्है पर्ला।

    Reply
  30. amar says:
    July 7, 2013 at 10:59 am

    १९४ वोटा चिन्ह हरु मा अरु केहि चिन्ह छुटे जस्तो लग्यो / यसमा Nepal मा सधै जस्तो भैरहने चक्का जाम र नेपाल बन्द को पनि चिन्ह राखेको भए राम्रो हुन्थ्यो होला कि?

    Reply
    1. bibek dhakal says:
      July 7, 2013 at 8:52 pm

      तेइ त, टायर कि गुलेली कि सिसा फुटेको गाडी को चिन्ह हुनु पर्ने !!

      Reply
  31. बेखालाल नेपाल says:
    July 7, 2013 at 10:51 am

    कछुवा कांग्रेस को?
    गधा क्यास माओवादी|
    कुकुर ड्यास माओवादी|
    गैडा एमाले को हो?

    ढाल चाही नेपाल परिवार नियोजन पार्टीको हुनुपर्छ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme