Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब फेसबुकमा लाइक र सेयर गर्नेहरुलाई हत्कडी

Posted on July 3, 2013 by Salokya

काठमाडौँको सरस्वती क्याम्पसमा आइए पढ्दै गरेका काभ्रेका भवनाथ सापकोटा यतिखेर हनुमानढोकाको खोरमा छन्। उनको दोष ? उनले नेकपा-माओवादीकी नेतृ पम्फा भुसालविरुद्ध आपत्तिजनक कुरा लेखिएको स्टायटस आफ्नो वालमा ‘सेयर’ गरेका थिए। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही चलाउँदैछ जसमा दोष प्रमाणित भए १ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनसक्छ। विष्णु गुरुङ नामका व्यक्तिले लेखेको त्यो आपत्तिजनक स्टायटसलाई हजार जना जतिले लाइक र सेयर गरेको कान्तिपुरको समाचारले जनाएको थियो। स्टायटस सेयर गरेकै भरमा पक्राउ पर्ने उनी नेपालको पहिलो फेसबुक प्रयोगकर्ता हुनुपर्छ। त्यसैगरी हिजो मात्रै सञ्चारकर्मी गजेन्द्र बुढाथोकीले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्-
gajendra
यसले अब प्रशासन लाइक र सेयर गर्नेहरुलाई तारो बनाउँदै गरेको देश चीन र इरानको हाराहारीमा पुगेको अनुभव गर्न सकिन्छ।

छिमेकी देश भारतमा बाल ठाकरेको मृत्युपछि लेखिएको एउटा स्टायटस लेखेको र लाइक गरेकै कारण दुई युवतीलाई प्रहरीले पक्रेर मुद्दा चलाउन लागेको घटनाको ठूलै विरोध भयो। अन्ततः मुद्दा फिर्ता लिन प्रहरी बाध्य भयो। तर नेपालमा पहिलो पटक स्टायटस सेयर गर्दा पक्राउ परेका घटनाको चर्चा खासै भएको छैन। त्यहीबाट पनि उत्साहित भएर अब लाइक र सेयर गर्नेहरुविरुद्ध प्रशासन केन्द्रित भएको हुनुपर्छ।

कानुन छ त ?
इकमर्सलाई व्यवस्थित गराउन ल्याइएको भनी प्रस्तावनामै उल्लेख भएको विद्युतीय कारोबार ऐनको दफा ४७ मा कानुन विपरीतका काम विद्युतीय माध्यमबाट गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

कुनै निश्चित मापदण्ड र परिभाषा नभएको कारण यही दफा ४७ प्रयोग गरेर प्रहरीले सबै खालका साइबर अपराधको सम्बोधन गर्दै आएको छ। नेपालमा साइबर अपराधसम्बन्धी कानुनको अभावमा यही इकमर्सलाई व्यवस्थित बनाउन ल्याइएको कानुनको एउटा अमूर्त धारालाई प्रयोग गरेर सबलाई तर्साउने हतियार बनाइएको छ।

निश्चित मापदण्ड र परिभाषा नभएकैले सर्वोच्च अदालतमा रेकर्डरसहित भेटिएका एक कानुन व्यवसायीलाई समेत अरु कुनै कानुनको धारा नपाएर यही विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही चलाउन खोजिएको हास्यास्पद कुरा अस्ति प्रेस काउन्सिलद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा एक वकीलले सुनाएका थिए।

फिल्मकर्मी मनोज पण्डितलाई फिल्म समीक्षामा नराम्रो लेखेकै भरमा हिरोइन ऋचा घिमिरेले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गराउन हनुमानढोकामा उजुरी दिएकी थिइन्।

यही क्रम जारी रह्यो भने राज्य अनुदार हुँदा अपराधकर्मलाई मात्रै हैन, अभिव्यक्ति स्वतन्त्रता नै हनन् हुनसक्नेतर्फ सचेत हुनुपर्छ। राज्य अनुदार भएका बखत् सरकार वा मन्त्री वा नेताहरुको जायज आलोचना पनि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने हतियार यही दफा ४७ बन्न सक्छ। यसले प्रहरीविरुद्ध टिप्पणीमा पनि रोक लगाउन सक्छ। रिसइबी साँध्न पनि यही दफा हतियार बन्न सक्छ। यसविरुद्ध पर्याप्त जनमत नबनेसम्म अहिलेलाई फेसबुक लगायत सामाजिक सञ्जालका साइट चलाउनेमाथि दफा ४७ को तरबार टाउकै माथि रहेको कुरामा सचेत हुन जरुरी छ।

48 thoughts on “अब फेसबुकमा लाइक र सेयर गर्नेहरुलाई हत्कडी”

  1. Suman bhote says:
    July 4, 2013 at 4:57 pm

    आमा / बाउको गाली गर्ने, चॊर, डाका, कुकुर,गधा, बादर….. येस्ता सब्द प्रयोग गर्नु राम्रो होइन….. यो हाम्रो समाज भनेको सब्ये समाज हो, मन भित्र फोर गालि गर्न पाइनछ तर सिधै पाईदैन…..
    सब्ये भासामा जति सक्ति छ, तेतिनै येस्ता गालि को केहि मतलब हुदैन………
    पत्रकार, बिस्लेसाक, लेखक हरु को जति ताकत हुन्छ, तेस्को बिपरित येस्ता गाली गलोच को मतलब हुदैन, यी त हुन् समाज को बिकृति……. र एस्लाई प्रोत्सान नदिउ साथीहो….. सब्ये भाषा बाटनै परिपर्तान सम्भब छ……

    Reply
  2. Santosh sapkota says:
    July 4, 2013 at 4:49 pm

    स्वोतन्त्र को नाम मा मनपरी लेख्न त पाइएन नि *

    Reply
  3. गगने says:
    July 4, 2013 at 4:11 pm

    यो कानुनको धारा मा अर्को उपधारा फेसबुक र तेस्को प्रयोग सम्बन्धि थप्नु पर्ने भयो तेसरिनै अर्को दफा ट्विटर अनि अर्को दफा ब्लग को बारेमा पनि बनायर कानुन स्पस्ट पार्नु पो पर्ने भयो!
    दुनियै यसैबाट बगेको छ आजको!आबस्यकता अनुसार कानुन परिमार्जन र निर्माण गर्दै जाने त हो!
    सेयर गर्ने र लाइक गर्ने ले अलिक सचेत रहेर गर्नु पर्छ! कसैलाई व्यक्तिगत लनक्क्षणा लाग्ने गरि व्यक्तिगत तरिकाले लक्षित गरि राखियको स्ट्याटस अपराधिक प्रबित्तिको पनि हुन सक्छ र तेसलाई सेयर गर्ने र लाइक गर्ने ले अपराधको प्रोत्साहन र प्रचार वा सहयोग गरेको मानिन सक्दछ!
    तेसको छिनोफानो त अदालतले नै गने छ!
    तर कानुनको अभाबमा अत्याधिक दुरुपयोग पनि भैरहेछ सामाजिक संजालको प्रयोग!
    कसैको नाममा नक्कली एकाउण्ट खोलेर जताभाबी प्रयोग गर्ने अनि बैजत्तिगारने अश्लिल फोटो राखिदिने!
    यसको नियन्त्रण त हुन पर्यो नि

    Reply
  4. Basant says:
    July 4, 2013 at 1:21 pm

    नेताहरु सच्चिए कसैले गाली गर्दैन जय जयकार गर्छन कारवाहीको कुरा गर्ने हो भने पहिला भ्रस्टाचार देश लुट्ने कर्मचारी नेता ठुला बडा हरुलाई कारवाही गर मुला लुटेरा हरु तिमीहरु कै डाका डन हरुलाई थुनेर देखा ….

    Reply
  5. abi says:
    July 4, 2013 at 11:21 am

    जसलाई जे मन लाग्छ गरे हुन्छ.. आखिर हामी सोझा नागरिक हिजो पनि रैती र प्रजा थियेउ वाक स्वतन्त्रता नभएका आहिले पनि त्येही छौ /

    Reply
  6. Ramji Balami says:
    July 4, 2013 at 8:48 am

    यतिखेर जल्दोबल्दो जिज्ञासा र समस्या के हो भने कुनै व्यक्तिले स्वतन्त्र विचार फेसबुकमा राख्न पाउने कि नपाउने ? के-कस्तो भावना व्यक्त गर्दा चरित्रहत्या हुने ? कसैले राखेको स्टाटस एक हजार जनाले शेयर गर्छन् भने एक हजारजनालाई नै पक्राउ गर्ने कि स्टाटस लेख्नेलाई पक्राउ गर्ने ? कसैले एकाउण्ट हृयाक गरेर जेपिटी लेखे भने हृयाक भएको जानकारी कहाँ दर्ता गर्ने ? जानकारी दर्ता गर्ने ठाउँ नभए पछि हृयाक गरेर स्टाट्स लेख्नेलाई कारवाही गर्ने कि एकाउण्ट होल्डरलाई ? इत्यादि प्रश्नहरु उब्जिएका छन् । यसो गरे कसो होला ? बिस्तृत पढ्न . http://www.onlinekhabar.com/2013/06/86872/

    Reply
  7. ramesh says:
    July 4, 2013 at 8:34 am

    तेसों त मालपोत,यातायात बेबस्था बिबग,नापी कार्यालमा,कानुनको पालन गराउने पोलिशले खुल्लेआम घुष लिन्छन के यो कानुन नभयर कारबाही नभयको होत?के नेपाल बन्द गराउन कानुनमा बेबस्था छ ?नेताले देश को जिम्मा लियर देशको बारेमा केहि न गर्दा हामीले तिनीहरु लाई पुज्जागर्ने?हिजो चुनाब लड्दा केहि नभयका नेता आज अरबपति भयर देशको यो हालतहुँदा नेता लाई कमेन गर्न पइन्?बस बेक्तिगत जिबन को बारेमा मात्र केहि भन्न पाइदैन |

    Reply
  8. Tek Raj Timalsina says:
    July 4, 2013 at 7:16 am

    जून देश मा हजारौं मान्छे मरेका हरु खुलम खुल्ला बाटो मा हिंडीरहेका छन्; जून देश मा Don हरु थाहा हुँदै हुँदै नि पकड्ने कसैको हिम्मत छैन ; करोडौं घुस खाएर पेट फुलेका हरु लै समात्ने औकात छैन त्यो देश मा facebook मा status लेख्यो भनेर मान्छे लै jail मा हालिन्छ | यो त पंचायेती बेलाको भन्दा आपति जनक कुरा भयो नि |

    Reply
  9. योगेश आदी says:
    July 4, 2013 at 4:54 am

    देश कुन बाटोमा जाँदै छ ? बिचार गर्नेबेला आएछ !! मुसर्रफले पनि सुरुमा यसै गरि आफ्नो हात लामो बनाउदै लागेको थियो / गणतन्त्रको महँगो मूल्य चुकाउनु पर्ने भो, सचेत जनताहरुले !!

    Reply
  10. Nembang says:
    July 4, 2013 at 4:13 am

    आरुलाई पक्रिनु हिमत ने चयीना के गरोस्ता
    फेसबुक कमेन्ट लेखेर चित्त बुझाउन पनि नपाइने भयो त| वाह हाम्रो लोकतन्त्र……..!

    Reply
  11. bishnu says:
    July 4, 2013 at 2:18 am

    होइन यो क हो??????? कहिँ नभएको जात्रा पो भो त……

    Reply
  12. Lalit Narayan says:
    July 4, 2013 at 1:28 am

    # दुष्टको अगाडी उभिनु मात्र पनि अपराध गर्नु हो भन्थे, त्यसै हो कि क्या हो?

    # आपत्तिजनक कुरा भनेको कस्तो? धम्कि, चरित्र हत्या, आरोप? व्यक्तिगत कि ? पेशागत कि? कानुनले बर्जित कुरो पर्यो भने त कानुन अनुसार कारबाही गर्ने पर्यो नि चाहे त्यो बिद्यार्थी होस् वा उच्च नेता होस् l सत्य तथ्य पत्ता लगाउनु पर्यो अनि पुरुस्कार दिने कि कारबाही गर्ने भन्ने कुरो आउछ l कि कसो गाउँले हो? कागले कान लग्यो भन्दैमा कागको पछि कुद्नु त भएन नि l

    Reply
  13. Meghmani Ghimire says:
    July 4, 2013 at 12:49 am

    म त भन्छु नेपालको कुनैपनि कानून सर्बसाधारण नागरिकलाई मात्र लागु हुन्छ ,सुन बेपारिले सुनमा मिसावट गरो कारवाही हुन आटे आन्दोलन अनि बार्ताबाट समाधान ,पानि दुसित भयो कारवाही हुन आटे आन्दोलन अनि बार्ताबाट समाधान यस्तो त सामान्य कुरा हो किनकि यिनीहरु सर्बसाधारण होइनन I अब सर्बसाधारण को अधिकार रक्छा गर्न त सर्बसाधारण नै उठ्नुपरो नि आन्दोलन गर्न अनि मात्रै बार्ता हुन्छ अनि समस्या समाधान हुन्छ नत्र भवनाथ सापकोटा पछि तपाई हाम्रै पालो हॊ, तेसैले जागौ हामी सर्बसाधारण नागरिक नत्र यी डाका हरुले हामीहरुलाई बोलन पनी दिदैनन I तेसैले
    भवनाथ सापकोटा छुटाउन आन्दोलन गरौ
    भवनाथ सापकोटा छुटाउन आन्दोलन गरौ
    भवनाथ सापकोटा छुटाउन आन्दोलन गरौ
    भवनाथ सापकोटा छुटाउन आन्दोलन गरौ
    भवनाथ सापकोटा छुटाउन आन्दोलन गरौ

    Reply
  14. जनक मान डंगोल says:
    July 4, 2013 at 12:09 am

    चार थान नेताले चलाको देसमा यो भन्दा ठुलो अपेक्षा गर्नु भनेको मुर्खता हो !

    Reply
  15. धुर्ब says:
    July 3, 2013 at 11:41 pm

    हुनत कानुनी रुपमा केहि मापदण्ड बनौनु जरुरि छ येसरी मानब अधिकार र लेखन पाउने आफ्नो आधिकार लै सहि प्रायोग गर्न पनि सकिन छनी हुन पनि हद भन्दा बादी हुदै छ मन परि बेलैमा कानुन बनाइ कानुनी दहेरमा राख्नु पर छ

    Reply
  16. rosu says:
    July 3, 2013 at 11:10 pm

    नया नेपाल को नया रुप भन्नु पर्ला एस्तो परिस्तिथि लाई / भन्ने बेला मा डेमोक्रेटिक भन्ने अनि कसैको बक्तिगत वाक सोतन्त्रा माथि नै कानून लगाउने यो कुरा चै अलि न पचेन जस्तो लागो / मान्छे ले आफ्नो विचार आफ्नो धारणा सोत्न्त्र भएर लेख्न बोल्न पाउनु पर्छ तर कसैको बक्तिगत जीवन मा तेस्ले असर पुराउने गरि इंकित गरेर न गरे राम्रो हुन्छः जस्तो लाग्छ /

    Reply
  17. Dhane says:
    July 3, 2013 at 10:59 pm

    ठिक परेछन, JPT लेख्नेलाई केहि त गर्ने पारो नि/ यो कानुन त पहिलेनै लागु हुनुपर्ने थियो.

    Reply
  18. Dipendra says:
    July 3, 2013 at 10:48 pm

    ओ पागल नेताहरुको पछि लगेर बन्द र हड्ताल गर्ने मुर्ख नेपालीहरु हो! सक्छौ भने अब एस्तो स्वन्तन्त्रता गुमेको बेलामा आफ्नो हक र अधिकार को लागि बन्द गर न ताकी पछि कोहीलाई पनि एस्तो नपरोस. कसलाई के थाहा आज भवनाथ सापकोटा परे पछि तिमि हामी नै पर्न पनि के बेर?

    Reply
  19. पुष्प says:
    July 3, 2013 at 10:39 pm

    ‘ठगीलाई वैधानिकता दियो’ भनेर कुर्लनेहरूले जवाफ दिनुपर्यो – अरूको चरित्रहत्या गर्ने, आमाचकाली गाली गर्नेहरू अनि उनीहरूको गालीलाई ‘लाइक’ वा ‘शेयर’ गर्नेहरूलाई कारबाही नगरी अभिव्यक्ति स्वतन्त्रताका नाउँमा उन्मुक्ति दिने कि नदिने ? कि फेसबुकेहरू मिलेर फेसबुके हड्ताल गर्ने र उसलाई जेलमुक्त गर्ने ?

    म त भन्छु यो एउटा राम्रो अवसर हो – सरकारले एउटा गतिलो कानून बनाउने र जनताले आफूले आफूलाई सम्हाल्ने । होइन दफा ४७ मै सबैजना अल्झिरहने हो भने न त जनताले उचित न्याय पाउँछन्, न त सरकारले जस नै ।

    Reply
    1. shiva kumar says:
      July 4, 2013 at 6:39 pm

      आज पहिलो पटक हरियो मा चिन्न लगाउन मन लाग्नी लेख्नु भयो /

      Reply
  20. कमल शर्मा यु ए इ says:
    July 3, 2013 at 10:36 pm

    लोकतन्त्र आएपछि चोर, डाँका, फटाहा, भ्रस्टाचारी,गुन्डालाइ कारवाही होला भनेको त कारवाही त परै जाऒस यसो फेसबुकतिर कमेन्ट लेखेर चित्त बुझाउन पनि नपाइने भयो त| वाह हाम्रो लोकतन्त्र……..!

    Reply
  21. निरज वाग्ले says:
    July 3, 2013 at 10:10 pm

    सिंह मरेपछि स्यालले रजाँइ गर्याजस्तो भाछ नि देशमा! छोटे राजाहरुको हालीमुहाली, जे जे गरेपनि भयो!

    Reply
  22. राम चन्द्र says:
    July 3, 2013 at 9:32 pm

    आज मलाई पनि यही केस ले अफिस पेस गरियो र फेस्बुक मा कमेन्ट र च्याट गरेकै आधार मा झन्डै जागिर बाट हात धुनु परेको । तेस्प छि माइ संसार को ब्लग खोल्छु त एस्तो पो देखे । एक मन हासो लाग्यो एक मन पिडा सम्योग यस्तै हुन गएछ । जे होस् अब जोस मा होस् पुरा एर कमेन्ट र स्टटास लेखने गर्छु भन्दै अफिस बाट बिदा भये ।

    Reply
  23. Tulasi Ram Wosti says:
    July 3, 2013 at 9:27 pm

    होइन हउ के हुन थाल्या हो यो देशमा !!

    Reply
  24. birochan says:
    July 3, 2013 at 9:09 pm

    अदालतले सर्वस्स सहित जन्मकैद तोकेका खूलेआम,बिचारा फेसबुकमा लाइक गर्दा हनुमान ढोका

    Reply
  25. Rupesh says:
    July 3, 2013 at 8:37 pm

    भवन सापकोटाले शेयर गरेको फेसबुक पोस्टममा के लेखिएको थियो, यहाँ प्रस्ट पारिएको छैन । तर व्यतिको अभिव्यक्त स्वतन्त्रताको नाममा कुनै पनि व्यक्ति लाई किटानीका साथ सामाजिकरुपमा असभ्य भाषा प्रयोग गरि गरिएको गालि गलौज लेख्ने र समर्थन गर्ने माथि भने कारबाहि हुनूपर्दछ । यसको ग़लत अर्थ नलागोस् कि मन नपरेका विषय र विचारमाथिको विरोधमानै प्रतिबन्ध लागोस् । साथै हामी पनि सचेत हौ कि विरोधमानि सभ्य भाषा अपनाउन सकिन्छ ।

    Reply
  26. safal says:
    July 3, 2013 at 8:34 pm

    कस्तो खाले status हो , हामी पनि share गरम न । 😀

    Reply
  27. resham says:
    July 3, 2013 at 8:30 pm

    अभिबेक्ति स्वत्रनातामा अंकुस लाग्ने खतरा सुरु हुन् लागे जस्तो देखिन्छ नि त /

    Reply
  28. anil pun says:
    July 3, 2013 at 8:22 pm

    “भो..यो फेसबुकमा पनि अति बिकृति भएको छ हो।संसारमा सबै भन्दा गाली गर्न सिपालु नेपालीहरुलाई अलिकति लगाम त लगाई दिनुनै पर्छ।नत्र भविस्यमा झनै भद्रगोल स्थिति पैदा हुने छ।

    अभिव्यक्ति स्वतन्त्रता भन्दैमा जोसुकैलाई पनि पच्नै नसक्नेगरी गाली गर्ने,नाम सहित किटान गरेर ब्याक्तिगत चरित्र हत्या गर्ने,जे पायो त्यै लेखेर नागरिक र समाज भाँड्ने काम गर्नु पनि त भएन नि हो।फेसबुक प्रयोगकर्ता,अनलाईन खबरहरु अनि पत्रिका र टेलीभिजनहरुले पनि आफ्नो मर्यादा र नैतिकतामा चल्न सक्नु पर्यो। कोही फेसबुकको अर्थ नबुझी यसलाई दुरुपयोग गर्दैछन।आफूलाई कसैसंग रिस उठ्योकि फेसबुकमै स्टेटस लेखी दिन्छन।यस्तो रिसइबी साँध्ने र आधारहिन कुराहरु लेखिनु हुदैन भन्ने कुरो बुझ्नु पर्यो।कोही सप्रंमाण बिना होचुवाको भरमा लेख्छन।हिजो अफगानिस्तानमा चार नेपाली मारिए भनेर कतिले समचार र स्टेटस लेखे तर आखिर साँचो रहेनछ नि।केवल चारजना नेपाली घाईते सम्म भएका रहेछन।लौ भन्नुहोस त समचार पढ्ने मान्छेहरु कति भ्रममा परे होलान?

    जेहोस सरकार र प्रहरी प्रशासनले दोषीलाई कार्बाही गर्ने हो भने पहिला स्टेटस लेख्नेदेखि कार्बाही सुरु गर्नु पर्थ्यो, शियर गर्नेदेखि होईन।

    Reply
  29. Milan Kanchha says:
    July 3, 2013 at 8:13 pm

    भने पछि mysansar मा कमेन्ट ठोक्ने अधिकार पनि खोसिन लाग्यो कि क्या हो? वाक स्वतन्त्रता कहाँ गयो त?

    Reply
  30. Prakash says:
    July 3, 2013 at 8:11 pm

    कहाँ छ त्यो लिंक, म अहिले नै Share गर्ने छु मेरो फेसबुक वालमा, र सबै साथीहरुलाई Share गर्न आग्रह गर्छु| कति जनालाई थुनदो रहेछ हेरौ हामी पनि| तपाईंहरु पनि सबैजना एकै पटक यो समाचार Share गर्नुस| सारा देशलाई थुन्न नमिल्ने भएपछि यिनिलाई पनि छोड्न बाध्य हुनु पर्छ यो नालायक सरकार|

    Reply
  31. Ramesh Shrestha says:
    July 3, 2013 at 8:06 pm

    कुनै दिन यो mysansar मा कम्मेन्ट हान्नेको लै नि जेल त हाल्दैन नि ….आब त कम्मेन्ट नि सोचेर लेख्नु पर्चा.. …

    like अनि share गर्नु त बेक्तिगत सोतन्त्रता हो ….येदि तेस्तै आपत्ति जनक कुरा लेखिएको छ भने जसले पहिले त्यो कमेन्ट हाल्यो तेस्लाई मुद्दा लगाउनु पर्चा…
    नत्र नेपाल सरकार ले …………….. गरे हुन्छ…

    लेख्न त अर्कै कुरा लेख्न मन थियो तर फेरी आफ्नै पछि पुलीस पर्ला तेसैले
    fill in the blanks

    Reply
  32. बिनोद तिमिल्सिना says:
    July 3, 2013 at 7:07 pm

    लौ हाम्रो नयाँ नेपालमा यति हुन् बाँकि थियो,बालै भएन चोरलाई चोर,डाकालाई डाकै भनिन्छ,नराम्रो काम गर्नेलाई गालि नै गरिन्छ,राम्रो गर्नेलाई ताली नै दिईन्छ।

    Reply
  33. मदनमणि says:
    July 3, 2013 at 6:42 pm

    त्रिभूवन विश्वविद्यालय अनि देशमा आमसञ्चारका राम्रा प्राध्यापक भएको भए सामाजिक सञ्जाल, इन्टरनेट, अनलाइन पत्रकारिता र ब्लग बारेमा सरकारले लिने नीतिहरुमा केही सकारात्मक प्रभाव देख्न सकिन्थ्यो होला। सबै प्राडा पाडा भए अनि एनजिओका रिपोर्ट लेखेर हजार गोजीमा हाल्ने भए त्यसैले समाजले समस्या भोगिरहेको छ।

    पत्रकारिताको व्यवसायिक अनि प्राज्ञिक अभ्यास गर्नेहरुले यसबारे राम्रै पहलकदमी नलिने हो भने संविधानले दिएको मौलिक हक माथि प्रहरीको डण्डा खडा हुने मात्र होइन फेसबुक चलाउने र विचार अभिव्यक्ति दिनेहरु जेलमा पुग्ने निश्चित छ।

    Reply
  34. dharmendra says:
    July 3, 2013 at 6:12 pm

    घुस खानेलाई भ्रस्टचारी
    भेली बाट बनेकोलाई पुष्टकारी
    ज्यानमारलाई हत्यारा
    नेपालबन्द गर्नेलाई आतंककारी
    रक्सि धेरै पिउनेलै जड्याहा
    जवाखेल्नेलाई जुवाडे
    नेता हरुलाई ठग भन्दा पनि धारा ४७ अन्तर्गत कारबाहीमा परिने ? तेसो भए के नेपालीहरु सत्य बोल्न र लेख्न नपाउने भए त ? कस्तो अचम्म !!!!!

    Reply
  35. kedar says:
    July 3, 2013 at 5:53 pm

    राज्य, राज्य नै जस्तो नभए पछि न्याय र स्वतन्त्रताको के कुरा गर्नु ……….

    Reply
  36. narayan sydney says:
    July 3, 2013 at 4:08 pm

    हसायो सारै हसायो, कहिँ नभाको जात्र हाँडी गाउँ मा

    Reply
  37. Parixit says:
    July 3, 2013 at 3:36 pm

    ल हेरम साथी हो नयाँ नेपाल को नयाँ पहिचान :
    फेसबुक मा आपत्तिजनक स्टाटस शेयर गर्यो : बिधुतिय कारोबार ऐन
    नेता लाइ आपत्तिजनक शव्द प्रयोग गर्यो : गालि बेइजाति ऐन
    अदालत को आलोचना गर्यो : मुलुकी ऐन
    ए बाबा काशी होइन के हो यो. यो “आपत्तिजनक” को परिभाषा चाहि के नि ? मेरो बिचार मा अब नेपाल कोसबै जसो ऐन मा यो आपत्तिजनक शब्द को परिभाषा यसरि गर्नुपर्ला :

    बिषय वा प्रसङ्ग ले अन्यथा नलागेमा यस ऐन को प्रयोजन का लागि
    “आपत्तिजनक शब्द” भन्नाले : नैतिक पतन देखिने फौजदारी मुद्दा मा अदालत बाट सजाय पाएका, भ्रष्टाचार मा नाम कमाएका नेपाली राष्ट्रिय जीवन का सम्माननीय, माननीय एवं विशिष्ट व्यक्तित्व लगायत नेपाल का राजनीतिक दल का नेता, अभिनेता एव अदालत का विरुद्ध कुनै पनि सर्बसाधारण जनता र सामाजिक संजाल का प्रयोगकर्ता बाट गरिने कुनै पनि टिका टिप्पणी लगायत अन्य कसैको स्टाटस लाइ आफ्नो वाल मा शेयर गर्नुलाई समेत बुझाउनेछ”
    अरु पनि कुनै कुरा बाकी छ भने यो परिभाषा मा थपौ है साथी हो ?
    जय नया नेपाल, जय गणतन्त्र ?

    Reply
    1. Tek Raj Timalsina says:
      July 4, 2013 at 7:19 am

      अनि मान्छे मर्ने हरु लै चैं कुनै एन छैन | चोर डाका हरु लै चैं कुनै एन छैन |

      Reply
  38. hari says:
    July 3, 2013 at 3:07 pm

    मेरो मोबाइल चोर्ने चोर लाइ पनि विद्युतीय कारोबार ऐनको दफा ४७ लगाएर जाक्नु पर्ला जस्तो छ.

    Reply
  39. उपासक उदास says:
    July 3, 2013 at 2:21 pm

    देशमा हाल प्रचलनमा रहेको संक्षिप्त तर अस्पष्ट कानूनलाइ कसैले दुरुपयोग गर्नु भन्दा पहिले नै सम्वन्धित निकायहरुले गम्भीरतापूर्वक लिनु समयोचित र विद्युतीय संचारको सदुपयोगको पक्षमा गुण लाएको ठहरिनेमा कसैको पनि विमति होला जस्तो लाग्दैन. अतएव , यस सम्वधि सबै पक्ष वेलैमा चनाखो हुनु बुद्धिमानी देखाओस !

    Reply
  40. Aryal says:
    July 3, 2013 at 1:50 pm

    ए राता मकै ,एई चाला हो भने हामी सबै पर्छौ क्या हो ,अब हुदा हुदा के के सुन्न र देख्न पाइने हो ?नागरिक सोतान्त्रता बिस्तारै बिस्तारै हनन गर्दै राणा कालिन अबस्तामा पुरौना थाले है ,एस कारेको हामी सबै मिलेर बिरोद गरौ ,र नागरिक सोतान्त्रता हो भन्दैमा अरुको सोतान्त्रता मा दक्खल दिन हाम्रो पनि नैतिक आधार पनि हुदैन नि !!!!!!

    Reply
  41. anup says:
    July 3, 2013 at 1:15 pm

    के गर्नु त, चोर, कालो बजारी लै समात्न नसक्ने सरकार ले येस्तै त कम गर्छ नि . हैन र ?

    Reply
  42. Ramesh says:
    July 3, 2013 at 1:08 pm

    कमेन्टमा पनि ‘दफा ४७’लाग्न सक्छ,त्यसैले म त केहि बोल्दिन । पुलिस हरुले पनि त माईसंसार पढदा होलान नि……..

    Reply
  43. Angchhiring says:
    July 3, 2013 at 12:43 pm

    ज्यान मार्ने, नक्ली ब्यटको िवल पेश गरी जनताले ितरेको कर समेत आफै खानेहरु मंचमा बसने भाषण छाड्ने, सडकमा पुलिसको गाड शूध्द िहड्ने अनि फ़ेस वुकमा एउटा िकल्क हन्नेलाइ जेल ?? त्यों पनि लाइक गरेकोमा उसले लेखेको होइऩ

    Reply
  44. Nabin Adhikari says:
    July 3, 2013 at 12:28 pm

    नेता, बेपारी हरु ले गरेको कुकर्म को बिरोद पनि गर्न नपाउने कस्तो निरंग्कुस लादन खोजेको फेसबुक को status लाइक र सेर गर्दैमा दफा ४७ लगाउन मिल्छ?

    Reply
  45. Keshab Shrestha says:
    July 3, 2013 at 12:20 pm

    अरुको व्यक्तिगत सम्बेदंसिलता बारे सबै सचेत हुनुपर्छ र अरुको मानहानी हुने कुरा प्रेस स्वन्तत्रताको नाममा दुरुपयोग गर्नु हुदैन जसले गल्ति गर्छ सजाय त पाउनु नै पर्यो नि होइन र ?

    Reply
  46. Binod says:
    July 3, 2013 at 11:31 am

    नेपाल को कानुन कसेले न जानुन जे गर्दा पनि हुन्छ गर गर के के मन लागछ तेइगर,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme